विकास थापा रिहा गर्न सर्वोच्चको आदेश

कान्तिपुर दैनिककी सहकर्मी मैना धिताललाई अश्लील इमेल गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतले थुनामा राख्‍ने आदेश दिएका पत्रकार विकास थापालाई सर्वोच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश ताहिर अली अन्सारी र प्रकाश वस्तीको संयुक्त इजलासले थापालाई २५ हजार धरौटीमा रिहा गर्ने आदेश दिएको हो। समान अभियोगका मुद्दामा अन्यलाई धरौटीमा रिहा गर्ने निर्णय दिए पनि शक्तिको आडमा विकासलाई थुनामा पठाउने काठमाडौँ जिल्ला अदालत र त्यसलाई सदर गर्ने पुनरावेदन अदालत पाटनको निर्णय उल्ट्याउँदै सर्वोच्चले सोमबार धरौटीमा रिहाइ आदेश दिएको हो।

रिहाई आदेशको पूर्ण विवरण हेर्न भित्र आउनुहोस्

अदालती बन्दोबस्त अनुसार थापालाई धरौटी वा जमानत लिई तारेखमा राख्नुपर्नेमा जिल्ला तथा पुनरावेदनले थुनामा पठाएर गलत फैसला सुनाएको सर्वोच्चको व्याख्यामा उल्लेख छ। ‘अदालती बन्दोबस्तीको देहाय ५ अनुसार धरौटी वा जमानत लिइ तारेखमा राख्नुपर्नेमा थुनामा राखेको जिल्ला र पुनरावेदनको आदेश नमिलेकाले उक्त आदेशहरु बदर गरिदिएको छ’-आदेशमा भनिएको छ।

१८ वर्ष काम गरेका विकास थापालाई बर्खास्त गरेको खबर कान्तिपुरमा भदौ १६ गते छापिएको पर्सिपल्ट उनलाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा लिएको थियो। त्यसयताका ४ महिना उनी थुना मै रहे। मैनाको उजुरीमा उनीविरुद्ध प्रहरीले विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दा दर्ता गरेको थियो। यो ऐनअन्तर्गतको मुद्दा हेर्ने अधिकार पाएको एक मात्र अदालत काठमाडौँ जिल्ला अदालत हो। असोज १ गते सो अदालतका न्यायाधीश शेखरप्रसाद पौडेलले सम्पादक सुधीर शर्माको चिठ्ठी हेर्दा थापा बेकसुर नदेखिएकाले पछि ठहरेबमोजिम हुने गरी हाललाई थुनामै रहेर सुनुवाई हुनुपर्ने निर्णय दिएका थिए। इमेलको वैज्ञानिक अनुसन्धान नगरी फगत कान्तिपुर सम्पादकको चिठ्ठीलाई आधार मानेर फैसला सुनाउने जिल्ला न्यायाधीश पौडेलको निर्णयलाई २१ असोजमा पुनरावेदन अदालत पाटनका न्यायाधीश हरिवंश त्रिपाठी र विश्वम्भरप्रसाद श्रेष्ठले सदर गरेका थिए।

त्यसपछि न्यायका लागि सर्वोच्चको ढोका ढकढकाएका थापाले यो फैसलापछि थुनाबाहिरै रहेर मुद्दा लड्न पाउने छन्। विद्युतीय कारोबार ऐन अन्तर्गत उनले इमेल पठाएको हो कि हैन भन्ने विषयमा अन्तिम फैसला भने हुन बाँकी छ।

सोमबार सर्वोच्चले दिएको आदेशको पूर्ण विवरण

विकास प्रकरण थप बुझ्न सम्बन्धित ब्लगहरु

विकासको मुद्दा छिटो छिनोफानो गरः महासंघ/माइसंसारलाई धम्की
कान्तिपुर काण्ड अदालतमा, थापा थुनामा
विकास-मैना इमेल काण्ड सर्वोच्चमा, भक्तपुरबासीले घेरे कान्तिपुर
पत्रकार थुन्दा चुप बसेकोमा महासंघ कार्यालय घेराउ
यस्तो छ थापालाई थुनाउने पत्र
इमेल गरेको अभियोगमा थापा थुनामै
विकास थापा थुनाउने जीमेलको सेरोफेरो

39 Comments

  1. कैलाश, सुधिर र मैना लाई सर्वोच्च अदालतको आदेशले राम्रो झापड दीएको छ !!!
    बिकाश थापा लाई मेरो शुभकमाना….

  2. ल मौका को फाइदा उठाएर फेरी त्यो जल बेच्ने सबैनेताहरु को बारे मा लेख्नु होला. एदी नलेखे मा फेरी जलमाफिया हरुको जन्जाल मा पुगेको भन्ने भ्रम हुने छ. यो सबै सक्ति को आड मा आफ्नो विरुद्ध लेख्नेहरु लै तर्सौना गरिएको प्रपन्च हो.
    तर त्यो थुन्ने आदेश दिने नायाधिसहरु सबैलाई अब नयधिशबाट तुरुन्त कारवाई गर्नु पर्छ

  3. बिकाश मैना प्रकरण मा my संसार ले खेलेको भूमिका ज्यादै राम्रो छ अनेकन कठिनाई ko बाबजुत पनि पाठक हरु लाई एसले सही समाचार दियर आफ्नो कर्तब्य पुरा गरयो,अब आगामी दिन मा बिकाश मैना प्रकरण सम्ब्म्दी थप समाचार दियर पाठक हरु लाई उपलब्ध गर्छा भन्ने बिस्वास लीयका छू .अब बिकाश र बिकाश ko परिवार ले जून नियति,प्रताड़ना भोगेको छ तेस्को क्षतिपूर्ति कसले दिने कांतिपुर ,सुधीर शर्मा,शेखर प्रसाद पौडेल,गोपाल खनाल ,हरिबहादुर थापा, न्यायाधीश हरिवंश त्रिपाठी र विश्वम्भरप्रसाद श्रेष्ठ वा,मैना

  4. होइन यो देश मा जति ठुलो कसुर उति सानो धरौटी रकम अनि जरिवाना हो ???????किन कि देश द्रोही काम गरेका उपरास्त्रपति का सल्लाकार अहितराज लाई जम्मा रु पाँच सय जरिवाना भने ज्यान मुद्दा गोलि काण्ड पारस लाई रु दश हजार धरौटी,अश्लिल फोटो काण्डका बिकाश थापा लाई भने रु पच्चीस हजार धरौटी होइन मैले त कुरा बुझेन नि, तेही भएर देश नै बेच्न लाग्ने भ्रस्ट नेताहरु लाई सजाये, जरिवाना रहीत ?????????????

  5. ढिलै भए पनि छुट्नु भएकोमा बिकाश sir लाई बधाई छ, अब तपाईको कलम अझ ससक्त ढङ्गबाट चालोस भन्ने कामना गर्दछु

  6. पत्रकारिता पेशालाई स्वन्तन्त्र पेशा भनिन्छ तर नेपालमा कहाँ, कसले र कहिले, स्वतन्त्रताको अनुभब गर्न पाको छ र ?
    जे होस् जेलको चिसो छिडी बाट मुक्ति पाएछौ विकासदाइ बधाई छ , कामना गर्छु सत्य तथ्य बुझेर न्यायालयले न्याय दिनेछ .

  7. थापाजी को बारमा नियमित समाचार पस्केर तथा नेपाली कानुन, अदालत, कान्तिपुर जस्तो मिडिया टाइकुन का बारेमा प्रयाप्त बहस संचालन गरि सर्बोच्चका न्यायधिसहरु को आखा को पट्टि उतार्न सफल भएकोमा माइ संसारलाइ धेरै धेरै धन्यवाद ! साथै मैनाहरु कसका भाषा बोल्दै थिय? किन थापाजी लाइ फसाइयो? एसको जबाफ स्वम थापाजी ले नै खोज्नु पर्छ, र हामी एसको बारेमा जानकारी पाउन लालायित रहेका छौ .

  8. बिकाशजीको धरौटी स्वीकार भएकोमा बधाई
    साथै
    भोलि गएर सर्बोच्चले निज प्रतिवादी बेकसुर साबित गरेमा जिल्ला तथा पुनरावलोकन अदालतको माननीय श्रीमानज्युहरुलाइ तपसिलको बात लाग्ने कि नलाग्ने ,,,

    **********************तपसिल****************************
    क. घुसखोरी = आर्थिक वा अन्य प्रलोभनमा परेर गलत फैसला गरेको

    ख. कायर = धाक-धम्कि वा अन्य कुनै प्रकारको त्राशको प्रभावमा परि गलत फैसला सुनाएको

    ग. अयोग्य = बहसपैरवीको क्रममा जिकिर गरिएको बुदाहरुलाई बुझ्नु नसक्ने नालायकपनले गर्दा गलत फैसला दिएको

    जय नेपाल
    हिमाली

  9. कसैले अस्लिल इ-मेल पठायो भादैमा घोक्रे ठ्याक लगाउन पाइन्छ ? कि कस्तो व्यहोराको इ-मेल थियो त्यो भनि खुलाउनु पनि पर्छ कि पर्दैन ? पर्छ भने के त्यस्तो अस्लिल कुरा थियो त ? र पर्दैन भने थापाले पनि मैनाले अस्लिल इ-मेल पठाई भनि उजुरी गरेमा के कारवाही हुन्छ त मैनालाइ पनि ? यदी हुन्छ भने विकासले पनि मैना विरुद्ध उजुरी गरे हुन्छ | प्रमाण नभेटे पछी २/४ दिन थुनेर छाडी दिन्छ र हिसाव किताव बराबी हुन्छ |
    तर विकासको गल्ति ठहरिएमा चाही कानुन बमोजिम कारवाही हुनु पर्छ र देशमा कानुनको सासन हुनु पर्छ |

  10. बिकासजी छुटनु भयो खुशी लाग्यो तर सर्वोच्चको निर्णयअनुसार त्यो पुनरावेदन तथा जिल्ला अदालतहरुले गरेको निर्णय गलत थियो त्यो गलत निर्णयले गर्दा विकासजीले झण्डै ४ महिना बिनाकारण जेल बस्नु परो त्यसको क्षतिपुर्ति पाउनु पर्छ कि पर्दैन अथवा गलत निर्णय गर्ने न्यायधिसहरुले जेल बस्नु पर्छ कि पर्दैन??

  11. संचार कर्मी बिकाश थापाको रिहाई को खबर माई संसारको सिरानमा पढ्न पाउदा आज निकै
    खुसि लग्यो ,शक्तिको आड मा दिनहु निर्दोष ले सास्ती भोगी रहेको छन् , यस्तै घानमा थापा पनि पिसिए ,ढिलै भए पनि आज थोरै राहत मिलेको छ थापा जी लाई.भबिष्य मा अझ शशक्त
    कमल चलाउनु .होला … शुभ कामना …

  12. रिहाइको लागि थापा जीलाइ बधाई..!
    साधारण नेपालीको तुलनामा थापाजी शिक्षित र जान्ने सुन्ने मै पर्छन…!येस्तै मुद्दामा यस भन्दा पहिले अरुलाई कारबाही भएको छैन र कारबाहीमा पर्ने बिकास थापा नै पहिलो व्यक्ति बन्न पुगे (मुदा जितेपनि)!
    उनको रिहाइ नजीर नबनोस र सानालाई ऐन…ठुलालाइ चैन…! को पुनरावृति नहोस!

  13. निकै लामो दबाब पछि बिकाश जी लाई रिहाई गर्ने काम भएकोमा दबाब समुहमा सभागिता जनाउनु हुने सम्पूर्ण न्याय प्रेमी भक्तपुरका जनतालाई धन्यबाद

  14. खुशी लाग्यो ढिलै भएपनि सर्वोचले बिकाश थापा लाई थुनामुक्त गर्यो यध्यपी यो अन्तिम फैसला त हैन जहाँ सम्म कान्तिपुर सग किन अदालत डरायो भन्ने छ भारतीय दुताबास एउटा ले पुरै देश हल्लाउदा अदालत लाई हल्लाउनु कुन ठुलो कुरो हो र ?

  15. हजुर कुनचाही अदालत ले सहि निर्णय गरेको छ?
    सबै पैसा का भागी मात्र हुन्

  16. पुर्ब प्र म मनमोहनले संसद बिगठनको सिफारिषलाई असंबैधानिक भनि प्रधान मन्त्रिलाई कमजोर बनाई देसलाई भड्खालोको बाटो देखाएको सर्बोच्चले । यस पालि राम्रो निणय गरि देसका नागरिक सबैलाई समान ब्यबहार गरेकोमा खुसिलाग्यो ।

  17. बिकास लाई त अन्याय नै परेको थियो तर ढिलो भय पनि न्याय पायो खुशी लगेको छ्। यदी बिकास को बेज्जती भयो भने के मैना धिताल को बेज्जत भयन ? मलाई लाग्छ यो जल मफिया को खेल हो।

  18. सर्बोचले बल्ल निर्णय गरेछ ४ महिना पछि / किन कान्तिपुर संग डराएको हो कि क्या हो सर्बोच ? ढिला भए पनि राम्रो खबर आयो . विकास जी दतेरे लड़नुस है . हाम्रो सुभकमाना छ . एस काण्ड बारे बिस्तृत खबर सुन्न धेरै आतुर छन् . कान्तिपुर केहि होइन ?

  19. बिकस्जिले केहि मात्रै भए पनि न्याए त् पाए, तर अन्तिम फैसला कसरि हुन्छा, के न्याधिसले फैसला गर्छन, तर कसरि, ! कुरो छ इमेल को, बास्तवमा टेक्नोलोजीको जानकारी राम्रोसंग भएको व्यक्तिको सहयोगमा त्यो इमेल साचो हो या गलत हो को ठहर गरि सार्बजनिक गरि मात्र दाहर गर्नुपर्दछा ! तर थापा रिहा भए त्यो चाही ठिक छ धन्येबाद

  20. किन न्याय को मात्रै कुरा ?के सबै ऋषि धमला हरु चोखा छन् र ??अनि सबै कृष्णसेन हरु फटाहा पनि त छैनन् .
    यहाँ विकास को कुरा छोडौ ,नेपाल को न्याय प्रणाली को रोग अनि यसको उपचार कहिले हुने >??के तपाई हरु लाइ अदालती निर्णय ले न्याय को लागि सुनिश्चिता दिएको छ ?

  21. ल बधाई छ bikaash thaapaalaai! अब मुद्दा पनि जितोस शुभ-कामना!
    यदि साच्चैनै यो अश्लिl कार्य गरेको हो भने अब कहिल्यै नगरेस र अब नगर्ने गरि आत्मालोचना गरोस तर यो षडयन्त्र र घाट हो भने तिनीहरुसंग बदला लियर सबक सिकाउने शक्ति मिलोस!
    यो मेरो नया बर्ष को शुभ-कामना!!!

  22. सम्पादक ज्यु , मेरो प्रतिक्रिया खोइ ? सच्चाईबाट दर लाग्यो कि क्या हो ? दर लाग्छ भने पत्रिका बन्द गरे हुन्छ ! जनताहरु अरु उपाए खोज्छन ! धन्यवाद !

  23. नेपालको कानुन दैबले जानुन…! अब त रु. ५०० मा देश नै बेच्न पाइने रे…. नपताए यो पढ्नु न…काठमाडौं, पुस १९ – विशेष अदालतले मधेशवाणी साप्ताहिकका सम्पादक तथा उपराष्ट्रपति परमानन्द झाका प्रेस सल्लाहकार राजेश झामाथि लागेको राष्ट्रद्रोहको मुद्दाको फैसला गर्दै उनलाई दोषि ठहर गरेको छ । उनलाई आइतबार विशेष अदालतले ५ सय रुपैयाँ जरिवाना तोकेको छ ।

    न्यायाधीशहरु गौरीबहादुर कार्की, ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले झाले राष्ट्रिय अखण्डतामा आँच पुर्‍याएको ठहर गरेको हो ।

    मधेशवाणी साप्ताहिकमा भूमिगत संगठन ज्वाला सिंहको सैन्य भर्ना खुलेको विज्ञापन प्रकाशित गरेको भन्दै झाविरुद्ध असोग १ गते राष्ट्रद्रोहको मुद्दा लगाइएको थियो ।

    .

  24. न्याय मुर्ति भनौदा हरु कति अविवेकी र निर्दयी हुन्छन्| जिल्ला र पुनरावेदनका न्यायाधीशहरु कान्तिपुरदेखि डराएको प्रस्टै देखियो। न्याय दिने जस्तो कुरामा बिना अनुशन्धान,बिना प्रमाणको आधारमा फैसला गर्छन्| बिकाश थापा त एउटा उदहारण मात्र भला उनले न्याय पाउन यही हाम्रो सदिक्ष्या हो | हाम्रा न्याय मुर्ति भनौदा क़ा कारण कति अपराधी हरु जेल सजाय मुक्त भइ पुन अपराध मा संलग्न हुन पुगेका छन कतिको घरबारबिहिन हुन पुगेका छन | हालसालै प्रधान न्यायधिश क़ा कार्यकालदेखि न्याय क्षेत्रमा केहि सुधार तर्फ एक कदम अघि बढ्न खोजे जस्तो महशुस हुँदैछ| इश्वर ले सबै लाइ सदबुधि देउन|न्यायाधीशलाई दुधको दुध पानीको पानी छुट्याउने शक्ति दिउन्।

  25. आझ पहिलो पल्ट मैले “मैना धिताल” जी को समाचार http://www.ekantipur.com/np/2067/9/19/full-news/322939/ कान्तिपुर मा पढे| मतलब समाचार दाता को नाम सहित | हुन त उहाले धेरै समाचार पस्कि सक्नु भएको होला, म बाट पनि धेरै नै हेरिएको होला, तर पछाडिका समाचारहरुको मैले तेती ध्यान दिएर लेखक /सम्बाद दाता को नाम हेर्ने गर्दैन थिय | अचानक मैले आझ मैना को लेख हेर्नु, अनि अहिले मेरो संसार मा विकास थापा सम्बन्धि लेख प्रथम शीर्षक ( मैले इन्टरनेट खोल्दा ) मा देखिनु , मलाई पनि आफैलाई अचम्म लागि रहेको छु | मैले विकास जी को २-४ लेख हेरे हुँला जलस्रोत सम्बन्धि | उहाको लेख तत्कालिन तिमे मा मलाई राम्रो लाग्थ्यो, बस्तु परक र तत्थ्यांक मा आधारित | मलाई तेस समय लाग्थ्यो विकास जी ‘Engineer’ हुनुपर्छ | तर जब उहाको यो मैना काण्ड भनु या मैना जी को बिकाश काण्ड भनु ( अन्डा पहिले कि कुखुरा पहिले , मलाई थय छैन) , पश्चात मैले बिकाश जी लै हेर्ने दृस्टीकोण अलि भिन्नै भयो र २-४ भद्र बुज्रुक संग विकास को बारेमा पनि बुझे |
    समग्रमा मलाई बिकाशजी को गल्ति नै छैन भन्ने लागेन तर पानी माथिको ओभानो को त ? मैले मैना जी लै पनि चिनेको छैन |
    हेर्नुं न , केहि समय अघि ‘विकि लिक्स ‘ का सस्थापक को हालत के भयो ? आरोप चाही स्विडिस केटीहरु माथि …….ब्यबर भयो रे?

  26. यस्तै हो हाम्रो देस नेपाल मा ..राजा का छोरा भनौदा पारस को काण्ड मा जम्मा कति रे !!!! एउटा सोझो नेपाली को छोरा केस मा जम्मा ७०% बढी त रहेछ नि …! गाउ को रने साहु संग ऋण माग्नु सिबाय हामी अरु के नै पो गर्न सक्छौ र …? जय लथालिङ्ग देस को हामी गरिब निमुखा हरु को ….

  27. मान्छे त यो बिकाश भन्ने पनि फटाहा नै हो, तर तेस्तै मुद्दामा अरुलाई छुट भएको बेला एस्लाई मात्रै कारवाही हुनु चाही हुदैन, जे होस् चेतनु सम्म चेत्यो,
    अब अरु ले पनि एस्तो गर्ने बेलामा, १०० चोटी सोच्ने छ
    mail मा abusive language use गर्न हामी सबै ले छोडौ है , अहिले देखि
    नभय यै बिकाश कै ताल होला नि

  28. राम्रो खबर आयो, खुसि लाग्यो | न्यायेले सदा साचो कुराको पक्छे लियोस ! जय नेपाल !

  29. धन्यवाद न्यायाधीश ताहिर अली अन्सारी र प्रकाश वस्ती
    पत्रकार बिकाश थापा लाई धरौटी मा रिहा गरेर थोरै मात्र भए पनि न्याय को आभास आम नागरिकले अनुभब गर्न पाएका छन् . थापा को रिहाई संगै अब सुधिर शर्मा, गोपाल खनाल, हरिबहादुर थापा, मैना धितालले आतिएर कुनै अर्को चालबाजी रच्नु भन्दा पनी एक स्वतन्त्र स्रमजीबी पत्रकार लाई स्वतन्त्र जीवन बाच्न दिनु मा नै उत्तम हुन्छा , बिकाश जी ले पनि बिगत मा मैना लाई प्रयोग, उपयोग, दुरुपयोग र सदुपयोग गरेर कान्तिपुर ले तपाईं माथि गरेको आक्रमण लाई भुलेर बिगत चार महिना मा तपाईं को रोकिएको कलम लाई पुन पुरानै निरन्तरता दिनु मा तपाईं को कल्याण होला ….बरु येसो माई संसार मा येसो संस्मरण र तथ्य कुरा लेखिदिनु भए हामी स्पस्ट हुने थियेऔ .
    बिकाश जी तपाईंले समाज मा केहि गुमाउनु पनि भएको छैन, तपाईं को कलम रोक्ने प्रयास पनि असफल भएको छ, अब तपाईं झन् सफल भएर अगाडी बढ्नु हुने छ, अनि तपाई माथि आक्रमण गर्नु विरुद्ध तपाईं ले कुनै प्रतिसोध साधेर केहि गर्नु पर्दैन, चाडो भन्दा चाडो कैलाश देखि मैना धिताल सम्म का कुरा हरु सार्बजनिक हुदै छन् . तेती बेला तपाईं माथि लागेका आरोप हरु निक्कै फिक्क हुने छन
    प्रकाश हुमागाई
    सिड्नी

  30. कतिलाई रिस उठ्यो होला बिकाश लाई अब अदालत बाहिर देख्दा, आफ्नो इज्जत लिलाम गरेरै भए पनि बिकाशलाई थुनाउनेलाई अलि नरमाइलो लग्यो होला?

    लोउ अब अलि जानी बुझी गरेर मात्र आरोप लगाउनु है, सित्तैमा आरोप लगाएर अलि अलि दुख त दियोउ तर तिम्रो खुसि धेरै लामो समय सम्म टिक्न सकेन.

  31. १० हजार धरौटीमा पारस रिहा…..
    थापालाई २५ हजार धरौटीमा रिहा ……

    I liked always his articals .

    • राष्ट्रिय अखण्डतामा आँच आउने सामाग्री छापेको ठरह गर्दै अहिराजलाई (V P ‘s सल्लाकार) ५ सय रुपैयाँ जरिवाना.
      जति ठुलो अप्राद तेती कम पैसा ??
      अप्राद साबित नभएको लाई झनै पिडा र सास्ती.
      सबै पैसा र power को खेल हो.

  32. ल जे होस् बिकाश ले न्याय पाए छन् निकै खुसि लाग्यो……….

  33. नेपालमा ढीला भय पनी न्याय चाही पहिदो रहेछा जय होस आबा भने चाय हामी ले जल बिधुत को बारेमा सही र साचो समाचार पढ़न र नया कुरा थाहा पाउने भय . नेपाल माँ सबै चोर मात्र होइना राम्रो मान्छे पनी छन भन्ने कुरा यहाँ बाट प्रमाणित हुन्छ सबै मान्छे बिकाउ हुदैन

  34. ल जे होस् बिकाश ले न्याय पाए छन् आम्सिक भए पनि….अब पूर्ण न्याय पाउने आशा गर्यौ…

    दिग्विजय शर्मा

Comments are closed.