वाइवाइले खायो जनताको १० करोड

विनोद चौधरी स्वामित्वको वाइवाइ उत्पादक कम्पनी सिजी फुडले १० करोड रुपैयाँको नक्कली भ्याट बील बनाएर राजस्व छलेको खुलासा भएको छ। यो कसुरमा कानुनअनुसार कारवाही भए विनोद चौधरी सरकारी कागज कीर्ते गरे सरह ठगी र जालसाझी मुद्दा तथा जेल सजाय समेतको भागिदार हुनेछन्। बिगोको २ सय प्रतिशत जरिवाना र अन्य हर्जनाहरु जोड्दा चौधरीले वाइवाइका लागि नक्कली भ्याट बिल बनाए बापत ८ करोड रुपैयाँ तिर्नुपर्नेछ। चौधरी समुहकै सिजी इम्पेक्स र सिजी इलेक्ट्रोनिक्स पनि नक्कली भ्याट बिल बनाएर राजस्व मार्नेको सूचिमा छन्। यी दुई फर्मले नक्कली भ्याट बिल बनाए बापत साढे चार करोड रुपैयाँ तिर्नुपर्ने दायित्व सभासद चौधरीलाई छ।

राजस्व अनुसन्धान विभागले आठ वटा सवारीसाधन अधिकृत बिक्रेताको छानविन गर्दा २० करोड रुपैयाँको नक्कली भ्याट बिल फेला पारेको छ। २० करोडमध्ये सभासद् चौधरीका कान्छा भाइ अरुण चौधरीको मारुति गाडी भित्र्याउने अरुण इन्टरकन्टिनेन्टलले १६ करोड रुपैयाँको नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छल्ने काम गरेको छ। जेल सजाय समेत हुनसक्ने स्थिति भएपछि चौधरीले पुराना मित्र भरतमोहन अधिकारीलाई अर्थमन्त्री बनाउन दौडधूप गरेका थिए। अर्थमन्त्री अधिकारीसँगको साँठगाँठलाई चौधरीले खुलाआम रुपमै स्वीकारेका छन्।

पाँच अर्ब कर तिर्ने भएकाले करोड-सरोड जस्तो सामान्य रकममा आफ्नो ध्यान नगएको ध्वाँस दिने चौधरीको सल्लाह र निगरानी बिना उनका कम्पनीले नक्कली भ्याट बिल बनाए होला त ? राजस्व अनुसन्धानमा सक्रिय अधिकारी भन्छन्- ‘बरु विनोदका विजनेश युनिट हेडलाई यो जानकारी नहुन सक्छ तर यो विषय विनोद र चार्टड एकाउन्टेन्डको मिलेमतो बिना सम्भव छैन।’ नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छल्न ‘विजनेश युनिट हेड’ चाहिंदैन। विनोदको निर्देशन बिना चार्टड एकाउण्टेण्टले मनोमानी रुपमा नक्कली भ्याट बिल बनाउने आँट गर्न सक्दैन।

कसरी गरिन्छ भ्याट बिलबाट ठगी ?
भ्याट अर्थात् मूल्य अभिवृद्धि कर भनेको तपाईँ हामी जस्ता उपभोक्ताले सामान खरिद गरेवापत् सरकारलाई तिर्ने कर हो। यस्तो कर हामीले व्यापारीमार्फत् तिरिरहेका हुन्छौँ। भन्नुको अर्थ सीधै सरकारलाई नतिरेर हामी यस्तो कर वस्तुको मूल्यमा नै जोडेर व्यापारीलाई तिर्छौँ। व्यापारीको काम हामीसित लिएको कर सरकारलाई बुझाउने हो। भ्याट छल्न व्यापारीले विभिन्न उपाय अपनाएका हुन्छन्। एउटा उपाय भ्याटमा कारोबार रकम कम देखाएर आयकर छल्नु हो। यस्तो काम प्रायः सबैले गर्छन्। मानौँ एक लाख रुपैयाँको सामान भन्सारमा १० हजार रुपैयाँको मूल्याङ्कन गरेर ल्याइन्छ। तर त्यसको बिक्री भने एक लाख रुपैयाँमा नै गरिन्छ र हामीले कर एक लाख रुपैयाँको नै तिरिरहेका हुन्छौँ।

अहिले चौधरी ग्रुपसहितका ठूला करदाताहरुको नक्कली भ्याट बिल प्रकरण त्यो स्तरको हैन। उनीहरुले भ्याट बील त नक्कली बनाए बनाए, भ्याट तिरेको कागजातमा सरकारी अधिकारीको सही, सरकारी छाप, विवरण सबै नक्कली बनाएर पेश गरेका हुन्। यसलाई राजश्व चुहावट वा कर छली हैन, राजश्वको डकैती मानिन्छ। यस्तो अपराधमा राजश्व चुहावट ऐन र किर्ते कागजसम्बन्धी कारबाही गर्ने तयारी आन्तरिक राजश्व विभागले गरेको थियो। कानुन अनुसार कारबाही भए यस्तो अपराधमा जेल सजाय हुन्छ।

57 Comments

  1. 20 KAROD TAX UTHE NI KHANE MUKH TA NETA HARU KAI HO.THEY ARE WHALES IN SEA WHAT TO DO IN THIS LAWLESS COUNTRY

  2. जनतालाई पिठोमा सुगन्धित flavor ख्वाएर प्रतिफलमा नाफा बाहेक जनताबाट उठाएको राजश्व (भ्याट) समेत खानु भनेको जनताको रगत खानु जस्तै हो / मानव रगत चुस्ने मानव रुपी प्राणीलाई Vampire भनिन्छ / बिनोद चौधरी लगायत नक्कली बिल बनाएर रजश्वो छल्ने Tycoon हरु सबै छद्मभेसी Vampires हुन् / तिनीहरुलाई हिजडा पार्टीका नेता तथा मन्त्रीहरुले कारबाही होइन घुष लिने Agent को रुपमा उपयोग गर्नेछन / उत्कृस्ट उपाय तिनीहरुको सबै बस्तु तथा सेवाहरु तुरुन्त बहिस्कार गरौँ / कि कसो त ……….? ? ?

    • य किन चौधरी ग्रोप ले छात्रब्रित्री दियको वन्थयाको त kaaलो धन सेतो बनायको रहे६ यस्ता देश का भास्त्रचारी लाई कम्पनी खोल्ने कुनीई अधिकार्दिनु हुदैन साला चोर हरु जनता का टाउकोमा खेल्न पल्केकाहरु

      • जे होस् ठगि गरेको थाहा भयो अब चाडो नै नियम अनुसार कारबाही को प्रक्रीया अघाडी बढाउनु पर६ ताकी भोलि कसैले पनि भ्याट छल्ने प्रयास नगरुन यो यौटा चुनौती र पाठ पनि हो हाम्रो देस को कानुन लाइ

  3. आज सम्म हामी ले वाई-वाई खायौ अब वाई-वाई ले हामी लाई खाने पालो आयो!!

  4. हो यसता चोर डाकाहरुलाइ र उनीहरुको उत्पादनलाइ बहिस्कार गर्नै पर्छ ।

    जय नेपाल ।

  5. यो बिनोदे धोति १ नो. को खाते हो, यसलाई देश निकाला गर्नुपर्छ. नत्र यो चोरले देशलाई नै कंगाल बनाउछ होइन त साथी हो ?

  6. आजै देखी चौधरी ग्रुप द्वारा उत्पादित सामानहरु को बहिस्कार गरौ !!!

    • काग कराउदै गर्छ ,पिना सुक्दै गर्छ भने जस्तो भयो त ….चौधरी ले सुन्ने भयो पो…अनि सुनेर पनि भनेको कुरा बुज्ने भए पो…..राम राम….आफ्नै खल्ती छाम ..

  7. “वाइवाइले खायो जनताको १० करोड” भ्रस्ट नेताहरु र कर्मचारीले त्येही वाईवाई कति खाए कति, कान्तिपुर जस्ता मेडिया हरु ले त झन् कत्ति कत्ति, त्यसै ले सबै तै चुप मै चुप, जनता चाही ट्वाल्ल…

  8. Some Politicians, Businessmen and Media Persons are sullied. We are already in ditch. Is the actual image of our would-be “New Nepal”?

  9. यो बिनोद चौधरी भारतीय मुलुकको हो , यिनीहरु नेपाल मा ठगि गर्न भनेर आएका हुन् तेसैले यिनीहरु पाए सम्म ठग्न र चोर्न चाहन्छन चौधरीको हर कम्पनीको लेखा साखाको विभागीय प्रमुख भारतीय धोति नै छन् तेसै कारणले चौधरी अहिले मात्र होइन सुरु देखि नै tax छलेर नेपालमा ब्रह्म लुट गरिरहेको छ . एदी यो सरकार संग क्षमता छ भने चौधौरी लै कारबाही गरेर देखाओस .येनिहरु लाई त लात्ताले हानेर बारीका पाटोमा पुराउनु पर्छा , तेसो गरे कसो होला?

  10. I think most of the business (may it be big business house or a small one) have practiced to evade taxes in Nepal. This is a real serious issue that must be resolved so that the same kind of bramhalut is not possible in the future.

    May it be Wai Wai, or Rara or Jagadamba cement, or some someone who imports chinese clothes from China, the business of every business in Nepal is to evade taxes, that is the only way one can compete. If you want to do business without evading taxes, then it is not possible to compete. This is the tradition. The MoF has been silent (actually the bureaucrats have been taking kick backs from businessmen, and the same feeding higher up the ladder) for years.

    So all the culprits, may it be Binodh Chaudhary or Shankar Agarawal or some Shyam Shrestha, they must come under the same law. This might become a little expensive for us regular people (with proper taxes paid, cost of goods and services might go up), but the government will be richer.

    I am glad with this fiasco, government will be stronger and the tradition of evading taxes will be stopped for once and all.

  11. चाउचाउमा Monosodium Glutamate भन्ने केमिकल हुन्छ जसले हड्डीसम्बन्धी समस्या ल्याउँछ । केटाकेटीहरुलाई सकेसम्म चाउचाउ ख्वाउन प्रेरित नगराउनु पर्ने ठाउँमा उनीहरुलाई नै लोभ्याउनखालका हरेक उपहार योजनाहरु राखेर जनस्वास्थ्यमा दीर्घकालीन असर पार्ने गरी खेलवाड गरेको कुरा त भन्न बाँकी नै छ। कलिलो उमेरमै पोषणविहिन चाउचाउ खाएर हुर्केका नेपालीहरु भविष्यमा मानसिक र शारीरिक रुपले सक्षम र प्रतिष्पर्धी हुन सक्ला? सोचनीय कुरा छ । अत: चौधरी समूहले राजस्व छलेर आम्दानीमात्र भकुर्ने कि भविष्यमा आइपर्ने हड्डीसम्बन्धी समस्याको निदानको लागि अस्पतालहरुलाई नगद सहयोग दिएर सामाजिक दायित्व पनि निर्वाह गर्ने? यदि सरकारको बुद्धि छ भने प्रति एकाई चाउचाउको बिक्रीमा धेरै पनि होइन ५० पैसा मात्र स्वास्थ्य कर लगाएर पनि भविष्यमा आइपर्ने जोखिमका लागि अहिले नै कोष खडा गर्न सकिन्छ । तर सरकारमा बसेका पनि आखिर त्यही चौधरीकै चाउचाउ खाएर हुर्केपछि सदबुद्धि कहाँबाट आवस् ।

    • चिन्ता नगर्नुहोश अंजन जी , तेस्तो सबै भन्दा धेरै फाइदाको हस्पिटल र सिछ्या छेत्त्रको ब्यापार पनि यिनी हरुले बाकी राखेका होलान त ?? यो छेत्र मा त झन् जति लुटेपनि हुन्छ , एस्तो कुरा पनि जानकारी नहोला त यिनीहरु लाई , नेपालको सबै भन्दा महँगो मध्ये एक थापाथली इस्थित नोर्विक हस्पिटल यिनै चौधरी को हो …

      एसका chairman बसन्त चौधरी र प्रमोटर चौधरी ग्रौप हो
      http://www.myrepublica.com/portal/index.php?action=news_details&news_id=26290
      अर्को अझै ठुलो हस्पिटल बनाउने घोसना पनि गरि सकेका छन् (तेही कर छलेको पैसाले होला क्या ) …

      Campion Academy, Campion College, Campion Kathmandu School and Kathmandu Valley High School हरु पनि सबै चौधरी हरु कै हो , तल को लिंक को पुछार तिर पडनु होला …
      http://investing.businessweek.com/research/stocks/private/snapshot.asp?privcapId=24935606
      हे रत्त मकै ..
      अन्त्यमा :
      एउटा कुरा भने है हिजो आज यिनी हरुले चाउचाउमा MonoSodium Glutamate (MSG ) फ्री उत्पादन गर्दैचन …. तेस्तै लेख्चन प्याकेटमा ????

      • धन्यवाद शिशिरजी । आखिर नेपालको शिक्षा र स्वास्थ्य क्षेत्र भनेको व्यापारको स्तरभन्दा माथि उठेको पनि छैन नि । जबकि यी क्षेत्रहरु बिजनेशभन्दा पनि सेवा क्षेत्रमा पर्दछन् र मुनाफा यो क्षेत्रको लक्ष्य नहुनु पर्ने हो । तर बिडम्बना यहाँ कोही स्कूल खोलेर लुट्छन् त कोही अस्पताल बनाएर । फेरि मूल्य अनुसारको सेवा र गुणस्तर भएको भए त हुन्थ्यो । त्यो पनि छैन । यस्तै छ के गर्ने ।

    • हेल्थ ट्याक्स नै लगाउने हो भने सबै भन्दा पहिले चुरोट , मदिरा र बियर मा पो लगाउनु पर्छा. होइन र ?

      • सुझाव एकदम सही हो । चुरोटमा त लगाएको पनि छ क्यारे । वाईवाईको प्याकेटमा पनि १ वर्षभन्दा मुनिका बच्चाहरुलाई नखुवाउने भनेर लेख्या छ भन्छन् विकिपीडियाले । (हेर्नुहोला http://en.wikipedia.org/wiki/Wai-Wai_%28food%29) तर व्यवहारमा कतिको लागू भएको थाहा भएन । जे होस् । चाउचाउ स्वास्थ्यको लागि राम्रो होइन ।

  12. we people have to give it a deep thought why only businessman from certain community, particularly Mar*&@i are involved in these scams.These people functions like a mafia…making our economy fragile.
    Being a true nepali ,time has come to give it a thought……..

  13. “” पाप गरे पुण्य ….. पुण्य गरे सुन्य “…..यो सधै लागु हुन्न….यो एकैसौ सताब्दी
    हो…जे कर्म गर्यो तेस्को प्रतिफल तुरुन्त पाहिन्छ ..१ -२ दिन ढिला होला तर प्रतिफल भने …..१००% पाहिन्छ /

  14. सत्य डग्दैन झुटो टिक्दैन, अब साचो कुरा पत्ता लगाएर मात्रै हुन्न साथि हो… तेही अनुसार कडा कारबाही पनि अघि सार्नु पर्यो….
    “जय नेपाल”

  15. वाई वाई अस्ट्रेलिया भरि को इन्डियन र नेपाली पसल भरि नै पाउछ एदी येस्त्यो हो भने त मा त अब वाई वाई बहेसकर गर्छु

  16. Now in this stage, it is necessary to suspend all the stake holders of this tax evasion conspiracy including finance Minister and need to bring back to finance secretary in his office for micro investigation and to keep proof safe.

  17. बिनोद चौधरी र यस्तै अरु व्यापारी हरु वास्तवमा नेपाल आमालाई भित्र भित्रै धमीराले झैँ खोक्रो पार्न लागिपरेका छन यिनीहरुलाई कडा कारवाही गरेन भने थप मलजल दिए जस्तो हुनेछ अनि झन बढी मौलाउने छन |
    गजब छ हाम्रो देशमा, कोही झाडा पखाला हुँदा जीवनजल खान नपाएर मर्नु पर्ने कोही भने अर्बौको राजश्व लुट्दै विदेशमा समेत लगानी गर्न भ्याउने , यो भन्दा पनि उदेक लाग्ने कुरा त सरकारकै तलब खाने कर्मचारीहरु पनि यस्ता डाँका संग मिलेर लुट्ने धेरै छन ती सबै भन्दा खतरनाक अपराधी हुन तिनीहरुलाई झन ठुलो कारवाही गर्नु पर्ने हो |

  18. स्वोतन्त्र छानबिन गरि यथाशिघ्र कारवाही चलाउनु पर्छ / कुनै हालतमा पनि यसरि देशको राजश्वो डकैती गर्नेलाई छूट दिनु हुँदैन /

  19. यहाँ एउटा साथी ले खुबी राम्रो कुरा गर्नु भो -” कर नतिरे चौधरी लाइ फाइदा, कर तिरे नेता हरु लाइ फाइदा|” जनता हरु कुनै पनि हालात मा दुखि नै छन्|कसलाई दोष दिने? तर भ्रस्टाचार को पोल खोल्दै जाने हो भने एक दिन चाही त्येसो दिन पक्कै आउने छ जुन दिन, ब्यापारी हरु ले कर पनि तिर्ने छन् र नेता हरुले कर को उपयोग पनि गर्ने छन्|

  20. बाहिर लगानी गर्ने रकम येसरी पो जम्मा गरिदो रहेछ !!! अब थाहा भयो चौधरी को कर्तुत !!! तिम्रो वाई वाई तिमि नै खाऊ !!!

  21. विनोद चौधरीको कुरा सुन्यो, उनी चोखा जस्ता, भरत मोहनको कुरा सुन्यो उनी झन् चोखा जस्ता, रामेश्वर खनालको त झन् कुरै छाडौं।।।।।।।।।।।।।।। हैन यो त झन् हामीलाई तिल्मिल्याउने प्रयास मात्रै भएन र भन्या, सत्य तथ्यको खोजी गरी दोषी उपर चाँडो भन्दा चाँडो कारबाही हुनैपर्छ । छ त्यस्तो कसैको आँट । हुन त एउट मात्र भरोका गर्न सकिने प्रधानन्यायाधिश ले आज बाट विदा लिए क्यारे । यो देशमा अब हिटलर नै चाहियो जस्तो छ ।

  22. यो त येस्पाली मात्रै थाहा भएका कुराहरु हुन्, एस्तो किसिमको कामहरु यी माडे चोरहरुले कैयौं बर्षदेखि गरिरहेका होलान. हाम्रो देश बिकाश गर्न हामीसंग भएका श्रोत र साधनहरु नै प्रसस्त छन् मात्र आवसेकता भनेको इमान्दार र उचित ब्येबस्थापनको हो तर यो हामि नेपालीहरु को दुर्भाग्यनै हो, जसलाई पनि हामीले जिम्मेदारी दिएउ प्राय प्राय सबैनै भ्रस्ट भएर निस्किए. त्यतिले मात्रै नपुगेर तिनीहरुले गर्न खोज्नेलाई पनि या त भ्रस्ट बनाए या त हटायेरै छाडे. हालसालै भएका घटनाहरु येस्तै उदाहरणहरु मात्रै हुन्.
    यिनीहरुको सार्बजनिक बहिस्कार एउटा प्रभावसाली उपाय हो कि जस्तो लाग्छ तर के गर्नु एउटा बाटो बन्द गर्यो भने यी डाका भातमाराहरु अर्को बाटो बाट छिर्छन, चुनाबमा हरायो भने समानुपातित वा मनोनयनबाट छिर्छन. यी जुकाहरुलाई फाल्ने केहि उपाय छैन र भन्या लौ न केहि गरि पत्ता लगाउ.

  23. देश मा रजाई गर्न पल्केका हरु लाई तुरुन्त कारबाही अगाडि बढाउनु पर्छ , मई संसार लाई धेरै धन्यवाद , धेरै नेपाली को अल्टरनेट मेडिया बन्दैछ ,सुभकामना तिमि लाई !

  24. के तिर्छ दस करोड ??यिनीहरुले नेपाल लुटेको पैसा इन्डियन रिजर्ब बैंक मा राख्ने हो , उस्तै परे नेपाल लाइ भारत् मा बसेर फेरी चुस्छ |
    तेत्रो १० बर्से जान युद्द मा यिनलाई न मावोबादिले देखे ,न नेपालको आफुलाई निकै जान्ने ,सुन्ने भनौदो बाठा नेताहरुले |
    किनकि यिनीहरु धुर्त इन्डियन हरु हुन् |

    • दश बर्से जन युद्ध गाउ का गरिब मास्टर र किसान मार्न गरिएको थियो, करोडौ को भ्याट छली गर्ने, काला ब्यापारी, भारतीय एजेन्ट हरु बिरुद्ध भएको थिएन; उनीहरु त हाम्रा सुकिला मुकिला टाई सुट लगाउने कमरेड हरुको लन्च डिनर खाने साथि पो हुन् त !

  25. सी जी फुदले बनाएको एउटा नक्कलीभ्याट बिल को कपि पनि छाप्दिनुस न त . पक्का सबुत हुने छ. त्यस्तो नक्कली बिल जारी गरेको नभए माई संसार लाई मुद्दा खेप्नु पर्ने हुन् सक्छा

    • लौ मनोजजी चौधरी ग्रुपको नूनको सोझो गर्नु भएछ निकट भविष्यमा नै एउटा पदोन्नती पक्का !!

    • How can umesh jee publish vat bill here?
      how a normal people can findout the vat bill is fake or not. Only interem revenue office can findout wheather the bill is fake or not by concerning with another firm to which or by which this bill is issued or not. I think you have access to fake vat bill of choudhary group. so please send it and probably he’ll publish after concerning with legal adviser.

  26. हाम्रो पहिलो काम चौधरी groups को products बहिस्कार गर्ने ! आफन्त, नजिकका साथिभाई, छिमेकीहरुलाइ पनि त्यसै गर्न लाउने / दोस्रो काम कर ठगि विरुद्ध जनदबाब बढाउने / हामिले दुख गरि ल्याएको प्रजातन्त्र, लोकतन्त्र त यी मुला माडे, चोर नेताहरुलाइ पोस्न पो रहेछ बाइ /

  27. अब सर्बोच्चका प्रधान न्यायधिस राम प्रसाद श्रेष्ठले चौधरी र अधिकारी को पनि नया मुद्धा को चाडै सुनवाई गर्नु पर्ला जस्तो लाग्छ मलाई त …

  28. सानो कुरामा पनि प्याट्ट आफ्नो कमेन्ट दीइहाल्ने यस्तो गम्भीर मुद्दामा खोइ हाम्रा राजनीतिमा खेल्नेहरु बोलेका? बिज्ञहरु समेत भएको एउटा स्वतन्त्र आयोग गठन गरेर तुरन्तै यो छानबिन गरी वास्तविक रुपमा के भएको हो सो तथ्य अघि ल्याउनु पर्छ|
    कुछ न कुछ दालमा काला छ| चौधरी मात्र हैन सबैको छानबिन गरिन पर्छ, घुस्याहा कर्मचारी र उनीहरुका हाकिमको पनि छाला काढ्नु पर्छ| यदि यो साँचो हो भने जनताको पैसा दिनदहादै लुट्नु डकैती हो|

  29. लुटेर खान पल्केका यस्ता ब्वासो ब्यापारीलाई हदैभंदा बढीको जेल सजाय हुनुपर्छ. cg को Product बहिस्कार गरौ सबैले.

  30. अब माडेहरुलाई एस्तो कर्तुकमा पनि नेपाली जनताले स्वीकारे भने देशमा सक्कली नेपाली कहिले पनि जग्गा बिचेर वा विदेश पसेर बाहेक उद्योग ब्यापार गरेर करोंड पति हुन सक्दैनन् चेतना भया /
    जनता उर्लिएर यी डाका हरुलाई नारायणी मा बगाउनु आनिबर्य छ /

  31. चौधरी र अनि सबै बय्परी गरेर पैसा कम को हैन!!! भ्याट र टाkaस छलेर मोज गरेया क छन् . देश को लागि १ पैसा को हुने काम गरको छैन. मदिशे ले नेपाली को रगत चुसेर सको. जसरि भए पनि एनी हरु लै लिने मा लाउनु पर्चा!

  32. …”उनीहरुले भ्याट बील त नक्कली बनाए बनाए, भ्याट तिरेको कागजातमा सरकारी अधिकारीको सही, सरकारी छाप, विवरण सबै नक्कली बनाएर पेश गरेका हुन्। यसलाई राजश्व चुहावट वा कर छली हैन, राजश्वको डकैती मानिन्छ।”……. This is quite serious crime and need to be punished .

  33. नेपाली सरकारलाई यो ठुलो चुनौती हो जनताको सामुने केहि गरेर देखाउने! योबाट थाहा हुन्छ नेपालको भविष्य कस्तो हुनेछ भनेर! चौधरीलाई जेल चलान गर्नुसकेन भने यो सकारको नापुसंकताको उदारण हुनेछ!

  34. धेरै राम्रो काम उमेशजी!

    तपाईलाई प्रलोभन र धम्की प्रशस्तै आउलान, तर तपाइँ अडिग भएर जनताको पक्षमा
    वकालत गर्दै जानोस! जनताको जीत हुनेछ! तपाइको करियर पनि यसरी नै बन्ने छ!
    यदि तपाईलाई जर्नालिजममा पिएचडी गर्न मन छ भने हामी माइ संसारका २० हजार (?)
    पाठकहरुले सिटिजन जर्नालिस्म गरे बापत प्रतिष्ठित विश्वविद्यालयमा रिकमेंडेशन लेखिदिने छौं! अनि तपाइँ “पत्रकारिता क्षेत्रको बाबुराम भट्टराई” बन्नोस, न कि भरत मोहन जस्तो चिम्बांगे !

    अनि पेपाल को ठेगाना दिनोस, हामी थोपा थोपा गरेर घैला भर्ने कोशिष गर्ने छौं! ल साथी हो ५, १० डालर/पाउण्ड होस् या २, ४ सय रुपैया गर्दै शुरु गरौँ है!
    अहिले जति मेडियाहरुको थुतुनो किने पनि यी ठूला ब्यापारी घरानाले फेसबुक, ब्लग, इमेल, च्याट बन्द गर्न सक्दैनन्! तीस बर्षे जरा गाडेको, अमेरिका जस्तो देशले घापे दिएको होस्नी मुबारकलाई त जनताको फेस्बूक्ले सुनामीले झैं बढारेर लग्यो! यो मूला इन्दिआबात लोटा लिएर पस्नेहरुले साच्चै जोरी खोज्यो भने यसका सबै उद्योगहरु खरानीमा परिणत हुने छन र यो पनि जानेछ उतै आफ्नो ठाउमा! अब जनताले नेताले हालिदिएको घाँस खाने वाला छैनन्! जमाना बदलिएको छ!

    त्यसैले चौधरीले खुरुक्क कम्प्लाई गरेर नियम कानूनको दायरामा आओस- before it’s too late!
    अनि झल्लु, प्रचण्ड, अस्ति गिरिजाको नाम काठमान्डूको एउटा पार्कमा थोपर्न खोज्दा
    जनताले ठाडै बहिस्कार गरेको देख्यौ! यो त “tip of the iceberg” मात्रै हो!

    तिमीहरुको सर्वाहाराको रट कसरि साकार हुँदो रहेछ जनताले आँखो झिमिक्क नपारी हेरी रहेका छन! People are watching comrade, people are watching!

  35. यो एमाले कांग्रेश को त के कुरा गर्नु मावोबादीले पनि अहिले सक्कली रुप देखाएर बडो क्रान्तिकारीता पुस्टि गर्यो / धन्य हो यी पार्टी हरुको चन्दा ब्यापार /
    अर्बौ लुटेर करोंड को बुझो लगाइदियो अनि २ तिहाइले तालि पिटेर चौधरी बचाउ देश लुटाउ बिधेयक पास हुन्छ /
    अब माडेहरुलाई एस्तो कर्तुकमा पनि नेपाली जनताले स्वीकारे भने देशमा सक्कली नेपाली कहिले पनि जग्गा बिचेर वा विदेश पसेर बाहेक उद्योग ब्यापार गरेर करोंड पति हुन सक्दैनन् चेतना भया /
    जनता उर्लिएर यी डाका हरुलाई नारायणी मा बगाउनु आनिबर्य छ /

  36. सर्बोच्चा अदालत को जिम्मा अब सबै नेपाली जनताको बिस्वासको थलो लौ त अब माननीय वकिल साहेब अब देसको इज्जत माथि खेलवाड गर्नेर नगर्ने तपाइको हातमा छ !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

  37. बिदेश मै भए पनि आफ्नो देशको भनेर वाई वाई खोजी खोजी खाई राखेको, आज देखि खान्न लु म त/

  38. अब ”हामी सबै को वाई वाई” होइन .. चौधरी अनि तेस्को सन्तान लै बाई बाई गर्नु पर्छ देश बाट .. नेपाल मा हुने सारा नेपाली जनता ले आज देखि यी घुसिया अनि ठग ब्यापारी अनि तेस्को समान हरु लाई बहिस्कार गरौ ..

  39. यो डाका चौधरी लाइ कुनै हालत मा छोड्न हुदैन!! eutai आश सर्वोच्च अदालत, जनताको भरोसा को केन्द्र

  40. यो समाचार सहि हो र पूर्ण प्रमाण छ भने कृपया भोलिनै अदालतमा मुद्दा हालेर बिनोद चौधरी को कान्तिपुर मा लेखेको लेख को जवाफ दिनु पर्यो! लौ वकिल साथी हो सच्चा नेपाली देश प्रेम देखाउने दिन आयो जस्तो छ.

  41. ल ठिक छ. स्याबाश बिनोद चौधरी अझै राजस्व ठग्दै जानु अनि नेपाललाइ कंगाल बनाउनु

  42. चौधरी नतिर कर तिरेर के गर्नु , भ्रस्ट नेता हरुले खाई हाल्छ्न , बरु चाऊचाऊको दाम घटाई दे हुन्छ तेसैमा जनता लाई फ़ायदा हुन्छ !

Comments are closed.