खाए-पिएको बिल जनतालाई किन ?

नेतालाई खुवाउन परिकार तयार पार्दै र्‌याडिसन कर्मचारी।

आजकाल नेताहरु दलको कार्यालयमा भेटेरै कुरै गर्दैनन्। दलका कार्यालयहरु फगत पार्टीका अमुक विषय छलफल गर्ने र कार्यकर्ताले आत्महत्या गर्ने थलो मात्रै बनेजस्तो पो देखिँदैछ। कहिले रिसोर्ट, कहिले पाँचतारे होटलभन्दा तलको त कुरै छैन बा। आज माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति सुशील कोइरालाबीच ठमेलको होटल बैशालीमा ‘लञ्च वार्ता’ भएको छ। ‘प्रधानमन्त्री बन्न सघाउनोस्’, बैठकमा दाहालले भने रे। त्यस लगत्तै दिउसो २ बजेदेखि लाजिम्पाटको होटल र्‍याडिसनमा तीन दलको बैठक भयो। यो बैठक पहिला सिंहदरबारस्थित शान्ति मन्त्रालयमा गर्ने भनिएको थियो। मन्त्रालयमा खानाको प्रबन्ध हुन नसक्ने भएपछि नेताहरुले अचानक बैठकस्थल फेरेका थिए।

सोमबार नेताहरुले होटल र्‌याडिसनको यहीँ ठाउँमा वार्ता गरे।

स्रोतका अनुसार र्‍याडिसन होटलको चाँजोपाँजो गृहमन्त्री भीम रावलले गरेका हुन्। नेताका निजी सहायकहरुका अनुसार केही विशेष अवस्था बाहेक नेताले होटलमा खाएपिएको बिल सरकारले तिर्ने गरेको छ। कथित राजनीतिक सहमतिका नाउँमा अहिलेसम्म सयौं पटक तारे होटल र महँगा रिसोर्टहरुमा नेताले खानेपिउने गरेका छन्। यी सब खानपिनको बिल अहिलेसम्म कति पुग्यो होला ? सरकारको ढुकुटी मेरो कमाइको हिस्सा हो, तपाइँ सर्वसाधारण जनताको कमाइको हिस्सा हो। के प्रचण्ड, सुशील वा झलनाथलाई होटलमा लञ्च र डिनर गराउन तपाइँले कर तिर्नु भएको हो ?

46 Comments

  1. रगत उम्लेर आउँछ …. के गर्नु चोर हरु लै एकै ठाउं मा राखेर …..देवी प्रसाद ले के चड्कन नलगाउन त

  2. परमेश्वोरले हाम्रा नेताहरुलाई बेलैमा सद्बुद्धि देउँन सधैभरि पशुपतिनाथले हाम्रा नेताहरुको सधै कल्याण गरुन

  3. यो भ्रस्टाचार को एक नमुना हो| आखिर कोइरालालाई O .K भन्न लगाउन पर्य त हो| अलि अलि फ्रैद राइस ख्याए पछि काम बनि हाल्ला भनेर लञ्च दिया होला| मन्त्रि बनाउने सुरुवात नै भ्रस्टाचार भएपछि, मन्त्रि बने पछि के आशा गर्न सकिन्छ र| खाने पनि उही द्यांग , ख्वाउने पनि उही द्यांग को मुला हो, जनता चाहि यिनी हरु को बिल बेहोर्ने मालिक हो|

  4. २०४६ अगाडी मकै भटमास पनि पेट भरि खान नपाउनेहरु …. तारे होटलमा खान के को पछी पर्थे र …………..थुइक्क लाज सरम पचेको चोर हरु हो , खानु अगाडी नेपाली जनतालाई सम्झ , हुम्ला जुम्ला लै सम्झ …..देशलाई सम्झ …..हुन त के सम्झंथेउ सम्झने भाको भए देश अहिले यो अवस्था मा पुग्ने नै थिएन ……….हुनत खप्परमा त लिएर आको रैछा नि मकै भटमास पेटभरी औकात नभाको हरु तारे होटेल मा खोइ के खोइ के ………..

  5. यो प्रवृति सोरै आना गलत हो यस्ता प्रब्रिती को भण्डाफोर गरौ ! सरकारी कामकाजका निर्णय सरकारी कार्यालयमा सरकारी समयानुसार गर्नु पर्छा !
    कामकाजको नाउमा मुख फेर्ने दाउ हो ! जनताले तिरेको करमा मोनोमानी गर्ने दाउ हो ! जधौ!

  6. यी नेताहरुले लन्च र दीनर खाएका होइनन गुहु खाएका हुन् ।

  7. लेखक ज्यू कलम चलाउन नछादनुस है यी बेसर्मी भातुवाहरुको बारेमा ! समयले कोल्टे फेरी सकेको छ,जनता हरु सचेत हुदै छौ

  8. ए छादिड़े भाई खानदेउ, मुलाहरुको खानेदीन सकिनलागेको छ के .

  9. लेखले कति चिन्ता लिएको नेता र राजाहरुले पुरै देस खाए अब बिल को के चिन्ता

  10. लाज त लुगा लगाएकाहरुलाई पो लाग्छ त।नाङ्गै भैसकेका नेता भनाउदा यि चोरहरुलाई त के को लाज, के को शरम, के को घिन।जति नै भनेपनि कुकुरले आछि खान छोड्छ र?

  11. बढेर बादर हरु लाई घाँस हाल्नु पर्ने,घिच्न नपाएका हरु ले घिचेरा कैले अघाउने भएनन् , संसद भवन र सम्भिधन सभा सून को अन्डा दिने थलो भयो यिनीहरु को लागि, जनता लाई जैले नि बलि को बोको बनाएका हुन्छन् यी रातामकै हरु ले.

  12. प्रचण्ड प्रधान मन्त्रि भए पछी मात्र राष्ट्र ले निकास पाउछ!!

    • त्यो त हुन सक्ला… तर देवी प्रसाद रेग्मी जीलाई यहाँ १०-१५ हजार दिएर पठाउनु पर्ने लाग्यो मलाई त.

    • हो हो प्रचण्ड प्रधान मन्त्रि भए पछी माओबादी हरु लै अझ गुन्डा गिरि गर्न राम्रो निकास पाउछ !!!!!!!!!

  13. यो चोर हरु तेसै चोर भाका छन् र न त लाज लाग्छ न त केहि यी नेता हरु ले केहि नै गर्न सक्दैनन् NEPAL KA नेता हरु दुखः गरेर खान अल्छी भएर त नेता गिरि गर्छन नि

  14. नेपालका नेताहरु चाहे नेपाली कांग्रेस हुन् या माओबादीका हुन् कोसैलई पनि देस र जनताको माया छैन / सबै व्यक्ति बादी र नाताबादी मात्र हुन् / यिनीहरु बाट देसको र जनताको बिकासको अस गर्नु बेकार छ /

  15. नेताहरुले सात तारेमा कहिले कहिँ मज्जाले खाए पनि , मज्जाले पाजिरो चढे पनि
    केहि अप्पति कुरो होइन , जनताले चाहिएको पुरा गरेर मात्र नत्र जनताको हात तन्किलानी , बाँकि झापट ६०० l

  16. सभ्य समाज मा हाम्रा जस्ता नेता हरुको बहिस्कार हुन्छ .आक्रोश गालि गलोज थप्पड भन्दा गतिलो हतियार हो जनता ले विश्वास गर्न नसकेका र गलत कार्य लाइ प्रोत्साहन गरि राखेका अनि उत्तरदायित्व बहन नगरेका नेता लाइ अहिले को समय मा कम से कम संबिधान न् बनुन्जेल सम्म गाउ टोल शहर र विदेश मा बहिस्कार को अभियान चलाउनु पर्छ .प्रत्यक नागरिक को पनि जिम्मेवारी हुन्छ देश को लागि के गर्ने यी ठिक भएनन भनेर विदेश बाट भाडा मा नेता ल्याउन मिलेन यिनी हरु ले हामी लाइ कजाए अब हामि यिनी हरु लाइ कजाउने काम गरौ होटेल का कर्मचारी ले नेता को सेवा बहिस्कार सार्बजनिक ठाउमा सम्पूर्ण नागरिक ले बहिस्कार बहिस्कार बहिस्कार गरौ त ?यी संबिधान भवन भन्दा बाहिर कहा जादा रहेछन ?

  17. मौका पाएपछि सबै उस्तै, जंगलमा चिउरा खाँदै हिंडेकाहरुले त अलि विचार पुराउनु पर्ने हो, जनताका अगाडि बाचा गरेका कुरालाई | व्यक्तिगत स्वार्थ त्यागेर समाजहितको लागि निस्केकाहरु भन्ने ठानेका थियौं तर होइन रहेछ भन्ने भान भएको छ|

  18. संबिधान बने रिण कटेर भएपनि 1 दिन पार्टि खाउला भन्ने मेरो पनि कत्रो धोको छ । संबिधान नबने नेताहरुलाई दिन दिनै पार्टिहुदो रहेछ । उफ ! मेरो पार्टी खाने धोक !

  19. अब थुक्ने पालो!

    म चै नेताको मुख मा थुक्न दाउ हेरेर बसेको छु; हेरौ काहिले जुर्छ यो साइत !

  20. सरकारले नेताको बिल तिर्न पर्यो नि त| बिचरा नेता ले जनताको झापड खाएर राजस्व संकलन भएको ढुकुटी|

  21. प्रचण्ड पनि अब सर्वहारा वर्ग का नेता रहेनन् . उनि पनि कांग्रेसी हरु जस्तै मोज मस्ती गर्ने ऐयासी नेता हुन पुगेका छन् . अब देशलाई येस्ता नेता चाहिएको छैन. भासन मा मात्र क्रान्तिकारी शब्द बोलेर हुनेवाला छैन.. प्रयोग मा ल्याउनु पर्छा . तेस्को निम्ति पहिले आफुले गरेर देखाउनु पर्छा …प्रचण्ड अब तिम्रो समय गैसक्यो तिमीले सन्यास लिए हुन्छ र बाबुराम लै नेतृत्व लै छोडी देउ…होइन भने तिमि स्वयं आफैले आफ्नो खाडल खानी रहेका छौ…तिम्रो बुद्दी मा घाम चिती लागोस जय नेपाल !!

  22. विसंगति को छिडी चड्दैछन् हाम्रा नेता हरु !

  23. नेपाल अब पुरानो नेपाल रहेन /नया नेपाल भैसक्यो /नेपाल अब गणतन्त्र,त्येसमा पनि देश विभाजन गर्ने संघीय गणतन्त्र भैसक्यो/नेताहरु घोक्रो सुक्ने गरि जनता जनता भनि चिच्याई राको सबैले सुनेकै छौ/आफुलाई मन परेन भने जनता सडकमा आउछन भन्छन ताकी जनता तिनीहरुका भरौटे हुन्/उनीहरुले जतिखेर चाहन्छन,उनीहरुलाई जहिले चाहिन्छ,जनता आइहाल्छन /ठिकै हो उनीहरुले सोच्नु पनि/अब नेपाली जनता टिउनिसियाका जनता बनेर सडकमा निस्कनु पर्छ /५ तारे होटलमा बसेर तिनका बाबुका सम्पत्ति जस्तै जनताले तिरेको करको पैसाले डिनर लन्च गर्ने र देशलाई संबिधान बिहिन,कानुन बिहिन,सरकार बिहिन बनाएर अन्योल खडा गर्ने लाइ लखेट्नु पर्छ /जनता किन रमिते बनेर बस्ने?जनतालाई एक छाक धौ छ/यी लाज नभएकाहरु दिनहु महंगा होटलमा बैठकको नाममा मोज?के येही हो गणतन्त्र ,नयानेपाल?

  24. पाच तारे होटेल मा बैठक गर्ने कुरा माओबादी नेता हरु बाटै बहिस्कार नगरी आफै झन् लागि परे पुरा नेपाली ले नै सोच्ने छन् माओबादी पनि अरु पार्टी भन्दा सुबिधा मुखी भै सक्यो भनि तेसैले बेली मा चेतना भया!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

  25. Of curse ….at list Let them enjoy they would have never even dream of dining in five star hotel …it’s their chance now ” tesko Bau ko katto khana” khau.. Khau Majale khau hai !!!

  26. त्यो त जसरि तिरे पनि आखिर सरकारकै त हो नि, सिधा तिर्यो भने सरकार को ढुकुटी, घुमाएर तिर्यो भने कि लुटेको कि भ्रस्टाचार को, आखिर दुवै हाम्रै पैसा त हो नि. सबै ले देख्ने गरि चौर मा जे गर्नु छ गरे भै हाल्यो नि कुत्रिया हरु.

  27. घरको दाल खान छोडेर बाहिर बिरयानी ,,,,,,होला फेरी हिन्दी movie मा जस्तै मस्ती मस्ती मस्ती ,,,

  28. अब रेग्मी जस्तो यक जाना कुक ले सबै नेता को खाना मा बिस हाल्नु पर्छ!

  29. “सबै लाइ हार्दिक आह्वान ”

    हाम्रो देश को बिडम्बना यहि हो; सर्वाहारा का नेता हरु अहिले पाच तारे होटेल मा महंगा टाई सुट र पजेरो मा सजिएर जाड र मासु खान जान्चन, हाम्रो पैसा ले, विदेश भ्रमण र हेलिकप्टर मा दृश्यावलोकन गर्छन ! मोटाएर बंगुर जस्ता भएका छन् ! हामि चै सुकेर काडा जस्ता भैसक्यौ !
    यस्तै भएर सहन नसकी हामि सम्पूर्ण जनताको तर्फ बाट अस्ति देवी प्रसाद रेग्मी जी ले झल्लु को गाला पड्काएर एउटा ऐतिहासिक काम गर्नु भयो; यो कुरा ले सबै नेता मा त्रास पैदा गरेको छ, कसको मन को कुरो कसलाई के थाहा, कसले कुन बेला गाला पड्काउन सक्छ र यो छेक बार लगाएर मानिस को हात बाध्न सकिने कुरो पनि हैन, तेसैले अब कसैको पनि गाला पड्किन सक्छ भनेर नेता हरु त्रस्त नै छन्; यो अति राम्रो काम भएको छ;

    हे नेपालि बन्धु, म सबै लाइ यौटा कुरा आह्वान गर्छु !!! अब अरु नेताको पनि गाला पड्काउदै जाउ, बिशेष गरि माला लगाउन मुण्टो निउर्यायेका बेला मा अझ सजिलो हुन्छ! चड्कन हान्न मन नलाग्ने ले मुख मा थुकदिये अझ झनै राम्रो! मुख मा थुक्न अझ सजिलो हुन्छ ! मुख मा हेरेर पिच्च पार्न एक निमेष पनि लाग्दैन! म चै त्यै सोची रहेको छु

  30. एदी राजनैतिक निकास निस्कन्छ , र देश ले चाडै नया सकार पहुदछ भने नेता हरु ले जुनसुकै रिसोर्ट , होटेल मा गएर बार्ता गरे पनि हुन्छा, हैनभने यो पैसा उनिहरुलाही नै तिर्न लगाउनु पर्दछ , जनातेले तिरेको करबाट एस गर्नाचाही पहिन्न/

    हिजो बेल्जियम मा १०सौ हजार मानिस सडक मा शान्ति पूर्ण तबरले उत्रिएर , र्नेता हरुलाही कुरी कुरी भन्दै राष्ट्रिय लज्जा दिबस मनाउदै , चाडो राजनैतिक सहमति गरेर सरकार निर्माण गर्न दबाब दिए अह हामीहरुले पनि तेही गर्ने बेला आएको छ, ३ पार्टी क सिर्सा नेता लाही एउटा होटेल मा थुनेर सहमति नगरी कन निस्कन पहुदैनौ बह्न्ने , बाहिर बाट जनताले धर्ना दिने, अनि मात्र बंछा जस्तो छ सरकार र संबिधान /

    • देश ले सरकार पायो भने हामीलाई के हुन्छ मित्र? अहिले सम्मका सरकारले के चाहिँ लछारपाटो लाए? जबसम्म हामीहरु देशमा भ्रस्टाचार नियन्त्रण गर्न सक्दैनौं, जबसम्म विधिको सासन र कानुन सबैलाई समान रुपले लागु हुने अवस्था सिर्जना गर्न सक्दैनौं, कुनै पनि बेवास्थाको कुनै पनि सरकारले केहि पनि ख्यांसदैन| एती दुइटा कुरा हुने हो भने देश अगाडी बढ्न केहि समय पनि लाग्दैन, फरक केहि बर्षमै देखिन्छ| हेर्नुस मित्र, यी अहिलेका चोरहरुले राजनीतिक सहमति गरेर सहमतिको सरकार बनाएपनि, बहुमतको सरकार बनाएपनि, समयमै संबिधान बनाएपनि हामीलाई केहि हुदैन| परिवर्तन सोचाइमा चाहिएको छ|

  31. घिच – घिच डकार आउन्जेल घिच !!!! हजमोला घिच्दै घिच !!! आखिर घिच्ने त हो नि काम हुने होइन !!!

  32. खान त जे खाए नी केहि छैन…..हाम्रो,तिनकै लादि …इत्यादी ……….
    तर खाए अनुसार को उपलब्धि भए कति राम्रो हुन्थ्यो!

  33. नेपाली जनता को रगत मा नुहौना पल्केका नेता हरु ले भुलेका छन् कि जनता लै पनि नेता का रगत मा नुहौना आउछ भनेर.

  34. न रिसाउनुस न महोदय त्यसरी, नेता भनेको जनताको नोकर हुन्, अब नोकरसंग पैसा कहाबाट होस् र तिरोस, हामी मालिकहरुलाई सुखशान्ति होस् भनेर अहोरात्र खटिराख्या छन् बिचराहरु अलिकति त् कदर गरिदिनुहोस न भन्या… हो मोराहरु अलि आफ्नु हैसियत भन्दा बढीनै खर्च गर्न थालेका छन् ५ तारे बाहेक गफ्गारने ठाउँनै भेट्याउदैनन् यस्तै क्रम धेरै चल्यो भने मालिकहरु मगन्ते हुन्छन भन्ने हेक्कै राख्दैनन् … जय नेपाल.

  35. बाहिर बिदेस बात सहयोग को रुप मा आए कै छ खाओ खायो मझाले खाओ जनता को धन नेता को रजाई जेष्ठ १४ मा चै पक्का भएन भनि उही माइला
    दाइको रजाइ हुन्छ अनि जति खाए का छौ त्यो सबै ओकाल्नु पर्ल्ला है अनि माइला दाई ले नागार्जुन मा कोचेर बिताए जस्तै तिमि हरु को पालो नआउला भन्न सकिन्न है बेलैमा चेतना भ
    AYAAAAAAAAAAAAAAAA

  36. लाज नभएका कु-बुद्धि भएका नेताहरुलाई जे भने पनि पचाउने रैच्च बा कहिले कहीं त् यिनीहरुलाई ब्लग हेर्न लगाउन पर्यो कति सम्म भन्छन जनताहरुले भनेर यिनीहरुले लन्च दिनर होइन सारा नेपालि जनताहरुको आची खाएको हो

  37. जनताले तिनी हरुलाई सभासद को भत्ता दिएको छ. तेही भत्ता को काम मात्र गरेर देखाए भैहलो नी, तिनीहरुले अरुहोटेल मा गरेको खर्च राज्य कोष बाट तिर्न नपाउने व्यवस्था मिलाउनु पर्यो. नत्र भने थप्पड आन्दोलन अझ चर्को रुपमा अघिबडाउनु पर्ने हुन्छ.

  38. यी जुका रुपी नेताहरुको कहिले अवसान हुने हो था भएन/एउटा बुढो बाघ लाई लखटेर ब्वासो र स्यालको झुण्डहरु को अखडा पो बन्यो त नेपाल/ यिनीहरु ले नेपाली हरु को एकथोपा रगत छाहुन्जेल पनि चुसी रहने भए/ यीनि हरु विरुद्ध आर्को आन्दोलन को अति आबस्यक महसुस भै र छ /

  39. घरमा बुढीले खाना नदेपछी के गरुन त बिचारहरु, फेरी भुसिया कुकुरहरु लाज लागेको तपैले देख्नु भाको छ र ?

    • रमेश जी को comment मा चार ओटा रातो लाउने माकुने, प्रचण्ड, सुशील र झलनाथ हुन्.

Comments are closed.