चर्चित ढुंगेल/ दोहा, कतार

‘पाठक’ भन्नाले सामान्यतया दुई वटा अर्थ लाग्छन्। एउटा थरी पाठक र अर्को पढ्ने पाठक। पहिलो पाठक अर्थात् थरी पाठकलाई इमान्दार साथ भन्ने हो भने जात निर्धारण गर्ने ‘जातबेत्ता’ ले ‘कुमाई’ कोटीमा राखेका छन्। कुमाईहरु चौथो ठूलो जातमा पर्दछन्। पहिलो बाहुन, दोस्रो जैसी–सन्यासी, तेस्रो क्षत्री, चौथो कुमाई र अरु अरु। यसरी जातको उचनिचताको निर्धारण मैले गरेको होइन। कुनै महापुरुष वा दण्डित हुन लायक महापण्डित आदिले गरेका हुन् भनेर पितापुर्खाबाट सुनेकाले लेखेको हुँ। तर मैले भन्नुपर्दा– बाहुनदेखि कामीसम्म, जैसीदेखि धामीसम्म, कुमाईदेखि दमाईसम्म, नेवारदेखि सतारसम्म सबै बराबर हुन्। यी सबैले सबैलाई कुटुम्ब बनाउन मिल्छ। मलामी जाँदा लाश बोक्न मिल्छ। बिहेबटुलोमा सँगै बसेर मासु चिथोर्न, हड्डी टोक्न र रौसी धोक्न मिल्छ। एकले अर्काले छोएको पानी खान मिल्छ। एकले अर्काको घरभित्र जान मिल्छ। यो भन्दा बढी ८८ कुमाईभित्रको पहिलो पाठक अर्थात् थरी पाठक बारे नलेखौँ।


अर्को पाठक अर्थात् पढ्ने पाठक दुई प्रकारका हुन्छन्। एउटा स्कुल, क्याम्पस, लोक सेवा, प्रहरी सेवा, भाषा (ल्याङ्ग्वेज) आदिका पाठ्यपुस्तक पढ्ने पाठक र अर्को पत्रपत्रिका र ब्लग पढ्ने पाठक। पहिलो पाठक अर्थात् कुनै सेवा वा तप्काका पाठ्यपुस्तक पढ्ने पाठक जाँच दिएर पास हुने आशमा पढ्ने गर्छन्। यस्ता पाठक अधिकांस पुस्तकसँगै सुत्ने गर्छन् र पुस्तकसँगै उठ्ने गर्छन्। कोही कोही टुप्पी बाँधेर पढ्ने गर्छन् भने धेरैजसो चाँही बिजुली बत्ति नपुगेको ठाँउमा लोडसेडिङ्गको नाउँमा कुप्पी बालेर पढ्ने गर्छन्। यस्ता पाठ्यपुस्तक पढ्ने पाठकलाई कम्मर कसेर बढी नम्बर ल्याउनु छ र अब्बल दर्जाको सर्टिफिकट भिर्नु छ। अर्को पाठक अर्थात् पत्रपत्रिका/ब्लग पढ्ने पाठक विभिन्न प्रकारका हुन्छन्। यो लेख पनि यिनै पाठकमा केन्द्रित हो।

पत्रपत्रिकाको नाम पढ्ने पाठक– यस्ता पाठकले मागेर वा किनेर, अर्धवार्षिक वा वार्षिक ग्राहक बनेर पत्रिकाको नाम पढ्छन् र फ्याँकिदिन्छन्। यिनलाई पत्रिकाको कखरा पढ्ने र बुझ्ने फुर्सदसम्म नहुँदो रहेछ। सुनाखरी होस् या समय वा अन्य कुनै पत्रिका तिनका नजरमा सबै पत्रिकाको मूल्य रद्धिको टोकरी बराबर पनि नहुँदो रहेछ। ब्यापारी परे भने सामान पोको पारी पठाउँछन्। जागिरे परे भने भाँगाटुटा वा थोत्रे फलामवालालाई बेचिदिन्छन्। पढ्दै नपढी। आजको पत्रिका आजै।

लेख–समाचारको शीर्षक पढ्ने पाठक– यस्ताखाले पाठक कस्ता हुन्छन् भने चारैतिर ओल्टाइपल्टाइ गर्ने, शीर्षक पढ्ने र फालिदिने। मानौँ शीर्षक पढेपछि यिनलाई लेख–समाचारको चुरो थाहा हुन्छ। कुनै लेख पढेर साध्य हुन्छ ? कोही नुहाएर उपाद्दे हुन्छ ? भनेर पढ्दै नपढी पत्रिका ‘साइट’ लाउने यिनको दैनिकी हुन्छ।

शीर्षक र केही हरफ लेख पढ्ने पाठक– यस्ता पाठकले शीर्षक र केही हरफ पढ्छन् र उत्तम लेख–समाचारलाई ‘खत्तम रहेछ, फलानो पत्रिका/ब्लग त गएछ’ भनेर फ्याँकिदिन्छन्/अर्कैतिर क्लिक हान्छन्।

लेखकको नाम हेरेर लेख पढ्ने पाठक– यस्ता पाठकले कुन लेखकले लेखेको हो भनेर नियाल्छन् र लेखकको नाम हेरेर लेख पढ्ने गर्छन्। एकपटक मनखाको लेखकले लेखेको लेख पढेपछि तिनलाई अरु लेखकले लेखेको लेख ‘कागलाई बेल पाक्यो हर्ष न बिष्मात्’ हुँदोरहेछ। कट्टर सिद्धान्तवादी झैँ यिनले अरुका लेख कमै पढ्छन्।

लेख पूरै पढ्ने र आलोचना गर्ने पाठक– यस्ता पाठकले लेख–समाचार पूरै पढ्छन् र आलोचना मात्रै गर्छन्। मानौँ लेखक यिनको खान्दानी दुश्मन हो। जति नै राम्रो विषयवस्तु उठाए पनि लेखकलाई हल्काफुल्का आँक्ने र तल्लोकोटीमा राख्ने यिनको बानी हुन्छ। पाठक प्रतिकृया, ब्लग कै मुन्तिरको कमेन्ट वा भेटमा यस्ता पाठकले लेखक, समाचारदाता वा ब्लगरलाई सल्लाह/सुझाव कम र तिखो आलोचना बढी गर्ने गर्छन्। यस्तो सोच्छन् कि लेखकले लेखेको लेखमा कुनै गुदी छैन। खाली यस्ता पाठकका बारेमा नजाती कुरा लेखे जस्तो।

लेख पूरै पढ्ने र समालोचना गर्ने पाठक– अधिकांश यस्ता पाठक बेरोजगार वा फुर्सदिला हुन्छन्। यिनले पत्रिकाको नामदेखि पछिल्लो पृष्ठको इमेल ठेगानासम्म पढ्न भ्याउँछन्। यस्ता पाठकले लेखका बारेमा लागेका कुरालाई सामूहिक छलफल गर्छन्। यस्ता पाठक धेरै जसो चिया–चुरोट पसल (जहाँ नशाबाजहरुको जमघट हुन्छ), नेता चोक (जहाँ राजनीतिक गफ चुटिन्छन्), तासे चोक (जहाँ जुवाडेहरुको डेरा हुन्छ), भट्टी पसल (रक्स्याहाहरुको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) आदि ठाँउमा भेटिन्छन्। बास्तवमा यस्ता पाठकको लेखकलाई खाँचो छ। तर बेरोजगार पाठकले पत्रिका किन्दैनन्, मागेरै मात्रै पढ्छन्।

त्यो दिन कहिले आउला जब जागिरे, ब्यापारी, पत्रकार, कानुन ब्यावसायी, सर्वसाधारण सवैले लेख पुरै पढ्छन्। समालोचना गर्छन्। थाहा छैन, मैले यस्ता कति ‘अनन्य’ पाठक कमाएको छु वा अरुहरुले कमाएका छन्। आज मेरो लेख कति हजारले देख्दै देखेनन् ? कति हजारले शिर्षक पढे होलान् ? कति हजारले शिर्षक र केही हरफ पढे होलान् ? कति हजारले नाम मात्रै पढे होलान् ? कति हजारले लेख पढेर आलोचना गर्लान् र कति हजारले समालोचना गर्लान् ? ‘तेरो लेख ठिक छ, मैले पढेँ’ भनेर ककसले भन्लान्। को को होलान् मेरा असली पाठक ? त्यसको मलाई व्यग्र प्रतिक्षा छ। जय होस्।

59 Comments

  1. तपाई को लेख अनुसार म सबै तिर पर्ने रैछ र आज को लागि मा तपाई को अशली pathak . जिबन मा पहिलो पटक मन नलागी नलागी पढेर कमेन्ट गर्न मान लग्यो.
    अनि तपाई चै कस्तो खाले लेखक भन्ने कुरा पनि ज्ञान भयो.
    १. तपाई चै अरु लेखक भन्दा फरक पाए जसलाई आफ्नो लेख को मतलब छैन राम्रो छ या छैन … तर … पाठक चाहिएको छ.
    २. अरु लेखक का पाठक प्रति इरस्श्य छ … ….. खगेन्द्र संग्रौला को लेख मा सधै पढ्छु तर अरु लेखकले लेखेको लेख ‘कागलाई बेल पाक्यो हर्ष न बिष्मात्’ हुदैन/

    “लेख पूरै पढ्ने र समालोचना गर्ने पाठक– अधिकांश यस्ता पाठक बेरोजगार वा फुर्सदिला हुन्छन्। यिनले पत्रिकाको नामदेखि पछिल्लो पृष्ठको इमेल ठेगानासम्म पढ्न भ्याउँछन्। यस्ता पाठकले लेखका बारेमा लागेका कुरालाई सामूहिक छलफल गर्छन्। यस्ता पाठक धेरै जसो चिया–चुरोट पसल (जहाँ नशाबाजहरुको जमघट हुन्छ), नेता चोक (जहाँ राजनीतिक गफ चुटिन्छन्), तासे चोक (जहाँ जुवाडेहरुको डेरा हुन्छ), भट्टी पसल (रक्स्याहाहरुको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) आदि ठाँउमा भेटिन्छन्। बास्तवमा यस्ता पाठकको लेखकलाई खाँचो छ। तर बेरोजगार पाठकले पत्रिका किन्दैनन्, मागेरै मात्रै पढ्छ” ,,,, न त मा बेरोजगार छु न त तपाइको लेख मागेर नै पढेको छु .. न त मा साथै भै संग जमघत को बेला मा एस्त वाहियात् लेख को समालोचना नै गर्छु …

  2. लेखकले लेख लेखेर प्रस्तुत गरिसके पछि, पाठकहरुको प्रतिकृया जे जस्तो आउँछ स्विकार गरेकै उत्तम हुन्छ । नत्र नलेखेकै राम्रो हुन्छ । पाठकहरुको प्रतिकृयालाई लेखकले पुनः प्रतिकृया गरेको पनि शोभा दिदैन मेरो विचारमा । पाठकहरु भनेका भगवान हुन लेखकको लागि । यो कुरा लेखकले आफ्नो लेख प्रकाशित गर्नु पूर्व नै विचार गरे राम्रो हुन्छ । बोली तलाउँमा खसे पछि खस्यो-खस्यो, अब कि त उ पौडिएर बाहिर आउँछ नत्र भित्रै मर्छ ।

    लेख औसत राम्रो छ मैले हेर्दा चै । व्यांगात्मक लेख यस्तै हुन्छन् । कतिलाई घोच्छ कतिलाई उत्साह मिल्छ । जय होस् !!

  3. तपाई पहिले राम्रो संग विषय बस्तु को बारेमा ज्ञान बतुल्नुहोस अनि मात्र लेख्नुहोस . जसलाई कुमाई को बारेमा थाहा नै छैन तेस्ताले किन लेख्नु पर्यो . I hope next time you will not repeat the mistake again.

  4. ढुन्गेल्जी पाठक हरु अनेककिसिमका हुन्छन ;ठिक भन्नुभयो | पाठक हरु म जस्तै तपाई जस्तै हुनुपर्छ भन्ने जरुरी छैन | फेरी कुनै पनि पाठक को जात र थर हुदैन तपाइले बर्गिकरण गर्न खोजेको जात चौथो श्रेणीमा पनि पर्दैन | लेखक हरु ले

  5. मित्र ! नेपालीले पत्रिका किनेर पदने दिन आउन सारै गारो छ ! सबै रोजगार हुनु पारो, सबैलाई ८ घण्टा कामगर्दा खान बस्न र केटा केटि padhauna पुग्नु पारो. नेता जी हरुले देश को बारेमा सोच्न थाल्नु पारो. घुस खान कर्मचारी र नेता जी ले छोड्नु पारो अनि पो फुर्सद पनि हुन्छा पत्रिका किन्ने पैसा पनि हुन्छा र तपैले भनेजस्तो हुन्छा ! नत्र भने उहिहो …… नेताजी को ताल पाठक को पनि………………..
    Jai Desh

  6. कुनै पनि लेख को लागि श्रीसक कति को महत्व हुन्छ? लेखकलाई नै राम्रो ज्ञान नभए जस्तो लाग्यो…. आग्रा को सिर्सक भित्र जाग्रा भित्र को खबर पनि हुन्छ, भन्ने मलाई त लाग्दैन.

  7. अविरल यात्री चर्चित जी, जव मैले यहाँलाई चिने ( मोतीजयन्तिको दिनमा दोहामा गजल वाचन समारोहमा हाम्रो भेट भएको थियो) त्यो दिनदेखि म चै तपाइलाई खोजी खोजी पढ्छु. म बेरोजगार पाठक पनि हैन दैनिक १२ घण्टा काम गर्छु. मागेर हैन किनेरै पढ्छु. किनभने पहिला पहिला कान्…तिपुर मात्रै पढ्थे, ४० रुपैया खर्च हुन्थ्यो हप्तामा अहिले तपाइको लेख राजधानीमा छापिन थालेपछि अर्को ४० रुपैया तपाइको लागि मात्रै खर्च हुन्छ. म फुर्सदि पनि छैन र शिर्षक मात्रै हैन तपाइले वाक्य अनुसार आवस्यक पर्ने ठाउँमा प्रयोग गर्नुभएको पूर्णबिराम, प्रश्न वाचक चिन्ह लगायत सबै पढ्छु. यतिमात्र हैन मुहार पुस्तिकाका सम्पूर्ण सर्जक लगायत” पुराना स्रष्टाहरु कृष्ण धारावासी, नारायण ढकाल, सरुभक्त, रवि प्रान्जल, कुमार नगरकोटी लगायत अरु थुप्रै लेखकहरुको पुस्तक पनि पढ्ने गरेको छु. म कुनै ठाउँमा अड्डा जमाएर पनि पढ्ने हैन आफ्नै रूममा पढ्छु. लेख्न नजाने पनि पढ्न चै जानेको छु. अब म कस्तो पाठक हुँ म आफुलाई थाहा भएन. ट्याग नगरे पनि पनि प्रतिक्रिया दिए हार्दिक क्षमा प्रार्थी छु.
    अनि लेखको बिषयमा बोल्नु पर्दा चै होला तपाइले सीमित पाठकको लागि व्यंग्य गर्न खोज्नुभएको तर सबैलाई छुन्छ है!!
    अचेल व्यंग्य दह्रै जम्न थालेको छ, खुशी लागेको छ एउटा पढ्ने पाठकको नाताले!!! हाहाहा

    Bhakti Prasad Paudyal पाठकका बारेमा त लेख्नु भो , चर्चित जी ! रमाइलै लाग्यो । अब लेखकका बारेमा पनि पढ्न पाऊँ । एकै खालका लेखकलाई वाक्क लाग्ने गरी पस्किने पावरफुल मिडिया हाउस छन् तिनका बारेमा पनि लेख्नोस है ! तपाईँको शैली आकर्षक रहेछ ।

    Ram Prasad Prasain Really, your article has given me satisfaction. Enjoyment knows no bound. Thanks sir!

    Hemant Paradeshi रमाईलो लाग्यो भाइ ! हार्दिक बधाई ।

    Kiran T. Limbu तपाईको लेख एक्दमै ठिक छ भनेर थम्स अप गरेँ है । यस्तै अर्को लेख कहिले पढ्न पाईएला फेरि ???

    Deeps Shah बिषयवस्तुको तुलनामा प्रस्तुती अझै चहकपूर्ण रहेको छ। बधाई छ यहाँलाई ।

    Shanta Jhankri सधै सबै पाठक एउटै खालको पाठक भइनरहला कि !

    Santosh Sitaula ma arkale lekheko chorera padne pathak!

    Ramesh Kandel Hehehe…. Sarai tikho byanga chha ni! Sachchai alikati phursad chahido nai rahechha padhna-lai anyatha samaalochana garna ali sakinna nai. Tara ma chahi padhna chahi padhchhu nabiraai. Bishesh darshan-le bhariyaka article ya literature padhna man parchha. Maya priti-ka kura ali kam nai. Bhakti sir-le bhane jhai kalam chalaaune haruko bare pani lekhne haina ta? Pratiksha gari rahekochhu. prastuti ramro laagyo. Thanks for sharing.

    Bhagawati Basnet अहो नयाँपनको लेखाइ मज्जा आयो पढेर।

    Nabodit Nabaraj Akdam chotilo lekh yatharth kurako byangyatmak prastuti,man paryo charchit g.ठंक्स

    Samadarshi Kainla ‎”pathak” lai ma ”Bahuldarshak” vanchhu- yo arthama vetaun.

    Jotare Dhaiba तिखो विश्लेषण पढ्न पाइयो ! मनासिब लाग्यो चर्चित जीको बयान ।

    धेरै जसो मित्रहरुले जातपातलाई मात्र उठाउनु भएको छ. मेरो भनाइ त मैले राखेकै छु. (कुनै महापुरुष वा दण्डित हुन लायक महापण्डित आदिले गरेका हुन् भनेर पितापुर्खाबाट सुनेकाले लेखेको हुँ। तर मैले भन्नुपर्दा– बाहुनदेखि कामीसम्म, जैसीदेखि धामीसम्म, कुमाईदेखि दमाईसम्म, नेवारदेखि सतारसम्म सबै बराबर हुन्। यी सबैले सबैलाई कुटुम्ब बनाउन मिल्छ। मलामी जाँदा लाश बोक्न मिल्छ। बिहेबटुलोमा सँगै बसेर मासु चिथोर्न, हड्डी टोक्न र रौसी धोक्न मिल्छ। एकले अर्काले छोएको पानी खान मिल्छ। एकले अर्काको घरभित्र जान मिल्छ।) फेरी यहि बिषयलाई मात्रै उचालेर हेर्नुका पछाडीको कारण मलाई थाहा भएन. कि मित्रहरुले यो हरफ चैं देख्दै देख्नु भएन कि ! खैर, प्रतिक्रियाले लेखना कोज्नेलाई सुधार्छ. धन्यबाद !

  8. तपाईंको लेख ठिकै लाग्यो ,,,,, अलिकति थप्दिउ ल
    अलिकति हास्यब्याङ्ग्य जस्तो पनि छ
    अनी पाठक को कुरा गर्दा म चाँही परिस्थिती अनुसार सबै खाले पाठक हुँ ।
    किनभने कुनै पनि लेख कस्तो ६ भन्ने कुरा २५% शिर्शक हेरेर थाहा हुन्छ र आफ्नो रुची को शिर्शक भएए मात्र पढिन्छ ।
    फेरि पढ्दै गर्दा बीचमा पुगेर interest हरायो भने त्यो पनि पढन छोडिन्छ । र तपाईंको दोश्रो catagory को पाठक भैन्छ ।
    फेरि तेस्तै कुनै मन्पर्ने लेख छ भने शुरु देखि अन्त्य सम्म सबै पढिन्छ : 3rd catagory
    फेरि त्यो लेख को बिशयबस्तु को बारेमा केही थाहा छ भने लेख हेरेर आलोचना or समलोचना पनि ,,, 4th catagory

  9. मित्र कुमाई र ब्रामण एकै कोटी का हुन् ! कुमाउ बाट आएको ब्रामण लाई कुमाई भनिए को हो , चेतना भया!

  10. कुकुर आखिर कुकुर नै हो तर एसपालीको सरकारले संबिधान मात्रै लेख्ने काम गर्यो भने म यो सरकारलाई guide dog को उपाधि दिन्थ्ये

  11. चर्चित,
    I went through your article and what i have found is you are suffering from a psychological disorder, mate. If you are a writer, creative thinker or an analyst, you do not expect others praise or to be more specific you do not write it with an expectation that people will read your article and they will praise. What i believe is a writer writes his/her own thoughts based upon the analytical and critical reasoning of the incident or an event (imaginary/real) that he/she feels is correct but a good writer will accept all the constructive criticism about his/her articles. Beside that if you are writer ,you need to understand one more thing mate, you will earn a good will depending upon the content of you article. If the content in the article is full of crap which is no where relevant to the reader, he/she will not read that article mate, eventually that article might end up in a paper shredder and worst case worse might be flushed in the toilet. So please do not expect that every one will read everything that is written and judge yourself mate, have you read every article and be honest you will get the answer yourself.

    Moreover, I would like to suggest you something my friend, proper choice of words gives the depth to your article. when i went through our article, i was ferocious by the choice of your words. If you thing such words are necessary , try to put them in a humorous way, mate.

    last but not the least, तिम्रो nam चर्चित , चर्चित हुन खोजेको छौ , मेरो सुभकामना.

  12. ‘तेरो लेख ठिक छ, मैले पढेँ’

  13. A bullshit write up. Writer seems admiration hunger. In the mean time he is snubbing the whole Kumai sociaty. One can call Mr. Dhungel a Tapare or Katte bahun because he falls into that clan as his surname suggests. Does he got any courage to endure it ?

  14. लेख लेखना कोशिश गर्नु राम्रो हो तर ज्ञान नभयको कुरामा लेख्नु राम्रो होइन. कुमाउ गढवाल बाट आयका बाहुन हरु कुमाई हुन् . कुमाई बाहुन छेत्री जैसी संयाशी सबै हुन्छन. जैसी भनेको ब्रह्मिन बिदावा स्त्रीले पुन बिहे गरेर जन्मियाका सन्तति हरु हुन् . बाहुनले तल्लो जातको पानी चल्ने बिहेगरेमा पनी जन्मियाका सन्तति छेत्री हुन्छन. बास्तबमा ब्रह्म्हा ज्ञान भयाकलाई ब्राह्मण वानियाको हो जसलाई चौंथो शरीरको ज्ञान हुन्थ्यो. धर्म सास्त्रले सात शरीर र सात चक्रको बर्णन गरेको पाइन्छा

  15. अब लेखक हरु ले पनि आफ्नो लेख पढिदिनु पर्यो भनेर प्रचार गर्ने बेला आएछ है. जमाना प्रतिस्पर्धा को भयो तेसैले पाठक हरु ले रुचाउने, विश्वास गर्न मिल्ने, सथ्यतथ्य उजागर गर्ने तथा ज्ञानबर्धक लेख हरु उत्कृस्ट भाषा संयोजन मिलाई लेख्ने गर्नुभएमा अवस्य प्रचार गरि रहनु न पर्ला कि. शुभकामना मित्र!!!!

  16. लेख राम्रो भए प्रतिक्रिया पनि रामो नै दिने हो होइन भने हामी लाई बाल भएन तपाइको लेखन सैली राम्रो हो तर बिषय बस्तु र प्रसङ्ग भने तीन न तेह्र को पिदको न घेरको भयो भन्ने हामीलाई लाईराछ

  17. मलाई पुर लेख भन्दा कमेन्ट पढ्न मन लाग्छ,कमेन्ट पढि पछी तेसी थाहा भाईहाल्छ के लेखेको छ भनी time वेष्ट गर्ने ?

  18. रमाइलो लागो वास्तब मा भन्ने हो हो भने (सबैले पत्र पत्रिका बुझेर पढने दिन कहिले आउला) यो गम्भीर बिषय हो कम से कम ५० % नेपालीले पत्रिका पढन थालेको दिन सम्झिनु पर्छ अब नेपाल मा ९५ % मान्छे सिक्षित भए भनेर ,, सरकार ले सुचनामा जति खर्च गरि रहेको छ त्यो ९५% कम हुन्छ सबैले सूचना समय मै पाउछन, पढने अभ्यास ले आउने पिडि लाई अझै प्रेरित गराउछ १ दिन १००% नेपाली ले पत्रिका खबर समाचार र विभिन्न ज्ञान बर्दक पुस्तक कर्तब्य सम्झी पढने छन् .. र हाम्रो नेपाल जगत मा शिक्षित देश भै चिनिने छ ,,,, श्री स्कंडे पुराने केदार केदार खंडे …..आजलाई यत्तिनै…अस्तु ..

    • भवानी जी सायद जब देखि 8 कक्षआ देखि क्रिटिकल थिन्किंग, लजिकल रिजनिंग, अनि फ्यालेसी र इरोर के हो र त्यो कसरि हटाउन अथवा त्यो बाट कसरी अछुत हुन र बच्न सकिन्छ bhanne बारे पढाउन थालियो भने अबस्य पनि पत्रिका पढेर बुझ्ने पाठक हरु को संख्या बढी हुन्छ. अथवा छोटकरी मा bhannu पर्दा कुनै लेख पदधा लेखक को लेख को मूल आशय के हो, लेखकले किन लेख लेखेको हुन सक्छ, लेखक को लेख कुन, कस्तो पाठकहरुको लागि हो, लेखकले लजिक को बेसिक niyam पालना गरेको छ कि छैन इत्यादी हरु निस्पक्ष्य ढङ्गले बुझ्न सकियो भने लेख बुझ्न धेरै सजिलो हुन्छ.

  19. हा …हा..हा . लेखकले यौता पाठाक को बारेमा लेखना छोड्नु भो जस्तो लग्यो . त्यो पाठक …. जो लेखको हेअडिंग बाट पड़ना सुरू गरेर , बिज्ञापन, समबेदना र अन्त्यमा सम्पादक को समेत नाम पडी अस्तु गर्छ . यसलाई चै कुन वर्ग मा राख्ने हो ?

  20. लेखक जी तपाईं चाही कुन बर्गको पर्नु भो नि त्यसलाई पनि कोत्यको भय राम्रो हुनेथियो | अब तपैन्लाई पाठक हरुले चाही सत्तो सराप गर्ने भय | अब पाठक देखि साबधान रहनु होला | देबिले झलनाथलाई त के थप्प्याका थियारा तपैन्ले त्यो भन्दा दह्रो भेट्नु हुन्छकी भन्ने हामीलाई लागि राखेको छ !

  21. अनि आफु चाहिँ कस्तो पाठक परियो नि लेखक ( हो कि लट्ठक ?) ज्यू ?

  22. चर्चित जी तपाईं ले भने को केहि कुरा त सहि हो तर तपाईं ले व्यक्ति को मुल्यांकन गर्ने आफ्नो कुरा हो र सबै ब्यक्ति को आफ्नै आफ्नै रुची र क्षमता हुने गर्छ कोहि १०० पटक पढेर पनि त्यो कुरा बुझ्दैन कोहि त्यसको शीर्षक हेरेरै त्यो लेख कति बकम्फुसे छ भन्ने कुरा बुझ्छ , तेस्यैले सबै कुरा बाहुन बाजेले पुराण पढे जस्तो अद्योपान्त पढ्नु पर्ने भन्ने छैन l मा पनि एउटा पाठक हु तर पत्रपत्रिका नियमित किनेर पढ्ने l म नेपाल मा हुँदा पनि नेपाली पत्रिका हरु कुन म कुन लेखक ले लेख्ने गर्छ भन्ने कुरा को जानकारी राखेर किन्ने गर्थे भने पत्रिका मा आफुलाई रुची लाग्ने कुराहरु मात्र पढ्ने गर्थे l अहिले मा विदेश मा छु म जुन देशमा छु , याँहा पनि म एउटा पर्त्रिका को नियमित ग्राहक छु त्यो किन भन्दा त्यो पत्रिका मलाइ मन पर्ने लेख र समाचारहरु बढी प्रकाशित हुने गर्छ l तेस्यैले म तपाई ले भने को के कुरामा मात्र सहमत छु भने मागेर पढ्ने भन्ने कुरा अलि निम्न कोटी को बानीहो भन्ने कुरा सम्म सहमत छु तर पाठक को अरु बर्गिकरण संग सहमत छैन l र तपाई ले यो कुरा पनि नभुल्नुहोस कि तपाईं आफै कति कुरा सबै पढ्ने गर्नु हुन्छ तपाई को रुची बाहिर को?

  23. शमो दमस्तपः शौच क्षानतिराजवामेव च |
    ज्ञान-बिज्ञान मास्तिकय: ब्रहम-कर्म स्वभावजम || ४२||

    गीताका अनुसार, आल्बेर्ट आइन्सटेन “एक सच्चा बाहुन ” हुन् , तर उहाका सन्तान होइनन् किनभने गीताले भनेजस्तो उहाका सन्तानहरुले तेस्तो केहि गरेनन् |

    कर्म अनुसार मानिसको बर्गिकरण हुने हो, जुन परिबर्तनसिल हुन्छ | आजको सुब्बा भोलिको आफिसर भने जस्तै, आजको सुद्र भोलि ब्रहामिंन हुन सक्छ, कर्मको परिबर्तन बाट | हामीहरुले भन्ने बर्गिकरण सत्य होइन, बाठाहरुले राज गर्न बनाएको जाल-झेल हो |

    [यो सत्य थोरैमात्रले पनि भुझिदिए, हाम्रो समाजको परिबर्तनमा ठूलो सहयोग हुनेथियो ]
    धन्नेबाद||

  24. मैले चाँही अधोपान्त पढें है चर्चित जी, तर कमेन्ट चाँही के लेखौं के लेखौं भनेर दोधारमा परें । फुर्सद मिलेछ र केही फुरेछ भने लेखौला ढिलो छिटो ।

  25. धुनगेल्जी, तपाई पुर्विया पर्नु भयो , इतिहास सुन्नु होस् , भारतमा मुसलमान हरुको सासनकालमा अयोध्या को सर्यु नदीको पूर्वमा हुने हिन्दुहरु को सबैको जनै काटेर जलाएका थिए , त्यतिबेला टन का टन जलाएको सुन्नु भएको होला , पूर्व बाट जनै काटेर भाग्ने र नेपाल पसेका पुर्बिय भए र सर्यु को वेस्ट बाट भाग्ने को जनै काट्न पाएका थिएनन् उनीहरु कुमाउ हुँदै नेपाल पसे तिनीहरु कुमाई भए , त्यसले कुमाई हरुले पुर्बिय लाई तल्लो जातको ठान्यो र राजाको बेलामा पनि कुमै लाई मात्र बडा गुरु मूल पुरोहिता पहिला पहिला हुन्थे , तर बस्ताब मा दुवै बाहुन बराबर, सबै बाहुन भारत बाटै आएका हुन् पूर्वज हरु, पुर्बिय ले आफु तल परिएला भनेर कुमाई तल गराउन खोजेको हो, कुमैहरु जनाए कत्तुवाहरु तिमि साना हौ भनेको हो , तर आपत्काल भएको भनेर कुमाई ले बुझेंन

  26. I think your article tend to be influenced by theory of stream of consciousness to some extent. While reading, this article reflects nothing in particular but just whatever ideas comes to an individual mind at a certain period of time.Though the core purpose of writing tends towards classification of readers, yet the writer spent almost half of the time in regard to cast hierarchy, but fortunately and even more consequently you have covered both type of readers: readers interested in caste and of readers. But does not matter a writer is to deliver the ideas which you are doing and it is the readers’ rights whether or not assimilate and getting persuaded to the writers’ view.
    Even the so called scientific facts are questioned very often, yours is a personal logic just keep it up……..

  27. बिना प्रतिक्रियाको लेखबाट न लेखकले केहि सुधार्ने मौका पाउछ न त हामी जस्ता जिग्याँसुले केहि जान्न/सिक्न पाइन्छ. तेसैले चर्चित ढुङ्गेलजीलाई निरन्तरताका लागि निबेदन गर्दै प्रतिक्रियाहरुलाई स्वीकार्न आग्रह गर्दछु. साथै तपाइंले लेख्नु भयो, यहाँ प्रकाशित भयो र पढ्न पाइयो. यसमा दोष कसलाई दिने ? अन्य लेख पढ्न आतुर रहँदै सुभकामना दिन चाहन्छु. “पाठक” मलाई चैं निको लाग्यो.

  28. लेखक महोदय जसरि तपैले पाठकहरुको बारेमा लेख्नु भयो, पाठकको किसिम छुट्टाउनु भयो, मलाई पनि तपाई जस्ता फटाहा लेखकको बारेमा केहि लेख्न मन लाग्यो / भैरब अर्यालको सैली चोरेर नाम कमाउन खोज्दै हुनुहुन्छ भने आजै बाट तेस्तो सोचाई छोडी दिनोस/ आफ्नै शैली विकास गर्नोस, तेस्ले तपाइलाई अगाडी बढ्न मद्दत गर्छ , होइन भने येस्तई अरुको हुबहु शैली चोर्ने लेखकको लेख पाठकले च्यातेर फ्याक्ने मात्र होइनन लेखक प्रतेक्छ्य भेटे भने देवी प्रसाद ले झलनाथ लाई झापड हाने जस्तै तपाइलाई पनि झापड हान्न बेर हुन्न /

  29. पाठकको बर्गिकरण भएको लेख मार्फत चर्चित जी ले खुलाउनु भयो अब पाठकको कमेन्ट पनि हेर्दै हुनुहुन्छ होला को कुन कोटीमा परे त्यो पनि मुल्यांकन गर्दै गर्नुस ! मेरो दिमागमा एउटा कुराले डेरा जमाउन थालेको छ कि तपाईं कुन ‘ दर्जाको ‘ लेखक भनेर,..यो ब्लग हेरेर तपाईंका वर्गीकृत पाठकले लेखकको दर्जा ” बिल्ला” कुन भिराउने हुन् सायद अर्को हप्ता जिद्धा पार्कमा लेखकको र पाठको संगठन गठन हुन बेर छैन …धन्यवाद !

  30. पाठक जी को लेख मैले करिब ९०% पढे, अब म कुन बर्गको परे वर्ग बिस्लेसन गर्नु होला है |

    केहि कुरा मलाई नि भन्न मन लाग्यो, जस्तै लेख पढ्दा, पत्रिका हेर्दा, फिल्म हेर्दा, शिर्षक हेरेर र सरसर्ती हेर्दा यो लेख, यो फिल्म पुरै हेर्ने कि न हेर्ने भन्ने थाहा हुने गर्दछ |

    कुनै कुनै लेखहरु तेस्को शिर्षक हेर्दै पुरै पढ्न न पर्ने खालको हुन्छन भने पाठक लाइ दोष लगाउन त भएन नि ? जस्तै आजकलका music video हरु धेरै जस्तो सुन्दा राम्रा हेर्दा न राम्रा हुन्छन |

    लेख चाही राम्रै लग्यो जारी राख्नु होला |

  31. लेख मा लेखक को मिहेनत झल्किन्छ। मन बाट लेखिएको लेख खेर जादैन, कसैले पढुन या नपढुन। लेखक को कर्म लेख लेख्नु मा सिमित छ। पाठक को प्रश्न लेखक को कर्म क्षेत्र भन्दा बाहिर को बिषय बस्तु हो जस्तो लाग्छ मलाई।

  32. फटाहा लेखक तिमि कुरो को चुरो खोज्दा खोज्दै पाठकको आलोचनामा सकियो त तिम्रो लेख त गाठे … अब म कस्तो पाठक तिमि जस्तो को लेख पढी प्रतिक्रिया दिने ?

  33. लेखक ज्यु को विचार मा कुनै पनि पाठक ‘ गतिलो ‘ हुँदो रहेन छ / शिर्षक मात्र पढ्ने र पत्रिका किनेर पनि नपढ्ने रद्दीको टोकरीमा फ्याक्नेको के कुरा गर्ने ? पुरै पत्रिका/ब्लग पढ्ने पनि या त आलोचक, लेखक लाइ फुट्या आँखाले देखि नसहने हुनु पर्यो या काम नभएको फाल्तु ( लनठु) हुनु पर्यो, कि जुवाडे कि रक्स्या हुनुपर्यो / होइन पत्रिका किने पछी समसामयिक कुरा हरु त लगभग सबैले पढी हाल्छन तर सबै नै पढ्नु पर्छ भन्ने के नै छ र ? अनि आलोचक त लेखक का असली पाठक हुन् / समालोचक मात्र आशा गर्ने आलोचक लाई घृणा गर्ने हो भने लेखक ले लेख्न बन्द गरे हुन्छ / विषमता ले भरिएको समाज मा कुनै पनि कुरा सबै लाइ मन परेको हुन्छ भन्ने छैन / कसै लाइ कालो मन पर्छ भने कसै लाइ सेतो / मैले पनि लेखक को अलिकति आलोचना गरे सायद म पनि खराब पाठक पंतिमा उभिए कि..

  34. चर्चितजी,
    तपाईंको लेखन सैली मन पर्‍यो । कृपया निरन्तरता दिनु होला ।

  35. यस्ता पाठक र उस्ता पाठक भनेर अरुलाई प्याच्च भन्न त सजिलो छ, तर चर्चित आफै चैं कुन दर्जाको पाठकमा परेको छ कुन्नि ! हुने बिरुवाको चिल्लो पात भने झैं कुन लेख कतिको स्तरीय छ भन्ने कुरा त शुरुको एक प्याराग्राफ प्रस्तुतिकरण पढेपछी थाह पाइहालिन्छ | नढाँटी भन्ने हो भने चर्चितको शुरुवाती प्रस्तुतीकरण नै आकर्षक छ| उरन्ठेउला लेख नपढदैमा त्यो गतिलो पाठक होइन भनेर मुल्यांकन गर्न मिल्दैन| उदाहरणको लागि देवीको झापडबारे लेखिएको शुरुको लेख र कमेन्ट सन्सनिखेज थियो, त्यसपछिका झापड गाथा मैले त पढिन| धेरैले त्यसबाट मनोरंजन लिएको देखियो| मेरो विश्लेषणमा बहुसंख्यक नेपाली पाठकहरु गम्भीर नभई रौसे प्रवृतिका छन्| हल्का फुल्का र उल्का कमेन्ट दिन मन पराउन्छन् र नेताहरुको खेदो खनेको लेख पढन मन पराउन्छन्| नेपाली मिडियाले पनि उनीहरुलाई त्यसरी नै हुर्कायो| अनि नेपाली पाठक स्याल हुँइयामा कति छिटो सरिक हुन्छ भन्ने कुरा त बाबुराम भट्टराइलाइ सडकबाटै प्रधानमन्त्री बनाउन खोजिरहेका थिए, मानौं बाबुराम संग जादुको छडी नै भएजस्तो!

  36. चतुरजी,

    पाठ्य/पुस्तक पढ्ने एक थरि र पत्र पत्रिका र ब्लग पढ्ने एक थरि भनेर लक्ष्मण रेखा तान्न यति सजिलो छ र भन्या?

    कुनै गुणात्माक विश्वविद्यालय/महाविद्यालय का त कुरै छोडौं अलि अलि सुबिधा सम्पन्न माध्यमिक विद्द्यालयका अलि बरिष्ठ शिक्षकले समेत विद्यार्थीलाई दिने गृहकार्य र सामुहिक प्राजेक्टहरु देख्नु भएको छ? त्यसमा के के पढ्नु पर्ने हुन्छ?

    अनि पुस्तक पढ्नेहरु पुस्तकसंगै सुत्ने र पुस्तक संगै उठ्ने मात्र गर्छन र?

    अनि सबै पत्रिका, सबै लेख पढेर सक्नु पर्छ भन्ने पो के छ र? आफ्नो इच्छा, आबस्यकता
    अनुसार गर्ने त हो नि होइन र?

    हो एउटा कुरा मा तपाइँ संग के मा समर्थन गर्छु भने, कसैको समीक्षा, समालोचना
    गर्नु छ भने राम्ररी पढेर, बुझेर मात्र गर्नु पर्छ! यदि कसैले हिन्दु धर्मको खेदो खन्न थाल्छ
    भने म सोध्छु” हिन्दु धर्म ग्रन्थ के हो र त्यसका भाग हरु के के हुन्, अनि तपाइले ति भाग हरु के कति पढ्नु भएको छ? छैन भने पढेर आउनुस र कमेन्ट गर्नुस!”

    म आफुले आफैलाई भन्ने गर्छु, “म अरुको धर्मको बारेमा कमेन्ट गर्न अयोग्य छु, किन बने मैले तिनीहरुको धर्म ग्रन्थहरु गहिराइमा पढेकै छैन!”

    अनि म तपाइको लेख आध्योपान्त पढें! अनि तपाइका लाइनहरु
    “तेरो लेख ठिक छ, मैले पढेँ’ भनेर ककसले भन्लान्। को को होलान् मेरा असली पाठक ?”
    मा आएर फेरी प्रश्न गर्न मन लग्यो–
    के तपाइले लेख लेखे पछि पाठक हरुबाट सोह्रै आना ठिक छ भन्ने मन्जुरी को अपेक्षा
    गर्नु हुन्छ कि सकारात्मक, निष्पक्ष समालोचनाको अपेक्षा! के तपाइँ संग हो मा हो मिलाउने मात्र तपाईका असली पाठक हुन्?
    मैले त सुनेको थिएँ ” critics should describe, not prescribe.”
    के भन्नु हुन्छ? मैले त तपाईलाई धेरै कुरा मात्रै सोधें! म त धेरै खराब भए कि भन्ने
    पो डर लाग्न थाल्यो त?

  37. dear bikash !
    plz read again.

    थरी पाठकलाई इमान्दार साथ भन्ने हो भने जात निर्धारण गर्ने ‘जातबेत्ता’ ले ‘कुमाई’ कोटीमा राखेका छन्। कुमाईहरु चौथो ठूलो जातमा पर्दछन्। पहिलो बाहुन, दोस्रो जैसी–सन्यासी, तेस्रो क्षत्री, चौथो कुमाई र अरु अरु। यसरी जातको उचनिचताको निर्धारण मैले गरेको होइन। कुनै महापुरुष वा दण्डित हुन लायक महापण्डित आदिले गरेका हुन् भनेर पितापुर्खाबाट सुनेकाले लेखेको हुँ। तर मैले भन्नुपर्दा– बाहुनदेखि कामीसम्म, जैसीदेखि धामीसम्म, कुमाईदेखि दमाईसम्म, नेवारदेखि सतारसम्म सबै बराबर हुन्। यी सबैले सबैलाई कुटुम्ब बनाउन मिल्छ। मलामी जाँदा लाश बोक्न मिल्छ। बिहेबटुलोमा सँगै बसेर मासु चिथोर्न, हड्डी टोक्न र रौसी धोक्न मिल्छ। एकले अर्काले छोएको पानी खान मिल्छ। एकले अर्काको घरभित्र जान मिल्छ।

    • चार जात भित्र ब्राह्मण , छेत्री , बैस्य , सुद्र पर्छन/ कुमाई ब्राहमण भित्र पर्छ / चर्चित जी ले भने जस्तो होइन / यो सामान्य जानकारीको लागि मात्र हो / जातले कोहि ठुलो सानो हुँदैन/

      • थुक्क कुमाई तिमि लाई यत्रो पेच पूर्ण बिबेधकारी समाजको खिल्ली उडाउदा पनि अझै कुमाई ५ मा परेछ १ मै हो भन्नु पर्ने .

        • गिरि महासय,लेखको तलको हरफ मा
          “पाठकलाई इमान्दार साथ भन्ने हो भने जात निर्धारण गर्ने ‘जातबेत्ता’ ले ‘कुमाई’ कोटीमा राखेका छन्। कुमाईहरु चौथो ठूलो जातमा पर्दछन्। पहिलो बाहुन, दोस्रो जैसी–सन्यासी, तेस्रो क्षत्री, चौथो कुमाई र अरु अरु..”

          रहेको गल्तीलाई औल्याई दिंदा यहाको कन्सिरी किन तातेको हो/ उक्त हरफमा लेखक ले तथ्य भनेर लेखिरहेका थिए र तथ्य गलत थियो / जात को विभेद कुरीति हो तर यो हाम्रो समाज को तितो सत्य/तथ्य हो /
          बरु यहाँ महानुभाव लै सन्यासी गिरि तल झर्ने भयो भनेर टाउको दुखेर आए जस्तो छ /टाउको नदुखाउनु होस् मानिस ठुलो कर्मले हुन्छ /

          जसको पनि नकारात्मक कमेन्ट मा रमाउने यहाँ स्वभाव लै त अलिकति माथि यहाँ महानुभाव ले दिएको कमेन्ट हेरे पुग्छ /
          “फटाहा लेखक तिमि कुरो को चुरो खोज्दा खोज्दै पाठकको आलोचनामा सकियो त तिम्रो लेख त गाठे … अब म कस्तो पाठक तिमि जस्तो को लेख पढी प्रतिक्रिया दिने ?”

  38. अति राम्रो लेख , तपईलाई मुरीमुरी शुभकामना !

  39. चर्चितजी,

    ‘क्लिक’ गर्ने र प्रतिक्रिया जनाउने कुरा गर्नुले तपाईं अनलाइन पाठकका बारेमा कुरा गरिरहनुभएको छ भने ‘किनेर’ वा ‘मागेर’ पढ्ने कुरा पनि गर्नुभएको छ । इण्टरनेटको पहुँच भएका पाठकहरूले पत्रपत्रिका वा पुस्तकहरू किनेरै पढ्नुपर्छ भन्ने छैन । त्यसैले तपाईंको विश्लेषण अलि विरोधाभाषपूर्ण छ; खास पाठकका बारेमा लेख्नुभएको भए राम्रो हुनेथियो । हुन त राम्ररी पढ्ने पाठकहरू बेरोजगार नै हुनुपर्ने तपाईंको विचारमा खासै दम पनि छैन ।

  40. लेख सार्है मन पर्यो आगामी दिन हरु मा पनि निरन्तरता को कामना

  41. बस्ताब मा तपाई को लेख मा पाठक हरुको बर्गीकरण सही रुपमा भएको छ. तर मलाई चित्त नबुझेको कुरो चाई, यो हो (तर बेरोजगार पाठकले पत्रिका किन्दैनन्, मागेरै मात्रै पढ्छन्). किनकी मेरो बिचार मा बिचार मा बेरोजगार हरु पनि पत्रिका किन्ने मा अग्र पंक्तिमा हुन्छन्.

  42. हामि परेउ पाठक पढ्ने हाम्रो काम तपाइँ लेखक लेख्ने तपाइको काम , तपाइँ पाठकलाई जसरि मुल्यांकन गर्नोस हामि पनि लेखकहरुलाई त्यसरी नै मुल्यांकन गर्दछौ !! कोहि ७/७ महिना तलब नपाएरपनि पत्रकार हु भन्ने बिस्वाशमा लेखि रहन्छन , कोहि भारतीयदुताबाश को ढाड थप – थपाईमा गर्ब गर्दै लेख्छन , कोहि पार्टीको बेलिबिस्तार लगाउदै लेख्छन , कोहि सडेगलेको पुरानो कथा बस्तुलाई समेटेर लेखि रहन्छन , कोहि आफ्नो सोखको लागि लेख्छन त कोहि पैशाको लागि मात्र लेखिरहन्छन , कोहि तपाइँ जस्तै , पाठकहरुलाई अनेकौ नाम दिएर चर्चित ढुङ्गेल भनेर लेख्न रुचाउछन अब तपाइँ आफै भन्नोस् तपाई कुन श्रेणीको पत्रकार ( लेखक) पर्नु भयो ?

  43. पुर्बियबाहुन हो बाहुन पछि कुमाई हो भन्ने सुनेको हो अनि सबै लेख पदरकुरा खोइ नेपाल को बारेमा गफ दिने ko i

  44. पाठक जात चाही बाहुन नै (वा पनि ) हुन्छन. जैसी, कुमाई, उपाध्याय , खड्केला आदि बाहुन भित्रकै उपजात होइनन र ?? जस्तो सुदुर-पश्चिम तिर जैसी हुदैनन् ..पुरेत्यै गर्ने उपाध्याय , अनि पुरेत्यै नगर्ने खड्केला ….

  45. राम्रो धेरै राम्रो लेख छ यो तर तपाई कुन कोटी को पाठक मा पर्नु हुन्छ त एकचोटी आफै लै सोध्नुस जस जस ले यो लेख पढ्नु हुन्छ ,,,,धेरै राम्रो फेरी पनि राम्रा लेख र बिस्लेशन पढ्न पाउ मेरो तपाई लै शुभकामना ….

  46. विभिन्न थरिका पाठकहरुको विस्लेषण मजाक पारामा गरिएको छ/
    तर जात भनेर पाठकलाई जुन तह मा लेखकले राख्नुभएको छ मैले चाँही अर्कै सुनेको थिए/ कुमाई (पाठक) लाई चौथो दर्जामा राखिने होइन कि उनीहरुलाई पुर्बियासंग दांजिएको हुन्छ/ कुमाई कि पुर्बिया अथवा उपाध्याय कि जैसी; फेरी बाहुन, क्षेत्री, बैस्य र शुद्र भन्ने चलन छ जस्तो लाग्दछ मलाई त, तर तपाईंहरुलाई कस्तो लाग्छ?

  47. यो चाही दाम्मी लाग्यो | निरन्तरता को शुभकामना|

    लेख पूरै पढ्ने र आलोचना गर्ने पाठक– यस्ता पाठकले लेख–समाचार पूरै पढ्छन् र आलोचना मात्रै गर्छन्। मानौँ लेखक यिनको खान्दानी दुश्मन हो। जति नै राम्रो विषयवस्तु उठाए पनि लेखकलाई हल्काफुल्का आँक्ने र तल्लोकोटीमा राख्ने यिनको बानी हुन्छ। पाठक प्रतिकृया, ब्लग कै मुन्तिरको कमेन्ट वा भेटमा यस्ता पाठकले लेखक, समाचारदाता वा ब्लगरलाई सल्लाह/सुझाव कम र तिखो आलोचना बढी गर्ने गर्छन्। यस्तो सोच्छन् कि लेखकले लेखेको लेखमा कुनै गुदी छैन। खाली यस्ता पाठकका बारेमा नजाती कुरा लेखे जस्तो

  48. लौ है मैले त सिर्सक पनि पढे ,लेख पनि पढे तर मलाई समालोचन गर्ने फुर्सद छैन, मा कस्तो परकर को पाठक bhaye थाहा छैन .

  49. I really like your article about reader Mr. Charchit but the only thing I am not satisfied is about your cast hierarchy. I dont think your cast hierarchy is in correct order. The rest about reader article is really nice for the readers like me, who reads the total article. Keep it up and good luck….

Comments are closed.