तपाईँ किसुनजी हुनुभएको भए…


संवैधानिक राजतन्त्रको स्थापना कालदेखिको सिद्धान्तलाई त्यागेर समय सुहाउँदो हुन गणतन्त्रको लाइन पारित गरेपछि कृष्णप्रसाद भट्टराईले ०६४ सालमा पार्टीबाट अलग भएको घोषणा गरेका थिए। त्यसयता पार्टीका कुनै पनि कार्यक्रममा उनी उपस्थित भएनन्। पछिल्लो महाधिवेशनमा पनि सहभागी हुन गरिएको निम्तोलाई उनले अस्वीकार गरेका थिए। उनले आफूलाई अहिलेको कांग्रेससँग सम्बन्धित देखाउन चाहेनन्। तर उनी कांग्रेसका संस्थापक नेतामध्येका एक थिए। मृत्युपछि भने कांग्रेसले उनीमाथि हकदावी गरेको छ। उनको अस्तुलाई ७५ जिल्ला पुर्‍याउने घोषणा गरेको छ। उनको पार्थिव शरीर र चितामा उनको र भ्रातृ संगठनका झण्डा टाँगिए। तपाईँलाई के लाग्छ- संस्थापक नेता भएकोले कांग्रेसले उनलाई गरेको यो सम्मान हो ? कि उनको सिद्धान्तलाई अस्वीकार गरिसकेकोले शरीरको मात्र गरेको सम्मान हो ? तपाईँ किसुनजी हुनुभएको भए यो सब देखेर के भन्नुहुन्थ्यो होला ? अब तपाईँको पालो, आफ्नो विचार छोटकरीमा लेख्‍नुस्।



चितामा होर्डिङ बोर्डसरह सजिएको झण्डा।


शवयात्रामा सहभागी ठूलो जनसमूह। फोटोहरुः रासस

46 Comments

  1. प्रजातन्त्र ल्याउन सफल राजनेता को आत्मा को चिरशान्तिको कामना गर्दछु !मा किसुनजी भए को भए ….राजतन्त्र बिउतौना सहयोग गर्ने साथीहरु सबैलाई आफु संगै लान्थे

  2. नेपालि कांग्रेस सुकिला ,मुकिला ,धुर्त ,आडम्बरी ,गफ का पोका ,प्रेम र उन्सृख्लता का भोका गन्हाउने बोका हरुको समुह हो |
    तेसो भन्दा गिरिजा ले नोबेल प्राइज पाउनु पर्छ भन्नेहरु , बि पी भगवान भन्ने हरु र कपाली दिदि को चिया मा कृष्ण प्रसाद को गीता को आनन्द लिनेहरु,देउबा ले भ भ भ भन्न खोजेको सुन्न चाहने हरु र सुशील को सुकेको तालुमा नेपाल को प्रजातन्त्र को आलु हेर्न चाहने हरु र चाक्सीबारी मा नासपाती टिप्न जाने बन्धु हरु को मन मा चोट पुग्ला |
    यहा भनेर भन्ने हामीलाई लागि रा छ , सासु कुटेर बुहारी तर्साउने , र प्रतिगामी को सद्यत्र लाइ चकनाचुर पार्ने हरुको हाली मुहाली मा माने को होस्टेमा मा हैसे ले चोट दिने त् छदै छ ,अब आगामी चुनाब मा भोट पनि सिमाना पारि बाटै मगाउनु पर्ने हो कि ?

  3. नेपाली कांग्रेसले आफ्नो चारतारे झन्डा किसुन्जिसंगई चितामा पोलिसकेकोछ /त्येसैले अब उप्रान्त त्यो झण्डाको अस्तित्तो खरानी भैसकेको छ / यदी म किसुनजी भए त्यो झन्डा लिने अधिकार अब कसैलाई पनि नभएको घोषणा गरिदिनेथिए / साथै मेरो अस्तु {kharani} पनि कांग्रेसी हरु कसैलाई पनि छुन दिने थिईन /

  4. किसुनजीलाई एउटा नेपाली राजनीति तारा भन्न चाहन्छु जो मरेर पनि अमर रहीरहन्छ, जयहोस् !!!!!!!!!

  5. म यदि कृष्ण प्रसाद भट्टराई भएको भए…..** तिमीहरु को यहि प्रबृत्ति ले गर्दा यो नेपाल को गति पनि मेरै जस्तै हुने छ भन्ने कुरा म निश्चित हुने थिएँ ….जबसम्म राष्ट्र जीवित रहने छ तबसम्म देशको महत्व नबुझी आ-आफ्नै स्वार्थमा रहने छौ….जब देश को अस्थित्व समाप्त हुन६ अनि सबै जना ले गोही को आँसु बगाउने छौ…..धन्य नेपाली दाजुभाई दिदीबहिनी**….. भन्ने थिएँ ……..

  6. हाहाहा …. म त भगवानलाई भेट्न जान लागेको हुँ…… मलाइ प्रचण्डजी हो भनी झुक्किनु भएको त होइन कतै, वहालाइ जंगलबाट आउँदा जसरि फुल माला लगाउनु भयो तेसै गरेर मलाई लगाई दिनु भयो त …. म बाचुन्जेल, म हिड्न नसक्ने अवस्थाको बुढो मान्छे हुँदा पनि सेक्स गर्न सक्ने तागत भएको भन्ने भ्रममा पर्नु भयो …. तपाईहरुले गरि खानुस है … अब थप्पड खाए प्रधानमन्त्री बन्न सकिने पारब्धान भएको लोकतन्त्रमा मेरो केहि भन्नु छैन …. नेपाल भुमि रहोस, सक्नु हुन्छ भने यो तन्त्र मन्त्र को पछाडी धेरै नकुद्नुस… २०४७ को संबिधानमा नेपाल र नेपालीलाइ चाहिने हक अधिकार र बिकाश गर्ने प्रशस्त धारा उपधाराहरु छन्, र राजतन्त्र पनि …. टू मेनि कुक एस्पोइल द फूड भन्ने थाहा छ होइन …. धेरै पार्टी अनि तिनी सबै पार्टीमा कम से कम ५ वोटा राजा हुँनु भन्दा एउटा श्री ५ भएको ठिक हो … हाहाहा मैले यो कृष्ण प्रसाद भट्टराई भएर भनेको कुरा हो है ……

  7. मेरो बिचारमा यदि मान्छे मिर्त्यु पछी ५ मिनट मात्रै मिर्त्यु पछी गरीने यस्ता नाटक हेर्न र बोल्न पाउने भए —
    किशुनजी बिस्तारै आफ्नो सय्यामा बसेर आफ्नै शरीरको चारै तिर आँखा घुमाएर हेर्नु हुन्थ्यो र त्यहाँ भएका कांग्रेसी भनाउदाहरुलाई भन्नु हुन्थो होला – तिमीहरुले मलाई ओढाएका कांग्रेस र भात्री सङ्गठनका झन्डाहरु अब तिम्रा रहेनन् यिनीहरुलाई म संगै लान्छु | कस्तो ढुख गरेर सिर्जना गरेको पार्टी र यसो झन्डा को आडमा अब तिमीहरुले देश लुट्न र देशलाई बलात्कार गर्न पाउदैनौ | आजदेखि तिमीजस्ता हुतिहारा लाछीहरुले देश माथि यस्तो कुकर्म गर्न यो झण्डाको पर्योग बर्जित छ | आज देखि तिमीहरु जस्ता भोखमरी, लोभी, दम्भी, मतिभ्रस्त र भ्रस्ताचारीहरु यो झन्डा देखि आजाद भयौ |

    • तिमि किसुनजी होइनौ तेसैले तिमीले एस्तो भंयोउ किसुनजी भाको भई एस्तो कुरा लै हासी मजाक मा उदैदिनु हुन्थियो सबै कहाँ किसुनजी जस्ता छन् नत्र संसार सोर्ग भै सक्थियो

  8. मुलुकको प्रधानमन्त्रि भएकोले उचित सम्मान दिनु राष्ट्रको दाईत्व हो तर जिउदो भए सम्म हेला मरे पछी बढी देखावटी गर्ने कांग्रेसी चलन न राम्रो, कांग्रेस पार्टीलाई त्यागी सकेका किशुनजी लाई कांग्रेसको झन्डा ओढाउन दिन नहुने थियो

  9. म किसुनजी भाको भए कबि शिरोमणि लेखनाथ जी ले लेख्नु भाको कविता आजका नेताहरुलाई चिच्याई चिच्याई सुनौथिये/

    “मै खाउ, मै लाउ,
    सुख-सयल वा मोज म गरु
    भनि दारा धस्नी अबुझा सत्ठदेखि छक्क
    हास्यो चिता अभयसंग बेसरी!

    र “हगे पछी दैलो देख्नी” हामि नेपालीको प्रबृत्ति छाड्न पनि सबैलाई प्रोत्साहन गर्थे/

    अब किशुनजी को तिकातिप्पनी गर्नु भन्दा उनको आदर्शलाई आत्मासाथ् गर्नसके गर्नुमानै देशको भलो होला भन्नि लागेको छ/

    दिबंगत आत्मालाई श्री पशुपतिनाथले शान्ति प्रदान गरुन!

  10. म किसुन जी भ को भए यो सब देखेर खुशीले आखा भरी आशु बनाउथे होला ।
    क्या अचम्मको कुरा गर्नु हुन्छ साथीहरु !!!
    किसुन जी समग्र मा रास्ट्रीय नेता भए पनि उनको पृष्ठ भूमि के थ्यो ??? काग्रेस
    होइन ??? कि उनि एमाले बने ??? कि उनि माओस्त बने ??? कि उनि राजाबादी बने ??? राजा राख्नु पर्छ भनेर उनले पंच्यात ब्युझाउनु पर्छ भन्या होइनन कत्ति पनि !!! मुलुकमा भईरहेको राजनैतिक अस्थिरता र बिदेशी दबाब जुन चरम रुपमा बढ्दै गयो त्यो स्थिति होला भन्ने उनले सोचेका थिएनन — जब आफ्नै आखाले यी सब देखे एउटा देश भक्त इमान्दार निस्वार्थी नेताको हिर्दयाले सहन सकेन अनि आफ्नो दृस्टीकोण दुर सम्म पुर्याउदै उनले संबैधानिक राजतन्त्र भएको लोकतन्त्र /प्रजातन्त्र नै हुनु पर्छ भन्ने कुरामा दृढ भए तर उनको दुरदृस्टीकोण लाइ बुझ्न चाहेनन् हाम्रा नेताहरुले आ- आफ्नो स्वार्थको माला भिरेर —- अनि दिक्क भएका किसुन जी ले राजनीति बाट सन्यास लिए । तर यसो भन्दैमा उनले काग्रेस बाट नै सन्यास लिए भन्नु उक्तिसङ्गत हुदैन ! उनि काग्रेसका सस्थापक नेता हुदै रास्ट्रीय नेता बने उनको निस्वार्थ राजनीतिले । हो उनलाई लात्ताले ( राजनीति रुपमा ) हानेर मिल्काएका थिए काग्रेसका बरिष्ट ( कथित् ) नेताहरुले तर देश भर रहेका कांग्रेसी हरु ( कार्यकर्ता देखि लिएर काग्रेसमा आस्थाबान जनता हरु ) ले त उनलाई नेताकै रुपमा मानेकै थिए नि । यस्तो अबस्थामा आफ्ना अभिभाबकको सम्मान ( किसुन जी को अस्तुलाई ) नेपालको ७५ जिल्ला मै पुर्याएर गरिनु लाई एकोहोरो रुपमा नकारात्मक रुपले किन सोच्नु ?! हो यही मार्फत पुन : काङ्रेस ले आफ्नो झन्डा लाई स्बार्थ ले लपेट्दै फर्याउला तर त्यो त जुन सुकै पार्टी ले पनि गर्छ नि होइन र ??? कम् से कम् यही बहानामा पुन : ऐक पल्ट् किसुन जि का निस्बार्थ राजनीतिको बारेमा त चर्चा हुन्छ मुलुक भरी अनी हाम्रा नयाँ कार्यकर्ता ( जो भोली हुने नेता होलान ) ले निस्बार्थ राजनीति गर्नु पर्छ है भनेर प्रेनना त पाउछन , साथै अन्य पार्टिका कार्यकर्ता – नेताले पनि पुन : उनिबाट प्रेनना पाउने छन ।
    किसुन जि को न त स्बास्नी थिए न त छोरा छोरी । उन्का सन्तान भनेकाइ सम्पूर्ण नेपाली जनता भए पछी सबै नेपाली जनताले उन्को अस्तु लाई सम्मान गर्नु अहो भाग्यको कुरा हो । यसो गर्न मा ऐले काग्रेस पार्टी ले दुर दृष्‍टि कोण अपनायो त राम्रै भयो ।

    • ]

      ]

      देश र जनताको लागि भन्दै कुर्लने यी सबै पार्टीका जनतामाराहरुले नेताहुनुको अर्थ किशुन जी बाट सिक्नु पर्छ/ गणतन्त्रबादी हुदैंमा मात्र कोही राजनेता वा जननेता हुन सक्दैन/ किशुन जी पछिल्लो समयमा पार्टीमै सक्रिय रहेर जनताको भावना बुझ्ने अबस्थामा हुनु भएको भए सायद कांग्रेसजनको गणतन्त्रप्रेमलाई आत्मसात गर्नु हुने थियो होला/ लुना जी तपाइको कमेन्टसंग म सहमत छु/

    • अन्यको तुलनामा किसुनजीलाइ स्वच्छ छवी नै भन्दा हुन्छ| तर उनको प्यारो संबैधानिक राजतन्त्र पद्वतिबारे उनले नेपाली जनतालाई तार्किक बाख्या गरेको कहिल्यै सुनिएन र पढन पाइएन| संबैधानिक राजतन्त्रबाटनै देशमा फलिफाप हुन्छ भन्ने दुरदृस्टी भए, त्यसमा उहाँ किन लागिपर्नु भएन? ठुस्केर कोठाभित्र किन गुपचुप बस्नुभयो? शारीरिक रुपले अशक्त भएपनि बैचारिक रुपले त चलखेल गर्नसक्नु हुन्थ्यो| अन्त्यमा कांग्रेसको संस्थापकको हैसियतले र कांग्रेस नेपालको तीन ठुला पार्टीमध्ये एक भएकोले उनले यो सम्मान प्राप्त गरेको हो| उनले यो भन्दा बढी सम्मान प्राप्त गर्थे, तर जीवनको उतार्द्वामा उनका आफ्नै गतिविधिले उनको छविलाई ड्यामेज गरायो| किसुनजी बतिसै लक्षणले युक्त व्यक्ति कदापि होइन, तर नेपाली राजनीति रंगमंचमा उनले निभाएको भूमिकालाई जश दिएनौ भने हामी कृतघ्न ठहरिन्छौ|

  11. As a human I felt sad to hear that he is no more. But as a leader he has not done anything to our nation except messing up and involving in bad politics.

  12. कोहि कंग्रेस्सी छ यहाँ जबाफ दिन? के तिमि हरु नेपाली कंग्रेस्सी होइन नपाल बे चुवा कंग्रेस्सी भएको हौ त अब ? किसुन जी को लास मा राजनीति गरेका हैनौ भने जबाफ देउन त जनता लाई

  13. बिरक्तिएको अवस्थामा छोरा छोरि लाई अब मेरो तिमि हरु संग कुनै सम्बन्ध छैन भनेर घर छोडेर हिडेको बाऊ को सद्गत/ किरिया कर्म गर्ने कि नगर्ने त?

    • यो प्रशंगमा बाउले किन घर छोडेर हिंड्यो भनेर सोच्नु आबश्यक छ/ पहिला त्यो घरको सम्पतिमा मस्ती उडाउन, उसको कोटले आफ्नो जुत्ताको धुलो पुछ्न र उसको घरमुली हुनुको पगरी आफुले गुथ्न त्यो बाउला पछाडिबाट लात हानेर (ननिकाल्ने?) उसलाई हुनसम्मको बेईज्जेत गर्ने अनि बिरक्तिएर हिंडेको उसलाई मरेपछि केरा र खिर ख्वाउने त्यो पनि आफ्नो थान्ग्नो ओढाएर? कसरि सहने हँ?

  14. अभिभाबक भनेको अभिभाबक नै हुन्छ चाहे उसले आफ्नो सन्तानको जिम्मा लेओस वा नलेओस. किसुन जी नेपाली कांग्रेस क अभिभाबक हुन् त्यसले नेपाली कांग्रेस ले आफ्नो अभिभाबक प्रति को दाइत्तो पुरा गर्नु मा कुनै स्वार्थ छ भन्न खोज्नु मुर्खता मात्र हुन्छ. बरु अहिले उनको मृतु पश्चात मलाई यसो भनेका थिए उसो भनेका थिए भन्ने ले चाही आफ्नो दुनो सोझ्याउन कोजेको देखिन्छ र यो नै मरेको लास को पनि सधुपयोग हो

  15. मेलम्ची को पानीले काठमान्डू का सडक पखाल्ने सपना देख्ने बेक्तिलाई गिरिजा प्रसादले एकै वर्ष टिक्न दिएनन् ….साएद गिरिजा नभएको भए देश अर्कै हुन्थ्यो कि २०४८ मा भट्टराई ले नहारेको भए देश ले काचुली फेर्थ्यो कि जनताले राहत पाउथेकी के गर्नु भट्टराई को दुर्भाग्य गिरिजा देश को दुर्भाग्य गिरिजा …अब नेपालको भबिस्य कुजता जस्ताको हातमा छ……के भनौ र खोइ तिमि हास भो मै बसौला रोइ

  16. बाचुन्जेल गाली गर्ने , घात अन्तर्घात गर्ने अनि मरे पछी भने महान नेता , असल नेता भन्दै धेरै नै भाबुक कुरा गर्नु नेपाली समाज को बीसेस्ता हो ! कृष्ण प्रसाद भट्टराई को सबै भन्दा राम्रो कुरा देखिएको भनेको नै खुट्टा तान्ने राजनीति कम गर्नु अनि आर्थिक रुप मा धेरै चाहना नराख्नु नै हो !

  17. रुखो शब्द को लागि क्षमा याचना गर्दै भन्नु पर्दा—यो लाछी र हिम्मतहारा कांग्रेसीहरुले गरेको”लाश माथिको राजनीति नै हो”/जिउंदोमा यी बुढाले आफुलाई तिनिहरुका अपवित्र हातहरुले छुन सम्म दिएका थिएनन/ त्यो फोहोर, दुर्गन्धित, विषाक्त र अन्तर्घातीहरुको थुप्रोबाट उनले आफुलाई भ्याएसम्म अलग नै राखेका थिए/ अब अहिले आएर उनि अचल भएको मौकाको फाइदा उठाउँदै झण्डाको माध्यम बाट बिज्ञापन गर्नु केवल खोक्रो आडम्बर र बेइमानी बाहेक अरु केहि होइन/
    सिद्धान्त र निष्ठाको राजनीतिबाट स्खलित भएर तथा जनताको नजरबाट समेत गिरिसकेर धुलो चाट्ने अवस्था भएपछी—–बाँकी रहेका यी किसुन जी को पार्थिव शरीर ७५ वटै जिल्लामा बिचेर अस्तित्वको सङ्कट टार्ने निरिह,हतास र हाँस्यास्पद नाटक/
    एदी म यी बुढाको आंत्मा भएको भए यिनका मुखमा थुकीदिन्थिं र ताई न तुइको त्यो थोत्रो त्यो कपडाले ………. पुछेर फालीदिन्थिं/ काम न काज को नाटक!!!

  18. जब सम्म जीवन रह्यो राम्ररी जिऊन दिएन,सबै तिरबाट तिरस्कार पाई रहन्छ , आफ्नै मान्छेहरुबाट संधै तिरस्कृत भईन्छ,
    भत्किएको घर अनि काम नलाग्ने कागज जस्तो कतै कुनामा थन्काई दिन्छ ,
    तर मरे पछी भने हर तर्फबाट सम्मान पाउछ,
    कस्तो हो यो मेरो देश ?????
    जहा लाशबात पनि फाइदा लिन्छ

  19. To get vote now Nepali Congress is playing a drama, it is true. Whe He was alive Congress party did not gave any attention over Him , but after death they woke up. Congress party and party leaders has no any philosophy whether BP, Ganesh Man and Bhattrai. That is why if they would like to carry they should first start to negotiate over restablishment of monarchical institution of Nepal.

  20. येदि म किसुनजी भएको भए !!!!!!
    रात रात भरि नसुतेर सबलाई सपनामा तर्साउन जान्थे !
    जो जो ले पार्टीको झन्डा ओडायका थिए !
    तिनतिन लाई झन्डै झन्डाले टाउको फुटाई दिन्थे !!!
    आजै लान्छु ऐले लान्छु भनेर सबलाई तान्न जान्थे !!!

  21. वो….मने कपाली नानी व…मेरो पान देऊ त….आ… तिनी पनी भीड़ भाड़ मा पो रेछीन/हैन बाचुन्जेल बच्न नदीने ई नौला कांग्रेसी हरु किन गोहिको आसू चूहाऊन आका होलान/०६४ साल मै मैले पार्टी त्याग गरेको भुलेछ्न की के हो? लहै लहै मा राजनीती गरेको प्रधान मंत्री नि भैहाले सूरा-सुंदरी र पान को पारखी म राजनीती ले सब थोक दियो, मैले देस र जनता लाई दिन सक्ने धेरै थियो तर म आफ्नै दुनिया मा मस्त रहे,मैले पार्टी त्याग गर्दा नि मलाई तेती दुख लागेको थिएन जति आज लागेको छ/मात्र आफ्नो “रंगीन दुनिया मा रमाऊन पाऊने” जस्तो तुच्छ सर्त मा मैले गिरिजा लाई सर्वास्वो सुम्पिदिए/आज यी भीड़ ले मेरो पर्थिब शारीर मा चढ़ाये का प्रत्येक फूल का गुच्छा मलाई सियो बनेर घोची रहेको छ/जीवन भर “मेरो म” मा मात्र रमेको मलाई त येती श्रद्धा गर्दा रहेछन,सानो केही मात्र पनी मैले दिन सकेको भये…………………मलाई माफ़ गर नेपाल-नेपाली मैले यो जुनी मा तिमी हरु लाई चिन्न सकिन आर्को जुनी मा यहाँ हरु को भरपुर सेवा गरेर यो जुनी को पाप पखालने कोसिस गर्छु…..व……येमदुत ले तानी सके……..जादा जादै यो कांग्रेस को झंडा मा ब्रस्टचार को गन्दा आयो कृपया हटाई दिनु अस्तु……………………………

  22. भट्टराई प्रतिको सम्मान

    कुनै पनि व्यक्ति पूर्ण रुपमा असल हुन सक्तैन, भगवान बाहेक। यही यथार्थ कृष्ण प्र भट्टराईमा पनि लागू हुन्छ। उनका थुप्रै कमजोरीहरु थिए होलान। तर उनका गुणहरु जुन हामीले देख्यौ र आउने पुस्ताले सुन्ने छन अनुकरणीय छन। उनका दोषहरुलाई पन्छ्याएर गुणहरुको चर्चा गर्ने हो भने त्यो चर्चाले अहिलेका र भोलि बन्ने नेताहरुका लागि मार्ग दर्शन हुने छ। उनका गुणहरु –
    – प्रधान मंत्री जस्तो पदमा बसेर पनि भष्ट्राचार गरेनन्।
    – प्रधान मंत्री हुँदा पनि उनको जिवनशैली साधारण मान्छे जस्तो थियो।
    – आफ्नो परिवारको कुनै पनि सदस्यलाई आफ्नो प्रभावको प्रयोग गर्दै आफ्नो राजनीतिको उत्तराधिकारी बनाएनन्।
    – प्रधान मंत्री पद वा आफ्नै दलमा सक्तिसाली पद पाउन जाल झेल छल छाम गरेनन्।
    – सादा जिवन शैली अँगाले।
    – घमण्डी थिएनन् ( भट्टराई प्रधान मंत्री भएको बेला मैले एकचोटी उनलाई भेट्दा त्यो अनुभव गर्न पाएको हुँ र नया बानेश्वरमा पनि ४५।४६ सालतिर बारम्बार देखेको हुँ मानिसहरुसँग गफ गाफ र ठट्टा गर्दा)
    – स्वतन्त्रताका लागि जिवनभर लागि नै रहे, स्वतन्त्रताको परिभाषा उनको आफ्नै किसिमको थियो, मूल्यांकनको त्यो अर्को पाटो हुन सक्छ।
    – आफ्नो दल भित्र गुट उपगुट बनाएनन् बरु बिरक्तिएर राजनीतिबाट निस्क्रिए भए।
    नेपली कांग्रेसले उनी प्रति देखाएको श्रद्धा उचित छ। हामीले यस्ता कुरालाई सकारात्मक किसिमले हेर्नु पर्छ। सही कार्यको प्रशंसा पनि गर्नु पर्दछ, चाहे त्यो जस्तो सुकै व्यक्ति वा संस्थाले गरेको होस।
    बी अधिकारी

    • अर्थात उनि र गिरिजा दुइ बिपरित ध्रुबहरु थिए/यिनी जे थिए गिरिजा थिएनन र यिनी जे थिएनन गिरिजा थिए/ गिरिजालाई पछाडी बाट हेरेमा यिनलाई देख्न सकिन्थ्यो/

      • केदार जी तपाईलाई एउटा प्रश्न; पछाडीबाट श्रीदेवी अगाडीबाट मंगलादेवी को हुन् ? यो म किशुनजी भएर तपाइको माथिको पोइन्टमा है …. किशुनजीको फत्त मजाकी प्रश्न गरि हाल्ने बानि थियो नि त

  23. यो चाहिं कृष्णजी माथि गरेको घोर अन्याय हो | म कांग्रेसमा छैन भनेर कांग्रेस छोडेर, कांग्रेसको झण्डाको छहारी त्यागेर बसेको मान्छेलाई मरेपछि जबर्जस्ति कांग्रेसको झन्डा ओढाउनु कति सम्मको निक्रिस्टता हो त्यसको बयान गरेर साध्य छैन | ठिक छ कांग्रेसले आफ्नो संस्थापक नेतालाई सम्मान गर्न सक्छ तर उनको लासलाई कांग्रेसको झन्डा ओढाउनु एउटा ठुलो बदमासी हो | जिउदो हुदा कांग्रेसमा समेट्न नसक्ने नाथेहरुले कृष्णप्रसादलाई मरेपछि जबर्जस्ति कांग्रेस बनाउने ? कसले अधिकार दियो तिमीहरुलाई ? जिउदो हुदा बस्न मन नलागेको झन्डा मुनि मरे पछी बस्ने मन क्रिश्नाजिलाई थियो होला त ? कांग्रेसले गणेशमानलाई झन्डा ओढाएर उनको लासमाथि नाङ्गो नाच गर्यो, ठिक त्यसै गरि क्रिश्नाप्रसाद्को लास माथि पनि गरिरहेछ | कांग्रेसले ज्यूँदो मान्छे लाइ व्यक्तिगत स्वतन्त्रता त दिएन दिएन, लासलाई पनि स्वतन्त्रता दिएन | धिक्कार छ कांग्रेस तेरो प्रजातन्त्र अनि तेरो ब्यक्रिगत स्वतन्त्रता को ढ्वांगको लागि |

  24. किसुन जी को देहाबासान भएकोमा कांग्रेसीको आँखामा आएको आँसु सायद मनिषाले बम्बेको कुनै स्टुडियो बात मगाएको सिन्थेटिक आँसु हुनु पर्छ/ भट्टराई को देहाबासन मा कांग्रेसीको आँखा बात आँसु आउनु सम्भव पनि छैन/

    नकली घोसना पत्र नकली बाचा लगायर किसुन जीको आदर्शको ब्यापार गर्ने अनि लात पनि मार्ने ई बजिया बनिया हरुको समबेदना पनि नकली नै हो आँसु पनि नकली हो/ अब एस्तो नौटंकी समबेदना व्यक्त गरि रहेको कांग्रेसीलाई किसुन जीले के भन्ने थियो भनेर सोध्नु भयो/ कसरि जवाफ दिउँ?

    किसुन जीको नकल गर्नु कसैको लागि तेती सजिलो छैन/ तापनि यति त् भन्छु कि आफु किसुनजी भएको त् कल्पना पनि गर्न सक्दिन/ तर उहाँको निकट मात्रै भएको भए म सुसिले राम्चन्द्रे मार्काको कांग्रेसीलाई “किसुनजीले स्थापना गरेको कांग्रेस त् किसुनजी सितै छ तपाईंहरुको कांग्रेस जस्तै तपाईंहरुको सम्मान समबेदना र आँसु सबै नकली नै हो र किसुन जी साधा तर सकली कुरा मात्रै रुचाउने भएकोले तपाईंहरुको यो नकली सम्मान स्वीकार्न सकिन्न भनेर मिठो बोल्दै दरिलो लात हानेर पठाई दिन्थें/

  25. अरु केहि होइन कांग्रेसले किसुनजी प्रति पूर्वमा गरेको अपराधबोध स्वरूपको पश्चाताप हो यो | जिउदोमा लासै बराबर गराएका थिए | मरेपछि पार्टीको झन्डै झन्डाले बेरेर कत्रो जात्रा | यस्तै छ हाम्रो नेपालमा ! पछी त उहाँमा न कांग्रेस मोह थियो न कांग्रेसको उहामा कुनै स्रद्धा | मरेपछि सहोदर बाउ मरेको बहाना गरेका हुन् | लक्ष्मन् खड्काले शत प्रतिशत ठिकै भनेका हुन् |

  26. यदि म किसुन जी भएको भए,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,, जर्दा पान (त्यो पनि ५०० वा ३०० ) खाएर शेरे, राम्चंद्रे अनि शुसिलेको आखामा पिच्च थुकी दिन्थे /

    तर
    उनले हामीले सोचे जस्तो गरेनन
    त्येसैले त उनि ,,,, ” किसुनजी ”

    जय नेपाल
    हिमाली

    • आज भने मेरो मुखको कुरा ओकल्नुभो हिमालीजी । सक्ने भए त नर्कमै गएर गिरीजाको मुखाँ पनि थुक्नेथिएँ; तर ‘विचरा’ किशुनजी त स्वर्गको बाटो लागिसके होलान् ।

  27. स्वो के पी ज्यु,
    सडकै पखाल्न पुग्ने पानी ल्याई दिने भनेर काठमाडौँ वासीलै भनेको होइन? खै त?

    • तिम्रा प्यारा कम्युनिस्थ कमरेड हरु ले जन युध सुरु नगरेको भए आउने थियो सडक पखाल्न पुग्ने पानि, तिमि जस्ता नेत्र हीन हरु कै कारण यो अवस्था आएको हो

      • “जनयुद्ध कतै कांग्रेसी कै षडयन्त्र नै त् होईन”
        भर्खरै किसुन जी को देह्बसान भएको र हामि सबै उहामा समबेदना व्यक्त गर्दै रहेको बेला म आज जन युद्ध जायज थिए बा थिएनन् भनि केहि लेख्न चाहन्न/ किन भने यो समय बिपछ्य हरुले पनि सम्मान गरेको एउटा साधा र सरल नेता हामीले गुमाएको छौं/

        २०४६मा बाम ए प्रजातान्त्रिक शक्ति हरुको बिचमा साँच्चैको मेल मिलाप को बातावरण गणेशमान जी ले बनाई सक्नु भएको थियो/ त्यो कुराले नेपाली जनतामा याकताको भावना बनेको थियो/ तेती बेला यसरि बाम हरुलाई समेत याकताको मुलधारमा ल्याउन काग्रेसी हरु बात गणेश मान र किसुन जीकै प्रयास थियो गिरिजाको थिएनन्/ गिरिजालाई त् तेती बेला पनि कांग्रेस-बाम जनताहरुले रत्न पार्कमा जुत्ताले हानेको थियो/

        कांग्रेस बाम यकता भए मा आफ्नो परिचय गुम्ने दरले गिरिजाले पहिला किसुनजी लाई अन्तर्घात गरे तेस्पछी गणेशमानलाई पार्टीमा यो नेतानै होईन भनि निकाले अनि किसुन जीलाई पनि पार्टी छोड्नु पर्ने बने/ अनि बामहरुलाई पनि माले मण्डले मशाले एउतै हुन् भनि नेपालमा बनि सकेको बाम प्रजातान्त्रिक यकता गिरिजाले फुटाले/ अनि आफुले पनि देस लुते भारतलाई पनि देस लुट्न दिए/ तव जन युद्ध गर्नु पर्ने बाध्यता बन्यो/

        जन युद्ध साँच्चैको अर्थमा भन्ने हो भने गिरिजा प्रबितिको बिरुद्ध मात्रै थियो/ यसै कारन किसुनजी शेर बहादुरलाई बामहरु सिट बार्ता र समाधान समेत गर्न नदिने गिरिजानै हुन्/समाधान को निमित किसुन जी र शेर बहादुरले त् बिस्वो शक्ति रास्त्र्हरुको सहायता समेत पाएको थियो, तर गिरिजाले त्यो पनि स्वीकार गर्न दिएनन्/

        बाम हरुले तेती बेला गिरिजा समाधान गर्न नचाहने भएकोले राजा सिट समाधान को बार्ता गर्न चाहे/ गिरिजाले राजा सिट गरेको समाधान को बार्ता पनि नमान्ने भने/ तर तेही गिरिजाले भारतले मावोबादिहरु सिट सम्झौता गर्नु भन्ने आदेश पाउना साथ् दिल्ली सम्म गयर १२ बुंदे सम्झौता गरे/ तर यो कुरामा पनि गिरिजाले झेली गरे/ चुनावमा बहुमत पाएको मावोबादिलाई सरकारमा जाने बाटो रोकेर बसे/

        १२ बुंदे सम्झौता मा जे जति उल्लेख छ गिरिजाले मानेको भनेको कुरा मात्र ज्ञाने हटाउने कुरा हो/ त्यो पनि ज्ञानेको थाहूँ मा गिरिजा आफै बस्न को निमित मात्रै/ सबै गिरिजाकै khel हो/

    • किशुन जी ले त ल्याउने थिय तर तिमीहरु जस्ताले लेउन देनानानी.तिम्रिहरुको १० बर्से जन आतंकले काठमाडौँ त छोड देश कै माटो नेपाली सोझा जनताको रगत ले धोई हालेउनी.तेसैमा खुसि हुनु.किशुन जी को नाम पनि न लिनु है ? किशुन जी को नाम मा दाग लाग्छ .

      • ये कांग्रेस क कुकुर हरु हो देश बिगारेको तिमीहरुले हो ठण्डा दिमाग लाएर सोच……..पहिला मनबाट कांग्रेस हटाएर नेपाली भन्ने भावना राख अनि थाहा हुन्छ

  28. नेपाली काँग्रेस एबम सारा नेपाली हरु ले कृष्णा प्रसाद भट्टराई को कुराकहिले सुनेनन, मलाई सारै दुख लगेकोकुरा चाही राज्त्रन्त्रसगै को प्रजान्त्रको कुरालाई लिएर एस्तो सुद्धछबी भएको नेतालाई गलिगारे राजाबादी भने तर उहाले भन्नुभएको यो कुरा नेपालको लागि अतिराम्रो शोच थियो/ हजुरलाई म एउटा नेपालीको तर्फ बाट हार्दिक स्रदान्जली दिनचाहन्छु/ जय नेपाल
    राजा अउ देश बचाऊ र कृष्णा प्रसाद भट्टराई को सपना पुरा गरौ/ काँग्रेस ले गरेको गल्ति को लागि कुनैपनि हालतमा माफी छैन्

  29. कसको कुरा गर्नु खै, अहिलेका बिद्यार्थी नेता के कुरा गर्नु र यी त भात मारा डाका पो हुन् त! खल्ती मा सुको अनि दिमाग मा गोरुको गु भएका छि छि क कुरा गर्नु र! अहिले का congressi हरु पनि सबै बिग्री सके, कोहि सद्दे छैन, गिरिजा ले के सिकायो सिकायो नि, कोहि सत्ता बाट ओर्लने चाहना नै गर्दैन..अरु त अरु आफुलाई खुब समाजबादी भन्ने लामचन्द्र बाजे को हर्कत त सबैले देखिहाले..त्यो शुसुले डाका आफुलाई निकै त्यागि भंथाँदो हो, त्याग त देखाउने दात मात्र हो, असली मा त तेसका हनुमान बाट असुल्छा सबै कुरो, महा को डाका पो हो त, नपत्या भए लाम्कृष्ण ताम्राकार, गोपाल पहाडी, दिल बहादुर घर्ति लाइ सोध्नुहोस (हनुमान को लिस्ट लामो छ कति लेख्नु)..सो म किसुनजी भाको भए यिनीहरु कसैलाई चिन्दैनथे, चाकडी बाज मोराहरुलाई एक भ्वाक लात्ताले दिन्थे ..

  30. सालोक्य जी तपाई को हेड लाइन ले भन्न खोजेको के? सबै जना नेपाली कृष्ण प्रसाद भट्टराई बन्नु? सन्त को जीवन बिताउनु, सधै राज संस्था को वकालत गर्नु?
    कृष्ण प्रसाद भट्टराई ले त्यो बेला राम्रो कम गरे तर समय परिबर्तन संगै आफु मा परिवर्तन ल्याउन सकेनन/
    ल सालोक्य जी हजुर नै कृष्ण प्रसाद बन्नुहोस मलाई बन्नु छैन सन्त. मत गज्जब घरजम गरेर छोरा छोरी संग हाँसी खुसि जिन्दगि बिताउने हो/

    ——
    हो, हेडलाइन पढेर कमेन्ट ठोकिहाल्ने यही बानी त नराम्रो हाम्रो। पहिला त्यो हेडलाइनमुनि के लेखिएको छ त्यो पनि हेर्नुस् न। के विषयमा तपाईँको प्रतिक्रिया मागिएको छ। के विषयमा बहस चलाउन खोजिएको छ बुझ्दै नबुझी हेडलाइन पढेको भरमा कमेन्ट गर्नुभएकोले तपाईँले कुरो नबुझ्नुभएको हो। एक पटक फेरि पढौँ र बुझौँ र त्यसअनुसार कमेन्ट लेख्न अनुरोध। – Salokya

    • Salokya jee ठिक भन्नु भयो …. मैले हाम्रो एउटा नेपालीनेता हेलसिन्की घुम्न आएको बेलामा एउटा प्रेस कनफेरेंनसमा हाम्रा नेताको खुबी देखेर दङ्ग परेको थिए … उहा कसैले प्रश्न पुरा सोध्न नपाउदै उत्तर गर्न थाली हाल्नु हुन्थ्यो …. तेसैमा मैले एउटा प्रश्न सोधेको थिए; ”नेपालमा यो नेपाल बन्दलाई सधाको लागि बन्द किन गर्न सकिन्दैन र………. ( मेरो प्रश्न सकिएको छैन उहा बोल्न थाली हाल्नु भयो?)” उहाले मलाई यस्तै जवाफ दिनु भयो …..”हाम्रा युवाहरु यति फास्ट छन् कि बन्द भन्ने सब्द सुनेकि पुगी हाल्छ… कति कति बेला त बन्द नगरौ भन्दा पनि बन्द हुन्छ किन कि हाम्रा युवामा पुरै सुन्ने र पढ्ने फुर्सद छैन, हामीलाई नया नेपाल बनाउनु परेको छ …” तेस्तै गर्नु भयो हाम्रो जीवन जी ले पनि …. हाहाहाह्हा यो पनि मैले किशुनजी भएर भनेको है …. किशुनजी को मजाक गर्ने पारामा …

  31. मृतु निरिह हुन्छ तर त्यो भन्दा निरिहता बाचेका नेपाली कांग्रेस ले देखाएको छ. किशुनिजी को लास र अस्तु माथि राजनीति नै गर्ने हो भने ” सुशील बाजे १२ बुंदे देखि गणतन्त्र सम्म गलत भयो भन्ने आंट गर्नु पर्यो?” छ हिम्मत?

    माओबादी त आफ्नो सिद्धान्त मा प्रस्ट छ, कमल थापा राजाबादी पनि आफ्नो नीति र सिदान्त मा प्रस्ट छन्. बिचलित र सिधान्त बिहिन र घोर अबसरबादी त कांग्रेस नै देखियो नि होइन? ताक परे तिवारी नत्र गोतामे?

  32. के भन्नु र खै, जसले जुन कुरा आफ्नु पुरा जिन्दगि त्यागेर आर्जन गरेको हुन्छ त्यो चिजको हमेसा माया हुन्छ, जस्तो किसुनजीलाई कांग्रेस पार्टीको थियो, अहिलेका नेता भनौदाहरु ले त के नै पो गरेका होलान र यो पार्टी को निम्ति, तिनै किसुन जी को हमेसा सत्तो सराप र खुट्टा तान्दै उनलाई माथि उक्लिने भर्यांग बनाए नत कुनै कांग्रेस नेताहरुले सस्थापक पक्ष को बाटो पछ्याए नत कहिले उनीहरुको नितिवान राजनीति गरे गरे त सबैले पार्टीको बेइज्जति अनि ति महान नेताहरुको खिल्ली उडाउने काम आज ति बि.पी., गणेशमान अनि किसुन जी कै आत्माले कति सरापेको होला यी पाखण्डीहरुलाई, आज यी नेताहरुको चाला देख्दा एउटा नेपाली उखानको याद आउछ “उल्फाको धनमा फुपुको सराद” // जय नेपाल

  33. किसुनजीको पार्थिव सरीर पनि अब हाम्रो साथ रहेन अव उहा परलोक जानु भयो जहा खुट्टा तान्ने मानिस हरु हुने छैनन् बेैमानी गर्ने नेताहरु हुने छैनन् ।
    हो किसुनजीको मृत्यु भयो यस्मा दुख मान्नु पर्ने छैन किनकी ढिलो चाडो सबैको मृत्यु हुन्छनै । मलाईत दुख कांग्रेसको चरित्र प्रति लागेको छ । हिजो बाचुन्जेल वास्ता नगर्ने जिवन र मृत्यु संग लडिरहेको बेला सहारा दिन कोही गएन । निस्वार्थ भावले काम गरिरहेका मान्छेलाई सारा कुरा छोडेर एक्लो जीवन जिउन बाध्य गराए यिनै नेताहरुले । हो समयले साथ दिएको भए आज उहा राष्ट्रपति भएर मर्न पर्ने मान्छे हो तर यो सब खोसियो उहाँ बाट । अहिले मरे पछि यत्रो जात्रा किन हुनत कपालीले कागेसको पार्टी कार्यालयमा लास राख्न दिईनन गरे । राम्रो गरिछन धन्यबाद छ, कपालीलाई । यहानिर आएर किसुनजीले एउटा गल्ति गरेको होकी भन्ने मलाई लाग्न गयो उहाँले मर्ने बेलामा भन्न पर्ने थियो मलाई चारतारे झण्डा ओडाउन नदिनु केवल चन्द्र सुर्य भएको झण्डा भए पुग्छ । जव जस्को कारणले एक्लो जीवन बिताउनु भयो त्यही पार्टीको झण्डाले मरे पछि पनि उहाको आत्मालाई दुख भयो कि जस्तो लाग्यो मलाई । राजकिय सम्मान भनेको राज्यले गर्ने सम्मान थियो कुनै पनि पार्टीमा आवद्ध छैन भनेर बसेको मान्छेलाई चारतारे झण्डाले बिझायो कि ठाडो भाषामा यस्लाई लास माथिको राजनिती पनि भन्न मिल्छ कि ?????

Comments are closed.