एक्कासी बुद्धि बिग्रिएर देवीप्रसादले गोबर चुटे

उही कुमार लामा, १२ माघ २०६७

पूर्वी नेपालमा गोरूका अनेक नाउँमध्ये एउटा साँखे पनि हुन्छ। पूर्वी नेपालकै इलाम जिल्लामा साँखेजुङ् भन्ने गाउँ छ। झोलानाथ सोही गाउँका बासिन्दा हुन्। त्यसैले झोलानाथको साँखे गोरूसँग साइनो छ। उनलाई झापड हान्ने देवीप्रसाद रेग्मीले आफूले आजसम्म कुनै गोरूलाईसमेत नचुटेको तर झोलानाथलाई भने दनक दिएको रहस्य खोलेपछि झोलानाथको गोरूसँगको साइनो अझ गाढा भएको छ।

गोरूसमेत नचुट्ने देवीप्रसाद रेग्मीले झोलानाथलाई दन्काएको भनेपछि झोलानाथको स्थान गोरूभन्दा तल रहेको छ भन्ने बुझिन्छ। गोरूभन्दा तल के हुन्छ? गोबर हुन्छ। अंग्रेजहरू रिसाए भने बूलशीट अथवा गोरूको गुहू याने गोबर भन्छन्। साँखे गोरूको पनि गोबर नै झर्छ। यसरी केलाउँदै लाँदा देवीप्रसाद रेग्मीले गोरूभन्दा तलकोलाई चुटेको भन्ने भनाइको अर्थ गोबरलाई चुटेको भन्ने बुझिन्छ। त्यसो भए के अब क. झोलानाथ खनाललाई ग. (गोबर) झोलानाथ खनाल भन्ने त?



झोलानाथको झोलासँगको साइनो पनि त्यतिकै प्रगाढ छ। झापाको “फौजदारी” क्रान्तिपछि एउटा झोला भिरेर “लुकिहिँडेको” बेला झोलानाथले झोलाबाट पिस्तोल फुत्त झिकी तत्कालीन नेकपा मालेको महासचिब पद सीपी मैनालीबाट खोसेका थिए। २०४६ को जनआन्दोलनपछि कृषि मन्त्री भई झोलाका झोला कालो नगद कुम्ल्याए यी झोलानाथले। अनि २०४७ सालमा सांसद भएपछि “विदेश गएर फरार” हुनेहरूसँग एक झोला नगद लिएर आफ्नो “पासपोर्ट हराएका” थिए। २०५६ सालमा तत्कालीन गृहसचिब श्रीकान्त रेग्मीको अध्यक्षतामा गठित “कूटनीतिक राहदानी दुरुपयोग छानवीन आयोग”ले लेखेको झोलानाथको कुण्डलीमा यस्तै व्यहोरा उल्लेख छ। साँखेजुङ्बाट एउटा झोला भिरेर नेपाल खाल्डो छिरेका झोलानाथको काठमाडौंमा ठडिएको महल सबैले देखे पनि झोलानाथको कालो झोलामा आज कति नगद छ भन्ने हिसाब पाउन चाहिँ शायद मुलुकमा अर्को क्रान्ति नै हुनुपर्छ। आजको नेपालमा त देशको प्रशासन, कानून, गुण्डा र लठैत सबै झोलानाथहरूको झोलामा गुट्मिटिएका छन्।

सभ्य समाजमा कानूनी राज्य हुन्छ, तर ग. झोलानाथहरूको गोबर समाजमा मुक्काको राज्य हुन्छ। शाही परिवार सिंगै भटट पारिए पनि कानून चूपचाप छ। “अभियुक्तको दायाँ वा वायाँ कुन जुत्तामा चरेश थियो भन्ने स्पष्ट नभएकोले” तस्कर (अपराधी) लाई छाड्न हुकुम दिने न्यायाधिश चरेशानन्द झारपातहरू उपराष्ट्रपति पदले शुसोभित हुन्छन्। बाजेको पालामा शुरु भएको जग्गाको मुद्दा नाति जन्मिंदासमेत फैसला नगर्ने अदालत पैसा र पदले शक्तिशाली भ्रष्ट नेताहरूका लागि भने स्नानगृह भएको छ। त्यस्तो गोबर समाजमा कानून होइन, मुक्काको महिमा नगाई सुःख छ त? त्यसैले त ग. झोलानाथलाई थप्पड हान्ने देवीप्रसाद रेग्मी रातारात नायक भएका छन्। देश-विदेशबाट निजका नाउँमा पुरष्कारहरू घोषणा भएका छन्। गरिब मजदूर र किसानको नाम भजाएर पदमा पुगेपछि भुजा ज्यूनार गरी महलमा सुकला गरेर पजेरोमा सवारी हुने एउटा ठगलाई देवीप्रसाद रेग्मीले इँटको जवाफ दुंगाले दिएवापत दिइएको इनाम र स्वावासी हो यो।

तर यसैबीच देवीप्रसाद रेग्मीले सार्वजनिकरुपमा माफी मागेर छुटेको खबरले उनको नायकीय छवी अचानक धमिलिएको छ। देवीप्रसाद रेग्मी भन्छन्- मैले माफी मागेकै छैन। उता संचार माध्यममा देवीप्रसाद रेग्मीको हस्ताक्षरयुक्त विज्ञप्ती आएको छ। “छुटने बेलामा प्रहरीले चारवटा कागजमा हस्तक्षर गराए” भन्छन् देवीप्रसाद रेग्मी। तर विवरण नपढी हस्ताक्षर गर्ने मुर्खता उनले गरे भनेर इति संबत २०६७ सालमा शायदैले पत्याउलान्! देवीप्रसाद रेग्मीले तत्काल सत्यता अगाडि ल्याएनन् भने उनको नायकत्व ग. झोलानाथसँगै मलखाडिमा पुरिने छ।

गोबर चुटाइपछि कुटिने र कुटाइ खाने दुबैले सार्वजनिक गरेका प्रेसविज्ञप्तिका शब्द र भाषा पनि गजबका छन्! “एक्कासी मेरो बुद्धि बिग्री विवेक शून्य भई आवेशमा आई हात उठाउने जस्तो अपराधपूर्ण कार्य गर्न पुगेँ,” देवीप्रसाद रेग्मीको माफिनामापत्रमा भनिएको छ। माफिनामापत्र पक्कै पनि जंगबहादुरको ठिंग्रो-मुंग्रो शासनकालमा लेखिएको होइन। न त नेपाल प्रहरीले नै त्यस्तो भाषा र शब्द प्रयोग गर्छ भनेर पत्याउन सकिन्छ। लाग्छ, ती शब्दहरू कलमले होइन, २०२८ सालमा झापामा चलाइएका खुकुरीले कोरकार पारेका हुन्। अथवा पढ्न नसकेर “बुर्जुवा शिक्षा बहिष्कार” गर्ने खालि टाउकाहरूको भाँति हो यो। अथवा जालझेलका उस्ताद काजु कान्छाका इटहरी क्षेत्रका लठैतहरूको लवज हो त्यो।

माफिनामापत्रको जवाफमा थप्पड खाने झोलानाथले भने देउताको थानमा भाकल गर्ने ढंगले “देवीप्रसाद रेग्मीको बुद्धि सप्रियोस्” भनेर “कामना” गरेका छन्। देवीप्रसाद रेग्मी पनि प्रहरी खोरबाट छुटिसकेका छन्। देशमा कानूनी शासन भएको भए झोलानाथ त के उनको जय भोलानाथले हुकुम दिएको भए पनि प्रहरी स्वयं साक्षी भएको मुद्दामा परेका देवीप्रसाद रेग्मी कानूनको फन्दाबाट छुट्ने थिएनन्। तर सिंगो मुलुक गोबरमय राजनीतिको मदानीले घोलेर कानून र अपराध एकै ठाउमा घोल, घोलक, घुलित भइसकेको गोबर समाजमा के हुनुपर्छ र के हुनुहुँदैन भन्ने सवालै अप्रसांगिक हुन्छ।

उही कुमार लामा: [email protected]

56 Comments

  1. बिष्णु खरेल जेई इफ तपाई संग थोरै sense बाकी छ भन्या झलनाथ जस्ता politician हरु लै प्रसंसा गर्न छोड्नुस र देवीप्रसाद जस्ता सच्चा नेपाली लै inspire गर्न सिक्नुस .hope u will correct u r comment

  2. किसनजी तपाइले कुनै नेताको जुठो खानेगर्नु भयको होला तेसैले अरुलाई पनि तेस्तै नजरले हेर्ने गर्नु हुदो रहेछ , वास्तबमा छातीमा हात राखेर भन्नुस्, नेता झलनाथ खनाल जो कुर्चीकोलागि कम् र देशकोलागी बढी लडेको नेता हुन् कि होइनन ? जसले आफ्नो पक्ष्यमा लगभग दुइ तिहाई बहुमत पुग्दापुग्दै पनि सर्ब-सम्मत सहमति हुन नसकेको कारण ले गर्दा प्रधान मन्त्रि को दौड बाट हात झिके / तेशैले बोल्दा र लेख्दा अलिकति विचार गरेर मात्रै लेख्ने र बोल्ने गर्नुहोला /

  3. घोल, घोलक, घुलित भइसकेको हाम्रो नेपाल….मलाई मन परेको…

  4. अब देवी प्रसादजी हरु को झापड खाने पालो प्रचण्ड , सुजाता हरुको / आशा छ उही कुमार जी ले त्यस बखत पनि तेस्तै लेख लेख्नु हुनेछ /

  5. सटिक विश्लेषण | मलाई चाहिं मन पर्यो | तर यो कुरा केवल झलनाथमा मात्र लागु हुने होइन, यी सबै नेताका पगरी गुथेका गुण्डाहरुमा लागु हुन्छ | फरक यति मात्र हो कि अहिलेको यो नाटकमा मात्र झलनाथ एउटा पात्रको रुपमा उभिएका छन् | यी सबै गनाउने गोबरहरुलाई रक्षानमा नफ्यांके सम्म देश उन्नतिको बाटोमा जान सक्दैन |

  6. कुमार लामाको यो ब्याग्त्मक लेखन-शैली मलाई मन पर्यो|

  7. यो त अत्तिभयो मेरो संसारले आफ्नो सिमा नै नाघेको अनुभब भयो , अत्ति भयो पछिल्ला दश दिनबाट मात्रै एकतर्फी झलनाथ बिरोधि समाचार मात्रै प्रकाशित गरिरहेको छ ( काम पाइनस बुहारी पाडाको …कन्याई ) , एदी येस्तैहो भने मेरो संसारको पटन पनि निशित्त छ / कि एस्लाई पनि माओबादीको साम, दाम , अथबा माओबादीको मुखपत्र को काम दिइयको छ ? मलाई थाह छ यो प्रत्रिकृया मेरो संसारले प्रकाशित गर्ने छैन , किनकि यो प्रत्रिक्रियाले माओबादी लाई कुनै फाइदा हुनेछैन अथवा यो एमाले / कांग्रेश लाई पतन बनाउने हिशाबले लेखियको छैन मात्रै एउटा स्वतन्त्र नागरिक को साझा विचार को प्रतिनिधितो गर्दछ /

    • बिष्णु जी को कुरा मलाई ठिक लागेनन कि तपाई पनि झोला नाथ
      को जुठो खानु भयको त छैन नि

  8. माइ संसार पनि अब त अत्ति हुन थाल्यो जस्तो पायो तेस्तो लेख अनि लेख्ने नजान्ने मान्छे हरुको लेख हेर्दा मलाई त अब वाक्क लग्न थाली सक्यो,तेसै भएर अब चै लेख हरु अलि नया अनि जस्तो को पाए तेस्तो मान्छे हरुको लेख पोस्ट नगर्न म अनुरोध गर्दछु…….

  9. झोलले गोबरनाथ लाइ डनक दिएकोमा स्याबास रेग्मीजी / कतापत्तिको गालामा च्द्काइदिनु भएको? अर्को पल्ट हाम्रो पाला आउदैछ याद राखनुपर्यो बरु २००० तिरुला र ६ दिन भित्र बसुला /

  10. अब गोबर भए भनेर चिंता लिनू पर्ने कुनै कारण छईन …. बरु शिक्षित बिरुवाहरुको जरामा बसी तिनिहरूलाइ राम्रो संग सन्देश सहित मौलिने मौका दिनु पर्छ .

  11. नेपालमा राजनीति गर्नेहरु पृथ्बीनारायण शाह देखि राजा, राणा, पन्चे, कांग्रेस, एमालेहरुका मन्त्री, नेता-कार्यकर्ताहरु हिजोसम्म चप्पल लाएर हिड्नेहरु आज सात पुस्तालाई पुग्ने गरि कमाएर बसी सकेका छन् / आजसम्म जनताले दश नंग्रा खियाएर कामगर्दा पनि हात मुख जोड्न धौ धौ छ /

  12. यो घटना प्रति मेरो लेना देना केहि नभए पनि चिन्ता भयो सस्कारको! कतै अर्का देवी प्रसाद हरु माधे र वोली लाइ च डका उन ढुकेर बसेका त छैनन्?

  13. बिस्वमा कुनै तेस्तो देशमा छैन कि school lavle मा राजनीतिक गरेको तर हाम्रै नेपालमा मात्र छन् कि एउटा ४ क्लास padne छात्रा छात्रले म यो पार्टी त त्यो पार्टी को भन्ने सुनिन्छ वा वाह हाम्रो नेत्ता हरुको बरदान धन्य छ नेत्ता जी हरु यो ३० बर्सको दौडान मा येत्ति चै प्रगति गरेकै हो? धन्य छ !!!!!1

  14. कुमार लामा जी तपाई को लेख मलाई र राते KAILA LAI MAN PARO. BANGYA HOS TA YESTO PO TA … WA.. KYA CH JI…..

  15. मैले पहिलाको एउटा लेखमा लेखेको थे कि नेपालको नेत्ता हरु चुनाब जित्नु भन्दा अगाडी काठमाडौँ को अनुहार नदेखेको गु हरुको घर हेर्नुस काठमाडौँ मा घर दुइ बिगाह दुइ रोपनी वितर पोखरी सहितको घर अनि कहाँ बट्टा आयो भनेर छानबिन गर्यो भने यो मेरो पुर्खौली सम्पति हो भनेर भंचन घन्टाको तेस्ले नेत्ता गिरि गर्नु भन्दा अगाडी काठमाडौँ को अनुहार नदेखेको तेस्को कुन चै पुर्खा थियो र पुर्खा को सम्पति भन्छ अखिरमा गोरुको गुहु नैत हो क को गोरुको हुनु गोरुको त अनि गैको त घरल मा चलाउनु मिल्छ कुकुर को नै गुहु को हुन् यिनीहरु हुनत हामीले जे जत्ति भनेनी कुन चैले सुन्ने होर कालो धनको बुजो कान मा कोच्यायेर हिने पछि ,,,,,,अब त्यो पाजी नेत्ता हरुको साखा सन्तानले दुख पौने कुरा एन यो देस नबनाए पनि किन कि हरेक नेत्ता को सन्तान इस्ट मित्र हरुलाई पुग्ने गरि जोहो गरि सक्यो अनि राम्रो राम्रो देसमा पठाई सक्यो तेसैले उनीहरुलाई साधारण जनताको लागि केहि गर्नु छैन जत्ति हुन्छ कुम्ल्याउने मात्र हो कसरि हुन्छ boudget निकाल्ने पो भन्ने मा मात्र ध्यान छ अनि कसरि हुन्छ हसुरना पाए हुन्छ धन्य छ कसरि लाज पचाउनु सकेको हुन् छि छि!!!!हैन हो अब के हामीले नया तरिका अपनाएर यो पुरानो नेत्ता हरुलाई सहभागी हुन नपाउने खालको गठाबंदा खालको पार्टी खोल्न मिल्दैन? जहाकी तेहा चै सबै आफ्नो देस को माया गर्ने अनि कसरि देस बनाउनु सकिन्छ भन्ने भावनाको युवा नेत्ता हरु होस् जहाँ उनीहरुलाई यो भ्रस्ट हरुको छाया नपरेको होस् !!!!

  16. भई हाल्यो नि , येही कुरा मा धेरै कुरा नगरौ | म देवी प्रसाद भएको भए , यो आफ्नो गल्ति पनि स्वुकारने थिए , आफु लाई सजाए देउ पनि भन्ने थिए किन कि ,कसैलाई गलामा हान्नु राम्रो पनि होइन | हो देवी प्रसाद को आतिएको मनस्थिति ले उसलाई यहाँ सम्म पुरायो | तर आत्मा ले कसैलाई हान्नु हुदैन भन्ने कुरा थाहा हुन्छ नि तेसैले झलनाथले माफ दियो त आफु ले त्यो कदमको स्वागत गर्नु पनि पर्चा |
    लेखक महोदय , झलनाथ को कदम को पनि स्वागत गरेर, उसको गल्ति पनि देखाएर, देवी प्रसाद को पनि विवसता र गल्ति को कुरा सबै चिज लै सन्तुलन गरेर लेखेको भए राम्रो हुने थियो | माफ दिने मान्छेलाई एती सारो गर्यो भने एस्तो नहोस कि भोलि माफ दिन खोज्दा पनि नदिने होस् | राम्रो कुरा गधाको पनि सुन्नु पर्छ | येस्सो सोच्नुस त तपाइलाई कसैले आएर झापड हानेको भए तपैले तेस्लाई माफ दिने सोच्नु हुन्थ्यो कि मर्ने सोच्नु | तेसैले चाहे झलनाथ गलत भए पनि माफ दिने उसको कदमको स्वागत गर्नु पर्छ | राजनीति हिसाबले नसोच्नुस मलाई , राम्रो समाज बनाउन राम्रो कुराको स्वागत गर्नु सिक्यो मात्रै आउने पिडि ले पनि सहि बाटो अपनाउने छ |

  17. कुमार जी, धन्यवाद .
    तपाइंको सटिक गोबर महात्म्य जुन झोले राजनीति गरेर गोब्रे मानसिकता बोकेका गोबर गणेस नेताहरुका लागी.

  18. कारक र कारण जे सुकै होस् तर ग.झोलानाथ 🙂 को झापड काण्ड ले के साबित गरेको छ भने नेपाली जनता हरु नेपाल भित्र अथवा चाहे विश्वको जुनसुकै कुना मा किन नहुन अहिलेको गोबरे राजनीति प्रति पूर्ण रुपमै बितृष्णा भएका छन् र कुनै नायक को अवतार होस् भन्ने चाहन्छन / नेपाली हरुको आत्मा मा देशभक्ति कुटी कुटी भरेको छ तर अगाडी बढेर गर्ने हेउ कसैको छैन / केहि गर्न सक्लान जस्ता विदेश पलायन छन् / नेपालमा बस्नु पनि कसरि ? नेपालको स्थिति एस्तो बनाइएको छ कि खर्च गरि गरि दिमाग तिखारेर फेरी नेपालमै बस्नु भनेको उन्नत जातको बिउ लगेर बालुवामा छर्नु जस्तो भएको छ / केहि गर्छु भनेर अगाडी आउने बाबुराम जस्ता को घाँटीमा गरालो बाधिन्छ / लिकुने र झोलानाथ जस्ता अल्छी गोरु लाइ दाइन्छ / अनि कसरि झर्छ धान….??

  19. भनेपछि देशै पूरा गोबरमय भएपछि म नाथे पनि गोबर गणेश नै भएँ नी कि क्या हो कुमारजी ? अलि स्पष्ट पारिदिनुपर्यो । सबै त गोबर गणेश भैसकेका छैनन् होला नी !

  20. ” देशमा कानूनी शासन भएको भए झोलानाथ त के उनको जय भोलानाथले हुकुम दिएको भए पनि प्रहरी स्वयं साक्षी भएको मुद्दामा परेका देवीप्रसाद रेग्मी कानूनको फन्दाबाट छुट्ने थिएनन्।”
    झापड हानेकोमा कति बर्ष जेल कैद हुनु पर्ने हो कुमार लामाजी? झापड हानेको सामान्य घटनामा धरौटी लिएर छोड्नु पर्ने नियम नै छ नि , यो त तथाकथित ‘ बिशिष्ट’ व्यक्ति परेको हुनाले र राजनैतिक दवाबले गर्दा मात्रै कुरा लम्बिएको हो , हैन र?
    जे होस्, तपाईका अन्य तर्क हरु चाही जायज सज्जन , रिसानी माफ पाउँ |

    • “जायज छन्” लेखेको जायज सज्जन भए छ, फेरी रिसानी माफ पाउँ |

    • Hari Prasad Lamichaane ju,
      ठीक भन्नु भो !!! देबी प्रसाद जीले रु १०००/- धरौटी आफ्नो गोजीबाट राखेर प्रहरी हिरासत बाट निक्लनु भाछ /अब उहाको नाममा बैंकमा खाता खोलेर पैसा उठाउने हरुले त्यो जम्मा भएको रकमबाट उहालाई पुरस्कार सरुप दिनेकी नदिने ? खालि प्रतिक्रिया मात्र हो ? हेरौ माई संसारमा नै उहाहरुले जम्मा भएको रकमको तथ्यांक र हस्तान्तरन भएको खबर सुन्न पाऊ /येसो भएमा कुमार लामाहरुको व्यंगको महत्व होला नत्र त् …….

      • निरौला जी , प्रतिक्रिया दिनु भएको मा खुशी लाग्यो , हाम्रो नेपाल जस्तो तेस्रो मुलुक हरु मा न चाहिदो देखासिखी गर्ने खुबै नराम्रो प्रवृति हुन्छ जस्तै , कुनै जमाना मा बोर्डिंग स्कुल खोल्ने, कैले म्यानपावर खोल्ने,एनजीओ खोल्ने, हाल साल को प्रकोप चाही बैंक खोल्ने रहेको छ |

        खास कुरा के भने, तेस्रो देश मा रचनात्मक काम न हुने तर अरु ले जे गर्छा तेही कपि गर्ने हुनाले, एदी देवी जी लाइ धेरै उचाल्ने हो भने देवी जस्ता अरु पनि धेरै निस्किन्छन र थप्पड हाना हान को खेल सुरु हुने छ | जुन कुरा कुनै पनि हिसाब ले समस्या को समाधान हैन |
        देवी बा जति हिट हुनु पर्ने थियो हुनु भो , अब उहा लाइ पनि आफ्नो दिन चर्या गर्न दिऔ र हामी पनि आ आफ्नो काम मा लागौ|

        साथी हरु ले फेरी हरि ले त यो झोले को समर्थन गर्यो भन्नु होला नि कहिँ ? त्यो चाइ हैन है |

  21. गोरु नचुटेका ले नेता चुट्दा एक्कासी सनसनी पूर्ण समाचारमा आइ सबैको सहानुभूति बटुलेका देबी जिको हस्ताक्षेरित विज्ञप्तिले सबैमा मर्माहत बनायो | जे होस् तत्काल उनको शाहसले अरु नेता कार्यकर्ता हरु प्रति अबस्य ठेस पुर्याउने संदेश दिएको मा कसैले नकार्न सक्दैन | तस्कर लाइ छोड्न हुकुमदीने न्यायाधिश चरेशानन्द झा लाइ उप राष्ट्रपति मा चुन्नेहरु सिडियो कुट्ने रा मन्त्रि करिमा बेगम सामू नतमस्तक भै झुक्ने प्र .मं,उप- प्र.मं हरु ,भ्रस्टचारी न्यायाधिश रण बहादुर बमब बारे महाभियोग लगाउन सन्दर्भमा दलहरु बीच विचार विमर्श भएकै आधारमा सिङ्गो न्यायालय तथा न्यायाधिश हरु लाइ भ्रस्टचारी र भ्रस्टाचर्को अखडा भनी कान्तिपुरमा चेतावनी दिंदा समेत उ उपर कुनै प्रतिक्रिया नआयको उधार्ण मनन गर्ने हो भने कुमारजिले सत्य तथ्य सहित व्यंग्यात्मक रुपमा प्रस्तुत गर्नु भएको “सिङ्गो मुलुक गोबर्मय राजनीतिको मदानीले घोलेर कानुन र अपराध एकै ठाउमा घोल ,घोलक ,घुलित भैसकेको गोबर समाजमा के हुनु पर्छ ,के हुनु पर्दैन भन्ने सबालै अप्रासंगिक छ ” भन्ने कुरा समय सान्दर्भिक देखिन्छ |

  22. कुमार जी ,
    सायद कहिले र के को रिस पोख्नु भयो थाहा भएन तर यो झापड झलनाथ को गालामा लागे पनि चोट भने आजका सबै पार्टीका मूल नेता जसले देश लाइ यो अबस्थामा पुराए ति सबै ले महसुस गर्नु पर्छ र यो झापड ति सबै नेता हरुलाई हो \ प्रणाली ठिक भए पनि नेतृत्वहरु ठिक नहुदा देश र जनताको कति बिजोक हुदो रहेछ भन्ने कुरा नेपाल हेरे पुग्छ \ देबी को हात ति सबै बेमान नेता प्रति उठेको कुरा लाइ किन एक झलनाथ लाइ मात्र हो भन्ने गरि जनतामा भ्रम पार्न र जनताको तिर अर्कै तिर मुड्न खोज्दै हुनु हुन्छ \ तपाइँ हरु जस्तै अन्धो र एकलब्य पत्रकार ,कार्यकर्ता ,समर्थक र जनता भएर नै आज नेता हरुले बेमानी गरि रहेछन \ अब यो नेता उ नेता असल खराब भन्ने दिन गए र नेतालाई देउता सरि पुज्ने दिन पनि गए \नेता हरु भनेका सधै भरि खबरदारी गरिरहनु पर्ने राजनैतिक भद्र,कानुनि डाका हरु हुन् यिन लाइ सधै जनताले चोर औला ठडाइराहनु पर्ने हुन्छ \ नेपालि जनताले नेता हरुलाई बढी बिस्वास ,माया ,सम्मान गरेको कारण पनि आजको स्थिति पैदा भएको हो \यो सत्य सबैले मनन गर्न जरुरि छ\ साना नेता ,कार्यकर्ता ,समर्थक र आम जनता ले ठुला नेता प्रति अति मान ,सम्मान र बिस्वास गर्ने बानि त्याग्नु पर्छ \ यो झापड आजका आम पार्टी र नेता प्रति हो प्रणाली प्रति होइन भन्ने कुरा जनमानस मा लग्नुस ताकी बेमान नेता ठिक ठाउमा आउछन कि ! कलम एकोहोरो नचलाउनुस हर नराम्रो पक्ष को भण्डाफोर गर्नुस यसले तपाइको हित नहोला तर देश र जनताको हित भने पक्कै हुनेछ \

  23. यो राजनीतिक अबस्था दिन दिन बिग्रदै गएको संकेत हो । तर पनि हामीले हाम्रो राष्ट्र बचाउने हो भने ? सकारात्मक सोच राख्नै पर्दछ । झलनाथले थप्पड खाँदा खुसि हुने साथीहरुले आफुले जीवनमा कति चोटी थप्पड् खाँए ? भनेर हिसाव गर्नु पर्दछ । अनि नेताले देश मिलाएनन भन्ने साथीहरुले आफुले आफ्नै परिवार मिलाएको छु कि छैन ? भनेर घोत्लिनु पर्दछ । नेताहरु त्यागी भएनन् भन्ने साथीहरुले ब्यक्तिगत स्वार्थका लागी के के गरेँ ? भनेर सोच्नु जरुरी छ । आज भोली यहाँ उपदेश दिने पण्डितहरु मात्र छन, काम गर्ने कोही छैन । कसैले गर्यो भने त्यसलाई नै बेकुफ बनाईन्छ । नेताले भनसुन गर्यो भनेर आरोप लागाउनेहरु आफ्नो स्वार्थका लागी नेताको घरमा पुगेर लम्पसार पर्दछन । अरुलाई घुस्याहा भन्नेहरु आफुले घुस विणा सिन्को भाच्दैनन् । अनि आफ्नो स्वर्थका लागी जतिपनि घुस खुवाउन तयार हुन्छन । मिडियामा यस्तो स्याल हुयाइ्याँ चलाईन्छ कि भारतीय दलाल बाहेका स्वाभिमानी नेपालीलाई नेपालमा बस्न निकै कठिन भैसकेको छ । नेपाल स्वाधिन र आत्मानिर्भर होस भन्ने सद्इच्छा राख्ने नेपालीहरुको तेजोबद्ध गरिन्छ । राष्ट्र हितमा एउटा अडान लिए बापत प्रचण्डको सरकार ढल्यो । अहिलेसम्म मिडिया मार्फत बदनाम गरिदैछ । भारतीय हस्तक्षेप कम हुनु पर्दछ भने बापत सेर बहादुर देउवालाई सभापतिमा हराईयो । राष्ट्रवादी सरकार बन्नु पर्दछ भन्दा झलनाथले थप्पड खाए । भारत दर्शनमा गईरहने र दलाली गर्न सक्ने नेताहरुको सबै मिडिया सधै प्रसम्शा मात्र गर्दछन । ८०/९० प्रतिशत जनतमत उनिहरुकै पक्षमा आउँछ । राष्ट्रवादीको पक्षमा २/४ प्रतिशत पनि आउँदैन के नेपालमा ५ देखि ७ प्रतिशत मात्र जनता राष्ट्रवादी छन त ? यो सब डिजाईनमा नभए के हो त ?

  24. राम्म्रो लेख,नेपालको हिरो देवी प्रसाद लाई संघ सस्था ले पुरुस्कार को बय्बस्था गर्न्नु पर्छ

  25. रामो कुराको बिकाश हाम्रो नेपाला नहुने भयो/झालेलाई छुटे नि गोरुलाई चुतेनी नेता भनौदा कन्सहरु ले देस खोक्रो बनिहाले हामीले पिरगरेर क गर्नु/अझै कहिले सम्म इ नेता भनौदा कन्सहरु को गुनगान गाउने हो कुन्नि हामी मुर्ख जनताहरुले

  26. कुमारजी आज्ञा गर्नु हुन्छ,
    हे नपाली जनता हो
    गोबर पुराण सुनी सके पछी
    जनबाबा देबी रेग्मीको तागत देखि सके पछी
    झोलाहरु अब नाथ रहेनन्
    जनताको साथ रहेनन्

    जनबाबा हरुको आदेश छ
    थप्पडहरु बर्साउदै जाऊ
    झोले नेता सबैलाइ तरसाउदै जाऊ
    तब मात्र मुलुक अगाडी दौडीन्छ
    नेपाल र नेपालीको भबिश्य आफै सप्रीन्छ

    जय देश ! जय जनता !!

  27. मलाई पनि सुजातालाइ भुत्लौन मन छ खोइ कैले साइत जुर्ला

  28. हरेक चिजको सिमा हुन्छ कुमार भाई !! अति गर्नु अतिचार नगर्नु भन्छन!! यो कुमार भाइले अलि बाडिने झलनाथको खेदो खनेको देख्दा तिम्रो पत्रकारिता को औकात पनि थाहा भयो !!

  29. झलनाथलाई आदर्श मान्ने एकाध चेलाहरुलाई तपाईंले भित्ता पुग्ने गरी वास्ताविकता खोलिदिनु भो/ झलनाथ पछि कृषि मन्त्री बनेकी शैलजा आचार्यले त “यस्तो भ्रष्ट मान्छे बसेको कुर्सीमा म बस्दिन” भनेर कुर्सी फेर्न लगाएको प्रसंग एकाध वर्ष अघि कान्तिपुरमा पढेको याद छ/ अहिलेको राजनीतिमा पनि झलनाथको “तटस्थता” रामचन्द्र वा प्रचण्डको समर्थन वा विरोधमा नभई आत्मकेन्द्रित थियो/ केहीलाई उनी एमालेभित्र “मदन भण्डारीपथ”का प्रतिनिधि भन्ने भ्रम पनि छ जबकी झलनाथ आफैले “जनताको बहुदलीय जनबाद” मदन भण्डारीको नभई आफ्नो पालामा प्रतिपादित भएको दावी गरेका थिए/

    आफूलाई मन परेको नेतालाई कुनै पनि हालतमा समर्थन गर्नेपर्ने “वाध्यता”बाट जबसम्म हामी शिक्षितहरु नै मुक्त हुँदैनौ तबसम्म यो गोबर समाज निर्माणको दोष नेताहरुलाई दिएर हामी उम्किन मिल्दैन/

  30. लेख पड्दा आनन्द लागो ,, अनि रमाइलो अनुभब पनि महसुब भयो . ,,,,,
    यो लेख पढे पछि त मलाई यो लागो कि देवी जी को झापडले झ लाई कुनै असर गर्ला जस्तो लागेन ,,,,,, किनकि कुकुर को पुच्छर १२ वर्ष दुन्ग्रोमा राखे पनि ढुङ्ग्रो बंगीयाला तर पुच्छर नासोजीय जस्तै ,,,,,

  31. हतेरिका, छोडीदिउ यी देवी बाजेलाई
    मेरो विचारमा उनि १ आम नेपालीहुन्, रिस को झोक मा झापड हाने झल्लुलाई
    अब आम मान्छेमा हुने गुण र कम्गोरी उनि मा पनि छन् ,
    मलाई लाग्दै न कि उनि कोहि बाट संचालित थिय, बरु आफ्ना छोराहरु
    बेरोजगार भयका यिनै बेकामे नेताहरुले हो जस्तो लग्यो होला,
    अनि पड्काईदिय गाला झल्लुका, अनि पछि माफ मग्न लगाय होलान
    माफ मागीदिय, उनि जस्ता साधारण मान्छेले सधै सक्ति साली हरु संग जोरी
    खोजेर पनि त बस्न सक्दैनन्
    बरु जे – जुन कारण ले भए पनि गाला पदका को मा धन्यबाद
    अनि उनलाई गाली गर्नको साटो, हिम्मत छ भने, अर्को नेतालाई, झापड हानेर पछि बरु माफ मजे हुन्छ

  32. घोल, घोलक, घुलित भइसकेको गोबर समाजमा, हा हा हा हा. धेरै राम्रो व्यंग्य .

  33. नेता भन्दा तल साधरण मान्छे,मान्छे भन्दा तल गोरु,गोरु भन्दा तल गोबर अनि गोबर भन्दा अझ तल के हुन्छ?गोबर खाने गोबरे किरा!जे होस अहिलेलाई कुमारजीले भने जस्तै गोबरको तुलनामा दाँज्नु ठिकै होला!नेताहरु अझ सुध्रिने मौका छ अझै पनि सुध्रिएनन भने गोबरे किरा भन्दा तल के हुन्छ त्यो पनि सोचौला!

    अब नेताहरुले गोबरबाट कसरी माथि उठ्ने,कसरी बिग्रेको छबि सुधार्ने,कसरी सम्बिधान लेखन र शान्तिप्रकृयालाई टुंगोमा पुर्याउने भन्ने बिषयमा गम्भिर भएर सोच्ने कि?

  34. थप्पड हाने कुरालाइ सस्कृति नै बनाउने गरि प्रचार त गर्न नहुने हो तैपनि एकचोटी सबक चै सिकाउने पर्ने थियो देबी प्रसादले चद्काए ठिकै गरे बाकि नेताको अलिकति चेत खुलेदेखि नेपाली र देबी प्रसादको काम आफैमा उत्कृस्ट ठहरिन्थ्यो

  35. हे अगत्स्य मुनिहरु हो कुमारजी ले आज्ञा गर्नु भएको गोबर महात्म्यमा उल्लेख भए अनुसार गोबरमय राजनीति गर्ने र गोबरले भरियको दिमाग भयका राजनीतिज्ञ हरु लाई chhitai nai dhoi पखाली नेपाल को राजनीतिक बातावरण स्वस्थ पार्नु आवस्यक भैसकेको छ तसर्थ हामी अन्य नेपालीहरुको हाट पनि देवी प्रसादको जस्तै गोबर लाई सोरेर फाल्न उठ्नु पर्यो नि त – कि कसो?

  36. कुमार जी, बड़ो सनसनी लेख लेख्नु भएछ, धन्यबाद | तर मैले नबुझेको एउटा कुरा नि, देबिजिले त, गोबर कुटेछन, तर तपैले त त्यों गोबर खाए जस्तो पो लाग्यो | महाशय, उनै झोलानाथ्जी प्रधानमन्त्री भएपछि चाकड़ी गर्नेको लाममा सबै भन्दा अगाडी तपाई नै हुनुहुन्थ्यो होला, तर दुर्भाग्यले तपैले त्यसो गर्ने मौका पाईसक्नु भाछैन | हो, एउटा पीड़ित को उत्पीडनले एउटा नेतामाथी रिस पोख्नु अस्वाभाबिक होइन जस्तो लाग्छ, तर तपाई कहिले देखि खनालजिको बा को पुरोहित हुनुभो कुन्नि, वहाको न्वारन के साच्चै तपैले नै गर्नु भाको हो ? बाहुनको पुरोहित लामा कहिले देखि ? कुनै प्रतीक्रिया ? तपाई राम्रो लेखहरु लेख्नु हुन्थ्यो, तर यस पाली त तपाईको सुद्दी कहाँ पुगेछ कुन्नि | मलाई त तपाई प्रति टीठ लाग्यो |

  37. देवीजीले ठीक गरे या गरेनन् दैवले जानुन् । तर जेष्ठ १४ मा सबै जनतालाई समेट्ने खालको संविधान बनाउन नसकेमा सबै नेताहरुलाई समाजबाट बहिष्कार गर्न सबै नेपालीहरु तयार हुनु पर्दछ । परेमा म व्योहरुँला ।

  38. खाने ले खाएर सिध्याई सके, लाज लागेको भए झुन्डिएको देखिनु पर्थ्यो | अझै नि कार्यक्रमहरु मा थप पाउने आशमा लेखा-जोखा गरेको देखि नै रहेको छौ | रह्यो कुरा देवी जी को भने म भन्न चाहन्छु, उहा ले त प्रधानता देखाएको छ सच्चा नागरिक हुन् उनि त | कुन श्रीमती र छोरा/छोरी ले चाहन्छ उसको पति / बाबु माथि आपति आएको | कहिले कुनै पशु माथि हात् नउठाएका उनि मानसिक यातना उठाए पछी एक छिन त उहालाई नि हक छ आफ्नो बारे मा सोच्न | र कुन उहालाई थाहा थियो र उहा रात राती नायक भएछन भन्ने | र कुन प्रहरी अधिकृत ले राम्रो सल्लाह दिएका होला थुना भित्र | गल्ति त हाम्रो भएछ जसरि एमाले ले बजार बन्द गराए आफ्नु नेता को इज्ज़त गएको देखेर त्यसरी नै हामि जनता ले देवी जी को पक्ष मा आवाज उठाउनु पर्थ्यो | गर्नु पर्थ्यो बन्द उहालाई निकाल्ने पक्षमा तर त्यति खेर नबोलेर अहिले आवाज उठाउने त पक्कै झोलानाथ को पक्षधर हुनु पर्छ | मा त फेरी नि भन्छु देवी जी great Job…

  39. कुमार जी, धन्यवाद .
    तपाइंको सटिक गोबर महात्म्य जुन झोले राजनीति गरेर गोब्रे मानसिकता बोकेका गोबर गणेस नेताहरुका लागी.

    • हाम्रो नेपाल यस्तै गोबर हरुले राजनीति गरेको थलो हो.यी गोबर हरु बाट हामीले केहि आशा गर्नु त मुर्खता मात्र हो. अब जनताले नै केहि गर्नु पर्छ यस्ता थप्पड त यिनीहरुको लागि दुध र भात नै हो.तै पनि मेरो थप्पड लेखेर नै यी नेताहरुलाई……………..
      १..नेपाली जनताले आफ्ना छोराहरुको ज्यान दिएर सत्तामा पठायको तर सत्तामा पुगेर ति लाशहरु को र नेपाली गरिब जनता हरुको बिश्वास संग बिश्वास घात गर्ने प्रचण्ड लाइ ……..१ थप्पड
      2..नेपाली को मन्त्रि पदमा बसेर इंडिया को काम गर्ने पापी बुडो गिरिजा कि कुपुत्री नाम लिन पनि लाज लाग्ने सुजाता लाई………१ थप्पड
      ३..नेपाल लाई जब जब खाँचो पर्छ,तब तब नेपाली आमा लाई धोका दिने नेपाल र नेपाली को लागि कलंक चोर मा कु ने लाई ……१ थप्पड
      ४…तराइका सोझा गरिब जनता लाई डर,धम्कि,,लोभ देखाई इंडिया को आडमा देशको सत्तामा पुग्ने,तर जुठो भाँडा पनि धुन नासुवाउने चोर,गुन्डा,गाडामा पानी पुरी बेच्दै हिड्न खुबी भयको उपेन्द्र यादब लाई …………१ थप्पड
      ५.देशमा धेरै बर्ष सत्तामा बसेर देश लुटेर,आफ्नो देश लाई गरिब बनाई इंडिया लाई धनि बनाउन सहयोग गर्ने अझ लाज नभएर सत्र पटक निर्वाचन गरेर भए पानी अझै नेपाली आमालाई अझै बलात्कार गर्न तम्सिने कुकुर,भास्त्रचारी,देश को सबै भन्दा ठुलो कलङ्क,रत्न पार्क मा गोलि हानेर मर्नु पर्ने खालको रामचन्द्र पौडेल लाई………. १ थप्पड
      यी नेताहरु र यिनका अन्धो भक्त सबैलाई १………….१ थप्पड मेरो तरफ बाट

    • रेग्मीले जनयुद्धकालमा भाइ बेपत्ता भएको र कान्छो छोराले नोकरी नपाएको झ्वाँकमा खनालमाथि खनिएको स्वीकार गरिसकेका छन्। कर्णालीमा एक जनाले पनि नोकरी नखाएका अनेकौं गाउँ छन्। रेग्मीका भने जेठा छोरा सशस्त्रमा जागिरे छन्। सुनसरीको भरौल मेहनत गर्दा किसानले खाली हात हुनुपर्ने स्थान पनि होइन। रेग्मी सनक अभाव वा राष्ट्रप्रतिको चिन्ताको उपज होइन। यो घृणाको प्रस्फुटन अपराधिक पनि छ। हात हाल्नुअघि रेग्मीले खनालको टीका लगाउन अघि बढाएको हात झट्कारेको देखिन्छ। रिसाहा र गुन्डा हुँदो हो त हात झट्कार्दै रेग्मीमाथि नै झापड लगाउँदो हो। खनाल भद्र हुनुको फाइदा सन्काहा रेग्मीले उठाएका छन्। रेग्मीले आफ्नो कुन्ठा र प्रतिशोधलाई आपराधिक शैलीमा प्रकट गर्ने क्रममा नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललाई उठाएका छन्। अहिलेको अवस्था भनेको ‘जोगी देखेर भैंसी डराउने र भैंसी देखेर जोगी डराउने’ जस्तै देखिएको छ।

      • राम चन्द्र ज्ञवालि जी
        हजुरले दिनु भएको सटिक जवाफले … अब देबी प्रसाद जीलाई बधाई दिने र उचाल्नेहरुले उहालाई खेत जोत्न बाट छुटकारा दिलाउने तिर लाग्ने हुन् कि तेही काममा पठाउने हुन् , कुन्नि ? उहाको लागि सहयोग गरेका राम्रा खबर सुन्न केहि समय त् कुर्न्नै पर्ला ? हाम्रो गाउ घरमा ,समाजमा त् पहिला काधमा चडाई दिने अनि पछि बन्चरो ले खुट्टा काट्ने चलन छ / हेरौ …देवी प्रसाद जी माथि एस्तो अन्याय नहोस/ उहाले मच्चिने पहिला र पछी थच्चीने काम नहोस/ मैले त् एस्तो सस्कारको लागि प्रसय दिएमा समाजमा बिकृति आउछ भनेर भन्दै आएको छु/ जे होस् नेता हरुको बुद्धि सप्रोस र देबी प्रसादलाई काधमा चडाउनेहरुले पनि एक पटक सोचून /बस …

  40. कुमार लामा जी का कुराहरु एकदम सटिक छ . झोलानाथको जन्म कुण्डली खोलिदिएर हामीलाई ठुलो गुण लगाउनु भयो.
    देवी प्रसादले खाली पन्ना मा सहि गरे गरेनन भन्ने कुरा त उनको हस्ताक्ष्यरले नै खुलाई रहेको छ नि. किन भने जो व्यक्ति कानी कुथी आफ्नो हस्ताक्ष्यर गर्नेले पढ्न सक्छ भनेर आजको दिनमा हामी ले पनि पत्युना गारो पर्छ तर जे होस् उनले चद्कौना चदकाइ हाले त्यो हाम्रो लागि ठुलो कुरा हो.
    उनलाई हामीले राष्ट्रिय नायक नै मान्नु पर्छ उनि नेपाली हरु का गुरु नै हुन् . अदम्य सहस बोकेका ब्येक्ति लाई कसले कस्तो धाक धम्कि दिए? त्यो सोचौ .
    अब देवी प्रसाद जस्ता हजारौ देवी चाहिएको छ नेपाल मा. सत्य युग मा देवी माताले अशुर हरु को बिनाश गरेजस्तै आब देवी प्रसाद जस्ता मान्छे हरु ले अशुर रुपी नेता हरु लाई सबक सिकाउने छन्. सबक ले पनि पुगेन भने चड्कन जिन्दाबाद.
    अब देवी प्रसाद लाई सहयोग गर्ने कुरा गरौ. उनको हिम्मत अदम्य सहस लाई मध्यनजर गर्दै आर्थिक रुप ले उनलाई सघाउ.
    देवी प्रसाद को जय होस् …..नेपाली को जय होस् ….

  41. लामा जी लेखा सारै रोचक र सत्य तथ्यमा आधारित छ/ हो तपाईले भनेको कुरा १६ आना नै ठिक छ/ अहिले सिंगो मुलुक गोबरमय राजनीतिको मदानीले घोलेर कानून र अपराध एकै ठाउमा घोल, घोलक, घुलित भइसकेको छ/ यिनै गोबर झोलानाथ हरुको रजाई चल्छ/ सोझा जनताहरु सानोतिनो सरकारी काम गराउन हप्तौ कार्यालय धाउनु पर्ने हुन्छ भने गोबर झोलानाथ हरुको काम फोन को भरमा हुन्छ/ यो सब हुनुको पछाडी हामी जनता हरुको नै गल्ति छ भनेर हामीले बिर्सिनु हुँदैन/ गोबर झोलानाथ हरुलाई हामीहरुले नै उत्पादन गरेका हौँ/ यस्ता गोबर नेता हरुले देश बिगारेको कुरा थाहा पाएर पनि हामीहरु यिनै गोबरहरुलाई चुनाव जिताएर फेरी तेही गोबर राज गर्न पठाउन्छौ/ के नेपाली जनता हरु अनपढ नै हुन् त ?

  42. देवीप्रसादले झोलानाथको कालो झोलाहरूमध्ये एउटा झोला कुम्ल्याउन सफल भए, अहिलेलाई यत्ति हो भन्न सकिने अवस्था; हो-होइन उनै देवीका भरमा छोडौं कुमारजी । त्यतिञ्जेल देवीप्रसाद ‘हिरो’ भए कि ‘जिरो’ भन्ने कुरामा अब विवाद नगर्नु नै बुद्धिमानी नहोला । यो घटनाको कारण र कारक जे वा जोसुकै भएपनि यसप्रति संसारभरिबाट आएका नेपालीहरूको प्रतिक्रिया केही भद्दा-असभ्य खालका बावजूद राष्ट्र र राष्ट्रियताप्रति यसले एउटा राम्रो सन्देश दिएकोचाहिँ पक्कै हो ।

  43. ब्यंग्यात्मक  शैलीमा तर एकदम बस्तुपरक यथार्थ मा आधारित कुमारको यस्तै लेखहरु भविष्यमा पनि अपेक्ष्या  गर्दछु l

  44. तर सिंगो मुलुक गोबरमय राजनीतिको मदानीले घोलेर कानून र अपराध एकै ठाउमा घोल, घोलक, घुलित भइसकेको गोबर समाजमा के हुनुपर्छ र के हुनुहुँदैन भन्ने सवालै अप्रसांगिक हुन्छ।

Comments are closed.