ह्यापी भ्यालेन्टाइन्स डे !


भ्यालेन्टाइन्स डेको अवसरमा आज तपाईँलाई मन पर्ने एउटा प्रेम गीतको युट्युब ठेगाना तल कमेन्टमा राख्नुहोला। अथवा तपाईँका प्रेम कविता, मुक्तक, भावना पनि तलको कमेन्ट बक्समार्फत् बाँड्न सक्नुहुन्छ।

70 Comments

  1. धनाबाद पेरमेका को यो राम्रो अबसर मा मा पनि मेरी लोवर वा प्रेमका लै माया क साथ सम्घंचु

    हिमालय चन्द
    मलेशिया
    टोप ग्लोव कम्पनी बन्तिंग मलेशिया
    हुमन रेसौर्चेस देपर्त्मेंट
    हुमन रेसौर्चेस अस्सिस्तंत ओफ्फिचेर

  2. सुन्दरी र गुण्डा मात्र होइन पैसाले नेता मन्त्रि पनि किन्न्पाइने रहेछ i जीवन मा मोज गर्न र माया पाउन पैसा नै चाहिने रहेछ ii रुप मेरो तेती बिग्रेको त् छैन कर्म मेरो खोटोi मन मिल्ने साथी पाय पठाई दिनेछु फोटो ii जिल्ला मेरो स्यांग्जा खोरबार मेरो गाँउi थर मेरो छेत्री चित्र मेरो नाउii धन्नेबाद

  3. लामो समयको साथ
    डोकोमा नफाल है
    छिमेकीको बात
    राखी नराख मनमा है
    पूरा भरोसाको हात
    तिमी अगाडी बढाउ है
    मान्छेहरु, कुरा बुझेको खै.????

  4. बिशेस दिन !!!

    हृदय को अन्तराल बाट प्रस्फुटित
    मेरा मन क भावना हरु
    आजको यो बिशेष दिन मा
    तिमि लाइ समर्पित गर्दछुं म,

    तिमि संग बिताएका हरेक पल
    तिमीले दिएका सुमधुर साथ्,
    जनम जनम सम्म पाउने चाहना मेरो
    आजको यो बिशेस दिन मा,
    मैले पुज्ने भगवान संग
    चाहना प्रकट गर्द्दछुं मेरो.

  5. के दिऊँ खै तिमीलाई
    यो प्रेम दिबस कोसेली ?
    शब्द का भावाबेग पोखेर
    तिम्रो मन बहलाऊँ कि ?

    मिठा मिठा सपना बाँडेर
    तिम्रो मन भुलाई दिऊँ कि ?
    तिता मिठा मन भित्रका
    एक अर्कामा बाडेर
    हिसाब बराबर गर्ने कि ?

    तिम्रो शिखर चुम्ने आकांछ्यालाई
    आश्वासन को भर्याङ दिऊँ कि ?
    तिम्रो दु:ख र मेरो सुख
    आपसमा साटेर सन्तोष लिन्छ्यौ कि ?

    हाँसो मेरो हराइसकेको छ
    आँशु बाहेक मसँग केही छैन
    यो रित्तो उधारो जिन्दगीले
    दिएर अस्थाइ बस्तु बजार को
    तिमी लाई खुशी पार्न सक्त छु के ?
    के दिऊँ तिमीलाई खै

  6. साँझ विहान लभ पर्थ्यो
    खल्ती मोटो हुदा
    ठुन्को रोटि दिन्नन कोहि
    भोक लागेर रुदा
    माया भन्ने यस्तै रैछ
    नगदले किन्ने
    कसी लगाई घोटे पनि
    नक्कली नचिन्ने |

  7. वाह , इन्डियन महारथी हरुको कुरा सुनेर खुसि लाग्यो / जब जब नेपाल मा कुनै राम्रो कुरा हुन् लाग्दछ त्यति बेला एनिहरुको सलाह सुझाब त्यसको बिपरित आउछ / त्यो भन्द पहिला यदि जति पनि जटिलता र प्रोबलेम मा नेपाल हुन्छ एनिहरु मजाले नाटक हेरी रहेको हुन्छ / यी इन्डियन महारथी हरुको स्वार्थ हो / र यिनीहरु नेपाली नेताहरुलाई मुर्ख बुझिरहेकोछ / जसले त्यसको समू झुकेर बस्छ त्यो राम्रो हो / यिनीहरु को विचार हेर्नुस / नेपाल मा राना सासन को बेला , राज्त्रन्त्र मा धेरै सन्धि हरु आफनै स्वार्थ को लागि गरियो / त्यसको दुख अहिले पनि नेपाली हरु भोगी रहेको छ / त्यो सन्धि हरु सच्याउन भानु सब चुप्लाग्छ / यहाँ स्म्की नेपाल सरकार ले रोक लगाएको काम पनि जोर जबर्दस्ती बनायो / यिनीहरु नेपाल लाई आफ्नो बपौती सम्पति ठान्छ / जति बेला मन लग्यो त्यति बेला … कहिले पार्टी पार्टी बिचमा लडाई दिन्छ , कहिले नेता नेता मा लडाई दिन्छ , कहिले मधेसी पहाडी मा लडाई दिन्छ / र आफु चाही माजा लिरहेको हुन्छ र आफ्नो स्वार्थ पुरा गरि रहेको हुन्छ / अहिले पनि हाम्रा नेपाली नेता ज्यु हरु सोच्नु भएन भने नेपाल को बर्बादी हुनमा बढी समय बाकी छैन / त्यहिँ भएर अरुको कुरा नसुनेर आफैले सोच्नुस र एक आपस मा विश्वास गर्नुस / र देश र जनता को आव्सय्कता लाई बुझेर त्यो तिर लाग्नुस् / यो माया को पर्व को यहि मेरो सुभ कामना छ .. सबै मा देश र जनता प्रति माया पलाओस…. नेपाल आमा को आवाज पनि छ ….

  8. के हो माया आज भोली भुज्नै गारो भो
    भुज्नै गारो भो .
    साचो र चोखो माया पाउन याँहा अमृत
    खोजे जतिकै भो खोजे जतिकै भो .
    झुटो बोल्नेहरुको लागि र झुटो प्रेम गर्ने हरुको लागि
    माया बनमा उम्रने चेउ जस्तो सस्तो भो
    चोखो माया को मूल्य यहाँ घुएया को भाउ
    भन्दा नि सस्तो भो सस्तो भो .
    साचै मलाई त माया भन्ने आज भोली बुझनै गाह्रो भो
    u

  9. किन आज यो दिन आयो धोका दिई सकेपछी
    गुलाब पनि सिस्नो भयो प्रियासिले छोडेपछि
    सधै मोज मस्ती खोज्ने आज किन फुल रोजेउ?
    म त उही सोच मा थिए कतै तिमि बाटो भुलेउ?
    सबै जना गइ सके कुन्नि किन भेट्ने अरे
    यो दुखि को सोधाई छ आज कुन दिन पर्यो अरे

    http://www.youtube.com/watch?v=RHc23YxlhdQ&feature=related

  10. हुन त यो कसले र कहिले लेख्यो मलाई थाहा छैन ,तै पनि आज को दिन मा यसको महत्व देखेर लेखक महोदय लाई धन्यबाद दिदै यहाँ पठाएको छु
    !!!

    कालीले I love u, भन्दै भनिन
    खैरिनीले झन, गन्दै गनिन
    Mexicon ले Hug गरी, गाला सम्म दलेकै हो
    थरुनी जस्ती Ethiyopian देख्दा, तेस्रो नेत्र नि बलेकै हो
    Department बेग्लै, भेट्नै गारो
    त्यस्को English नि, बुझ्नै सारो
    मन त बिस्तारै मिल्थ्यो होला, पाईला कसैको सर्दै सरेन ।
    अनि त के पर्नु लभ, पर्दै परेन ।।

    नेपाली केटीलाई New mexico, थाहै छैन जस्तो छ
    Class जाउँ कालो face,बाक्लो जुँगै सस्तो छ
    एक दुई वटी Local खैरिनी,आक्कल झुक्कल देखेकै हो
    कपडा लाउनै अल्छी गर्छन्, हाम्रो खप्पराँ नि लेखेकै हो
    Coffee बोकी skateboard चढ्नेले, खै हाम्लाई के गन्लान् ?
    जानै मानेनि चुरोट तान्नेलाई, बा’ले बुहारी कसरी भन्लान् ?
    यस्तै सोची खैरिनी ताक्ने, छोराले आँट गर्दै गरेन ।
    आँट्न र ढाँट्न नजान्नेको, के पर्नु लभ पर्दै परेन ।।

    Gay भन्छन् रे सँगै हिडे, केटासँग हिड्नै नपाइने रैछ
    ईज्जतै धान्न नि हात समाई हिड्ने, एउटी तरुनी त चाइने रैछ
    Bike को त कुरै छाडौं, car किन्न नि डलर मरु
    Hight तन्केन Body फुलेन, बुढेसकालमा खै के गरुँ ?
    दिनहुँ नुहाई zatak नै छरे नि
    खौरेर दारी, सिनित्तै परे नि
    English छाँट्न पर्ने देशमा, नेपाली गफले कामै गरेन ।
    अनि त भुत्रो को पर्नु लभ, पर्दै परेन ।।

    • यो कविता मैले २ वर्ष जति अगाडी न्यु मेक्सिकोमा हुदा लेखेको र त्यति बेला नै त्यहिँ भाको एउटा कार्यक्रम मा भनेको पनि हो, पछी facebook मा पनि राखेको थिए, पछी साथि हरुले तेरो कविता forwarded messege , सिस्नु पनि नेपाल को website मा अरु नै नाममा छपिएछ भन्ने जस्ता इमेल हरु चै आउने गरेको हो, आज फेरी आफ्नै कविता अनपेक्षित रुपमा पढ्न पाउदा चकित भए, तर इमान्दारिता देखाएको मा भण्डारी कान्छो लाइ धेरै धेरै धन्यबाद, मेरो पेज मा यो कविता पढ्न यो link मा click गर्नु होला.
      http://www.facebook.com/note.php?note_id=45864359247

      • घिमिरेजी,
        कविता मैले २, ३ चोटी पढेर पागल झैं हाँसें! ल बधाई छ तपाइको प्रतिभालाई!
        –मलाई धेरै मन परेका २ लाइन —
        कपडा लाउनै अल्छी गर्छन्, हाम्रो खप्पराँ नि लेखेकै हो
        …..
        जानै मानेनि चुरोट तान्नेलाई, बा’ले बुहारी कसरी भन्लान् ?
        ……..
        हो, भण्डारी कान्छोको इमान्दारितालाई पनि धन्यबाद दिनै पर्छ!

      • घिमिरे जी,
        मिठो रचना को लागि धेरै धेरै धन्यबाद !!! अहिले सम्म तपाइले मधुमास मनाई सक्नु भएको होस् भन्ने कामना पनि गर्दछु .
        तपाइको नासो ठिक दिन मा ठिक ठाउ मा राख्न पाएको मा मलाई गर्व लागेको छ.
        भविस्य मा पनि यस्तै यस्तै रचना हरु फुरुन……
        मेरो इमान्दारिता लाइ धन्यबाद दिनु भएछ, खुसि लाग्यो !!!
        साहित्य प्रेमी हरु “काम गर्ने हनुमान ,पगरी गुथ्ने ढेडु ” नबनुन भन्ने उदेस्य हो .

  11. ”माया भनेको दुइ आत्माको निस्वार्थ र स्वतन्त्र मिलन हो’

  12. यदाकदा मेरो मन बिलौन गर्छ,
    की जिन्दगी तिम्रो रेशमी कपालको शितल छहारीमा बिताउन पाउँथे
    त अथाहा शान्ति मिल्थ्यो ।
    पश्चाताप र बेदनाको ज्वाला तिम्रा नयनका गहिराईले निभाउन पनि सक्थ्यो ।
    अफशोच यो हुन सकेन ,
    यो हुन सकेन र अब यही पल छ
    की तिमी छैनौ न बिछोडको दु:ख न प्राप्तीको चाहना नै छ ।
    जिन्दगी यसरी बित्दैछ की लाग्छ यसलाई कसैको सहारै चाहिदैन ।
    न गति न गन्तब्य न आशाको किरण ,
    भड्किरहेको छ अन्धकारमा जिन्दगी मेरो ,
    यही अन्धकार मै बिलाउने छु म एकदिन ।
    मलाई थाहा छ मेरी प्रियशी,
    तै पनि यदाकदा मेरो मन बिलौना गर्छ ।

    साक्ष्यात सुशिल
    (साहिर लुध्यान्भीको – ‘कभी कभी’ कबिताको नेपाली रुपान्तरण केही परिवर्तन सहित ।)

  13. Hi my dear Valentine Aruna, today 14th Feb, ’11, I just want you to know that I love you so much and miss you every single day. Even thought I’m far from you, you’re always in my heart. And I always ask God to give you to me as my Valentine in my every birth so that I’d be the luckiest guy in the world to have you in my life always…
    Be happy dear, always take care of yourself, don’t ever be sad and keep smiling… Have a great day today and yes…
    HAPPY VALENTINE’S DAY ’11 :-*

  14. संगै जिउने रहर मर्यो साथ उनको छुटे पछि,
    साईनो बीच खिया पर्‍यो सारा नाता टुटे पछि ।।
    आँत खुबै दुख्दो रैछ भाग्यले नै चुटे पछि,
    मन रुँदा खुसी भाग्यो हाँसो सबै लुटे पछि ।।
    बाँच्नु भन्दा मर्नै बेश ठानी दिएँ जिन्दगीमा,
    कालै नआई नियतीले जिउँदै मार्न जुटे पछि ।।
    जुट्नै किन थियो होला फुट्ने मन भए पछि,
    मन जोड्न गाह्रो रैछ एक बार फुटे पछि ।।
    लुछी फालेँ सपनीलाई फेरी नपलाउने गरि,
    बिपनीमा जिन्दगीको घरबारै उठे पछि ।।
    “””””””””””””””””””””””””””””

  15. प्रेम

    प्रेम गर दीन दु:खीलाई निस्वार्थ र सत्य माया त्यो हो
    स्वार्थमा कसैलाई माया गर्नु मायाको के नै अर्थ भो

    बी अधिकारी

  16. ओफ ! जीवनमा पहिलो पटक आज यो अप्ठ्यारोको सामना गर्नु परेउ । अब कसलाई दिउ यो ओइलिजाने फुलको सानो डकला ? कतातिर फर्केर कसलाई जय होस् भनौ ? भारी यो मनको मायालाई कहाँ लगेर पोखौ? बिग्रदो राजनीति र अनिश्चित भविष्यको प्रिशटभुमिमा सबै जोडीहरुलाई मेरो तर्फबाट यो मीठो गीत:

    http://www.youtube.com/watch?v=sECoegPHjRo

  17. एक धर्को सिन्दुर के हो र, त्यो त पखालिन सक्छ
    चुरा पोते काँचको न हो, त्यो पनि टुट्न सक्छ
    दिन्छु तिमीलाई यो चोखो माया
    जो सधै सधै बाँचिदिन्छ
    http://www.youtube.com/watch?v=_GJ_dmi4_-U

  18. दिऊँ भने तिमीलाई मेरो माया सस्तो हुन्छ
    उता तिमी तर्की हिड्छौ एता मलाई कस्तो हुन्छ….!!

  19. “प्रेम अर्थको खोजी”

    प्रेम चाहनु मात्र होइन
    प्रेम पाउनु मात्र नि होइन
    न त प्रेम गुमाउनु मात्र हो

    कि प्रेम तृष्णा हो ?
    जसले जलन बढाउँछ ।
    कि प्रेम त्रास हो ?
    जसले मिलनतिर धकेल्छ
    विछोडलाई पर्खन

    के प्रेम वन्धन हो त ?
    स्वतन्त्रतालाई कैद गर्ने
    वा त्यो वहाना हो ?
    आफूलाई विर्सिने

    मेरो बुझाइ प्रेमको अर्थ
    क्षण क्षणमा वदलिरहेछ ।
    शब्दमा कोर्ने धृष्टता मेरो
    के यो सम्भव होला र ?

    वन्धन, त्यसैमा अडेको समर्पण
    समर्पणको उपज निस्वार्थता
    निस्वार्थतामा अडेको सुख
    त्यहिं सुखानुभवको भोको म
    त्यसको जननी प्रेम हो सम्झिन्छु ।

    फेरी बुझाइ फिर्ने हो कि ?
    नविन बुझाइको पर्खाइमा छु ।
    जीवन – यो अर्थ बुझ्ने स्कूलमा
    प्रेमको अर्थ खोजी रहेको छु ।
    प्रेममा आफ्नो अर्थ खोजी रहेको छु ।
    आफुमा प्रेमको अर्थ खोजी रहेको छु ।

  20. प्रिय GM मुटु भरि को माया अनि मिठो सम्झना ..अनि तिमीलाई धेरै धेरै happy valentines day ..अनि तिमीलाई kasto छ jaha छौ j छौ सुखी र खुशी हुनु मेरो तिमीलाई सधै यहि सुब्येक्छा छ ..तिमीलाई थाहा नै छ मा तिमीलाई kati माया गर्छु भने र त्यो ..मा तिम्रो सम्झना मा मेरा हरेक पल बिती रहे को छ तर तिमि सम्पर्क बिहिंचौ किन क भयो मलाई केहि थाहा छैन तिमि बिरामी थियोउ आशा गर्छु तिमीलाई राम्रो भयो होला किन भने मा यहाँ बाट तिमीलाई मा देख्न सक्छु न भेट्न tara मेरो तिमीलाई मेरो tarf बाट सधै माया छ…..मलाई यस्तै thikcha मेरा हरपल तिम्रो याद मा हुन chahanchu ..मेरो jiwan को अन्तिम सास लिदा पनि तिम्रो नामे लिन chahanchu.. बस…गम…फेरी पनि तिमीलाई धेरै धेरै HAPPY VALENTINES DAY LOVE YOU GM >>>LOVe YOU …

  21. सपनीमाँ चुम्मा दिएउ, बिपनीमाँ के दिने हो
    एउटा मुटु लागिसकेऊ अब बांकी के लिने हो
    मुग्लान बसाई भये पनी अगीपछि तिमी हुन्छौ
    एकान्तमाँ रुंदाखेरी मात्र केबल तिमी सुन्छौ
    परदेश को सहारा त केबल माया मात्र हुंदो रैछ
    …सानु दुख: परे पनि पहाड़ जत्रो हुदो रैछ
    कति कमजोर मेरो माया मेसेज सम्म आको छैन
    आज त चौध तारीख खाना सम्म खाको छैन
    साचो माया भये देखि प्रतिक्रिया लेखिदेऊ
    “माया” यदि खेलबाड भये मेरो माया रेटिदेऊ …………………….

  22. You’re in my thoughts and in my heart
    Wherever I may go;
    On Valentine’s Day I’d like to say
    I care more than you know.

  23. माया
    पवित्र माया
    इश्वरको स्वरूप माया
    मानवताको आधार माया
    आत्माको सन्तुष्टि माया
    तर
    तर मायालु..??
    स्वार्थी मायालु
    मतलबी मायालु
    मायालाइ बेची खाने मायालु
    माया इश्वर हो
    तर नास्तिक मायालु
    माया ज्ञान हो
    तर मुर्ख मायालु
    माया मरहम हो
    तर पिडा मायालु
    माया समर्पण हो
    तर लुटेरा मायालु
    माया देशभक्ति हो
    तर देशद्रोही मायालु
    बन्दुकको नाल मा
    माया खोज्छन कोहि
    निसास्सिएको बमको धुवामा
    माया देख्छन कोहि
    अश्मिता लुटाएर
    मायाको व्यापार गर्छन कोहि
    देशलाई बिदेशमा बन्दक राखी
    देश प्रेमको अलाप जप्छन कोहि
    कहाँ छ त्यो
    बुद्धले सिकाएको प्रेम ?
    कहाँ छ त्यो
    सीताले गरेको समर्पण ?
    आज माया बिहिन छ मन
    आज समर्पण बिहिन छन् सीताहरू
    बुद्धका मुर्तिहरु
    बारुदले पुरिदैछ्न
    लैला मजनुका कथा हरु
    हीर राँझाका इतिहास हरु
    धमिराको गोलो बन्दैछन
    माया हराए पनि
    मायालु बढ्दैछन
    मात्र मायालु
    माया बिहिन मायालु
    अनि कसरि म मायाको दिवशमा
    शुभकामना बाड्न सक्छु?
    म त चाहन्छु
    माया लिएर आउ
    समर्पण लिएर आउ
    देशप्रेम लिएर आउ
    असल बाबा बन्नको निम्ति
    मेरो निम्ति पल्सर किन्नु पर्दैन
    मेरी आमाको निम्ति साचो माया लिएर आउ
    अनि मेरो आत्मा देखि
    अपार अपार शुभकामना तिमि लाई
    मायाको यो पवित्र दिवश मा….

  24. +++तिर लागेको मृग हुँ म लर्खराउथिँ किन नत्र,
    अन्त काहाँ खोजुं मलाइ हराई रहेछु तिमीभित्र/

    कौशितिर जान सधैं आँखा मेरा बानि परे,
    मेरो मनको चाँदनी त्येतैबाट उदाउँछ रे,
    ह्रीदयमा तिम्रो माया नयनमा तिम्रै चित्र/
    अन्त काहाँ खोजुं मलाइ हराई रहेछु तिमीभित्र//

    सधै सधैं भेट हुँदा नयन कस्तो झुकाईदियौ,
    छाम्दा धड्कन छैन ममा मुटु तिम्ले लुकाइदियौ,
    लाली ओठको नशाभित्र घुम्दा घुम्दै यत्रतत्र/
    अन्त काहाँ खोजुं मलाइ हराई रहेछु तिमीभित्र//
    -मैले गुमाएको प्रेमको सम्झनामा

    • प्रेम नाटक गर्नेहरु ,आज प्रेमले संसार पुर्छन
      चोखो माया गर्नेहरु ,आजकै दिन कहा कुर्छन\

      लैला-मजुन मुनामदन ,एक उदाहरण हुन् नै
      सवैलाई यस्तो जोडी, यथार्तम कहा जुर्छन्\

      शिष्य गुरु भ्यालेन्टाइनका ,असभ्य शिष्य
      देखेर नै लाग्छ मलाई, थुक्क कति झुरछन्\

      हेर्दा हुन् पार्कतिर ,माथिवाट भ्यालेन्टाइन
      आफ्नै शिष्यदेखि आज ,उनी रिसले चुरछन्\

  25. मेरी प्रियेतमा!
    तिमि म बाट काहाँ टाढा छ्येउ र!
    यो “स्पेस टाएम”लाइ खुम्च्याएर हेर
    म र तिमि संगै भएको पाउने छ्येउ
    फेरी शरीरको के भरोसा र
    कुनबेला माटोमा मिल्छ थाहा नै हुन्न
    तर आत्माको दुनियामा भुलेर हेर
    हामि दुइ देखिने एक भएको पाउने छ्येउ
    अरुलाई हेर्न खोल्नुपर्ने आँखा
    चिम्लेर हेर,हराभरा प्रक्रितिमाझ
    हामीलाई एकरुपमा पाउने छ्येउ
    आफ्नै ढुकढुकी लाइ गमेर सुन
    ढुक ढुक हैन मैले बोलेको “मेरी प्रितामा”
    सुन्ने छ्यौ

  26. योत सब बेकार कुरा हो. मेरो माया गाऊघर मा सुरु भयो अनी एरपोर्ट मा छुटीयो। पछी अर्कोले मागी बीहे गरेछ ऊनलाइ। छुर्टि मा गाउ गयको बेला मागी भो मेरोपनीँ । फस्ट लभ सफल तरीकाले बिहे मा परीणत गरेकाले रातो नभयकाले हरीयो.

  27. तिर लागेको मृग हुँ म लर्खराउथिँ किन नत्र,
    अन्त काहाँ खोजुं मलाइ हराई रहेछु तिमीभित्र/

    कौशितिर जान सधैं आँखा मेरा बानि परे,
    मेरो मनको चाँदनी त्येतैबाट उदाउँछ रे,
    ह्रीदयमा तिम्रो माया नयनमा तिम्रै चित्र/
    अन्त काहाँ खोजुं मलाइ हराई रहेछु तिमीभित्र//

    सधै सधैं भेट हुँदा नयन कस्तो झुकाईदियौ,
    छाम्दा धड्कन छैन ममा मुटु तिम्ले लुकाइदियौ,
    लाली ओठको नशाभित्र घुम्दा घुम्दै यत्रतत्र/
    अन्त काहाँ खोजुं मलाइ हराई रहेछु तिमीभित्र//
    -मैले गुमाएको प्रेमको सम्झनामा

  28. Love is Life
    खोलामा dive
    फर्केर हेर्दा , Girl Friend नै गाइब !!
    Happy valentines day to everyone

  29. भन्छन सबै प्रेम दिबस संघार मा आयो रे
    एक अर्काको मुटु बीच प्रेम को सित छायो रे
    युगल जोडी जता ततै प्रीम को गीत सुन्दैछन
    अधर ले चुम्बन छोडी मन ले माया गर्दै छन्
    बासनात्मक माया होइन ज्यान नै दिन तयार छन्
    दुइ मुटु एकै मानि एक आर्कामा चाहो रे
    मृग तिश्ना तन को होइन मन भित्र khojer
    सधै भरि साथ् हु मिठो कशम खायो re

  30. आँशु खस्दा पुछीदियौ,रूनपनि गार्हो भयो;
    तिमि आयौ खुशीदियौ,दूखी हुनै गार्हो भयो;
    थोरै थोरै याद गर्दा, अहिले भुल्नै सार्हो भयो;
    आफूले आफूलाई भुले,मलाई त तिमी प्यारो भयो/

    एक्लै भौतारीने मन, तिमी भेट्दा हीरो भयो;
    तिमीनै अनन्त भऔ, सारा संसार जीरो भयो;
    तिमी बोल्दा सङ्गीत भयो, अरु बोल्दा पीरो भयो;
    शरीर मेरो भयपनि; श्वासजति तिम्रो भयो/

  31. आफुत गाउको लाटो मान्छे यो प्रेम दिबस पनि हुदो रहेछ। मैले त सहिद दिबस सुनेको थीय। अनी यो प्रेम दिबसमा बलिदान गर्ने हरु को को रहेछन नेपालका वीर सहिद जस्तै प्रेम दिबसका पात्र हरु? आफुलाइत केका लागि प्रेम दिबस। आफुत छु एकलै छटपटाउन बिबस। ल ल सम्पूर्ण साथी हरु बाजाको सारमा जन्त भने जस्तै मेरो तर्फ देखी पनि शुभकामना ल। कोमल वली दिज्यु, आइ लाभ यु!

  32. Something about love….
    1, “You can close your eyes to the things you do not want to see, but you cannot close your heart to the things you do not want to feel.”
    2, “Love is just love, it can never be explained.”
    3, “Love is not blind; it simply enables one to see things others fail to see.”
    4, “To the world you may be just one person, but to one person you may be the world.”
    5, “You’ve spent your whole life running and running, trying to catch up with something that has never been there for you. And all you’ve done is go farther and farther away from the precious love that’s been waiting for you all the time.”
    6, “I love you not because of who you are, but because of who I am when I am with you.”
    7, “You don’t love someone for their looks, or their clothes, or for their fancy car, but because they sing a song only you can hear.”
    8,“Do not love me because i love you, love me for loving me.”
    9, “You’re in love. That makes you actually kind of boring to people who aren’t in love.”
    10, “The most important thing a father can do for his children is to love their mother.”
    11, “There is always some madness in love. But there is also always some reason in madness.”
    12, “In real love you want the other person’s good. In romantic love you want the other person.”
    13, “There is no surprise more magical than the surprise of being loved. It is God’s finger on man’s shoulder.”

  33. valentines day को अवसरमा केहि लेख्न चाहन्छु
    केवल तिम्रो लागि

    मेरो पहिलो प्रेम तिमि र अन्तिम पनि तिमि नै हो
    मेरो चाहना र रहर पनि तिमि नै हो

    तिमीलाई भेटेपछि थाहापाए यो माया के हो भनि
    तिम्ले गरेको माया ले थाहा पाए माया कसरि गर्ने भनि

    बिते दिन हरु कति तर आजपनि तिम्ले हेर्दा पहिलो चोटी हेरे जस्तो लाग्छ
    तिम्ले मायाले छुदा तेही पहिलो स्पर्स जस्तो लाग्छ

    हरेक दिन यो माया सधै बढीनै राखेको छ
    हरेक पल तिम्लाई समिप यो मन ले मागी राखेको छ

    जसरि यो ३ बर्स बित्यो हजारौ बर्स बितिरहोस
    आशा गर्छु नमरुन्जेल प्रतेक valentines day येस्तई खुशी का साथ आइरहोस

    baby,I wanna tell everybody how much i love u but i cant write on Facebook and you know why…
    i love u i love u so much muhaaaaa….

  34. मलाई लाग्छ Valentine’s day जवान युवाहरुले मात्र मनाउने होइन यसलाई संसारमा सबैले आपसी प्रेम र सद्भाव फैलाउने पर्वका रुपमा मनाउनु पर्छ /

  35. Happy valentine to all the frns of my sansar. And hope it will brings lots of love among us and keep peace and prosperity in our country.So here is the link of valentine song i ever like .

  36. एउटा गज़ल , प्रेम दिवसमा

    मनले मनलाई चाहेको छ,अब आउनु तिमी |
    मायाको मीठो गीत मेरो लागि गाउनु तिमी ||
    अम्बरमा जून,शीतल छ पवन ,रात मदहोश |
    मेरो तन मन र आत्मामा घनघोर छाउनु तिमी ||
    प्रेम रसले सरोवर मायाका न्यानो स्पर्श |
    दिनु अलौकिक अनुभूति,साथै पाउनु तिमी ||
    माया अलंकार , आभूषण सबैथोक माया नै |
    यो मधुरात, जूनमा नुहाउनु जूनै लगाउनु तिमी ||
    अनुपम यो अनुभुतिको मायाको महासागरमा |
    जति चाहान्छौ गहिराई भित्र धाउनु तिमी ||

    • एकदम रोमांटिक ग़ज़ल रहेछ , जूनमा नुहाउनु , जून नै लगाउनु त्यसपछि …

      जूनको के भरोसा यहाँ
      न भरोसा छ किरणको
      सब आफ्नो स्वार्थ जिउँदै
      शिकार गर्छ जीवनको

  37. तिमीलाई हेरी रहू माया मात्र गरि रहू
    हिजो भन्दा आज झन् असल भैइछौ
    जुनी जुनी साथै रहू
    हासी खुसि बाची रहू

  38. पहाड झैं अटल भरोसा रहोस
    नशा नशाबीच यही माया बहोस
    सहँुला बरु पीडा हरदम
    तिमी बिनाको जीन्दगी नहोस ।।

  39. लौन त सम्पूर्ण भू पु मायालु हरु लाई फेरी पनि एक चरण माया है त,फल्नु अनि फुलाउनु

Comments are closed.