पशुपतिमा लाश गाड्न पाइने कि नपाइने?

हिन्दुको पवित्र तिर्थस्थल पशुपति अहिले फेरि विवादमा परेको छ। यसअघि पुजारीको विवादले पशुपति तातिएको थियो। अहिले भने लाश गाड्नेबारे विवाद उठेको छ।

ऐतिहासिक र पुरातात्विक महत्त्वको विश्व सम्पदा सूचिमा रहेको धार्मिक क्षेत्रमा सिमेन्ट, कंक्रिट, फलामे डन्डी प्रयोग गरी क्रिश्चियन र अन्य धर्मावलम्बीले चिहान बनाउन थालेको भन्दै पशुपति क्षेत्र विकास कोषले केही अघि रोक लगाएको थियो।

यही रोकका कारण अहिले क्रिश्चियनहरु क्रुद्ध बनेका छन्। स्वभावतः इसाई देशका पश्चिमी मिडियाहरुमा उनीहरुको आक्रोशलाई महत्त्व दिएर समाचार बनाइँदैछ। उनीहरु त्यसमा चेतावनी दिँदैछन्- हामी संसदअगाडि लाशको जुलुस निकाल्छौँ।

शनिबार त लाश गाड्न चाहने किरात समुदायका व्यक्तिहरुसँग झडप कै स्थिति आइलाग्यो।

कोषले भने एउटा धार्मिक महत्त्वको तीर्थस्थलमा अर्को धर्मका व्यक्तिले मनपरी गर्नु धार्मिक स्वतन्त्रता नभएको तर्क गर्दै आएको छ। लाश गाड्ने प्रचलन रहेका हिन्दू धर्मावलम्बीका लागि छुट्टै व्यवस्था गर्ने उसले बताएको छ।

तपाईँलाई के लाग्छ- पशुपति क्षेत्रमा अरु धर्मावलम्बीले लाश गाड्न पाउने कि नपाउने ? अब तपाईँको पालो- आफ्नो विचार छोटकरीमा लेख्‍नुहोला।



मेरो विचारमा पशुपति क्षेत्र हिन्दुका लागि मात्र नभएर विश्व कै सम्पदा हो। त्यसैले यो विश्व सम्पदा सूचिमा अंकित छ। त्यसैले यहाँको सम्पदामा खतरा हुने गरी सिमेन्ट, कंक्रिट, फलामे डन्डी प्रयोग गरी चिहान बनाउनु उचित हुन्न। आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको पनि सम्मान गर्नुपर्छ। पशुपति क्षेत्रको श्लेषमान्तक वन हिन्दुहरुको पवित्र तीर्थस्थल हो। यहाँ हिन्दू कै लाश गाड्ने चलन भएका जातिहरुले पनि त्यसरी सिमेन्ट, कंक्रिट, फलामे डन्डीको प्रयोग गर्न पाइँदैन।

हिन्दूहरु मै पनि लाश जलाउन काठको प्रयोग गर्ने कि इलेक्ट्रिक शवदाह गृह प्रयोग गर्ने भन्ने बहस भइरहेको छ। हिन्दुको संस्कारमा लाश जलाएपछि चिहान बनाउने समस्या रहँदैन। लाश गाड्ने चलन भएका समुदायले पनि अब सोच्नुपर्छ- काठमाडौँ जस्तो शहरीकरण बढिरहेको ठाउँमा वर्षौँसम्म नष्ट नहुने चिहान खोज्नु कति उपयुक्त हुन्छ ? विदेश मै पनि यस्तो समस्या नदेखिएको हैन।

आ-आफ्नो परम्पराको जगेर्ना गर्नुपर्छ तर त्यसो गर्दा अरुको परम्परामा पनि ध्यान दिनुपर्छ। अरु समुदायले हिन्दुको पवित्र स्थलमा नै आफ्नो अधिकार जमाउन छाड्नु पर्छ, बरु वैकल्पिक व्यवस्थाका लागि सरकारलाई दबाब दिनुपर्छ।

पशुपति क्षेत्र विकास कोषले जे गरेको छ, ठीक गरेको छ। बरु गर्न ढिला गरेको छ। कोषको दायित्व यो क्षेत्रको संरक्षण गर्ने हो, यसबाट ऊ पछि हट्न मिल्दैन। अब वैकल्पिक व्यवस्था गर्ने काम सरकारको हो, कोषको हैन।

279 Comments

  1. अचम्म छ बा. आब किराती हरु को मन्दिर मा किराती हरु लै नै निषेध ?

    वोली त यो हिन्दु हरु ले नेवार हरु पानी काठमाडौँ को बासिन्दा होइन वन्न बेर छैन

  2. Friends, I have read so many negative comments/thoughts toward Kirati people and Christians regarding to this critical/burning issue. Let me give you background (cause) of this issue. There is a serious problem arises every time when Kirat/Christian people try to bury their dead in the graveyards which are in different part of Kathmandu valley. These burial land was bought by Christians and/or Kirat in past for burial place for their people. Now the local villagers don’t want to bury dead people close to there vicinity. So, only place where there was no issue burying there loved ones was Pashupati area till the date when decision was made by “Pashupati Trust” to stop the burial.
    Now, lets seek for solution.
    1. Nepal government should provide the land for Kirat and Christian community in secure and safe place for bury there dead.
    2. If the first option is not viable, give protection to the mourners when they are attacked by local villagers when they go to bury there dead in their own burial land which is bought by them in different part of the Kathmandu Valley.

    Finally, I want to reiterate that lets spread love and find out solution with cool head. When there is will, there is way and we can solve this problem.

  3. Salokya जी,

    मेरो बिचारमा तपाई को “पशुपति मा लास गाड्न पाइने कि नपाइने ” भन्ने सिर्शक को समाचार नै भ्रम पूर्ण, biased , पक्छ्यापाती, र गलत छ| अझ बढेर भन्ने हो भने, हिन्दु extreme बादले भरिएको छ जसले गर्दा सत्य तथ्यलाई बटारेर भ्रम सिर्जना गर्न सफल छ| भ्रम को कारणले गर्दा येत्तिका कमेन्टहरु आएका छन्| कमेन्ट धेरै आयो भनेर भन्नु होला कमेन्ट कि राम्रो को हुन्छा कि नराम्रो को हुन्छा|
    यो कमेन्ट लेखिरहदा मलाई एक जना विद्वानले भनेका कुरा याद आयो: उनले भनेका थिए “धर्म र संस्कार को कुरा गर्नु पर्यो भने धेरै जस्तो मान्छे आफ्नो brain लाई टाढानै राखेर कुरा गर्न अघि सर्छ, झन्, कट्टर रहेछा भने त ब्रेन लाई एती टाडा छाड्छ कि फेरी भेटौना नै सक्दैन”| तपाईको समाचारमा या त ब्रेन टाढा राखेर लेखना थाल्नु भाको जस्तो लग्यो या त पित पत्रकरिता किनभने:

    १. झट्ट सिर्शक पढ्दा पशुपति मन्दिर मा लास गाड्न खोजेको भन्ने बुझिन्छा यो त कस्तो निहुखोजाहा कुरा जस्तो लाग्छा| तर त्येस्तो होइन रहेछा, पशुपति छेत्र को एउटा भाग – स्लेस्मन्तक बनमा|
    २. पशुपतिमा लास गाड्ने (?) म पनि भन्छु यो गलत हो| लास गाड्ने ठाउँ पशुपति मा नभएर अन्य छेत्रमा गर्दा हिन्दु धर्मालम्बी हरुलाई आदर हुन्छ|
    ३. लास गाड्न पाइने कि नपाइने (?) भन्ने प्रस्न नै गलत छ किन भने यो पहिलो पटक लास गाड्न लागेको होइन रहेछ | किरात धर्मालम्बी हरुले पहिलेदेखिनै यहाँ लास गाड्ने गरेको रहेछन त्यो पनि पहिलेको सरकारलाई सोधेर अर्को व्यवस्था नभए सम्मको लागि भनेर| यो कुरा थाहा थिएन तपाइलाई? एदी थाहा थियो भने तपाइको समाचार को सिर्सक एस्तो पनि हुन सक्थ्यो “किरात धर्मालम्बी हरु ले शब् समाधि गर्दै आएको ठाउमा पशुपति छेत्र विकास कोषको बाधा”| स्वयम किराती समुदाय ले भनिराखेको रहेछन यो त अस्थाई मात्र हो सरकार ले ठाउँ देखैदिये त्येही शब् समाधि गर्छु भनेर| विवाद बढेपछी अहिलेको सरकारले पनि अर्को व्यवस्था नभए सम्मको लागि ठिकै छ भन्नु आखिर पशुपति कोष को गल्ति देखिएन र?
    ४. तपाई ले जसरि क्रिस्टियन हरु बारे समाचार मा cover गर्नु भएको छ यहाँ प्रसङ्ग नै छैन क्रिस्टियन हरु को | झन् पश्चिमा मेडिया ले समाचार बनाउदै छन् भन्नु त उही “छट्टु श्याल को चिल आयो चिल आयो भनेर चल्ला खाने दाउ” जस्तो मात्र देखियो|
    ५. तपैले जसरि पशुपति कोषले राम्रो गर्यो भनेर लेख्नु भएको छ के तपैले पैसा खानु भाको छ हो? पित पत्रकारिता गर्नेहरु पैसा खाएर येसो गर्छन|
    ६. तपाई को सब्दवाली किराती समुदाय लाई होच्च्यौने खालको छ| लास को ठाउँ मा “शब्” र गाड्ने को ठाउमा “समाधि गर्ने” लेख्नु भएको भए तपाइको सभ्यता झल्किन्थ्यो| यी शब्द थाहा थिएन भने लैजानुस पैसा तिर्न पर्दैन|

    म तपाइलाई better सल्लाह पनि दिन्छु| लिनु नलिनु तपाइको b4 | एस्तो सिर्शक भए समाचार neutral हुन्थ्योकी?
    “सरकारले शब् समाधि गर्ने ठाउँ व्यवस्था गर्न नसकेको ले किरात समुदाय र पशुपति छेत्र बिकाश कोष बीच विवाद”
    “किरात समुदाय र पशुपति ब्यबस्थापन बीच शव समाधि बिसयमा विवाद”

    तपाई को कमेन्ट भए पोस्ट गर्नु होला| एस बारेमा भेटेर नै कुरा गर्न पनि तयार छु तर ब्रेन लिएर आउनुहोला म पनि बिर्सन्न!!!

    यो समाचार पढेर कमेन्ट लेख्ने रातो र हारियो टिक लगाउने हजारौ मित्र हरु,
    कान छामौ काग र छट्टु स्याल हुईया को पछी नलागौ| कमेन्ट नै लेखना मन लागे BRAIN संगै राखौ|
    मलाई १००% बिस्वास छ कि नेपाल सहिस्नु र सह अस्तित्वले पूर्ण मुलुक हो| सत्य को जीत हुन्छा| एक दिन सबैले मर्नु पर्छा| मरे पछी त्यो शब्, लास, मुर्दा, अझ सिनु को बर्गिकरण हुँदैन|

  4. हिन्दु धर्म माने पनि दलित र साना जति ले मन्दिर मा छिर्न नपाउने, धारा मा पनि थाप्न नपाउने देश मा पनि कहिँ क्रिष्टियन ले हिन्दु को पबित्र मन्दिर ओरपर लास गाड्न पाउछ? पाउदैन !

  5. किराती राजा यलम्बरको देहान्त पछी बागमती किनारमा समाधि गरेको ठाउँ नै हालको पशुपति मन्दिर हो, यहाँ भन्दा अरु के तर्क गर्नु ?

    • एथार्थ कुरा के भने, किराती हरु हिन्दु हुदा सम्म समस्या थिएन… तर हामि हिन्दु हैनौ, हाम्रो धर्म छुटै हो भन्दै र क्रिस्टियन हरुले पनि तेही लाश गाड्न थालेको ले समस्या आएको हो… हुन पनि हो… पशुपति हिन्दु हरुको आस्था को धरोहर हो… येस्मा अरु धर्मावलम्बी हरुको हस्तछेप स्वीकार्य छैन!!!!

  6. वाह रे वाह ! उल्लु र गधाको कार्टुन वृत्तचित्र सार्है चर्चित भएछ / सत्र पटक हर खाएर जात गैसकेको काइते लाटोकोसेरोले उज्यालोमा आँखा नदेखेर क्यामेरा तिर पिठ फर्काएर बसेकोले प्रसारणमा मुख नदेखाएको होला / अर्को उल्लु को मुहार देखेमा अशुभ हुने भएकोले नदेखाएको राम्रो नै भयो / गधाले नमरुन्जेल जतिसुकै गार्हो भएपनि भारि बोक्न छोडैना भने जस्तै देशका अनिष्टकारी नेताहरुको छातामुनी सुरक्षित अपराधीले आफ्नै बेइज्जत गर्न छोड्दैना / त्यो कार्टून वृत्तचित्रको सार र अर्थ तेही होइन त… ! कि कसो त ? ……..!!!???!!!

  7. मैले पढेको इतिहास बमोजिम पशुपति क्षेत्रमा किराँतीहरुको सांस्कृतिक अधिकार छ, जसलाई सम्मान गरिनुपर्छ/ काठमाण्डौ उपत्यकाको इतिहास सम्बन्धी कुनै पनि राम्रो किताब पढे धेरै बुझ्न सकिन्छ यस विषयमा / तर किराँतीहरु एवं दशनामीहरुको मुद्दा र क्रिस्चियनहरुको मुद्दा नितान्त बेग्लै कुरा हुन्, दुवैलाई मिसाएर ‘कन्फ्युज्ड’ गराउने काम भा’को छ/ यो कुरामा धेरैको ध्यान गएन/

    गाड्न ल्याइएको शवलाई बीच बाटोमा तेर्स्याएर विरोध गर्नुपर्ने अवस्था आउनु अत्यन्त लाजमर्दो घटना थियो/ यो हिन्दू वा गैरहिन्दू, कसैले पनि गर्व गर्न सक्ने कुरा होइन/ यो घटनाबाट पाठ सिकेर सबै पक्षलाई मान्य हुने उपाय निस्कन्छ भन्ने आशा राखौं/ जस्तो, जंगलमा शव गाड्दा कंक्रिट संरचना बनाउने कार्य शायद पहिलेदेखिको प्रचलन होइन कि? त्यसले गर्दा पनि आज नभए भोलि स्थानको समस्या त पर्ने नै थियो/ त्यस्तै, हिन्दुहरुले पनि इलेक्ट्रिक दाहसंस्कारलाई सकारात्मक नै मानेको देखिन्छ/

    केही किराँत साथीहरुले हिन्दू धर्ममाथि तीतो पनि पोख्नु भो/ किराँतेश्वर महादेवलाई त हिन्दुहरुले पनि मान्दछन्/ पार्वतीलाई किराँतहरुले ‘सुम्निमा’ भन्छन् भन्ने पनि सुनेको हुँ (सत्य हो, होइन, थाहा भएन)/ महाभारतका कथाहरुमा पनि किराँतहरुको वर्णन पाइन्छ/ काठमाडौँ उपत्यकाका रैथाने ज्यापूहरु हिन्दुधर्मी नेवार भएपनि किराँतहरुसँग शारीरिक बनोट धेरै मिल्दछ/ भन्न खोजेको के हो भने किराँती धर्मको नजिकको सम्बन्ध एवं सम्पर्क हिन्दू धर्मसँगै छ, फेरि यो छि छि दूर दूर किन ? बरु धर्म परिवर्तन गरेर क्रिस्चियन हुनेहरु किराँतहरुनै धेरै देखिन्छन् / हिन्दू धर्मबाट तपाईंहरुलाई हिजो अन्याय थियो होला, तर आज किराँत धर्मलाई चुनौती हिन्दू धर्मबाट छैन, अन्तबाटै छ भन्ने कुरा पनि शायद बुझ्नु भाकै होला/

    क्रिस्चियनहरुको पनि अपमान गर्न खोजेको होइन/ तर क्रिस्चियन विदेशीहरु आउदाँ सम्मानले लगाइदिएको टिका ढुक्कैले लगाउँछन्, तर नेपाली क्रिस्चियनहरु तर्किन्छन्/ सँगै हिडेका छौं र बाटोमा मन्दिर आए अलि परबाट जान खोज्छन्/ भेटघाटमा सन्चो विसन्चोको कुराभन्दा धर्म परिवर्तन गराउने तिर ज्यादा ध्यान दिन्छन्/ बाटो रोकेर धर्मको विज्ञापन गर्ने दृश्य त सामान्य भैहाल्यो/ शायद यिनै कारणहरुले गर्दा क्रिस्चियन र गैर-क्रिस्चियन नेपालीहरुबीच फाटो रहिरहेको जस्तो लाग्छ/

  8. यो परम्परा हो…गाड्न पाउनै पर्छ.. हैन भने सरकारले अर्को ठाउँको उपलब्ध गराउनु पर्छ….

    • कसले भन्यो क्रिस्टियनहरुले गाड्नै भनेर? कृपया मलाई बाइबलको त्यो पंति उपलब्ध गराउनुस जहाँ गाड्नु पर्छ भनेर लेखेको छ. खै यहाँ बेलायतमा त यिनीहरुको लास जलाउने पनि गर्छन है! मेरै गोरे साथीको बाउलाई पनि जलाएका थिए.

  9. Now, we are asking Pashupati chhetra for the burial of dead bodies. But we are lacking to think that this region has limited area. Slowly, the cemetaries will occupy the whole place. Then what? Obviously, we have to find some other places for the cemetary. Not only this, the importance the place is carrying now will be lost. So why not find the other places for the cemetary right now? I dont think what we are demanding is not right.

  10. बाच्नलाई कुनै आधार नदिएपनि मरेपछि गाड्न त देउ, ठिकै छ सत्ता तिमीहरुकै हातमा छ, मनलागी साशन चलाउ, मान्छे जस्तो देखिन्छौ त कि दानाब होउ?

  11. कमेन्टहरु सरसर्ती हेर्दा धेरैले कुरै नबुझी लेख्या जस्तो लाग्यो / कसैको चाही भित्रि कालोपना झल्केको आभास पनि पाए / देशको यस्तो बेथितिमा अराजकताको सिर्जना गर्न केहि समूह खपिस हुन्छन / तसर्थ सबै नेपाली दाजुभाई दिदिबहिनिहरु के ब्राह्मण, के किरात , के क्रिस्टियन सबै एक अर्का प्रति सहिस्नुता सदभाबको संदेश बाट्दै यस्ता केहि रास्त्रघाती तत्वबाट चनाखो हौ / किरातीहरुको बैकल्पिक समाधि स्थलको बारेमा छिटै पहलकदमी भए यस समस्याको समाधान निस्छित छ /

  12. यो त प्रजातन्त्र आयो तेसैले तपाइको घर मा पकाऊन पाउनु पर्छा भनेजस्तो भयो(जिरेखुर्सानी तर्क )!christian हरुले चिहान पशुपति मा १०० प्रतिशत पाऊदैन किनकि पशुपतिनाथ हिन्दु हरु को धर्मैस्थल हो! एदी उनीहरु श्री पशुपतिनाथ लाई मान्छन भने त किन क्रिस्टियन भानिरखना पर्यो. पशुपतिनाथ मा गाड्न अरु हिन्दु हरुलाई पनि निशेद गरिनु पर्छा किनकि चिहान ले धेरै थाऊ ऊगटने र सरिर सहित दुम्प हुने हुदा मन्दिर आसपास चिहान बनाउन निषेध नै हुन्छा. तर जलौदा space पनि नचाहिने र पशुपति नाथ अग्नि र भास्मको पनि देव भएको ले पनि यो उपयुक्त देखिन्छा. फेरी सेलेश्मंतक बन पनि चिहान बनाउन मिल्दैन किनकि सद् बिउ छर्ने मेला त चिहान मा हुदैन.! तेशैले यो सबै टिन बजाउने स्याल तर्साउने जस्तै कुरो हो !

  13. सालोक्याजी, प्रश्न लास पशुपति मै गाड्ने भन्ने होइन. मैले कहिले कुनै क्रिश्चियन ले पशुपति मै गाड्न पाउनुपर्छ भनेर बहस गरेको सुनेको छैन. क्रिश्चियनहरुको माग गाड्ने ठाउँ पाउनुपर्छ भन्ने हो पशुपति नै चाहिन्छा भन्ने होइन. धन्यवाद !

  14. In Nepal we have 10 lakh christian now they are trying to win pashupati chetera, the day is not far if majority of people would be christian we may loss our pashupati too.
    , the true is sour if god is one why we are importing rich religion christian to arousing the issue in nepal through our own nepali. Too preety
    Being religious is good but spreading religion is not religious. We nepali are arousing the issue we have to solve scientifically this issue providing new land for them.

  15. क्या गजब गणतन्त्र गाँठे! लाश पनि गाडन नपाउने ! उल्टै लठ्ठी उज्याउने !

  16. युवा दाजु भाइ लाइ अरब मा दास को रुप मा बेची खाऔ
    दिदि बहिनि लाइ बम्बाई र खाडी को वेश्यालय मा बेची खाऔ
    मुर्ति, धर्म र हुदा हुदा पशुपति लाइ पनि बेचेर खाऔ
    देश लाइ इथियोपिया बनाऔ

  17. किराती हरु हाम्रा नेपाल का आदीबासी नेपालि हुन्, तर यहा किराती रुप लिएर आउने हरु सबै क्रिस्चियन हरु हुन्, किराती मा क्रिस्चियन पसेर पशुपति लाइ क्रिश्चियानी कारण गर्न लागेका हुन्, सबै लाइ चेतना भया ! तर नेता हरु ले यसमा बिदेशी हरुको अकुत पैसा खाएका छन् तेसैले यिनीहरुले बिदेशी हरुको यो षड्यन्त्र लाइ समर्थन गर्दै आएका छन्

  18. साथीहरु हो यो issue आउनु भन्दा पहिला काठमाडौँमा भएका क्रिश्चियनहरु मर्दैनथे कि कसो मर्थे भने तिनीहरुलाई कुनै ठाउंमा त अवस्य दफन गर्ने नै गरेका थिए होला/ अहिले एक्कासी किन पशुपतिमा दफन गराउनु पर्ने भयो तिनीहरुलाई/ अब म ठुलै नेता भएको भय यहाँ बिदेशीको ठुलो हात छ भन्थे नेता परेन त्यो त भन्दिन/ तर जे सुकै होस् पशुपति क्षेत्रलाई कुनै हालतमा पनि चिहान डाँडामा परिणत गराउनु हुँदैन/ बरु यहाँ कमेन्ट लेख्ने साथीहरुलाई कुनै तेस्तो बैकल्पिक ठाउं थाहा छ जुन क्रिश्चियनहरुले लास दफनको लागि उपयोग गर्न सक्छन जस्तो लाग्छ भने भन्नु होला/
    धन्यवाद!

  19. मैले नबुझेको कुरा नि किरातीको रुप धारणा गर्ने किरातेस्वर महादेव किरातीहरुको समाधि गर्न किन नहुने किराती हरु संग किरातिस्वर महादेवको सम्बन्ध महाभारत हेर्दा पनि थाहा हुनु पर्ने होइन र ? अनि कताको कुरा आयो नि त्यो हिन्दुहरुको गिरि र पुरी मात्र पुर्नु पाउने नियम खै किन नि ? नारामा सहमत दिनु किराती हरुको समर्थन मात्र देको हो क्रिस्च्तियान्हारुले I बम लियेअर त चर्च हान्न हिन्दु अतिबादी जस्तै त् गएको होइन नि गणतन्त्रमा समर्थन गर्न पाइन्छ होला नि !

  20. होइन धर्मको नाममा हामी बीच के को किचिकिची भन्या | फेरी प्रचंडेले नेपाललाई हिन्दु राष्ट्र होइन भने झैँ एक दिन पसुपतिलाई पनि हिन्दुको मन्दिर होइन भनिदेला है चेतना भया | बजियाको मौका छोपी बोल्ने बानी छ क्यारे |

  21. “पशुपति मा क्रिस्चियन हरु को आक्रमण”

    कति चाडै पशुपति मा क्रिस्चियन हरु को आक्रमण भयो, अचम्म लाग्छ !

    नेपाल का हजारौ हजार बर्ष देखि मिलेर बसेका बौद्ध, किरात र अन्य आदी कालिन धर्म हरु लाइ अपिसा को खोलो बगाएर हिन्दु धर्म बिरुद्ध उचालेर क्रिस्चियन हरु नेपालि हरु लाइ पैसा मा किन्दै छन् र नेपाल को पहिचान मेटाउदै छन्

    अहिले नेपाल मा क्रिस्चियन दाता संस्था हरु नेपालि हरु लाइ क्रिस्चियन बनाउन होडबाजी गरेर लागेका छन्, त्यसको लागि पैसा, लुगा, खानेकुरा, विदेश को लोभ आदी जे हुन्छ बाडेर नेपालि हरु लाइ उनीहरु को मूल धर्म हिन्दु धर्म बाट च्युत गरि क्रिस्चियन बनाउने अभियान मा छन्, नेपाल का नेता हरु लाइ पैसा को बिटो र विदेश यात्रा का अवसर हरु मा लोभ्याएर नेपाल को धर्म लाइ कमजोर बनाउने जोड भै राखेको छ, र हामि हाम्रो हज्जारौ बर्ष देखिको संस्कार बाट सदा को लागि बन्चित हुदै छौ
    यसको तिब्रता यो दोस्रो जना आन्दोलन पछी झन् झन् आकाशिएर गएको छ
    यहि सिलसिला मा हिन्दु धर्म लाइ जरै देखि उखेल्न अहिले यो पशुपति को बखेडा शुरु भएको हो; त्यहा अहिले किरात को नाम मा क्रिश्चियन हरु ले पैसा को लोभ मा आन्दोलन गरेका हुन्, अब धर्म निरापेक्ष्यता को नारा लगाएर प्रशाशन लाइ झुकाउने काम चाडैनै सम्पन्न हुदैछ र त्यहा यसरि चिहान बनाउन थाले पछि पशुपति को पछाडी को पुरै डाडो चाडै नै क्रिस्चियन को चिहान नै चिहान ले भरिदै जानेछ, त्यसपछि त्यहा क्रिस्चियन आस्था भएका हरु लाइ उनीहरु को शान्ति को लागि चर्च हरु पनि बनाउनु पर्ने माग र त्यसै अनुरुप बिस्तारै कार्वान्वयन पनि हुने छ, धर्म निरापेक्छ्या देश भएकाले पशुपति को पछील्लो भाग मा अन्य धर्म को दावी नहुनु भन्ने पनि छैन, आखिर अरु धर्मावलम्बी पनि त नेपालि नै हुन् नि, हैन र? त्यसैले यस्तो पतित तर्क गरेर नारा जुलुश गरेर अघि आए पछी हाम्रो भ्रस्ट प्रशाशन ले यो अनुमति दिनमा ढिलो नगर्ला, त्यसपछि अलिक पैसा र संघर्ष बढाएमा पशुपति मन्दिर फुटाउन पनि धेरै पर्खनु पर्दैन, त्यो फुटाए मा राम्रा राम्रा चर्च हरु खडा नहोलान भन्न सकिन्न

    जै हो जेसस क्राइस्ट को

  22. कमेन्ट ज जसले जे जे गरे पनि त्यो उनि हरु को विचार हो तर यहाँ कुरा को चुरो क भने गल्ति सरकार को देखिन्छ …कुरा त्यो पशुपति क्षेत्र मा अरु कुनै जात ओर धर्म को समाधि स्थल बनाउनु पौचा कि पौदैना भन्दा पनि …त्यो भन्दा पहिला भएका सहमति र संझौ त हरुलाई हेरेर कुरा गर्दा उचित हुन्छ…पशु पति क्षेत्र मा कुनै धर्म र जातले सरकार को सुइकिर्ती बिना जबर्जस्ति समाधि स्थल बनाए को पकै होइन …… त्यो सरकार संग पहिलानै अनुमति पाए को देखिन्छ …यहाँ निर सरकार का २ कमजोरी हरु देखिन्छ namber १ सरकारले जानी जानी पशुपति छेत्रमा अरुकुनै जात वा धर्म को समाधि स्थल बनाउन दिनु हुदैन थियो यो नै पहिलो गल्ति थियो र दोश्रो गल्ति पहिला आफैले अनुमति दिएको ठाउमा अर्को कुनै बैकल्पिक व्यवस्था नगरिकनै त्यो ठाउमा समाधि स्थल बनाउन रोक्नु दोश्रो गल्ति भए को छ यो नेपाली सरकारमा बस्ने व्यक्ति हरुको लापरबाही र अदुरदर्सिता को परिणाम हो ..एडी पशुपति क्षेत्र मा कुनै जात र धर्म को समाधि स्थल बनाउनु नदिने हो भने त्यो भन्दा पहिला अर्को ठाउको व्यवस्था किन गरिएन….???????? यो कसले जवाफ दिने????…यसको सम्पूर्ण जिम सरकार ले लिनु पर्चा ..र अजि देखि दुरदर्शी बन सिक्नु पर्चा जो कुर्शीमा बस्ने हरुले …….

  23. I am a Nepali and Christian too. I want to put my comments as it seems needs to give information to Nepali brothers and sisters. Before that, I would say, I am proud of being Nepali citizen and feel boast myself as I was born Nepal. However, I feel unfortunate when I think of all congested thoughts of our Nepali brothers and sisters. These have been pursuing and practicing since long time, so I would say please do think with civilized people to demonstrate as Nepali around the world. Firstly, I comment that we should negotiate each others rather than blaming or condemning as for issue if it is so big. As I found some of friends condemned as animals to Christianity this is not the way as you are Nepali. To clarify in detail, there are more than one lakh (one hundred thousand) Christians within Kathmandu valley and ten lakh (one million) Christian across the Nepal. It is not the problem but problem is our thinking and our government. The government must think about human rights and treat equal, I mean because of the government Christians have to bury in Pashupati. If somebody dies, there is no place to be buried for Christians and some other religions. We can take an example of Europe and America and some other countries, cemeteries have been as gardens. Secondly, Christianity is not totally religion though we consider as a religion because it is a matter of salvation and fellowship, and we haven’t changed our religion but we only changed our hope and faith. Some people blamed they changed their religion, culture and language. That’s not true. A rape apple is sweet and bitter until you test it, so you are unaware about it. Thirdly, I don’t want see as polluted place in the Kathmandu valley, I just take an example of Bagmati River as it flows through pashupati mostly burn asses throws on the Bagmati River and everything uses throughout the funeral, not only that there are lots of things that have made environments polluted. Read it!

    • Hey Suman,

      I may or may not agree with first 2 points but I dont agree with your last point about bagmati river. Before i comment on your comment I would like to ask you how old are you and how long have you been knowing about kathmandu ? Before 2046 BS revolution the bagmati river was so pure as I use to go and play as I used to live near the bagmati river . After 2046 BS lots of people migrated to kathmandu, added their waste straight to Bagmati, 90% of Bagmati river goes straight for Drinking water from sundarijaal . Dont blame bagmati river is polluted due to the ashes.

      Commenting about polluted kathmandu, It seems like you are not originally from kathmandu, that’s why you hate so much. Ask your parents how it used to be if you are not sure.

    • hi dix…. g
      i am also proud to nepali. it mean we all are proud to nepali. we should love our country. we are nepali. but here you can see the issue of bury the death people. why we want to make conflict ourself? the premise of pashupati is only for hindu people and now the question is for christian people. please guys find out the other area for you. if you don’t have now, discuss about it with government, society or try to get place but why directly go to there o think it is not fare. i want to request to every one, we are nepali, we should stay together with peace and fair environment . we have to help each other. please don’t get another conflict. try to respect each other.

  24. यो एउटा हिन्दू, क्रिस्टियन को मात्र नभएर आम नेपालीको समस्या हो | एउटा हिन्दू मन्त्री आएर भन्ला हामी पशुपतिमा हिन्दू बाहेक अरुलाई शब गाड़न दिदैनौ, अर्को क्रिस्टियन वा इसाई बुद्धिस्ट मन्त्री आएर भन्ला हामी बौद्ध स्वयंभू वा चर्च, इसाई घर अगाडी हिन्दुको प्रबेश दिदैनौ | यो आम कलह निम्त्याउने सुरुवात हो | यस्तो कुरा ले कसैलाई राम्रो लाग्न सक्छ कसैलाई नराम्रो….म त भन्छु न पशुपति न स्वयंभू ,बौद्ध, व इसाई घर वा चर्च यो कुनै माइक लाल को पेवा होइन आम नेपाली को साझा सम्पति हो यस्मा सबैको हक़ र अधिकार सामान हुनुपर्छ | यस्ता मिर्गेन्द्र हरुको कुरो सुनेर सबै यसको पछि नलागौ ……….मिर्गेंद्र जी सक्नुहुन्छ भने पशुपति लाई अझ ब्यबस्थित सफा सुग्घर र सबैको शब् अन्यत्र कतई पबित्र स्थानमा लगेर ब्यबस्थित गरे अति उत्तम नत्र खबरदार ….तपाईको यस्तो कुरोले नेपाल माँ धार्मिक द्वन्द नजन्मियोस ……..

    • deep ji what a fantastic idea. i liked it. thats what i say we sud look at our neighboring nations and understand…. there are lot of pain in communal violance we better clean up our mind…. thanks for butiful thot..

  25. म त भन्छु कि होइन अचेल हाम्रो नेपाल मा सबै जना को दिमाग मा किन यस्तो बिपरित बुद्धि मात्र पलायाको सुनिन्छ | के यो सबै बुढापाकाहरु को भनाइ अनुसार कलियुग कै उपज हो त? के यो सतिकै sarap lageko हो त?

    देशमा सबै जना को विभिन्न धर्म र संस्कृति प्रति आस्था राख्ने अधिकार हुनु पर्छा र त्यो छ पनि तर त्यो छ भन्दै मा एक वर्ग को लाश गाड्ने काम पनि के अर्को वर्ग को धार्मिक स्थल मा नै गयर गाड्नु पर्ने त? यदि ति वर्ग बौध मार्गी वा इशाई जे भय त पनि उनि हरु को आफ्नो संस्कारी काम हरु आफ्नै परिषर मा गर्नु पर्छ नि | अर्को धर्मावलम्बी को परिषर मा गयर गर्ने होइन | खोइ त एक ले अर्को को धर्म संस्कृति मा आस्था देखायको? देश मा प्रजातन्त्र आयो भन्दै मा के अर्को धर्मावलम्बीको परिषर मा लाश गाड्न खोज्ने, सामुहिक स्थल मा उभियर गाइ काट्न खोज्ने, अरुको बारे मा पत्रिका मा हुदै नभयको खबर छापिदिने, धार्मिक अनि आध्यात्मिक महत्व बोकेको पबित्र नदि बागमती मा आफ्नो घर बाट निस्कने प्रदुषित ढल मिसाई दिने, अनि ६० बर्षे उमेर काटेकी बुढी आईमाईसंग रिस इबी परेमा बोक्सी को दोष लगाई अमानबिय बेबहार गर्ने? जनता ले यस्तै यस्तै वाहिया काम हरु गरिदिनाले नै देसको बल्ल बल्ल आयको प्रजातन्त्र पनि नक्कली हुन पुगेको हो |

    यी त लाखौ मद्हेका केहि उदाहरणा हरु मात्र हुन् | यी सबै काम हरु मानबिय होइन कि दानबिय हुन्| yasta नकारात्मक काम गरि आफ्नो अनि आफ्ना भावी सन्तानको नैतिकता नै बिगारी दिने काम गर्न बन्द गरौ |

  26. हिन्दु को मन्दिर मा अरुले केहि पनि गर्न मिल्दैन/ हामी ले चर्च मा महादेव को पनि मुर्ति हुन पर्छ भनेर माग गर्न मिल्छ?

    • मेरा धेरै साथी हरु ख्रिस्तियेन साथीहरु छन् पैसा को लोबमा तिनी हरुलाई सिकैएको हुन्छा टिका लौगौना हुन्न रातो लगाउन हुन्न तेस्को मतलब के त एदी लिबेरल र फ्री थिन्किंग हो भने तेस्तो प्रतिवन्ध किन ?

    • होइन त कि कसो अनुपाजी ? ठिक भन्नु भो तपैले | आफुलै न परेसम्म सब ठिक अनि परेपछि लिबेरल भएन | अधिकार हनन भो नाना भाँती

  27. यस कामकोलागि नया ठाउंको व्यवस्था गर्न उचित देख्द छु ।
    काशी, कश्मिर अजब नेपाल !

    सुरज श्रेष्ठ

  28. किन किरांत र क्रिस्चियन मात्र , सक्छ बने यो पवित्र स्थलमा कसैको पनि लाश जलाउन पनि नदियोस र गाड्न पनि नदियोस , विश्व सम्पदा हो कि मन्दिर हो कि लाश थुपार्ने ठाउँ हो ?? आखिर किन यस्तो पवित्र ठाउमा किन यस्तो लाश जलाउने र गाड्ने काम गरिन्छ ?? खै केहि बुझ्नै सकिन , यसको जवाफ त स्वयम शिव जी ले दिनु भए मात्र हो नत्र हामि जस्ता साधरण मान्छेले के नै गर्न सक्छ र ??

    • उत्तर स्पस्ट छ…. यो हिन्दु हरुको धार्मिक स्थल हो…हिन्दु हरुको मात्र अधिकार हुन्छा…. अरु धर्म मन्न्नेको आक्रमण सह्य हुने छैन, हामि हिन्दु हरुलाई….
      शेर्पा जी, तपाई लै तेती धेरै दया लागे …, एदी तपाई पनि क्रिस्टियन हैन, र साएद बुद्दिस्ट हो भने दिनुहुन्छ त, स्वयम्भुनाथ वा बौद्धनाथ परिसर मा अरु धर्म मान्ने हरुको लाश गाड्न दिन???

  29. कुनै पनि धार्मिक आश्था राख्ने ले अरुको आश्था माथि आक्रमण गर्न पाइदैन/आराध्य देब पशुपति छ्येत्र हिन्दुहरुको आश्थाको केन्द्र हो/यहाँ कुनै लाश गाड्न पाइदैन/अरुलाई गाड्नका लागि अनेत्रै ठाउ बनाउन पर्छ/जबर्जस्ति गर्ने भनेको हिन्दुहरुका आश्थामाथी सिधा आक्रमण हो/

  30. यो हिन्दु हरु को उदारपन माथि फाइदा उठाउने खोज्ने हरु ले गरेको बलमिचाई हो . जहाँ हिन्दु हरु धेरै छन् तेहा त उनीहरु को अधिकार माथि धाबा बोल्न खोजिन्छ भने अरु ठाउँ मा कस्तो होला हिन्दु हरु को अवस्था ?

    • मैले सुनेको काठमाडौँको टोखा भन्ने ठाउँमा च्रिस्तियनहरुलाई अन्ठेस्ती गर्ने ठाउँ छ रे त्यो साचो हो भने या त यो प्रायोजित हो अथवा धार्मिक युद्धको जानकारी | तर हार त मानवता र नेपाली कै हो | हाम्रो अनिश्चित भविष्यको पुर्व सूचना हो |

  31. सतह मा जे जे देखियको भय पनि,नेपाल लाइ कुरुछेत्र बनाउने खेल सुरु भै सकेको छ !
    यहि एउटा धार्मिक सदभाव बाँकी छ ,त्यो खल्बलिय पछी कोटा पुरा हुन्छ !
    भाषा र जाती को बिउ त पहिले नै रोपिसकीय को छ !
    राज गर ,नसके कमसे कम फुटाएर कम्जोर बनाउ ताकी आफ्नो बराबरी मा कहिलयै आउन नसकुन ,संधै सहयोग मागेर तलै परिरहुन ….यो गोराहरुको मूल मन्त्र हो ! सायद छिमेकी हरुको पनि यहो आशय होला! बिस्तारै देश त्यतैतिर लम्कंदैछ !
    हरेक स साना कुराहरुमा समाधान को सट्टा झगडा निम्त्यौदै जाने हो भने,नेता र हामी नेपाली जनता हरुले सोच्दै नसोचेको दुर्दशा भोग्ने दिन आउँछ ! त्यो दिन नआओस !

  32. पशुपति क्षेत्र मै किन ? अन्य स्थानमा ब्यबस्था गरे भयोनी !!

  33. एदी यिनीहरुले निहुनै खोजेको हो भने हामीले ठिक्क पर्नु पर६ तर होईना जीवन भर ज धर्म माने पनि मरेपछि हिन्दु पबित्र स्थल मा गाडिएर मुक्ति pauchu भन्ने आस्था ६ भने गाड्न दिने तर लोभ गरेर concret कै घर भनाएर बस्न दिन सकिन्न किन भने आरु क्रिस्टियन हरुलाई पनि त पालो दिनु पर्यो नि ,,, कि कसो सथिहो !!!!!!!!!

  34. केहि उदहारण मात्र दिन्छु येहा. केहीमहिना अगाडी इंगलैंड मा बसोबास गर्ने एक इन्डियन ले आफु मरेपछि आफ्नो सब खुल्ला आकास मुनि नदीकिनार मा आफ्नो जेठो छोराद्वारा दागबत्ती दि हिन्दु परम्परा अनुसार जलौना पाऊ भनि दियको अपिल ब्रिटिश न्यायलय बाट अस्विसकर गर्यो र भन्यो एसले बाताबर दुसित बनौचा तेसकारण पौदैना . तेस्तै के मुस्लिम को पबित्र ठाउँ मक्का मदिना मा हिन्दु को लास जलौना वा क्रिस्चियन को लास गाड्ने कल्पना गर्न सक्नु हुन्छ? तेस्तै के भेटिकन (क्रिस्टियन को पबित्र ठाउमा) मा अन्य धर्मालम्बी को लास गाड्न वा जलौना पाउछ? म येहा युरोप म बस्छु, येहा त मान्छ मर्नु अगाडी आफ्नो लास गाड्ने ठाउँ किनेर पहिले नै बेवस्ता गर्नु पर्चा, लास गाड्न जमिन किन्न नसक्ने ले लास इलेक्ट्रिक शवदाह गृह प्रयोग गरि जलौना पर्छ. तेसैल ले पशुपति मा
    मेरो बिचारमा सिमेन्ट, कंक्रिट, फलामे डन्डी प्रयोग गरी चिहान बनाउनु उचित हुन्न। आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको पनि सम्मान गर्नुपर्छ। पशुपति क्षेत्रको श्लेषमान्तक वन हिन्दुहरुको पवित्र तीर्थस्थल हो। यहाँ हिन्दू कै लाश गाड्ने चलन भएका जातिहरुले पनि त्यसरी सिमेन्ट, कंक्रिट, फलामे डन्डीको प्रयोग गर्न पाइँदैन।

  35. मेरो बिचारमा भगवान संसारमा eautai भएपनि धर्मा फरक फरक हुन्छ ,आफ्नै परम्परा र संस्कृति हुन्छ I सबैले सम्मान गर्नु पर्छ किरातकालको इतिहंश कहिले देखि हो नेपालमा परापुर्ब कल देखिको किरातेस्वर बन्कलिमा लाश गाड्ने ठाउँ लाई समय अनुसार अर्कै ठाउँ उपलब्ध गरि दिए हुने तर किन हो कुन्नि हिन्दुको matry गाड्ने भनेर मन्त्रि परिसदले निर्णय गरेको गिरि पुरी खै के के जति हरु को मात्र हो भने हिन्दुको matry हो जस्तो लाग्छ पशुपति क्षेत्र त्यहाँ मान्छे पोल्दा हुने गन्ध बागमतिमा काठ मुधा खरानी प्रदुषण सबै पशुपति देखि १० किलोमिटर वर पर जुन अवस्था भोगी रहेका छन् त्यहा हिन्दु मात्र ले समस्या भोगेका छैनन् भोलि लाश जलाउनु हुन्न भने क गर्ने ? . हुन त् संसारको जत्तिपनि धार्मिक स्थलमा गए मैले मेरै नेपालको पशुपतिको मूल ढोकैमा हिन्दुहरुकोलागी मात्र प्रबेश देखेको थिए थाहाछैन १२ वर्षा भयो आजभोली पनि त्यो board हटेको छ या छैन मैले भगवानको मन्दिरमा आजसम्म यस्तो कहिँ देखेको छैन त्यहिँ हिन्दु नै तल्लो जातिका लाई मन्दिरमा जना नदिएको धेरै ठाउँ देखेको छु खै अब त् परिबर्तन भयोकि त्

  36. वाह! मेरोसंसारमा ब्लक लेख्ने देखि कमेन्ट गर्ने बिद्दावान साथीहरु देखेर अचम्म लाग्यो!फरक धर्म माम्नेहरुलाई एकै थलोमा अन्तेष्टि गर्दा केहि पनि बिग्रने होईन नत धर्म बिग्रिन्छ नत पापनै लाग्छ यो त केवल हाम्रो संकुचित सोच मात्रै हो!यूरोपमा चाहे क्रिश्चियन होस हिन्दु मुस्लिम या बुद्दिस्ट होस एकै ठाँउ समाधि गरिन्छ!यहाँ त केहि बिग्रिएको छैन किन नेपालमा मात्रै यत्रो बहस?पशुपतिमा गाड्न अनि चिहान बनाउनको लागि प्रयाप्त ठाँउ नहोला तर त्यसो भन्दैमा पशुपति क्षेत्रनै हिन्दुहरुको लागि मात्रै हो भन्ने सोच्नु मुर्खपन बाहेक केहि होईन!त्यस्तो सोचाई राख्ने हो भनेत स्वयम्भुमा बुद्दिस्ट बाहेक अन्य धर्म मान्नेहरु नगए भो,घन्टाघर नजिक मुसलमानहरु बाहेक अरु नहिडे पनि भो,पशुपतिमा हिन्दु मात्रै गए भो! नराम्रो कुनै धर्मेमा छैन छ त केवल हाम्रो सोचमा!दुखको बेला अरुलाई सहोयोग गर्नुनै त्यो असली धर्म हो अरु त केवल बकबास मात्रै हो!

    • साथि कुरा अरु धर्म र हिन्दु धर्म को होइन??? कुरा हो यो ठाउँ कति महत्वोपूर्ण छ भन्ने ! यदि इटाली को भातिकन चर्च अगाडी लाश जलाउन मिल्छ भने पशुपतिमा पनि केहि आपत्ति हुन्न होला | रहयो को को जानु हुने र नहुने भन्ने कुरा मलाई लाग्छ पशुपतिमा पनि सबै धर्मका मान्छे हरुलाई प्रवेश खुल्ला नै छ | नपत्याए गएर हेर !!!

    • मित्र, मेरो बिचारमा कुनै पनि धर्ममा अनेकौं बिकृति छन्, धेरै वा थोरै| तर नेपाल, इंडिया वा हिन्दुको अत्त्याधिक उपस्थिति भएको (यो पनि मा किटानीका साथ भन्न सक्दिन) मुलुकमा बाहेक हिन्दु परम्परा अनुसार खुला रुपमा लास जलाउन दिईदैन| तेसैले तातो न छारोको तर्क गरेर नबसौं| बाँकि रह्यो एकै स्थानमा समाधि गर्न पाउनु पर्ने कुरो, पशुपतिमा लास जलाउन लैजाँदा धर्म सोधिन्छ जस्तो पनि मलाई लाग्दैन| तेसैले जहाँ सम्म एकै ठाउंमा दाहासंस्कार गर्न पाउनु पर्ने तपाईंको तर्क छ, सबैले पशुपतिमा लगेर जलाए भै गयो नि| हेर्नुस, दाहसंस्कार भनेको मृतक शरीरको अन्त्येस्ती हो, समय र ठाउं अनुकुल जसरि गरे पनि हुन्छ| आज भन्दा २०० वर्ष अगाडिको बिधि मानिराख्नु पर्दैन| गाड्ने ठाउं नभएको ठाउँमा जलाउनु पर्यो, बिजुली नभएको अनि चिसो दाउरा बाल्न पनि गार्हो हुने ठाउँमा गाड्नु पर्यो|

    • प्रेम पुन जी युरोप को धक्कु देखाएर कसलाई तर्साउन खोज्नु भाको ? कि युरोपमा लाश अन्त्यष्टि गर्ने काम गर्नु हुन्छ ? यहा कुरा लाश गाड्ने जमिनको हुदै छ यदि जलाउनु नै मन छ भने जलाउदा हुन्छ केहि फरक पर्दैन !! अहिले त निकम्मा सरकार ले विधुतीय प्रकरण बाट लाश जलाउने मेशिन राख्ने भएका छन् , पैशा तिर्नोस जसलाई जलाउने हो मज्जाले जलाउनोस हामीलाई कुनै फरक पर्दैन यदि तपाइँहरु क्रिस्टियन नै हुनु हुन्छ भने तपाइको नागरिताको नाम हर्क लाल नै होला सायद किन भने नेपालमा क्रिस्टियन सबै पछी बनेका छन् , कुरा रहयो लाश गाड्ने जमिनको यस्ता निकम्मा सरकार संग के को आशा गर्छौ ? काठमान्डौको फोहोर त थन्काउने ठाउ नभएर यत्र त्यत्र सडकै भरि देखिन्छ !! यदि तिमिहरुलाइ लाश गाड्ने ठाउँ नै चाहिएको छ भने घेर्न जाउ सिहदरबार,बागदरबार नारा जुलुस गर रत्न पार्कमा हिन्दु हरुको ठुलो आश्था रहेको पशुपति मै किन गाड्न जान्छौ सिमेन्ट को पिल्लर ? अहिले सम्म हिन्दुहरु चुप लगेर बस्यो भन्दैमा उनीहरुकै मठ मन्दिरमा गएर उनीहरुको आस्था र बिस्वासमा हमला गर्दछौ यो कहाँ को नियम हो ?

      • यो लास गाड्न पौने नपाउने भन्ने बिसयमा मलाई पनिकेही सब्द लेखना मनलाग्यो त्यसमाथि अजय जीले लेख्नु भाको कुरामा चै मा सहमत छैन किनकि धर्म भनेको आफ्नो आफ्नो आस्थाको कुरा हुनाछा हुनत गुरुङ तामांग हरुलेता बुद्धलाइ माने गर्छा तपाई तपैले चै यो हिन्दु धर्म कहिले देखि मान्नु भाको होला यसो प्रसस्त पर्नु हुन्छकी र अरु धर्मलाई मात्र दोष नदिनुहोस होला हो ख्रिस्तियन धर्म बाहिर बाट अकोहोला त्यो हामी मान्छौ तर तपैले यो हिन्दु धर्म चै कहाँ बाट अको हो हो त्यो चै प्रस्ट पर्दिनुहुन्छा कि र किन धर्मलाई दोष दिनुहुन्छा नेपालमा विविन्न जातिहरु बसोबास गर्छा राई लिम्बुहरुको पनि लाश गादिन्छा के उहाहरुले पनि अरु धर्म मानेको करान्लेनै लास गाडेको हो त ? के पशुपति मन्दिर भयो भन्दैमा सबै ठाउँ हिन्धु धर्मको मात्र हो? अरु हरुले लास गाड्दा नराम्रो हुने हिन्दुहरुले लास जलौदा खेरि बौद्धको स्तुपा सम्म गनौदा खेरि चै केहि नहुने यस्तो पनि हुन्छा कै पहिला को बुदपका भन्नु भाको जस्तै कहिँ नभाको जात्र हन्दिगौमा भनेको जस्तै हो त्यसैले एउटालाई मात्र हैन सबैलाई कसरि समेटेर लाने भन्ने बाटो र यो समस्याको समाधान कसरि गर्ने भन्ने तिर चै लाग्ने हो कि

        • प्रिय , च्यांगबा घिसिंग जी ,
          तपाईलाई कसले भन्यो गुरुङहरु बुद्दिस्ट भनेर ? हुन सक्छ तामांग हरु बुद्दिष्ट होलान हामीलाई कुनै सरोकार्य पनि भएन तर तपाइले गुरुङहरुलाई बुद्धिस्ट भनेर कसरि ठोकुवा गर्नु भयो , यदि तपाईलाई थाहा छैन भने एकचोटी कोहि जान्ने बुझ्ने लाइ सोधेर बोल्दा राम्रो हुने !! गुरुङ हरु बुद्दिस्ट हैन , गुरुङहरु ” बोन ” धर्म मान्दछन सदियौ देखि !! त्यति बेला सिदार्थ गौतमको पनि जन्म भएको थिएन जुन धर्म अझै पनि ” मंगोलिया ” मा त्यति नै श्रदाले मान्ने गरिन्छ, त्यसैले गुरुङ,मगर आदि / हरुलाई “मंगोलियन ” भन्नेर पनि चिनिन्छन ,. तर बिचमा आएर गुरुङहरुमा पनि परिवर्तन देखिदै गयो उनीहरुले आफुलाई बुद्दिस्ट हु भन्न कत्ति पनि हिच्किचाएनन !! तर मा हिन्दु हु मेरो नाम पन्डितले नै जुराइदिएका हुन् , तामांगहरु कसरि बुद्दिस्ट हुन्छ जब कि पुजा आजामा काटमार नगरी हुदैन… खसी बोका नकाटी पुजा नै हुदैन ,स्मरण रहोस बुद्द धर्ममा काटमार् स्वक्त मनाही छ !! कसरि आफुले आफुलाई बुद्दिस्ट हु भन्नु हुन्छ , म बुद्दिस्ट हैन तर शिव संकर को मुर्ति छेउ माहात्मा बुद्दको पनि फोटो छ र हाम्रो “बोन” को पनि केहि चिनारी छ , म यो तिनै धर्ममा बिस्वास गर्छु तरपनि आफुले आफुलाई एउटा बिसुद्द ” हिन्दु” हु भनेर चिनाउन पाउदा गर्ब ठान्दछु !!

          • अजय जी
            यो हिन्दु क्रिस्चियन को बिबादमा बुद्धको कुरा बिचमा कृपया नल्याउनुस/ तपाईं आफैले बुद्धिस्ट होईन भनिने सक्नु भयो/ त् यस्तो कुरामा बुद्धको उपदेस के हो भनेर तपाईंले भन्न पनि सक्नु हुँदैन होला/

            म बुद्धिस्ट हुन् र पसुपतिको ईतिहास भन्दा पुरानो र नेपाल देसको स्थापना सिट गाँसिएको स्वयम्भुको चैत्यको आस पास क्रिस्चियन मुस्लिम र हिन्दु हरुको सबैको मुर्दा गाड्ने, जलाउने गरिन्छ/ खै कुनै बुद्धिस्तले आज सम्म यो बुद्धको चैत्य अगाडी अरु धर्म मान्नेहरुको लास गाड्न पाउंदैन जलाउन पाउंदैन भनेको छैन/ स्वयम्भुमा “बुद्धितलाई मात्र प्रवेश” पनि भनिएको छैन/ स्वयम्बु र बौद्ध बिहारहरुमा सबै थाहुंमा नेपाली पुजारिनै छ त्याहाँ भएको मूल ढुकुटी हरायक बर्ष सार्वजनिक पनि गरिंदै आएको छ/

            अजय जी, अहिले लासको मुद्दा किन उठाईयो भनि बुझ्न गुगलमा ” nepal govt-dragged-to court-overpashupatinaths-treasury” padhnus/

  37. आदरणीय नेपाली हरु हामी सबै नेपाली नै हौ हामी सबैलाई काटे रातो रगत नै आउछ तेसो भाको हुनाले हामी नेपाली नेपाली एक आपसमा झगडा गरेर फाइदा छैन तर पनि एउटा कुरा पशुपति छेत्र भनेको बिसुद्दा हिन्दुको ठुलो ठाउँ हो यसमा अरुले हस्तछेप गर्न भने मिल्दैन सबैलाई आ आफ्ना ठाउँ हरु छन् नेपालमा भएका यस्ता क्रिकलाप्ले हाम्रो छविलाई आशार पर्दछ हामी सबै भन्दा उच प्राणी भनेको मान्छे नै हो तेसैले एक आपसमा छलफल गरेर निकास निकाले उचित हुन्छ कि जस्तो लाक्छ धन्यवाद म निर्दोशिको तर्फबाट

    • हुन त उनु हरुको पनि माग सहि जस्तो लग्यो बास्तबमा हाम्रो सरकारले उनीहरुको समस्या समाधान गर्न सक्नु पर्दछ सरकार लाचार छ यस्तो सरकारलाई के भन्ने र?

  38. यद्यपि पशुपति सबैको साझा सम्पति हो. कसैले हिन्दुहरुको मात्र बिर्ता हो पनि भनेको छैन तर क्रिस्टियन अनि अरु धर्मालम्बिहरुले तेही लगेर लाश गाड्न पाउनु पर्छ भन्नु त एक हिसाबले धार्मिक क्राइम हो .. येदी तिमीहरुले साचिकै तिमीहरुको धर्म बुझेका भए अरुको धार्मिक आस्थाको केन्द्रमा प्रहार गर्ने थिएनौ होला….

  39. Most of the comments above came out from the traditionalists using this hitech facility. What is Hindu? first of all we are all Nepalese only then we are Hindus, Dushnaamis, Kirats, Christians, Islam, Buddhists etc….And what’s wrong when somebody wants their keens body being cremated or engraved in and around the sacred place called Pashupatinath? All (Dead?) Nepalese have the right to rest in Peace somewhere nearby the holy place. All big Churches, Masjids maintain their own grave-yards why not we also maintain our own for the Hindus as well as other for the people of other faiths to be engraved as per their will.

  40. we all know our right autumaticly because once we die either burried or burn pretty simple. it is happening but why we we waste time for these things. why not we invent something, create new thing not only that where all the money gone, who is the most earning,why nepalese never invest in nepal.it seems,people are rich specially the way they threaten, challenge in the way they put their comment on. look at these comment shows most of them seems well enough to fight in any cost means they must have enough money but never utilise for the country but why not they invest ,open industries and help the country. are these people only save the money for others to threaten?. this is what shows they corrupt money and put somewhere and challenge the illeterate people in the country.

  41. हिन्दुलाई पनि जलाउनु नपाउने, किराती र सन्यासी पनि गाड्न नपाउने कुरा गरे वातावारण पनि सफा हुन्छ / पशुपति सबै नेपालीको हो / कुनै एक धर्म विशेषको होइन / सबैलाई समान र सम्मान हुने गरि नया उपाय खोज्नु उचित हुन्छ /

  42. बाँच्न त गाह्रो नै थियो, अब त मरे पछि पनि गाह्रो पो हुने भो। जलाउँदा राम्रो हुने हो, अझ विद्युयीय शवदाह गर्न त झनै राम्रो। तर जलाउने राम्रो भनिरहँदा गाड्नु नराम्रो भन्ने अर्थ लगाउन मिल्दैन, सबैको आफ्नै संस्कार हुन्छ, परम्परा हुन्छ। हाम्रा समुदायकाहरुले जमिनमा गाड्ने गर्छन् र निकै अघि देखि नै पशुपतिको बनकालीमा गाड्ने गरिएको छ। हुन त त्यहाँ पशुपतिमा गाड्न नहुने नै हो, तर अर्को ठाउँ पाए त त्यहाँ जाँदैनन् नै थिए होलान्। भोलि अर्को ठाउँ उपलब्ध नगरी सरकारको एउटा निर्णयले ‘कसैलाई पशुपतिमा जलाउन पनि पाइँदैन’ भनेको खण्डमा त सबैलाई नै गाह्रो पर्छ होला।

  43. म माइकल पशुपति मा लास गाड्ने कुरा सुन्दा दुखि छु किन कि पहिला मा हिन्दु हो पैसा को लालच म मैले तो धर म मा गअए तर मेरो सबै हिन्दु नै छन हामी जस्ता ले बेगारे को जस्तो लग६ तर म दुखि छु

  44. पशुपति क्षेत्र बिशुद्द हिन्दुहरुको क्षेत्र हो
    यहाँ कुनै पनि अन्य धर्मलाम्बिले कुनै क्रिअकलप गर्न पूर्ण निषेध गर्नु पर्छ,
    यो पशुपति क्षेत्र भनेको कुनै सरकारले बनको क्षेत्र होइन यो त हिन्दुहरुको पवित्र मनले स्थापना गरेको क्षेत्र हो जसलाई कुनै धर्म प्रति आस्था छ र तेसै अनुसार क्रियाकलाप गर्न चाहन्छ भने उसैले आफ्नो क्षेत्र र स्थानको व्यवस्था गर्नु पर्छ अरुकोमा अपवित्र गर्न पटी लाग्ने होइन .

  45. विश्व सम्पदा सूचीमा परेकै कारणले वा सरसफाईको कारणले यस्तो कार्य गर्न दिनु हुन्छ वा हुन्न भन्ने कुरो होइन यो; यो त सरासर हिन्दु धर्मावलम्बीहरूसंगको निहुँ खोजाइ हो । के क्रिश्चियन वा अरु धर्मावलम्बीहरूले आफ्नो चिहाननजिक हिन्दु धर्मावलम्बीहरूको लाश जलाउन दिन्छन ? देशले आमूल परिवर्तन गर्न लागेको र देश असहज परिस्थितीबाट गुज्रिरहेको वर्तमान अवश्थामा यस्तो कार्य हुन गएको प्रष्ट छ । सबैले आफ्नो अधिकारको कुरा उठाउनु नाजायज होइन, तर आफ्नो अधिकार पाउने बहानामा अरुको अधिकार हनन गर्नु अन्याय र निन्दनीय हो ।

    • पुश्पजी! जसरि हिन्दुहरुलाई पशुपतिमा लाश जलाउन सरकारले बन्दोबस्त गरेको छ, त्यस्तै अन्य धर्मावलम्विहरुलाई पनि अन्त कतै सरकारले ठाउँ मीलाइदेओस्, कुरै खतम! उनीहरु जान पनि तयार छन| पशुपति क्षेत्र आफ्नो बिर्ता झैं हिन्दुहरुले अनाहकमा यत्रो कोकोहाल मच्चाउनै पर्दैन| देश सबैको साझा हो, बाचुन्जेल घर नभएपनि मरेपछि त जलाउने वा गाडने ठाउँ त पाउनु पर्यो नि !

      • शशांकजी,

        पशुपतिमा लाश जलाउन कुनै सरकारले बन्दोबस्त गरेको होइन । हिन्दु परम्परानुसार नदीको छेउमा लाश जलाउने चलनबमोजिम पशुपतिमा पनि जलाउन सरकारले रोक नलगाएको हुनुपर्छ; यसो भन्दा हुन्छ ।

        लाश गाड्न सरकारसँग ठाउँ माग्न पाउने वा नपाउने कुरा अर्को वहसको विषय हुनसक्छ । ठीक छ सरकारसँग माग गर्यो रे, तर सरकारले कुनै ध्यान नदिएको झोंकमा हिन्दु धर्मावलम्बीहरूको एउटा महत्वपूर्ण धार्मिकस्थलमै गएर लाश गाड्नु गलत होइन र भन्या ? विरोधै गर्नुछ भने सुन्नमा आएजस्तै सिंहदरबारअगाडि गएर लाश गाड्नुस्, बालुवाटार वा शितल निवासअगाडि गएर गाड्नुस्, पशुपतिक्षेत्र नै किन ताक्नुपर्या होला ? के यो निहुँ खोजाइ होइन ? म त यसलाई धार्मिक सद्भाव खलबल्याउने असफल र निकृष्ट प्रयास भन्छु । असफल यस अर्थमा कि कोही ‘माइकालाल’ले पनि हाम्रो देशको धार्मिक-सांस्कृति सहिष्णुता खलबल्याउन सक्दैनन् ।

        • माइसंसारमा देखिएका कमेन्टकर्त्ता मध्ये सबभन्दा संयम, सुशिल र सौम्य पुश्पजीको आज यो रौद्र रुप देख्दा यिनलाई पनि धर्मान्धको रोगले गाँजेको रहेछ भनेर भन्न करै लाग्यो| पुश्पजिले हिन्दुत्वको पाखुरी सुर्केकै हो भने म पनि के भन्छु भने हिन्दु धर्मले नेपाल खाल्डोमा जग बसाउनु भन्दा धेरै पहिले किरांतहरुले त्यस खाल्डोमा घरजम बसाइसकेका थिए र पशुपति क्षेत्रमा उनीहरुले लाश गाड्न थालेको इतिहास पढन म पुश्पजिलाई सल्लाह दिन्छु | अनि अर्को कुरा हिन्दुहरुले दिनहुँ दशौँ लाश जलाएर वातावरण दुषित पार्दा विश्व सम्पदालाई केहि नहुने, किरांतहरुले लाश गाड्दा चैं विश्व सम्पदामा आंच आउने ? जसरि नेपाल सरकारले पशुपति बिकास कोषका नाममा करोडौं रकम छुट्ट्याएर हिन्दु धर्मलाई टेवा दिइ आएको छ, त्यसरी नै अन्य धर्मावलम्विहरुको आस्थालाई पनि सम्मान गर्नु पर्दछ| अन्त ठाउँ देउ, जान्छौं त भनेकै छ नि किराँतीहरुले ! पशुपतिमै गाडछौं, गाडछौं भनेर जिरह त गरेको छैन नि ! बरु संस्कृति मन्त्रि नै एकपक्षीय रुपमा हिन्दु पट्टी लागेर स्थितिलाई बिथोलेर निहुँ खोजेको जस्तो पो लाग्यो है| एकोहोरो रुपमा हस्तक्षेप, निहुँ खोजेको, आफ्नो चिहान आफै खोज जस्ता स्याल हुइयाँ अभिव्यक्तिहरु सभ्य समाजको लागि सुहाउने कुरो होइन | देश सबैको साझा हो, यो तेरो ठाउँ र यो मेरो ठाउँ भन्ने कुरै आउंदैन| भर अभर पर्दा एकले अर्कालाई काँध थाप्नु पर्छ | धर्म र लाश माथि राजनीति गर्न पनि नहिच्किचाउने दुष्टहरुदेखी सावधान !

          • ससांक जी
            कुरा जायज लाग्यो/ हिन्दु धर्मैको कुरा गर्ने भए हिन्दुहरुले किरात हरुलाई पनि हिन्दु नै मान्छ/ त् किरातीहरुले उहिले आफ्नो चलन अनुशार उनीहरुले किरातेंशोर भनिने पसुपतिको छेउ जसरि हिन्दु हरुले लास जलाउंदै आएको थियो उनीहरुले गाड्दै आएको थियो/ तर यक्कासी किन रोकियो/ पसुपतिको राज्यको मन्दिर हो र सबै नेपालीको हो/ यो कुनै मस्जिद चर्च र बिहार जस्तो यक समुदायको होईन/ यस्तो कुरा पशुपति ब्यबस्थापनले मात्रै निर्णय गर्नुनै गलत थिए/ राज्यको मन्दिरमा राज्यले कुनै निर्णय गर्न नदिन षड्यन्त्र गर्दै आएको छ/ अस्ति भर्खरै टाईम्स ओफ इन्दिया अन्य भारतीय पत्रिकाहरुले नेपालको सरकारले पसुपतिको मूल ढुकुटीको लागत राख्ने निर्णय गरेकोमा मूल ढुकुटीको सान्चोनै हराएको र मूल ढुकुटी भित्र कोहिनुर हिरा भन्दा मुल्य्बान निल मनि समेत रहेको भनि छापे/ कसरि थाह पाए तिनीहरुले यो कुरा?
            सरकारले मूल ढुकुटी सार्वजिनक गर्ने निरणय गरेको बिरुद्ध अस्ति नेपाली भट्ट को बिरुद्द रित राख्ने भारत जंगमले अहिले पनि पसुपतिको मूल ढुकुटीको लागत राख्ने निर्णय बिरुद्ध रित राखेको रहेछ/ शसांक जी मलाई लाग्छ यहि कुरा लाई ओझेल पार्न यो लासको मुद्दा उठाएको हो/

            • मदनजी ! हिन्दुहरुले यो हाम्रो ठाउँ भनेर ज्यास्ती नै हैकमी पारा देखाएकोले चित्त नबुझेर जवाफ फर्काएको, नत्रभने म सबै धर्मलाई आदर गर्छु|

          • शशांकजी,

            विरोध खेप्नु शायद सौम्य नलाग्दो हो; त्यसैकारण तपाईंलाई मेरो यो प्रतिक्रियामा मेरो रुद्र रुप देख्नु भो । तर एकचोटी फेरी पनि मेरो प्रतिक्रिया पढ्न आग्रह गर्छु; अनि तपाईं स्वमको पनि । मैले आफ्नो चिहान आफै खोज जस्तो कुरा गरेको पनि छैन । सरकारले पशुपति विकास कोशक नाउमा दिने गरेको पैसा लाश जलाउने काममा खर्च हुन्छ कि हुन्न भन्ने मलाई ज्ञात छैन । व्यवस्थित गर्नका लागि दिएको हो भने त्यसलाई अन्यथा पनि मा मान्दिन ।

            मेरो पारिवारिक पृष्ठभूमि बौद्ध भएपनि अहिले यहि धर्म हो भनेर किटानीका साथमा आफुलाई भन्न सक्दिन; कारण हामी सबैजसो हिन्दु चाडपर्वहरू मनाउँछौं । तथापि सरकारी प्रयोजनक लागि अद्यापि बौद्ध धर्म लेख्ने गरेको चाहिं छु ।

            तपाईंले भन्नु भएजस्तै देश मात्र किन संसारै सबै प्राणीको हो । तर हरेक कुराको नीति नियम छ; जसको सर्वोच्चपालना मात्र मानिसले गर्छन र गर्नुपर्छ । यसैका लागि अनेकथरी कानून बनेको हो । तेसैले देश आफ्नो पनि हो भन्ने भने तपाईंको घर मेरो पनि भयो नि ! होइन र ?

            जहाँसम्म दाह्संस्काराले गर्दा पशुपति क्षेत्र प्रदुषित भयो भन्ने कुरा छ, त्यो सेतो झूठ हो । अग्निसंस्कारजस्तो स्वच्छ विधिले फोहोर गर्यो भन्नु हाँस्यास्पद कुरा हो । पशुपति क्षेत्रमा किरांतहरूले लाश गाड्ने प्राचीन चलन रहेको भन्ने कुरा साँचो हो भने पहिला कानूनी बाटो समात्नु पो बुद्धिमानी हो नि । होइन भने हिन्दु धार्मिकस्थल वरपर शवदाह गर्नुको नियत, माफ गर्नुहोला, खोटो सिवाय अरु केही हुन सक्दैन ।

            • अर्को व्यवस्था नभएसम्म गाड्नु भनेर नेपाल सरकारले निर्णय गरिसकेपछि यो बहसलाई यहीं टुंग्याउँ होला| यो भन्दापनि ठुलो साझा युद्व अझै हामीले लड्नु छ | त्यसतर्फ पो एकोहोरिनु पर्ला| आवेशमा आएर मैले उत्तेजित अभिव्यक्ति दिएको भए त्यसलाई अन्यथा नठान्नु होला पुश्पजी! बहसबाट नै परिष्कृत बिचारको उत्पति हुन्छ|

            • पुष्प जी
              हिन्दु जन्मले हुन्छ मानेर हुँदैन/ तपाईं बुद्धिस्ट हुनु हुन्छ यो कुरा नभुल्नु होला/जहान सम्म अहिले लास गाड्न दिने बा नदिने भन्ने कुरा उठेको छ त्यो क्रिस्चिय हरु सिर सम्बन्धित बिषय नै थिएन/ किरातहरुको यक प्रतिष्ठित व्यक्ति को लास चलन अनुशार पशुपतिमा गाड्न लागे/ यक्कासी पशु पति कोषको मान्छेले प्रतिष्ठित किरातीको लास गाड्न बात रोके बिबाद भयो ३२ जना मलामी गएकाहरु घाईते भयो/ यो कुरा गलत नै थिए त् यो गल्ति लुकाउन क्रिस्चियनहरुको कुरा उठाईयो/

              पशुपति किरातीहरुको किरातेस्वर हो र पशुपति छेउ किरातीहरुले उहिले देखिने लास गाड्दै आएको थियो/ लास गाद्नुले प्रदुषण हुन्छ भने अर्को उचित ब्यबस्था पहिला गर्नु पर्थ्यो/ किरातीहरुले यो कुराको माग पहिला देखिने गर्दै आएको थियो/

              पुष्पजी अहिले नेपालमा सत्य हिन्दुद्बादिहरु भन्दा भट्ट बादीहरुको राज चल्दै छ पशुपतिमा/ पसुपति बिकास समिति भट्टले बनाएको होईन सरकारले बनाएको हो तर उनीहरु सरकारको निर्णय समेत नमान्ने भएको छ/ सरकारले पशुपति कोष सार्वजनिक गर्ने गरेको निर्णय लाए यो सरकार धर्म निर्पेछ्ह्य सरकार भएको र अरु
              धर्म मान्ने जनताको समेत प्रतिनिधित्वो गर्ने भएकोले मात्र हिन्दुहरुको भएको मन्दिरको बारेमा कुनै निर्णय गर्न पाउंदैन भनि सर्वोच्चमा रित राखे/ के यो कुरा सहि हो पुष्प जी? भट्टले हेर्न पाउने चोर्न पनि पाउने तर नेपालको जनताले पशुपतिमा के छ भनि जान्न समेत नपाउने कुरा गर्ने यी भट्ट बादी हरुले पशुपति समेत दिल्लीको निर्देशनमा चल्ने बनाए/ अहिले नेपालको क्रातिको आस्था र प्रचलन माथि गरिएको आक्रमण र नेपाली जनताले पशुपति कोष को बारेमा जान्न पाउने अधिकार हनन गरेको कुरा दवाउन मात्रै यो क्रिस्चियनको कुरा उठाएको हो/ पुष्प जी जस्तो
              लोकतन्त्र समर्थक बात यस्तो कुरा गर्नु हुन्छ होला भनेर सोचेको पनि थिएँन/

  46. सबै धर्मको सम्मान गर्दै नेपालीहरुबीच धार्मिक सदभाव बढ्ने उपाय नेपाल सरकार तथा जनताबाट पहल चाल्दा कसो होला?

  47. यो विश्व सम्पदा सूचिमा अंकित छ। त्यसैले यहाँको सम्पदामा खतरा हुने गरी सिमेन्ट, कंक्रिट, फलामे डन्डी प्रयोग गरी चिहान बनाउनु उचित हुन्न। आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको पनि सम्मान गर्नुपर्छ। पशुपति क्षेत्रको श्लेषमान्तक वन हिन्दुहरुको पवित्र तीर्थस्थल हो। यहाँ हिन्दू कै लाश गाड्ने चलन भएका जातिहरुले पनि त्यसरी सिमेन्ट, कंक्रिट, फलामे डन्डीको प्रयोग गर्न पाइँदैन।
    हिन्दुहरु लाई पनि अन्तै व्यवस्था गरे अति उत्तम ।

  48. अब २-४०० चर्च धोस्त अनि २-४ लाख कति छन् ति पैसाको पछि लागेर आफ्नो बाउ वाजेको धर्म कर्म त्याग्दै गाईको मासु खाने सब सफाया हुने भए !

    मान्छेले आतिबदी भन्लान तर हिन्दु धर्मको मूल सिधान्त आफ्नो धर्म रक्षा नै हो !

    हर हर महादेव !!

  49. मेरो विचारमा पशुपति बिकाश कोषले ज्ये गर्यको छ एकदम राम्रो गर्यको छ. हिन्दु हरुको आराध्य देव माहदेवको आगाडी कसै को लाश गढ़ना पाइदैन. ए बा हो तिमि हरु क्रिश्त्रियन भयो भन्दै मा पशुपथिनाथ को आगाडी नै किन मुर्दा गाड्ने ठाउ बनाउनु पर्यो अन्त पनि ठाउँ छ नि. हुन त जन्मसिद्ध क्रिस्त्रियन भयको भये पो विचार पनि अलि फरक आउछ, तर क्या गर्नु कूप्राबाउ, हजुरबाउ को रगतमा त भगवान माथि ठुलो आस्था थियो, तपाईहरु कति ले त आफ्नो पुर्बजलाए पशुपथिनाथमा नै लागएर जलाउनु भयो होला तर बिडम्बना आज समय ले कोल्टे फेर्यको छ साथी हरु धर्म परिबतन गएर क्रिष्टिनहुनु भयको छ, जे जस्तो भये पनि तपाई हरु को रगत मा हिन्दु भगवान पर्थी को मोह अजहै पनि बगिरख्यको छ जस्तो लाग्छ किनाभान्याए जहाँ आफ्नो पुर्बजलाइ बिसर्जन गर्नु भयो तेसै को अगाडी आफ्नो पनि बिसर्जन होस् भने चंहनु हुन्छ.

    तर कुरा स्मरणहोस्, कसै को धर्ममाथि ठोस् पर्ने काम दुवै पक्श्ये बाट नहोस. धार्मिक स्वोतान्त्रथा छ भन्दैमा परापुर्ब देखि चलिआयाको परम्परा नाबिथालोस, यसै मा सबैको भलो छ. र अन्तमा श्री पशुपतिनाथले हामी हिन्दु हरु को कल्याण गरुन. अब त खोइ किन हामी सबै को कल्याण गर्नु भन्नु, अरु धर्म मान्नेको लागि अरु धर्मको भगवान ले गर्नु. तर जे भये पनि हाम्रो चै पशुपतिनाथ ले अबस्ये पनि कल्याण गर्छन. ज्ये होस् भोले संकर.

  50. मलाई भेटिकन सिटी मा pope को घर अगाडी दाहसंस्कार गरिदेउ भनेर कोइ हिन्दु ले भन्दा christian ले हुन्छ भन्छ भने यो अधिकार उनि हरु ले पाउनु पर्छ/

  51. यहाँका comments पढ्दा लाग्छ हाम्रो शैक्षिक चेतना स्तर धेरै कम छ| fairly neutral ground बाट हेर्दा, मन्दिर जस्तो पबित्र क्षेत्रमा न त लाश गाड्न पाईनु पर्ने हो न त लाश जलाउन नै| पशुपति क्षेत्रमा लाश गडाईले भन्दा लाश जलाईले बातावरण प्रदुषण बढी गरेको छ| hypocrite नबनौ साथी हो, कसरी लाश गडाई भन्दा लाश जलाई पबित्र भो?! यी दुवै तरिकालाई ब्यबस्थित गर्नु पर्ने बेला भएको छ|

    किराँतहरुका पनि आफ्नै कुराहरु होलान| किनकि ईतिहास बोल्छ, पशुपति मन्दिर किराँतहरुले नै बनाएका हुन्| धेरै पछी मल्लहरुले यसको स्याहार सुसार गरेर, अहिलेको मन्दिर बनाएका रे| अब यहाँ कुरोमा कुरो आउदा, अनि कति साथीहरुले तल “अतिक्रमण” को कुरो गर्दा, यो प्रश्न आफै उठ्छ…साढे दुई सय बर्ष अघि, प्रिथिबी नारायण शाहले अरुको “चियो-चर्चा” गर्न खाल्टो ल्याएका ४२ जना ब्राह्मणहरु हुर्केर, फैलिएर कसरी यति बिघ्न भो?!…अनि पशुपति मन्दिरमा अरु सबै जातीलाई कसरी जरै देखि अतिक्रमण गरी बिस्थापित गर्न पुगे अहिले? यहा त लोकसेवा लागु हुन्न होला| त्यसैले साथीहो, कुरा बुझौ| अरुलाई हेपेर, मिचेर लापारबाही हिड्ने प्रब्रृति नै बाहुनबाद हो| बास्ताबिक्तालाई हेरौ, बुझौ; अन्नायमा परेकालाई हात दिएर सहायोग गरौ| तेरो मेरो भन्ने काम गलत हो, हामी सबैको हो भन्न सिकौ अनि यस्ता समस्या लाई सबै मिली सहि तरिकाले सुल्टाउन्दै अघि बढौ| आदर र सदभाबको कमीलाई उकास्दै लानु पर्छ|

    तर, यस कुरोमा चाहि म नेपालको प्रगति बिथोल्ने जमात र भारतको हात देख्छु| पशुपति kosh को देखि sanchaalit छ? yasle kiratlaaii kina ufaarnu khojii rahechh? uttar khotalnu पर्ने बेला bhaa’छ

    • पर्यावरणको लागि त लास गाड्नु भन्दा जलाउनु नै राम्रो होला जस्तो लाग्यो मलाइ किनभने गाडेको लास पूर्ण रूपले decompose हुन सैकडौ वर्ष लाग्न सक्ने भएकोले जमीनमा accumulate हुँदै जाने भयो फेरी चिहानमा कंक्रीट का संग्रचनाको पनि थुप्रो लाग्दै जाने भो नि हैनर? जलाउँदा निस्कने ग्यास त्यति धेरैमात्रामा हुँदैन र जैविक बस्तु जलाउदा automobile र फ्याक्ट्री बाट जस्तो जहरीलो ग्यास निस्कने पनि होइन र एकै पल्ट धेरै लास जलाउनु पर्ने नभएकोले वातावरणमा धुवा-ग्याँस accumulate हुने कुरो पनि भएन |

      • मनिषजी, मेरो तर्क आउन अलिक ढीलो भो| समय निकाल्नै गाह्रो छ आजभोली|

        तपाईका कुराहरु मनन योग्य नै छन्, कंक्रिट र संरचनाका बिषयमा| तर यो ब्यबस्थित गर्न सकिने कुरो हो| यति गर्न सक्ने ढङ्ग त हुनुपर्ने हो, हामी र हाम्रो सरकार संग| तर बिडम्बना| यहाँ मात्र हैन देशको हरेक क्षेत्रमा यस्तै अस्त-ब्यस्त छ| “सिन्का” नभाच्ने टप्परटुईयाँहरु नै मुलुक हाक्ने, चलाउनेमा छन्| काम गर्नेलाई मौका दिन्नन, उ. डा. भट्टराई काम गर्ने मध्येका हुन् भनेर त उनले साबित गरिसकेका छन्|

        लाश जलाउने कुरो गर्दा, तपाईले आकास तिर मात्र हेर्नु भो जस्तो लाग्यो| दाउरा-मूढा, रुख ढालेर मात्र आउछ, खरानी, कोइला र लाशका अवशेषहरु समेत गरी सबै बागमतीमा पखालीईन्छन| बागमतीमा पानी बग्नुको सट्टा, लेदो बग्छ| अनि यसको कारण मध्यको एक मुख्य, लाश जलाउनु पनि हो| कुपोंडोल तिर गएर हेर्नु होला, हाम्रा नानीहरु तेस्तैमा पौडी खेलिरहेका हुन्छन| अब पर्यावरण र बातावरणको बिषय यहाँ निर मनन गर्नुहोला र जनमानसको स्वास्थ्यको असर|

        • cRIS जी,
          “दाउरा-मूढा, खरानी, कोइला र लाशका अवशेषहरु” यी पनि व्यवस्थित गर्ने नसकिने कुरा हरु होइनन जस्तो लाग्छ , विधुतीय दाहगृह बनाएमा थोरै खरानी मात्र निस्कन्छ | मलाइ त बागमती र अरु नदी प्रदूषणको लागि दाह संस्कार भन्दा पनि ढल र अन्य औधोगिक फोहर पानी मिसाउनु हो जस्तो लाग्छ | दाह संकार पश्चात बाँकी अवशेष नदीमा बगाउने परम्परा हजारौ वर्ष पुरानो हो जबकी प्रदूषण देखिएको औधोगीकरण पश्चात मात्र हो, दाहसंकार पश्चातको मानव अवशेष नदीमा बगाउदा त्यसले नदीमा आधारित प्राणी र वनस्पतिमा नकारात्मक प्रभाव पार्दैन बरु तिनीहरुलाई पोषण प्रदान गर्दछ त्यसको ठीक विपरीत ढल तथा औधोगिक फोहर पानीले नदीको eco -system लाइ ध्वस्त पारी दिन्छ |
          हाम्रो तर्क वितर्क विषय बस्तु भन्दा टाढा गएको जस्तो पनि लाग्यो, माफ गर्नु होला , दाह संकार भन्ने कुरा रीति रिवाज र परम्पराको कुरा भएकोले आ-आफ्नो परम्परा अनुसारनै गरिने हो, सरकारले लास गाड्ने निश्चित ठाउँ तोकी दिनु पर्छ भन्ने मेरो मान्यता हो तर पशुपति वरपर नभएर छुट्टै एकान्त कुनै स्थानमा |

    • पशुपति नाथ को मन्दिर प्रचण्ड देव भन्ने ठकुरी राजा ले बनेका हुन् मित्र !!!

    • क्रिस ब्रो

      जे पायो तेही नबोल्नुस .. क्या हो बाहुनबाद भनेको ?? तपाइलाई एउटा जातिबिसेस लाई होच्याउने अधिकार छैन .. तपाई यो देस को बिसेस दर्जाको नागरिक हो र अरुलाई होच्याउने … मा बाहुन हो .. तर मलाई सार्बजनिक रुपमा गाली गर्ने तपाई को के हैसियत छ हँ ?… पशुपति विकास कोषले जे गरेको छ एकदम सहि छ .. यो हामी हिन्दुहरु को पबित्र भुमि हो… हामीलाई हाम्रै भूमिबाट हटाउने ..?? तपाई जस्ता २-४ जना खराब नियत भएका मान्छे ले गर्दा एस्तो भएको हो..

      • निराकारजी,
        तपाईको तिल्मिलाईं म राम्ररी बुझ्दछु| मलाई पनि यस्तै हुन्छ| तर सत्य कुरो अन्त्यमा सत्य नै हुन्छ| हामीले मान्न नचाहुला त्यो भिन्दै कुरो हो| तपाईले आफु बाहुन भएको declare गर्नु भो, त्यो राम्रो हो, र त्यसको म सत्कार गर्दछु| आ-आफ्नो जातमा (identity) सबैले गर्ब गर्न पाउने उसको अधिकार हो| तर म चाही “म बाहुन हुँ” भनेर declare गर्न तब सम्म चाहन्न जब सम्म हाम्रा कामी, दमाई, सार्की तथा अरु साथीहरुले “त्यसरी” नै declare गर्न चाहन्नन्| अब आउने पीढीले “बाहुन” शब्दलाई “गाली” नबुझुन, यहि हो मेरो लक्ष्य|

        बाहुनबाद के हो??…अति राम्रो प्रश्न| धेरै नेपालीहरु यसमा, अन्यौल हुन्छन| मेरो बिचारमा डोर् बहादुर बिष्ट जी ले पत्ता लगाउनु भएको शब्द होला यो| यो शब्दको माने खोज्दा, यति धेरै हाम्रै वरिपरी छन् कि, कहाँ बाट शुरू गरौ?!…हुन्छ भन्या| तपाईंलाई बुझ्न सजिलो होस् भन्नको लागी, केहि बुंदाहरु तल जुन काफी छ
        – छिमेकीलाई “तल” झार्ने, सकेमा “अछुत” नै बनाउने
        – आफु भन्दा “दह्रो” लाई, अरुसंग धुरिएर सिध्याउने, त्यतिले पनि नसके आफु चाहि, अरुको नजर छलेर, तिनै “दह्रो” लाई “घिउ” धस्न पुग्ने
        – समाजका “साझा” चिजहरु “आफ्नो” बनाउने, धारा, कुवा, कुलो, नहर ई.
        – आफु मात्रै सर्बोपरी, अरु भाँडमा जाउन (self-centred) (म-मेरो) ऊ. सुर्य बहादुर थापा, माथी पुगे, आफ्ना सारा साखा-सन्तान, कुटेम्बेरीहरु समेतलाई ठीक-ठिक ठाउँमा पुर्याए, त्यस्तै गिरिजा प्रसाद कोइरालाले पनि गरे, र अहिले माधव कुमार नेपाल ले पनि त्यसै गर्दैछन|

        यी श्रृंखला कहिले रोकिने?? जबकी तपाईहरु जस्ता well informed नेपालीहरु yasarii एकहोरो hiDdai hunuhunchh…

        • धन्यबाद cRIS,
          यो बाहुनबाद बारे बुझाई दिनु भएकोमा| दुइटा कुरा चाही थप गर्नु पर्छ होला:

          “लोभ पाप गर्नु हुँदैन भनेर धारा प्रबाह प्रबचन दिने तर आफुलाई जति धेरै पैसा, सुन, गाई, भोजन र बस्त्र दियो त्यति पुण्य हुन्छा भन्ने पापी”
          “कुरा गर्दा सहमति सहमति सहमति – – – भनेर नथाक्ने तर मलाई मात्र फाइदा हुनुपर्छ/मेरो कुरा तिमीहरुले मान्नै पर्छ भन्ने जिद्दी नछाड्ने|

        • krish bro

          kruo धेरै घुमाउनु पर्दैन … २५० वर्ष अघि क कुरा ल्याएर नया पुस्त का हामी लाई होच्यौना कसैलाई अधिकार छैन .. गाली गर्न कसलाई आउदैन ?? हामी पनि अरु जात बिसेस को नाम जोडेर गाली गर्न सक्छौ नि… २०६३ को संबिधान ले सबै लाई बराबरी पारिदियेपाची एउटा जति बिसेस लाई होच्याउने अधिकार संबिधान को कुन धारा ले दियो तपाई लाई??
          कुरो छोटोमा भन्दा – मलाई गलिगरने तपाइको हैसियेत क हो ?? मा यो देस को स्वतन्त्र सबै जस्तै समान हैसियेत को नागरिक हो ..तर मलाई अनि मेरो समुदाय लै होच्याउने तपाई कुन बिसेस दर्जा को राजा हो.?? यक्ष्य प्रस्न येही हो… baki
          तपाई लाई बाहुन सब्द भन्दा लाज हुन्छा होला ..मलाई त पट्टकै हुँदैन… आफ्नो कमजोरी स्पष्ट संग स्विकार्न सक्ने सक्ति अरु कसैमा देखिना मैले..
          बाहुन एउटा गतिशिल परिबर्तन तिर अग्रसर र परिबर्तन को नेतृत्व गरेको समुदाय हो,
          एसले देसलाई जति नेतृत्व अरु कोइ ले दिएको छैन…
          खान खाए पछि आची त औछा नि कृष् जी.. डोर् बा.बिस्त ले कुनै प्रसङ्ग मा तेस्तो भने होलान.. तर यो देस मा तपाई जस्ता केहि छन् जो जिन्दगि भरि नै बाहुन को आची कोत्ययेरा बस्न चाहउनु हुन्छा .. तपाई हरु जस्ता लै मेरो तथास्थु.. तर आची चाही नाकमा नादल्नु होला

          • मान्छेले आफ्नो “माथीको” रित्तिएपछी, “तलको” बाट शुरु गर्छन रे…हो रहेछ| तर मलाई चाही “जोगाउनु” होला है यसबाट|

            “मेरो” संबिधान बनाउन, मान्छे छानेर त पठाएका नै हौ, तर उनीहरु त झिंगा मार्दै, थप्पड खादै, आफु-आफु बाझ्दै बस्दैछन रे भन्ने सुन्नमा आएको छ| कति सत्य हो! म आम नागरिकको हैसियतले आफ्नो देश, समाज र सार्बजनिक interest का कुराहरुमा असर पर्न सक्ने जुनसुकै महत्वका बिषयमा मेरो interest हुनेछ र त्यसमा कसैले एकलौटी खलल पुर्याउदैछ भने, अब उप्रान्त त्यस्तो नगरोस, नहोस भन्ने हेतुले “जागरुक” गराउनु मेरो कर्तब्य ठान्दछु| जिन्दगी भर कर्तव्यपरायण भई सन्तोषले जाने ईच्छा छ| तपाईको नि??

            कुकुरले “कुकुर” भन्दा चित्त दुखाउनु हुन्न भन्छु म; तर कुन तौर-तरिका (context) मा त्यो भनिएको छ, त्यसलाई चाही सपार्न सकिन्छ – शिक्षाले|

            ईतिहासको कुरो – हामी अहिले जे-जस्तो अबस्थामा आईपुगेका छौ, त्यसको कण-कणमा ईतिहासको हिस्सा छ, ईतिहास नहुदो हो त बर्तमान हामी हुन्न थियौ| सृस्ति नै यस्तो छ, अब यसलाई नकारेर सकिन्छ त| के तपाईं अहिले सियोको टुप्पो बाट पलाएको हो त?? यसरी कुरा गर्ने मान्छेले आफ्नो समुदायको नाम नलिदै ठीक| आफूसंगै पुरै समुदायलाई झार्ने!

        • क्रिस जी तपाइको धेरै कुरा एकदम सहि छ/ मा एक हिन्दु छेत्री हो, तर मलाई बाहुन हरु को मानसिकता मन पर्दैन / यदि नेपाल मा बाहुनबाद को सबै भन्दा बढी शिकार कोहि छ भने त्यो छेत्री हो / आफ्नो आर्थिक उपजन को लागि हामी खस् लाई जनै भिराएर छेत्री बनाउने अनि साथ साथै दलित को जस्तो व्यवहार गर्ने/ हाम्रो दान चल्छ, साचै भन्नु पर्दा बिगत मा बाहुन हामी मै आश्रित जात हो तर हामीले छोएको चल्दैन / कस्तो बिडम्बना अनि कस्तो आफु मात्र लाई शुद्द ठान्ने, अरु को आत्मा सम्मान मा चोट पुर्याउने असिस्ट /
          केहि लाई छोडेर अधिकांस बाहुन हरु सबै भन्दा अबसरबादी चरित्र भएका मानिस हुन् भन्दा अत्योक्ति नहोला / दुख पाको बेला मा अन्य जति संग मित लाएर भए पनि आफ्नो दुनो सोज्यायो अनि आफु माथि परे पछि तेही मित को जरा काट्यो/ यो उनि हरुको साझा चरित्र हो /
          हिन्दु धर्म संसार कै उत्कृस्ट र बैज्ञानिक धर्म हो / यो केहि बिबादित र आलोचित छ भने यसको मूल कारण बाहुन र बाहुन को सोच हो / हिन्दु धर्म आम जनता को धर्म हुनु पर्छ न कि भक्त र भगवान बीच को एजेन्ट भएको बाहुन को / हिन्दु धर्म लाई ठगि खाने भाडो बनाउन हुन्न साथै आफु जस्तै जो कोहि लाई अछुत बनाई त्यसले शिर ठाडो गर्ने नसक्ने स्थिति मा पुर्याउने काम तुरुन्त बन्द हुनु पर्छ /

          • राजेन्द्रजी, भित्री मनको घाउ उप्काएर निकाल्नु भो, म पनि दुखे| हामीमा, हाम्रो समाजमा, भएका, हुदै आएका कमि-कमजोरी, खोटहरुलाई चिनेर…स्वीकारेर…सपार्दै लानु अतिजरुरी भैसकेको छ| एकापसमा दोषारोपण गर्दै बसेर, हामी अगाडी बढ्ने छैनौ| तर यही पोस्टका तर्कहरु हेर्दा, बाटो लामो छ| स्वीकार्नु त कता हो कता, ढाकछोप गर्नु, दोष अरुमा थोपर्नु, अनभिज्ञ बन्नु वा बन्नु खोज्नु…कतातिर हिद्दैछौ हामी??! हाम्रो सोचाईलाई भित्रै देखी “गो-गो” साबुनले धुनु पर्ने भएको छ|

            धन्यबाद|

  52. आज पशुपतिमा लाश गाड्न पाउनु पर्छ भन्नेले भोलि पशुपति मन्दिरमै टासिएर गिर्जा घर बनाउन पाउनु पर्छ भन्लान | यो हामी हिन्दुहरुलाई सह्य हुन् सक्दैन | सबैले आ-आफ्नो सिमामा बस्न सिकौ | आफ्नो अधिकार खोज्नेले अरुको अधिकारको पनि संमान गर्न सिकौ |

    • यहाँ मलाई लाग्छ सबैले भनेका कुरा ठिक छन् तर यसै कुरालाई सबैले ठिक वा बेठिक भनेर चिन्ह लगायको देख्दा मलाई लाग्छ यसरि नै सबै को मन नमिलेर यो समस्या आयको हो …….

  53. म सानु छदा मैले थाहा पाए अनुसार , सबै हिन्दु धर्मका हिमायेती गिरि .पुरी भारती ,बन थरका (जसले जोगी को मन्त्र सुनेका छन ) लाई मात्र पसुपती छेत्रका को रामचन्द्र मन्दिर देखि देक्छिंनका केही स्थानमा मात्र लास गाड्न दिईनथ्यो /जसमा केही हुने खानेहरुले माटोको सानो मन्दिर बनाउथे र आर्थिक कम्जोर हुने हरुले लास गाडे पछी माटोको डिस्को बनाएर आफ्नो पहिचान बनाउथे /यी बाहेक अरु जातिले पसुपती छेत्रमा लास गाडेको पाईन्न /एस बारेमा पुराना ईतिहास विदहरुबाट प्रतिक्रिया लिदा राम्रो होला/ जेहोस पसुपती नाथको यो छेत्र हिन्दुहरुको आस्थाको केन्द्र हो/ हिन्दु जातिहरु अरु जाति हरु भन्दा धेरै सहिस्नुता हुन्छ /र जहासम्म हिन्दुहरुले लास जलाउने हुदा यो समस्याको कुरै भएन / म बिदेसमा बस्छु /याहा बिभिन्न funaral संस्थाहरु खोलेका छन र यी संस्थाहरुले खालि स्थानहरुमा जग्गा खरिद गरेर राखेका छन र उनीहरुले लाग्ने खर्च लिएर लास गाड्ने गर्छन र पैसाहुने हरुले सिमेन्टका ठुला ठुला block किनेर नाम राखेका हुन्छन र नसक्नेले आफ्नो ग्छ्छे अनुसार गरेका हुन्छन र नेपालमा पनि खालि जग्गा किनेर येसो गरे हुन्नर ?किन र बिस्व सम्पदा सुचिमा परेको यो संस्थालाई बिबादमा ल्याउने ? क्रिसचियेन् , लामा,राई ,लिम्बुहरुले आदिहरुले के नेपाललाई सधै बिबादमा राखी रहने र सान्ती र प्रगती गर्न नदिने ?

  54. हिन्दु धर्मको सबल पक्ष मद्धे एक लास लाइ जलाउने परम्परा पनि हो जस्तो लाग्छ | यो विधि बाट अन्तेष्टि गर्दा ठाउँ पनि नओगट्ने, पर्यावरण मैत्री हुनको साथै मृत्यु हुने व्यक्तिमा कुनै रोगका जीवाणु रहेछन भने पनि ती नष्ट हुने हुँदा रोग समेत नियन्त्रण हुने भएकोले यो विधिलाई प्रोत्साहन गर्नु पर्छ |
    जहाँ सम्म अन्य धर्मावलम्बी लाइ पशुपतिमा अन्तेष्टि गर्न दिने कि नदिने भन्ने प्रश्न छ , मेरो विचारमा हिन्दु जस्तै जलाउने हो भने उनीहरुलाई पनि दिँदा हुन्छ |

  55. कमेन्ट गने दाजु भै र दिदि बहिनि सबैलाई एउटा कुरा छ . एउटा लास गाड्ने कुरा लै लिएर धर्म युद्ध नै होला जस्तो छ . मा पनि एउटा क्रिस्टियन हो र मा पनि पशुपति मा लास गाड्ने कुरा लिएर दुखित छु. तर एदी सरकार ले लास जलाउने हरु को लागि व्यवस्था गरेको छ भने लास गाड्ने हरु को लागि पनि गर्नु पर्छा, र चर्च आफ्नै जग्गा किन्नी हो भने जलाउने हरु ले पनि आफ्नै घर अगाडी जलाउनु नि किन सरकार ले हेर विचार गरेको मन्दिर मा गएर जलाउने ?
    एस्तो कुरा मा मन मुताव ल्यानु को सत्ता बरु मिलेर समाधान खोज्नु पर्छा. छिमेकि देस हेरेर हामी चेतेनौ भने के होला हाम्रो देस को??

    • कोइराला जी , मलाई पनि क्रिस्टियन बन्न मन लागेको छ.
      क्रिस्टियन बने पछि त तलब पाइन्छ अरे नि त महिनै पिच्छे. के गर्नु बेरोजगार छु.

      • ओमकार जी,, क्रिस्टियन बन्न तेती सजिलो छैन ! जुन रुपबाट “क्रिस्टियन “लाई तपाईले हेर्नुभो त्यो सरासर गलत बुझाई हो. ! क्रिस्टियनहरु यो संसार कोलागि, पैसा को लागि र स्वार्थले बाच्ने होइनन. ! यो संसारको ढाचामा चलेर क्रिस्टियन हुन असम्भव छ ! यदि तपाइले येशु क्राइस्ट माथि विश्वास गर्नुहुन्छ र उहा को बचन (बाइबल) अनुसार चल्न प्रयास गर्नुहुन्छ भने तपाईले जीवनमा सभै भन्दा ठुलो इनम प्राप्त गर्नुहुनेछ ! कहिले नास नहुने धन , कहिले नमर्ने अनन्त जीवन र सोर्ग तपाई लाई मिल्ने छ !

        • क्रिस्टियन साथि हरु तिमि हरु खुब किताब पद्छौ. तेही बाइबल कति पद्छौ , एक चोटी गीता पढी हेर. अनि फेरी एकचोटी तिमीले लेखेको comment पढ. अनि फेरी लाज नमान.

      • भाइ ओमकार .तलब त थाहा भएन पाप छेमा र अजम्मरी जीवन चाहिं पैन्छा

  56. कुनै एक धर्म भन्दा अर्को धर्म ठुलो या सानो होइन | सबैले एक अर्काको सम्मान गर्न पर्छः | पशुपति हिन्दुको आस्था स्थल हो भन्ने कुरामा कसैको दुइ मत नहोला| यदि त्यसो हो भने उनीहरुको आस्थामा खलल पर्ने क्रियाकलब गर्नु नै गलत हो | स्मरण रहोश: अरुको सम्मान गरे मात्र आफुले सम्मान पयिन्छा नत्र भोलि हिन्दुहरुले गिर्जा घरको आगनमा लाश जलौना थाले भने कस्तो भयाबह स्तिथि औछा? बेलैमा सबै को बुद्धि आयोस |

  57. होइन मैले कुरा नबुझेको किराँत र क्रिश्चियन हरु भनेको एकै हो र?

    • मन जी,
      यहाँ धेरै कमेन्टहरु आफ्नो र अर्काको संस्कार सबै को सम्मान गर्नु पर्छ भन्ने भावना पाईयो जुन सर्हानिय छ | तर तपाइलाई किराती र क्रिस्चियन एकै हुन् भनेरा सोध्नु यात तपाई पटमुर्ख हुनुहुन्छा कि नेपाली भएर येत्ति पनि थाहा छैन या तपाईं जानी जानी उनीहरुलाई होच्यौना चाहनु हुन्छा | यी दुवै हैन भने कम्तिमा तपाइलाई अरु प्रति आदर कत्ति पनि रहेन रहेछ भन्ने बुझिन्छ|

      • थाहा नपाउनु कमजोरी होईन र सबैलाई सबैकुरा थाहा हुनैपर्छ भन्ने पनि छैन। तपाईजस्ता कोही आफुलाई सर्बज्ञाता ठान्दा हुन् तर आफुलाई कन्फ्युज भएको कुरा सोद्धा यस्तो जवाफ दिनुपर्ने कारण म चाहीं देख्दिन । किरात र क्रिस्चियन भनेको एउटै त होईन तर हिन्दुहरुको पवित्र स्थलमा लास गाड्ने र लास गाडेको ठाउंमा कंक्रिटको जंगल निर्माण गरेर बिश्व सम्पदा कुरुप बनाउने सवालमा दुबैको स्वार्थ मिलेकोले दुबैको नाम संगै आएको कुराको मात्रै जानकारी गराउंदा पुग्ने थियो भन्ने मलाई लाग्छ ।

      • चन्द्र जी,
        अचम्म लाग्यो तपाई कमेन्ट हेर्दा. तपाइले मेरो कम्मेन्ट किन लेखेको विचारनै नगरी आफ्नो कमेन्ट ठोक्नु भएछ र मलाई मात्र पटमुर्ख को संज्ञा दिनु भयेछा. हो म पटमुर्ख नै हुला तपाई को अगाडी. तर mysansar को कमेन्ट हरु पढ्नु भयो भने सबै मा किराँती र क्रिस्टियन उस्तै हो भन्ने आशय को कम्मेन्ट हरु छन् त्येसको बारेमा तपाई के भन्नु हुन्छ?

        • मन जी,
          तपाई को पछिल्लो कमेन्ट पढ्दा (आफ्नो समर्थन मा अरुको कमेन्ट हेर्न पनि वकालत गर्नु भएको देखेर) तपाई पटमुर्ख भने पक्कै होइन| त्येसको ठिक उल्टो, एकदम चलाख हुनुहुन्छा जस्तो छ| मेरो आपत्ति मात्र केमा हो भने धार्मिक परम्परा को कुरा सम्बेदनशील हुन्छ, त्येसैले कमेन्ट गर्दा आफुलाई थाहा छैन भने नगर्दा नै बेस| मलाई थाहा छ हिन्दु हरु र मुसलमान ले सुँगुर को मासु खादैनन्| येत्तिको भरमा हिन्दु र मुसलमान के एकै हुन् भनेर सोध्ने हो भने तपाइलाई मनमा ठेस लग्न सक्छा | मलाई साँचै भन्ने हो भने पशुपतिमा लास गाडेको मात्र होइन लास जलाएको पनि पोलुशन बढाएको जस्तो लाग्छ | लास जलाउने ठाउँ र लास गाड्ने ठाउँ सरकार ले व्यवस्था गर्नु पर्छ| सरकार ले जग्गा उपलब्ध गराउनु सक्दैन भने निजि लगानी को नीति ल्याउनु पर्यो | मृतकका आफन्त ले पैसा तिरेर पनि आफ्नो संस्कार पुरा गर्छन|

          आफ्नो कमि कमजोरी थाहा हुँदैन| झन् मुलधार मा बस्ने मान्छे हरुलाई अरुको संस्कार नै हुँदैन जस्तो लाग्ने अहंकार हाबी हुने सम्भावना हुन्छा| इमान्दारीका साथ् भन्ने हो भने कुनै बेला मलाई महिला हरु कम्जोर हुन्छन कर्म हारेका हुन्छन जस्तो लाग्थ्यो| त्यो पुरुसबदी सोचाई हो| अहिले त्येस्तो लाग्दैन| कुनै बेला म पनि हिन्दु थिए मेरो नाम नै हिन्दु पन्डित ले राखिदिएको| तर बुझ्दै जादा अहिले म किराती भन्न रुचाउछु| यो मेरो व्यक्तिगत स्वतन्त्रता को कुरा हो| त्येसको मतलब हिन्दुलाई घृणा गर्छु भन्ने होइन| म सबै धर्मलाई आदर गर्छु| मलाई सबै धर्म उस्तै हो जस्तो लाग्छ| मेरो प्राय सबै धर्म मान्ने साथीहरु छन्| मान्छेको गुणस्तर धर्मको कारण ले होइन मान्छे को ब्यबहारमा भर पर्छा| लामो कमेन्ट लेखना पुगेछु| मेरो कमेन्ट ले यहालाई ठेस लागे माफी चाहन्छु| मेरो त्यो उद्देश्य हुँदै होइन| मेरो उद्देस्य त तपाई को हालका फूलका कमेन्ट ले मलाई ठेस पुग्यो भन्ने तपाइलाई सन्देस प्रबाह गर्ने हो| यो नै मेरो अन्तिम कमेन्ट हुनेछा| बुझेर, नबुझेर, बुझ्पचायेरा, या अन्य अन्य उद्देश्य राखेर कमेन्ट लेख्नेहरुलाई मेरो भन्नु केहि छैन !

    • तपाई कुन युग मा हुनु हुन्छ, कालो र सेतो नै नचिन्ने, यदि यो युग को होईन भने तपाई संग कम्प्युटर को ज्ञान छ यदि हैन भनौ भने तपाईलाई के भन्ने…….ज्ञानि, घमण्डि, बिवेकहिन, बुझेर पनि बुझ पचाउने ……………

    • मन जी
      बडो सहि र सान्दर्विक व्यंग ठोक्नु भयो/ किरातीहरुलाई क्रिस्चियन जसतै ठाने/ पसुपतिलाई किरातेस्वर पनि भनिन्छ/ अझै भनु भने पसुपतिको आतिकालिन निर्माता किरातिहरुनै हुन्/तर पसुपतिको ब्यबस्थापन मा उनीहरुलाई कुनै स्थान दिएको छैन/

      तर अहिले किरातिहरुको लास पशुपतिमा गाड्ने प्रचलनमा रोक लगाउने पसुपतिको ब्यबस्थापन समितिको निर्णय अर्को ब्यबस्था नभए सम्म को लागि यहि माघ १७ गते सरकारले खारिज गरेको छ/ अब पसुपतिको छ्यात्र्मा लास गाड्दै आएका किरातिहरु र अन्यले अर्को ब्यबस्था नभए सम्म त्यहीं लास गाड्न पाउने भएको छ/

      पसुपतिको राज्यको हो समस्त देशबासीको हो/ यसलाई फोहरी प्रचलन बात बचाउनु पर्छ तर यसरि देसमा महादेव मान्ने अर्को जाति माथि विभेद लादेर कुनै निर्णय गर्नु गलत काम थियो/ पसुपतिको ब्यबस्थापन गर्ने समुहले यो कुरा बुझ्नु पर्ने थियो कि पशुपति कुनै चर्च मस्जिद जस्तै कुनै यक समुदायले आफ्नै श्रोत बात बनाएको होईन / पशुपति राज्यले बनाएको मन्दिर हो र यस माथि समस्त नेपालीको हो/

      • राज्यले बनाए पनि christian को लास गाड्न को लागि बनाएको हैन…यो मन्दिर बिशुद्द हिन्दु हरुको लागि हिन्दु राजा ले बनाएको हो / जहासम्म निर्माण को कुरा छ पशुपति नाथ को मन्दिर ठकुरी राजा प्रचण्ड देव ले बनाएका हुन्…….

        • जंगम जी
          अहिलेको पसुपतिको मदिर प्रताप मल्लले बनाएको हो/तर तपाईंकै कुरा सकार्दा पनि त् यो मन्दिर राजाले बनाएको भए पछी जसरि राजा सबैको साझा हुन्छ तेसरिनै पशुपति पनि सबैको साझा हुन्छ नि/ पशुपति ब्यबस्थित गर्न kiraati haru maathi maatrai bandej kin?

  58. आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको पनि सम्मान गर्नुपर्छ। पशुपति क्षेत्रको श्लेषमान्तक वन हिन्दुहरुको पवित्र तीर्थस्थल हो,
    अरु को सम्मान गर्न सिक्नुहोस
    पाशुपत क्षेत्र हाम्रो आस्था को केन्द्र तेहा अतिक्रमण को आशा नगर्नुहोस १ आर्ब हिन्दु हरु को विश्वास को केन्द्र मा हस्तछेप गर्ने आधिकार कसै लै छैन

  59. यस्तो हुन्छ भनेर मलाई पहिलै थाहा थियो, मी संसार मा पनि संघियता बिरोधि कमेन्ट हरु धेरै गरेको थिया तर पोस्ट भयान खै त्यो त उमेश जी नै जानुन , हाम्रो धर्म , जात , सस्कृति, भन्दा ठुलो हामी नेपाली हौ भन्ने कुरा हामी बिर्शेउ भने येस्तै हुन्छ ,
    नेपाली ले नेपाली को भावना बुज्छा तर हिन्दु ले च्रिस्तियन को भावना बुज्दैना न मुस्लिम ले च्रिस्तियन को,र अर्को कुरा हिन्दु को सस्कृति लाई आघात गर्नु नेपाली होइन, जातीय र धर्म को लडाईको वकालत मावोबादी ले गर्दै छ तर नेपाली कहिलै बुज्दैन, जनजति, अल्प संख्याक हरु को मुद्दा लाई राजनैतिक नारा मा परिवर्तन गरि कुर्ची मा बस्चन, तर भारत को नै काम गरि भारत लाई गाली गर्छन, अब नेपाल मा कति नै छन् र नेपाल बस्न मन पर्ने , भिसा लागेत
    यो देश मा बस्ने तेही नेता र येस्तै धार्मिक बखेडा निकलानी हरु त हुन् नि, नेपालमा १४ परदेश हुन्छ सबै मा मन्त्रि, राज्य मन्त्रि, घर घर मा नेता हुन्छ, मदेश मा बिजुली हुन्छा रेल गुड्छा, पहाड मा जातीय लडाई गाडी पनि चल्दैन, प्रिथिवी नारायण शाह को पाला जस्तै देश हाम्रो आखा ले देख्छौ , जब हामी नेपाली भनेर बिर्सिन्च्चौ हामी येस्तै सोच्छौ म गुरुङ, राई, थारु, नेवार , हिन्दु , च्रिस्तियन , बुद्धिस्ट , अनि पशुपति म़ा एस्तो गर्नु पर्यो , लुम्बिनी म़ा एस्तो, चर्चा म़ा लाश जलाउने, यों त ताम्सालिंग , यौ त मगरात, यों त थरुहट , यों नारायणी, खै मदेश मेरो हो , इलाम मेरो हो कर्णाली मेरो हो, एस्तो भयको भय हामी नेपाली नेपाली झगडा गर्नु पर्थियो , हामी अघि सर्दै छौ कि पछि सोचौ हों

  60. किरांत र क्रिश्चियनहरुले उहिलेदेखि लाश गाड्दै आएको रहेछ र धार्मिक सदभाव नखल्बलियोस् भनेर सरकार समक्ष अर्को ठाउँ बन्दोबस्त गर्न माग राखेका पनि रहेछन | अनुत्तरदायी सरकारले वास्ता नगरेपछि आजको स्थिति आएको हो| धर्मान्धहरुलाई उत्तेजित पार्न प्रतिक्रियावादीहरु आगो झोंस्न तयार भएर बसेका छन् | किरांत र क्रिश्चियनहरुले अर्घेल्याईं गरेको त होइन रहेछ भनेपछि हिन्दुहरु किन यति साह्रो बम भएका ? कुरै गर्ने हो भने पशुपति क्षेत्रमा हिन्दुहरुको जति अधिकार छ, त्यतिकै अधिकार अन्य धर्मावलम्विहरुको पनि छ | देश सबैको साझा हो, यो र त्यो भन्ने कुरै आउंदैन, सबै नेपालीले सबै ठाउँमा जलाउन र गाड्न पाउनु पर्छ |

    • हैन नेपालमा उहिले कैले देखि चै क्रिस्चियन हरु थिए हो ??? अलि मिल्ने कुरा त गरम मित्र………उसोभए लुम्बिनीमा धेरै जग्गा छ तेही लगेर क्रिस्चियन को लास गाड्नु पर्छ /////

      • शाह राजा हरुले एकीकरण गर्नु अगाडी नै काठमाडौँ मा क्रिस्चियन हरु को बसोबास थियो ! उनीहरु युरोपबाट आएका थिए, हिन्दु हरु इंडिया बाट आए जस्तै ! नेपाल का रैथाने हरु किरात मात्र हुन् ! मुस्लिम, हिन्दु र क्रिस्टियन सबै बाहिर बाट आएका हुन् ! इतिहास पढ्नुस मेरा पत्मुर्खा मित्र

  61. होइन हाम्रो नेपाल चाहिने नचाहिने टेन्सन किन ल्यौन्छा भन्या नेपाली हरुले? हजारौं वर्ष देखि मानिआएको हिन्दु हरु को तिर्थस्थल मा किन यो नेपाली क्रिस्चियन हरु को आँखा जानु पर्य| किन टेन्सन ल्याउनु पर्या| गोरा क्रिस्चियन हरु पनि यो लाश गाड्ने समस्या ले उब्ज्येको बताबरनिया समस्या प्रति चिन्तित छन्| हाम्रो नेपाली क्रिस्चियन हरु ले आफ्नो, भौगोलिक, संस्कृतिक र सामाजिक लाई विचार गरेर समस्या को समाधान गर्नु अगाडी बढ्नु पर्यो, अरु को धर्म प्रति आंच आउने काम गरेर होइन|

  62. कही नभाको जात्रा हाडीगाऊमा भनेको येही हो अर्थात् स्वतन्त्रताको अर्थ नाबुज्ने नेपालीले प्रजातन्त्रको दुरुपयोग गर्दै उपहार स्वरूप दीयको भेटि हो यो , हैन भेने नेपाली नेपाली किन लड्थे र ?

  63. गाड्न पाइन्न तर हे इसाई हो , मरेर आइज , तँलाई जलाउने चिता दिन्छौं /

  64. अरुलाई बाधा नपर्ने गरी लाश गाड्दा के नै बिग्रिन्छ र ?

  65. अ आफ्नै धर्म परम्परा संस्कार र संस्कृत बोकेका हामी एकै नेपाली भएकाले एक अरकाका संस्कार र संस्कृतिको सम्मान गर्दै पशुपति क्षेत्र मा लास गाड्ने स्ताम्ब बनाउने त्यागी अनेत्रै गाड्ने व्यवस्था को निम्ति सरकार संग अनुरोध गने गरौ |

  66. म बुद्ध धर्मवाल्म्बी हू अर्थात् म हिन्दु होइन तर हिन्दु या अरु कुनै धर्मको स्थान मा गएर त्यो धर्मको बिरुद्ध कार्य गर्नु धार्मिक अपराध हो तपाइको अधिकार त्यो बेला सम्म प्रयोग गर्न पाउनु हुन्छा जुन बेला सम्म तपाई अरुको अधिकार हनन गर्नु हुन्न तेसैले पशुपति मा लाश गाड्नु अपराध हो

  67. कुनै पनि सही कामलाई सही तरीकाले गर्नु पर्छ । अगि्रम जानकारी गराएर यो कदम चालेको भए यत्रो प्रोपोगान्डा नै नहुने थियो । बैकल्पिक व्यावस्था हुन सके समस्या हुन सक्छ । तर पशुपति हिन्दुको मात्र विर्ता सोच्ने प्रवित्तिको अन्त्य होस् ।

    • जति बेला मृतु पछि लाश लाई समाधिस्त गर्ने पबित्र स्थल पशुपति क्षेत्र लाई मनियको थियो तेती बेला उहा हरुको जनसंख्या काठमाडौँ मा अति नै कम थियो शायद तेसैले पनि पशुपति नाथ को जंगल पयार्प्त थियो | यदि पशुपति नाथ नेपाल को धार्मिक धरोहर हो भने अब चिहान हुन बाट बचाउने काम सम्पूर्ण नेपाली को हो कि होइन ? एसको सुरुवात राई जति बाट नै गरौन त

    • साथी “पशुपति हिन्दुको मात्र विर्ता सोच्ने प्रवित्तिको अन्त्य होस्” के भन्न खोज्नु भाको हो यो/ अब पशुपतिलाई हिन्दुको बिर्ता नसम्झे क्रिश्चियन हरुको चर्च सम्झिनु को मुस्लिम हरुको मस्जिद कि buddhist हरुको गुम्बा सम्झिने त? जुन पागल लाई गएर सोध्नु भयो भने पनि त पशुपति लाई त हिन्दुहरुकै मन्दिर त भन्छ होला नि/ के हिन्दुहरुले त मुस्लिम त क्रिश्चियन त buddhist हाम्रो पशुपतिमा आउन पौन्दैनस भने छ र? तातो न छारो को कुरा यार/

    • पशुपति नाथ हिन्दु मात्र को बिर्ता हो… तेती पनि थाहा छैन? बस्ताब मा किराती भन्ने कुनै छुट्टै धर्म नै हैन… यो हिन्दु धर्म कै एउटा अङ्ग हो….. हिन्दु हरुलाई अल्पमत मा पार्न र खै, किन र कसको यिसारमा लागेर हो, भन्ने बेलामा हामि हिन्दु हैनौ, हाम्रो धर्म छुट्टै हो भन्ने, अनि अहिले हिन्दु हरुले हिन्दु बाहेक अरु धमवालाम्बी लै रोक लगायो भनेर रोई कराई गरेर हुन्छ त…. स्विकार्नुष र भन्नुश, हामि किराती हरु हिन्दु नै हौ भनेर… तेतिबेलाम तपाइको लाश गाड्न दिएन भने जनजाति भएको नाताले पहिलो समर्थन गर्ने बेक्ती मा हुनेछु…

  68. कदापी हुन्न. यो नाटक को खलनायक बिदेशी हो कि स्वोदेसी .. तेस्लाई चै गाड्नु पर्ने . अब चै अत्ति भो ल !!!!!!

  69. हैन यो के कुरा हो यो बिस्वो सम्पदाको क्षेत्र मा सम्रशन गर्नुको साटो के गर्न खोजे को हो यी क्रिस्टियन भनौदा हरुले ? उनि हरुकै क्रिस्टियन देशमा पनि पैसा तिरे र चिहान को लाई जग्गा किन्नु पर्छ, किन्न नसक्ने को लास विधुतीय येन्त्र मा खरानी बनाउछ भने , यी क्रिस्टियन हरु के को निहु खोज्दै हा. जौ न आफ्नो पैसा लगाएर जगा किन र गिर्जा घर बनौ , हामी लाई के मतलब ? हाम्रो आस्था मा आच नपुर्याऊ, तेरो गाड्न परे गाद , झुन्ड्याउनु परे झुन्दयुनु परे झुन्ध्या के मतलब , तर हाम्रो ठाउमा न आय जा, तेरो धर्म ले जिउदै स्वर्ग लैजा

  70. मेरो बिचारमा सबै धर्म मान्नेहरुको कदर गर्नु पर्छ तर पशुपति क्षेत्रभित्र अन्य धर्मालम्बीहरुले त्यसरी आफ्नो अधिकार जमाएर लास गाड्न पाउनु पर्छ भन्नु गलत हो/ के हिन्दु हरु क्रिस्चियनहरुको चर्चमा गएर हामी यहाँ लास जलाउछौ भन्छन र?अनि किन अहिले आएर क्रिस्चियनहरुले बखेडा झिकेको? यस बारेमा सरकारले बेलैमा ठोस् कदम नचाल्ने हो भने यसको परिणाम गलत पनि निस्किन सक्छ/ नेपाल सरकारले जति सक्यो छिटो यो समस्या समाधान गर्नु उचित छ/ क्रिस्चियनहरुलाई पनि सरकारले उचित ठाउँ को बेबस्था गरिदिनु पर्छ/

  71. होइन लाश गाड्न काठमाडौँ मा अन्त कतै ठाउ पाइएनर हो कि कसो पशुपति क्षेत्र मा नै आखा लगाउनु पर्ने तिनीहरुलाई पनि ? नेपाल का बिकट पहाडी भू -भाग जति सबै तिर आफ्नो कब्जा त यिनीहरुले पहिलेनै जमाइसकेका छन् . अब पशुपति को पालो होलानी .

  72. औला दिदा डदुल्नो निल्ने , हिन्दुहरु क्रिश्चियनहरु बाट सजक हुनु पर्छा
    पैसाको भरमा यिनीहरुले जे नि गर्न सक्छन !

  73. पैसा को लागि धर्म परिबर्तन गर्ने/ गराउनेको नौटंकी नाटक हो/ साथै हिन्दुहरुको सहनसिलाताको उपहास गर्न नखोज, दुस्प्रयास बन्दगर …. येदी तिमीहरुलाई भारत को उडिसा राज्यमा गरियको दुस्प्रयास तथा बबरिमस्तिज़ को इतिहास सम्झनाछ छ भने हिन्दुहरुको सहन्सिलातापर्ती खेलवाड नगरे हुन्छ नत्र पशुपतिक्षेत्रमा मात्र केकुरा भेटिकन सिटीमा पनि हिन्दुहरुको पर्बेश हुन सक्छ / साबधान !!

  74. मा हिन्दु भयर मात्र पशुपति क्षेत्रमा लाश गाड्न हुन्न भनेको हैन कारण यो कि किन अरु धर्मको ठाउमा जाने आफ्नो नि यौटा क्षेत्र बनाया भैहाल्यो झगडाको बिउ रोप्न लै नै त्यो गर्न लागेको हो कि किन ? नत्र …..

  75. maile बुझे अनुसार पर पूर्व कल देखिनै किरातीहरुले आफ्नु मरेको लाशलाई किरातेस्वर मन्दिर छेउमा राखिदिने माग गर्दथे , जुन ठाउँ पशुपति क्षेत्र भित्र पर्दछ जुन ठाउँ किरातीहरुको किरातेस्वर मन्दिर आस्थाको धरोर पनि छ ,हामी धेरै चोटी मलामी गएका थिउ पनि पछी केहि धनि मनि हरु कपुर थान बनाउन थाले .हामीले नै यसरि सिमेन्ट र रडको कंक्रिट बनाय्रमा फेरी आउने पिधिको लागि ठाउँ नहुने भएकोले कपुर्थान नबनाउने सर्तमा लाश गाड्ने सर्त बनाएको थियो किरात समाज ले तेसै बेला पनि केहि क्रिस्चियन किराती हरुले जबर्जस्ति गर्न खोजेको थियो .हामी सबै ले राम्ररी सम्झ्येका थियौ , 2055 साल तिर होला तेत्ति बेला नै सरकारले बैकल्पिक ठाउँ नाभैन्जेल तपैहरुको परपुर्बकल देखिको स्थानलै उपयोग गर्न पाउने भनेको थियो तर आज अचम्म लग्यो बा अझै सम्म बैकल्पिक ठाउँ रहेन छ .किन होला बेवास्ता I जन्म,बिबाह ,म्रीतु सबै जात र धर्मका अ आफ्नै संस्कार र परम्परा हुन्छन सबैले हामी नेपाली नै हौ भन्ने सम्मान गर्न सिकौ यक अर्कामा
    ,स्नेह बढौ.न हौ किन होला नि यो my संसारमा कमेन्ट सारै निम्न कोटिमा गिरेर गर्नु पर्ने

  76. केहि समय यता गाई काटियो , अहिले आएर पशुपति क्षेत्र मा लास गाड्ने कुरो आयो, मान्छे हरु किन हिरो बन्न खोज्छन, नेता हरु हिरो बनेको महसूस गरे, धर्म निरपेक्ष देश घोषणा गरेर, हुन त हिन्दु धर्म को प्रचार प्रसार कैले पनि हुन्, हिन्दु हरु ले भन्दा बरु अरु धर्म का मनिष हरु ले हाम्रा ग्रन्थ हरु पदछन , हाम्रो धर्म को संस्थापक को हो, न त यो नै किताब पद्नु पर्छ भन्ने छ, न त एस्लाई नै मान्नु पर्ने भनेर तोकिएको छ, सनातन भनेको न त तेस्को उत्पति भयो न त तेस्को अन्त हुन्छ, नेता हरु ले पैला भत्काउने अनि बल्ल टाउको मा हात राखेर के गर्ने भनेर सोच्ने हो भने चेइ कैले हट्ने हो कोनी,क्रिस्टियन धर्म मान्ने हरु ले पनि अरु धर्म को आस्था मा अंच आउने कम गर्नु भएन,

  77. पशुपतिमा RCC गरेर लाश गाड्ने अनि तेसैको बिरोध मा चर्च को अगाडी लाश जलाउने गरेमा धार्मिक युद्द नहोला भन्न सकिन्न /

  78. यो विवाद बाहुनवादी राज्य ब्यबस्था तथा आफुलाई श्रम गर्दा अर्थात् हलो जोत्दा जात जान्छ भन्ने बाहुन हरुको सोचाई हो/अहिले हामी किरात धर्मावलम्वी हरु जसले लाश गाड्ने चलन छ हामीलाई जबर्जस्त क्रिस्चियन बनाउने कोशिश गरिंदै छ /हिन्दु धर्म को नाउमा आदिवाशी जनजाती हरु उपर यसरि विभेद गरिएमा हतियार बोक्न बाध्य नपारियोस/
    सुरेश चामलिंग

    • छ्या, क्या कुरा गरेको.. जे कुरामा पनि आदिबासी जनजाति भनेर कराउने? बस्ताब मा किराती भन्ने कुनै छुट्टै धर्म नै हैन… यो हिन्दु धर्म कै एउटा अङ्ग हो….. हिन्दु हरुलाई अल्पमत मा पार्न र खै, किन र कसको यिसारमा लागेर हो, भन्ने बेलामा हामि हिन्दु हैनौ, हाम्रो धर्म छुट्टै हो भन्ने, अनि अहिले हिन्दु हरुले हिन्दु बाहेक अरु धमवालाम्बी लै रोक लगायो भनेर रोई कराई गरेर हुन्छ त…. स्विकार्नुष र भन्नुश, हामि किराती हरु हिन्दु नै हौ भनेर… तेतिबेलाम तपाइको लाश गाड्न दिएन भने जनजाति भएको नाताले पहिलो समर्थन गर्ने बेक्ती मा हुनेछु…

      • तपाई अलि ईतिहाँस अध्यान गर्नुहोला र कमेन्ट गर्नु होला नभए ईतिहाँको कुरा मा तपाई बालक नै होला जस्तो लाग्यो,

        • गुरुङ जी ले जे भन्नु भाको छ त्यो ठिक हो…….किराती हरु हिन्दु हैन भने किन महादेव को मन्दिर छेउ पशुपति नाथ मा लास गाड्नु पर्थ्यो परा पूर्व काल देखि ??? त्यो बेला त christian भाको थिएनौ होला ???

    • दुनिया कहाँ को कहाँ पुगीसको मित्र बाहुन फलानो मधेसी फलानो नेवार फलानो भन्नुस बस्नुस. हो राज्य सन्ता मुलत बाहुनहरुले चलाका छन् तर हिन्दु धर्म को धार्मिक स्थानलाई बाहुन को भन्नु सुहाउदैन. सबै हिन्दु, बुद्ध र किरात धर्ममा आस्था राख्ने को ठाउँ हो तर च्रिस्तियनहरु जो हाम्रो धर्महरु लै सैतान र दानव अनि मुर्ति पुजक दैत्य भन् छन् हाम्रो सबै भन्दा महत्वपूर्ण मन्दिरमा घुस्न दिनु हुन्न. हाम्रो धर्म को पनि आचार र संकृति परम्परा छन्. भोलि लुम्बिनी पर्शी स्वयम्भु अनि मुक्तिनाथ अनि मन्दिर र गुम्बाहरुमा उनि हरु आइ लागछन् त्यसैले समयमा बुद्धि पुरौ हिन्दु, बुद्ध किरात जैन जस्ता सनातन, पूर्वीय धर्म मान्नेहरु एक हुम. मुसलमानहरु नेपाल बसेको सयौ वर्षा भो आइले सम्म हिन्दु सित मिलेर बसेका छन् च्रिस्तियन अआको दासक भाछैन देशनै पल्टाउने कुरा गर्छन. बरु हिन्दु सित मिलेर बस्नु को साटो, च्रिस्तिंसहरुलै चेतना भया, मिलेर बस्न्या.

      जय नेपाल

  79. बिदेशमा आएर गाइको मासु खाएर हिन्दु धर्मको नाममा कराउने काम म किन गरु? (नोट: धेरै बिदेशिएका कथित् हिन्दु धर्मावलम्बी हरुले गाइ चपाउछन!) हामी कुनै धर्ममा यति बढी दृढ भएर विश्वास अनि आत्मसात चाहि गर्छ जस्तो लाग्दैन, तर किन जब धर्मको नाम आउछ अनि एकले अर्को को पुरा बिरोध गर्छौ र पुरै -ve भोट हान्छौ? बरु इस्लाम राम्रो संग पालना गर्छ आफ्नो धर्म, हामी त त्यस्तो पालना नै गर्न सक्दैनौ! कति कुरा फेरी धर्म मा पालना गर्न सकिने वास्तविकता नि हुन्न!
    आफु त धर्म निरपेक्ष नेपालको धर्म निरपेक्ष नागरिक हो! इश्वरमा विश्वास गरेर धर्मलाइ लात हान्नु पर्छ भन्ने मान्छे लाइ धर्मको नाम मा भएको यो भोट र Discussion मन परेन र दुइ सब्द टन्न -ve भोट हान्ने मुर्खता गर्ने मान्छे हरु पाउ भनेर राखेको हो!!

    • कुरा विदेशमा बसेर गाई चपाउने र नेपालमा बसेर सुँगुर चपाउनेको होइन/ कुरा हो पशुपतिमा लास गाड्न पाउने कि नपाउने भन्ने/ नेपालमा भएको एउटा मात्र पशुपतिनाथ जहाँ हजारौं भक्तजनहरु दिनहुँ जसो दर्सन गर्न आउने गर्छन त्यस्तो ठाउँलाई चिहानघाट बनाउनु १००% गलत छ/ कि तपाईहरु पनि लास जलाउनुहोस/ जलाएको लास पनि संगै बगेर जान्छ जति बागमती दुर्गन्धित हुनु छ तेही हुन्छ/ अब चाहेर पनि बागमतीको पानी सफा हुँदैन/ होइन भने पबित्र पशुपतिनाथ लाई जता पायो तेतै चिहान गाड्न पाउनु पर्छ भनेर चिहानघाट बनाउन नखोज्नुहोस/ समय छंदैमा बैकल्पिक बाटो खोज्नुहोस/

    • हैन हो, यो ठुले लिम्बु, सुरेश चामलिंग जस्ता बुद्धि हराको मान्छे पनि अझै छन्/ हैन हो यो तपाईहरुको चुच्चे र बुच्चेको नाटक कहिले देखेर वाक्क लाग्छा/ हैन हो लिम्बु र राइले होंग कोंग मा काम गरेको ५०सौ वर्षा बित्न लागे तर त्यहाको सिको चाहि पटक्कै छैन/ खै त होंग कोंगमा हिन्दु त् छैनन् त चाइनिजहरु सबै लास जलाउदै आका छन्/ चाहे जुन सुकै धर्मका हुन्/ आफ्नो दक्ष हेरेर/ किनकि सबै संग च्यान किन्न पैसा हुदैन/ तेसैले धर्मको नाममा बन्दुक उठौछु भन्न चाहि खै सुहाएन है/ धार्मिक सहिस्नुता पो चाहिन्छ/ तिम्रा बुद्धिको घैतामा घाम लागाउने हो कि/ कता कसो गर्दा मिल्छ तेसो पो गर्नु पर्छ त हो, के को त ठुलो कि मा ठुलो हुने/ धर्म सर्मको कुरा मसंग नगरे हुन्छ/ पशुपतिमा पुजारीको धर्म र साउदीमा मुसलमानको धर्म सबै नरक बासि हुन्/ मुसलमानको पुरा धर्म हेर्नेहो भने 6 पटक कुरान पढ्ने मात्र होइन, उसको भित्रको जनावर लै कसले हेर्ने/

      • अढाई सताब्दीभन्दा बढी सत्ताको डाडु पन्यु चलाएर मल्लकालमा युरोप संग तुलना गर्न सकिने हाम्रो देशलाई लाइ एक्काइसौ शताब्दीमा ल्याएर इथिओपिया, र सोमालिया भन्दा तल झार्नेहरुले हंगकंगको उदाहरण पेश गर्नु जति हास्यास्पद र नाटक केहि हुनै सक्दैन! राइ, लिम्बु, अथवा अरु कुनै जात दुनियाको कुनै कुनामा हुनु र नहुनुले सामन्तबादी चरित्र र संस्कार लिएर त्यहिँ भित्र बाट हुर्किएको राज्य संस्कार भित्र परिबर्तन ल्याउनको लागि सजिलो छ भनेर सोच्नु पनि मुर्खता नै हो कि? हजारौको बलिदानी बाट सत्तामा पुगेको माओबादी, अनि संबिधान सभाको चुनाबमा आफुलाई सबै भन्दा ठुलो पार्टीको रुपमा स्थापित गरेको पार्टीले त देशको नाममा भनेर एउटा निर्णय लागु गर्न सकेको छैन भने हंगकंग बाट सिकेर के गर्न सक्छ? बरु मैले यहाँ बाहुन दाइ हरु नै नेपाल गएर खुराफाती हरु संग कसरि मिलेर बस्न सक्नु हो भनेर म संग गुनासो गरेको सुन्छु!! अत्तर धसेर दुर्गन्धमा छिर्यो भने पनि दुर्गन्धित नै होइन्छ कि भन्ने डर उहामा रहेको मैले पाए!

        • तेही त भनेको ठुलो ठुलो कुरा गर्ने ठुले लिम्बु जी, अब तपाइँको आखामा नेपालीले राम्रा कुराहरु सिक्ने नहुने भो हैन त/ नेपालीले राम्रा कुरा होंग कोंग मात्र किन हो, तेही बिहारको जोग्मुनी बात सिक्दा पनि फरक नपर्ला मत भन्छु/ तपाइको आखामा दिउसै नदेखिने मोतिबिन्दु लागेछ/ साएद मेरो लेखाइ अलिक बाहुन बाद तिर फर्केको जस्तो लाग्यो होला तपाईलाई, किनकि मैले चुच्चे र बुच्चेको कुरा मा सहमति जनाइन/ तर मलाइ तपाईहरुको सोच देखेर मेरो सरीरमा कुनै किराती आमाको रगत बगेकोमा, मेरी आमा तेस्तो सोच बात टाढा छिन तेसैमा गर्भ महसुस हुन्छ/ र जुन हद सम्म इथोपिया र सोमलिअको कुरा निकाल्नु भो नि, तपाइको तुच्छा सोचाइ बाटै यो थाहा लाग्छकी, तपाई कति गिरेको शोच राख्नु हुन्छ/ भाइ बन्धुतो मा फुट ल्याउन/ किन हामि इथोपियाको या सोमालियाको भन्दा माथि उक्लेर सोच्न सकिन्न/ किन तपाइलाई प्रसव प्रिडा हुन्छ/ सोचलाई उकास्दा/ सोचले सपना बन्नुछ अनि सपनाले बास्तबिकतामा परिणत हुनुछ/ हामीलाई उठ्नु छ, हातेमालो गर्दै, आफ्नो मातृभूमी स्वोर्गमा परिणत गर्नु छ/ अनि के चुच्चे र भुच्चे, मन्दिर अनि मसानको कुरामै अल्झीरहने/ तुच्छा शोच/ अनि अत्तर घसेर दुर्गन्धमा छिरेर कसैले सुगन्धको आस गर्न सकिदैन, तर दुर्गन्धमा चमेलिका बगैचा गोड्ने साहश राख्न सकिछ अनि तेही साहस हामीमा चाहिएको छ/ होला मेरो देश दुर्गन्ध होला, तर अझै फुलाई फुलको बगैचाको सपना बुन्छु म/ अनि तपाइको सोचमा अफसोच लाग्छ, अलिकति दुर्गन्ध कसैले बनाउन खोज्छ आफ्नो मातृभूमी भने तेसैमा तपाइँ हातेमालो गर्दै एक ट्वाक ठर्रा तानेर मुत्रदान गर्न पछी पर्नु हुन्न/ garnus कति saknuhunchh मुत्रदान garnuhos/ अनि antamaa thulaa thula लिम्बु जी, यो देश nepal हो हामि nepali hau, raajnaitik, dharmik अनि jaatibaad को aadmaa tukryaan nakhojnus haamilai/ मेरो khabardaari तपाइँ र तपाइँ jastaa bichaarak baasi र aadibaasilaai/

          • अनन्तजी, हजुर संग बाहुनबादी सोच मात्र होइन सामन्तबादी संस्कृति नि झल्किरहेको छ!! मैले हाम्रो गरिबी, भ्रस्टाचार, दण्डहीनता, कानुनि राजको उपहास आदि जस्ता तथ्य कुराहरु संग इथिओपिया र सोमालिया संग तुलना गर्दा यति हदसम्म झरेर हामीले तुलना गर्नु हुन्न भनेर आफैलाई ठुलो सोच्नु सामन्तबादी सोचको ज्वलन्त नमुना हो! वास्तवमा भन्ने हो भने मैले देखेको भेटेको इथिओपियन् हरु हामी भन्दा धेरै बिकसित सोचका छन्! त्यहिँ भएर हजुरले मैले हाम्रो देशलाई इथिओपिया संग तुलना गरेर भनेर गुनासो नगरे हुन्छ! Arrange Marriage गरेर नेपाल बाट फर्किएको भोलि पल्ट नै सुन्दरी नारीहरुको नितम्ब र स्तनमा आँखा पुर्याउने हाम्रो नेपाली पारालाइ (एउटा दाइको उदाहरण दिदै) एउटा इथिओपियन् साथीले झापड हान्दा ममा एक प्रकारको चेतानाबोधा भएको थियो!!
            मेरो आफ्नै बिचारमा बिद्रोह गर्न पाउनु हरेकको नैसर्गिक अधिकार हो! कोहि कसै बाट दमन भएको महसुस गरेर बिद्रोह गर्छ भने त्यो जायज छ! तपाईंलाइ आफुले खाए पिएको अधिकारको रक्षा गर्ने कर्तव्य होला, तर त्यो कुराले कसैको बिद्रोह गर्न पाउने अधिकारलाई कुण्ठित चाहि गर्न मिल्दैन! तपाइंको खबरदारी तपाइंको कर्तव्य होला, तर त्यसले कसैको बिद्रोह गर्ने अधिकारलाई मेरो बिस्वास्मा रोक्ने नि छैन; अनि रोक्नु नि हुने छैन!
            माथि मैले भनेको कुरा मेरो पलायनबादी सोचको उपज नभई एउटा दाइको भावना हो! उहा पढाइको बिचमा बिदाको क्रममा दुइ बर्ष पछी नेपाल जादाको उहाको अनुभव हो त्यो!! मेरो सन्दर्भमा, म पलायनबादी होइन; बरु बिद्रोह गर्नु पर्छ भन्ने मान्याता राख्दछ!
            अनि अन्त्यमा दिउसै आखा नदेख्ने मेरो मोतिबिन्दु रोगको उपचार गरिदिनु भएकोमा धन्यबाद है त अनन्तजी लाइ!

  80. अनि चर्चको अगाडि लास जलाउन चाहिँ पाउने कि नपाउने नि?

  81. We don’t want politics in religion. The religion shouldn’t be made a topic of politics. Put the settlement away from the heritage site. Now as per funeral stuffs, other religion’s respective heads should see alternative nearer to their church or mosque or so on. If we learn to respect others religion n importance then we’ll get the same feedback. So, wish the respective gods will give respective religious people good thinking.

  82. कमेन्टहरु हेर्दा लाग्छ ९९% पाठकहरुले के मा कमेन्ट गरिराखेकोछु नै थाहा छैन जस्तो लाग्यो. यहाँ क्रिचियन, किरात, मुस्लिम, आदि इत्यादीको धर्मको बारेमा कुरानै उठेको छैन, उठाउन पनि हुदैन, केवल जसको लास गाड्ने चलन छ, उनीहरुले गाड्न पौने या नपाउने भन्ने बारेमा मात्र हो.

    मलाई लाग्छ, जब मानिसको मिर्त्रु हुन्छ, तब सरल भाषामा भन्नेहो भने, उसलाई सान्तिसंग एस संसार देखि बिस्राम गर्न दिनु पर्छ. यो सभै भन्दा महत्वपुर्ण कुरा हो. मलाई लाग्छ, हामी नेपालीहरु मित्रता रुचाउछौ, न कि दुस्मनी. हामी नेपालीमा एकता छ, त्यसैले लाग्छ अहिले सम्म छिमकी मुलुकले हात हाल्न सकेको छैन. येही नेताहरुले भैदेएकोभए, नेपाल धेरै पैले छिमकी मुलुक भैसक्थ्यो. त्येसैले, उसको मिर्त्रु पछि उसलाई सान्तिसंग एस संसार देखि बिस्राम गर्न दिनु पर्छ, सबैलाई दिनु पर्छ.

    हामी नेपालीमा एकता छ, त्येसमा कुनै २ मत छैन. येही हाम्रो एकतामा पनि, हामी नेपालीमा मित्रता अनि सादभाव छ. मलाई लाग्छ येस्मा पनि २ मत छैन. मात्र कमि छ त, मात्र, आफ्नो स्वार्थ को. यो एक कुरा पनि हामी नेपालीमा भएन भने कति राम्रो होला? त्येसैले एस स्वार्थलै पनि टाडा राखी, उसलाई सान्तिसंग एस संसार देखि बिस्राम गर्न दिने कि नदिने? मलाई लाग्छ, दिनु पर्छ. दिने भए कसरि दिने र नदिने भए, कसरि दिने? एसको विकल्प के हुन सक्छ? समाधान कसरि गर्न सकिन्छ, त्यो जरालै मजबुत बनाउन पर्यो, हालकी, म हिन्दु, त क्रितियन, उ मुस्लिम, त किराती आदि आदि. मुख्य कुरा, हामी नेपाली.

  83. सर्ब प्रथम मानीस भन्ने जीव जुन धर्म भूगोलमा जन्मिए पनि दुइ जात र पंचधातु बाट उत्पति भएको कुरा त बिज्ञान सम्मत नै हो /यसमा हामी कोहि बिमत हुदैनौ होला/ तर पछी मानिश जन्मिएर बिभिन्न जात धर्म सस्कार आदि आदिमा बिभाजन हुदै तेसैको पक्ष पोषण गर्दै कट्टर सम्म हुन पुगेको अबस्य हो/ आ -आफ्नो धर्मको गुनगान गर्दै प्रचार-प्रसार गरेको हो यसमा हामी सबैले बुझ्नु पर्ने खाटी कुरा के हो भने धर्म भन्ने कुरा मनिषलाई समान हैसियतमा यस धर्तीमा रहुन्जेल बस्नको लागि रचिएको आधुनिक मानब समाजको संबिधान जस्तै मानब उत्पतिबिकास समय देखि समाज बिकाश सग-संगै यसको पनि विकास हुदै आएकोले गर्दा मानब समाजलाई नियन्त्रण निर्देशन गर्ने अलौकिक बिधान धर्मलाइ मानिएको हो जुन धर्मले जे सुकै ब्याख्या गरेको भए पनि सार भनेको यहि हो /
    आदरणीय पाठक बृन्द,आजको युग भनेको कुनै पनि कुराको बिज्ञान सम्मत तर्क गरेर मात्र सत्य र तथ्यमा पुग्नु पर्ने हुन्छ तेसैले कसैको आधिकार वा खुशी प्रयोग गर्दा अरुको आधिकार र खुशीलाइ असर पुग्नु भएन अझ भन्नु पर्दा अल्प संख्या वा अधिक संख्या भनी गणितीय विभेद गरिनु हुदैन/ भगवान वा प्रकृति जसका सृष्टि भने पनि हामी यस धर्तीका शाझा अंसियार हौ /
    जो जसका धर्मका असल पक्ष छन् तेसलाई आत्मसात गर्दै जाने र नराम्रा पक्ष लाइ हटाउदै जाने तिर लागी सरल सहज जीवन प्रणाली तर्फ उन्मुख हुदै जानु नै २१औ शताब्दीको मानब जीवन धन्य ठहर्छ / आज आएर धर्म भन्ने कुरा धनि देशले डलरमा किनी रहेका छन् र गरिब देशका नागरिकले गरिबीको कारण साथ -साथै अज्ञानता बस पनि धर्म परिबर्तन गरिरहेका छन् /
    अब कुरा आयो पशुपतिमा शब् गाड्न पाउनु पर्ने माग सबन्धमा माग जायज नै देखिन्छ किनकि मृत्यु पछी सस्कार गर्ने ठाउँ पनि त्यही पशुपति आर्यघाट नै हो तर आज जनसंख्याबृद्धिले , बढ्दो शहरिकरणले,धान्न नसक्नाले अब उप्रान्त बाताबरण प्रदुषित नहुनेगरि मेशिन बाट जलाउने सस्कारको विकास गर्ने सोच बढाउनु नै सबै धर्म सस्कारमा हुर्के बढेका तपाई हामी र आउदो पिढीको लागि पनि नया परिस्कृत धर्मको उत्पति हुने छ र यसैमा हाम्रो धार्मिक सहिष्णुता जिवितै रही धर्ममा स्वार्थ सिद्ध गर्ने देशी बिदेसीको क्रिडा मैदान हुन् कहिल्येई पाउने छैन सबैलाई चेतना भया(लण्डन)

  84. लास गाड्ने संस्कार भएकाहरुले सरकारले उचित ब्यबस्था गरि देओस भन्दै आएको बर्सौं भई सक्यो/ उतिबेला न उठेको कुरा अहिले नै किन उठाईयो? पशुपति प्रदुषण हुने गरि न लास गाड्न दिनु हुन्छ न जलाउन/ लासको अन्त्यस्ती गर्न उपयुक्त ब्यबस्था तुरन्तै गर्नु पर्छ/ फेरी पसुपतिकै मात्र कुरा किन उठ्छ? बिस्नुमति को किनारमा पनि त् पशुपति जतिकै महत्वो भएको अनेकौं मन्दिर हरु छन्/ त्याहाँ नदीमै लगेर मानिसको लास गदिन्दै आएको छ र तेतिमात्रै हो र? सडकमा मरेका मारिएका कुकुर गाई गोरु सुँगुर सबै बिस्नुमतिमै फालिन्दै आएको छ/ के बागमती मात्रै नदि पशुपति मात्रै पवित्र थुन हो? हो भने किन? सिंहदरवार र अन्य दरवारियाहरु मरेमा अन्त्यस्ती बागमतिमा गरिने र बिस्नुमतिमा लुरे भुरे जनताको अन्त्यस्ती गरिने थाहुन भएर हो?

    यो मुद्दा अहिले उठाईएको कारण भर्खरै सरकारले २००० बर्स देखि संचित हुँदै आएको पसुपतिको मूल ढुकुटीमा रहेको सम्पतिको लागत राख्ने निर्णयको बिरुद्द अस्ति पशुपतिमा नेपाली भट्ट राख्ने कुराको बिरुद्ध सर्वोच्चमा रित ठोक्ने भारत जंगमले फेरी पनि मुद्दा ठोके/ उसले पसुपतिको सम्पतिको लागत राख्ने भनि गरिएको सरकारको निर्णय धार माथि हस्त्छ्याप हो रे/ अब यो सम्भंद्मा इन्डिया टाईम्स पी ति आई ले पसुपतिको ढुकुटीमा निल मनि लगायत बहुमुल्य सम्पति रहेको तर त्यो ढुकुटी खोल्ने साँचो हराएको छ भने/ सो समाचार हरुमा यो पनि भनेको छ कि पसुपतिको ढुकुटीमा रहेको निल मनि बेलाईतको महारानीको मुकुटमा जडेको कोहिनुर भन्दा मुल्य्बान छ रे/ भारत जंगमले तेस्तो सम्पति कति छ भनेर सरकार र जनताले हेर्न नपाउने कुरा गरे/ किन होला? सर्बोच्चले यो सम्भंदी छिटै फैसला गरिंदै छ भनिएको छ/ जनताको सर्काएले लागत राख्न नपाउने भनेको मतलव त् जनताले त्यो ढुकुटीको बारेमा जान्न नपाउने भनेको हो/ यो कुरा प्रकासित हुनु अघि लासको मुद्दा उठायर यति गम्भीर कुरा दवाउन खोजेको त् होईन?
    पसुपतिको भट्ट हरु कस्ता छन् भनि रहनु पर्दैन/ पसुपतिको भट्ट भारत फर्किने बेला उसको सामान भन्सार बा कसैले खोलि जाचँ नपाउने niyam banayeko छ/

    • म तपाई को धेरै कुरामा समर्थन गर्दै केहि कुरा सोध्न चाहन्छु, कृपया झर्को नमानी उत्तर दिनु होला…. हो धार्मिक ढुकुटीमा कति सम्पति छ, तेस्को उचित छानबिन गरि जनताले थाहा पाउनु पर्छ… तर…
      किन हरेक कुरामा हिन्दु धर्म को मात्र छानबिन?
      नेपाल भरि लाखौको संख्या मा खुलेका चर्च र मस्जिद कसरि बनेका छन्, र तिनीहरुको सम्पति कति छ छानबिन हुनुपर्दैन?
      देश क विभिन्न भाग र काठमाडौँ उपत्यकाको चारै तिर डाडा ढाक्ने गरि तिब्बती भोटे सैलिका करादौ मुल्य पर्ने गुम्बा र मन्दिर हरु बनेका छन्… भनिन्छ, तिनिहरुसंग अरबौ को सम्पति छ, त्यो पनि छानबिन को लागि तपाई जस्ता बुद्दिजिबी ले आवाज उठाउने हो कि ?

      • महेश जी/
        तपाईं पशुपतिलाई केहि दसक अघि बनेको मस्जित चर्च सिट दाज्नु हुन्छ भने मलाई भन्नु केहि छैन/ ती मस्जित र चर्च कुनै समुदायको हो तर पशुपति त् सम्पूर्ण नेपालीको हो/ याहांको कोष बात राजाहरुले आपतकालीन सहयोग समेत लिने गरेको थियो/ १९९० सालको महा भूकम्पले ढोस्त भएको नेपालको पुन निर्माण गर्न जुद्ध शमशेरले यहि पशुपतिको कोष उपयोग गरेको थियो/ राज्यले समेत संचालन गर्ने पशुपतिको कोष के समस्त देसबासिको होईन?

        किरातहरुले स्थापना गरेको यो किरातेस्वोर महादेवको पवित्र स्थललाई मल्ल राजा प्रताप मल्लले आजको रुप दिए/ शाह राजाहरुले यसको मर्मत र पुन निर्माण aadi gare/ यसको matlaw यो मन्दिर raajyko हो, समस्त नेपालीको हो/ पशुपतिको मन्दिर लाई मस्जित चर्च jasto सिट दाज्नु galat छ/

        सरकारले पशुपतिको सम्पतिको लागत राख्न खोजेको हो र जनतालाई पशुपतिको मूल ढुकुटीमा के छ भनि जानकारी गराउन खोजेको हो/ कुनै छानबिन गर्न खोजेको होईन/ हुनत भारतीय भट्टको चर्तिकला हेर्ने बुझ्ने हो भने पशुपतिको मूल धुकुतिमै पनि कुनै चटक गरेको छैन बा नगर्ला भन्न सकिंदैन/

        महेश जी gugalmaa ” nepalgovt-dragged-to court-over pashupatinaaths- treasury” padhnus/ भारत सिट पशुपतिको मूल ढुकुटीमा kohinur भन्दा mulybaan nilmani र any kuraaharu भएको bharatlaaee kasari thaah bhayo? thaah मात्रै bhayo ki सामान haru नै utaa pugi sakyo sochnus/

  85. पशुपति छेत्र मा अरु धर्म को लास गाड्नु उचित छैन.
    अन्तकतई उनीहरुलाई जग्गा मिलाउनु पर६ .
    शिव हरि श्रेष्ठ

  86. किन निउ खोजेको होला? गाड तर पशुपति मा हैन अन्त कतै लगेर गाड/

  87. के यो धर्म त्यो धर्म गरेर करैराको सब जना. न क्रिस्टियन न मुस्लिम्स न हिन्दु नै, कसैलाई लाश गाड्न दिन हुँदैन पशुपति एरिया मा एदी बाताबरण बारे सोच्ने यो भने, खै electrical शबदाह गृह बनाउने रे भनेको जुगौ भैसक्यो ऐले सम्म खाली गफ्फ मात्र भैराको छ, लाश जलौन को लागि भनेर रुख को नाश भैराको छ त्यो कसले देख्ने ….बेकार मा धर्म लै बीच मा ल्याएर साम्प्रदायिक रिस राग न उठाऊ. बाताबरण बारे सोचौ !!!

  88. नेपाल धर्म निरपेछा देस हो भने विकल्प खोज्ने पर्छा.आखिर क्रिस्चियन पनि नेपाली नै हुन्.जान्न पर्ने कुरा के हो भने क्रिस्चियन ले आफ्नो चिहान मा कुनै पनि लास गाड्न दिन्छा तर जलौना दिदैन.

  89. पसुपति क्षेत्र भनेको सारा हिन्दु हरुको आस्थाको केन्द्र यबं हिन्दुहरुको तिर्थ स्थल हो यो कुनै किरिस्तियन हरुको च्यान डाडो होएन | सारा क्रिस्टियन हरु लाई चेतना भया !!

  90. मेरो बीचार मा सरकार ले अर्को ठाउँ मा जग्गा मिलाई दिनु पर्छ ईसाई हरु लाई लास गाड्न को लागी. येसो गरे समस्या को समाधान हुन्छ.
    काठमाडौँ मा जग्गा महँगो छ अनी पाउन पनी गारो छ. पायो भने लास गाड्न दिदैनन.

  91. पाईदैन कुनै हालतमा पनि पाईदैन .. हिन्दु हरु उदार छन् तर एसको मतलब हामी हरु लाई आन्याया गर्ने होइन है…बास्तबमा ये ख्रिस्तानेहरु धेरै सागुरो सोचाइका हुन्चन अरुको संस्कार लाई वाहियात भन्छन, हामीले पुज्ने देबी देउता लाई नराम्रो अपसब्दा लाउन्चन / यिनीहरु र कपडा बेच्ने ब्यापारीमा कुनै फरक छैन .. कपडा बेच्ने ब्यापारी ले पूरानो कपडा फेर नया कपडा लाउ भन्छ .. यिनिहरु नि तेस्तै हुन्/ पश्चिमा हरु को आडमा निहु खोज्ने भए हामी पनि धर्मयुद्दा सुरु गरछौ ./ यो पुरै भारतवर्ष हिन्दु हरु को ईतिहसिक भुमि हो .. हामी लाई नस्ट पर्न खोज्ने आफै सकिएर जानेछन .

  92. यो सबै हिन्दु धर्म र क्रिस्टियन धर्म बीच मनमुटाब गरयुने चल खल हो
    हामी सबै नेपाली एअक हौ क्रिस्टियन धर्म ले हामी नेपाली को साथै हिन्दु धर्म को आपमन र मन मुताब गराउने कुनै कम गर्ने भयान पशुपतिनाथ मन्दिर ले गर्दा हिन्दु हरु को पयचन हो तसै ले क्रिस्टियन हरु ले अरुको धर्म मा आच आउने कुनै काम गर्न भयान र पशुपति छत्र मा लास गेर्द्ने काम गर्न भयान र हामी नेपाली धर्म नेरपचे देश को नागेरक हो भने हामी नेपाली लै मनमुटाब गरुने तातो लै धपाउने कम गरु
    पशुपति नाथ परिसर मा कुनै पनि धर्म क बक्ति ले लास गर्ड़ना लै दिनु हुदैन र कुनै राम्रो ठाउँ को बयौस्ता गर्नु मा नै राम्रो हुने छ. जय नेपाल र जय नेपाली

  93. मलाई लाग्छ यो सबै “कू-शासन” को फाइदा लिदै छन् बिदेशी डाँकाहरुले

  94. धर्म मान्ने अधिकार सबै लाइ छ त्यसो भन्दैमा अर्का को धर्म लाइ ठेस पुराउनी अधिकार कसैलाई छैन नेपाल मा किरिस्चेंन हरुले पसुपतीनाथ मानै राखनु को अर्थ के अरु ठाउ छैन अधिकार को गलत अर्थ नलगाउ कसैले पनि हामि सबै नेपाली हौ तर धर्म र आस्था आ आफ्नो छ ?

  95. बिदेशीहरुको राजनैतिक हस्तछेप त हामी माथि छदै थियो अब “धार्मिक” हस्तछेप पनि सुरु भो | अब हामी सबै जनाले सोच्ने बेला आएको छ |

  96. त्यस्तो गर्न त पाईदैन नै…. तर उनि हरुको लागि केहि व्यवस्था पनि त सरकारले गरिदिन पर्यो… हामी आफ्नो मात्र स्वार्थ हेर्छौ र त समस्या मा समस्या थपिएर जटिल हुन्छ परिस्थिति !! तुरुन्त उनिहरुको लागि विकल्प खोजियो भने भोलि बाट यस्तो सुन्न्नै पर्दैन ..सबै जना खुश!!!

  97. यो हिदु धर्म माथिको घृणित आक्रमण हो | क्रिस्तानहरुले हिन्दु धर्म माथि एस्तो आक्रमण गर्नु राम्रो होइन | के यो क्रिस्तानहरुले उनीहरुको लास गाड्ने ठाउमा हिन्दुको लास जलाउन दिन्छ र ?? पशुपति नाथ को क्षेत्र मा क्रिस्तानहरुले जबर्जस्ती अधिकारको माग राख्नु घृणित र गलत हो | यस्तै हो भने २-४ पैसाको लागि धर्म परिबर्तन गर्ने हरु भोलि “घरको न घाट को ” नहोला भन्न सकिन्दैन |
    यो नेपाली क्रिस्तानहरु कस्तो सम्म हुन्छ भने, गएको वर्ष नेवार जतिको “म्ह:” पुजाको दिन नेवारहरुले सानो कार्यक्रम गर्न एउटा ” हल” भाडा मा लिएको थियो तर कार्यक्रम को ठिक एकदिन आगाडी त्यो ठाउँ नपाउने भयो भनेर चिठी पठायछ | किन भनेर बुज्दै जाँदा तेहा एउटा शाक्य थरको तर क्रिस्तान काम गर्दो रहेछ उसले कुरा लगायो कि यो हिन्दुहरु को धार्मिक कार्यक्रम हो गर्न नदिए हुन्छ | विदेश मा त एस्तो पेल्न खोज्छ यो नेपाली क्रिस्तानहरुले | जेहोस अब हिन्दुहरु पनि एकजूट हुनु पर्छ |

  98. लाश गाड्न र पोल्न दुवै न दिए हुन्थ्यो | बिसेस गरेर अब घना बस्ति भैसकेकोले |

  99. सारै राम्रो प्रसग हो यो | म सर्ब प्रथम के भन्न चाहन्छु वने धर्म लाई मुख्य बिसय नबनाऊ | यदि धर्म लाई बिसाए बनाउने हो भने फेरी एक पल्ट रगत बगाउनु पर्ने हुन्छ | यहाँ को हिन्दु, को क्रिस्चियन को बुद्धिस्ट को साटो नेपाली भन्दा उचित हुन्छ जस्तो लाग्छ |यो अवस्थामा आएर तेरो मेरो को बिउ ननिकालौ भन्छु |नेपाल बहु धार्मिक, बहु भासिक, बहु जति सस्कृति र परम्पराले रंगिएको रंगी फुलबारी हो | येही एक रुपता नै नेपाल को परिचय पनि हो | यहाँ म के भन्छु भन्दा मृत सरिर वा लाशलाई संस्कार्नु नै पर्छ यो जयदे संबेदनसिल कुरा हो |जसलाई हामीले धेरै दिन राखन सकिन्न,तरिका वा परम्परा अलग्छा |कसैले जलाउछ, कसैले गदछ |तर एसले अरुलाई असर गर्छ भने सोच्नु अनिवार्यछ तर जसले रोक लगाउछ भने उसले विकल्प पनि खोजेरनै रोक्लागौनु पर्छा |एक समुह नेपाली भन्छ सस्कृति र पारम्पर जोगाउनु पर्छ भने उनीहरु को परम्परा र सस्कार लाई हामीले बन्देज पनि लगाउनु मिल्दैन |क्रिस्चियन र किरात ले गाड्छ र तेहिनै हो उनीहरु को सस्कार र पारम्पर भने लाश गाड्नु पाउनु पर्छ तर सिमेन्ट लगाउनु भने को गलत हो किनकि बतावार्ण को पनि ख्याल गर्नु पर्छ |यात अर्को विकल्प कहिँ ठाउँ देखाई दिनु पर्यो | अर्को बैकल्पिक ठाउँ दिनु पर्छ |तर कसैले होइन लाश गाड्न पशुपति छेत्रनै चाहिन्छ भन्छ भने त्यो धारणा गलत हो |कसैले कसैको परम्परा र रीतिरिवाजलाई हस्तछेप गर्नु पैन्दैना |तेसैले उनीहरुलाई बैकल्पिक ठाउँ दिनुपर्छ दहसस्कर गर्नु को लागि.यो एरिया हिन्दु को मात्रै हो भन्नु पनि भएन |हाम्रा मन्दिर मा प्रबेस गर्न लाई अरु धर्म को लागि बन्देज छर? छैन तेसैले यो एरिया हामी नेपाली को भनौ अनि सबै मिलेर सहि तरिकाले एस को समरछ्यान गरौ |

  100. आ-आफ्नै घर मुनि गाड्ने सार्बजनिक ठाउमा गाड्न पाउदैन, कि त आफ्नै जमिनमा गाड्नु पर्छ

  101. काग ले कान लग्यो भन्दै मा कान नछामी काग को पछि दौडिने नेपाली को बानी को उपज हो यो / ९५ प्रतिसत ओमकार धर्मालम्बी (हिन्दु, बौद्ध, किरात, जैन, ) भएको देश मा बिदेशी को पैसा को लोभ मा आफ्नो धर्म छोडी आयातित धर्म अंगाल्ने अस्तित्व बिहिन हरु लाई आफु ले के गर्दै छौ त्यो कुरा को ज्ञान होस् नत्र परिणाम को जिम्मा आफै लिनु पर्ला !!!!!!! ……..
    पशुपतिमा इसाई हरु को लाश गाड्न कदापी पनि दिनु हुन्न चाहे जे सुकै होस्…………. मर्नु परे मरौला साथ मा एक दुइ जना पैसा मा बिक्ने पाजी हरु लाई पनि साथ मै लिएर जाउला /////
    किरात र अन्य हिन्दु लाई कंक्रिट को चिहान नबनाउने सर्त मा दिए हुन्छ …..

    हरहर महादेव… जय महाकाली /////

  102. ये जाउ न आफ्नो चर्चमा व्यबस्थाको लागि किन हिन्दु मन्दिरमा आउने?

  103. हामीहरुले के भन्ने र ????? यत्रा पार्टी छन् , आफ्नो स्वार्थ को लागि उनीहरुले केहि गरि हाल्छन नि !!!!!!!

  104. अर्को थप कुरो इशाई हरुले नेपाली लाइ अन्धो नै ठानेको छ .स्वयम इशाई मुलुक हरुमा निसुल्क लास गाड्ने जमिन कुन देश मा दिएको छ ?पैसा न हुने ले जमिन् पाउदैन र उसलाई चिम्नी मा लगेर पोलिन्छ .त्यहि चिम्नी मा विदेश मा देहान्त हुने हिन्दु नेपाली लाइ पनि लगेर
    पोलिन्छ हो त्यसै गरि किन पोल्दैनौ घाट मा तिमि हरु ?लास माथि राजनीति गरेर नेपाल को धार्मिक आस्था र अस्तित्व माथि खेलवाड गर्ने ?आज बिस्व को समस्या को प्रमुख कारण नै इशाई हरु को इशाई साम्राज्य बनाउने रणनीति को कारण देखिएको छ इस्टटिमोर लाइ त इन्डोनेशिया बाट अलग नै बनाइदिए इशाई हरुले अहिले उनि हरुको योजना मा बिस्वमा फास्ट ग्रोइंग इशाई हरु को सुची मा नेपाल एक नम्बर मा पर्छ …….हामि नागरिक सचेत हुनै पर्छ .हाम्रो धार्मिक सदभाब पूर्ण समाज लाइ ध्वस्त पार्ने तत्व लाइ लखेट्नु नै पर्छ देश मा एउटा इमान्दार र निस्पक्ष रास्ट्रबादी जंगे जन्माउनु जरुरि भयो अब …

  105. यो क्रिस्चियन हरुले आफ्नो लाश गाड्न आफ्नै जग्गा किन्नु नि. किरात र संन्यासिहरुलाई चाहि ठाउको प्रबन्ध गर्नु पर्छा तर पैसा पाइन्छा भनेर क्रिस्चियन बनेका हरुलाई तिनै गोराहरूले देला नि लाश गाड्ने जग्गा किन्ने पैसा. अर्को कुरो हिन्दुहरुले अमेरिका मा खोला को तिरमा जलाउछु भनी भनेमा दिन्छन र? अस्ति भर्खर बेलायत मा खोलाको तिरमा घर जस्तो बनाएर धुवा परसम्म पुग्ने नदिने गरि जलाउने अधिकार देउ भन्दा सरकार र गोरा गाउलेले ‘प्रदुषण ‘ हुन्छ भनेर बिरोध गरेको खबर सुन्न पाइएको थियो. क्रिस्चियाँले चाहि जे गरेनी हुने. हामीले चाहि उनीहरुको सबैकुरो पुर्र्यैदिनु पर्ने? भोलि मनकामनामा गाड्ने ठाउ ले, मुक्तिनाथ मा गाड्ने ठाउ ले भन्ला , अनि के गर्ने? काथ्मान्दुमा भन्दा बरु भ्याटिकन मै उडाएर लगेर गाडे भैहाल्यो नि. पैसा दिएकै होलान .

  106. छोटो शब्दमा भन्नु पर्दा चर्च भित्र शिभ को मुर्ति राख्न पाइने कि न पाइने ?पक्कै पाइन्न हो हिन्दु भन्दा दस गुना कट्टर छन् इशाई धर्म गुरु हरु .चर्च भित्र शिब को मुर्ति राख्न दिन्छन भने उनि हरु को लास पशुपति क्षेत्र मा गाड्न दिन्छौ.बिदेशी को समू नतमस्तक अन्धो सरकार सित के अपेक्षा गर्नु नत्र इशाई हरु को लागि रिंग रोड बाहिर कतै जग्गा को व्यवस्था गरि दिए हुन्थ्यो बेलैमा .इशाई हरु ले हाम्रो गरिबी र सिधापन को फाइदा उठाएको मात्र हुन् जाउँ त मुस्लिम देश मा रगत को खोलो बग्छ ..बिस्व सम्पदा सुचिमा परेको पशुपति क्षेत्र को धार्मिक मात्र होइन पुरातात्विक महत्व को क्षेत्र हो त्यसको मौलिक स्वरुप कुनै मुल्य मा बिग्रन दिनु हुन्न .अंग्रेजी मा एउटा भनाइ छ “नेभर अन्डर इस्टिमेट पिपुल सेन्टिमेटल” कतै देश मा यसकै कारण ले अर्को त्रादाशी का कालो दिन शुरु न होस् .हेप्नु समेत हेप्न थाले बिदेशी ले नेपाल लाइ …हिजो अरु को जय गर्ने पशुपति आज आफै माथि आपत्ति पर्दा कसो न जाग्लान पशुपति जागे के हुन्छ हाम्रा नेता र ति बिदेशी लाइ थाहा छैन ….

  107. हामी जन्मदै कुनै जात र धर्म संग जोडिएर आएका हुन्छौ,यो किन त भन्दा “परम्परा”…. हो मानिस भए पछी सबै बराबर हुन् तर आफ्नो रितिरिवाज र परम्परा त मान्नु पर्यो नि यो त मान्छेको जन्मसिद्ध अधिकार पनि हो….साथी हरुले भनेको कतिपय कुराहरुमा मेरो पनि सहमति छ तर संसारमा सबैको बराबरी अधिकार छैन येदी तेस्तो हुदो हो त हामी नेपालीलाई अर्को देशको भिजा पाउन किन एस्तो सास्ती …….आखिर यो ब्रह्माण्ड त एउटा नै हो नि ……त्यसैले यसको उत्तर जहाँ सम्म मलाइ लाग्छ मानब जातिका पूर्वज हरुले नै बनाएको एउटा सभ्य परम्परा हुन सक्छ जसलाई हामी सम्मान गर्न सिकौ…..

  108. किरांत र क्रिश्चियनहरुले अन्त जग्गा मिलाएको खण्डमा त्यतै गाडछौं भनेकै रहेछ त ! लाछी सरकारले किन व्यवस्था नगरेको ? नजानिँदो पाराले धार्मिक सदभाव खल्बल्याउने कुन चाहिं
    धर्मान्ध रहेछ| लाश जस्तो संबेदनशील कुरामा पनि ध्यान पुर्याउन नसक्ने तेरीमा लाने! कस्तो सरकार हो ? संबिधान त बनाएन, बनाएन

    • बर्षौँ पुरानो रिति र थिती नबिगार्ने । इशाइहरुको सम्मान गर्दै सरकारले अर्को कुनै ठाउँको ब्यवस्था गर्नुपर्छ । जग्गा जमीन इशाहरुकै सँगठनले किन्न पाउने ब्यवस्था गरिदिनु पर्छ । उनीहरुले सँगठन धर्म फैलाउन जानेका छन् चर्च बनाउन जानेका छन् भने भोली लाश गाड्नकालागि जग्गा किन्न जरुर सक्छन् तर यसकालागि सरकारले सहयोग गरिदिनुपर्छ । तर सरकारले इशाइकालागि जग्गा किनेर यसमा तिम्रो लाश गाड भन्न मिल्दैन किनभने एउटा धर्मकालागि सरकाले काखी च्याप्नासाथ भोली अरु धर्मावल्मबीहरुले समेत नया नया मन्दिर र चर्च तथा मस्जिदहरु बनाउनकालागि सरकारमाथि दबाब दिनसक्छन् । नेपाल अब धर्म निरपेक्ष राज्य भएको अबस्थामा कुनैपनि धर्मलाई काखी च्याप्ने र पुराना रितिथितिहरुलाई यथावत चल्न दिने हिसाबले काम गर्नुहुँदैन र कानूनले पनि दिँदैन । तर आफ्नो देश भित्र भएका कुनैपनि धर्मको मर्ममा चोट र आँच पुर्याउने काम सरकार र हामी सबैले गर्नु हुँदैन । धर्म रोज्ने हक सबैलाई छ ।

      • माथिको कमेन्टमा पुराना रितिथीतिहरु यथावत चल्न दिने हिसाबले काम गर्नुपर्छ हुनुपर्नेमा अन्यथा भएछ । अनि कुनैपनि धर्मलाई काखी च्याप्न सरकारले मिल्दैन र यसलाई कानूनले पनि दिँदैन हुनुपर्नेमा सच्चाउनु पूर्व नै क्लिक हुन गयो । सुधार गरेकी छु ।

  109. होइन हिन्दूहरुकै मन्दिर अगाडि अरुले किन लाश गाड्ने? अन्यत्र कतै मागे भैहाल्यो नि!।यो सरासर निहु खोज्ने र आपसी सद्भाव खल्बल्याउँने तत्वको काम हो।जब कसैलाई हुन्दु धर्मपट्टि विश्वास छैन भने त्यस्तालाई हिन्दु धर्मको घेरा टोडेर अतिक्रमण अधिकार पनि छैन

    • ठिक भन्नु भयो. मा यसमा सहमत छु. के अरु युरोप मा हिन्दु लै लाश जलौना दिन्छा ? ई सरकार मा बसेका र पार्टी क नेता भानौन्दा हरु आफु हिन्दु भैएका पनि खुब धर्म निरेपेख्ह्या भनेर आफुलाई बहुतै सिक्षित अनि सभ्य हुन खोज्ने हरु ले बुझ्नु पर्छा uk मा पनि हिन्दुलाई लाश काठको प्रोयो गरि जलौना दिन्दैना.

  110. औंला दिदा हात नै निल्न खोज्ने हरु लाई के भन्नु र ? गल्ती हाम्रै हो हामी हिन्दूहरु धेरै उदार स्वभावका छौ , हामीलाई कुनै पनि धर्ममा प्रबेश गर्नु या अर्कै धर्मकी केटीलाई बिहे गर्नु खासै कुनै रोकटोक छैन , न त हिन्दूधर्म्वाल्म्बीहरु हाम्रो धर्म अपनाउनु पर्दछ भन्दै चोक चोकमा खोक्दै नै हिड्दछन न त पैसाको लोभ देखाएर धर्म परिवर्तन बारे कसैलाई दवाब दिदै हिन्दछौ यसैको फाईदा धेरैले उठाइरहेका छन । बुढापाका त्यसै भन्दैनन ” आमाको दुध चुसेर भएन बाउको घोडो ” एउटा आफ्नो परमपरागत धर्मलाई त राम्रो सङ्ग अंगाल्न नसकी अरुको धर्म भिरेर भुक्ने अनी उल्टै टोक्न खोज्ने हरु २ / ४ पैसाको लोभमा परी आफ्नै रितिरिवाज आफ्नै संसक्रिती आफ्नै पुर्खाको इज्जतलाई कौडिको भरमा बेचेर खाने हरुलाई कुन जन्तुको संज्ञा दिनु ? र फेरी एउटा त्यस्तो जन्तु जसले २ / ४ पैसाको लोभमा परी आफ्नु परम्परागत इज्जतलाई सजिलै कसैलाई कौडिको भरमा बेच्न इज्जत सम्झन्छन यस्ता ” जन्तु ” हरुबाट ति धर्म परिवर्तन गराउने हरुले के आशा राख्नु ? यस्ता हरुबाट अरु के नै आशा राख्नु सकिन्छ र ? ठिकै छ तिमीहरुलाई हिन्दू धर्म मान्नु नै पर्छ भन्ने पनि छैन , भगवान लाई नै दलाल बनाइ पैसा कुम्ल्याउने तिमीहरु कमसेकम हाम्रो आस्था माथि त हमला नगर !! यदी त्यस्तै हो भने एकदिन हामी हिन्दूहरु पनि एकजुट हुने दिन आउछ त्यत्ती बेला आफुलाई ओत लाग्ने ठाउँ सम्म पाउने छैनौ , त्यसैले अरुको आस्था र् विश्वाश माथि खेलवाड नगरनु ” चेतना भया “

    • “आमाको दुध चुसेर भएन बाउको घोडो” गुरुङ जी मा पनि सहमत छु !! हामी हिन्दु भनेका एकदम उदार छौ !! मलाई लाग्छ सरकार ले अरु धर्म को लागि छुट्टै ब्यवास्ता गर्नु पर्छ !!! यसमा अरु केहि उपय छैन !!!

  111. चाहे हिन्दु , बौद्ध , मुस्लिम वा क्रिस्चिन , नेपालमा देह अन्त गर्ने सबै को दाहा सस्कार को रुपमा लास जलाउने गर्नु पर्छ| आफ्नो आफ्नो धर्मको संस्कार भन्ने logic होला| तर यो संस्कार भनेको मान्छे ले बनाएर पालन गर्दै आएको न हो| नेपाल जस्तो जमिन कम र जनसंख्या बृद्दी दर बढी भएको ठाउमा भबिस्य लै ध्यान राखी राज्य बाट यस्तो व्यवस्था गर्नु पर्छ| त्यसतै बातावरण लै ध्यान मा राखी Electrical शब् दाहा गर्ने व्यवस्था गर्नु उत्तम हुन्छ भन्ने मेरो विचार छ |

  112. क्रिस्चियनहरुले पशुपतिमा लाश गाड्न पाउने भए उनीहरुले पनि ‘Vatican City’को ‘St. Peters Square’मा हिन्दुहरुको लाश जलाउन दिनु पर्छ.

  113. सबै जना लै आफ्नो इचच्या पुरा गर्न पाउनु पर्छ. तर तेसो भन्दै मा आरु को आस्था र बिश्वाश मा खल बल र आच आउन काम गर्नु हुन्न जस्तो मलाई लाग्छ. च्रिस्तियन हरु ले आफ्नो लास गाड्न पाउनु पर्छ यो तिनी हरु को आधिकार हो मा यो कुरा मा सहमत छु तर पशुपतिनाथ भनेको हाम्रो आस्था हो . येहे कारण ले गर्दा च्रिस्तियन हरु ले यदि हाम्रो आस्था र सद्भाव को कदर गर्दिने हो भने निकै राम्रो हुन्थियो होला. आफ्नो स्वार्थ पूर्ति क लागि आरक को आस्था मा आघात पुने काम गर्नु राम्रो होइन.

  114. गाड्न दिनु हुदैन, क्रिस्टियनहरु लै त हुदैन हुदैन| यो पबित्र नेपाल खाल्टो मा क्रिस्टियनहरुको कब्रस्तान बनाउन दिनु हुन्न, कदापी हुन्न !!!!

  115. यो समस्या भनेको आम नेपालीको हो मेरो बिचारमा पनि ठिक होइन अनि पशुपति नजिकको बाग्मतीमा पनि लाश जलाउन ठिक होइन अन्त कतै अलगै ठाउको ब्यबस्था गरे उचित हुन्छ होला

  116. मा उमेशजीको रायसंग पूर्ण सहमत छू!

    पशुपति क्षेत्रमा गएर रड, सिमेन्ट गर्न खोज्नु भनेको निहुँ खोज्नु हो!
    गाड्नको लागि शहरबाट अलि टाढा व्यवस्था हुन पर्यो!

  117. अब भाई मार क्रिस्चियन हरुले नेपाल मा कति हिन्दु छन् भन्ने कुरा bujekaछैनन् कुरा बुज्नु जरुरि छ किन कि हिन्दु हरु कसैको अहित हुने कम गर्दैन तर एसको फाइदा nautaye हुन्छ कमजोरीको फाइदा कदापी उठाउनु हुँदैन किन कि सिमा पनि नाघ्यो भने उल्का हुन सक्छ नत्र bhane तिमि हरुको उद्गम स्थल भेटिकन जानु पर्ला विचार गर्ने हो अहिले त हानी चुप छौ चुप रहने स्थिति बनाउन हुन हार्दिक अनुरोध छ.

  118. मेरो ब्यतिगत बिचारमा –
    एउटा सँसार
    एउटा सँसारको एउटै सृष्टीकर्ता
    एउटाको सृष्टीकर्ताको अर्थ हुन्छ
    एउटै ईस्वर !
    तर यो ईश्वरलाई बिभिन्न धर्ममा बाटने त हामी मनुष्य हौ ! यसैले बात धर्मको होइन मुर्दा लाशको होइन ! जरुरी बात छ हाम्रो सोचाईको ! चाहे त्यो हिन्दु होस् होस् चाहे ख्रीष्टीयन हामीले यो भुल्न हुदैन कि हामी सबै नेपाली पनि हौ ! अब एउटा नेपालीको सन्तान हुनको नाताले हाम्रो सबै भन्दा मुख्य कर्तब्य हुन्छ हामीले हाम्रो देशको बचाउ अनि बचाँउ कसरी हुन्छ त ?
    देशको बचाई धर्मले होइन तर एकताले गर्न सकिन्छ अनि यदि हामीले यो धर्मको आडमा एक दुसराको बिरोध गरेर सिवाय अँशान्ती अनि दँग फसाद अरु के हासिल गर्न सक्छौ ? जसले गर्दा आफ्नै देशमा आफनै नेपाली दाजु भाईको टाउको काटा काट गरेको हुन्छौ जसको प्रभाव सरासर देशमा परेको हुन्छ !
    किनकि टुकीएको देशलाई छिमेकीको कुनैपनि देशले कुनै पनि समय आक्रमण गर्न सक्छ ! तातो रीसले आहिलेसम्म हामीले के जीत हासिल गरेको छौ र ? कुनै पनि बिषयमा जब बात शुरु हुन्छ त्यसमा बिचमा धर्म राजनितीको आड नलिँउ बरु त्यसलाई कसरी हुन्छ मिलेर एक-अर्काको सम्मान गरेर यो समस्यालाई समाधान गर्ने हामी सबैको कोसिस हुन पर्छ ! न कि हिन्दु र खीष्टीयन को नाँउमा चली आएको आगो मा पेट्रोल छर्कन पर्छ !
    कुनै पनि समस्याको समाधान तातो रीसले होइन ठन्डा दिमागले गरौ जँहा साँप पनि मरोस लाठी पनि न भचियोस् ! हामी सबै शिक्षीत छौ ! शिक्षीत मान्छेले दिमागको प्रयोग गर्न पर्छ तर रीस र क्रोधको होइन ! रीस क्रोध समाज – देश – परिवार अनि निजी जिवन यी सबैको निम्ती एउटा जान लेवा बिमार भन्दा कम होइन !
    यसैले सबै हिन्दु साथै ख्रीष्टीयन् दाजु भाईहरुलाई नम्र निवेदन कुनै पनि समस्याको समाधान तातो रीसले होइन ठन्डा दिमागले गरौ प्रेमको साथमा आदर सम्मानको साथमा !

  119. कमेन्ट हेर्दा दिक्क लग्यो, !
    इसाई धर्म कुनै पैसाको धन्दा होइन न त कुनै राजनीति वा बिरोध ! परम् प्रभु परमेश्वोर येशुले संसारलाई प्रेम गर्न सिकाउनु भयको छ. ! उहा माथिको विश्वासमा अनन्त जीवन छ. ! मुक्ति छ अनि पापको छेमा छ. ! इसाई र येशु को विरुद्धमा कमेन्ट लेखने हरु लाई परमेश्वोरले छेमा गरिदिनुहोस !!!
    यदि पशुपति क्षेत्रमा लास गाडिन्छ भने लास गाड्ने अधिकार सबै नेपालीलाई मिलोस, ! होइन भने कसैले पनि नगाडोस

    • कुश जी
      पशुपति हिन्दु हरुको भेटिकन सिटी हो |
      अरु धर्मको सम्मान गर्न सिक्नुहोस | ९/ ११ पछीको सबै भन्दा ठुलो सबक पनि येही हो |
      मुर्खता को पनि सीमा हुन्छ | येसुको बारेमा कसैले कहिँ नराम्रो लेखेको छैन | हिन्दुलाई चर्चमा गयर प्रार्थना गर्न कुनै आपति छैन तर क्रिस्टेन अरुको धर्म मन्दिर देख्दा एक पटक मर्छन भित्र भित्रै जलेर |
      हिन्दु धर्म धरै उधर छ, यो यहाँ पनि ( usa )चर्चा हुन्छ | एसको फाइदा उठाउन खोज्नु क्रिस्टेन हरुको माहा मुर्खता हुनेछ |

      अर्को कुरो नेपालका क्रिस्टेनहरु गरिबी तथा अशिक्षाका कारण पैसाको लोभमा हिन्दु बाट क्रिस्टेन भाका हुन् |सत्य यहि हो |
      येसु ले भनेका छन् “प्रतेक इशाईहरुको मूल धर्म ,धर्म प्रचार हो ”
      क्रिस्टेन हुनुमा हाम्रो कुनै आपति छैन तर हिन्दु धर्मको मूल स्थानमा एस्तो आक्रमण हुनु अशइया हो |

  120. यो त शुरुवात मात्र हो, हेर्दै जा औ नेपाल एक दिन क्रिस्चियन र मुसलमान को लडाई स्थल बन्ने छ, हामि नेपालि हरु लुट का माल हौ, हामि लाइ हानथाप गरेर धर्म परिवर्तन गरिदै छ
    हामि सोझा, इमान्दार, लाटा जसलाई आफ्नै धर्म को ग्यान छैन, आफ्नै धर्म नाश गर्न र बिदेशी धर्म भित्र्याउन हाम्रा स्वार्थि क्रान्तिकारी नेता हरु होडबाजी गर्दै छन्, हामि चै तिनीहरु कै खाल्टो मा हाम्फाल्दै छौ

  121. पाइदैन पाइदैन पाइदैन !यदि भ्याटिकन मा हिन्दु हरु को सब गाड्न पाइन्छ भने हामीले पनि सोच्नु पर्ने हुन्छ . हैन भने आयातित धर्मलम्बी (विदेशबाट झिकाइयाको) हरु को सब पसुपतिर लागे मात्र पनि परिणाम भोग्न बिदेशी दलाल हरु तयार हुनुपर्छ . सारा हिन्दु हरु को आस्थामा चोट पुग्ने गरि धार्मिक अतिक्रमण गरे मा नतिजा के हुन्छ पहिला नै सोचे हुने हो.आशा गर्दछौ भदौ १६ को अवस्था कहिले पनि आउने छैन .

  122. पशुपति क्षेत्रमा लाश गाड्नु उचित हुदैन यो हिन्दुहरु थिर्थस्थल मात्र नभई पुरात्व्क्तिक सम्पदा भएकोले कुनै क्रिस्चियन हरुको लाश गाड्नु राम्रो होइन,

    • गाड्नु मात्र होइन एहा जलाउनु पनि हुदैन . इंडिया को बनारस मा जस्तो लास लाई एलेच्त्रिक बाट जलाउने गर्नु पर्छ

  123. लास गाड्नु पशुपति नजिक राम्रो हैं पशुपति मात्र नभएर कुनै पनि सहर र सहरको छेउछाउ राम्रो हैन भोलि गयर हजारौ हेक्टर जमिन लास गाड्नुलाई छाहिंछ अनि कसले दिने काँह गाड्ने? अब हिन्दु बौदिस्ट हरुले पनि electrical सिस्टम अपनाउन पर्छ यदि प्र्दुसन मुक्कता राख्ने हो भने 1

  124. मलाइ लाग्छ अब मर्ने बेलामा राम राम भन्नुस भन्ने होइन , तपाइलाई कहा गाड्ने / जलाउने ? भनेर सोध्नुपर्छ . जे उत्तर आउछ तेही गर्नु पर्छ . किनकि मारी सके पछी स्वर्ग जान चाहन्छ संसद होइन.
    मरी सकेपछी पनि लास बनेर किन जुलुस गर्न दिनु …
    मेरो जातमा पनि गाड्ने चलन छ तर म तेस्को बिरोधि हु , कसैले गाड्न चाहान्छ भने चलन चल्ती को भु मा जग्गा किनेर गाड्न दिदा हुन्छ अनि थाहा हुन्छा जमिन कति किमती छ भनेर…

  125. नेपाललाई पुनः हिन्दु राष्ट्र बनाए सबै कुरो ठिक हुन्छ /

    • आनन्द जी कुरा हिन्दु राष्ट्रको हाईन व्यवस्थापनको हो । हिन्दु धर्ममा पनि लासलाई गाड्नै पर्ने जातीहरु पनि छन तिनिहरुलाई के गर्ने त

      • त्यही त भनेको | पहिला हिन्दु राष्ट्र बनाउनुपर्यो अनि सबै ठिक हुन्छ| म पनि लास गाड्ने हिन्दुमा पर्छु |

  126. हाम्रो पशुपतीमा क्रिस्चियनहरु को लाश गाड्न पाउदैन. यो उग्र पन हो. विदेशमा धरै जसो नेपाली क्रिस्चियन धर्मको नाममा व्यापार गरि रहे का छन्. क्रिस्चियन हु भन्यो, नेपाल मा जग्गा किन्यो चर्च बनाउने, यो ट्रेन्ड कोरियामा एकदमै छ

  127. यो अहिलेको राजनैतिक तरलता र अस्थिरता को आडमा नेपाली नेपाली बिचमा द्वन्द गराएर एकतामा फाटो ल्याई आफ्नो स्वार्थ पुरा गर्ने सिमित व्यक्ति,समूह को चाल पनि हुन सक्छ / मेरो व्यक्तिगत विचार को कुरामा म सालोक्य जी को विचार संग पूर्ण सहमत छु / आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको पनि सम्मान गर्नुपर्छ /

  128. अब हुदा हुदा पशुपति लाई पनि इनिहरुले छाडेनन . धन्य हो हामी नेपाली …..गर्व लाग्छ आफु नेपाली हुदा . हामी नेपाली आज किन यस्ता भयका ? हामी केहि गर्न सक्दैनौ भने कमसे कम भयको चिज लाई त नबिगार ……..

  129. हिन्दु धर्मालम्बीहरुले अपनायको धार्मिक लचकताको फाइदा त धेरै ले धेरै ठाउमा लिनै सकेका छन्! अब पुरातत्विक महत्त्व भयका ठाउहरुमा अतिक्रमण गर्दै छन्! भोलि हिन्दु धर्म मान्ने हरु को घर अगाडी पनि चिहान बने दिने छन् लचकता अरु बढेमा त्यो दिन पनि टाढा छैन!
    पहिले देस हिन्दु अधिराज्य नै हुँदा पनि सबै धर्मालम्बी हरु आपसमा कोहि कसैले कुनै अप्ठेरो बिना बसीरहेका थिय! आज नेताहरु ले राजनीति गर्न को लागि झगडा को बिउ रोपी दियका छन् तेही जालमा जनता फस्दै छन्!
    अरुले परापुर्ब काल देखि उपयोग मा ल्यायको ठाउमा एक्कासी दाबागर्नु भने को हेपाहा प्रबर्ती! यदि येसु माथि यिनी हरु को विश्वास छ भने येसु ले भने जस्तै अरुलाई दुख दिनु घोर पाप हो भनेर तुरुन्त हट्नु पर्छ र नेपाल का ठुला पादरी ले यो आब्हान गर्नु पर्छ ! अन्नेथा तेहा हिन्दु बादीहरू को आक्रमण मा परेर ठुलो छेती हुने सम्भावना हुन्छ जसको दोस येसु को परम् भक्त हुँ भन्ने ले नै लिनु पर्छ !

  130. कुनै पनि धर्मावलम्बिहरुले कुनै पनि हालतमा पशुपतिको वरिपरी लास गाडेर पशुपति छेत्र नै दुषित बनाउन पाइदैन /पशुपतिलाई जोगाउन सबैको सहयोग चाहिन्छ / क्रिस्चियनहरु आफ्नो छुटै ठाउमा गएर लास गाड्ने गर किनकि तिमीहरुले हिन्दु धर्मवालिसंग निउ नखोजेकई राम्रो होला ?

  131. पशुपति बिकाश कोषले यो काम धेरै पहिले गर्नुपर्थियो अर्को कुरा सबैले एक अर्काको धर्म संस्कृतिलाई सम्मान गर्न सिक्नु पर्छ

  132. This is nothing but a systemic plan to completely wreck our coultry! Our nepalese civilisation is in at the point of disappearence! we have been facing significant threat to our social fabric & cultural identity by planted religon! Real plan of these west is to send nepal into such cheos that they will have free hand to turn Nepal into semi christian nation & then take fight to China from our land.
    Unexpected change in Nepal & brainwashing of many nepalese by some outside forces have have brought our nation into verge of civil fighting.

    All Hindu & Buddist & traditional religion of our land must unite to face this challange. Unless we unite in robust voice to such sensetive issue, we are doomed to fail, doomed to disbanding our heritage, culture, social fabric that our fathers & forefathers have created.

    Friends, its time to wake up! trouble is on your doorstep, please do not ignore it!

  133. नेपाली भूमिमा नेपालीले मर्ने बेलामा दुख बेहुर्नु पर्ने कुरा दुखको कुरा हो | तर हिन्दु समुदायलाई ठेस नपुगोस तेसैले तेह होइन सरकारले अरु कुनै ठाउको जग्गा बेवास्थित गरिदिनु पर्छ |
    एक अपस मा नालड़ोस भन्ने चाहन्छु

  134. पशुपति क्षेत्रमा कुनै पनि जाती समुदाय धर्मावलम्बी हरु को चिहान बनाउन पाईदैन. christian हरुको त अति भो. के तिमीहरुको बिश्व सम्पदा चर्च क्षेत्र भेटिकन मा हिन्दु को चिहान बनाउन पाईन्छ?

    भएका चिहान हरु पनि तुरुन्त हटाउन पर्छ.. मुस्लिम हरुको धार्मिक क्षेत्र मा तेस्तो भएको भए सबैलाई काटीदिन्थे.

  135. पशुपतिनाथ मन्दिरमा भारतीय पुजारी राख्ने र हाम्रो परम्परागत अधिकार कटौती गर्न खोज्ने भारतीय दलाल सुसिल नाहाटालाई सन्यासीहरुले नकाटी नहुने भयो ।

  136. पशुपतिनाथ मन्दिरको पुजारी पनि नेपाली नै हुनु पर्दछ । र दशनामी सन्यासीहरु गिरी,पुरी,भारती,बन,आरण्ड,सागर सरस्वति,पर्बत,तीर्थ र आश्रम)को लास गड्न पाउँनु पर्दछ ।

  137. अब भाई फुटे गवार लुटे हुन थालेको छ /नेपालमा एकता नभए पछी एस्तो मात्रै हैन अझै हामीले सोच्दै नसोचेको स्थिति आइ लग्न सक्छ धार्मिक स्वतन्त्रता को नाम मा निहुँ खोज्ने र समाज बिथोल्ने षड्यन्त्र मात्रै हो /बिशुध्ध हिन्दु कै क्ष्येत्र मा लास गाड्ने कुरा उठाउनु राम्रो होइन /

  138. पशुपतिनाथ मन्दिर पारीको जमिन दशनामी सन्यासीहरु ( गिरी,पुरी,भारती,बन,आरण्ड,सागर सरस्वति,पर्बत,तीर्थ र आश्रम)को लास गड्नका लागी भनेर छुट्याईएको हो । त्यहाँ अन्य जातिको लास गड्ने बिषयमा बहस हुन सक्दछ । दशनामीको लास गड्न पाउने परम्परागत अधिकारको कसैले हनन् गर्न सक्ने छेन । र लास गड्न नदिने हो भने यसले ठुलो रक्तपात मच्चिन सक्ने छ । महादेबलाई कुलदेबताका रुपमा मान्ने सन्यासीहरुको लास महादेश मन्दिर नजिकको स्थानमा रान्नु पर्ने धार्मिक तथा संकृतिक परम्परा रही आएको छ ।

  139. के गर्न हुने के गर्न नहुने हामी जनताले ब्यक्त गरेको बिचारको कुनै महत्वो भएपो भन्नु/ अब यसलाई मसला बनाएर राजनैतिक दलहरु आफ्नो छेणिक पार्टीगत स्वार्थ पुरा गर्न पछि पर्छन/ क्रिश्चियनहरुको मन जित्न खोज्ने पार्टी(हरु)ले हुन्छ भन्छ र अरु पार्टी(हरु)ले हुँदैन भन्छ/ हुन्छ वा हुँदैन भन्दा यसको दिर्घकालिन नकारात्मक असर विभिन्न छेत्रमा कसरि पर्दछ भन्ने कुरा उनीहरुलाई भांदैसित/

  140. म माथि लेखिएको भनाइ,विचार प्रति सहमत छु किनकि अ- आफ्नो परम्पराको जगेर्ना गरि एकले अर्काको सम्मान गर्नु पर्छ |

  141. शिबलाई नरधुप चाहिने हुनाले लास जलाउने हुन । र पशुपतिनाथलाई हिन्दुहरुको पाँचो धाम बनाउने पहल भै रहेको बेलामा अरु धर्माबलम्बिहरुले पनि सहयोग गर्न आबस्यक छ । यदि नेपालका हिन्दुहरु हिन्दुको नाममा गोलबन्द हुदै गय भने फाईदा बिनाको झन्झटमा नेपाल फस्न सक्छ ।

  142. एउटा धर्म रहेको क्षेत्र त्यो पनि विश्व सम्पदा सुचीकृत भएको ठाउँ मा गएर लास गाड्न थाले पछी त त्यो धर्म बिपरित पनि भयो अनि येसरी गाड्दै जाने हो भने त १ दिन चिहान डाडा हुनेछ/ तेसैले सरकारले अर्को ठाउको व्यवस्था गर्नु पर्यो/ तर यहा नेर अर्को चर्चा गर्नु पर्ने हुन्छ. विदेश मा त सरकार लाइ रोयल्टी बुझाएर मात्र त्यो पनि निश्चित ठाउमा गाड्नु पर्छ . तर येह त बल मिचाई छ / के गर्ने के नगर्ने नियम नै छैन / यस्तो नीति नियम बेलैमा बनाउनु पर्ने हो / साम्प्रदायिक लडाई हुने कारण नै यस्तै झगडाले हो /

  143. पशुपति क्षेत्र विकास कोषले जे गरेको छ, ठीक गरेको छ। मौखिक आदेश दिने मन्त्रीलाई तुरुन्त कडा भन्दा कडा संजाय दिनु पर्छ/

  144. अरुको आस्थालाई सम्मान गर्नुको साटो चोट पुर्याउनुलाई आफ्नो प्राप्ति ठान्नु पतनको बाटोमा अग्रसर हुनु हो/ नेताहरुलाई मात्र गालि गरेर नथाक्ने हामीहरुले यस्तै क्रियाकलाप गर्ने हो भने राजनैतिक कारणले भन्दा छिटो यस्तै कारणहरुले नेपालको अन्त्य छिटो हुन सक्छ/

  145. मलाई यो लेख ठिक लाग्यो , जसरि हामीलाई क्रिस्त्चियनको चिहानमा लास जलाऊन दिईदैन तेसैगरी हामी हिन्दुहरुको पबित्र आस्थाको केन्द्र पशुपतिनाथ जस्तोको छेत्रमा चिहान बनाउन दिनुहुदैन / अर्कोकुरा एसरी चिहान बनायर रख्नेहो भने भोलि काठमाडौँ जस्तो साँघुरो ठाउँ सबै चिहान- चिहानले मात्रै भरिनेछ , तेशैले जसले चिहान बनाउन चाहन्छ उसले काठमाडौँ देखि टाढा एकान्त ठाउमा बनाउन सक्छन /

  146. यो कुरामा त कुनै बिबाद नै नहुनु पर्ने हो | पशुपतिमै लगेर लास गाडछु भनेर अरु धर्मावलम्बीले कसरी जिद्धि गर्न सकेका होला | सरकारसंग चिहानको लागि जमीन माग गर्नमा पो मच्चिएर लाग्नु पर्ने हो | कोषको अडान सही छ, सरकारको नाकामी को बदला अरु धर्मावलम्बीको पवित्रस्थल त्यो पनि सम्पदा सुचीमा परेको स्थानसंग लिन त भएन नि | खैर क्रिस्चियनहरूको लास जलाउने प्रचलन पनि नभएको होइन | सायद नव-क्रिस्चियनहरुको माग होला यो |

  147. मेरो बिचार मा यो पनि कानुन नभएको देस मा फाइदा लुट्ने तत्व हरु कम्मर कसेर अगाडी आएका होलान . सबैलाई थाहै छ यो स्थान को पुरातात्विक महत्व
    यसमा बहस गर्ने कुरै हैन नि
    सबैले सोच्ने कुरा हो इभन इसाई हरुले पनि कतै उनीहरुको अधिकार को खोजीले कसैको हानि पो गर्छा कि ????

  148. जसरी नेपालको राजनीतिक मुद्दाको रेखदेख भारतले गर्ने गरेको छ, त्यसरी नै नेपालको सामाजिक एवं धार्मिक मुद्दाको रेखदेख अचेल युरोपेली नियोगले गर्ने गरेको छ- विभिन्न गैसस मार्फत्/ नेपाललाई धर्मनिरपेक्ष बनाउने माओवादीप्रति युरोपेली मुलुकले देखाउने गरेको सदासयता कुनै संयोग होइन/ क्रिस्चियन धर्म जबसम्म धर्ममा सीमित रहन्छ, तबसम्म अरु धर्मावलम्बी आत्तिनुपर्दैन, तर क्रिस्चियन धर्म पश्चिमा मुलुकहरुको राजनीतिक अस्त्र पनि हो/ संयुक्त राष्ट्र संघमा केवल एकजना (बर्मेली वौद्ध उ थांत) बाहेक सधैँ क्रिस्चियन महासचिव चुनिनु कुनै संयोग होइन/

    नेपाली क्रिस्चियनहरुको समस्यालाई सम्बोधन गरिनुपर्छ, त्यसमा विवाद छैन/ तर पशुपतिमा लाश गाड्ने मुद्दालाई विदेशी चलखेलको बाटो नबनाई विभिन्न विकल्पहरुको बारेमा सोच्नु वुद्धिमानी हो/ उसै पनि बनजंगललाई चिहान वा कंक्रिट स्मारक बनाउनु ठिक होइन, चाहे त्यो श्लेषमान्तक बन होस् वा चारकोसे झाडी/

  149. मलाइ यस बिसयले मलाई गंभीर बनायो l पस्सिमा देसले नेपालका गरिब जनता माथि धर्मका नाममा विखण्डन ल्याउने भए आज नैजेरीया को दन्ध या आज भर्खर विखण्डन भएको सुडान यी हेरउ ,सब यिनको पछाडी धर्म को खाडल छ l नेपाल का मानिसहरुम़ा पनि धेरै महत्याकंक्षा बढेको छ धनि हुने नाममा पैसा भए भो धर्म रितिरिवाज सब वास्ता छैन l हामी १० वर्ष माओवादी को नाम म़ा लड़ेउ अब धर्म को नाममा लड्न पर्ने जस्तो छ l आखिर जे भए पनि खतरा निम्तिदै छ तर यो लडाईभयो भनि नर्श्म्भार्कारी हुनसक्छ l तेसैले अर्काको आस्थामा आच आउने काम र देस, रितिरिवाज लाइ ख्याल गरौ l पैसाको नाममा धर्म देस नबेचौ

  150. पाईदैन । अरु देशमा त लाश गाड्ने ठाउको कुरा होइन हिन्दु धर्मालम्बीलाई कतिसम्म घृणा गर्छन त्यो त भोग्नेलाई मात्रै थाहा हुन सक्छ ।

  151. एस्तो पनि प्रस्न हुन्छ र भन्या… बच्चा ले पनि भन्न सक्छ नि….. हिन्दु धर्मावलम्बी हो भने कुनै रोकतोक गर्नु हुदैन…. अरु धर्म मान्ने हो भने हिन्दु धार्मिकस्थल मा के को अतिक्रमण….जावुन न, हिन्दु धर्म त्यागेर जुन धर्म मा गएका छन्, तेही धर्म र मालिक को सरन मा!!!!
    अन्य धमवालाम्बी हरुले रोएर, कराएर, टाउको फुटाएर तेही मरेपनि तिनीहरुको लाश गाड्न दिनुहुदैन….हिन्दुहरुको पबित्र स्थल मा अन्य थर्मावालाम्बी को लाश गाडेर अपवित्र गर्ने कुनै अधिकार छैन….
    हिन्दु हरु उदार छन् भनेर अरु धर्मावलम्बी हरुले पेल्दै जाने हो भने हिन्दु हरुको धर्यता पनि टुट्न सक्छ, चेतना भया!!!!

  152. पशुपति क्षेत्रको श्लेषमान्तक वन हिन्दुहरुको पवित्र तीर्थस्थल हो। यहाँ हिन्दू कै लाश गाड्ने चलन भएका जातिहरुले पनि त्यसरी सिमेन्ट, कंक्रिट, फलामे डन्डीको प्रयोग गर्न पाइँदैन

  153. पाइन्छ। गाड्न पाइन्छ। तर एउटा १०० फिट गहिरो खाडल खन्ने र सबै क्रिश्चियनहरुलाई त्यही खाडलमा पुर्ने गरे ठाउँको उपयोग हुन्छ। त्यसो गरे कसो होला ?

    • अर्याल जी
      तपाईं “खुमेनी” भन्दा कट्टर बादी रहेछ/ को क्रिस्चियन? को मुस्लिम? को हिन्दु? को बुद्धिस्ट? हिन्दुहरुको दावी अनसार समस्त मानव र प्राणि अनि ब्रम्हाण्ड नै ब्रम्हा बिस्नु र महेशको श्रिस्ट हो/ त् तपाईंले यति घृणा गरेको क्रिस्चियनहरु पनि तीनै ब्रम्हा बिस्नु महेशले नै श्रीस्ती गरेको हो नि/ श्र्सिस्तीकर्ताको श्रीस्तिलाई यसरि भेद गर्नु भनेर कुन पुराणमा लेखेकोछ? तपाईं जस्ता पुराण नपढेको श्र्सिस्तिकर्ता नचिनेको मात्र मुर्ति देखेको भगतहरुले हिन्दु धर्मलाई सकुचित बनाउने भयो/

      धर्म कुनै राजनैतिक सिधान्त होईन/ तपाईंले तपाईंको भासामा श्र्स्तिकर्ताको नाम राख्नु भयो अरुले अरुको भासामा/ श्रीस्तीकर्ता त् उही हो/ किन यस्तो विभेदकारी बिचार पाल्नु हुन्छ मनमा?

      हो पशुपति छ्यात्र लाई प्रदुषण मुक्त गर्नु पर्छ/ कसैको पनि लास मन्दिर नदि किनारमा जलाउने गाड्ने अब उपयुक्त छैन/ अन्तै कतै ब्यबस्थित गर्नु पर्छ/
      क्रिश्चियनहरु र लास गाड्ने परम्परा भएको हिन्दुहरुले पनि पसुपतिमै गाड्न पाउनु पर्छ भनेकै कहाँ छ? ब्यबस्था गरि दिन सरकारलाई अनुरोध पो गरेको छ/

      क्रिस्चियनहरु यति नै मन नपरेको भए उनीहरुको डलर, उनीहरुको भाषा, उनीहरुको ग्यान र अबिस्कार्हरु पनि त्याग्नुस न/ भनिन्छ नि भगवान्ले बडो अचम्म सिट पापिलाई सजाय दिन्छ भनेर/भगवानकै श्रीस्ती क्रिस्चियनहरुलाई यति घृणा गर्नेहरु आज तिनै क्रिस्चियनको ग्यान र अनुदानमा बच्नु परेको कुरा सायद श्रीस्तिकर्ताको श्रीस्तिलाई हेला गरेको पापकै फल हो/

      अर्याल जी तपाईंले अहिले क्रिस्चियन हरुलाई हेला गरेको सब्दहरु यो ब्लगमा राख्न पनि क्रिस्चियनहरुकै अबिस्कारको सहायता लिंदै हुनु हुन्छ/

  154. एक दम सहि हो हिन्दु हरु को पबित्र ठाउँ मा अरु धर्ममलाम्बी को लास जथाभाबी गाड्दापछी बिकराल रुप लिनु सक्छ तेसैले बेलईमा सजग भएर अलग अलग बनाउनु पर्छ धार्मिक सहिस्नुता को लागि पनि l

  155. लाश गाड्ने उपुक्त ठाउँको माग गर्न पाउनु सम्बन्धित समुदाएको अधिकार हो त्येसैले यो सम्बेदनशील बिषयमा सम्बन्धित निकाएले निश्चए नै ध्यान पुरयाई त्यो मागलाई सम्बोधन गर्नै पर्छ/ तर उनीहरुले भनेकै ठाउँमा (त्येस्मा पनि पशुपति क्षेत्रमा नै) चाहिन्छ भनेर अड्डी कस्नु चाहिं उनीहरुको दुश्साहस र मुर्खता हो/ विश्व सम्पदा सुचिमा परेको शहरको मुटुमै अवस्थित त्येसमाथी पनि त्यति सानो ठाउँ(जहाँ जुत्ताहरु राख्ने एउटा रयाक बनाउने सम्म ठाउँ छैन)मै लाश गाड्न नपाए एसो गर्छु र उशो गर्छु भन्नु भनेको केवल निहुँ खोजेर साम्प्रदायिक र धार्मिक भड्काउ को सुरुआत गर्नु हो जुन कुरा नेपालि जनतालाई कदापि स्वीकार्य हुने छैन!–यो कुरा उनीहरुले राम्ररि बुझे हुन्छ– कोषले पनि यो कुरामा डटेर लड्नु पर्छ—हामि सारा नेपालि उसको साथमा छौं//

  156. This is very sensitive issue. Government should have clear plan on this. The religiously attached people easily becomes riotous (or animal…too negative) if their grievances not heard. This is not a matter of discussion in public, we need to accommodate the value of all. We Nepalese are the most tolerable people on the planet so we need to find a solution with dialogue. I hope there will be way out soon !!!

  157. यी मान्छेहरु तेरो धर्म मेरो धर्म भनेर धर्म भित्र किन रुमल्ली रहन्छन होला?एक धर्म मान्नेले आर्को धर्म मान्ने मान्छे संग रिस राग कटुता लडाई हिंसा किन गर्छन होला?संसारमा अहिले हुदै गरेका धेरै लडाईहरु कुनै न कुनै रुपले धर्म संग जोडिएका छन।सामान्य रुपले आस्था राख्नेहरुबाट भन्दा कट्टरपन्थी धार अंगाल्नेहरुबाट धेरैनै हिंसा भएका छन।छिमेकि देश भारतमा यस्ता धार्मिक लडाई बेला-बेला हुदै आएका छन र भारतको सिको गर्दे नेपालमा पनि कुनै दिन यस्तै डरलाग्दो क्रुर हिंसा नहोला भनेर नकार्न सकिदैन।त्यसैले हामी सबैले धर्मलाई भन्दा मान्छेको भाबनालाई मान्छेको समस्यालाई बुझ्न सिक्ने होकि?

    मेरो बुझाईमा अब पशुपतिमा लास पोल्ने गाड्ने बन्द गरिनु पर्छ।पशुपतिको बिकल्पमा अरु कुनै ठाँउ तयार गरिनु या अरुनै बिकल्प गरिनु पर्छ जहाँबाट शहरको प्रदुसनमा दुर्गन्धमा कमि आवोस।बागमतीलाई सफा राख्न सकियोस!मान्छे सधै पुरानै परम्परा पुरानै सँस्कृतिलाई बोकेर बस्नु पर्छ भन्ने मान्यता राख्नु हुदैन समयको गति संगै परिवर्तित हुनु सिक्नु पर्छ।

  158. अरु धर्मको इज्जत गर्न नजाने पछिको इस्थीति हो यो |
    नेपालमा अधिकाम्स इशाईहरु गरिबी र अशिक्षाका कारण
    लोबमा धर्म परिवर्तन गरेका हुदा उनीहरुलाई तियो ज्ञान नभाको हुन सक्छ |
    उनीहरुको पास्चर ले समजय सजिलै मान्छन नत्र २..४ जना मर्छन होला |
    पश्चिमी मुलुकमा हेर्दा धर्ममा उनीहरु कठोर हुन्छन तर
    अरुको धर्मको अस्थ विचारलाई बहुतै ख्याल गर्छन |

    हिन्दुको पबित्र स्थलमा उनीहरुले येसो गर्नु मुर्खता हो |
    सरकारलाई छुटै बेवास्था गरिमाग्नु पर्छ जस्तो लाग्छ |

    राजनीति हाबी भयको देशमा अब “नेपाल सबैको हो ,सबै नेपाली १ …१ पटक प्रधान मन्त्रि पालो पालो हुन पाउनु पर्छ ” भन्ने माग आउला के गर्ने ?

  159. नेपाल को यो हविगत भयको बेला किन फेरी धर्मको विवाद हैन किन विवाद मात्र गर्न जानेका राम्रो कम को कहिल्यै शुरु नहुने भो जनता नि उस्तै नेतनी उस्तै अनि देश मा के हुने

  160. म हिन्दू परिवार मा जन्मेको हु,हिन्दू धर्मं मा आस्था छ तर पनी पशुपति मा लास जलाउने कुरा को बिरोध गर्छु इलेक्ट्रिक शब् दहन को ब्येबस्था गर्नु उपयुक्त हुन्छ(वातावरण को लागी पनी)शहरी क्षत्र,सिमित जमिन र अर्को जात-जाती को साथै विश्वो को सम्पदा समेत रहेको ठाऊ मा शब् गाड़ने कांक्रीट का चिन्ह हरु बनौउनु ठीक होईन/यहाँ मेरो अन्य धार्मिक समुदाय लाई निषेद गर्ने मनसाय भने होईन/

  161. यो सबै हाम्रो देशमा धर्मको नाम मान्छेहरुलाई jhagada गराउन खोज्नेहरु को सड्यन्त्र हो. ,,,,अनि एस्तो कुरामा बिबाद नगर्नु नै बेस होला.

  162. पशुपति क्षेत्रमा अरु धर्मावलम्बीले लाश गाड्न पाउने कि नपाउने ? भन्ने मा यदि यो विश्व सम्पदा सूचिमा अंकित छ भने, हिन्दु या अरु कसै धर्ममान्ने ले नगाडी अरु कुनै विकल्प खोजे राम्रो, तर हिन्दूहरुले पाउने अरुले नपाउने, यो चहिन भएना!!! यसले बुद्ध जन्मेको देशमा घर्म युद्धनै सुरु हुनजान्छ

  163. आ-आफ्नो परम्पराको जगेर्ना गर्नुपर्छ तर त्यसो गर्दा अरुको परम्परामा पनि ध्यान दिनुपर्छ/
    अरु समुदायले हिन्दुको पवित्र स्थलमा नै आफ्नो अधिकार जमाउन छाड्नु पर्छ, बरु वैकल्पिक व्यवस्थाका लागि सरकारलाई दबाब दिनुपर्छ/
    तर एस मा राजनीति न मिसियोस यो कुरा मा राजनीति मिसियमा ठुलो समस्या आउछ
    prabhat
    amsterdam

  164. नपाउने नपाउने नपाउने !! हरेको चिजको आफ्नै महत्तो हुन्छ र स्वतन्त्रता !! पशुपति नाथ को आफ्नै महतो छ !! के अब चर्च आगाडी गएर लास जलाउन थालियो भने के होला !! यो देशलाई सतिले सरापेको देस भनेको १६ आना ठिक रहेछ म त दङ्ग परेको छु !!

  165. आज को मुख्य जनता को समस्या भनेको डन्डहिनता हो र नेता हरु बीच को कुर्सी लडाईं हो अनी हतियार धारी हरु ले जेगर्दा पनि हुदोरहेछ भन्ने मानसिक्ता बिद्यामान हुनु देस र जनताको लागि दु:ख को कुरा हो सबै नेपाली समान हुन भाषा जाती धर्म लिङ क्षेत्र समुदाय सम्प्रदाय र समुह बराबर हुनपाउनु नै आन्दोलन को उपलब्दी हो भने बिस्वसम्पदा सुची मा रहेको पशुपतिनाथ को क्षेत्र किन हिन्दु हरु को भनि भन्नु पर्यो त्यो त तपाइँ हामि सबै को साझा होइनर ??????

  166. नपैईने बिल्कुलै नपैईन्ने ,यो कुरा सतप्रतिस गलत छ ,क्रिष्टियन ,मुस्लिम हरू ले अरू नै ठाउ मा लाश गद्न्ने ठाउ खोज्नु होल्ला

  167. एउटा ब्यक्ति तर्फबाट सोच्दा संस्कार ठुलो लाग्छ र देशको तर्फबाट सोच्दा विश्व सम्पदामा सुचिक्रित हुनुठुलो लाग्छ । प्रिथ्बीनारायण शाहले उर्वर भुमीमा बस्ती बसाल्नु हुन्न र भए पनि हटाउनुपर्छ भनाइ यहाँ सान्दर्भिक देखिन्छ । विश्व सम्पदा सुचिक्रित हुनु पर्यटकिय महत्व बोकेको हाम्रो देशमा अर्थ उपार्जनको नीम्ति उर्वर भुमी जस्तै हो । पशुपतीलाई पर्यटन प्रवर्धनमा प्रयोग गरेर आर्थिक बिकास गर्न सकिन्छ । आर्थिक बिकासको फाईदा पुन: त्यहि समुदायमा पुग्नेछ जुन अहिले लाशको निहुमा लडिरहेका छन । उनीहरुले सोच्नुपर्छ की भाबी पुस्ताको जीवनस्तर उकास्ने की मरेको मान्छेको लाश गाड्ने ? संस्कारको कुरामा टाउको दुखाउनु बेकार हुन्छ किनभने संस्कार, स्रोत र साधनको उपलब्धता तथा चेतनामा भरपर्छ । सती प्रथा पहिले हाम्रो समाजमा एउटा संस्कार थियो अहिले छैन । कारण चेतनाको बिकास । बिहान उठेर तुलसीको मठमा पानी चढाउनु पनि हिन्दू संस्कार हो तर काठमाडौंका अधिकांसले त्यो पूरा गर्दैन किनभने कहाँ पाउनु तुलसीको मठ ? किरात समुदाय तथा क्रिस्चियन धर्मावलम्बीले पनि यस किसिमको परिवर्तनलाई आत्मसाथ गर्न सक्नुपर्छ । काठमान्डौमा जग्गाको भाउ छुनै नसक्ने गरी बढ्यो भने गरीब किरातले के गर्छ ? अपरिवर्तनिय बस्तु केही पनि छैन । आवश्यक छ त केवल सोचको । सोचाइ राष्ट्रिय गौरबको नीम्ति बनाउने की लाश गाड्नको नीम्ति ?

  168. I am agree with Salok jeee and strongly agree with Pashupati Chetra Bikash Kosh…………Krisitian as well as other religious should look other suitable places rather then then the Pashupati area and It is a responsibility of government should oraganize another places to them.

  169. म अतिवादी होइन तर पशुपति क्षेत्रमा कुनै पनि अवस्थामा पक्ही कपुर्थान(चिहान)
    बनाउन दिनु हुदैन, हिन्दु भित्र कै सव गाड्नेहरुलाई पनि परम्परागत तरिकाले मात्रै गाड्न दिनु पर्छ/ बरु अरु धर्मका लाई अर्कै स्थानको बेवास्था मिलाई दिनु पर्छ/
    सच्चाई भन्ने हो भने पक्कि चिहान बनाउने चलन नेपाल को मौलिक पनि होइन,
    किरातहरु को मूल चलन त सिधा सिढी गाड्ने हो , अनि माथि बाट ढुंगा राखिदिने
    जुन प्रकिर्तिक दिर्स्तीकोड बाट जलाउने र पक्कि चिहान बनाउने दुवै भन्दा राम्रो छ /

  170. लाश गाड्न पाईदैन भन्नु छैन । तर गाड्न नै पर्ने भय र क्रीस्चियन धर्म नै मान्ने हो भने त हिन्दूको मन्दिरको छेउ मा नै किन र ? बरु आँफै चर्च बनायर त्यसैको छेउमा गाड्नु नि । पश्चिमी देशमा पनि प्रायजसो लाश हरु चर्चको छेउमा गाड्ने गरिन्थियो तर अहिले त्यो परम्परा ज्यादै महँगो भएकोले गर्दा लाश्लाई जलाउने परम्परा कतै कतै सुरु गरेको पाईन्छ ।
    यो नेपालमा कानुन नहुनुको आभाश हो । नत्र त त्यो पशुपतिको छेउमा कहाँ ठाँउ छ र लाश गाड्नलाई ?
    जनतामा जे गरेपनी हुन्छ भन्ने मानसिकता बिकास भयको छ र यो त्यसैको उपज हो!
    दिपक अधिकारी
    जर्मनी

  171. ऐतिहाशिक र पुरातात्विक महत्वो को बिश्वो शुचिमा रहेको धार्मिक स्थल पशुपतिक्षेत्र हिन्दुको लागि मात्र नभएर बिश्वो कै सम्पदा हो र बिश्वोकै सुचिमा अङ्कित छ | यो क्षेत्रमा लाश गाड्ने तथा लाश गाडी कंक्रिटको स्तम्भ बनाउने कार्य कोहि कसैले गर्न गराउन हुदै हुदैन | सर्ब प्रथम त यो परम्परा ले बिश्वोकै ठुलो भूभाग ओगटी सकेको छ अझ कति ओगटिने हो बिश्वो लेनै सोच्न पर्ने अवस्था आइ सकेको छ | तर आ आफ्नो संस्कार र संस्कृति च्वाट्ट छोडी हाल्न पनि कठिन हुन्छ तर छोड्न नसक्दा यसले कालान्तरमा ठुलो समस्या उत्पन्न हुन सक्छ | यस मामलामा पसुपती बिकाश कोष ले लियको अडान ठिक छ | उनीहरु को लाश गाड्ने र स्थम्ब बनाउने ब्यबस्थाको निम्ति सरकारले अनेत्र सवोच्न नितान्त आब्सेक भइसकेको छ |

  172. सम्मान पाउन लाइ अरु को सम्मन गर्न पनि त पर्यो जब आदिमा काल थियो त्यो बेला तेरो मेरो भन्ने कुनै चिज थियन त्यो समाज चेतना रहित साम्यवाद थियो तेरो मेरो भन्ने धारणा नै बिकास भयको थियन ।। जब मानब चेतनसिल युग मा पर्बेश गर्‍यो घाम पानी हावा हुरी बतास हिउ चत्टान जस्ता पर्क्रितीक नियमा सँग पर्तिस्पर्दा गर्नु पर्दा यि घटना घटाऊने कुनै सक्ती त छैन नत्र कसरी घाम लाग्छ पानी पर्छ आकाश गर्जिन्छ भनी चेतना को पूर्ण बिकास नहुँदा अद्रिस्य काल्पनिक सक्ती को सुरुवात दैबिक सक्ती पर्ती मनब को झुकाबहुदै गयो अनि जन्म मरण को बारेमा किम्बदन्ती हरु पनि सुरु भय मानव बिकास को क्रम मा निजी सम्पत्ति को बिकास पहिलो चराण मा भयको पाईन्छ निजी सम्पत्ति मौलिक अधिकार भयपछी धनीगरिब स्वत: हुनेनै भयो जो सँग सम्पत्ति छ त्यही ठुलो कहलाउन थालयो र पूँजीवाद को सुरुवात भयो
    यसै आधार मा मरण पछी के हुन्छा र के गर्ने भन्ने कुरा मा विवाद छ आज हुने खानेले त आफु जिउदोहुदा भन्दा मरेपछि बस्ने चिहान घर राम्रो बनाउन थाले को पनि देखिन्छा तर त्यो मरण पछी को घर ले सार्बजनिक थोठाउँ र समाज मा कस्तो असर पार्छा भन्ने कुरा हरु को ज्ञान भने कमै राखेको पाइन्छ देसी बिदेसीसक्ति हिन्दु धर्मावलम्बी हरुको बिरोधमा सङ्क्रमणकालबाट मनग्गे लाभ लिइरहेका छन्, त्यसैले कोही पनि देशमा आउनसक्ने सङ्कटप्रति चिन्तित देखिँदैनन्”, बनाउनै नचाहेपछि कसरी बन्छ संविधान? संविधानसभा राख्नै नचाहेपछि त मर्ने नै भयो समय घर्कियो भने शान्तिप्रक्रिया विथोलिन्छ, संविधान बन्दैन। यदि बने मा पनि ति तागतिसक्ति को भूमिका कस्तो हुन्छा आदि कुरा ख्याल राख्नु पर्यो
    जहासम्मन मानिस मरेपछि जलाउने सस्कार छ त्यो कालान्तर मा सबै ले अपनाउनुपर्ने बैज्ञानिक सस्कार नहोला भन्ने आधार देखिदैन सबै ले कंक्रिट छड पर्योग गरे मा भोलि सन्सार त चिहान्चारी बाहेक केहि हुने छैन र त्यहिँ चिहान माथि राजनीति सुरु हुनेछा , हिम्सा हुनेछ जनधन को क्षेती हुने छ चिहान बढ्ने छ ..
    रावणले बाटो बिराउँदा वंशनाश भयो । कौरवहरूले बाटो बिराउँदा सर्वनाशै हुनपुग्यो भने आज हामि ले बाटो बिराउदाभोलि के होला ??? एकथरी नजानेर वा बहकाउमा लागेर बाटो बिराइरहेका छन् भने अर्काथरी जानीजानी बिराइरहेका छन् । नजानेर बाटो बिराउनेलाई त सम्झाइबुझाई सही बाटोमा ल्याउन पनि सकिन्छ तर बुझ पचाएर बाटो बिराएकाहरूलाई सही बाटोमा ल्याउन कठिन छन् त्यसै ले पशुपति मा कुनै पनि धर्मावलम्बी हरु लाइ मुर्दा गाड्न नदिनु नै उत्तम छ बिस्वसम्पदा को सुचिमा रहेको संबेदन सिल ठाउमा कसैले पनि आˆनो दायित्वबोध गर्नु पर्छ ////////

  173. अरु धर्मवलम्बीहरु को अर्को बिकल्प छ कि छैन त्यो पनि हेर्नु पर्ने हुन्छ । यदी छ भने रोक लगाउनु पर्छ,यदी अर्को बिकल्प छैन भने,दोस्रो बिकल्प तयार नहुन्जेलका लागि पुरानै शैलीमा लाश गाड्न जलाउन पाउनु पर्छ । र समाधान खोजिनु पर्छ ३ पक्ष मिलेर ।

  174. कुरा ठिक हो.!मेरो पूर्ण सहमत छ!पशुपति क्षेत्र मा नेपाल का मात्र नभयर संसार भरि का हिन्दु धर्मालम्बी हरु को आस्था र बिस्वास छ.एस्तो ठाउँ मा अर्को समुदाय र अर्को धर्म को व्यक्ति हरु को हस्तक्षेप कदापि मान्य छैन.इसाई हरु को लास गाड्न सरकार ले अर्को बैकल्पिक व्यवस्था गर्नु जरुरि छ,अनि एस समस्याको समाधान सरकार ले बेलै मा गर्नु पर्छ.नत्र पछि पछुताउनु पर्ने अवस्था आउन सक्छ.नेपाल मा जातीयता र क्षेत्रीयता ले आबस्यकता भन्दा बढी बहस र चलखेल तथा राजनीतिकरण गरिदै छ.एस्लाई बेलै मा उचित ढङ्ग ले सम्बोधन गरिनु पर्छा .धार्मिक स्वतन्त्रता को नाम मा यदि कसैले अर्को धर्म को व्यक्ति तथा समुदायको बिस्वास र आस्था माथि चोट पुर्याउने काम गर्दा एसले साम्प्रादायिक रुप नलेला भन्न सकिदैन.ऐले सम्म नेपाल मा साम्प्रदायिक दंगा या भनौ येस्ता प्रकार का घटना कहिँ कतै नभयको अबस्थामा हामि मिलेर साम्प्रदायिक सदभाब राख्नु जरुरि छ.त्यै भयर एक ले अर्को लाइ चिद्याउने काम कहिँ कतै बाट हुनु हुदैन.सबै ले सबै को सम्मान गर्न सिकौ…….
    सबै को जय होस्
    आशिस
    स्विस

  175. विश्वकै धार्मिक आस्था रहेको तिर्थस्थल पशुपतिनाथको संरक्षण गर्नु सारा नेपालीहरुको कर्तब्य हो l हामी जुनसुकै धर्मको भएपनि यसको संरक्षणमा लग्नु नै सबै नेपालीहरुको लागि उचित हुनेछ l त्यस कारण धर्म, जात, समुदाय नभनी एउटा नेपाली भएर सोच्नु पर्छ र यदि हामीले त्यसो गरेनौ भने त्यसै पनि देशको हरेक कुरामा राजनीतिकरण भैरहेको अवस्थामा यस कुरा पनि राजनीतिकरण भै नेताहरुको लागि एउटा झगडा गर्ने निहु मात्र हुनेछ र यसको छिनोफानो पनि बिदेसी प्रभु भनाउदाहरु बाट नै हुनेछ l त्यसैले साथी हरु हामी नेपाली भएर बाचौ न कि क्रिस्चियन, मुस्लिम………. भएर l यदि हामी यस्ता कुरामा मात्र अल्झियौ भने भोलि हामी नेपाली नभई मात्र क्रिस्चियन, मुस्लिम………. हुनेछौ । बाँकि तपाईहरुको बिचार…………..

    श्री पशुपतिनाथले नेपालीहरुको रक्षा गरुन
    जय बाबा पशुपतिनाथ

  176. In this case, just commenting “Worthy” or “Crime” is not judicious. This topic is sensible and the writer’s explanations are more compromising rather than finding the solutions.
    First question is Why this situation came in Kathmandu?
    I believe there is nothing concern about this or that religion. It is the matter of space.
    There is no free Space in Kathmandu, what to do? If like this goes on, we can see worst, as day after day passes.
    Stopping/making Issues or politicalize is not the solution. Look at whole Kathmandu! It is difficult to find empty space.
    The ONLY permanent solution is to decentralized the city. Decentralize the work! Decentralize the Public!
    If not, people will start fighting for the land…fighting to survive and fighting after demise…

  177. मेरो विचारमा पशुपति बिकाश कोषले ज्ये गर्यको छ एकदम राम्रो गर्यको छ. हिन्दु हरुको आराध्य देव माहदेवको आगाडी कसै को लाश गढ़ना पाइदैन. ए बा हो तिमि हरु क्रिश्त्रियन भयो भन्दै मा पशुपथिनाथ को आगाडी नै किन मुर्दा गाड्ने ठाउ बनाउनु पर्यो अन्त पनि ठाउँ छ नि. हुन त जन्मसिद्ध क्रिस्त्रियन भयको भये पो विचार पनि अलि फरक आउछ, तर क्या गर्नु कूप्राबाउ, हजुरबाउ को रगतमा त भगवान माथि ठुलो आस्था थियो, तपाईहरु कति ले त आफ्नो पुर्बजलाए पशुपथिनाथमा नै लागएर जलाउनु भयो होला तर बिडम्बना आज समय ले कोल्टे फेर्यको छ साथी हरु धर्म परिबतन गएर क्रिष्टिनहुनु भयको छ, जे जस्तो भये पनि तपाई हरु को रगत मा हिन्दु भगवान पर्थी को मोह अजहै पनि बगिरख्यको छ जस्तो लाग्छ किनाभान्याए जहाँ आफ्नो पुर्बजलाइ बिसर्जन गर्नु भयो तेसै को अगाडी आफ्नो पनि बिसर्जन होस् भने चंहनु हुन्छ.

    तर कुरा स्मरणहोस्, कसै को धर्ममाथि ठोस् पर्ने काम दुवै पक्श्ये बाट नहोस. धार्मिक स्वोतान्त्रथा छ भन्दैमा परापुर्ब देखि चलिआयाको परम्परा नाबिथालोस, यसै मा सबैको भलो छ. र अन्तमा श्री पशुपतिनाथले हामी हिन्दु हरु को कल्याण गरुन. अब त खोइ किन हामी सबै को कल्याण गर्नु भन्नु, अरु धर्म मान्नेको लागि अरु धर्मको भगवान ले गर्नु. तर जे भये पनि हाम्रो चै पशुपतिनाथ ले अबस्ये पनि कल्याण गर्छन. ज्ये होस् भोले संकर.

  178. हिन्दुहरुको पबित्र स्थल पशुपति क्षेत्रमा लास गाड्ने जुन बहस चलिरहेको छ यो समय सान्दर्भिक छ जस्तो मलाई लाग्दैन । काठमाण्डौ सहर त्यसै पनि सहरीकरण भई रहेको छ । देश भरिका मानिस राजधानि भित्रिने क्रम जारी छ । त्यसमा पनि पशुपति क्षेत्र हिन्दुहरुको आस्थाको केन्द्र बिन्दु यो ठाउँमा कुनै पनि हालतमा लास गाड्न दिनु हुदैन यदी यसरी गाड्दै जाने हो भने पछी लास गाड्ने ठाउँको अभाव हुदै जान्छ र पशुपति क्षेत्र अधिक्रमित हुदै जान थाल्छ । गाड्न मात्र होईन यहाँ दाउरा द्धारा जलाउन पनि दिनु हुदैन यहाँ बिद्युतिय माध्यम राखी बिना प्रदुषण दाह संस्कार गर्ने व्यवस्था मिलाउनु पर्दछ जस्ले गर्दा दाह संस्कार पनि हुने पशुपति क्षेत्र प्रदुशित तथा अधिक्रमण हुन बाट पनि बच्ने । सरकारले लास गाड्नकोलागी छुट्टै ठाउँको व्यवस्था मिलाई दिनु पर्छ ताकि कुनै पनि धर्म मान्नेले आफ्नो परम्परा अनुसार अन्त्यष्टि गर्न पाओस ।

  179. तिनी हरु लाइ लाश पशुपति ओरिपरी नै गाड्नु पर्ने किन नि ? बाहिर गाडे हुदैन र ?

  180. Pashupatinath area is one of the most important places in our country and of course it is the holiest place to millions of Hindus across the world. I am not aligned to any religion but I just to visit Pashupati area and of course Pashupatinath Temple. I love the art and its history.
    Many Hindus in the world know us because of Pashupati Nath temple being here too and tourism industries are benefiting of it too.
    I think Christian and people of other faith should leave this area as it is. How would Roman Catholic react if a Hindu family try to cremate a body in Vatican area? or in a church area? Please don’t misuse the freedom and tolerance of Hindus towards other faith.

  181. लाश गाड्न प्रतिबन्ध लगाउनु राम्रो कुरा हो… नत्र हिन्दु हरु ले पनि चर्च मा गएर लाश जलाउन शुरु गर्नु पर्छ नि त!! गर्न त गर्नु अत्याचार नगर्नु…..

  182. पाउनु पर्छ ; यो नेपाली जनताको नैसर्गिग अधिकार हो

  183. हिन्दु धर्म अनुसार आफ्नो परम्परा अनुसार र जात जति अनुसार लास जलाउनु र गाड्नु सबैले पाउनु पर्छा तर कंक्रिट गरेर सिमेन्ट प्लास्टर गरेर हैन माटो मा पुरेर ढुंगा ले चिनो लगाव्नु बेस हुन्छा तर लास भने धर्म अनुसार जमिन मा पुर्नु पाउनु पर्छा,

  184. येसरी अरु को धार्मिक सम्पदा अनि धर्म मा नै खलल पुर्याउनु हुदैन /लास गाड्ने चलन भएका धर्मावलम्बी हरु को लागि सरकार ले उचित ठाउ मिलैदिओस् र पशुपतिनाथ बिश्वो सास्कृतिक सम्पदा लाई सफा र सोच्छ राख्नु पर्छ /राम्रो मुख ले भन्दा नमाने सरकार ले कडा कारबाही गर्नु पर्छ /येसरी अरु धर्म मा हस्तछेप अनि ताइ न तुइ को बखेडा झिक्नु हुदैन /हामी सबै जना पहिला नेपाली अनि मात्र जात धर्म पार्टी क हौ भन्ने कुरा नबिर्सौ /सबै जना मिलेर बसौ नत्र भाई फुटे गबार लुटे.धर्म रछया को लागि येहुदी हरु कतिसम्म एकजुट अनि धर्म मा कट्टर रहेछन भन्ने कुरा मेरो यहाको ७ वर्ष को अनुभब ले सिकाएको छ यहाँ येहुदी धर्म को बिरोध मा २ सब्द बोल्ने लाई पनि कानुनी कठ्घरा अनि दण्डित गरिन्छ तेसैले अरु को धर्म मा खलल नापुर्यौदा नै राम्रो .जय पशुपतिनाथ

  185. कुरा ठिक हो.स्लेश्मान्तक बन कत्रो नै छ र भन्या?अब त त्यहा लाश गाड्ने ठाउ नै पाउन मुश्किल हुन् थालि सक्यो अनि त्यहिँ पनि त्यहा लाश गिरि,पुरी आदिको मात्रै गाढ्न स्वीकृत गरिएको हो.अब क्रिस्चियान्हारुले त्यहाँ लाश गाढ्न सुरु गरेको धेरै भएको छैन.बिकाश कोस निकम्मा भएर अहिले सम्म उनीहरुले त्यहा लाश गाढ्न पाएका हुन्.ढिलाई भए पनि राम्रो कामको सुरुवात भएको छ……नत्र त त्यो ठाउँमा अब लाश यत्र तत्र छरिएको देखिनेछां.

  186. बिश्वो सम्पदा सूची मा अंकित पशुपति मा कुनै इम्पोर्टेड धर्मं तथा संस्कृति को लाश गाड़ना पयेदैना तो जमीन पबित्र छ

  187. हुदैन, सबै ले अर्को धर्म संस्कृति को सम्मान गर्नु पर्चा.

  188. मेरो बिचार मा हाम्रो भोलिको नया नेपाल भनेको क्रिस्चियन र मुसलमान को आधा आधि मा विभक्त नेपाल हो; हिन्दु धर्म लाइ हामीले आफै सामन्ती, अन्ध विश्वासी आदि भनेर तिरस्कार गर्दै छोड्दै गइ रहेका छौ, त्यसैले यो पशुपति लाइ अहिल्यै क्रिस्चियन र मुसलमान को बीच मा भाग बण्डा गर्दिए हुन्छ;
    नेता हरु ले हत्त न पत्त धर्म निरापेक्ष्य घोषणा गरेको पछाडी यी ६०१ सबै को खल्ती क्रिस्चियन डोनर हरु को नोट को बिटा ले टन्न भरिएको छ भन्ने कुरा हामीले दोहोर्याएर सोचेनौ; हेर्दा प्[राजातान्त्रिक जस्तो देखिए पनि धर्म निरापेक्ष्यता खालि क्रिस्चियन धर्म फैलाउन र नेपाल का मौलिक धर्म हरु को पलायन गर्न गरिएको थियो भनेर भन्दा यहि ब्लग का साथीहरु ले मलाइ गालि गर्नु हुने छ होला;
    अब रोएर केहि हुदैन, पशुपति बेचौ, डोनर हरु ले राम्रै पैसा दिन्छन; अहिले बेचेनौ भने पनि त्यसको चारै तिर गाइ बधशाला बन्ने छ, जग्गा हरु मा मसजिद र चर्च चिहान ग्रिह बन्ने छ, र बिस्तारै मन्दिर मात्र बाकि रहने छ, र त्यो पनि मिचिदै किचिदै अन्त्यमा नस्ट भएर जाने छ; हामि नेपालि हरु उदार र क्रान्तिकारी छौ, त्यसैले हामि आफ्नो टाउको मा आफै बन्चरो हान्दछौ

    • काग ले कान लग्यो भन्दै मा कान नछामी काग को पछि दौडिने नेपाली को बानी को उपज हो यो………पशुपतिमा इसाई हरु को लाश गाड्न कदापी पनि दिनु हुन्न चाहे जे सुकै होस्……..मर्नु परे मरौला साथ मा एक दुइ जना पैसा मा बिक्ने पाजी हरु लाई पनि साथ मै लिएर जाउला /////

      हरहर महादेव… जय महाकाली /////

  189. हिन्दु हरुले चर्च अगाडी गएर शब् जलाउदा कस्तो लाग्छ इशाई हरु लाई? अरुको तिर्थस्थल को सम्मान गर्न सिक्नु पर्छ नत्र एसले धार्मिक कलह शुरु गर्छ /

  190. हिन्दु धर्मको उपहास गर्नु हुदैन | नेपालमा यो सब पहिले गर्नु पर्थ्यो |
    अरु धर्मको लागि छुटै बनाउनु पर्छा |
    यो सब सरकारको काम हो व्यवस्था गर्ने हो |

  191. मेरो बिचारमा पाइदैन तपैले के
    भन्नु
    हुनछ????????????????????????????
    /

    ????????

  192. अब पशुपति मा नै क्रिश्चियन अनि मुस्लिम ले हामी पनि सम्मेलन गर्नुपर्यो भन्लान अनि पशुपति सबै को साजा हो, भनेर सानो ठाऊ दिनुपर्यो भन्लान के सम्भब हुन्छ? पशुपतिलाई के गरि सफा राख्नी, अनि मन्दिर को आम्दानी कता जन्छा भन्नि बारेमा खोज को समाचारहरु लेख्न सके राम्रो हुने थियो कि ????

    • हैन यो ब्लगमा लेख्ने साथिहरुले के बुझ्नु जरुरी छ भने लास गाड्ने कि्रस्चियन र मुस्लिम मात्रै हाईन । हाम्रै हिन्दु धर्म भित्र पनि त्यस्ता परम्परा छ जस्ले गाड्ने गर्दछन त्यसकारण बिकल्प समेत लेख्नु पर् यो ।

  193. हिन्दु हरुले गिर्जा घरमा लाश जलौना पाउने कि नपाउने

  194. मैले चै तपैकै कुरोमा सहमति जनाए है सालोक्य जी,
    लास गाड्न पशुपति छेत्र मै किन ल्याउनु पर्यो भन्या, हैन र?

Comments are closed.