लोडसेडिङ !

यो सिजनको लोडसेडिङको सबैभन्दा बढी असर परेको महसूस मलाई यी शब्द लेख्दा भइरहेको छ। आज २४ घण्टाभन्दा बढी समयपछि माइसंसार चलाउँदैछु। सेड्युलै यस्तो छ कि राति अबेला बत्ती आउँछ, बिहान पनि ढिलासम्म बत्ती आउँछ। साँझको समयमा बत्ती आउने त हप्तामा एक-दुई दिन मात्रै। अस्ति शुक्रबार राति अबेला बत्ती आउँदा चार्ज गरेर छाड्छु भनेर ल्यापटपमा प्लग जोडेर सुतेको, भोलिपल्ट बिहान चलाउँछु भनी अन गर्छु त पिलिक पिलिक रातो बत्ती बल्छ- ब्याट्री त रित्तै। किन रहेछ भन्दा त ल्यापटपको प्लग भन्ठानेर मल्टीप्लगमा अर्कैको प्लग पो जोडेको रहेछु। भोलिपल्ट दिउँसो ३ बजे बल्ल बत्ती आउने पालो थियो ! उफ् !

यो लोडसेडिङले सीमित विद्युत आपूर्तिको अधिकतम उपभोग कसरी गर्ने भन्ने व्यवस्थापन गर्न सिकाएको छ। विद्युतसँगै जोडिएर अनेक विषयको पनि व्यवस्थापन गर्न सिक्न जरुरी छ। नेपालमा बाँच्न यो जरुरी छ। त्यसैमा अलि चुकेको महसूस भइरहेको छ अचेल।

चरम लोडसेडिङ एउटा सत्य हो अहिलेको। यसबाट भाग्न सकिँदैन। कसैलाई सराप्दैमा र कसैलाई गाली गर्दैमा यो सत्यबाट टाढा भाग्न सकिँदैन। त्यसैले यो सँगै बाँच्नु अहिलेको नियति बनेको छ। पोहोर १८ घण्टाको लोडसेडिङसमेत सहेको हुनाले हामी यसमा अनुभवी पनि छौँ। त्यसैले लोडसेडिङको बहाना बनाएर जिम्मेवारीबाट भाग्न मिल्दैन। यसलाई म समय र विद्युत व्यवस्थापनमा असफल भएको मान्छु/स्वीकार्छु। २४ घण्टा लोडसेडिङ नभएसम्म लोडसेडिङको बहाना बनाएर यो भएन र त्यो भएन भन्नु आफू असफल भएको देखाउनु हो। आफू अल्छी हुनु हो। सार्वजनिक रुपमा गरिएको यो स्वीकारोक्तिले लोडसेडिङ/समय व्यवस्थापनमा ध्यान जाने आशा पनि गर्छु।

अहिले कति लोडसेडिङ ?
अहिले दिनमा ‌औसत १४ घण्टाको लोडसेडिङ हुन्छ। तर माइसंसारले बनाएको बत्ती जाने हैन, आउने तालिका हेर्नुभयो भने थाहा हुन्छ- हप्ताको एक दिन त ८ घण्टा मात्रै बत्ती आउँछ। यही तालिका हेरेर हामीले आफ्नो दैनिकी बनाउनु परिरहेको छ।
बतà¥�तà¥� à¤�ानà¥� हà¥�न, à¤�à¤�नà¥� समà¤... on Twitpic

लोडसेडिङलाई गाली गर्दे बस्ने मात्र नेपालमा छैनन्, योसँगै जिउनका लागि आवश्यक तयारी गर्ने युवाको जमात पनि छ यहाँ। एउटा सानो उदाहरण ट्विटरमा हेर्नुस्-

tweetneag4 लाई फलो गर्दा बत्ती जानु आधा घण्टाअगाडि र १० मिनेट अगाडि यसले अटोमेटिक ट्विट गरेर हामीलाई हाम्रो समूह चारको लोडसेडिङ बारे अलर्ट गराउँछ। यदि तपाईँको समूह अर्कै हो भने tweetneag पछि जुन समूह हो, त्यो समूहको अंक टाइप गरेर फलो गर्न सक्नुहुन्छ। धन्यवाद- यो पछाडि लागेका सिर्जनशील दिमागलाई !

51 Comments

  1. load shedding is the biggest challenge country is facing today. its above all the issues and needs immediate attention from all sectors, people and agencies. Its the basic right of every Nepali citizen in the modern world otherwise we will always lag behind the other country people. everything is controlled by power an without that life of nepali is getting handicapped . I urge all people to put pressure in the way they can to the concerned people . we need a revolution here for enlightenment

  2. सामग्रीभन्दा पनि यहाँ व्यक्त केही प्रतिक्रियाहरू पढेपछि केही कुरा लेख्न मन लाग्यो ।

    उहिले टुकी बाल्नुपर्ने अवस्थाको राजाका पाला ‘यस्तो भा’थेन’ भनेर कुर्लनुको कुनै तुक छैन । बत्ती बाल्न पाउने बेलाको राजाको पालामा माग र आपूर्तिमा सामञ्जश्यता भएका कारण समस्या आएको थिएन । माग र आपूर्तिलाई सामञ्जयश्य गर्न नसकेका कारण राजनीतिक दलहरूप्रतिको आक्रोश स्वभाविक छ । तर, जसरी लोकतन्त्र र गणतन्त्रजस्तो परिवर्तनलाई आत्मसात् गर्न नसक्नेहरू ‘प्रजा’तान्त्रिक तत्त्वहरूको चलखेल अहिले बढी छ, त्यसरी नै राजतन्त्रका पक्षधरहरूले प्रजातन्त्र मास्न गरेको चलखेल पनि हामीले भोगेकै कुरा हो ।

    बिजुली अड्डाजस्तो संवेदनशील क्षेत्रमा गाउँ अनि जिल्लाका मान्छेहरूलाई चुरोटको बट्टामा जागीर ख्वाउने तिनै राजतन्त्रवादीहरू थिए भने ‘प्रजा’तन्त्रवादीहरूले त प्राधिकरणको गिदीमै हात हाल्न थाले । सोलार जोड्ने, डाइनामो चलाउने, डिजेल अनि थर्मल प्लाण्ट जोड्ने, विद्युत खपत घटाउन सीएफएल प्रयोग गर्नेजस्ता उपायमै अल्झिने हो भने हामी झन्-झन् समस्यामा पर्दै जानेछौं । हामीलाई चाहिने र हाम्रो देशको लागि उत्तम उपाय भनेको पानी जम्मा पारेर बनाइने जलाशययुक्त आयोजनाभन्दा पनि पानीको बहाव अथवा ‘रन-अफ-रिभर’मा आधारित आयोजना नै उत्तम हुन् ।

    तर हाम्रा तिनै ‘प्रजा’तान्त्रिक तत्त्व, र प्रजातन्त्रमा समेत हुर्किएका अप्रजातान्त्रिक, अराष्ट्रिय तत्त्वहरू बिजुलीको समस्याको कारक बन्दैमात्र गएनन्, यसबाट उल्टै फाइदा लिने काम पनि गरे । मन्त्रीले धाक लगाएरै यो वर्ष यति लोडसेडिङ हुन्छ, अर्को वर्ष उति हुन्छ भनेर फुक्दा इन्भर्टरवालाहरूले कति कमिशन टक्र्याए, त्यो त तिनै मन्त्री जानून् । सीएफएल चीमको प्रयोग गर्न उपदेश दिँदामात्र पनि चिम निर्माताहरूबाट कमिशनमो कति ओइरो लाग्यो होला भनेर हामी अनुमानमात्र गर्न सक्छौं ।

    आयोजनाको पूर्वाधार खडा नगर्दै लाखौं कमिशन कुम्ल्याउन शिलान्याश गर्न हतारिने कथित प्रजातन्त्रवादीहरूले त लोकतन्त्रवादीहरूलाई आयोजना बनाउन अवरोध गरेको कुरा फलाकिहिँडिरहेका छन् । स्वदेशी श्रम र आर्थिक स्रोतबाट पनि बनाउन सकिने आयोजनाहरूमा गोराअनुहार र डलरको मुख ताक्नुले कमिशनको खेललाई झन्-झन् मलजल गरिरहेको छ । विद्युत प्राधिकरणलाई पजेरो, प्राडो ‘उत्पादन’ गर्ने कारखानामा परिणत गर्ने कथित प्रजातन्त्रवादीहरू र दलालहरू नै हुन् । नयाँ आयोजना थप्नु र चलिरहेका आयोजनाहरूलाई समयमै सफल पार्नुभन्दा पनि भारतबाटमात्र बिजुली आयातमा चासो देखाउनुले कथित प्रजातन्त्रवादीहरूको नियत उजागर भइरहेको छ । यी कमिशनखोरहरूलाई नागरिकको त कुरा देशकै वास्ता छैन; अघोषित दलालमा परिणत भइरहेको स्वयम् ती कमिशनखोरहरूलाई ज्ञात छैन होला ।

    प्रजातन्त्रलाई फेल खुवाउने ‘प्रजा’तन्त्रवादी अहिले लोकतन्त्र र गणतन्त्रलाई मात्र होइन देशलाई नै फेल खुवाउन लागि परेका छन् र बिजुलीजस्तो अत्यावश्यक कुरा उनीहरूको ‘टार्गेट’ हुनु अनौठो होइन । हामीले तत्काल केही गर्न सक्ने त केही होइन तर यो कुरा बुझिराख्नुचाहिँ अत्यन्त जरुरी छ; ‘राजा हाइ, अरु बाइ’ भनेर देशलाई फेरि ५० वर्षपछाडि धकेल्ने कामचाहिँ नगरौं ।

  3. लोड सेडिंगले नेपाललाई दुइ सय बर्ष पछी धकेल्यो | घट्ने कुरै छैन | कुनै पनि सरकारको प्रमुख एजेन्डा नै यो लोड सेडिंग घटाउने हुनुपर्छ | बाइस घण्टा सम्म पनि थियो कुनै बेला | कति कठिन हुन्छ जिन्दगी ? एक बर्ष होइन दुई बर्ष होइन | कसरि घटाउने ? बैकल्पिक उपाय छैनन् ? कसले जबाफ दिने नेपाली जनतालाई ? सबैलाई तत्कालिन र दिर्घकालिन असर त छदैछ | सब भन्दा पीडित त बिरामी, बुढाबुढी र केटाकेटी हुन् | यो जाडोमा तिनको मुस्कील कसले बुझ्ने ? नेता, ठुला कर्मचारी, ब्यापारी र पैसा भएकालाई यसको मर्म के थाहा ? भ्रमण बर्ष २०११ मा यो नारा पो राख्नु उत्तम हुन्थ्यो “अन्धकारको देशमा स्वागत छ, हाम्रा जिम्मेबार नेताले केहि गर्न सकेनन हामीलाई बिजुली चाहिएको छ |”

  4. कमेंट्स नि कत्रा कत्रा हौ ! अलि सानो लेख्नु नि, छोटो छरितो चाडै पढ्न मिल्ने ! लोडसेडिंग भन्दा अगाडी सबै मेसो सिध्यानु परो नि गाँठे !!

    बाहियात गफको पछाडी लाग्नु भन्दा यति मात्रै बुझौ कि, बिद्युत चुहावट नियन्त्रण गर्न सकियो र सरकारी कार्यालयले मात्रै बाँकि बक्यौता समयमा चुक्ता गर्ने हो भने, २टा कालीगण्डकी अहिले सुरु हुन्छ….?
    [p.s. – आफ्नो घर अगाडीको पोलको बत्ति बिहान अलि चाडै निभाई दिने कि?]

    • कमेन्ट जत्रो लेखे नि उसलाई केको टाउको दुखाइ हो ? पढ्न मन नलाए नपढे भइगो नि । यस्तैलाई भनिन्छ अजासु

  5. बधाई छ नेपालीहरुलाई/
    यो लोड सेडिंगबाट नेपाली हरुलाई भएका फाइदा हरु:-
    १ जनताको घरमा समयमा खाना पाकेको छ/ बेलुका छिटै नै खाना खान पाएका छन/
    २ समाचार सुन्ने र घर घर कि कहानी हेर्ने भन्ने कुरा मा पति पत्नी बीच झगडा हुन् छाडेछ/
    ३ सन्तान बृदि दर बढेको छ/
    ४ जनता हरु ६ घण्टा सुत्ने गर्थे भने १० घण्टा सुत्न लागेका छन्/

    अरु त के लेखि रहनु यस्तै यस्तै थुप्रै छन् आफै बुझ्नुहोस्/

  6. उमेश जी, बडो गम्भीर विषय उठाउनुभयो, लोडसेडिङ्गको। केहि कमेन्ट कर्ताहरुले नेपालका गाऊँमा बिजुली त के, स्कूल, अस्पताल, कलेज केहि छैन , शहरमा किन बत्ति चाहियो भन्ने जस्तो अत्यन्त नकारात्मक बिचार पोखेका रहेछन्। के गाउँ र शहरलाई बराबर बनाउन शहरको पुर्वाधार सबै भत्काएर गाऊँ जत्तिकै बनाउने? कि गाऊँमा पुर्वाधार थप्दै लगेर शहर जस्तो बनाउने? हामी नेपाली कति नकारात्मक हुन सकेको।
    जहाँ सम्म बिजुलीको कुरा छ, आजको विश्वमा यो एक अति आवश्यक दैनिक उपभोगको बस्तु हो। हामी देश बिकासको कुरा गर्छौं, युरोप अमेरिका चीन जापान को बिकासको कुरा गर्छौं, आजभोली त भारतको बिकासको नि कुरो हुन्छ। यसो बिचार गर्नुहोस् त, नेपालको जस्तो बिजुलीको हालत हुने हो भने त्यहाँ के हुन्छ?? जस्तो बाँच्नको लागि हावा (अक्सिजन) जरुरी हुन्छ, बिकासको लागि बिजुली जरुरी छ।
    Gross Domestic Product (GDP), Per Capita GDP आदि आदि बिकास र समृद्धिका परिसुचकहरु हुन्। नेपालको कति कति छ? बिकसित देशको कति छ? हामीले कति पुर्‍याउन कोशिस गर्नुपर्ने रहेछ? र यसो गर्न बिजुलीको भुमिका के हुन्छ? १४ घन्टे लोडसेडिङ्गले GDP मा कति नकारात्मक असर पारेको होला? यसो यस बिषयमा पनि केहि लेख्नुस न उमेश जी। अरु पुर्वाधार मिल्दै आए पनि यो बिजुली संकट समाधान नहुन्जेल देश बिकास असम्भव छ। तर किन हामीले यो समस्यालाई हलुका संग लिएको होला? लोडसेडिङको न पर्याप्त बिरोध भएको देख्छु, न त यसको समाधानको लागि पर्याप्त कोशिस नै। किन जे छ ठिक छ जस्तो गरेर चुप बसेका हामी नेपाली? महसुस नभएको हो त बिजुलीको महत्व? संसार कहाँ पुगिसक्यो, हाम्रो ढुंगे युग कहिले अन्त्य हुने हो।
    कति बिजुली चाहिन्छ हामीलाई? यसमा चाहिं म केहि भन्न सक्छु। Run of River Type Generation Plant बाट उत्पादन गर्ने हो भने कम्तिमा ४००० मेगावाट अहिले तत्कालको आवश्यकता हो। उत्पादन गरेर मात्र हुँदैन, देशभर प्रसारण गर्न प्रसारण लाईन पनि त्यहि अनुपातमा बनाउनु पर्छ। साथै दीर्घकालीन योजना पनि हुन पर्‍यो। ४००० मेगावाट (Peak Generation) ले सँधै लाई पुग्दैन, कम्तिमा १०,००० मेगावाट पुर्‍याउने योजना हुन जरुरी छ। त्यसपछि अरु उत्पादन गर्न सके , भारतलाई अलि अलि बेच्न पनि सकिन्छ। अहिले हाम्रो उत्पादन मुश्किलले ८०० मेगावाट छ, भारत बाट १०० मे वा जति आयात भैराछ, त्यो 800 MW मा हिउँद र सुख्खा (माघ देखि जेठ सम्म)मा ३३% मात्र उत्पादन हुन्छ, करिब २७० मे वा जति। नेपालमा माग चाहिं १००० मे वा जति को छ। अनि कहाँ पुग्छ? त्यसैले मैले तत्काल ४००० मे वा उत्पादन जरुरी छ भनेको, त्यति भयो भने हिउँदमा १३०० जति उत्पादन हुन्छ, लोडसेडिङ गर्न पर्दैन। बर्षामा अलि बढी हुन सक्छ, Flexible Tariff राखेर हिऊँद र बर्षाको उत्पादन र खपत मिलाउनु पर्छ। यस्तोमा Run off River भन्दा Storage Type बढी उपयोगी हुन्छ, कुलेखानी जस्तो तर ठूलो स्केलमा। बर्षामा पानी जम्मा गर्‍यो, हिउँदमा उत्पादन गर्‍यो।
    जे होस, नेपालमा हामी सबैलाई चाँडै बुद्दि आओस, लोडसेडिङ हटोस। तर उमेश जीले पनि यस बिषयमा बेला बेलामा कलम चलाउनुहुनेछ भन्ने अपेक्षा गरेको छु।

    • Sorry to have posted my comment in English because I am in a bit of rush and it takes a while to type correctly in Nepalese. The issue you have raised makes an absolute sense. Exactly, neither any convincing effort has been placed towards finding a sustainable solution to the load shedding problem nor the problem appears much in the press. Instead of raising voice on political problems (such as constitution drafting, democratic models, etc.) that in a way do not directly affect people’s living, we should fiercely criticize these kinds of issues that have halted our country’s progress. As I have mentioned below in one of my comments, some sector of the media is systematically deluding people to hide the failure of Nepalese politics! They must have amassed a fortune out of it.

      • Thank you Biswas ji for endorsing my view. I hope that the rest of the country/countrymen realize the gravity of this horrible problem soon. Instead of haggling over petty issues, people should be concerned about the real problem. As long as there is 14 hours + of daily power cuts, no constitution in the world can change anything in this country.

  7. हरेक हिउँदमा यही कुरा सुन्न पाइन्छ। कोही डिजेल प्लान्ट बनाउने भन्छन् अनि कोही कोइलाबाट चल्ने थर्मल प्लान्ट को कुरा गर्छन्। अनि कोही कोही त २५-३० करोड खर्च गरेर सिंह दरबारमा मात्र भएपनि सोलार जोडेर बत्ती बाल्न कम्मर कसेका हुन्छन्।

    तल एकजनाले राजाको शासनकालमा यस्तो हुँदैन थियो भनेर कमेन्ट हानेकोपनि पढें। तर हिजो कुर्सीमा झुन्डेकाहरुले नेपालको विद्युत खपत बर्षेनि १० प्रतिशतले बढिरहेको छ भनेर बिर्सेका पनि त थिए नि। आजभन्दा पाँचबर्ष अघिमात्र नेताहरुले यसलाई गम्भिरतापुर्वक लिएकोभए आज यस्तो हालत देख्नुपर्दैन थियो होला। २००१ साल देखि कै तथ्याङ्क हेर्ने हो भने नेपालमा कतिवटा हाइडेलहरु थपिए त? मागको बृद्धि अनुसार आपूर्ति बृद्धि भएको छ कि छैन, त्योपनि बुझ्नुपर्‍यो नि। हिजोका नेताहरुको अदुरदर्शिताले गर्दा आज दुख: पाइएको छ।

    आहिले डिजेलप्लान्ट र थर्मलप्लान्ट को कुरा गर्नु भनेको क्षणिक राहतको निम्ति जनता भुलाउने बाटो मात्र हो। भोलि डिजेल किन्न नसक्ला रे, कोइला किन्न नसक्ला रे, अनि मुल्य बृद्धिको आर्थिक भार उठाउन नसक्ला रे, त्यसपछि त जस्ताको त्यस्तै भइहाल्यो नि। नेपाल मै रहेको स्रोतको उपयोग गर्नुपर्छ। हो अलि समय लाग्ला, अलि खर्च लाग्ला, तर भोलिको पिढीले त बत्ति बलेको देख्न पाउँछ। मनमा सन्तोष त्यतिमात्र हो।

  8. salokya जी तपाइको पोजेटीव दृस्टी मलाई राम्रो लाग्यो !
    तर तपाई जस्ता धेरै युवा हरु मिलेर creative काम पनि गर्न सक्नुहुन्छ भन्ने
    मलाई विश्वास छ !जस्तै सोर्य बिदुतीय प्रणाली बाट धरै फाइदा लिन सकिन्छ !
    नेपालमा बिदुत प्रादिकरण भन्दा ,सोर्य बिदुतीय प्रणाली नै दिर्गकालिन समस्याको
    समाधान हो र ,गर्न सकिन्छ जस्तो मलाई लाग्छ !
    सबैले मिलेर गर्ने हो भने ,के सम्भब छैनर ?
    एउटाले थुके सुक्छ !सबैले थुके नदिनै बग्छ !भने जस्तै !!!
    बिस्वमा विकासले बिनास निम्त्याई सकेको छ !
    विद्वान हरु भन्ने गर्छन ,बिस्वमा अब पानीको लागि युद्द हुन्छ !
    यस्तोमा हामी किन् समाधान तिर खोजि नलाग्ने ???
    हामी सधै नेताले गरिदेओस ,अनि सरकारले गरिदेओस भनेर आफु केहि गर्न
    नसक्ने बेसहारा बनि बाटो हेरेर बस्छौ!के साचै हामी केहि गर्न सक्दैनौ ?
    के साचै हाम्रो केहि अधिकार छैन ?
    के साचै हाम्रो कर्तब्य केहि गर्नु हैन ?
    के देसको बिकासमा हामीले पनि सकेको गर्नु पर्दैन ?
    यदी हामीले प्रोजेक्ट लिएर सकारमा गयो भने कसले हुन्न भन्न सक्छ !
    सधै अर्काको भरमा खान खोज्ने हामी?भएन भने बिरोद गर्ने ,यो छैन त्यो छैन !
    यसरी कसरि हामी र हाम्रो कहिले विकास हुन्छ ?
    धरै लाई धेरै कुरा थाहा छ !तर धेरै कुरा हामी गर्धैनौ !
    खैर यो मेरो विचार मात्र हो तपाई लाई कस्तो लाग्छ ?

  9. मेरो व्यक्तिगत भोगाइ- १८ घन्टे load shedding को मार् खपेर बेलायत जाँदा सामुने tv हेरिराचु, ” mobile को battery charge गर्न पर्ने बिद्युत छ छैन ” भनेर दिमाग यति अभ्यस्त भा रैछ कि के भन्नु र ! विदेश बसेको महिनौ भएपनि अहिले पनि पानिको धारा सानो खोल्छु, पेट्रोल पम्पमा सजिलै पेट्रोल पाउदा पनि एक किसिमको चैन मिल्छ/ दिमागमा कस्तो प्रभाव पार्या रैछ कि/

    मेरो बिचारमा यसको समाधान छ / जनताहरु सबै टोल-टोलबाट उठ्नु पर्यो – सरकार, नेता भनौदाहरुलाइ कठालोमा समातेर भन्न सक्नु पर्यो – load shedding घटाउन तुरुन्त पहल गर / हाम्रो देशमा त् कस्तो छ भने – loadshedding छ, जनताहरु निरिह भएर आ-आफ्नो जोहो गर्न थाल्छन / हुनेले लाखौको जेनेरेटर किन्छन, कसैले charger किन्छन, नसक्ने कुपीको अध्यारामा बस्छन / पेट्रोलको अभाब हुन्छ है मात्र सुनिनु पर्छ – १२ कोष को line हुन्छ पेट्रोल पम्पमा / नेपाली जनताहरुले आफ्नो अधिकार के हो भन्ने थाहा नपाए सम्म र अधिकारको लागि तातो न छारोको टपर-टुइया नेताहरुको भर पर्ने बानि नहटाए सम्म तपाई हाम्रो नियति अभाव, गुनाशो, frustration र त्यहिँ लामो line मै बित्ने वाला छ /

  10. आपूर्ति कम र माग बढी- त एउटा पक्ष भै हाल्यो,
    तर अर्को चोरी/चुहावट/गिरोहको कुरो पनि हल्लामा छ! के हो?
    यदि त्यसो हो भने बिज्ञ पाठकहरुद्वारा जानकारी पाऊं है त, कृपया!

    अर्को कुरा उत्पादन थप्नु पर्यो- ठूला सकिन्न भने साना साना नदि/ खोलाहरुमा बिजुली निकालेर मेन ग्रिडलाई पर्ने चाप कम गर्न सकिन्छ! कसैले खोला झोलामा हालेर राखेको
    छ भने परमिट लिएको २ बर्षसम्म पनि काम शुरु नगरे परमिट स्वतः खारेज हुने
    प्राबधान बनाउनु पर्यो!

    एक लाख सिपाहीहरु र कति हजार माओबाद योद्धाहरु क्यान्तोंमेंटमा जुम्रा मारेर बसेका छन्
    तिनलाई प्राविधिक तालिम (ओवरसिअर जस्तो) दिएर सर्भे गर्न, टंकी बनाउन, कुलो खन्न, पाइप गाड्न, तार तान्न पठाए हुदैन?

  11. “केहि उपायहरु”
    हो अब लोड सेदिंग हाम्रो भोग्ने पर्ने दुख बने/ यो समस्या भित्र बास्तविक कारण हरु पनि छ र बाकि बचेको नदीहरु कोशी गण्डकी महाकाली जस्तै बेच्ने षड्यन्त्र पनि/ भन्नुको अर्थ लोड सेदिंग राजनैतिक समस्या र नेताहरुको कुत्सित चाहनाले पनि जन्माएको हो/ हाल हामि जनता सिट जसरि राजनैतिक समस्याको समाधान छैन तेसरी नै लोद सेदिन्ग्को पनि/ तर के त् यतिकै हामि दुख पायर बस्ने?

    हामीले गर्न सक्ने सानो तिनो उपायहरु अपनाय केहि राहत पाउन सकिन्छ/

    ०१. सानो उपकरण र सानो ब्याट्री चार्ज गर्ने उपाय: सानो तिनो ब्यतरी बात चल्ने सेल फोन र केहि घण्टा बालिने सानो बती हरुको ब्याट्री दुई किसिमले सजिलै सिट चार्ज गर्न सकिन्छ/

    साईकलमा उहिले प्रयोग गरिने दाएनामोमा एउटा ५ रुपैया पनि नपर्ने रेक्तिफायर जोडेमा त्यस बात निक्लिने बिद्य्युत “य सी” बात “दि सी” हुन् जान्छ/ तेस्बात सानो ब्यतरीहरु चार्ज गर्न सकिन्छ/ बिहान साईकल बात घुम्न जानु को सट्टा स्तायंद माथि उठायर साईकल को पांग्रा घुमाउन्दै गर्नुस त्यसको दईनामो बात रेक्तिफायर हुँदै निक्लेको दि सी करेन्ट बात आफ्नो ब्याट्री चार्ज बा उपयुक्त कन्भर्टर राखेर सेल फोन चार्ज गर्दै गर्नुस/ साधारण तया साएकल को दाईनामो ६ भोल्ट र १२ भोल्टको हुन्छ/ सेल फोन हरुको चार्जर ५ भोल्ट को हुन्छ/ १२ भोल्ट को दाईनामो छ भने कन्भर्टर प्रयोग गर्नुस बा ६ भोल्ट को दाईनामो/

    २. घरमा २२० भोल्ट को इन्भरतरमा प्रयोग गरिने ठुला ब्यतरी चार्ज गर्ने तरिका: मैले एस्तो ब्यतरी हरु चार्ज गर्न सकिने सोलार प्लेटको उपपकरण हरु धेरै देखेको छुन/ तेस्तो उपकरणहरु धेरै महँगो पनि छैन र चाहेमा आफ्नै घरमा पनि बनाउन सकिन्छ/ इन्भरतरहरुमा पनि मोटर मा प्रयोग गरिने १२ भोल्ट कै ब्याट्री प्रयोग गरिन्छ/ १२ भोल्ट को सोलार चार्जर खासा बजारमा पनि पाईन्छ नै र हाम्रो घरमा पनि बनाउन सकिन्छ नै/ १४ घण्टा लोड सेदिंग हुने समय त् दिन मै हो त् तेस्तो बती नआएको दिनमा सोलार चार्जर बात इन्भर तारमा प्रयोग हुने ब्याट्री चार्ज गर्नुस/

    सकेमा लिथियेम ब्याट्री प्रयोग गर्नुस/ यो ब्याट्रीहरु छिटो चार्ज हुन्छ र अरु ब्याट्री भन्दा लामो समय सम्म चल्छ र हलुका भएर पनि हामीले अहिले प्रयोग गर्दै गरेको ब्याट्री हरु भन्दा दसौं गुणा शक्तिशाली हुन्छ/ सेल फोन र lap tap aadiko ब्यतरी lithiyam ब्याट्री हो/ laap tap को puraano ब्याट्री हरु nfaalnus/ tyo भित्र 8 ba 10 wataa 4 भोल्ट को lithium battarai हरु hunchhan/ sabai yakai patak kharaaw hundainan/ kharaw faalnus र sahi भएको batuler १२ भोल्टको ब्यतरी kunai battaa भित्र banaaunus/ tyo ब्यतरी बात 4/६ घण्टा aaraam सानो १२ भोल्टको bulb हरु majjaale baaln सकिन्छ/

    • मदन जी !
      धेरै धन्यबाद अत्यन्तै राम्रो कमेन्ट लेख्नु भयो .
      बरु अल्ली शुद्द भईदिएको भए सुनमा सुगन्ध हुने थियो .
      ( सरि है मेरो पनि कमेन्ट शुद्द त हुदैन – झन् कैले कहिँ त म जानी जानी पनि
      झ्याउ लागेर अशुद्द नै टाइप हुदा पनि पोस्ट कमेन्ट पोस्ट गर्दिन्छु कुरा मा कुरा
      मात्रै भ को जस्तो भयो भने , तर तपाइको यो कमेन्ट चै कुरामा कुरा होइन एकदम उपयोगी हुन सक्छ यदि अलिकति पनि प्राबिधिक कुरामा चासो / जानकारी
      राख्नेहरुको लागि )
      फेरी पनि धन्यबाद यसरि सक्दो प्रयास गरी जानकारी मूलक कमेन्ट लेख्नु भ को मा .

      • लुनाजी
        मैले कहिले पनि नेपाली चाहेर पनि सुद्ध लेख्न सकेको छैन/ महिनौ ठुला मानिएका कबि साहित्यकार हरु कहाँ ट्युसन पनि पढ्न गए/ तर कुरा उही मुस्किलले पास मार्क ल्यायर परिछ्याहरु उतिर्ण हुन् सके/
        अब लोड सेदिग कै कुरा/ तल महेशजीले राम्रै कुरा लेख्नु भयो तर तेती रकम पनि गाउँ घरको मानिस हरुले खर्च गर्न सक्दैनन्/ यसै कारण सस्तोमा सानो ६ बा १२ भोल्ट को साईकल बा मोटरमा प्रयोग हुने बल्वहरु दिनको आठ दस घण्टा बाल्न सके पनि गरिब को घरको बच्चाहरुले पढ्न त् पाउँछ/ यति गर्न ६००० ७००० जाने मोटरको नया ब्याट्री नै चाहिन्छ भन्ने छैन/ प्रयोग भई सकेको ब्याट्री मा मात्रा मिलायर गन्धक को तेजाव र पानि मिलायर राखेमा घरको काम आउने हुन्छ/ ब्यतरी हरु चार्ज गर्न महँगो उपकरण हरु पनि चाहिंदैन/ मैले माथि भने जस्तो साईकालमा प्रयोग हुने दईनामो बात पनि चार्ज गर्न सकिन्छ र सस्तो सोलार चार्जर हरु बात पनि सकिन्छ/ हावा चल्ने गाउँ घरमा हावा बात पनि सानो ठुलो दईनामो बात करेन्ट निकालेर तेस्लाई या सी बात दिस मा कन्भर्ट गरेर ठुलै ब्याट्री हरु यकि चोटी धेरै वटा छिटो चार्ज गर्न पनि सकिन्छ/ खर्च धेरै लाग्दैन तर अलि कति मेहनत र समय खर्चिनु पर्ने मात्रै हुन्छ/

    • There are ways to cope this problem. We just need to be positive. This problem can only be solved after 5-10 years if we start one large project at moment. I agree with Madanji idea of using solar panel. I spend around 4 months at an altitude of 5000 m in Nepal two years ago and I needed energy to recharge my laptop, my cameras and about 52 ‘D’ sized rechargeable batteries daily. I just went to one of the solar panel providers and consulted with them. They said with 1 12 V battery and 21Amp panel its possible but to be on safe side I took two 12 V batteries and two 21 Amp solar panel and with one inverter. I fixed it in one suitcase and I had smooth energy for whole 4 months. Once I completed my work there, I came back to my home and used it for home. At moment it is giving light for 4 room for about 4-6 hours. The total cost was 18,000 NRS. So, if you already have 12 V battery you just need to buy one solar panel and it might cost less than 3000. The panel is guranteed for 21 years. So, if you can afford this might be good option.

    • मदनजी,

      दिनको १४ घण्टा लोड शेडिंग सुन्दा सारै दुख लाग्छ तर के गर्ने हाम्रो देशको नियति यस्तै हो. अरु देशले बिकासको फड्को मारेर कहाँ पुगिसके. हाम्रो देश मा विद्युत्मा लगानी गर्ने लगानीकर्ता को कमि छैन तर के गर्ने देशको राजनैतिक हालत र लगानी र जिउ धनको सुरक्षा को ग्यारेन्टी नभए सम्म कोहि पनि सिरिअस लगानीकर्ता आउन गाह्रो पर्छ. र अर्को कुरा अर्बौको लगानी गरे पनि बारै महिना मार्केट चल्दैन. यहि संक्रमण काल लागे पछी यौटा ग्रुप ले विद्युत्मा लगानी गर्न उत्साह देखेको थियो तर सुरक्षा को कारणले पछी हट्यो.

      हिमालयको निरन्तर परिचालनले गर्दा धेरै ठुला परियोजना त सम्भव छैन तर हाम्रो लागि सोलार, वायु, र माइक्रो hydro धेरै राम्रो बिकल्प हो र मेरो कम्पनि को नाउमा १०० MW survey license पनि प्राप्त भएको थियो तर राजनैतिक अस्थिरता ले गर्दा आफ्नो ठुलो लगानी गरे पछी पनि प्रोजेक्ट अगी बढ्न सकेन र मेरो आफ्नो जाय जेथा बेचेर ऋण तिरेर बिदेसिन बाध्य हुनु पर्यो.

      अलिकति शान्ति सुरक्छा फर्क्यो भने फेरी एकपल्ट प्रयास गर्ने विचार छ.

      • यम जी
        दुख लाग्यो तपाईको प्रयास असफल बनाईयेकोमा/ तेस्तै गुनासो अरुको पनि छ/ खै मैले यो कुरामा हाम्रो छिमेकी भारत र त्यो सिट बिकेको नेताहरु नै दोसी देख्छु/ उहिले महाकाली सन्धि हुनु भन्दा पहिला कर्णाली प्रोजेक्ट बनाउन बिस्वो बैंक र जापान ले लगानी गर्न तयार भई सकेको थियो/ अमेरिकाको ईनरोन कम्पनीले ठेक्का पनि पाई सकेको थियो/ तर कर्णाली योजना बनाउने कुरामा पहिलात भारतले आफ्नो प्रभाव प्रयोग गरेर बिदेसी हरुलाई लगानी गर्नमा बाधा गरे/ तर जापान सरकार अघि सरेर त्यो योजना बनाउन नेपाललाई सहायो गर्ने भने पछी भारतले हाम्रा महान नेताहरु बात यो योजना तुहियायेर महाकाली योजना ले खरावौ को फाईदा हुने भनि त्यो महाकाली सन्धि गर्न लगाए/

        कर्णाली आयोजना सफल भएको भए आज लोड सेदिंग को मारमा भोग्नु पर्ने नहुने थियो र कम से कम नेपालको पूर्ण स्वामित्वो भएको एउटा ठुलो आयोजना बन्ने थियो र तेस्को फाईदा बात अर्को ठुलो योजना हरु पनि बन्ने थियो/ सुन्नु नै भयो होला चीनको सबै भन्दा थलो नदि ह्वांग हो नदि पछी ठुलो नदि नेपालको कोशी हो भनेर/ त्यहाँ बात निक्लने बती र पानीमा हाम्रो हक छैन/ तेस्तै गण्डकी सन्धि अन्तर्गत त्रिसुलिको प्रोजेक्ट बात निकालेको बती सिधै भारत पुर्यईन्छ तर प्रोजेक्ट बनेको ठाउँ को जनता ले टुकी बाल्नु पर्छ/

        मित्र यम जी छिमेको खराव हो भन्नु भन्दा हाम्रै नेताहरु “अनेपाली” भएकोले हामि टुकी योगमा फर्कनु परेको हो/ सम्पूर्ण नेपाली आगामी दुई पुस्ता को भबिस्य बिगार्ने ई नेताहरु अझै लुटेर बसेकै छन्/ नेपालले आसेम्बली उद्द्योग चलाए भारतले नेपाली saaman बात nabaneko भनेर भारत chhirn dindain/ तर आज सम्म हामीले नेपाल भित्र प्रयोग गर्दै आएको भारतीय समान हरु सबै भारतले तेस्रो मुलुक को नाम र ब्राण्ड र सामान प्रयोग गरेर बनाएकै बस्तु हरु हुन्/ त्यो हामीले uslaaee bhansaar subidhaa diyar nepalmaa bechn dinu पर्छ/ yasari हामि नेपाल bachaaun sakchh?

        • मदनजी,

          नेपालमा बैकल्पिक उर्जा मेरो बिषय थियो र यहाँ क्यानाडा मा पनि पावर सम्बन्धि पढाई गर्दै छु. नेताहरुले चाहेको खण्डमा नेपालीहरु सबैलाई बिजुली पुर्याउन त्यति सारो गारो छैन. हाम्रा नेताहरुलाई कमिसन चाहिन्छ मैले license लिने बेला कांग्रेसी हरुले GP कोइरालाको मा फाइल खोल्न मात्र ४ करोड चाहिन्छ भने, तर MM अधिकारी को पालामा १ कप चिया पनि नखुवाई license प्राप्त गरेको हुँ. तर शान्ति सुरक्षा को स्थितिले गर्दा धेरै काम गर्न सकिएन.

          • यम जी
            मन मोहनको नाम संगै जी पी को नाम लिनु पनि अपराध हुनेछ/ ई जीपी बिपी र यम पी हरुले जल बिद्युत निकाल्न सक्ने मा बिस्वोमा दोश्रो र सुद्ध पानीको श्रोतमा पाँचौ भएको हाम्रो नेपाललाई अँध्यारो देसमा बस्ने तिर्खाले तड्पिनु पर्ने को देस बने/ कति सराप्ने ईनिहरुलाई?

            यति सानो देस बिकास गर्न के गाह्रो थियो र भने? तर बिहारीको दास बन्नुमा अहो भाग्य ठान्ने ई जीपी बिपी यम पी आदिको के कुरा गर्नु पनि बेकार/ यम जी हाम्रो दुख भन्दा हाम्रो पुस्ताको बिजोग को हेर्नुस त्/ देसको युबा हरु आज बिदेसिनु परेको छ बिहरिहरुले देस टुक्रा गर्न खोज्दै छ/ ईनिहरु अझै देस लुत्त्दै छ/ आज जति नेपाली कङ्गाल हुँदै गएको छ तेतिनै ई हरामिहरु धनि हुँदै छ/ करोड पर्ने प्राडो पाजेरो चाहिने, नपाए लुटेर लग्ने/ जनतालाई चाहे महामारीमा समेत दस रुपैया नपर्ने जिबन जल छैन/ यसै कारणले त् हो नि जनताले यसपाली संबिधान सभामाको चुनावमा लोप्पा ख्वाएको ईनिहरुलाई/ तर लाज भए पो/

  12. जय लोड लोडसेडिङ भन्न मन लाग्छ किन कि मजाले सुत्न पा छ ,परिवार संग दुख शुख का कुरा गर्न पा छ के गर्ने यहि भनेर मन लाइ शान्त बनाउनु छ अन्तिम फेरी पनि जय लोड लोडसेडिङ

  13. बरु यता दमकतिर चै अलि कमै बत्ति जान्छ हौ / वास्तवमा बस्न चै उपत्यका बाहिरै आनन्द छ तर अलि गर्मि नबढेसम्म / पानीपनि छेलोखेलो छ, धुवा धुलोपनि छैन, जाम पनि छैन / किच्चर्मुखे नेताहरु बाहेक अरु सप्पै कुराहरु पाइहालिन्छ / आहा !! बरु साथि हो, छाड्ने हो की उपत्यका ??

  14. देश राम्रो ट्रयाक मा चल्न शुरु न भएसम्म त खासै बिकाश को के आशा गर्नु खै ,जत्ति बिग्रिसकेका छन् ,साशन मा सुधार वा भनौ राम्रो ट्रयाक मा देश चल्न थाल्यो भने सुध्रीन पनि धेरै बेर लाग्दैन /समय गतिवान छ नराम्रो पछी राम्रो त आवस्य पनि आउँ छ /नेपाली हुनु मा लज्जित हुनु पर्दैन /सके सम्म राम्रा काम गर्न आफै पनि लग्नु पर्छ/नभए केहि समय धैर्य भएर कुर्नु चाही पर्छ /

  15. अरे अमर भैया,
    तु मर्दवा कहथाई तुहार घरावामे कौनो बिजली नाही, कम्पुटरवा नाही फिर कैसन लिखेला होउ यी हमार माइ संसारमे ढोलाक बजाके हमानके लागथई तु मर्द्वा बहुत चलाक बा बिडी जलैके नाटक कराथाई हो मर्दे l

  16. “What is a soul? It’s like electricity – we don’t really know what it is, but it’s a force that can light a room”….The point is Nepalese politicians don’t have the soul, that is the reason why Nepal is dark 18 hours a day!!

  17. खोइ के भन्ने सालोक्य जी …. सोच्दा सोच्दा दिमाग नै पागल हुन लाग्यो भन्या !!! हेलिकोप्टर चढेर नेता गाउ जान्छन , हामी लाई भने एउटा हिड्ने बाटो समेत छैन . / हुन त नेता लाई के गालि गर्नु !!! हामी नेपाली को कर्मै लाई दोष दिनु पर्यो . / तर पनि गाइड लाई अगी लाएर हिडे पछी गन्तब्य मा पुराउलान्त भन्ने त हुदो रैछ , के गर्नु ??

  18. पोहोर हैन मित्र परार हो १८ घण्टा line गयको

  19. राजा ‘ पालां ( राजाले मुलुक हाक्दातिर ) तिर त यो बिधि भा थे न नि लोद्सेदिंग !
    कि राजा ‘ पाला तिर हाम्रो मुलुकमा थोरै थियो उधोग धन्दा / कलकारखाना आदि
    इत्यादि ??? अनि ऐले चै खुब धेरै उधोग धन्दा / कलकारखाना भा ‘ भ र हो बिधुत सप्लाई नपुगेर लोद्सेदिंग भा ??? यो भनू भने त्यो पनि होइन सत्य कुरा चै . बरु ऐले मान्छेहरुले पैसा भयो कि तिन्ग्रिंगको घर मात्रै ठड्याउन जान्या छन् ! उधोग धन्दा मा लगानी गर्न अघि सर्दैनन मान्छेहरु सुरक्ष्या महशुस गर्न नसकी — राजा ‘ पाला मान्छे थोरै थे नि त ऐले चै धेरै भयो नि त मान्छेको संख्या भनू भने पनि झन् त्यो बेला ( राजा ‘ पालां ) भन्दा यो बेला पो मान्छेहरु धमाधम विदेश पुग्या छन् पसिना चुहाउन . उ बेला अम्रिका सम्रिका भनेको पढ्नलाई जाने भन्ने थियो भने ऐले त अरब – अम्रिका – एशियाका अन्य मूलुक जताततै नेपालीहरु ‘कामदार’ को रुपमा भेटिन्छ . काथ्मान्दौको पररास्ट्र अगाडी त का बाट का सम्मन लाइन लाग्या हुन्छ मान्छेहरुको विदेश जानलाई पासपोर्ट बनाउन !
    भने सी ऐले मान्छेहरु बढेर बिधुत पुर्याउन नसक्या भन्न पनि मिलेन !
    त्यसो हो भने के भ र यस्तो भा त नेपालाँ ??? राजां पालां कसरि आजको जसरि
    लोद्सेदिंग भएन ??? त्यो कुरा पत्ता लगाउन पाए समस्याको समाधान गर्न मद्घत पुग्थियो कि भन्ने हाम्लाई लाई’ रा छ —

    • लुना जी ले उठाउनु भएको प्रश्न ‘राजाका पालामा किन लोडसेदिंग कम?’ को ठोस् उत्तर दिन त सक्दिन तर पनि मेरो बिचारमा चाहि बिद्युत प्रयोग बढी भएर नै हो जस्तो लाग्छ | आज भन्दा १० बर्ष अगाडी हप्ताको २ दिन (प्रत्येक पटक २ घन्टाको दरले) बत्ति जान्थ्यो | त्यो बेला मैले व्यक्तिगत रूपमा प्रत्यक्ष महसुस गरेको के हो भने कम्प्युटर, टिभी लगायतका सामान हरु प्रयोग गर्नेहरु थोरै नै हुन्थे | मैले मात्र होइन मेरा चिनजानका समकक्षी साथीहरुले पनि त्यो बेला प्रयोग गर्ने बिजुली भनेको बत्ति बाल्न र एफएम रेडियो बजाउन हुन्थ्यो भने टिभी हेर्न घरबेटीकोमा हुल बाधेर गईन्थ्यो | तर आज प्रस्ट देख्न सकिन्छ – ‘क्यान इन्फोटेक’मा मात्रै कति ल्यापटप, कम्पुटर बिक्रि हुन्छन | टेलिभिजन हरु कति बिक्रि भैरहेका छन | राइसकुकर लगायत का किचेनका सामान हरु कति परिवारहरुले प्रयोग गर्छन | दारी काट्ने मेसिन, कपाल सुकाउने ड्रायर, इलेक्ट्रिक म्याट्रेस जस्ता सानातिना बस्तुदेखी वाशिंग मेसिन, भ्याकुम क्लिनर, रेफ्रिगेरेटर जस्ता ठुला घरायसी सामान हरु सबैलाइ बत्ति चाहिन्छ | र अझ अहिले यी समान हरु धेरैको पहुचमा पनि पुगिसकेका छन् | एउटा सामान्य उधाहरण हेरौ न – नेपाल मा अहिले लाखौ ले मोबाइल चलाउछन | ती सबैले एकै पटक ब्याट्री चार्ज गरे भने मात्र पनि कति बिजुली चाहिएला ? १० बर्ष अघि र अहिलेमा घरायसी सामानमा मात्रै कम्तिमा पनि १० गुणा बढी बत्ति खपत हुन्छ होला, उद्योग हरुमा पनि विभिन्न नया इलेक्ट्रिक मेसिन हरुको वृद्धि भैरहेकै छ | बत्ति नपुगेका गाउ हरुमा पनि केहि हद सम्म बत्तिको लाइन बिस्तार गर्ने काम पनि भैरहेको छ | तर उत्पादन चाहि १० बर्ष पहिले र अहिले खासै बढेको छैन |
      मेरो बिचारमा त यस्तै नै होला सायद लोड सेदिंग बढेको कारण | राजाको समयमा लोड सेदिंग हुदैन थियो भन्नु चाहि राजालाई अनाबस्यक महत्व दिन खोजेको मात्रै हो कि !

      • क्रान्ति जी ! तपाइको कुरालाई गलत भन्दिन म किन भने तपाइले गलत भन्नु
        भा ‘ कै छैन .
        मैले माथि त्यस्तो कमेन्ट लेख्नुको कारण चै सन्सार भर ब्राजिल कुन देश पछिको
        बिस्वमा दोस्रो धनि रास्ट्र ( अपार जल भण्डार भएको देश ) नेपालको यो गति आज
        आएर १४ घण्टा लोद्सेदिंग भएको छ , केहि हप्ता भित्रमा १८ घण्टा हुने छ र हाम्रा नेताहरुले उदघोस पनि गरी सके अर्को बर्ष त २१ घण्टा पुग्छ रे ! ( नागरिक न्युज मा पढेको आज मैले )
        अनि मलाइ झोक चल्यो ! मेरो पालो जे मनमा आयो त्यै कमेन्ट लेख्दे .

        • बहुलाउन भएन के कोही पनि/ छिनमै के बादी भाको छ छिनमै राजाबादी भाको छ/ आफ्नो व्यक्तिगत सोँच बिचारमै नियन्त्रण नभएकाहरुले बरु आफ्नै बारेमा सोचेर केही समय बिताउनु राम्रो हो/ समस्याको कारक चिन्न र समाधान पहिल्याउन सबै भन्दा पहिले त त्यो “बाद” भन्ने चस्मा उतारेर हेर्नु आबश्यक छ/ हामी जब सम्म लुनाले जस्तै छिन छिनमै छेपारे पारामा रंग फेरेर यो “बाद” र त्यो “बाद” भन्दै कहिले यो “बादी” त कहिले त्यो “बादी” को पछी कुद्छौँ तब सम्म बदमासहरु बादशाह बनिरहने छन्/ नेपालीमा “दही चिउरे” , “दुई जिब्रे” , “ताक परे तिवारी नत्र गोतामे” यस्तै यस्तै भन्छन क्यारे/

          • राज जी !
            जे पायो त्यै ??? 🙁
            मैले कैले म यो बादी र त्यो बादी भने र ?!
            राम्रो लाग्या कुरा राम्रो नराम्रो लाग्या कुरा नराम्रो सिधै भन्दा कत्ति बाङ्गो बाङ्गो
            बुझछन मान्छे !!!
            यो बादी त्यो बादीले क्यै नाप्दैना !!! मान्छे इमान्दारबादी हुनु पर्यो ! ब्यबहारबादी
            हुनु पर्यो !
            पार्टी सार्टी घास खा! जुन नेता असल – इमान्दार ब्यबहारिक उसको सपोर्ट गर्ने .
            पार्टीले हाम्लाई के दिन्छ ??? र यो बादी त्यो बादी हुनु पर्यो !!! दे पनि हुनु हुदैन यदि हामि आफैमा इम्मान्दार छ भने . के हामी पार्टीको पुच्छर / नोक्कर / जोक्कर / हो ??? के को !!! कस्तो रिस उठौनी कुरा भन्या !
            सरि बट —

            • हो लुना जी, तपाईलाई मैले धेरै पहिले देखि सम्झाउन खोजेको कुरा ठ्याक्कै यही हो- “जुन नेता असल – इमान्दार ब्यबहारिक उसको सपोर्ट गर्ने .
              पार्टीले हाम्लाई के दिन्छ ??? र यो बादी त्यो बादी हुनु पर्यो !!! दे पनि हुनु हुदैन यदि हामि आफैमा इम्मान्दार छ भने . के हामी पार्टीको पुच्छर / नोक्कर / जोक्कर / हो ???” / तर तपाईं दशैं को लिंगे पिंग जस्तै वारीपारी धेरै गर्नु हुन्छ/ उदाहरणको लागि केही समय अघि -तिमी यस्तो भएर आऊ पारस; उस्तो भएर आऊ पारस; हामी राजा मान्न तयार छौँ -भन्ने भावको चिठी कमेन्ट पनि ठोक्नु भएकै थियो क्यारे/ अहिले चाहिं राजाको पालामा यस्तो उस्तो रे/ अनि अझ अगाडी सम्झने हो भने अर्कै बादीको त्यसरीनै गीत गाउनु हुन्थ्यो क्यारे/ त्यतिबेला पनि मैले अरिंगाल नामबाट तपाईलाई व्यक्तिगत रुपमै आलोचना गर्थें/
              आउनुस यो कित्ता त्यो कित्ता नगरी नेपाली कित्तामा अटल भएर बसौं/ जबसम्म नेपाली कित्तामा अटल भएर बस्नेहरुको जमात वारी भित्ता पारी भित्ता गर्ने पेन्डुलम र अन्धभक्तहरुको जमात भन्दा ठुलो हुदैन तब सम्म देशले लोड शेडिंग मात्र होइन लाइफ शेडिंग नै भोगिरहने छ/

              • राज जी !
                मान्छेलाई बिगार्ने गित पो गाउनु हुदैन ‘सपार्ने’ गित त गाउनु पर्छ नि
                होइन र ? —– अनि कहिले काही गालि गरेर माया पनि गर्नु पर्छ —
                राजाबादी – काग्रेस – एमाले – माबोबादी आदि इत्यादि सबै नेपालि नै
                हुन् — राम्रो गर्न गर्दा / राम्रो गर्न खोज्दा फुर्काउनु जान्नु पर्छ ता कि
                साच्ची कै राम्रो गरिदिउन , नराम्रो गर्न गर्दा / नराम्रो गर्न खोज्दा
                घुर्क्याउनु पर्छ – गालि गर्नु पर्छ ता कि ति तर्सिउन – सचेत होउन — हामि ज
                जनताले सोच्ने यहि त हो नि . म नेता होइन राज जी मेरो गोरुको बार्है
                टक्का गर्ने !
                ( आफू कुनै बादी नभएकोले फक्कामा आरोप खादा मन दुख्ने रैछ —
                तपाइको र मेरो कुरा मिल्यो , अब मलाइ यो बादी त्यो बादी नभन्नुस
                है !

            • भनेको त त्यही हो नी तर के गर्ने तपाईंबाटै पारसको नाममा तिमी यस्तो बनेर आऊ उस्तो बनेर आऊ हामी राजा मान्न तयार छौं भन्ने भावको चिठ्ठी कमेन्ट पनि आउछ र पो त/

        • लुनाजी, तपाईंको माथिको कुरा एकदमै ठिक हो| मलाई ठ्याक्कै त थाहा भएन, तर नेपालमा बिजुली प्रयोग हुन थालेको धेरै वर्ष भै सक्यो, कम्तिमा पनि ३५| तत्कालिन समयमा (तपाईं राजाको पालामा भन्नुस या अरु केहि!) पनि बिजुलीको माग क्रमै संग बढेकै थियो होला| बिद्युत सेवा विस्तार भएकै थियो होला| हाल आएर मान्छेको घरायसी विद्युतीय सामानहरुमा पहुँच overnight बढेको त पक्कै होइन होला| त्यसैले राजाको सासनलाई महत्व दिने या नदिने भन्दा पनि हालको सासन शैलीलाई दोष चाहिँ अवस्य नै जान्छ| जलश्रोतको त्यत्रो धनि देश जहाँ बिजुली उत्पादनको प्रचुर सम्भावना छ, त्यहाँ समय अनुसारको बिद्युतको माग पुरा गर्न नयाँ परियोजना नलेराइएकै हो भन्दा कसैको पनि बिमति हुँदैन होला|

          पहिला राजनीति खिचातानी ज्यादै कम थियो, मुलुकमा स्थिरता थियो| त्यसैले कुनै पनि योजना भित्र्याउन र कार्योनएन गर्न सजिलो थियो| त्यसैले तत्कालिन समयमा माग अनुसारको बिद्युत उत्पादनमा वृद्धि गर्न सकिएको थियो र लोड सेडिंग खेप्नु परेको थिएन| माओबादी बिद्रोह सुरु हुनु भन्दा अगाडिको कुरा हो, एमालेले World Bank लाई पत्राचार गरेर Arun III को प्रोजेक्ट स्थगित गरिदियो| त्यसपछि त झन् माओबादी बिद्रोह र कुर्सीका खेल मात्र हुन थाले, जुन अहिले पनि जारी छ| यो बाहिरको मान्छेलाई भन्नै पनि लाज हुने १४-१८ घन्टाको लोड सेडिंग यहि जनताप्रति गैरजिम्मेवार राजनीतिको परिणाम हो| त्यसैले क्रान्तिजीले उठाउनु भएको कुरा सत्य अवस्य हो, तर आधा मात्र!

    • तिम्रो जस्तो छोटो जे कुरालाई पनि राजा जोडेर हेर्ने बुद्धिले कारण पत्ता लाउन सक्दैन । कारण हिमालमा छापिएको केदार शर्माको यो लेख पढ्नू अलि बुझ्लाउ कि

      खुच्चिङ !
      आधा दिन (वा चौधै घण्टा सही) बिजुली आउँदैन भनेर हामी शहरवासीहरू होहल्ला गरिरहेका छौँ। तर अहिले पनि लाखौँ-लाख नेपाली, खासगरी दुर्गम गाउँका बासिन्दालाई बहुचर्चित लोड शेडिङ ले कतैबाट पनि छोएको छैन।

      तर उनीहरू लोड शेडिङबाट अप्रभावित रहेको बिजुली भएर वा पाएर होइन। धेरै नेपालीका घरमा कहिल्यै पनि बिजुलीबत्ती बलेकै छैन। कहिल्यै हुँदै नभएको कुरा के काटिनु! के जोडिनु!

      बिजुली मात्र होइन, गाउँसँग अरू धेरै कुरा पनि छैनन्। गाउँले जुन कुरा कृपाका रूपमा पाउँछ, त्यही कुरा शहरले अधिकारका रूपमा स्वतः लिन्छ। गाउँमा स्कूल, खानेपानी, बाटो, बिजुली जे पनि धेरै प्रयत्न र पसिना बगाएर मात्र प्राप्त हुन्छन्। बाटो खन्नु त गाउँको संस्कृति नै भएको छ। त्यहाँ खानेपानीको योजना अरू कसैले दिइहाले पनि श्रम वा अन्य रूपमा निश्चित प्रतिशत जनसहभागिता हुनै पर्छ। गाउँमा बिजुली आउने भयो भने खम्बा बोक्न र तार तान्न उपभोक्ताहरू नै जानुपर्छ। शहरमा श्रमदान भन्ने शब्द त उच्चारण गर्न पनि डराउनुपर्छ किनभने यहाँ खानेपानीको नलदेखि नदीमा आची पठाउने ढल समेत राज्य ले बनाइदिने बानी लागेको छ।

      शहर र गाउँका बीचका यस्ता विभेदहरू सबैलाई थाहा छ, तर अरू पक्का गर्न मनलागे शहर र गाउँका ८-१० वर्ष उमेर समूहका ५-६ जना बालबालिकालाई श्रमदान भन्ने शब्दको अर्थ सोधे पुग्छ।

      हामी शहरवासीहरू बिजुलीको नियमित आपूर्ति गर्न नसकेकोमा राज्य भन्ने अमूर्त निकाय वा सरकार भन्ने अप्रभावकारी संस्थालाई गाली गर्छौं वा व्यङ्ग्य गर्छौं। हामी आफूलाई ठूलै बुद्धिजीवी ठान्छौँ तर यो समस्याको दीर्घकालीन समाधानका लागि बुद्धिको होइन, आफ्नो पुगिसरीको मात्र प्रयोग गर्छौं। हामी इन्भर्टर वा जेनेरेटर राखेर घरको अँध्यारो हटाउँछौँ तर अर्थपूर्ण ढङ्गले अन्धकारका कारणहरू पर्गेल्दैनौँ। त्यस्तो पुगीसरी नभए बत्ती नआएर आफ्ना नानीहरूको पढाइमा बाधा पुगेको कुराको गुनासो गरेर बस्छौँ तर कहिल्यै पनि बिजुली नै नपाएका नेपालीहरू अहिले के गर्दै होलान् भनेर सोच्दैनौँ, आफ्ना छोराछोरीलाई पनि त्यसरी सोच्न सिकाउँदैनौँ।

      हामीमध्ये धेरैजना गाउँबाटै आएका छौँ तर शायद गाउँका दृष्टिबाट सोच्न चाहिँ डराउँछौँ। किनभने आफ्ना कतिपय विलासका लागि निर्लज्जतापूर्वक अनुदान समेत उपभोग गर्ने बानी हामीमा पनि परिसकेको छ। गरीब नेपालीको भाग काटेर परल मोलभन्दा कममा उपलब्ध गराइएको एलपी ग्यासको गिजरमा तातेको पानीमा नुहाएर त्यही ग्यासको हिटरमा ज्यान सेकाउने बानी लागेपछि आँखाले धेरै परसम्म देख्न सक्दैनन्।

      गाउँ थोरै भए पनि पाएकोमा मक्ख छ तर शहरलाई जति पाए पनि चित्त बुझदैन। धेरै सुविधा चाहिने र थोरै मात्र पनि असुविधा हुँदा होहल्ला गर्ने शहरलाई पीर परेको देखेर अहिले मेरो गाउँले मनोग्रन्थी बडो सन्तुष्ट भएको छ। म मानिसहरूले टीभी हेर्न नपाएको वा लिफ्ट चढ्न नपाएको वा बिजुलीका भरमा मात्र हुने अरू कुरा गर्न नपाएको देखेर खुच्चिङ भनिरहेको छु। तर यो खुच्चिङ बाहेक यो लोड शेडिङबाट म रमाउनुको अर्को कारण पनि छ, किनभने लोड शेडिङका अनेक मध्ये एउटा कारण चाहिँ राम्रो पनि छ।

      हो, यो मूलतः भ्रष्टाचार, राजनीतिक इच्छाशक्तिको कमी, अतिराष्ट्रवाद, वातावरणीय अतिवाद, मौसम परिवर्तन जस्ता धेरै नराम्रा कुराको सम्मिश्रणबाट जन्मेको समस्या हो। तर यसको अर्को एउटा ठूलो कारण चाहिँ गाउँको बढ्दो अपेक्षा र प्रभाव पनि हो। सोर्स-फोर्स लगाएर होस् वा श्रमदान गरेर, अहिले धेरै गाउँहरूमा बिजुली पुगेका कारण पनि शहरको भाग अलिकति काटिएको हो। एक्लै उपयोग गरिरहेको कुरा बाँडेर चलाउनुपर्ने भएपछि भागमा अलिकति कम त पर्ने नै भयो। पहिलेका तुलनामा धेरै नेपालीले बिजुलीको उपयोग गर्न पाएकाले पनि लोड शेडिङ बढेको हो र यही नै यसको राम्रो पक्ष हो।

      गाउँहरूमा बिजुली पुग्ने क्रम कसैले रोकेर रोकिँदैन र बिजुली उत्पादन गर्ने नयाँ परियोजनाहरू तयार भएनन् भने विद्युत् कटौती वर्षैपिच्छे बढ्छ। त्यसैले विद्युत् कटौती हाम्रो साँच्चैको समस्या हो र त्यसबाट साँच्चै मुक्ति चाहन्छौँ भने हामी क्रियाशील हुनैपर्छ। हामीले यस्ता कुराका लागि सबभन्दा बाधक बनेका राजनीतिक दलहरूलाई परियोजनामा आर्थिक र भौतिक हस्तक्षेप नगर्न स्पष्ट दबाब दिनैपर्छ। अब नेताहरूले जोगाउन खोजे पनि हामीले साना-ठूला बिजुली चोरहरूका बारेमा बोल्न थाल्नैपर्छ। मन्त्री फेरिने बित्तिकै प्राधिकरणका प्रबन्ध निर्देशक किन फेरिन्छन् भनेर हामीले प्रश्न गर्नै पर्छ।

      यो सब नगरे पनि हुन्छ, चुप लागेर बसे पनि हुन्छ। तर अब पनि केही गरेनौँ भने हाम्रो दुर्दशामा फेरि पनि कसैले खुच्चिङ भनिरहेको हुन्छ।

      • कविन्द्र जी !
        जय होस् हजुरको लामो बुद्दी लाइ !

        • लेखलाई होइन कविन्द्र जी ले ‘तिम्रो जस्तो छोटो जे कुरालाई पनि राजा जोडेर हेर्ने बुद्धिले कारण पत्ता लाउन सक्दैन ।’ भन्नु भा भ र तिन्लाई मात्रै भन्या .
          फेरी ह्या केदार शर्मा जी को लेखलाई भन्यो भन्ने बुझिएला भनेर कमेन्ट लेख्दै छु , मैले कविन्द्र जी लाइ मुख फर्का

      • कबिन्द्रजी, तपाईंको अत्यन्त लामो कमेन्ट पढ्न त सकिन मैले तर तपाइंलाई कसले भन्यो सहरमा सबै सरकारले गरिदिन्छ भनेर? हेर्नुस, म काठमाडौँमै जन्मेहुर्केको हुँ| म जन्मे पछी मेरो परिवार काठमाडौँको ३ ठाउंमा बस्यो| ति तीनै ठाउँमा हामी बस्दा बिजुली र बाटा थिएनन| पछी खुले, जसमा सरकारको योगदान अवस्यनै रह्यो तर हामीले physically श्रमदान नगरे पनि ति बिस्तार योजनाहरुको कुल लागतको राम्रै हिस्सा (प्रतिसतमा याद भएन अहिले मलाइ) हामीले घर-घर बाट रकम उठाएर प्रदान गरेका थिएऊँ| तपाईंको जानकारीको लागि|

        • ल, मैले केदार शर्माको लेख पनि पढें| हिमालमा छाप्पिएको भन्ने बितिक्कै पढ्नु पर्ने कुनै जरुरि त थिएन तै पनि सर्र हेर्न मन लाग्यो| कसैको बारेमा कसैले पनि धेरै सोच्दैन, सबैले आ-आफ्नै भलो हेर्ने हो| अरुलाई गर्ने सहयोग र अरुको बारेमा गर्ने चिन्ता भनेको आफुलाई खासै नकारात्मक असर नपर्ने गरि गर्ने हो, संसारमा जहाँ कहीं पनि| समग्र देशको बारेमा सोच्ने, बिकासमा समानता ल्याउने जस्ता काम सरकारको हो (मतलब उसको नेत्रित्वो मा हुनु पर्छ) न कि individual सहरवासी| यहाँ केहि मान्छे संगठितरुपमा लागि परेका छन् (सायद केदार शर्मा जस्ता) देशको political failure को ढाकछोप गर्न र जनताको मनमा भ्रम सिर्जना गर्न| उनीहरुलाई सायद डर होला, मध्यपूर्वको आँधी नेपालसम्म आइपुग्ला भन्ने| फेरी जनता अनुकुल परिवर्तन भयो भने त केदार शर्मा र हिमाल खबरपत्रिका जस्ताको रोजी रोटि खत्तम भै हाल्छ नि|

    • लुना जिको उत्तम विचार मा केहि भन्न मन लग्यो/
      लुना जी दशैं मा त नया लुगा थियो नि १ वर्ष नहुँदै किन पुरानो भएछ सधै किन नया रही रहेन भने जस्तै हो/ पहिला जलबिधुत आयोजना केहि नया थियो कहिले कुन कहिले कुन बिग्रिएर प्रसारण लायिन बन्द गर्नु पर्ने थिएन अहिले त्यो कुरा हरु पुराना बन्दै गए/ बिग्रिएका कुरा हरुको समय मा मर्मत सम्भार भएन/ पानीका मुहान हरु सुक्दै गए/ जनता हरु ले बादी भन्दा बढी बिधुत उपयोग गर्न लागे/ बेट्री बाट बज्ने रेडियो चलाउने हरु ले टेलिभिजन, राईस कुकर, डिभिडी प्लयेर, कम्पुटर चलाउन, एसी, पंखा चलाउन लागे/ उत्पादन घट्दै गयो डिमाण्ड बढ्दै गयो अनि लोड सेडिंग नभएर के हुन्छ त?

  20. जो आदमी शहरमा बसिलिन्छ , टिभि हेरिलिन्छ,कम्प्युटर चलाईलिन्छ,राईस कूकरमा खाना बनाईलिन्छ और कपडामा आईरन दिनको दिन गरिलिन माग्छ उसको लोडसेडिङले बहुत परेशान गरेको छ। हामी देहाती लोगको मकानमा बिजुलीको जडान नभईलिएकोले लोडसेडिङको कुनै परेशानी छैन। हामी खाना गोबरको गुईठामा बनाईलिन्छ र रातको सब लोग बेटरीले चल्ने रेरियो सुनेर मनोरञ्जन गरेलिन्छ । हामी लोगको टिभि, कम्प्युटर जो छ उसको बारेमा मालुम छैन । हामी लोगको त बस कभि रामलिला,कभि कृष्णलिला और देशी नौटंकी हेरिलिन बहुत अच्छा लाग्छ । ठण्डी रातमा नौटंकीमा बिडी तानके “बिडी जलाईले जिगर से पिया ” डान्स हेरिलिए पछि त दिल बहुत खुस भईलिन्छ । मगर मेरो दिलमा सब नेपाली भाई बहन जो लोग लोडसेडिङले परेशान भईलिनु भएको छ सबमा बहुत दुख लागि लिएको छ। हजुर लोगको लागी भगवान सँग बर्षातको लागी प्रार्थना गरिलिन मन गरिलिन्छ मगर बर्षातले हामी लोगको जमिन डुबाईलिन्छ। यहि बातले हामी लोग पनि बहुत परेशानीमा परिलिन्छ । जो दुख भईलिए पनि जिन्दगी मस्त सँग जि लिनु पर्छ। झलनाथ खनालजीको हेरिलिनु कस्तो बेशर्मीको साथ जि लिनुभएको छ। प्रचण्ड जि को हेरिलिनु झलनाथ खनालजी ले उहाँको इज्जतमा पेसाब गरिलिए पनि दुखको साथ जि रहनु भएको छ । सबले दुसरालाई हेरेर जि लिनु पर्छ ।

    • कम्प्युटर को बारेमा मालूम छैन भने कमेन्ट कसरी लेखि लिनु भयो ?

  21. के गर्ने सालोक्य जी, फेरी पनि भन्नै कर लाग्यो कि कुन जन्मको पापले हाम्राजस्ता नेताहरुको सिकार हुन नेपालको जनता भएर जन्म लिइएछ!देश त स्वोर्ग हो नि, तर भएर पो के गर्ने? देश चलाउने ठेक्का लिएर बसेकाहरु नर्क का परेछन! हामिले जति कराए पनि, जति रोए पनि,जति नै गुनासो गरेपनि यी बिबेकशुन्य नरभक्षीहरुका सबै इन्द्रिएहरुमा खिया परिसकेको हुनाले यिनलाई केहि असर पर्नेवाला छैन/जनताको घाउ चुस्न ब्येस्त यी झिंगा हरुले हामि र हाम्रो देश दुबैलाई सर्बनाश पारेरै छोड्ने नै भए/ यिनलाई किच्ने हामि बीच कोहि जन्मन सकेन, समय नै उल्टो चलेछ क्या हो, कसो पो गर्ने खै? संसारमा कसैले नपाएको दुख हामीले पाउने भयौं–!!!!

  22. जलश्रोतको धनि देश नेपालमा लोद्शेदिंगको हंगोवर हुनु कुनै नौलो कुरा होइन !.हाम्रो देशको जनता ले पचाई सकेका छन् !

  23. समूह ७ मा पर्नी हामी हरुको मा त लोडसेडिङ कैलेपनी हुन् बाइ ! तिमि को ल्यापटप ,मुबाइल र अन्ये सरसामन के के छ चार्जेगर्न आउनु होला चुलै निम्तो ……..!!
    *आशिष गुरागाईं
    *कपन काठमाडौँ

  24. जय लोड सेडिंग….!!! हाम्रो देश नेपाल…हाम्रो देशका नेता…हाम्रो देशका जनता सबै उस्तै भएरनै एस्तो भएको हो..!! कस्तो लाज मर्दो हुदैछ मा नेपाली हूँ भनेर भन्न ….!!

Comments are closed.