नेपाल आइपुगे भारतीय दूत बेणु गोपाल ऐयर

हाम्रा राष्ट्रपति रामवरण यादव १० दिने भ्रमणका लागि आज भारततिर लागेकै बेला एक भारतीय दूत नेपाल आइपुगेका छन्। आउनुस्, यी भारतीय दूत के-के गर्दै, के-के बोल्दै छन् ? विस्तृत रिपोर्ट-

‘नेपाल दुई ढुङ्गा बीचको तरुल हैन, दुई तरुल बीचको ढुंगा हो । छिमेकका ‘तरुल’हरु कहाँबाट कहाँ पुगिसके, ‘ढुङ्गा’ जहाँको तहीँ छ । भारतले सिमाना मिचेको नठान्नोस्- यो त तरुल बढेर ढुङ्गालाई थिचेको हो । आन्तरिक मामलामा चिनलाई कसैले डाकेको हैन, ‘तरुल’का जराले ढुङ्गा वरिपरिको जमिन हराभरा भएको हो । याद राख्नोस्- यदी कसैले नेपाललाई दुई ढुङ्गाबिचको ‘तरुल’ ठान्छ भने उसले श्रृष्टिको ‘रुल’ बुझेको छैन । श्रृष्टीको ‘रुल’ हो- तरुल बढ्छ, तन्किन्छ – ढुङ्गा पलाउँदैन, टुसाउँदैन ।’

उपरोक्त विचार नेपाली जनताका लागि भारतीय जनताका विशेष दुत ‘श्री चिन्न स्वामी हुत्त स्वामी बेणु गोपाल ऐयर’को हो । दुवै देशका राजनीतिज्ञले नेपाल-भारत सम्बन्ध सुमधुर बनाउन नसकेको भन्दै जनस्तरबाट सम्बन्ध सुधारका लागि नेपालका विभिन्न ठाउँमा आफ्नो सन्देश दिंदै हिडेका श्री ऐयर दक्षिण भारतको तामिलनाडु निवासी मद्रासी नागरिक हुन् ।



धनगढीमा आयोजित कार्यक्रममा उनले भने-‘नेपाल दुईवटा तरुलबीचको ढुङ्गा भएतापनि यदी बुद्धी पुर्‍याउने हो भने यही ढुङ्गाबाट सुन निकाल्न सकिन्छ । त्यही सुनले सुनसान देशलाई गुणगान गाउने हैसियतमा पुर्‍याई दिनसक्छ । तर यो नेपालीबीचको एकताबाट मात्र संभव छ । ‘एकता’ले ढुङ्गाबाट सुन निकाल्न सक्छ- ‘अनेकता’ले सुनलाई पनि घुन बनाई दिन सक्छ ।’

हिन्दी भाषा जान्दै नजान्ने करोडौं भारतीय जनताका प्रतिनिधिपात्र श्री ऐयर सार्वजनिक कार्यक्रममा अंग्रेजी बोल्दैनन्, नेपाली बुझ्दैनन्- तेलगु, कन्नड, मलायल र तामिल भाषामा मन्तब्य दिने गर्दछन् । दोभाषेको माध्यामबाट आफ्ना कुरा राख्ने श्री ऐयर आफ्नै देशका नेताहरुलाई पनि बाँकी राख्दैनन् । बुटवलमा आयोजित कार्यक्रममा बोल्दै बिशेष दुत श्री ऐयरले नेपाली जनताको भावना समेटिएको एउटा प्रभावकारी कविता पनि सुनाएका थिए, जुन भारतीय दुतावासप्रति लक्षित थियो-

‘तिमी आफैं सुधार तिम्रा यु.पी.- बिहार,
नेपालको मामलामा दागा नधर ।
दुताबासबाट आउँछ, ज्यानको धम्की हाम्रालाई
फिर्ता लैजाउ धम्क्याउनेलाई, पठाउ राम्रालाई ।’

मद्रासी भेषभुषा, लवज र भावनामा प्रस्तुत हुने श्री ऐयर दुबई मा सम्पन्न एनआरएनको सम्मेलनमा पनि आमन्त्रित वक्ताको रुपमा उपस्थित भएका थिए । संसारभरीबाट उपस्थित गैर आवासीय नेपालीहरुलाई सम्बोधन गर्दै विशेष दुत श्री ऐयरले भने-

‘भाषणले भर्ने भए भरियाको पेट
भाषण खान्थें, भाषण लाउथें भाषणकै खेत
असारमा नारा जोत्थें, मंसिरमा बाली
आश्वासनको खाजा खान्थें, खाना खान्थें ताली ।’

सम्बोधन सकिएपछि हलमा हलमा रहेका केही तमिल प्राबिधिक तथा वेटरहरु श्री ऐयरछेउ आएर ‘बाणाक्कम्’ भने । जवाफमा ऐयरले पनि ‘बाणाक्कम्’ भने । त्यसपछि एकजना तमिल वेटरले हाँडीमा मकै पडि्कएझैं पटटटटट गरे, जवाफमा ऐयरले टिनको बट्टामा ढुङ्गा हल्लाएझैं गड्याङ् र गुडुङ् भने । श्री ऐयरको लवज तामिलसँग मिलेपनि शब्दमा तामिल भाषा ‘गोलमाल’ थियो । त्यसैले एक तामिल प्राविधिकले सोधे-‘यो कहाँको तमिलभाषा हो -‘ जवाफमा श्री ऐयरले जुँगा निकाल्दै भनें-‘सरी फ्रेन्ड, आइ एम कमेडियन ‘मनोज गजुरेल’ फ्रम नेपाल एण्ड आइ डिड क्यारिकेचर अफ तामिल पिपुल वीथ पोजिटिभ म्यासेज ।’ ऐयरको जवाफ सुनेपछि ति तमिल नागरिकले अट्टहास गर्दै बुढी औंलो ठड्याएर भने- ‘वाणाक्कम् ।’ रिपोर्टः माइ नोज गजु र्‍याल/तस्बिर:खेम पौडेल, दुबई

30 Comments

  1. अह …..होइन हो Facebook मा article मात्रै लेखने हो कि ? हिर्दय देखिने गाउँको माया छ होउ ? साँचैनै माया छ भने ? जिर्नो दार अबस्थामा पुगेको ….त्यो हाम्रो घर र गाउँ ……खै खासै ले कातइ ठोश कदम चालेको सुनेको देखिएको छैन त ? सबै लाइ उस्तै माया र ममता छ भने एसको सम्रछ्यान गर्नु पर्छा जस्तो देखिन्छा…..नब अबाको ५/१० बर्स पछी हाम्रा घर र गाउँ एउटा पाखो मा परिबर्तन हुँदैन भन्दा दुइ-मत नहोला ? अनि आफु जस्तै विदेश बसेर ( गाउँ ) सम्रछायण गर्छु भन्दा त कसैले नापत्यौला ! तर अजा कति गाउँलेहरु……पोखरा बसे पनि गाउँ नफर्कने …..पोखरा नि तिनलाई अमेरिका नै बसे जस्तो भएको छ !

  2. लेखक लै मननै पर्छ धेरै राम्रो र संधार्बिक लाग्यो बस्ताब मै हामीले पहिले नबुझेर भनेका हौ पहिले नेपाल २ …………ढुंगा हल्लाए सर्छ नत्र जहाँ को त्येहीनै बस्छ l न बढ्छ न तन्किन्छ बरु फुट्छ तेस्तै भएको छ अहिले thanks लेखक जी

  3. कति पाठकहरुले त पुरै लेख नै नपढी कमेन्ट पठाउनु भयको छ / कृपया आर्टिकल को कमेन्ट गर्दा कमसेकम आर्टिकल त पुरा पढ़िदिनोस / आर्टिकल को प्रिजेन्टेसन राम्रो छ /

  4. यो लेखको प्रस्तुतिकरण सारै नै मन पर्यो , अन्तिमसम्म आइपुग्दा पनि मैले संचिनै बेनुगोपाल भन्ने सोचिरहेको थिए . मनोज गजुरेलजीको सो प्रहसनको केहि दृश्य हेर्न सकिन्छकी सालोक्य जी .

  5. भारत बात नेपालमा को आए को आएनन भन्ने कुरालाई किन यति महत्वो दिईयो?

    यक पछी अनेकौं भारतियेहरु नेपाल आउंदै गरेको छ तर आई किन भन्दा उनीहरुको आफ्नै फाईदाको निमित आए/ आफ्नो प्रभुत्वो नेपालमा राखी राख्न आए/ भारतले सहयोग दिए भन्छन तर सहयोग को बदलामा मा नेपाल बात कति असुले यो कुरामा हामीले ध्यान दिनु पर्ने थियो/ जाबो भारतिय बिदेस सचिब जस्तो व्यक्ति आउँदा नेपालका नेताहरुले मानौ कि सयुक्त रास्ट्र सघको महा सचिब नै आएको जस्तो गरिन्छ; किन?

    नेपाललाई भारतले बार्षिक सहयोग कति गरेको छ ; अरव बा खरव? अरब को कुरा गर्ने हो भने भारतले शारदा ब्यारेज बनाउन नेपाल सिट सन् १९२७मा भाडामा लिएको २८०० acre भूमिको भाडा १९४७ देखि तिर्न छोडेको थियो/ १९४७मा यक तोला सुनको मोल सय रुपैया पर्दैन तर आज ३७ हज्जार पर्छ/ भन्नुको मतलव तेतिबेलाको ५०००० पनि आज यक अरव भन्दा बढी भयो/ भारतले बर्ष को यक अरव सहयोग गरेको भए त्यो त् उसले तिर्नु पर्ने रकम मात्रै तिरेको भयो/

    यस्तै हिसाव निकाल्ने हो भने कोशी र गण्डकी कब्जा गरेर उसले नेपालको भूमिमा बाँध नहर बिद्द्युत ग्रिह बनाई फाईदा लिएकोमा नेपाललाई के दिए? बास्तव मा भन्ने हो भने गरिब नेपालले भारत पाल्दै आएको छ/ हामि गरिब भनिन्छ भने गरिब नेपाल र नेपाली लुटेर खाने भारत लाई के भन्ने?

    किन चासो राख्छौं हामि भारत बात को आए को आएनन भनेर/ चासो राख्नु पर्ने त् भारत बात आएर फर्केर नेपाल बात अर्को कसरि के थुत्ने लुट्ने योजना गरेर गए? बा को नेपालमा आएर नेपाल बात भारत नफर्किकन नेपाललाई नै भारत बनाउने सपना देख्दै गरे? भन्ने कुरा नै हो/

  6. इन्टरनेट मार्फत हेर्न पा’ मजा आउदो हो यी बेणु गोपाल चिन्न स्वामी (धेरैले चिन्न नसकेका भा’ हुनाले नामै “चिन्न स्वामी”!!!) को भिडियो, कसैसंग भए लौ न लहरो (link) टासिदिनुस (paste) |

  7. ’नेपाल दुईवटा तरुलबीचको ढुङ्गा भएतापनि यदी बुद्धी पुर्‍याउने हो भने यही ढुङ्गाबाट सुन निकाल्न सकिन्छ । त्यही सुनले सुनसान देशलाई गुणगान गाउने हैसियतमा पुर्‍याई दिनसक्छ । तर यो नेपालीबीचको एकताबाट मात्र संभव छ । ‘एकता’ले ढुङ्गाबाट सुन निकाल्न सक्छ- ‘अनेकता’ले सुनलाई पनि घुन बनाई दिन सक्छ ।’

    i really agree this point

  8. केहि दिन अघि भारतीय विदेश सचिब निरुपमा रावले प्र. म. लाई भेट्दा हंगामा गर्ने पत्रकारले यी सर्ब साधारण बेनु गोपालको समाचार बनाएर किन हिरो बनाउन खोजेको ?

  9. चोर अब नेपालको नेत्ता हरुले छोडेको छिट्टो हरु रयल-पयल छ कि भनेर चतना आएको होलानी झोलानाथ्लाई जस्तो चड्कन दिएर पठाइदिनु पर्ने

  10. साच्चीकै मनोज दाइको यो प्रहसनले हसाएन मात्र सबैलाई चिन्तित पनि बनायो । दुवईमा भएको एनआरएनको क्षेत्रिय सम्मेलनमा विश्वका करिव २६ देशबाट आएका एनआरएनहरुलाई उक्त प्रहसनले हसायो पनि अनि देशको बारेमा केही सोच्न बाध्य पनि बनायो तर मनोज दाइको त्यो प्रहसन कतिले बुझे बुझेनन् । साच्चीकै मनोज दाइसंग सबै किसिमको कला छ ।

  11. भाषणले भर्ने भए भरियाको पेट
    भाषण खान्थें, भाषण लाउथें भाषणकै खेत
    असारमा नारा जोत्थें, मंसिरमा बाली
    आश्वासनको खाजा खान्थें, खाना खान्थें ताली ।’

    यो कविता ले नेताको दिमागमा खी सन्देस पुर्याओस

  12. जुनसुकै बहानामा भारतका डण्ठेदेखि पण्डासम्मा नेपाल आएर उपदेश दिने गर्दछन । भारतद्धारा नेपालको धर्म संस्कृती राजनीति र भुगोल समेत मिचिदै छ । नेपाली अनुहारका भारतीय दलाल पनि बिभिन्न भेसमा चाकडीमा ब्यस्त छन । यस्तै चाला हो भने त्यही दुई तरुल बिचको ढुङा पनि फोरेर गिटि बनाएर लाग्ने छन । देशमा दलालको दब्बदबा रहेकाले राष्ट्र र राष्ट्रियताको पक्षमा कसैले बोल्न र लेख्न पनि छाडीसकेका छन । तसर्थ भारतीयहरु नेपाल आएर धमाधम दलालहरुको प्रशिक्षण चलाई रहेका छन ।

  13. आम्मै , म त सचिक्कै कुनै भारतीय नेता नै आयो होला भनेर पढी रहेको, मनोज जी यार तपाईं ले पनि बेला बेला मा सारै झुक्कौनु हुन्छ, जे होस् तपाईं को सोच ले भेडा,बोका जस्ता नेता लाई घोचोस. तपाईं अझ बढी ससक्त बनेर अघि बढ्नुस

  14. देबी राम ले चड्कन हाने र अहिले उनको गाउमा सिन्दुर जात्रा छ. सुरेस कुमार भन्नेले चाही श्राद्द गरेछन. ६०१ janale स्वोर्गामा पीण्डपानी पाए . हे यमराज यी ६०१ सबैलाई तेलको कराईमा हाल्नु होला yiniharu फेरी संबिधान लेखना भनेर जिउदै नर्कलोक बाट नेपाल आउना बेर छैन.

    http://nagariknews.com/components/com_fpss/images/DSCN8942.jpg

  15. देश कता जाने भनेर चिन्ता लागि राको बेला यो राम्यरमिता र मनोरंजन को कुनै आर्थ छैन भन्ने हामीलाई लागिराछ ….

  16. वाणेक्कम्,श्री चिन्न स्वामी हुत्त स्वामी बेणु गोपाल ऐयर’सुप्पर नाट्टहम रुएमबिए नाल्लार्के पेसृङे कदलिकेरेइन ।छी छी ऐयो । । थ्यान्कु थ्यान्कु கண்களை மூடி கவிதைகள் யோசித்தேன் । । என் முன் இருந்த (கவிதை) உன்னை மறந்து । । । ரமிஸ் ராஜா । ।

  17. तेही मनोज गजुरेल लनठू जस्तो छ यो मान्छे त. तेसैको नाटक होला यो.

  18. ठिक छ मनोज जी ….वाक्क लागि रहेको बेला मा तपाई को एस्तो प्रहसन हेर्न देख्न र सुन्न पाउदा ….७ दिनको HANGOVER को दूर भए झैँ लाग्यो…….keep it up!

  19. प्रचण्डले पनि निधारमा चन्दन घस्ने हो भने त ठय्कै एक अर्काका फोटो कपी !!! कतै दाजु भाई त होइनन ?????

  20. मलाई त कता कता यो मान्छे मनोज गजुरेल जस्तो पो लग्यो | हेर्दै जोकर जस्तो रहेछ यो पनि |

  21. नेपाल २ तरुल बिचको ढुंगा होइन…२ तरुल बिचको पिंडालु हो…तरुल लम्कदा पिंडालु चै थ्यप्चो हुन्छ…

  22. तरुल र ढुंगा भन्दा पनि नेपाल त सुन नै हो नि तर के गर्ने? हाम्रा नेताहरु को कारणले सुन पनि पित्तल बन्दै छ. जुन पार्टी को नेता पनि सरकार बनाउन पर्यो कि दिल्ही र बेइजिंग को आसिर्बाद लिन पुगीहाल्चन. अब एकपटक पनि दिल्ही र बेइजिंग नगएको र भ्रस्टाचार मा एक पटक पनि नमुछिएको युवा नेतालाई प्रधान मन्त्रि बनाउनु पर्दछ .आफ्नो घर को ताल्चा बलियो भयो भने अरुलाई चोर दोस लगाउनै पर्देननी कि कसो i

  23. हा हा हा
    बिहानै मूड फ्रेश !!
    धन्यवाद मनोज
    धन्यवाद माई संसार !!!

  24. दम छ जस्तो छ यो नेतामा. कविता सारै राम्रो लाग्यो.
    उनि भारतीय नागरिक हिन्दी बुज्दै बुज्दैनन रे. अनि हाम्रा उपरास्ट्रपति चै नेपाली नागरिक हो क्यार, तर उसलाई नेपाली हैन हिन्दी मात्र बोल्न औंछा रे, हेर कस्तो बिडम्बना यो.

  25. बल्ल अब ठिक हुने भए जस्तो छ यिन लाई हिन्दी बोल्न आउदैन रहेछ/ नत्र त यी मधिशे र भारत का दलाली हरु ले हैरान परेका थिए/ तर यी दलाली हरु ले तमिल भाषा सिक्न के बेर???

  26. केहि बुझेंन के भन्छ यो ?नाटक गर्न आयको हो कि क्या हो ? पुरानो हिन्दी फिलिममा एउटा सब्द बोलेको थियो | हिरो ले यसरी :-दुस्मनको मार्नेके लिए प्यारसे गले लगाके ,जो दुसराको खबर न हो |
    फिलिम जस्तो नहोस भगवान |भनु भने के भन्ने ????????

  27. चिल्ला कुरा गर्दै हिडेका बेणु गोपाल ऐयर कुनै जासुसका एजेण्ट पनि हुन सक्छन। तर जे भए पनि एक दुई कुरा चै सत्य बोलेछन । आफुले भनेको ठाउँमा मोट नदिने सभासदलाई ज्यान मार्ने धम्कि दिने राजदूतलाई फिर्ता बोलाएर राम्रो पठा भनेर भारतिय शाशकलाई भन्नु अनि तरुलका जरा र लहराले बेरि सक्दा पनि कुर्सिकै लागि मरिहत्ते गर्ने हाम्रा जस्ता चोर नेताहरुलाई गरेको ब्यंग्यएकदम ठीक छ।

  28. ऐयरले जस्तो निश्चल मनले भारतीय नेताहरले नेपालको लागि सोच्दिने भए…. आज देशको यति सम्मको हरिबिजोक हुन्न थियो होला…कम से कम देशमा अहिले काम चलाउ सरकारले काम चलाउदै गरेको त हुन्न थियो …. धन्य भारतको नेपाल नीति र यहाको नेताहरु!! तिमि हरु को साथ् न पाको भए मा कु ने ले सबै भन्दा लामो काम चालु प्रमको रेकोर्ड राख्न सक्दैन थियो….नेपालीले जनताले गुन न देखे पनि नेपाली नेता बिशेषले भारतको ठुलो गुन गाउछन् ..”मेरो भारत महान” !!

  29. मनोज गजुरेल comedian होइन, He is a humorist. सर्कस खेलाउने पो कमेडियन !!

Comments are closed.