झलनाथहरुलाई चेतना भया

सामान्य किसान देवीप्रसाद रेग्मीले एमाले अध्यक्ष झलनाथ खनाललाई हात उठाउनु जायज थियो या थियन भन्नेमा आ-आफ्नै तर्क होलान। घटनापछि यसबारेमा आममान्छेको चासो र प्रतिक्रिया ‘थप्पड कम भो’ भन्ने खालको भन्ने देखिएको छ। यस्तोलाग्छ नेपाली झलनाथहरुको झल्लुपनबाट आजित र आक्रोशित छन्। झलनाथको चिल्लो गालामा परेको थप्पड निरीह किसानले हानेको सामान्य थप्पडमात्र हैन। यो त झलनाथ प्रवृत्तिले खाएको थप्पड हो। त्यो थप्पड झलनाथले नभएर तपाइँ म या कुनै आमनेपालीले खाएको भए के हुन्थ्यो ? थप्पड छाडिदिनुस गोली नै खाए पनि कुनै टिठलाग्दो अखबारको भित्री कुनामा ‘छोक’ (छोटकरी) समाचार बन्थ्यो। बस्।


आज नेपाली युवाहरु खाडीको गर्मीमा मरिरहेछन्। ती मरेका नेपालीहरुको बीमा रकम समेत नेपाल सरकारका दूतले खाइदिन्छन्। स्कुले बच्चाहरु दिउसै अपहरणमा परिरहेका छन्। देशमा कि झलनाथको राज छ कि तस्करहरुको। लोडसेडिङ १२ घण्टाबाट उकालो लागेको छ, कलकारखाना बन्द छन्। अनि कोही चिन्तित छन् झलनाथले झापड खाएकोमा। यो खोज्ने बेला हो नेताहरुले हामीलाई के दिए ? देशलाई कहाँ पुर्‍याए ? के देशको यो दूराअवस्थाप्रति झलनाथ र झलनाथहरु जिम्मेवार छैनन् ? छन् भने सभ्य समाजको सम्वाहक मानिने मुलुकका नेताले १० चोट सोच्ने बेला आएको छ अब।

रेग्मीले हात उठायर राम्रो गरे गरेनन् भन्ने विषय तर्क वितर्कको शीर्षक मात्र हो। नेपाली जनताले के भोगिरहेका छन् भन्ने कुरालाई झलनाथ र तिनका कुनै पनि कार्यकर्ताका व्याख्याले छोप्ने तागत राख्दैनन्। रेग्मीले आफ्नो साहसिक कामका लागि सजाय पाउनेछन् नै। अर्कोतिर झलनाथ सनक र स्वार्थका कारण नेपालीले अनाहकमा सजायको भागिदार बनेको धरौटी बुझाउनु पर्ने भए उनले देश र जनतालाई कति बुझाउनुपर्थ्यो होला ? आफू प्रधानमन्त्रीको कुर्सीमा आसिन हुन नपाएको झोंक र माधवकुमार नेपालसँगको व्यक्तिगत इगोको लडाँइमा देश र जनतालाई छ महिनासम्म अनिर्णको बन्दी बनाउने को हो ? एमाले अध्यक्षमा गौरव गर्न नसकी माओवादीको सती जान रुचाउने झलनाथले संविधानसभाको चुनावपश्चात देशको शान्ति र सुब्यवस्थामा कुनै योगदान दिएको एउटा उदाहरण छ ? उनको इतिहासले देखाउँछ, झलनाथ कुनै अडान र सिद्धान्त नभएका हावाको भरमा हल्लिने र हवाको वेगसँगै चल्ने अरु धेरै नेपाली नेताजस्तै एक पिपलपाते नेता हुन्।

झलनाथले थप्पड खाएपछि इटहरी बजारमा टायर जलाउने युवाहरु देख्दा टिठ लाग्यो। ए नेपाली युवा साथीहरु ! हामी केवल नेपालीमात्र बनेर बाँच्न सक्दैनौ ? किन हामीमा कालोलाइ कालो भन्ने विवेक हराउँदै गयको ? दशकौँदेखि शक्तिमा रहेका सीमित स्वार्थी मान्छेका लागि हामीले कहिलेसम्म भविष्य बन्दक राख्नुपर्ने ? हजारौ युवाहरु जनसेनाका नाममा क्यान्टोनमेन्टमा बन्द छन्। तिनै गरिब जनताका छोरालाई राजनीतिक दाउमा राखेर आज प्रचण्ड प्रधानमन्त्री बन्ने तयारीमा छन्। उनको झुठ सुनेर उनलाई भन्दा बढी सुन्नेलाई लाज लाग्न थालेको छ। अझै हामी केवल रमिता हेरेर बसिरहेछौं। देवीप्रसादले रमिता हेर्ने तहबाट माथि उक्लेर थप्पड हाने। हो सबैसँग त्यो साहस हुँदैन। र अहिले झलनाथको पक्षमा टायर बाल्नेहरु तिनै कायर हुन् जो स्वार्थ प्रेरित भएर सत्यलाई टायरको धुँवाले छोप्ने कोसिस गर्दैछन्।

एमालेको इटहरी नगरकमिटी प्रहरी छानवीनलाई विश्वास नगरी उच्चस्तरिय छानबिन समिति बनाउनुपर्ने पक्षमा देखिनु नुनको सोझो गर्नु शिवाय केही हैन। यसमा छानविन गरिरहनु पर्ने नै के छ ? रेग्मीले मैले थप्पड हानेको विषय स्पष्ट शब्दमा स्वीकारेका छन्। र त्यसको कारण पनि स्पष्ट दिएका छन्। फरक यति हो उनी पारस, करिमा बेगम या माओवादी कार्यकर्ता हैनन् अहिले उनी थुनामा छन्।

सन् २००८ मा बगदादमा तत्कालीन अमेरिक‍ी राष्ट्रपति बुशले जुत्ता खाँदा संयोगबस म इराक पुगेको थिएँ। जुत्ता प्रहारपछि बैठकस्थलमा रहेका इराकी सुरक्षाकर्मीले पत्रकार अल जाइदीलाइ छारपछार गर्दै मुखमा जुत्ताले हाने, कुटे, जेलमा कोचे। सरकारको यो व्यवहार नुरी अल मलिकी सरकारले अमेरिकी सरकारलाई गरेको चाकरी मात्रै थियो। बुसलाई जुत्ता प्रहारको खबरमा इराकी सहरहरुमा उल्लासपूर्वक दीपावली मनाइएको थियो। किनभने जइदीको जुत्ता प्रहार बुससँगको व्यक्तिगत दुस्मनी नभएर अमेरिकाप्रति पोखिएको इराकी जनताको आक्रोश थियो। त्यसैले अरब जगतमा अल जाइदी रातारात नायक बने। अहिले देवीप्रसाद नेपालीको मनको हिरो बनेजस्तै।

झलनाथले देवीप्रसादलाइ माफी दिन सकेका भए उनको उचाइ निश्चय नै बढ्ने थियो। हुक्के-चिलिमेको सल्लाहमा चल्ने नेताले त्यति त्याग देखाउलान् भन्ने आशा गर्नसक्ने ठाउँ सारै थोरै देखिन्छ। थप्पड प्रकरण लगत्तै फेसबुकमा कसैले लेख्यो ‘घटना सुनेर सारै दुख लाग्यो, गोली खानुपर्नेले थप्पडखायकोमा’ मान्छेहरुमा यो तहसम्मको तिक्तता चमत्कार भएर बढेको हैन। झलनाथहरुकै कारण बढेको हो।

झलनाथ अनि झलनाथहरु ! कृपया माइक्रोफोन र रेकर्डर सहित आफ्नो वरिपरि घुम्ने पत्रकार र सधै सानोतिनो भीड उत्पन्न गर्न तयार तपाइँहरुका सीमित आसेपासेभन्दा थोरै पर हेर्नुहोस। त्यहाँ बहुसंख्यक गरिब किसान नेपालीहरु छन्। जो यतिबेला थप्पडको लागि देवीप्रसादलाई हिरो ठान्दै ताली पिट्दैछन्। हिम्मत भए तिनको भावना बुझ्ने कोसिस गर्नोस्। नत्र झलनाथहरुलाई थप्पड केवल एउटा सुरुवात मात्र हो।

जाँदाजाँदै लुनाको कविता अंश-
कन्सिरी तातेका मगजहरु
अब बहुलाउन मात्रै बाँकी छ
पुन: एकपल्ट हातमा राँको लिएर
खुद तिमीहरुलाई नै जलाउन मात्र बाँकी छ।

65 Comments

  1. अब त बिजुली देखि तर्सेको कुकुर आगुल्टो देख्दा पनि कुइ कुइ गर्ने होला नि झलनाथ जी कि कसो ?

  2. मलाइ त् यो सुनेर धेरै आनन्द आयो यानिकी बिष्णु पुरण महा भारत, रामायाण, कृष्ण चरित्र, स्वस्थानी बर्त कथा,, सलाम छ बिर नेपालि दादा हजुर लाइ,, जय होश सबैको

  3. मलाई त बिष्णु पुरण, रामायण, श्री कृष्ण चरित्र, महाभारत,बेद, स्वस्थानी बर्त कथा.. सुने जतिकै भयो, हाम्रा देश का राजनीति दलहरु सबैको मन विचार उस्ता उस्तै छ, महा बिर नेपाली दादा हजुर लाइ म सलाम गर्दछु,, सबैको जय होश!!!

  4. In my opinion, Debiji should be encouraged to contest Jhala Nath in the next election from the same constituency and those of us who support him should contribute for it, in whatever way we can.

  5. नामै झल्लु !
    कसरी चेतना हुन्छ ?
    झल्लुले २०४७ सालमा कृषि तथा बन मन्त्रि हुँदा हामी संग भेट हुँदा भनेक थिए: एक पल्ट नेपालमा सम्भिधान आउन दिउँ, हिमाललाई ताल र ताललाई हिमाल बनाई दिन्छौं ! यो नेपालको सासन व्यवस्थामा वार पार परिवर्तन गर्ने कुरा थियो ! २०४७ सालमा सम्भिधान आयो,
    २०६३ मा अन्तरिम सम्भिधान आयो,
    २०६५ मा नेपालको राजतन्त्र फाले
    तर:
    २० वर्ष पछी अब प्रधान-मन्त्रि खाने दाउ मात्र झाल्लेको !
    सुरज श्रेष्ठ

  6. ” झलनाथले थप्पड खाएपछि इटहरी बजारमा टायर जलाउने युवाहरु देख्दा टिठ लाग्यो। ए नेपाली युवा साथीहरु ! हामी केवल नेपालीमात्र बनेर बाँच्न सक्दैनौ ? किन हामीमा कालोलाइ कालो भन्ने विवेक हराउँदै गयको ? ”

    किन रुबेल काण्ड मा कसैले आवाज न उठाएको? किन टायर बालेर पारस/रुबेल लाई कारवाही गर्न माग न गरेको? येस्तई येस्तई धेरै प्रश्नहरु को जवाफ हाम्रा नेताहरुले दिन सक्छन् ?

  7. आफू प्रधानमन्त्रीको कुर्सीमा आसिन हुन नपाएको झोंक र माधवकुमार नेपालसँगको व्यक्तिगत इगोको लडाँइमा देश र जनतालाई छ महिनासम्म अनिर्णको बन्दी बनाउने को हो ? एमाले अध्यक्षमा गौरव गर्न नसकी माओवादीको सती जान रुचाउने झलनाथले संविधानसभाको चुनावपश्चात देशको शान्ति र सुब्यवस्थामा कुनै योगदान दिएको एउटा उदाहरण छ ? उनको इतिहासले देखाउँछ, झलनाथ कुनै अडान र सिद्धान्त नभएका हावाको भरमा हल्लिने र हवाको वेगसँगै चल्ने अरु धेरै नेपाली नेताजस्तै एक पिपलपाते नेता हुन्।
    वावावा क्या भित्तामा पुग्ने गरि दिनु भयो स्याटेलाइट जी |बामदेव झलेहरु सति गए भैगोनी माओबादीमा जनसेनाको कमान्डर सम्म त पाउथे कि !!

  8. नेता र जनता मिलेर पंच्यायत फाले \ पंच्यायती ब्यबहार ,शैली , भस्त्रचार,लुटपाट नेता गर्न थाले \जनता वाक्क दिक्क र हैरान हुन् थाले पछी , पंच र हाम्रा आजका नेताहरुमा कुनै फरक नपाए पछी जनता चुप्प लाग्ने मुर्ति त होइन नि गाठे \ यति पनि यी धुर्त नेताले किन नबुझेका,यिनै जनताको पिठ्यु चढेर यी यहा सम्म आएका होइनन र ? लाटो को रिस र जनताको रिस उस्तै उस्तै हुन्छ भन्ने कुरा जानेर पनि बिर्सन खोज्दा यस्तै त हुन्छ्नी असत्ति हरु !

  9. लेख अति राम्रो छ बुझ्ने लाई …नबुझ्ने लाई ,अनपढ ,र देशको माया नहुने लाई झलनाथ लाई जस्तै गलामा हान्नको कमि मात्र छ .
    यी देशका डाकाहरु गरिबका पैसामा,नेपाली जनताको रगतको पैसामा ,आज 60-70 लाखको गाडीमा हिड्ने ,गरिब जनताले बिहान के खाम ,साझ के खाम को अवस्था छ ,जनताले केहि राम्रो नोकरी नपाएर आज दिनदिनै विदेश भित्रिदै छन् ,एक गरिब मानिस मर्दा ,उसले पाएको जिबन =-बिमाको पैसा एक चोर राजदुतले लाजै पचाएर कुम्लाऊछ ,तर तेस्लाई कारबाही नेपालमा हुदैन …
    जनताहरु काम नपाएर के गरम के गरम भएर ,आगो बाल्ने ,टाएर जलाउने ,टुडिखेल चौरमा लम्पसार भएर मम्फुली खादै ,पत्रिका पढ्दै सुतछन् ,गाडी जलाउने ,जुलुस निकाल्ने गर्छन …देशमा सबैलाई काम को बेबस्था भयो भने कसलाई यो गर्ने फुर्सद ?
    रात्री बसका Driver हरु टन्न मुग्लिंगमा रक्सि धोकेर दोहोरि लगाउदै गाडी त्रिसुलिमा खसालछन् ,तिनलाई कहिले कारबाही हुदैन .
    यी नेताहरुलाई kathmandu पठाएको आफ्नो आफ्नो जिल्लामा ,अंचलमा ,नगर र वडामा केहि बिकाश गरलान ,बाटोघाटो ,इस्कुल ,,कलकारखाना को बिकाश गरलान भनेर पठाएको हो ,नकी चिल्ला गाडी किन्न ,जग्गा जमिन किन्न ,राम्रो आलीसान घर बनाउन पठाएको हो …
    प्रतेक नेताहरुलाई येसरिनै फेरी जिल्ला फर्कदा फूलमाला ले स्वागत नगरौ ,चाप्लुसी गर्न छोडौ ,काम गरेको छैन भने जिल्ला आउना साथ जुत्ता र लौरोले स्वागत गरौ ,अनि मात्र देश बन्छ ….
    नेपालमा त ठिक बिपरित छ ….गरिब जसलाई खान छैन ,जसका बच्चाहरु इस्कुल जान पाहिरहेका छैनन् ,जसलाई कामको बेबस्था छैन ,उनीहरुनै बढी यी नेताहरुलाई साथ दिहीरहेका छन् ,यिनिहरुनै बढी जुलुस र नारामा बढी समय बर्बाद गरिरहेका छन् ,धनि लाई र नेताहरुलाई के को फुर्सद ,बस्दै पैसा गन्न फुर्सद छैन अनि गरिबहरु जुलुसमानै र आगो र टाएर बाल्दैमा फुर्सद छैन …यी नेपालका नेताहरुपनि भनेका C” Grade “का हुन् र यिनलाई जति लौरो ,जति भाटाले हाने पनि फरक पर्दैन …

  10. ठिक भन्नु भयो स्याटलाइट जी, नेपाली जतात ले झापड हने पर्ने भए को छ , देश मा १२-१२ घण्टा सम्म बत्ती जादा पनि स्वोदेशी लगानीमा बन्न आटेको तामाकोशी को सिलान्यास रोक्ने नाइके हरुलाही, तस्करी गरेर निर्माण सामग्री हरु भारत पठाए र देश को पर्यबर्ण बिगार्ने माओबादीका नाइके लाही, राजनीतिका नाम मा सर्बसाधारण का घर जग्गा आफना कार्य कर्ता लाही कब्बा गर्न लगाएर आफु महल मा बस्ने ठेकेदार हरुलाही, आफना छोरा लाही विदेश मा MBBS पदना पठाएर जनताको छोरा छोरि पड्ने स्कुल बन्द गराउछु भनेर कुर्लने ४० वर्ष काटेको बुड़ो र दुइजिब्रे तथाकथित बिधार्थी नेतालाही, रामाही, प्रचण्ड थेब,लगाएत का सर्बसधरद का ह्त्तयारा लाही पुरस्कृत गर्ने, लुकाउने अपराधि पाल्ने YCL का गुन्डा हरुलाही , आफनो स्वोस्नी को जागिर जोगौना जुवा घर मा नेपाली को प्रवेश हुनु पर्दछा भनेर सडक मा उत्रने र त्यो खबर छापे को कार्ड पत्रकार माथि हतपत गर्ने कथित मजदर को नाइके लाही,/

    आफु सरकार प्रमुख भए को बेलामा माखो पनि नमार्ने , मनमोहन सिंह को दरबार मा लम्पसार पर्ने, भारतीय एजेन्ट भेट्न कहिले सिंगापुर र कहिले थाइलेडं जाने, अस्ति भखर भारतीय सचिब अहुदा पनि भारत भ्रम कोसमय मिलौना बिलौना गर्ने, सरकार बनाउन सभासद किन्न बिदेशी संग पैसा माग्ने, लाजपचे को नकचरो पूर्व प्रधान मन्त्रि को गलामा चै नेपाली जनता ले झापड हान्ने बेला भए को छ र हंचन पनि, ढिला चाडो मात्रै हो /

  11. हामी जो जो साथीहरुले देबी प्रसाद लाई हिरो ठान्छौ र उनीले गरेको काम को प्रसंसा त गरेउ तर हामीले बुज्नु पर्ने कुरा चै के पनि हो भने देबी प्रसाद ले जुन काम सहासिक तरिकाले गरे र हामी सोजा साजा नेपाली को मन को कुरा लाई सार्थकता दिए त्यो काम ले उनि अहिले जेल को चिसो सिडी मा कस्टकर समय बितौदै छन् अब हामीले के गर्ने उनको लागि ? झले,प्रचंडे,सेरे,सुसिले आदि इत्यादी नेता लाई कसरि देश र जनता को बारेमा सूचना बाध्य बनाउन सकिन्छ र देवी प्रसाद लाई कसरि छिटो भन्दा छिटो जेल बाट मुक्त गर्न सकिन्छ तेत पनि सूचने हो कि ?

  12. बास्तबमै झापड कम भो.हस्पिटलको बेडमा २ ३ महिना सुत्ने गरि दिनु पर्थ्यो झापड/तर पनि देबी जी तपाइले नेपाली जनताको प्रतिनिधित्व गर्नु भयो/प्रतेक नेपाली तपाइको अदम्य शाहसको कदर गर्छन/यो झापडले अरु नेता जो ५ तारे होटलमा जनताका करका पैसामा मोज गर्दैछन बैठकका नाममा ,तिनीहरु होसियार भएकै होलान/जय होस् देबी जी/

  13. बास्तबिक र निकै स्तरीय लेखको को लागि लेखक जिउ लै धन्यबाद आसा गरौ ढिलाई भयपनी झलनाथ तःता झालानाठारुलाई सत बुद्धि प्राप्त होस्, मा यहाँ सबै मित्र हरुमा एउटा अनुरोध गर्न मन लग्यो के हामीले लाखौ नेपालीको रोस थप्पड मार्फत प्रकट गर्ने जनताको हेरो देवी रेग्मी जी लाइ बिना सर्त रिहाइको अभियान चलाउन कुनै बाटो निकाल्न सक्दैनौ कृपया कसैलाई यस सम्बन्धमा जानकारी भयमा यो कार्य आगाडी बडायर जनाको साथ् देवी रेग्मी सम्म पुत्याउ न कि कसो होला ?????????????

  14. कोइ झलेले थप्पड खाएकोमा खुसि छन्,कोइ दुखि छन्,कोइ प्रचंडे, रामे, ओली, सुजाता, देउबा लगायत अरुले नि खानु पर्ने मान्यता राख्दै छन् , येसो जनमत हेर्दा त आखिर मा तिनै नेता हरु को अगी पछी त बाडियोनि देसको जनमत हैन र ?
    दुनियाभरका भासन जति गरेनि कुनै न कुनै नेताकै पछी छन् सबैजना | जुन कुरा अबस्य पनि राम्रो संकेत हैन , घुमी फिरी रुम्जाटार भनेजस्तै लग्छा मलाई त |

  15. पारस पूर्व राजकुमार ! बंगाली पररास्ट्र मन्त्रि को जुवाइ ! करिमा मन्त्रि ! अरु कती हो कती ! तर ति सामान्य किसान देवीप्रसाद रेग्मी सम्पूर्ण नेपालि को ! रेग्मीजी ! हामि हजुर को साथ् मा छौ !

  16. झलनाथ को गाला मा मात्र झापड हानेर पुग्दैन अरु राम चद्र अनि प्रचण्ड को पनि गाला मा झापड हान्नु पर्छ जस्तो लाग्छ अनि यो तरिका चैं ठिक छैन भन्ने हरु पनि धेरै छन् तर अब नेपाली हरु संग अरु कुन तरिका नै बाकी छ र मलाई त लाग्छ अरु कुनै तरिका छ जस्तो त लाग्दैन एक साधारण जनता ले क नै गर्न सक्छ र त्यो बाहेक अरु तरिका ले बिरिध गर्दा कसले सुन्ने वाला छ र देवी प्रसाद जी ले जे गर्नु भो त्यो अति साहसिक र राम्रो काम गर्नु भाको हो भन्ने मलाई चै लाग्छ वहा लै मेरो सलाम

    • राईजी तपाईं पनि कस्तो कुरा गर्नु हुन्छा अरु तरिकानै के छ र भन्नु हुन्छा / म भन्छु तरिका हरु छन् जस्तो कि जुत्ताले हान्ने, थुक्ने आदि किन भने अब नजिक को मान्छे ले कुट्ला, कि चुट्ला कि भनेर उनीहरु सतर्क हुने छन् त्यस्तो बेलामा यहि मात्र राम्रो उपाय हुन सक्छ /

  17. The artticle is just baseless, useless against JN. He is fighting for the nation for his life. He is a great hero.

  18. ” अनि बल्ल झापट फिर्ता लिउ — ”
    —————————————
    किन उठ्यो देबी प्रसादको हात ?
    किन पाए देबी प्रसादले लाखौ जनताको साथ् ??
    यो प्रश्नको जबाफ देउ !
    अनि बल्ल झापट फिर्ता लिउ —-

    किन जाक्यौ मुलुकलाई अनिर्णयको बन्दीमा ?
    किन थाक्यो मुलुक आर्थिक असफलताको मन्दीमा ??
    यो प्रश्नको जबाफ देउ !
    अनि बल्ल झापट फिर्ता लिउ —

    महंगी – भ्रस्टाचार – अब्यबस्था – अराजकता किन बढ्दै गयो ?
    नेताहरुमा जनताको बिस्वास किन घट्दै गयो ??
    यो प्रश्नको जबाफ देउ !
    अनि बल्ल झापट फिर्ता लिउ —

    ( देबी प्रसादको झापडमा लाखौ जनताको साथ रहेको छ समर्थन मार्फत — यो झापड झलनाथ हुदै सबै ” झलनाथहरु ” लाइ हो , हाम्रा सबै ” झलनाथ नेताहरु ” मा समर्पित यी दुई शब्द उपहार मेरो पनि — )

    • superb लुना जी | लुनाजी को तथ्यपरक लेख सुहाउदो वास्तविक प्रतिक्रियाको माईसंसार पाठकबर्गहरु सधै तपाई प्रति हार्दिक आभार प्रकट गर्दछ |

  19. everyone agrees to be like devi prasad regmi but nobody knows how to start that the reality of nepalese society they donot care of other always think of themselves and their family .and i think most of the people here commenting are not in Nepal too, so please stop Barking ..If u wanna do something Go to Nepal and Put in some Action if u Can..I bet u donot wanna go Either………

  20. दस्छे प्रजापति को नाम पनि झल्लु नै थियो कि कसो? देवी रेग्मी ले कानुन को आखामा गल्ति गरेपनि सबै नेपालीको अबेक्त सहयोग पायका छन्

  21. १०१ %सहमत लेख प्रती
    १०१ % सहमत लुना जी को कविताको अंश

  22. बिगत मा करिमा बेगम र मात्रिका यादब को हर्कत लाई देखेर पनि नदेखे जस्तो गर्ने सरम नभएको माकुने ले अहिले एउटा गरिब किसान लाइ कारबाही हुदा किन चुप देखिन्छ ?
    एस्ता स्वार्थी नेता हरु ले नेपाल लाइ के नै योगदान देलान र , देश दिन दिनै ओरालो लाग्दै गएको छ , पढे लेखेका युवा युवती हरु दिन दिनै देश कै कारण बिदेशिन बाद्ध्ये छन् ,
    यी चोर नेता हरु को बिरुद्ध मा हामी सम्पूर्ण युवा हरु अब उत्रनु पर्छ
    यिनी हरु लाइ नांगे झार पार्नु पर्छ
    माई संसार ले अब उप्रान्त अहिले हाली मुहाली गरेका नेता हरु को बिगत को कर्तुत हरु लाइ प्रकाश मा ल्याओस

  23. स्याटेलाइटजी,

    माओवादीको जनवाद र राष्ट्रवाद अनि प्रचण्डले देखाएको नेतृत्वको साक्षी हुँदाहुँदै पनि उनको राजनीतिप्रति प्रश्न उठाउनु बेइमानी हुनेछ । संसद्वादीहरूको चरित्र सुध्रिने, राष्ट्रियतामाथिको प्रहारका विरुद्ध एक भएर अघि बढ्ने आशा र विश्वासका साथ माओवादी शान्ति प्रक्रियामा आयो; दशकौं जंगल बास गरेका जनसेनाहरूलाई शान्ति प्रक्रियामा ल्याउने पनि प्रचण्डकै नेतृत्व हो; जुन संसारमै उदाहरणीय रहेको छ । तर अहिले ठीक यसको विपरीत कथित् संसद्वादी र दलालहरूले गरिरहेका छन् , जुन हामी नेपाली जनताले बुझ्नु आवश्यक छ ।

    जनसेनालाई सरकारको मातहत ल्याउनु शान्तिप्रक्रियाको अर्को उपलब्धि हो, जुन एकदिन हुनै थियो; अलि हतार भएकोजस्तो मात्र देखियो । तर यो कार्य भएदेखि नै जनताले भोटमार्फत झापड हानेकाहरूले माओवादी सरकार चलाउन अझै अयोग्य भएको कुरा गरिरहेका छन्; कनकमणि दीक्षितजस्ता भारतीय दलालहरूले शान्तिप्रक्रियाको मर्मविपरित जनयुद्धमा भएका घटनालाई फेरी कोट्याएर मावोवादीविरुद्ध खनिन थालेका छन् । माओवादी जति लचिलो हुँदै गयो यी दलालहरू शान्ति भाड्नमात्र होइन राष्ट्रिय अश्मितामाथि नै खेलवाड गर्न फेरी सक्रिय हुँदै गएका छन् । चड्कन त जथाभावी बोल्ने सरकारी प्रवक्ता भैखाएका पोखरेल, बल्लबल्ल राजीनामा दिएर पनि राष्ट्रको ढुकुटी रित्याउँदै मोज गरी हिंड्ने माकुने, प्रधानमन्त्रीको दौडमा एक्लो हिंडेर पनि लाज पचाउने रामचन्द्र, भ्रष्ट्राचारलाई ज्वाईंको उपमा दिलाउने सुजाताजस्ता कठपुतली नेता र दीक्षित-धमलाजस्ता पत्रकारको खोल ओढेका दलालहरू र जेजस्तो भएपनि हाम्रा नेताहरूको कोठाचोठा चाहार्ने, हाम्रा नेताहरूलाई धम्क्याउने सूदजस्ता राजदूतहरूलाई लगाउनुपर्ने होइन ? देश र जनताको मुद्दालाई जीवित राख्दै शान्तिप्रक्रियामा अगाडि बढिरहेको माओवादीलाई धारे हात लगाउनु भनेको आफ्नो तातो कन्सिरी सेलाउनु र सूदहरूको हड्डी हसाउँनुमात्र हो ।

  24. एकदम राम्रो लेख, मनै छोयो के गर्ने हाम्रो देशमा यस्तै छ, झलनाथले साँची नै देवीप्रसादलाइ माफ गर्ने सके उनको उन्चाई अवश्यनै बढ्ने छ तर यति गर्ने दिमाग उनमा भएता झापड किन खान्थे !!!

  25. नेपालमा नेता भन्दा पनि चम्चा बडी क्रियाशील छन् !!!!!!

    • तिमीहरु जस्तो के हावामा हिड्ने चम्चा ए बल्ल आफु येना हेरेर भनेछौ खुसि लाग्यो

  26. देश लाई बन्धक बनाउने येस्ता ठग हरु लाई रेग्मी जी ले गजब को उपहार प्रदान गरेछन, अझै गर्नु पर्थ्यो, झल्लु लाई मात्र हैन सबै लाई येस्तै खालको उपहार प्रदान गर्नु पर्छ

  27. कुनै व्यक्तिलाई बिना कसुर कुटपिट गर्नु मानवाधिकार बिरोधि कुरा हो . राजनीतिक नेताहरुको गलत कार्य को बिरोध गर्न सकिन्छ बिरोध गर्ने तरिका फरक फरक हुन्छ . तर नेता लाई थपड नै हान्नु गलत हो तेस्माथी पनि गलत कार्यमा कथित बुद्धिजिबी र नेपालमा केहि गर्न नसकी खैरेको देशमा जुठो पुरो उठाउने प्रदेशी भनौदाहरु रमाउनु चै नेपाली जनता पनि भेडी नै हुन् कि जस्तो लाग्यो

    • हो र ? अनि हाम्रा मन्त्रि भनाउंदाहरुले जनता को गाला पडकाउन्दै हिड्नु नि?? तेती बल ति मन्त्रि भनाउदा हरु लै जेल मा किन कोच्न सकिएन त ?? अनि तेती बेला तपाईं चुप किन नि?

    • भोज राज जी,
      तपाई को कुरा सुन्दा अलि दुख अनि हासो नि लग्यो, यो कारण ले कि मिले तपाई नि आउन मरिहत्ते गर्थ्यो होला सक्नु भयान छ कि के प्रयास गर्दा गर्दा, अनि सब ले जुठो मात्र पुछ्दैना सोच्नुहोला राम्रो गर्ने नि छ अर्को कुरा देश त्यसै छोड्नु पर्ने कारण हरेक हुनासक्छा विदेश को रेमिटेन्स ले देश चलेको छ नत्र देशमा ठुलो विपद परिसक्थ्यो नेताको चाला देखिहाल्नु भो सकेसम्म भ्रष्टाचार गरेर बिदेशमा जाने या परिवार पठाउने अनि …. कि तपाई नि नेताको चम्चे पर्नु भो ? अनि अझ देश को माया देश मा बस्दा भन्दा विदेश मा बस्दा बढी हुदोरहेछ साच्चै पर्दा सो हामी पहिले आफ्नो खुट्टामा उभिन सक्ने हुनु पर्छा अनि राजनीतिक गर्ने हो राजनीतिक गरेर खुट्टा उभ्याउने परम्पराले हालत देशको यस्तो भाछा

    • होइन यो भोज राज भन्ने जनताले तिरेको कर्म होटल र रिसोर्ट हरुमा ‘भोज’ खाँदै हिड्ने अधिकार प्राप्त ‘अधिकारी’ हो कि जस्तो लाग्यो मलाई त /

  28. यो समयलाई छोपेर झलनाथ खनाल र देबी रेग्मीको बारेमा
    आफुलाई थाहा भएका यथार्थ जानकारीहरु पस्कनसके धेरै सिक्ने अबसर मिल्थ्यो। सबैले आफुलाई थाहाभएका जानकारीहरु पोस्ट गर्ने कोशीस गर्नुहोला।देबी रेग्मीकोबारेमा छेमेकी/जिल्लाबासीहरुको भनाइ अझै बढी सान्दर्भिक हुने मेरो अनुमान छ।

  29. झलनाथले देवीप्रसादलाइ माफी दिन सकेका भए उनको उचाइ निश्चय नै बढ्ने थियो। हुक्के-चिलिमेको सल्लाहमा चल्ने नेताले त्यति त्याग देखाउलान् भन्ने आशा गर्नसक्ने ठाउँ सारै थोरै देखिन्छ। थप्पड प्रकरण लगत्तै फेसबुकमा कसैले लेख्यो ‘घटना सुनेर सारै दुख लाग्यो, गोली खानुपर्नेले थप्पडखायकोमा’ मान्छेहरुमा यो तहसम्मको तिक्तता चमत्कार भएर बढेको हैन। झलनाथहरुकै कारण बढेको हो।

  30. Physical assault is always condemnable. Iwonder why every civilised one’s appreciating such a non- sense job of Mr Regmi. it only encourages people to be very uncivilised and savage. it’s not the solution despite leaders havent been doing good job to nation for a long ago now.

  31. Physical assault is always condemnable. I wonder why every civilised one’s appreciating such a non-sense job of Mr Regmi. it only encourages people to be very uncivilised and savage. It’s not the solution despite leaders haven’t been doing good job to nation for a long ago now.

  32. लेखक संग सत प्रतिसत सहमत !!!!!!! यी नेता हरु लाई आफ्नो हैसियत थाहा हुनु पर्छ ! आफ्नो लोक्प्रियेता कति रहेछ भनेर!

  33. लेखक संग सत प्रतिसत सहमत !!!!!!! यी नेता हरु लाई आफ्नो हैसियत थाहा हुनु पर्छ ! आफ्नो लोक्प्रियेता कति रहेछ भनेर!

  34. झल्लुका समर्थक हरु पनि झल्लुनै रहेछन, झल्लु नाथेले टीभी मा दिएको प्रतिक्रिया झन् हासोउठ्दो थियो , ” यी भुसुना हरु हुन् , घटनाको म वास्ता गर्दिन” रे |

  35. झलनाथ खनाल र देवी प्रसाद रेग्मी को फोटो हेर्न पाए हुन्थ्यो,मैले त यिनी हरुलाई चिने देखेकै छैन.हुनत मलाई चोर नेता हरुको फोटो पनि हेर्न मन लाग्दैन,तर यो झापड खाने झल्लु नेता को फोटो हेर्न मन लग्यो : )

  36. जताततै कमिशनका पोका लुकाएको छ
    भ्रष्टाचारले सगरमाथालाई झुकाएको छ
    हत्या,हिंसा,कुशासन झनै मौलाएको छ
    महगी र कालोबजारी अझै बौलाएको छ
    सहमतिको नाउँमा संसारै हसाएको छ
    कानुन सर्बोच्चबाट निस्कन डराएको छ
    नयाँसंबिधान बानेश्वरमा सधै कराएको छ
    गाउँ बस्तिमा नुन र ठिडो पनि हराएको छ
    राजनितिलाई फोहोरी खेल गराएको छ
    तटष्थताको नाउमा देशलाई बन्धकबनाएको छ
    ठूलालाई चैन सानालाई ऐन लगाएको छ
    त्यसैलेत झल्लु प्रबृत्तिले झापड पाएको छ
    सुन ए तमाम झल्लु प्रबृत्तिहरुहो चेतना भया
    लाखौं देबिप्रुसादहरुको आक्रोष जुर्मुराएको छ

  37. लेखकको सोचमा म पनि सहमत छु,अब हामीले कसैको कार्यकर्ता भन्दापनि नेपाली भएर सोच्ने बेला आएको छ,किनभने कुनै पार्टी पनि नेपाली जनताको पार्टी रहेन,हामीले कालोलै कालो र सेतोलै भन्न सिक्नुपर्छ जस्तो लाग्छ

  38. नेतालाई बिगार्ने ति आसेपासेहरु हुन् |
    नेपालको कल खण्ड देखि चली आए चलन हो यो |
    सुजाता जस्ती सुरसा डंकिनीका आसेपासे हेर्नुहोस |
    सेरे जस्तो आन्दा हाँसको भालेको पछी हेर्नुहोस |
    अचम्म छैन डाका ओलीको सयर सुसर्रे पछि लागेको देकदा|
    यी आसे पसेलाई कसरि ठेगान लाउने??????????

  39. झलनाथलाई मात्र हैन कानमा तेल हालेर बस्ने नेपालका सबै नेताहरुलाई अरु देवीप्रसादहरुले एक एक झापड हानी बिउताउनु जरुरि छ .

    नगेन्द्र राई
    दमक झापा

  40. सबैको रचिदिये औसधि दैबले बिर्सेछन मुर्खको………………….!
    गुइये कीरालाई फुलको बास्ना मन पर्देइना, यदि फुलको थुंगा माथि राखेपनि तलै
    झर्छ, तर बिर्सेनन दैबले मुर्खालाई मुर्खलेनेइ बनाउछ भन्ने कुरा…………!अति १ देखि
    ३ सम्मन हुन्छ ४ पुगे पछि भ्यागुता पनि फुलिनु बाद्य हुन्छ त्यहाँ सम्मन नेपाली
    जन्ता पुग्नु नपरोस झले मुर्ख हो तु मुर्खता छोडेर परिवार समेटेर बस तिमीहरुले
    गर्दा दुनिया नेपालीले दुख नपाओस यहि छ तिमीहरुलाई सुझाप ………….,,.

  41. मित्र तपाई ले भनेको १०० प्रतिसत सहि छ आब हरेक नेपाली ले नेता का गाला बजाउने बेला भएको छ कति यिन का लगे हामी सति जाने …………….

  42. सारा नेपाली को मन को कुरा लाई नेत्रितो गरिदिय को मा देवीप्रसाद रेग्मी जी लाई मुरी मुरी धन्बाद

    लुनाको कविता अंश-
    कन्सिरी तातेका मगजहरु
    अब बहुलाउन मात्रै बाँकी छ
    पुन: एकपल्ट हातमा राँको लिएर
    खुद तिमीहरुलाई नै जलाउन मात्र बाँकी छ।

  43. एक दम राम्रो विचार . त्यो करिना लाइ चाही थुन्न नसके अनि एउटा साधारण नेपाली जनता देवी लाइ थुन्ने . यदि देवी रेग्मी लाइ साची छोडेन भने अब हामी सबै नेपाली हरु नेता हरुको बिरुद्द लाग्नु पर्छा. अब हामी नेपाली जनता हरु कुनै पार्टी प्रति हैन देश प्रति बफादार हुन सबैले सिक्ने कि.

  44. येसो चोर सुशील कोइराला र माकुने लै पनि लौन तीन त्रिपुरेशोर चौध भुवन देख्ने गरि झापट हान्न पर्यो र रेग्मी जी लै दोसल्ला वधाई नागरिक अविनान्दन गर्न पर्यो …जय रेग्मी जी..तपाईं नै सच्चा नेपाली हुनु हुन्छा…

  45. यो लेख हेर्दत मलाई अब सबै नेपालीहरु एक भएर ति नेताबनौदोलाइ एकएक गरेर गलामामत्र होइन खुटा काटनुपरने हो,;जय नेपाल

  46. बहोत मज्जा लाग्यो पढेर, अब येसरी नै हरेक रेग्मीहरु उठ्ने बेला भाको छ, ढिला नगरौ यस्ता झल्लु, माकुने , प्रचंडे, शेरे हरु सबैलाई ठोक्ने बेला हो, यीनी हरु ले नै हाम्रो देश खाका हुन् , एक पटक फेरी सलाम छ रेग्मी दाइ लाइ

  47. झापड नाथ उर्फ झलनाथले ६/६ महिना देशलाई जनउत्तरदाहि सरकार दिनबाट रोक्न साम्, दाम, दण्ड, भेद जे जे गर्नु थियो गरे अर्थात् अराजनीतिक क्रिया गरे जुन यौटा राजनीतिज्ञले आफु प्रधानमन्त्री बन्नको लागि सिङ्गै मुलुककै नागरिकप्रति अपराध गरे त्यसको सजाय स्वरूप मात्र एक झापड खाए. सोचेर ल्याउदा कति कम सजाय? तर यो सूचक मात्र हो नेताहरुको गल्तिको…

    देशको परिबेस नियाल्दा यौटा नया समीकरण तयार भएको गन्ध आउछ. कांग्रेस र माओबादीको बिचमा, तसर्थ एमाले को झलनाथको अब प्रधानमन्त्री बन्ने सपना सपनै रहला जस्तो छ …

  48. लुनाको कविता अंश-
    कन्सिरी तातेका मगजहरु, अब बहुलाउन मात्रै बाँकी छ
    पुन: एकपल्ट हातमा राँको लिएर, खुद तिमीहरुलाई नै जलाउन मात्र बाँकी छ।

    खै! अगुवाई गर्नु पर्ने त मैले पनि हो, राष्ट्रको निहित दायित्वबोध पनि छ, तर पारिबारिक दायित्वको प्राथमिकता पन्छाउन नसक्दा “निरिह” छु | तर साबधान, धैर्यतालाई हाम्रो कमजोरी नठानियोस, हाम्रो विवसतालाई नपुंसकता नसम्झियोस |
    खबरदार !!!

  49. श्याteलाइट जी
    तपाईं त आकाश मा घुम्नु हुन्छा तेसैले डर लाग्दैन राम्रो लेख लेख्नु भयो / हामि त मानिस जमिनमा बस्नु पर्ने तपाइंको लेख पढ्नु पनि डर लाग्छ / कमेन्ट लेखन पनि डर लाग्छ /

  50. म निम्न भनाइहरु राख्न चाहन्छु:
    १) एउटा दाइसंग कुरा भएको थियो! उहाको अनुसार झलनाथ Diplomatic Leader होइन; भएको भए उसले देवी रेग्मीको सवालमा भन्न सक्नु पर्थ्यो कि यो हामी नेताहरुलाई जनताले सिकाएको सवक हो, त्यसैले उसलाई केहि गर्नु हुन्न भनेर! यस अर्थमा यो भन्न सकिन्छ कि झापडले नेताहरुमा जनताले चाहेको तरिकाले सोच्ने भावनाको बिकाश अझ भएको छैन! यदि नेताहरुमा त्यो चाहनालाई बुझ्ने सामर्थ्य भए अहिले बिकसित परिस्थितिले अर्कै मोड लिइ सक्ने थियो!
    २) खराब हामी हो!! हाम्रोमा एउटा प्रवृति छ, pattern develop भएको छ! इटहरीमा टायर बाल्ने युवाहरु हाम्रो त्यहिँ संस्कृतिको एउटा ज्वलन्त उदाहरण हो! भोलि बन्ने नेताहरु त्यहिँ टायरको धुवाले अहिले नै गन्धे बनिसकेको छन! ति मध्ये हामीले एउटालाई चुन्नु पर्ने हुन्छ, र तिनै प्रतिनिधिहरु नै भोलिको प्रधानमन्त्री हुन्!
    ३) deviprasadregmi.info website बाट प्राप्त जानकारी अनुसार, देवी रेग्मी frustrated हुने कारण उहाले दुख गरेर पढाएको छोराहरुले काम नपाउनु हो जसको लागि उहाले जिल्लाको नेताहरु सामु धेरै बिन्ति गर्नु भो! के यो कारणले हानिएको झापडले हामी सबैको संस्कृतिलाई प्रतिनिधित्व गर्दैन त? हामीमा भएको सामन्ती संस्कृतिको एउटा उदाहरण देवी रेग्मीज्यु नै आफै बन्नु भएको छ!
    ४) देवी रेग्मी या कुनै सर्ब साधारणले कुनै नेताको झापड खाएको भए कारबाही हुन्थ्यो त? निस्चय नै हुन्न थियो कि!! मेरो प्रस्न, के हामी यो परिस्थिति भएको भए त्यो सर्बसाधारण जनतालाई झापड हान्ने नेतालाई कारबाही गर भनेर आवाज उथौथ्यौ होला त? के हामी त्यो नेतालाई कारबाही गराउन, अनि झापड खाने सर्बसाधारण को लागि भनेर हामी website बनाएर कारबाही सहयोग को लागि रकम खोज्थ्यौ त? अहिले सम्म सर्बसाधारणले झापड खाएको धेरै देखियो, तर त्यो भएन! जानेर वा नजानेर हामीले दण्डहीनताको promote गरिरहेको छौ, होइन भने नेताले सर्बसाधारणलाइ झापड हने नि सर्बसाधारणले नेतालाई झापड हाने नि झापड हान्नेलाइ कारबाही को माग गर्न सक्नु पर्छ!
    ५) अब के गर्ने त? एउटा नेतालाई झापड हानेर हुदैन, दुइटा नेतालाइ हानेर नि हुदैन! हामीले नि एउटा संस्कृतिको बिकाश गर्नु पर्दछ, अनि राज्यलाइ नि ठिक ठाउमा ल्याउनको लागि नेताहरुलाई मात्र होइन, कर्मचारीलाई नि गोलि हान्नु पर्छ! झापदले सवक सिकेको भए किन गोलि? गोलीले के गर्छ? मान्छे सबै भन्दा बढी मृत्युसंग डराउदछ, त्यहिँ भएर गोलि हान्ने गर्यो भने बिस्तारै एउटा संस्कृति सिक्छ कि त? कर्मचारीनि काम लाग्ने होइन, मेरो गाउँमा एउटा शिक्षक थियो; तास, भोज र भतेर ले समयमा course सकेन अनि त्यसपछि coaching भन्दै हामी गरीबहरुको पैसा थुत्यो (मैले चाही तिरिन, पछी मेरो class mate हरुलाई सुनाउदै थियो रे!!)! अर्को एउटा सानो उदाहरण, एउटा दाइ (नाम नालिउ होला, गोलि हान्नु परे उसैबात नि त सुरु हुन सक्छ नि) गर्व संग भन्दै थियो कि त्यो पोखरेली ठिटो ले के म संग धाक लगाउछ, त्यसको पोखरामा मेरो जे नि चल्छ! कुरा के रे भन्दा पोखराको एउटा मान्छे लाइ मुद्दा पर्दा उसलाई जितौनको लागि उसको न्यायाधिस बुवाले एउटा फाइल अदालतबाट ठुतिदियो रे… यो sentiment के को अभिव्यक्ति हो? यस्ता सेन्टिमेन्ट हरुलाई एउटा नै गोलिले त काम गर्दैन, तर अलि अलि चाही खर्च गर्ने पर्छ!
    ६) आफु त दुख गरेर पढ्दै छु! नाताबाद र कृपाबाद ले गर्दा नै जागिर पाइन् भने चाही गोलि पिलाउदै बस्नु त होला नि??

  51. आफू प्रधानमन्त्रीको कुर्सीमा आसिन हुन नपाएको झोंक र माधवकुमार नेपालसँगको व्यक्तिगत इगोको लडाँइमा देश र जनतालाई छ महिनासम्म अनिर्णको बन्दी बनाउने को हो ? एमाले अध्यक्षमा गौरव गर्न नसकी माओवादीको सती जान रुचाउने झलनाथ.

Comments are closed.