माइसंसारका कविताप्रेमी पाठकहरुका लागि फोटो हेरी कविता लेख्न चुनौति स्वरुप यो साताका लागि फोटो।
फोटो हेर्नुस्, आफ्नो सिर्जनशील दिमाग खियाउनुस् र कविता लेख्नुस्।
फोटोको पृष्ठभूमिः यो फोटो मैले केही अघि भएको अन्तर्राष्ट्रिय कला महोत्सवमा खिचेको थिएँ। यो चित्र चिनियाँ कलाकार पुर बुले बनाएका हुन्। यो चित्र बारे उनको व्याख्या यस्तो थियो- कर्म र धर्मको शक्ति यति धेरै हुन्छ कि हामीले हाम्रा संवेदना हुने सबै अंगहरुलाई बन्द गरे पनि बुद्ध हामीभित्रै हुन्छ। उनको व्याख्या अनुसार वा तपाईँ आफ्नै व्याख्या अनुसार कविता लेख्न सक्नुहुन्छ।
गत साताको नतिजाः गत साताको तलको फोटो अमूर्त कलाको भएकोले हो कि किन हो, १३ वटा मात्रै कविता लेखिए। यस पटक पनि अघिल्लो सातामा जस्तै सुधीर ख्वबिले लेखेको कवितालाई नै धेरै पाठकले मत दिए। उनको तलको कवितालाई सबैभन्दा बढी १०८ पाठकले मत दिए। गत साता यो मत ४३ मात्रै थियो। उनको कविता मन नपराउनेको मत भने १० थियो। सुधीरलाई बधाई र सहभागी अन्य सबैलाई धन्यवाद।
विजयी कवितालाई वाचन गर्ने माइसंसारको पुरानो क्रमलाई जारी राख्न तपाईँहरु मध्ये कोही आवाज दिएर सहयोग गर्न इच्छुक हुनुहुन्छ भने कृपया तलको कवितालाई वाचन गरेर अडियो फाइल [email protected] मा पठाउनु होला।
यो आवाज पठाउनु भएको छ मोहन पहाडीले सुन्नुस् यहाँ क्लिक गरेर
अमूर्त प्रलय
छरपस्त सपनाहरुको चिहान
खण्डहर पारिएका बसेराहरु
नियति किन यति क्रुर !
प्रश्न सोध्न मन लाग्छ प्रकृतिलाई
अथवा सोधुँ आफैलाई
किन बग्दैनन अचेल धमनीमा रातो रक्त ?
बगरका लावारिस प्रस्तर सरह
फालिएका चेतनाका सुन्दर भावहरु
किन विभत्स झैं देखिन् थालेको छ
समय किन यति लाचार !
प्रश्न सोध्न मन लाग्छ बिधातालाई
अथवा सोधुँ मनहरुलाई
किन फुल्दैन अचेल मानवताको फूल ?
बिकराल अभिस्टको सामू
नतमस्तक मानसिकता
कसरि मानुँ म शालीनता !
प्रश्न सोध्न मन लाग्छ विप्लवलाई
अथवा सोधुँ सहनशीलतालाई
उडेकै हो त अचेल रगतको रंग ?
सायद हामी प्रतिक्षामा छौं
लालायित छौं स्वागत गर्न
अमूर्त भएर एउटा मूर्त प्रलयको
कसरी माग गर्न सक्छु म
प्रश्न सोध्न मन लाग्छ सबैलाई
श्याम चन्द्र, छरपस्ट मेघ
बग्दो पवन, चरम बेग
बर्षात, विचार, र तरङ्ग
मौन बुद्ध,
अतृप्त, तर शान्त…
ग्यान गङ्गा,
न प्यास न तृप्ति
ध्यान, बुद्धत्व
न चाह न प्राप्ति
मा manab
बिसुद्ध विचार
जल जमिन वायु गगन जहाँ तहा
तन मन मस्तिष्क अन्तस्करण मा
जीव वनस्पति जनावर मनुस्य कहाँ
व्याप्त छौ शान्ति सदभाव पढाउ सवमा
ॐ नमः बुद्धाय
नमो नमः बुद्धाय
झैँ झगडा ह्रिश काट मार
युद्ध बल्झियो मृत्यु प्रहार
दुख्यो जगत बिनाश तिम्रो हार
खोल आँखा तोड ध्यान सम्झाउ संसार
ॐ नमः बुद्धाय
नमो नमः बुद्धाय
बुद्ध मात्र ज्ञानको प्रतिबिम्ब हो जो सबै देख्न सक्छन
बुद्ध मनको आँखा हो, अन्धोलाई पनि देख्ने बनाउँछ
बुद्ध करुणाको श्रोत हो, माने कसाही पनि दयालु बन्दछ
बुद्ध गद्दी त्यागेर दुखीको माझ बसे, सिके सच्चा नेता बनिन्छ
बुद्ध नेपालमै जन्मे, किन? बुझे यी कलह सबै शान्त हुनेछ
गौतम बुद्ध (कबिता)
नहुने कुराले
जैले पनि योमन
भयभित तुल्याइरहन्छ
आफ्नै डम्फु बजाउन
आफ्नै पर्ब मनाउन
ब्यस्तछन सबैजना
खल्लो अनुभुति
निस्तेज बन्छु
जताततै
त्रासको बासछ
प्रदुषित सोचाइहरु
यत्रतत्रछन
बिद्रोही मनहरुको बिचमा
बुद्ध बन्न मन् लाग्छ
बुद्धुहरुको बगालमा ।
अन्टोन फुहरर
विश्वसामु
बुद्ध जन्मस्थललाई
प्रमाणीत गर्यौ
बर्टेन्ड रसेल
निर्भिकताका साथ
बुद्धधर्मलाई मनपरायौ
इश्वर नमान्ने जर्मनी नित्सेले
यथार्थका धरातलमा उभिएर
मुस्कुराउदै वर्वरतामा
उर्बरता थप्यौ
बुद्धजस्ता हिरालाई
अलौकिक अतिअपबाद
पुरुषका बिचमा चित्रित गर्यौ
बुद्धको जन्मभुमी नेपालहो भनेर
नित्सेले,बर्टेन्ड,आईन्स्टाइन,
अन्टोन फुरर
ध्यर्य र सुशिलताले
सुबासित बनायौ
सिध्यान्त र बिचार हरु
जनमानसमा रोप्न सिकायौ
बुद्धत्वका सुन्दरभावहरु
उमङ्गका बिउ उत्साह रोप्नलाई
झ्याङ्गी रहनेछन
प्रकृतिको काखमा
बोधिसत्व बनेर।
ब्रुस्सेल्स,बेल्जियम.
जल जमीन आकाश जहा-तहा
तन मन मष्तिष्क अन्तस्करणमा
बनस्पति जीव जनावर मनुष्य कहा कहा
ब्याप्त छौ सदभाव शान्ति पढाऊ सवमा
ॐ नमः बुद्धाय
नमो नमः बुद्धाय
बुद्धले भनेका थिए
बुद्धले भनेका थिए
तिमी मलाई तिम्रो तरवार देऊ
म तिमीलाई शब्द दिन्छु
तरबारले केवल व्यक्ति मर्छ
व्यक्तिको बिचार मर्दैन
मेरो शब्दले तिमी लड्न सक्छौ
आफ्ना बिरोधीहरुसँग
बुद्धले भनेका थिए
शब्दले न त कसैको
शरीर भेदन गर्छ
न त सीर छेदन गर्छ
केवल कसैको एउटा बिचारमा
अर्को बिचारको सम्प्रेषण गर्छ
बुद्धले भनेका थिए
तरवारको गणितमा केवल घटाउ हुन्छ
यसले संख्या घटाउन मात्र जानेको हुन्छ
बिरोधीलाई टुक्रा पारेर रमाएको हुन्छ
तरबारको धर्म पनि यही हो, कर्म पनि यही हो
तर शब्दको गणितमा केवल जोड हुन्छ
यसले जोडदै जान्छ मनहरुलाई मनहरुसँग
तिमी शब्दद्वारा एशियादेखि युरोपसम्म
अमेरिकादेखि अफ्रिकासम्मका मानिसहरुलाइ जोडन सक्छौ
बुद्धले भनेका थिए
तिमी मेरो शब्द लेउ
काट्न नपाएर तरबारमा झै
न त यसमा खिया लाग्छ
ठीकसँग राख्न जानेनौ भने
न त तरबारले झै तिम्रो ज्यान नै लिन्छ
मेरो शब्दलाई म्यानमा राख्नु पर्दैन
यसलाई जहाँ पनि जसरी पनि राख्न सक्छौ
बुद्धले भनेका थिए
मेरो शब्द सत्य छ
यो अमर छ
यो उहिले पनि थियो
आज पनि छ
भोलि पनि रहि नै रहने छ
तिमीलाई थाहा छैन होला
तिमीले नसुनेको होला
तर सत्य हो
शब्दले सुन्छ, देख्छ र बोल्छ पनि
त्यसले न्याय अन्याय छुट्याउन सक्छ
तर तरबारले न देख्छ, न सुन्छ
तरबारले केवल प्रहार गर्न जानेको हुन्छ
काट्नु नै उसको धर्म हो त्यो उसले ठानेको हुन्छ
म फेरि भन्छु तिमीलाई
मेरो शब्द लेउ म तिम्रो तरबार लिन्छु
म तरबारलाई शब्द बनाउने प्रयोग गरिरेको छु
बी अधिकारी
जपमाला शान्तिको
गर्छु ध्यान बसी बृक्ष मुनी खोज्दछु शान्ति यहाँ
जन्म भयो नेपालमा तर मेरो शान्ति लुकाउ काँहा ।
लाग्छ मलाई माया नेपालको मेरो जन्न भूमि प्यारो
िहंस्रक बन्न गए नेता यहाँ जनतालाई पर्छकी गार् यो ।
चिन्तामा डुबेको छु म याह सोच्छु दिन र रात
ल्याऊ शान्ति हटाउ क्रान्ति फैलाऊ एकताको हात ।
बुद्धत्यो पाएँ महिले त्यो जमनामा थियो सबैमा शान्ति
आज त छिमेकी पनि बदमासी भए फैलाइ दिन्छन भ्रान्ति ।
मेरी आमा नेपालकी रुन्छीन आज सन्तानको खोजीमा
देशै लुटे भाइ भाइ कुटे कुम्लाई सम्पती राखे गोजीमा ।
फेरी जन्म लिन पर्छ कि महिले याहाँ भन हे नेपाली
जेष्ठ चौध सम्म पनि केहि नभए आउछु बरु म यसपाली ।
दिप्य ज्योती छर्छु अन्तर आत्मबाट दिन्छु शक्ति र बल
गर काम देशको लागि डटी पाउछौ सन्तुष्टिको फल ।
देख्छौ तिमी अर्मुत मेरो मुर्ति तर म देख्दै छु जमान
शान्ति ल्याउन शान्ति बोलौ शान्तिकै गर् यौ कामना ।
चिन्तित बुद्धत्व
बुद्धत्व
सीमाहीन उच्छन्ख्रिलतामा
निस्सासिन थाले जस्तो छ |
चिवर
गरिबीको धरापमा
धुजा धुजा पर्न थाले जस्तो छ |
प्रज्ञा
अनुशासनहीनताको अभ्यासमा
खोक्रो आदर्श बन्न थाले जस्तो छ |
दान पात्र
अकर्मन्यताको जालोमा
बाध्यता उन्न थाले जस्तो छ |
शान्ति
कुनै दुर्लभ वस्तु सरह
लुप्त हुन थाले जस्तो छ |
बुद्ध
गहन ध्यान मुद्रामा
बिचलित हुन थाले जस्तो छ |
बुद्ध
सायद चिन्तित चिन्तनमा
गोलि बारूद सोच्न थाले जस्तो छ |
धर्म ! कर्म !!
धर्म कुनै धर्म नै होइन
त्यो हामी भित्र रहेको
आस्था अनि निष्ठा हो
कर्म कुनै कर्म नै होइन
त्यो हामीले गर्नै पर्ने
दैनिकी काम हो
हिन्दु, बुद्ध, अल्लाह, ख्रीष्ट
यी सबै हामीले नै
दिएको नाम हो
शरीर , मन र बुद्द
——————–
जस्मा छ ज्ञान मान ऊ हो प्रबुद्द
अहो ! ज्ञान धर्म बिछतै बिशुद्द
मन बुद्द त तन बुद्द
तन बुद्द त मन शुद्द
ध्यान गरेर बन्नु पर्छ ध्यानी
ध्यानी मान्छे बन्छन ज्ञानी
ज्ञानी मान्छे हुन्छन बुद्दिमानी
बुद्दिमानी मान्छेले गर्दैनन् कूभलो जानीजानी
बुद्द सबमा जगाऔ
अज्ञान पाप भगाऔ
मनलाई उपकारमा लगाऔ
‘ संघम शरणम गच्छामी ‘ जनहितको यो गित गाऔ
——–
( बिछतै – यो शब्द टाईप नमिलेर शुद्द लेख्नै सकिन ! )
एउटा आशाको सम्भावना
एउटा आशाको सम्भावना
औंशीको गहिरो रातमा
पिलपिल भए नि ताराहरूले
मधुरम उज्यालो छरेको हुन्छ |
समयको ताण्डब
मानवियतामाथि
जतिसुकै विकराल भए नि
स्वर्ण – कमल फुलेको हुन्छ |
बुद्धले, पद्माशन देखि
महा – परिनिर्वाणसम्म
प्रज्वलित पारमिता
आस्थाको दियोमा बलेको हुन्छ |
हुरी बत्तास बन्न लालायित
कुत्सित मनसायहरु
जति प्रयास-रत भए नि
ज्योति-पूंज त चम्केको हुन्छ |
हत्या हिम्सा को माझमा पनि गौतम बुद्ध जीवित हुनु पर्छ
‘वास्तवमा राजनीति गर्नेको जीवन जोगीकै जस्तो हुनुपर्छ,’
‘मूल्य, मान्यता, इतिहास, सहिदको रगत, आमजनताको पसिना भ्ल्नु हुन्न
सबै भुलेर पद र पैसामा रमाउने प्रवृत्तिले नै राजनीति भ्रष्ट बन्नुहुन्न
— कुनै पद नभए अध्ययन–अनुसन्धानमा लागेर पनि मुलुकका लागि गर केही योगदान
‘राष्ट्र र जनतालाई घात गरेर पार्टी बलियो हुन्छ भन्ने सोच्नु गलत हुदो रहेछा बरदान
सबै सङ्कीर्णतामा अल्भि्करहेका छन्,’हल्लाको पछाडि लागेर बहकिनु हुन्न
गौतम बुद्ध अजर अमर छन् उन को उपदेश नली अब हुदै हुन्न
बुद्ध तिमीले देश को अस्तित्वबोध गरयौ देश विदेश मा नेपाल भनि चिनायौ
इतिहास बोकेर सानका साथ मान खोज्दै दक्षिण भारत के पुगिएका थियौ
त्यसैले होला लुम्बिनी त हाम्रै हो जुँगामा ताउ दिँदै ’कहाँ पर्छ यो ? भारतमा ?’
नेपालिनेता जी सगरमाथाको टोपी लगाउँदै दौरासुरुवालको तुना बाँध्न थालियो हतारमा
नेपालका जंगलमा दाह्रा र नंग्रा भएका सिंहहरूको राज अहिले पनि छ।
हामीलाई जिउदो गौतम बुद्ध चाहियाकोछ भारतीय दुतावासको बिष बमन गर्ने बुद्ध चाहियको छ
बोधि-वृक्षको खोजीमा
एउटा शून्यताको भाव
एउटा लीनको आभास
आफै भित्रको असूर
पराजित गर्न
बोधि-वृक्षको खोजीमा छुं |
अनर्गल छ्यापिने
तथानाम विरक्तहरु
रक्तबीज झैं पुन : सल्बलाउने
अनगिन्ती रहरका खातहरु
विस्थापित गर्न
बोधि-वृक्षको खोजीमा छुं |
चेतना माथि आक्रामक बनेका
सैधान्तिक धमिराहरु
आस्था माथि बिषालु बनेका
अनियन्त्रित चिन्तनहरु
मैत्रीय पार्न
बोधि-वृक्षको खोजीमा छुं |
आशाको सम्भावना
एउटा आशाको सम्भावना
औंशीको रातमा पनि
पिलपिल भए नि ताराहरूले छर्ने
उज्यालोले जगाएको हुन्छ |
त्रासदी जतिसुकै भए नि
प्रलयको ताण्डब मच्चे नि
आस्था र निष्ठाको बारीमा
स्वर्ण कमल फक्रेको हुन्छ |
बुद्धले , पद्माशनदेखि
महा-परिनिर्माण सम्म
प्रज्ज्वलित स्वर्ण – प्रकाशलाई
अन्धकारमा रुपान्तर गर्ने कुचेष्टा
जसले थाले नि , गरे नि
शान्ति बनि ब्रम्हाण्ड ढाकेको हुन्छ |
———मनुज अवतार म हो ————–
धुरन्धर पन्डित छु म आफै भित्र
तर किन बोल्दैन यो मानचित्र ??
बिकराल मुटु बोकेको म बिचित्र
हस्ती हुँ तर भएँ किन निक्रिस्ट ?
आवाज मेरो अती अती नै पवित्र ,
तर भित्र कालो कालो र सुस्त
म महाकबीको मन्दिर होइनर ?
म भित्र कलात्मकता छैनर ??
तर किन बन्दुक र बारुद म भित्र ??
बुद्ध र भ्रिकुटी कति कति म भित्र ,
तर किन म भएँ लाचार र अपबित्र?
यस्तो पवित्र मन्दिर बोकेको म भित्र ,
कति कति बल्छी र काँडाहरु भित्र भित्र ,
अन्धो पनि हुँ की म आँखा भएर पनि हो ?
देख्दिन बाहिर कतै तर मनुज अवतार म हो ,
म बुद्ध,
म सगरमाथाको देशमा जन्मेको बुद्ध
म नेपालमा जन्मेको बुद्ध |
आज मेरो नागरिकता को खोजि भै रहदा
छिमेकि मुलुक मलाई नागरिक बनाउन तत्पर छ
नागरिकताको त के कुरा भो मेरो पुरानो घरको दुरुस्त
नक्कल गर्न सफल छ छिमेकि मुलुक |
म यति मात्र भन्छु
म सगरमाथाको देश मा जन्मेको बुद्ध हु
म भृकुटीको देश मा जन्मेको बुद्ध हु
म दाल रोटि खाने बुद्ध होइन
म धोति बाध्ने बुद्ध पनि कदापी होइन
मलाई मेरै दौरा सुरवालमा गर्ब छ
भला मेरा कुम हल्लाउने नेतालाइ यो मन पर्दैन
म ढाका टोपी लाउने बुद्ध हो
भला चरेसानन्द लाइ त्यो मन पर्दैन |
म बुद्ध हु ,
र म नेपाली हु
मलाई अरु परिचय मान्य छैन,
मलाई अरु रास्ट्रियता मान्य छैन
म ढिडो र गुन्द्र्क खाएर हुर्केको बुद्ध हु
म दौरा र सुरवाल लाएर हुर्केको बुद्ध हु
कोइ पान वाला मलाई दाबि नगर
खोइ धोति वाला मलाई आफ्नो नभन
म नेपाली बुद्ध हु
र म केवल नेपालको बुद्ध हु |