रामेश्वर खनालको विश्वास

[उदाहरणीय जीवन शैलिका व्यक्तित्वहरुको अनुभव संगालेर एन्टेना फाउन्डेसनले बनाउने कार्यक्रम ‘मेरो जिन्दगी, मेरो विश्वास’ मा केही अघि अर्थ सचिव रामेश्वर खनालले आफ्नो अनुभव सुनाएका थिए। सान्दर्भिक देखिएकोले उनको यो अनुभव त्यहाँ बाट साभार गरिएको हो]

एसएलसीपछि मलाई काठमाडौं आएर आई.एस्सी. पढ्ने चाहना थियो । तर, जीवनमा सबै सोचे जस्तो कहाँ हुँदोरहेछ र ! म तानसेनमै कमर्स पढ्न थालेँ । क्याम्पस तह राम्रै अङ्क ल्याएर पास पनि गरेँ । ममा पढाइप्रति सानैदेखि निष्ठा थियो । त्यो निष्ठाको उद्देश्य म अरूभन्दा पढाइमा अगाडि हुनुपर्छ भन्ने मात्र थियो । तर कामप्रतिको निष्ठा प्रतिस्पर्धामा अरूभन्दा अगाडि हुनु मात्र रहेनछ । कामप्रतिको निष्ठाको महत्त्व मैले भारतमा पढ्न जाँदा त्यहाँका एक गुरुको कामबाट बुझ्न पाएँ । उनी बिदाको समयमा पनि सेवाग्राहीका निम्ति काम गर्थे । कतिपय सेवाग्राही खुशी भएर उनलाई भोज खान बोलाउँथे । तर गुरु कामप्रति यति निष्ठावान थिए कि भोज खान बोलाइएको समयमा पनि कामै गर्न रुचाउँथे र थप मानिसलाई सन्तुष्टि दिन्थे ।


तिनै गुरुको सङ्गतले मेरो कामप्रतिको निष्ठा अझ प्रगाढ तुल्याइदियो । क्रमशः म काममा मात्रै विश्वास गर्ने हुँदै गएँ । म कर्ममा सिङ्गो जीवन सार्थक बनाउने शक्ति देख्छ । मान्छे खुशीको लागि डिस्को जान्छन्, मधुशाला जान्छन् । तर, म त्यस्ता सम्पुर्ण खुशी र सन्तुष्टि आफ्नो जिम्मेवारी सम्पन्न गर्दा पाउँछु । अर्थ मन्त्रालयको सचिव जो-कोही भएपनि दैनिक १०-१२ घण्टा काम गर्नुपर्छ । कामको चाप भएको बेला शनिबार पनि म अफिसमै हुन्छु । कामप्रतिको आस्थाले होला यसरी काम गर्दा मलाई कहिल्यै दिक्क लाग्दैन । जसरी अम्मलीलाई अम्मल लिएपछि आनन्द आउँछ । मलाई पनि काम सकेपछि त्यस्तै आनन्द आउँछ ।

जुन काम गर्दा म आनन्दित हुन्छु त्यही कामले अर्कोलाई काम गर्न सजिलो पारेको हुन्छ । ममार्फत् सजिलै काम भएपछि काम गराउनेहरू पनि अवश्य खुशी हुन्छन् । कामप्रतिको निष्ठा कति महान् ! अरूलाई पनि खुशी बनाउन सकिने ! निष्ठाकै कारण इमानदारी र मिहिनेतले के पाइस् भन्नेहरू पनि भेटिन्छन् । कति आफन्तले बोलाएको बेला जान सक्दिनँ । उनीहरू काम मात्र आफ्नो देख्छस् भनेर गुनसो गर्छन् । तर, जति नै गुनसो आए पनि जिम्मेवारीलाई भन्दा अरू कुरालाई पहिलो प्राथमिकतामा राख्न सक्दिनँ । मिहिनेत र इमानदारी मेरा नजिकका आफन्त हुन् । यी कुरा मेरो लागि पहिले सास्ती थिए, अहिले आदत बनेका छन् । शुरुमा बोझ झैं लाग्थे भने अहिले अहिले आनन्दको स्रोत; अनि शुरुमा बन्धन ठानिन्थे भने अहिले प्रतिष्ठाको आधार बनेका छन् ।

म कार्यालय समयभन्दा बढी काम गर्छु । तर त्यसबापत कसैबाट आर्थिक सहयोगको आस गर्दिनँ । मलाई सरकारले दिएको तलब कामका लागि मात्र नभई जिम्मेवारी पूरा गर्नका लागि हो । निजी रूपमा मलाई पूरा विश्वास छ कि जिम्मेवारी पूरा गर्ने मेरो शैलीले सबैतिर राम्रो प्रभाव पार्छ । निष्ठावान् भएर काम गर्दा आफ्नो दक्षता पनि बढ्छ । कामप्रतिको निष्ठाबाट विकसित मेरो दक्षता एवं मिहिनेत समाज र अरूको निम्ति पनि उपयोगी हुन्छ भन्ने मेरो थप विश्वास हो ।

म हरेकको समृद्धि र प्रगति सम्बद्ध व्यक्तिको कामप्रतिको निष्ठामा देख्छु । काम गर्दा अरूको जस्तै म पनि समस्या भेट्छु । अनि समाधानका लागि प्रयास गर्दा अवरोध पनि उत्तिकै आउँछन् । तर, म पनि सधैं दत्तचित्त भएर काममा लागि नै रहन्छु । समस्या र अवरोधहरू क्रमशः आफैं पाखा लाग्छन् । मलाई लाग्छ, कामप्रतिको निष्ठा नै समग्र समृद्धि र प्रगतिको पर्याय हो । त्यसैले म सधैं कामप्रति झुकाव राख्छु । काम नै मेरो जिन्दगी हो, काम नै मेरो विश्वास हो ।

42 Comments

  1. माओ बादी , झल्लु र भारते सबै एकै हुन् . सबै मिलेर बिनोद चौधरी जस्ता थुप्रै भ्रस्ताचारी हरु बाट अकुत सम्पति कुम्लायेरा नून को सोजो गर्न लागि रहेछन . रामेश्वोर खनाल बाधक भयो . माओबादीले उसलाई बोलायर ” कसैलाई दोष न दि कन खुरुक्क आफ्नो बक्तिगत कारण देखाई राजिनामा दियर जा , हल्ला खल्ला गरिस अथवा बक्तिगत कारण बाहेक अरु केहि भनिस भने तेरो सपरिवार सहित तलाईं पनि मारी दिन्चुं , तलाईं बच्न मन छ कि छैन .” एस्तो धम्कि को सामना पनि गर्न सकेनन उनिहेरु संग मिलेर अकुत सम्पति कमयुना आफ्नो निष्ठा र इमान्दारी पन छाड्न पनि सकेनन . तेसैले उनि लुकेर बस्न बाध्य बनाए . अब सारा नेपाली मिलेर उन्को तथा उन्को परिवार को सुरक्चा को ग्यारन्टी गर्नु पारो तब मात्र तत्थ्य खुल्छ . जय नेपाल .

  2. यो कस्तो बिद्देम्बना हो कि कसैले देशको लागि केहि गर्न खोज्यो कि ताहा बाधा र अड्चन ले बिबश हुन बाध्य बनाउछ यो देश सतिले सरापेको तेसेइ हैन रहेछ,तै पनि खनालज्यु नात्तिनुउस धीलै भय पनि न्याय अबस्य मिल्ने छ .धर्य लिनुहोस् यो समय तेपैंको जिबनको सबभन्दा चर्चा र खाचो को अनुभुतु गर्न समय हो नेपाली जनताको लागि.धन्यवाद

  3. रामेश्वर खनाल काण्ड मा प्रचण्ड को पनि हात छैन भन्न सकिन्न. किनकि अर्थमन्त्री माओबादीले नचुन्नुमा प्रचण्डको हात अवस्य छ. झलनाथले प्रचण्ड संग यो बारेमा राय नलिएको छ भन्न मिल्दैन.

    हाल प्रचण्ड को नाडी छाम्ने बेला भएको छ. झलनाथले झोली बोकेको बेलामा प्रचण्डले पनि ठुलो झोली लिएर हिंडे हुन्छ. जनताले झोला भरि फाटेका जुत्ता हाली दिनेछन.

  4. Niran Rai March 30 at 7:४१प्म
    I have once watched a Nepali television show, most probably, ‘mero jindagi mero bishwas’, where you had been presented as a subject. I was then so proud to have to come to known about you, And for a person like me, who rarely sit and watch the tv programs let alone the Nepali channels, it was a completely big awakening to my otherwise prejudice belief, that the most Nepali beaurocrats are corrupt.

    Now, after coming to know about the lastest development, following that upper handedness and uncanny persistent pressure by some very powerful but ill motive groups of people, that left you no where but to tender your resignations, I am left with a mixed feeling: on the one side I feel really upset for the country to be deprived of the service of a good countryman like you but on the other hand I am very proud of you for your resilence to fight the corrupt elements, that are erroding away our country economy and prosperity.

    We know, you could still contribute for the betterment of our beloved country. But, I as a laymay and a citizen of the country, truely consider you as one of our hero. You have set up a good example by being the hallmark of a true serviceamn for lots of aspiring younger generations, who would like to be in your footsteps. I am writing to you to offer you my support and wish you ever success in you future endavour.

  5. Hope it can inspire all of us! We need to keep this topic live so that the culprits could be punished!

  6. संतोष थापा जी,
    तपाइँ भदौमा आँखा फुटेको गोरु झैं सबैलाई उस्तै देख्नु हुन्छकि कसो ?
    तपाइँ जस्तै धेरै जनता उस्तै उस्तै सोच भएर कहिँ यो नेपाल देश उस्तै उस्तै भा त होइन ?
    नाम चाही संतोष तर विचार पुरै असन्तोष – नेगेतिव किन ?

  7. संतोष थापा जी, तपाइँ भदौमा आँखा फुटेको गोरु झैं सबैलाई उस्तै देख्नु हुन्छ. तपाइँ जस्तै धेरै जनता उस्तै उस्तै सोच भएर कहिँ यो नेपाल देश उस्तै उस्तै भा त होइन ?

  8. ‎’मिहिनेत र इमानदारी मेरा नजिकका आफन्त हुन् । यी कुरा मेरो लागि पहिले सास्ती थिए, अहिले आदत बनेका छन् । शुरुमा बोझ झैं लाग्थे भने अहिले आनन्दको स्रोत; अनि शुरुमा बन्धन ठानिन्थे भने अहिले प्रतिष्ठाको आधार बनेका छन् ।’
    -रामेश्वर खनाल

  9. गौतम बुद्ध पनि नेपाली नै थिय | अब उनको पूजा मात्र बाँकि छ | खनाल पनि खोपा मा सिमित हुन्छन | किन कि हामी नेपाली यस्तै छौं अनुसरण भन्दा प्रसंसा मा मक्ख पर्छौं “हिंग नभय पनि हिंग बाधेको टालो सुघेर गर्व गर्ने न पर्यौं

  10. घुष अलि कम पाएर होला नि रामेश्वर जी लाई?

    • Santoshji

      रामेश्वर खनाल ले घूस खाने भए यो नक्कली बिलको काण्ड हामी ले थाहा पौदैन्थ्यौन् होला. असल मान्छे लाई appreciate गर्नु सिकनुस

    • यो मुलुकमा यस्तै सन्तोस थापाजी जस्तो मानिसको कमि छैन तेसैले देश कहिल्यै पनि उभो लाग्न सक्दैन कमसेकम ……..र ………. भन्ने त छुट्याउन सक्ने मानिसको खुबी हुनुपर्छ /

  11. We need hundreds of thousands enthusiastic & duty conscious person like Mr. Rameswor Khanal in our Nepal.

  12. मलाई त के लाग्छ भने कसैले उहाँ लाई life threaten दिएर तेसरी बेपत्ता हुनुभएको हुनासक्छा. एदी तेस्तो हो भने सत्ते तत्थ्ये पत्ता लगाएर दोषीलाई तुरुन्त कारवाही गर्नु पर्छ.

  13. Rameshwor and Baburam are the only best bureaucrat and leader I have seen so far. They have vision, mission, goal and objective. But I wonder why they are always subdued and sidelined? Baburam should be made prime minister and Rameshwor should be made finance minister. They know how to make good Nepal. I hope the day will come for the good one to lead the country and fulfill the people aspirations. Lets join hands together to bring them in the forefront.

  14. खनाल जी प्रति पूर्ण सम्मान ! वहाँ जस्तो व्यक्तित्व लाई देशले संगालेर राख्नु पर्छ | आफ्नो काम अनि कर्तब्य प्रति जिम्मेवार व्यक्ति हरु साधुबाद का पात्र हुन् | मेहेनत अनि इमान्दारिता को संस्कार बनाउनु आजको आबश्यकता हो | एउटा सानो बिचार: काममा मात्रै दत्तचित्त हुँदा आफ्नो परिवार अनि साथीसंगी संगको balance चाही टुटाउनु हुन्न जस्तो लाग्छ |

  15. सम्झंदापनि आँखा बाट आँसु आउछ, हाम्रो देश मा अझै यस्ता स्वाभिमानी नेपाली हरु छन्, हिमाल-पहाड-तराई सबैतिर यस्तै महापुरुष हरु को जन्म हुनु पर्छ, महापुरुष बन्न नसके पनि देश बेच्ने कुलंगार चाही पक्कै बन्दिन म, र सबैले कम्तिमा पनि कुलंगार बन्ने काम नगरेमा देश तेसै बन्छ….. कसैले बनाउनु पर्दैन….

  16. खनालज्यु को तारिफ मात्रै गरेर समय सिध्याउने हैन बरु उहा जस्तै कर्तव्य निष्ट हुन सिक्नु पर्छ. अनि देश स्वतः उभो लागि हाल्छ नि! समाजमा परिवर्तन ल्याउने यसै गरि हो. कृष्ण प्रसाद भट्टराई,राम प्रसाद श्रेष्ठ, सुर्य नाथ उपाध्याय, बाबुराम भट्टराई, रामेश्वर खनाल, रमेश खरेल, कर्ण शाक्य र उहाहरु जस्ता अनेकौ ज्ञात अज्ञात उदाहरनिय व्यक्तित्वहरुको सबै ले सिको गरौ.

  17. रामेश्वर खनाल ,राम प्रसाद श्रेष्ठ ,प्रचण्ड (प्रधानमन्त्री झलनाथ लाइ बनाएर एक किसिमको त्याग गरे ,भारत् लाइ छाक्कौन सफल भए स्मरणीय रहोस भारत् नेपाल मा सरकार बनाउन न दिन अन्त सम्म च्याखे थाप्दै थियो र सारा नेपालीको दुश्मन भारतीय को आखाको तारो सम्भबत एक दिन मदन भण्डारी र बिरेन्द्र को बाटो पटाउन पनि सक्ला इन्डियन बेइमान हरुले )
    हालको नेपाल का गहना हुन् |
    भारत मोहन ले बर्तमान सरकार को नाक मा आची लगाइदिए |
    सुसिल कोइराला( पद मा भएको भएर ,निर्धाको हात मा हतियार !!!) ,ओली ,माधब ,सुजाता ,सुद,,बाबुराम,गच्छेदार ,ठाकुर नेपाल को लागि खतरनाक तत्त्व हुन् |

    • हो द्रोणजी,
      प्रचण्डलाई धेरै गाली गर्ने ठाउ छैन, तर उनको तारिफ चाहिं अब यो चिम्बांगे, चौधरी र खनालमध्ये कसलाई कस्कस्तो सुली र चौतारो प्रदान गरिन्छ भन्ने हेरेपछि मात्र गरौला!
      किनभने प्रचण्ड बिना देबी शिष्य झल्लु त एउटा तासको महल न हो!

    • प्रचण्ड लाई त्यो कोटी मा राखेको अल्ली हजम भयन है मलाई त प्रचण्ड त मलाई २ कौडी को मान्छे जस्तो लाग्छ न बोलि को ठेगान छ अल्लारे केटा जस्तो बोल्छन जान युद्ध को नाम मा त्यत्रो नर बलि चढाय

    • द्रोण जी ईमान्दारीताको नाममा रामेश्वोर खनाल र रामप्रसाद श्रेष्ठको सम्म नाम उल्लेख गर्नु भएको त ठिकछ त्यस बाहेक उल्लेखित अरुको नाम चाही ईमान्दारिता भित्र पर्दैन यो सबै सचेत नागरिक हरुले थाहा पाएकै कुराहो/ यस बाहेक पनि ईमानदारितामा औलामा गन्न सकिने अरु नाम पनि आउछ/

  18. खनाल जी धेरै राम्रो तपाइलाई अन्तरात्मा देखि नमस्कार

  19. There are very few people like Khanal ji in the country that is why they are important to us. When they become so respectable they should not give up what I believe Khanal ji is doing. Fight till you die to get what you want, you won’t loose the game. If you give up here it would be big full stop in your career and your counters are encouraged so come back,

    • He alone cannot fight such a humongous fight, fight against BIG MONEY! He will definitely hang in there if we, the public, give him ample support, ghaape!

  20. खनाल जी को जस्तै सोच सबै नेता हरु मा भए को भए हाम्रो राष्ट्र को कुनै युबा विदेश मा रोजगार गर्न जानु पर्ने थ्येना जय होश खनाल जी को सोचाई.. ये भाते नेता हो तिमि हरु को एस्तो सोच कहिले आउछ ????????

  21. भारत मोहन अधिकारी उनि उहिल्येपन्च्याती बेबस्था मा नै माडवारी संग मिलेर सुन तस्करीमा साथ दिने एउटा हस्ती हुन् उनलाई माडवारी हरुले राम्रोसंग बुझेका छन् र अहिले राम्रो संग प्रयोग गर्दैछन भरत मोहन द्रब्य भन्दा अरु केहि देख्दैनन तेस्ताकुपात्रसंग देस र जनताले के आसा गर्ने ?येस्मा भरतमोहन मात्र नभएर सिङ्गो एमाले नै जिम्मेवार छ येही काम फत्ते गराउनको लागि सिङ्गो पार्टीको सहमतिमा पठाएका हुन् !यदि यो काण्ड येत्तिकै सेलायो भने हामीले बुज्नु पर्छकि येस्मा कांग्रेस र सानातिना दलहरुले पनि भाग पाएछन भनेर !तर हामीले रामेश्वर खनालजीलाईधन्यबाद मात्र दिएर पुग्दैन देसभक्त जनताको तर्फ बाट पुरस्कारको ब्यावस्था गर्नु पर्छ जस्तो मलाइ लाग्छ ताकी अरु कर्मचारीले पनि राम्रो काम गर्दा जनताले सम्मान गर्दा रहेछन भन्ने बुझुन !अब पी एम जे एन खनालजीले के गर्नु हुन्छा कतै अर्को झापड खान नपरोस ?

  22. खनाल जी को विश्वास पढेर सारै टिस् लाग्यो…
    कसले बुज्ने बिसुद्ध सेवा भावनाको मर्म यो देसमा ……………….?

  23. Guys, try to be critical. It seems from the comments that Mr. Khanal is a god. Let’s avoid this attitude.

    • Safal,
      This is not just about Mr. Khanal! This is about whether you are a patriot or
      a parasite! This is about finding ourself in one of the two sides:
      Are we on the side of Rameshwar Khanal, Ramesh Kharel, Ram Prashad Shrestha,.. or on the side of Chiranjiwi Wagle, Binod Chowdhari, Manmohan Chimpanzee, and others?
      What do you say?

  24. सतीले सरापेको देशमा राम्रो काम गर्नेको भलो त कहिले पो भएको छ र ?

    सम्पूर्ण जनता को साथ छ रामेश्वर खनाल लाई \

    भ्रस्ट अधिकारी राजीनामा दे /

  25. रामेशोर जी तपाईं को यो सोच विचार अमर रहोस हाम्रो जस्तो गरिब देस मा तपाईं जस्ता सपुत अधिक धेरै आमा ले जन्माउन भगवान संग मेरो येही प्राथना छ र अन्त्य मा तपाईं को हरेक पैला अगाडी बदोस र सत्य को जीत होस् हामी येही चाहना गर्चोवं एस्त मानिस लै सबै ले साथ दिउन मा पनि धेरिया कमाउने थुन मा छु कैले कहें एस्तो लाग्छ तापिन जस्ता को सहयोग मैले एक गाँस खान मात्र पाए पनि अब आउने दिन आफ्नै देस मा बितौना पाउन मन लाग्छ .केशब प्याकुरेल ,

  26. सतीले सरापेको देशमा राम्रो काम गर्नेको भलो त कहिले पो भएको छ र ?

    सम्पूर्ण जनता को साथ छ रामेश्वर खनाल लाई \

    भ्रस्ट अधिकारी राजीनामा दे /

  27. तपाईको भनाइलाई म स्वागत गर्छु अर्थ सचिब रामेश्वर खनाल ज्यु !
    तपाइलाई राम्रो सग थाहा छ कि हाम्रो देश म़ा कति घुसपैठी हुन्छ अनि कति सरकारका मान्छेहरु पैसाको लोभमा हाम्रो नेपाल देशलाई नै बेच्नको लागि कुनै कसूर बाकि राख्दैनन् भन्ने कुरा तेसैले तपाइँ जस्तो गरिमामय व्यक्ति नै १ एस्तो शक्ति हो जसले हाम्रो नेपाल लाई अहिलेको दल-दल बाट माथि निकालेर केहि गर्न सक्नु हुन्छ हामि जनताहरु सबै तपाईको साथमा छौ नेताहरुले येत्रो वर्ष सम्म केहि गर्न सकेनन अब उनीहरुले हामि भित्रको विश्वास लाई तोडिसके कृपया सम्पूर्ण आम नागरिक ले सोच्ने बेला आएको छ अनि स-सम्मान श्री रामेश्वर खनाल जी लाई वहाको कर्तब्य पुरा गर्नको लागि पहिलेकै जिम्मेवारी दिलाउन अनुरोध गर्दछु !
    अन्त्यमा तपाई का ति कर्मठ हात हरुलाई सलाम जसले देश निर्माण का कार्यमा निर्दोष बालकले झैँ सहि निर्णय दिएका थिए
    जय नेपाल

  28. मन बचन र कर्मले मुलुक, मुलुकिको सेवा गरौँ भन्ने भावना युक्त राष्ट्र सेवक हाम्रो मुलुकमा वर्तमानले जन्माएको छैन जस्तो लाग्थ्यो भ्रष्ट नेता र कर्मचारी देख्ता तर आफ्नो निष्ठा र सेवाले मुलुकमा आमुल परिवर्तन ल्याउन प्रत्येक प्रतिकुलतालाई अनुकुल बनाउदै
    अनवरत रुपमा हरेक चुनौतिहरुको सामना गर्दै लागि पर्ने रामेश्वर खनालज्यु जस्ता सच्चा सपुत पनि हुनुहुदो रहेछ / उहाँको निष्ठा, सत्कर्म, निर्भिकता र शाहसलाइ हजार बार सलाम छ / उहाँले उठाउनु भएको यो कदमलाई नतमस्तक भई सलाम छ, नतमस्तक भई सलाम छ/
    उठौ साथि हो अब ढिला नगरी, हाम्रो सहनशीलताले अब सिमा नाघी सकेको छ / रास्ट्रका
    दुश्मनहरुको कालो कर्तुतको भण्डाफोर गरेर यिनीहरुलाई सुली चढाउँन ढिला भई सकेको छ /

  29. I wish every Nepali thinks the way finance secretary Mr. Khanal thinks. What an Idol – I bow down to you!!!

  30. रामेश्वोर खनाल हरु जस्तै सपुत हरुको लगाब, मेहेनत, इमान्दारिता र दुर-दृस्टी ले मात्रै यो देश बन्छा, नत्र यो देश कि सोमालिया बन्छा कि कपुत नेता हरुको पाइखाना बन्छा!

  31. कुरो त ठिकै हो – तर नेपालमा ‘निष्ठा’ र ‘इमान्दार’ को कुनै अर्थ छैन l जसले चतुर्याई गर्न सक्यो तेही ठुलो हुने देस हो यो l

  32. वा वा अर्थ सचिव रामेश्वर खनाल ज्यु आज भाव बिभोर भएको छु . अब हामी सबै देश प्रेमी नागरिक एकजुट भएर सरकार बिरुद आन्दोलन गर्नु पर्छ अनि जनता को तागत देखाउनु पर्छ, सलाम छ अर्थ सचिव रामेश्वर खनाल ज्यु हजुरलाई देश को सच्चा सपुत हुनु हुन्छ अनि अकुत सम्पति कमाउने अनि देश को ढुकुटी रित्याउने चौधरी लै संरक्षण दिने मन्त्रि भारत मोहन अधिकारी लै तत्काल बर्खास्त गर्नु पर्छ र कालो मोसो लगाएर देश निकाला गर्नु पर्छ अनि मात्र बिस्तारै देश ले बिकाश को गति लिने छ अनि अर्थ सचिव रामेश्वर खनाल ज्यु लाई सम्मान र पुरस्कार सहित पुन काम मा फर्काउनु आज को आबस्कता हो जय नेपाल

Comments are closed.