झलनाथ झापडको मोल एक हजार, रेग्मी रिहा

छुटे देवीप्रसाद रेग्मी
एमाले अध्यक्ष झलनाथ खनाललाई झापड हाने बापत देवीप्रसाद रेग्मीले एक हजार रुपैयाँ तिर्नु परेको छ। सुनसरी प्रमुख जिल्ला अधिकारीले तोकेको एक हजार रुपैयाँ धरौटीमा राखी रेग्मी केहीबेर अघि रिहा भएका छन्। उनलाई प्रशासनलाई एक महिने तारिकमा छाडेको हो। सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियलाले रेग्मीले आवेशमा आएर झापड हानेकोमा दुःख व्यक्त गरेपछि छाडिएको हो। उनले धरौटीस्वरुप इनरुवास्थित जिल्ला प्रशासनमा एक हजार रुपैयाँ बुझाएका छन्।

पार्टी कामको सिलसिलमा बिहीबार इटहरी पुग्दा रेग्मीले एमाले अध्यक्ष खनाललाई झापड हानेका थिए। झापडलाग्दा खनालको चश्मा उछिट्टिएर केही पर पुगेको थियो।


पार्टी अध्यक्षलाई झापड हानेपछि रन्थनिएको इटहरी एमालेले रेग्मीलाई कडा कारवाही माग गर्दै चक्काजाम समेत गरेको थियो। रेग्मी सुनसरी भरौलका सामान्य किसान हुन्। अरुको जग्गा कमाएर जीविको चलाउने उनको एक कठ्ठा जग्गामा बनेको घर बाहेक केही छैन। देशको बेहाल हुनमा झलनाथलाई दोषी ठान्दै आवेशमा गाला चड्काइदिएको उनले बताएका थिए।

सम्बन्धित लिङ्क
हो, मैले झलनाथलाई झापड हानेँ: देवीप्रसाद रेग्मी
रेग्मीविरुद्ध उत्रियो एमाले, १५ दिन थुन्न सीडीओको आदेश
झापडले रन्थनियो इटहरी एमाले
झलनाथहरुलाई चेतना भया

51 Comments

  1. धिक्कार झलनाथ जी तिम्रो जीवनलाइ ! प्रसंसा पाउनु पर्ने आगुवा भएर झापड पायौ ! ठिकै हो तटस्थताको मूल्य १०० हुनु पर्ने १००० पायौ सायद तिमि हरुले बढाएको मूल्यब्रिध्धि को मुनाफा तिमीले मात्र पायौ ! त्यो पनि एकलौटी ! म प्रशाशन लाइ अनुरोधगर्छु त्यो पैसा झलनाथ कै खातामा राखियोस् त्योपनि निकाल्न नमिल्ने गरि !

  2. नेपाल को प्रत्यक गाउमा देबिप्रसाद जस्ता सुरा मान्छेको खाचो आज हाम्रो देश ले
    खोजिरहेको छ ! वास्तममा त्यो १००० रुपैया धरै महगो भयो नेपालीको लागि फटाहालाई निशुल्क १\२ झापड हान्न पाउनु पर्छ ! सुल्क तोकियो ! अब ईज्जत नभएका हाम्रा नेता गाला थाप्दै हिड्न बेर्छेंन ! मलाइ पनि हान ८०० सय मात्र देउ भन्दै !दिनमा ५० झापड हनाए भने कम्चालिगो नि हैन ?

  3. झापडको १००० भए लातको १५०० होला। जीब्रो काटेको कतिहो? नेपालका धेरै नेताको जीब्रो काट्नुपर्ने भएको छ। नेतालाई कुटे,काटे वापत जरीवाना तिर्नको लागी आजैबाट ओभरटाइम काम गर्न सुरु गर्नुपर्यो।

  4. कति सस्तो … धन्यबाद प्रभु मा जब नेपाल आउछु एक हजार dollar spend गर्ने सोच मा छु है नेता जी हो

  5. हा हा हा हा…!!
    त्यत्रो ठुलो नेताको गालामा हानेको १ झापडको मूल्य १ हजार मात्र…. सस्तै रैछ…..!!!
    त्यसो भए मलाई पनि यी २२सि २४सि कति हो कुन्नी (२-४ ओटा दल भएपो याद हुन्थ्यो) का ठुल-ठुला नेताहरूलाई ५-१० झापड हान्नु पर्याथ्यो… कति पर्ला….?? अलि discount गरेर पाए हान्न हुन्थ्यो…!!

  6. छ्या कति सस्तो रहेछा नेपाली नेता को गाला त.. बरु रुबेल ज्वाई को नै महँगो थियो कमसेकम १० हजार त थियो एस्तो सस्ता नेता को गाला मा के पड्काउनु है साथी हो ?? कमसे कम यसबाट आफ्नो औकात थाह पाए हुन्थ्यो नि नेपाली नेता हरु ले है ?

  7. हा हा हा हा…!!
    त्यत्रो ठुलो नेताको गालामा हानेको १ झापडको मूल्य १ हजार मात्र…. सस्तै रैछ…..!!!
    त्यसो भए मलाइ पनि प्रचण्डको टाउकोमा १० जुत्ता हान्न मन लागेको छ मैले कति तिर्नु पर्छ होला…??? म पहिलै पैसा तिर्छुं अनि हान्छुं ..|

  8. फेरी अरु नेता भनौदाहरु लाई चड्कन हान्न न परोस ! येही चाला हो भने थपडमात्र होइन लातनै हान्नु पर्छ !

  9. बिचरा रिग्मीलाई पकै जल्लुको दलालहरुले दम्की दीयोरा माफी मागी हाले .. यो दु ख को कुरो हो /यस्तो त जान यो कुकुर नेता अनी तीनीहरुको ब्रौटे हरु को जान सास बढ्ने बायो ,,,कोही यस्तो पार्टी होस् न जसले प्रती नेता जपाट दीने टीक्खा गरोस , हामी सबै देस प्रेमी मिलेर , चन्दा जम्मा गरुन ,,,

  10. Jhalanath
    जस्ता अन्य १०-१५ जना(मुख्य दलहरु का) नेता हरुलाई सार्बजनिक ठाउँ मा बेज्जत गरियो भने अरु सबैमा चेतना आउथ्यो कि?

  11. रु.१०००/- मा झाप्पड हान्न पाए त मा पनी आठ, दस जना लाई चै हान्थे.

  12. बधाई छ रेग्मी जी लाई
    धिक्कार छ गद्दार नेताहरुलाई

  13. रेग्मी जी लाई सकुसल रिहा गरेको मा सुनसरी को CDO तथा इटहरी प्रहरी प्रसाशन लाई धन्यवाद…..

  14. यदि म झलनाथ को ठाउमा थिय त यसो भन्थे ! मलाई चिर निन्द्रा बाट बिउझायै दियको मा हार्दिक धन्यबाद भन्दै सलाम ठोक्थे सर्ब प्रथम त ! यो चड्कन ले मलाई अन्नाय, आत्ताचार, र बिकृति को बिरुद्धमा लड्ने चोटिलो खुराक मिल्यो. अनि यसै गरि तपाई हरु जनता ले बेला बेला मा खबरदारी गर्दै गर्नुस! कथम कदाचित मा बाट राम्रो काम भैहालेको खण्डमा ताली बजायर स्वागत पनि गर्नुस भन्थे !

    के गर्नु झाल्लुरामहरुको मतिमा यतो सतबुद्दी पलायापछी गर्नु पने कुरा हुदैन नगर्नु पर्ने कुरा हुन्छा ! कि कसो त !

  15. छ सय एक जनालाई थप्पड हान्ने कोहि महानु भाबुहरु हुनुहुन्छ भने ६०१००० रुपैयाले पुरस्कृत गर्ने छु! देशलाई अनिर्णयको बन्दि बनाउने, राजनैतिक अस्थिरताको लागि चलखेल गर्ने, नेपाल आमाको अस्मिता माथि बलात्कार गर्ने , करोडौ को भास्त्ताचार हुदा कानमा तेल हालेर माखो नमर्ने यो हुत्तिहारा सरकार चै देस दोह्रि नहुने अनि कसरि भय साहसी देवी प्रसाद रेग्मी चै देस द्रोही ? सोचौ साथी हो सोचौ. यी मुर्ख हुडार हरुको जमात बाट सचेत होउ अनि बहिस्कार गरौ ! जय नेपाल ! जय साथीहरु !

    • यी विचार एकदमै संधर्बिक छन् एसमा मेरो सहमत छ

      • आ-आफ्नो व्यक्तिगत स्वार्थलाई राष्ट्रिय स्वार्थ भन्दा माथि राखी निर्णय गर्ने नेताहरुले अब फेरी दोहोर्र्याएर गर्न खोज्यो भने झलनाथको झापड आफ्नो गालामा महसूस गरी निर्णय माथि एक पटक पुनर्विचार गर्नुहोला.

  16. कठैबरी !!!!!!!! झलनाथ
    झलनाथको शिर गिरे जस्तो बिज्ञप्तिले नी देखाउछ |
    सार्बजनिक माफी मग्न लगाऊ अनि माफी दिन्छु ?
    भुत्राको माफी ………..झापड हानी ..भन्ने कुरा जति भनि ..सके पछि
    आफ्ना आसे पसे लाई टायर बाल्न लगाई ,केहि गर्दा निन्द्रा नलागे पछी
    यो कठैबरी !!!!!!! जुक्ति
    तर मैले देखेको तितो येठेर्थ
    नेता बिगार्ने उसका आसेपासे नि हुन् |
    ज्वलन्त उदहारण पारस जस्तो गुण्ड (अज्जा म त पशु भन्छु )का राजनीतिक आसेपासे अगिल्लो मैना देख्नु भो होइन ????????
    अब २ -४ जना आसे पसेलाई च्वां पर्नु |

    यो घटनाले राजनीतिक रुपमा माओबादीलाई फाइदा देखिन्छ |
    अब एमालेको सिर ढल्यो , कांग्रेसको पत्ता साफ गर्न सुजाता आयाकी छ |
    सेरेले न सकको काम सुजाताले गर्छे | दरवाररिय हरुको केहि पितम छैन |
    अब प्रचंडेको बुद्दी पलायो र बाबु रामलाई अगी बडाए, माओबादी अगी देख्छु मत |
    तर आसेपासे कै कुरा गर्दा माओका आसेपासे त झन् के भन्छन ???
    “यो नाफाको जिन्दकी” रे

  17. देबी प्रसाद रेग्मी को फोटो प्रतेक नेपालि को घरको कोठा मा राखिनु पर्छ ताकी कुनै पनि नेता जनता प्रति गद्दार बन्न नसकोस र सधै जनता प्रति सचेत बनि रहोस \
    म आग्रह र अठोट गर्दछु कि उनको फोटो निकाल्नुस र जनतामा बेच्नुस म त्यस फोटो लाइ $१०० मा किन्ने छु \ उनको आदर पनि हुने उनलाई आर्थिक सहयोग पनि हुने \ कृपया यसलाई अभियान को रुपमा लैजाउ जनशक्ति के हो ? जनता कति असन्तुस्ट छन् भन्ने कुरा पनि दर्शिने नया आन्दोलन को शुरुवात पनि हुने \ ठिक बाटोमा अहिले का नेतालाई हिडाउने यो एक सहि विकल्प बन्ने हो कि ?

  18. अब मालिकको नून खाएको नून को gun natirne कुकुर लाई झापड हानेकोमा पनि जनता ले जरिवाना तिर्नु पर्ने भयो बा – कस्तो अचम्भ.

  19. एक झापड को एक हजार भए १०० झापड मेरो पनि बुक गर्दिनु होला…

  20. कुन कुन नेताहरुको गालामा झापड को मोल कति होला ?

  21. सी .डि.यो .पिट्ने आफ्नै मन्त्रि मण्डल कि राज्य मन्त्रि करिमा बेगम लाइ केहि गर्न नसक्ने निकम्बा प्रधान मन्त्रि को समू ; झलनाथजी को थपड को १००० एक हजार तोक्नु हुने सुनसरीका प्र.जी .अ को शाहसिक कदम प्रति मेरो धन्यबाद | किनकि यो प्रक्रिया बाट सार्बजनिक सभा समारोहमा अपराध गर्ने गराउने परिपाटी ले निरुत्षा पुग्ला भने आशा गर्न सकिन्छ | देबी रेग्मीले कसै को बकाओत मा नपरी थपड हानेका भयत ठिक हो तर उनको बयानमा झलनाथजी लाइ मात्र देश बर्बाद पर्नेमा अगुवा देखि अरुलाई दोषी नदेखेका हुँदा चर्चामा आउन मात्र पो थपड मरेका हुन् जस्तो देखिन्छ | |

  22. बिचरा देवी प्रसाद ब्राम्हणलाई सिडीओले फसाइकन छोड्यो र मैले गल्ती गरेँ भन्न लाइकन छोड्यो । देवी प्रसादको आत्माले के भन्छ कुन्नी । भनाइ र गराइमा फरक भयो ब्राम्हण बुढा । नझुकी निस्केको भए हुन्थ्यो । पहिला ठूला कुरा गर्ने अनि पछि मैले गल्ती गरेँ भन्न हुन्थेन । जे होस त्यहाँ भित्र डर र त्रास देखाएर झुठ्ठा कुरा बकाइएको हुन सक्छ । ठूलो कुरा यो हो कि उनको आत्माले जे भनेर झापड हानेको थियो त्यो आत्माको बोली बिलकुल सही थियो । उनको आत्माको बोली नै हामी सबै नेपालकीको साझा बोली हो यसमा दुइमत छैन । अरुपनि देवी प्रसादहरुले अरु बाँकी केपी ओली रामशरण महत सुजाता कोइराला र माओवादी भित्रका खाओवादीहरुका गाला पनि रन्काउन ।

  23. ” मुखमा राम राम , बोगाली मा छुरा ” भयकाहरु नेता हुन्! देवीजी र उहाको परिवार माथि कुनै पनि समयमा आक्रमण गर्न सक्छन तेसको जिम्मेवारी झलेले लिनु पर्छ

  24. I wonder if any mad dogs will appear against Mr Ragmy sir ….. Who has helped Rest of us Nepalese to open our eyes !!! We should share some responsibility for his security even to pay the fine he paid.

  25. देस र बिदेसमा रहेका सम्पूर्ण शान्ति प्रेमी, देसभक्त जनता र यो मुद्धालाई सहि ढंगबाट जनता सामु पुराउने सच्चा पत्रकारहरुले सिर्जना गरेको जन- दबाब कारणले झलनाथ ( झलनाथहरु ) झुकेका हुन् ! जनताको उर्लदो जनदबाबलाई थेग्न नसकिने अवस्था आय पछी माफीको नाटक रचेका हुन् !
    यदि सही नेता थिय भने तेसै दिन किन आफ्ना भरौटेले हात हाल्दा देवी जीलाई अंगालो मारेर माफी दिन र माफी मग्न सकेनन ? यदि तेसो गरेको भय तेस बेलाको झलेको राजनैतिक उचाई धेरै नै माथि पुग्ने थियो र सबै जनता र बिस्वको हिरो हुने समय थियो !
    ” मुखमा राम राम , बोगाली मा छुरा ” भयका नेता हुन् देवीजी र उहाको परिवार माथि कुनै पनि समयमा आक्रमण गर्न सक्छन तेसको जिम्मेवारी झलेले लिनु पर्छ! यदि देसको जनताको जिम्मा लिन नसक्नेले राजनैतिक नेत्रुतोमा बस्नु उचित होइन ! साथै तपाई हामी जनसमुदाय र पत्रकार साथी हरु पनि हर बखत चनाखो हुने समय आयको छ !

  26. चाहे राज सस्था होस् अनि नेपाल को राजनीति पार्टी एनी हरु को हैसियेत एती हो अझ साएद रेग्मी बुवा को हात दुर्गन्धित भयो होला एनी हरु को त मर्यादा भनेको जुता बराबर जस्तो लाग्छ येस्मा तपाई हरु लाई कस्तो लाग्छ हरेक बिकसित मुलुक मा राजनीति बाट सफल भयेको छ भने तर नेपाल मा राजनीति भनेको घर बिकाश र आफ्नो बाहेक अरु सोचादैना कुनै दल को अबसरबादी नेता हरु ले तर ठिक बिपरित छ बिदेशी मुलुक मा देश अनि जनता को लागि राजनीति गर्छन उफ कहिले देश अघि बढ्ला होला हाम्रो नेपाल प्यारो नेपाल

  27. लाज पचेका हरु अझै पनि राम्रो काम गरेउ भन्नि लाग्दो हो है/ झलनाथ को थप्पड बाट पाठ सिक्नु त कहाँ छ कहाँ माफी माग्न लगायौ भनेर मक्ख पर्दै जो भात मार चोर हो/ अनि यी पार्टी का कार्यकर्ता के भएका हुन् कुन्नि नराम्रो कुरा त नराम्रो भन्नु पर्यो नि/ नेता ले जे गरे पनि support गर्ने पर्छ त ? हुन त त्यो नगरी पछि जागिर पाइदैन त्येही भएर होला नि बिचरा

  28. धेरै गजबको घटनाहरु सुन्न पाइदो रहेछ बाची बसी रहे | जे भय पनि Mr झल नाथ जी लाइ धन्यवाद |

  29. यी सब नक्कली कुरा हो/देबीजीलाई कुनै पछुतो छैन,बरु गौरब छ,तेस्त झारे नेतालाई सबक दिलाएकोमा/जनता खुसि मात्र होइन देबी प्रति श्रद्धाले झुकेका छन्,देबिले ठिक गरे भनिरहेका छन्/

  30. हेर्नुस mysansar का पाठकहरु हामी सबैलाई नेपालको राजनीति त थाहै छ तेसैले रेग्मी जी हामी सबै देश विदेशमा बस्ने सच्चा देशभक्त नेपालीका प्रतिनिधी हुन् तसर्थ हामीले वहाको सुरछ्याको पनि ख्याल गर्नु हाम्रो दायीत्वो हो

  31. बधाई छ झल्लु त्यो निरिही बुढो लाई १००० जेल को भाडा लिएछौ ! तिमि असल एमालेहरु को नेता भएको भए सायद त्यो झापड को १००० रुपिया मोल सिडिओ मार्फत तोक्ने थिएनौ होला तर तिमि पनि ओली कै संगति त हौ l अब तिमि मा र ओली थापा यादव र कांग्रेसी नेताहरुमा भिन्नता नै के रहयो र? त्यो बुढो ले आबेश मा आएर एक झापड हान्दा तेत्रो रिस उठ्छ भने २ करोड नेपाली को तिमीहरुले जीवन बर्बाद पार्दा केहि नहुने , महान लेनिनबादी महान मार्क्सवादी ????? भो अब जनतालाई मुर्ख बनाउन छोड ,

  32. अझै पनि हाम्रा नपुंसक नेताहरु सही बाटोमा नलागे, तिनीहरुको पनि गाला चद्कौना कम्मर कसे हुन्छा नेपाली दाजुभाई हो ! अचेल त्यो जब एक हजार त कुखुराको भाले बेचेर भए पनि तिर्न सकिन्छा !!!

  33. He (Devi pd Regmi) actually is a brave guy …. great salute from my side. Most of Nepalese politician are in this catagory, so lets put our 5 fingures on their cheeks . 🙂

  34. ल बधाई छ हामी सबैलाई …..अनि उनको सुरक्षाकोनी बेबस्था भए अझ राम्रो राम्रो हुन्थ्यो,झोलेहरुको त भर हुन् है ,(झोले भन्नाले कुनैपनि पार्टी को नेतालाई पुज्ने अन्धभक्तहरु )

  35. तपाई साचिकै नेपाल देसले गर्ब गर्न लायक एक चेतनशील नागरिक हुनुहुन्छ रेग्मी ज्यु | सारा नेपाली जनहरु तपाइको पक्षमा छन् रेग्मी ज्यु | २/४ जना भिजलान्ते भाडाका गुन्डा, एमालेका अरौटे भरौटे हरुको धम्कि देखि कति पनि बिचलित नहुनु होला | सलाम छ तपाइलाई एक चेतनशील नागरिकको भूमिका खरो रुपमा निभाउनु भएकोमा |

  36. रेग्मी जी
    तपैन्को एक झापदले पुरा नेताहरुको मगज नै गोलमाल भएको छ तपैन्ले जे गर्नु भयो ठिक गर्नु भयो तर रेग्मी जी अब देश को सुरक्ष्या व्यवस्थाले त तपैन्लाई सुरक्ष्या दिने त कुरै भएन यी एमाले का भरौटे हरु संग सतर्क रहनु होला|
    तपैन्लाई सलाम छ मेरो
    जे गणेश
    राकेश

  37. सबै नेपाली नेतालाई चेतना भया , देवीप्रसाद थप्पड !!!!!!!!!

  38. प्रशासनले धम्की दिएर ”मेरो गल्ति हो” भन्ने पारेर धरौटीमा छाडेको भन्ने कुरा त जो कोही सामान्य नागरिक ले पनि बुज्न सक्छ /

  39. अंकल निस्किनु भएछ राम्रो भएछ!! देबी अंकल को आबेस को झड्काले सिङ्गो देस हल्लिएको छ र नेताहरुको पनि चेत खुलेको छ !! नेताहरुको भाषा अनि बोल्ने सैली पनि परिबर्तन भएको छ जस्तो मलाई लागेको छ हिजो आज !! धन्येबाद हजुरलाई खेति किसानी गर्ने गाउले हरु पनि सहरिया गुलामी हरु भन्दा स्वाभिमानी हुन्छन भन्ने प्रमाणित गरिदिनु भएको मा हजुरलाई कोटी कोटी नमस्कार !!

  40. ल नेपाली दाजुभाई दिदीबहिनीहरु हामी पनि झलनाथ जस्ता नाइके नेताहरुलाई झाप्पद हानौ १००० रुपिया तिरौ. अब हाम्रो पालो हो.

  41. रेग्मी जी तपाइले नेपाली युवालाई एउटा उदाहरड प्रस्तुत गर्नु भयो धेरै – धेरै धन्यवाद !!!!!

  42. रेग्मी जी स्खलित हुनु भयो… झापड हानेको मा आत्माआलोचना गर्नु भन्दा सजाए नै भोग्न तयार हुनु पर्थ्यो…

    • तेहा दुख पाउने रेग्मी दाई अझै रहेको भा तपाइले मिलाउनु हुन्थियो उसको घरबेभर अलि कति b ४ गरेर बोल्नुना हो

      • त्यस्तो हैन नि साथी…. जे गर्नु गरिहाले रेग्मी सोल्टी ले….अब घर परिवार ले सुख पाउने din gaye unko….. त्यत्रो सहस निकालेपछि माफ माग्नु हुदैन थ्यो…..

  43. बिचार रेग्मी ले ३ करोड नेपाली को मन बुजेर हानेको झापड ले उनलाई १००० रुपिया र जेल को चिसो खानुं पर्यो सकिन्छ भने अब उनीलाई हामि सबै जनता मिलेर पैसा उठाई अरु एक-दुइ कट्ठा जग्गा किनी दिनु पर्यो, कसरी हुन्छ उनलाई सान्त्वना दिनु पर्यो ,म तयार छु कसो साथी हो ? राम्रो काम गर्ने लाई पुरस्कृत गर्नु हाम्रो पनि कर्तब्य होइन र ?

Comments are closed.