अस्पतालमा यस्तो छ लापरवाही

-प्रकाश निरौला (मृतकका भाइ)-

ओम अस्पतालमा ‘आमाको शल्यक्रिया गर्दा बच्चाको पेट काटियो’ भन्ने खबर सबै संचार माध्यममा पढियो। अस्पतालले रोगका कारण त्यसो भएको हो, सिनियर डाक्टरले गरेको अपरेसन यस्तो हुनै सक्दैन भनी विज्ञप्ति निकालेको छ। यो समाचारको सत्यता बारे प्रश्न उठेको छ। तर स्वास्थ्य जस्तो संवेदनशील विषयमा लापरवाही हुने क्रम बढेकै छ। आधुनिक अस्पतालमा हुने चरम लापरवाही र त्यसको मूकदर्शक हुनुपर्ने पिडितहरुको बाध्यतालाई भण्डाफोर गर्नु आजको आवश्यकता हो।

यसै सन्दर्भमा तपाईहरुले पत्तो नपाउनु भएको हामीलाई परेको एउटा घटना म सुनाउँदैछु। उनको नाम हो अनुपा निरौला। सोलुखुम्बु जिल्लाको विकट पहाडी गाउँ सल्लानमा २०४० साल भदौमा जन्मेकी उनी वी. पी. संस्कृत विद्यापिठबाट २०५६ सालमा उत्तरमध्यमाअन्तर्गत नेपाल संस्कृत विश्वविद्यालयको छात्रा अन्तर्गत प्रथम श्रेणीमा प्रथम भएर ऐश्वर्य विद्यापदक पाएकी थिइन्। उनको विवाह २०६१ सालमा ओखलढुंगा थाक्ले निवासी (हाल वी. पी. संस्कृत विद्यापिठमा अध्यापनरत) लोकनाथ दाहालसित भएको थियो। अनुपाले विगत ७ वर्षदेखि महिला विकास कार्यालय अन्तर्गत कार्यरत रहेर विभिन्न जिल्लाका महिलाहरुको व्यक्तित्व विकास एवं क्षमता अभिवृद्धि गर्ने कार्यमा दिलोज्यान दिएकी थिइन्। तर दुःखका साथ भन्नुपर्छ, गर्भवती भएकी उनीले सुरक्षित गर्भाधानको लागि अस्पतालमा नियमित चेकजाँच गराएर अस्पतालको निरन्तर सम्पर्कमा रहिरहेकै अवस्थामा मृत्युको सामना गर्नुपरेको छ। हो, यही मंसिर २४ गते पाटन अस्पतालमा निरन्तर १५ दिनको भेन्टिलेटरसहितको उपचारपछि लाछी चिकित्सकहरुले उनलाई केही गरे पनि बचाउन नसकिने बताए। घटना क्रमहरु यसरी विकसित भएका छन्-


* गर्भवती भएको ३ महिनादेखि नै निरन्तर पाटन अस्पताल, लगनखेलमा नियमित चेक जाँच गराएको। चिकित्सकले केही समस्या छैन भन्ने गरेको। गर्भवती भएको ७ महिनापछि सामान्य जिउ सुन्निएको जानकारी गराउँदा गर्भवती अवस्थामा प्रायः अलि-अलि यस्तै हुन्छ, केही समस्या छैन भनी सामान्य डेलिभरीको लागि मंसिर २६ गतेको समय दिइएको।

* नियमित चेक गर्नको लागि उनी मंसिर १० गते शुक्रबार पाटन अस्पतालमा बहिनीका साथ गएको। अघिल्लो हप्तासम्म केही समस्या छैन भन्ने चिकित्सकहरुले त्यस दिन तपाईको ब्लड प्रेसर हाई छ जुनै बेला पनि समस्या पर्न सक्छ भनी अस्पताल भर्ना गर्न भनेको। उनले सिनियर मान्छे कोही हुनुहुन्न, उहाँहरुलाई लिएर भोलि आउँछौ भन्दा पनि नछाडेको र सद्दे मान्छेलाई जबरजस्ती भर्ना गराएको। सँगै भएकी बहिनीका अनुसार उनलाई त्यसबेलासम्म पनि केही अप्ठयारो अनुभव भएको थिएन र सदा झैँ सामान्य नै थिइन्।

* उक्त दिन राति ८.३० बजेतिर नर्सहरुले ब्लड प्रेसर कम गर्ने औषधी भनेर खुवाएको। औषधी खाएको केही मिनेटपछि छाती दुखेको, बान्ता लागेको, उनलाई निकै गाह्रो भएको। यति हुँदा पनि नर्सहरुबाट राम्रो व्यवहार नभएको, तुच्छ शब्दहरु जस्तै बान्ता हुँदा कति खाएकी रैछे भन्ने, सास फेर्न गाह्रो हुँदा अझै गाह्रो हुनुपर्ने तँलाई भन्ने आदि। अनि बहिनीले रोइ कराई गरेपछि डाक्टर चेक गर्न आएको। अनि हतार-हतार राति ११ बजेतिर अपरेशन गर्न लगेको। सामान्य अप्रेशन भएको, बच्चा सकुशल रहेको, जानकारी गराइएको। उक्त दिन बिहान करिब २, ३ बजेतिर अनुपाले घरका सदस्यसँग (ममी, भाइ, श्रीमान्) मोवाइलमा कुरा गरी आफू सामान्य अवस्थामा रहेकोले केही चिन्ता नलिन भनेको।

* तर शनिबार बिहान करिब ८ बजेदेखि पिसाब नआएको, बिस्तारै आँखा देखिन भनेको अनि ब्लड प्रेसर हाई भएको जसको कारण शरीर काम्ने, बुरुक बुरुक उफ्रने, आँखा पल्टाउने, थेग्न नै गारो हुने गरी उफ्रने भएको, बिरामी बेहोस भएको। डाक्टरका अनुसार उसलाई ब्लड प्रेसर हाई भएको र घट्न धेरै समय लागेको। अब यहाँनेर के प्रश्न उठ्छ भने ६, ७ घण्टा अगाडि अप्रेसन गरेको बिरामी, निरन्तर डाक्टरको निरीक्षणमा हुँदाहुँदै कसरी प्रेसर त्यस्तो हाई हुन्छ? किन कन्ट्रोल गरिएन? कतै अप्रेशनमा केही गलत भएर पो हो कि? यदि अगाडि पनि प्रेसर हाई थियो भने किन कन्ट्रोल नगरी अप्रेशन गरियो त?

* उक्त दिन दिउँसो ३.३० बजे बिरामी होसमा आएको। तर पिसाब नआएको। पछि हेर्दा जन्डिस देखिएको। शरीर डम्म सुन्निएको। ४ बजेतिर बिरामीलाई आइसीयु कक्षमा लगिएको।

* भोलिपल्ट आइतबार बिहान ७ बजेतिर अनुपालाई भाई प्रकाशले ब्रश गरिदिएको। जिउ एकदमै सुन्निए पनि बिरामी एकदम होशमा भएको। राम्रो बोलचाल गरेको। पेट दुखिरहेछ भनेको। हस्पिटलबाट घर जाऊ भनेको। एकदमै तिर्खा लाग्यो, भोक लाग्यो भनेको तर पानी र खाना खान नमिल्ने भनेर नदिएको। बिरामीको अवस्था हेर्दा, जिउ सुन्निदै गएको, पेट एकदमै फुल्दै गएको देखिएको।

* उक्त दिन दिउँसो २ बजेतिर लेडिज डा. गिरी आएर उनको इन्टर्नल व्लिडिङ भएको शंका लागेकोले रिअप्रेशन गनुपर्ने भनी हतार हतार अप्रेशन कक्षमा लगेको। रिअप्रेशनपछि अप्रेशनमा केहि पनि मिस्टेक भएको रहेनछ, उहाँको थाहा नपाउने गरी भित्रभित्रै व्लिडिङ भएको रहेछ, प्लेटलेस (रगत जमाउने तत्व) को मात्रा कम रहेछ आदि जानकारी गराएको। उक्त रिअप्रेशनमा त्यसरी व्लिडिङ भएको करिब ८०० एम. एल. ब्लड फालेको जानकारी गराएको। कतै यी सबै समस्या प्रथम अप्रेशनको गल्तीले त भएका हैनन्?

* त्यसपछि अचेत भएको बिरामी लाई भेन्टिलेटरमा राखेको। अनि करिब २० पाउण्ड जति एबी पोजेटिभ फ्रेश ब्लड (पिआरपी, प्याकसेल, फ्रेश रेड ब्लड गरी जम्मा) आवश्यक परेको। पिसाबमा सुधार अझ पनि नभएको। यो अवस्था मंगलबार बिहानसम्म निरन्तर छ। त्यसबेलासम्म विरामीको जिउ सुन्निएर करिब चिन्नै नसकिने अवस्थामा थियो।

* मंगलबार विहान करिव १० बजेतिर अनुपाका पति लोकनाथ सल्यानदेखि आइपुगेको। अनि डाक्टरले बिरामीको पिसाबमा सुधार नआएकोले डायलासिस गर्नुपर्ने भनेको। करिब ४ बजे तिर डायलिसिस गरेको। डायलासिस गरेपछि सुन्निएको जिउ घटेको।

* बुधबार बिहान हेर्दा विरामीको होश आए जस्तो लागेको। भेट्न जाँदा मान्छे चिनेजसो गर्ने। हातको इसाराले मुखमा राखेको भेन्टिलेटर निकाल्दिनु भन्ने गरेको। तर पनि डा. का अनुसार पिसाबमा सुधार नआएको। अनि बुधबार पनि डायलासिस गरेको। बेलुकासम्ममा बिरामी होशमा आएको। मान्छे पूरै चिन्न थालेको। मुखको भेन्टिलेटर निकालिदिनु भनेर इसारा गर्ने। मनका कुरा हातले कपीमा लेखेर दिने गर्न थालेको। बच्चाको बारेमा चिन्ता लिन थालेको। कपीमा लेख्दा छातिमा दुखेको कुरा, छातिको खकार थुक्न नमिलेर भित्रै निल्नुपरेको कुरा, बच्चाको स्वास्थ्य स्थितिको कुरा, उपचार प्रति शंका लागेको कुरा, लापरवाही भयो भन्ने कुरा उल्लेख गरेको।

* बिहीबारदेखि वाक्क भएर होला भेन्टिलेटर मुखबाट निकाल्न खोज्ने, जो जान्छ उसैलाई निकालिदिनु भन्ने, डा. लाई इन्जेक्सनहरु लाउन खोज्दा शंका गर्ने, लाउन नदिन खोज्ने गर्न थाली। बच्चाको बारेमा धेरै सोधेकोले बच्चालाई नर्सरीबाट ल्याएर देखाएको। श्वासप्रश्वासमा सुधार आएको भन्दै बेलुकाबाट भेन्टिलेटर निकालेको। पिसाबमा सुधार अझै पनि नआएको। पिसाबको मात्रा टेष्ट गर्ने भनी बिहीबार डायलिसिस नगरिएको।

* शुक्रबारदेखि बिरामी बोल्न थालेको। डा. को उपचार प्रति शंका गर्न थालेको, इन्जेक्सनहरु लाउन नदिने, स्लाइनको सुइहरु निकाल्न खोज्ने गरेकोले हातखुट्टा बाँधेको। तर पनि भेट्न जाने मान्छे चिन्ने, नमस्कार गर्ने गरेको, होसमा भए पनि बेलाबेलामा बेहोसी कुरा गर्न थालेको, खाली म अब मर्छु भन्ने गरेको। राक्षस र देउताका कुरा गर्ने आदि। बेलुका श्रीमान् लोकनाथलाई बोलाउन लगाएर डाक्टर, नर्सहरुले उपचारमा लापरवाही गरे, म त अब मरिहाल्छु, तपाईले छोरोलाई भगाउनु, हस्पिटललाई पैसा नतिर्नु, अब हामी दम्पतीबीचको अन्तिम संवाद यही हो म अब बोल्न सक्दिन होला भनेको। केही समय पछि डा. ले फेरि श्वास प्रश्वासमा समस्या आएकोले फेरि भेन्टिलेटर दिनुपर्ने जानकारी गराएको।

* शनिबार बिहानबाट फेरि भेन्टिलेटर लगाएको। बिरामी अझै पनि केही होसमा नै भएको। तर पनि शरीर बढी चलाएकोले बेहोश गर्ने औषधि खुवाएर उपचार गरिरहेको डा. द्वारा जानकारी दिइएको। थप उपचारको लागि प्लाज्मा डायलिसिस गर्न टिचिङ हस्पिटलमा रिफर गर्ने भनी बेडको व्यवस्था गर्न भनियो।

* आइतबार पनि बिरामी बेहोश अवस्थामा नै उपचाररत। जर्मन डा.को सल्लाहअनुसार दैनिक डायलिसिस गर्ने जानकारी। त्यसदिन आएर फेरि फोक्सोमा मुख्य समस्या देखिन थालेको जानकारी गराइयो। अब यहाँनेर प्रश्न उठ्छ, बिरामीलाई किन उपचारप्रति शंका भयो? कतै होशमा भएकी बिरामीले डाक्टरहरुबीच खासखुस कुरा हुँदा गल्ती भएको कुरा सुनेर पो शंका गरेकी हो कि? पिसाबमा समस्या देखिएको बिरामीलाई एक्कासी फोक्सोको समस्या कसरी देखियो? यदि पहिल्यैदेखि थियो भने किन भनिएन? यदि भएको भए त बिरामी त्यसरी तेत्रो कुरा बोल्न नसक्नु पर्ने हो र भेन्टिलेटर पनि नझिकीनुपर्ने हो? अनि पहिल्यैदेखि संक्रमण थियो पछि बढ्यो भन्ने हो भने त्यसलाई बढ्न किन दिइयो, किन कन्ट्रोल गरिएन? अनुभवमा कम चिकित्सकका असावधानीले गर्दा कतै किड्नीको उपचारमा बढी ध्यान दिएर फोक्सोको संक्रमण बढेको हो कि? अघिल्लो दिन टिचिङ रिफर गर्ने भने बमोजिम हामीले बेड बुक गरिसकेको अवस्थामा पुनः रिफर नगर्ने भनेर भनियो। कतै उपचारमा भएको गल्ति उदाङ्गिने भो भनी डरले नगरिएको त होइन?

* आइतबार राति १२ वजे कुरुवालाई बोलाएर श्वास प्रश्वासमा गम्भीर समस्या आएको जानकारी दिइयो। सोमबार बिरामी हेर्दा अचेत अवस्था थियो। भेन्टिलेटरले पूरै श्वास लिएको अवस्था थियो। अब चाहीँ हामीलाई विरामी बाँच्ने आशा एकदमै कम छ जस्तो लाग्न थाल्यो र डा. हरुसँग निकै सोधपूछ गर्दा डा. हरु ओमकृष्ण कायस्थ, नोरा मानन्धर, दिनेश शर्मा र सिनियर नर्सहरुको संयुक्त टोलीले बिरामीलाई फोक्सोमा एआरडीयस नामक निमोनिया लागेको जानकारी दिइयो। र यसको अवधि १५ दिनको हुने, सुरुमा यसको संक्रमण बढदै जाने, अनि स्थिर रहने र पछि घट्ने हुनाले विरामीलाई निको हुन सक्ने जानकारी गराइयो। जब विरामीको अवस्था एकदमै नाजुक भैसकेको थियो अब चाहीँ सिनीयर डा. हरु सक्रिय भएजस्तो लाग्न थाल्यो। हेर्नुस् त कत्रो लापरवाही? हिजोसम्म बोल्ने मान्छेको फोक्सो बिग्रियो रे।

* एवंरितले मंगलबार, बुधवार र बिहीबार अनुपाको स्वास्थ्य स्थिति स्थिर रहेको जानकारी गराइयो। उता किड्नीको डायलिसिस त दिनहूँ भैरहेको थियो। अकस्मात विरामीलाई बिहीबार ज्वरो आएको भनियो। केही कुरा पनि कन्ट्रोल गर्न नसक्ने कस्ता डा. हरु?

*जब शुक्रवार बिहान भयो त्यहाँको फिजिसियन डा. ओमकृष्ण कायस्थ आएर विरामीलाइ थप ज्वरोको संक्रमण भएको, बेला बेलामा मुटुले काम नगरेकोले पुन सक्रिय गराएको भन्ने जानकारी दिइयो। अनि डायलिसिस गर्न लाने बेलामा मुटुमा गम्भिर समस्या आएकोले डायलिसिस गर्दागर्दै विरामीको मृत्यु हुन सक्ने भनियो। नभन्दै करिब एक बजेतिर मुटुले पनि काम गर्न छोडेको भन्दै बिरामीलाई कसै गरी पनि बचाउन नसकिने जानकारी गराइयो। र, करिब २ बजे मृत घोषणा गरियो।

बज्रपात त परी नै सक्यो। सद्दे मान्छेलाई अस्पताल राखेर, दुई दुई चोटी पेट चिरेर, भए भरका रोग अस्पतालभित्रै लगाएर मान्छे मर्‍यो भन्ने………. ल भन्नुस् त यो हत्या हो कि मृत्यु? मल्टी अर्गन फेल भयो रे। ए डा. हो, हाम्रो मान्छे अस्पताल भर्ना हुँदा के के फेल भाको थियो? केही पनि भाको थिएन। मल्टी अर्गन फेल गराउने तिनै डा. हरु हुन। तिनीहरु हत्यारा हुन कि होइनन्? यस्को जिम्मेवारी कस्ले लिने? उनका जीवीत दुई छोराको भविष्यको जिम्मा कसले लिने?

पछि पोष्टमार्टम गर्ने कि भन्ने सल्लाह आफन्तहरुसँग गर्दा मरेको शरीरलाई अझ दुःख दिनुभन्दा अन्त्येष्टि गर्ने भन्ने सल्लाह भयो र त्यसै दिन अन्तिम श्रद्धान्जली दिई दाहसंस्कार गरियो। एक होनहार नारीको इहलिला समाप्त भयो। धेरै आफन्तजन, शुभेच्छुकहरुको सहानुभूतिको कारण केही राहत त मिल्यो तर त्यस्तो बर्बर मृत्युलाई भुल्न नै सकेको छैन। हुनत हामीले अरुले जस्तो होहल्ला गर्ने, अस्पताल तोडफोड गर्ने पनि गर्न सक्थ्यौँ तर हामीले त्यस्तो उच्छृंखतला प्रदर्शन गरेनौं। गर्भवती महिलाको यस्तो दर्दनाक मृत्युको समाचार कुनै मिडियामा पनि आएन। हुन त जानकारी नभएर होला। तर पनि यस्ता बर्बर घटनाहरुको बारेमा बढी चनाखो नभए जस्तो लाग्यो।

अनुपाको उपचारमा संलग्न डा. हरुः राजु पंगेनी, नोरा मानन्धर, रोशनी श्रेष्ठ, ओमकृष्ण कायस्थ, सौगात प्रधान, आदि। उनलाई पाटन अस्पतालको आईसीयु कक्षको बेड नं ४ मा राखिएको थियो।

116 Comments

  1. धन्य भगवान मैले डाक्टर पढिन, हेर यो दूर्दशा एउटा मान्य पेसाको …. i am good where i am right now .
    हार्दीक श्रद्धान्जली अर्पण…………………………………………………हे भगवान

  2. मलाई पनि चाबेल स्थित ॐ हास्पिटलले गरेको दुर्व्यबहारको उल्लेख गर्न मन लाग्यो. करीब एक वर्ष अघि मेरी श्रीमती गर्भवती भएको लक्ष्यण देखिये पछि राम्रो अस्पताल ठानी त्यहा पुगेका थियौ. नाम चलेकी डाक्टर ठानी सुपात्रा कोइरालासंग जचाइयो. तर उनको रुखो बोली र ब्याबहारले शुरू मै मानसिक धक्का पुर्यायो. बच्चाको विकास राम्रो भएको छैन श्रीमतीलाइ खान दिदैनाऊ की के हो भनी तल्लो स्तर को वार्तालाप गरिन. बिच बिचमा धेरै पटक जचाउदा नर्मल छ भनियो. करीब ३ हप्ता पछि योनीबाट रक्ताश्राब भये पछि पनि कुनै विशेष ध्यान नदियी ठीकै छ भनी पठाईयो जबकि हरेक हप्ता अनिवार्य अल्ट्रा साउंड गराइन्थ्यो. पेटको बच्चा चेक गर्न भनी योनी मार्गम़ा हात र औजार प्रवेश गराउदा पनि लापरवाही पूर्ण ढंगले दुखने गरि गरेको गुनासो मेरो श्रीमतीले गर्थी. यसरी अल्ट्रा साउंड र अनेक टेस्टका नामम़ा धेरै रकम असुली सकेपछि पनि करीब २ महिना पछि बच्चा जीवित नरहेको र निकाल्नु पर्ने भनी पुन ठुलो रकम खर्च गरि क्युरेट गर्नु पर्यो. पछि टीचिंग अस्पतालका विज्ञसंग बुझ्दा पो थाहा भयो सुरुमै ब्लीडिंग हुदा सावधानी अपनाएको भये बच्चा सुरक्षित हुन सक्थ्यो. यसरी ठुलो भरोसा र विश्वासका साथ उचित सेवा पाउने आसामा महगो रकम खर्च गरि त्यहा पुग्दा धोका पाएको अनुभव गर्नु पर्यो. पछि धेरै जाना भुक्तभोगी र डाक्टरी क्षेत्रका साथी भाईले पनि त्यों अस्पताल ठीक नभएको बताये पछि त्यस उपरांत उक्त अस्पतालम़ा पाइला पनि टेकेको छैन. बिगतम़ा पनि रोग पत्ता लगाउने दुःख गर्नु भन्दा धेरै महिलाको पाठेघर निकाल्नु पर्ने भन्दै अपरेशन गर्न लगाउने र रकम असुलने धंदा त्यहा हुने गरेको सम्बंधित क्षेत्रका मानिसहरु बताउछन . हुन त नेपालका धेरै अस्पताल को अवस्था यस्तै छ तर ‘गाँठ भी गवाना बेकूफ भी बनना’ भन्ने उखान चाहि येही अस्पतालसंग मिल्दो रहेछ.

  3. What a joke? really hard to believe…I think we should do operation of those doctor and nurse who behave a patience like this..really shame..they should get fired from job and they should not given job in any healthcare institute……..
    Bikash

  4. अहिले उपचारको छेत्रमा अत्यधिक लापर्वाई चलेको छ, बिरामी लाइ दुख्यो भनेर नर्सलाइ भन्यो भने बिरामीलाइ नदुखे कसलाई दुक्छ त भन्छन अनि बिरामी को सेवा मा बसेका नर्स हरु रातिको काम मा मज्जा ले सुत्छान. साला पोइसका भोकाहरू

  5. घटना सारै नै दुख दाई छ| मृतक ले सारै नै दुख पाउनु भाको रहेछ| म वहा को आत्मा ले चिर शान्ति पाउन भनि प्रार्थना गर्छु|

  6. तिमी डॉक्टर हरु के सोच्छौ ? तिमि हरु “Pre Eclampsia ” र “Eclampsia” भनि कराएको कराएकै छौ/ त्यो ठिक छ/ तर के तिमि हरु ले तेस्को बारेमा २० ठाउंमा लिंक राख्नु पर्छ? के हामी मुर्ख हरु हो औटा लिंकबाट हेर्न नसक्ने? तिमि हरु बारम्बार तेही कुरा र लिंक दोहोर्याएर हामी हरु लाई ति पाटन hospital का डाक्टर हरु ले ठिक गरे भन्न खोजेको छौ/ कम्तिमा हामी संग अधिकार छ कि हाम्रा आफन्त हरु के रोग बाट ग्रसित छन् भनेर/
    अन्तमा अनुपाजी को मृत आत्मा ले शान्ति पावोस यस्तो दर्दनाक घट्ना कहिले कसैले भोग्न र देख्न पनि नपरोस ईश्रर सँग यही प्रार्थना छ/

  7. गल्ति सबै बाट हुन६ तर आफ्नो गल्ति मान्नु पर६ र सजाय को लागि तयार हुनु पर६ यौटा निस्पचाया निकाय बनाउनु पर६ त्यस ले दोसी लै कर्भई गर्नु पर६ यी केसमा दोसी जो पनी हुन सक६ दोसी लै कारवाई हुनु पर६ जो सुकै ले काम गर६ गल्ति भय मा कर्भई को लागि तयार हुन पर६ च्चाये नेता च्या डाक्टर नेयम बिगारे को नेता ले हो कर भाई सबै ल इ हुनु पर६ त्यसै छोदेनु हु द इ न

  8. My heartfelt condolence to the family..

    Different views have been expressed for this heart-touching article..
    Many viewers who are medical professionals have told that it might be the case of preeclampsia–eclampsia-HELLP syndrome–Multi organ failure and other set of viewers have told that it is a pure case of Negligence done by the doctors..

    If i were on your shoes Prakash ,i would have felt exactly the same grief that you are feeling right now.But the question here rises –did those doctors really did mistake?was it purely a case of negligence?or didn’t they do anything to save her life?From the detail information you have given, it seems that as soon as they knew that it is going to be a case of complicated pregnancy they admitted her..and as the sequele of the disease progressed they did whatever they could do,such as emergency operation..putting patient in ventilator and dialysis..they did the best they could do ..one clear mistake they did seen from your article is that lack of communication between doctor and family of the patients,if they had told you every possible complications of the disease from the beginning,at least you and your family would be knowing about the severity of the disease..but this didnt happen, because of lack of proper communication,,you began thinking that your sister went to the hospital well,walking by herself and the doctors/nurses did something wrong to her because of which she had to loose her life..which may or may not be the case!!!

    And many of the readers who have experinced the same problem have expressed the same feeling pointing about the mistakes that doctors do..All i want to say is every case might not be the same though they look same..so instead of pinpointing fingers,accusing the doctors/nurses for the mistakes they have or have not done,we have to research about the cause of death of Anupa and if the mistake has been made,the guilty has to be punished because nobody but the god has right to take life..

  9. Its been trend here, that without proper research and investigation, anything can be publish here which is very unfortunate. because of this , people are getting the wrong message and so their perception towards various profession.

  10. दुख लाग्दो कुरा, नेपालका डाक्टरहरु बिरामी र बिरामीका आफन्तलाई उचित ब्यबहार गर्न जान्दैनन्. जसले गर्दा कहिले काही तिनीहरुमाथि हत्याको आरोप पनि लाग्छ जुन स्वाभाविक हो. घर र जग्गा बेचेर भएपनि पैसा तिर्ने ग्राहक ठहरिएका मान्छे न हुन् बिरामीहरु नेपाली डाक्टरहरुका लागि.

  11. यो घटनाको विवरण पढ्दा चाही बिरामीलाई ECLAMPSIA भन्ने रोगले पिडित भएको जस्तो छ।
    यो एकप्रकारको रोग हो जुन गर्भवती अवस्थामा मात्र लाग्छ। अर्को शब्दमा भन्नुपर्दा प्रेसर धेरै भएर छारेरोगको उत्पन्न हुनु हो। यो प्रेसर किन बढेको भन्ने बिषयमा अहिले पनि चिकित्साविज्ञानमा स्पष्ट कारण छैन, कुनै कुनै Theory पेश गरे पनि यही नै कारण हो भनेर किटान गर्नसकेको छैन। गर्भवती अवस्थामा बढेको प्रेसर र अरु सामान्य व्यक्तिले भएको प्रेसर जस्तो सजिलै उपचार र त्यही औषधीले काम गर्न सक्दैन। र यस्ता बिरामीलाई बचाउन पनि मुश्किल पर्छ।
    यस्ता रोगले बर्षेनी धेरै गर्भवती महिलाको ज्यान जाने गर्दछ।
    विस्तृत जानकारीको लागी यहाँ क्लिक गर्नुहोला।
    http://en.wikipedia.org/wiki/Eclampsia

    Pre- eclampsia भएकोलाई जोगाउन सकिन्छ तर Eclampsia भए पछि बचाउन धेरै मुश्किल पर्छ। तर यो बिरामीको सवालमा पहिले नियमित जाँचमा प्रेसर ठिक छ भनिएको छ। त्यसकारण एक्कासी (Acute onset) लक्षण देखा परेको देखिन्छ, जुन ज्यादै घातक हुन्छ।

    “शान्त नेपाल, शान्तिको दुत गौतम बुद्द नेपाली हुन”

  12. डाक्टर/नर्सको लापरवाही भएको हुनुपर्छ
    condolences to her

  13. प्रकाशजी को दिदिलाई pre-eclamsia र पछि eclamsia भएको होला रे Doctor साबहरु तर त्यो ओम अस्पतालमा आमाको शल्यक्रिया गर्दा बच्चाको पेट काटिनुमा चाही के भएको नि ?????

  14. यो कुरा मा म १००% सहमत छु/२०६३ को कुरा हो येस्तई माघ तिर मेरो साढे २ बर्सको छोरो ज्वोरो धेरै आएर पहेलो पिसाब फेरेको थ्यो अनि ज्वोरोको औसधि खुवाउदा पनि नभएर कान्ति मा इमर्जेन्सी मा लगे पिसाब चेक गयो केहि छैन भने अनि तेही भर्ना गर्न खोज्दा केहि भएको छैन भर्ना गर्नु पर्दैन भनियो/फर्किने बेलामा मेरो छोराले पुरै रातो पिसाब फेर्यो १००% रगत जस्तो तैपनि मैले घर लिएर आए भोलि पल्ट देखि पुरै हरियो पिसाब फेर्यो/फेरी हस्पिटल लिएर गयेउ कान्तिमा अनि इमर्जेन्सीमा मा देखायेउ सबै विद्यार्थी डाक्टर मेरो छोराको ओरि परि घुम्न थाले मेरो छोराको उपचार गर्न हैन उसको रोग को बारेमा अनुसन्धान गर्न केस आफ्नो हात मा पर्छ कि पर्दैन भनेर/हामी बाबु आमालाई भन्न थाले तपाइको छोराको केस म लिन्छु भनेर मेरो छोरो २ दिन देखि रगत मुतेर बोल्न नसक्ने अवस्था मा थ्यो/भगवान को कृपाले एमर्जेंसिमा घुम्ने टोलीमा एकजना लेडिज डाक्टर सुधा येस्तई के नौ थ्यो उनको हेर्दै अलिक अनुभवी लाग्थ्यो/उनले ति सबै विद्यार्थी लाइ गाली गरिन बिरामी मर्ने बेला भैसक्यो के हेरेर बसेको तुरुन्त रगत चहियो २ पौण्ड भनेर मेरो र मेरो छोराको ब्लड ग्रुप ययूतई रैछ तर उनीहरुले भृकुटी मण्डप पठाए मेरो श्रीमान ले तुरुन्त लिएर आउनु भयो/एक पौण्ड रगत दिए पछि मेरो छोरो ले पुरै दिन भरि मामु बाबा भन्यो २ दिन देखि बन्द भएको उसको बोलि खोल्दा उसलाई कति मामु बाबा भन्न मन लागेको रैछ अहिले सम्झिदा पनि त्यो दिन आशु आउछ/पहिले हाम्रो हजुर आमा को पालामा धामीले उपचार गर्नु भन्दा पनि खत्तम छ नेपाल को डाक्टर को उपचार/कमसे कम विश्वास को भर मा हामीलाई धामीलाई नै देखाएर हुर्काए एक मानो चामल दिएको भर मा तर अहिले को हस्पिटल मा ३ पुस्ता को सम्पति बुझाउनु पर्छ टेक्ने बित्तिकै तर उपचार हैन रोग लिन जानु जस्तै छ जसले जे गरे पनि हुने देश मा डाक्टर मात्र के कम????धनाद्येका सन्तान कयेउ ले त धन को भर मा हात लगाएको डाक्टर को डिग्री ले गरिब र बिरामीको को ब्येथा कहिले बुझ्ने हुन्???????

  15. May the departed soul rest in peace. I would like to express my heartfelt condolense to Prakash ji and his family.

    Prakashji – you have helped initiate a discussion about the problems related with our health system by expressing your sorrow in this blog.
    Indeed many readers , who are also health professionals have shared their views and helped understand the condition about possible disease Anupa had. I think there is another important aspect of the problem that did not receive as much attention in those discussion.

    When a person gets sick, the whole family or even the whole village becomes affected in a tightly knit society like ours. And a good health system should be able to meet the need of the patients and their family.
    This is the timley ineraction and updates from the treatment team to the family and friends about their loved ones so that everybody is in the same page.

    If this does not happen,in sad situations like this, the sense of guilt for not being able to provide the best treatment to their loved ones is natural to engulf the family and friends. GUILT is a terrible emotion for any one. The next inevitable thing would be the split in the treatment team and that immidiately result in blaming and fingerpointing.

    But this has not to be always the case.
    With scanty resourses in a country like ours,finding out way to adress this would require extreme creativity.

    Even then, I think that the onus of providing leadership to find a solution to this problem of finding a mechanism for better communication lies with those in the health system- hospital and treatment team.. And that will be the true condolense to Anupa.

  16. दोषीलाइ कारवाही भयो कि भएन यस बारे पनि पत्रकार ज्यु ले Report लेख्नु भए राम्रो हुन्थियो , नेपालको महँगो hospital त अमेरिका, जापान , हरुको भन्दा पनि महँगो छ , तेसमाथी यस्तो लापरवाही …..यो डाक्टर होकी कसाइ .

  17. ए साथीहरु! नेपाल भन्ने देश डाक्टरहरुको लागि नि:शुल्क प्रयोगशाला हो। बिरामी भनेका प्रयोग गरिने जिब।

    • thnx to you and other people who thinks like you …i want to let you know that there are nearly 10 thousand regestered doctors in nepal but there is hardly 6 thousand doctors in nepal working…and credit goes to people like you …

  18. मेरी प्यारी दिदी अनुपा को मृत आत्मा ले शान्ति पावोस यस्तो दर्दनाक घट्ना कहिले कसैले भोग्न र देख्न पनि नपरोस ईश्रर सँग यही प्रार्थना ….

  19. सारै दुख र नराम्रो लाग्यो, प्रकाशजीले दर्साएका दुखद घटना सुन्दा l

  20. i personally fell for the big loss in your family which can not be fulfilled by any means, howerere there are so many problem in our helath sector, which needs to to uplifted. Please read below artcile which i found for you.

    Pre Eclampsia is the most common serious medical disorder of human pregnancy. It can affect both the mother and her unborn baby. It usually arises during the second half of pregnancy, and can even occur some days after delivery.

    In the mother, it can cause several problems of which she may be unaware – such as high blood pressure (hypertension), leakage of protein into the urine (proteinuria), thinning of the blood (coagulopathy) and liver dysfunction. Occasionally, Pre Eclampsia can lead to convulsions (fits), a serious complication known as eclampsia. Also, when a pregnancy is complicated by PE, the baby may grow more slowly than normal in the womb or suffer a potentially harmful oxygen deficiency.

    How Common Is Pre Eclampsia?
    Pre Eclampsia can affect as many as 10% of pregnancies, which makes it one of the most common pregnancy complications. It occurs more often in first pregnancies. Occasionally, women who have suffered it once find that it recurs in one or more subsequent pregnancies, and rarely a woman who has not experienced it in earlier pregnancies may develop it in a subsequent pregnancy.

    What Is The Cause Of Pre Eclampsia?
    The precise cause of Pre Eclampsia is unknown. However, genetic factors are probably involved, given women whose mothers and/or sisters have suffered Pre Eclampsia are at increased risk of the disease themselves. There is good evidence that the placenta is centrally involved in the development of Pre Eclampsia.

    During pregnancy, the placenta requires a large blood supply from the mother to sustain the growing baby. It seems that in Pre Eclampsia the placenta does not receive sufficient maternal blood for its requirements. When this occurs, damage to the mother’s blood vessels follows, the result of which is increasing blood pressure. Kidney function is also disturbed and blood proteins leak from the mother’s circulation through the kidney into the urine. As Pre Eclampsia worsens, other organs are affected, including the mother’s liver, lungs, brain, heart and blood clotting system. Dangerous complications such as eclampsia (convulsions), cerebral haemorrhage (stroke), pulmonary oedema (fluid in the lungs from heart failure), kidney failure, liver damage and thinning of the blood (disseminated intravascularcoagulation) can occur in serious cases. However, these complications are fortunately rare.

    How can Pre Eclampsia be detected and what are the symptoms?
    A combination of rising blood pressure and protein in the urine can suggest Pre Eclampsia may be developing. As yet, there is no precise diagnostic test for Pre Eclampsia. However, if a previously healthy pregnant woman develops high blood pressure and proteinuria in the latter half of her pregnancy, then the diagnosis is almost always Pre Eclampsia. Some swelling (oedema) is common in normal pregnancy, but excessive swelling which also involves the face can occur in Pre Eclampsia. In severe Pre Eclampsia, other symptoms can appear, including severe headaches, visual disturbances (such as flashing lights), vomiting and pain in the upper abdomen. While such symptoms may have other less dangerous causes, they should never be ignored during pregnancy.

    The relative deficiency in the blood supply from the mother to the placenta limits the baby’s supply of nutrients and oxygen, which may lead to reduced growth of the baby (intrauterine growth restriction) and even oxygen deprivation. The timing of delivery in cases of Pre Eclampsia which arise early in the second half of pregnancy can be particularly difficult, because a very premature fetus may be severely affected by Pre Eclampsia, but on the other hand, cannot be certain of survival outside the womb either.

    Once a woman with Pre Eclampsia has developed persistent hypertension and significant proteinuria, the disease is considered to be severe and hospitalisation is required for careful monitoring of maternal and fetal welfare, stabilisation of various complications of Pre Eclampsia and preparation for delivery. Even though some features of pre-eclampsia. can be temporarily improved by treatments, the disease itself is progressive (sometimes slowly, but sometimes rapidly) until delivery. Blood pressure lowering drugs may often be necessary to reduce the risks of complications such as heart failure and stroke. Anticonvulsant drugs such as magnesium may also be required to prevent or treat eclamptic fits. Because of the progressive nature of Pre Eclampsia, once admitted, women are not usually discharged until after delivery.

    How Can I Best Prevent Pre Eclampsia?
    The best way to minimise the harm that Pre Eclampsia may cause in a pregnancy is to regularly attend for antenatal check-ups, so that the chance of detecting Pre Eclampsia in its earliest stages is optimised. If a woman is at particular risk of Pre Eclampsia, then it would be wise for her to attend a specialist obstetrician or maternity hospital with skill and experience in the management of Pre Eclampsia and its complications. Such women especially should consult with their doctors early in pregnancy, or even before pregnancy, to plan their antenatal care. All women should ensure that their blood pressure is checked regularly during pregnancy and that their urine is examined for the presence of protein. While small amounts of protein in urine specimens may be normal during pregnancy, amounts greater than a “trace” should not be ignored and should lead to further investigations to determine the cause of the proteinuria. Besides Pre Eclampsia, attention may be drawn by this simple antenatal test to other pregnancy problems such as urinary tract infections.

    Women should always report worrying signs or symptoms to their doctor during pregnancy. Often there may turn out to be no cause for alarm, but it is a simple matter to have a blood pressure measurement, a urine check, a blood test or other investigations/ examinations to be sure that Pre Eclampsia is not the cause of the symptoms or signs of concern. Unfortunately, Pre Eclampsia does not provide a woman with early warning symptoms or signs so never miss an antenatal appointment!!

    Personal Stories of Pre Eclampsia
    Christine’s Story
    I spent the first 5 months of my pregnancy in and out of hospital due to Hyperemesis Gravidarum, an abnormal condition of pregnancy where I could not stop vomiting. At 20 weeks gestation instead of putting on weight, I had lost 12kgs. By the time I was 22 weeks I still required anti-nausea drugs 3 times every day. Despite still feeling nauseous every day the vomiting had stopped, allowing me to finally eat and more importantly keep food down.

    An underlying kidney disease increased the risk of complications during my pregnancy, one of which was Pre Eclampsia. By around 26 weeks my blood pressure started to slowly creep up a little each visit. Some protein was evident in my urine so I started to have fortnightly visits with the obstetrician. At my 28-week appointment the Ob decided to order another ultrasound, he had concerns that the baby had stopped growing. The results stated that my baby was 1-2 weeks smaller than the dates would suggest, and that it was nothing to worry about!

    By the following visit my blood pressure had become borderline and I was told to see my GP in the middle of the fortnight. At this stage I had a persistent headache, being a headachy and migraine person I didn’t think anything of it. The one thing that did concern me was that during a 24 hour urine test that I completed over the weekend, it seemed as though none of the fluid I was drinking was coming back out of me. Little did I know that this was being caused by the pre-eclampsia. Thankfully I had made an appointment to see my GP on the Monday afternoon. It was then discovered that my blood pressure was 160 over 110, I was told to go straight to the hospital.

    When I arrived at the hospital they planned to control my blood pressure via medication and complete bed rest for as long as possible. As a precaution they gave me steroid injections to prepare the babies lungs for an early delivery. In anticipation of potential complications they transferred me to a major hospital, which was better equipped to handle pre-term infants.

    The following day was spent nervously completing tests and awaiting results. Later that same evening my whole body started to shake uncontrollably, and while attached to a foetal heart monitor I watched my unborn babies heart rate drop repeatedly to dangerously low levels. At this point the decision was made to perform an emergency caesarean. As we had discovered everything about pregnancy and evidently birth was completely out of our control, we just had to accept the situation and hope for the best. So while being prepped on the operating table I was not at all surprised at the discovery that the epidural had not worked! A general anaesthetic was organised and at 8.47pm that evening our tiny little boy Kyle Reid, weighing 2 pound 3 ounces (1040gms) was delivered.

    It was explained that the Pre-eclampsia symptoms would get worse before they got better. This meant that I remained in the labour room until stabilised on the 4th day. I remember that my vision was very blurry and I experienced temporary hearing loss. I still had the shakes and was apparently quite puffy due to all that fluid my body was saving for a rainy day! I do remember asking my Mum if it was all a bad dream, had I ever been pregnant, and more importantly did I really have a baby? The nurses refused to take me to see him, and said that he was too sick to come up to me. It really felt like my worst nightmare, every time I was lucid enough to remember, my heart broke again, the only contact with my tiny baby was through a Polaroid photograph. On the 3rd day the nurses relented, they felt that keeping me from my child was becoming detrimental to my health so I was finally wheeled up to see him!

    Upon further investigation of my placenta, massive calcification was discovered, we were told that our baby would have been lucky to survive another 2 weeks in utero. It makes me shudder to think what may have happened if we hadn’t gone to the GP in between visits to the obstetrician. We really are lucky parents to have our beautiful son. Kyle remained in hospital for 8 weeks, experiencing ups and downs, he came home weighing a whopping 4 pound 5 ounces (2045gms). The ups and downs continued throughout the first year and I am glad to say he is now a healthy, happy 18 month old. My blood pressure remained a problem for about 4 months after the delivery, requiring medication to control it. My eyesight was also poor for a couple of months but thankfully like my blood pressure it all returned to normal after a short while.

    Anne’s Story (may be upsetting for some readers).
    After two miscarriages, I was thrilled to find I was pregnant and doing well. At 23 weeks, my feet had become so swollen with fluid that I found it difficult to wear shoes, but I thought this was quite normal in pregnancy. At 25 weeks, the swelling spread to my hands and face, I couldn’t open my eyes because of the fluid. The local GP said it was an allergy. Blood pressure was slightly raised; I had severe headaches, indigestion and heartburn. At 26 weeks, the obstetrician found my blood pressure and protein was extremely high.

    I was told I would die if I wasn’t delivered within 24 hours. He took me immediately by taxi to the hospital for an emergency Caesarean section, but delivery was delayed by 24 hours as the risk of heart attack or stroke was so great. The next day, under general anaesthetic, my daughter Brooke was born, weighing (804gm) l lb 12.5oz. It was discovered that I had had an abruption and a huge blood clot had formed between the placenta and my baby daughter. Her chances of survival had dropped from 30 percent to 10 percent. Brooke struggled long and hard for life.

    After delivery I lapsed into a coma, lasting six days. The massive amounts of fluid made my brain swell, causing vivid hallucinations, aggressive behaviour and fear for my life. I was blinded for a period of time, alternating with double vision. Even today, it’s hard to believe that I lost six days out of both our lives.

    On day six I saw my beautiful daughter for the first time. She was so tiny and grey-looking. The ventilator tube took up most of her face. There was very little of her that I could touch, due to all the tubes and equipment attached to her. I didn’t feel like a mother. I couldn’t hold my baby.

    Brooke had sustained severe brain damage as a result of Pre-eclampsia. I cried an ocean of tears.

    My little miracle, Brooke, came home 93 days later. With her she brought much love and happiness. Her struggle for life ended thirteen months and eighteen days later. But she leaves us with much determination and inspiration.

    This is the first time I have put pen to paper to publicly share my experience, in the hope that I can help other bereaved parents.

    The information in this section was provided by AAPEC – Australian Action on Pre Eclampsia.

  21. मेरो काका को bike accident भएर करंग भचिएको थियो र बिर अस्पताल मा भर्ना गरिएको थियो , २ दिन पछि पानी निकाल्नु पर्ने कुरा गर्यो , तर कहिले doctor नभेको कहिले उपकरण नभेको भन्दै ३ दिन लगायो पानि निकाल्न | केहि भै हाले को भए जिम्मेवर को ? कि १० लाख दिएर ज्यान किन्ने कुरा हो | निजि अस्पताल मा टन्न पैसा तिरेको ले अलि हेरे को जस्तो गर्छ बिरामी लै तर सरकारी अस्पताल को अवस्था खस्किदो छ | doctor लै पत्यौनी कि नापतौनी हुन्छ , एती मात्र होइन , cancer लागे को छ भने, लास्ट stage मा मात्र cancer लागे को पुस्टि गर्न सक्छ , report औन नै २ लागै दिन्छ , जसले गर्दा बच्न सक्ने ज्यान पनी बचिदैना |

    • आखिर हस्पिटल वा क्लिनिक का डाक्टर हरुले बिरामी भयनन भने मुखमा के को माड l लगाउछन् त्यो कुरा थाहा हुदा हुदै पनि यती साह्रो लापरबाही किन गरेका होलान हगी…………………………………………………………………………………………………….

  22. प्रकाशजीको परिवारमा परेको शोकप्रति गहिरो दुख लागेको छ/ प्रकाशजी र यहाको परिवारले अस्पताल तोडफोड नगरेर आफ्नो उच्च्पनको परिचय दिनु भएको छ, जुन स्वागतयोग्य छ/

    तपाइको दिदीलाई के भएको हुनसक्छ? यसलाई चिकित्साशास्त्रको भाशामा प्रिएक्लेम्सिया भनिन्छ/ गर्भवती महिलालाई २० हप्ता देखि पछी बच्चा जन्मिएको केहि हप्ता सम्म हुन सक्ने समस्या हो यो/ येस्मा ब्लडप्रेसर हाई हुने, जिउ सुन्निने, पिसाबमा प्रोटिनको मात्र बढी हुने इत्यादी हुन्छ/ १०% गर्भवती महिलालाई यो रोग हुन सक्छ भन्ने केहि अध्ध्ययन देखाएका छन/ एसको उपचार चाडै डेलिवेरी गर्नु हो/ तर प्रिएक्लेम्प्सिया भएको२% प्रतिशतलै HELLP SYNDROME हुन सक्छ, जुन ekdamai खतरनाक हुन्छ र बिरामीको मृत्यु हुने सम्भावना पनि धेरै हुन्छ/ HELLP syndrome भयो भने शरीरको सबै रगत नस्ट हुन थाल्छन, रगत जमाउन सहयोग गर्ने प्लेटलेट को मात्र कम हुन्छ र जतासुकै बाट ब्लीडिंग हुन थाल्छ, अझ भर्खर मात्र ओपरेसन गरेको बिरामीमा यो सम्भावना धेरै हुन्छ/ तेस्तै यहाले भने जस्तो “जन्डिस” पनि हुन्छ/ यो भएको बिरामीलाई आइसीयु मा राखेर उपचार गर्नु पर्छ, आवस्यक परेमा भेन्टिलेटरमा राख्नु पर्छ, यदि बिरामीलाई सास फेर्न गारो भएमा वा बिरामी बेहोस भएमा/ यो समस्याले पछी सरिरको सबै अंगमा असर गर्न थाल्छ, जस्तो किड्नी, फोक्सो, कलेजो, पेट, मस्तिस्क, मुटु इत्यादी/ यसै कारणले बिरामीको मृत्यु हुन्छ/ तपाइको दिदीको केसमा पनि तेही भएको हो/

    लापरबाही भएको हो त? एसको उत्तर malai thaha chhaina/ tapaile dinubhayeko description herda एउटा kurachai bhanna sakinchh, doctorharule बिरामीको pariwarsaga khasai ramro saga communicate garera सबै kura bataye जस्तो dekhindain/ tesaile के bhairachha, aba के asha गर्ने र thik हुने सम्भावना kati छ भन्ने kura ramro saga तपाइको pariwarlai bataye जस्तो lagdain/ तर, तपाइको descriptionle arko kura पनि के batauchh भने patan hospital ka doctorharule तपाइको दिदीलाई bachauna harsambhav prayatna gareka rahechhan/ जस्तो को dialysis garayera, ventilatorma राखेर/ चाडै decision line kurama galti भएको हुन सक्छ? abasya पनि सक्छ/ यदि tapailai galti भएको जस्तो lagchh भने, please tapaile CDO officema nibedan dinuparchh/

  23. माथि लेखिएका कुराहरु पढ्दा दुख लाग्नु स्वाभाविक हो|एउटा मान्छेको ज्यानको मूल्य हुदैन, त्यसमाथि पनि अस्पतालमा मृत्यु हुनु भनेको अतिनै दर्दनाक हुन्छनै|हामी अस्पताल अनि डाक्टरहरुलाई आशा लिएर हेर्छु,विश्वास गर्छौ उनीहरुको तालिम, शिक्षा र ज्ञानलाई| तर, एउटा कुरा के हो भने उनीहरु भगवान होइनन, समय, परिस्थिति अनि उपचारको क्रम मा देखा पर्ने अतिशय ( Complications) रोकेर रोकिने कुरा होइनन|कैयौं अवस्था यस्ता हुन्छन जुन कसैले रोकेर रोकिन्न, अन्यथा यदि यस्ता कुराहरु रोकिने भए अमेरिका लगायतका बिकशित देशहरुमा मानिस को मृत्य हुन्न थ्यो होला| तर उपचारको क्रममा त्यसता बिकशित देशहरुम पनि हुन्छन| हाम्रो देश नेपालमा गरिबी, अशिक्षा, अज्ञानता ले गर्दा हाम्रो अपेक्षा भिन्न प्रकारको छ| हामि डाक्टरलाई मानिस साधारण मानिस भन्दा माथि राखेर हेर्छौं,उसको उपचारले कुनै रोग निको भो भने उसको गुनगान गाउन थाल्छु तर अलिकति पनि तल माथि पर्यो भने त्यो डाक्टरको उक्षित्तो निकालेर, यहि मेरो संसारको कमेन्टमा पनि “हाते हाल्ने, अस्पतालको ध्वंस गर्ने” कुरा लेखे झैं गर्न पछी पर्दैनौ| यो नेपाली बिशेस basic instinct, हो| मैले सबै गौर गरेर लेल्खेको लेख पढ्दा के लग्यो भने, अस्पतालका डाक्टरहरुले गर्न सक्ने क्ष्यमता सम्मको सेवा गरेका थिए|मृत्यु पश्चात पोस्टमार्टम नगरेका ले मृत्युको कारण खास के हो भन्ने कुरा बुझ्न सकिन्न|अब त खालि अड्कल बाजी र आ-आफ्नो हिसाबले त्यसको मुल्यांकन गरेर हेर्नु बाहेक केहि देखिन्न, र छैन पनि| यसमा शुरुमै त्यो पनि जुनबेला, “जिउ अलि अलि सुन्निएको” थियो त्यो बेला केहि नभए पनि पिसाब जांच गर्नु पर्ने जस्त देखिन्छ| तर त्यो गरिएको थियो कि थिएन, क्रम्बद्दा तरिका ले लेखिएको लेखमा उल्लेख छैन|अर्को कुरा, उनको वजन मा केहि परिबर्तन आएको थियो कि? त्यसको पनि उल्लेख छैन| मलाई जहाँ सम्म लाग्छ बिरामी लाइ “hepato – Renal Syndrome” भएर त्यसैको कम्प्लिकेसन ले गर्दा मृत्यु भएको हो|जुन कुरा कुनै पनि ठुलो अपरेसन पछी घट्न सक्ने अवस्था हो|यो भएपछि मृत्यु दर ९०% भन्दा पनि धेरै माथि हुन्छ|यसको उपचार ICU मा राखेर माथि उल्लेख भए अनुसारनै गर्ने हो|तर बचाउन हम्मे हम्मे नै पर्छ|पुरै रिपोर्ट (बिरामी को तर्फको) पढ्दा मैले त्यो अस्पतालको डाक्टरहरुले गर्न सके सम्म गरेकै देखिन्छ, तर मृत्यु भयो जुन रोक्न सकिन्थ्यो, यदि त्यो डाक्टर जसले सुरु सुरु मा हेरिरहेको थियो| उसले अलि अलि जिउ सुन्नेको भनेको बेलामा केहि नभए पनि पिसाब जांची दिएको भए यो अत्यन्त दुखदायी घटना घट्दैन थियो कि? पुनश्च:मा पटन अस्पतालको डाक्टर, कर्मचारी केहि पनि होइन नि है, फेरी|तर म एक डाक्टर हो त्यो पनि नेपाली|

    • निक डाक्टर साहेव ज्यु
      तपाईं डाक्टर हुनु हुन्छ/ तर नाम को अगाडी डाक्टर नलेखीकन लेख्नु हुन्छ/ माथि उल्लेखित कुराहरुले स्पस्ट सिट डाक्टरहरुले आफ्नो गल्ति छोप्न गल्ति माथि गल्ति गरेको घाम जतिकै छार्लग्न छ/ तापनि आफ्नो पेसा भाई बन्धु को तरफदारी गर्नु भयो/ डाक्टरहरुले गल्ति डाक्टरहरुले नै प्रमाणित गर्नु पर्ने हाम्रो देसमा तपाईं जस्तो आफ्नो डाक्टर भाई बन्धुको तरफदारी गर्ने हरु बात छानबिन भएमा पनि न्याय नपाउने भएको छ/ कम से कम डाक्टरहरुको लापर्बाहले एउटा नारीको असमायिक निधन भएको पिडा त् बुझ्नुस/

      यो घटनामा प्रति क्रिया लेख्दा आफुले भोगेको तेस्तै डाक्टरको लापरबाही को बारेमा लेख्न मन लागेको थियो तर संबेदन दिन गएको व्यक्ति बात अरु दुख थप्ने मनले मानेन त् लेखिन तर तपाईएन् डाक्टरको कुरा सुनेर लेख्न बाध्य भयो/ म डाक्टरको नाम किटेर लेख्दै छुन/ ल saknu हुन्छ भने त्यो डाक्टरको पनि यसरीनै तर्फादारी गर्नुस/

      घटना २०४४ तिर को हो/ मेरो बुबा मुटुको रोगि थियो/ उहाँको ज्यान बचाउने डाक्टर नेपालमा उति बेला नाम चलेको डाक्टर ठाकुर नाथ भट्टाराई हुनु हुन्थ्यो/ बुबालाई पेटमा जुका लागे/ उहाँ डाक्टर भत्ताराई कै जानु भयो/ उहाँले यो पेट को कुरा भयो तेसैले उहाँको छोरा डाक्टर कहाँ जान सलाह दिनु भयो/

      उहाँको छोरा रसिया बात डाक्टरी पास गरेको आएको रहेछ/ बुबा उहाँकोमा जानु भयो/ छोरा डाक्टर भट्टराई ले बुबालाई जुकाको औषधि दिनु भयो/ जुका एउटा मात्रै निक्लिए/ उहाँले अर्को मात्रा दिनु भयो/ त्यो मात्रा खाए पछी बुबाको पेट बात अर्को जुका त् निक्लियें बरु रगत निक्लन थाले/ छोरा डाक्टर भट्टराई ले बुबालाई तेत्रासईक्लिन नामको आन्तिबायोडिक सेवन गर्न लगाउंदै गए लगाउंदै गए लगाउंदै गए/

      तव बुबाको लिभर खराव भए किदनी समेत खराव भएर अचेत भए पिसाब पनि रोकियो/ मैले पाटन अस्पताल पुर्याए/ पाटन अस्पतालको आकस्मिक विभागमा तेती बेला डाक्टर मदन पिया थियो/ बुबालाई हेर्नासाथ मलाई अत्यन्त निर्दयेता पुर्बक उहाँलाई अस्पताल किन ल्याउनु भएको घाट लाग्नुस् भने/ बुबा मरेकै त् थिएनन् स्वास चल्दै थियो/ मैले डाक्टर मदन पिया लाई म घाटमा बिस्वास गर्ने मान्छे भएको भए अस्पताल किन ल्याउने थियो ; तपाईं उपचार गर्नुस बुबा बित्नु हुन्छ भने यहीं बित्नु हुन्छ/ भने पछी उहाँ म सिट बुबाको उपचार गर्ने पट्टि लाग्नु भन्दा म सिट बिबाद गर्न थाल्नु भयो/

      हाम्रो विवाद सुनेर एउटा कुईरे उठेर हामि निर आयो र कुरा सोध्यो/ त्यो कुईरे पाटन अस्पतालको बरिस्ठ डाक्टर रहेछ/ उहाँले मदन पिया सिट उसको ब्यबहारमा असन्तुस्टी पोख्दै आफैले मेरो बुबाको जांच गर्न थाल्नु भयो र तुरन्तै अस्पतालमा भर्ना गर्नु भयो/ बुबा रक्सि नखाने चुरत पिउन छोडी सकेको व्यक्तिको तेतिकै तेसरी लिभर खराब भएकोमा उहाँले बुबाले कुनै गलत औषधि खाएको आशंका गरेरबुबा सिकिस्त नै भई सकेको र सायद बाच्न गार्है हुने भन्दै मलाई बुबाले आज सम्म खाँदै आएको घरमा बाकि भएको औशादिहरु र डाक्टरहरुको पेर्स्क्रिप्सन ल्याउन भने/

      मैले घरमा बुबाको कोठामा अझै बीसौं तीसौं तेत्रासाएक्लिन् को चक्कीहरु देखें/ ती सबै औषधिहरु र छोरा भट्टाराई डाक्टरको पेर्स्क्रिप्शन हरु त्यो कुईरे डाक्टरलाई बुझाएँ/ उहाँले ती सबै हेरेर मलाई भन्नु भयो त्यो डाक्टर माथि कानुनी कार्यबाही गर्न सल्लाह दिए/ त्यो औषधि गलत मात्रै होईन ओभर डोज समेत भएकै कारण लिभर किदनी खराव भएको भने/

      म डाक्टर ठाकुर नाथ भंत्तराई को घरै पुगे/ सबै कुरा भने/ कुईरे डाक्टरले लेखेको रिपोर्ट पनि देखाए/ अनि ठाकुर नाथ भट्टराई ले मलाई हेरेर भने ” हो गल्ति भयो उहाँको छोरा बात/ ती औषधिहरु गलत भएको र तेतिका मात्रा दोहारायेर खुवाउनु नहुने थियो/ उहाँले पनि भने मेरो बुबा बच्न अब कठिन नै हुनेछ भनेर/ डाक्टर ठाकुर नाथ भत्तराईए ले उसको छोरा डाक्टर बात भएको गल्तीमा माफी मागे/

      म केहि गर्न सक्थें निक डाक्टर साहेब त्यो गलत औशादी दिने ठाकुर नाथ भट्टराई को छोरा डाक्टरलाई/ कानुन निरह बनेको देसमा के गर्न सकिंदैन थियो र? तर डाक्टर ठाकुर नाथ भट्टराई ले बुबाको ज्यान पटक पटक बचाउनु भएको गुण सम्झेर त्यो गलत औषधि दिने डाक्टरलाई माफ गरें उसलाई भेट्न समेत गएन/ गएर के फाईदा उसले तेही कुरा गर्ने थियो जुन आज निक डाक्टरले गर्दै छ/ त्यो कुईएरे डाक्टर साहेबले कसै गरेर मेरो बुबालाई होसमा ल्याउनु भयो र केहि महिना अरु थप उपचार गर्ने मौका पाएँ तर पछी तेही रोग कै कारण बुबा बित्नु भयो/

      नेपालमा पत्रकार हरुले अपराध गरे पत्रकार हरुले पत्रकारको अपराध लाई अपराध नै मान्दैन/ उदाहरण ऋषि धमलाको केस हाम्रो अगाडी छ/ डाक्टरको लापरबाही लाई अर्को डाक्टरले मिठो कुराले छोप्नछन्/ प्रमाण तपाईंको यो लेख/

      • मदन जी, सर्बप्रथम त मेरो तर्फाट तपाइंको बुवाको असामयिक मृत्यु त्यो पनि औषधिको कारणले भएकोमा मेरो हृदय देखिकै हार्दिक समबेदना स्विकर्नोस|आसा छ,स्विकार्नु हुनेनै छ|मैले मेरो नामको अगाडी डा नलेख्ने कारण चै मेरो नजरमा मान्छे हृदय अनि उसको मन र शिक्षाले चिनिने हो, डा त पढे पछी भइन्छ नै|त्यसमाथि पनि आजकाल हाम्रो देशमा जहाँ र जतिनै धन खर्च गर्न परे पनि आफ्नो छोरा छोरी लाइ डा अथवा इ बनाउने दौड नै चलेको छ,त्यसैको फलस्वरूप हाम्रो जस्तो सानो देशमा १०-१५ वटा मेडिकल कलेज छन्|फेरी पनि तपाइलाई भन्छु, डा भगवान होइनन,साधारण मान्छे हुन्,मृत्युलाई जित्न कसैले पनि सक्दैन|जहाँ सम्म तपाइंको बुवाको कुरा छ, म १००% त्यो अर्को खैरे डा जसले तपाइंको बुवा लै हेर्यो, को समर्थन गर्छु|डा भट्टराई लाई मा चिन्न त चिन्दिन, तर तिनको बुवा डा टि एन भट्टराई मेरो बुवाको पनि साथि हो|तर त्यसो भन्दैमा उहाँको छोराले डा को हैसियत ले गरेको गल्ति माफी दिन मिल्दैन|त्यसरी नै यदि तपाइले मैले लेखेको कुरा ध्यान दिएर फेरी एक पटक पढ्नु भो भने मैले लेखेको छु, “यदि त्यो डा जसले सुरुमा हेरेको थियो, उसले पेट बोकेकी महिला ले “मेरो सरिर अलि अलि सुन्निएको छ” भन्दा खेरि साधारण पिसाब मात्रै पनि जाँचेको भए यो दुख दाइ घटना घट्ने थिएन”, कारण, प्राय सबैनै कमेन्टेटर हरुले बिरामीको रोग लाइ “इक्ल्याम्प्सिया” भनेर भनेको कुरा पढ्नु भएकै होला|त्यो भए पछी त्यसलाई तुरुन्तै रोक्न सकेन भने १००%नै सुत्केरी मान्छेको मृत्यु हुन्छ|यो सत्य हो| यहाँ चै, मेरो बिचारमा अपरेसन गरेर सुत्केरी बनाए पछीको बिरामी को रेखदेख लाइ लिएर मैले गरेको टिप्पणी हो|र मैले उनको मृत्यु प्रति सम्बेदनशील नभएर अन्य डा र पाटन अस्पतालको पक्ष मा लेखेको पनि होइन|नेपालमा सुत्केरी आइमाई को मृत्यु दर डरलाग्दै गरि उच्च छ|हामीले त्यस्तो घटना अथवा कम्प्लिकेसन आउनु भन्दा अगाडी रोक्न सक्ने व्यवस्था अपनाउनु पर्ने कुरो मैले औंल्याउन खोजेको मात्रै हो|उपचारको क्रम मा कसैको मृत्यु हुन्छ भने त्यस बाट मेडिकल साइन्स ले आइन्दा त्यस्ता घटना नघटोस भनेर त्यसको बचोत गर्न तिर लाग्नु अति नै आबश्यक छ र गर्नु पर्छ|मृत्यु कसैलाई पनि प्रिय हुन्न मदन जी, देखि हाल्नु भो गिरिजा त्यत्रो बुढो भएर हाम्रो देशलाइ यस्तो गतिमा पुर्याई सक्दा पनि “मलाई मर्न नपरे हुन्थ्यो, एक पटक मात्रै भए पनि “राष्ट्रपति” बन्न पाए”भन्दै मर्यो भने अझ यो त यस्तो “दर्दनाक मृत्यु” कसलाई सैय हुन्छ र|भन्दै मा मानिस भए पछी होश गुमाउनु हुन्न,धैर्य लिन सक्नु पर्छ| नेपालमा पनि मेडिकल काउन्सिल छ,अदालत छ,स्वास्थ मन्त्रालय र बिभाग छ, त्यसमा यस्ता कुरा र घटनालाई उठाएर घच घच्याउनु पर्छ, आज नहोला भोलि नहोला तर एक दिन न एक दिन मेडिकल काउन्सिल ले यस्ता डा हरु र स्वास्थ कर्मी अनि उपचार केन्द्रलाइ पक्कै पनि आफ्नो दायेरा मा ल्याउँछ नै ल्याउँछ|मेरो बिचारमा डा कुट्ने,अस्पताल क सामान फुटाउने भत्काउने अनि आफ्नो रिस अरु माथि खन्ने कुरा हरु सामाजिक गल्ति हो|यस्ता कुराले बिकाश हुन्नन् बिनाश मात्रै हुन्छ|डा लाई यदि तपाई हामि तह लगाउन चाहन्छु भने मैले माथि लेखेका ठाउँ हरुमा उजुर हाल्नु पर्छ|तपाइको कुरा पनि ढिलो भा छैन, ती डा भट्टराई, र डा पिया माथि उजुरी हाल्न, किनकि पटन अस्पताल ले बिरामीहरुको रिकर्ड राखी रहन्छ, त्यसलाई हेर्ने अधिकार बिरामीक नाता, मेडिकल काउन्सिल, अदालत, मन्त्रालय र बिभागलाई हुन्छ|पाटन अस्पतालमा रिकर्ड हुन्छ भन्ने कुरा मलाई किन था छ भने मैले पनि त्यो अस्पतालमा पहिले काम गरेको थिए|

        • निक जी
          धन्यबाद पनि समर्थन पनि/ तैपनि नेपालमा छ्यातिपुर्ती कानुन ससक्त बनाउनु पर्छ/ तव न कुनै डाक्टरले लापरबाही गर्न सक्छ नकुनै राजनैतिक दले तोड फोद/

          नेपालमा जनताले जनता भएर बाच्न नपाएको कुरा छ्यातिपुर्तिको कानुन नभएकोले हो/ लौ डाक्टरको अर्को लापरबाही पनि सुन्नुस/ मेरो सासु सर्दी लाघेर स्वास लिन नसक्ने अबस्थामा मा सिट सल्लाह माग्दा मैले बिर अस्पताल जानु मुमा भने/ म किन हो कुन्नि बिर अस्पताल्नै रुचाउन्छु/ तर साली हरु मानेनन् ठुला र चिनेका डाक्टर हरुको नाम लिन थाले/ म मात्र ज्वाईं छोरा भएको भए जानेको थिएँ/

          तेतिबेला अशोक बास्कोटाको खुबी नाम चलेको थियो/ उसकहाँ लाग्न खोजे/ मैले त्यो त् हड्डी को डाक्टर हो भन्दा मानेन/ अशोक बास्कोटाले ब्रुफिन दिएयेर पठाए/ ब्रुफिन खाए पछी मुमाको स्वास झैँ बल्झियो/ अनि डाक्टर थिर मान साक्य कहा लागे/ उ ति बि रोग को डाक्टर/ उसले मुटु खराव छ भनि औशादी दिएर पठाए/ रोग नराम्रै सिट बल्झियो/ मुमाले स्वास नै लिन नसक्ने अबस्था भयो/ अनि मेरो श्री मतिलाई बाहिर औशादी पसलको एउटा भर्खर पास भएर आएको डाक्टर बोलाउन पठाए/ उसले ठिक भने निमोनिया तेश्रो स्टेज मा पुगी सक्यो फोक्सो खुकुलो बनाउने एक इन्जेक्सन तुरन्तै दिएर अस्पताल लग्नु पर्छ भने/ साली हरुले तेस्तो भर्खर पास भएको डाक्टरको कुरा मानेन र मैले एस्तो अबस्थामा कृतिम स्वास दिनु पर्ने हुन्छ बिर अस्पतालमा लाग्ने सलाह दिंदा दिन्दै पटन अस्पतालमा चिनेको डाक्टर छ भनि पटन अस्पताल नै लगियो/ पाटन अस्पतालमा राखेको केहि घन्टामै कृतिम स्वास दिनु पर्ने भयो/ तर त्यो बेला पाटन अस्पतालमा कृतिम स्वास दिने मेसिन नै थिएँन/ बिरामीको हालतले गर्दा पाटन अस्पताल बात बाहिर ल्याउने अबस्था पनि भएँन तेतिकै बित्नु भयो/

          निमोनिया भएकोलाई ब्रुफिन दिने मुटुको औशादी दिने र स्वास लिन नसक्ने अबस्थामा ल्याएको बिरामीलाई आफ्नो अस्पतालमा कृतिम स्वास दिने मेसिन नभईकन पनि भर्ना गर्ने के यो लापरबाही होईन निक जी?

          तर के गर्ने डाक्टरी प्रमाण पत्र ले ज्यानमार्न सक्ने बनाएको छ कुनै कुनै डाक्टर साहेब हरुलाई/ म फेरी भन्छु नेपालमा छ्यति पूर्ति कानुन शसक्त बनाउनु पर्छ तव आधि सामाजिक राजनैतिक बिकृतिको समाधान हुन्छ/

          निक जी तपीन भन्नु हुन्छ अस्पताल डाक्टर माथि आक्रोश व्यक्त गर्नु हुन् उनीहरु मात्रै भगवान होईन भन्नु भयो/ मैले दानव बनेको एउटा बिर अस्पतालको डाक्टरलाई चार तल्ला ” तेरो अपरेशन म गर्छु” भन्दै लखेटेको छु/ त्यो डाक्टर भागे/ खुबी हल्ली खल्ली भएको थियो तर उसको दानवी पनि को कारण उनीहरुले प्रहरी समेत बोलाउन सकेन/ ज्यान बचाउन भएको रगत पनि दिन नमान्ने रगत बैंक को स्टोर बात रगत चोर्न बाध्य भएको छुन/ कति छ कति घटना हरु निक जी/कुनै बेला प्रमाण सहित व्यक्तिको नाम किटेर लेखुन्ला/ तर यो घटना मा डाक्टर योग्यंद्र भक्तले भगवान को भूमिका निभाएको थियो/

          केहि डाक्टरहरु को कानुनि उपचार गर्नु पर्ने खालको छ/

  24. I am really sorry to say this there are plenty of people I know who went to study medicine not because they really wanted to dedicate themselves in medical field but they were forced by their parents for “status ” reason!And loads of them got into medical school ( KMC in Jorpati ) by bribing officials ( few names- Mr Hari Prakash Pudasaini, Nava Raj Dahal and other people bribed millions of rupees for the admission of their son). Do you really think I would have confidence on them? No way.

    • Prem Ji, Namaste. This article is sad and if the health professionals were at fault a formal complaint must be lodged with the medical council, medical association and the ministry of health. It is easy to accuse people based on hear-say things. KMC is not in jorpati.And you don’t know how the medical education works in nepal and especially KU system that means.First students have to give KU medical entrance test(KUMET) then after they have passed only can they apply to KU affliated college if they are selected after interviews by the concerned college then can they join into the concerned medical college.So you tell me where there is bribe?And you mentioned My name and another name as people who bribed to get their children admitted, can you prove that?So please don’t leave comments baseless.And about bribe i have not given any,students cannot get into KU affiliated medical colleges without passing KUMET exam.So the next time please verify you facts before you wite on public media.Have a good day.I will pursue legal action against you and this website if this happens again.

  25. Dear Prakash,

    I totally understand your emotion. I would have reacted same way if I were not a medical person. I am surprised to see how carefully you were watching your beloved sister.

    I am a doctor in USA. I totally blame doctors and the nurses for this reaction from you. They should have explained everything everyday. I read your note thoroughly. It is the typical natural history of eclampsia and HEELP syndrome (more likely). Your sister was unlucky. Doctors maight be late to take appropriate step in right time. But I do not totally blame them for this loss.

    Most of your W-H questions about the hospital coarse are very innocent because you lack medical knowledge. eg why lung problem while treating the kidney problems. Kidneys are supposed to filter the water and the waste products from our body. If it stops wroking the water remain inside our body resulting swelling and loss of consciousness. This is just an example.

    I wish you mysansar had researched before publishing this. We should not play with emotion and direct people against anyone. God bless you and your family.

    Shrestha

    • Yes, after a brief search in google for the terms that you stated in you response, i would probably agree that u are right. But from a layman’s point of understanding, I would still deem the hospital authority responsible. I think it is very important esp in context of nepal to teach the health professionals that the patients and their loved ones deserve some respect , not the harrassment and bullying. Part of their course should be to create awareness among the patient and their family and make them capable of understanding the depth of situation. Anyways नेपालमा डाक्टरले यो खाने भन्यो खायो त्यो खाने भन्यो त्यो खायो , यो गर्ने भन्यो यो गर्यो त्यो गर्ने भन्यो त्यो गर्यो / किन गर्नुपर्छा भनेर बुज्न खोज्यो भने जान्ने भयो भनेर गालि गर्न खोज्छ /
      Well here in US i’ve been in situations where I had actually tried to talk with my family doctor and had her alter the course of treatment with mutual understanding. I am sure there are more than one ways of dealing with situations and patients should be given the options with full knowledge of consequences.

      अनि आर्को कुरा :
      * उक्त दिन राति ८.३० बजेतिर नर्सहरुले ब्लड प्रेसर कम गर्ने औषधी भनेर खुवाएको। औषधी खाएको केही मिनेटपछि छाती दुखेको, बान्ता लागेको, उनलाई निकै गाह्रो भएको। यति हुँदा पनि नर्सहरुबाट राम्रो व्यवहार नभएको, तुच्छ शब्दहरु जस्तै बान्ता हुँदा कति खाएकी रैछे भन्ने, सास फेर्न गाह्रो हुँदा अझै गाह्रो हुनुपर्ने तँलाई भन्ने आदि।

      यदि माथि भनिएको कुरा साचो हो भने मैले पाएको भए त्यो नर्सको त्यहिँ बंगारा फुस्कैदिंठे /

  26. म हार्दिक समबेदना पर्कट गर्न चाहन्छु | आफ्नो पेशालाई कर्तब्य र जिम्मेबारीको सट्टा ब्याक्तिगत स्वार्थ र घमंडा सम्झिने ती कथित पेशाकर्मिको लापर्बाहिका कारण एउटा होनहार नागरिक अकालमै गुमाएको समाचार सुन्नु पर्दा निकै दुख लाग्यो |

  27. यो वास्तविक कहानी पढ्दा मलाई लाग्छ- ९९% डाक्टर हरुकै लापर्बाही भएको देखिन्छ…/ के गर्ने हजुर हाम्रो जस्तो मुलुकमा गरिब -दुखि, सोझा -सिधा हरुको भाग्य सँधै तल को तल्यै…/ यी डाक्टरको नामको खोक्रो खोल ओढेका डाक्टर भनौंदा नर पिचासुहरुले सिध्याउने नै भए…/ यस दुखत घडीको समयमा शोक संतब्ध परिवारमा भगवानले धैर्य धारण गर्ने शक्ति दिउन अनि मृतात्माले शान्ति पवोस…/

  28. प्रकाश यो खबर ले अत्त्यान्त मर्माहित तुल्याको छ खै कसरि लेखु कमेन्ट पनि डाक्टर हरुको कमजोरीका कारण एक असल गुडवन चरित्रवन छोरी गुमाउनु परेको छ अतिनै दुख लागेको छ

  29. In Nepal there are no law and legislations, so unfortunately this happens. In addition, about 99.99 percent of health professionals do not respect patient. They don’t talk with them properly, do not respect patient and their family, hesitate to give detail information. And this is true. I want to ask ” what is this”, if u don’t have such behavioral skills, then why u chose this profession. This profession is not only about medicine and check-ups, but maintaining dignity and understanding patient is also important here. In western countries,, communication skill is very important skill. Nepal also should have similar kind of competency standard for medical and nursing students. And those leaners need to know how to behave with people. I amvery sad hearing about this issue, it could have been prevented. May god bless those who are suffering.

    • hi soni,
      can you please do me a favour?
      can u please quote the source for the data u have presented :
      “about 99.99 percent of health professionals do not respect patient.”

      it seems to me that you are well educated as well as practical person.
      i am sure that it is not just an assumption.
      thanks in advance.

      • thank you for your concern aauryesh, that data i got is from people of nepal. that is their perceptionb and feeling towards the medical system of nepal which include doctor-patient relationship as well. people are not मुर्ख like you, they know what is happening and even can feel others behaviour.

  30. गल्ति गर्ने मान्छे हुदैन र गल्ति दोहोर्याउने पनि मान्छे होइन, पटक पटक गल्ति गर्ने त के डा. हुनु नि ति त मान्छे पनि होइनन,येस्ता अरुको प्राण लिन रमाउने हरुलाई, उनीहरुको कुकर्मको पहिचान गरि कडा भन्दा कडा कारबाही हुनुपर्छ/मृत आत्माले चिर शान्ति पाओस,हार्दिक श्रद्धान्जली!!

  31. मृतक अनुपमा प्रति हार्दिक श्रद्धान्जली !
    कहिले सम्म हुने हो नेपाली डाक्टरहरुको सिकार???? नेपालका अस्पतालहरु कहिलेबाट मानब बधशाला बाट नेपालीलाई स्वास्थ्य सेवाप्रधन गर्ने सस्थामा परिरंत होला? कसले सुनिदिने यस्ता दैनिक कयौ अनुपमाजी हरुको चित्कारलाई? अबपालो सबैजनाता उठ्नेबेलाभय जस्तोछ होइन भने, मेरोसंसार बाट कति समचारमात्र पढ्ने???
    तेसैले अब सहिकुरो लियर उठ्ने बेला भयो कि नेपाली दाजुभाई, दिदीबहिनी हरु ले, नेताको रेलिमा हिड्ने समय अब स्वस्थसेवालिनापो लाग्नेकी????? सहिकुरोमा यकजुतहुनेबेलाभयो कि अब त!!!!!!!!!!!!

  32. लापरबाही हो भन्नेकुरामा दुइमत हुने सक्दैन! कसाइ र बगरे हरु भन्दा पनि घटिया छन् नेपालका स्वास्थ कर्मी अनि डाक्टरहरु, मैले यसो भनि रहदा ति केहि सम्मानित डाक्टर र अतिकम स्वास्थाकर्मी हरुलाई अपवादमा राख्दै तिनीहरुसंग क्षमा माग्दछु!
    संका लाग्यो कतै यी अनुपा निरौला लाइ जबरजस्ती बिरामी बनायर किड्नीको ब्यापार त गर्रेन! यहा त बिरामीलाई पत्तै नदियर सरिरको भित्रि अङ्ग उदैदिन्छा यी कसाइ बगरे हरुले अनि पोल खोलिने वा कुरा पोखियर जाने स्थितिमा बिरामीलाई नै मारिदिन्छां यी कसाइहरु ले! डाक्टर अनि स्वास्थ कर्मिको नाममा कलंक हो यिनीहरु, डाक्टर, नर्स आदि भन्न पनि घिन लाग्छ!
    धेरै छ कुरा गरि साध्य छैन!
    मध्यमबर्गीय र निम्न मध्यम बर्गीय नेपालि हरुको पिडा हो यो! बरु निम्न बर्गीय नेपालि यो पिडा र घाट बात मुक्ति पायको छ किनकि उनीहरु यी कसाइ र बगरे हरु भाठाउमा पुगने सक्दैन वा आउने पर्दैन, तेही खुसि हो!
    अनुपालाई श्रद्दान्जली र परिवार जानमा समबेदना!

  33. सारै दयनीय घटना ..मृतकले चिर्संती पयोस…वन्ने पर्दा मेरो पनि nurse पेसो नै हो र लगवाग १० बर्सको नेपालको सेबा प६इ म अमरिकामा nurse पेसमनै आबद्द ६उ …र म ka वन६उ वने नेपालका अस्पतालमा धेरै नै लापरबाही हुन६ , सब हुन६ Dar को लापरबाही लेहुन६ सत्य हो तर बचाउने पनि कोसिस गर६न् कोसिस fail खन६ ज्यान जन६…..nurseko खस् हात हुदैन खाली oreder carryout गर्ने हो nurse ले…उल्टै कति गाली खनुपर६ dr को तपाइलाई क था …नेपालक dr को habit सुद्रिओस्…चुरीफुरी कम होस् …अरुको ज्येना ma हेक्का पुगोस..जय देस जय नरेस…

    • रिना जी,
      तपाईले लेखेको राम्रो संग बुझिएन! माथिको घटनामा सबै दोष doctor लाई दिनु भयो/ Nurse ले doctor को order मात्र मान्ने हो भन्नुभयो, त्यसोभए के बिरामीलाई गाली गर्न doctor ले order गरेको हुन्छ? बच्चा हुने बेलामा ladies हरु कराएको बेला “अहिले चिच्यौछास, … गर्ने बेलामा खुब मजा गरेको थियिस ” भनेर भन्न पनि doctor ले नै सिकाएको हुन्छा हो ? वाहियात! सबै त्यस्तो नहोला, तर स्वीकार गर्नुस कि नेपालका maximum nurse हरुलाई त Nursing बाट हटाउनु पर्ने हो ! तर के गर्ने “नहुने मामा भन्दा कानो मामा जाति” भनेझै धेरै छैनन् अनि के गर्ने ?

  34. प्रकाशजी , यसरी कुरै नबुझी अरु प्रति आक्रोसको भावना आउने लेख लेख्नु त्यति उपयुक्ति नहोला कि. लेख्नु भन्दा अगाडी अलि अलि अनुसन्धान गर्नु भएको भए डाक्टर प्रति त्यति आक्रोश हुनुहुन्न थियो होला. हुन त गल्ति सबै बाट हुन्छा र गल्ति गर्ने लाइ उपयुक्त कारबाही गर्नु पर्छा. तर तपाई को लेख पर्दा यहाँ डाक्टर को गल्ति ले भन्दा पनि गर्वावती भएको बेला देखा पर्ने एकदम बिरलै देखिने तर घातक जटिलता ले हुनु पर्छा.

    • बिबेक र धर्म भन्ने चिज पनि छ है। नबिर्सौ पीडित पक्ष का मानिसहरु ले पनि सोच्नै नसक्ने त पक्कै होईन होला। मेरो आफ्नै आमा बित्दा पनि तेही आइ सी यु बेड नम्बर ४ मा ती ती नै डाक्टरले भेटेर राम्रो बोल्न पनि चाहदैन थ्यो। कति लापर्बाही भन्ने कुरा ।।।।।।।।।माड्साब आचानो लाई मात्र खुकुरीको चोट थाहा हुन्छ

    • जटिलता भएको कुरा चै बिरामी लै जानकारी गराउनु पर्दैन ??…
      नेपाल क डाक्टरहरु यो जाच गर त्यो जाच गर भन्छ तर किन गर्ने कहिले पनि बिरामीलाई जानकारी दिदैनन , अझै सोद्यो भने तपाई डाक्टर कि म भंचन , उपेन्द्र देवकोटा ले मेरो दाजु को केशमा येस्तई सब्द प्रयोग गरेका ठेये ….

      नेपालमा पैसा क डाक्टर धेरै भए नकी ज्ञान क डाक्टर , यिनी हरुलाई बिरामी संगै खासै सरोकार हुदैन , हुन्छ त केवल पैसा संग मात्र … यिनी हरु लै डाक्टर भन्ने कि कसाई ..लापरबाही गर्ने डाक्टर लै कारबाही भएको कुर्ने रेकड नै छैन नेपालमा , तेसैले यिनी हरु असन को चाड साढे जस्तै छन् … उपचार कठिन हुन सक्छ तर बिरामीलाई राम्रो बेबहार त गर्नु पर्यो नि … मिली एउटा एस्तो नर्सको पनि सङ्गत गरे जो रक्शी खाएर कोशी होस्पितालमा काम गर्छिन … तिनको नाम सरस्वति हो (तामांग हो कि जस्तो लाग्छ )… यिनी बिराटनगर को नोवेल हस्पिटलमा पनि काम गर्छिन … यो कस्तो नरसिंग पेसा हो ???

    • दिर्घ जी,
      प्रकास जीले वहाँले देख्नु त बुझ्नु भएको कुरा यो ब्लगमा लेख्नु भयो । यो ब्लग हो कुनै राष्ट्रिय अखबार होइन् । बरू प्रकाशले आफुले बुझेका कुरा हामी सबैसँग बताएर राम्रो गर्नु भयो जस्तो लाग्छ । जसले गर्दा हामी जस्तो non -मेडिकल फिल्डको मान्छेलाई पनि जानकारी हुन आयो वास्तविक संभावित समस्याहरू के हुन सक्छ भनेर धेरै मेडिकल फिल्डमा साथिहरूको प्रतिक्रिया पढ्न पाउदा । तपाई मानि लिनुस यसरी जानकारी गराउनु नै आजको उत्तम उपाए हो बुझ्न त बुझाउन् । यदि प्रकाश जीले पनि कुरै नबुझि अरूले झै अस्पताल हाता भित्र केहि अप्रिय घटना घटाउनु भएको भए के हुन्यो । त्यसैले मैले बुझे अनुसार प्रकाश जी को वास्तविकता पत्ता लगाउने यो राम्रो तरिका हो, जस्तो लाग्छ ।

      • पवित्रजी,
        तपाइको कुरामा म एकदमै सहमत छु. प्रकाशजीले आफ्नो प्रस्नहरु, संकाहरु यो ब्लग मार्फत बाहिर ल्याएर धेरै राम्रो गर्नु भयो र हामीलाई बिरामी, बिरामीको परिवार र चिकित्सा क्षेत्र बीचको misunderstanding कम गर्ने मौका दिनु भयो, नेपालको चिकित्सा क्षेत्रका कमि कमजोरी थाहा पाउने अवसर दिनु भयो. यो धेरै नै सर्हानिय कदम हो. यो लेख बाट हामि चिकित्सा क्षेत्रका साथीहरुले उपचारको समयमा बिरामी र बिरामीको परिवार संगको communication कति आवस्यक र अपरिहार्य छ भन्ने कुरा बुझ्नु पर्छ.

  35. केश डाक्टरी भाषामा Pre-eclampsia हुदै Eclampsia भएको जस्तो देखिन्छ l सारै दुख लाग्यो l देशका अस्पतालहरु कुखुरा पाल्ने पोल्ट्री फर्म जस्तै छन् – सर सफाई र त्याहाँका डाक्टर नर्सको रवैया हेर्दा l लाटो देशमा गाड़ो तन्नेरी झैं छन् हाम्रा अधिकांस डाक्टर साब हरु l दैब कै दयाले बाँचेका छौं हामीहरु ….

    मृत आत्मा को चिर शान्ति .. र परिवारमा यो पिडा सहन गर्ने सामर्थ्य को कामना l

    -बड्का

  36. मृतकले अन्तिम अवस्थातिर भनेको कुराहरूलाई मान्ने हो भने डाक्टर/नर्सको लापरवाही भएको हुनुपर्छ । गल्ती जोसुकैबाट पनि हुन्छ, तर यहाँ त गल्तीमाथि गल्ती भएको बुझिन्छ, जुन छानबिनको घेरामा आउनुपर्छ । तर खै कसले गर्ने छानबिन अनि कसले गर्ने कारबाही ? सबका सब पेशाकर्मीहरू कुनै न कुनै राजनीतिक संगठनका सदस्य भइखाएका छन् वा सिधा भन्नुपर्दा हरेक पेशा-व्यवसाय गर्नेहरू कुनै न कुनै संगठनसँग आबद्ध छन्, र ती संगठनहरू कुनै न कुनै राजनीतिक दलका गोटी हुन् । भोलि ती डाक्टरहरूलाई छानबिनमात्र गर्छु भन्यो भने पनि सबका सब डाक्सा’पहरू आन्दोलनमा नउत्रेलान् भन्न सकिन्न । यस्तो अवस्थाको अन्त्य कुनै दिन अवश्य होला; कामना गरौ ।

    अवस्था जस्तोसुकै भएपनि प्रकाशजीले आफूलाई परेको पीडा गुम्साएर राख्नुभएन र ‘मेरो संसार’ले यसलाई स्थान दियो, जुन सह्रानीय छ । यसरी नै हामी ‘बोल्नैपर्छ’; चुप बस्ने हो भने भोलिका दिन फेरि पनि आफै वा अरु कोही पीडित बन्नु नपर्ला भन्न सकिन्न ।

  37. सारै दुख र नराम्रो लाग्यो, प्रकाशजीले दर्साएका दुखद घटना सुन्दा /
    ** May her soul rest in peace. **
    No words to express…

  38. Prakash ji,
    From all the information you provided, I think the patient had Pre-eclampsia. This further developed to eclampsia with multi organ failure. This is one of the most dangerous pregnancy complication. There is no known treatment for this condition, but early delivery would have been the best cure.

  39. पढ्दा पढ्दै आखा बाट आशु आयो शरीर तातेर आयो ! यी डाक्टर हरु बिरुद्द हातै चलाउन मन लग्यो !
    धैर्य गर्नु भो तोड फोड गर्नु भएन राम्रो गर्नु भो ! तर त्यसो नगर्दा उनि हरु ले गरेको यो गम्भीर गल्ति लाई महसुस समेत गर्दैनन् सुधार त टाढा को कुरा ! के गर्ने हाम्रो देस मा यो दण्डहीनता कहिल्यै नहट्ने भो !
    सोकाकुल परिवार मा धैर्य धारण गर्ने शक्ति आवोस र मृत आत्मा लाई चिर शान्ति को कामना !

  40. मलाई लग६ गल्ति सबै बाट हुन६ ,, अन्जान भएका कमि कमजोरी मात्र भूल हो तर जानी जानी गर्ने कमजोरी आपराद हो ,,, तेसैले घटना क्रम हेर्दा यो आपरद हो एसको सजाए आस्पताल unit र डाक्टर दुबैले पाउनु पाउनुपर६
    तर तेसो भन्दैमा आनाबसेक आन्दोलन गरेर पेसा प्रति निष्ठा राख्ने डाक्टर हरुलाई निरुस्सहित नगरु
    जय होस्
    न्याय प्रेमीहरुको

  41. sorry to read the blog…
    this increasing lack of trust on the medical professionals is really worrying. it seems that now everyone must be in health field for them to understand the clinical condition. the above mentioned clinical features are typical of ECLAMPSIA AND THIS IS NOT A NEW THING IN MEDICAL PRACTICE.

    READERS OF THIS ARTICLE AND COMMENTERS,
    PLEASE READ ABOUT IT … AND ONLY THEN MAKE USELESS COMMENTS ON MEDICAL PROFESSIONALS.

    • hi aayresh, i m sorry to read ur comment too,
      yes there is great lack of trust in health professional and there is big gap in the relationship between them.
      u sound very uneducated and impractical person.why u telling readers to read about medical condition before commenting . havent to thought about criminal negligience conducted by health professionals in this case and for which they are totally liable for damages. in each and every steps they are responsible.
      health professionals in nepal should learn how to be responsible.
      what i can see is they are just a ”rude bunch of people having license to practice”.

      • hi soni,
        everyone has a right to freedom of speech. anyone can express his/her feelings in the democratic world of today. MYSANSAR has become the platform to express it and we must thank it too. But the article like this with sensitive issues must be analysed first as it can be misleading and this is what this article is creating.

        Reading this article, it seems that there must have been a communication gap between the medical professionals and the patient party about the case and clinical condition. Lack of inadequate counselling by doctors or lack of understanding about medical condition by patient party could have been the underlying problem. But the news and comments by mostly non-medical people are presented in such a way that doctors are criminals and killers which is absolutely unjustifiable. NO DOCTOR CAN DO WRONG TO HIS/HER PATIENT. I can guarantee. If ever he/she does, he is not a doctor at all.

        PLEASE STOP POTRAYING DOCTORS AS CRIMINALS.

        same with the case ‘आमाको शल्यक्रिया गर्दा बच्चाको पेट काटियो’ .
        that’s a case of GASTROSCHISIS in which news is presented in a spicy form with all the ingredients. journalism does not mean just attracting peoples’ attention. before presenting information, if not much a bit of research and analysis must be done if we are truly professional.

        http://en.wikipedia.org/wiki/Gastroschisis

        • hi aayresh, now u are realizing that this is a sensitive issue !, when doctors treat insensitively with patient then iu think that it is an insensitive case. it is not misleading at all, it is just in a good way making alert to all people and even to health professional, now they , and i think even u sud be from now onwards.
          and havent u heard about cases about negligency,. read the case history from patients and family or read old hospital notes where u can find the wrong doing by doctors,..just u have to do is to read and analyse and think that what whould u feel if u were in victim situation,..thanks

  42. एउटा नारीको उपचार माथि लापर्बाह भएकै देखियो/ प्रथम अपरेसनमा कुनै भुल भएको र तेस्लाई ढाकछोप गर्दा गर्दै अनाहकमा ज्यान गएकै देखियो/ सकिने थियो त् कुनै मेडिकल टिम बात छाविन गराउनु पर्ने थियो/ दोषी ठहरिएमा दण्डित बनाउनु पर्ने थियो/ तर नेपालमा तेस्तो कानुन नै छैन/ तेस्ता उपचार कर्मीको भेषमा यम राज बनेका हरुलाई अब कोस्नु बाहेक अर्को गर्न नै के?मृतक को परिवारमा मेरो सहानु भति अर्पण गर्छु/

    अहिले संबिधान बनेमा कसैको पनि लापर्बाह बात कुनै व्यक्तिको जिउ ज्यानमा र अबशर पाउनु पर्ने हकमा अन्यथा भएमा कसैलाई पनि सरकारलाई पनि छ्यति पूर्ति तिराउनु पाउने कानुन बनेमा मात्रै जनताले बाच्ने तथा लोकतान्त्रिक हकको हक को उपभोग गर्न पाउनेछ/ ये बन्द गर भनेर तर्सायर पसल बन्द गराउने स्कुल बन्द गरौनेलाई समेत यो कानुन लाग्ने बनाउनु पर्छ/ न भए यस्तै हो/ “जस्तो तन्त्र आए पनि मनपरितन्त्र नै चल्छ नेपालमा” /

    अमेरिकामा छ्यति पूर्ति कानुन कडा भएको कारण कसैले पनि कसैलाए साधारण बाधा पर्ने काम पनि कसैले गर्न आँट गर्दैनन्/ कुनै पनि बिरामी पैसा भएको होस् बा नहोस अस्पताल पुर्याए पछी तेस्को उपचार हुने पर्छ/ पैसा तिर्न सक्ने हो बा होईन अस्पताल ले सोध्न पनि पाउन्दैनन/ प्रहरीले बा कसैले कसलाई अभद्र सब्द मात्रै प्रयोग गरे मान हानि भएको भनि छ्यति पूर्ति माग्छन/ तेसैले प्रहरीले समेत अपराधीलाई पनि “सर” भन्दै हत्कडी लगाउन्छन्/ हामि कहाँ त् आमा चकारेर निर्दोस लाई पनि गालि गर्न पाउनु पुलिस बन्नु को सान बनेको छ/

    उहिले बेलायत मा कुनै नेपालीको आखाको उपचार मा लापर्बाह भएको भनि डाक्टर बात लाखौँ पाउँद छ्यति पूर्ति उठाएको थियो/ तेस्तै कानुन नेपालमा बन्नु पर्छ तव हामि नागरिक बन्न सक्ने हुन्छ नभए कुनै पनि तन्त्रमा पार्टीको कमारा बनि मर्दै जिउनु नै हाम्रो कर्म हुनेछ/

  43. अति नै पीडादायी खबर यो सब बिना अनुभबीहरुको खेल हो … यसको छानबिन गर्न जरुरि छः दोसीलाइ कारबाही गर्न पर्दछः ……

  44. र्हिदयविदारक घटना, मान्छे को मन कुनै कुनै त निर्दयी पनि हुदो रहेछा… अति दुख लाग्यो…. शोकाकुल बनायो… हे भगवान मानवजगत मा अरु अनिष्ठ हुन नदेउ… पराकाष्ठ ले सिमा काट्यो…

  45. यो दर्दनाक समाचार सुन्दा मलाईपनि केही वर्ष अघि त्यही पाटन अस्पताल मै मेरो एउटी प्यारी भान्जीको यो संसारको अनुभब नै गर्न नपाई सन्सार त्याग्नु परेको दिनको याद दिलायो . धोका दिनेलाई के भन्नु र खै सेता कोट धारिहरु नै हाँस भो हामीहरु नै बस्नु पर्ने भो रोइ . धन्यबात

  46. चीन र रसियाबाट प्रमाणपत्र लिएर अएका र नेपालभित्रै पनि सोर्सफोर्सबाट डाक्टर भएकाहरूको असक्षमताबाट यस्तो घट्ना हुन्छ । संक्रमणकाल र पर्याप्त कानुनको अभावले नेपालमा के गर्न सक्ने र ? यिनीहरू लाइसेन्सवाला हत्याराहरू हुन् नेपालमा । अमेरिका लगायत पश्चिमा मुलुकतिर हो भने डाक्टरले जेल सजाय सहित डाक्टको विमा कम्पनीले लाखैां डलर जरिवाना तिर्नुपर्थ्यो । नेपालमा त्यस्तो व्यवस्था कहाँ पाउनु र ?

  47. प्रकाशजी,
    तपाइको दिदिको असामयिक निधन भएकोमा मलाई सारै दुख लागेको छ . तपाइँ हरुले जुन धैय सहनशीलता देखाउनु भयो तेस्को म कदर गर्छु. हिजो आज अस्पताल हरुमा, private क्लिनिक हरुमा लापरवाहीका घटनाहरु बढेको छ. बिरामीको राम्रो हेरचाह नगर्ने, अनावस्यक अप्रेसन गर्ने, बिरामी प्रति राम्रो व्यबहार नगर्ने आदि हुने गरेको छ. चिकित्सा छेत्र मा व्यापारिपनको प्रवेश ले एस्तो घटनाहरु बढेको हो.
    तपाई र तपाइको परिवार को मनमा कति धेरै प्रस्नहरु थिए र छन् भनेर तपाइको लेख पड्धा थाहा हुन्छ. ति सबै प्रस्नहरुको जवाफ दिने दायित्व तपाइको दिदीको उपचारमा संग्लग्न डाक्टरहरुको हो र उनीहरुले हरेक प्रस्नको जवाफ दिएर तपाईहरुको चित्त बुझाएर मात्रै उपचार अगाडी बढाउनु पर्थ्यो जुन हुन सकेन.
    अर्को कुरा, उपचारको निर्णयको सम्पूर्ण अधिकार बिरामी र बिरामीको परिवारलाइ दियिनु पर्ने हो, जुन हाम्रो देशमा प्राय हुदैन. बिरामीलाई आफु सन्चै भएको जस्तो लाग्छ तर डाक्टरले एस्तो छ उस्तो छ भनेर बिरामीको इक्ष्य विना भर्ना गरिदिन्छन. तपाई को दिदीको सन्धर्भमा नि येस्तई भएको देखिन्छ. डाक्टरको काम बिरामीलाई उसको स्वास्थ्यको बारेमा जानकारी दिने हो, रोग के हुनसक्छ, तेस्को उपचारहरु के हुन्छन, उपचारका के के side effects हुन्छन, रोगले कुन कुन रुप लिन सक्छ, अनि कति रोगमा उपचार गर्दा गर्दै पनि बिरामीको अवस्था बिग्रदै जाने पनि हुन सक्छ, ति सब कुराको जानकारी गराएर बिरामी र उनको परिवारलाई उपचार गर्ने नगर्ने, गर्ने भए कुन उपचार गर्ने आदि सम्पूर्ण निर्णय को अधिकार दिनु पर्छ. र बिरामी र उसका परिवार ले पनि उपचार सुरु गर्दा अस्पताल आइयो अब सबै काम डाक्टर नर्स ले गर्छन नभनी आफ्नो रोग, अवस्था सम्वन्धि जान्ने, आफ्नो उपचार सम्वन्धि निर्णय गर्ने अधिकार बुझेर सबै कुरा को निर्णय गर्नु पर्छ. चिकित्सा क्षेत्र भनेको एकदम संबेदनसिल क्षेत्र हो, यो बिरामी, उसका परिवार र उपचारमा संग्लग्न डाक्टर, नर्स सबैको एकापसको विस्वासमा अढेको हुन्छ. सबैले आफ्नो आफ्नो दायित्यो र अधिकार बुझ्नु पर्छ र तेस्लाई पुरा पनि गर्नु पर्छ.
    प्रकाशजी,
    तपैले यहा राख्नु भएका प्रस्नहरु, संकाहरु एकदमै जायज छन्. तिनीहरुको समाधान धेरै पहिले उपचारको क्रममै गरिनु पर्थ्यो तर तेस्तो हुन सकेन. म एउटा चिकित्सक भएको नाताले ति प्रस्नहरुको समाधान गर्ने प्रयास गर्नेछु. मलाई थाहा छ तपाई र तपाइको परिवारलाइ दुख परेको छ र एस्तो बेलामा सम्हालिन गाह्रो हुन्छ. तैपनि मेरो अनुरोध जर्सरी तपाईहरुले त्यो बेलामा संयमता अपनाउनु भयो त्यसैगरी कृपया केहि पनि पूर्वाग्रह नराखी, bias नभई पढ्नु होला.
    १. गर्भवती हुने बेला मा अलि अलि जिउ सुन्निनु. वान्त हुनु, पेट दुख्नु भनेको सामान्य हो. तर यी लक्ष्यण धेरै ठुला रोगहरुको सुरुको लक्ष्यण पनि हुन सक्छन, जसले आमा बच्चाको ज्यान पनि जान सक्छ. सुरुकै अवस्थामा रोग पता लगाएर तेस्को उपचार गर्न सके त सबै भन्दा राम्रो तर सधै तेसो गर्न सम्भव छैन. किनभने रोगको सुरुवातमा देखिने सामान्य लक्ष्यण अन्य धेरै रोगमा पनि देखिन्छन र जाचमा, investigations मा पनि खराबी नदेखिन सक्छ. जसले गर्दा कुन रोग हुने संभवाना बढी छ भनेर तेही आधारमा उपचार गरिन्छ.
    यहा तपाइलाई अचम्म लग्न सक्छ, कि रोगको किटान नै नगरी हचुवाको भरमा उपचार सुरु गर्ने, तेत्रो पढेर पनि रोग चिन्न नसक्ने भनेर…तर यो एकदमै सहि हो, रोग चिनेर १००% confident भएर उपचार सुरु गर्दा कि त एकदमै ढिलो हुन्छ कि त त्यो उपचार को कुनै औचित्य हुदैन. तेसैले सबै लक्ष्यण, जाच, investigations का आधारमा कुन रोग हुन सक्छ भनेर एउटा emperical diagnosis बनाइन्छ र तेसैको आधारमा उपचार सुरु गरिन्छ. अनि दैनिक लक्ष्यण हेरेर, जांच गरेर त्यो diagnosis ठिक छ छैन, उपचारमा परिवर्तन गर्नुपर्छ पर्दैन, complications आयो आएन हेरिन्छ. यो तरिका संसार भरि नै गरिन्छ. यदि तपाईलाइ ‘किन रोग पहिचान नगरी उपचार गर्ने?’ जस्तो लाग्यो भने कुनै पनि डाक्टरलाइ सोध्नु भए हुन्छ, जतिसुकै ठुलो डाक्टरले पनि सधै १००% confident भएर उपचार सुरु गर्न सक्दैनन्, यो हाम्रो limitation हो.
    २. तपाईंको लेख पध्दा तपाईंको दिदिको एक्कासी जिउ सुन्नियेको, प्रेसर बढेको भन्ने लाग्छ, जुन गर्भवती समय हुने एउटा ठुलो रोग हो, यसलाई pre-eclamsia भनिन्छ. यस्मा माथिका लक्ष्यणहरु देखिने र प्रेसर पहिले नर्मल रहने र २० हफ्ताको गर्भ पछी बढ्ने हुन्छ. एसको उपचार हुन सकेन भने वा कहिलेकहिँ उपचार हुदाहुदै पनि बिरामी eclampsia मा जान सक्छ. eclampsia मा तपैले भनेको जस्तै “शरीर काम्ने, बुरुक बुरुक उफ्रने, आँखा पल्टाउने, थेग्न नै गारो हुने गरी उफ्रने, बिरामी बेहोस हुने” र आमा र बच्चाको ज्यान खतरामा जाने हुन्छ.
    त्यति बेला उहाको उपचारमा संग्लग्न डाक्टर नर्सले रोगको गम्भीरता बुझाउन नसकेको जस्तो देखिन्छ. र त्यति खेर प्रेसर मात्रै बढेको तर बिरामी सामान्य भएको भए पनि त्यो एउटा ठुलो रोगको सुरुको लक्ष्यण थियो.
    ३. गर्भवती बिरामीलाई नर्सहरुले तुक्ष सब्द प्रयोग गरेको, गालि गरेको, हेरचाह नगरेको भनेर जुन भन्नु भयो त्यो म आफैले पनि देखेको छु. यो एकदमै घृणित र unprofessional काम हो.
    ४. “प्रेसर को औषधी खाएको केही मिनेटपछि छाती दुखेको, बान्ता लागेको, उनलाई निकै गाह्रो भएको”- कहिलेकहिँ औसधि गर्दा गर्दै पनि रोग बढ्दै जाने हुन्छ. त्यति बेला उहाको प्रेसर धेरै नै बढी भएको हुनसक्छ, त्यसैले eclampsia मा जान नदिनको लागि तुरुन्त CS अप्रेसन गर्नुपरेको हुनसक्छ. तर बिडम्बना के छ भने कतिबेला अप्रेसन गरेर पनि, औसधि गरेर पनि eclampsia हुन बाट रोक्न सकिदैन. अनि यस्मा प्रेसर कन्ट्रोल गर्नको लागि अप्रेसन गर्नु पर्ने हुन्छ न कि प्रेसर कन्ट्रोल गरेर अप्रेसन गर्ने.
    ५. पछी उहालाई eclamsia को complications (HELLP syndrome )देखिएको जस्तो लाग्छ. जन्डिस देखिनु, पिसाब कम हुनु, जिउ सुन्निनु, प्लेतेलेट कम हुनु (जसले गर्दा शरीर भित्र रगत बग्नु- internal bleeding) आदि हुन्छ. जुन पछी बढेर ARDS भएको देखिन्छ. जसमा शरीरका धेरै अंग हरु (मुटु, फोक्सो, कलेजो, मृगौला आदि )ले एकै चोटी काम नगर्ने हुन्छ (multi organ failure ).
    प्रकाश जी,
    अनुपाजी को उपचारमा लापरवाही नभएको, डाक्टर नर्स हरु सबै ठिक त म भन्न सक्दिन तर उहालाई माथि भनिएको रोग भएको र तेस्को complications देखिएको हुन सक्छ. त्यसैले उपचार गराउदा बिरामी र बिरामीका परिवारले बिरामीको अवस्थाको बारेमा सबै जानकारी लिने, उपचार के के हुन सक्छ, उपचारको side effect के के हुन सक्छ, complications के के औना सक्छ सबै बुझेर मात्रै उपचार सुरु गर्ने गर्नु पर्छ.
    डाक्टरहरुले भने बिरामीका सकेसम्म सबै जिज्ञासाको उत्तर दिने प्रयाश गर्नुपर्छ. र उपचारको निर्णय बिरामी र उनका परिवारलाइ दिनु पर्छ.
    यो रोग बारे अझ बुझ्नको लागि-
    http://en.wikipedia.org/wiki/Pre-eclampsia
    http://www.mayoclinic.com/health/preeclampsia/DS00583
    http://www.mayoclinic.com/health/preeclampsia/DS00583/DSECTION=symptoms
    http://www.mayoclinic.com/health/preeclampsia/DS00583/DSECTION=complications
    http://www.mayoclinic.com/health/preeclampsia/DS00583/DSECTION=coping-and-support
    http://www.buzzle.com/articles/hellp-syndrome-in-pregnancy.html

    • डाक्टर साब
      तपाइको सल्लाह मा पनि नम्बर २ को अन्तमा जुन प्ररम्भिक लक्ष्यण देखियो भन्नु भयो, तेसैबेला डाक्टरले सहि उपचार पद्दती नअपनायेको त देखियो नि। येती धेरै लेखी सकेपछी पनि उपचारमा संलग्न डाक्टरहरुको कम्जोरी लाई सिधा स्विकार्न नसक्नु कतै तपाईंको पेशागत येकता ले त होइन? अन्यथा नथान्नु होला डाक्टर साहेब तपाईं शायद राम्रै हुनुहोला तर बिबेक र धर्म भन्ने चिज पनि छ है। नबिर्सौ पीडित पक्ष का मानिसहरु ले पनि सोच्नै नसक्ने त पक्कै होईन होला। मेरो आफ्नै आमा बित्दा पनि तेही आइ सी यु बेड नम्बर ४ मा ती ती नै डाक्टरले भेटेर राम्रो बोल्न पनि चाहदैन थ्यो। कति लापर्बाही भन्ने कुरा ।।।।।।।।।माड्साब आचानो लाई मात्र खुकुरीको चोट थाहा हुन्छ

      • दुर्गाजी,
        प्रतिक्रियाको लागि धन्यबाद.
        तपाइको प्रस्नको जवाफ प्रकाशजी को लेख बाट नै पाउन सकिन्छ. उहाले नै भन्नुभएको छ कि pre-eclampsia को उपचारको लागि बिरामीलाई भर्ना गरेर प्रेसर को औसधि सुरु गरियो भनेर. उपचार सुरु गर्दा रोगको जटिलता, गम्भीरता नबुझाइएको भने बुझ्न सकिन्छ, जुन उपचारमा संलग्न डाक्टरहरुको कम्जोरी हो.
        जहाँ सम्म पेशागत एकताको कुरा छ, यदि गल्ति, लापरवाही भएकै हो भने दोषीहरुलाइ कारवाही गरिनु पर्छ भन्ने मेरो भनाइ छ. यस्ता घटनाको पूर्ण रुपमा छानविन गरि कानुनि रुपमा सजाय दिने व्यवस्था गरिनुपर्छ.

    • you must be correct in diagnosing the disorder that this person was suffering and may be the doctors involved did act reponsibly and inspite of that we ended up with such condition. But i feel every patient and their care takers have right to get informed about what is happening, how the disease is progressing and so on. But in our country every doctor thinks and behaves as if they are the unreachable ones. They feel that if they talk a lot with the patient party, the patient party wont think that the Dr is senior enough. I have seen and been involved with such Dr. They want to show that they are busy all the time but in reality they have ample time. They come late for their duty to show that they are important person. What I am coming to is that the whole medical system in Nepal and behaviour of medical professionals needs a revolution and every medical person should look into their self dignity. Because I know that most of our doctors are self centered bastards who have turned the novel medical profession to a money making machine.
      Many doctors say that they have invested a lot of money and time to get to the position that they are in, they have that superiority feeling. Just because one has invested in their carrer doesnt mean that they can earn money in any way they like. They should be responsible in doing their job. But many are not upto the mark.

      I can go on and on…. but everyone in the medical field knows how the medical profession has turned into nothing more than business. And if the professionals want to run it as a business then as in every business, they should be ready to behave like a busniessman. You earn if you do good work and suffer loss when u r wrong but here they make the mistakes and still have a big voice as they think the DR are always right. And if they are just running the businees they do not deserve any more respect than any shopkeeper or a businessman. But they want to be treated as the Big gun as Gods. But when they fail to get their work right they do not forget to make excuse that ‘¨we are not gods* what an irony. thats the state of our medical business..

      • Thank you Manishji for the response.
        Thats what i am also saying, medical profession is changing into a business day by day. n as a businessman they are centered to a money making job, and in the mean time leaving the patient care, interpersonal relationship and empathy behind. But its better to say ‘many’ rather than ‘every’ doctors and health professionals are like that.
        Its absolutely correct as you said that many doctors don’t talk with patients much, think themselves as superiors. But in reality the doctors are only simple human beings who have read about the human diseases and trained to treat them. They never perform any miracles, its just their profession to know the disease and treat them.
        I personally think there should be strong licensing exams before starting the medical practice and patient as well as health professionals protection law in our country.

        • what samir ji said may be right. But I still feel most of the DR show this behaviour. Regarding time to the patient, even the DR in private institute fail to provide time for counselling the patient. Can you imagine a DR examining 100 patient in 2 to 3 hr in a private clinic setting? what treatemnt and couselling do we expect from such scheduling. Only god would be able to cure these many patients within such time and they are doing that so do the DR dont think themselves as GOD in doing so??
          I would say its the foolishness of the patients as well waiting weeks and weeks to get an appointment for 1 minutes. Another practice of DR is even if they have time they give the appointment time to patient after few days to make an impression that they are busy and hence are bigger DR.
          There are many problems in the medical sectors; which if not addressed could lead to serious problem of trust in medical sector. Even today people who can afford, seek opinion from two DR before starting any treatment becusze the trust in the DR-patient relation is degrading by the day and in long term will affect one and all in society.
          Medical council should work to do somethig about these problems. But even responsible organisation like Medical council and Medical association is filled with people who have no vision and no morals when it comes to these issues.
          Coming days will be harder for the people seeking the medical attention as the best of the Nepali DR are migrating abroad and the country would be left with DR from China and Russia and other such countries. Though not undermining their potential, those from China and Russia, hearing that these professionals are so poor as to they do not have even knowledge as our HA is mind boggling.
          Health was one of the sectors Nepali could be proud, but coming days are going to be even more hard unless something is done immidiately and responsible medical organisation should focus on how to purify their profession rather than protesting when some untowards incidents occurs.

      • hi manish, i agree with ur opinion and what u said is true,”in our country every doctor thinks and behaves as if they are the unreachable ones. They feel that if they talk a lot with the patient party, the patient party wont think that the Dr is senior enough”

    • मुख्य कमेंन्टर समिर को जवाफ मा — तपाई ले भारत मा पढेको हो? तपाई को लेखाई त भारतीय पोलिसी जस्तै छ त ! तपाई को लेखाई मा सत्यता भए पनि मलाई तपाई को लेख मन परेन यति बेला ! यति बेला को समय भनेको छानबिन गरि गल्ति भएको कुरा लाई महसुस गराई गल्ति को नसिहत दिलाई भबिस्य मा यस्तो गल्ति दोहोरिन नदिन यसलाई उदाहरण को रुप मा ग्रहण गरेर चिकित्सा छेत्र मा सचेतता अपनाउन लगाउने र पिडित परिवार संग चिकित्सक को गल्ति को महसुस गरि गल्ति को नहिसत जानकारी गराई माफी माग्ने र उचित क्षेती पूर्ति दिने हो ! तर तपाई को लेखाई ले त छानबिन लाई ओझेल मा पार्ने र पिडित लाई फकाई फुलाई मनाउने कोसिस मात्र गरेको छ !

      • इश्वरजी,
        प्रतिक्रियाको लागि धन्यबाद.
        मान्छेको व्यवहार उसले कहाँ पढेको, कहाँ बसेको, कहाँ हुर्केको त्यसमा भर पर्छ र? मेरो विचारमा त उसको व्यवहार उसको चरित्रमा भर पर्छ, उसको attitude मा भर पर्छ. अनि अर्को कुरा मैले भारतमा हैन नेपालमै पढेको हु.
        मेरो प्रतिक्रियाले छानबिनलाई ओझेलमा पार्ने काम गरेको भए त्यसको लागी क्षमा चाहन्छु. तर मेरो प्रयास प्रकाशजीका प्रस्नहरु, संकाहरुको समाधान गर्दै बिरामी र चिकित्सा क्षेत्र बिचको बढदो खाडललाइ केहि कम गर्नमा थियो. मैले प्रकाशजीबाट पनि प्रतिक्रियाको आशा राखेको थिए तर अहिले सम्म आएको छैन.

        • समिर जी,
          कमेन्ट को जवाफ को लागी धन्यवाद !
          सर्बप्रथम मेरो लेखाई ले तपाई को व्यक्तिगत आत्मा सम्मान मा कुनै किसिम को ठेस पुग्न गएको भए छमा चाहन्छु !
          म एक सर्बसाधारण मान्छे र तपाई चिकित्सक ! हामी दुई बीच को सोचाई मा कति फरक हुदो रहेछ भन्ने कुरा हाम्रो कमेन्ट हरु ले देखाएको छ !
          बिरामी र चिकित्सा छेत्र बीच को खाडल कम गराउने तपाई को जुन प्रयास छ त्यसले अबश्य काम गरेको छ ! तपाई को लेखाई निस्पक्ष छ तर एउटा चिकित्सक को लेखाई हो यो ! तपाई को मुख्य कमेन्ट मा ‘चिकित्सक को गल्ति भएको हुन सक्छ’ भन्ने मात्र छ, ‘गल्ति गर्ने लाई गल्ति को महसुस गराउनु पर्ने’ कुरा लेख्नु भएको छैन ! जसले भबिस्य मा चिकित्सा छेत्र मा लापरवाही को घटना कम गराउन मा एउटा महत्वपूर्ण भूमिका निर्बाह गर्थ्यो ! यति बेला एउटा चिकित्सक को लेखाइ मा त्यो कुरा हुनु एउटा महत्वपूर्ण कुरा हुन्थ्यो !

          (पिडित पक्षे ले जुन धैर्य गर्नु भएको छ त्यो उच्च सम्मान लायक छ ! त्यसैले यो घटना यति छलफल को बिषय बन्न सकेको हो)

          • इश्वर जी,
            प्रकाशजी को यो लेख, यहा भएका कुराकानी, प्रतिक्रियाहरुबाट मलाई एउटा नया काम गर्ने प्रेरणा मिलेको छ. स्वास्थ्य सम्बन्धि महत्वपूर्ण जानकारीहरु सबैले बुझ्ने गरि लेखिएको लेखहरु समेट्न एउटा ब्लग को सुरुवात गरेको छु. मलाई आशा छ यसले विरामी र चिकित्सा क्षेत्र बिचको बढ्दो खाडललाइ कम गर्न सहयोग पुर्याउने छ. यसमा मैले तपाईहरुको प्रतिक्रिया, सुझावको आशा गरेको छु.
            http://myhealthynepal.blogspot.com/

    • http://www.mayoclinic.com/health/preeclampsia/DS00583/DSECTION=complications
      Eclampsia. When preeclampsia isn’t controlled, eclampsia — which is essentially preeclampsia plus seizures — can develop. Symptoms of eclampsia include upper right abdominal pain, severe headache, vision problems and change in mental status, such as decreased alertness. Eclampsia can permanently damage your vital organs, including your brain, liver and kidneys. Left untreated, eclampsia can cause coma, brain damage and death for both you and your baby.

      माथिको मा एउटा line याद गर्नु भयो ? { Left untreated, eclampsia can cause ……………………..} यो case मा treat गर्दा गर्दै पनि किन यस्तो भयो ? This remains a serious question.

  48. सप्पै मा भन्नु पर्दा यो सब लापरबाहीको पराकाष्टा हो अरु केहि होइन डाक्टरले एउटा गल्ति लुकाउन खोज्दा यो घटना भयो

  49. अस्पतालहरु मानब बधशालाको रुपमा दिन दिनै परिणत हुदै जादा पनि कुनै सरकारी वा सरोकारवाला निकायहरुले चासो नदिनु लोकतान्त्रिक नेपालको अभिसाप नै हो, मानब जिबन प्रति खेलबाड गर्ने सेता कोट धारी स्वास्थ्य कर्मीहरु नै एस्ता बिकृतिहरु का जनक हुन् जसले, बिरामीलाइ उपचार गर्ने भन्दा पनि सकेसम्म बढी भन्दा बढी रकम कसरि असुल्न सकिन्छ भन्ने मा ध्यान लगाउने गर्दछन, हरेक मानिसहरु संग यिनीहरु संग का धेरै अनुभबहरु हुन सक्छन तसर्थ यी शोषक हरुलाइ जनस्तरमा भए पनि कारबाही आबस्यक छ अन्येथा आगामी दिनहरु मा असंगठित सर्बसाधारणहरु बेबारिस पशु तुल्य मरण स्वीकार गरि रहनु पर्नेछ

  50. प्रकाश निरौला जी, तपाईको परिवारलाई परेको पीडा हाम्रा शाब्दिक सहानुभूतिले कम हुदैन भन्ने थाहा हुदाहुँदै केही नलेखी रहन सकिएन/ विश्वका विकसित मुलुकहरुमा पनि चिकित्सक वा अस्पतालको लापरवाहीले कहिलेकाही यस्ता घटना घट्छन् तर घटना हुनासाथ कानून दायरामा ल्याइन्छ, छानबिन हुन्छ, अनि दोषीलाई कारवाही/ किन? ताकी फेरि कसैले यसरी व्यर्थमा परिवारको सदस्य गुमाउन नपरोस/ हामीकहाँ सुरुमा झुठो बोलेर ढाकछोप गर्ने, भएन भने प्रलोभन दिएर घटनालाई दबाउने/ हो, चिकित्सक पनि मान्छे हुन्, गल्ती होलान्/ तर चिकित्सकको गल्तीको मोल कसैले ज्यान दिएर तिर्नु पर्ने हुन्छ, त्यसैले चिकित्सकलाई गल्ती गर्ने अधिकार हुदैन/ उपचार सम्भव छैन भने “अन्त जा” भन्नु पर्यो, विशेषज्ञ छैनन भने “छैनन” भन्नु पर्यो/ केही समय अघि एउटा अस्पतालमा इन्टर्न गर्दैगरेका नव-डाक’साबहरु रक्सीले मात्तेर होहल्ला गरेको पढ्न पाइएको थियो/ त्यस्तै एमबीबीएसको प्रवेश-परीक्षाको केसमा हातहतियारसहित केही समातिएका थिए/ के हुदैछ हाम्रो देशमा? चिकित्सक बन्न धेरै पैसा लाग्छ, खाली लगानी उठाउने मात्रै ध्याउन्न हो की? चिकित्सक त्यस्तै, अनि नर्स नानीहरु पनि कि त बोल्न पैसा लाग्ने, कि बोल्यो की पोल्यो/ राम्रो बोल्दा सानो भइन्छ कि के हो? मनमा सेवाभाव छैन भने अरुनै पेशा गर्दा हुदैन?

    यो ब्लग कुनै डाक’साबहरुले, नर्सले वा डाक’साब बन्न लड्दै पढ्दै गरेका कसैले पढ्दै हुनुहुन्छ भने लौ, प्रकाशजीलाई जवाफ दिनोस/ हामीसंग त शब्द रहेन, वहालाई के भनेर सम्झाउने!

  51. सब चीन र बंगलादेश को कमाल हुन सक्छ त्यो सब डाक्टर हरु को liscense cancel गर्नु पर्छ र कडा भन्दा कडा सजाय दिनु पर्छ

  52. अस्पताल को लापरवाही पढेर एउटी नारी ले जीवन गुमाउनु परेको घटना सुन्दा मैले त आशु नै थाम्न सकिन / नेपाली डाक्टर हरु को लापर्वाली ले सिमा नाघी सक्दा पनि तिनी हरु लाई कारवाही नभएको देख्दा बिरक्त त लाग्छ नै त्यसको साथ साथै यिनीहरु को डिग्री चै नक्कली हो कि होइन भन्ने कुरा मा संका पनि रहदैन. डाक्टर को नाम मा कसाही को काम गर्ने बाट साबधान. प्रकाश निरौला भाई यस्तो हृदय विदारक घटना हरुलाई नघटोस भनेर यो घटना यहाँ प्रकाशित गर्नु भएको मा धन्यवाद. भगवान हरु आमाहरु को रक्षा गरुन र तपाई को दिदि को आत्मा ले शान्ति पाओस/

  53. हाम्रो देशमा डाक्टरले जे गरेपनि हुन्छ, मन पर्दि छ डाक्टरहरुलाई! अस्पतालमा डाक्टर र नर्स हरुले बिरामीलाई घरको नोकरलाई जस्तो व्यवहार गर्छन! बिरामी का मान्छे ले सोधे भने कालो पट्टि बादे भैहालो! ओहो कति मजा छ हाम्रो देशमा डाक्टर जस्तो पेशाका मान्छे लाई! सरकारी अस्पताल मा त डाक्टरको मुख नै देख्न पाइदैन!
    मा आफैले भोगेको कुरा १६ नोवेम्बेरमा म बिर अस्पताल म general checkup को लागि गएको थिए! १६-१७ म चेक गरिसकेपछि १८ नोवेम्बेरमा म रिपोर्ट देखाउन मेडिकल वार्ड मा बोलाएका थिए! तर १८ नोवेम्बेरमा म रिपोर्ट लिएर बिहान ८ बजे देखि दिउसो ४ बजे सम्म बस्दा पनि कुनै डाक्टर आएन! मेडिकल वार्ड मा टन्न बिरामी छन् अनि teaching practice आएका मेडिकल का बिधार्थीहरु …उनीहरु नै आजका डाक्टर थिए! रिपोर्ट देखाउन गयो यसो रिपोर्ट हेर्छ अनि अर्को कहाँ पठाउछ अर्को ले अर्को कहाँ अनि अन्तमा भन्छन हाम्रो क्लास को time भयो भोलि आउनुस न है! एस्तो नालायकीपन छ हाम्रो देशमा तेही पनि सहनु पर्ने !!!!
    घटनाको उचित छानबिन गरि दोसिलाई कारबाही गरिनुपर्छ ! अन्यथा डाक्टर र अस्पताल प्रति को बिश्वास बिलय भएर जानेछ!

  54. त्यो डाक्टर कायस्थ त साचिकै राक्षेश हो। तेसले मेरो आमा लाई पनि तेस्तै गरि २२ दिन सम्म भेन्तिलेतरमा राखेर एक शब्द पनि बोल्न नपाई मर्न वाध्य बनायो। हात खुट्टा बाधेर गर्ने कस्तो ऊपचार त्यो। यदि तिनीहरुको बिरुद्धमा केही मुभ्मेन्त गर्ने हो भने प्लिज म पनि सहभागी हुन चाहन्छु। मेरो ईमेल: [email protected]

  55. कुरा जेभयपनि यो दुखद नीधनहो, दिभंगत आत्माले चिराशान्ति अनि सोकाकुल परिवार र आफन्तजनलाई धर्य धरान गर्ने शक्ति ईश्वोरले प्रधान गरुन. पकै पनि नेपालमा Doctors र nurses को बिरामीप्रति लापरबाही अनि हेलचक्रायी गर्ने , मेरो responsibility बिरामीप्रति के हो भन्ने कुरा अलिकति कमनै भएको पाइन्छ. काम गर्दै जादा मान्छेबाट गल्ति हुन्छनै तर यहानीर अनुपाको सल्याक्रिया बिना confirm prediagnosis, without solid proof हचुवाको भरमा सल्याक्रिया गरियो जस्तो लग्यो, She might have already these problems but if this is the case surgery should be performed after taking control all these exiting medical issues.

    • thank you for your information, i think u found that information from google. so similarly, can u find the LIFE of that patient from same site please. their family will be very very happy.
      mr. devendra , we have enough information about eclampsia, but plz try show a human behaviour .

      • Soniji I am a medical student going to graduate soon.As soon i read the story i was sure it was pre-eclampsia that further developed to eclampsia.A lot of people make complain without knowing details of the disease.They just write with emotions.I just want to share the information.Everyone knows life can’t be searched from the same site as you mentioned…but a lot lives can be saved with the infromation.
        I wished i could write more earlier.But I was at hospital in my duty.I had two patients with pre-eclampsia in the ward.we treated them well and prevented them to develop any complications.One had CS last night and she is doing well,while the other has already returned home.Now i am off the duty.
        Lastly my Heartfelt Condolence to the bereaved family!

        • ya, u said true that lot of lives can be saved by this information. but not only this we need revolution in health professional and patient relationship. and u also told that people write with emotion,. u know what they do if something bad happens with them and here in this case nurses and doctors have done lots of mistakes.
          its good that u r sharing information here in mysansar but why u and other doctors hesitate to share with real patient. if u people stop showing all this kind of attitude and behave normally, then people will respect u whereever u r , even in mysansar, otherwise u have to read and hear what u have been hearing,

        • and, mr devendra and aayeshr ..,please dont give further links about eclampsia, our people can search in the internet,
          and please concentrate in ur profession and think about how to make it better for u and ur client. thank u thats all ,,uuf

      • soni ji, i just request you to show human behaviour. you cant just keep on closing your eyes and keep on persistently saying the world is dark everywhere. if you are a human, make an effort to listen what others are saying too.
        ms/mrs soni,
        DONT JUST KEEP THE INFORMATION THAT YOU HAVE ABOUT ECLAMPSIA WITH YOURSELF. TRY TO READ IT AND UNDERSTAND IT. AND THEN ANALYSE IT. WE CAN UNDERSTAND THAT ITS DIFFICULT FOR NON-MEDICOS TO UNDERSTAND. BUT WE CAN HELP YOU.

        • i am already human not trying to be human like u .
          and u sud better listen properly to make an effort to make a positive change. i can feel that u r trying to cover all the shits.
          and u dont have to teach me anything about medical condition ,i know better than u. if u need help, i will teach u,.but i dont think ur brain can think.
          u said to me that dont just keep the information about eclampsia.., by the way only my sansar reader and few people will know about the disease. have u ever tried to spread the information before to people?. not na!
          therefore i tell u to change urself and be cool and happy with all.
          and other thing is i knew that the degree of ur heartlessness, u just talk abt eclampsia and eclampsia, but have u ever talked about patient and family members and her newborn,.and about their situation, and how that baby is going to grow without mum. have u ever thought about that,..
          .therefore i feel that its better not 2 talk with creature like u. bye bye thanks

          • let me tell you one thing…
            you can not be blindfolded with emotions…
            the truth is truth and its sometimes too hard to face…
            you can deny the truth but only for sometime…
            later you will realise it and if you have normal thought process, you will regret on it too.

            BUT ONE THING… YOU CAN NOT BLAME SOMEONE ELSE TO CONSOLE YOUR HEART AND MIND.

            I CAN UNDERSTAND HOW IT FEELS WHEN OUR DEAR ONES SUFFER…
            I HAVE SEEN, FELT AND PERCEIVED IT…
            BUT IT DOESN’T MEAN YOU CAN DENY THE TRUTH.
            “TRUTH IS TRUTH”
            SO MANY PEOPLE ARE DYING! AND ITS THE TRUTH THAT DOCTORS CAN’T SAVE ALL BUT THEY ARE HELPING SO MANY TO LIVE.

  56. डाक्टर नै भगवान त होइन नि / प्रयास गर्ने हो बिरामी वचाउन . डाक्टरलाइ हरेक मिर्तु मा दोसी देखाउनु नराम्रो हो ? बिरामी को अबस्ता के थियो भने कुरा नै मिर्तु को कारण हुन्छ सबै मन्छे यहाँ बिरामी लाग्दैमा डाक्टर ले हेर्दैमा बचन सक्दैन यो सबैले बुझ्नु परछ

    • डाक्टर नै भगवान त होइन नि— THIS IS WRONG MR>SUSHIL
      * बिरामी भएको बेलामा डाक्टर नै भगवान् हो . CONFIDENCE नभएको काम छुदै नछुनु . बिकसित देश हरुमा क्रिटिकल कामहरु (CUSTOMER IMPACT) 100% confidence भएका professional हरुले मात्र गर्छन . यो त झन् मान्छेको ज्यान को सवाल . तिमि यदि डाक्टर हो भने BUILD YOUR CONFIDENCE …..OTHER WISE GO TO HELL ..
      and never say such sentence again.

      • डाक्टर भगवान होइन उसले जादुगरी नि गर्न सक्दैन. बिमारी ले बताएका कुरा का आधीर मा, रगत टेस्ट का आधार मा, एक्सरे का आधार मा उपचार गर्ने हो रिपोर्ट आउन केहि समय लाग्छ. कतिपय अवस्था मा रोग ले अन्तिम रुप लिदा सम्म पनि बिरामी लै केहि थाहा हुदैन जब रोग अन्तिम अवस्था मा पुग्छ डाक्टर हरुको प्रयास बेअर्थ हुन जान्छा ब्लड प्रेसर हाइ भएको थाहा पाउने बितिकै भर्ना गरि उपचार को प्रयास गरेकै देखिन्छ. बिरामी ले खकार थुक्क नसकी निल्न परेको कुरा ले फोक्सो को समस्या , पिसाब नाफेर्नुले किड्नी को समस्या, मान्छे नचिन्नु, बेहोस् हुनेले दिमाग को समस्या, ब्लड प्रेसर हाई हुनुले मुटु को समस्या भन्ने थाहा हुन्छ. यसरी मल्टी organ फेल भएको बेला मा डाक्टर हरुले प्रयास गर्ने हो. डाक्टर कहाँ पुगे पछि बिरामी बाचनै पर्चा, डाक्टर ले बचाउनै पर्चा भनि सोच्नु ठिकै त हो तर बिचारा डाक्टर हरु भगवान त होइनन नि?? पोस्त्मार्तम गर्ने कि नगर्ने भन्ने कुराको निर्णय गर्ने परिवार ले हो. सुरुक्क दाह सस्कार गरिसकेपछि डाक्टर ले गर्न दिएन भन्नु अलि बढी भएन र?? हो आनुपा बहीनी को असामयिक निधन सुन्दा मलाइ नि दुख लाग्यो . कोहि कोहि डाक्टर बाट लापरबाही नि हुन्छ होला तर तेसो भनेर सबै डाक्टर सबै डाक्टर लाइ एउटी घाँ मा त हाल्न भएन नि??

        • तिमीहरु जस्ता confidence नभएका डाक्टर हरुले गर्दा नेपालमा ज्वोरो आए पनि डराउनु पर्ने अवस्था छ . कतै अर्कै औसधि दिएर झन् अर्कै अर्कै रोग पो लागाई दिने हो कि भनेर !

          • कस्तो confidence को कुरा गरेको jetha ले. १००% confidence साथ् first visit मै उपचार minor case हरु मा मात्र सम्भब हुन्छ. जटिल case मा first visit मै १००% confidence साथ उपाचार थाल्ने डाक्टर तपाइँ ले संसार मै पाउनुहुन्न डाक्टर जतिसुकै अनुभबी र जान्ने किन नहोस हरेक रिपोर्ट र बिरामी ले देखाएका signs र symptoms क़ा आधार मा उपचार थाल्ने हो. रिपोर्ट आउन time लाग्छ. तेतिन्जेल सम्म अर्को complication रोक्न र बिरामी लै केहि आराम दिलाउने खाल को उपचार थाल्ने हो. तपाई ले भने जस्तो १००% confidence कोहि हुदैन. कुनै कुनै रोग यति छिटो develo

            • तपाई ले भने जस्तो १००% confidence कोहि हुदैन. कुनै कुनै रोग यति छिटो de develop हुन्छ कि टेस्ट हरुको result आइनपुग्दै बिकराल रुप लिईदिन्च यतिबेला बेला case out of control भईदिंच. यो case मा health profession हरुले गरेको गल्ति lack of communication with the patient and her family हो. हो उनीहरुले case कति जटिल छ भन्ने कुरा बताइदिनु पर्थियो. बिरामी मर्न पनि सक्छ. We are not १००% sure . We will try to save her life but anything could happen . Be prepare for that भनेको भए बिरामी र बिरामी को परिवार एस्तो खाल को अप्रिय result को बारेमा पहिले देखि नै prepare हुन्थे होलान तर अकस्मात् को death को कारण ले अनेक संका उपसंका उब्जाउनु स्वोभाविक नै हो. बिदेस मा डाक्टर ले बिरामी लाइ नै त २४ घण्टा भित्र वा हाप्ता दिन भित्र मर्छस जे गर्नु छ गर भनेर भानीदिन्छा. तर नेपाल मा केहि complication वा death कुरा बिरामी नभन्नु है भनेर डाक्टर नर्स हरुलाई परिवार ले नै भन्छ. बिरामी पनि जान्न तिर तेती चासो दिदैन. जब केहि नराम्रो घट्छ सबै दोस डाक्टर को मा नै जनचा. policy change garera सबै कुरा बिरामी लै नै भन्ने कुरा thaalani garnuparcha. Treatment ka option haru. side effects, positive र negative सबै खाल ka resut को barema डाक्टर ले bataaidine र ke garne भनेर nirnaya garne कुरा बिरामी र biraammi को परिवार लै नै chodnuparcha.

  57. प्रकाशजी तपाइको दिदीको घटना पढेर ज्यादै दुख लाग्यो कमसेकम पोस्टमार्टम गराउनुपर्ने तबमात्र थाहा हुन्थ्यो कि ति हत्याराहरुको बारेमा जसले सेतो कोट लगाएर निर्दोष जनताहरुको हत्या गर्दैछ एउटामात्र अस्पतालमा भएपो यस्तो समस्या यहाँ त हरेक अस्पतालमा यहि छ यिनले जे गरेपनि सहनु पर्ने? यिनीहरुको बारेमा अब लेख्ने होइन कडा एक्शन लिनुपर्ने बेला भएको छ

  58. स्तब्ध बनायो .
    लापरबाहीको पराकाष्टा —
    अर्को ठुलो भूल मृत शरीरलाई पोष्टमार्टम नगरिनु हो , सायद लापरबाहीको रहस्य —
    खुल्न मद्दत पुग्ने थियो .
    यी पिडित परिबारले कसलाई पुकार्ने न्यायको लागि ? 🙁 न्याय पाएका भए यिनको
    आशु यसरि पोखिने थिएन यहा — जनताको तेस्रो आखा ! हे पत्रकार बर्ग ! तिम्ले
    तिम्रो धर्म निभाउ ! हामीले कसलाई गुहार्ने ? जो जसले यो हिर्दयाबिदारक घटानाको
    जानकारी पाए ( पत्रकारबर्गले ) उनले आफूले सक्दो मद्दत गरिदियून न्यायको लागि
    आबाज उठाएर !
    यस्तो घटना फेरी पनि नदोहोरिन जो जसले जसरि सक्छ उसरी नै आबाज उठाउ !
    भोलि यस्तो लापरबाही मार्फत हुन सक्ने हिर्दयाबिदारक घटना तपाइँ हामि सबैको
    परिवारमा पर्न सक्छ —
    घटनाको उचित छानबिन होस् र दोसिलाई कारबाही गरियोस !

    • ……..जनताको तेस्रो आखा ! हे पत्रकार बर्ग ! तिम्ले तिम्रो धर्म निभाउ…..
      सबैलाई त भन्न मिल्दैन, तर नेपालका majority पत्रकारहरु “मलाई यो समाचार सम्प्रेसण गरेर कति पैसा आउँछ र” भन्ने मनस्थितिका छन्/ वान्हाहरुको यसो गर्नुमा केहि बाध्येता छ कि, मलाई थाहा छैन/ यो सबै हाम्रो दुर्भाग्य हो नेपाली भएर जन्म लिनु/ नेताहरु त खराब छन्, तर पत्रकारहरुले सँधै इमान्दार भएर आफ्नो कलम चलाएर नेताहरुले गरेको भ्स्त्रचारको सत्य तथ्य जनता सामु उदाङ्ग पार्न सकेको भए नेताहरु पनि सुधिने मौका पाउने थिए/ असल नेता भएका भए यस्ता घटनाहरु हुन नदिन वा धेरै कम गर्ने खालका नीति नियम बनाएर लागु गर्ने थिए होलान/ हामी निमुखा नेपालीहरुले यसरि अनाहकमा ज्यान गुमाउनु पर्ने थिएन होला, न्याय पाइन्थ्यो होला/

      • पत्रकारले पत्रकार को, राजनीतिज्ञ हरुले राजनीति को, जनता ले जनता को धर्म निभाएको भए आज नेपाल कहाँ पुगीसक्थियो?? पत्रकारले पैसा पायो भने सहि समाचार लै तोडमोड गरिदिएर सहि लै गलत र गलत लै सहि बनाइदिन्च. जनता ले बेग्तिगत लाभ मा गलत बेग्ती लै राजनीतिज्ञ को रुपमा सुइकार गर्छ, भोट दिएर नेता बनाउछ. गलत मान्छे नेता भएपछि देस त बर्बाद हुने नै भयो नि?? नेता हरु इमान्दार भएको भए कर्मचारी, डाक्टर सबै ले इमान्दारी का साथ काम गर्थे होला. अहिले त इमान्दार मान्छे नेपाल मा टिक्न गारो छ. इमान्दार मान्छे लाई फ़शाइन्च बेइमान लाई जोगाउन. बेइमान को राज भएको देस मा यस्ता घटना घट्नु स्वाभाविक नै हो.

  59. ओम अस्पतालको जुन केस घटेको छ त्सको विस्तृत विबरण तपाईको लोकप्रिय वेबसाईट मार्फत सबैलाई जानकारी गराउन चाहनु हुन्छ भने फोटो र अन्य विबरण हरु हामी उलब्ध गराउन तयार छौ। सबैले यसबारे थाह पाउन जरुरी छ। कृपाय हामीलाई सम्पर्क गर्नको लागी मृत बच्चाको पडित बुबा तेन्जी लामा लाई ९८५१०३४१२७ सम्पर्क गर्नु होला। धन्यबाद!!

  60. थुइक्क!!! के मात्र सुन्न पर्ने हो हाम्रो देश को घटना हरु, कसलाई विश्वाश गर्ने हो , अस्पताल जस्तो सम्बेदनसिल ठाउँमा यस्तो लापर्वाही भएपछी अरु ठाउँ को के कुरा गर्नु | होइन हाम्रो देश मा अचेल कुन किसिम को हावा चलेको छ र हो मान्छे मा एक अर्को प्रती यती धेरै घ्रिणा, रिस, लापर्वाही | कतै उपचार पाउन जादा मर्नु पर्छ कतै ऊपचार नपाएर मर्नु पर्छ |

  61. के गर्ने कुनै ठुला नेताको मान्छे भय अलिक ध्यान जन्थियो होला docter को बुट साधारण नेपाली को उपचार अलिक साधारण नै हुन्छ र docter को ध्यान पनि साधारण नै जान्छ अलिक राजनीतिक मारमा परेको हर्म्रो देश जनतानै पिल्सिनु पर्छ र जनताले नै अकालमा मिर्तु बोलाउने पर्छ यो हामी नेपालीको परम्परा नियम हो यो घटना सुनेर साह्रै दुख लग्यो!!!! भगवान्ले हरेक मोम हरुको रक्षा गरुन !!!!!!

  62. namaste,
    sorry for your loss.
    but it’s a condition called ‘eclampsia’
    its a condition that starts with excessively high blood pressure, that is sometimes impossible to correct.
    operation must be done pretty quick to save the child and plan to save the mother.
    sometimes eclampsia can kill.. jaundice, delirium all are the symptoms of eclampsia.

    and it can happen to any pregnant woman, and can start at any time of pregnancy without any danger signs.

    there could have been medical negligence, I’m not saying that the doctors are not at fault.
    but please everyone read this:

    http://en.wikipedia.org/wiki/Eclampsia

  63. साथी तपाइको लेख हेर्दा आसु औउछा / आखिर के गर्ने येस्ता लाखौ लाख घटना हरु पत्रपत्रिकामा आउदैनन / सिङ्गो नेपाल बधसाला बनेको छ/ अस्पताल हरु पनि क्रिमिनल समूह को पैसा कमाउने थलो भएको छ/ राजनीति त मुख्य अङ्ग नै भेयो/ क्रिमिनल क्रिमिनल हरु को बोलवाला र हैकम चलेको देसमा हुन्हार दाजु बहिनि बाबु आमा र सम्पूर्ण नेपाली हरुको कल्याण कहिले पनि नहुनेभायो/ एस्तो कुरा मा कोहि एक हुदैन जसलाई पारो तेहिमत्र बोल्ने प्रबिती छ हामीमा/ यो आर्को कमजोरी हम्रोपानी हो/ सकिन्छा भने सहिकुरोमा येक्जुठुनुपर्छा/

  64. हाम्रो देश नेपालमा येस्तई हो, लापरबाही बढी नै हुन्छ, खासै हेक्का हुन सकेन अहिले मलाई, तर धेरै पहिले हो, नेपालगन्जमा पनि येस्तई घटना घटेको थियो नुर्सिंग होम मा , एकजनाले राम्रोसंग बिरामीलाई हेर्नुपर्ने हो तर अहिले पहिले एउटाले जाच गर्छ, अनि पछी अर्को आउछ, र लास्टमा मात्र हेड डाक्टर ले जाच गर्छा,,,,,,,,,,खै के खै के

  65. दु:खद समाचार उच्चकोटिको लापरबाही
    मृतक प्रति हार्दिक श्रधांजलि एबं शोकसंतप्त परिवार प्रति समबेदना

  66. सम्पति भाजेर डाक्टर हुने र शक्तिको आडमा जागिर खाने परम्परा सुरु भएको छ / पेसागत धर्मलाई राम्रो संग निर्बाह गर्ने, उपचारका क्रममा साबधानी अपनाउने र रोगको सहि पहिचान गर्ने धैर्यता अहिलेका अधिकतम डाक्टरमा प्राय सुन्य हुदै गएको छ / सेवा भावले भन्दा ब्यापारिक दृस्टीले स्थान पाउनु स्वाथ्य क्षेत्रका लागि दुर्भाग्य हो /

  67. ओम होस्पितल, जुन दर. भोला हुनुहुन्छा, तर उहा को ब्यापारिक चरित्र सबैलाई थाहा छ, तर के गर्ने उहा को बिसेग्यत्य को कारण सबै उतै जानु पर्ने र परामर्स गर्नु पर्ने बध्यत्य छ नेपाली लै. तर ओम होस्पितल गएका सामान्य बिरामी लै पनि पेट चिरेर ओपेरेशन गर्नु पर्ने भनेर आर्थिक भोज बधैंछा र फ्य्सिओलोगिकल् असर त कति हो कति हुन्छा लोन टर्म मा . किन भने ओपेरेशन मा कति सिदे एफ्फेच्त छ अब जनता ले भुझ्दै छन्. ओम मा बच्चा बोकेकी आइमाई को ९०% ओपेरेशन को सुझाब दिएँछा भने प्रसुती गृह मा ९०% लै घर मै बच्चा जन्मौना सुझाब दिएँछा. एस बाट ओम को बिसेसग्यता को फाइदा उठाएर ठुलै धन रासी कमाउने प्लान हो कि जेस्तो लाग्छा, आम नेपाली लै, बिबसता को फाइदा उठाएर.

  68. that was truly a clear blunder, i think the doctor were too careless and donot have any clue to do , could be the fresh graduate who hasnot had any knowledge and experience.
    deep sympathy and condolences to her

  69. सार्है दु:खद खवर पढ्नुपर्यो । म्रितात्मालाई चीर शान्तीको कामना। यस घटनाको उचित छानविन गरी दोषीहरुमाथि कारवाही हुनसके अस्पतालमा विना तोडफोडपनि विरामीका आफन्तहरुको गुनासोको सुनुवाईहुनेरहेछ भन्ने राम्रै नजीर वस्ने थियो।

  70. मृतक अनुपा प्रति हार्दिक श्रद्धान्जली ! यसै गरि कति अरु अनुपाहरुले डाक्टरयीय लापरबाहीको सिकार भैरहनुपर्ने हो र कहिले सम्म ? रामभरोसे चलेको देशमा येस्ता कुराहरुको सहि अनुगमन कहिले गरिने होला र कसले गर्ने होला , हे भगवान !!

Comments are closed.