भोलानाथ या झेलनाथ?

-प्रकाश आस्था-

‘निश्चितै रुपमा अर्को धक्का दिनु पर्ने भयो। नत्र भने त सधैँ तपाई उता पेलिने, म यता ठेलिने।’

आफ्नो परम्परागत मुस्कान सहित कसिलो हात मिलाएर प्रचण्डले झलजीलाई सोफामा बसाउँदै बोले।

सहमती ब्रान्डको बाँसुरी कोटको खल्तिमै थियो झलनाथको। बाँसुरी कटबाँसको भएर हो कि के हो कुन्नि, पहिरनको सुन्दरतामा सदैव चनाखो झलजीको कोटको शोभामा आज भने यसले दख्खल पारेझैँ लाग्थ्यो। बाँसुरीको बजनले निम्त्याएको असन्तुलनले गर्दा कोटको गोजीको मुख बक्रबृत्ताकार बन्न पुगेको थियो भने कोटको एक भाग झोल्लिएको प्रस्ट देखिन्थ्यो।

झलनाथले दिल खोले, ‘तपाई पनि अध्यक्ष , म पनि अध्यक्ष।’ प्रचण्ड बोले, ‘अँ त नि दर्द पनि एउटै। ‘ ‘विस्तारवादीहरुको षड्यन्त्रले गर्दा, तपार्इँलाई नी गार्‍हो छ हगी?’ झलनाथ बोले। ‘अवश्यै त्यही हो। देख्नुभएन भाइरस? ‘

अलमलमा परेझैँ गरी झलनाथ बोले, ‘कुन भाइरस?’

झ्यालबाट बाहिरतर्फ नियाल्दै प्रचण्ड बोले, ‘त्यति कुरा पनि के नबुझ्या तपाइँले? डाक्टरले छोड्या भाइरस नी।’ कुरा बुझे झैँ गरी झलनाथले टाउको हल्लाए तर पनि भने, ‘तर..।’

रोकिएका झलनाथ पुन बोले, ‘अनि डाक्टरले नै भाइरस छोड्ने, यो कुन तरिका हो? यो त डाक्टरी धर्म र मानविय दृष्टिबाट पनि सरासर अपराध हो। को हो त्यो डाक्टर?’

झलनाथको नजिक सर्दै प्रौढ भावमा प्रचण्डजी बोले, ‘तपाई झलनाथ होइन, भोलानाथ हुनुहुँदो रहेछ। सार्‍है सोझो। त्यही भर’नी तपैँ पेलिनुभाछ। तपाईँमाथी मेरो दया छ। यति सामान्य कुरा पनि बुझ्नुभेन।’

‘लौ भैगोन्त। मैले नबुझेर के फरक पर्छ? तपाईँले बुझ्नु नै मैले बुझ्नु हो नि, होइन र?’ हाँसेरै टारिदिएर प्रसंग बदल्न खोजे झलनाथले।

झलनाथको नौनी शव्दबाट भावुक प्रचण्ड प्रभावित भइहाले र झलनाथलाई कोट्याउँदै बोले, ‘दिलको कुरा गर्नुभो। म भन्या तपाई, तपाईँ भन्याँ म। उहि वारी जमुना पारी जमुना मात्र भएको त हो नि। माने मैले यहि भएर पनि तपैँलाई यहाँ बोलाको हुँ।’

‘हैन यो माने भन्ने थगो त छोड्नु भएको रहेनछ नि त अझै तपाईँले।’ झलनाथ बोले।

‘हाहाहा.. कम्निष्ट भेसी’ प्रचण्ड बोले, ‘यसलाई पनि रणनितीकै रुपमा बुझ्नुस्।’

त्यसिपछि प्रचण्डले ढोका बाहिर खडा रहेका सेवकलाई समोसा र चियाका लागि आदेश गरे र झनै नजिक सरेर झलनाथको कानैमा भने, ‘एउटा काम गरौँ।’

‘कस्तो काम?’ अल्लि आश्चर्य भावमा झलनाथ बोले।

‘सम्झौताको काम।’ प्रचण्डले प्रस्ट्याए।

‘म त एक्लै छु। अरुहरुलाई सोध्या छैन। कसरी हुन्छ सम्झौता?’ झलनाथ बोले।

‘निश्चित रुपमा, यसमा तपाईँलाई नै धेरै फाइदा छ। अरुलाई सोध्नुको के अर्थ?’ झलनाथको चेहेराको भाव पढ्दै प्रचण्ड जुरुक्क उठेर बोले, ‘ मैले पो कहिले कल्ल्ााई सोध्या छु र? गरौँ गरौँ।’

‘नसोधि त अल्लि नमिल्ला। म अरुहरुसँग छलफल गरेर मात्रै यस विषयमा भन्न सक्छु।’ झलनाथले प्रष्ट्याए।

‘अरुसँग कुरा गर्ने होइन। कुरा आफ्नैसँग हो। जे भन्नु छ मैसँग भन्नुस्। समय छोटो छ ।’ प्रचण्ड बस्दै बोले।

झलनाथले भने ‘हुन्त हो।’,

‘के को हुन्त हो नि? कुरा यहि हो। तपाई मेरो मान्छे। म तपाईको मान्छे। हामी दुई मिलेसी नहुने के छ र?’ प्रचण्ड अलि कडा आवाजमा प्रस्तुत भए।

‘अप्ठ्यारो पर्छ कि भनेर।’ झलनाथले भने।

‘सम्झौता तपैँ र मेरा विचको हो। मित्रमित्रविचको हो। केको समस्या? पछि जे होला, देखा जायेगा।’ प्रचण्ड अलि कड्के।

झलनाथले सिलिङतर्फ फर्केर हेर र भने, ‘पर्खनुस्। एकछिन मलाई सोच्न दिनुस्।’

‘पानी खानुस्। जुस लिँदा पनि हुन्छ।’ प्रचण्डले जुसको भाँडो अगाडी बढाए तर झलनाथले पानी पिए र लामो श्वास फेर्दै भने, ‘लौ, सम्झौता त गर्ने तर हाम्राहरुले त तपैँलाई छान्ने छाँट त छैन।’

समोसा चिया आइपुग्यो। पानीको बोत्तल राख्दै झलनाथ बोले ‘भोकले पनि सताइसकेछ मलाई त।’

‘त्यो दैहिक भोक भयो’, अलि दार्शनिक सैलिमा प्रचण्डले विषयलाई जोडे, ‘अनि यो सम्झौतासँग भोक पनि जोडिएको छ। तपाई हामी दुवैको भोकलाई अहिलेलाई हल गर्ने मुल अस्त्र भनेको सम्झौता हो। खाजाले भोकको अस्थायी समाधान दिन्छ। सम्झौताले स्थायी। जहाँसम्म मलाई नछान्ने सवाल छ….’

‘हो तपाईलाई छान्दैनन्।’ झलनाथ बोले।

त्यसो भए तपाईँ र म आलोपालो गरौँ। पहिले तपैँ अनि म। तपाई भन्नु म, म भन्नु तपाईँ’ चस्मा उचाल्दै प्रचण्ड बोले , ‘तपाईँ पहिला हुने भनेसी अरुले मान्लान्।’

‘हुन त हो’ मुहारमा छाएको कान्ति लुकाउन खोज्दै झलनाथले समोसा चपाए अनि बोले, ‘तर मलाई के भन्लान्?’

‘पहिले प्रधानमन्त्रि बन्नुस्। काग कराउँदै गर्छ। पिना सुक्दै गर्छ।’ प्रचण्डले चिया पिउँदै सुझाए।

झलनाथ हौसे। मनमनै सोचे, ‘जे होला त।’ अनि मुस्कान छाड्दै बोले, ‘समोसा मिठो रैछ।’

‘समोसाभन्दा मिठो मेरो प्रस्ताव छ। गर्ने हैन्त सम्झौता? प्रधानमन्त्रि भईसकेपछि मात्र निकालौँला नि त्यो सम्झौता। अहिलेलाई गाप्य नै राखौँ। मैले सम्झौताको खेस्रा पनि बनाइसकेको छु।’ एउटा कागज गोजीबाट निकाल्दै प्रचण्ड बोले।

हौसिएका झलनाथले गौँडो देखेनन्। मखलेल उनले कोटको गोजीबाट हत्तपत्त फुल्टिन कलम निकाल्दै भने, ‘ल्याउनुस् धस्काइदिन्छु , आखिर इतिहास निर्माणको सवाल छ।’

झलनाथले कागजै नहेरी त्यसमा हस्ताक्षर धस्काइदिए र हतारहतार नयाँ दौरा सुरुवाल किन्न असन, त्यौडतिर लागे।

विश्वसनिय श्रोत भन्छ , ‘झलनाथजीले सही गरेको कागज खाली पाना थियो। थप्नु पर्ने कुरा पछि प्रचण्डले नै थपे।’ यसरी एउटा गोप्य सम्झौता सम्पन्न भयो।

………………………………………………………………………………………………………….

त्यही सम्झौताका कारण झलनाथ अहिले कुर्सीहरुमध्ये अग्लो कुर्सिमा छन्। उनी मन्थनको मध्यमा छन्। तर झलनाथजीको कुर्सी भने कम्पायमान छ। बजारमा मान्छेहरु भन्दैछन् , ‘भोलानाथझैँ लाग्ने झलनाथ त झेलनाथ पो रहेछन्।’ झलनाथ जुन कोणबाट हेर्दा पनि झेलनाथ देखिँदैछन्।

46 Comments

  1. किन खाली एमाले र माओबादी दलहरुलाई होच्यौना खोज्नुभाको? काँग्रेस को दल अफिसमा पुग्न पाएन भन्दैमा भएको मान्छे हरु नराम्रो हुनै पर्छ र?

  2. झलनाथ होइन झेल्लिनाथ रहेछ थूइक्क झले प्रधानमन्त्री कुर्सीको लागी जे गर्न पनी सक्दो रहेछ पाटीको निर्णया नमान्ने आफुलाई जे मनमा आयो त्यही गर्ने के यस्तो पनी नेता हुन्छ यस्तो नेता नेपाल आमाको बोझ हुन्छ प्रधानमन्त्री कुर्सीको लागी आफ्नै सहयात्री हरुलाई चीर्याएर पाटी चल्छ पाटी चलाऊं नजान्नेले के देश चलाउछु भनेर फुर्ती गर्नु हेर माओबादिलाई बुझ ती नेताहरूलाइ पाटीको सहयात्री हरु जती दुस्ट भएपनि बोल्चालाई नभएपनी आफ्नो पाटीको सम्मान गर्न जानेकाछ्न मिलेरै बसेका छन एमालेमा के भएको एमालेले गर्दा देश बर्बाद हुने भयो आफ्नो पाटीको निर्णया भन्दा अर्को पाटीको निर्णया मान्छन हाम्रा सहमतिय प्रधानमन्त्री झोले प्रधानमन्त्री कुर्सीको लोभामा आफ्नो पाटीको अध्यक्ष बस्ने कुर्सी पनी बिर्सी सकेहोलान बिचार गर है भोलेनाथ मंत्री छान्दा अर्को रबिन्द्र श्रेष्ठ पर्ला

  3. प्रकाश जीलाई थोरै सकारात्मक भइदिन मात्र मेरो आग्रह हो ।

  4. आज सम्म नेपालको राजनीतिमा झेली काम कुन पार्टीले गर्दै आएको छ?
    २००७ साल सम्म जाने पर्दैन; २०४८ सालको चुनावमा बाम पार्टीहरुले राम्रो भनेको कृष्ण प्रशाद भट्टराईलाई अन्तर्घात नगरेको भए के गिरिजा जस्तो रास्ट्र घाटीको भारि नेपाली जनताले बोक्नु पर्थ्यो? तनक पुर् महाकाली, देसको उद्द्योगहरु भरिएको हातमा जाने थियो?

    गणेशमानले बाम समेतलाई मिलायर देसमा साँच्चिकै मेल मिलाप को बातावरण बनाएको थियो/ तर गिरिजाले माले मण्डले मशाले यकि हुन् भनि सदनमा कांग्रेसी अधिनायक बाद नालादेको भए के मावोबादी जन्मनु पर्ने थियो?

    मावोबादिले पनि के नै गलत कुरा मागेको थियो र तेतिबेला उनीहरुलाई आतंक बादी भन्न? राजतन्त्र उन्मुलनको कुरा त् पछी मात्रै उठेको थियो/ मात्र लोकतन्त्र मागेको थियो? लोक्तान्त्र्माग्नुलाई आतंकबाद भनेक्कोले नै के अनाहकमा नागरिकहरुको ज्यान गएको होईन?

    १२ बुंदे सम्झौता पछी संबिधान सभाको चुनाव भयो तर बहुमत पाएको मावोबादिलाई सट्टा सुम्पिन चाहेंन गिरिजाले? किन?

    २२ दलको गठबन्धनको सरकार लाई बहुमतको सरकार भन्दै गर्ने कांग्रेसले अहिले मावोबादीको समर्थनमा बनेको एमालेको सरकार लाई बहुमत को सरकार भए पनि मान्न किन तयार नभएको?

    अब सात बुंदे सम्झौताकै कुरागर्ने हो भने राम चन्द्रले प्रचंद्र कहाँ उसलाई समर्थन गरेमा मावोबादीको सबै मागहरु पुरागर्ने सम्झौता गर्न तयार भएको भनेको होईन? फेरी पाली पालो चक्र प्रणालीमा प्रधान मन्त्रि बन्ने कुरा त् कांग्रेसकै थियो/ अब यहि कुरा मावोबादी र एमालेले गरे त् कांग्रेसलाई किन आपति? के कांग्रेस कुर्सीमा न पुग्ने भए सबै कुरा गलत हुने? यदि यस्तै हो भने कुर्सीमा बस्दा खेरि जनाता र देशलाई धोका किन दिंदै गर्छ कांग्रेसले?

    नेपालको सम्पूर्ण जनताले तराईलाई यक मधेश बनाउनु हुन् भन्दै छ/ तर राम चन्द्र उ प्रधान मन्त्रि बन्न नसकेमा यक मधेस लाई समर्थन गर्ने भन्दै छ? कांग्रेस लाई des pyaaro ki kursi pyaaro?

  5. समग्रमा मलाई लाग्छ कि चोर फटाहा जाली हरुको लिस्टमा अर्को नाथ थपिनु भाको छ.नेपाली हरुको दुर्भाग्य यहि भयो कि हामीले जहिले पनि फटाहा जाली मध्ये बाट एक फटाहा जाली छान्नु पर्ने भयो किन कि देशमा आर्थिक क्रान्ति ल्याएर देशको उन्नति गर्छु भन्ने बाबुराम जस्ता बौद्धिक व्यक्तिहरु जहिले पनि अल्पमतले गर्दा फटाहा जाली हरुको दौडमा पछाडी पर्छन.

    कुरा को चुरो यहि हो.

  6. विश्वसनिय श्रोत भन्छ , ‘झलनाथजीले सही गरेको कागज खाली पाना थियो। थप्नु पर्ने कुरा पछि प्रचण्डले नै थपे।’ यसरी एउटा गोप्य सम्झौता सम्पन्न भयो।

    लेखक महोदयको स्रोत कताको पर्यो कुन्नि ? काजु कान्छा (केपी ओली )को नजिकको त होइन नि? के झलनाथ अनपढ हुन् र खाली कागजमा हस्ताक्षर गरिदिने/ हामी सबैले के बुझ्नु जरुरि छ भने सम्झौता कसैको करकापमा परेर गरिएको होइन यो त झलनाथ को कुर्सि मोह र प्रचण्डको चलाखी पनबाट भएको हो/ गल्ति गरे पछी तेस्को परिणाम भोग्न सक्ने क्षमता हुनु पर्ने हो तर एमाले तेती महान अनि हिम्मत भएको पार्टी होइन/ एमालेलाई म एउटा कोठी वाली (कल गर्ल) संग तुलना गर्न चाहन्छु/ एमाले भनेको आफ्नो कुनै भिजन नभाको पार्टी हो/ जता माया मिल्छ उतै लम्किन्छ/

  7. ताई न तुइ हातमा लग्यो दुइ !
    के लेख लेखेको एस्तो ? समयको बर्बादी | माइसंसारले लेखको गुस्तर तिर पनि ध्यान दिए ब्लकको महत्व बढ्थ्यो की ?

  8. जे जस्तो भय पनि हालका प्रधान मन्त्रि उत्क्रिस्त प्रधान मन्त्रि हो .

  9. सधैं रास्ट्रीय सहमति को कुरा गर्ने झलनाथ खनाल किन बहुमतीय पद्धति बाट PM को नेतृत्व गरेको होला / सब नौटंकी हो आफु PM बन्न को लागि …………जनता ले सब बुझेको छ जेष्ठ १४ पछी हेर्नु पर्छा ……………….

  10. वास्तविकता लाई व्यंग्य गरि लेखेको मात्र थिएँ /माई सन्सारले मेरो कमेन्ट लाई किन प्रकाशित गरेन ?

  11. मित्र लेखक महोदय !
    हुँन त सबै विषयलाई समेटे कै राम्रो होला । साँचो अर्थमा नेपाल नै मेरो देश हो । यहाँको प्रगती, संमृध्दी, विकास अनि सकारात्मक परिवर्तन नै मेरो गर्व र शान हो भन्ने सच्चा राष्ट्र भक्तलाई यो लेखले अबस्य मुटुमै घोचेको हुँनु पर्दछ। यो नेपाल आमा प्रति ठट्टा गर्ने समय होइन । यसरी आमा प्रसव पीडामा छट्पटाइरहेको बेला आफ्नै आमाको कोखमा निर्मम लात्ती हान्दा आनन्द आउने तपाईको कलम कस्तो छ ? लेखक महोदयले यत्रो समय कुनै सृजनशील कार्यमा खर्चगर्नु भएको भए मेरो समेत यस कम्मेण्टका लागि खर्चिनु परेको समय बचत हुँने थियो ।

  12. एदी झलनाथ यसपटक मयोबदिलाई समेटेर अगाडी बढ्न सकेनन भने इनीपनी पिंद नभएका घिताहुन र नालायक नेतृतका अर्का उदाहरणमात्र हुनेछन| माकुने र ओलीले तिनलाई तेस्तैको परमाणदिन मरिहत्ते गरेका छन्| नेपालचाही बाँदरको हातमा नरिवल हो र यो लेख्लेकने मान्छे अर्को पागल मस्तिस्कहो जसलाई नेपलामा सान्ति चाईएको छैन र भाडभैलो मै रमौछा|

  13. तेत्रो उतार-चदाव बाट त्यो पदमा पुगेको व्यक्तिले खाली कागजमा साइन गरेको कुराले अलि संका लाग्यो, झालाक्जिले तेसो गर्नै सक्दैन/गर्दैन पनि, तेसैले विचार गरेर मात्रै कोम्मेंट्स गरौ र यस्ता साना-तिना कुरामा न-अल्झी मुलुकलाई अगाडी बढ्ने अवशर दिलाउन पर्यो !

  14. सुधीरजीले भन्नुभए जस्तो साँठगांठको राजनीति चलेको छ नेपालमा सहमतिको होइन |पार्टी र नेताहरुले नेपाललाइ बाउको बिर्ता र जनतालाइ आफ्नो घरको हली जस्तो ब्यबहार गरेका छन् त्यसैले थप्पड बर्सन थालेको हो | अब त जुत्ता बर्सन्छ कि भन्ने डर त रैछ प्रचण्डललाइ त्यसैले उनले पहिला थप्पडवालालाइ अघि लगाउँ पछी देखा जाएगा, रिमोट कन्ट्रोल त आफ्नो हातमा भैहाल्छ त्यसमाथि गृह मन्त्रालय पनि अफ्नोहात्मा भन्ठानेका थिए | तर झलनाथले प्रधानमन्त्री हुनपो सातबुंदे अबत मेरो एक्बुदे चल्छ भनेर देखायिदिये | हेरौं प्रचण्डको मार्मुन्ग्री अब | हामीले यस्तै गाइजात्रा हेर्दै जिबन काट्नु त छ नि !!

  15. केटॉ हो अली राम्रो तरीकाले हसाओ. नत्र देबी प्रसाद आउलान।।।।

  16. समग्रमा मलाई लाग्छ कि चोर फटाहा जाली हरुको लिस्टमा अर्को नाथ थपिनु भाको छ.नेपाली हरुको दुर्भाग्य यहि भयो कि हामीले जहिले पनि फटाहा जाली मध्ये बाट एक फटाहा जाली छान्नु पर्ने भयो किन कि देशमा आर्थिक क्रान्ति ल्याएर देशको उन्नति गर्छु भन्ने बाबुराम जस्ता बौद्धिक व्यक्तिहरु जहिले पनि अल्पमतले गर्दा फटाहा जाली हरुको दौडमा पछाडी पर्छन.

  17. प्रकाश जी, यो रोमाटिक लेखमा तेतिबेला गिरिजा, राकेश सूद, K.P. Oli
    र सुरुमा रुक्मांगत कटुवाल को मत्रिपरिषद बाट पास गरेको कुरा माकुने मार्फत जनता लाइ जानकारी दिने मात्र अधिकार भएको माकुने सरकार को बारेमा पनि केहि लेख्ने कस्ट गरेमा मलाई तपाइँ लाइ धन्यवाध दिन मन लाग्थियो.

  18. रानी मौरी न भएको माहुरीको घारमा मह उत्पदन न हुने जस्तो नेपाल भएको छ |
    यस अवस्थामा नेपालमा राजनीतिक, आर्थिक, सांस्कृतिक र धार्मिक प्रगति हुन सारै गार्हो हुदै छ| नेपालमा कसैले कसैलाई विश्वास गर्दैन र गर्ने अवस्था पनि छैन|
    झल्नाथ-छलनाथ, प्रचण्ड-भ्रचंद, माधव-खाडव, देउवा-खौवा, सुर्य बहादुर-खाऊ बहादुर, लोकेन्द्र-भोकेंद्र, सुशील-कुटिल, रामचद्रे-सुल्सुलेंद्र, उपेन्द्रे-झुपेंद्रे, गच्छेदार-भछेदार र महन्त ठाकुर-तराई माखुर कसैबाटपनि नेपालको हितमा काम होला भन्नेमा नेपालीलाई विश्वास नै छैन| झन् खुम बहादुर-खुन बहादुर, सुजाता-कुजाता, महत-गहथ, पशुपति-भसुपति, ओली-खोलिहरुको के चरित्र छ र ?
    नेपालीफुलको मालाको धागो छिनिएको अवस्थामा हाम्रो राष्ट्रिय गानमा हामी फुलको थुंगा भएर एक हुने सपना मात्र भएको छ|
    कोही नेपाली बहादुर आउ नेपाल बचाऊ !!!!!
    काशी, कश्मिर अजब नेपाल !

    सुरज श्रेष्ठ

    सुरज श्रेष्ठ

  19. धेत्तेरी!!! म पानि इनी दुई मध्हे एक लाइ भोट हाल्ने मदधे एक हु. राम! राम!! राम!!!

  20. झल् नाथ खनाल देसको को प्रधानमन्त्रि हो मित्र …सबय नागरिक को हैस्यत ले अलि कति सबय भाषा प्रयोग वयेना कि? ब्लग ले पनि भाषा मान र मर्यादा मा ध्यान पुर्युना पर्छा ……पैला सब्य नागरिक बनौ तेस पछी नेता लाई गाली दिन पनि मिल्छा

  21. कता कता नमिलेको जस्तो भए पनि “खुकुरी ब्यापारी र घिउ ब्यापारी” जस्तो लाग्ने… राम्रो छ !

  22. आफ्ना परमनेता माथि ब्यङ्ग गर्दा केहि लाई मुटु दुख्या होला ! तर एथार्थ त्यै
    हो/ राम्रो समसामयिक लेख/

  23. यो लेख सत्य होस् बा काल्पनिक, बिचरा झलनाथको भोलापन नभनौ गोज्यान्ग्रो पनलाई उजागर गर्दछ र पुष्प कमलको कुहिएको जराको संकेत गर्दछ/लेखहरु सत्य घटना नहुन सक्छ/तर लेखकहरुले समय,सन्दर्भलाई राम्रो संग पछ्याउँ सक्छन र त लेखक_कबि बन्ने खुबी राख्छन/अहिले झलनाथ र प्रचण्डको ७बुदे सम्झौताकै प्रसंग छ र ए मा ले भन्ने पार्टीमा गृहयुद्ध चर्किएको सबैलाई थाहा छ/माओबादी गृह मन्त्रालय जो ७बुदेमा उसलाई दिने सहि झलनाथले ठोकेका छन् नपाए सरकारमा नजाने अड्डी लिएको सबैलाई थाहा छ/ अनि?लेखको सन्दर्भलाई लिएर कोहि कसैले रुनुपर्ने जरुरि छ र?लेख समय सान्धर्भिख छ,गजब छ/लाग्छ सत्य तितो ओकलेको छ//

  24. This story exactly reflects the situation how 7 points agreement between Jhalnath and Prachanda happened. Jhalnath was always after the chair of PM (at any cost), neglecting other circumstances to be happened in future against him. The present crisis is an outcome of his personal greed to become PM. He might be one of the worst PMs in Nepal history and situation is also heading in that direction.

  25. अहिले को बस्तु स्थिति अनुरुप यो लेख ठिक छ मात्र ब्येक्ति को बुझाइमा मात्र भर पर्ने र ब्येक्ति सोतंत्र भएर नसोच्दा मात्र नकारात्मक परिणाम निकल्लने हो

  26. नेपालको राजनीतिमा झेल गर्नु परम धर्म हो !!!!!!!!!!!!!!!!!!!!!!

    • नेपाल को परिस्थितिमा हाललाई कोहि राजनीतिज्ञ नै छैन छ त केवल शकुनिबाद . पृथ्वी नारायण शाह, महेन्द्र,गणेशमान र बी.पी. लाइ छाडेर आधुनिक नेपालको इतिहासमा सहि राजनीतिज्ञ कोहि पनि भेटिदैनन. यहि नै हाम्रो दुर्भाग्य हो.

  27. लेखक ज्युले समय को र परिस्थिति को बुइ चढी लेख्नु भएको यो लेख मनोबाद को रुप मा एमाले पार्टी को केवल निरही कार्यकर्ता हुनु को पिडाबोध लाइ प्रस्ट पर्न खोजेको अनुभूति हुन्छ। लेखक ज्यु ले ..‘झलनाथजीले सही गरेको कागज खाली पाना थियो।..थप्नु पर्ने कुरा पछि प्रचण्डले नै थपे” भनि लेख को पुच्छर मा झुण्डयाउनु भएको ले यो यो लेख लेखक को लेख भन्दा एमाले वा यस्तै..यस्तै..पार्टी को निरही कार्यकर्ता हुनु को पिडाबोध लाइ नै झल्काउने एक झझल्को लाइ मनोबाद को रंग ले पोतिएको झैँ लाग्यो।
    रुद्र खनाल,कैलाली

  28. यो सत्य घटना त होइन तर पनि एसले नेपाली नेता हरु को चरित्र लाई उजागर गर्ने प्रयत्न भने गरेकै छ है….
    म त छक्क पर्छु बा

  29. दुइ अदक्ष्यको सहमति बाट भाको कुरो हो , कुरो नबुझी कसैले काहिनी हस्ताक्षर गर्दैन खाली पानामा हस्ताक्षर गर्यो भनेर लेखेको लेख चित्त बुज्दो भयन /

  30. राजनीति भनेकै झेली खेल हो !!!!! यो खेलमा झेलिहरुले मात्र भाग लिन छन् !!!!

  31. तपाइ ले आफै पढनुहोला!!! यो पनी कोई हसाउने लेख हो? दिमाग लगाउ के दिमाग हसाउन तेती सजीलो छैन।

  32. प्रचन्डले यसरीनै जनता र नेताहरुलाई गुमराह राख्ने त हो नि आखामा खुर्सानी हालेर हेर्नुस्न तपाई हामीले देखेकैत होनी बाबुरामलाई थान्ग्नामा सुताएको सुताई परेको !

    • सर जनतालाई गुमराहमा कसले राखेको छ बुझ्न सक्नुहुन्न? प्रचण्डको (उनको पार्टीको) त १मात्र लक्ष छ; त्यो हो देशको साशन आफ्नो हातमा लिने! त्यो उनको लक्ष अहिलेदेखिको हैन, उनी कम्युनिस्ट भए देखि नै हो/ देउबालाई दिएको ४० बुंदेमा पनि तेही छ र अहिलेपनि उनको तेही लक्ष छ/ अरु मात्र हुन्, कुनै लक्ष बेगर भौतारिरहेका नेपालमा/ आफ्नो सासन भएका बेला उनले गरेको केहि राम्रा काम भनेका – पशुपतिको भारतीय भट्ट हटाउन गरेको प्रयास र निरंकुस हत्यारा रुक्मांगद कटुवाललाई कारबाही गर्न गरेको प्रयास नै हो/ अब देखि हाल्नु भो भारतीय गुलामहरुले त्यो हुन दिएनन्, यदि उनि आफ्नो काममा सफल भएको भए, यतिखेर माओबादीको सेना पनि समायोजन भैसक्थ्यो, देशमा संबिधान पनि लेखिन्थ्यो र माओबादीको बहुमतको सरकार पनि बन्थ्यो – र देश विकास हुने बाटोमा अघि बढी सकेको हुन्थ्यो/ तर देशलाई लुट्न मात्र जानेका जुकाहरुलाई त्यो पाच्य भएन/ अर्को आम निर्बाचनमा देखाउनु पर्छ, भारतीय दलालहरुलाई/

  33. माइ संसारलाई मेरो एउटा बिन्ति …….
    राजनीतिले दिक्क भैयो क्या.
    सधै काइते नेताको किर्ते कुरा कति पढ्नु ?
    राजनीति भन्दा अरु कुरो उठाए हुन्थ्यो.

  34. झेल नाथ जी सम्झौता मा भएका कुराहरु समयमै पालना गरेमा राम्रो हुन्च्छा देबी प्रसादको झापडको चेतना भया.

  35. निश्चितरुपमा भन्नु पर्दा यो लेख मलाई मन परेन ।

  36. हासो भन्दा बढी रिस उठ्ने लेख, एस्तो पनि हास्यब्यंग हुन्छ कतै ? अनि खाली पाना मा कुनै बेकुफ ले सहि गर्छ ? अलि सान्दर्भिक कुरा लेख्नु न हो लेखक ज्यु…

    • खाली पानामा त सहि गरेको होइन होला तर झलनाथले आफु प्रधानमन्त्री हुने बुधा मात्र पढेर सहि गरेको चाही पकै हो|

    • यो लेख को अर्थ यो भयो कि झलनाथ मुर्ख हो र अहिले हाम्रो देस मा मुर्ख प्रधान मन्त्रि छ . दैब संग त मुर्ख को औसधि छैन अब नेपाली जनताई कसले बचाउने हो

  37. देबी प्रसादको झापदले नचेतेको झेल्नाथ हो |

Comments are closed.