जापानको महाभूकम्पः नेपालीको अनुभव

जापानमा हिजो गएको ८.९ रेक्टर स्केलको महाभूकम्प र त्यसपछिको सुनामीले मच्चाएको विध्वंस नै अहिले विश्वभरका सञ्चार माध्यमहरुको प्रमुख समाचार बनेको छ। यो महाविपत्तिबाट जापान र त्यहाँका बासिन्दाले चाँडै पार पाओस् भनी प्रार्थना गर्नु मानवीय कर्तव्य हो।

सबैभन्दा बढी विनाश भएको ठाउँहरुमध्ये एक मियागी केनको क्यापिटल सिटी सेन्दाइतिर थुप्रै नेपाली विद्यार्थीहरु रहेको बुझिएको छ। तर उनीहरुको अवस्थाबारे केही थाहा हुन सकेको छैन।

कृपया कसैलाई केही खबर भए तल कमेन्टमा लेखिदिनुहोला।

भित्र पढ्नुस् त्यो डरलाग्दो महाभूकम्प महसूस गरेका दुई नेपालीको अनुभव-

अझै भूँइ हल्लिएको जस्तो लाग्दैछ
-रीजन श्रेष्ठ-

रातभर नेपाली र हिन्दी फिल्म हेरेर सुत्दा बिहानको यस्तै ५ बजेको थियो होला। दिउँसोको तीन बजेतिर कसैले खाट हल्लाए जस्तो लाग्यो। जापानमा बसेको आठ वर्ष जति भइसकेकोले यो भूकम्प हो भनेर ठम्याउन मलाई त्यति बेर लागेन। पहिले बिस्तारै अनि बेस्सरी, अझ बेस्सरी घर हल्लिन थाल्यो। कम्पन झन् तिब्र हुँदै गयो। ढोकानजिकै रहेको टेबलमाथि राखिएको फूलदानी भुइँमा झर्‍यो, अनि फुट्यो। हेर्दाहेर्दै फूल, पानी र सिसा भुइँभरी भए। म खाटको कुनातिर च्यापिएर सिरानीले टाउको छोपी सिरकभित्र गुटुमुटिएर भगवानको नाम लिँदै पल्टिरहेँ। यस्तै १-२ मिनेटको कम्पन हुनुपर्छ त्यो, तर मलाई भने झन्डै एक घण्टा जस्तो लामो लाग्यो।


घर हल्लिन रोकिएपछि सबैभन्दा पहिले टिभी अन गरें। NHK मा भूकम्प कै समाचार आउँदै थियो। मियागीमा ७.९ र टोक्योमा ६.० म्याग्निच्युडको भूकम्प आएको रहेछ। यो भूकम्पले मैले जाबो एउटा फूलदानी गुमाए। तर सबैले त्यतिमै चित्त बुझाउन पाएनन्। समाचार अनुसार अहिले रातको १२ बजेसम्म ८४ जनाले ज्यान गुमाएका छन्। (अपडेटः टोक्यो समय अनुसार बिहान सवा ८ मा एनएचकेले दिएको खबर- अहिलेसम्म 427 को मृत्युको पुष्टि, २ सयदेखि ३ सय शवको पहिचान हुन बाँकी) फुकुसिमा र सेन्दाइमा अझै कयौं हराइरहेका छन्। अहिलेसम्म ज्यान गुमाउनेहरुमा अधिकांश बुढाबुढी रहेको थाहा हुन आएको छ। सेन्दाइमा करिब २००-३०० जनाको लाश पानीमा उत्रिरहेको अवस्थामा फेला परेको अपुस्ट समाचार पनि सुन्नमा आएका छन्।

टोक्योनजिकै रहेको चिवामा एउटा ग्याँस स्टेसनमा आगलागी भएको लाइभ दृश्यहरु टिभीहरुले प्रसारण गर्दैछन्। दिउँसोको ठीक २. ४६ मा गएको यो भूकम्प सुरुमा ७. ९ म्याग्निच्युडको भनिए पनि अहिले ८. ८ को महाभुकम्प भएको पुष्टि भइसकेको छ।
टोक्योमा भने शिन्जुकु, इकेबुकुरो र उएनो जस्ता प्रमुख स्टेसनहरुमा ३ देखि ४ हजार यात्रुहरु अलपत्र परेका छन्। टोक्योका यामानोते लगायत प्रमुख रेल सेवाहरु ठप्प भएका छन्। टोक्योलाई ओसाका, सेन्दाइ लगायत ठूला शहरसँग जोड्ने लामो दुरीका शिनखान सेन (बुलेट ट्रैन) को सेवा पनि बन्द छ। टोक्योलाई संसारका अरु शहरसँग जोड्ने हानेडा र नारिता एअरपोर्टमा पनि विमानहरु अवतरण गर्न रोक लगाइएको समाचार छ। टोक्यो क्षेत्रभित्र अहिलेसम्म चार जनाको ज्यान गएको थाहा भएको छ। टोक्यो टावरको सबैभन्दा माथि राखिएको एन्टिना पनि भूकम्पले गर्दा दाँयातिर बाङ्गिएको सुन्नमा आएको छ।


म शिन्जुकुको अवस्था बुझ्न साँझ यहाँको गगनचुम्बी घरहरु भएको क्षेत्र (Skyscrapper District) मा गएको थिएँ। ठूलाठूला गगनचुम्बी घरहरु बाहिरबाट हेर्दा सकुशल नै देखिन्थे। तर भूकम्प जाँदा त्यसभित्र रहेका मान्छेहरुले कस्तो मानसिक तनाव भोगे होलान्, त्यो भोग्नेलाई मात्र थाहा होला। यो भूकम्पले गर्दा यी गगनचुम्बी घरहरु भित्रभित्र मक्किएर कतिको क्षती भएको छ तेस्को लेखाजोखा हुन बाँकी नै छ।

धेरै पहिले टोक्योमा यी गगनचुम्बी घरहरुभित्र इस्प्रिङ्ग राखिएको हुन्छ, जसोजसो भूकम्पले जमिन हल्लाउँछ यी घरहरु पनि त्यही तालमा हल्लिन्छन् तर भत्किँदैनन् भन्ने “गफ” सुनेको थिएँ। आज मान्छे सिधा उभिन नसक्ने भूकम्पलाई पराजित गर्दै गर्व साथ उभिरहेका यी घरहरु देख्दा साँच्चै नै मान्छेले अलिकति भए पनि प्रकृतिमाथि विजय प्राप्त गरे झैँ लाग्यो।

बाटोमा हुलका हुल मान्छेहरु हिंडेरै आफ्नो गन्तब्यतिर लाग्दै गरेका भेटिन्थे। सार्वजनिक टेलिफोन बुथका अगाडि मानिसहरु लाम लागेको यसअघि टोक्योमा मैले कहिले पनि देखेको थिइनँ। मोबाइलले काम गर्न छाडेका छन्। सडकमा गाडीहरुको जाम देखिन्थे। एम्बुलेन्स र दमकलका साइरनका आवाज एकोहोरो आइरहेको थियो।

४-५ रेक्टर स्केलका आफ्टर सकहरु आउने क्रम जारी छ। टोक्यो अझै हल्लिँदैछ। मलाई पनि रिङ्गटा लागेर हो कि किन हो अझै भुइँ हल्लिरहेको जस्तो लाग्दैछ। माथि होक्काइडोदेखि तल ओकिनवासम्म नै चुनामी आउने क्रम जारी छ। ठाउँ-ठाउँमा धेरैमा १० मिटरसम्मको चुनामी आएको खबर छ। सबैभन्दा धेरै इवातेमा ज्यान गुमाएका छन्। भोलि या पर्सिसम्ममा मर्नेहरुको संख्या बढ्ने निस्चित छ। अझै कति जमिनमुनि पुरिएर जिउनको लागि मृत्‍युसँग लड्दै होलान्। टिभीका फुटेजहरु हेर्दा लाग्छ टोक्योमा भन्दा बाहिर सेन्दाई र इवातेतिर धेरै भन्दा धेरै क्षति भएको छ। यस महाभूकम्पमा परी ज्यान गुमाउने सबैलाई हार्दिक श्रद्धान्जलि। घाइते सबैलाई सिघ्र स्वाथ्य लाभको कामना। विशेष गरी मियागी केनको क्यापिटल सिटी सेन्दाईतिर थुप्रै नेपाली विद्यार्थीहरु छन्। सबै जनाको कुशलताको कामना गर्दछु। साथै सबैलाई संयमित रहन आग्रह गर्दछु। ओचिचुकी मास्यौं, कि वो चुकी मास्यौं। रातिको २. ३० भई सकेको छ। आँखामा पटक्कै निन्द्रा छैन। एउटा ठूलो भुकम्प आएर पनि गइसकेको छ। तर पनि यो कालो दिनको सम्झना मेरो मानस पटलमा सदा ताजा भएर रहनेछ।

भिडियो हेर्नुस् विध्वंसको-

विमानस्थलमा विध्वंस

रातभरी पार्कमा बिताएँ
-किवा चामलिङ-
सायद तपाईँहरुले न्युज हेरेर नै थाहा पाउनु भयो होला, हेर्नु भयो होल र हाम्रो अवस्थाप्रति चिन्तित भइरहनु भएको होला। माइसंसारका पाठकहरु माझ आज बल्ल म यो डरलाग्दो अनुभव बाँड्दैछु। किनभने हिजो सुनामीको डरले पार्कतिर नै रात बिताउनु पर्‍यो। भगवान पशुपतिनाथ र बुढासुब्बा भगवानको नाम लिँदै त्यहाँ रात बितायौँ।

अहिले बिहानको ९.०६ समयमा यो लेखिरहँदा पनि सानोतिनो भुइँचालो (योसिन)गइ नै रहेको छ। आकाशमा हेलिकप्टर उडिरहेका छन् र सबैलाई alert बस्न र सक्दो सुरक्षित रुपमा बस्न आह्वान गरिरहेको छ। विभिन्न ठाउँमा फँसेका मान्छेहरु आ-आफ्नै घरतिर लाग्दैछन् तर पनि उनीहरुको मनभित्र डर छ।

अहिलेसम्मको खबर अनुसार नेपालीहरुको बारेमा नराम्रो खबर सुन्नुपरेको छैन। केही परेको खण्डमा नेपाल राजदुतावासमा सम्पर्क गर्न र जानकारी दिन/पाउन सकिन्छ।

हिजो जापानमा ठीक २.४५ र ३.१५ मा भुइँचालो आउँदा मेरो ग्राजुएसन पार्टी थियो होटलमा। मेरो कस्तो हालत थियो त्यो समयमा भन्दा टाइटानिक फिल्ममा जहाज डुब्दा जसरी मान्छेहरु आफ्नो ज्यान जोगाउन भागेका थिए, र २०१२ फिल्ममा जस्तो भागदौड मच्चिएको थियो, झण्डै त्यस्तै दृश्य थयो। अहिले पनि सम्झँदा डर लाग्छ। हाम्रो graduation party को त्यो रमाइलो पल एक्कासी भागाभागमा परिणत हुदा म भने एक दुई वटा तस्बिर र डर लागिलागि भए पनि क्यामेराले भिडियो खिच्दै थिएँ।

तपाईँको पनि यस्तै अनुभव छ भने तल कमेन्टमा लेख्‍नुहोला।


62 Comments

  1. त्यो कालो दिन अनि रात सम्झिदा पनि शारीर कापेर आउछ ! सायद जिबन को अन्तिम दिन जस्तो लागे को थीयो ! साथी हरु घर परिवार को फोन को घन्टी बज्दा पनि भकानो फुटेर आऊथेओ! अझै पनि कती कती बेला भूकम्प को झड्का आएकै छ !नेपाल घरमा फोन गर्दा फोन पनि लागे को छैन्न !

  2. केवल मेरो मात्र पनि होइन जिन्दगी अरु सबैको उस्तै उस्तै पो हो कि?
    मा मात्र किन रुनु संषर हेरी चित्त बुघौ६उ .

  3. रिजन जी र किवा जी, Japan को भूकम्पको बारे मा राम्रो जानकारी दिनु भएको मा धेरै धेरै धन्यवाद| नागोया वोरी परि भएका नेपाली हरु सकुसल छन् होला भन्ने आशा छ | र सबै जापानी हरुको लागि पनि प्राथना छ|

  4. हामी सबै यहाँ अहिले सम्म सफे नै छौ तर यह धेरै समस्या आइहगे क छन्
    हामी लै नेपली एम्बस्से ले आज टोक्यो लाने कुरा सुन्न मा आको छ तर कति को सहि हो थाहा छैन
    यो कुरा मा अह्मी लै चिती केहि गरोस सरकार ले

  5. जापानको यो ठुलो संग्कत्कलिन अबस्ताको बेला नेपालको नुवाकोट जिल्लामापनि आज देखि भुमि हल्चहल हुनथालेको छ. तेसैले हरेक दुर्गम नुवाकोट बासि त्रसित भएको छ. यो भने को स्वबाहिक नै हो तेसैले सबैलाई सहज रुपमा लिन आग्रा गर्दछु.

  6. जापान मा भएको घटनामा हामी सबै मर्माहित भएका छौ . एसको लागि सबै मिलि सहयोग गरौ

  7. मा जापान को मियागी केन को सेन्दाई शहरमा छु म बसेको ठाउंमा ३ घण्टा अगी मात्र बत्ति आएकोले यो कमेन्ट सम्भब भयको छ यहाँ अहिले पानीको समस्या छ मेरो जानकारीमा सेन्दाई शहरमा ५०जनको हाराहरिमा नेपाली विद्याथी छन् सबै सकुसल छन् जति छन् सबै समुन्द्र बाट टाढा भयकोले सबै सुरछित भयको हो . बिशेस गरि सेन्दाई शहर को समुन्द्र को नजिक मात्र तहस नहस भएको हो ,समाचारमा आए जस्तो डरलाग्दो अबस्ता विद्याथी हरुमा छैन म कोहि फूटबल खेलिरहेका देख्थे कोहि चुरोट किन्न त कोहि घरमा फोन गर्न आत्तुर थिए ,

  8. आयो तप्प टिप्यो लग्यो मिति पुग्यो taरेर टर्दैन त्यो,,,,सम्पूर्ण जापान बाशी haruko कुसल्ताको कामना गर्दै श्री पशुपतिनाथ संग उनीहरुको रक्छ्याको लागि प्रार्थना गर्दछु.

  9. जापान मा भएका नेपाली हरु को कुसल्ताको कामना गर्दछु …….. लिम्बु अस्ट्रेलिया

  10. जपानको भूकम्पबाट उत्पन्न विनाशकारी दृश्यको फुटेज हेर्दा एकैछिनको लागि भए पनि मलाई आप्mनो अस्तित्वको औकातबोध भयो ( मानिस कति निरीह, कमजोर र विवस छ प्रकृतिको अगाडि ? हामीमा यो औकातबोध बनिरहे मानिस सुखी, निर्लिप्त र अस्पृह प्राणी हुन्थ्यो ?
    जापानको प्राकृतिक कोपभाजनका शिकार भएका सबै ज्ञात अज्ञात मानिस मात्रमा मेरो सहानुभूति तथा समवेदना ।

  11. http://japan.person-finder.appspot.com/?lang=en

    Google has developed a link to help find people in japan. Click on the above link and find your person by typing his or her name by clicking on ‘I am looking for someone’. If it does not show any result, you can also create a profile of the missing person and upload it so that others can contact you if any news about the person on profile is found. I hope this helps in a way or another.

  12. यी आमा हुन् !यिनको छाती फुटेको छ !काखमा मरेको बालाखा छ !
    हेर यिनलाई / यिनी भित्र कत्रो शाहस र आत्मबल छ !
    म यिनलाई सलाम गर्छु आत्मसात गर्छु !!!
    यही हो निएती हामी सबैले एक दिन यो संसार छोडेर जानै पर्छ!!!!
    धर्ये गरौ ,छोटो जीवन बाच्न न छोडौ !!!!!!

  13. दिल दुखेको छ !मन रोएको छ !आखाले तहस नहस देखेको छ !
    तर यी हात हरु असफल छन् मदत गर्नलाई !
    न सहन सक्छु ,न हेर्न सक्छु ,न त् केहि गर्न नै सक्छु म बिबस छु !
    मात्र म प्राथना गर्न सक्छु !हे दैब मृत आत्मा लाई मुक्ति दे !
    बचेकाहरुलाई स्वस्थ लाभ दे !सकुसल रहेकालाई शक्ति दे !!!!!!
    जापान को सकुसलताको कामना गर्दछु !!!!!!!!!!!

  14. जापानमा बस्नुभएका नेपालीहरु सबै सकुसल होस् मङ्गल होस्.

  15. जापान मा भएको सबै नेपालीको सकुसल को कामना गर्दछु ……..

  16. धेरै कुरा त लेक्ने सकिन्न किन कि यो समय र परिस्थिति नै त्यस्तै छ.
    मरे काआत्मा ले शान्ति पाउन र घाइते हरु को शिघ्र स्वास्थ लाभ को कामना गर्दै छु.

  17. मेरो पहिलो कमेन्टमा “परमाणु उर्जा प्लान्ट” बिस्फोटन भएकोमा अन्येथा हुन गएकोमा क्षमा प्रार्थी छु .

  18. मेरो जिन्दगीमा भूकम्प भनेर सुनेको मात्रथिए जापान आएपछि थाहभो | फेवातालको वरपर हुर्किएको तालमा ढुंगा चढेजस्तै जापान बसाई | अहिले मैले लेख्द सम्म सुक्रबार २.४५ बाट आहिले ६५ घण्टा जति भयो धक्का आइरहेको छ | अस्ति बाट लागेको रिंगटा आहिले सम्म छोडेको छैन बिस्तारै कम्पन काम हुदै गैरहेकोछ तर पनि सबै लाइ सजक हुन निर्देसन दिरहेको छ | बिसेस समुन्द्री आँधीबेरी आएको प्रमुख सहरम सबैको बस्तु इस्थिती थाहा पाउन सकिराखेको छैन हामी पार्थना गरौ सबै नेपाली दाजु भाई दिदि बहिनि हरु सकुसल रहुन |

  19. शुक्रबार जापानमा आएको भिषण भूकम्प र सुनामीका कारण वेपत्ता हुने नेपालीको संख्या थपिदै गएको छ ।

    टेलिफोन सम्पर्क खुलेपछि बिभिन्न संघसंस्था र आफन्तहरुले गरेको खोजीपछि उनीहरु सम्पर्कविहीन भएको खुलेको हो । पछिल्लो जानकारी अनुसार कियागी केनको सेन्दाई एरियामा रहेका काजी शेर्पा, तुलसी शेर्पा र शिव आचार्य सम्पर्कमा आउन सकेका छैनन् ।

    यसैगरि सेन्दाईको ताइहाका कु मिनामीको एक भारतीय रेष्टुरेन्टमा कार्यरत चुडामणि सापकोटा, सेन्दाईमा रहेका बाबु सापकोटा र माया गुरुङसँग सम्पर्क स्थापित हुन नसकेको दूतवाासद्वारा गठित संयुक्त समितिका सदस्यहरुले जनाएका छन् ।

    उनीहरु उद्धारपछि कुनै शिविरमा सुरक्षित रहेको वा नरहेको बिषयमा अहिलेसम्म जानकारी आउन सकेको छैन् । त्यसक्षेत्रमा बिजुली आपूर्ति नभएको र मोवाइल पनि चार्ज सकिने अबस्था नरहेकाले उनीहरु सम्पर्कमा नआएको हो कि भन्ने अनुमान पनि गरिदै छ ।

    यस्तै शुक्रबार आएको सुनामीले एक नेपाली रेष्टुरेन्ट बगाएको छ । जापानमा रहेका नेपालीलाई पुगेको प्रभावबारे खोजी र सूचना संकलन भइरहेका बेला फुकुसिमा इवाकीमा आएको सुनामीले साइनो नेपाली रेष्टुरेन्ट बगाएको जानकारी प्राप्त भएको हो ।

    रेष्टुरेन्ट संचालक रमेश देवानका अनुसार सुनामीले रेष्टुरेन्टका सवै सामाग्री बगाएको छ भने त्यहाँ कार्यरत कर्मचारी र ग्राहक भागेर अग्लो स्थानमा शरणलिन पुगेका छन् । सुनामीले कुनै मानवीय क्षती नभएको देवानले टोक्यो नेपाल डटकमलाई बताए ।

    यता थकाली सेवा समिति जापानले भर्खरै दिएको जानकारीअनुसार सो समितिसंग आबद्ध सेन्दाई क्षेत्रका एक नेपाली परिवार अहिलेसम्म सम्पर्कमा आउन सकेको छैन् ।

    समिति अध्यक्ष सरदकुमार गौचनले थसेसको साझा मेलग्रुपमा त्यसका क्षेत्रका सदस्यले पठाएको जानकारी उदृत गर्दै जनाएअनुसार मनोज तुलाचन र मीना तुलाचनको परिवार अहिलेसम्म सम्पर्कमा आउन सकेको छैन् ।

    उनीहरु मियागीकेनको केसानुभन्ने ठाउँमा रेष्टुरेन्ट चलाएर बसेका थिए । टेलिभिजनमा देखाइएअनुसार उक्त क्षेत्र पुरै ध्वस्त पारेको देखिाएको थियो । सुनामी आउनुअघि उनीहरु भागेको वा अन्यन्त्र शरण लिइरहेको बिषयमा अहिलेसम्म जानकारी हुन सकेको छैन् । उनको छोराले सेन्दाई क्षेत्रमा शरण लिइहरेको जानकारी पाइएको गौचनले टोक्यो नेपाल डट्कमलाई जानकारी दिनुभयो ।

    सो परिवारको बिषयमा कुनै जानकारी प्राप्त भएमा आफ्नो निजी इमेल वा थकाली सेवा समितिको इमेलमा सम्पर्क गरिदिनुहुन सम्पूर्ण सदस्य तथा नेपाली दाजुभाईमा गौचनले आग्रह गर्नुभएको छ ।

    यसैवीच सहकर्मी सन्देश पोखरेलका अनुसार सेन्दाई सहरको हचिमानमा रहेका नेपालीहरु सकुशल रहेको जानकारी प्राप्त भएको छ । टेलिफोन सम्पर्कमा आएकी भवानी दवाडीका अनुसार दश नेपालीसहित करिव ७ सय स्थानीय नागरिकलाई हचिमान प्राथमिक बिद्यालयमा राखिएको छ । त्यहाँको वडा कार्यालयले उनीहरुलाई खाने प्रबन्ध गरिदिएको दवाडीले जानकारी दिनुभयो । पानी, ग्यास, बिजुली आपूर्ति हुन नसकेका कारण समस्या उपत्पन्न भएको छ भने मोवाइल चार्ज गर्न नसकेका कारण त्यहाँ रहेका मानिसले आफ्नो अबस्थाबारे बाहिर रहेका आफन्तलाई जानकारी दिन सकेका छैनन् ।

  20. ma japan ko tokyo sahar ma chhu tara tyo chhyan ma samjera pani samjana sakdina tyo 2 bajera 46 min ko chhyan yasto tyo pani mathi ko jahaj jasari ghar bijuli ko taar sabai yesari hallidai thiyo ki vanera sadya chhaina tara yo japan sarkar le chai ghar chai banayekai ho vukampa le aali ali ali dhan jan chyati vayo hola tara tsunami le japmn lai garnu garyo tar sendai basne nepali ko ahile samma chine jati safe chhan tara take and be brave to the sendai peoples.
    thanks
    help japann

  21. जापानमा भएको धनजनको छेती र आपतकालीन अबस्थामा त्यहाँ रहनु भएका सबै नेपाली दाजु भाई दिदि बहिनि साथै सम्पूर्ण सबै मा ईश्वरले धैरेधारण गर्ने शक्ति प्राप्त गरुन भन्ने प्राथना गर्दछु .

  22. मेरो तर्फ बाट रु १००० डोनेशन को घोसना गर्दछु | येही हो हामीले केहि गरेर देखाउने समय कति अरुबाट सहयोग को अपेक्षा राख्ने हामीले यस दुखद घडीमा साथ अबस्य दिनु पर्छ |

  23. नेपालमा पनि १२ घन्टाभित्र तीन धक्का भूकम्प

    १२ घन्टाको अवधिमा पोखरा र आसपासका स्थानमा तीनपटक भूकम्पको धक्का महशसा गरिएको छ । भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति १० बजेर ४३ मिनेटमा ४ दशमलव ३ रेक्टर, शनिबार बिहान ५ बजेर ५१ मिनेटमा ४ दशमलब ४ रेक्टर र आजै बिहानै पौने ११ बजे ३ दशमलव ९ रेक्टर भूकम्प मापन गरिएको थियो ।
    भूकम्पको महशुस पोखरा तथा बागलुङबासीले समेत गरेका थिए ।

  24. प्रार्थनाले केहि हुने वाला छैन | सक्छौ भने केहि गरेर देखाउन पर्छ | प्रार्थना त हुति नहुने हरुले गर्छन | के नसके मौन धारण गर्नु र भबिस्य मे नेपाल मा येस्तई घटना हुन बाट रोक्ने कोसिस गर्नु नै उत्तम हुन्छ |

  25. हामीलाई आपत् ,बिपत परेको बेला वा जहिले पनि सहयोग गर्ने “”हाम्रो प्यारो मित्र राष्ट्र जापान “” लाई आज ठुलो आपत् परेको छ /तर हामी साएद केहि गर्न पनि असमर्थ छौ / बस् सबै जापानी महानुभाब हरुलाई धैर्य धारण गरि आपतको सामना गर्नु होला भन्नु सिवाय …/ सबै मृतक जनहरुमा “”हार्दिक श्रदान्जली “” / जति सक्दो छिटो फेरी नया अनि राम्रो “”हाम्रो मित्र राष्ट्र जापान “” बनोस भन्ने कामना …///

  26. भगवान अब एस्तो दुख नदेउ कहिँ कसैलाई पनि सम्पूर्ण घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना , मृतकहरुलाई हार्दिक श्रद्दान्जली .जापानमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई दिदि बहिनि हरुको सकुसलताको कामना ./

  27. जिन्दगि को के भरोसा आज हो कि भोलि तेसैले साथी भै दिदि बहिनि जहिलेनी पैसाकै पछि लगेर स्वार्थी नबनाऊ हामी सबैलाई राम्रै सोचौ राम्रै गरु अनि हाम्रा देसका नेत्त भनौदा हरु पनि केहि सिकौ विचार गरौ एस्तो घटना हरु बत्त अखिरमा एकदिन मरिन्छ तर कसरि कहाँ कसलाई के थाहा तेसैले राम्रो देस बिकाश गरौ धेरै स्वार्थी नबनु!!!!!! यो घटना देखेर सारै दुख लाग्छ भगवान संग प्रार्थना गर्दछु अब यो भन्दा धेरै नस्ट नगरुन जय भगवान को !!

  28. भूकम्पको त के कुरा गर्नु आउने जाने भइरहेको छ! प्रतेक घण्टामा २-३ चोटी भूकम्प जाने त खासै ठुलो कुरा नै भएन! भूकम्प गए पिछे TV ले अर्लाम बजाएर जानकारी दिईनै राखेको छ!
    जन्मे पछि के के अनुभब गर्नु पर्ने रहेछ! मैले यहाँ कमेन्ट लेख्ने क्रममा ३ चोटी जति भूकम्प गइ सक्यो! हेल्मेट र emergency bag संगै राखेर कमेन्ट गर्नु परि राछ! अहिले TV मा दिइएको जानकारी अनुसार ५९६जना को मृतु भएको प्रमाणित भइ सक्यो! अझै कतिको मृतु को खबर सुन्नु पर्ने हो! अझै सम्म पनि कुनै नेपाली को बारेमा नराम्रो खबर सुनिएको छैन! तर धेरै मान्छे अझै अलपत्र छन् रे भन्ने खबर आइरहेको छ! भर्खर TV मा पनि भर्खर प्राप्त भएको समाचार अनुसार एउटा टापू (नाम चै थाहा भएन) दस हजार मानिस हरु अलपत्र भैरहेको खबर आएको छ!
    खोइ अझै के के सुन्नु पर्ने हो????????????

  29. गहिरो दुख लागिरहेको छ! प्रकृतिले मानबमाथि त यस्ता सङ्कटहरु कहिले काही निम्त्याउछ, जुन दुख लाग्दो हुन्छ; त्यसमाथि अब न्युक्लिअर प्लान्टमा बिस्फोटन भएर अझै समस्या आएको सुन्दा सार्है नरमाइलो लागिरहेको छ मलाई 🙁

  30. सम्पूर्ण जापान बसी नेपालीहरु को नराम्रो समाचार सुन्नु नपरोस भनि श्री पशुपति नाथ संग म प्राथना गरि रहेको छु.

    सम्पूर्ण मृतक जापान बसी मा मेरो हार्दिक सर्दंजली ! साथै जापानमा चाडो भन्दा चाडो भूकम्प रोकियोस् र बिस्थापितहरुको लागि देश अनि विदेश बाट सहयोग मिलोस यहि नै मेरो कामना छ ! हे भगवान !!!

  31. यदि भगवान नाइँ मान्ने भए … प्रस्न सोड़ने पहेले किन एस्तो गरिस भनेर …अब उसलाई रक्षा गरु भनेर कहिँ हुदीना..बस्ताब मा भगवान नै छेन यो संसार मा नत्र एती पिडा किन दिन्थियो सोझो साझो जपनेस हरु लै 🙁 🙁 🙁

  32. अहिलेको ताजा खबर अनुसार फुकुसिमामा रहेको एउटा आणविक प्लान्ट बिस्फोटन भएको छ र त्यहाँ अरु तीनओटा तेस्तो प्लान्ट छ .त्यहाका बासिन्दा हरुलाई २० किलोमिटर टाडा लगिदै छ .यो खबर मैले पनि टेलिभिजनमा हेरेको हो .
    म बस्ने कानागावाको योकोहामा नगर जुन भुकंप र सुनामीको केन्द्रबाट लगभग ५०० किलोमिटर टाडा छ .यहाँका बासिन्दाहरु पनि आपतकालीन अवस्थाको लागि आफ्नो जोहो गर्न लागेका छन् .सुपरमार्केटहरुमा लगभग पाउरोटी अनि ड्रiइ फूडहरु सिद्दिएको छ .
    अहिले सम्म सेन्दाईमा हुनुभएका नेपाली साथीहरुको भरपर्दो संपर्क हुन सकेको छैन .सबैजना आफ्नो आफ्नो तरिकाले त्यहाँ संपर्क गर्न कोसिस गर्दै हुनुहुन्छ .
    आशा गरौ त्यहाँ हुनुभएका सबजना सकुसल हुनुहुन्छ .
    र संगै प्राथना गरौ जापानमा यो भन्दा बढी क्षति नहोस .
    पशुपति नाथ ले सबको रक्षा गरुन् .

  33. यस अकल्पनिय महाभुकम्पमा जिवन गुमाउने मानिसहरूमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना ब्यक्त गर्दछौ। उद्दार कार्यमा तिब्रता आओस यसको लागि भगवानले सबैमा शक्ति प्रदान गरून भन्ने कामना गर्दछौ।

  34. May god help Japan and japanease people at this intense moment. Brave heart to those who lost their loved ones in this massive earthquake and pray for the rest.
    Goddess pashupatinath! Save the lives of Nepalese and all others.

  35. मेरो पनि हार्दिक सर्दंजली अनि नेपाली हरु को अवस्था राम्रो होस् भनेर भगवान संग प्राथना गर्दा छु /// फेरी कुनी पनि देस ले यस्तो प्रकिर्तिक विपति को सामना गर्नु नपरोस जय देस जयनेपाल जय पशुपति नाथ र बराह भगवान सबै को कल्याण गर प्रभु ///

    घनश्याम घिमिरे
    बराहक्षेत्र चतरा

  36. सबै संचार कर्मीहरुको अझै एकै खाले समचार आउंन सकेको छैन । कुन समचारलाई आधार मान्ने भन्ने बारे सबै अन्यवलनै छन जस्तो लागेको छ । हाल सम्म ७०० जान घाईटे र ४०० जनाको मृत्यु भन्ने श्रोतले जनाएको छ । तर त्यति ठूलो महाप्रलयमा त्यति संख्याले के मान्थ्यो । हाम्रो नेपालीहरु कोहि सम्पर्क बिहिन रहेको र कोहि अलपत्र परेका छन भन्ने जानकारी आएको छ । अझै साना तिना झड्का हानिरहेको छ । अझै पनि फ़ेरी ठूलो झड्का हान्ने भन्ने हल्लाले सबै त्रसित छन

    संसारको सबै भन्दा घेरै भूकम्प जाने देश जापान भएकोले यहांका घरहरु सबै भूकम्प प्रतिरोधात्मक घर बनेका हुन्छन । तर कति रेक्टर सम्मको भूकम्प धान्न सक्ने भन्ने बारे भने जापानका ईन्जिनियरहरु अलि मौन नै छन । जुन महाप्रलय भएको स्थानबाट जापानको राजधानी टोकियो करिब ३०० किलो मिटर टाढा रहेको छ । जहां ८.९ रेक्टर स्केलको भूकम्प जाडा टोकियोमा ६.४ रेक्टर स्केलको गएको रहेछ । पहिलो ठूलो झड्का पछि पनि करिव १ घन्टा २५ मिनेट जति लगातर कम्पन भएको उक्त भूकम्प टोकियोको सवालमा ऎतिहासिक भूकम्प नै भएको छ । टोकियोवासीको ज्यान नगए पनि कम मात्रमा घाईटे भएको श्रोतले जनाएको थियो । तर टोकियोको जनजीवन पनि प्रतिकुल रुपमा प्रभाव पार्नुका साथै निकै कष्टकर बन्यो ।

    म त एक्लै कोठामा थिएं । सामान्यतया संधै साना तिना भूकम्प गईरहने भएकोले सुरुमा त त्यति वास्ता गरिन । झन भन्दा झन निकैनै हल्लिन थाले पछि त मन अत्ताल्लिन थाल्यो । ढोकाबाट बाहिर हेरेको त वरपरका घरहरु पनि हल्लिएर आफ़ै तिर आउन लागे जस्तो देखिन थाल्यो । घर भित्रका फ़्रिज दराजहरु पनि ढल्लान जस्तो गर्न थाले । बिजुलीका पोल, तारहरु त बतास चल्दा रुखको हागा र पातहरु हाल्लिए झै हल्लिन थाल्यो । अब यति भए मरिने भईयो, अब बांचिन्न भन्ने अबस्था पुग्यो । जब मान्छेलाई आपत पर्र्यो भने सबै भन्दा पहिला भगवानलाई गुहार माग्दो रहेछ । ठूलो आवाजमा बचाऊ प्रभु ……. भनेको थिएं मैले त …….. त्यस पछि आफ़्नो निकत मान्छेहरुलाई सम्झिदो रहेछ । कम्पन भईरहेको जमिनमा हिड्दा त बालुवामा हिडे जस्तो हुंदोरहेछ । घर भित्र भन्दा बरु पार्क तिर गाए सुरचित भईएला जस्तो लाग्यो । डौडिदै पाक सम्म पुग्न नपाउंदै अलि खुल्ला ठाऊमा कोरियन र चाईनिज नागरिकहरु रहेछन । जहां बल्ल आफ़ुलाई ढुक्क भयो । सुरचितको अनुभब भयो । प्रभु अब त यस्तो आपत नपरोस …….

  37. हामी सबै ले प्रार्थना गरौ जापान को लागि .अनि सबै नेपाली को लागि .

  38. यो संसारमा भगवान नै पिता हुनुहुन्छ ,जपान संसारको अमेरिका र चीन बाहेक तेस्रो शक्तिसाली मुलुक हो भन्छन ,संसारलाई कुनै मानब शक्तिले चलाउन सक्तैन भन्ने कुरा सबैलाई चेतना भया,परमपिताले चाहेमा जे पनि हुनसक्छ ,हे, हे हे

  39. मलाई यिनीहरुको आबस्था देख्दा एकदम चिन्ता लग्यो, भगवान ले रक्छ्या गरुन

  40. जापानको यो भयानक महाभूकम्पमा परी ज्यान गुमाउने सबैलाई हार्दिक श्रद्धान्जलि । घाइते सबैलाई सिघ्र स्वाथ्य लाभको कामना अनि अरु बढी क्षति नहोस् भन्ने भगवानसंग प्रर्थाना छ ।

  41. आपत् बिपतमा परेकालाई सहन सक्ने शक्ति देउ भगवान !
    ( काठमान्दु भूकम्प छेत्र बाट सुरछित शहर होइन , बैज्ञानिकहरुले अनुशन्धान
    गरिसकेको कुरा हो , अहिले देखि लिएर अबको २५-५० बर्ष भित्र कुनै पनि बेला
    भूकम्प जान सक्छ ! यो प्रलयकारी सत्यलाई दुरदृस्टीकोण राखी अहिले देखि
    नै यस सम्बन्धमा राज्य सम्बेदनशील भएर योजनामा इमान्दार रहनु आबश्यक
    छ )

  42. आशु मात्र कति बग्छ यो आखाबाट
    यो आखा केवल रुनको लागी मात्र पो हो कि ?

    हास्नु खोज्यो यो आखाबाट आशु मात्र आउछ
    कतै कहिँ मेरो भूल भएर पो हो कि? किन ?

    सुख अनि हर्स त केवल छदै छैन यो जिन्दगी
    केवल दूखै दुखको लगी मात्र हो की जिन्दगी

    सधै बिर्सन खोज्यो खाली सम्झना मात्र आउछ
    केबल यो जिन्दगी सम्झनाको लागी मात्र पो हो कि?

    केवल मेरो मात्र पनि होइन जिन्दगी अरु सबैको उस्तै उस्तै पो हो कि?

    के गर्नु समय र परीस्थी ले गर्द आज जापन मा हीमी सबको मन दु:ख र पीडा ले मन रोइएरह्को छ. किनकी जापन मा पनि हामी जेस्तै थुपोरेई नेपाली हरु पनि छन्. जे जेस्तो भाय पनि म मनाकमाना कि मई संग पेर्थना गर्दछु की जापानमा चाडो भन्दा चाडो भूकम्प रोकियोस् त्यो स्थानमा जहाँ सुनामी गयो के नेपालीहरु छैनन् ? भएको भए राम्रो खबर आओस यहि प्रार्थना छ |
    kim dorje sherpa
    form Qatar doha

  43. हे प्रकृति! तिम्रा यि गुण अबगुणहरुको व्याख्या गरेर हामी कहिल्यै पनि थाक्दैनौ तर कहिले काही तिम्रो हरकत देखेर असाध्यै दु:ख लागेर आउछ र आज फेरी जापानको खबरले हामीलाई दु:खी बनाएको छ |

    ” मृत सबैमा भावपूर्ण श्रद्धान्जली “

  44. अहिले जापानको समय दिउसो को चार बजे सम्म NHK क अनुसार मर्ने को संख्या १००० नाघेको छ .यो भन्दा बढी संखामा मानिसहरु हराइरहेको जनाएको छ .रेलसेवा पूर्ण रुपमा बन्द भैराखेका छन् .४.३० बाट जापानको पुर्बी भागमा जाने बुल्लेट ट्रेन चल्लने सूचना TV ले बतैरखेको छ .आन्तरिक मोबाइल सेवा मा पनि पूर्ण रुपमा नेटवर्क ले कम गरेको छैन .हालसम्म नेपाली को कुनै अप्रिय घटना थाहा भएको छैन .

    देवदास सुबेदी
    SHIZUOKAKEN JAPAN

  45. जापान मा वुकम्प्का गको २४ घण्टा नबित्दै बाग्लुंग र पर्बत मा पनि हिजो रति र आज बिहान भुकम्पको हल्का धक्काको महशुश रे….

  46. अकल्पनीय घटना ..जापानी हरु लाई यस कठिन घडी मा लड्ने दैबी सक्ति मिलोस .सम्पूर्ण हामी सबै ले यहि पार्थना गरौ …

    छिटो भन्दा छिटो फेरी उही ठाउमा पुगोस जापान ,,,फेरी यस्तो घटना कहिँ सुन्न नपरोस जय पशुपति

  47. जापान को खवर ले मान स्तब्ध वको बेलामा पर्बत ra बाग्लुंग मा पनि आज बिहान vukampka को हल्लाक ढक्क को महसुस…

  48. त्यो कालो दिन अनि रात सम्झिदा पनि शारीर कापेर आउछ ! सायद जिबन को अन्तिम दिन जस्तो लागे को थीयो ! साथी हरु घर परिवार को फोन को घन्टी बज्दा पनि भकानो फुटेर आऊथेओ! अझै पनि कती कती बेला भूकम्प को झड्का आएकै छ !नेपाल घरमा फोन गर्दा फोन पनि लागे को छैन्न ! नया जिबन पाएजस्तो अनुभब भएको छ !

  49. रीजनजी र किवा चामलिङजीको आफ आफ्ना अनुभव पढ्दा जिउ सिरिङ्ग भयो “म पनि त्यो घडीमा त्यहाँ भएको भए” भन्ने फीलिंग भित्र भित्र दौड्यो र एक छिन स्तब्ध भएँ | तपाईहको ज्यान त जोगिएछ | त्यो स्थानमा जहाँ सुनामी गयो के नेपालीहरु छैनन् ? भएको भए राम्रो खबर आओस यहि प्रार्थना छ |

  50. रिजन जी र किवा जी, Japan को भूकम्पको बारे मा राम्रो जानकारी दिनु भएको मा धेरै धेरै धन्यवाद| नागोया वोरी परि भएका नेपाली हरु सकुसल छन् होला भन्ने आशा छ | र सबै जापानी हरुको लागि पनि प्राथना छ|

    रिजन जी ले लेख्नु भएको एउटा कुरा चैं सचाउना चाहन्छु | रिजन जी ले लेख्नु भएको छ
    “मियागीमा ७.९ र टोक्योमा ६.० म्याग्निच्युडको भूकम्प आएको रहेछ। ”

    The energy released by any earthquake is measured in terms of its magnitude and is expressed in the Richter scale. The magnitude of a earthquake is the energy released at the source of the earthquake. Hence, any earthquake will have only one magnitude (there can be slight variation in magnitudes recorded by different seismographs). The damage caused by the earthquake at any place however depends not only on the magnitude of the earthquake but also on the distance of the epicentre from the place. The damaging power of the earthquake अट any place is measured more qualitatively in terms of “Intensity” of the earthquake.

    Now coming back to this recent earthquake in Japan, its magnitude is recorded as 8.8 Richter scale. And this indicates the amount of energy released at the source, i.e. in the ocean for this case. The “intensity” in Miyagi prefecture is high (around 4 according to JMA) as it is nearer to the source but the intensity of the same earthquake in Tokyo area is comparatively lower (around 3) as it is around 400km away.

    I often hear advertisements in Nepal like this building is designed to withstand 6 Richter scale earthquakes. This kind of statements are very misleading. The level of shaking of the ground is the important parameter than the magnitude of the earthquake itself.

  51. my heavenly father , the life of those people who lost there everything help them keep all secured..

  52. हिजो करिब २:४७बजे तिर होला हामी सबै मीटिंगमा थियौ २४ तल्लामा भएका हामी सुरुमा त सामान्य होकी भनेर एक आर्काको अनुहार हेर्न लागेका मात्र थियौ , पुरै घर रोटि पिंग बसे झैँ हल्लिन थाल्यो . म नेपालमा ठुलो भूकम्पको अनुभब त्यति साह्रो नभएको मान्छे भाग्न सुरु गरि हाले . लिफ्ट सबै भन्दा भै हाल्यो . तल झर्न भर्यांग बाहेक विकल्प थिएन . २४ तल्ला बाट कसरी १ तल्लामा आए त्यो त मलाई मात्र थाहा छ. बाहिर निस्केर हेर्दा सबै मान्छेहरु घरहरु हल्लिएको हेरिरहेको थिए . धन्न बाहिर त आइयो तर भूकम्प रोकिएन . ६ रेक्टर मापन गरिएको टोकियोमा
    यस्तो भयो भने ८.८ रेक्टर कस्तो भयो होला. घर फर्कने विकल्प हिड्ने बाहेक केहि थिएन . सबै हिडेर घर तिर लागे . रात भरि भूकम्प गएको गैइ छ . अहिले दिनको १:३० हुन लाग्यो लगभग २४ घण्टा भैइ सक्यो कति १० १० मिनेटमा भूकम्प आइ रहेको छ. अझै के हुन्छ भन्ने सकिने अबस्था छैन .

  53. नहुनु दुखद समाचार त जापानमा आइनै हाल्यो नेपालि हरु सकुसल रहेको समाचार अन्तिम सम्म आइनै रहोस मेरो कामना

  54. मलाई नेपाल मा २०४६ साल मा गएको भूकम्प को याद आयो| भूकम्प ले गर्दा मेरो मन मा डर को येस्तो छाप परेको थियो कि म ३, ४ महिना सम्म म त्रसित भए| भूकम्प आउदा खेरि मैले एक किसिम को अद्भुत आवाज को अनुभब गरे- त्यो आवाज मानौं कतै टाडा बात बस गुड्दा आउने खल को आवाज थियो| वातावरण त्रसित गरेको थियो, भुइचालो को हाललाई ले र मनिष हरु को चिचाहत ले| मलाई त्यो आवाज ले एती त्रसित पर्यो कि रति सुत्न जादा गाडी गुड्ने आवाज बाट म एक दमै दरौंठे| अहि ले सम्म पनि म कहिले कहिँ त्रसित हुन्छु| त्येसैले म अनुभव गर्न सक्छु कस्तो पिडा भोग्नु परेचन अहिले जापान मा भएका सबैले| म यो डरलाग्दो भुचालो अनुभब गर्नु भएका सारा ले आफ्नो मन शान्त पर्न सक्ति पाउन भनि श्री पशुपति नाथ संग प्रार्थना गर्छु|

  55. थिए शिरमाथि हजार दु:ख आफ्नै, कताबाट फेरि यो सुनामी आयो।
    लियो ज्यान धेरै, पियो बस्ती सारा, बिना सूचना नै यो बेइमानी आयो।

    कतै मर्नु पर्ने नपाएर पानी, कतै पानीमा नै डुबिमर्नु पर्ने।
    कतै सास फेर्न पनि छैन हावा, कतै आँधीमा नै उडिमर्नु पर्ने।
    नसोचेको कहिल्यै,… नचाहेको कहिल्यै, किन फेरि यस्तो यो हरामी आयो।
    Dr. Krishna Hari Baral

  56. सम्पूर्ण जापान बसी नेपालीहरु को नराम्रो समाचार सुन्नु नपरोस भनि श्री पशुपति नाथ संग म प्राथना गरि रहेको छु.

    सम्पूर्ण मृतक जापान बसी मा मेरो हार्दिक सर्दंजली ! साथै जापानमा चाडो भन्दा चाडो भूकम्प रोकियोस् र बिस्थापितहरुको लागि देश अनि विदेश बाट सहयोग मिलोस यहि नै मेरो कामना छ !

    – दुर्गा प्र बन्जाडे

Comments are closed.