रवीन्द्र मिश्र अब फिल्म कलाकार

बिबिसी नेपाली सेवाका प्रमुख पत्रकार रविन्द्र मिश्र अब कलाकार पनि बन्ने भएका छन्। त्यो पनि नेपाली ठूलो पर्दाको फिल्म ‘हाइवे’ मा। राजधानीको १९०५ रेष्टुराँमा शुक्रबार एक कार्यक्रमका बीच हाइवे फिल्म बनाउने घोषणा गरिएको थियो। फिल्मका अन्य कलाकारहरुमा महेश शाक्य (कर्मा), विनय श्रेष्ठ, सौगात मल्ल, ऋचा शर्मा सहितका छन्। हाइवेमा पत्रकार मिश्र एक डाक्टरको भूमिकामा देखिदै‌छन्।फिल्म राजमार्गमा हुने गतिविधि केन्द्रीत हुने हाइवेका निर्देशक दीपक रौनियारले जानकारी दिए। रौनियारले यसअगाडि सानो पर्दाका छोटा फिलिम चौकट र पूजाको निर्देशन गरेका थिए।

राजमार्गमा हुने बन्द हडताल चक्काजाम जस्ता विषयवस्तुमा फिल्म बन्न लागेको हो। इलामबाट काठमाडौ आउँदै गरेको बस बाटोमा जाममा पर्छ। जन्ती, प्रेस र एम्बुलेन्स जस्ता गाडीलाई बन्दकर्ताले आवतजावत गर्न दिने भएपछि जाममा फसेका एक बसका यात्रुहरुले आफ्नो बसलाई जन्ती गाडी बनाउँछन्।

स्वयम्बर गर्न काठमाडौं हिडेकी यात्रु युवती बेहुली बन्छिन र बसका अर्का एक यात्रु बेहुला। पत्रकारितामा नाम कमाएका मिश्रका कारण पनि फिलिममा केही नयाँ दर्शक भने थपिने पक्का छ।

रविन्द्रले शुक्रबारको फिल्म घोषणा कार्यक्रममा आफूलाई सानैदेखि अभिनयमा रुचि भएको बताउँदै निर्देशकलाई भने- ‘राम्रो अभिनय गर्न सकिन भने बिचमै निकालिदिनुहोला है।’

36 Comments

  1. ‌ओहो दाई वधाई छ। कलिउडमा हुने स्क्याण्डलको ज‌ंजालमा फसेर फेरी बसाई सर्नुपर्ने हो कि ? शुभकामना छ

  2. रबिन्द्र मिश्र जी , धेरै बाधाई तथा सुभकामना | बि बि सी को नियमित स्रोता भएको नाता ले पनि तपाइको एक सुभ चिन्तक मा म पनि पर्छु र तपाइँ को ब्यक्तितो र समाचार बाचन तथा प्रस्न सोधाइ को प्रसंसक पनि हु | हुन त यो तपाइँ को सानो देखि को इच्छा रहेछ, तर तपाइँ जस्तो बुद्धि जीबी वर्ग को मान्छे अझ आफ्नो पेसा मा इमान्दार, कर्मठ र बिग्य ले बरु समाज को आज को आवस्यक्ता बमोजिम अलि रचनात्मक र आफनै बिग्यता क्ष्यत्र बाट अझ प्रभाव- कारी भूमिका खेली दिए साह्रै राम्रो हुने थियो जस्तै कि रेडियो बाट अब टि बि मै, बिस्व भरि प्रसारण हुने गरि, देसको समसामायिक बिसयमा, बि बि सी ले जस्तै, कार्यक्रम चालायेर जनता लाइ अझ सुसुचित बानाउन मदत हुने थियो कि ?

  3. पत्रकारितामा छुटै बौद्धिकता कमाई सक्नु भएका मिश्र जस्ता व्यक्तिबाट कलाकारितामा समेत राम्रो होला भन्ने आशा गर्छु र सफलताको लागि कामना पनि !!

  4. हैन तपाईले यो रबिन्द्र मिश्रको कति बिज्ञापन गरेको? पत्रकार साथी भनेर हो कि कसो? म पत्रकार हैन तर मैले यस्तै यौटा फिल्म बनाउन थाले भने यस्तो प्राथमिकताका साथ प्रकाशित गरिदिनु हुन्छ?

  5. रबिन्द्रजी लाई शुभकामना !
    हामी तराईबासीले त पत्रकारहरु लाई कलाकारकै रुप मा देख्दै आएका छौ, भोग्दै आएका छौ l कहिले कुनै भूमिगत पार्टीको कार्यकर्ता, कहिले NGO को छोटे ठेकदार, कहिले नागरिक समाजका अगुवा, कहिले कुनै “ठुला पार्टी” का नेता कर्येकर्ता आदि इत्यादी
    तसर्थ रबिन्द्रजी पनि कलाकार हुन लाग्नु भएकोमा कुनै आश्चर्य छैन, तर आशा गर्छु वहाले हामी तराई बासीको भोगाई भन्दा पर फरक धार को कलाकारिता प्रस्तुत गर्नु हुनेछ l

  6. हुनत रबिन्द्र जी को नितान्त व्यक्तिगत कुरा हो …कलाकारिता को साथै पत्रकारिता को माध्यम बाट अझ ससक्त ढङ्ग ले यी भातमारा नेता हरुलाई हात ले मात्र होइन विचार को बल ले सबक सिकाउनु पर्यो …हुनत तपाई जस्तो ले निकै गर्नुभएको छ …येस्ता अनपढ , बिबेक हिन नेता हरुलाई कलम को बल ले होइन गतिलो जोडदार हात ले नै सबक सिकाउनु पर्छ होला कसो रबिंदर जी…. कलाकारिताको लागि शुभकामना …………….

  7. नमस्कार mr रबिन्द्र !!!
    तपाइको अबजाज अनि प्रश्न सोद्ने कला सारै राम्रो छ/ तेसकारण तपाईले नेपालकै कुनै tv मा वीक्ली राजनीतिक प्रोग्राम गर्दा राम्रो हुन्थ्यो /

  8. ‘राम्रो अभिनय गर्न सकिन भने बिचमै निकालिदिनुहोला है l रबिन्द्र जी को यो उदगार राम्रो लाग्यो l बिचमा निकाल्ने भन्ने कुरा आर्थिक रुपमा निर्माता को हिसाबले र अहिले सम्मको गरेको बिज्ञापन, भैसकेको लगानीको कुरा छ l तपाई जस्तो बहुमुखी प्रतिभा भएको मानिसको लागि यो गारो नहुनु पर्नेहो ? र तपाई को प्रतिबद्ता माथिको उदगार ले यो चलचित्रले भिन्न प्रकारको सफलताको सिढी उक्लि सक्यो l यो चलचित्र मात्र होइन हाम्रो समाजमा भएको बन्द हड्ताल प्रति आम जनता र समाजमा परेको छाप को चित्रण हो भन्ने मलाई लाग्यो l रबिन्द्र जी ले एउटा चलचित्र को सेलिब्रिटी हुन खोजेको भने पक्कै पनि होइन l उहा त्यो मोह भन्दा धेरै माथि हुनु हुन्छ l यो रबिन्द्र जी ले अहिले सम्मको सिकेको ज्ञान ले अझ सुनमा सुगन्ध हुने कुरा दुइमत नहोला l धेरै धेरै बधाई छ तपाई लाई l

    कुमार सिंह डाँगी

  9. नेपालमा बसेर विदेशी डलरमा पैसा कमाउने लाई ट्याक्स तिर्न पर्दैन ? ल साच्चि भन्नु त तपाई आयकर कति तिर्नुहुन्छ देशलाई ? नागरिकमा लेख लेखेर कुरामात्र गर्ने। जेभए पनि फिलिममा लाग्नु भएकोमा खुशी लाग्यो ।

  10. नेपालमा सहि नेताहरुको अभाव रहेकोले अब जाने बुझेका राम्रा व्यक्तिहरुले राजनीतिमा लागीदियेमा देशको पनि बिकाश हुन्थो! त्येसैले रबिन्द्र मिश्र जस्ता राष्ट्रिय र अन्तरास्ट्रिय स्तरमा अनुभब भएका मानिसले कलाकारको मात्र होइनकी अब नेपालको जिम्मेवार नेताको रुपमा भूमिका निर्वाह गरिदिएमा नेपालको बिकाशमा पनि मद्दत पुग्ने थियो कि ?

    • रविन्द्र मिश्रपनि राजनीतिको फोहोरी आहालमा डुबे यसअघि नै गन्हाएका नेताहरुलाई र्यखार्याख्ती पार्ने गरी प्रश्न चैं कसले सोध्ने नि है ?

  11. राजनीतिक मा लागे हुन्थ्यो यो नजान्ने भाते नेताहरु को लोभी पारा ले देश दुबैसक्यो पढेलेखेको मान्छे बुझेको मान्छे देश बनाउने तिर पनि ध्यान दिया अझ राम्रो है

  12. अर्को चोटी हिरो पनि बनिदिनुस न ल !!! मान्छे त तपाई handsome नै हुनुहुन्छ क्यारे !!! मलाई त तपाई कता कता tom cruise जस्तो जस्तो पो लाग्छ ओ !!!!

  13. मेरो बिचारमा रबिन्द्रदाइ ढीलोचांडो अभिनय होइन सच्चा राजनीतिज्ञ हुनुहुन्छ भन्ने लागेको थियो तर अभिनयको कुरासुन्दा अचम्म लाग्यो,कलाकारहरुले पनि रबिन्द्रदाइको आगवनबाट भने गौरवहुनै पर्छ /

  14. खुट्टा जोगाउनुहोला है मिश्र जी । नयाँ क्षेत्रमा नयाँ काम थाल्न लाग्नुभएछ खुट्टा तान्ने प्रब्रित्ती अली बढी नै छ, सजग हुनुहोला । सफलताको लागि शुभकामना ।

  15. शुभ कामना
    रविन्द्र जी, बहु प्रतिभाको धनी हुनु हुँदोरहेछ। कला क्षेत्रमा सफलता मिलोस, मेरो शुभ कामना। नेपाली पत्रकारिताको क्षेत्रले भने तपाँईबाट निकै आश गरेको छ।
    बी अधिकारी

  16. ‘राम्रो अभिनय गर्न सकिन भने बिचमै निकालिदिनुहोला है।’
    वाह, क्या राम्रो सोचाई, नेपाल का भतुवा नेताहरुले पनि येत्ति मात्र भन्ने र मनन गर्ने हो भने नेपाली लाइ किन रुनु पर्थ्यो होला र ? जुन काम आफुले गर्न सक्छु जस्तो लाग्छ र त्योकाम सुरु गरिन्छ कुनै कारण बस उक्त काम ( जिम्मेबारी ) राम्रो संग बहन गर्न सकिन्न तब त्यो जिम्मेबारी अर्को सक्षम व्यक्ति लाइ हस्तानान्तर गर्नु जस्तो महानता अरु के होला ? जे होस्, मिश्र जी पत्रकारिता मा जस्तै अभिनय मा पनि खरो उत्रनु हुनेछ भन्ने बिश्वास छ / Good luck मिश्र जी /

  17. रविन्द्रजीले कलाकारको जागिर खाइदिने भए । अब पत्रकारले कलाकारको काम गर्न थालेपछि कलाकार रिसाउने भइहाले । अनी आन्दोलन, बन्द, हड्ताल, चक्काजाम, लौ रविन्द्र जीले टेन्सन दिने भए । पत्रकार भएपनि सेलिब्रेटी बनेका थिए । अब सुरक्षा बढाउनु पर्नेभयो । कलाकार र पत्रकारको ।।।। मिश्र कलाकार कि पत्रकार ?

  18. बि बि सी को जागिर नागरिकको नितान्त आफ्नै बारेमा को सफलता पछि कलाकार अबस्य सफलता मिल्नेछ i

  19. पढे लेखेका, देश विदेश देखेका र जीवनलाइ कडा प्रतिस्प्रधामा जोखेका मान्छे चलचित्र क्षेत्रमा अाए भने चलचित्र क्षेत्रले अझ उचाइ पाउनेछ । बिबिसीमा सिकेको प्रोफेस्न्यालिजम यता पनि देखियोस् है रविन्द्र जी !

  20. पत्रकारितामा तपाई जसरि रोल मोडेल बन्नु भाको छ फिल्ममा पनि तेस्तै हुनु होला. काम गर्न नसके निर्देसक्ले निकाली दिने कुरा ठिकै छ तर राम्रो रोल नभयमा आफै बिचैमा निस्कनु होला. अग्रिम शुभ कामना रबिन्द्र जी !!!

    बिपिचा

  21. सफलता को कामना रबिन्द्र दाई लाइ, पत्रकारिता जस्तै कलाकारिता मा पनि उच्च स्थान मिलोस.

  22. तपाइलाई मान्छेहरु पत्रकारिताको त सेलेब्रिटी नै मान्छन. अब पालो फिल्मको. यसले मेरो बिचारमा दुइ अर्थ दिने छ. पहिलो तपाई जत्तिको बौद्दिक प्रोफाइल अनि स्थापित व्यक्तित्व नेपाली फिल्ममा आउदा खालि नेपाली फिल्मको negative सोच राख्ने हामि आधुनिक बुज्रुकहरुलाई पनि केहि शिक्षा मिल्छ कि? अर्को कुरा तपाइको फिल्म रोजाईले कस्तो आकार लेला? केहि परिबर्तन वा उही हाम्रो नक्कल गर्ने निरन्तरता?
    सफलता को शुभकामना.
    तपाइकै शुवचिंतक

  23. ‘राम्रो अभिनय गर्न सकिन भने बिचमै निकालिदिनुहोला है।’ —-

    कति राम्रो इमान्दार सोच ! कति जिम्मेबारी भाब ! सबै जिम्मेबार व्यक्तिहरुमा यस्तो सोच – भाबना हुन सके मेरो देशले छिट्टै नै काचूली फेर्ने थियो .

    • लुना जी ,
      ” राम्रो अभिनय गर्न सकिन भने बिचमै निकालिदिनोस ”
      कलाकारिता जस्तो क्षेत्रमा लागिसकेपछि यस्तो सोच राख्नु ईमान्दार सोच चाही हैन है न त जिम्मेदार भाव नै !! एउटा कलाकार भै सकेपछी आफ्नु भागमा जो भूमिका पर्दछ त्यसलाई कडा मेहनतका साथ् सफल बनाउने नै हुन्छ कलाकार !! यदि यसरि बिचैमा छोड्नु भनेको निर्मातालाइ सिधै डुबाउनु हो , लाखौ करोडौ खर्चेर र त्यतिनै समय खर्चिएर एउटा कलाकारलाई सुट गरिएको हुन्छ यदि यस्तो परिस्थितिमा बिचैमा छोड्नु भनेको तपाईलाई थाहा नै होला फेरी उसको स्थानमा अर्को कलाकार झिकाउनु फेरी त्यत्ति नै समय खर्चेर उसलाई सुट गर्नु ….!! यो कतै पनि जिम्मेदार भाव हैन ! बरु गैरजिम्मेदार भाव पो भन्ने कि ? यस्तै पाराले देश ओराली लागेको लागेकै छ , यदि सबै नेताहरुले सफल राजनीति र जिम्मेदारी भाव बोकेको हुन्थ्यो भने मारेर भएपनि देशलाई सहि मार्ग मा ल्याउने कोसिश गर्थे तर यस्तै गैर जिम्मेदारी पूर्ण ( बिचैमा छोड्ने ) क्रियालापले आज देशको यो स्थिति छ , जबकी राजनीतिको ” क ” थाहा छैन यी नेताहरुलाई कसरि नेपाल देशले सहि ” राजनेता ” पाउन सक्छ ? यहि बिचैमा छोड्ने फेरी अर्को आउने फेरी बिचैमा छोड्ने फेरी अर्को आउने…राजनेता र अभिनेता भैसकेपछि आफ्नु जिम्मेदारिलाई निरंनतरता दिन सक्नु पर्दछ !!

      • अजय जी,

        तपाईको तर्क केहि हद सम्म ठिकै हो, तर कुनै पनि एकजना मान्छेले कडा मिहिनेत गर्दै मा कुनै पनि विधामा राम्रो गर्न सक्छ भन्ने सोचाई गलत हो जस्तो लाग्दछ मलाई. झनै अभिनय त एस्तो विधा हो जुन कुरा भित्रै बाट प्राकिर्तिक रुपमा आउनु पर्छा मान्छेलाइ. रविन्द्र मिश्र जी लाइ अभिनय मा रुची भएको ले गर्दा एक पटक प्रयास गर्नु राम्रो हो र यदि राम्रो गर्न सकिन भने निकाल्दिनु होला भन्नु अभिनय को सम्मान हो. जानी नजानी कपाल हल्लाएर हिरो बन्न खोज्ने को त भिड नै छ नि अजय जी नेपाल मा.

        • मित्र मनोज जी ,
          मिश्र जी , को ” आफूलाई सानैदेखि अभिनयमा रुचि भएको बताउँदै निर्देशकलाई भने……..!! ” नजाने गाउको बाटो नै नसोध्नु ..यदि आफुलाई त्यस बिषय तर्फ ज्ञान नै छैन भने त्यस तर्फ हात हाल्नु नै उचित हुदैन !! यदि उसको सानो देखि नै कलाकार बन्ने धोखो छ भने त्यस कार्यलाई निरानात्र्ता दिनु मिश्र जी को ठुलो अभिभारा हो !! ना कि बिचैमा ” ‘राम्रो अभिनय गर्न सकिन भने बिचमै निकालिदिनुहोला है ” भन्ने जस्तो अभिब्याक्ती दिएर जग हसाउनु परोस म त यहि भन्छु हातै नहालोंस ..यदि हातै हालिसके पछीको परिस्थितिमा त्यसलाई पूर्णता दियोस ….!!

      • प्रिय अजय जी !
        माथि मनोज जी को कमेन्ट पढ्नुस है .

        फेरी दोहोर्याएर लेख्दै छु :
        ” कति राम्रो इमान्दार सोच ! कति जिम्मेबारी भाब ! सबै जिम्मेबार व्यक्तिहरुमा यस्तो सोच – भाबना हुन सके मेरो देशले छिट्टै नै काचूली फेर्ने थियो “–

        • लुना जी ,
          तपाइको देशले छिट्टै नै काचुली फेरोस ..तपाइकै देशको नागरिको हैसियतले यतिनै भन्न चाहान्छु …!!

          • ” हाम्रो चाहना यै छ — ”
            —————————-
            मेलम्चीको मिठो पनि बगोस सललल
            गाउबेशीको आगन बनोस तारा झैँ झललल

            हिमचुली हासिदियोस
            मन मयूर नाचिदियोस
            तिम्रो मनमा जे छ मेरो मनमा त्यै छ
            हाम्रो चाहना यै छ —

            हाम्रो मनको बगैचामा सुनगाभा फूल्छ
            आखाभरी तरेलीमा धानको बाला झुल्छ

            ‘कोहोकोहो’ कोइलीले आफ्नै सम्झी सोध्छ
            भिर पाखा बनैले प्रदेशीलाई खोज्छ

            हिमचुली हासिदियोस
            मन मयूर नाचिदियोस
            तिम्रो मनमा जे छ मेरो मनमा त्यै छ
            हाम्रो चाहना यै छ —

  24. हेल्लो बोस, बधाई छ | ठ्याक्क सुहाउने रोल पाउनु भएछ | सफलताकोलागी अग्रिम शुभकामना छ | फिलिम हेर्न म पनि जाम्ला |

  25. जनताको मनको चिलाइ मार्ने गरी प्रश्न सोध्ने रवीन्द्र मिश्र ‘फ्लिम’ तिर नगएर आफ्नै पेशालाई अझ धार लगाएको भए हुन्थ्यो तैपनिअभिनयका क्षेत्रमा समेत सफलताका सिढी चढ्दै शिखरमा पुग्न उहाँलाई शुभकामना!!!!

Comments are closed.