हैन यी हेडसर हुन् कि ‘बेड’सर हँ ?

रोजगारी वा अन्य कामका लागि स्वास्नी यता छाडेर विदेशतिर लोग्ने लाग्दा सहर, गाउँघरमा हुने गरेका घटना बढ्दैछ। केही घटना समाचार बन्छन्, केही भने कुरा काट्ने विषय। जोडी छुट्टिएर विदेश जाने क्रम बढेसँगै यस्ता घट्ना पनि बढ्दो क्रममा रहेको यहाँको समाजमा भिज्नेहरुले प्रष्टै थाहा पाएका छन्। यस्तो घटना पहिलेभन्दा कति बढ्यो, किन बढ्यो- कसैले अनुसन्धान नगरेकाले समग्रमा यसै भनेर भन्न सकिने स्थिति भने छैन।

आजको ‘कान्तिपुर’ मा एउटा यस्तै समाचार छापिएको छ। भित्री पेजमा सानो समाचारका रुपमा छापिएको भए पनि सामाजिक हिसाबले मलाई भने यो समाचार ठूलो खालको लाग्यो। समाचार यस्तो छ-


हेटौडाको एउटा गाउँका हेडसरले तीन महिनाभित्र तीन लाख रुपैयाँ तिर्नुपरेछ। हेडसरको काम गर्नेले तीन महिनामा तीन लाख रुपैयाँ तिर्नुपर्ने के काम गरे त ? कुरा अलि ‘ए’ सर्टिफिकेट पाउने खालको छ।

आइतबार गाउँलेहरुले ती हेडसरलाई समातेर कारबाहीका लागि प्रहरीलाई बुझाएका रहेछन्। कुरा के रहेछ भने उनले एक स्थानीय महिलालाई पेट बोकाइदिएका रहेछन्। ती महिलाका लोग्ने काम गर्न विदेश गएका रहेछन्। विदेशबाट फर्कँदा त स्वास्नीले पेट बोकेकी ! त्यसपछि लोग्नेस्वास्नीबीच के भो, कसो भो समाचारमा खुलाइएको छैन। बन्द कोठाभित्र के के भएछ कुन्नि। यो कुरा प्रहरी चौकीमा पुगेपछि बल्ल पत्रिकामार्फत् देशभर सार्वजनिक भयो।

स्थानीय बासिन्दाले ती हेडसरले जबर्जस्ती गरेर पेट बोकाइदिएको आरोप लगाए। जबर्जस्ती गरेको भए त पाँच महिनाअघि नै थाहा हुनुपर्ने हो। पाँच महिनासम्म केही थाहा नहुनु, लोग्ने विदेशबाट फर्किसकेपछि मात्र ‘जबर्जस्ती’ भएको थाहा हुनुले ती विवाहित महिलाको पनि सहमति त्यसमा थियो कि भन्ने शंका गर्न सकिन्छ। मुलुकी ऐन अनुसार जबर्जस्ती भएको ३५ दिनभित्र नालिस नदिएमा लाग्न सक्दैन। यहाँ त पाँच महिना भइसकेको थियो। तर त्यसो भन्दैमा स्थानीय बासिन्दाको हुल अगाडि हेडसर के बच्न सक्थे र ?

पुलिस चौकीमा कुरा पुगेपछि पीडित पक्ष र हेडसरबीच वार्ता भएछ। मुद्दा अगाडि बढाएमा लामाको जागिर पनि खोसिने र महिलाको पनि बिचल्ली हुने भएकाले दुई पक्षबीच सहमति गरेर कुरा टुंग्याइएछ। यसका लागि १ लाख रुपैयाँ हेडसरले पीडित पक्षलाई दिने भएछ। पत्रिकामा यसलाई क्षतिपूर्ति भनिएको छ। जुन कुराको ‘क्षति’ भएको छ, त्यो यो एक लाख रुपैयाँले के पूर्ति होला र। त्यसैले यसलाई जरिवाना भनौँ वा सजिलोका लागि पैसा दिएर मुख थुनेको नै भनौँ।

विदेशबाट फर्किएका ती लोग्ने अलि समझदार लाग्यो मलाई। अरुले जस्तो उनले अर्काको पेट बोकेकी आफ्नी स्वास्नीलाई पतित, व्यभिचारी भन्दै घरनिकाला गरेन। न होस गुमाएर अन्य आपराधिक काम नै गर्‍यो। तर पैसाको कुरामा भएको सम्झौता हेर्दा लाग्छ- कतै हाम्रो नेपाली समाज पैसामुखी बन्दै गएको त हैन ? पैसाका अगाडि पहिलेका अस्वीकार्य काम स्वीकार्य बन्दै गइरहेको त हैन ?

ती हेडसरको कुरा भने यति मै सीमित छैन रहेछ। तीन महिनाअगाडि मात्रै यस्तै अर्को झमेलामा फँसेका रहेछन् उनी। छतिवनकी अर्की महिलालाई पनि उनले पेट बोकाएवापत दुई लाख रुपैयाँ तिरेर कानुनी कारबाहीबाट उम्किएका रहेछन्। ती महिलाका लोग्ने पनि काम गर्न विदेशै गएका रहेछन्। लोग्ने विदेश गएका स्वास्नीलाई बेडमा आमन्त्रण गर्दै हिँड्ने बिचरा यी हेडसरलाई आफ्ना अनैतिक सम्बन्धहरु निकै महँगो साबित भएको रहेछ। यति पैसामा त मिलाएको भए मोडलै पाउँथे कि !

समाचार हेर्नुस् जस्ताको तस्तै-

क्षतिपूर्ति दिएर ‘हेडसर’ उम्के
कान्तिपुर संवाददाता
हेटौंडा, फाल्गुन २४ – गाउँकी एक विवाहित महिलालाई जबरजस्ती यौन दुव्र्यवहार गरेर गर्भवती बनाउने प्रधानाध्यापक -हेडसर) ले एक लाख रुपैयाँ क्षतिपूर्ति रकम बेहोरेर कानुनी कारबाहीबाट मुक्ति पाएका छन् । धियाल-४ स्थित कालिका निमाविका प्रधानाध्यापक सुरजकुमार लामाले स्थानीय एक महिलालाई जबरजस्ती शारीरिक सम्पर्क गरेर गर्भवती बनाएका थिए । ५ महिनाअघि ती महिलाका पति विदेश गएको मौकामा गर्भवती बनाएपछि स्थानीय बासिन्दाले आइतबार लामालाई समातेर कारबाहीका निम्ति प्रहरीमा बुझाएका थिए ।

पीडित पक्ष र प्रधानाध्यापकबीच भएको छलफलपछि कानुनी कारबाही अगाडि नबढाउने सर्तमा प्रअले क्षतिपूर्तिस्वरूप महिलालाई एक लाख रुपैयाँ दिने सहमति भएको स्थानीयवासी हर्कबहादुर लामाले बताए । ‘मुद्दा अगाडि बढाएमा लामाको जागिर पनि खोसिने र महिलाको पनि बिचल्ली हुने भएकाले दुई पक्षबीच सहमति गरेर टुंग्याएका हौं,’ उनले भने । पीडित महिलाका पति हालै मात्र विदेशबाट आएका छन् । विदेशबाट आउँदा पत्नी गर्भवती भएको थाहा पाएपछि प्रधानाध्यापक लामाको कुकर्म सार्वजनिक भएको हो । प्रअ लामा तीन महिनाअघि पनि छतिवनकी एक महिलालाई गर्भवती बनाएबापत २ लाख रुपैयाँ क्षतिपूर्ति दिएर कानुनी कारबाहीबाट उम्किन सफल भएका थिए । ती महिलाका पनि पति रोजगारीका लागि विदेश गएका थिए ।

118 Comments

  1. सुबेच्छा पन्त जीको रमाइलो लेख र रमाइला कमेन्टस् हरुलाई धन्यवाद। “यति पैसामा त मिलाएको भए मोडलै पाउँथे कि !”भन्ने कुरालाई धेरै पाठकहरुले गलत बुझ्नु भएको जस्तो लाग्यो। १ लाखमा त स्वोर्गकी अप्सरा पनि आउथिन होला भनेर लेखिकाले मोडेल लाई अप्सरा सँग तुलना गर्न खोज्नु भएको हुन सक्छ । मोडेललाई १ लाखमा बिक्ने बिकाउ भनेर बुझ्नु गलत हो।

  2. Aaru Vnada pani Comment padera mazza aayo…Dharai Bichar haru janna paiyo aani Tipical Nepali word haru padna paye..khusilago…

    • मान्छे लाई पेट बोकेर tension भैरा बेला यो खुशी लाग्ने मान्छे कस्तो ????

  3. यति पैसामा त मिलाएको भए मोडलै पाउँथे कि !
    धन्यबाद है लेखाकजी आइडिया दिनु भएकोमा …………..

  4. निशा जी , यो त बाहिर आएको घटना मात्र पो हो नत्र यस्ता घटना अहिले नेपाली नारीमा ८० पैतिशत घटने गरेकेा छ लुकी छिपी, जो जो विदेशमा हुनुहुन्छ पहिल्लै विचार गर्नुस है कतै तपाईको पनि यो हालत भैराखेको त छैन । आईमाई देखि होसियार नत्र विना कामको बाउ बन्नु पर्ला नी

  5. Actually men may do foult but they have to realise their foult thy the God has made men, The person who does mistake again and again there is not espace to compare with animal. The married man and woman who cheats to their own parents that seems as sin to the God . Though they are for hell, most of people are also send to hell rather they have place for haven thus, they must have to be punished because both of them are sinner. Yes, every man has filling and emmotions but must have to be tolorated otherwise the persen’s life will be to animal which there is no need of wall and authority to do ………… with any one…….

  6. बजियाको बिउ त्यस्तो कडा भएको थाह हुँदा हुँदै किन कण्डम प्रयोग नगरेको रहेछ यो कुरा पनि छानबिन गर्नु पर्ने जस्तो छ । एक पटक एउटीले पेट बोकि सके पछि त अर्किले पनि पेट बोक्न सक्छे भन्ने कुरा थाह नहुने त कुरै हुँदैन त्यस माथी पनि हेडसर जस्तो मान्छे । नेपालको हेडसरहरुलाई बदनाम गराउन बिदेशी शक्तीको हात रहेको अनुमान गर्न सकिन्छ । ति बिचरा हेडसरको बिषेशखालको बिषेशता नभएको भए गाँउका परिहरु किन त्यसरी लठारिन्थे होला । अब बन्ने सँविधानमा चैँ महिलाहरुले आफुले चाहेको ब्यक्तीसँग चाहेको समयमा यौन गर्न पाउने अधिकार सुनिश्चत गर्नु पर्छ।ए बाबा आफ्नो खेतमा कुन हलीलाई जोताउने भन्ने अधिकार पनि महिलालाई नहुने?

    • यो कमेन्ट चाहि बबाल लाग्यो मलाई. कुरा त एकदम ठिक हो.

  7. येस्ता घटना कति विदेशिने पुरुषहरुले भोगी रहनु भएकोछ,यो घटना को दोसी चाही को हो ? पुरुस या महिला ?महिला हरुले जबर्जस्ति गर्यो भनेर तर जबर्जस्ती गरेको भए बलात्कार हुन्छ,फेरी बलात्कार गरेलो खण्ड मा त कानुन छदै छानी,तर यो गलत हो महिला हरु नै ये कुरामा सहमति दिन्छन अनि एस्तो समस्या भोग्नु पर्छा,हुन त यो कुरा गर्दा फेरी महिला दीद बहिनि हरु रिसु नु होला नारी किन दबिएर बस्ने नारी ले नि यो गर्ने अधिकारछ भन्नु होला|
    अर्को कुरा पुरुसहरु विदेशमा श्रीमान छ भन्ने थाहा भए पछी,त्येस्ता महिला को पछी लाग्छन किन कि मोज गर्नु पनि पाइने पैसा पनि पाइने.त्येस्तो बेलामा महिला हरु पनि पग्लिहल्छा किन कि उनीहरु लै पनि श्रीमान को आवस्यक भएको हुन्छ,जोसमा होस् हुदै न र दुख पनि भोग्नु पर्छ.
    त्यसै ले बिदेशमा हुनुहुने साथीहरु सावधान श्रीमती संग धेरै बिस्वास पनि नगर्नु है सथि हो|

    • तिर्खा लाग्दा पानि पिउन त पाउनु पर्ने हो नि !पुरुष लिंग (उदाहारण,काल भैरवको उत्तेजित पुरा वयस्क पुरुषको लिंग,शिव लिंग )पुजा गरिने हाम्रै समाज विभिन्न यौन आसनमा लिप्त तुन्डाल लाई सहर्ष मन्दिर र घरमा सजाइने अनि तिनै कुरा हरु जो आवश्यक छ मान्छेहरुलाई व्यवहारमा आउदा सामाजिक विकृति,लाजमर्दो हुने लुकेर गर्दा जायज देखिए पछी नाजायज दोधारे नेपाली सामाजिक चरित्र देख्दा दिक्क लाग्छ

  8. विदेश मा छु/ केई वर्ष मा बिहे गर्छु होला एस्तो समाचार सुन्नु पर्छ हे दैब कसरि सक्नु हू/ आफु मोरी मोरी काम गर्यो नेपाल मा बुडी ले खेताला हाल्छे/ अब बुडी लै नै यता launa नासक्नी नभई बिहे गर्दिन की के हू/

  9. लुना जी
    तपाइले लेख्नु भएको कुरामा अलिकति लेख्दैछु,नरिसाउनु होला| लुना जी लोग्ने ले एती धेरै माया गरेको रहेछा भने के,माया को बदलामा फ्री मा सन्तान को उपहार दिने के यो सहि होकी गलत हो,हुने कुरा भैसक्यो,गर्नेले गरि पनिस्क्यो, तर येस्तई माया लाई उपहार दिने हो भने लोग्ने को अस्थित्व चाही केहो,कि लोग्ने ले सन्तान दिनु नै नसक्ने होता,यहाँ जुन लोग्ने ले आफ्नो श्रीमती लाई आफै राख्यो,एसले लोग्ने आफुलाई पनि प्रस्न चिन्ह खादा गरेको छ |पैसामा श्रीमती बेचेको होकी,अफैमा उत्पदंसिल नभएको होकी,तर जसले तेस्ता श्रीमति लाई राख्यो,उसको ठुलो गल्ति हो,फेरी पनि उ विदेश जाला,फेरी अर्को सन्तान नहोला भन्न सकिएन,र एस बाट के प्रमाणित पनि हुन्छ भने अब भने महिला ले केहि गर्ने आट भयेछा,कति पुरुषले मात्रै गर्छा मोज अब नारीको पालो हो भन्ने जोस अयेछा|यो नारी को जित हो खुसि मनाउने हैनर,……नारी अब कम्जोर छैन, नारीले नि पनि मोज गर्न पाउनु पर्छ …….

    • राई जि ! तपाईं कती बर्ष को हुनु भयो ? मेरो विचारमा १८ त पक्कै कट्नु भयो होला । तपाईंले ऐले सम्म यौन संपर्क गर्नु भा छ कि छैन ? पक्कै भा छ । किन गर्नु भो ? जबाफ त तपाईं सँग छ नै । त्यो नचाहिने कुरा होइन । फरक के भने सबैले यस्को उपयोग कसरी गर्न जानेको हुन्छ भन्ने कुरा चै अहम सबाल हो । अब सबैले यस्को उचित उपयोग गर्न जान्ने भा भे यो संसार स्बर्ग हुन्थियो त्यो हुन कहिल्यै कहिल्यै सम्भब छैन ।
      तपाईंलाई जरुरत भ जस्ताइ ति महिलालाई पनि जरुरत पर्‍यो तिन्को श्री मान तिन्को साथ लामो समय ( बिदेश गा को बेला ) न भ को बेला । पुष्प जि ले भन्नु भ झै यस्तो कुराको जरुरत पर्दा अपनाइने उपाय हरु छन जस्बाट लाज जोगियोस तर मैले भने नि राई जि यो संसार मा सबै मान्छेको बुद्दी उत्तम हुदो हो त यो संसार स्बर्ग हुने थ्यो तर त्यो हुँदैन कहिल्यै पनि । त्यो सम्भब छैन !स्बिकर्नुस् ।
      ति महिला गाउले सोझी होलीन् , तिन्ले कनडम जस्तो सजिलो उपाय प्रयोग गर्न जनिन्न कि या त्यो उपाय दुर्भाग्यबम्श फेल भयो कि ! कुरा उनै जानुन् — तर कुरा के हो भने मैले भनिसके नि यो संसार मा सबै मान्छे बुद्दी र उपायले पारीपूर्ण हुँदैन ।
      तिन्को कार्यलाई सही मान्दिन म तर यो मानबिय ‘कम्जोर’ चै मान्छु म जस्लाई अरुले झै ‘पतित ‘ भनेर चै भन्दिन । यस्तो कुरा लुकाएर भा भे छु मत्लब हुन सक्थियो समाज मा तर बुद्दी र उपाय नपुगेर दुनियाँको मत्लब हुन पुग्यो जुन दु:खको कुरा हो उनिहरुको लागि । अनी मलाई चै अरुको दु:खमा औंला थड्यौन मन लाग्दइन । मेरो आत्माले मान्दैन ।
      मलाई दया लाग्छ यि बुद्दी – बिबेक – उपाय अपनाएर आफ्नो सुख लिन नजान्ने देखी ।
      रह्यो तपाईंको प्रश्न को उत्तर , ति लोग्ने ले माया गर्दा गर्दि पनि जब चाहनाले – रोक्न नसके पछी —- ( आशा छ तपाईंले तपाईंको प्रश्न को जबाफ पाउन भो ,तपाईं मेरो कुरामा सहमत नभए पनि ।)

  10. जिबन जी म सतप्रतिसत महिलानै हु !यसमा कुनै संका छैन !
    यदि ति महिला सत्य थियिन भने ???
    मास्टरलाई किन कारबाई भएन ???
    र ति लोग्ने मान्छेले आफ्नी श्रीमतीलाई किन न्याए दिलाएँ न ???
    अनि एक लाख रुपैयामा त्यो पटके मास्टरलाई किन कारबाई भएन ???
    मेरो प्रश्न यतिनै हो ! !!!!
    अरु सबै सामाजिक बिकृति हो !!!!
    र यसमा अराजनैतिक ब्यबस्थाको कारण पनि हो !!!!!
    र म योपनि भन्न चाहन्छु कि हामी महिलामा घर ,समाज ,र देस को ठुलो –
    जिम्मेवारी हुन्छ !हामी नै धराशाही भयोऊ भने हाम्रो घर, समाज ,र देस कस्तो हुन्छ ????????????????

  11. जे भए पनि तेस्तो गर्न नहुने थियो भन्ने हाम्लाई लागेको छ तर यो समाज मा एस्त घटना त निकै छन तर एसको छानबिन गर्ने को ? सो छोडौ येस्ता कुरा र राम्रो सल्लाह दिउ न … हुन्न र

  12. येस्ता घटना कति विदेशिने पुरुषहरुले भोगी रहनु भएकोछ,यो घटना को दोसी चाही को हो ? पुरुस या महिला ?महिला हरुले जबर्जस्ति गर्यो भनेर तर जबर्जस्ती गरेको भए बलात्कार हुन्छ,फेरी बलात्कार गरेलो खण्ड मा त कानुन छदै छानी,तर यो गलत हो महिला हरु नै ये कुरामा सहमति दिन्छन अनि एस्तो समस्या भोग्नु पर्छा,हुन त यो कुरा गर्दा फेरी महिला दीद बहिनि हरु रिसु नु होला नारी किन दबिएर बस्ने नारी ले नि यो गर्ने अधिकारछ भन्नु होला|
    अर्को कुरा पुरुसहरु विदेशमा श्रीमान छ भन्ने थाहा भए पछी,त्येस्ता महिला को पछी लाग्छन किन कि मोज गर्नु पनि पाइने पैसा पनि पाइने.त्येस्तो बेलामा महिला हरु पनि पग्लिहल्छा किन कि उनीहरु लै पनि श्रीमान को आवस्यक भएको हुन्छ,जोसमा होस् हुदै न र दुख पनि भोग्नु पर्छ.
    त्यसै ले बिदेशमा हुनुहुने साथीहरु सावधान श्रीमती संग धेरै बिस्वास पनि नगर्नु है सथि हो|

  13. होइन हौ मित्रहरु विदेशिएकाहरुको स्वास्नि मात्र होईन स्वदेशमा रहेका हरुको स्वास्निहरुले पनि अर्काको भुडि बोकेका छन् नि । किन त्यसरि परिवन्दले विदेशिएका हरुको मात्र धज्जि उडाउने? यसरि एकतर्फि बोल्दा उदाउदा अलि न्याए हुदैन कि? ठोक्नेले ठोक्यो बोक्नेले बोकि र जिम्मालिनेले लिसक्यो भने हाम्रो के को टाउको दुखाई ह? के पि ओलीले विध्या देवीलाई मज्जा संग अझै पनि ठोक्दै छ कसैले बोल्छ? फटाहा हरु सक्नेलाई भरि मन परि बोल्ने नस्कनेलाई चाहि यत्रो छुट किन साथि हो यस्तो चाला ठिक भएन नि? गरिवकि स्वास्नि सबैकि भाउजु बनाउनु त पाप हो सथि हो

  14. तेस्तै त हो खाने मुखले खाना खाने खाना नखाने मुख ले त तेही त खोज्छ नि ….. कि कसो हो मास्टर साब? जे गर्नु भो ठिकै गर्नु भो……………….

  15. कुरा गरे कुरै को सास्ती … लोग्ने विदेश स्वास्नी को मस्ती … भन्या यहि हो

  16. लह लोग्ने लाई त दुवै हठ मा लड़ू नै भयो नि पैसा पनि पाइने अनि ४ महिना पछि सन्तान पनि पाइने बिउ न रोपी फल खान पाइने भयो नि हेहह्हहह्हहाह

  17. “यति पैसामा त मिलाएको भए मोडलै पाउँथे कि”
    शुभेच्छा पन्त जी, लौ न यसो बुझ्नुस एकजना राम्री मोडल मेरो लागी पनि । तपाईं त अनुभबी हुनुहुदो रहेछ ।

  18. नेपालीमा हुन त एउटा उखान !! आफ्नी छोरी नाखरनौली तन्नेरीलाइ दोष !! तर पैसा तिर्दै अर्काको घरबार बिगार्नेलाइ त छोड्न नहुने त ? पैसाको लागि श्रीमती बेच्नेलाइ र बेचीइनेलाइ पनि कारबाही गर्नुपर्छ तेसले त पछि छोरीबेटी पनि bambay मा बेच्न सक्छ! नत्र भने पशु र मानव बीच के फरक भयो त ? यो कमेन्ट मा रेड गर्नेको सोचपनि हेडसर को जस्तो हुनुपर्छ!

  19. गास, बास, कपास अनि सहबास आधारभूत आवस्यकता भैहाल्यो नि. हुनु पर्ने मान्छे संगै नभएपछि अवसर पाए जसले नि गर्छ नि. हाम्रो समाजमा त्यो अवसर चै पर्याप्त हुदैन. तेती सिधा कुरालै के के न भा जसरि बुर्लुक बुर्लुक किन उफ्रिन्चन मान्छे मलाई अचम्म लाग्छ बा!

  20. लह लोग्ने लाई दुवै हaथमा ladduuu नै हुने भयो नि यता पैसा पनि पौन्ने अनि ४ महिना पछि सन्तान पनि hahahhahahahahahhahahh

  21. पैसा कै लोभमा ति महिलाको पतिले हेडमास्टरले भूड़ी बोकाएको आफ्नी पत्नीलाई
    स्विकारेको होला भन्ने कुरामा कुनै प्रस्ट प्रमाण छ ??? हामि त्यहा उनीहरुको घर
    सम्म पुग्या छौ र ??? अब अन्दाज कै भरमा भन्ने हो भने मेरो अन्दाज चै कस्तो
    भने पक्कै पनि ति विदेशमा काम गरिरहेको मान्छेले आफ्नी स्वास्नीलाइ एकदम माया गरेको हुनुपर्छ अनि ति स्वास्नी मान्छेले पनि आफ्नो लोग्नेलाइ माया गरेको हुनु पर्छ तर माया भईरहे तापनि लोग्ने स्वास्नी को एक आपसको अनुपस्थितिमा यौन चाहनाको कारण यो ‘ भूल ‘ हुन गएको हुनु पर्छ — हुन सक्छ ति महिलाको
    आफ्नो लोग्ने पट्टि बाट सन्तानहरु पनि होलान , यस्तो परिस्थितिमा आफ्नो सन्तानकी आमा – घर ब्यबहार धान्ने स्वास्नीको माया मास्टर संगको सम्बन्धको
    कारणले उब्जेको घृणालाइ माथ गर्ने हुनु पर्छ ( घृणाको अगाडी माया बलियो भएको
    हुनु पर्छ ) यस्तो स्थितिमा लोग्नेले स्वास्नीलाई मायाले नै स्विकारेको हुनु पर्छ | अब यस्तो भयो त राम्रै भयो नि | स्वास्नीलाई मायाले स्विकार्ने हिर्दय हुनेले अब आउने बच्चालाई पनि त माया नै गर्ने छ | माया गरोस त्यो बच्चालाई , भगवानसंग प्राथना |

    • बच्चा र श्रीमती को माया नै भए को किन पैसा मा कुरा मिलाउनु पर्यो र यो कुरा लै किन प्रहरी चौकी सम्म पुर्याउनु पर्यो नि ………….

  22. दुवै जना को मिलोमतो बाट भाको रहेछ के को कानुनी कारबाही नि, ति दुइ प्रेमी अमर हुन्/ पैसा को लालच मा तरुनी स्वास्नी छोडेर बिदेस जानी लै बरु सान्त्वना दिनु राम्रो होला/

  23. हाम्रो देस, आफ्नो जनता | कसरि भन्लान “बिचार नेपाल” भनेर पिडित जनता |

  24. believe or not! Laureni wrote a letter to her husband..
    Dear Khasam
    Thank you very much for sending me money , clothes etc.. I built a nice home , baught a piece of land , buffalow, goats etc. Now we are independent economically and one hand Im fully satisfied.
    In another, However Im still not satisfied! You know that I have two mouths. One can eats delicious food every day but what can I give to another? thats you understand ! Thats why pls. come back as soon!

  25. होइन हो!!!! हाम्रो नेपाल मा के के हुने हो तर चाइ हेड़ मास्टर ले १ लाख किन तिरेको थाहा छ तपाई हरुलाई किन
    होला /किन कि ति महिला बाट लोग्ने विदेश मा भयको बेलामा पैसा पठाई रहने मास्टर ले चाई लिउन हो मेरी पिर्य
    भन्दै पैसा मागे को मागे ति महिला लाई पनि संसारै जिते जस्तो भय्होला
    घरमा अब भयन त बिजोक अनि मास्टर लाई के को टेन्सन कुरी कुरी गरि १०००+५०००+१००००+२००००+३००००+४००००+होइन
    मेरो बुढो नेपाल आउदै छ के गर्ने पैसा खोइ भने होलिन ति महिलाले अजि 4ooo हजार लिउन हिसाब किताब तिम्रो बूढा नेपाल आयपछी
    हिसाब गरौला नि ….आज आज भोलि बोलि परदेशी तुप्लुक घरमा अनि मास्टर न परेओ तिम्रो बुढी तिमि संग तिमीलाई १००००० दिन्छु
    उही के महिलासंग लियको टोटल १००००० तर खबरदार मुद्दा मामिला गर्ने होइन नि उल्टो परदेशी लाई टेन्सन कति दिन पायको थियन
    अनि के गरुस त बिचरा

  26. लेख पढ्दा गर्नेको जस्तै लेख्नेको पनि विचार खराब र साघुरो लाग्यो, अन्तमा

    “यति पैसामा त मिलाएको भए मोडलै पाउँथे कि ! ”
    यो वाक्यमा मेरो घोर आपत्ति छ, म मोदलिंग मा सम्बन्धित नभए पनि लेखकको यो दृस्टी कोण ठिक लागेन !

    • यो बिसय मा मैले नि लेखक संग घोर आपत्ति ब्यक्त गरेको छु .

  27. अवस्य पनि विदेशमा रहने श्रीमान्हरु पनि कम छैनन् । नेपाली महिलाहरुलाई प्रेमको जालमा पारेर नक्कली मायां गास्दै हिडेका र मेहनतले कमाएको पैसा फिलपिन्स, ईन्डोनेसिया, चाईना तिर पठाएको प्रत्यक्ष देखिएको छ अनि किन यस्तो नहोस् त स्वदेशमा भएका श्रीमतीहरुको हालत् । गल्ती श्रीमान्को पनि छ है यसमा ।

  28. हेल्लो सुभेच्छा पन्त, येसरी लेखना पाएँ भनेर यतिमात मोडलै पाउँथे कि ? भनेर सम्पूर्ण मोडलिंग क्षेत्र लाई बदनाम गराउने लेख लेखेको प्रति सचेत गराउंदै यहि नै माफी माग्न पनि अनुरोध छ है !

  29. A country like Nepal which is known as LHURE DESH. Undoubtedly, each and every house has one Lahure to servive himself and his family. This is reality. But case like having affair of wife with other is very common. As result, our society is disintegrating. Now for sack of family and children, what I would suggest to Lahure Husband that provide a SEX TOY for his wife before leaving her and she also gift her husband a pack of condoms to avoid another incident. This will avoid such a incident. Am I right ?

  30. येस मा सर को हैन बिदेशी प्रभु को हात छ भन्ने हामी लाइ लाइराछ .

  31. तपाइको बिचारमा के मोडेलहरु सबै पोइसमा पाइन्छ भन्ने हो कि कसो?

    • पेटै बोकाउन चै नहुने क्या ……………………………………….बाकी कुरा त अन्जु पन्त को गीत ” तिर्खा लाग्यो पानी खाए मैले के बिगारे ” भन्या जस्तै हो |

  32. पैसा ! जसले जेसुकै भने पनि अहिलेको युगमा योभन्दा शक्तिशाली त परमाणु बम पनि छैन होला । हुन त परमाणु बम पनि पैसावालहरूकै ‘हात’मा छ ।

    तर यसो भन्दैमा हामी चुप लागेर बस्नु हुँदैन । देशमा भएको राजनीतिक उथलपुथलले हाम्रो आर्थिक अवस्थामा पक्कै पनि असर गरेको छ । तर यसले हाम्रो नैतिकता, हाम्रो पहिचानमाथि असर गर्न दिनुहुँदैन ।

    महिनौं‍ चुप लागेर बस्ने र अहिले आएर अरुले जबरजस्ती गर्यो भन्नुले उक्त आइमाईको चरित्रमाथि नै शं‍का गर्नुपर्नेहुन्छ । त्यसमाथि पैसा लिएर जुठो स्वास्नी स्वीकार्ने लोग्नेलाई समझदार ठान्नु झनै मूर्खता हुनेछ । यस्तो व्यवहारले पैसा भौतिकतामाथि नभई नैतिकतामाथि समेत हावी हुनेछ । त्यसैले यस्ता कार्यहरू अस्वीकृत हुनुपर्छ । यस्तो कार्यले उक्त हेडसरजस्ता केही पैसावालहरूको नियत झन्-झन् खराब हुँदैजाने र यस्ता मुट्ठीभर मान्छेले हाम्रो समाजलाई खोक्रो पार्दै लानेछ ।

    अझ सबैभन्दा ठूलो समस्याप्रति त कसैको ध्यान गएको देखिँदैन । उक्त बच्चाको के हुने हो त ? के त्यो तुहाइनेछ ? यदि ऊ यो संसारमा आयो भने र ऊ ठूलो भएर आफू यो संसारमा कुन ‘गती’ले आइपुगेको हो भन्ने थाहा पायो भने उसको अवस्था कस्तो हुन्छ ?

    त्यसैले प्रहरी-प्रशासन र समाजद्वारा भएको यो निर्णय जायज छैन वा अपूरो छ । मेरो विचारमा त उक्त लोग्ने क्षतिपूर्ति लिएर जुठो स्वास्नीलाई त्याग गर्नुपर्छ र प्रहरी-प्रशासन अनि समाजको रोहवरमा उक्त ‘हेडसर’को जिम्मा लगाउनुपर्छ; कमसेकम हुनेवाला बच्चाको भविष्यका लागि । यसले यस्ता घटनामा संलग्न उक्त आइमाई र ‘हेडसर’जस्ता पातकी पात्रहरूलाई केही भएपनि पाठ सिकाउनेछ ।

    • हेर महान व्यक्ति पुष्प जी को महान विचार/ ति महिला ले अनैतिक सम्बन्ध राखिन भन्दै मा तिनी जुठी हुन्छिन? यस्तो निच सोचाई राख्ने समाज कहिले आगाडी बढ्ने होला? सम्झंदा पनि वाक्क लागेर आउँछ/ गल्ति सबै बाट हुन्छन गल्ति भयो भन्दै मा स्वास्नी त्यागेर हुन्छ/ नेपाल का हजारौ पुरुस भानौन्दा हरु डिस्को र बार मा पुग्छन, रन्डी बाजी गर्दै हिड्छन अब तिनी हरु पनि जुठा भए भनेर सबै श्रीमती ले त्यागिदिने? स्वास्नी को गल्ति देखाउने ले आफ्नी स्वास्नी लाई संगै राख्न सक्नु पर्यो नि? फूललाई खुला छाडे पछी भमरा हरु त लागि हाल्छन नि/

      • जीवनजी,

        कृपया मेरो प्रतिक्रिया एकपटक फेरि पढ्नुहुन अनुरोध छ; मैले जुठो भनेर भन्नुको तात्पर्य बुझ्नुहुनेछ ।

        यौन भनेको आवश्यक कुरा हो; तर समाजलाई गलत दिशातिर लैजानेहरूले भन्ने गरेजस्तो यौन पेटको भोक वा प्यास होइन। भोकै वा प्यास धेरै दिन बाँच्न सकिन्न र यसका लागि खाना वा पानी नै चाहिन्छ । तर यौनको ‘भोक’ वा ‘प्यास’ मेटाउने अनेकथरि स्वस्थ र सरल उपायहरू छन् । त्यसका लागि कसैकी स्वास्नी ताक्नुपर्दैन न त आफ्नो/आफ्नी लोग्ने/स्वास्नीलाई धोका नै दिनुपर्छ ।

        कोही बाध्यता वा परिबन्धमा परेर यस्ता कृयाकलापमा लाग्छन् भने उसलाई गलत भन्न मिल्दैन । तर जानाजान र आफूलाई नियन्त्रण राख्न नसकेर यस्ता कार्य गर्छन् भने त्यो गलत हो र यसै अर्थमा मैले उक्त आइमाईलाई जुठो भनेको हुँ ।

        डिस्को बारको कुरा छ; त्यहाँ जानु आफैंमा गलत होइन; तर यदि कोही तपाईंले भनेजस्तै रण्डीबाजी गर्दै हिँड्छन् भने त्यो एकदमै गलत हो, र त्यसको विरोध गर्नैपर्छ ।

        लोग्ने-स्वास्नी सधैं सँगै रहन पाए त राम्रो हो । तर सधैं र सबैका हकमा यो सम्भव नहुनसक्छ । विश्वव्यापीकरणले गाँजेको अहिलेको युगमा मान्छेहरूको अनेकथरि पेशा, व्यवसाय हुन्छन् र लोग्नेको एउटा काम हुन्छ भने स्वास्नीको अर्कै । एकै ठाउँमा बस्दासमेत सँगै समय बिताउन अफ्ठ्यारो पर्नसक्छ । तर यसो भन्दैमा आफ्नो लोग्ने/स्वास्नीलाई धोका दिएर अरुतिर लहसिने काम गलत होइन र ? फूल मन पर्छ भन्दैमा अरुको बगैंचाको फूल टिप्न मिल्छ र ?

  33. वास्तबमा यो केहि होइन, अन्जु पन्तको गीत त सुनेको होला सबैले “तिर्खा लग्यो पनि खाए मैले के बिराए” .

  34. त्यो हेड मास्टर लाइ स्कुल निकाला गरिएन भने स्कुलका विद्यार्थी बहिनि हरु लाइ कुन दिन कामसूत्र को पाठ पडाउनु बेर छैन … ग्रामिण तह को मास्टर ले ५ महिना मा ३ लाख को sex , not a joke yar
    मास्टर जी पासपोर्ट बनाएर Bangkok सम्म पुगेर आउने हो कि

  35. शुभेच्छा पन्त जी,
    तपाईको लेख पड्दै गर्दासम्म मलाई केहि गुनासो थिएन. तर तपाईको लेखको अन्तिम वाक्य ” यति पैसामा त मिलाएको भए मोडलै पाउँथे कि ” प्रति मेरो ठुलो गुनासो र बिरोध छ.
    तपाईको नामले तपाई स्त्री हुनुहुन्छा भन्ने मेरो बिस्वाश छ. एउटा स्त्रीले मोडेल profession गरेको अर्को स्त्रीलाई येसरी पैसाले इज्जत किन्न सकिने जुन धारणा तपाईले राख्नु भएको छ त्यो निक्कै खेदजनक छ. या त तपाईलाई मोडेल profession को बारेमा थाहा छैन, या त तपाई मोडेल profession को बारे नकारात्माक धरान छ. येसरी लेखना पैन्छा भनेर जे पायो तेही लेख्ने हो भने मा तपाई लाई एक लाख दिन्छु, तपाई मोडेल profession को सकारात्मक पाटो को बारे मा लेखि दिनुस. एदी लेखि दिनु भयो भने तेती बेला मा भन्छु, ” यति पैसामा त मिलाएर मैले एउटा पत्रकार नै पाए “. तेती बेला पत्रकारिता profession को तेसरी नै इज्जत जान्छा जसरि तपाई को वाक्य ले मोडेल profession को इज्जत गएको छ.
    पुनश्च : न त मा मोडेल profession को हुन्, न त पत्रकारिता कै. एउटा professional मान्छे ले अर्को लाई तेसरी होचायेरा लेखेको ठिक होइन. पत्रकार भएर तेत्ति नि ज्ञान छैन भने तपाईको qualification मा प्रश्न लाग्छा.
    mysansar ले तेती नि sensor गर्दैन रहेछ?

    • अनुज जी केको सेन्सर को कुरा? बिचरा माइ सन्सार त एउटा ब्लग मात्रै हो | सिङ्गो नेपाल मा सेन्सर छैन |तपाईलाई मोडेल हरुको बारेमा जान्ने इच्छा भए आउनुस बहस गरौ मोडेल हरुको मोल गरौ , तपाइले सोच्दै नसोचेको मोडेल हरु पैसा मा देह ब्यापार गरेर हिनेका छन् अनि बोल्नुस यार यो त सामान्य हो क्या

      • बिष्णु जी,
        मोडेलहरुको मोल गरेर तपाईसंग बहस गर्नु या मोडेल पेशा गर्ने सबै चोखो छन् भन्नु मेरो तात्पर्य होइन. तपाईले बिश्वास राखे झैँ एक से एक मोडेल भनौदाहरुको कु-करतूतहरु आज हामी सबै सामु छर्लंग छन्.
        तर देशको चौथो अंग मानिने पत्रकारहरुले नै येसरी मोडेल पेशाको बारेमा नकारात्माक धारणा छाप्दै हिड्ने हो भने के यो बिडम्बना होइन? पत्रकारहरुले नै मोडेल र यौनकर्मीहरु लाई एकै हो जस्तो सोचेर लेख्ने हो भने “तेसो होइन है ” भनेर सच्याउने को? मोडेलहरु अर्ध नाङ्गो लुगा लगाएर फोटो खिचाउने मात्र होइनन, कुनै product/service को बिज्ञापन गर्ने, cultural dress लगाएर कुनै सस्कृतिको परिभास गर्ने लाई पनि modelling गर्ने नै भनिन्छ. तपाईको परिभाषामा मोडेल पेशा येदि अर्कै भए यो blog मा विवाद गरिरहनु को कुनै औचित्य छैन. तर यति ज्ञान पत्रकारितामा लाग्ने संग हुनु पर्छ भन्नु मेरो तात्पर्य हो.
        शुभेच्छा पन्त जी ले आफ्नो अन्तिम वाक्य ” यति पैसामा त मिलाएको भए एक से एक यौनकर्मी पाउथे ” लेख्नु भएको भए बेस हुन्थियो होला.

        • अनुज को कुरामा दम छ
          कुरा एउटा नेता ले देश बिगार्यो बनेर सिङ्गो राजनीति लाइ नै गालि गर्नु जस्तै हो … लेखक जी ले यति चाही बुज्नु जरुरि छ कि All the models are not prostitute by profession and all the prostitutes are not a model by profession

    • अनुजजी,

      मोडलिङ ‘राम्रो'(राम्री)’हरूको एउटा पेशा हो । यही ‘राम्रो’ हुनुपर्ने गुणका कारण यो पेशा अहिलेको समयमा आएर अत्यन्त बद्नाम भएको छ र यो वास्तविकतालाई ढाकछोप गर्नुको कुनै तुक छैन । तपाईंले भनेजस्तो यो क्षेत्रमा असल नियत भएकाहरूको पनि कमि छैन; तर खराब वा भनुँ मोडलिङलाई यौनधन्दामा परिणत गर्नेहरूको जमात दिनानुदिन बढ्दो छ ।

      अनेकथरि रेष्टुरेण्ट अनि मसाज केन्द्रहरूमा काम गर्नेहरूमध्ये ९० (नब्बे) प्रतिशत बाध्यताले यौनधन्दा गरिरहेको र अन्य पेशामा पुनर्थापित हुनचाहेको तथ्य बाहिर आएको छ । तर मोडलिङ भनेको आफ्नो इच्छाले यौनधन्दा गर्न चाहनेहरूको पेशा हुँदै गएको छ भने केही यो पेशामा आएपछि ‘फँसेका’काहरू पनि छन् । होइन भने ‘मोडल’को खेती गर्ने साइटहरू चाहर्ने हो भने पनि अपवादबाहेक उनीहरू कुनै पनि कोणबाट मोडल हुन लायक छैनन् र उनीहरूले मोडलिङ गर्न कै लागि फोटो खिचाएका हुन् कि आफ्नो ‘भाउ’ बढाउन, बुझ्न गाह्रो पर्दैन ।

      समग्रमा भन्ने हो भने अहिलेको मोडलिङ क्षेत्र ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने’ थलो भएको छ ।

    • मोडेलहरु जस्तो सुन्दर सुन्दर परिहरु ,,,,,,,,,,,,भनेर उनीहरको सुन्दरता पक्चेय मा कुरा गरेको छ , सकारात्मक रुप बाट हेरुन साथीहरु ,,,,,,,,

  36. लौ है कस्तो हासो लाग्दो कुरा!!!!!
    लामाजी ले हेडसर बन्दा कमाएको इज्जत र पैसा त बेडसर बनेर सखापै पारेछन नि! लामाजीलाई कानुनी कारवाही त भएनछ त्येसैले पनि फेरी बेडसर बने भने अब चाही ठुलै ऋण लाग्ने भो है यिनलाई !

  37. एस मा आर्थिक समस्या को कारण ले नेपाली समाज एस्तो हुँदै छ येस मा सरकार ले विचार गरि केहि उपाय निकाल्नु पर्यो देश भित्र रोजगारी गर्नु पर्यो.

  38. त्यो हारामी बेड सर लाई तुरुन्त बर्खास्त गर्नु पर्छा नत्र भने तेस्ले बिद्यार्थी पनि बिगार्न सक्छा अनि पैसा असुलेर छाड्ने त?

    • हैं त्यो head sir को मात्र के गल्ति होला र.माल पाए पछि चाल पाउन जसलाई पनि आउछ नि.तर जे vaye पनि खल्ली रहेछ बूढा.

  39. भावनाको, संबेदनाको कुराहरु भन्दा पनि..
    १, त्यो पेटमा भएको अबोध बच्चालाइ बाबुको थर कसले दिने ? र कानूनी दायित्व कसले व्यहोर्ने ? के त्यो १ लाख समातेर बाइफालीलाइ (पति परिवारको सुखको लागि परदेशमा दुख गर्न जादा यता धर्म भुलेर विश्वास गुमाएकोले) स्वीकार्ने हुत्तिहारा लोग्नेलाइ कनूनन न्याय मिलेको छ ?
    २, पैसाको बलमा समाजलाई पटक पटक लोप्पा ख्वाउन सक्ने हेडमास्टर भाबि बच्चाको भरपोषणबाट मुक्त भयो कि भएन ? (अमेरिकाको कानूनले डीएनए परिक्षण पश्चात पुष्टि भएको बास्तबिक पिताले बच्चाको निश्चित उमेरसम्म मासिक भरपोषण खर्च व्यहोर्नुपर्छ)
    यस्तो मुद्दा मामिलालाई सरकारबादी मुद्दा बनाएर सरकारले कानूनी सुरक्षा प्रदान गर्नुपर्छ /
    घटना घट्नु ठुलो कुरा होइन, घटनालाई न्यायिक समाधान गर्न स्थानीय निकायको संयोजकत्व र सहयोगमा जिल्ला प्रसासन कार्यालयले उचित कदम चाल्नुपर्छ /

  40. लोग्ने नामर्द रहेछ पैसाको लागि स्वस्स्नी बेचे छ विदेश ma
    बसेर कमौना नसकेको पैसा स्वास्नीले ५महिनमै कमयाकोरहेछा अनि नेपालमा बसेर अनि कुरो मिलिहाल्छ नि

  41. यिनलाई हेड सर दर्जाबाट हेड play boy मा promotion गरे कसो होला ??????

  42. पन्त जी . हरेक कुरा को २ वटा पाटो हुन्छ , माथि को समाचार मा एउटा मात्र पाटो देखियो .
    ५ महिना सम्म बच्चा पेट मा हुँदा सम्म किन ति महिला ले केहि गरिरिन , उजुरी दियेनिन .
    पहिले समजदारी मा अनुपयुक्त कार्य गर्ने अनि पछि हेड सर लै मात्र दोष दिनु राम्रो भएन .

    एदी जबर्जस्ति करणी भयो भए लामा सर लाई हदै सम्म को कारबाही हुनु पर्यो , नत्र सहमति मा योनसम्पर्क गर्ने , अनि पछि मनपरी ढङ्ग बाट जरिवाना तिराउनु भनेको लामा सर लाई धम्काएर पैसा असुलेको जस्तो भएन ( जागिर फुस्किने डर देखाएर ).
    नारी को इज्जत सर्ब श्रेष्ठ कुरा हो , मति भएका सबै ले सम्मान गर्छन , तर सहमति को रसलिला, अनि विदेश को लोग्नी को असहमति , अनि मास्टर लाई जरिवाना .. मा मेरो चै बिमति छ है !

  43. i don’t know what type of headsir is he? First of all he should be role model for his students,parents and residents. In case if he is unable to control is sexual desire,he must be aware about sexually transmitted diseases and unwanted pregnancy,this incident shows he didn’t use condom so there is a chance that he may have HIV and other diseases.
    Finally it is time to think by lawmaker wheather it is time to legally opetate red light area? So this type of incident have less possiblity to happen again.
    Prahlad mishra
    Maidhar jhapa

  44. हेडसर जी…यदि १० रुपैया को ढाल किनेको भए तिन लाख त बच्थ्यो…अब देखि होस् पुर्याउनु ………

  45. हेडसर पनि मुर्खै रहेछ जबकी बजारमा तेत्रो परिवार नियोजन सामाग्रीहरु पाईनछ | जोसको बेला होस हराएछ क्यारे |

  46. हेडसरले जबरजस्ती गरेको भन्दाभन्दै त्यो आइमाईलाई चरित्रहीन भन्नु लेखकजी कुन नैतिकताले दियो?? ३५ दिन कट्दैमा “जबरजस्ती” “आफूखुसी” मा परिणत हुन्छ र??

    • जबरजस्ती दिनहु त हुदैन होला नि पाच पाच महिना सम्म मिलेर बेड रंगाउने आफुलाई पाल्न बिदेस गएको श्रीमान को बिस्वास परपुरुस संग लुटाउने अनि अझै चरित्रहिन नभन्ने त्यो महिला लाइ
      गल्ति गल्ति नै हो चाहे पुरुस ले गरोस चाहे महिला ले निपुण जी …

      • दिनहु गर्यो भनेर तपाइलाई चाही कसरी थाहा भयो? पत्रिका मा जबरजस्ती गर्यो भनेर लेखेको छ .. त्यो भन्दा बढी ज्ञान न तपाईलाई छ, न मलाई छ, न त लेखकलाई नै छ.. आफै एस्तो भयो होला भन्ने सोचेर अरु लाई चरित्रहीन भन्नु राम्रो हो?

    • तपाई महिला अधिकार बादी ngo बाट पैसा खानु हुन्छ कि क्या हो ?????

      • येसमा महिला अधिकार या पुरुष अधिकार को कुरै छैन.. दोषी साबित नभैकन पनि समाज बाट अपहेलीत हुनु यो त मानवअधिकार हनन् को कुरो हो..
        र यदि मैले महिला अधिकार बादी ngo को लागि काम गरेकै हो भने पनि त्यो त झन् राम्रो कुरा पो हो त.. तै भएर तपाईको sattire शैली अलि मिलेन.

  47. कन्डोम को प्रचार नपुगेको जस्तो लग्यो . अरु गल्ति सालति केहो होइन .

  48. सुभेच्छा जी कसैको निजि जिन्दगी माथि औंला उठाउनु त्यति राम्रो कुरा होइन/ मलाई सब भन्दा मन नपर्ने नेपाली समाज को यही कुरा हो? पुरुस ले यस्ता गल्ति गर्दा महान महिला ले गल्ति गरे चरित्र हिन? विदेश गएका १०० जना नेपाली पुरुस मध्ये ७५ जना ले कहिँ न कहिँ कोहि न कोहि संग एस्तो सम्बन्ध राखेकै छन् यदी नराखेको भए नि कोहि न कोहि महिला लाई कू दृस्टी ले हेरेकै छन् अब यस्ता पुरुस लाई के भन्नु हुन्छ/
    एस्तो सोचाई राख्ने नेपाली महिला हरु नै आगाडी देखिन्छ अनि कहाँ बाट महिला पुरुस बराबर भए/
    दुइ जना को मन मिल्यो रमाइलो गरे/ गल्ति छ त पतिदेब को छ/ बिहे गरे पछी किन छाडेर विदेश जानु?

    • बिदेस नगर के गर्नु फक गरेर मात्र परिवार चल्दैन नेपाल मा काम पाईदैन पाए पनि खान पुग्ने तलब हुदैन अनि के गर्नु त यार

  49. मलाई त् यो समाचार पड्दा headmastar को गल्ति छ जस्तो लाग्दैन.

  50. यस्ता कुकर्म गर्नेलाई रु.१ लाख मात्र दिलायर जोगाउनु भनेको उसलाई फेरी पनि यस्तै गर्न प्रोत्साहन दिनु हो उसलाई त कडा भन्दा कडा सजाय दिनुपर्छ /

    • साथी हेद मास्टर को गल्ति नहुन सक्छ/ दुध खान बिरालो पनि पल्काउने अनि भाडो फुटालो भनेर बिरालो लै नै दोष दिने? यो त अलि मिलेन है/

  51. नेपालको पहाडी भेगतिर येस्ता कुरा को लेखा जोखा राख्ने नसकिने गरि फैलिएको छ / एस्तो मुला कुरो मा नि के को जरिवाना – आ-फ्नो पारिवारिक सुरछ्या आफ्फै गर्ने हो / सरकारले कन्डम पुरैदेओस् भैगो नि /

  52. यो पिंध (bottom) को व्यथाले कतिलाई थलापारने हो, महामारी नै भैसके जस्तो छ | सुकेलुतो जस्तो | चिलाउछ , कन्याउनै पर्यो , कन्याउन्जेल्त मजै आउछ ,कन्याइसकेपछि टट़ाउछ | अन्तहीन कथा अनि परिणाम जान्दा जान्दै सिर्जना गरेको ब्यथा | खै के भनू र जसले जे गर्छ उसैले सोहि अनुरुप भोग्छ | हेड सर त गाउ पसेर गर्नु नगर्नु गर्न थालेछन ,बिद्यार्थी चै के गर्छन होला यो लिंकमा गएर गित सुन्नुहोस साथै विडियो पनि हैत अनि हाम्रो देसका कर्णधार हरु कसरि भबिस्यको तयारि गर्दैछन थाहा पाइने छ |
    http://www.youtube.com/watch?v=nslOOWv_t5o.
    भिर बाट हाम्फल्नेलाई रामराम मात्रै हैन र ?

  53. “ऐ बाबै नि यी हेडसर त खुमखार यौवन पिपासु पो रहेछन।” जोशमा होश नराखे पछि दुख त स्वाभिकरुपले पाईनेनै भयो।यसो सभोग गर्दा कन्डम या अरु सुरक्षित रहने साधन प्रयोग गरेको भए हुन्थ्यो।जे होस मास्तर साप खरो परेछन।जता घोचो त्यतै फुलाई दिँदा रहेछन।मोरोले खप्पर त लिएरै आएको रहेछ’नि!

  54. बदमास साले भानु भने ति महिलाको पनि सहमति जस्तो लग्यो जे भए पनि सस्कार बिग्रेको छ नेपाल मा ,, बिचार लोग्ने लै विदेश पनि जानु पर्यो नत्र क खानु है….नेपाल को खस्किदो समय को उदाहरण हो यो …. हुन् त यो वन्द पहिले बाग्लुंग एक जना teacher …अझ blind school मा teaching गर्ने ले त आफ्नै Blind student लाई आनैतिक रुप मा use गरेको समाचार पनि आएको थियो …
    जे भए पनि teacher जस्तो मान्छे ले एस्तो गर्न नहुने हो क्या रे ……

  55. होइन त्यो १ लाख क्षतिपूर्ति हो कि त्यो नाजायज सम्बन्धबाट जन्मिने बच्चालाई जन्मौदा खेरी चाहिने सुत्केरी खर्च हो ?लाख २ लाख दिदै मजाले छुटकारा पाउने भए त त्यो मान्छेको झन् नराम्रो काम गर्ने शाहस बढ्छ तेस्तालाई कारबाही गर्न किन डराको हो समाज ?गल्ति गर्ने ले सजाए पाउनु पर्छ अनि पो मान्छे सचेत हुन्छ त ! जबर्जस्ति भाको भए ५ महिना सम्म किन कुरेको त्यो आइमाइले ? एदी दुबैको सहमतिमा त्यो सब भको भए पुरानो बुढोलाई जरिबाना तिरेर आइमाई र हेडसरको लगन गाठो कस्न लगाउनु पर्छ किनकि २ ओटा बुढी भए पछी त एउटा बुढी घर हेर्ने अर्को बुढी पछि पछी लिएर हिडला कि मोराले फेरी अर्को स्कुल सरुवा भयो भने फेरी अर्को लाख ठिक पर्नु नपरोस

  56. यता नेपालमा त स्वास्नी ले हेडसर सित मोजमस्ती गरिछ अनि समाचार बनिछ , उता विदेश मा लोग्ने ले पनि के छोड्यो होला र? अर्की लाइ पेट नबोकाए पनि पेट बोकाउने गृह कार्य भने उसले पनि अवस्यै गरेको हुनु पर्छ | तेसैले तै चुप मै चुप भएको हो, त्यो एक लाख त हेडसर ले बेकार मा तिरेको | किन तिर्नु? एस बारेमा तपाईंहरुलाई एउटा जोक जस्तो लाग्ने तर सत्य घटना भन्छु है त :
    दार्जीलिंगको एउटा अदालतमा बलात्कारको मुद्दाको सुनुवाई भै रहेको थियो, आफू पिडीत महिला भन्ने लाइ बंगाली जजले प्रश्न गरेछन – भोनो तो धनमाया, जखन तुमीलाइ राम बहादुरले दुष्ट काज गर्दै थियो, तखन तुमीले चीत्कार किन करेना ?
    धनमायाको जवाफ थियो – गरिन हजूर, मैले चीत्कार गरिन |
    जजले अट्टहास लगाए, र भने – हो, हो, तुमी ले करेना, किन भने तुमी लाइ तेती बेला खूब मज़ा आइ रहेको थियो | होइन?
    अदालत हाँसोले गुन्जायमान बन्यो |

    • मान्छे जस्तो छ त्येस्तै सोच्छ !!! तपाई को नियत मै एस्तो खोटो छ भने तपाई ले सोच्ने सामर्थ्य कस्तो छ त्यो छर्लंग पर्नु भयो !!!

      • सिटौला जी तपाई पनि कुन्से दुधले नुहाएको पबित्र हुनु हुन्छ होला र? कि जवानी को मोज लुट्न जान्नु भएन?

  57. हाउ मेरी पनि स्वास्नी नेपालमै छे. हेडमास्टरले बिताउछ होला हाउ. यतै बोलाउनु पर्ला. नत्र पछी नेपाल फर्कदा एक घर छोरा छोरी रछन भनेत भाइ!!!

  58. लेखक ले भन्नु भा छ लोग्ने समजदारी तर यो २१ सताब्दी अयारा बुडी ले अर्का को भुडी बोक्ने लै सुइकर्नु भने को कि पैसा को लोवे हुनु पर्छा कि कोसैकों दोबाब मा परेको हुनु पर्छा नत्र यस्तो चरित्र हिन आइमाई सुइकर्नु भनेको मानबको नैतिकता हिन हो.

    • लिम्बु जी ति महिला कसरि चरित्र हिन भईन? संगै बच्ने संगै मर्ने कसम खाएर बिहे गरे पछी कि महिला लाई पनि संगै लिएर हिड्न सक्नु पर्छ होइन भने यस्ता नलाएक हरु जो पुरुस भएर जे गरे नि हुने महिला ले गर्दा चरित्र हिन हुन् भन्ने सोचाई राख्ने ले बिहे गर्नु नै बेकार छ/ तपाई को सोचाई पनि सारै नै निच रहेछ/ आजकल क महिला दासी होइनन तिनी हरु को पनि आफ्नो चाहना हरु हुन्छन तिनी हरु ले पनि समाज मा आफु खुसि बाच्न पाउनु पर्छ/

  59. कसैको प्रतिक्रियाप्रति उत्तर दिन भन्दा पनि, यो सधै किन श्रीमतीहरुको मात्र कुरा पत्र पत्रिकाले बढी लेख्छन??? त्यहाँ तेस्तै व्यवहार गर्ने पुरुषहरु पनि प्रसस्तै छन्त!!उनीहरुको बारेमा लेखनलाई के हाम्रो देशको कानुनले दिदैन ?? अनि अर्को कुरा के ति श्रीमतिहरुका श्रीमान्ज्युहरु भानौदाले सधै श्रीमतीको नाममा पूजा गारेर बसेका छन्त??

    • मिनु जी महिलालाई मात्र नराम्रो भन्न चाहेको होइन तर सहमति मा भयको कुरा (काम) लै धोका भन्न भयान सबैको इज्यत बराबर हुन्छ

  60. ”लोग्ने विदेश गएका स्वास्नीलाई बेडमा आमन्त्रण गर्दै हिँड्ने बिचरा यी हेडसरलाई आफ्ना अनैतिक सम्बन्धहरु निकै महँगो साबित भएको रहेछ। यति पैसामा त मिलाएको भए मोडलै पाउँथे कि ! ” शुभेच्छा पन्त जी, यो हरफले पुरा एउटा बर्गलाई अपहेलित गरेजस्तो छैन र , के मोडेल हुँदैमा सबै पैसाको लागि बेड सम्म पुग्छन भन्ने छ र, के मोडेल गर्नु, विज्ञापनमा खेल्नु सबै काम जनतालाई सुसुचित गर्ने सरह नै होइन र, के तिनीहरु कलामबिनाका अभिनयित पत्रकार होइनन र, किन यस्तो सम्मको सोच? मेरो विचारमा नैतिक सबालको हैसियत व्यक्ति पिच्छे फरक पर्ने कुरा हो, त्यसैले कुनै पुरै बर्गलाई नै अनैतिक भन्नु गलत होला /

    • हैन यी नाम लेख्‍न डराएर थर मात्र लेख्‍ने कुन चाहिँ महोदय पर्नुभएछ मोडलको पक्षमा लेख्‍ने ? सबै मोडल त्यस्ता हुन्नन् । सबै छन् भनिएको पनि छैन । तर यो सत्य हो कि पैसा तिरे मोडल पाइने स्थिति छ नेपालमा । एक जना पनि मोडलले त्यस्तो काम गर्दैनन् भन्ने प्रमाणित गर्न सक्नुहुन्छ पौडेल जी ? नपत्याए सोध्नुस् काठमाडौँमा मोडल पाइँदो रैछ कि रहेनछ भन्ने कुरा । अझै विश्वास लाग्दैन भने पढ्नुस् यो ब्लग जसमा मोडल बेच्नेलाई समातिएको कुरा छ। मोडलको भाउ ५० हजार भनिएको छ
      http://www.mysansar.com/archives/2009/11/id/6661
      अनि यो पनि
      http://www.mid-day.com/news/2009/nov/111009-indian-sex-racket-katmandu-busted.htm

      In Nepal, the “collection of thrilling beauties”, the “agency” boasted, included “college students, aspiring and established models, young professionals” and even members of the Nepali film industry who had the “best bodies” and “eager to satisfy clients’ every desire”.

  61. सुभेच्छा जी,
    खुर्पाको पारो बेसरी तात्यो भने नजिकै भएको अम्खोरा मा चोप्ने कि ठुलै रकम खर्च गरेर सिंगारिएको करुवा खोजेर हिंड्ने? हेड सरको मर्का खै बुझेको हजुरले?

  62. पश्चिमा संस्कृतिको प्राभावको पन्जामा परेको हाम्रो समाजमा अब यस्ता घटना सामान्य भैसके भन्दा फरक नपर्ला/यो पो रास्ट्रीय दैनिकले छापेछ र समाचार बन्यो नत्र त्येस्ता “भित्रि हेडमास्टरनि”हरु गाँउ गाँउ मा कति होलान कति/–किन मास्टरनी मात्रै—-नेतिनी,मंत्रिनी,हाकिम्नी, पुलिस्नी,डाक्टरनि,डाइवरनि आदि आदि बनेका बन्येई होलान नि—सेकेन्ड सेकेन्ड मा! कसले गोठालो लाग्ने?त्येसैले छोड्दिनुस सुभेच्क्षा जी, यस्तै हो बिकाश भनेको,के गर्ने?

    • यस्तो नालायक मान्छे हेड सर पनि होइन । बेड सर त झन के होला र । भनिन्छ साचो रुपमा बेडमा सर बन्नको लागि कुनै पनि किसिमको डर र भय मनमा हुनु हुदैन । दुइ अात्माको पवित्र मिलन हुनु पर्दछ त्यसमा पुरुषले सर कहलिन देखाउनु पर्ने छमता पनि पक्कै रहन्छ होला। यो पर स्त्री गमनकारी कुनै पनि किसिमको ‘सर’ कहलिदैन, यो त केवल अपराधि हो ।

  63. एउटा मूल कुरो छुट्यो नि समाचार मा – त्यो ‘हेडसर’ कुन पार्टीको सदस्य हो कुन्नि ? त्यो त खुलाएको छैन नि – गाँठी कुरो कसरि छुट्यो ? 😉

    -बड्का

    • मेरो बिचारमा बलेको आगो निभाउन पर्खाल नै नाघेर घरभित्र छिर्ने “पर्खाल मन्त्रि”को पार्टी हुनुपर्छ/
      नभए पनि पचास नाघेर पनि स्कुले(कलेज पनि एक प्रकारको स्कुल नै त हो नि) ठिटी टिपेर चारखाल तिर भाग्ने कलियुगका “शिवशर्माब्राम्हण” याने कि छिप्पेको बोके मन्त्रि को पार्टी भने पक्कै हुनुपर्छ(चाहे उनको माइतीको होस् या घरको पार्टी होस्)

  64. सामाजिक समस्या

    यो कुनै एक व्यक्ति वा परिवारको मात्र समस्या होइन, यो सामाजिक समस्या पनि हो। परिवारसँग टाढा भएर वा परदेशको बसाई सहज छैन। केही नेपाली स्वेच्छाले विदेश बसेको होलान तर थुप्रै नेपालीहरु बाध्यताले गर्दा विदेश बस्ने स्थितिमा पुगेका छन। विदेश बसाई समस्यै समस्याले भरिएको छ।
    विदेश बसाईको ठूलो सामाजिक मूल्य, मानसिक मूल्य, पारिवारीक मूल्य चुकाउनु पर्दछ। कतिपय अवस्थामा त आमा बाबुको मृत्यु हुँदा पनि नेपाल गएर वहाँहरुको अन्तिम दर्शन गर्न सकिदैन।
    हाम्रा नेताहरुले यो कुरालाई बुझेर एकता कायम गरि, देशको विकास गर्दै पर्याप्त रोजगारी सृजना हुने वातावरण बनाई दिए लाखौ नेपालीहरु घर, परिवार, पति, पत्नी छाडेर विदेश बस्न बाध्य हुने थिएनन्। तर साथै अर्को महत्वपूर्ण कुरा के छ भने ‘नेपालमै वस्ता केही गर्न सकिदैन भन्ने’ मनोविज्ञान, जुन थुप्रै मानिसमा व्याप्त छ, त्यो पनि हटाउनु पर्दछ।
    देशको आर्थिक विकास द्रुततर गतिमा हुने हो भने ‘यस किसिमका’ समस्याहरु बिस्तारै कम हुँदै जान्छन्।
    यो समस्या उत्पन्न गराउनमा (केही अपवादलाई छाडेर) ‘वर्तमान समय’ ले बढी योगदान पुर्याएको म देख्छु।

    बी अधिकारी

  65. त्यस्तो ब्येभीचारी हेडमास्टरले के शिच्छा देला ???
    त्यस्ती चरित्रहीन आइमाइले कस्तो बच्चा हुर्काउओलिन् ???
    त्यस्तो गैर जिम्यवार लोग्नेले एउटी स्वानी मान्छेको रच्छा कसरि गर्ला ???
    यी प्रश्न हरुको जबाब कसले दिने ???
    यो सब हाम्रा समाजका ठेकेदार हरुको गैरजिम्मेबार पन हो !
    यहाँ जसले जे गरे पनि हुन्छ ???
    राजा छैन /देवताले देखदैन /धर्मले डाडो काटी सक्यो /
    देसमा सरकार नभएको बर्षौ भैसक्यो !!!

    • shela जी तपाई त महिला होइन र? महिला भएर एउटा महिला को चाहना बुझ्न नसक्ने तपाई कस्तो महिला? हुन् त तपाई ले यी महिला को ठाउंमा आफुलाई राखेर हेर्नु भएन होला ?
      ति महिला को यसमा केहि गल्ति छैन/ मास्टर को पनि केहि गल्ति छैन र ति पुरुस पनि अहिले को समय अनुसार सहि छन्/ यहाँ अहिले यो पैसा तिरेर कुरा साम्य पर्नु भन्दा नि अब जन्मने बच्चाको पालन पोषण र सहि education को लागि अहिले देखि नै केहि रकम बैंक मा राखिदिए अति उत्तम/
      बिहे गरे पछी संगै लिएर हिड्न सकिदैन भने किन बिहे गर्नु? के महिला हरु नोकर हुन् पुरुस को घर सम्हालेर बस्ने आफ्ना चाहना हरु तेसै मारिदिने/
      बिहे गरे पछी आफ्नी श्रीमती लाई संगै लिएर हिड्न सकिदैन भने किन बिहे गर्नु?

  66. पैसा बोल्छा, पैसा बोल्छा, पैसा बोल्छा….
    यो देशमा पैसा बोल्छा!!~!!~!!

  67. साथी हो, बिहे गरेर स्वास्नी नेपाल छोडेर बिदेस न जाऊ, सक्छौ लिएर जानु, नत्र नेपाल मै केहि गर्नु. तिमीहरु लाई विदेशमा अरु केटि चाहिन्छ भने स्वास्नी हरु लाई पनि यता चाहिन्छ. Be careful guys. Its not the fault of one ladies, its yours fault too.

    जबर्जस्ति हो भने , प्र. अ लाई जेल हाल्नु पर्छ. जेल पनि २० वर्ष. जबर्जस्ति भनेको rape हो rape को सजाय maximum hunuparchha.

    Headmaster………….. wow, owo, ………..thukka

  68. हेड सर को त् एस्तो चाला छ इस्कुले केटा हरु को झन् कस्तो होला

  69. जिन्दगि भरको कमाइ छ्यातिपुर्ती दिंदैमा सक्ने भयो बुडोले, तेस्लाई चालिसे बैसले छोएको !!!

  70. यो नेपालीको अत्यन्तै कठीन आर्थिक स्थतिले निम्त्याएको सामाजिक दुराबस्था हो | रोजगारीकोलागि विदेश जानु बाध्यता भएको छ भने एकको बिना अर्कोको बिचल्ली हुन्छ | कति लोग्नेमान्छे त्यो बिचल्लीको फाइदा उठाउँछन भने कति स्वास्नीमान्छे श्रीमानको गैर हाजिरीको मस्ती | भर्खरको उमेरमा श्रीमान श्रीमती लामो समय छुट्टिनु अत्यन्तै पीडादायी कुरा हो | यसको एउटा मात्र उपाय हो देश भित्रै रोजगारीको अबसर प्राप्त हुनु | यो काम गर्न सरकारले ठुला ठुला आयोजना ल्याउनु पर्छ, कृषि, उद्योग, कल कारखाना खुल्नु पर्छ | तर बिडम्बना ! भएका कल कारखाना राजनीतिक दलहरुको क्रिडास्थल भएकाछन | एकपटक कार्पेट, गार्मेन्ट उद्योग फस्टाएको बेला धेरै काम देश भित्र सिर्जना भएको स्थिति थियो तर गुणस्तरको कारणले र मजदूरमा राजनीति पसेर भताभुङ्ग भयो | अझै धेरै गर्न सकिने सम्भावना छ तर खोइ नेताहरुको अठोट ? कुर्सि र पैसा, आफै बनु, आफ्नालाई पोशौं, गाडी बंगला आफैलाई चाहियो, कति त एउटा पार्टीको साथ् लियो त्यो पार्टीको कार्यकर्ता भरौटे भयो, भ्रस्टाचार गरेको अलि अलि पार्टी र नेतामा छर्क्यो, बस एबम रितले देश हिडिरहेको छ | अनि गरिबीले जनताको बिचल्ली भएको छ | यस्ता धेरै उदाहरण छन | हामि कुरोको चुरो तिर लाग्दैनौ त्यै स्वास्नीमान्छेको चरित्र बिग्रेको मात्र देख्छौ | मास्टर हेडमास्टरलाई पिटछौ, थुन्छौ, जरिबाना गर्छौं | यतिबेला तात्कालिक उपाय मात्र सुझ्छ हाम्रो दिमागमा | हाम्रो पारिबारिक, सामाजिक र राष्ट्रिय अखण्डताको लागि देश भित्रै कामको सिर्जना हुनु पर्छ |

  71. हाम्रो समाजमा नैतिकता बिबेक विचार र धर्मले काम गर्न छोडेको कुरा कुनै नया नौलो अब रहेन ,तेसैले सबै पाप धर्म पैसाले नै ढाकछोप गरेको छ ,जहाँ पैसाको लागि बाबुले आफ्नै छोरी ,श्रीमान्ले आफ्नै श्रीमती बेच्न सक्छन ,आमाले छोरीलाई बेस्याब्रितिमा लगाउछन श्रीमतीले बिदेशमा भएको श्रीमान्को पसिनाको कमाइ नाठो मा खर्च गरि नाठैको नाममा घर जग्गा किनी श्रीमान्लाई हेरेको हेरैबनाउछन,श्रीमान्ले श्रीमती उपयोग गरेर ठेक्कापट्टा प्रमोशन हात लगाउछन येस्त्ता आदि -इत्यादी अकर्मै अकर्मको कमाइमा रमाउने मानबहरुको जमातमा ति हेडसर को के कुरा गराईभो र हेर्दै जाउ सुन्दै अगाडी बढ्दै जाउ अरु त के गर्ने सकिछ र बोले अर्गेलो भइन्छ ,अरु पछी है ?

  72. यो नेपालीको अत्यन्तै कठीन आर्थिक स्थतिले निम्त्याएको सामाजिक दुराबस्था हो | रोजगारीकोलागि विदेश जानु बाध्यता भएको छ भने एकको बिना अर्कोको बिचल्ली हुन्छ | कति लोग्नेमान्छे त्यो बिचल्लीको फाइदा उठाउँछन भने कति स्वास्नीमान्छे श्रीमानको गैर हाजिरीको मस्ती | भर्खरको उमेरमा श्रीमान श्रीमती लामो समय छुट्टिनु अत्यन्तै पीडादायी कुरा हो | यसको एउटा मात्र उपाय हो देश भित्रै रोजगारीको अबसर प्राप्त हुनु | यो काम गर्न सरकारले ठुला ठुला आयोजना ल्याउनु पर्छ, कृषि, उद्योग, कल कारखाना खुल्नु पर्छ | तर बिडम्बना ! भएका कल कारखाना राजनीतिक दलहरुको क्रिडास्थल भएकाछन | एकपटक कार्पेट, गार्मेन्ट उद्योग फस्टाएको बेला धेरै काम देश भित्र सिर्जना भएको स्थिति थियो तर गुणस्तरको कारणले र मजदूरमा राजनीति पसेर भताभुङ्ग भयो | अझै धेरै गर्न सकिने सम्भावना छ तर खोइ नेताहरुको अठोट ? कुर्सि र पैसा, आफै बनु, आफ्नालाई पोशौं, गाडी बंगला आफैलाई चाहियो, कति त एउटा पार्टीको साथ् लियो त्यो पार्टीको कार्यकर्ता भरौटे भयो, भ्रस्टाचार गरेको अलि अलि पार्टी र नेतामा छर्क्यो, बस एबम रितले देश हिडिरहेको छ | अनि गरिबीले जनताको बिचल्ली भएको छ | यस्ता धेरै उदाहरण छन | हामि कुरोको चुरो तिर लाग्दैनौ त्यै स्वास्नीमान्छेको चरित्र बिग्रेको मात्र देख्छौ |

  73. त्यो पैसा पनि हेड सरले सोहि महिलाहरुबाट लिएर उनीहरुको लोग्नेलाई दिने होकी के था?
    यस्तै हो भने यो बिषय नेपालको सबै भन्दा ठुलो समस्या बनेर निस्कन बेर छैन/

  74. हा हा हा हासो पो लग्यो पढेर पैसा भयेछी जे नि हुने भयो है अब
    एस्तो चरित्र भएका लै त कारबाही हुनु पर्ने हैन र …………….

    • बिचरा मास्टर यो पैसा लगानी गरेको भए रोजी रोजी पाउने थिएउ/ त्यो बेला बुद्दी आएन तिम्रो /……………..

  75. त्यो ‘हेडसर’ भनाउदो चरित्रहीन,ब्यबिचारी,परस्त्रीगमनकारी लाई ‘बिचरा’ भन्नु पर्ने कारण त मैले केहि पनि देख्दिन | के तपाई देख्नु हुन्छ ?

    • निशा जी , त्यो स्त्री लाइ के भन्ने नी? धागो लाई सियो भित्र राख्न सियो उक्त सियो स्थिर हुनै पर्दछ \

    • निशा जी!
      ‘हेडसर’ मात्र चरित्रहीन,व्यभिचारी,परस्त्रीगमनकारी होइन,विवाहित महिला पनि चरित्रहीन, व्यभिचारी र परपुरुषगमनकारी हुन्।दुवैको परिवारप्रति, समाजप्रति,र नैतिक मूल्यप्रति उत्तिकै दायित्व छ। दुवैलाई बराबर सजायको भागी बनाउँनु पर्यो।कुनै लिङ्ग,वर्ग, जात वा घर्मको पक्षको वकालत गर्नु भएन;फेरि नारी‍-पुरुष बराबर नै हुन् नि होइन र! कि कसो?,

    • म पनि देख्तिन !! हेडमास्टर लाई कारबाही हुनु पर्थ्यो !!!

    • कहिले देखि ति महिला पति को बाटो कुर्दै दान दानी आगो बालेर बसेको थिइन् होला/ मास्टर साहेब ले आगो त निभाई दिएछन तर …………………
      जहाँ नि येही तर ले दुख दिन्छ/

    • निशाजी, एकतर्फी मात्र गालि गर्नु भएन नि | आइमाईको पनि त गल्ति हेर्नु पर्यो नि | एदी आइमाईलेपनि त आफ्नो काम बासना पुरा गर्न साथ दिएको जस्तो लाग्दैन र ? नेपाली समाजको बिडम्बना भनेको नै येही हो के, जोसमा होस् नपुराउने ! मोज गर्नुस तर गोप्नियेता र होस् पुराएर मात्रै | अनि दुबैलाई मस्ती के को टाउको दुखाइ !

  76. नेपालमा काम छैन. परदेशमा आया पछि भयको इजात पनि छिन. हेर नेपालीको बेजोक. यो सब देशमा भयको बेरोजगारको पर्तिफाल हो.

  77. के गर्नी ते हेड मास्टर को मात्र के गल्ति भन्नि.. लोग्नी नभए पछि काम बासन ले सताए होलानी अब के गर्नी !!! जबर्जस्ति हो भनि त हेड मास्टर लाई जेल हाल्नै पर्छा होइन सहमति ले भयको हो भनि के को टाउको दुखाइ !!

Comments are closed.