च्याँखुरीलाई रेगिस्तानी चिठी

प्रिय च्याँखु,
माया र सम्झना !

यो रेगिस्तानमा म र मसँगै झण्डै चार लाख नेपाली आरामै छौँ। आशा छ, त्यहाँ पनि तिमीलगायत सम्पूर्ण नेपाली आरामै छौ होला। श्री रेमिट्न्सज्युको खेती गर्ने किसानहरुका कृपाले सबैको कल्याण होस् भनी कामना गर्दछु।

तिमीले रेडियोमा सुनेका र पत्रपत्रिकामा पढेका घटना झुठा हुन्। तिम्रो भ्रुण नै नबसेको बच्चा र मेरी स्वर्गवासी आमाको कसम ! झुठो लेखेको भए दुवैको सत्यनास होस्। यो रेगिस्तानमा कोही पनि मर्दैन।

पानीमा डुबेर, सडकमा कुदेर, दुई गाडी जुधेर, सुतेको सुत्यै भएर, विजुली लागेर, जमिनबाट माथि हेर्दा टोपी खस्ने टावरबाट खसेर, शारिरिक र मानसिक पीडा सहन नसकी आत्महत्या गरेर (विशेषगरी छोरी मान्छेले, एकाध छोरा मान्छेले), ठूला र गह्रुँगा सामानले थिचिएर आदि कारणले बाहेक कोही नेपाली मरेकै छैनन्। विश्वास गर।


हामीलाई त मोज छ मोज। कतिसम्म मोज छ भने आजका मितिसम्म हामी कसैका शरिरबाट रगतको त के कुरा, पसिनासम्म झरेको छैन। यो बेग्लै कुरा हो लाटी कि रगत र पसिनाले लगाएका लुगा निथ्रुक्क भिजेर शरीरमै सुक्छन्।

यहाँ त पैसा बोटमा फल्छ। पैसाको बोटमा टुप्पाटुप्पाबाट तेल झरिरहन्छ र बोट हाँगा खुर्केर गाडिएको हरियो बाँस जस्तो भएकाले टिप्न कति सजिलो छ भने सिस्नु टिपे जत्तिकै। अझ यसरी भन्छु– यहाँ पैसा टिप्न तिमीले सासुका जुम्रा टिपे जति सजिलो छ।

रेगिस्तान देखेकी छौ? परार साल कोशीले बगाएको लौकी र पश्चिमकुशाहामा देखिने बालुवाको मैदान जस्तै आँखाले नभ्याइन्जेलको हुन्छ। यहाँ त्यस्तो रेगिस्तानमा धरोधर्म हामीले टेक्नु पनि पर्दैन। हामीले यो रेगिस्तानमा भेडा, बाख्रा, ऊँट, खच्चड आदि चराउनु पनि पर्दैन। तिनीहरु आफै चर्छन्। यहाँका उजाड स्थललाई फूलैफूलको बगैँचा पनि बनाउनु पर्दैन हामीले। खाली रोपीदिए, गोडीदिए, पानी हालीदिए पुग्छ।

यहाँ त भेडेटार र पोखराकै जस्तो एकनासको मौसम छ। न जाडो न गर्मी। तेसो त गर्मीमा पचास/साठी डिग्रीमाथिको तापक्रम हुनु र पैसा टिप्दा टिप्दै (काम गर्दागर्दै) बेहोस हुनु त सामान्य नै हो नि।

भर्खरै चौध जना यात्रु सहित मकवानपुरमा खसेको अग्नी एयरको जहाज जस्तै यहाँ उड्दाउड्दैका चरा खस्छन् र पनि यसलाई तिमीले गर्मी रहेछ नभन्नु। नेपालका हवाईजहाजमा बाज ठोक्किए जस्तै यहाँका चरा हावामा ठोक्किएर झरेका हुन्। धरोधर्म सातवटा घामका कारण हुँदै होइन।

मैले ‘मोजमस्ती’ गरेर उब्रेको रकम महिना बितेसी पठाएकै छु। तिमीले पनि त्यो पैसाले मोजमस्ती गर्नु। छोराछोरी नभएकाले तिनको नाममा खर्च गर्ने कुरो भएन। कहिले मेरी सासुका नाममा त कहिले तिम्री सासुका नाममा खर्च गर्नु। अनि कहिले मेरा ससुराका नाममा त कहिले तिम्रा ससुराका नाममा खर्च गर्नु। हप्ताभरिका बजार नछुटाउनु। ‘किनुँ’ लागेका लत्ताकपडा, सरसामान किनिहाल्नु। पोइले कमाएको जोइले खर्च गर्ने रिती नै हो च्याँखु !

तिमीले यहाँको पीर लिनु पर्दैन। यहाँ त मलाई मात्र हैन कसैलाई पनि पीर/पीडा, दुःख/कष्ट, निराशा/उदासी आदि शब्दको अर्थ थाहा छैन र अर्थ लाउनु पर्ने स्थिति पनि आउँदैन।

हेर, यहाँ बसुञ्जेल हामी कसैलाई पनि स्वास्नीसँगको न्यानोपनको जरुरत कहिलै भएन र हुँदैन पनि। बाह्रै महिना एयर कण्डिशनले चिसो र न्यानो दुवै दिन्छ। तिम्रा र अन्य लाखौँ नेपालीका सन्तान स्नागृहमा बगेका छन्। च्याँखु ! तिमीलाई पढ्दा अप्ठ्यारो लाग्ला तर यो सत्य हो।

तिमीले बरु ढिलो हेर्न पाउँछ्यौ होला तर हामीले त नयाँनयाँ नेपाली चलचित्र नेपालमा चलेको केही दिनमै हेर्न पाउँछौँ। कुनैकुनै चलचित्र त चल्नुअघि नै आइपुग्छन्। कसले ल्याउँदो हो? ककसले ती बेचेर कति कमाउँदा हुन्? त्यसको असली हकदारले के कति पाउँदो हो? थाहा छैन। यस्तै हाल छ यहाँ नेपाली गीतसंगीतको पनि। कुनै पसलमा मोवाइल बोकेको देख्यो भने अरु नै कुनै भाषा बोल्नेले भाँचिएको नेपाली भाषामा ‘नेपाली गीत हाल्ने?’ भनेर सोध्छ। केहीले हालीमाग्छन्। १ जिबीको एउटा ‘सम्झना कार्ड’ भरेको नेपाली चार सय लिन्छन्। तिनले श्रष्टालाई कति देलान्? तिमी नै अनुमान लगाऊ।

त्यसो त अचेल यहाँकै साथीभाइका मोवाइलमा फोन गर्दा नेपाली गीत सुन्न पाइन्छ। तिनले कोसँग, कहाँ र कसरी सम्झौता गरेर नेपाली गीत हालेका होलान्? थाहा छैन। यहाँ नेपाली चलचित्र र नेपाली गीतसंगीतको स्वदेशकै जस्तो कन्तविजोक छ। त्यही भएर गीत लेख्न पनि मन मरेर आएको छ च्याँखु !

तर एउटा आशा लाग्दो कुरो के छ भने यहाँ झण्डै हजारौँको संख्यामा नेपाली ब्यापारीहरु छन्। तर ती निजी कम्पनिमा मालिक र कामदार तिनै एकजना मात्र हुन्। तिनको कम्पनी विहिबार वेलुका र शुक्रबार दिनभरि मात्र खुल्छ। तर हप्ता दिनलाई पुग्नेगरी बिक्री हुन्छ भन्दा तिमीलाई अनौठो लाग्ला। नलागोस् पनि कसरी? नेपालमा आन्दोलनका बेला बिसौँ दिन बन्द हुने र मरेर दश दिन पसल खोल्दा पनि दुई दिनलाई नपुग्ने देखेकी तिमीलाई यस्तो लाग्नु स्वभाविक हो।

तिनका छोटे कम्पनीमा देशीविदेशी निलादेखि सादा चलचित्रका सिडि, नेपाली गुट्खा, खुकुरी चुरोट, विभिन्न ब्राण्डका खैनी पाइन्छन्। त्यसो त केही ब्यापारीहरुले डाइस खेलाएर ‘स्वस्थ मनोरञ्जन’ दिएका छन्। तर यी सबै कम्पनीहरु गैरकानुनी हुन्। तिनको सम्बन्ध सिधै जेलसँग हुन्छ।

अन्य कुरा अरु कुनै पत्रमा लेखौँला। तिमीले पनि नेपालको खबर लेखेर पठाउनु। आजलाई यतिमै कलमको मुख बन्द गर्दछु।

रेगिस्तानबाट,

तिम्रो चर्चित ढुंगेल

65 Comments

  1. विदेशमा बस्ने सबै नेपाली हरु को वास्तविक कथा हो. चाहे त्यो साउदी ,कतार होस् या अमेरिका , अस्ट्रेलिया. तर नेपाल मा इमान्दारिता पूर्बक बस्ने लाइ पनि सजिलो छैन.
    देश बाट पिडित हुने हरु जहाँ गए पनि पिडित नै हुन्छन.

  2. यथार्थ पूर्ण रचना , जुन हजारौ हैन लाखौ नेपाली को कहानी ओकलेको छ

  3. सार्है मार्मिक लेख लेख्नु भयो चर्चित जि ले ।
    साथीहरुको कमेन्ट पनि उस्तै मार्मिक छ मन छुने ।
    जहाँ गए पनि संघर्स गर्नु पर्ने आफ्नो कर्म सँगइ लानु परे पछी बरु अब नेपालमै संघर्श गर्ने दर्हो सोच लिएर फर्कनुस् छिट्टै नै ।
    जुन मेहेनत संघर्श बिदेशमा गरिन्छ त्यै मेहेनत संघर्स स्बदेशमा हुनु पर्छ अब ! अनि बल्ल यहाँ क्यै हुन्छ हुन्छ !

  4. चर्चितजी, हजुरको यो लेख सच्चिकै मर्मस्पर्शी छ । विदेशीएका नेपाली दाजुभाइहरूको वास्तविक दिन चर्या यसरी बिती रहेको छ । हजुरलाई धेरै-धेरै धन्यवाद्… आगामी दिनहरुमा पनी यस्तै-यस्तै लेखहरुको अपेक्षा गर्दछु …

  5. अब नेपाल पहिले जस्तो रहेन । जुनसुकै कृषि उपज सजिलै सजिलै बेच्न सकिन्छ । अज गाई पल्ने हो भने त डेरिहरुले नै रिण दिने , पशुबिमा गर्ने देखि दुध खरिद गर्ने सम्म सबै कुरा गरिदिन्छ । 1 गाई बाट मासिक रु8000. सजिलै बचत गर्न सकिन्छ र 1 जनाले 5वटा गाई सजिलै पाल्न सक्छ । यसो गर्न सके मजाले गोरस पियर हर रात च्याँखुरिलाई अंगालोमा कसेर तिता मिठा गफ गरेर बिताउन पाईन्छ । नेपालिले अब सोचने तरिकामा पनि परिर्बतन गर्न अति आबसेक छ । त्यो के भने पढाई सकेपछि वा उमेर पुगेपछि जागिर कस्ले देला भनि सोचाई राख्नु भन्दा आफ्नै काम कुन गर्दा ठिक होला भनि सोच्न सुरु गन थाल्नु पर्दछ ।

  6. हाम्रा देशका नेताहरुको मगजमा देश प्रेम भएको भय आज नेपालीका छोरा बिदेशमा गएर ज्यानको बाजी लगाएर पसिना बगाउनु पर्ने थिएन , हाम्रो स्वर्ग जस्तो देश आज नरक हुने थियन | सिमित वर्गको मोज छ , कर्मचारीको दिनहु भोज छ , नेपाली लाई सोक छ | येस्तई छ मेरो देश नेपाल के गर्नु हजुर आखिर जसरि पनि बच्नु र बचाउनु छ परिवार |

  7. पढ्दा पढ्दै मनमा गाठो पर्यो घांटी मा के हो के हो अफ्ठेरो भयो… तर पढ्दै जादा …हेर, यहाँ बसुञ्जेल हामी कसैलाई पनि स्वास्नीसँगको न्यानोपनको जरुरत कहिलै भएन र हुँदैन पनि। बाह्रै महिना एयर कण्डिशनले चिसो र न्यानो दुवै दिन्छ। तिम्रा र अन्य लाखौँ नेपालीका सन्तान स्नागृहमा बगेका छन्। च्याँखु ! तिमीलाई पढ्दा अप्ठ्यारो लाग्ला तर यो सत्य हो… मा आँखा पुग्यो रसिलो आँखा लिएर पनि खित्का छोडेर हासो छुट्यो,…. बडो मार्मिक लेख छ, @ पुष्प जी को जवाब पनि अति मार्मिक र समय सापेक्ष छ, चित्त बुझ्दो छ ।

  8. really heart touching letter, appreciate ur writing skills n thx for truth of Rejisthan (Middle East)

  9. Dhungel ji, very impressive letter. Impressive Nepali literature. I think this letter is written in funny style with deep dark reality.
    If some body has not visited/worked in Arabic world, they feel funny (after reading this letter) and cannot feel the depth of pain inside of our Nepalese brothers and sisters who is working there….
    I say ….our brothers/sisters who are working …outdoor or say work place on direct sunlight…..i feel blue…….little fast our tarai brothers acclimatized with hot, but for pahadi brothers……. Don’t ask me…….i find them.. “emotionless face”….because of hard jobs……. I don’t say Nepalese are straight only, but you can find cunning as well… so cunning, I have not seen in Nepal as well…..
    Heat stress is common thing in Middle East and loss of consciousness due to heat stress….. is also very common….Yes! some people dies with heat stroke as well…
    Some time I feel why they came to this country…..and sometime I feel,..if not… what they will do in Nepal…at least earning some money and learning technical works…..
    Very sad…..

  10. यथार्थ र व्यंग्यको मिठो मिश्रण सहितको यो पत्र राम्रो लाग्यो . त्यहाका वास्तविक कथाहरु लेखिरहनु होला .

  11. मर्मस्पर्शी लेखको लागि धन्यवाद् । यो वास्तविक कथा हो रोजीरोटीको लागि विदेशीएका नेपाली दाजुभाइहरूको ।
    यो लेखले केही त्यस्ता प्रवृतिहरूप्रति बडो मार्मिक रूपमा छेड हानेको छ ।

  12. वास्तविकता!
    लेक्नु भयो मलाई पनि सारै मन पर्यो!!बधाई छ चर्चित जी

  13. good job ……you have revealed the reality of most Nepalese who have been facing in overseas….anyway god bless you..all is well

  14. हामी नेपाली को दुर भायगा नै हों नि बिदेशी दलाल नेपाली मन्त्रि नेता हरु दलाल को हात मा अनि हाम्रो मजबुरी नै हो नि बिदेसिनु फेरी यस्तो दुख गरि कमाई गरको पैसा मा
    ६०१ कुकुर हरु को रजाई हुदा त …………………….दिउ जस्तो लाग्छ नि के गर्नु

  15. चर्चित जी तपाईले बास्तपमै चर्चा गर्न लायक चिठी लेख्नु भएको छ!चिठीको दोस्रो भाग पनि लिएर आउने प्रयास गर्नु होला!

  16. धरोधर्म कमस यो लेख पढ्दा र प्रस्तुति हेर्दा आखाबाट आशु नै आउने खालको छ । अझै लेख्नु साथी यस्तो प्रतिभा भएको मान्छे सधै लेख्नु पर्छ ।

  17. जिन्दगानी दर्पण छाया भनेकै यहि हो चर्चित (च्याखुरिको ……..)

  18. परबासीहरु को मन छुने गरि प्रस्तुत गर्नु भयको रहेछ हजुर लाई धेरै धेरै धन्यबाद चर्चित ढुंगेल जी लाई ||

  19. यस्तो दू:खले पठाएको पैसाबाट ( Remittance ) घुस्या नेताहरुले kathmandu मा मोज गरेको देख्दा काम-साम छोडेर नेपाल आई यिनीहरुको गर्धनमा खुकुरी हान्न रगत तातेर आउछ !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

    • तिमीले पठाएको रेमिट्यान्स कि तिम्रो बुढीले मोज गर्छ, कि उसको नाथोले, कि तिम्रो छोराछोरीले कि तिम्रो आमा/बुबाले। कसरी घुस्या नेताले काठमाडौँमा मोज गर्‍यो हँ ? कि कुनै पार्टीको सदस्य हौ र लेभी तिर्ने गरेका छौ ? त्यो नभई तिमीले पठाएको पैसा घुस्या नेताले कसरी पाउँछ ? अलि मिल्ने कुरा गर न।

  20. चाहे कामको सिलसिलामा बिदेस जानुस चाहे नेपालमै बसेर काम गर्नुस दुवै स्थितिमा दुख कम कहाँ छ र? आ आफ्ना ठाउँका आ आफ्नै दुख छन्| देसले प्रगति गरेको भए पो देसबासिले प्रगति गर्थे त्यो नभएको स्थितिमा सबैलाई दुख छ केहि पैसावालाहरुको अलावा| दुख गर्न पछाडी पर्ने कहाँ हो र नेपालीको जात? दुख गर्दा गर्दै पनि सुख भबिस्यको लागि घामको झुल्का समेत नदेखिनु पो हाम्रो समस्या हो त!

  21. जे पाए तेही
    काम नपाका हरु धरै भए पछि देस को के विकास हुन्थतो र. येस्तई जेपाहे तेही मा समय बर्बाद पर्चन

    • बुदो बिदेसमा पात सरि पैसा टिप्ने. बुडी घरबासी पातसरी उदाउने अनि साइडमा सेक्रेट मस्ती . तोता कल्चर नै भैसक्योनी बिदेस बुदो हुने हरुको

  22. रेगीस्थान बा अनेत्र यत्र तत्र जहाँ जता भएपनि बास्तबिकता लुकाएर लुक्ने हैन | घर खेत बन्धकी राखी कमाउन गएका सम्पुर्ण नेपाली हरुको सत्य तथ्य सही रुपमा उतारी सबै लाइ मर्माहत पर्न सफल हुनु भएकोमा बधाई | चर्चित्जी तपैका कथा र व्यथा जस्तै च्याखु को पनि त तेस्तै हाल होला नि उनले मात्र के मोजमजा मस्ती गर्नु त ? ,दुइ चार जना त तेता उता यता तेस्तै होलान भन्न सकिन्न समग्रमा तपाइको चोट कथा समय सपक्ष छ | प्रचण्ड गर्मीले पनि तपाइको दिमाग ठण्डा राखोस यहि शुभ कामना |

  23. एउटा एउटा पिर सबैलाई मेरो जस्तो छैन कसैलाई ,भन्थ्ये ,दुख तेती बेला लाग्छ जति बेला आफ्नो दुख को कथा पढेर आर्को ले वा वा वा वा……… भनेर कमेन्ट गर्छ ,सबै बिदेसमा बस्नेहरु को पिडाहरु लगभग उस्तै छ /

  24. मार्मिक प्रस्तुति

    जबसम्म स्वार्थी नेताहरुले आफ्नो तुछ्य स्वार्थ त्यागेर देशको विकास गर्देन तबसम्म नेपालीहरुले विदेशी भूमिमा भोग्नु पर्ने पिडाको सिलसिला चलिनै रहन्छ।

    तपाँईको यो आलेषलाई समाचार भनौ, निबन्ध भनौ वा कथा भनौ, म अल्मलिएको छु। तर यसले साहित्यको रुप भने लिएको संकेत गर्छ। प्रस्तुतिमा नौलोपना देखिन्छ र मार्मिक पनि उत्तिकै छ। समग्रमा तपाँईको यो आलेषमा नेपाल बोल्छ र पीडा पनि जाहेर गर्छ। यो आलेषले ‘मुनामदन’ को स्मरण समेत गराउँछ।

    बी अधिकारी

  25. जिन्दगी यथार्थमा जे होस तर विचार र कर्ममा सुन्दर हुनुपर्छ । शायद चर्चित जि ब्यङ्यत्मक बनेरै भएपनी त्यही उजागर गर्न खोज्दै हुनुहुन्छ.
    हामी दिनहु रेगिस्तानका त्रासदिपूर्ण खबर लेख्छौ , रेडियो टि. भी बाट पढ्छौ र बैदेसिक रोजगार प्रती सजग रहन आग्रह पनि गर्छौ र पनि न असुरक्षित खाडी यात्रा रोकिएको छ , न खाडी मुलुकमा पुग्नेहरुको दुरवस्था ( सबैको होइन तर अधिकांसको ) हटेको छ । आजपनी अन्त्ररस्ट्रिय बिमान्स्थलमा प्रत्यक दिन औसत एक दुई जना परीश्रमी नेपाली( परीस्रमि यो अर्थमा कि सबै श्रम बेच्नै गएक छन )को पार्थिब शरीर भित्रिरहेकै छ । र पनि यि सब यथार्थहरु भुल्दै उतैतिर होम्मिरहेका छौ र प्रत्येक बस्तिहरुमा यसै गरी च्याखुरिहरु आफ्नो सिन्दुर र सौभाग्य सँग सौदा गर्दै सम्पन्नताको सुन्दर कल्पनामा बाचिरहेका छन लाग्छ ति मध्य अधिकांसले यस्तै पत्र लेख्दाहुन आफ्ना प्रियाजनलाई

  26. चर्चित ले च्याखुरी लाई लेखे जस्तै मैले पनि मेरो नक्कली लाइ एस्तो चिट्ठी लेख्यो भने त मेरो नक्कली रुन्छे होला.. तई पनि म मेरी नक्कली लाई म राजिस्तरी गरेर चिट्ठी लेख्छु आहिले नै ….. चर्चित कीप इट उप है आब आर्को चिठी कहिले लेख्ने नि? छिटो लेख है

  27. मलाई चै पुष्प जी को उत्तर saari गजब लगायो ………..

  28. खाडीमा रहने नेपाली हरुको तितो यथार्थलाइ जस्ताको तस्तै उतार्नु भएको छ ढुङ्गेल जी । यो लेख पढेर बुझ्ने जो कोहि को पनि मन एकपटक नराम्ररी कुडिन्छ । तर दुख लाग्दो कुरा नेपाली युवा हरुको सिप र पसिनालाई बिदेशमा सुन्यको मुल्यमा बेच्नु परेको पीडालाई राज्यले कहिले पनि चासो को बिषय ठानेन । न त आफ्नो कुनै कर्तब्य नै ठान्यो । साचिकै अझै पनि आम नेपाली युवाहरुको मनमा बिदेशमा पैसा फल्छ जस्तै गरेर दिन प्रति दिन विदेशिने को जमात ठुलै छ यो नेपाली हरुको लागि दुखको कुरा हो । तर के गर्नु बचनको लागि त काम गर्ने पर्यो ।

  29. के हामी नेपाली येस्तै भएर बच्ने प्राणी हो र ? हरे शिव शिव !!

  30. राम्रो छ, तिखो ब्यङ्ग का साथ मन का बह पोख्नु भाको छ.

  31. आत्माबिस्वास सबैभन्दा ठुलो सम्पती हो हामी नेपाली बिस्वासको भर्मनै बिस्वस्लाई जोगाईराखना सफल छौ हाम्रो संस्कार संस्क्रीती परम्परालाई सबैतीरबाता प्रहार्भाएको हुँदा जोगौनुना सबै नेपाली को काम कर्तब्य आदीकार्पनिहो नमस्कार.

  32. मलाई यो लेख पढ्दा आँखाबाट आँसु आयो . सारै मार्मिक र यथार्थ परक लेख हो यो. विदेशमा बस्नेहरु तपाइको लेखमा जस्तै मोजमा छौ है सबै .प्राकिर्तिक सम्पदामा हामी नेपाली जति धनि भएपनि देशको अस्थिरताले गर्दा बिदेसिना वाद्य छौ के गर्नु सतिले सरापेर हो कि के हो ………..मैले सतिले भेट्न पाए पाउ परि सराप फिर्ता गर्न लगाउथे . हे देशका जवानहरु किन अत्याचार सहेर बसी राख्नु भएको उठनु देशमा परिबर्तन को खाचो छ हामीलाई नया नेपाल होइन पुरानो तर सान्ति, सु-ब्यबस्ता तथा अमन, चैन, खुसि र संतोष मात्र भए पुग्छ. देशका भ्रस्ट नेताहरुलाई जुत्ताको माला लगाउने दिन आइसक्यो जेष्ठ १४ सबै नेपालीहरु मिलि यी ६०१ भनौदा जुकाहरुलाई नाङ्गो परि देश निकाला गर्नु पर्छ. अनि तिनीहरुको जहाँ जहाँ सम्पति छ त्यो सरकारी करण गरि ३ वर्ष सम्म खाएको भत्ता जो नेपालीहरुको रगत पसिनाको कमाई हो त्यो असुल गर्नु पर्छ. हे पशुपति नाथ मेरो देश बचाई दिनुहोस म हजुरको पाउमा शास्टाँग प्रणाम गर्दछु.

    जय नेपाल………….
    जय नेपाली……………

    • रक्षा जी को लेख मा तर्क छ तपाई को तर्क को कदर गर्नु पर्छ मोर नेता हरु मोज गर्छन हामी चै मरभुमिमा बस्नु पर्छ क गर्ने आफ्नो आफ्नो भाग्य हो अब त भाग्य मा भर पर्नु पर्छ ///
      मेरो हजुरआमा ले भन्नु हुन्थियो भाग्य छैन भने जहाँ गया पनि केहि हुदेइना भाग्य छ भने डाका हरु पनि प्रधान पन्च (पहिले को हाकिम ) अहिले सम्झन छु भन्या
      हेर्नुस त तो डाका लामा मन्त्रि डाका हरु मन्त्रि हुने देस मा हामी बिदेस काम गर्न आनुता परोनी चाहे जति पढे लेखे पनि
      अब हाम्रो सकली CERTIFICATE परो नकली भाको भय त मन्त्रि भइने रहे छ नि
      होइन त ??

      घनश्याम घिमिरे
      बराहक्षेत्र धाम

  33. चर्चित जी तपाई आफ्नो कलम चलाउन नछाड्नु होला? तपाइको लेखाइ मा सारै मिठास छ/ आशा गरु अर्को लेख छिटै पढ्न पाहियोस/
    सत्य कुरा लाइ व्यंग्यात्मक शैलीमा प्रस्तुत गर्नु भएको सारै राम्रो लग्यो अनि दिल छोयो/
    नेपाल मा बस्ने लाइ विदेश मा त पैसा रुख मा नै फल्छ जस्तो लाग्छ हैन त?

  34. आफ्नो त च्याखुरी पनि छैन ……. के पो गर्ने हो …. तर भबिस्य मा कुनै च्याखुरी आए भने चै यो चिती सारै काम लाग्ने रैछ ……. मा सम्हालेर राख्ने…. छु…

  35. धेरै राम्रो लेख रैछा मलाई मन पर्यो कीनभने मा पनि खाडी मा काम गर्छु मलाई मेरै कथा जस्तो लाग्यो तर मेरो बिहा भको छैन तेसैले मलाई स्वास्नी को कुनै पीर छैन
    धन्यवाद
    हामी संग फेरी CNN HERO 2011 चूने अबसर आयको छ क्रीपया तलको लिंक चेकक गरि CNN शीफरिश गर्नुहोला
    http://www.sandukruit.org/
    http://www.facebook.com/sandukruit?sk=wall#!/sandukruit
    धन्यवाद

  36. वास्तविकतालाई रमाईलोसंग प्रस्तुत गर्नु भयो | त्यसको लागि मेरो धेरै धन्यबाद छ | यसको साथमा मलाई एउटा कुरा पनि भन्न मन लाग्यो | हाम्रा नेपाली युवा बिदेशी भूमिमा दासको जीवन बिताउन मात्र जन्मेका होइनन | हो हाम्रो देशको परिस्थिति त्यस्तै छ, कामका अबसरहरु निकै कम छन, यूवाहरु बेरोजगार छन् | धेरै यूवा साथीहरुले अनुभब गरि नै सक्नु भयो विदेशको जीवन | उहाँहरुको अनुभवलाई राम्रोसंग मनन गरेर मात्र हामीले विदेश जाने सोच बनाउँदा ठिक हुन्छ भन्ने मेरो भनाई हो | पहिलो कुरा यूवाहरुले आफुलाई कमसेकम कुनै एक क्षेत्रको ज्ञान र शीपमा कुशल बनाउनु अत्यन्त जरुरि छ | यो हुन सकेमा बिदेशमा गए पनि त्यति धेरै दुख पाउनु पर्ने हुँदैन | त्यसै गरि दलाल र रोजगारदाताले ठग्न गाह्रो नै हुन्छ | कुनै ज्ञान र शिप बिना नै भेंडा बाख्राको बथान झैं हामी बिदेशियौं भने हाम्रो भागमा दुख बाहेक अरु केहि आईलाग्दैन |

    त्यसैले त्यसै हुर्तुराएर दलालको अगाडी त्वंशरणम गरेर विदेश लाग्ने हो भने हाम्रो अबस्था कहिले पनि राम्रो हुँदैन | यूवा बर्गले राम्रो संग सोच्नुस !

    • त्यो बिदेशी भूमिमा गरिने मेहनत आफ्नो मातृभूमिमा गर्ने हो भने यहाँको माटोमा सुन र हिरा फल्छ | यो कुरालाई हामीले फगत उपदेशको रुपमा मात्र कदापि हेर्नु हुँदैन | एउटा सानो उदाहरण: एउटा कस्तुरी मृगले कस्तुरीको बास्ना थाहा पायो, तर त्यो बास्ना कता बाट आयो भनेर उसले पत्ता लगाउन सकेन | कस्तुरीको बास्ना उसको अति नै प्रिय कुरा हो | त्यसैले उ पुरै जंगल घुम्यो त्यो कता बाट आएको हो भनेर खोज्न | धेरै दिन बिते, उ थाकेर लखतरान भयो , तर त्यो श्रोत पत्ता लगाउन सकेन | असाध्य थाकेर एक छिन रुखको छायाँमा आफ्नो पेटमा टाउको अड्याएर आराम गर्यो | त्यसो गर्दा त्यो कस्तुरीको बास्ना झन् गाढा उसले अनुभब गर्यो | यसो टाउको उठाएर हेर्यो र उसले थाहा पायो कि त्यो बास्ना त उसको आफ्नै नाभी बाट पो आएको रहेछ | त्यसपछि उ अति नै आनन्दित भयो र फर्कियो |

      हामी आफुसंग भएको कुराको महत्व हामीले बुझेका हुँदैनौं | जब त्यो कुरा हाम्रो हातबाट बाहिर जान्छ, तब त्यसको महत्व हामीलाई थाहा लाग्छ | यो मानिसको स्वभाब हो | त्यसै “जननी जन्म भूमिष्च स्वर्गदपी गरिएसी” भनिएको होइन | बिदेशमा गएर विभिन्न अनुभब संगालेका यूवाहरुले मात्र यो कुरा बुझ्न सक्छन मेरो बिचारमा | नेपालमा नै रहेर भौंतारिरहेका यूवाहरुलाई यो कुरा बुझाउन फलामको च्युरा चपाउनु जत्तिकै गाह्रो छ हाम्रो आफ्नो देशको परिस्थितिले गर्दा | तर वास्तविकता लाई हामीले चांडो बुझ्न र महसुस गर्न सक्यौं र त्यो अनुरुप हिड्न सक्यौं भने नै हाम्रो भबिष्य राम्रो हुने छ |

  37. “आराम त हामी स्वदेशाँ बस्नेहरूलाई पनि निक्कै छ सन्तेका बा । दिनको मुश्किलले ३-४ घण्टामात्र बाल्न पाइने भएपनि १० घण्टा बिजुली आएकै‍ छ । २ घण्टा लाइनमा बसेर तेल नपाइए पनि, डबल तिरेर जाँतेइँ पाइएकै छ । दिनै मारेको अनि आक्रमणमा परेको साक्षी बन्न पाइएकै छ, फिलिममा क्यान पैसो सक्नुपरो ! रेड्यूको बटम जता बटारेनि सीमापारिको गीत सित्तैमा सुन्न पा’छम्, नेपाली स्रष्टाको चित्त दुखाउनै परोइन । जेठ १४ को ‘कौतुहलता’ विदेशमा बस्नेहरूलाई होला तर त्यसको साक्षी बस्नुपर्ने पनि हामी नै हौ क्यार । १ दिन पनि पैसा तिर्न ढिला गर्दा लाइन काट्ने फुन कम्पनीहरूले करौडौं पैसा नितिर्दा पनि सीमापारिकाको भनसुनका भरमा मिनाहा भएको टुलुटुलु हेर्न पाइएकै छ । भात बिल हो कि के जातिको पैसा चुर्लुम्म खानेहरूले बनाएको राशन उपभोग गर्न पाइएकै छ । अरु सम्चार त भुण्टीका बूढाबाट सुनेकै होलाउ तिम्ले । बरु उता गाह्रो भए आऊ है यता छिट्टै ।”

    • साह्रै चित्त बुझ्यो पुष्प जी/ तपाईंको कमेन्टले पनि मूल लेखले जस्तै मन छोयो/

    • चिर्चित जी | हजुरको चिट्ठी सारै राम्रो लाग्यो |र म मान्छु पनि ! तर सबैको परियार उस्तै त हुदैन नि ! बैंक ब्यालेन्स हुदो हो र कालेको बाबाले पठाको पैसा जे मन पर्छ गर्दो हो |घर व्यवहार, कालेको बाबा जादाको ऋण, बाबु ,नानीको स्कुल तल देखि माथि सम्म,अनि यो बिशाल परिवार हरु आदि – भो कालेको बाबा पैसा,सैसा चाहिँन्न | छिटो घर आउनु | अनि पुष्प जी बाट पनि के सारो कमेन्ट को बर्षा आयो नि ! के छ त कालेका बाबा आउनु हुन्छकी के गर्नु हुन्छ ! ……….. हजुरहरु दुवै जनालाई धन्यवाद | कमेन्ट दुवै जनाको राम्रो छ | निरन्तर….|

  38. प्रभु, मेरो भन्नु केहि छैन. सबै कुरा बुझ्ने तिमि नै हौ क्या रे

  39. चर्चितजी, रेगिस्तानको धूपलाई नेपाली हाँसोमा उतार्नु भो र आफ्ना पीरलाई व्यंग्यमा मिसाउनु भो | त्यहाँ बसेर यहाका श्रष्टालाई सम्झनु भो | धन्यबाद छ | “हामीलाई त मोज छ मोज। कतिसम्म मोज छ भने आजका मितिसम्म हामी कसैका शरिरबाट रगतको त के कुरा, पसिनासम्म झरेको छैन। यो बेग्लै कुरा हो लाटी कि रगत र पसिनाले लगाएका लुगा निथ्रुक्क भिजेर शरीरमै सुक्छन्।” यो तपाइँ जस्ता लाखौ नेपालीको यथार्थता हो | कति सम्म त ? पीर/पीडा, दुःख/कष्ट, निराशा/उदासी आदि शब्दको अर्थ पनि थाहा नलाग्ने भएर मन लाटीयेछ | हामीले यहाबाट के भन्न सक्छौ र – तपाईहरुलाई हिमालले शीतलता पठाओस, यहाका बन जंगलका चिसो हावा सरर पुगोस, त्यहाको रेत उडाउने हावा यहाका नदीको शुशेली बनोस | तपाईकी च्याँखुरीले हरेक बिहानीमा तपाइको सम्झनामा “कुखुरी काँ मेरो भाले खोइ” भनेको तपाइको कानमा गुन्जिरहोस | यहि छ शुभकामना |

  40. चिठ्ठी घतलाग्दो छ र लेखनशैली पनि जगब छ यसलाई निरन्तरता दिनुहोला . बिदेशीको पीडालाई खुलेर पोख्नु भाको छ सायद मा पनि बिदेशमा भकोले होला ज्यादै मन पर्यो

  41. मैले त मुटुमा काँडो धेरै गहिरो नबिजोस भनेर अक्षरस: पढ्ने शाहस पनि गरिन!
    स्किमिंग गरेर सुईय सिठी काड्दै टाप कसेँ!

    र जाँदै गर्दा मबिबि शाहका(?) यी लाइनहरु-

    गर्छिन पुकार आमा रोइ कराई जोडले
    …..
    …..
    सक्दिन सहन भन्छिन सन्तान थरी थरीका!

  42. निक्कै राम्रो लाग्यो गरीबि अनी बेरोजगारमा पिल्सिएर बिदेशिएका नेपालीको वास्तविक कथा तर सन्देश नराम्रो नजाओस

  43. कुरा १००% सहि छ तर बुझ्ने कसले ? बुझ्ने प्रयास त परै जाओस सुन्ने सम्म रुची राख्दैनन् कसैले जो विदेश हामफाल्न लागेको छ l यहाँ आए पछी थाहा पाउँछन् अनि बल्ल पछुताउंछन् l

  44. “हामीले यो रेगिस्तानमा भेडा, बाख्रा, ऊँट, खच्चड आदि चराउनु पनि पर्दैन। तिनीहरु आफै चर्छन्।”
    “मैले ‘मोजमस्ती’ गरेर उब्रेको रकम महिना बितेसी पठाएकै छु। तिमीले पनि त्यो पैसाले मोजमस्ती गर्नु।”
    कुनै शब्द रहेनन् के भनूँ यी मुटु छुने लाईनहरुको लागि!!!

  45. It is outstanding expose on the saga of fellow Nepali migrant labours, which is also so poignant. Thanks for sharing.

  46. सबैको श्रीमती हजुरको जस्तो नहुन पनि सक्छ नि….

  47. ढुंगेलजी यथार्थलाई बडो राम्रो संग ब्यङ्ग प्रहार गर्नु भयो यार । लेखन राम्रो छ यसलाई निरन्तर्ता दिनु होला।
    अस्तु

  48. मन चसक्क छुने लेख रहेछ तर के गर्नु बिदेशको दु:ख जती पोखे पनि नेपालमा कसैले पत्याये पो!! सबै घरबार बन्धकी राखेर भये पनि यो नर्कको दल दलमा हामफाल्नै खोज्छन् !!

  49. मन छुने गरि लेख्नु भो चर्चित जी, बधाई छ| प्रवासी को पिडा राम्रै संग पोख्नु भएको छ| बेदनाको कथा हासोमा उतार्नु एउटा बिसेस कला हो, जसमा खरो उत्रनु भएकोमा फेरी पनि बधाई |

Comments are closed.