पत्रिकाको विज्ञापन हेरेर जागिर पा’को पायै हो

-शर्मिला ठकुरी-

चावहिलस्थित एक कम्पनीलाई कर्मचारीको आवश्यकता’, कान्तिपुर दैनिकमा यस्तो विज्ञापन देखेर जागिरको खोजीमा रहेका सिन्धुपाल्चोकका हरि रोक्का तुरुन्त विज्ञापनमा दिएको नम्बरमा फोन गरी त्यहाँ पुगे।

त्यहाँ पुग्दा कार्यालयको कुनै साइन बोर्ड राखिएको थिएन, सानो कोठामा अफिस खोलेर बसेका व्यक्तिले पहिला रु १०० तिरेर फारम भर्नुपर्छ भनेपछि उनले त्यसै गरे।

उनले आफूलाई कहिले बोलाइन्छ भनेपछि ती व्यक्तिले अन्तरवार्ताको लागि बोलाइने र अन्तरवार्ताको भोलिपल्ट जागिर पाउने आश्वासन दिलाएपछि रोक्का मख्ख परेर घर फर्केका थिए।

नभन्दै फाराम भरेको केही दिनपछि अन्तरवार्तामा आफूलाई फोन गरेर सो कार्यालयमा बोलाएको तर पहिला फर्म भर्न जाँदाका मानिस नरहेको र अन्य व्यक्तिहरूले नै अन्तरवार्ता लिएको रोक्काले बताए।


अन्तरवार्ताको तीनदिनपछि आएको नतिजामा आफ्नो नाम र आफूसँगै अन्तरवार्ता दिने अरुहरूको पनि नाम नआएपछि उनले फेरि त्यस्तै अर्को कार्यालयमा जागिरको आशमा धाए।

उनले यस्तै गरी काठमाडौँका करिव १४ वटा नक्कली कार्यालयमा दैनिक पत्रिकामा प्रकाशित ‘चाहियो’ भन्ने विज्ञापन हेरेर जागिरका लागि फारम भरेका थिए।

तर कुनैमा पनि नाम ननिस्केपछि उनी निराश भएर हिजोआज पत्रिका हेर्न नै छाडेका छन्।


त्यस्तै उदयपुरकी सानुमाया बुढाथोकीले पनि अन्नपूर्ण पोष्टमा प्रकाशित विज्ञापन हेरेर चावहिलको एक कार्यालयमा जागिरको लागि फारम भरेकी थिइन्।

तर अन्तरवार्तापछि नतिजामा आफ्नो नाम निस्केन। उनले पनि दैनिक पत्रिकाहरूमा आउने विज्ञापनका आधारमा अन्य धेरै ठाउँमा दस्तुर बुझाउँदै फारम भरिन तर अहिलेसम्म हात लाग्यो शून्य मात्र भएको उनी बताउँछिन्।

रोक्का र बुढाथोकी मात्र हैन देशका विभिन्न स्थानबाट काठमाडौँमा रोजगारीको आशमा आएका हजारौँ बेरोजगार युवाहरूले त्यसैगरी दैनिक पत्रिका हेरेर दस्तुर बुझाउँदै फारम भर्दैमा निक्कै पैसा खर्चिसकेको गुनासो गरेका छन्।

पत्रिकामा प्रकाशित विज्ञापनमा कम्तीमा रु सात हजार पाँचसय मासिक तलव पाइने वा आकर्षक तलव, भत्ता र अन्य सुविधा भनेर दिइएपनि त्यस्ता विज्ञापनमा कुनै सत्यता नरहेको त्यसैगरी फारमभरेर धेरै पैसा सकेका र अन्य स्थानमा साच्चिकै जागिर खाइरहेकाहरू बताउँछन्।

‘मैले पनि जागिर नपाउँदासम्म त्यसैगरी पत्रिकाको विज्ञापनको भरमा फारम भर्ने गर्थे तर पछि यसैगरी विभिन्न रोजगारीको अवसर भन्दै खोलिएका नक्कली संस्थाहरूले झुक्याएको जानकारी पाएपछि आफ्नै साथीको सहयोगमा बल्ल साँच्चिकै जागिर खाइरहेको छु’ अहिले सौर्य कन्सल्टेन्सीमा कार्यरत सन्तोष आचार्यले भने।

जागिरको आशमा रहेका बेरोजगार युवाहरू सय रुपैयाँ तिर्न गाह्रो मान्दैनन्। उनीहरूको यही विवशताबाट नक्कली रोजगारदाताहरूले नाजायज फाइदा उठाइरहेका छन्।

यस्ता एउटै नक्कली कम्पनीले मात्र पनि दैनिक २० देखि ३० जना सम्मलाई जागिर लगाइदिने बहानामा फारम भराइ प्रत्येकबाट न्यूनतम सय रुपैयाँ ठग्ने गरेका छन्।

त्यस्ता कतिपय कार्यालयमा नाम नै राखिएको हुँदैन भने कुनैमा काल्पनिक नाम राखेर ठगी धन्दा निर्वाध रुपमा सञ्चालन भइरहेका छन् यस उपत्यकामा।

‘कम्तीमा दश दिनसम्म जागिरको लागि विभिन्न दैनिक पत्रिकामा ‘चाहियो’ भन्ने कोलममा विज्ञापन प्रकाशित गरेपछि करिव रु ५० हजार रकम उठ्ने रहेछ’ ठगिएका राजाराम कोइरालाले भने ‘तर त्यसपछि ती कार्यालयहरू अर्को ठाउँमा सरेर अर्कै नाम राखी त्यसैगरी विज्ञापन खुलाएर अन्य वेरोजगार युवाहरूलाई ठगीरहेका हुन्छन्।’

पत्रिकामा विज्ञापन छपाउँदा रु ९०० जति पर्छ। तर त्यो नौ सय रुपैयाँले हजारांै रुपैयाँ तान्ने गर्छ।

केही समय अघि कुनै ठाउँमा जागिर नपाएपछि साथीको लहैलहैमा लागेर आफूले समेत यसरी नै नक्कली कार्यालय खोलेको र केही समयपछि विदेश जाने सोचका कारण त्यस्तो काम छाडेको अनुभव सुनाउँछन्, टीका शाह।

शाह भन्छन् – ‘बेरोजगारहरूलाई यसरी ठगी गर्ने गरेकोबारे प्रहरीलाई समेत कुनै जानकारी छैन, कसैलाई जानकारी भएपनि वास्ता गर्दैनन् भने कतिपयलाई केही रकम दिएमा चुप लाग्छन्।’

त्यस्तो कार्यालयमा फारम भर्न जाँदा र अन्तरवार्ता दिन जाँदा मानिसहरू बेग्लाबेग्लै हुने गरेकाले ठगीको आशङ्का हुँदाहुँदै पनि समाउन नसकिने बताउँछन् रामेछापका मनोज घिमिरे।

यसरी दैनिक रुपमा प्रकाशित हुने गरेका विज्ञापनबाट बेरोजगार युवाहरू ठगिने गरेको यथार्थलाई पत्रपत्रिकाले ध्यान दिएको पाइदैन।

प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका प्रवक्ता माधवप्रसाद नेपालले उपत्यकामा यस्ता घटनाहरू निक्कै भएको पाइएपनि अहिलेसम्म लिखित रुपमा उजुरी नआएकोले कारबाही प्रक्रिया अघि बढाउन नसकिएको बताउनुभयो।

उहाँले विज्ञापनमा कत्तिको सत्यता छ, त्यसको आधारमा मात्र पत्रपत्रिकाहरूले विज्ञापन छाप्नुपर्ने बताउँदै यस्ता ठगीलाई प्रहरीले गम्भीर रुपमा लिएको दाबी गर्नुभयो।

उहाँले बेरोजगारीको वृद्धिसँगै उपत्यकामा यस्ता प्रकारको ठगी व्यापक रुपमा बढिरहेकोले प्रमाणसहित उजुरी आएमा त्यस्ता व्यक्तिलाई ठगी मुद्दामा कारबाही अघि बढाइने बताउनुभयो। साभारः रासस

62 Comments

  1. ठग्ने ठगीरको छन् ठगिने ठगिरहेका छन् कस्तो बिडम्बना हाम्रो मुलुक मा कसैलै मतलब छैन के भन्नु खै

  2. एस्तो गम्भिर कुरामा सम्भंधित निकाय को चाडै नै ध्यान जानु जरुरी छ

  3. जनता पनि सतर्क हुनु जरुरि छ ……. आफ्नो योग्येता अनुसार को जागिर हेर्नु होस् सानो पेसा को लागि धेरै तलब र सुबिधा को लोभ दिदै छ भने त्यो ठग हो ….

  4. देशका नेता र सरकारलाई गाली गर्नु भनेको आफुलाइ नै गाली गरेको जस्तो पो लाग्छ त मलाई किन भने नेता छान्ने हामी जनताले सरकार बनाउने नेताले ल सोच्नुसत उत्पत्ति कहाबाट भएको छ आब हामी जनताहरुले नेतालाई गाली गरेर बस्ने समय सक्की सक्यो नेतालाई झापड हान्ने कामको सुरुवात भैसक्यो एस्लाई निरन्तरता दिएर सबै भ्रस्टचारी नेतालाई झापड हान्दै भगाउने र चोर फता हरुलाई पनि जनताले झापड हान्ने हो भने यस्ता झेली काम देशमा हुने छैन कि जस्तो मलाई लाग्दा छ बारम्बार भ्रस्टचारी नेता लै भोट हालेर जिताउछौ तर पनि नेताको बुद्दी पलाएन अब येसो गरे कसो हल साथी हो

  5. युरोपमा त चिनजान र भनसुन चल्छ भने नेपाल को त कुरै नगरु होला
    तर पनि प्रयाश गर्नु नराम्रो होइन है साथी हो /
    प्रयाश नै नगर्ने हो भने त झन् सम्भावना नै सुन्य हुने भयो नि

    • के पांग न पुछार को युरोप को गफ दीयको हो, यो बिकृती हो, निरुत्साही गर्न प्रसासन ले ध्यान दीनु पर्छ.

  6. ती सबै नक्कली कम्पनी लाई भेटेर उनीहरुको दर्ता भएको छ, छैन त्यस कुराको खोजबीन गरे यस्ता नक्कली कम्पनीहरु बन्द गर्न सजिलो हुन्थ्यो जस्तो मलाई लाग्छ.

  7. फर्म भर्दा निशुल्क हुनुपर्ने नियम लागु गर्नुपर्छ कि ?

  8. हैन, फेरी यो सबै कान्तिपुरमा नै किन छापिन्छ??? Aru पनि पत्रिका छन् नेपालमा.

  9. यो खासै ठुलो अनि नौलो कुरा होइन ,,कत्रा कत्रा भर्स्ताचार त खुलेयाम हुने ठाउमा यति गरेर पेट को जोहो त गर्न नै पर्यो नि के कसो ????

    राजु ” नवलपरासी ” हाल दोहा कतार

    • तर पनि सुरुवात त सानै बाट हुने हो नि कि कसो हो

  10. कुनै पनि बिज्ञापन छाप्नु भन्दा अगाडी नै त्यो कम्पनि सहि हो या होइन भनेर बुझ्नु जरुरि हुन्छा.कम्पनि दर्ता प्रमाणपत्र र प्रबन्ध पत्र नामावली को फोटोकपी मागेर मात्र बिज्ञापन छापे त भै हाल्यो नि कसैले नि थागगिनु पर्दैन र पत्रिकाको बिस्वोस्नियतामा पनि कसैले पनि अनाबिश्वास गर्न पर्दैन /

  11. किन एस्तो ठग हरुको समाचार प्रकाशन गरिन्छ? किन एस बारेमा सोच्दैनन् नेपाल का पत्रकार अनि एसका मालिकहरु र जनतालाई ठगि हुन बाट बचाउन भनेर आएका सम्बंदित सस्थ्या को ध्यान नपुग्नु को कारण के हो? के सोस्च्छा प्रत्रकारिताको धर्म येइ हो?

  12. किन एस्तो ठग हरुको समाचार प्रकाशन गरिन्छ. किन एस बारेमा सोच्दैनन् नेपाल का पत्रकार अनि एसका मालिकहरु. के सोस्छ प्रत्रकारिताको धर्म येइ हो?

  13. BA पास छैन गास बास र कपास ,गिट्टी कुटेर खान योग्यता ले दिदैन ,आत्म हत्या गरेर पनि भयन,हात मुख त जोड्नै पर्यो नि ???

  14. ALL OF THIS NEWS IS FAKE THE ONLY PERSON RESPONSABLE FOR THIS IS THIS STUPID MEDIA AND THIS WRITER WHO HAPPENED TO BE PRESENT THERE AT THAT PARTY AND FIRST OF ALL PEOPLE A PERSON LIKE SHANKER LAL GOLYAN WILL NOT GO TO A PARTY LIKE THAT AND DRINK AS THIS WRITER TOLD HE WAS I DONT THINK ANY REPUTED PERSON WOULD GO TO A PARTY AND DRINK LIKE THAT AND THIS IS A LIFE THREATINING ISSUE FOR THEM . THAN THINK WHY WOULD HE TALK LIKE THAt IN PUBLIC . WILL ANY ONE DO THAT ? SO I WILL SAY THIS IS A FAKE NEWS AND PLEASE DONT MAKE ANY FAKE ISSUE LIKE THIS WITH ANY THING UNTILL AND UNLESS U KNOW THE FACT. SO DEAR WRITER FREND STOP MAKING PEOPLE FOOL . WE CAN THINK .

  15. यो त धेरै पुरानो तिघदमबाजी हो….कसरि हाम्रा दाजुभाई तथा दिदि बहिनि हरु अझै झुक्किनु भै रहेको छ….पैसा माग्ने साथ् ढ्यांग्रो बज्न पर्न हो…हैन र???

  16. अब जागिर सागिर छोडेर यस्तै काम गर्नु पर्ला जस्तो छ …………………आ ……महिना मा ४० -५० हजार जति भै हाल्दो रैछ, कसले दुख गरेर बस्नु अर्का को अफिस मा |

  17. hope all of you understand that , at the present sutation our country is getting 80% educated, so, once you all of u have to think that before to enter any company you should know about this company well known.then u can march forward in positive direction through this company.And all of you know that all of the fingers are not same in our own hand also so all company and all people are not bad. That depends upon our feeling in which way we used to think (positive or negative). so always think 20 second then talk 5 second about this topic.

    • यस्तो ठुटे भन्दा बरु नेपालीमै कमेन्ट लेखौ न सर |

  18. यो पढेर मेरो दोमाग को पारो पो तात्यो त? होइन कहीं नभाका चोर, ठग, डाँकाहरु हाम्रै नेपाल मा हुन्छन कि कसो? हुन् त “लाटो देश मा गाड़ो तन्नेरी” भनेको यही होला/ सरकार भनेको सधै कठपुतली, कुन संस्था दर्ता छ कुन छैन कसले कर तिरेको छ कसले छैन सरकार लै मतलब छैन/ आनी देश मा चोर फटाहा हरु त बढ्ने नै भए नि/ तर यो पैसो कमाउने गज्जब को आइडिया हो रहेछ है/ जागिर खान फर्म भर्दा पैसा तिर्नु पर्ने/ ६/७ सय को वर्गीकृत विज्ञापनबाट ६/७ हजार त कमि हाल्छ होला नि/

  19. कत्रा कत्रा ठुला भ्रस्टाचारीहरु खुलेआम अझ दायाँबायाँ वर्दिधारिलाई लिएर घुमिरहेको देशमा सानातिना ठगहरुको कुरो गरेर के व्यर्थमा समय खेर पार्नु! सरकारी कोषबाट आफ्ना नातागोता/कार्यकर्ता पोसाउने प्रधानमन्त्री, मन्त्रालय बाहिरबाटै बजेट लेराउने अर्थमन्त्रि, कति हो कुन्नि अरबको नक्कली भ्याट बिल बनाएर राजस्व मार्ने ब्यापारिक घराना, ४५ करोड बजेटमध्ये ३० करोडको घोटाला गरि सुडान काण्ड रच्न सक्ने प्रहरी प्रशासन आदि आदि त बिना कुनै कारबाही घुमिरहेका छन् भने फारम बापत १०० रुपैया, अन्तरबार्ता बापत अर्को १०० रुपैया भनेर सानातिना ठगि गर्नेलाई कारबाही होला भनेर नसोचे हुन्छ|
    भ्रस्टाचारीलाई कारबाही गर्ने प्रथाको थालनी माथि बाटै हुनु पर्छ|

  20. एस्ता ठग हरुलाई समात्न त प्रहरी लाइ नै सादा पोशाक मा चालु गरि अन्तरबार्ता दिन लगाउने र कति जनाले अन्तरबार्ता दिए दिएको मद्ये कसले जागिर पाए???भनेर प्रत्येक ले चासो लिने गरेमा त ठग पत्ता लागिहाल्छ नि/अनि जरिवाना सहित खोर मा जाके पछि अरुलाई ठग्ने हिम्मत गर्न अलिक गार्रो पर्ने थियो/नेपाल मा कुनै नाता,गोता,इस्ट,मित्र,साथी,भाई कुनै न कुनै साइनो को लहरोले नसमातुन्जेल जागिर पाउला भन्नु त दिउसै चन्द्रमा देख्नु हो साथी भाई हो/ आफ्नो जागिर खोज्ने मजबुरीको फाइदा ठग हरुलाई जानी जानी ठग्न नदिउ/

  21. यो समस्या चै मैले नि भोगेको थिए तर पछाडी थाह पाए कि ठगहरुको जाल हो भनेर साथीहरु यस्ता ठग हरुको कारवाही होला र शान्ति मिल्ला भन्ने सोच्नु भन्दा पनि आकर्षित बिज्ञापन मा काम पैईन्छ भनेर नाकुद्नुहोला

  22. साथीहरूलाइ एउटा अनुरोध पनि:
    कुनै पनि पत्रिकाहरूले त्यस्तो प्रकृतिको बिज्ञापन छाप्नु अघि सो संस्था (कार्यालय) को कानून बमोजिम दर्ता प्रमाणपत्र वा सोको नोटरी पब्लिकबाट प्रमाणित प्रतिलिपि लिन जरूरी छ /
    चाहे जुत्ता कारखाना होस् वा मेकानिकको वर्क शप; उपभोक्ता/जनतासंग प्रत्यक्ष सरोकार राख्ने विषयबस्तु हुँदा म सबै साथीहरूलाइ नेपाल सरकार संचार मन्त्रालयलाइ यस कुरालाई समेटेर एउटा निर्देशिका वा विनियम जारी गर्नु पर्यो भनेर आवाज उठाउन जनमत संकलन गर्न अनुरोध गर्दछु / माइ संसारले पनि यसमा साथ् दिन जरूरी छ /

    बुद्धिजिबिवर्गहरूले यसमा अझ परिमार्जित तवरले के गर्दा उपयुक्त हुन्छ सो समेत समेटेर सम्बन्धित निकायमा दबाब दिन समेत अनुरोध गर्दछु /

  23. काठमाडौँ मा एस्तो पेसा अपनाएर बसेका धेरै छन् पुलिस ले अनुसन्धान गरि २/४ जना लाई कार्यबाही गर्ने हो भने सोझा बेरोजगार जनता ठगिने थिएनन् कि ?
    तर दुर्भाग्य सरकार नै ठग हरु को बन्छ . माथि देखि नै एस्तै सिक्छन् अनि तल का ले के गरुन . कार्यबाही गर्ने नै नहुने भए यो देश मा त प्रधान न्याधिश ले गर्लान कि जस्तो गरेका थिए कतै बाट दवाब आएर हो कि के हो ? बिदा मा बस्ने निर्णय गरे .
    देश को एक जना मान्छे ले मात्र आफ्नो जिम्मेवारी राम्रो संग निवाउने हो भने त ५० % भ्रस्टाचार कम हुन्छ रे
    तेस्तै सबै आ आफ्नो ठाम बाट लाग्ने भने त यो देश स्वर्ग बन्ने थियो . के गर्ने यो सबै सपना का कुरा मात्र भो .

  24. सोझा जनतालाई हेर्ने सरकार हुनु पर्योनि, ठग सरकार भएपछि , सोझा जनता पेलिएको पेलियेई हो . तर अब जनता त्यसरी ठगिएर बस्ने छैनन् . सरकार ले आफै जनता को पीरमर्का बुजेर जनता को हित मा काम गर्छ भने चाडै कारबाही को काम आगाडी बधवोश नत्र , सोझा जनता बंगिये मा सरकार लै नै बन्गैदिने छन् . सोझा मान्छे को लाटो रिस हुन्छ भन्छ ,

  25. मैले नि यस्तो धेरेई ठाउँ मा फर्म भरेर पैसा तिरे अनि ३ ठाउँ मत अन्तरबार्ता मा नि गया तर नामे निस्केन खै क गर्ने आफु त सोझो मरो परियो

  26. राम्रो उदाहरण हो ठगिको | बेरोजगारी संगै यस्ता ठगीका उपाय निकाल्दै जान्छन चोरहरुले | कहिले जागिर दिने, कहिले विदेश पठाउने, कहिले सिनेमा खेलाउने, कहिले तपाइलाई यस्तो चिठ्ठा पर्यो पनि भन्छन | अनेक अनेक उपायबाट शिकार गर्छन सोझा जनताको | के गर्नु फटाहा धेरै भएको ठाउँमा आफै सतर्क हुनु पर्छ खासगरी पैसा हाल्ने ठाउमा | यदि रजिस्टर नभएको र साइन बोर्ड पनि छैन भने त्यस्ता अफिस खोल्ने चोरहरुलाई ठेगान जनताले आफै लगाउनु पर्छ | नेपालमा छद्मभेसी रुपमा एउटा सस्था त जनताकै हुनु पर्छ यसता चोर फटाहा भ्रस्टाचारीलाइ समात्ने र भंडाफोड गर्दै जाने यस्ता माध्यमबाट | पुलिसले त पैसा खाएर छोडी हाल्छ के गर्नु ?

  27. मलाई पनि कसैले येसरी नै ठगेको थियो. १०० रुपैया तिरेर फोर्म भरें, मासिक १०००० तलब को जागिर मा नाम पनि निस्क्यो, तर त्यहाँ जादा करिब ६०-७० जना पनि काम पाइयो भनेर कुरेर बसेका रहेछन. पछि बुज्दै जादा त त्यो networking business पो रहेछ. सबै जना मिलेर धर्ना बसेर पैसा फिर्ता लिन सफल भयौं. सोझा बेरोजगार नेपाली हरु सबै यो जाल बाट पिडित छन्.

  28. मैले पनि जागीरको खोजीमा नेपालमा करीब २० वर्ष बिताए . कति NGO , INGO समेतले यसै गरि ठगि रहेका छन् . बिज्ञापन त गर्छन, अनि जागिरको आसमा सुल्क बुझाएर वा नबुझाएर फारम भर्यो, कुनै ठग हुन्छन भने कुनै मा पहिले नै मान्छे छानी सकेका हुदरहेछान . बिज्ञापन त औपचिरिकता मात्र पो रे . निरास भएर बिदेसिना बाध्य भए …

  29. धरोधर्म दुइटा सय त मेरो पनि झ्वाम पारेका थिय बजिया हरुले

  30. बिज्ञापन फोटो राखिएको मध्ये दोस्रो बिज्ञापन राम्रो संग पढ्नु भो?
    facebook users earn $500, 9803171203

    कसै संग यस्तो बुद्धि छ भने यो ब्लग मार्फत जानकारी गराउनुस न है! यत्रा नेपाली बेरोजगारलाई $५०० एकदम राम्रो हुन्थ्यो अनि फेसबुक चलाउन नि पाइने क्या काइदा!
    छैन भने त्यो नम्बर ९८०३१७१२०३ मा कल गरेर दिक्क बनाऊ त्यसलाई, कस्तो फट्याई जानेको?

  31. २०५९ को अन्त्य तिर मलाई मेरो साथीले गफै गफमा बालाजुमा रहेको यस्तै दलाली संघ मा पुर्यायो. उ पनि त्यहिँ संघ बाट एउटा बोर्डिंग स्कुल मा मास्टरी गर्ने काम पाएको रहेछ . मलाई पनि फम भर्ने भए भरे हुन्छ , फम को १०० लाग्छ अनि काम पाएको खण्डमा पहिलो महिनाको तलबको ६०% दिनु पर्छ भनो . म त्यति बेला काम गरिरहेको थिए त्यसैले पर्दैन भने. तर एक वर्ष पछी मेरो जागिर खुस्कियो त्यसैले फेरी त्यो ठाउँमा गएको त्यहा त त्यो कम्पनि को नाम निसाना अनि थिएन . अनि कान्तिपुर हेरेर गोंगबुको एउटा दलाiलकोमा १५० तिरेर फम भरेको थिए. फोन गर्छु भन्थ्यो. खै कसलाई गरो…., बेला बेलामा जादा फोनमै झुण्डीरहेको हुन्थियो. ८-९ पटक गए , अनि अर्कै ठाउमा आफैले कम भेटे पछी त्यो कुरा वास्तानै भएन.

  32. ब्लग लेख्ने शर्मिला जीलाई धेरै-धेरै धन्यबाद।

  33. देशमा बेरोजगारी बढे पछी अपराध स्वतः बढछ । यस्ता खालका ठगीको घटना निर्मुल गर्नको निम्ति टि.भी. रेडियो मा खबरदारी कार्यक्रम संचालन गरेमा सर्बसाधारण होसियार हुन्छन र ठगि स्वतः कमि हुन जानेछ । माइ संसारले यस्तो ठगीको बारेमा कुरा उठाएर धेरै राम्रो काम गरेको छ । एस्लाई निरन्तरता दिदै जनजागरण का कार्यक्रम को पनि पहल गरेमा धेरै राम्रो हुने थियों ।

  34. अब त बिहारी समेत नेपाल आउन डराउछ होला – आफु ठगिने डर ले 😉

    -बड्का

  35. मेरो पनि येस्तई येस्तई अनुभबको कुरा सुनाउदा मेरो बुबाले सधै भन्नु हुन्थियो ” यो संसारमा लोभी हुन्जेल पापी कहिले भोको हुँदैन “.भनेर

  36. होईन नेपालमा सोझो र सरल मान्छे भन्दा जाली फताहा ठग चोर डाँका,दलाल भ्रष्टाचारी धेरै हुन लागेको हो कि क्या हो?ठगी पनि अनेक-अनेक आईडिया निकालेर पो गर्दा रैछन।आफ्नै गरिब दाजूभाई-दिदीबैनीहरुलाई ठग्न लुट्न पनि कसरी सकेका हुन् यी राक्षसहरुले?अलिकति पनि मानब हृदय नभएका यस्ता दानबहरुलाई खाल्टो खनेर पुर्नु पर्छ।अनि प्रहरी प्रशासनलाई यो बारेमा थाहा भएर पनि यस्तो गैरकानुनी काम रोक्नलाई पनि कसैको उजुरीनै पर्नु पर्ने रैछ थुक्क कस्तो लाज मर्दो कुरा हो!

    ब्लग लेख्ने शर्मिला ठकुरीजीलाई धेरै-धेरै धन्यबाद।

  37. ‘म पनि उहाँहरुको साहस र कला दुबैलाई सलाम गर्दछु ।’
    मैले यो प्रतिकृया facebook मा ‘इटहरी सुनसरीकी अपाङ्ग कलाकार बहिनी रोमा न्यौपाने’ को बारेमा लेखेको थिएं । हतारमा copy – paste गर्दा भूलबस माइ संसारमा पर्न गएछ । क्षमा चाह्न्छु । उमेश जी कृपया यो प्रतिकृया हटाइ दिनु होला ।

    मैले माइ संसारको यो लेखमा पोस्ट गर्न खोजेको प्रतिकृया चाँही यस्तो थियो ।
    ‘ठगि पनि थरी थरीका हुँदा रैछन् । हैन यो देशमा सरकार र पुलिस/प्रशासन नामको जन्तु छदैं छैन कि क्या हो ?’

  38. हा हा मलाई त हास्न पो मन लागेओ मा पनि गंगबु बाट चाबहिल काम को लागि गयर form फी वनेर २०० तिरेर आयको थिय अनि फोन गर्छु वनेर फोन नै गरेन गुन्डा ले पछे फोन गर्दा गल्ति नम्बर भनेर पो भन्छ बा .. अनि मा नेपाल मा काम नगर्ने बरु विदेश नै जाने निर्णय गरेर अहिले विदेश मै छु .. सबै यस्ता गुन्डा लै तह लगुना प्रसासन ले मुख्य भूमिका खेल्नु पर्छ |

  39. जागिर को interview दिन जादा कसैले पैसा माग्छ भने त्यो ठग हो भन्ने बुझ्नु पर्छ | कुनै पनि कम्पनी ले जागिर को फोरम भरे बापत पैसा माग्दैन | अन्तर्वार्ता दिन जाने मान्छे ले त्यो कुरा बुझ्न सक्नु पर्छ !

    • नेपाल सरकारले लिने फारम दस्तुर लाई के भन्ने नि ?

  40. यसरि ठगि गर्नेलाई निरुत्साह गर्न बिज्ञापन प्रकाशित गर्ने समयमानै पूरा फर्मको ठेगाना र दर्ता न अनिबार्य गराउनु पर्छ/

  41. यो देश कानुन नै छैन. एस्तो ठग लाइ कारवाई गर्ने भय पो कन्ट्रोल हुन्छ त . . यो देश नै ठगहरु को देश जस्तै भैसक्यो.

  42. हो म पनि गको थिय एक पटक चावहिलस्थित पशुपति कैरियार्स तर तो ठाउमा अन्तरबार्ता को नाम मा आफुले कहिले पनि नसुनेको फाल्तु कुरा हरु सोद्छ्न र अन्तरबार्ता दिनेलाई असफल बनाई दिन्छन र मेरो कुरा गर्दा खेरि म नेपाल मा पाच वर्ष हेबी गाडी चलायको त हाल कतार मा पनि चलाई राखेको छु [बिगत दुइ वर्ष देखि] अहिले सम्म तिनी हरुले सोदेको कोइसन मेरो उत्तर महिले पत्ता लगाउन सकिन
    कोइसन यस्तो थियो
    १ .चोक भनेको के हो ?
    २ गाडी को सबै भन्दा लामो बस्तु के हो ?
    ३.गाडी ले कुन गाडी लाई साइड दिनु पर्दैन ?
    अरु पनि बिबिध

    • अन्यथा नलिनुहोला राजेश जी ! यसै संधर्बबस मात्र है..
      १, चोक भनेको दुइ वा सो भन्दा बढी बाटोहरू एकआपसमा काटिएर बनेको संगमको फराकिलो भाग हो /
      २,गाडीमा सबैभन्दा लामो च्यासिसको (मेन) बेस आइरन हो /
      ३,गाडीले रोकी राखेको गाडीलाई साइड दिनु पर्दैन /

      • हो त्यो त मलाई नि थाहा थियो योगेश जी तर उनि हरुले अरुनै बतायर मलाई असफल बनाई दिय महिले बिरोध पनि गरे तर उनीहरुले अन्तरबार्ता दिने तपाई कि हामी भन्ने जस्ता प्रस्न हरु म माथि बर्सौना थाले योगेश जी म पनि कुनै अनपड ड्राइभर होइन चोक भनेको के हो र कुन गाडी लाई साइड दिनु पर्दैन तपाई ले सिकाई रहनु पर्ने

  43. भण्डाफोर गर्नु पर्यो उमेश जी ,यस्ता ठग हरुलाई तुरुन्त यिनीहरुको ठगीको जानकारी सम्बन्धित स्थानमा उजुरी गरि कारबाही गर्नु पर्छ!!!
    गरिब देश अनि लाचार जनता ,बेरोजगारीको फाइदा उठाउन पल्किएका यी चोर ,डाका,फटाहा हरुलाई कठालो समाती समाती पिट्नु पर्छ !
    सम्बन्धित प्रसासन लाई यो कुरा जानकारी नभएको होइन ,मात्र पैसामा बिकेर यिनका आखा अन्धो अनि दिमाग सुन्य भएको छ !

  44. बेरोजगारी ले पिडित युवा अरु के गरुन …. तर म के भन्छु भने राम्रो सस्था ले फारम भरेको पैसा लिदैनन , झुठा सस्था ले मात्र एस्तो गर्छन ….
    जनता पनि सतर्क हुनु जरुरि छ ……. आफ्नो योग्येता अनुसार को जागिर हेर्नु होस् सानो पेसा को लागि धेरै तलब र सुबिधा को लोभ दिदै छ भने त्यो ठग हो ….

    • कस्तोलाई राम्रो संस्था भन्ने कस्तो लै नभन्ने लोक सेवा आयोगले लिन्छ, बिद्द्युत प्राधिकरण ले लिन्छ. सिक्क्षा मन्त्रालयले बिध्ध्यार्थी को परिक्षा बापत लिन्छ. राम्रा नराम्रा सबै स्कूलले लिन्छ. ब्याङ्कले लिन्छ. नलिने को पो होलान र? त्यो पनि एउटा बिजिनेस हो. संसदका कानमा परुन र रोजगारीको फारमको लागि पैसा तिर्न नपर्ने भन्ने नियम बनाउन. विकसित देशमा प्राय जागिरको लागि खोलेको बिज्ञापन मा पैसा लियिदैन. किनकि जसलाई मान्छे चाहिन्छ योग्य मान्छे पाउन उसले लगानी गर्छ. यहाँ त जसलाई मान्छे चाहियो उसले बिजिनेस पो गर्यो.

      • अधिकारी जी हजुर को कुरा पनि १००% सहि हो … नेपाल का कुन सस्था लाई राम्रा भनेर बर्गीगारण गर्न सकिन्छ र ………
        नेपाल त चोर नै चोर ले भरिएको देस भयो ….
        श्री पशुपति नाथ ले सबै को रक्षय गरुन

  45. लौ न उमेश जी अब यसबारे एउटा खोज तथा अनुसन्धान सुरु गरेर ति चोर हरुलाई घोक्रेठ्याक लगाउनु पर्यो ….
    यो देश मा नेता चोर, ब्यापारी चोर, मेडिया पनि चोर .. सबै चोरै चोर मात्रै हुने भए..
    बर्सेनि १० लाख युवाले DV भर्छन् , अनि चोरहरु चाही बिज्ञापन दिदै पैसा बटुल्दै…

    जय होस्

  46. ठगीका उपाए पनि कस्तो | पढेर दिमाग नै रन्थनियो मेरो त | के हुन लागेको होला मानिसलाई |

  47. म पनि १ पटक गएको थीए त्यस्तो न्यूज हेरेर नया बसपार्क को एउटा अफिस मा मलाई त त्यो सब झुट हो जस्तो लाग्यो र त्यस्तो ठाउँ मा कहिलै गएन

Comments are closed.