होसियार, अमेरिका जाने लोभ देखाएर ठग्लान् है

अमेरिका भनेपछि त नेपालीहरु हुरुक्कै हुन्छन्। डीभी भर्नलाई देखिने लाइनले नै यसको पुष्टि गर्छ। अमेरिका जानलाई लाखौँ रुपैयाँ खर्च गर्न तयार हुनेहरुको कमी छैन। यस्तो अवस्थामा अचानक तपाईँलाई एउटा कन्फ्रेन्सको निम्तो आउँछ- जसमा अमेरिकासम्म आतेजाते विमानको खर्च, त्यहाँ बस्ने-खाने होटलको खर्च उनीहरुले नै व्यहोर्ने भनिएको हुन्छ। अहो, मेरो त भाग्य खुलेछ भन्ने सोच्नुहोला। तर भाग्य तपाईँको हैन, तपाईँको अमेरिका जाने लोभलाई प्रयोग गरेर ठगहरुको खुल्न लागेको हो।

यो साताको सुरुमा मलाई एउटा कन्फ्रेन्समा निम्तो भन्दै इमेल आयो। चिन्नु न जान्नु मान्छेले गोरु बेचेको साइनो नभएको विषयमा पठाएको इमेल भएर मैले त्यसलाई हेर्ने बित्तिकै डिलिट गरिदिएँ। हिजो एक जना साथीले मलाई त्यही व्यहोराको इमेल फरवार्ड गरेर ‘यो के हो यार, बुझ्दे न’ भन्यो। उसलाई झन्डै झन्डै विश्वासमा पारिसकेको रहेछ त्यो इमेलको व्यहोराले। म झसंग भएँ- इन्टरनेटको राम्रै जानकार उनी जस्ता व्यक्तिलाई समेत झुक्याउन सक्ने भनेपछि अरु सर्वसाधारण नेपाली त मज्जैसित ठगिने रहेछन् नि। उनीहरुलाई ठगिनबाट जोगाउन पनि केही त लेख्‍नुपर्छ भन्ने सोचेँ। आउनुस् माइसंसारले पर्दाफास गर्नेछ यो ठगीको। होसियार, यस्ता ठगहरुबाट आफू पनि बच्नुस् र आफ्ना साथी, आफन्त सबैलाई बचाउनुस्।

कसरी लोभ्याउँछन् तपाईँलाई ?


एउटा यस्तो इमेल तपाईँलाई आउँछ। हेर्नुस् इमेलको व्यहोरा

From [email protected]
to [email protected]
date Tue, Dec 28, 2010 at 1:06 AM
subject Conference Special Invitation

Dear Sir/Madam,
Calvary greetings to all, you are specially invited to participate in our (World Youth Conference Organization) We ask you to join us at the The forth coming Youths Conference (Against Racism and Child Abuse) is scheduled to take place on 7 To 12 Feb 2011 in USA. at World Youth Conference USA/GUINEA-BISSAU convention Hall, Office, 1605 Broadway | New York, NY state , US. The second conference on (Child Abuse) will take place at Armical Cabral Hall Independence Square in Bissau city, Guinea-Bissau between 18 to 22 Feb 2011 Africa in Guinea Bissau
2010 Africa in Guinea Bissau .It is organized by the (World Youth Conference Organization). His program required interested applicants to participate and benefit from this all-important program. Racism is a Global issue that affects everyone and aims to show how most issues are inter-related. Racism is the belief that characteristics and abilities can be attributed to people simply on the basis of their race and that some racial groups are superior to others. Your participation will go a long way to improve the standard of living in your area so if you are interested to be one of the applicant in this conference, contact this email address
[email protected] for more information and date of the conference
THANKS,
National Secretary
www.wycusabissau.org
Wycusabissau USA

अलिकति दिमाग प्रयोग गर्ने हो भने यही इमेल यो सब ठग्ने प्रयोजनका लागि हो भन्ने बुझ्न पर्याप्त छ।

  • एक, तपाईँलाई किन त्यो चिन्नु न जान्नुको संस्थाले विशेष निम्ता पठाउँछ ?
  • दुई, इमेलको व्यहोरा हेर्नुस् त, त्यसको भाषा हेर्नुस् त। यस्ता मानिसहरुले अमेरिकामा कन्फ्रेस गरी खालान् ?

अमेरिकामा जाने-आउने-बस्ने-खाने खर्च निःशुल्क रे

माथिको दुई वटा कुराले पनि तपाईँलाई ठगी हो भन्ने विश्वास लागेन भने तपाईँले थप जानकारीका लागि त्यसमा दिइएको इमेल ठेगानामा इमेल गर्नुहुन्छ। इमेलको जवाफ आउँछ, त्यसमा दिइने जवाफ पहिले नै तयार पारेर राखिसकिएको छ उनीहरुको वेबसाइटमा। उनीहरुले यसो भन्छन्- कन्फ्रेन्स दुई वटा हुन्छ, दुई वटैमा भाग लिनुपर्छ। पहिलो कन्फ्रेस अमेरिकाको न्युयोर्कमा हुन्छ, अनि दोस्रो अफ्रिकाको गायना बिसुमा। तपाईँको विमान खर्चदेखि अमेरिकाको कन्फ्रेन्सको सबै खर्च आयोजकहरुले व्यहोर्ने छन्। तपाईँले गायना बिसुको होटलको रिजर्भेसनको खर्चमात्र व्यहोर्नु पर्नेछ।  अझ भनिन्छ, तपाईँ एक जना मात्र हैन, चार-पाँच जनाको समूह बनाएर आउनु भयो भने अमेरिकाको भिसा पाउन पनि सजिलो हुन्छ। चार-पाँच जना साथी खोज्नुस् र नाम अनि पासपोर्ट नम्बर हाम्रो सेक्रेटरीको इमेलमा पठाउनुस्। त्यसपछि तपाईँले सहभागी फाराम भर्नका लागि पाउनु हुनेछ साथमा हामी तपाईँको नाम अफ्रिका संयोजकलाई पठाउने छौँ।  अफ्रिका संयोजकले तपाईँलाई अफ्रिकाको होटलको इमेल दिनेछन् त्यहाँ तपाईँले होटल बुक गर्नुपर्नेछ। होटल बुक गरेको प्रमाणले मात्र तपाईँ दुवै सम्मेलनमा सहभागी हुनुहुनेछ भन्ने कुरा निश्चित गर्नेछ। अमेरिकी सरकारले समेत भिसा दिनका लागि गायना बिसुको होटल बुक गरेको छ कि छैन प्रमाण हेर्ने बताएका छन् आदि इत्यादि। यो कुरा उनीहरुको वेबसाइटमा पनि लेखिएको छ यहाँ क्लिक गरी हेर्नुस्।

अलिकति मात्र होस पुर्‍याएर विचार गर्ने हो भने माथिका विवरणबाट प्रष्ट हुन्छ, तपाईँलाई ठग्न खोजिँदैछ

  • अमेरिकाको खर्च व्यहोर्न सक्नेले अफ्रिकाको होटल खर्च व्यहोर्न सक्दैन ?
  • कस्तो हचुवा खालको सम्मेलन हो यो, जहाँ हावा रुपमा तपाईँलाई त निम्तो दिइयो नै, अरु पाँच जना सहभागी पनि तपाईँले छान्न पाउने रे। (किन नहोस् त एक जनालाई ठग्न भन्दा पाँच जनालाई ठग्दा बढी पैसा आउँछ नि त।

ह्या, साँचो पनि त हुनसक्छ नि खाली नकारात्मक कुरा गर्ने !

माथिका कुराले पनि तपाईँलाई यो ठगी हो भन्ने विश्वास लागेन। यो मुलाले खाली नकारात्मक कुरा गरेर मान्छे भड्काउन खोज्छ। अमेरिका जान पाए त लाइफ बनिहाल्छ नि भनेर सोच्नु भएको छ भने अबको चरणमा तपाईँ मुर्गा बन्नुहुनेछ। अहिलेसम्म त तपाईँले एक पैसा पनि खर्च गर्नुभएको थिएन। अब तपाईँको पैसा खर्च हुने क्रम सुरु हुनेछ।

तपाईँलाई यस्तो सूचना पठाइनेछ-

ATTENTION

All interested candidate must contact the zonal office in Guinea Bissau for registration form and fee

Every applicant that want to participants in bout conference must reach us with him or her registration form and confirmation from zonal office in Guinea Bissau to our head office in USA, you may contact the zonal office for registration information procedure with this e-mail address [email protected] .

Every applicant must register with 50$ Dollar USA on or before 20 of January 2011 and every let entre must till 30th of January is the closing date.

You should endeavour to contact the management of the below selected hotels in Guinea-Bissau. Please note that we can not open group participation file with names forwarded without the passport numbers, The Hotels are

HALLAM HOTEL

48, Rua Vitorino Costa,, Guinea Bissau

E-mail: [email protected]

AMAZONA HOTEL

Rua 2 Avinida De Armizade, Praca, Guinea Bissau
E-mail: [email protected]

अर्थात् सहभागी हुनका लागि तपाईँले ५० डलर तिर्नुपर्नेछ। अनि होटल खर्च झण्डै एक जनाको १०० देखि २०० डलरसम्म। त्यसबाहेक तपाईँले सहभागी हुनका लागि भरेको फाराम, पासपोर्टको फोटोकपी फ्याक्स गर्न पनि खर्च गर्नुपर्नेछ। होटलको इमेल भनेर पनि ती ठगहरुले आफ्नै इमेल दिएका हुन्।

अमेरिका जानका लागि मान्छेहरु लाखौँ रुपैयाँ त खर्च गर्छन्, के भो र। अमेरिकामा पाइला त टेक्न पाउँ, टाप ठोकिहाल्छु नि भनेर सोच्नु भो भने तपाईँ फँस्नु भयो। तपाईँ मात्र हैन, तपाईँले मुर्गा बनाएका पाँच जनाको पनि पैसा सित्तैमा अफ्रिकी ठगहरुले खाने भए।

यो ठगी नै हो विश्वास गर्नुस्

तपाईँलाई अझै पनि यो ठगी हैन भन्ने लागेको हुनसक्छ। तपाईँलाई मात्र हैन, अहिलेसम्म यो ब्लग लेख्दासम्म ३२ जना त ठगीमा परिसकेका पनि रहेछन्। उनीहरुको वेबसाइटको मेम्बर्स लेखिएको पेजमा ३२ जनाको नाम देखिन्छ। तीमध्ये धेरै दक्षिण एसिया त्यसमा पनि नेपाल र भारतका परेका रहेछन्। नेपालका पाँच जनाको नाम त्यसमा देखिएको छ- गोम्बा शेर्पा, कृष्ण ज्ञवाली, क्रिस, चित्र र कुमार पौडेल। विस्तृत जानकारीका लागि यहाँ क्लिक गरी हेर्नुस्।

ती नेपाली दाजुभाइहरुका आफन्त वा चिनेजानेका कोही छन् भने कृपया उनीहरुलाई सतर्क गराइदिनुस्। यी बूँदाहरुलाई ध्यान दिनुस् किन यो ठगी हो भन्ने बुझ्न-

  • http://www.wycusabissau.org/ यो वेबसाइट हेर्नुस्। यो लो क्वालिटीका अफ्रिकी ठगहरुको काम हो भन्ने यो साइटको डिजाइन, यसमा राखिएका सामाग्रीहरु अनि प्रयोग गरिएको भाषाबाट प्रष्ट हुन्छ। अमेरिकामा कन्फ्रेन्स गर्नेहरुको हालत यति खत्तम हुन्न।
  • तपाईँलाई आउने जाने हवाई टिकटको खर्च र अमेरिकामा बस्ने खाने खर्च जुटाउन सक्नेले अफ्रिकाको होटलको कोठा जाबो एउटा किन बुक गर्न सक्दैन ?
  • वेबसाइटमा हचुवा तालमा इन्टरनेटमा सर्च गरी पाइएका फोटोहरुलाई अनधिकृत रुपमा प्रयोग गरिएको छ। उदाहरणका लागि  यहाँ क्लिक गर्दा देखिने दुई वटा तस्बिर अस्ट्रेलिया सरकार र बेलायत सरकारको वेबसाइटबाट लिइएको हो।

माथिको फोटो त्यो ठगको वेबसाइटबाट लिइएको हो। यसमा प्रयोग भएको सबैभन्दा माथिको फोटो बेलायत सरकारको यो साइटबाट हचुवा तालमा कपिपेस्ट गरिएको हो यहाँ क्लिक गरी हेर्नुस्। कहाँ बेलायत सरकारको वातावरण प्रदूषणसम्बन्धी आयोगका सदस्यहरुको फोटो कहाँ यो ठग साइटले आफ्नै सदस्यहरु जस्तो गरेर हाल्देछन् नि बाब्बै। अनि त्यो दोस्रो फोटो भने यहाँबाट लिइएको हो यहाँ क्लिक गरी हेर्नुस्।

अब राम-राम मात्रै

अब पनि तपाईँलाई विश्वास लाग्दैन भने तपाईँलाई राम-राम मात्रै भन्न सकिन्छ। बरु [email protected] यो इमेल ठेगाना याद गरिराख्‍नुहोला। तपाईँ ठगिएको प्रमाणित भएपछि आफ्नो अनुभव लेख्‍नुहोला। भुक्तभोगीको अनुभवले अरुहरु ठगिनबाट जोगिन सक्छन्।

अन्त्यमा, अरुको नानाभाँती चियोचर्चो गर्दै कुरा काट्दै बस्ने वा फेसबुक र ट्विटरमा गस्सिप गर्दै बस्नुको साटो यस्ता अरु पनि ठगीहरुबाट बच्न बचाउन आफ्नो इन्टरनेटको ज्ञान प्रयोग गरे सबको कल्याण हुने थियो। आफू त यसो इन्टरनेट चलाउन मात्र जानीटोपलेको मान्छे परियो, विद्वान पाठकहरुले यो ठगको बारेमा थप प्रमाण र यस्तै अरु ठगी गर्न खोज्नेको पर्दाफास तलको कमेन्टमा वा माथिको इमेलमा पठाइदिनु भए अरुको कल्याण हुने थियो कि।

57 Comments

  1. यो लेख निकै जानकारीमुलक छ. यसको लागि लेखकलाई मुरी मुरी धन्यवाद.

  2. I get this kind of offer latter in my email can you check any body either this is fraud case like this? please I get this email In my emaill adress. if you provide me suggestion for me i am very happey about it.

    Bashanta raj
    [email protected]

    Gallery Hotel London,
    Address: 8-10 Queensberry Place, London, UK
    Email:[email protected]
    Tel:+447045750518 begin_of_the_skype_highlighting +447045750518 end_of_the_skype_highlighting
    website:www.galleryhotellondon.co.uk
    ………………………… …………………

    EMPLOYMENT /Contract Offer LETTER DETAILS:

    Dear Bashanta Raj Bhandari
    Doha Qatar.
    Phone 0097477880093
    [email protected]

    Am pleased to notify you that after a serious reviewing of your CV by our reviewing department, your name was among the short listed name for the vacancy in one of our data based hotel here in London,United Kingdom. However, I will like to inform you that below is the employment terms and conditions.

    Employment Terms And Conditions.

    Position Offered:Hotel Security Officer

    Working duration : eight hours Daily.

    Salary : 6,760 GB pounds Per Month.

    OVERTIME:Negotiable

    contract base: Four years

    Free Accommodation/feeding till the termination of the employment contract. Free medical care, Free flight ticket.

    LIST OF REQUIREMENTS:

    1.A SCAN COPY OF YOUR VALID INTERNATIONAL PASSPORT.

    2,A SCAN COPY OF HAND WRITTEN EMPLOYMENT ACCEPTANCE LETTER.

    3. 300 GB pounds for Consultancy Fee.

    4.Scan receipt/slip of the payment from bank or western union office /agent.

    THE SEALING OF YOUR EMPLOYMENT CONTRACT WILL BE EMBARKED ON RECEIVING THE ABOVE REQUIREMENTS. AND WE WILL THEN COMMENCE WITH YOUR ENTRY VISA AND WORK PERMIT RESPECTIVELY.

    PAYMENT DETAILS:THE PAY MUST BE MADE VIA WESTERN UNION MONEY TRANSFER.

    Receivers name:Mr .Adams Smith

    Hotel Position:Cashier

    Address: 8-10 Queensberry Place, London, UK

    Destination:LONDON

    Amount:300 Great British Pounds (GBP).

    On receiving the requirements the employment contract will be seal and we will then send you the entry visa and work permit forms from the immigration office which you are to complete and return back for further development by the immigration expert. All this recommended requirements are to be furnish as soon as possible. Kindly write us if you can cope with the employment offer, so as to send you the employment agreement letter which you are to sign and return back for the sealing of the contract.. Be informed that your flight expenses, accommodation medical assistant. are under the care of the company. till the terminate is terminated the contract is renewable.

    However, if you still have any question do not hesitate to contact us..and ensure you update this mail….so that your application will not be cancel or replace due to late response….

    Waiting to hearing from you and once more congratulation!!!

    Best regards.

    Mr .Kelly Morrison
    Senior Manager,Gallery Hotel London,
    Address: 8-10 Queensberry Place, London, UK

  3. मलाई पनि धेरै पटक लोटरी पर्यो भनेर इ-मेल आयो ठगहरुबाट! अझै आउदै छ- जे होस् अफ्रिकीहरू यस्तो काम गर्नमा खप्पिस हुँदा रहेछन! सावधान गराउनु भएको मा धन्यवाद!

  4. विदेश मा त पैसा टिप्न पयिन्छ , विदेश मा पुग्न साथ रुपिया बर्शिन्छ भन्ने धेरै मनिष हरु को धारणा भएपछि येस्तई हुन्छ, एदी देश को स्थिति राम्रो हुन्छ भने त युवा हरु त विदेश को बारेमा सोच्ने पनि फुर्सद हुने थिएन होला, कोहि विद्यार्थी कोइ कामदार जे जसरि भएपनि विदेश पलायन त भेइ रहेका छन्, कसले रोक्ने हो?????

  5. अझ वेस्टर्न उनिओं मोनी ट्रांस्फेर बाट पैसा पठाऊ भनेर पनि इमेल आयको हुन्छ ,साबधान है नेपाली बन्दु |

  6. सेम बेहोरा को इमेल मलाई पनि आएको थियो र मैले document भरे पनि अन्त्य मा नाइजेरिया बाट फोन गरेर सबै फ्री मा हुन्छ बश ३०० $ तेहा बाट पठाउनु पर्ने भनेर फोन मार्फत मलाई जानकारी गराए !! खानी बाटो गर्छस झुटा इमेल मार्फत भनेर साफ गाली गर्दा पनि १ हप्ता सम्म पछी पर्यो मुख छाडेर नै गाली गर्ने इस्थिती सिर्जना गर्दियो ..अन्त्य मा कुनै reply आएन अहिले ढगी बाट साबधानी छु म ..!!

  7. यति भन्दा पनि अबुझ बन्छ कोहि भने बन्न दिए हुन्छ……कसैको पैसा धेरै छ र तह लगाउने ठाउँ नपाएर बसेको छ भने कसको के लाग्च्छ र…….मेरो काम नै वेबसाइट बनाउने हो….अब म भन्छु…….गएर contact us मा क्लिक गरे भई हाल्यो नि…त्यहाँ # आउछ एड्रेस बारमा अब कसलाई contact गर्ने हो…..अनि आफुले बनाको वेबसाईटमा आधारभूत कुरा जस्तो कपिराइट हरु राखिन्छ नि हैन त खै त त्यो…..अनि त्यो वेबसाईट पनि हैन ब्लग लाई पछि पैसा तिरेर डोमेन रजिस्टर मात्र गरेको हो….. अनि त्यहा प्रयोग गरिएको सब्दहरु पनि पढे हुन्छ…..फोटो हेर्नु छ भने गूगलमा सर्च गरे हुन्छ…..सबै फोटो आउछ…….अरु यस्ता कति कुरा छन् कति…….त्यतिनै अमेरिका जाने मन छ भने म पे-पालमा अकाउन्ट खोल्छु मलाई रजिस्ट्रेसन फि मात्र $१५० पठाई दिने म अमेरिकाको विसा १००% लगाएर पठाई दिन्छु……(एउटा अफ्रिकंले भनेको पत्त्याउने अनि नेपालीले भनेको चाही नपत्याउने…..)

  8. सित्तै मा सेमिनार जाने ,पैसा कमाउने मौका पाउने , सित्तैमा करोडू रकम हात पर्ने आदि जस्ता भ्रम कहिँ कतै बाट पनि आउछ भने तेस्लाई बेवास्ता गरौ |
    आफ्नो परिश्रम को फल मा मात्र बिस्वाश गरौ र सबै किसिम का ठागी बाट बचौ |

  9. “अमेरिका सपनीमै जिबन कुहिने देस हो”
    हुन् त् यो कुरा सबैमा लागु हुँदैनन् तर बिदेसी मात्रै होईनन येहिन्को नागरिकहरुको लागि पनि यो कटु सत्य हो/ संसारको सबै भन्दा धनि सरकार भएको अमेरिका देसमा संसारमै सबै भन्दा गरिब भएको जनता नै अधिक छन्/ मेरो अनुमानमा अमेरिकामा करिब ६० प्रतिसत नागरिक बा अप्राबासी हरु महिनाको १२०० देखि १५०० दल कमाउने गर्छ/ यति कमाउने काम जता ततै पाईन्छ पनि/ तर प्रष यो हो कि यति रकमले के अमेरिकामा नेपालको सामान्य खरदार पदमा रहेको व्यक्ति को जिबन पनि बिताउन सक्छ कि सक्दैन? सिधा जवाफ हो सक्दैन/ म हाल अमेरिका मै छुन/ देख्दै पनि छु भोग्दै पनि छुन/ म र मेरो श्री मतिले करिब २५०० देखि ३००० प्रति महिना कमाउँछु/ तैपनि जिबन धान्न गाह्रो छ/ नेपालमा बस्ने हरुले ३००० डलर भन्ना साथ् ७० ले गुनेर हेर्छन अहो यो रकम त् २ लाख भन्दा बढी भयो भनि ठुला ठुला सपना देख्छन तर अमेरिकामा यो रकम को क्रय शक्ति मात्र नेपालमा बिस हजार कमाउनेको जति मात्रै छ/ म हिसाब देखाउन्छु, अनि आउने न आउने बिचार गर्नुस:
    अमेरिकी बसाईको लागि चाहिने कम से कम खर्च:
    दुई कोठे अपार्टमेन्ट भदा ७००/ बती १००/ पनि ५०/ टेलिफोन ५०/ खाना खर्च ३००/ दुई जनाको दिनको खाजा र अन्य फुटकर जेव खर्च ४००, चुरत पिउनु हुन्छ भने प्रति बट्टा ७ को दरले कम से कम १००/ कहिले काहीं बियर रक्सि खानु हुन्छ भने महिनाको १००/ दुईटा गाडीको पेट्रोल तथा यातायात खर्च १५०/ गाडीको सर्भिसिंग र बिमाको निमित १५०/ लुगा धुलाई र कोठा सफाई आदिको १००/ यदि मेडिकल बिमा आफनी जेव बात खर्चिनु छ भने दुई जनाको कमसेकम ३००/

    ल २५०० महिनाको आम्दानि खर्च पनि २५ सय नै/ अब केहि गरि केहि महिना काम नपाएमा बा बिरामी भएमा गाडी मर्मत गर्नु परेमा कहाँ बात जोगाड गर्ने? नेपाल बात मगाउने? हो मैले त् यहि गर्दै छुन/ नेपालमा अवकाश पाएकोमा पाएको रकम करिब २० लाख घरको बचत करिब ७ लाख सबै सिध्याई सके/ धन्न टिकी रहेको छुँ/

    अब नाबालक छोरा छोरी भएको र यहि महिनाको १२०० १५०० मात्रै कमाउने हुतु भएका हरु दुखको कुरानै नगरे हुन्छ/ बच्चा पढाउँन पैसा पर्दैन/ तर बच्चा छोडेर काम मा जान पाउंदैन/ कानुन लाग्छ/ के अब बेबी सितार राख्ने? कमसे कम महिनाको १००० तिर्नु पर्छ/

    याहाँ कुनै कामदारको कामको अबधि कम्पनीले चाहेको अबधि सम्मको मात्रै हुन्छ/ नेपालमा जस्तो म थाई कर्मचारी भन्ने अबधारणा याहाँ व्यक्त गर्न पनि पाउंदैन/ श्रमिक तथा कामदारको अधिकार भनेको भनेको अनुशार काम गर्नु नभए घर जानु हो/ काम छोडी जाने अधिकारको ग्यारेन्टी कानुनले गरेको छ तर काममा राखी राख्ने बा निकाल्ने कुराको ग्यारेन्टी कानुनले कम्पनीलाए दिएको छ/ अमेरिका संसारमा सबै भन्दा बढी श्रमिक भरिएको देस हो तर याहा श्रमिकको अधिकार मात्र मालिक बा कम्पनीको आदेस बमोजिम काम गर्नु र उसले काममा लगाउन्जेल काम गर्दै गर्नु मात्रै हो/ अब यो कुरा लाई मानव अधिकार बादी हरुले जसरि व्याखा गर्नु पर्ने हो गरुन/

    अर्को कुरा यहाँ कुनै पनि व्यक्तिले कतै झगडा गरेको बा सानो से सानो अपराध गरेको बा पहिला कुनै कम्पनि बात निकालिएको भए ती सबै कुराहरुको व्यक्तिगत विवरण राखिएको हुन्छ र तेस्ताले मुस्किलले मात्रै अर्को कम्पनीमा काम पाउन्छान, अझ भनु भने काम पाउदै पौन्दैनन/ यसै कारण मात्र १० ५० डलर लुट्न पनि ग्यास स्टेशन हरुमा मान्छे मार्दै हिद्छांन के गर्ने बेकरी र भोकले अपराध गर्न बाध्य नै हुन्छन/

    नेपालको डिग्री काम छैन/ यहीं पढ्नु पर्छ/ कलेज युनिभर्सिटिको पढाई खर्छ बेहोरी नसक्नु नै छ अनुदान खोज्दै पढ्नु पर्छ/ अब पढाई सुरु गरि हाले पनि घर खर्च कसरि तार्ने? नेपाल बात ल्याउने?

    अमेरिका आउँ चाहने हरुले ई कुराहरुको बारेमा अझ बुझे हुन्छ बुझेर ब्यबस्था गरेर मात्रै आउनुस/ नभए आई सके पछी न फर्कन सक्छ न रहन सक्ने हुन्छ/ फेरी एउटा लोभले नेपालीलाई फसाई रहेको हुन्छ कि ६५ बर्ष सम्म नोकरी गर्न पाए सोसियल सेकुरिटी तिरी रहन सके ६५ नाघी सके पछी महिनाको १००० बा १२०० डलर बृद्ध भत्ता पाउँछ/ तर तेती रकमले ब्रिद्धाबस्था अमेरिकामै बिताउन सक्ला? सोच्नुस अनि आउनुस/

  10. Thank You Umeshji. This is one of the reasons we like ‘MYSANSAR’.
    Than you for notifying people of this scam.
    WISH YOU AND YOUR FAMILY A HAPPY NEW YEAR

    nirmal

  11. Dear Writer,

    I was register some 6 months ago to the website which you have researched and mentioned as FAKE WEBSITE. I was doubtful when they asked for Hotel Reservation Cost at that time. I didn’t pay. I just put my name and a short description about me on there. After some days, I tried to delete my name from their member list, but I couldn’t be able to delete. When I enter my email id there it shows there is any such email id found, and it again requested me to register. So, my name is found. But, when the circulated email approached to me this time too, I didn’t care about it.

    One this I have a hutch that I don’t pay amount when there is needed, and another important thing I am not dying to go to US or any other country. Hats off to the writer who shined this issue to their reader.

    Krishana Gyanwali

  12. ल है उमेश जी, धन्यवाद, मैले जे सोचे तेही रहेछ, मलाई पनि यहि मेल आयको थियो मैले डिलेट गरिदियको थिय, यो मेल धेरै लाई आयको हुन सक्छ है,

  13. नमस्ते माइ सँसारका सँचालकहरुमा, धन्यबाद यस्तो सुचनामुलक समाचार को लागि यस्ता धेरै मेलहरु आउने गरेको छ । अरु यस्तै सतर्कताहरु अरुपनि आओस भन्ने आसागर्दछु ।

  14. THAI MICROSOFT LOTTERY

    CONGRATULATIONS!

    We are pleased to inform you that your email was selected among the winner of 2010 Thai Microsoft International Lottery Promotion For more details and direction on how to redeem your cash prize, kindly visit our website below:

    http://asianorganization2010.com

    Yours sincerely,

    Mrs. Elizabeth Wang,

    President

    Thai! Lotto Org.

  15. यो पनि ठग हो
    My name is Mrs Aisyah binti musa from Malaysia, I have an Important discussion I will like to have with you. Its private and Urgent please kindly Contact me on my email:[email protected]

  16. प्यारो जन्म भुमि र यौटा मुटुको धड्कन (परिबारलाई ) चटक्क भुलेर बिदेसिने कसको रहर होलार ?चाहे अमेरिका होस् या भारत,अरब होस् या यूरोप सबै बिरानो मुलुक हो ,
    जहाँ न नेपाली पन छ नत नेपाली मन नै हुन्छ ,तही पनि नेपाल आमाको छोरा ,छोरीले बाद्देयता बस बिरानो मुलुकमा पसिना बगाउनु परेको छ ,यो नै सबै भंन्दा दुख को कुरा हो ,
    जहाँ सम्म अमेरिकाको कुरा छ, म आफ्नो १३ बर्सको अनुभबमा छोटकरीमा भन्नु पर्दा अहिलेको स्थिति सम्म नेपाली मात्र हैन ,साला ,खाला संसार भरकै मान्छेको सपना जस्तै छ अमेरिका आउनु भनेको ,अमेरिका यौटा कुनै समान बेच्न लाई बनायको बिज्ञापन जस्तै हो ,
    अन्तमा माई संसार लगायत सबै पाठक हरुमा नया वर्ष को हार्दिक सुभकामना छ ,छिटै
    हाम्रो देसमा नया सम्मिधान बनोस , सान्ति र विकास होस् ,

  17. यो World Youth Conference ओर्गनिज़शन ले मेरो $ १२००० खायको छ / म र मेरो साथी को गरेर /

  18. मेरो साथीले अघिल्लो वर्ष ७५० डलर यु के पठाएर ठगिएको आझै हो जस्तो लाग्छ. के गर्नु बेलामा बुद्दी नापुराई, करोडौ बटुल्ने सपना देखेर पैसा पठाउनु अघि हामी साथीभाइलाई पनि भनेनन्. पछि टाउको समाउदै थिए . सबैलाई चेतना भया.

  19. हाहा… हिल्लम होटेल लण्डनको होटेल हो अनि अमजोना होटेल कोसोवो मा पर्छ.. नाबुज्नी लाई खुर्पा को बिड वानी जस्तै…

  20. यहा निर चर्तित भारतीय ठग नटबरलालको एउटा भनाइ याद आयो “जहिले सम्म संसारमा लोभी बाकी रहन्छन तब सम्म ठग भोको मर्दैन” मानिसहरुलाई जब सम्म अमेरिकाको भुत चढी रहन्छ, यस्ता ठगहरु को धन्धा चली रहन्छ तसर्थ लोभ लालच छोडौ ठगिन बाट बचौ !!!!!

  21. किन होला हामी बिदेस भने पछि हुरुक्क हुन्छौ के हामी आफ्नो देसमा केही गर्न सक्दैनौरा अनि अमेरिका भने पछि त मरेको मान्छे पनि जाग्छ पैसाको लोभमा बिदेस ठिक ठानछौ के बिदेस मा पैसा को रुख छ विचार गर्नुसत तलब सोदेस को भन्दा धेरै भयपनी काम गर्न त दुख छनी १ चोटी बिदेस गैसके पछि घर फरकिन पाइन्छ कि पाइन्न त्यो पनि थाहा हुदैना अनि आजभोली त अमेरिका पठाउने न्यु मा ठग्ने काम पनि हुन्छ please पर्लोबन्म नफस्नुहोस

  22. यो सब त पढे लिखेको मुर्ख आदमीलाई ठगी लिने बात हो । नेपालमा जो आदमी ईन्टरनेट,ईमेल चलाउन सकिलिदैन उसको त यसमा ठगि लिने बात नै छैन । जो पढे लिखेको मुर्ख आदमी यसको ठगीमा परिलिन्छ उसको त बहुत शरम आईलिन्छ होला जरुर पनि डाडुमा पानी उबालेर आत्महत्या गर्नको मन गर्छ होला ।

  23. हुनत my संसारले केहि समय देखि मेरो कमेन्टमा प्रतिबन्ध लगाएको जस्तो लागेर मैले प्रतिक्रिया दिन छाडेको छु, तर आज यो ब्लगमा भने केहि थप जानकारी दिन मन लागेर छोटो जानकारी मात्र पस्कने प्रयास गरेको छु | प्रकाशित होला नहोला त्यो त भविस्यको गर्भमा छ |

    कुरा १ महिना अगाडी अर्थात नोवेम्बेर अन्तिम तिरको हो : मलाई एक अपरिचित नम्बरबाट अपरिचित व्यक्तिको फोन आयो र अत्तालिएको स्वोरमा अलि हतारमा भए जस्तो गरि उनले एकै सासमा सबै सारंस सुनाए :
    दाई मेरो घर बाग्लुंग हो | मलाई तपाइको नम्बर रामदाइले दिनु भएको | म अहिले मेक्सिको सिमानामा छु | म अब बोडर क्रस गर्न लागेको | अमेरिकाको क्यालिफोर्नियामा छिर्न लागेको | त्यहाँ आउदा कस्तो हुन्छ ? …. आदि इत्यादी … म driving गर्दै गरेको र अहिले कुरा गर्न नमिल्ने (क्यालिफोर्नियाको कानुन अनुसार सवारी चलाउदा hand फोन प्रयोग गर्न मनाही छ ) र ५ मिनेट पछी पुन सम्पर्क गर्न अनुरोध गरि फोन सम्पर्क बिच्छेद गरें | तर उनले फेरी call back नगरेको मैले आफैले सम्पर्क गर्न खोज्दा अरु कसैले Spanish भाषामा के के फत्फतायो | बाहिर कुनै पसलबाट फोन गरेका रहेछन साएद | फेरी सम्पर्क भएको छैन |
    पछी जानकारीमा आए अनुसार उनि अहिले क्यालिफोर्नियाको सेंडीयगोको कुनै एक जेलमा छन | उनले कानुनी सल्हाकार पाउने हो भने छुटकारा पाउन सक्छन | तर कसरि ?
    जे होस् उनि भाग्यमानी रहेछन कि यो अर्थमा उनि जीवित छन् | नत्र सिमानामा गरिने हवाई सुरक्षा गस्तीको फाएरमा धेरैले ज्यान गुमाउछन | कतिले त जंगलमा हिड्दा हिड्दै पानि पनि पिउन नपाएर मृतु वरण गर्छन भनिन्छ | हुन त अहिले मानवअधिकारवादीहरुको दवाभमा ठाउँ -ठाउमा पिउने पानीको व्यवस्था गरिएको छ भनिन्छ |
    उनले १ /२ महिना लगाएर दक्षिण अमेरिकाका बिभिन्न देश पार गर्दै नेपाली दलाललाई २५ लाख रुपैया खुवाएर सिमा पार गर्न असफल भएर जेल जानु पर्यो | आखिर उनले सिमा पार गरेकै भए पनि घन्टाको $ ८ का दरले काम पाउथे होलान लगभग दिनमा ८ देखि १० घण्टा | खर्च काटेर कति बचाउथे होलान र नेपालको ऋण कहिले तिर्थे होलान | आफै अनुमान लगाउँ |
    उनकै झैँ २ महिना लगाएर दक्षिण अमेरिकाका बिभिन्न मुलुक पार गर्दै नेपाली दलाललाई २५ लाख खुवाएर अमेरिका छिरेका अर्का एक जना भाईको कथा पनि उनले देखेको सपना भन्दा फरक छ | घन्टौ कुरेर २ ओटा गाडी फेरेर रातिको काममा २ घण्टा लगाएर पुग्छन र १० घण्टा काम गरि आतेजतेमा ४ घण्टा खर्च गर्छन | रातिको काम त्यो पनि क्यशिएर्, रातभरी ३३ कोटी देवीदेवताको नाम जपेर बस्नु पर्छ | कतिवेला के हुन्छ ? ज्यानको सुरक्षा हुन्न | यसरी कमाएर ऋण तिर्ने कहिले ? केहि तलमाथि भएमा परिवारको जहाज नै डुब्ने डर |
    अमेरिका सोचे जस्तो सरल छैन | सुविधाहरु पक्कै राम्रा छन् तर यो सकारात्मक पाटो मात्र नभएर नकारात्मक पक्षेहरु पनि प्रसस्तै छन् | खासगरी नया आगन्तुक जसका आफन्त यहा छैनन् |
    कृपया मेरो भनाइलाई नकारात्मक रुपमा नलिनु होला | मैले जे देखेको छु त्यही उतारेको मात्र हो | म तपाईहरुलाई अमेरिका नआउनुस भन्दिन | आउनुस तपाइलाई अमेरिकामा स्वागत छ | तर दलाललाई मोटो रकम खुवाएर ज्यान जोखिममा पारेर नाउनुस | त्यो रकम नेपालमानै लगानी गर्नुस साएद धेर थोर पक्कै कमाउनु हुन्छ | तर बाटो लाग्नु भयो भने यसै भन्न सकिन्न |
    आफ्नै प्रयासले सिधै अमेरिकामानै अवतरण हुने गरि भिसा लगाएर आउने हो भने चाही कुनै दुबिधा नमानी ढुक्क भएर आए हुन्छ | ढिलो चाडो अमेरिकी रहन सहनमा घुलमिल भएर क्षमता अनुसारको जीवन जिउन सकिन्छ | अन्यथा एक पटक सोच्नुस !

    • TILAK KARKI JI,
      तपाई ले दिनु भाको कमेन्ट १६ आना सत्य हो ,UK,AMERICA,CANADA,AUSTRALIA जहाँ गय पनि नेपाल मा बसेर सोचे जस्तो छैन ,जिन्दगि कठिन छ तपैले लेख्नु भाको कमेन्ट मा कुनै असत्यता छैन/ तर तपाइको कमेन्ट लै पनि मन नपराउने र रातो चिन्न लगाउने मुर्ख चै कस्ता होलान/ ठग को हात् मा नपरी बुद्धि नाउने भनेको मुर्ख चै यिनै हुन् /

      • रबि जी, यसलाई माईसंसारमा लोकतान्त्रिककरणको सुरुवातको संज्ञा दिनु पर्छ जहाँ फरक मतलाई पनि स्थान दिइन्छ | यिनीहरुले प्रतिक्रिया नभएर व्यक्ति मन नपराएका हुन् |

    • कमेन्ट अली छोटो लेखेपो पढन पनि मजा आउछ । लेख भन्दा लामो कमेन्ट के पढनु ।

      • अलिना जी, मैले यो प्रतिक्रिया पढ्ने पाठकहरुलाई पढ्दा मजा आओस भनेर नभई केहि जानकारी होस् भन्ने अर्थमा प्रस्तुत गर्ने जमर्को गरेको हुँ | लामो पक्कै भएको छ र त्यसको लागि sorry भन्नै पर्छ भन्ने कुरा हाम्लाई लाइरहेको छ ….

        • सबै किसिमको कमेन्ट स्वीकार्नुस न । अलिना जी लाई जस्तै मलाई पनि पुरै पढ्न मन लागेन पढीन । तर यति भन्दैमा बाझाबाझ शैलीमा प्रत्युतर दिनु आवश्यक छैन जस्तो लाग्छ मलाई त।

    • तिलकजी धेरै धेरै धन्यवाद यो लेखको लागि | तपाइँले पनि पुन: एक चोटी नेपालीहरुको आखा खोलिदिनु भएको छ | तपाईको लेख एकदम सत्य छ | मेक्सिकोमा केहि महिना अघि ७५ जना बिदेशी जो अमेरिका छिर्न लागेका थिए उनीहरु को हत्या भएको थियो| त्या नेपालीहरु त परेनन् तर भबिस्यमा नपर्लान भन्न सकिन्न | त्यसैले दलालहरुलाई धेरै पैसा ख्वाएर मेक्सिको हुदै अमेरिका छिर्न खोज्ने नेपालीहरुलाई सचेत गराउने पर्छ हामीले |

      75 people killed in mexico……..
      http://www.chron.com/disp/story.mpl/world/7171935.html

      @Alina ji
      कसैको लेखको सम्मान गर्न सक्नु हुन्न भने अपमान पनि नगरे राम्रो हुन्थियो कि | आइन्दा देखि पहिले लेख को मर्म बुझेर अनि कमेन्ट गर्ने बानि बसाल्नुस किनकि कुनै कुनै कुराहरु दुइ लाइनमा सम्झाउन गारो हुन्छ |

  24. यी मान्छेहरु कतै तपाइको नजिक बस्छन भने पुलिसलै रिपोर्ट गरि दिनुस .

    Registrant Street1:PMB 368, 14150 NE 20th St – F1
    Registrant City:Bellevue
    Registrant State/Province:WA
    Registrant Postal Code:98007
    Registrant Country:US
    Registrant FAX:+1.4252740657

    • eh man. that a PO Box address at a place called mail zone or ups store etc. they won’t give info. peace. what is the name of the person.

  25. बिना मिहिनेत केहि पाउछु भन्नु मुर्खता सिबाय केहि होइन भन्ने हामीलाई लाइराछ |

  26. माली येस्ता इमेल ले दुख दिन थालेको करिब ६ वर्ष जति नै भैसक्यो !!! धन्न आजसम्म जोगिएको छु !!!

  27. लेखक ज्यु,

    तपाइले सबै लै सतर्क गराएर त राम्रै गर्नु भयो र यस्ता कुराहरुमा सतर्क हुनु राम्रो पनि हो तर यस्ता सेमिनार हरु सबै scam हुन्छन भन्ने कुरा चाहिं सत्य होइन. मेरो बिचारमा DV लटरी खुल्नु भन्दा धेरै अगाडी देखि बाट नै हाम्रा नेपाली हरु अमेरिका, अस्ट्रेलिया, यूरोप, र क्यानाडा जस्ता विकसित मुलुकहरुमा यस्ता सेमिनार हरुमा आएर पछी सबै कागजात यतै मिलाएर स्थाई विसा पाएर बस्ने हामीहरु (म समेत) हजारों को संख्या मा छौं र सबै परिवारको नागरिकता सम्म पनि भै सकेको छ. कुरा यत्ति हो कि पहिले विसा राम्रो तरिका ले पाउनु पर्यो र अरु कुरा पछी को कुरा हो. तपाइले पाएको इमेल चाहिं निम्ता नभएर सो समारोहको सूचना मात्र हुन पनि सक्छ र यसको बारेमा यो सन्चो हो कि होइन भनेर अमेरिचन एम्बस्स्य बाट या जहाँ हुन् लागेको हो त्यस देशको embassy मा बुझे हुन्छ. र यो scam हुन् पनि सक्छ र साँचो हुन् पनि सक्छ.

  28. There is no specific conference venue:

    I tried to locate conference venue by google map but reached only the street location. There is no specific building or hotel for seminar, therefore, I could not contact the building manager or hotel manager. How will you get US visa without specific seminar place? Besides, who are in the executive board – not clear from the website. You will not be able to answer about organizers at visa interview because they seem to be anonymous thugs. Mysansar.com should be thanked for informing people about this.

  29. मरेको बिहारीले पनि जयूदो नेपाली ठगछ भन्ने सुन्य थेये आज कालेहरुले पनि नेपाली ठंग्न खोजेको देख्न पयियो . thanks you salokyaa for awaring stupid American dreamers.

  30. धेरै धेरै धन्यवाद उमेश जी लाई| येस्तालाई कारवाही गर्ने सम्बन्धित निकाय छैनन् र? छ भने तुरुन्त कारवाही गर्नु पर्यो|

  31. बढ्दो डलर मोह बाट ग्रषित अहिले को आम समाज लाई यो लेख निकै संदभिक र जन उपयोगी छ / माथि को लेखमा नजर डुलाएर पनि अन्धो हुदैँ हाम फाल्नु , आगो को भुंग्रोमा
    हाम फाल्नु सरह हो / खोज तथा चेतना मुलक लेख को लागि बेशेष धन्यवाद , माई संसार तिमीलाई …

  32. ठ्याक्कै यही ता होइन तर यस्तै किसिम को ई-मेल एक जना अमेरिका पढने नेपाली बहिनी लाई आयो, यो कुरा २ वर्ष पहिला को हो, र उनलाई एकजना केटीले उसलाई लाखौ डालर को लोभ देखाएर , उसको खाता माँ ट्रांसफर गर्न लागने चार्ज भनेर २०००$ ठगी हाली.

  33. यो जाकारीमूलक समाचार मात्र होइन ज्यान बचाउँने समाचार हुँदाहुँदै पनि रातोमा चिह्न लगाउँने महानुभावलाई के भन्ने?,कतै उहाँ नै इमेल पठाउँने मध्ये त हुनुहुन्न?

  34. आजभने उमेशले उत्कृष्ठ पत्रकारिताको नमुना नेपाली समाजमा प्रदर्शन गरेको छ | बैदेशिक रोजगार हाम्रो देशको अपरिहार्यता र जल्दोबल्दो समस्याको रुपमा रही आएको छ | जाली, झेली र परजीवीका कुकार्यहरु समाजका अगाडी पर्दाफास गर्नु नै एउटा सच्चा पत्रकारको दायित्व हो| उमेश जस्ता पत्रकारलाई हामी सबैले जश दिनुपर्छ, माया गर्नुपर्दछ र हर तवरले सहयोग गर्नुपर्दछ |

  35. उमेशजीलाइ धेरै धेरै धन्यवाद यश चेतनामुलक लेख को लागि | एस्ता इ-मेलहरु बिभिन्न प्रकारले आउने गर्छन | यो त एउटा प्रकार मात्र हो | ठगहरुले ठग्न विभिन्न प्रकारले विभिन्न बिसय बनाई इ-मेल पठाउने गर्छन तेसैले एस्ता प्रकारका इ-मेल प्रति सचेत हुन जरुरि छ | यश लेखले सबैको आखा खोल्नेछ भन्ने आशा छ |

  36. उमेश जी धेरै धन्येबाद समय मा नै लेख लेखेर केहि नेपाली लाही ठगिन बाट बचाउनु भो नत्र नेपाली को बानि छिमेकि ले पनि थाहा पाहुलान भनेर पछि सबै पक्का भए पछि उड्ने बेला मा मात्र भन्नु पर्छ भनेर सुटुक्क पैसा तिर्दै ठगिन सुरु हुन्थे /

  37. कुरा छारस्ट बुझियो , अब यति पढेर पनि नबुझ्ने गोरु लाइ रामराम नै भन्ने हो , अरु शब्द त बसन्त कुमार शर्म्मा ले पनि बटुल्न भ्याएका होलान भन्ने कुरामा नै शंका छ|

    यो लेख पढेपछि त् सानो तिनो PhD नै थमाइदिनु पर्ला जस्तो लाग्यो सालोक्य जी लाइ | यहि त हो नि अनुसन्धान भनेको| यो खोजमुलक लेख को लागि माइ सन्सार लाइ हार्दिक धन्यबाद|

  38. धेरै धेरै धन्यबाद .. हजुरको यस्तो सुचना मुलक लेख को लागि थुप्रो नेपालि हरु दलाली को फन्दा बाट बच्ने भए ..अब यो लेख किन प्रसारण गर्यो भनेर पनि धम्कि आउन सक्छा सर हजुरको यस्तो लेख लाइ रिदय देखि नै सलाम गर्न चाहन्छु ..

    अमृत लम्जुंग

  39. साच्चै , धेरै नै इनोसेन्ट हरु यसरि यस्ता ठगि गिरोहका संजालमा फसिरहेका छन् , यस किसिमको बिसयमा यसरि बहस हुनु अत्यन्तै जरुरि हुन्छा ,
    आफ्ना पाठकहरुलाई सचेत बनाउने उद्देश्यले यसरि मेहेनतका साथ् तपाइले लेख
    तयार पार्नु भयो .
    धेरै धन्यबाद माइसंसार ब्लगका उमेश जी लाइ .

  40. सालोक्य जि तपाई जस्तै नेपाल मा अरु मिडियामा काम गर्ने मिडियाकर्मिहरु नेपाल आमा ले जन्माई दिएको भए त यो नेपाल मा सत्यको बाटो हिड्ने वा समात्‍नेको हार हुने थिएना होला, आँखा देख्‍ने हरु पनि आँख नदेख्‍ने जस्तै भ्रममा नपर्ने थिए तर के गर्ने यो सति ले सरापेको देश भन्छन……….

  41. धेरै जानकारीमुलक लेख. यस्तो मज्जाले सबै कुरो अर्थ्याएर लेख्दा पनि नबुझ्ने लाइ ठिकै हो

    “अब पनि तपाईँलाई विश्वास लाग्दैन भने तपाईँलाई राम-राम मात्रै भन्न सकिन्छ। बरु [email protected] यो इमेल ठेगाना याद गरिराख्‍नुहोला।”

  42. तेत्रा मान्छे लाइ अमेरिका लैजान सक्नेले आफ्नो website फ्री मा होस्ट गरेको छ |
    हेर्नुस त एसको nameserver
    http://www.wycusabissau.org canonical name = domains.freewebs.com.
    domains.freewebs.com nameserver = ns1.freewebs.com.
    domains.freewebs.com nameserver = ns2.freewebs.com.
    अनि येस्ता को पछी लागेर ठगिने लै क भन्ने?

  43. मुरी मुरी धन्यवाद माई संसारलाई / हाम्रा नेपाली दाजुभाई स्वोभाबैले इमान्दार र सोझो हुन्छन / समय मा नै सचेत गरैदिएकोमा धेरै राम्रो कार्य मान्नुपर्छा /

  44. I got so many emails like these. Once I got an email stating that I won the lottery from Toyota and giving me some millions of dollars. I ignored that and the next day one of my friend was telling me the same story. He was so excited to get the millions of dollars. There is nothing for free in this materialistic world. Thank you so much for the awareness post Salokya jee.

Comments are closed.