आघौँ तैँले घर बनाइहाल्नु परोस् !

‘घर’ भन्नाले ओत लाग्ने वा बास बस्ने ठाऊँ भन्ने बुझिन्छ । अथवा ब्यक्ति वा समूहको स्थायी वा अस्थायी थाँतथलोमा ठड्याइएको आवास, निवास, कोठी, झुपडी, झुप्रो, कुटी, कटेरो, महल, दरवार आदिलाई घर भनिन्छ । जहाँ पनि र जैले पनि कसैसँग परिचय गर्नुपर्यो भने नामपछि प्वाक्कै सोधिन्छ– ‘तपाईँको घर कहाँ पर्यो ?’ यस-उसले घरको महत्व कति छ भन्ने स्पष्ट हुन्छ । ब्यक्तिको परिचयसँग जोडिएको घर आफैँमा उसको ठेगाना हो । ‘घर नहुनेको भर हुदैन’ भनेर उखानै चलेको पाइन्छ । रातभरि जाडोमा कठ्यांग्रिएको छेपारो ‘भोलि त घर बनाउँछु र न्यानोमा बस्छु’ भनेर कल्पिँदै निदाउँछ, विहान उसका आँगमा घाम पर्दै गएपछि रातीको जाडो र घर बनाउने कल्पना भुसुक्कै बिर्से जस्तो मान्छेले गर्दैन ।

आफ्नो घर बनाउने रहर गाउँ र शहरका सवै मान्छेलाई हुँदो रहेछ । अलिकति सम्पत्ति भएपछि र मान्छे दम्पति भएपछि तिनको प्राथमिकताको पहिलो बुँदामा घर पर्दो रहेछ । खडेरीमा पनि पानी लाग्ने र धान फल्ने खेत बेचेर मान्छेले घडेरी किन्दो रहेछ र घर बनाउँदो रहेछ । बेलायत/सिंगापुरका लाहुरे भए पनि, खाडी देशका चाउरे भए पनि र स्वदेशकै जागिरे/ब्यापारी आदि दाउरे भए पनि सवैलाई घरकै रहरले तान्दो रहेछ ।

अहिले काठको घर बनाउने घरबेटी भेट्नु भनेको जाँड/रक्सी नखाने बाहुन भेट्टाउनु जत्तिकै गाह्रो कुरा हो । प्रायः शहरको त कुरै छोडौँ गाउँमा समेत काठका घर बन्न छोडे । तस्कर र सासकले हरियो वनलाई उजाड बनाएपछि बनाउनु पनि कसरी काठको घर ∕ त्यै भएर अचेल पक्की घर बनाउनेकै बोलवाला छ । काठका घर पुराना जति छन् छन् । तिनैले नविन पिँडीलाई काठको घरको नमुना देखाउन सकेका छन् । अब बनिने घर सवै पक्कीका बनिनेछन् भन्ने तथ्यलाई नयाँ घर बनाउनेहरुले प्रमाणित गरिसके । मान्छेले ईज्जतका लागि पनि अब पक्की घर बनाउन थालेको छ । जीवनमा आफ्नै घर बनाउने रहर मान्छेले पालेको छ ।

नगरपालिकाभित्र घर बनाउँदै हुनुहुन्छ भने नक्सा पास गर्नुपर्ने हुन्छ । चिनेजानेका वा आफ्नो मानेका मान्छे ओभरसियर वा इन्जिनियर परेनन् भने तपाईँलाई नक्सा पास गराएवापत लाग्ने रकम ठूलै राशीको चाहिन्छ । यत्ती गरेर जब तपाईँ ठेकेदारको खोजीमा निस्कनुहुन्छ तब कर्नी र हथौडी हुने/बोक्नेदेखि पुल/कल्भर्ट ठोक्नेसम्मका स्वदेशी, विदेशी र रिफ्युजी ठेकेदार भेट्नु हुनेछ । आखिरीमा तपाईँले त्यो ठेकेदारले घर कस्तो बनाउँछ भन्ने हेक्का नराखीकनै एकजनालाई ठेक्का दिनुहुनेछ । उस्तै ठेकेदार परे भने तपाईँलाई निस्तै पार्नेछन् । घरमा लाग्ने सम्पूर्ण सामाग्री तिनले भनेकै ठाऊँ/ब्यत्क्तिबाट झार्नेछन् र कमिशन मार्नेछन् ।

तपाईँ आफूले छुट्टाछुट्टै खरिद गर्दा पनि रडवाला, इटावाला, रोडावाला, गीट्टिवाला, ढुंगावाला, ग्रीलवाला, सिसावाला, पल्लावाला, सिमेन्टवाला, रंगरोगनवाला, पल्म्बरवाला, इलेक्ट्रिकवाला आदि सवैले मोटो रकम कस्नेछन् । यी सवैलाई पैसा तिर्दा तिर्दा तपाईँको वैंशभरिको कमाइले नपुगेर ऋणले टुप्पी बिक्छ । धनी होस् वा गरिब घर बनाउँदा ऋण नलाग्ने सायदै कोही भेटिएला । सयकडा ९५ जनालाई घर बनाउँदा ऋणको भारीले उठ्न नसक्ने गरी थिचेको पाइन्छ ।

यसरी ऋण काडेर बनाएको घरको कसैको छत चर्किन्छ त कसैको भर्याङ चर्किन्छ । कसैको बिम चर्किन्छ त कसैको गारो चर्किन्छ । नचर्किएको घर कतै भेट्नु भयो भने तपाईँ गति पर्नु हुनेछ । आखिर घर किन चर्किन्छ ? यसको जवाफ नक्सा पास गर्ने ओभरसियर/इन्जिनियर, ठेक्का लिने ठेकेदार र बनाउने मिस्त्री कसैसँग छैन । यो थितीले घर चर्किनु, घर बांगो हुनु, छिमेकीको जमिन मिचिनु जस्ता लक्षणले नेपालका घरले ‘NS’ चिन्ह नपाउलान् भन्न सकिन्न ।

यसरी एकातिर घर चर्किने र अर्कातिर ऋण लाग्ने भएकाले नै उत्तर भारतमा कसैलाई गाली गर्नुपर्यो भने/श्राप दिनु पर्यो भने धारे हात लाएर भन्दा रहेछन्–‘आघौँ तैँले घर बनाइहाल्नु परोस् !’

59 Comments

  1. लेख राम्रो र वास्तबिक लाग्यो । नेपालीहरुको आफ्नै जमिन र घर हुन्छ भन्ने कुरा सुन्दा बिदेशीहरु छक्क पर्छन रे अनि हामी चै यसैमा मख्ख पर्छौ । तर मलाइ यहि कुरो नै समस्याको चुरो हो भन्ने लाग्छ । आफ्नो खुट्टामा उभिन सक्ने भए पछि हरेकको एउटै सपना हुन्छ कसरी एउटा घडेरी किन्ने अनि घर बनाउने यो सपना साँच्दा साँच्दा कतिको जिवन समाप्त हुन्छ तर पुरा हुदैन सपना । हुनेको बिघौ बिघा जमिन हुन्छ त्यसमा पनि Plotting गरेर, सिमेन्ट रोपेर रातारात मालामाल । नहुने बबुराको एक टुक्रा पनि जमिन छैन । यसो घडेरी किनौ भनेर भाउ बुझ्यो दाम सुन्दा ढाँडै भाचिनै, मुर्छै पर्ने खै के के हुने हुने । भुमाफीयाहरुको बिगबिगीले जग्गाको भाउ यति बडयो जिवन भर कमाएर साचेको रकमले एक छेउ पनि नपुग्ने भो । आखिरमा त्रृण काडेर भए पनि टुक्रा घडेरी लियो घर बनाउने tension । यो tension यति धेरै हुदोरछै कि। घर बन्दै जान्छ घरधनी दुबलाउदै खिइदै । अन्तयमा घर पुर्ण रुपमा सकिन्जेलमा उ हाडीखोप्टे भएर हेरी नसक्नुको हु्न्छ । घरकै मान्छेले चिन्न गाह्रो हुन्छ । creativity lost को कुरा त छदै छ ।
    खैर यो असमानता र अब्यवस्थित घर जग्गाको कारोबारलाइ पुर्ण रुपमा रोक्का गरेर | खेती गर्ने अयोग्य जमीनमा government ले block वनाइ । सरल सुलभ र सस्तो शुल्कमा धनी देखि गरिब सबैलाइ आवसको ब्यवस्था गरिनु पर्छ। गराइनु पर्छ ।
    समाधान यहि हो, यसरीनै हुन्छ । तर कहिले हुन्छ मलाइ थाह छैन, तपाइलाइ नि ?

  2. धेरै राम्रो लेख र तितो यथार्थ छ लेखमा/ म सिविल इन्जिनियरिंगको विद्यार्थी र बिल्डिंग र स्ट्रक्चरमा specialisation गरेको हिसाब किताबले के भन्न सक्छु भने हामी कंहा घर बनाउँदा एकदमै आधारभूत इन्जिनियरिंग प्रिन्सिपल पनि प्रयोग गरिंदैन/ मिश्त्री, जसलाई केहि पनि थाहा छैन, हामी उसलाई इन्जिनिएर भन्दा पनि जान्ने मान्छे सम्झन्छौं/ दुइ रुपिया इन्जिनियरिंग सल्लाहको लागि खर्च गर्नु भनेको गाई दोयेर दुध ट्वाइलेटमा खन्याउनु भन्दा पनि नोक्सान हुने कुरा जस्तो सम्झन्छौं/

  3. लुनाजी,
    म हजुर सँग सहमत् छु , गोपालजी लाई खाडीमा ४००० दिराम को vacency को पनि अफर गर्छु( नेपाल को त ८०००० हुन्छ गुरु??) कसो ?
    _ घैटे याजेन

    • तपाइलाई धन्यबाद , नेपाल मा अब इज्जेत को साचो अर्थ आउन लागेको छ बरु नेपाल मै तरकारी खेति गर्ने को राम्रो इज्जेत छ अचेल भस्त्रचार गरेर कमाउने , लाउरे चाउरे बनेर कामौने भन्दा , एउटा प्रसङ्ग दिउ तपाइलाई , मेरो छिमेक मा एकजाना सुन्दरी युवती थिइन् पढे लेखेकी / उनलाई बिहेगर्न अमेरिकामा बस्ने केटा माग्न आयो तर उनले मन्जुरी जनाइनन / एकछिन त सबैले लब रहेछ तेसैले अमेरिका मा बस्ने केटा संग पनि मानिन भनेर निकै कुरा काटे पछी उनको मामाले नेपालमै बस्ने इन्जिनिअर् केटा देखाउन लाए उनको बिहे पनि भयो . अहिले दुवै काठमन्दु मा राम्रो घरजम गरेर बसेका छन् / अमेरिका गएको भए रेस्टुरेन्ट मा कामगर्ने बुढाको श्रीमती हुन्थिन सबवे मा दिन रात पसिना चुवायेर बस्नु पर्थ्यो होला / अथवा बुढो ले के गर्छा भन्दा अमेरिकाको छाउरे रेस्टुरेनतको फयौरे / नेपाल मा बसेर सरकारी पदमा बुढो बुढी को पनि राम्रो जागिर / सुखी परिवार त्यो पो एज्जेत हो / साथी अब ईज्जेत को परिभाषा पैसा होइन यो जमानामा साथी / छिट्टै नेपाल फर्केर कलेज भर्ना हुनुहोस पढ्नलाई पैसा त पुर्याउनु भो होलानी कति बिदेशी लाई एस सर र भनेर जिन्दगि बिताउनु हुन्छ ?

  4. अत्यन्तै रसिलो अनि रोचक लेख.
    लाहुरे चाहुरे मा किन रुमलिनु मित्र हरु? एथार्थ लुकाएर लुक्ने होइन. अब नेपालमा जागिर पाउने र पाईहाले पनि परिबार चलाउनु पुग्ने तलब मिल्न कति गारो छ भनेर भनि रहन नपर्ला. बास्तबमा गोल्फ कन्ट्री जानु secondary ओप्शन नै त हो नि, हैन र? कसैले चाहुरे भन्यो भन्दैमा upset भै हाल्नु पर्दैन कि जस्तो लाग्यो. तर पनि Be Proud to be What you are and Where you are. All those who work are in the same rank, nomatter in different countries, cities, or places.
    All the best to you all Nepalese folks.

  5. चाउरे भनेर कुनै गल्ति लेखेको हैंन लेखक ले.मा पनि aauta चाउरे नै हु खाडी गएर आएको.मलाई त तेस्तो नराम्रो केइ लागेन खोइ.लेख राम्रो छ खुसि नै लग्यो

  6. रमाईलो लेख। चर्चितजीले आफैलाई चाउरे भनेको मलाई मन पर्यो। मेरो हेराईमा भने निम्नलिखित शब्दहरुको अर्थ यसप्रकार छन्।

    १ लाउरे = भारत,बेलायत,सिङ्गापुर आदि देशहरुमा रहि सेना र पुलिसमा कार्यरत दाजुभाईहरु।
    २ चाउरे = देशमा नै रहि रोजगारीको अबसर नपाएर भौतारिएका तरपनि खान नपाएर गाला चाउरिएक देशभक्तहरु।
    ३ दाउरे = देशमा नै बसेर खेतीपाती र मजदुरी गर्ने पौरखीहरु।
    ४ फ्यारे – काम नगर्ने कुरा मात्रै ठुला गर्नेहरु।
    ५ झ्याउरे – आफ़्नो अनिश्चित भविश्यको बाटो भेट्टाउन नसकी झोक्राएर बसेकाहरु।
    ६ धुपौरे – काम नगरी नेताको वरिपरि घुमेर खाने आवाराहरु।
    ७ शरणार्थी,अवसरवादी – यूरोप,अमेरीका लगाएतका देशहरुमा रहि आफ्नो देश भुल्नेहरु।(सबै होईनन्)
    ८ खाडे – खाडी र मलेशियामा रहि आफ्नो परिवार र देशको अर्थतन्त्र धानेर बस्ने मेहनेतीहरु।
    ९ साढे – जनताले दिएको करबाट नगदमा तलब भत्ता खाई उधारो संबिधान दिन्छु भनेर झुक्याउने देशद्रोहीहरु।

  7. कसै संग परिचय गर्नु परेउ भने नाम पछाडी प्वाक्क घर सोद्छौ ,घर नभाको को भर हुन्न , लेखक निकै लेखन सैली संग नजिक रकेको भान हुन्छ जस ले जे सुकै भने पनि मेरो लागि यो लेख नेपाली साहित्त्य लेख को अधार मा उत्क्रिस्ता कोइ सुची मा पर्चा
    लाहुरे चाहुरे को प्रसङ्ग मा लेखक ले साधारण नेपाल मा सोचिने र बोलिने कुरा लै नै लीएको हो भन्ने मेरो बुझाई छ
    यो लेखक को लेख पहिलो पटक पथ्देइ छु आज

  8. कुरा सही हो है । बच्चा जन्माएपछि छोरी पाको र घर बनाएपछि छोरा पाको भन्छन् । म त पाको भै सकेको छु । कसैलाई आफु काँचो छु जस्तो लागे यतिखेर काठमाण्डौमा साँडे दुई आना मात्र भएपनि जग्गा किन्नु र थालिहाल्नुस घर बनाउन ।

  9. मा अहिले साउदी मा छु तर म US बाट साउदी आएको हु , City Bank को Vice President भएर , तेसो भए मा पनि तपाई को भाषा मा चाउरे भए त ? साउदी, मलेसिया या दुबई मा Technical Field मा काम गरेर ,London या US मा भन्दा दसौ गुना बडी आर्जन गर्ने नेपाली पनि छन् भन्ने कुरा भुल्न भएन है मित्र |

  10. *********************** लाहुरे , चाउरे , दाउरे ************
    लाहुरे , डोरी लाहुरे , तोरी लाहुरे , छोडी लाहुरे , पढी लाहुरे विदेश तिर ,
    बन्दुक बोक्ने बिदेशको रछ्या गर्ने फुल्लिवाला हामी नै ,
    MA BA डाक्टर एन्जिनियेर पढे लेखे खैरेको देशमा आधुनिक कुल्ली पनि हामी नै …
    म सुबिधाको दाश म पैसाको दास
    नेपाल आमा मारुन लाग्दैन मेरा कानमा बताश …

    चाउरे , फ्याउरे , निन्यौरे खाडी र मधेस(भारत ) तिर,
    औजार , ज्याभाल बोक्ने अर्काको देशको बिकाश गर्ने,
    खाडीमा पसिनाको सागर बग्यो देश लागि कहिले सोच्ने ??
    लाज हुन्छ आफ्नो देशमा सिन्का नभाच्ने ,
    घर खेत बन्दगी भो, manpower ले जे काम दिए तेसैमा नाच्ने
    सरकार नपुन्ग्सक जनता दलालको फन्दामा ,
    चेलीबेटी भारत र खाडीमा धन्दामा

    बाकी रहेका दाउरे , साहुरे , झ्याउरे स्वदेश तिर …
    काम मेरो देश बिनाश गर्ने
    रेलिंग तोड्ने ढुंगा हान्ने ,टाउको फोड्ने
    हात होइन खुट्टा तान्ने ,
    काम भन्दा ज्यादा कुरा जान्ने
    साशन गर्छन अपराधी नेताको भेषमा
    नेपाल आमाको सधै बलात्कार यो देशमा ..

    अतः
    लाहुरे विदेश तिर ,
    चाउरे खाडी र मधेस(भारत ) तिर,
    दाउरे स्वदेश तिर

    लाहुरे , चाउरे , दाउरे सबैको जय होश ..

  11. हे अर्धचर्चित, अल्पज्ञानी, पटमुर्ख मित्रबन्धु नेपालको अर्थतन्त्रतेही खाडीको र मलेसियाको रेमिटेन्सले चलेको छ. हरेकघरको चुलो र धुवा तेहिको कमाएको पैसाले चलेकोछ. त्यो अमेरिका, उरोप र सम्पन्नदेस मा बस्नेले तेहिखर्चा गर्छन अनि जो सोझो उसैको मुख मा घोचो. लेख्ने र बोल्नेबेलामा अलिकति सम्मान सहित बोल्ने र लेख्ने कम गरौ.

    • नाम चाही चर्चित लेख चाही २ पैसा को लेख हरु लेख्ने मन छ भने पहिले हरेक छेत्र का मान्छे हरु लारु लाई सम्मान गर्न सिक अनि बल्ल लेख्न सिक.खाडी को चाउरे.तु पहिले आफ्नो छेत्र मा उभिएर देश लाई कत्तिको टेवा दिएको छस त्यो हेर.मुला जस्तो २ पैसा को लेखक ……………

  12. चर्चित जी, हांगकांग,सिंगापूर, यूरोप गएका लाइ लाउरे र खाड़ी-देस गयेकालाई चाअऊरे संबोधन गर्नु भएको मा तपाई को संकीर्ण सोंच को म बिरोध गर्छु. बाध्यताबस मर्भूमि मा गई सस्तो श्रम बेचीं आफ्नो र आफ्नो परिबार को गरजो टारी रेमिट मार्फत देसको अर्थ-तंत्र समेत धान्ने हामी खाड़ी मुलुकका पर्बासी नेपाली हौ. अब देखि लेख लेखनु भन्दा पहिले सब्द हरु छानेर मात्र लेखनु होला भन्ने मेरो सुझाब छ. आगे तपाईको मर्जी.

    • यो बध्यत्ता भन्ने सब्दको बलात्कार नगर्नुस साथी / बाध्यता होइन ढोगी अल्छी पाटे हो / नेपालमा खेत बारी मा काम गरेर खान नहुने अनि विदेश गएर तल्लो गिरेको काम गर्ने? के को बाध्यता ? उ एउटा फ्रेन्च आएर गाइ बस्तु पालेर पैसा नेपालमै फलाएर देखेको छ तपाइलाई बाध्यता ? नाटक बढी के ?

  13. dear writer what is the garbage ? why you are not thinking that job is same either easy or difficult , all are human ok not laure or chaure what you think they are not human who are workning from gulf ? what you think? do you know what people are donig from gulf , US, UK or what ever ? dont forget that all are under others who are doing job .

  14. के गर्नु लेखक महोदय,
    लेख पढे पछी हाम्रा चोर नेता सभासद सबैलाई आघौ तैले पनि घर बनाईहाल्नु परोस भन्ने मन त थियो!तर यसो सोचेर ल्याउदा त यो सराप सोझा सिधा,आम नेपालि मा मात्रै लागु हुने रहेछा कि जस्तो लाग्यो….आम नेपालीलाई १-२ करोड कमाउन युग लाग्छ, यी सभासद भनाउदा चोरहरुलाई त एउटा पासपोर्ट बेचिदिए पुगिहाल्ने रहेछ……
    अब यिनीहरुलाई के भनेर सराप्ने होला?

  15. अर्को कुरा…
    :- कसैको ठुलो घर देख्यो भने ” ओहो कत्रो.. क्या दामी घर भन्नु हुदैनरे, तेस्को आत्मा रुन्छ रे” !
    :- त्यस्तो घर देख्दा बरू यसो भन्नु पर्छ रे “ओहो कत्रो घर बनाएछ बिचराको कति ऋण होला” !

  16. घर भनेर काठमाडौमा बनाउने घर को प्रसङ्ग हो | एक दुइ आनामा ४/५ तले, ठेकदारको घुर्की र सामानको निम्न गुणस्तर, ल्याउन गाडी र भाडाको समस्या, कहिँ बाटैमा झार्नु पर्ने, सबैले बढी बढी माग्ने, नदिए हुर्याएर हिड्ने समस्या त कति हो कति | जीवनको एउटा stressful अवस्था हो जुन पछी सम्म चर्किने मर्किने समस्याले सताइरहन्छ | तर के गर्ने लाहुरे, दाउरे, चाउरे जे भएर पनि सम्पूर्ण नेपाली को सपनानै काठमाडौमा एउटा घर बनाउने हुन्छ | “आघौँ तैंले घर बनाईहाल्नुपरोस” लाई सजिलो र ब्यबस्थित बनाउएने उपाय पो चाहिएला | त्यस्ता कम्पनि चाहिन्छ जसले ठिक्क ठिक्क मध्यम स्तरको एक परिवारलाई हुने घरको नक्सा बनाउने देखि पूर्ण रुपमा घर बनाएर साँचो सुम्पियोस | गुणस्तरीय सामान र कामको खाचो छ | सिमेन्ट भन्यो तौलमा कम, छ्ड त्यस्तै, ईटा, काठको मूल्य आकासिएर कहाँ पुगेको तैपनि भने जस्तो नहुने, उही सामानको भाउ ठाउँ ठाउँ मा फरक, खालि झुक्याउन र ठग्न मात्र खोज्ने – यस्तो माहोलबाट हामि उम्कने कसरि यो पो समस्या हो, त्यसमाथि उपभोगताको भनाइ राख्ने ठाउँ छैन | आफुले बनाएपछि अरुलाई “आघौँ तैंले घर बनाईहाल्नुपरोस” भनेर ठाडो हात लाएर मात्र के गर्नु ?

  17. किन भारतीयलाई मात्र ब्यङ्ग यार!
    नपालमा पनि त कसैलाई श्राप दिनु पर्यो भने– “तेरो छोरो सभासद् या मन्त्रि भैहालोस” भन्न थालिसके नि!

    • “गगन थापा जस्तो गुण्डा बनेर हिड्ने होइन है खुरु खुरु पढेर घर फर्कनु ” बनेको त मेरै कानले सुनेकु छु कुरा गर्नु हुन्छ तपाई पनि ! आश्चर्य चकित तेस्तो पेसा पनि कसैले गरोस बिद्यार्थी नेता अथवा शिक्षा को बलात्कारी वा गुण्डा !! छि छि छि !!

  18. ‘आघौँ तैँले घर बनाइहाल्नु परोस् !’ भनेर चर्चिल गुरुले ‘तथास्तु’ लेख्नु भएछ ….यो भनेको त आहिलेको आत्मीय भएको देखाउनेहरुले दिने आशिस हो क्यारे ! 🙂
    निकै राम्रो लेखाइ ……. अब यो लेखले कसरि मेरो मन छोयो भन्नु !!! तपाइँ कुन मुलुकमा बसेर लेख्नु हुन्छ अनि म उ’मुलुकमा बसेर पढ्छु, अनि माइ संसार मेरो ट्यापुटर (कम्प्युटर)को स्क्रिनमा आउछ ! न त मैले उसलाई छुन सक्छु न त त्यसले मलाइ नै ! तर नि तपाईका जस्ता कुराले मुलाई’नी ह्याउ’रन मुन लाग्छ ! अझै यस्तै यस्तै लेखहरु लेख्दै जानुस है ! बधाई छ – यहाँ लाइ !
    तर कसैले नि यस्तो ‘आघौँ तैँले घर बनाइहाल्नु परोस् !’ भनेर धारे हात बनाउदै तथास्तु को आसिस दी’चाही नहाल्योस,क्यारे ! दी’हाल्यो भने पनि उसैलाई फिर्ता !!

  19. १. शुरुमा शिर्षक, “..तलाई घर बनाइ हाल्नु परोस” पढ्दा त “तेरा मुखाँ घिउ र भात जाओस”
    भन्या जस्तो ठाडे पारामा शुभकामना या आशिष दिएको होला कि जस्तो लाग्यो| तर पढ्दै जाँदा घर बनाउनेले कति पापड बेल्नु पर्ने रहेछ भन्ने पनि हेक्का दिलायो!

    २. अर्को हो साहित्यिक पक्ष| ढुङ्गेलजीले भैरब अर्यालको जयभुडीको तालु, आलु, पिडालु र ठालु आदिको याद दिलाउनु भयो| शब्दालंकार (?) हो कि के भनिन्छ कुन्नि?
    ….
    ..घर नहुनेको भर हुदैन
    ..सम्पत्ति भएपछि र मान्छे दम्पति भएपछि
    .. लाहुरे भए पनि, .. .. चाउरे भए पनि
    ..रडवाला, इटावाला, रोडावाला, गीट्टिवाला, ढुंगावाला, ग्रीलवाला, सिसावाला, पल्लावाला, सिमेन्टवाला, रंगरोगनवाला, पल्म्बरवाला, इलेक्ट्रिकवाला
    ..स्वदेशी, विदेशी र रिफ्युजी
    ….
    ३. अन्त्यमा यो चाहिं जिल्लाबाट:
    घर, आवाश अथवा हाउस भन्ने काठ, डन्डी, इँटा र सिमेन्टको अस्थिपन्जर तब मात्र
    गृह, home हुन्छ जब त्यो घर भित्र बुहारीले गुनथुन-२ कुरा गर्दै सासुको कपाल कोर्दै, जुम्रा मार्दै गरि रहेकी हुन्छिन; छोराले बाउको दाह्री खौर्दै हुन्छ र फुच्चे गुमानेले आफ्नी आमाले किनेर ल्याईदेको पेन्सिल तीखार्ने मेशिन देखेर मक्ख पर्दै, तीखार्दै हुन्छ!

  20. ए… हामीहरु त चाउरे पो परिएछ, चर्चित जी जस्तो चर्चित व्यक्ति ले भने पछी चाउरे नै मानिनु पर्यो….

  21. चर्चित ढुंगेल,जी
    (बेलायत/सिंगापुरका लाहुरे भए पनि, खाडी देशका चाउरे भए पनि र स्वदेशकै जागिरे/ब्यापारी आदि दाउरे भए पनि सवैलाई घरकै रहरले तान्दो रहेछ +
    तपाइको नाम नै चर्चित रहेछ अब के को चर्चा चाहियो र?
    लाहुरे, चाउरे अनि दाउरे को अर्थ के नि?
    जसले चर्को घाम मा खटेर देशको ढुकुदी भरिराछ उ कसरी चाउरे हुन्छ
    होला युरोप जानेले कमायको रकम नेपाललमा सटही गर्दा केहि बढी देखियाला तर तेहा कसरि कमायो अनि के गरेर कमायो भन्ने पनि देखाउनु होला आगामी लेखा मा
    लेखलाई चर्चित बनाउने बाहानामा खाडीको नेपालीलाई यति धेरै अपमान नगर्नु भाको भय हुन्थ्यो
    सारै दुख लग्यो

  22. ए साथी हो मलाई त यो १००% सत्य लग्गो सबै बेली विस्तार त म ऐले लगाउन सक्दिन
    यो मलाई पनि परे को घटना हो

  23. हैन केहो हो नेपालमा अरु देशको जस्तो काठको घरहरु बनौन सकिदैन !! सकिन्छ भने धरै सस्तो पर्न सक्छ ?

    • नेपालको सन्दर्भमा काठको घर बढी महँगो पर्छ .

  24. अर्कालाई ““आघौँ तैंले घर बनाई हाल्नु परोस” भनेर धारे हात लगाउने उत्तर भारतका मानिस हरु आफु चाँही केमा बस्दा हुन्?

  25. चर्चित जी समय सापेक्ष लेख अनि उपयोगी पनि लाग्यो ./ तपाइको (बेलायत/सिंगापुरका लाहुरे भए पनि, खाडी देशका चाउरे भए पनि र स्वदेशकै जागिरे/ब्यापारी आदि दाउरे भए पनि सवैलाई घरकै रहरले तान्दो रहेछ ।) यो वाक्य संग मेरो घोर आपति छ म पनि कतार मा रेमिटेन्स मा काम गरिरहेको छु सबै भन्दा बडी रेमिटेन्स पठाउने मा खाडी देश मा कार्यरत नेपाली दाजु भाई नै पर्र्नु हुन्छ अनि तेही रेमिटेन्स ले नेपालको अर्थतन्त्र चलिरहेको कुरा पनि नाबिसिनु होला तपाइले हामीले लै जवाफ दिनु पर्छा की बेलायत/सिंगापुरका चाही लाहुरे भए अनि खाडी देशका चाउरे कसरि भेये ?????

    • रेमिटेन्सले नेपालको अर्थतन्त्र चलिरहेको कुरामा म सहमत हुन सक्दिन आनन्दजी ! हुनसक्छ, रेमिटेन्सका कारण देशमा तरलताको अभाव नभएको होस् तर रेमिटेन्सले देशको अर्थतन्त्रलार्इ मजबुत पार्ने वा सम्रग देशको आर्थिक बृद्दिदरको अंकमा सकारात्मक प्रभाव पार्ने काम चाँहि गर्दैन है ।

      • मेरा काका देस जानु भाको थियो, फर्केर दसैँ मा टिका थाप्दा हजुरबा लाई पैसा राखी ढोग दिनुभो त्यो पैसा उठाएर हेर्दै हजुरबा ले “देस गाको कान्छो भनेको त उही बिरेन्द्र को पैसा पो ल्याएछ त” भन्नु भो/हजुरबा लाई के थाहा काका ले कमाको पैसा केन्द्र बैंक हुदै काका को साधारण खाता मा गएर लोकल मुद्रा काका ले झिकेर चलाउनु हुन्छ र बिदेसी मुद्रा चै संचिति को रुप मा, राष्ट्र को आम्दानी को रुप मा जम्मा भएर बस्छ…..just like you निराजन जी /रेमिटेन्स ले कसरी अर्थतन्त्र मा असर पार्छ अध्यन गर्नुस अनि कमेन्ट गर्नुस/तपाई को मान्यता अनुसार त व्यापार घाटा ले नि देस को अर्थतन्त्र मा केहि असर गर्दैन होला है????

        • अच्युत जी केटा केटि कुरा नगर्नुस देश लाई रेमिटेन्स होइन बौद्धिक जमातको खाचो छ / युरोप अमेरिका बौध्धिक क्षमता ले बिकशित भएका हुन् बिदेसमा गएर पैसा कमाएर होइन / कमेन्ट गर्नु अघि २/४ वोटा अर्थसस्त्रका ठेली पढेर आउनु होला तपाई पनि अहिले लाई येत्ति /

  26. कविता, गीत गजलबाट व्यंग्य निबन्ध तर्फ हाम्फाल्नुभएका चर्चितजीको निखारिएको हरेक लेख व्यक्ति, समाज र राष्ट्रको पक्षमा उभिएर स्पष्ट वकालत गरिरहेको छ ।

  27. खाडी मुलुकमा काम गर्ने श्रमिकहरुलाई किन चाउरे भनियो ? उत्तर चाहियो नत्र त्यतिकै मान्छेको अपमान गर्न पाईदैन मित्र । आफ्नो पसिनाको रेमिटान्सले देशको ओरालो लागेको आर्थिक अवस्थालाई थाम्ने यो लाखौको समूहलाई चाउरे भन्ने यी लेखक को हुन् ?

    • हैन हो साथी हरु सानो सानो कुरा मा कमेन्ट गरेर लेखक लै चोट पुराउने कम नगरु न.चाउरे भन्दै मा तेती नराम्रो त केहि देखिदैन.लेखक ले आफ्नो लेख मिलाएर लेखना को लागि यो सब्द प्रयोग गर्नु भएको जस्तो छ malai त मन पर्यो.

  28. धेरै पछी एउटा उपयोगी र पूर्वाग्रह रहित स्वस्थ लेख पढ्न पाइयो मेरो संसारमा . धन्यबाद लेखक लाइ.

  29. लेख राम्रो लाग्यो लेखक लाई धन्यवाद तर त्यो हजुर ले लेख्नु भएको उखान म सानो छदा हाम्रो गाउघर लमजुंग तिर पनि सुनेको थिए तर अर्कै तरिकाले “मरिजा तलाई घर बनाउन परोस” भनेको चाही खोइ तेही भारत गएर आएका मान्छे बाट सुनेको भए चाही मलाई थाहा भएन मैले म सानो हुदा सुनेर मेरो मेमोरी मा रही रहेको कुरा देखेर के हो त बास्तबिकता भन्ने बुझ्न लै मात्र कोशिश गरेको हो है | एदी मिल्छ भने सत्य के हो उजागर गरिदिनुभए आभारी हुने थिए |

  30. नेपालमा त “घर नबनाएका लोग्ने मानिस र बच्चा नपाएका स्वास्नी मानिस पाको भएको छैन ” भन्ने उखान छनित /

  31. लाउरे र चाउरे लाइ “लाउरे” र “चाउरे” भन्नुभाको भए हुन्थ्यो जस्तो लग्यो.

  32. मन छुने लेख लेख्नु भयो चर्चित जी तपाइले .
    तर खाडी मुलुकमा काम गर्ने नेपालीलाई चाउरे भन्नु भ को मन परेन कत्ति पनि !
    के को चाउरे नि ! खाडी कै गर्मीमा ज्यानलाई खुकुरीको धारमा राखेर काम गर्ने
    लाउरेहरुको रेमिटेन्सले नै मुलुक धानिन पुगेको छ ऐले !
    अम्रिका – युरोप जस्ता मुलुकमा काम गर्ने नेपालीले ( सबै नभए पनि धेरै जसोले )
    बरु उतै अपार्मेंट – घर किन्नमा लगानी गर्या छ तिनको पसिना . तर खाडीमा
    काम गर्ने नेपालीले तिनको एक एक थोपा पसिना नेपालमा पठाउनु भा छ .
    अबको असली लाहुरे त खाडी मुलुकमै काम गर्ने नेपाली हुन् !

    • हास्य ब्येंगे हो नि लुना जी खोइ कुरा बुझेको 🙂

      • तपाइलेहरुले मेरो कमेन्टको मर्म नबुझ्नु भा हो कि ?!
        चाउरे भनेको चाउरे नै हो लाउरे भनेको लाउरे नै हो !
        युरोप – अम्रिका आदि सुविधाजनक देशमा पुग्ने नेपालीहरु ( सबै नभए पनि
        धेरै नै ) कोई अवसरबादी भ र , कोई रफुजी बनेर , कोई स्वार्थी भ र यतै
        कुजिएर बसेकालाई चै लाउरे ?!
        खुकुरीको धारमा ज्यान राखेर मेहेनत गर्दै थोपा थोपा पसिनाको रकम नेपाल
        पठाउनेलाइ चै चाउरे ?! यसरि व्यंग गर्न मेरो मनले मान्दैन .

    • मेरो बिचारमा डोरी लाहुरे भन्दा कसो होला/ सुटकेस भरि डोरी डोरी बाधेर औछां नि त?

    • लुना जी नमस्कार ! यो रेमिटेन्स को धाक पनि वाक्क लाग्ने गरि …. देश बिगार्ने सब येही रेमिटेन्स वाला ले त् हो पढ्न मिहिनेत गर्न अल्छिलाग्छ मोरे जस्तो लाग्छ अनि विदेश गएर चौकी दार बन्यो कुल्ली बन्यो देशको ईज्येत फल्यो देश मा बसे नेताको पुछ्छर झंडे पन्यो देश बिगार्यो / होइन हाम्रो देश अरुले आएर बनाउने त होइन नि जे जस्तो छ हामी आफै आएर बनाउने हो / पढ्न अल्छि लाग्छा अनि दोष जति देश लाइ ठुपार्यो अनि धाक भन्दा धक्कु ठुलो ” रेमिटेन्स ” एक लाख ले कुल्ली बनेर विदेश बाट पैसा पठाउनु भन्दा एउटा असल नेता , बैज्ञानिक , एन्जिनिएर्, को खाचो छ नेपाल आमालाई / चेतना भया चित्त नबुझे जवाफ पाउ लुना जी !

      • लाहुरे भनेपनि चाउरे भने पनि ति सबै पढाई संघर्ष छोडेर भागेका छाउरे हुन् ति अल्छी र देश का बोझ हुन् / कलेज मा हुदा तिनले रडाको मच्छायेर पद्नेलाई पनि पढ्न दिएनन् . देश मा हुदा नेताको पुछ्छर झंडे बनेर देश बिगारे अब विदेश गएर चौकीदार र कुल्ली बनेर देशको इज्जेत फाले / तेसैले लाहुरे र चाउरे दुवै नेपाली समाजमा समान इज्जेत का सब्द हुन घटी बढी छैन / अब ब्यङ्ग लेख मा सब्द राख्दा कुन दायाँ कुन बायाँ पर्यो होला / अब आफै भन्नुस कहानेर कुरा बुझ्नु भएन उत्तर तयार छ Ngandaki जी प्रस्न मार्नुस /

        • कति सभ्य भाषा मा कमेन्ट गरेको रहेछा गोपाल भन्ने ले .. यसै बाट थाह हुन्छा उ कति पानि मा छ भनेर .. कसलाई भनेको पढाई छाडेर विदेश खाडी मुलुक भागेको .. म पनि खाडी मुलुक मै छु र मैले T U बाटै Masters गरेको छु .. नेपाल म सोर्स फोर्स भएन भने केहि गर्न सकिदो रहेन छ .. त्यै नेता हरु को चाकरी गर्नु पर्ने ठुला बडा भनौदा हरु को जी हजुरी गर्नु पर्ने .. यी सब मैले आफै भोगेका कुरा हुन् … नेपाल म घर परिभर ऋण म चुर्लुम डुबेका लै केहि राहत देको छु र देश मा रेमिटान्स पठाएर देश को अर्थतन्त्र मा केहि योगदान देको छु .. तपाई ले के गरेको छ अहिले सम्म .. तपाई ले देश लै कति को योगदान दिनु भाको छ कि खाली My Sansar मा कमेन्ट गरेर देश लै उभो लगाउने प्रयाश गरको हो …. मा मान्छु रेमिटान्स ले देश लै सन्धी को लागि हित गर्दैन तर गरोस पनि के नेपाली दाजु भाई हरु ले ..देश मै केहि गर्ने बाताबरण पनि त छैन .. अरु लै गाली गर्नु भन्दा देश को बाताबरण राम्रो बनाउने तिर तपाई जस्ता ले केहि योगदान दिने हो कि .. नेता हरु को घैटो मा कहिले घाम लाग्ने हो कुन्नि .. नेपाल को जय होस्

          • तपाइले TU बाट मास्टर गर्नु भएको रहेछ मेरो सलाम ! तर तपाइँ एक वा अर्को बहानामा विदेशको तल्लो पेशा अंगाल्न जानु भएछ त्यो पनि मास्टर दीग्री को इज्जेत चुर्लुम्म पारेर / हेर्नुस राम्रो संग सन्सार बुझ्नेहो भने नेपाल मा सोर्स फोर्स को बाल मतलब गरेर पनि तपाईको परिवार मात्र पालना बिदेशी लाइ एस सर भन्नु पर्दैन / तपाइले मास्टर त गर्नु भएछ तर त्यो कोरा सरटीफिकेट मात्र रहेछ भन्ने आफै प्रस्ट्याउनु भो / तेस्का २ कारण छन एक . गहन भएर सोच्ने सक्ति को अफाव २. फेसन – फलानाले ४ तले घर बानायो मैले केहि गर्न सकिन भन्ने तुच्छ मानसिकता / तेसैले तपाइले के मा मास्टर गर्नु भएको सो बिसयेमा नेपालमै फर्केर गहन अनुसन्धान गरेर आफ्नो बिकास गर्नुहोस देशको बिकास स्वोत हुन्छ एउटा उधाहरण दिउ येही mysansar लाई नै हेर्नु होस् उमेश जी ले पनि पत्रकारिता को जागिर मात्र खाएको भए नेपाली समाज मा येसरी उचो शिर कमै हुने थियो होला / अहिले उमेश जी को परिचय एउटा जागिरे भन्दा फरक छ उच्च छ तेसैले मा त भन्छु तुरुन्त नेपाल फर्कनुहोस जे सक्नु हुन्छा येही गर्नु होस् नेपाल भन्नाले काठमाडौँ मै भन्ने मानसिकता पनि छोद्नुहोस जहा तपाइको योग्यताले प्रतिफल दिन्छा तेही भिद्नुहोस अबस्य यो मरुभूमिमा बगाएको ब्यर्थ को पसिना भन्दा बढी प्रतिफल प्राप्त गर्नु हुनेछा / महाबिर पुन लाइ एक पटक पढ्नुहोस र फ्रेच नागरिक लाइ एक पटक पढ्नुहोस / अनि मेरो बिचार खराब र मेरो मतलब देश बिरोधि अनि मेरो भाषा खराब रहेछ भने तल कमेन्ट गर्न नभुल्नु होला फेरी पनि म भन्छु तैले के गरेको छस भनेर प्रति प्रस्न नगर्नु होला म तपाइँ भन्दा उमेर ले कान्छो छु मास्टर गर्न अझै मलाई बर्सौ लग्न सक्छा / अन्तिम मा फेरी सो लाउरे चाउरे जिन्दगि त्यागेर नेपाल फर्कनुहोस धन्यबाद !

            • तपाई को बुद्धि र बिबेक देखेर मलाई धेरै नै आश्चर्य लाग्यो… काम भन्दा कुरा बढी … हामी नेपाली हरु को यै बानी ले हाम्रो देश ले कोल्टो फेर्न सकेको छैन .. तपाई को विचार मा खाडी मुलुक मा काम गर्ने सबै लेबर कुली नै हो त ? तपाई को सोच लाई खै के भन्ने .. म Masters गरेर खाडी मुलुक मै काम गर्छु तर तपाई को घटिया सोच जस्तो पक्कै होइन .. म याँहा को ठुलै बैंक म राम्रै पोस्ट म काम गर्छु र थोर बहुत पैसा को साथै ज्ञान पनि हासिल गर्दै छु .. मल्टी नेसनल कम्पनि मा काम को अनुभव पनि बटुल्दै छु जुन पछी गएर आफ्नै देश मा प्रयोग गर्न सकिन्छ .. खाडी मुलुक US / UK / EUROPE / AUSTRALIA जस्तो होइन र याँहा पर्मानेन्ट रुप मा बस्ने कोहि पनि आको होइन ..आफ्नो मेहनत ले दुइ चार पैसा र काम को अनुभव लिएर आफ्नै देश नै फर्किने हो ..
              .. जहाँ सम्म उमेस जी र महाबिर जी को कुरा हो .. सबै उमेश जी र महाबिर जी जस्तै बन्न सक्तैन सबै को आ आफ्नै विशेषता हरु छन् ..
              तपाई अरु लाई भन्नु भन्दा आफु लाई हेर्नुस ,, आफु लाई eauta सभ्य नागरिक को परिचय को साथै उमेश जी र महाभिर जी जस्तै आफु लाई उभ्यानुस अनि अरु लाई भन्नुस …
              जहाँ सम्म नेपाल फर्किने कुरा छ त्यो चाही छिटै नै हुन्छा र भबिस्य मा तपाई संगै हातो मालो गरेर देश को बिकाश मा केहि योगदान दिन सकिन्छ कि .. तर तब सम्म तपाई आफै लाई auta उदाहरण को रुप मा उभ्यौनुस ..हामी तपाई लाई खोज्दै आउने छौ हाते मालो गर्न ..

      • एती सभ्य भाषा मा कमेन्ट गर्न सक्ने यहाँ ले चै कति पढेर विद्वान हुनुभाको छ ? अनि १० /१२ क्लास पढेर के लाछार्नुभाको छ ? तपाइको कमेन्ट पढ्दा त एस्तो लाग्छ कि हाम्रो देशमा तपाई जतिको विद्वान कोहि पनि छैन. आफु ले केहि नाप्न नसक्ने अनि अरुले गरेको मा आरिस गर्ने हजुरको चरित्र मलाई खुब मन पर्यो भनेर म भनि चै हाल्दिन ल /

        • Jeevan kumar tamang जी कसले कति पढ्यो भन्ने कुरा फरक हो / तर देश बिगार्ने मुख्य तत्वो लाइ पाखा नलाई देश बनाउने रट लगाउनु मुर्ख पाना हो / युवाले पढाइ लाइ प्राथमिकता नदिकिनै देश बन्दैन मित्र गर किन्ने , जग्गा किन्ने , पल्सर चढेर ठुलो काम गरे भन्ने मानसिकता बाट नेपाली युवा पर सर्नु पर्छ / अध्यन ( स्वअध्यन वा बिस्वो बिद्यालय ) , अनुसन्धान , मेहिनेत , उद्योग ,ब्यापार मा युवा लगेर मात्र देश को बिकाश सम्भब छ मित्र लाहुरे चाहुरे बनेर होइन / मेरो पढाई तपाइको बन्दा कम होला कम्जोर होला तर मेरो प्राथमिकता भनेको अध्यन हो तेस्को मतलब सोअध्यन पनि हो जुन बिस्वो बिध्यालय सकिने बित्तिकै पढाई सकियो भन्ने मानसिकता बाट टाढा छ /

    • प्रसङ्ग ब्येंग्यात्मक भए पनि कमेन्ट मर्म स्पर्शी छन् . चाउरे नभनिएको भए जनतामा जोस आउने थिएन . हामी नेपाली हरु साच्चिकै चाउरिएका छौ . यो सत्य हो . खाडी मुलुक मा बस्ने ले एस्लाई चित्त दुखाएर हुदैन . आत्म साथ् गर्न सक्नु पर्छ .
      घाउ मात्र बनाउन जानेका छौ हामीहरुले त्येसको मलम हामी सित छैन
      अब आएर रेमिटेन्स को धाक लगाउनु स्वाभाविक हुदैन . घर को प्रसङ्ग छ . घर भनेको त्येही हो जहाँ हामी बस्न रुचाउछउ र हामीलाइ जहाँ सम्म लाग्छ नेपाल भनेकै हाम्रो घर हो .
      न हाम्ले आफ्नो देश मा घर बनाएका छौ अनि आन्त नै बनाउन सक्छौ . घर बन भनेर सराप दिनु भनेको ठिकै हो . कसैले नि आफ्नो देश बनाउन लागेको जस्तो देखिदैन . बाहिरी संसार मा हामी भुलेका छौ जसले केहि गर्न खोज्छ नेपाल मा घर बनाउन खोज्छ त्यो उसको लागि सराप नै हो . हामीले एउटालाई अर्को ले अर्कोलाई अर्को ले ब्येंग गरेर बसे हुन्छ
      त्येसैमा हाम्रो भलाई छ .
      धन्यवाद !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

    • Guys, take it easy! It is just a humor .Writer just trying to rhyme the sentences, nothing else.

  33. घर त जता खाली जग्गा भएकी बनाई हल्चान/ १ आना मा ४,५ तल्ले घर ठाडै बनिहाल्छ / कस्तो सानो आना मा घर बनाउन्चन भने थुक्न लै आफ्नो जमिन नभएर बाटो मा थुक्न पर्चा कौसीबाट/
    अर्को कुरा घर जाने ठाम मा मोटर सैकाल मुस्किल ले जान्छ होला तर त्यो घर को गेट चाइन ट्रक छिर्ने हाल्चन /
    भूइंचालो गयो भने भाग्ने थाम छैन/ आकाश बाट काठमान्डू हेर्नु पर्चा ठ्याक्क बाटो मा इट्टा थुपारेको जस्तो देक्चा/ आसन इन्द्रचोक त मान्छे हिड्ने थाम छैन भूइंचालो आयो भने साब जना एकै चिहान हुन्छ/
    येसो प्लान भन्ने कुरा केहि छैन/

  34. लेखकको प्रस्तुति रमाईलो लाग्यो | “आघौँ तैंले घर बनाईहाल्नुपरोस” भनेर धारे हात लगाउने उत्तर भारतको कुन चाहिं ठाउँ रहेछ बताईदिनुस न |

    • मारवाडी समाज मा “तुझे घरोट लगजाए ” भन्ने चलन छ उनि हरु मुलतः राजस्थानका हुन्

Comments are closed.