पुस्तकालय निर्माणमा निम्ता छ है

नेताका दाउपेच र राजनीतिक खेललाई बिर्सेर एकछिन ठण्डा दिमागले सोच्नोस् त….। कसैलाई गालीगलौज नगरी समाज र देशका लागि सानो राम्रो काम गर्न सकिन्छ कि ? हामी सोच्छौं केही फरक तरिकाले। त्यसैले बनाउँदैछौ गाउँका स्कूलमा पुस्तकालय। एउटा यस्तो काम जसले सम्मनुत पुस्ता जन्माउन सक्छ। एउटा यस्तो काम जसले विद्यालयहरुमा प्रत्यक्ष परिवर्तन ल्याउन सक्छ। र ग्रामीण जीवनशैली बदल्न सक्छ। त्यसैले म्याग्दी र संखुवासभापछि हामी जान लागेका छौं गोरखा र पर्वत। पुस्तकालय निर्माणको यो अभियानमा आउनुहोस् हामीसँग हातेमालो गर्नोस्।

ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण गर्ने यो अभियानमा तपाइँ दुई तरिकाले सहभागी हुनसक्नुहुन्छ। उपयोगी पुस्तक-पुस्तकालय सामग्री दिएर तथा पैसा दिएर।
यस्ता पुस्तक दिनुहोस् :
• कक्षा १ देखि ५ सम्मका लागि उपयुक्त हुनसक्ने चित्र सहितका पुस्तक
• कक्षा १ देखि १२ सम्मको पाठ्यक्रमका निर्दिष्ट पुस्तक तथा सहयोगी पुस्तक
• बालबालिकाका लागि प्रकाशित सबै खाले पुस्तक
• अक्सफोर्ड/लङमेन डिक्सनरी तथा अंग्रेजी-नेपाली डिक्सनरी
• नेपाली अंग्रेजी हिन्दी साहित्यका पुस्तक तथा अनुवाद गरिएका पुस्तक
• विज्ञान र वैज्ञानिक खोज तथा कम्प्युटर सम्बन्धी पुस्तक
• सामान्य ज्ञान विश्व इतिहास र भूगोलसम्बन्धी पुस्तक
• विश्वका महान व्यक्तिहरुका प्रेरणादायी जीवनी र अटोबायोग्राफी

यी बाहेक विद्यालय विद्यार्थीलाई उपुक्त हुन्छन् भनी तपाइँलाई लागेका पुस्तक आफैँ किनेर पनि दिनुसक्नुहुनेछ। पुस्तक नयाँ भए राम्रो यहाँ भनिएका जस्ता पुराना पुस्तक भए पनि दिनसक्नुहुन्छ।

आर्थिक सहयोग
पुस्तकालय निर्माणको यो अभियानलाई सघाउन विदेशमा रहेर च्यारिटी गर्नेहरुले कृपया सबै कार्यक्रमको विवरण तथा दाताको नामावली खुलाइदिनु हुन अनुरोध गर्दछौं।

सहयोगका लागि काठमाडौमा सम्पर्क गर्नुहोस्- कृष्ण ढुंगाना: [email protected], Mobile: 9841540019
उमेश श्रेष्ठ [email protected]
बोस्टन अमेरिकामा सम्पर्क गर्नोस्- उत्तमबाबु श्रेष्ठ [email protected]
भारतको मुम्बइमा सम्पर्क गर्नोस्- स्याटेलाइट [email protected] Mobile: 9004 2467 54

तपाइँले दिएको पैसाले राम्रा पुस्तक किनेर हामी गोरखा र पर्वत पुर्‍याउनेछौं। जम्मा भएको रकम र दाताको नाम माइसन्सारमा अपडेट गर्नेछौं। तपाइँले दिएको सहयोग पुस्तक र पुस्तकालय सामग्री किन्ने भन्दा अन्य काममा लगाइने छैन। ढुवानी, यातायात सहितका अन्य खर्च अभियानकर्ता स्वयंले व्यहोर्नेछन्।

यी विद्यालयमा बन्नेछन् पुस्तकालय

१. ज्ञानमार्गमा ज्ञानमार्क उच्चमावि, घ्यालचोक, गोरखा
८ सय ५० विद्यार्थी संख्या भएको यो विद्यालयमा छिमेकी जिल्ला धादिङबाट अडाइ घण्टासम्म पैदल हिँडेर विद्यार्थी पढ्न आइपुग्छन्। गत वर्षको एसएलसीमा ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको यो सरकारी विद्यालयका एकजना पूर्वविद्यार्थी बीबीसी साझा सवालका नारायण श्रेष्ठ पनि हुन्। पुस्तकालय निर्माणको अभियानमा नारायण हामीसँगै छन्। पुस्तक जम्मा नपार्दै विद्यालयले पुस्तकालयका निम्ति कोठा र फर्निचर तयार पारिसकेको छ। विद्यालयले लाइब्रेरियन राख्नेछ र तालिमको व्यवस्था हामीले गर्नेछौं।


ज्ञानमार्गका विद्यार्थी, दायाँपट्टिको पहेँलो रंग भएको ठाउँमा पुस्तकालय बन्नेछ।


धादिङका विद्यार्थी पढ्न आउँदा त्रिशुलीको झोलुङ्गेपुल तर्छन्।

२. पशुपति उच्च मावि, राम्जतिलाहार, पर्वत
हामीले छानेको अर्को विद्यालय पर्वतको राम्जातिलाहार-८ राम्जाठाटीमा पशुपति उच्च माविमा हो। ६ सय ३० विद्यार्थी रहेको यो सरकारी विद्यालयको एसएलसी उत्तिर्ण दर सत प्रतिशत छ। उदाउँदो विद्यालयमा पुस्तकालय निर्माण गर्नको निम्ति कोरिया बस्ने सोही विद्यालयका पूर्व विद्यार्थी रुद्रप्रसाद शर्माले ५० हजार रुपैयाँ प्रदान गरेका छन्। पुस्तकालय निर्माणका लागि छलफल गर्न पुगेका भोलानाथ शर्मासँग उत्साही शिक्षकहरुले तलबबाट २५ हजार रुपैयाँ दिने बाचा गरेका छन्।

यो पनि हेर्नुहोस्।
डोकोमा ज्ञानको पोको, पूरा भयो पुस्तकालयको धोको
तपाइँको सहयोगमा संखुवासभामा पुस्तकालय
आफ्नै शैलिको नयाँ वर्ष -रवीन्द्र मिश्र (कान्तिपुर दैनिक)

सहयोगको स्थिति
हामीसँग पहिलाको कार्यक्रमबाट बचेका झन्डै डेढ सय पुस्तक तथा १०,७४३ रुपैयाँ दुई पुस्तकालयका लागि हामीसँग छन्। बीबीसी साझा सवालका नारायण श्रेष्ठले १२,०००/- रुपैयाँ प्रदान गरेका छन्।
विशालकुमार रेग्मी, कतार, २,००८/-
उज्वल आचार्य/तारा अधिकारी, १०,०००/- तथा २५ थान पुस्तक
तिलक पाठक ३, ५००/-
विकास कार्की/पूजा महर्जन ३०००/-
पवन/प्रीति अग्रवाल १,०००/-
नवीन खतिवडा/प्रतीक्षा ढुंगाना १,०००/-
सुन्दर खनाल १,०००/-
अर्किड पब्लिकेन २२ पुस्तक
देवेन्द्र दाहाल, $ US200
दिनेश मल्ल, NRS 3000/- र ३५ पुस्तक
सन्ध्या नेपाली, इजरायल, 10,875/-
अत्रि अधिकारी, ताइपे, ताइवान- Rs. 3,000/-
चन्दन अधिकारी, ताइपे,ताइवान, Rs. 3,000/-
Laxman Gurung, US $ 55.69
Nigam Rimal US$ 15.00
Rajan Shrestha US$ 51.00
Basanta Khanal $41.00 AUD
Baburam Kharel US$ 10.00
Manoj Shrestha US$ 20.00

36 Comments

  1. यो अतेन्त सराहनीय काम हो भन्ने मलाई लाग्यो| मा आफुले पनि सक्दो सहयोग गर्ने कोसिश गर्ने छु|

  2. मा संग बालबालिकालाइ काम लाग्ने केहि पुराना मुना पत्रिकाहरु छन् ति पत्रिका संकलन गरिन्छ कि गरिदैन होला ?

    • पत्रिका भन्दापनि किताब दिनुभए राम्रो हुनेथियो।

  3. कुरा राम्रो हो । सके जसले जहाँ पनि सहयोग गर्न सक्छ । म पनि सकेसम्म गर्नेछु तर हाल मेरो पनि एउटा अनुरोध छ – सदगुरुदेवबाट आकाशवाणी भएपछि गोरक्षपीठ बिश्व कल्याणकारी बाबाले काठमाण्डौ जिल्ला थानकोट गा‍.बि.स.-८ मा प्राचिन समयदेखि पुरिएर रहेको शिवलिङ्ग उत्खनन् गरी निकाल्न उक्त जग्गा खरिद गरी शक्तिपीठ मन्दिर बनाउने प्रयासमा रहनु भएको हुँदा त्यसमा सहयोग गर्न चाहानु हुने महानुभावले गोरक्षपीठ बिश्व कल्याणकारी बाबाल आश्रम थानकोट-८ काठमाडौ मोबायल न. 9841367150 मा सम्पर्क राख्न सक्नु हुनेछ । ईमेल गर्न चाहानु हुन्छ भने मेरो यो आइडिमा गर्नु होला – [email protected]

  4. मेरो लागि मेरो जन्म गाउँ ठाउं प्राण भन्दा प्यारो छ मलाई ज्ञानको ज्योति दिएर आज यहाँ सम्म आइपुग्न सहयोग गर्ने ज्ञान मार्ग स्कूल लाई पनि म कहाँ भुल्न सक्छु र ज्ञान मार्ग स्कूलमा लाइब्रेरी खोल्ने कुराले म एकदमै खुसि छु कृष्ण सर मेरो तर्फबाट क्यास रु २००० सहयोगको घोषणा गर्दछु

  5. तपाइहरु मेरो गाउँ सम्म पुग्नुभो भने मेरो गाउँकालागि म पनि केहि मद्दत गर्छु । कृष्ण जी स्वार्थी नभन्नुहोला । मलाइ मेरै गाउँको स्कूलमा पुस्तकालय बनाउन धेरै मन छ । तर मैले धेरै भन्दा धेरै साथीहरु भेट्न सकिन र अभियानको रुपमा बिस्तार गर्न सकिन । मेरो गाउँ चाँही लमजुँगको भोर्लेटार गाविसको ईशानेश्वर उच्च माबि र क्याम्पस हो । जहाँ बिए सम्मको पढाइ हुन्छ र स्थानियको ठूलो सहयोगमा यो माबि र क्याम्पस चलिरहेको छ । नेपालको हालत त्यहि छ सरकारबाट राम्रो सहयोग कहिल्यै मिल्दैन ।

    यसै अनलाइनबाट भोर्लेटारका दाजुभाइ दिदीबहिनीहरु खासगरि जो यो स्कूल पढेर जानुभो आजैबाट सम्पर्क गर्न शुरु गर्दा कसो होला । आफ्नो ठाउँलाई मिस मात्र नगरेर केहि गर्न पाए कति राम्रो हुन्थ्यो भन्ने मलाइ लाइराछ ।

    म यो अनलाईन पढ्ने साथीहरुलाई अनुरोध गर्छु अझ कि आफ्नो गाउँ ठाउँ बनाउन त्यहि गाउँठाउँका साथिहरुको लगानी महत्वपूर्ण हुन्छ । आफ्नो गाउँ नभुल्नुहोस जसले तपाइँलाई यत्तिको बन्न मद्दत गर्यो । त्यो गाउँमा नजन्मेको भए तपाइँ यतत्िको बन्नपनि सक्नुहुन्थेन होला । कुराज कृष्ण जी र साथीहरु ।

  6. I pledge $50. पेपालमा ट्रान्सफर हुदैछ. ३-४ दिन मा ट्रान्सफर हुने बितिक्कै उत्तम दाई मार्फत पठाउने छु. तपाईहरुले गरि रहनु भएको सुभकार्यको लागि धेरै धेरै धन्यबाद. यसरी नै कमुनिटीबाट सबैले केहि न केहि सहयोग गरे धेरै गर्न सकिन्छ. एक थुकी सुकी सय थुकी नदी भन्ने त उखानै छ! सरकारको मात्र भर गरेर नहुने रैछ. आगामी दिनहरुमा यो सुभकार्यलाई अरु जिल्लातिर पनि विस्तार गर्दै गर्नु होला.
    राउटे

  7. It is heartening to read what each of you is trying to do individually and some of you are doing as a group so far away from your homes.Thank you all indeed for your laudable work.May be some of you would like to do something also for Blind and visually impaired children of whom there are 130,000 in Nepal. of these less than 3000 are in schools, a rate much much lower than the national average enrollment of 85 percent.What you all are doing is already great.IF SOME OF YOU could inspire your friends for education of Blind children, that will be wonderful for these excluded children. Just a thought!

  8. राम्रो कामको सराहना सबैले गर्नु पर्छ र सक्दो सययोग गर्नु कर्तब्य पनि हो | यो यो गरेर सहयोग गर्न सकिन्छ भनेर उपाय पनि दिनु भएकोमा धन्यबाद | हामी सक्दो सहयोग उपाए भए तुरुन्त सम्पर्क मा आऔने छोउ

  9. खादबरिको पुस्तकालय लाई सहयोग गर्न खोज्दा किताब लिन आउनु भयन कृष्ण जी… यो पटक चाही आउनु होला..

    • मैले बिर्सेको छैन यो पटक अवश्य आउनेछु युवराज सर। तपाइँको कार्यालय फेरिएको त छैन नि ?

  10. मैले पनि पर्वतको उक्त विद्यालयका लागि पुस्कालय बनाउन सहयोग गर्दैछु । भोला सरको यो महान् कार्यप्रति मेरो हार्दिक शुभकामना छ ।

    यदि किताब थोरै छ र धेरै विद्यार्थीहरुलाई समेट्नु छ भने मोबाइल पुस्तकालयको अवधारण पनि छ । मोबाईल पुस्कालय विद्यालय विद्यालयविच मा किताबको आदनप्रदान हुन्छ । हामी सँग भएका पुस्तकहरुलाई कुनै गाडी, साइकल वा कुनै यातायातको साधन मार्फत एक एक महिनाको लागि घुमाएर घुम्ती पुस्तकालय चलाउन सक्छौं कि ?

  11. पुस्तक कहाँ पठाउने हो ? त्यसको ठेगाना पाउ |

    • विज्ञानजी सम्पर्क गर्नोस्- फोन ९८४१५४००१९ -कृष्ण

  12. This is very good news. I did not know about it earlier when I was in Nepal. Currently, I am in USA and plan to return back in July/August. I will donate useful books for the schools. And I may donate more on Agriculture when you plan for Lamjung. Those will be useful for Lamjung Campus as well.
    Many thanks to all of you, directly involved ones, and the mysansar team as well.

  13. mysansar को तर्फ बाट अर्को राम्रो काम!!!!!!!!!!! सबै साथी हरु लाई यो पुण्य काम मा सहयोग गर्न आग्रह गर्दछु

  14. !!!!!!!

    राम्रो काम को लागि धन्य बाद ! एदी फेस बुक ले इजिप्ट मा रेवोलुसन ल्याउन सक्छ भने माइ सन्सार ले नेपाल मा. लौ लागि परौ !!!

  15. येसरी नै नेपाल को बिकट भागहरुमा पुस्तकालय खोले राम्रो हुनुथ्यो यो सुरुवात हुन सक्छ मलाई पनि सहयोग गर्नु मन छ येस्मा सायद चाडै गर्ने छु,धन्यवाद तपाई हरुले एस्तो कार्यक्रम राख्नु भएकोमा.

  16. जसले पुस्तकालय बनाउने आफ्नो सोचलाई यसरी कार्यनयनमा रुपान्तर गरेउ त्यो मान्छेको नेपाल र नेपालीसंगको भावनात्मक सम्बन्ध कती गाढा छ भन्ने देखाउछ यो पुस्तकालय स्थापनाले । मेरो भन्नु कुरा एउटा मात्र छ: समाधानको अर्को नाम एकता हो । जय होस् सबैलाई ।

  17. राम्रो कामको सराहना सबैले गर्नु पर्छ र सक्दो सययोग गर्नु कर्तब्य पनि हो | यो यो गरेर सहयोग गर्न सकिन्छ भनेर उपाय पनि दिनु भएकोमा धन्यबाद | म संग भएको किताबहरु र इन्सैक्लोपेडिया कसरि नेपाल पुर्याउने मेरो चिन्ताको बिसय भएको छ | होइन भने सहयोगको कुनै उपाय रोज्ने छु | खासगरी विदेशमा बस्नेहरुले पांच दश डलर मात्र चन्दा दिए पनि ठुलो सहयोग हुन्छ यस्तो कार्यमा |

  18. धेरै सह्राहनीय कार्य!
    स्मरणीय उक्ति-
    पुरानो कोट लगाउ, नया पुस्तक किन!
    तिमी त्यहि हौ जो तिमीले पढ्छौ! (You are what you read.)

    स्मरण-
    धेरै बर्ष पहिले सभा गृहमा एउटा ठूलो इन्डियन किताब प्रदर्शनी लाग्या थियो र त्यहाँ १०% छुट थियो! साथीहरुले जाउँ भने; अनि हेरौं न त भनेर गएँ, तर खल्तीमा भने, बिद्यार्थी अवश्था न हो, खासै केहि थिएन ५-७ दिनको बस भाडा पुग्ने बाहेक! बसभाडा त्यतिखेर एक रूप्पे थियो!

    हेर्दा हेर्दा अब हिड्ने बेलामा सबभन्दा पातलो (सस्तो, १० रु को आसपासको) पुस्तक छानें! भारतीय लेखकले लेखेको, इंग्लिशमा भए पनि अति सरल शब्दमा लेखेकोले पढ्न सजिलो थियो! र पुस्तकको शिर्षक थियो-

    Diet Cures More than a Doctor
    अर्थात,आहारले डाक्टरले भन्दा बढी निको पार्छ)
    त्यो किताब यति उपयोगी भयो कि मलाई मेरो आहार बिहारको लागि
    गीता भनौ या गायत्री मन्त्र भनौ या शेर्पा भनौं! त्यसपछि मलाइ पाचन,
    अरुचि, कब्जियत् सम्बन्धि केहि समस्या परेको छैन! त्यो पुस्तक साथीहरुले
    पनि मसंग सापटी मागेर पढ्ने गर्थे!

    त्यसमा मुख्य कुरा के थियो भने-

    १) खाद्य पदार्थ प्रकृतिले दिएको जस्तो मूल रुपबाट जति मोडेर, तोडेर बनायो त्यति हानीकारक हुन्छ! जति सिङ्गो दाना खान सक्यो त्यति राम्रो!
    उदाहरण-

    मूल रुपबाट नजिक मूल रुपबाट टाढा

    आटा मैदा
    सिंगै दाल, गेडागुडी बोक्रफालेको दाल
    उखु चिनी
    दूध, दहि घिउ
    ताजा मुला मुलाको चापेको अचार
    कागती/रस चुक
    बोक्रैसंग काँक्रो बोक्रा ताछेको काँक्रो
    थोरै पकाएको तरकारी धेरै पाकेको/गलाएको तरकारी

    २) मानिसलाई प्रकृतिले शाकाहारी बनाएको हो! साकाहारी(मान्छे)को अन्द्रो लामो हुन्छ| माम्शाहारी (जस्तै कुकुर)को आन्द्रो छोटो हुन्छ र उनीहरुको मासु लुछ्ने कुकुर दांत हुन्छन!हामीले खाएको मासु कहिले काही यो लामो पाचन प्रणालीबाट घुमेर दिशाबात निस्कनु पहिल्यै सडेर किटाणुहरु उत्पन्न हुने सम्भावना हुन्छ!

    ३) प्रयाप्त पानी पिउने, प्रयाप्त सुत्ने, स्याँ स्याँ हुने (पसिना निस्कने) गरेर कमसेकम २ दिनको एक पटक काम, ब्यायाम गर्ने|
    आदि
    आदि….

    यति लामो लेख्नुको मतलब?

    एउटा सानो पुस्तकले जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ रे!
    म पेटको डाक्टरकहाँ नगएको बिसवर्ष भन्दा बढी भयो!

    • गोर्खाबाट भट्टराई जस्तै अरु धेरै विचारक, कर्णाधारहरु जन्मुन भन्दै
      म ७०० रुपैया प्रण गर्दछु!

      • मैले बिहान हतारमा लेख्दा भन्न खोजेको कुरो अलि मिलेनछ जस्तो लाग्यो!
        मेरो उद्देश्य एउटा व्यक्ति बिशेस र बाद बिशेषको समर्थन गर्नु थिएन, एउटा
        गाउले बच्चाको उदाहरण दिन खोजेको मात्र हो! मेरो भनाइ के हो भने ,गाउमा जन्मेर हुर्केर, गाउमै एसएलसी पढेर निस्केको एउटा प्रतिभा बाबुराम मात्रै किन, गोरखा, धादिंगका लुके छिपेका प्रतिभाहरुले किताबमा रहेको ज्ञान ज्योति हासिल गर्न पाउन र नोबेल पुरस्कार पाउने हुन सकुन,देशको भाग्यरेखा कोर्न सक्ने होउन भन्ने मेरो अभिप्राय हो!

    • बाबुराम जी, Diet Cures More than a Doctor
      यो पुस्तक online मा पाउन सकिएला? अथवा अन्य उपाए केहि भए जानकारी पाउन ल/ धन्यबाद

      • kaji सर/साहब,

        प्रतिक्रियाकोलागि धरै धन्यबाद!

        मसंग अहिले त्यो किताब छैन, गुगलमा हेरेको पनि देखिएन!
        यदि हजुर नजिकैको किताब पसलमा गएर
        “Nutrition,” “Natural Health and Nutrition,”
        “Whole Food,”
        जस्ता शिर्षकमा किताबहरु खोज्नु भो भने तपाइको “शेर्पा” भेटिन सक्छ!
        Good Luck!

  19. के मैले मेरा पुराना किताब हरु दिए बापत certicate पाउछु?

  20. WOW, great Job! Pashupati H S S, that is in my village. Top school indeed. I will donate for sure guys! Keep up the good project! Congratulations and best wishes.

  21. i am willing to make help my providing mines and my sister’s book. is is possible to get certicate(which i m in need for applying in colleges for further studies) that proves i have helped in this program after i donate my books.

  22. Great Job Friends,

    I am also planning to construct a library and school building in my village. My village in Kichanas-9, Saldanda, Syangja has a school. From the point of view of the NEPAL government, it is just a primary school, since government provides salary only for the teachers upto class 5. But, our village ( Ward number-9) has run the school from 6-12 bearing salary and every expenses of teachers and schools. Forget about the tuition fee from the students, our school even does not collect any admission fee. Every year at least Rs. 3,000-15,000 ( depending upon the income of the family) is collected from each family (residing in Ward No. 9) to bear the cost of school. This process has been continuing since last 8 years.

    I also ask to the readers of mysansar to think and help in this regard. I am planning to help the school very soon and request to the friends also to provide assistance financially or by other means. I am sure that there may be ( even I can’t say there are) very few schools in Nepal, which is run by the community ( just Ward No. 9, say 150 houses) like this besides the private school which collect hefty sum from parents. There are around 500 students studying in this school They come from the neighboring VDC and Tanahun District as well.

    This is my first attempt and personal view. Your suggestions are always welcome.

  23. यो लेख पढदा मेरो गला अबरुद्ध भयो एकछिन सोचमग्न भय अनि मेरो आँखा बाट आँसु बग्न थाल्यो

  24. Good job! Do you guys have any plan to open “library” in LAMJUNG in near future ?

    गोरखा पर्बत पछी लम्जुंग मा पनि गर्न अनुरोध गर्दछु!

  25. राम्रो काम को थालनी!!! कति देऊ भनेर सोच्दै छु पखनुस है।

  26. great job…and also one more suggestion: If you have any book (in the sense that useful for the students) in any languages like not only Nepali, English, or Hindi but also Sanskrit,French, German,Spanish or Nepal Bhasha, or other regional Nepali language….

    All the best for this auspicious work…

Comments are closed.