भ्रष्टाचारविरुद्ध अन्नाको अभियानको जित

ट्युनिसियाबाट शुरु भएको आन्दोलन साँध जोडिएकै छिमेकी देशसम्म आइपुग्दा हाम्रो नेपालमा केही प्रभाव पार्ला त ? नेपाल, जहाँ ८०% बढी जनता ४० वर्षभन्दा कम उमेरका छन्, त्यहाँ हामी हजुरबा जेनेरेशनको बुढो, भ्रष्ट, मिति गुज्रिसकेको र निकम्मा नेतृत्वबाट शासित भैरहेका छौँ। मन्त्री भएको दुई हप्ता नपुग्दै देशका समस्यालाई लात हानेर सरकारी खर्चमा श्रीमतिसहित अम्रिका घुम्ने फोहोरहरुलाई ओखरपौवा पुर्‍याउन ढिला भएन र ? जनताले तिरेको करलाई सरकारी ढुकुटीमा नराखी आफ्नै गोजीमा राखेर देशको राजस्वमा लुट मच्चाउने व्यापारीहरुविरुद्ध उत्रने बेला भएन र ? यो सब देख्‍दादेख्दै पनि नदेखे झैँ गरी बस्ने मूलधारका मिडियाविरुद्ध आवाज उठाउने बेला भएन र ? जनताको शासन ल्याउने भनी भाषण गरी हिँड्ने तर जनताविरुद्ध कामकुरा हुँदा एक शब्द नबोल्ने नेतालाई दबाब दिने बेला भएन र? आर्थिक र नैतिक रुपमा पतित यो झुण्डले प्रजातन्त्रका नाममा कहिलेसम्म शासन गरिरहने हो हामीमाथि ? कहिलेसम्म मौन बस्ने हामी ? कहिलेसम्म अमुक राजनीतिक दलले आयोजना गर्ने सभासम्मेलनमा मात्र भेडाबाख्राजस्ता भएर सहभागी हुन जाने हामी ? हाम्रो अस्तित्वको पहिचान खै ?

अन्नाले हल्याए सिङ्गो भारत

-स्याटेलाइट, मुम्बई-

७३ वर्षीय किसन बापट बाबुराव हजारे अर्थात् अन्ना हजारे अहिले हरेक भारतीय शहर, गाउँ र गल्लीमा मात्र हैन भारतबाहिर पनि चर्चामा छन्। गान्धीवादी हजारेले भ्रष्टाचारविरोधी ‘जन लोकपाल बिल’ पारित गर्नुपर्ने मागसहित ५ अप्रिलबाट दिल्लीमा शुरु गरेको आमरण अनसन र यस अभियानमा भारतभरबाट बढेको जनसहभागिताले १९७२ देखि पारित नगराइएको यो बिल पारित गर्न मनमोहन सिंहको सरकारलाइ चर्को दबाब पर्‍यो। हजारेले शुरु गरेको ‘भ्रष्टाचारविरोधी अभियान’ मा लाखौँ भारतीयले साथ दिए, सेलिब्रिटीहरुसमेत त्यसमा मिसिए र भारत सरकार झुक्न बाध्य भयो। अनसनको चौथो साँझ भएको सम्झौतामा हजारेको माग अनुसार सरकार नागरिक समाजका प्रतिनिधि र सरकारी प्रतिनिधि सम्मिलित समितिमार्फत् भ्रष्टाचारविरोधी प्रभावकारी कानुनको मस्यौदा बनाउन तैयार भएको छ। ९ अप्रिलमा हस्ताक्षर गरिएको सहमति अनुसार, ‘जन लोकपाल बिल’ आउँदो हिउँदे सेसनमा प्रस्तुत गरि पारित पश्चात भष्टाचारसम्बन्धि मुद्दा हेर्ने बिशेष अधिकारसहितको ‘फास्ट ट्रयाक कोर्ट’ स्थापना गरिनेछ जसले भष्टाचारसम्बन्धि मुद्दाको तिब्र छानविन र फैसला गर्नेछ। भ्रष्टाचारको मुद्दा टुङगिन बर्षौ लागेर अपराधिहरुले उन्मुक्ति पाउने क्रम रोकिने आशा राखिएको छ।

रेडियो, टेलिभिजन, फेसबुक र वेबसाइटहरुले हजारेको यो अभियानका बारेमा हरेक घण्टा अपडेट गरिरहेका थिए। मान्छेहरु गान्धिवादी टोपी लगाएर ‘आई एम हजारे’ लेखिएको प्लेकार्डसहित शहरहरुमा जम्मा भइरहे। दिल्लीबाट हजारौ किलोमिटर टाढाबाट हजारेको भ्रष्टाचारविरोधी अभियानलाई समर्थन गर्न आएकाहरु देख्दा लाग्यो, यहाँ गहिरो रुपमा फैलिएको भ्रष्टाचारबाट आममान्छेहरु आजित भैसकेका छन र स्वतन्त्रता खोजेका छन्।

ट्रान्सपरेन्सी इन्टरनेसनलको २०१० को भ्रष्टाचारसम्बन्धी तथ्याङ्क अनुसार भारत १७८ वटा देशहरुमध्ये ८७ औँ स्थानमा छ । राजनीतिक र प्रशासनिक भ्रष्टाचार हुने देशहरुमध्ये भारत पनि प्रमुख हो। माग पूरा नहुँदासम्म बरु मर्ने तर आमरण अनसनबाट पछि नहट्ने हजारेको घोषणासँगै मनमोहन सिंहको सरकार हजारेका प्रतिनिधिहरुसँग बार्गेनिङ प्रयासमा थियो तर सफल भएन, हजारेका सामु सरकार झुक्न बाध्य भयो। जन लोकपाल बिलको मस्यौदा बनाएर सदनबाट पारित गर्ने सम्झौताले देखाएको छ, सुतेको सिङ्गो देशलाई जगाउन एउटा दृढ, त्यागी र नैतिकवान मान्छे पर्याप्त हुँदोरहेछ।

अन्नाको समर्थनमा हिजो नयाँ दिल्लीको इन्डिया गेटअगाडि मैनबत्ती बालेर भेला भएका हजारौँको भीड। तस्बिरः रोयटर्स

के हो जन लोकपाल बिल ?

विगत ४२ वर्षदेखि ‘जन लोकपाल बिल’ लोकसभाभन्दा माथि पारित हुन सकेको छैन। जनतामा रहेको भ्रष्टाचारविरोधी भावनालाई मत्थर पार्न भारत सरकारले भ्रष्टाचारविरोधी सामान्य कानुन पास गर्ने तयारीमा थियो जुन आफैमा कमजोर थियो। विकल्पमा भारतीय सुप्रिम कोर्टका पूर्व न्यायाधिश सन्तोष हेगडे, प्रशान्त भुषण र अरविन्द केजरिवालले तयार पारेको भ्रष्टाचारविरोधी ड्राफ्ट ‘जन लोकपाल बिल’ छ जुन पास गर्नुपर्ने मागमा अन्ना हजारे अनसनमा बसेका थिए। यो बिल अनुसार कुनै पनि भ्रष्टाचारका मुद्दामा एक वर्षभित्र अनुसन्धान सकाउनुपर्ने र अर्को एक वर्षभित्र ट्रायल सकिनुपर्ने हुन्छ ताकि दोषीलाई दुई वर्षभित्र जेल पुर्‍याउन सकियोस् र अवैध तरिकाले आर्जित सम्पति जफत गर्न सकियोस्।

अन्नाको माग छ, सरकार र नागरिक समाज (जसले ड्राफ्ट तयार पारेका छन्) का प्रतिनिधि सम्मिलित समितिले भ्रष्टाचारविरोधि प्रभावकारी संयुक्त ड्राफ्ट तयार गरेपछि सरकारले पारित गरोस्। जुन बिल अनुसार निर्वाचन आयोग सरहको स्वतन्त्र निकाय स्थापना हुनेछ जसले कुनै पनि पदमा रहेको राजनीतिज्ञमाथि छानबिन गर्न सक्नेछ र यसका लागि सरकारी अनुमति चाहिने छैन। अहिलेका कानुन भ्रष्टाचारीलाई सजाय दिनेभन्दा उन्मुक्ति दिनेखालका छन्, त्यसैले भ्रष्टाचारमुक्त नयाँ भारतको निम्ति यो बिल अपरिहार्य देखिएको छ। देशभरबाट हजारेको अभियानमा उर्लिएको जनसमर्थनले सरकार गम्भीर मोडमा पुगेको देखियो। प्रधानमन्त्रीलाई पठाउन एक लाख हस्ताक्षरको आह्वान गरिएको पन्ध्र घण्टा नबित्दै तीन लाखभन्दा बढी हस्ताक्षर जुटे।

बलिउडका अभिनेता अमिताभ बच्चन, संगीतकार एआर रहमान, पूर्व विश्व सुन्दरी सुष्मिता सेनदेखि अभिनेता आमिर खान अनि राजनीतिकर्मी ललित मोदीसम्मले हजारे-अभियानको समर्थनमा आफूलाई उभ्याए। अन्ना हजारेको अभियान चौथो दिनसम्म आइपुग्दा यसले आममान्छेमा यो भ्रष्टाचारबिरुद्द स्वतन्त्रताको लडाँइ हो भन्ने छाप बनाएको थियो।

को हुन् अन्ना हजारे ?

७३ वर्षीय अविवाहित हजारे पूर्व भारतीय सैनिक हुन्। उनको ब्यक्तिगत सम्पति, बैँक ब्यालेन्स छैन, उनी मन्दिरमा बस्छन्।

यसअघि पनि उनले विभिन्न समयमा आमरण अनसन बसेर भ्रष्टाचारविरुद्द लडाँइ लडे। सन २००६ मा उनले आमरण अनसनका माध्यमबाट महाराष्ट्र सरकारलाई छ भ्रष्ट मन्त्री र ४०० प्रशासनिक कर्मचारी बर्खास्त गर्न दबाब दिए र सफल पनि भए। अहिलेको अभियानमा उनलाई योगगुरु रामदेव समेतले साथ दियका थिए।
भ्रष्टाचारविरोधी यो अभियानमा सहभागी भएर भारतलाई भ्रष्टाचारमुक्त देश बनाउन हजारेले जारी गरेको आह्वानमा भनिएको थियो –

भारतवासी जनता, यो केही गर्ने या मर्ने समय हो। समाजमा ब्याप्त भ्रष्टाचारले हामीलाइ नैतिक र सामाजिक रुपमा पतनको बाटोमा डोराइरहेको छ। यसलाई अहिले रोक्न सकिएन भने हामीसँग पछुताउने समय रहनेछैन। आउनुहोस्, एक,दुई या जति दिन सक्नुहुन्छ आमरण अनसनमा भाग लिनुहोस्, भ्रष्टाचारविरोधी ब्यानर र स्लोगनले प्रधानमन्त्री मनमोहन सिंहलाइ दबाब दिनुहोस्। जेल जानसक्ने साहससहित परिवर्तनको यो भ्रष्टाचारविरोधी अभियानमा भाग लिनुहोस्। भ्रष्टाचारमुक्त भारत संभव छ।

दोस्रो महात्मा गान्धीका रुपमा हेरिएका अन्ना हजारेको भ्रष्टाचारविरोधी अभियानलाई ट्युनिसियाबाट शुरु भएको अरब आन्दोलन र लिबियाका जनताको विद्रोहसँग तुलना गरिएको छ यहाँका मिडियाहरु मा।

१७ डिसेम्बर २०१० मा २६ वर्षीय युवा मोहमद बौउजिजिले ट्युनिसियाली नगरपालिका कर्मचारीले गरेको भ्रष्टाचार र अमानवीय ब्यवहारकाविरुद्द आफैलाई जलाई आत्मदाहको प्रयास गरे। यसै वर्ष १४ जनवरीमा उनको मृत्युले अरब आन्दोलनको बीउमात्र रोपेन, तत्कालीन राष्ट्रपति बेल अलीको २३ वर्षे एकछत्रे शासनको पनि अन्त्य गर्‍यो। त्यसलगत्तै फैलिएको अरब-अफ्रिकी आन्दोलनले मध्यपूर्व र अफ्रिकाका थुप्रै देशहरुमा परिवर्तनको लहर ल्यायो। सतहमा साना देखिने कारण र अभियानहरु बृहत परिवर्तनका शुरुवात हुनसक्छन् भन्ने बारम्बार प्रमाणित भएको छ।

मैले यी शब्द टाइप गरिरहँदा मुम्बईको चर्च गेट एरियामा मान्छेहरु मैनबत्ती बालेर अन्ना हजारेको पक्षमा उभिएर सरकारविरुद्ध आममान्छेको जितको खुसी मनाइरहेका छन्। हरेक साना र ठूला शहर अनि गाउँहरु हजारेको यो अभियानमा सहभागी भए। देशभरि यसले हलचल ल्यायो। पुनेका युवाहरुले हजारेको अनसनको पक्षमा बिहानको लञ्च खाएनन्। राँचीमा हजारौँले हजारेप्रति ऐक्यबद्दता देखाए। नायिका विपाशा बसुदेखि नायक विवेक ओबेरायसम्मले ट्विटरमार्फत् भारतीय युवालाई हजारेका पक्षमा सडकमा आउन आग्रह गरे।

ट्युनिसियाबाट शुरु भयको आन्दोलनले साँध जोडिएकै छिमेकी देशसम्म आइपुग्दा हाम्रो नेपालमा केही प्रभाव पार्ला त ? नेपाल, जहाँ ८०% बढी जनता ४० वर्षभन्दा कम उमेरका छन्, त्यहाँ हामी हजुरबा जेनेरेशनको बुढो, भ्रष्ट, मिति गुज्रिसकेको र निकम्मा नेतृत्वबाट शासित भैरहेका छौँ। मन्त्री भएको दुई हप्ता नपुग्दै देशका समस्यालाई लात हानेर सरकारी खर्चमा श्रीमतिसहित अम्रिका घुम्ने फोहोरहरुलाइ ओखरपौवा पुर्‍याउन ढिला भएन र ? जनताले तिरेको करलाई सरकारी ढुकुटीमा नराखी आफ्नै गोजीमा राखेर देशको राजस्वमा लुट मच्चाउने व्यापारीहरुविरुद्ध उत्रने बेला भएन र ? यो सब देख्‍दादेख्दै पनि नदेखे झैँ गरी बस्ने मूलधारका मिडियाविरुद्ध आवाज उठाउने बेला भएन र ? जनताको शासन ल्याउने भनी भाषण गरी हिँड्ने तर जनताविरुद्ध कामकुरा हुँदा एक शब्द नबोल्ने नेतालाई दबाब दिने बेला भएन र? आर्थिक र नैतिक रुपमा पतित यो झुण्डले प्रजातन्त्रका नाममा कहिलेसम्म शासन गरिरहने हो हामीमाथि ? कहिलेसम्म मौन बस्ने हामी ? कहिलेसम्म अमुक राजनीतिक दलले आयोजना गर्ने सभासम्मेलनमा भेडाबाख्राजस्ता भएर सहभागी हुन जाने हामी ? हाम्रो अस्तित्वको पहिचान खै ?

अघिपछि दिल्लीमा चिसो हुँदा काठमाडौंमा रुघालाग्ने स्वधोषित अगुवाहरु निद्रामा छन् । नेपालको इतिहासमा सबैभन्दा ठूला व्यापारिक घरानाहरुबाट भएको ठुलो आर्थिक घोटाला र त्यसलाई दिइन लागेको राजनैतिक, मिडिया र ‘सेतो टीसर्ट’ वालाहरुको कवचले नेपालको भ्रष्टाचारको जालो कतिसम्म छ भन्ने देखाँउछ । त्यस्तो अबस्थामा यसको महत्व नेपालमा झनै हुनपर्ने हो यतिखेर । तर नेपाली समाज परिवर्तनका ड्राइभरहरु मानिने नागरिक समाज, पत्रकार, कलाकार, व्यवसायीक सघं संस्थाका अगुवाहरु विच विश्वको ध्यान आकृष्ठ गरेको यो आन्दोलनको गाँइगुईसम्म पनि सुनिएको छैन् । अन्नाले प्रमाणित गरेका छन्, एउटै नैतिकवान मान्छे पर्याप्त हुन्छ बृहत् परिवर्तनको शुरुवात निम्ति । हामी कँहा त्यस्ता नैतिकवानहरुको खडेरी नै परेको हो त ?

भूपिले लेखेका थिए – म यो देशमा एउटा नेपाली खोजिरहेछु। राजनीतिक स्यालहरुको बथानमा नेपालीहरु एउटा अन्ना हजारे खोजिरहेछन्।

62 Comments

  1. अन्ना झैँ राम प्रसाद श्रेष्ठ नेपालको हरेक छेत्रमा अदालत पुलिस वडा नगर गौ सरकार बैंक मालपोत एम्बेसी भये नेपालको भ्रस्टाचार समस्या हाल भै नेपालले निकसा पाउने छ l

  2. यस्तो पुनित कार्यका लागि तपाई हामी सबैको चेतना र जागरुकता अति आवस्य्यक छ, अनि आवस्यक छ अन्ना हजारी जस्तै सबैले विस्वास गर्नसक्ने र नेत्रित्वो
    दिन सक्ने महान मान्छेको / यहाँ साथ् दिने धेरै हात हरु छन् . यहाको यो प्रयास क लागि धेरै धन्यबाद.

  3. हामीलाई पनि एकथान अन्ना हजारे चाहियो चाहियो चाहियो !!!

  4. नेपाल मा अर्को अन्ना हजारी हालको प्रधान न्याधिस राम प्रसाद श्रेष्ठ हुन सक्नु हुन्छ उहामा नैतिकता र ;सहस दुवै छ / अब केहि दिन पछि उहा को अबकास पछि भस्ताचार विरुद्ध को आन्दोलन को नेत्रुतो उहा ले लिनु पर्ने छ /

    • होइन फलानो हुन्छ bhanara kaihaila सम्म भन्नि हो. आउ साथी म अगाडी छु मेरो साथ देउ भन्नु पर्यो. फलानो इमान्दार छ तेस la गर्ला भन्नि भय १०० वर्ष पछि सम्म पनि नेपाल तेस्तै हो.

  5. स्याटेलाइट जी बाट सुरु गर्ने कि तेस्तै खाले आन्दोलन? हामि पनि साथ् दिन्छौ |

  6. यो आन्दोलन राजनीति पार्टीको झन्डामुनि होइन, सोस्फुर्त नागरिक बाट हुनुपर्छ.

  7. देश मा तेत्रो बितन्डा मच्चायेर त्यो बादर्मुखे बुडो अमेरिका आउदैछ यहाँ भएका नेपाली हक हीतका भनौदा संस्था हरू ले ठुलै देशभक्त लाई जत्तिकै सम्मान गर्न पछी पर्दैनन् . कुनै पनि नेपाली संघ र संस्था ले त्यस सुग्रिब लाई निमंत्रना र सम्मान नगरोस यो एउटा नेपाली को अनुरोध हो.

  8. पैले पैले देशमा राजश्व छलि र चुहावट बाट ठूलो भ्रष्टाचार हुने गर्छ भन्ने सुनिन्थ्यो |केहि दिन यता एक पछि अर्को भ्रष्टाचारका चुकुल खुस्किदै जादा भ्रष्टाचारमा चुहावट भएर पो राजश्व असुली हुदोरैछ| हजारीले भारत हल्लौदा हामी के हेरी बस्ने …………….???????

  9. माई संसारमा केहिदिन पहिले :रामेश्वर जीले अब के गर्नुपर्ला?: भनि पाठक बर्ग संग राय मागिएको थियो/ त्यसमा मैले उहा नेपाली अन्ना हजारे बन्नु पर्छ भनि आफ्नो राय राखेको थिए/ किन भने नेपाल दिन प्रतिदिन भ्रष्टाचारको महाखाड्ल्मा जाक्कीदै छ/ नेपालको के हाल छ त्यो हामि सबै नेपालीले नचाहादा नचाहदै भोग्नु परिरहेको छ/यसको कारक तत्व अरु होइन हामि नेपालीनै हौ/भरतमोहन श्रीमती सहित सरकारी खर्चमा अमेरिका घुम्न निस्किए/केहि दिन पहिला नक्कली भ्याट चौधरी काण्डमा सर्बत्र चर्चामा आए/ तर के फरक प-यो त?उनको पछाडी उनको बफादार अनेरास्ववियु,युथ फोर्ष,,तमाम् एमाले कार्यकर्ता छदैछन/अहिलेता ओइसिअल् , सिङ्गो माओबादी कार्यकर्ता पनि संगै भए पछी झन् कसले के बिगार्ने?म फेरी पनि के भन्छु भने जब सम्म पार्टीको नाममा हामी नेपाली बन्धक भैरहन्छौ,त्यसमा पनि कोहि उनीहरुको भात्री संगठनमा लागेर उनीहरुबाट हुने गलत कामको बिरोध गर्ने र सजक बनाउनुको सट्टा ताबेदारी गर्न लाग्छौ,त्यहीबाट शुरु हुन्छ सत्यानाश/एउटा मजदुरको छोरा,पूर्व सिपाही अन्न हजारे बास्तबमा सिङ्गो भारतको सजक सिपाही प्रमाणित भए जस्तै के नेपालमा त्यो दम्भ भएको इमान्दार नेपाली आमाको छोरा कहिँ जन्मिएको होला?संबिधान सभा जसले जति सक्यो चाडो संबिधान बनाएर देशलाई अनिर्णयको बन्दि हुनबाट बचाएर नया गति दिनुपर्ने हो तर त्यसको साटो सत्ताको लाछाचुदी भैरहेको हामीले देखिरहेकै छौ/ अनि आफ्नो म्याद आफै थपेर अपाच्य भत्ता पनि हसुरिरहेकै छौ/छि:छि:नक्कली परिछ्यार्थी राखेर s l c पास गर्ने sabhaasad ,jaagir bechne sabhasad paune हामी nepali,ganatantrabadi nepalilai bhagymaninai samjhanu parla/k गर्ने,?bidambanaanai bhanau/

  10. एकदिन जरुर नेपालीले भ्रस्टहरुको धुलो काट्छ j होस् समय चै लाग्छ तेस्तै १० वा १५बर्स..मर्दिना होला यो डाका हरु जेल गको नहेरी मात्रै पर्खा र हेर को नीति लेको छु …..यो डाकाहरु जेल गएको हेर्नु छ यो आखाले .हिजो auta मन्त्रि गयो जेल बिस्तारै सबै जान्छ….आशा गरम./

  11. उठ्नु पर्छ नेपालि जेठमा
    थुन्नु पर्छ भ्रस्टलाइ जेलमा
    बेला गैसक्यो पुग्ने काहा हो काहा हो ढिला भै सक्यो \

  12. यीमान्दर बने कङाल, भ्रस्ताचारी बने सम्मानिय/
    जायाज नाजायजको कुरा गर्ने जति सबै नाजायाज/
    चाकरी गरे भरिन्छ भकारी नभय बनिन्छ चान्दाल/
    कर्मचारी र् सेवक कमारो,हाकिम मालिक बनेको छ्/
    प्रहरी-सेना हाकिम र् नेताको हुक्के चिलमची र् ढोके/
    न्यायधिस घाट बैद्य जस्तो न्यायलय आर्यघाट जस्तै/
    गुण्डा र् हुल्याह अनि ज्यानमारा सांसद सभासद बने/
    जनताले नपत्याएका नेता बने,भ्रस्तहरु योजनाकार/
    कालो बाजारि,बन्धकी र् फिरौती ब्यापार बनेको छ्/
    योग्यता र् नागरिकता मात्रा बेकारीको प्रमाणपत्र भए/
    बिदेस र् बिदेसी सरकार लायि नागरिक भन्दा प्रिय बने/
    नेताहरुको चुस्के कल्पनाले नेपालीहरुको घर भत्केकोछ/
    चुनाव हारेकाको पैतालाले जनताको मत कुल्चिएको छ्/
    भरौतेले भरिएको संबिधान सभामा बहुमत बर्जित छ्/
    “खवरदार अबको संबिधान नेपाल होयिन मधेस बनाउन”
    दिल्लीको यो हुकुममा आज नेपालीको लोकतन्त्र अल्झेकोछ/
    “खवरदार अबको संबिधान नेपाल होयिन मधेस बनाउन”
    संबिधान बदलिय, ब्यबस्था बदलिये, शासक बदलिये/ ।
    किन बदलिये किन सुधारियनन्?सुधारिन्दा मधेसी बन्दैनन/
    यसै करण सबै बदलिये, कसैलायी नेपाल नै बदल्नुछ्/

    • यीमान्दर बने कङाल, भ्रस्ताचारी बने सम्मानिय/
      पाखेले देसै डुबाए ,भन्न छडदैनन सर्ब जान हिताय|

      जायाज नाजायजको कुरा गर्ने जति सबै नाजायाज|
      माकुने ले सकेन झलनाथ ले गर्ने रे ,सिस्ट मेटाइज |

      चाकरी गरे भरिन्छ भकारी ,नभय बनिन्छ चान्दाल|
      पाए ठुलै भाले काखी मा लुका ,न पाए चल्ला भए निहाल |

      कर्मचारी र् सेवक कमारो,हाकिम मालिक बनेको छ्/
      सेना समायोजन गर्छु ,झलनाथ ले भनेको छ |

      प्रहरी-सेना हाकिम र् नेताको हुक्के चिलमची र् ढोके/
      सक्ने ले फुली पड्काए ,न सक्ने ले फरिया बोके |

      न्यायधिस घाट बैद्य जस्तो न्यायलय आर्यघाट जस्तै/
      हिजो चिच्याउथ्यो गगन थापा ,आज बुढीलाई तेल घस्तै|

      गुण्डा र् हुल्याह अनि ज्यानमारा सांसद सभासद बने/
      जनताले बिरोध गर्दा ,नया नेपाल बनाइदिउला भने |

      जनताले नपत्याएका नेता बने,भ्रस्तहरु योजनाकार
      भैसी चड्ने पाखेलाई चाहिने भो ,नया मोटर कार |

  13. नेपालमा चै भ्रस्टाचार बिरुद्द होइन ,,,, समर्थनमा चै आन्दोलन होला !!!!!!!!!!!!!!!!!!

  14. अन्ना
    हजारे
    जसरि जागौ र जगाउ दाजु भाई तथा
    दिदि बहिनि मेरो पनि साथ ६ तपाई हरु लाई

  15. सर सरति हेर्दा निम्न कारणले गर्दा भ्रस्टाचार बन्द गर्न गार्हो पर्नेछा|
    १. राजनतिक पार्टी र यसका ठेकेदार-१००% दलाल र फटाहा र कमिसनखोर र सयल|
    २. ब्यापारी १००% ठग
    ३. कर्मचारी ९०% घुश्याहा
    ४. पुलिस १००% निकम्बा, चोर र घुस्याहा
    ५. सेना सित्तिमै पालेका सुँगुर
    ६. पत्रकार ठगि खानी भाँडो जनता झुक्याउने साधन
    ७. राजनैतिक पार्टीक झोला बोक्ने बबिस्यका अपराधी
    ८. नागरिक समाज टक परे तिवारी नत्र गोतामे- आफनी डम्फु
    ९. सोझा जनतालाई कतिले दुख दिएका छन् भन्ने कुरा एहाबता छर्लंग हुन्च्चा. यी माथिका को राज चलिंजेल नेपाल मा केहिहुनेवाला छैन| अब अपहिलाई सोज्नुहोस नेपाल बनाउने र दोषी लै कारबाई गर्ने जिम्बा कसको हो| यो कम बाकी रहेका सबै सोजा, गरिब, सोसित र इम्मंदर र सहशिला को हो मरेका सिना हरुलाई टुङ्गो लगाउने|

  16. यो लेख अति मन पर्यो तर हाम्रो जस्तो लोभी र पापी मात्र भएको देशमा अन्न हजारे खोज्नु मुस्किल मात्र हैन असम्भब नै छ |

    • हाम्रा देशां अन्ना हजारे खोज्ने भनेको मलखातमा गएर आँपको अचार खोजेको जस्तो हो. त्यो भेटिनै सक्दैन, त्यसैले बुद्धिमानी अन्नालाई खोज्नेमा होइन कि उनीले माग गरी मान्न बाध्य बनाएका नियम नेपालमा पनि लागू गराउनुमा छ.

  17. आउनु हरि बंश दाइ मदन कृष्ण दाइ सुरु गरम हामी पनि कहिँ नगरी हुन्न अबत ? जना आन्दोलोने मा पनि तपाई हरु लिए हामी ले साथ् दियको हो .अहिले पनि अघि पैला रख्नुष हामी साथ दिन्छु /देश हाम्रो हो हामी ले नै केहि गर्नु पर्छ/ ई नेता र पार्टी को चाला यस्तै हो .खर्बौंको कर छल्ने बिनोद चौधरी एमालेका सभासद । उनले कर छलेर राज्यमाथि अपराध गर्दा एमाले पार्टी चुप्प छ । देशको ईतिहासमै आर्थिक अपराधको एउटा ठूलो घटना हो यो । तर सभासद बनाउने पार्टीलाई कति हाइसञ्चो । चुपचाप बसिदिए ढुक्कै उम्कन पाइने । गोल्छा अर्का ब्यापारी । नेपाली कांग्रेसले सभासद बनाएको । उनीपनि त्यसैगरि नक्कली बिल बनाएर कर छलीमा परिसकेका छन् । संसदमा झिंगा पल्टिँदा कोकोहोलो हाल्ने नेपाली कांग्रेसलाइपनि आफुले सभासद बनाएको ब्यक्ति त्यसरि आर्थिक अपराधमा मुछिँदा जिम्मेवारीबोध भएको देखिन्न ।

    झलनाथ खनालले राम्रोसित खोकेनन् भनेरसम्म आलोचना गर्न कम्मर कस्ने माधव नेपाल र कोपी ओलीको गूटपनि यो आर्थिक अपराधको मामिलामा भने कानमा कपास हालेर बसेको छ । मधेशी दलको त आलोचना गर्नै परेन, बिगतदेखि वर्तमानसम्म तिनले पाएजति केहिपनि कहिल्यै छोडेकै छैनन् । अधिकांशको अनुहार भ्रष्टाचारका काला धब्बाले पोतिएको छ । पाए तिनले देशै त बेचेर बगली भर्छन् भ्रष्टाचारको के कुरो गर्ने ?

  18. साथीहरु,

    मलाई लाग्छ नेपालीहरु हिंगको टालो सूँगेर, पुर्खाको बिर गित गाएर, अनगिन्ति बन्द, हड्ताल गरेर, गणतन्त्रको राप अलापेर सन्तुस्ट छन्.

    नेपाली जनताका नाममा चन्दा, दान, अनुदान, सहयोग, ऋण आदिको बर्सा भएकै छ किन
    टाउको दुखाउनु ? देशमा एती भ्रस्टाचार भए, एकै पुस्तामा सबैका दोहोरिने, तेहोरिने पालो आइसके.

    एउटा अन्ना हजारे १२१ करोड भन्दा बडी जनसंख्या भएको भारत देश बाट पैदा भयो. अन्ना हजारे आज र हिजो उनका निवास पुनेमा सबै दिन उत्तिकै समर्थन, मान सम्मान
    प्राप्त छ. उनि सधैं सामाजिक कार्यमा मस्त रहन्छन. अन्ना हजारे आज अकस्मात एक हप्तामा तैयार भएको हैन.

    हामि थोरै राजनैतिक कुरामा भारत् संग असहमत हुन सक्ला तर धेरै राम्रा कुरा हरु भारत् देश बाट सिक्न सक्छौं.

  19. ” साहसिक रास्ट्र नेताको गर अब माग ”
    ———————————————
    जनताले तिरेको कर भुडिमा लुकाउने भ्रस्टचारी अजिंगर
    यस्ता अजिंगरलाई ‘तह’ लगाउन नसक्नेको अब के नै रह्यो र भर !?

    देश र जनताको लागि लड्छौ भन्दै मुठी कस्ने नेताहरु !
    यो सम्बेदनशील घडीमा चुपचाप बसी के हेर्दै छौ रमिता अरु ???

    मुलुकले ‘बोलि’ खोजेको बेला ओठ सिउछान प्रचण्ड बाबुराम
    देश हाक्ने सारथि कसरि ठानु यिनलाई हरे ! राम ! राम !

    यस्तो बेला “नागरिक समाज” कहा गयो ???
    किन बोल्दैनौ तिमि ! लौ न ! के भयो ???!!!

    ‘तै चुप मै चुप’ कसरि हुन सक्छन देशको यो बेहालमा ???
    कालो पक्कै पक्कै छ दालमा —

    हे जनता ! तिमि नै जाग हे जाग !
    ६०१ त मात्र बने ‘काग’ !!!
    बरु बनाउ ऐउटैलाइ बाघ
    साहसिक रास्ट्र नेताको गर अब माग !

  20. अहिले को बिकराल अवस्था मा संसारमा जताततै बिरोध नै बिरोध, फरक फरक शैलीमा विभिन्न देशहरु मा बिरोध भएको देख्नु पाइयो ! तुनिसिया, इजिप्ट, लिबिया, आइबेरी कोस्ट, शिरिया, येमनमा सारा जनता नै उर्लिए अनि तानाशाहरु को जरा नै उखुली दिए वा उखुलने क्रममा छन् ! भारतमा यो आन्ना अभियान पनि एउटा उदाहरण नै भो ! अर्को रोचक एस्तै अभियान हंगकंगमा भएको छ ! अभियान सत्याग्रह रे ! हिजोको साउथ चाइना मोर्निंग पोस्ट मा छापेको खबरमा, हंगकंगका केहि सचेत जनताहरु ले, हंगकंग सरकार भन्दा पनि हंगकंग को सबै भन्दा धनि ब्यापारी लाइ टार्गेट गरेर सत्याग्रह अभियान को सिलसिला गरेछ ! तिनी धनि ब्यापारी लि काइ सिंग को पार्क इन् शोप भन्ने डीपार्टमेन्ट स्टोरे जुन हंगकंग भरि फैलिएको छन्, त्येस्तो शोप मा गएर एक घण्टा को लागि ब्यापार फ्रीज़े गरि दिएछ, यो अभियान चहि इंडिया को महात्मा गांदीको नोन voilence अभियान को siko gareko रे ! कारण चहि हंगकंग सरकार धनि ब्यापारीहरु को कtha putali, र सरकार को biruddha jati बिरोध garda पनि केहि nbhayeko ले garda teso garnu pareko bhaneko छ !
    aba hami nepali लि ले पनि केहि garne ho ki !

  21. नेपाल मा अझै बुद्द रुख मुनि बसेर जिबन दर्शन सोच्दै छन | जंग बहादुर हरु गाउमा साढेको सिंग समातेर खेल्दै छन् | प्रिथीबीनारायन खुकुरी मा साध लगाउदै छन् | महिन्द्र मल्ल कसको धुरी बाट धुवा निस्केंन हेरी रहेछन |
    तर नेपाल मा शक्तिसाली दक्षिण को छिमेकी , युरोपियन युनियन ,अमेरिकन ग्रिह्युद्द र अराजकता चाहन्छ किनभने
    अमेरिका ,युरोपियन हरु ——–यहा आगो बाल्नु छ र तेही आगो बाट उदयीमान चीन लाइ पोल्नु छ |((उनीहरुलाई हेर्न अहिले मिडल इस्ट को एना हेर्नुस ))

    भारत् ———-यहा अराजकता फैलिए नदि नाला ,प्राकृतिक स्रोत हडप्ने |
    उसलाई पनि चीन जलेको हेर्नुछ | भरे चिनिया ले ल त् नेपाल खा तर तिब्बत को मामला मा हाम्रो पुरा समर्थन गर भन्ला ?
    किनभने यहा अमेरिकन ,युरोपियन ले धेरै हनिमुन मनाउन लागे भने चीन ले यो न सोचला पनि भन्न सकिन्न |

    तेसैले नेपाल मा भ्रास्ता चार ,अराजकता सबै बिदेशी चलखेल को परिणाम हो |
    नत्र अधिकांस नेपालि शान्ति प्रिय ,देशलाई माया गर्छन |

  22. नेपाललाइ अहिले अन्ना हजारे होइन एउटा जंग बहादुरको खाँचो छ | लात ले मात्र मान्ने कुकुरहरुलाइ कुरा गरेर केहि साध्य होला जस्तो लाग्दैन | नेपाल आमा अहिले प्रसव पिडामा छिन, छिट्टै जन्मन्छ होला एउटा नेपाली ” जंगे” | त्यो जंगेलाइ नेपालमा मेरो तन, मन र धन सम्पूर्णले समर्थन र स्वागत छ |

  23. यो गर्नु पर्छ, त्यो गर्नु पर्छ भन्ने तपाई हामी सब लाई थाहा छ हामी कहाँ अड्किन्छौ??? हामी लाई एक सच्चा नेपाली मन भएको साहसी नेता को खाचो छ, ७ साल देखि हामी ले चुनेका हरेक हिरो हरु ले हामी लाई धोति -लगौटी खोलेर देखाउने देखि केहि काम गरेनन हाल आएर माओबादी लाई नि दिएकै हो तर हात के लाग्यो????????एसले गर्न देन, ऊस ले गर्न देन भन्ने बहाना मात्र हो……काम गर्ने चाहना हुनु पर्छ जसले नि गर्न सक्छ /खै महाबिर पुन लाई केहि ले रोकेको छैन, डा. सन्दुक लाई केहि ले रोकेन,अनुराधा अघि बढिराकि छिन ,उत्तम संजेल को गति रोकिएको छैन………………….सब का सब डाका चोर र फटाहा हुन् तर मलाई आस छ एक दिन ये भातमारा हरु लाई जनलहर ले बढारेर लानेछ सुनौलो बिहानी आउने छ/ कोहि त जन्मेको होला यो देस लाई गति दिने…………………………….

  24. एउटा सहासिक मान्छे को खाचो छ… को हुन सक्छ तेस्तो मान्छे …. अगाडी आउनुस तपाइलाई हाम्रो साथ छ…

    prakash

  25. नेपालमा अन्ना हजारेको स्थान हाम्रा आदरणीय दाज्यु हरु मदन कृष्ण श्रेष्ठ र हरि बंश आचार्य ले लिनु पर्छा! नेपालीले १०० प्रतिशत साथ् दिन्छन! यो तथ्य मह जोडीको ध्यणाआकर्शन् होस्!

    जय मातृभूमि !

  26. “राजनीतिक स्यालहरुको बथानमा नेपालीहरु एउटा अन्ना हजारे खोजिरहेछन् ।” के अन्ना हजारे राजनीतिज्ञ हुन् र राजनीतिक व्यक्तित्वबाटै यस्तो अभियानको शुरुवात गर्नुपर्ने ? एउटा सामान्य नागरिकले पनि त यो अभियानको शुरुवात गर्न सक्छ नि ! हुन त नैतिकरूपमा विशुद्ध मान्छे दिउँसै बत्ती बालेर खोजे पनि पाइन मुश्किल छ हाम्रो नेपालमा । आफू पनि जीवनमा अलिअलि आचारसंहिता उल्लंघन गरेको मान्छे परियो; नैतिकताले नै दिँदैन आफूलाई त । त्यसैले हामी आमनागरिकले एकचोटि सार्वजनिकरूपमा आत्मसमीक्षा वा आत्मस्वीकारोक्ति (Self-confession) को अभियान सञ्चालन गर्नुपर्छ, अनिमात्र भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट हुन सम्भव हुनेछ जस्तो लाग्छ ।

  27. हाम्रोमा त जो अगुवा उही नै बाटो हगुवा छन् के गर्ने ?

    • अत्यन्त सहि कुरा/ आज जनमतको हिसावमा प्रमुख नेता त् प्रचंद्र हो त् उसले नै किन भ्रस्टाचार बिरुद्ध झन्डा उथाउन्दैनन्? खुलेरै भ्याट चोर्ने ब्यापारी हरु र तिनीहरु सिट milekaa नेता हरु बिरुद्ध किन बोल्दैनन?

      लोकको मतको कदर गर्न नदिन ई नेताहरु नै लागि परेको छ/ संबिधान सभा देखि मन्त्रालय र कांग्रेस पार्टी जस्तो दलको सभापतिको कुर्सि त् जनताले फालेको व्यक्तिहरुले ओगटेर बसेको छ त् भ्रस्टाचार बिरुद्ध सडकमा बोल्नु मात्र पिपल बोटे कुरा हुनेछ/ प्रचंद्र जस्तो netaale त् testai भ्रस्ताचारी र जनताले फालेको netaaharuko समर्थन र sahamti खोज्दै garnu पनि के भ्रस्टाचार भन्दा कम छ?

      आर्थिक भ्रस्टाचार मात्रै भ्रस्टाचार होयिन/ लोकको मत नमान्नु नेपाली नेपालीमा जातियेता को बिखन्डनको बिउ रोपेर बिहारीहरु मधेसी भन्दै तराईलाई मधेश बनाउन खोज्दै मधेश जातिले बिशेष अधिकार खोज्नु पनि त् भ्रस्टाचार हो/ आज नेपालमा सबै भन्दा ठुलो भ्रस्टाचार भनेकै मधेश बाद हो/ नेपालको माटो बिखन्डन गरेर नेपाल भित्रै मध्य देस बनाउने र आफुलाई मधेसी मान्ने सबै नेपालको सार्वभौम सट्टा र नेपालीको गौरवमय परिचयमा कालो पोत्ने भ्रस्ताचारीहरु हुन्/

      भ्रस्ट मारवाडी मुखी आर्थिक मुद्दा पनि मधेशबाद कै यक अंग हो/ पसुपतिको मन्दिर देखि सदन सम्म भारतीय भट्टहरुको लुट चल्दै आएको पनि मधेश बाद मुद्दा कै यक अध्याय हो/ यिनीहरुले नेपाल भित्र राजनैतिक सांस्कृतिक र आर्थिक भ्रस्टाचार गर्दै आएको हो/ कानुन बनाउने र कानुन पालना गराउने सबै यिनै जमात को हो/

      जनताले यसै कारण परिबर्तन चाहेको थियो र प्रचंद्र्को लोक तन्त्रको मागमा समर्थन गरेको हो त् त् परिबर्तनको लागि जन युद्ध लडेको दावी गर्ने प्रचंद्र आफैले भ्रस्टाचार बिरुद्ध किन बोल्दैनन?

      प्रचंद्रले कमसेकम लौ म सिट सरकार ले नियम पुर्बक दिएको अर्को गाडी भएकोले मैले लिएको यो प्रायोजनाको गाडी फर्काई दिन्छु यति त् भन्न सक्थ्यो/ उसले यति मात्रै गरे पनि कयौं ले गलत तरिकाले लागेको गाडी हरु फर्काउन बाध्य हुने थियो/

    • मदनजी,

      अहिले माओवादीले देशी-विदेशी प्रहार सहनु परिरहेको छ, त्यो पनि राष्ट्रियताको कुरा उठाउँदा ! माओवादीको ४० बूँदे मुद्दा त आजपर्यन्त पनि सान्दर्भिक छ । अर्थात् बाध्यात्मक राजतन्त्रको समाप्तिबाहेक त्यसबेलाको स्थिति र अहिलेको स्थिति खासै फरक छैन । अझ भनौं भने अहिलेको ‘हालत’ झनै खराब अवस्थामा छ । तर परिवर्तनका बेला यस्ता उतारचढाव हुनुलाई अस्भाविक मान्नै हुँदैन । त्यसैले यस्ता कुराहरूबाट विचलित हुनुहुँदै हुन्न ।

      मैले पहिले पनि भनिसकेँ कि भ्रष्टाचारको मुद्दा राज्यले उठाएको हो, यसको छिनोफानो पनि राज्यले नै गर्छ; कुनै दलविशेषले गर्नैपर्दैन । बरु कुनै दलविशेषले बाधा पुर्याउँछ भने हामी नागरिकहरूबाट विरोध जनाउनुपर्छ । अहिले चलिरहेको नक्कली बिल प्रकरणको मुद्दा सेलाएको होइन, र यसबाट कसैले उन्मुक्ति पाउन पनि सक्दैन । नक्कली बिलका दोषीहरूलाई छुट दिन पूरक बजेट ल्याउन लागिएको भनेर अनुमानका भरमा अहिले प्रचार गरिँदैछ । यसको वास्तविकता खोतल्नतिर पो लाग्नुपर्छ । होइन भने खाली हल्ला फिँजाउनु भनेको एउटा जुझारु शक्तिलाई परास्त गर्ने असफल प्रयासमात्र हो भन्ने बुझ्नुपर्छ ।

      माओवादीले जातीय अनि वर्गीय मुद्दा ४० बूँदैमै उठाएका हुन् । यसैअनुरुप उसले जनमत पाएको पनि हो । तर यी मुद्दाहरूको गलत फाइदा मधेशीका नाउँमा राजनीति गर्नेहरूले उठाइरहेका छन्; जसलाई स्वयम् माओवादीले समेत मानिरहेको छैन । अर्थात् मधेश वा मधेशी कुनै जातीय मुद्दा होइन । यो पूर्णरूपमा विखण्डनकारी माग हो, जुन कुनै पनि मूल्यमा पूरा हुनसक्दैन । तसर्थ जातीय मुद्दालाई अन्यथा प्रचार गर्नुको कुनै तुक छैन ।

      जहाँसम्म गाडीको कुरा छ, एउटा भूतपूर्व प्रधानमन्त्रीलाई सरकारले सुविधा दिने गरेको गरेमा प्रचण्डले लिएको मात्र हो । उनले गाडी यो परम्परा तोडेको भए उनको उचाइ अवश्य बढ्नेथियो; तर लिँदैमा घट्ने भनेचाहिँ हुँदै होइन ।

      • यो अति भो जसरि नि उहि माओबादीलाई माथि राखेर कुरा गर्छ . यहाँ देशको कुरा चलेको छ कुनै पार्टी बिशेषको पक्कै होइन

        जय नेपाल ! मेरो देश प्राण भन्दा प्यारो छ !

  28. देशको माया र सफा हृदय भएको मान्छेले भ्रस्टाचार भन्ने कुरा कहिले पनि मनमा ल्याउदैन/ सम्भिधनको ढाचा पूरै परिवर्तन गर्ने आवस्यक छैन, त्यसलाई बरु सम्सोधन गरे भने यति समय लाग्दैन/ येस्तो अत्याचार त संसारको कुनै देशमा पनि छैन होला / हामी बिचरा जनताहरुले आशु, रगत, पसिना, र चाहिने सबै थोक बगाई सकेउ, अब के चाहिन्छ गधा नेताहरु? Bhandhar khal Parwa गरे जसरी नै तिमीहरुको काम तमाम गर्नुपर्छ, अनि मात्र केहि हुन्छ देशमा/

  29. असारबाट शुरू हुँदैछ आत्मजागरणको अभियान । अब धेरै दिन बाँकि छैन म सम्पूर्ण नेपालीहरूको नाममा प्रतिज्ञा गर्दछु । २०६८ को असार ९ बाट यो अभियान शुरू हुनेछ । उन्मुक्त खुशि ल्याउने अभियान ।

    • सुरु गर्नुष म पनि तपाई लाइ साथ देंचु .

    • साथी यो आत्मजागरण अभियान को बारेमा अलि बिस्तृतमा बुझ्न पाय हुन्थ्यो I

  30. कुनै पनि देशमा राजनीतिले सहि बाटो लिएन भने जनताले नपाउनु दुखः पाउछन | भ्रस्टाचारले गाँजे पछी यसबाट उन्मुक्ति पाउन ठुलो संघर्ष गर्नु पर्छ | सबै खाले माफिया मिलेर राष्ट्रियतामा धावा बोल्छन | धनि र गरिब बीचको फासला अत्यन्तै ठुलो हुँदा सोझा साझा गरिब जनता निमोठिंन्छन र तिनलाई बलिको बोको बनाइन्छ | अतः स्याटलाइटजी ले समयमै केहि गरौ भन्ने संदेश दिएको बुझिन्छ | आज हजारेको उदाहरण छिमेकमा चलिरहदा हामि मौन छौ | भ्रस्टाचारले गाँजेको हाम्रो ठाउमा यो कुराले झन् ठुलो ठाउँ लिनु पर्छ, प्राथमिकताका साथ् अघि बढौ, अन्यथा पछी पछुताउनु ठिक होइन | होइन भने माथि रितु दुराजिले लेखे जस्तो “हामी नेपाली जे भन्छौ त्यो गर्दैनौ र जे गर्छौ त्यो भन्दैनौ” पूर्ण रुपमा लागू हुन्छ | अहिले हामि भनि रहेका मात्र छौ |

  31. नेपालमा अन्ना हजारेको स्थान हाम्रा आदरणीय दाज्यु हरु मदन कृष्ण श्रेष्ठ र हरि बंश आचार्य ले लिनु पर्छा! नेपालीले १०० प्रतिशत साथ् दिन्छन! यो तथ्य मह जोडीको ध्यणाआकर्शन् होस्!

    जय मातृभूमि !

    मार्कंडे

    • सुरु गर्नुष म पनि तपाई लाइ साथ देंचु .

  32. लेख त राम्रो छ तर के गर्नु हामी नेपाली जे भन्छौ त्यो गर्दैनौ र जे गर्छौ त्यो भन्दैनौ ।

  33. Yes finally Indian government pass the bill to tackle corruption immediately…..
    We also need same sort of law….in Nepal
    If constitution is possible (??), we have to add this Law as well….
    We need to find some body like ANNA Hazare in Nepal, who can attract the supports from Public……and pass such bill…..

  34. एकदमै समय सान्दर्भिक लेख छ सायद अझै दिलो भैसक्यो हामीहरुको लागि अब केहि गर्न सकेनौ भने हामीलाई हाम्रा सन्ततिले धिक्कार्ने छन् बीर गोर्खाली भन्ने केवल शब्दमा मात्र सिमित हुने छ…………… सबै जना जागौ देशमा उज्ज्यालो लिन को लागि र भाबी सन्ततिको उज्ज्योल भबिस्य सुनिस्चित गर्नु को लागि

  35. स्याटलाइट जी
    मुरि मुरि धन्यवाद ! सार्है समयसामयिक विषयवस्तुमा कलम चलाउनु भयो, सधैंझैं । नेपालमा अन्ना को आवश्यक धेरै अगाडी भएको भए पनि सफल आन्दोलन भएको छैन। भारतमा भईरहेको अहिंसक आन्दोलनले नेपालमा आन्दोलन जगाउछकि? रामेश्वर खनालको त्यागवाट पनि सवैलाई उर्जा मिलोस् । भारतका प्राय सवै सिक्ने हामीले अन्ना हजारेको आन्दोलनवाट चै केहि सिकेर नेपालका भ्रष्टचारिहरुलाइ जेलको वाटो वनाई दिने एउटा हजारेको चाडै मिलोस । त्यो नेपाली अन्ना हजारेलाई भारत परस्त भनेर ट्याग लागेलागोस वरु। सारा नेपाली जन्ता सरकार फेर्न दिल्ली धाउने बिल्लीहरुलाई जेल पठाउन अन्ना हजारे परस्त नेपालीलाई हैसेमा हसते मिलाउन आतुर छन्।
    मेरो शुभकामना । दिदा कसो होला ।

  36. अन्ना हजारेको भ्रस्टाचार बिरोधि अभियान नेपाली जनता को लागि पनि आबस्यक छ / घुस खाने र दिने दुवै लाई कडा सजाए दिने कानुन बनाउने पहल हरेक तप्का बाट हुनु जरुरि छ /

  37. यो लेख वर्तमान नेपाल र नेपालीको भलाईको लागि एकदमै सान्दर्भिक लाग्यो,अब हामी पनि एस्तो कामको लागि ढिला गर्नु भनेको पछुताउनु सिवाय केहि हैन त्यसैले अब भर्खर बाट यस्ता अभियानको लागि छलफल गर्नु अति जरुरी हुनेछ,मुख्य कुरा हाम्रा अलि बढी नै चुनौती हरु छन् र केहि समाधानका उपायहरु पनि यसप्रकार छन्,१. मुख्य कुरा त औटा प्रस्ट र देश तथा सबै जनताको मात्र हितमा हुने सर्वमान्य विचार (प्रस्ताव) बनाउनुपर्यो,२.त्यो प्रस्ताव हर हालतमा सम्झौता नगर्ने औटा फरक नेता चाहियो जो आफु पनि सफा बिचारको होस् ३.हामीलाई साथ दिने गतिलो मीडिया यहाँ हामीलाई एकदम जरुरी छ जुन सबैको पहुँचमा पुग्न सक्ने खालको होस् किनकि हाम्रोमा सबैजना वेबको बारेमा थाहा छैन ४.यो बिषयलाइ राष्ट्रिय मुद्धा बनाउन सक्नुपर्यो(हामीलाई माओबादी,कांग्रेस,एमाले,मधेसी,राजाबादी,युनिटी,ससस्त्र या निसस्त्र समुहसंग कसैसंग सरोकार छैन भन्ने कुरा सबैलाई थाहा दिनुपर्यो र साथ दिन आब्हान गर्नुपर्यो ) हामीले र संसारभर पनि जानकारी दिनुपर्यो ५.यसमा सिमित तत्वहरु फाइदा उठाउन नसक्ने गरेर रक्तपात बिहिन तरिकाले तयारी धैर्यताकासाथ गर्नुपर्यो ६.यस कामको लागि जस्तै poster,phamplating,FM,वेब र अरु माध्यम प्रयोग गर्नको लागि आवस्यक आर्थिक,बैचारिक,सामाजिक,भौतिक,तथा अन्य जे जस्ता कुरा आवस्यक पर्छन् त्यसको लागि अपिल गर्ने ७. यी र यस्ता धेरै कुराको छलफल गरि हामी पनि गर्न सक्छौ भन्नि भावनाका साथ यस्ता राष्ट्रिय हितका कुरामा अघि बढौ साथी हो ,अनि मात्र हामी गर्व गर्न सक्छौ हामी परिवर्तन गर्न सक्ने खालको २१ औ सताब्दिका सच्चा नेपाली नागरिक हौ भनेर,,,,जय जय जय समुन्नत नेपाल मात्र नेपाल

  38. राम्रो उदाहरण, अब तपाई आगाडी लाग्नुस् हामी तपाई को साथ मा छौ. सिर्फ एउटा सहशी को खाँचो छ.

  39. नेपालको हरेक प्रसासनिक क्षेत्रमा कर्मचारीहरुको पैसा प्रतिको आसक्ति देख्दा मनमा बिद्रोह को ज्वाला उठ्छ | सोझो तरिकाले काम गरि खाने जमाना नै रहेन जस्तो लाग्छ | एस मुलुकमा पैसा कमाउने नसक्ने र इमान्दार मान्छेलाई मुर्खको उपमा दिइन्छ | जबसम्म हामी नेपालीहरुको दिमागमा यी र एस्त सोछारुले डेरा जमाउच्चा तबसम्म यो मुलुकबाट भ्रस्टाचार उन्मुलन हुन सक्दैन| एउटा सोच छाया पर्न सक्छ, एउटा आवाज बिलिन भएर जानसक्छ जबसम्म सबैबाट समर्थन प्राप्त हुन्न|

  40. हाम्रा नागरिक समाज का मान्छे भनौदाहरु ले हजारी बाट सिक्ने हो कि ?

    • खगेन्द्र संग्रौला जस्ता राजनीतिक पार्टी को चम्चा मान्छेहरु नागरिक समाजमा भएपछी के को बन्न सक्थे अन्ना …..

  41. मनको कुरा लेख्नु भयो / तर हामी नेपालीहरु दलहरु को चंगुल मा एती फसिसकेका छौ कि हामी काँग्रेस, एमाले, र माओबादी ले जे चाह्यो तेही गर्दा पनि केहि गर्न सक्दैनौ, दलहरु ले ब्यापारीहरु संग मिलेर जति महंगी र भ्रस्टचार गरे पनि आखा बन्द गरेर सहन्छौ / आफ्नो गाउ को बाटो पिच गर्दा ठेकेदार ले निम्न गुणस्तर को समान प्रयोग गरि १ महिना मा पिच भत्कने गरि बाटो बनाउदा पनि दल हरु का प्रतिनिधि हरु चुप लागेर बस्छन l उपभोक्ता मंच नेपाल ले महंगी बिरुद्द कार्यक्रम गर्दा ओठ लेप्राएर हिड्छौ किन भने त्यो कार्यक्रम मा मुस्किल ले १५० जना सहभागी हुन्छन / भ्रस्टचार को जालो एती मजबुत छ कि तेस मा आहिलेका राजनीतिकर्मी, कर्मचारी, प्रहरी, सेना, पत्रकार (केहि अपबाद) कोहि पनि चोखा छैनन् /

  42. के हामी संबिधान समयमा बनाऊ भनेर संबिधान सभा घेरेर, जब सम्म संबिधान जारी हुदैन तब सम्म नेताहरुलाई बाहिर निस्कन नदिएर राख्न सक्छौ?

  43. मेरो जोरदार समर्थन छ. सत्य येही हो. यो देशको मालिक नेपाली हुन् rajnitik पार्टी मात्र देश banai dinchhu bhanne ठेकेदार मात्र हुन्. हामीले मालिक huna जान्ने बेला हो यो. मालिक नै ठेकेदारko kulli बने पछी येस्तई hunchha. साथी हो जागौं, अझै अबेर भा छैन!!

  44. स्याटेलाइट जीको वास्तविक तर मार्मिक अभिव्यक्तिले निश्चय नै गम्भीर समस्यालाई उजागर गरेको छ।नेपालका भ्रष्ट नेता-प्रशासक-उद्योगपति-व्यापारी-सेना-प्रहरी-अड्डा-अदालतबाट पीडित सर्वसाधारण नेपाली जनताले मुक्ति पाउँने हो भने कसैले ‘झिल्को’ बन्ने आँट गर्नुपर्यो;डढेलो आँफै लाग्छ।अनि यी बूढा छिचिमिराहरु भष्म हुन्छन्।ट्युनिशिया हुँदै भारत छिरेको यो शुद्धीकरणको हावा नेपालभित्र पनि छिरी सकेको छ।तर कोही ‘ अन्ना हजारे’ कोही ‘मोहमद बौउजिजी’ जन्मिन सके भने लाखौं नेपाली पछि लाग्न तयार छन्; हामीलाई नेता चाहियो-म भोक हडतालमा बस्न तयार छु।

  45. नेपालका पनि एस्तो किसिमको कानुन लागु गर्ने पो हो कि? त कि देश मा कहिँ होस् ///

  46. भ्रष्ट नेताहरु

    हाम्रा नेताहरु भ्रष्ट, पदलोपुप, शत्तामुखी र स्वार्थीको पराकाष्टा नाघेका छन् भन्ने सन्देश गाउँ गाउँ शहर शहर पुग्नु पर्यो। यस्तो हुन सकेमा अब हुने चुनावमा वर्तमानका दोहरो चरित्रका नेताहरु होइन देशभक्त र जनताका सच्चा सेवकहरु निर्वाचित भएर आउने छन, नेपाल र नेपालीको मुख उज्यालो पार्न।

    बी अधिकारी

  47. दृढ आत्मविश्वास र अशिम धैर्य राखेर सुरु गर्ने हो भने असफल हुने कुरा नै छैन | मात्र २/४ जना साच्चिकै अरुवाहरुको आबश्यकता छ | यी राजनैतिक ब्वाँसाहरु नै सबै समस्याका जरा हुन् | यो निर्बिबाद छ | बाहिर बाहिर संबिधान सभाको म्याद थप्नु हुँदैन भन्छन भाषण गर्दा, भित्र भित्र फेरी म्याद थप्न गृहकार्य गर्दै छन् | हिजोको कान्तिपुरको बिजयकुमारको लेख त पढ्नु नै भयो होला | नया नेपाल बनाउने ठेक्का पाएका प्रचण्डको मात्र होइन, यी सबै राजनैतिक ब्वाँसाहरुको सोचाई, बोलाई र गराईमा आकाश-धर्तिको फरक छ | सोच्छन एउटा, बोल्छन अर्को, अनि सोचेको र बोलेको भन्दा फरक गर्छन | त्यसैले यी ब्वाँसाहरुलाई नै पहिले पाता फर्काउनु पर्छ | यी ब्वाँसाहरुको त मलाई अनुहार हेरियो भने पनि अगति परिन्छ भन्ने लाग्छ | धिक्कार छ तिमीहरुलाई ! त्यसैले अन्नाको अभियान लाई हामीले पनि नेपालमा सुरु गर्नु अत्यन्त जरुरि भईसकेको छ |

    • “अगुवाहरुको” हुनु पर्नेमा अन्यथा भएछ |

    • स्वर्गीय कृष्ण प्रसाद भट्टराईले भन्नु भएको यो कुरा मलाई अति सान्दर्भिक र सत्य लाग्यो: ” Politicians are like women in bikini. What they reveal is tempting, but what they hide is vital”.

      साभार: हिजोको कान्तिपुरको बिजय कुमारको लेख |

Comments are closed.