तपाइँको सहयोगमा संखुवासभामा पुस्तकालय

पुस्तकका साथ लाइब्रेरियन शान्ति कटवाल

खाँदबारी (संखुवासभा) पुगेको साँझ होटल आरतिमा भेटिएका सरकारी अधिकृत टेककुमार रेग्मीलाई लागेको रहेछ हिरोइन र सिनेमाका कुरा गर्ने यी फिल्म सुटिङका लागि आएका हुन् कि क्या हो ! ‘खाँदबारी-१२ स्थित वागेश्वरी उच्चमाविमा पुस्तकालय बनाउन कम्प्युटर, प्रिन्टर र पुस्तक लिएर आएका’, वास्तविकता अवगत गराएको सरकारी हाकिम छक्क ! अलि सम्हालिए जस्तो गरी हतार हतार उनले आश्चर्य भावमा भने – ‘लौ कुरा समाज सेवाको पो हो ?’


***
मितिः २३ डिसेम्बर २०१०
स्थानः खाँदबारी, संखुवासभा

पश्चिमपट्टि ८ सय २ मेघावाट बिजुलीको सम्भाव्यता अध्ययन पूरा भएको अरुण नदीलाई कुइरोले डम्म ढाकेको रहेछ। पूर्वको आकाशमा सूर्यको लाली देखिँदा अरुण नदीको कुइरो हिउँ जस्तो सेतो देखियो। हामी (भोलानाथ शर्मा, झरना बज्राचार्य, स्याटेलाइट र म ) लाई अलैँची र रुद्राक्षको खाँदबारीमा एउटा घमाइलो बिहानीले स्वागत गर्‍यो। त्यसपछि लाग्यौं खाँदबारी-१२ ढुङ्गेधारास्थित उच्चमावितर्फ। कार्यक्रम स्पष्ट थिए- पुस्तक एवं पुस्तकालय सामग्री हस्तान्तरण गर्ने। पुस्तकालय सञ्चालनको आरम्भ गर्ने र विद्यालय व्यवस्थापन समिति तथा शिक्षकहरुसँग अन्तरक्रिया गर्ने।

***
ढुङ्गेधाराको पुस्तकालय आरम्भ कार्यक्रममा जिल्लास्थित सबै राजनीतिक दलका नेता, सीडीओ, स्थानीय विकास अधिकारी एवं शिक्षा अधिकारीलाई बोलाइएको रहेछ। सरकारी तत्परता रहे मुलुकभरि नै यो राम्रो काम दीगो रुपमा फैलन सक्छ भन्ने हामी ठान्छौं। जिल्ला शिक्षा अधिकारीले पुस्तकालय विस्तार तथा भौतिक निर्माणमा सघाउने बचन दिएका छन्। स्थानीय माओवादी नेतालाई हामी कुनै विदेशीको पैसा लिएर आएका एनजिओवालाहरु होउ भन्ने लागेछ त्यसैले उनले केही भड्किलो भाषण गरे। पछि ‘यो श्रमजीवी नेपालीको कमाइको हिस्सा हो। पैसा बारे तपाइँ खबरदारी गर्नुहोस्। पुस्तकालयको रेखेदख हामी गर्छौं’ भन्नासाथ उनी बडो विनित मुद्रामा पेश भए।

ढुङ्गेधाराको बागेश्वरी विद्यालयमा पुस्तकालय बनाउने अभियानमा जुटेका स्थानीय रामबहादुर श्रेष्ठको इच्छामा पुस्तकालयको नाम ‘मनराम पुस्तकालय’ राखिएको छ। अहिले पुस्तकालय निर्माणको नेतृत्व गरेका श्रेष्ठले पुस्तकालयको दीगो सञ्चालनका लागि वर्षेनी रकम बढाउँदै लाने गरी अक्षय कोष समेत खडा गरिदिएका छन्। मनमाया श्रेष्ठले कोषमा जम्मा हुनेगरी यो वर्षको ५० हजार रुपैयाँ जिल्ला शिक्षा अधिकारी दीर्घध्वज चापागाईंलाई हस्तान्तरण गरिसकेकी छन्। वर्षेनी थपिने यो पैसाको ब्याजबाट पुस्तकालयको आधुनिक व्यवस्थापन एवं नयाँ किताब तथा पत्रपित्रका किनिनेछन्। पुस्तकालयको दीगो सञ्चालनका लागि सामुदायिक वन सहित अन्य आम्दानीका उपायको खोजी विद्यालय व्यवस्थापन समितिले गर्दैछ।

ढिलो भो राम्रै भो
वर्षायाममा गाडीको सहज पहुँच नहुँदा/पुस्तक भिज्न सक्ने एवं विमानस्थल मर्मतका कारण हवाइसेवा अवरुद्ध भएपछि हाम्रो खाँदबारीको पुस्तकालय निर्माण केही लम्बिन पुगेको हो। काम सहजै नभए पनि हामीले सक्ने र हुने जति काम यो बीचको समयमाजारी नै राख्यौं। रामबहादुर श्रेष्ठको अथक कोसिसमा यही अवधिमा हजार भन्दा बढी पुस्तक खाँदबारी पुर्‍याएर र लाइब्रेरी साइन्सको विधिअनुसार पुस्तकालय ‘सेट अप’को काम जारी रह्यो। पुस्तकालय ‘सेटअप’ गर्न तथा लाइब्रेरियनको प्राथमिक तालिमका लागि यहीबीचमा लालबहादुर खड्का खाँदबारी पुगे। यता काठमाडौंमा थप सहयोग खोज्ने काम भइ नै रह्यो। यही क्रममा पुस्तकालय आधुनिक रुपमा व्यवस्थित गर्ने लाइब्रेरी सफ्टवेयर हामीलाई प्राप्त भएको छ र त्यसको सञ्चालनको लागि अहिले मनराम पुस्तकालयकी लाइब्रेरियन शान्ति कटवाल कम्प्युटर सिक्दैछिन्। त्यसैले ढिला पक्कै भएको हो तर यो ढिलाइले बागेश्वरी विद्यालयको पुस्तकालयलाई लाभ नै भएको छ।

विशेष कृतज्ञ छौं
बोस्टन बस्ने उत्तमबाबु श्रेष्ठले अमेरिकी व्यवस्थता चिर्दै पुस्तकालय अभियानलाई पैसा संकलनमा प्रत्यक्ष सघाएर महत्वपूर्ण योगदान दिए। रुम टु रिडमा स्थापनाकालमा काम गरेका राजीवधर जोशीको विशेषज्ञता यो अभियानमा कोशेढुङ्गा बन्यो। दुर्घटनामा परेर असक्त रहँदा समेत वैशाखीको साहरामा बालुवाटार आएर राजीवले पुस्तक छनौटमा नसघाएको भए हामीलाई ३ हजार बढी पुस्तकको चाङबाट राम्रा पुस्तक निकाल्न हप्तौं लाग्ने थियो। राजीव र भोलानाथ शर्माको पुस्तकालयसम्बन्धी ज्ञानले संखुवासभाको पुस्तकालय वैज्ञानिक र आधुनिक बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्‍यो। पुस्तक एवं पुस्तकालय सामग्री उपलब्ध गराइदिने रुम टू रिड नेपाल कार्यालयको सहयोगप्रति हामी अल्हादित छौं। विद्यार्थीका लागि अति उपयोगी २ सय प्रति पुस्तक उपलब्ध गराउने सीतापाइलाको यसस्वी मावि, आफूले आजसम्म प्रकाशित गरेका सबै पुस्तक उपलब्ध गराइदिने फाइन प्रिन्टका अजित बराल एवं राम्रा ४० प्रति पुस्तक दिने रत्न बुकप्रति हामी आभारी छौं। महेश पाण्डेले सवारी साधन उपलब्ध गराइदिँदा उपत्यकाका विभन्न ठाउँका दाताले दिएका पुस्तक सहजै संकलन गर्न सक्यौं। माइसंसारमार्फत् आह्वान गरेर वा व्यक्तिगत रुपमा जोसँग माग्यौँ कसैले खाली हात फर्काएनन्। पैसा, पुस्तक वा अन्य विविध पक्षमा रहेर सघाउने सबैजना धन्यावादका पात्र हुनुहुन्छ।

पैसाको पाटो
संखुवासभा, खाँदबारी-१२ ढुंगेधाराको बागेश्वरी उच्चमाविमा पुस्तकालय निर्माण गर्न हाम्रो कोषमा जम्मा हुन आएको कूल रकम १ लाख ६० हजार ५ सय ८७ रुपैयाँ थियो। यसमा पेपालको सेवा दस्तुर कटाएर हामीले पाएको ७४ हजार ३ सय ६१ रुपैयाँ र नेपालमै प्राप्त गरेको रकम ८६ हजार २ सय २६ रुपैयाँ सामेल छ। यसमध्ये बागेश्वरीमा पुस्तकालय बनाउँदा १ लाख ४९ हजार ८ सय ४४ रुपैयाँ खर्च भएको छ। अर्को पुस्तकालयको काम थाल्न हामीसँग १० हजार ७ सय ४३ रुपैयाँ बाँकी छ।

उठेको रकमको सदुपयोग होस् भन्ने मनसायले हामीसँग प्राप्त हुन आएको रकम पुस्तकलाय सामग्री र पुस्तक किन्ने काममा मात्र प्रयोग भएको छ। पुस्तक ढुवानी, यातायात एवं अन्य खर्चहरु यो अभियानमा लाग्ने स्वयंले व्यहोरेका छन्। हाम्रा लागि काठमाडौं-खाँदबारी हवाइ यात्राको व्यवस्था गर्ने रामबहादुर श्रेष्ठप्रति कृतज्ञ छौं।

खर्चविवरण
१. पुस्तकालय सामग्री तथा ३ सय ५० प्रति पुस्तक बुक प्यालेसबाट खरिद गर्दा ६२ हजार २ सय २० रुपैयाँ खर्च भएको छ।
२. रत्न बुकबाट २ सय पुस्तक खरिद गर्दा १७ हजार २ सय २४ रुपैयाँ खर्च भएको छ।
३. श्री सिद्धि कम्प्युटर टेर्ड्रसबाट सामसुङ ४३०० मोडलको लेजर प्रिन्टर (फोटोकपी र स्क्यानर इनबिल्ड सहित) खरिदमा १० हजार ८ सय रुपैयाँ खर्च भएको छ।
४. आइसीएम सिस्टम्सबाट कम्प्युटर खरिद गर्दा ३० हजार ५ सय रुपैयाँ खर्च भएको छ।
५. शिख उच्चमावि म्याग्दीमा गत वर्ष हामीले निर्माण गरेको पुस्तकालयका लागि केही पुस्तकहरुको माग सूचि प्राप्त भएकोमा शिखको विद्यालय पुस्तकालयलाई २९ हजार १ सय रुपैयाँका सन्दर्भ सामग्री तथा बजारमा नयाँ प्रकाशित भएका पुस्तक खरिद गरिएको छ। यी पुस्तकहरु शिखस्थित विद्यालयमा पुर्‍याइसकिएको छ।

पुस्तकालय निर्माणमा सघाउनेहरु
उत्तमबाबु श्रेष्ठ, बोस्टन, अमेरिका 5000/-
लुना, बेल्जियम 10,500/-
पूर्ण गुरुङमार्फत, मकालु एनआरएन युनिटी संखुवासभा-१, दुवइ Rs. 17,370/-
लारा, वेलायत 10,000/-
अज्ञात Rs.5000/
दिलीप योगी USD $15
विनोद चापागाइँ मार्फत्, नेपाली एकता समाज,उल्सान, दक्षिण कोरिया 10,000/-
सन्ध्या नेपाली, इजरायल, 11,175/-
अज्ञात, टेलिकम कार्यालय, भद्रकाली, सीडीएमए शाखा, Rs. 1500/-
दूर्जेया चेतना USD $30
हरिसचन्द्र र सोविता घिमिरे, ओहाइयो USD $30
सुमन प्रसाद श्रेष्ठ, मेरील्यांड USD $200
शशांक लामा, न्युयोर्क Rs. 10,002/-
बसन्त थापा, मेरील्यांड USD $100
प्रविन खड्का USD $20 with PayPal
भुवन गुरुङमार्फत् दुवइका दाताहरुबाट प्राप्त Rs.12,351/-
राजेन्द्र महर्जन, USD 51 with PayPal
कौशल्या श्रेष्ठ, टेलिकम कार्यालय, भद्रकाली, सीडीएमए शाखा, Rs. 1005/-
गोमा खनाल, इजरायल Rs. 5000/-
फिनल्यान्डबाट अज्ञात Euro 25
भक्तपुरे, माइसंसार पाठक, Rs.5000/-
संदीप अधिकारी, नेपाल दूरसञ्चार प्राधिकरण, Rs. 1500/-
किरण काफ्ले USD 20
भानु राज भट्टराई USD 135
पदम गुरुङ, जापान Rs. 7500/-
समीर रेग्मी USD 20.50
प्रकाश श्रेष्ठ USD 25
प्रज्वल बराल USD 30
विपिन खड्का USD 25
स्वाति पौड्याल (सुनील पौड्याल मार्फ़त) USD 20
प्रमोद पौडेल USD 15
बिजय रेग्मी USD 20
डोमा लामा £30 GBP with PayPal
प्रमोद पौडेल $15 USD with PayPal
वसन्त खनाल $30 AUSD with PayPal

पुस्तक सहयोग गर्नेहरु
Rabindra Mishra, BBC Nepali Sewa, 10 books
Binita Dahal, Gothatar, KTM 20 books
Chanki Shrestha, Bhaktapur 8 books
Ramesh Khanal, Clean Energy Development Bank, math exercise book
Bikram Limbu/Rabin Siwakoti, Anamnagar, 20 books
Richa Bhattarai/Sewa Bhattarai, Kritipur 14 books
Kausalya Shrestha, NTC Head Office, CDMA Branch 60 books
Sushila Budhathoki, Bansbari, KTM 100 books
Diwakar Neupane, Thimi, Bhaktapur 1500 books
Sunil Regmi, Orbit MBBS, Putalisadak 40 books
Laxmi Rayamaji, Teenkune 25 books

पुस्तक छान्दाको दुःख। दाताले दिएका ३ हजार बढी पुस्तकबाट कामलाग्ने पुस्तक छान्दै राजिवधर जोशी।


पुस्तक हस्तान्तरण गर्दै भोलानाथ शर्मा तथा झरना बज्राचार्य

कामु सीडीओ काशी शर्माका साथ झरना।

पुस्तकालय अक्षय कोषका लागि रामबहादुर र मनमाया श्रेष्ठले प्रदान गरेको ५० हजार रुपैयाँ देखाउँदै विद्यालय प्रधानध्यापक गोपाल निरौला।
पुस्तक हस्तान्तरणपछि विद्यालय व्यवस्थापन समिति तथा शिक्षकहरुसँगको अन्तरक्रिया। सबै शिक्षकले दुई दिनको तलब पुस्तकालयलाई दिने वाचा गरेका छन्।
पुस्तकालय निर्माणमा विशेष योगदान पुर्‍याउने रामबहादुर र मनमाया श्रेष्ठ।


अरुण नदीको किनारमा बुद्धिसागरको उपन्यास कर्नाली ब्लुज पढ्दै स्याटेलाइट। यो वर्षकै सर्वाधिक लोकप्रिय कर्नाली ब्लुज सहित फाइनप्रिन्टले प्रकाशित गरेका सबै पुस्तक बागेश्वरीको पुस्तकालयलाई उपलब्ध गराइदिएको छ।

19 Comments

  1. सबै सहयोगी हातहरु लाई धन्यवाद ! सानो सहयोग सहि ठाउमा सदुपयोग भयो धेरै खुसि लागेको छ/ आगामी दिनहरु मा पनि यस्ता कार्यहरु निरन्तरता चलिरहोस मेरो सुभ-कामना !!

  2. सबै सहयोगी कोमल मनहरु लाइ आत्मीय हार्दिक हलाम …
    सामाजिक सेवामा उत्प्रेरित मनहरुको लाममा उभिने अवसर बाट आफु चुकेकोमा
    निकै भारी आत्मा ग्लानि भैरहेको छ /आउने दिनहरु मा यस्ता पुण्य अवसर को खोजि गर्दै
    आफु पनि सहयोगी मनहरुको लाममा उभिने अथक प्रयत्न गर्ने छु /

  3. तपाईहरुको यो काम साह्रै राम्रो लाग्यो। साँच्चै प्रसंसनीय। आगामी दिनमा हुने तपाईहरुको यो काममा सहयोग गर्ने अवसर पाउँ।
    म संग केही किताबहरु छन, जो म दिन चाहन्छु, तपाईहरुको यो अभियानलाई सानो सहयोग हुन सक्छ।

  4. माइसंसारमा छेउ न टुप्पोको दर्शन मात्र नछांटेर स्याटलाइट जस्ता युवाहरुले चलाएको समाजपयोगी कार्यहरुमा बिदेशमा बस्ने माइसंसारका पाठकहरुले मासिक १ डलरको दरले आर्थिक सहयोग गरेमा पनि १० बर्षभित्र नेपालको ७५ जिल्लामा पुस्तकालयहरु खोल्न सक्छौं |अन्य थुप्रै काम गर्न सक्छौं| नेताहरुको मुख नताकौं, हामी आफै केहि गरौँ | आज म अत्यन्तै खुशी छु, मैले गरेको सानो सहयोगले खान्दवारीमा पुस्तकालय खुलेछ |

  5. अति प्रेरणादायक कार्य !
    मुलधारका मेडियाहरुले पनि केहि कुरा सिक्ने कि माईसंसारबाट !

  6. होईन यो कहीले देखि सुरु भएको अभियान हो ? हामीलाईपनि सानोतिनो सहयोगगर्ने अबसर दिनु भए त हुन्थियो नी । अहिले पनि सहयोगगर्न मिल्छ ? कहाँ कसलाई संपर्क गर्ने हो । स्कुलको फोन नम्बर छैन ?स्कुल भएको ठाउँमा फोन पुगेको छैन की क्या हो ?

  7. सारै राम्रो काम, जेहोस यो संचार नेटवर्कको माध्याम बाट राम्रा राम्रा काम भैराखेका छन्..ममा पनि सहयोग गर्ने भावना पलाएर आयो…

  8. मैले गरेको सहयोग ले पुस्तकालय निर्माण भएको मा खुसि लाग्यो

  9. जेहोस मैले गरेको सानो सहयोगको सहि सदुपयोग भएको देख्दा सारै खुशी लग्यो !
    यस्तो राम्रो कामको थालनी गरेकोमा मेरो संसार परिवारलाई धेरै धेरै धन्यबध र सबै
    सहयोगी मित्रहरुलाई पनि धेरै धेरै धन्यबध !
    जापानीस भाषामा भन्छन -गम्बरेबा मिची ग हिराइते इकु- प्रयाश र लगन गरे बाटो फराकिलो हुदै जान्छ !
    एस्तै राम्रो कामहरुलाई निरन्तरता दिदै जानु होला धन्यबध !

  10. हातेमालो गर्नुहुने सबै जना लै मुरी मुरी धन्यवाद ! आउने दिन हरुमा सके सम्म र मिले सम्म म पनि यो सहयोगी यात्रामा समाबेस हुनेछु !

  11. स्याटेलाईटजीको बानी देखेर डाहा भयो, कस्तो भाग्यमानी मान्छे, अरुण नदिको किनारमा कलकलाऊदो धारा, घमाइलो घाममा ढुंगा माथि बसेर, बुद्धिसागरको “कर्णाली ब्लुज” ……………. !!!!

  12. सानी छदा नया किताब लिएर पढेको सम्झना १-२- ३ कक्ष सम्म मात्रै हो , त्यस पछी ४ कक्ष देखि सधै पुरानो ( त्यो बेला त्यस्तो किताबलाइ सेकेन्ड ह्याण्ड किताब भनिन्थ्यो ) किताब किनेर पढे । ७-८ कक्ष सम्म पुग्दा पनि मन बच्चा जस्तो नै थियो , नया किताब छुने रहर खुब लाग्थ्यो 🙂
    ९ कक्ष देखि चै आर्थिक अभाबलाइ राम्रो बुझ्ने भएकीले नया किताब किनेर पढ्ने रहर आएन । कलेज पढ्दा कथा – उपन्यास आदि कहिल्यै नया किनेर पढ्न नसके
    पनि लाइब्रेरी बाट ल्याएर पढ्ने सुबिधा थियो । पढियो । यस्तो सुबिधा हाम्रा पहाड –
    गाउ सबैतिर हुदैन/छैन/हुन सकेको छैन । यस्तो परिस्थितिमा माइसंसारका साथीहरु अनि बिभिन्न पुस्तकालय परिबार र माइसंसार ब्लग मार्फत अत्यन्तै सर्हानिय काम
    भएको छ । सबै किताब किन्न गाह्रो हुने परिस्थितिमा हाम्रा भाइ बहिनिहरुले सहजताका साथ् धेरै किताबहरु पढ्ने छन् । सानो नै किन नहोस एकदम नै पुन्य काम हो शिक्षाको उज्यालो बाड्न सहयोग हुनु ।

  13. मैले गरेको सहयोग ले पुस्तकालय निर्माण भएको मा खुसि लाग्यो तर मेरो नाम भने सहयोग गर्ने व्यक्ति हरुको सुची मा न पर्दा कतै मेरो सहयोग को दुरुपयोग त भएन भन्ने पो लाग्दै छ उमेश जी mysansar ले यस बारेमा जानकारी गरोस भन्ने आग्रह गर्दछु
    बसन्त अस्ट्रेलिया
    _______
    वसन्तजी सरोकारको लागि धन्यवाद। उमेश अरु नै काममा व्यस्त भएकाले माइसन्सार हेर्न भ्याएको छैन। हामीले दुई च्यानलबाट रकम प्राप्त गरेका हौं। एक पेपालमा जम्मा गरेर र अर्को काठमाडौंमै पैसा रिसिभ गरेर। तपाइँले कति रकम को मार्फत् दिनुभएको हो कृपया जानकारी दिनोस्। हाम्रा लागि काम गरिदिने च्यानलमा असावधानी बस केही गडबड भएको भए हामी सच्चिने छौं। दुरुपयोगको शंका नगर्न आग्रह गर्छु किनभने यो काममा कोही पनि कमाउन भनेर लागेका छैनन्। र हाम्रो कामको उद्देश्य विशुद्ध कल्याण हो। कृपया मेल गर्नोस् [email protected], [email protected] -कृष्ण

    • mysansar टिम ले मेरो concern लाइ समाधान गरिदिनु भएको मा धन्यबाद ब्यक्त गर्न चाहन्छु बसन्त

  14. सहयोगी हातहरुलाई : धेरै धेरै धन्यबाद ! यस्ता कार्यहरुले निरन्तरता पाउदै जाओस ! यति ले मात्र देशमा पुरै परिवर्तन भै हाल्ने त होइन तर यो एउटा राम्रो र प्रभावकारी उदाहरण हो – परिवर्तन र विकाश चाहने नागरिकहरुको !

  15. तपाइहरुले गरेको यो पुण्य कामले निरन्तरता पाईरहोस | धन्यबाद |
    Parbati

  16. राम्रो काम गर्नेहरुको सधैं प्रशम्शा भैरहन्छ् भने नराम्रो गर्नेहरु आफ्नो काम्को परिणामप्रति त्रसित भैरहन्छन्।यस्तै राम्रो काम मध्य पुस्तकालय् एक हो । सहयोग भन्ने कुरा पैसा सँग नभएर मन र कर्मसँग तुलनाहुन्छ । सहयोग गर्ने साथीहरुप्रती र काम सम्पन्न गर्नेहरुप्रति युगले नै धन्यवाद दिईरहन्छ भने म पनि धन्यवाद दिनचाहन्छु ।

Comments are closed.