रमाइलो दोहोरी :)

एउटा राष्ट्रिय दैनिक पत्रिकामा लगातार दुई दिन छापिएको यो विज्ञप्ति विज्ञापनलाई ध्यान दिएर पढ्नुस् त।

छैन त रमाइलो ?

एक अर्काको टाउकोमा दोष ठोपर्दै पत्रिकामा विज्ञापन छापेर उनीहरु आफै नाङ्गिएका हैनन् त ?

पत्रिकालाई त के छ र, फाइदै भो विज्ञापन छाप्न पाउँदा।

हामीलाई पनि के भो र, पढेर ‘थुक्क तिमीहरु !’ भन्न पाइया छ, दोहोरी पढ्न पाइया छ।


हिजोको पत्रिकामा छापिएको-

आजको पत्रिकामा छापिएको-

30 Comments

  1. प्रमोद मगर जी ! आइमाई उही हो ! आफ्नी श्रीमती भन्दा पनी राम्री देखिंछे तर उ तपाई लाइ गोजी गरम को भरमा मात्र आफ्नो सौंदर्य देखाउदै ह्विस्की पस्किदिन्छे …….!
    कुरो बुझनू भयो नी ? तपाई जस्तो भलादमी मान्छे अघि नै बुझी हालनु भयो नि हैन र ?

  2. हेर्नुस, दोष सबै बिद्यार्थी युनियनलाइ जान्छ | फिजिक्समा ६० जना भन्दा बढी भर्ना गर्न नहुने या नसकिने ठाउमा ठुलो दबाब दिई १२० भन्दा बढी गराउने, त्यसो भएपछि पठन-पाठन भने जस्तो नहुने अनि तिनै हुल्मूलमा भर्ना गरिएका अयोग्य बिद्यार्थीले जुलुस निकाल्ने question कोर्स भन्दा बाहिर बाट आयो, हामिलाइ यो यो question आए मात्र जाच दिन्छु नत्र दिन्न भनेर जुलुस निकाल्ने | बरु बिग्याप्ती निकाल्न छोडेर पढेर बसेको भए हुन्थ्यो

    म त्यहिँ department पढेर आएको हो, हाम्रो पाला मा पनि यस्तै भएको हो, र हरेक पटक यस्तो हुन्छ | यसमा Teachers को केहि दोष छैन, सबै बिगार्ने युनियन हुन् | देशको मुहार फेर्नु छ भने सबभन्दा पहिले त्यहिँ युनियन बाट सफाई गर्नु जरुरि छ किन भने बिना सित्ति निहु खोज्ने, नाना भाति का माग राख्ने, तोड फोद गर्ने, Teacher पिट्ने, Dean लाइ कालो मोसो लगाउने, department मा आगो लगाउने आदि काम मा यिनीहरुकै प्रतक्ष्य अप्रत्यक्ष्य हात छ | पाटन क्याम्पसमा १२० जनाको नाम निकाल्दा पनि नपुगेर २०० बनाउन पर्यो अरे अनि lab गराउन असम्भव छ भन्दा स्वबियु गएर lab नगराए पनि हुन्छ भर्ना त २०० हुनै पर्छ भनेर अड्डी लिएछ, ताला बन्दि गरेछ | क्या गजब छ बा | कुन दिन देखि, जाच नै नलिई ८०% दिएर पथाउना पर्यो भएर माग राखे भने अचम्म नमाने हुन्छ |

    यीनै तोड-फोड़का नाइके हरु भरष्टचारी मन्त्रि हुन जान्छन पछि | नर्स संग पंगा लिएर बीर अस्पतालको रकम फ्रिज गर्ने दिमाग यस्तै कार्य बाट आउछ मन्त्रिहरुमा, किन भने यिनीहरुको संस्कार यहि बाट सिकिएको हो | यिनीहरुलाई क्याम्पस निकाला गरेर बरु लागू औषद बाहेक अरु कुनै जिन्दगिमा उपलब्धि हुन नसक्ने बनाउन सके मात्र गतिलाले चान्स पाउलान, नत्र ढुंगा हाने, हात पात गर्ने, धम्काउने, थर्काउने कै बाहुल्यता रहन्छ, देश कहिले माथि लाग्दैन |

    धिक्कार छ यस्ता बिध्यार्थिलाई, |

  3. ए मित्र हरु हो, आफ्नो असंतुस्ताता ब्यक्त गर्न कुनै अर्कै मध्यम खोज्नु, देश को सम्पति माथि आक्रमण गरेर हिरो बन्ने प्रयास नगर्नु होला|

  4. प्रत्येक विधार्थी संगठन ले एक एकवटा विश्व- विधालय खोले भयो नि सब पास हुन्थे र सबको विशिष्ट श्रेणी पनि हुन्थ्यो होला हैन त। बेकारमा के झगडा गरिरा ‘ को

  5. अब चाही साना नानीहरुलाई उनिवेर्सिटी पढ्ने गधा हरु जस्तो नबन है भन्नुपर्ला. त्यहाँ पार्टी नामक जत्थहरुका भरौटेहरु बिध्यार्थिको नाममा गधा बनिरहेका छन्, त्येस्ता गधा हरुभन्दा मेरो घरको गोरु नै राम्रो छ. सिधा हलो तान्छा. समयमा घास दियो भने वाई सी एल पनि बन्दैन. न त झलुको भूस्याहा जत्था नै बन्छा.

    गधा हरुलाई नम्बर चाहिने, येस्ता गधाहरु बिद्यार्थी भएर नै T U को हालत बिहारको युनिभर्सिटी भन्दा पनि गए गुज्रेको भयो.

    • जोडदार मात्र नभई तोडफोडदार माग गर्छु भनेको भए हुने नि होइन?

  6. विद्यार्थी शिछ्यक सबै उही dyang क़ा मुला हुन् साथी हो. मार्क्स कम आएर केहि हुदैन खुबी vaye अवसर जति पनि मिल्छन. मेहनत गर्न सिक्नुस विद्यार्थी साथी हरु !!! यसो गरे कसो होला.

  7. रघुबीर जी, तपाईं ले मातृभूमि लाई नै नर्क भन्नुभो, तपाईं फेरी किन यहाँ बस्नु हुन्छा? जानुस न लण्डन पेरिस तिर. तपाईं जस्तो सभ्य मानिस किन नर्ग मा बस्नु हुन्छा? येही माटो नै हाम्रो अस्तित्वो हो, तपाईं जस्ता को लागि नर्ग होला किन भने पात मा किरा लग्यो भने तपाईं रुख पुरै लाई दोष दिन जान्नु हुन्छा! जुन रुख मा तपाईं पनि गुण बनाएर बस्नुभएको छ!

    • साथी धेरै नाखोकौं कोहि पनि खुशीले नेपालमा बसेका होइनन मौका नपाएर मात्र हो भोलि मौका पायेउ भने एक छिन पनि बस्दैनौ यो कुरा सबैलाई थाहा chha

  8. रघुबिर जी तपाईले कसरी हाम्रो मुटुको टूक्रालाई नर्क भन्न सक्नु भयो ? तपाई जस्तै मान्छे भएर हो यो स्वर्ग पूरी नर्क भएको ! कुमान्छेले गरेका गल्तिको बिरोध गर्नु पर्नेमा , अझ तपाईले कुरा नबुझी माटो लाइ दोसदिदैहुनुहुन्छ त्यों पनी आफ्नो पबित्र जन्म भुमिलाई ! धिक्कार छ तपाई लाइ !

  9. धेरै पढ्यो भने बाबुराम भइेन्छ र दु:ख पाईन्छ,तेसैले आज देखी नै क्याम्पस जलाउ” पढि गुनी के काम हलो जोतो माम भन्ने बाउ
    बाजेको पुरानो उखानलाई रिमिक्स बनाउ”

  10. सालोक्य जी र माईसन्सार टिम का मित्र जी हरु। के भएको हो स्पष्ट भएन , मैले यो घटनाक्रम बुझ्न पाएको छैन।समाचार पढ्दा यस्तो लाग्यो: वाई सि एल समर्थक विद्यार्थी र काँग्रेस समर्थक शिक्षकहरुको बिचको झगडा हो?? कि काँग्रेस समर्थक विद्यार्थी र वामपन्थी शिक्षकहरुको बिचको कचकच हो? परिक्षामा चीट चोर्न पाइन भनेर आन्दोलन गर्ने विद्यार्थी भएको देशमा कुनै सकारत्मक कार्य हुन सक्छ भन्ने कुरा मैले पत्याउन छोडिसकें। यो देश यथार्थमा एउटा नर्क हो। किम्बदन्तीहरुमा हुने गरेको नर्क यही हो।

    • कुनै पनि देश र ठाउँ नर्क हुँदैन | गल्ति मानिसबाट हुन्छ, र मानिसले गरेको नराम्रा कामको दोष देशलाइ दिनु भनेको अज्ञानताको कमि हो| हामी सबैले राम्रो नैतिक शीखछा लिएको भए आज एस्तो हुँदैन थियो होला | हामीले खाली अरुलाई गाली गलौज गरेर कहिले पनि अगाडी बढ्न सकिन्न, भरु त्येस किसिमको घटना नदोरौनु सचेत हुनु नै उत्तम हुन्छ | मलाई विश्वास छ नेपाल अवस्य एकदिन, येस्ता घटना मुक्त देश बन्छ

    • कमसे कम हाम्रो देशलाई नर्क संग तुलना गर्नु अगाडी तपाइले एउटा कुरा को विचार गर्नु पर्ने थियो मित्र, तपाइले आफुले प्रयोग गरेको भाषा नेपाली बाहेक अन्य कुनै पनि भाषा प्रयोग गर्न पाउनु हुन्थ्यो, तर नेपाली भाषा पनि प्रयोग गर्ने अनि नेपाल लाई नै नर्क भन्ने क तपाई भारतीय हो?

  11. मै सन्सार मा अर्को एउटा राम्रो लेख छ भ्रस्टाचार किन हुन्छ भनेर ? त्यो लेख को उत्तर येही रहेछ नि ? पढ्दै न पढे पनि हाम्लाई दिस्तिन्क्सन चाहिने ? यो एउटा सानो नमुना मात्रै हो र हरेक छेत्र मा तेस्तै छ र तेसैले गर्दा हाम्रो मुलुक पछी पर्ने |

    हे नम्बर का भोकाहरु हो ? घरमै छाप न सर्टिफिकेट, मार्कसीट तिमेरुलाई कसले रोकेको छ ?
    खाडी को घाम मा बेल्चा चलाउन पर्ने मान्छे कलेजमा ?
    थुक्क गधा हरु !!!

  12. गुरु हरु संग मुखामुख गर्ने विद्यार्थीहरुको के भविष्य हुन्छा? विद्यार्थीहरुको काम निहु खोज्ने हो कि जे छ त्यसमा संतोष मानेर पढ्ने ? त्यहिँ के यु मा पढ्ने विद्यार्थीहरु चुप चाप पढ्न हुने , झन् गरिब का छोराछोरीहरु पढ्ने ति यु मा चाहि झन् उल्टो बुद्धि?

  13. मलाई अरु भन्दा पनि यो सारै हासो उठ्यो….”भौतिक शास्त्र संघर्स समिती” नाम चाही deadly छ.

  14. बिग्रियो चाल पनि येस्तई र रैछनि हाम्रो चाल पनि !!!!!!!!!!!!!!!!

  15. फिजिक्स घोक्न नसके
    एसो समानुपातिक तिर पर्ने मेसो गर साथी हो!
    डेल क्रस अपरेटरले साथीहरुलाई फनफनी गुमेर
    मैच्यांग नाचन बनाई दिए जस्तो छ!
    आइन्स्टाइन को घर काठमाडौँ मा भा कति ढुंगा मुडा
    गर्थेउ होला!
    हेर त सुजाता दिज्जु अस्ति बिदेशीलाई छोडेर आएर पनि
    उप भैसक्नु भो! त्यस्तो छिटो मेसो पो गर्ने त!

    ह्या, कसले पढ्छ मसिना अक्षर, पातला पन्ना भएका त्यतिका ठेली!

  16. १. पठन पाठन गर्नेहरुले झुर राजनैतिक शैलीमा अध्यापन “बन्द” गर्न भन्दा बरु अझ थप गरेर बिरोध जनाएको भए एउटा नौलो र सन्देशात्मक प्रतिक बन्न सक्ने थियो|

    २. यस्ता पंहुचवाला प्राध्यापकहरुले प्रशासनको ध्यान आकर्षण गर्ने वार्तालाप हो, आफैहरु बन्दको राजनीति गरेर निकृष्ट उदाहरण पेश गरे पछी त्यस्ताले पढाएकोहरुको के हाल होला सोच्न सकिन्छ|

    ३. बन्द गरेको समयको तलव भत्ता दिन भएन| विद्यार्थीको भविष्य संग खेलवाड गर्ने गुरु हुन् सक्दैनन|

    ४. युनिवर्सीटीका उपकुलपति, रेजिस्त्रार र प्राध्यापकहरु सबै निजी कलेज र बिद्यालय खोलेर बसेका छन् र कुनै न कुनै रुपमा निजि कलेज संग सम्बद्ध छन्| अब हाम्रो नेपालमा शरम भन्ने चीज नरहेको हो कि हात माथि हुनेले सीसटम नै यस्ता बसालेको हो? राम्ररी नियालेर हेरे उपदेश दिने गुरु देखि लिएर अधिकांश नांगा देखिन्छन|

  17. आखिर ब्यारेक बनाउने घोषणा भएकै छ/ किन चाहियो ल्याब, किन चाहियो अलग अलग डिपार्टमेन्ट भत्काए हुन्छ/ अनि किन चाहिए तिनी पी एच डी धारी विद्वानहरु? के तिनले हाम्रा ब्यारेकमा तालिम दिन सक्छन? अनि मेरा वीरयोद्धा साथीहरु, यो तोडफोड चाहीं के नि? ब्यारेकमा हुने तालिमको नमुना हो? हामी सबै कृत्य कृत्य छौँ तपाईं वीरयोद्धाहरु प्रति/

  18. nadhaaati भन्नु पर्दा यो देसका कलङ्क मा यहाँ बिग्जप्ति निकाल्ने खाल kaa बिद्यार्थी पनि एक हुन्. देसको सभैभंदा पुरानो र थोरै धेरै साधन भएको विश्वविध्यालय मा नालायक हरु ले राजनीति गरेर न त पढ्न दिन्चन न त पढ़ौना. तिमि हरु ले कम अङ्क पाउनु स्वाभाविक पनि हुन सक्छ किनकि,
    १. केन्द्रीय बिभाग मा नाम निकाल्न नसकेर नै तिमि हरु पटन वा अन्यत्र भर्ना भएका हौ, एसले तिमि हरु पढ्न मा केन्द्रीय बिभाग क बिद्यार्थी भन्दा कम छौ भन्ने थाहा हुन्छ.
    २. तिमि हरु लाइ पढाउ ने मास्टर हरु पनि केन्द्रीय बिभाग को जत्तिको नहुन सक्छन
    ३. तिमि हरु लेराम्रो संग पढेको भए नम्बेर कम आउने भन्ने कुरा हुदैन, लेखेको लाइ नम्बेर नदिन कुनै मास्टर को धर्म ले दिदैन तेसैले जानीजानी कसैले तेसो गर्यो भनेर पत्याउने आधार छैन
    अब तिमि हरुको तोड फोद को क्रियाकलाप यो देशकै कलंकित क्रियाकलाप हो एसले तिमीहरुको कुहिएको बुद्धि छ भन्ने स्पस्ट नै हुन्छ एसले तिमि हरु ले पाउने अलिकति बचेको मानबिय consolation पनि हराएको छ . येसैपानी त्रिभुवन विस्वबिध्यालय मा साधन केहि छैन IMF संग ऋण लिएर जेनतेन जोडेको भौतिक साधन पनि तिमि हरु जस्ता कलङ्क हरु ले तोडफोड गर्दै गए भबिस्य मा आउनेले के गर्ने?
    नम्बेर धेरै किन चाईयो?
    १. तिमि हरु के को लागि धेरै number खोजेका हौ? Abroad स्तुद्य लाइ जना खोजेका हौ भने , PhD गर्न को लागि तिम्रो MSC को number कहिले आवस्यक परेको मलाइ थाहा छैन, लौ तिमि सारै स्मार्ट छौ भने GRE , Subject GRE राम्रो गरेर देखाउ तिम्रो MSC को certificate भन्दा त्यो नै बढी मुल्याबान हुन्छ.
    २. नेपाल मै केहि गर्ने महान बिचार छ भने तिम्रो खुबी त प्रताक्च्या देखाउन सक्छौअलिकति छ भने .
    येसरी मेरो मुल्यांकन मा तिमि हरु ले सारै नराम्रो काम गरेकाचौ अझै पनि समय बितेको छैन बरु जो हिजो गरेको गल्ति को छ्यामा याचना गर , सबै संग माफी माग ani jo jasle तोड फोद गरेको हो tini हरु लाइ kaarbaahi को daayeraa मा lyauna sahayog गर एसले तिमि हरु namunaa bannechau ani hamro sahaanubhuti paaunechau saathai देसको लागि पनि अलिकति ullekhniya काम garekaa hunechau. yahaa bigyapti nikaalera timiharuaafu नै naangiyekaachau.
    Bhagwaan ले तिमि jastaa nepali को chittai बुद्धि ferun
    (मा पनि तिमि हरु केन्द्रीय viswabidhyaalayako बिद्यार्थी thiye र yesto तोडफोड को sadhai birodh arda chu, Tyo सबै को sajha sampati हो dhungaa hanne bises aadhikaar timile kahaa baata liyau tesko pustio तिमि यो janma मा कहिले गर्न sakdainau, chup laagera basa)

  19. हरे यो देश को बिजोग!!! त्यत्रा बिभाग हाँक्ने, जिन्दगीको लामो कालखण्ड अध्यापन गरेर नै बिताएका, अहिले आन्दोलन गर्न आएका चिचिला नानीहरु जस्ता कयौं नानीहरु लाइ ज्ञान बाँढेर, देश बिदेशमा प्रसिध्ध हुन सघाएका, ती विद्वान गुरुहरुको समूह नै मिलेर ती बिद्यर्धि बिरुध्ध ‘बदनियत’ नै देखाए होला त? ‘भेद भाब’ नै गरे होला त? अझ बिद्यार्थी साथि हरु चाहिं क्याम्पस तोडफोड गर्न जानु भाको रैछ. फूलमाला लगाएर अभिनन्दन गर्नु पर्ने, रथमा राखेर नगर परिक्रमा गराउनु पर्ने मित्र हरुलाई. जाबो तोडफोड गर्दैमा, पढ्ने पढाउने ठाउ र प्रयोगशालामा आक्रमण गर्दैमा पुलिश बोलाउने?

  20. शिक्षा क्षेत्रमा राजनीति बहिस्कार गरोउ !

  21. हे गुरुजी हरु
    सुन्नुहोस मेरो बिन्ति
    कहिल्यै पढन नआए पनि, राजनीतिमा चुर्लुम्म डूबे पनि
    पास गरि दिनु होस् मेरा भाई बन्धुहरुलाइ
    हात उठाउने प्रणाली शुरु गर्नुस
    संसदमा जस्तै पास र फेल को
    नत्र आज
    भौतिक शास्त्रले भौतिक तोडफोड गरेको छ
    भोलि रसायन शास्त्रले रसायन फाल्ला
    पर्सि बनस्पति शास्त्रले भाटाले हान्ला
    अनि दिनदिनै
    आफ्नै होनाहार चेला चपेटा हरुको
    गाली र अपमान को सामना गर्नु पर्ला
    दोर्णचार्य र बाल्मिकीको स्थान गुमाउनु पर्ला
    नया नेपाल भनेको एस्तै हो
    hatti र hatti chhap ustai ustai हो

    • राजनीतिक कार्यकर्ता त जाच नै नदिए पनि पास हुन्छन वन्ने सुनेको छु…. बाध्यता ले भए पनि राजनीति मा लग्नु पर्ला जस्तो छ यार aaba त

  22. तलको विज्ञापनमा चाहिँ गल्तीले अन्त्यमा “भौतिक संघर्ष समिति” हुनुपर्नेमा अन्यथा भएछ/ बेकारमा “शास्त्र” किन लेखिरहनु?

  23. न पढ्ने ले राम्रो संग पढ्छन न पढाउने ले राम्रो संग पढाउछन् अनि अनेक नाटक , देश को बौद्दिक क्षेत्र को यो हालत भए पछी प्रगति चाही कसरि हुन्छ र हामी असल र अनुसासित नागरिक हुन्छौ?

Comments are closed.