[नर्वेको त्रोन्धाइममा रहेका सूर्य कठायतलाई दिवंगत नेता कृष्णप्रसाद भट्टराईलाई केही भन्न मन लागेको छ। मनका सबै कुरा खोलेर उनले एउटा पत्र लेखेका छन्। कोही उनकै पथमा जाँदैछन् भने किसुनजीसम्म पुर्‍याइदिने आशामा कठायतले यो पत्र माइसंसारमार्फत् सार्वजनिक गरेका छन्]

प्रिय किशुनजी,
हरेक नेपालीको आत्मा-आत्मामा तिमी छौ, तिमी मरेका छैनौ किशुनजी, हाम्रो आसा मरेको छ। तिम्रो श्वास होइन किशुनजी, नेपाली-आकासको तारा झरेको छ। दैवको लीला एक त दिन सबै जानै पर्छ, तिमी पनि गयौ, जता गयौ राम्ररी जानु, राम्रै खानु, आरामले बस्नु, कम्तिमा यो दुर्गन्धित शहर अनि अति-दुर्गन्धित राजनीति मौलाएको नेपाल नाम गरेको ठामबाट त छुटकारा पायौ। कोटी-कोटी प्रणामसहित तिमीलाई शुभयात्रा छ।


जुन त्याग, विचार अनि सत्मार्गले गर्दा तिमी हरेक नेपालीको मनमस्तिस्कमा फरक अनि अति-विशिष्ट स्थान बनाएर बसेका छौ, त्यो स्थान अझ अरु दिन दुई-गुना रात चार-गुना हुँदै बढ्दै जानेछ। खुसीका साथ जाऊ, जाऊ किशुनजी अब दुखेको घाउलाई टाढै गएर मलम लगाऊ। जाऊ धेरै टाढा जाऊ जहाँ तिम्रा खुट्टा तान्नेहरु हुने छैनन्, तिमीलाई लडाउनु नै आफ्नो विजय ठान्नेहरु हुने छैनन्।

मिल्छ भने घर-जम पनि गरेर बस्नू। प्राडो-पजेरो अनि स्कटिश ह्विस्कीको चुस्कीसँगै सुरा-सुन्दरीसँग मोज गर्नू। नेपाली नेता भनेको त्यस्तो पो हुनु पर्छ। तर विनम्र आग्रह छ, भूलेर पनि नेपाली जात गरेका भातेहरुसँग संगत नगर्नु। भन्छन् नि सास भएसम्म पो आश गर्नु, तेसैले अब आश गर्ने पालो हाम्रो, हामी त आश गरेर बस्नेछौ तिमी जहाँ जहाँ जानेछौ, त्यहीँ नै तिम्रो जय-जयकार हुनेछ र होस, सुभकामना छ। आशा छ तिमी जहाँजहाँ जानेछौ त्यहाँ अहिलेको जस्तो पट्मुर्खे समाज हुने छैन, यहाँ तिम्रा चेलाहरुले तिम्रो उपेक्षा गर्ने छैनन्। तिम्रा सन्तान(प्रजातन्त्रबादी)हरुले बाटो बिराउने छैनन्, त्यहाँ गिरे-सुशीले जस्ता घाती-साथीहरुलाई समाजले नङयाइ दिनेछ, साँच्चीकै पाप धुरी बाट कराउने छ, दुधको-दुध पानीको-पानी हुनेछ, समाजमा सबैको सभ्य बानी हुनेछ।

घरजम गरेपछि तिम्रा पनि साना-साना नानी हुनेछन्, आफन्तहरु हुनेछन्, तिनीहरुमध्ये कसैलाई मन्त्रालयमा सचिब अनि कसैलाई पार्टीमा महासचिव बनाउनु, तेसो गरे कम्तिमा तिम्रा अहिलेका सारथी भनाउँदाहरु खुशी होलान् र भन्लान् हेर किशुनजीले पनि हामी बाट केही सिकेछ, किशुनजीले जनसेवा गर्‍यो।

तिमी जस्तो छोरा नेपाली आमा ले न पहिले पाएको थियो, न त कहिल्यै पाउनेछ। मिल्यो भने तिमी नै फर्केर आउनु यो देशमा, धेरै कुरा अपुरो छ। दम नभएका झलेलाई के बले भन्नु, उभिन नपाउदै ढले-ढले भैसके, तेस्ताबाट के आशा गर्नु, तिमीलाई राजाबादी भन्ने पटमूर्खहरु, जो गफ लडाएर भुँडी बढाउँछन्, दुनियाँलाई सपनाको झोलीमा चढाई आफु विपनाको प्राडो-पजेरोको डोलीमा चढ्छन्। कपडी गरी नमाने थपडी हान्छन्। बुझिन नसकेका शान्तिकारी हुन् कि क्रान्तिकारीहरुलाई टाढै बाट भएपनि अर्ती-उपदेश दिनू। अन्तमा, मिल्छ भने किशुनजी एउटा बिन्ती छ, काठमाडौँका जनता अब मेलम्चीबाट होइन, आकाशे पानीको आश गरेर बसेका हुनेछन्, ब्रम्हा-विष्णु महादेवसँग मागेर भए पनि कुरा गरेर त्यो पूरा गरिदिनू, सपनीमा आएर भए पनि अहिलेका नेता भनाउँदाहरुलाई सत्बुद्धी दिनु। अस्तु।।

23 Comments

  1. जस जस ले जे जे लेखे पनि नेपाली इतिहासका एक मात्र निस्कलंक, निश्वार्थ, विनोदी, निस्कपट राष्ट्रवादी, वेबहार मा सरल तर सिद्दान्तमा कठोर शन्त नेता परम् आदरणीय किसुन जी प्रति नतमस्तक हुँदै हार्दिक श्रदान्जली अर्पण गर्दछु .
    राजाबादी, प्रजातन्त्रवादी र धेरै खाले बामपन्थी समेत संलग्न मन्त्रि परिसदको नेत्रित्तो गर्दै अति विषम परिस्थितिका बाबजुद पनि २०४६ सालको संबिधान जारी गर्न सक्षम बहुआयामिक बेक्तीत्वोका धनि अध्यात्मवादी किसुनजी, एदी पुनर्जन्म हुन्छ भनि २०६८ साल जेस्ठ १४ गते अगाबै पुनर्जन्म जन्म लिई गणतन्त्र नेपालको संबिधान जारी गर्न सहयोग गरि दिनुहुन बिनम्र अनुरोध गर्दछु. फेरी नेपालमा जन्मने इक्षा छैन भने सम्बिधान घोसना गर्नका लागि मात्र भय पनि पुष्पकमल दाहाल उर्फ प्रचण्ड, बाबुराम भट्टराई को भासामा तेस्रो लिंगी एमाले का अद्क्ष्य एबम प्रधानमन्त्री झलनाथ खनाल, शुशील कोइराला लगायत तथा कथित् नेता भानौन्दा हरुको आत्मा मा प्रबेस गरि बेलैमा संबिधान जारी गर्ने सद् बुद्दी प्रदान गरिदिन बिनम्र अनुरोध गर्दछु

  2. सबैलाई “तिमी” भनेर सम्बोधन गर्ने निखिल बाबुसाहेबले चै अरुलाई होच्याएर निकै पुरुषार्थ गरें भन्दो हो! हो, यस्तै बाबुसाहेबिपनाको विरुद्व मा सँधै कलम चलाउँछु, जातजातिको विरुद्व होइन|

  3. अति राम्रो लेख . साच्चै नै सर्बहारा हुन कम्युनिष्ट नै हुनु पर्दैन. सन्त बन्न जोगी नै हुनु पर्दैन . किशुन जी, तिमीले गरिब नेपालि को चित्रण गरेर जिन्दगि जियेउ . साच्चै तिमीलाई राजा मान्यो भनेर यथास्थितिबादी भन्ने हरुलाई एक पटक त्यो इतिहास सम्झाई देउ – बाहुन ले हलो जोत्नु पर्छा भनेर आज भन्दा ६ दशक अगाडी क्रान्तिकारी कुरा गर्ने को थियो . भन्ने हरुले भन्छन किशुन जी तपाइले समयलाई बुझ्न सक्नु भएन – कहिले समय भन्दा अगाडी त कहिले पछाडी हिड्नु भयो . तर मा भन्छु किशुन जी तपाइलाई यो पापी समाजले चिन्न सकेन . तिम्रा त्यो आदर्श अनि चिन्तनलाई गालि गर्ने हरु अरु कोहि होइनन दुर्गन्धित राजनैतिक बिचार धाराले स्खलित भएका मस्तिष्कहरु हुन् .

  4. किसुन जी जिउँदो हुँदाखेरि यसरि वहाको बारेमा लेखिदिनुभएको भए सारैनै राम्रोहुनेथियो / मरेपछि डुमै राजा जसले जे लेखे पनि वहाले देख्नु र सुन्नु पाउने हैन आफ्नो मन शान्तिको लागि लेख्नु भएको मा सम्पूर्ण मित्रहरुमा धन्यवाद ,,

  5. अति धरै राम्रो लेख
    कसरि हामीले बिर्सनु उवाःलाइ

  6. अत्ति राम्रो लेख …………धेरै धेरै मन पर्यो ……हुनुता बिती सकेका मानिसको यसरि खिल्ली उdauna त हुन्नथ्यो तर पनि उडिसके पछी कसको dad को k लग्छर.

  7. मार्मिक लेख लेख्नु भो सूर्य कठायत जी .

  8. कर्मचारीहरुलाई ठिक्कसंग घुस खादाहुन्छ , धेरै नखानु भनेर भुलेरपनी फेरी नभन्नु !
    घुस भनेको ठिक्क र धेरमा फरक हुदैन ! घुस खानु कदापी उचित हुदैन !
    (कर्मचारीहरुलाई निर्देसन दिदा घुस ठिक्कसंग खानु धेरै नखानु भनेका थिए )

    • बुझ्नेलाई स्रिखण्ड नबुझ्नेलाई खुर्पा को बिंड …

    • सुर्य , तिमि {तिमि लाइ तपाई भन्न मन ले मानेन} सक्छौ साचो बोल्न? अहिले सम्म तिमि ले मानेका कुन नेता ले घुष रोक्न सके? सके तिमि आफै घुस दिएर कम्प्युटर चलाउन सक्ने आर्थीक हैसियत मा पुगेका हौला, तिमि ले कहिले सरकारी कार्यालय मा गएर घुस को बिरोध गर्न सकेका छौ? सत्य कुरा बोल्न सक्ने तिम्रो हैसियत छ भने अहिले सम्म कति ठाउँ मा घुस दियेउ त्यो भन्न ? कम से कम कुनै नेता ले घुश नियन्त्रण गर्ने कोसिस गर्यो तेती हिम्मत छ तिमि मा?

      • “बुझ्नेलाई स्रिखण्ड नबुझ्नेलाई खुर्पा को बिंड …” किसुनजीका सब्द-सब्द लाइ हेर्ने प्रयास मात्र गरेको हो, घुस दिने र घुस खाने देस-द्रोही हुन् भन्ने कुरा पनि एथार्थ हो, दुबिधा छैन येस्मा, म नेता होइन एबम सो संग कतै सम्बन्धित पनि छैन !! म त भन्छु, खप्पर गोबरले होइन बुद्धिले भर्नु पर्थ्यो, कुरालाई कु-दृस्टीले मात्र नभई दुर-दृस्टी ले हेर्नु पर्थ्यो, तिम्रो संतोष र खुसी को लागी अझै गाली गर्नु पर्थ्यो, ब्येक्तिलाइ नभई बिचारलाई !!

  9. हरेक नेपालीको आत्मा-आत्मामा तिमी छौ, तिमी मरेका छैनौ किशुनजी, हाम्रो आसा मरेको छ। तिम्रो श्वास होइन किशुनजी, नेपाली-आकासको तारा झरेको छ। दैवको लीला एक त दिन सबै जानै पर्छ, तिमी पनि गयौ, जता गयौ राम्ररी जानु, राम्रै खानु, आरामले बस्नु, कम्तिमा यो दुर्गन्धित शहर अनि अति-दुर्गन्धित राजनीति मौलाएको नेपाल नाम गरेको ठामबाट त छुटकारा पायौ। कोटी-कोटी प्रणामसहित तिमीलाई शुभयात्रा छ।

  10. जे हुनु भैगयो मरेर गए पछी अब सम्झना मात्र त बाकि रहन्छ जस ले जे गरे पनि माफ अब / मेरो त मात्र एक पल्ट वहा संग भेट भएको थियो / तेही दिन अमिता कपाली दिदि शरद सिंग भण्डारी दाई र वहा संग मै ले जसको बारे मा बाहिर जे सुने पनि मैले धेरै भिन्न पाए / वहा त त्यागी नै हो तर वहा भन्दा पनि त्यागी त मैले अमिता कपाली लाई पाए अनि शरद दाई लाइ पनि / वहा हरु को त्याग लेखेर साध्य छैन दुइ जना परिपुरक थिए एक अर्का मा हान थाप जस्तो नै थियो / कुनै पनि लेखमा शरद दाई को कुरा आएन सारै दुख लागेको छ /अमिता दिदि को जत्तिको त्याग त हैन तर स्नेह र माया मा शरद दाई को कुनै कुरा कम मैले देखिन / अमिता दिदि लाइ साइ भजन सिकाइ दिन्छु भनेर मैले दिएको बचन अझै पुरा गर्न सकेको छैन / एकदिन शिव श्रेष्ठ र म वहा लाइ भेट्न गएका थियौ / पहिलो पल्टमा नै शिव तिम्रो दात त कत्ति राम्रो मिलेका र यो उमेर मा पनि कत्ति राम्रो एस ले गर्दा पनि तिमि त सिनेमा को हिरो भएको होला हैन भनेको मा अहिले सम्झिरहेको छु / मा कसैलाई खी भन्दिन बस वहा को चिर आत्मा ले शान्ति पाओस / येस्तई निस्वार्थी नीता नेपालि ले फेरी पाउन् /

  11. जसले जे जे भनेर उक्स्याए पनि अर्को घरजम नगर्नु किसुनजी अनिता कपाली प्रति अन्याए हुने छ | जसले तिमीलाई आफ्नो जवानी पनि नभनी अन्तिम क्षण सम्म पनि साथ दिएकी छिन | एस्तो साथ अरु कसले देला र किशुनजी ?

    हुनत दुध खानलाई गाइ पाल्नै पर्छ र बजारमा जति पनि किन्न पाइन्छ नि भन्ने अल्छी तिघ्रो स्वादे जिब्रो सोभावका प्राणी हौ तिमि | बजारको दुधमा मिसावट हुनसक्छ, जुठो र बासी साथै स्वादिलो नहुन पनि सक्छ | एक पटक आफै आफ्नो गाई पालेर आफैले त्यसको दुध दोएर खाएर हेर त्यस पछि थाहा पाउने छौ गाईको दुधको वास्तविक स्वाद ! आफ्नै गाइ पल्ल्नुमा छुट्टै मज्जा हुन्छ किसुनजी | कहिले काही दुध दिने गाईको लात्ती सहनु पर्छ | त्यस्तो झिजो मान्नु हुन् | किशुनजीले बजारकै दुधले काम चलाए, शुलिलदाले पनि गाइ पालेको देखिएन भन्दै सबैले त्यही अनुसरण गर्न थाले भने फेरी एक दिन कांग्रेसको जिलोमालो नै मासीएला है फेरी बेलैमा होस् पुगोस ! त्यसपछि नेपालमा बाकी रहने भनेका उग्र बामपन्थी मात्र हुन् जसले गणतन्त्रको नारा बोकेर कांग्रेलाई पनि त्यही भड्खालोमा जाकेर किसुनजीलाई एता न उता हातमा जुत्ता बनायो |

  12. हेर लेखक को बुद्दी? ५/७ दिन आगाडी यो पत्र लेखेर भट्टराई बा सम्म पुराइदेको भय कमसे कम भट्टराई बा ले त यो कुरा बुझ्थे होलान नि/ अब अहिले लेखेर भट्टराई बाले यो संदेश पाउदैनन् / लेखक जी बरु छिटो छिटो कुनै अस्पताल मा जानुहोस अनि भट्टराई बालाई भेट्न जान लागेको कोहि छ भने तेस्कै हात बाट एउटा पान सहित यो पत्र पार्सल गरिदिनुहोस/

  13. धेरै राम्रो अति राम्रो .
    किसुनजीको आत्माले शान्ति पावस मेरो येही कामना छ !

  14. राम्रो, सान्दर्भिक, समसामयिक, मनोरन्जक अनि पोजितिव ब्यङ्ग| दुखको कुरा के भने जसले यस्ता बाट सिक्न पर्ने हो तिनी जन्म बताई अन्धा, कान नसुन्ने, गिदी कुयेका र मानसिक रोग लागेर अपराध सिबाए केहि पनि गर्न नसिकेका जस्ता छन्| यस्ता लाई संजौनु र सहिबतोमा लगाउने असम्भब नै छ जस्तो देखिन्छा तर त्यसो भनेर हर खान हुदैन| कुनै बेला गु खाने लाई अन्न खाने बनाउन सकिएला भनेर आफुले सकेको गर्ने पर्यो|

  15. सौताको रिसले पोइको नाक काट्नु भने झैं किसुनजीले कोइरालाहरुप्रतिको रिस गणतन्त्र माथि पोख्नु ठिक थियो त ? सुर्य कठायतको पत्रमा म पनि एक लाइन थपुं कि ! यस लोकमा पो कोइरालाहरु बग्रेल्ती भएर तपाइंले केहि गर्न सक्नु भएन, अब परलोकमा गणेशमान र तपाईं मिलेर गिरिजा बाबुको झाँको झार्नुहोला|

    • गणतन्त्रले के दियो साथी??? न त गणतन्त्र न राजतन्त्र कुनै व्यवस्था ले केहि हुदैन, जब तिम्रो हाम्रो घैटो मा घाम लाग्दैन. समाजको बिकाश सभ्यताले हुन्छ, जब यो सन्सार मा सभ्य मान्छे नै छैन भने के को राजतन्त्र अनि के को गणतन्त्र. देखिहल्योउ नि दुवै सिस्टम!! at least किसुनजी जस्तो सभ्य मान्छेको हातमा शासन थियो र २०४७ मा संबिधान पाका थिया नेपाली जन्या ले, अहिले का त उनि जस्ता कोहि रह्यानन कस्सरी बन्ला र संबिधान..

      • कृष्ण जी एक्लैले बनाको संबिधान होइन साथी तेती बेला नेता हरुले संबिधान दिनु पर्छ भन्ने कुरा बुझेका थिए र नेपाली जनता ले २०४७ सालको संबिधान पाएका हुन्/ अहिले कानेता हरुले संबिधान दिनु हुँदैन भन्ने बुझेका छन् सोहि अब यो संबिधान कहिले सम्म लम्बिने हो अहिले नै अनुमान लगाउन सकिदैन/ नेता को मन मा संबिधान दिनु पर्छ भन्ने भएको भए २/३ महिना सबै पार्टी मिलेर संबिधान बनाउन सक्दैन थे र?
        अहिले का तीन ओटा ठुला पार्टी तीन तिर लागे पछी कहाँ बाट संबिधान बन्छहोला र ?

    • भट्टराई बाजे को बुद्धि भयेको भये गिरिजाको पुच्छर भएर किन गणेश मानलाई दुख दिन्थे ? यिनलाई सुराबाहेक केहि चाहेन .

    • लामा तिमि ले कहिले सकारात्मक सोच्न सक्दैनौ किन कि तिम्रो विचार लाई तिमि भित्र रहेको जाति पाती को भावाना ले गाजेको छ तिम्रो नजर मा अरु सबै जाति हरु नराम्रा हुन्छन तिम्र जाति मात्र राम्रो हुन्छन

  16. “मिल्छ भने घर-जम पनि गरेर बस्नू। प्राडो-पजेरो अनि स्कटिश ह्विस्कीको चुस्कीसँगै सुरा-सुन्दरीसँग मोज गर्नू। नेपाली नेता भनेको त्यस्तो पो हुनु पर्छ। तर विनम्र आग्रह छ, भूलेर पनि नेपाली जात गरेका भातेहरुसँग संगत नगर्नु।

    घरजम गरेपछि तिम्रा पनि साना-साना नानी हुनेछन्, आफन्तहरु हुनेछन्, तिनीहरुमध्ये कसैलाई मन्त्रालयमा सचिब अनि कसैलाई पार्टीमा महासचिव बनाउनु, तेसो गरे कम्तिमा तिम्रा अहिलेका सारथी भनाउँदाहरु खुशी होलान् र भन्लान् हेर किशुनजीले पनि हामी बाट केही सिकेछ……………”

    यि पङ्तिहरु मन पर्‍यो ।

Comments are closed.