फेसबुक आन्दोलन भाग ३

राजेश लुइटेल

दुई हप्ताअघि माइतिघर मण्डला, हप्तादिनअघि नयाँ बानेश्वर हुँदै हिजो फेसबुक आन्दोलनको भाग ३ खुल्लामञ्चसम्म आइपुग्यो। ज्याला पूरा लियौ अब संविधान देऊ भन्ने नाराका साथ हामी अझै खबरदारी अभियानमा जुटिरहेका छौँ।

हिजोको कार्यक्रममा आम नागरिकदेखि लिएर राष्ट्रियस्तरमा विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तिहरुको समेत उल्लेख्य उपस्थिति थियो। गायक गायिकाहरु योगेश्वर अमात्य, निमा रुम्बा, आनी छोइङ डोल्मा, अभया सुब्बा, मिस नेपाल जेनिशा मोक्तान, राष्ट्रगानका रचयिता व्याकुल माइला एवं बैंकर अनिल शाह उल्लेखनीय नाम थिए।

भिडियो हेर्नुस्-

कार्यक्रमका सहभागीहरुले स्वस्फूर्त रुपमा मञ्चमा आएर संविधान निर्माणमा गरिएको ढिलाइप्रति राजनीतिक दलहरुको आलोचना गर्दै समयमै संविधान निर्माण गरिनु पर्ने र अब समय थप भएमा सभासद्हरुले ज्याला नलिई काम गर्नु पर्नेमा जोड दिएका थिए।


पूर्व मिस नेपाल जेनिशा मोक्तान।

सहभागीहरुले हाम्रो देश—हाम्रो उत्तरदायित्व, ज्याला पूरा लियौ अब संविधान देऊ, हामी के चाहन्छौ संविधान लगायत विभिन्न खालका नाराहरु लगाएका थिए। कार्यक्रम करिब २ घण्टासम्म चलेको थियो। यस कार्यक्रमलाई प्रंभावकारी बनाउन उपस्थित गायक गायिका र विभिन्न सांगितिक समूहहरुले देशभक्तिका गीतहरु गाएका थिए। कार्यक्रमको अन्तमा व्याकुल माइलाको नेतृत्वमा राष्ट्रिय गान प्रस्तुत गरिएको थियो।


व्याकुल माइला।

फेसबुक प्रयोगकर्ताहरुको समूह नेपाल युनाइट्स मार्फत् शुरु भएको अभियानका विगतमा भएको कार्यक्रमदेखि नै सक्रिय सहभागिता जनाउँदै आएका सभासद् सुनिलबाबु पन्त लगायत यो अभियानका अभियानकर्ताहरु प्रसान्त सिंह, डा. अनिल चित्रकार, उज्ज्वल थापा लगायतसँग भलाकुसारी गर्दा सबैले एउटै कुरा बताए- यो अभियान कुनै राजनीतिक वाद र प्रतिवाद नभई मुलुकमा चाँडो तर पूर्ण संविधान निर्माणका लागि विभिन्न तह र तप्काका राष्ट्रप्रेमी नेपाली जनताको स्वस्फूर्त खबरदारी र दबाब हो।


योगेश्वर अमात्य।


अभया सुब्बा।


फ्रि कन्सर्ट भएकोले पनि होला, सहभागी त दुई पटकको कार्यक्रमभन्दा बढी थियो।

25 Comments

  1. गित नै कनि कनि गाको छ, सू नै फुस्कने गरि, लौन भगवान के भाको हाम्रो देशमा, नेपाल मा अझै ५० वर्ष केहि हुनेवाला छैन, थुक्कक बन्द कर्ता र फोहोरी नभाको कुरा लेखेर नेताहरुलाई मथिपुरौने पत्रकारि हरु, धिकार छ तिमीहरुलाई,

  2. कति जनता केहि खान पाईनछ भनेर गएको होलान, कति जनता केहि काम पाहिन्छकि भनेर, नत तिनले त्यो गीत को ताल नै बुझे नत केहि खान पाइयो, के हो के हो यो संबिधान भनेको, ज्याला चाई पक्कै बुझे |

  3. माथिको फोटोहरु हेर्नु बित्तिकै थाहा भैहाल्यो कि कसले उचालेको रैछ भनेर …! खुरुक्क “राजा आउ देश बचाऊ” भनेर अभियानमा लागे भैगयो नि, किन “ज्याला पुरा लियौ अब संबिधान देउ” भनेर नाटक गर्दछौ ! तेसो गरे जनता भ्रममा पर्दैन थियो कि ?

    • कुरा गरे कुरा कै दुख्ख भन्छन तर साथी आकाश जी तपाई हरु जस्तो संकीर्ण सोचाई भएका हरु ले गर्दा हाम्रो देश मा नेता हरु गतिछाडा बनेर आज देश को यो स्थिति भाको हो .. कुन चै दल को कार्यकर्ता पर्नु भयो तपाई ?

  4. “हामी सवै मेहनति सर्व-साधारण र सहयोगि हौं “नेपाल यूनाइट्स” का।हामीसंग कुनै एउटा “नेता” छैन र जानीबुझि नबानाएका पनि हौं। हामीसंग धेरै नेता भए यस देशमा र जब हामीले उनीहरुलाई नेता भएको घोषणा गर्यौं हामीलाई ती नेताहरुले असफल बनाए। “नेपाल यूनाइट्स” एउटा विचार हो नाकि कुनै संगठन। “नेपाल यूनाइट्स”संग जोडिएका व्यक्तिहरु लुकेका छैनन्, जहांतहिं मिटिङ्गमा देख्न, भेट्न र कुरा गर्न सकिन्छ। यहां कुने दातृनिकाय, गैर सरकारी संगठन वा कम्पनि वा धनि व्यक्तिवाट कुनै आर्थिक सहायता “नेपाल यूनाइट्स”लाई दिइएको छैन। सहयोग गर्ने तपाईं हामी जस्तै मानिसहरु मध्ये वाट आएका छौं जो दिनरात मेहनत गर्दछन्। कसैले डिजाइन गरेका छन् त कसैले ब्रोशर प्रिंट, कसैले टी-शर्ट बनाका छन् अनि कसैले ब्यानर त कसैले वीडियो, र कसैले पोस्ट गरेका छन् YouTube मा र यति सहयोग तपाईं पनि गर्न सक्नु हुन्छ, यो अभियानमा सकृय सहभागि हुन सक्नु हुन्छ र हुनु पनि पर्छ। आजको यस महत्वपूर्ण अवसरमा देश बचाउनका लागि हामी अव “षड्यंत्र – सिद्धांत” को बारेमा कुरा कम गरौं र योगदान दिऊं धेरै। सबै दाजु भाई दिदी बहिनीहरु संग यो एक अपिल मात्र हो नाकि कुनै आदेश, किनकि यस लड़ाई मा समयको सार छ, र हामी विचको एकताले सर्वोपरि महत्वको राख्दछ। यस बिषयमा कुनै गल्ति गर्ने गुञ्जायस रहंदैन। हाम्रो अगाडि ठूला चुनौतिहरु छन्, बृद्ध नेताहरुका रूपमा, उनीहरुका व्यक्तिगत स्वार्थ र महत्वाकांक्षा, त्यसमाथि उनीहरुका पुराना विचारहरु जस्ले उनीहरुलाई परिस्थिलाई देख्न नसक्ने बनाइदिएको छ।

    http://www.facebook.com/nepalunites

    • जसरि nepalunites एउटा विचार हो भन्ने लाग्दछ, अरु facebook समुहलाई पनि त्यस्तै लाग्दो होला . तपाइको समुहको विचार र मिहिनेत एकदम राम्रो लागेको छ मलाई. तर तपाइंले अरु समुहलाई पनि आफु संगै मिलाएर लग्नु पर्यो . facebook समुहहरु मात्र हैन , येही समुहहरु मार्फत टोल टोल , गाउँ गाउँ बाट जनतालाई संगठित गर्नु पर्यो . तल्लो तह बाट नगरी उच्च वर्गबाट गरिएको आन्दोलनको हबिगत कस्तो हुन्छ भनेर जान्न मन लागेको भए ६२-६३ सालको आन्दोलन हेर्नुस . जब सम्म तल्लो तहका जनता जाग्दैनन , तब सम्म आन्दोलनले उचाई लिन सक्दैन. फेरी तपाइले राजनीतिक कार्यकर्ताहरुलाई पनि यो आन्दोलनमा निषेध गर्न सक्नुहुन्न. किनकि उनीहरुको सहायताको पनि हामीलाई जरूरी हुनेछ. अनि हाम्रो सिद्धान्त के हो, विचार के हो, योजना के छ, देश निर्माणमा हामीले कसरि योगदान दिने आदि कुराहरु पनि जनताको बिचमा सार्वजनिक गर्नु पर्छ . प्रशान्त जी, गाडीमा चढेर आन्दोलन कहिले पनि सफल हुदैन, साधारण जनतासंग हिड्नुस अनि मात्र आन्दोलनको वास्तविकता बुझ्नुहुनेछ. जनताको आन्दोलन भनेको खुल्लामंचमा rap गाएर कहाँ सफल भएको छ र , मुठी उठाएर मात्र आन्दोलन सफल हुनेछ भन्ने मलाई लाग्छ. आगे तपाइको मर्जी . अनि तपाई वोरिपरी घुम्ने सम्भ्रान्त वर्गको मर्जी .

  5. १ बर्ष के भन्नु ३ ३ बर्ष सम्म नाचगान रमाइलो र आफ्नै दुनो सोझ्याउन लागेका हरुलाई अहिले अन्तिम अबस्था मा आएर के के न गरौला जस्तो गरेर नौटंकी. यो कसैलाई सामाजिक काममा लगानी गरेको (Tshirt ) भनेर कर घटाउने कसैलाई मेडिया मा देखिने र कसैलाई college application को resume मोटो बनाउने मात्र हो , ल यो ग्रुपमा देखिएका कतिलाई साँझमा टोस्ट गर्न मन नलाग्ने भाको छ होला र संबिधान नबनेर. अझ भन्नुपर्दा खाना खान मन नलाग्ने गरेरै पिर परेको कसलाई छ यहाँ संबिधान नबनेर.

  6. वनिन्द्रजी, मैले पहिले नै भनिहाले विद्रोह ठिक छ. म सहमत छु एसमा. तर हामि सबै मिलेर पहिला सम्पूर्ण जनतालाई सुसुचित गर्दै , साधारण भन्दा साधारण जनताको पनि सहभागिता हुने गरि गरेको विद्रोह पो भरपर्दो हुन्छ होला. न कि facebook बाट जम्मा भएका केहि हजार मान्छे बाट . एसको लागि लगानी मात्र गर्नु गर्ने होइन कि दह्रो इच्छा शक्ति भएका leader पनि त्यत्तिकै चाहिन्छ. अब २ – ४ जना मिलेर गर्दैमा सफलता पाइने भए त सबैले गर्थे नि. अनि लास्ट मा एउटा कुरा , मुन्नी र शीला भन्दा बरु कान्छी र माइली लाइ ल्याउन पाए बेस होला है.

  7. कस्तो खुशी लाग्ने देशलाई मायागर्ने साथीहरूलाई देख्दामात्र पनि !! म उहाँहरू सबैलाई सलाम गर्छु /

  8. ज्याला पूरा लियौ अब संविधान देऊ भन्ने नाराका साथ हामी अझै खबरदारी अभियानमा जुटिरहेका छौँ सबै नेपाली हरु देश मा या विदेश मा । अब बेलायेत को नेपाली राजदुताबास मा पनि येही मे २७ का दिन दिन को १२ देखि २ बजे सम्म नेपाली हरुको दबाब स्वरूप ज्याला पूरा लियौ अब संविधान देऊ भन्ने कार्यक्रम रहेको छ ।सम्बन्धित सबै लाइ उपस्थित हुन पनि आव्हान गरिन्छ ।

  9. गर्छु भनेर नगर्ने दिन्छु भनेर नदिने संबिधान सभाका गोरुहरुलाइ के गर्ने ? पुच्छर निमोठ्ने बाहेक त के गर्न सकिन्छ र ? अरु बेला पुच्छर निमोठे पनि भेटेको बेला कानै ननिमोठी पनि भएन अब | जनता थाकी सके संबिधान देउ संबिधान देउ भनेर |
    पहिला चोक चोकमा यस्तो आयोजना गरेर युबाहरु जाग्नु पर्यो | संबिधान सभाका गोरुहरुलाई सभा भवन भित्र थुनेर बाहिर बाट ल्याउने खाना बन्द गरि घास, पराल र कुडो मात्र खुवाउने बन्दोबस्त गर्नु पर्छ | तीन बर्ष सम्म जनताका नाममा राष्ट्रिय ढुकुटी रित्याउनेलाई के गर्ने त जनताले ? ३/४ बर्षमा संबिधान बन्छ भनेर आझै जनतालाई थर्काएर खान खोज्दैछन |

  10. बास्तबमा भन्ने हो भने यो सारै राम्रो पाइला हो | सबै जना सेतो मा झन्डाको छाप छातीमै टासेको रास्र्तियता झल्केको ,अति सुन्दर !अब त् नेपाल र नेपाली भन्न गर्ब लाग्यो | यसमा १००% जनताको साथ पाउने छ | एउटा प्रयास हो |सफल हुन् पर्चा
    संबिधान पछि मात्र तलब भत्ता पाउने भय अलि जागर बल पुग्ने हो कि ?
    नेताहरु त् घ्रिरिनाको मुख्य पात्र भएको ले जनता जागेको अति राम्रो लागेको हो |

  11. कुकुर को पु६र र नेता हरुको काम कुरा कहिले राम्रो हुँदैन कुकुरको पुचार १२ वर्षा ढुंग्रमा राखे पनि शिधा हुँदैन नेताहरुले पनि १२ वर्षा सम्म मा नि केहि गर्न सक्दैन अट सबै नेपाली हरु एकजूट भएर यी नेताहरुसबैलाई त्यहिँ संबिधान भवन भित्र नै थुनेर संबिधान सबै नेपली हरुको लागि राम्रो संबिधान लेखन लगाउनु जरुरि भै सकेको छ त्यशाई ले आब पनि नगरे कहिले गर्ने …
    हाल कतार

  12. गरौ गरौ येही हो बेला नाम कमाउने पहिचान बनाउने, १४ जेठ भित्र संबिधान सभाको म्याद थप भए पछी सभासद संगै मस्त सुतौला !!!
    बगेको गंगामा हात किन नधुने ? सबै ले केहि न केहि त गरि रहेका छन l कोहि बन्द गर्दै छन, कोहि बार्ता गर्दै छन, कोहि बिद्रोहको तयारी गर्दै छन, कोहि मन्त्रि बन्न दौरा सुरुवाल सिलाउदै छन, कोहि दुताबासमा गुरु मन्त्र सुन्न जादै छन, आदि इत्यादी !!!!!!!!!!

    • संबिधान निर्माण होइन,नेताको टाउको फुटाउने निर्माण तिर अव लाग्नु पर्छ|अव नेपाली कांग्रेस र एमाले के.पी.ओली.ग्रुपले ज्ञानेलाई दरवार भित्र घुसाउने षडयन्त्र गर्दै संबिधान सभाको म्याद थप्न नदिने जालो बुन्दै छ|यो दुधको तर चोरी खाने बिरालो स्वभावको दुइ चार जना लाउके नेताहरुको चालखेलले देश बेहाल बनाउने भयो|जसले जे भने पनि के.पी.ओली. भारतको दलाल हो|भारतले के.पी.ओली.लाइ करोडौं करोड आइ.सी.दिएर नेपालमा बबन्डर मच्चाउने नाइके बनाएको छ|

  13. धेरै दिन पछि नेपाली झन्डा फहराएको देखे खुशी लाग्यो साथै सेतो T -Shirt मा नेपाली झन्डा देख्दा मनै आनन्द भो . “परिवर्तनका लागि हामी नेपाली एक हौँ .” एकदम सहि भनाइ .

  14. जेष्ठ १४ को १४ बुधेँ संबिधान
    १ कुनै पनि ब्यक्ती २ पटक भन्दा बढी कुनै पनि राजनैतीक संगठनको प्रमुख वा सभापति हुन पाउने छैन।
    २ कुनै पनि ब्यक्ती २ पटक भन्दा बढी सरकार प्रमुख वा सरकारको कुनै पनि पदमा बाहल हुन पाउने छैन।
    ३ भष्ट्रचार काण्डमा हिरासतमा लिईेएका ब्यक्ती स्वत: पद मुक्त हुने छन, यस मुद्धाको बढीमा ६० दिन भित्र अदालती निर्णय भई सक्नु पर्ने छ र दुई पटक भन्दा बढी पेसी चढाउन पाइने छैन।
    ४ अपहरण, बलात्कार, मानब ओसारपसार, बेचबिखन कर्तुतमा संलग्नलाई पाँचलाख जरिवाना र २५ बर्ष (नघट्ने गरी)जेल सजाय।
    ५ सार्वजनिक, निजी, प्राकृतिक, सांस्कृतिक सम्पदा वा सम्पत्तिको क्षती पुर्याउने ब्यक्तीलाई ३ लाख जरिवाना र ९ बर्ष जेल सजाय ।
    6 सवारी सधानको अनिवार्य बिमा गर्नु पर्ने छ, सवारी नियम मिच्ने चालकलाई तीन पटक सम्म ३ हजार जरिवाना, तीन पटक भन्दा बढी भएमा ५ हजार जरिवाना सहित १५ दिन जेल सजाय, सवारी बाट कुनै पनि ब्यक्तीको मृत्‍यु हुन गएमा बिमा मार्फत पांचलाख क्षतीपुर्ती, घाईते भएमा बिमा मार्फत सम्पूर्ण उपचार खर्च।
    7 कुनै पनि ब्यक्तीले अर्को ब्यक्तीको हत्या गरेमा पांच लाख परिवारलाई क्षतीपुर्ती सहित २५ बर्ष (नघट्ने गरी ) जेल सजाय, क्षतिपुर्ती दिन नसक्नेको हकमा ३५ बर्ष जेल सजाय।
    8 कुनै पनि राष्ट्रिय निर्वाचनमा २० सिट भन्दा कम्ती ल्याउने राजनैतीक संस्था स्वत: खारेज हुने छन र सो संस्थाको संचालन पदमा बहाल ब्यक्तीले कुनै पनि अर्को राजनितिक सस्था स्थापना गर्न पाउने छैन।
    9 कुनै पनि सार्वजनिक ठेक्का पट्टा, निर्माणमा निर्माण ठेक्का पाउने कम्पनी वा संस्थाले तोकिएको समय र मापदण्डमा निर्माण कार्य सम्पन्न गर्न नसक्ने कम्पनी वा संस्थाले बढीमा तीन महिना समय बढाउन पाउने छ, सो अवधी भित्र पनि निर्माण पुरा गर्न नसके, निर्माण लागतको दोब्बर जरिवाना सहित दुई पटकको लागि नयाँ ठेक्का पट्टामामा सहभागिता जनाउन पाउने छ। तीन पटकमा पनि तोकिएको समय र मापदण्डमा पुरा गर्न नसकेमा कम्पनी वा संस्था स्वत: खारेज हुने छ।
    10 कुनै पनि ब्यक्तीले अर्को ब्यक्तीलाई हातपात गर्न पाउने छैन, यदी हातपात मात्र गरेमा दस हजार जरिवाना सहित एक महिना जेल सजय। सामान्य चोटपटक लागेमा बिस हजार जरिवाना सहित दुई महिना सजाय। अंगभंग भएमा सम्पूर्ण उपचार खर्च सहित एक बर्ष जेल सजय।
    11 राज्यले निषेधित गरेका कुनै पनि जीब, जन्तु, र प्रकृतिक सम्पदा ओसारप्रसार गर्न पाउने छैन, यदी गरेमा पांच लाख देखी १५ लाख सम्म जरिवाना सहित १५ बर्ष जेल सजय।
    12 कुनै पनि ब्यक्ती वा संस्थाले अरु कोहीलाई अबरोध हुने गरी बन्द हड्ताल गर्न पाउने छैन, यदी गरेमा ब्यक्तीको हकमा छ महिना जेल सजाय र संस्थाको हकमा संस्था खारेज गर्न सकिने छ।
    13 कुनै पनि निजी वा सार्वजनिक कागज किर्ते गर्ने ब्यक्ती वा संस्थामा ब्यक्तीको हकमा ३ लाख जरिवाना सहित ५ बर्ष जेल र संस्थाको हकमा पन्ध्र लाख जरिवाना ।
    14 बैदेशिक रोजगारमा ठगी गर्ने ब्यक्तीको हकमा दुई लाख जरिवाना सहित छ महिना जेल र सँस्थाको हकमा तीन पटक सम्म पाँच लाख जरिवाना र चौथो पटक २० लाख जरिवाना सहित संस्था खारेज,

    • भनेपछी नेपालमा कम्तिमा पनि एक करोड जना जति अट्ने जेल बनाउनुपर्ने भयो । अनि जेलको ब्यबस्थापन चाहीं कसले कसरी गर्ने नी ?

  15. धेरै राम्रो छ प्रयास! डलरको खेति गर्ने नाम मात्रको नागरिक समाज मरेको बेलामा यहि अभियानले नागरिक समाजको ठाउँ लिनु पर्छ अव!वास्तविक नागरिक समाजको काम यो समुहले गरि रहेको छ/ अव आन्दोलनको रुप अलिक परिवर्तन गर्नु पर्छ होला कि!जस्तो- मुख्य सडक र चोकहरुमा जनताका आवाज भएका र नेताहरुका काला कर्तुतका कुरा भएका तुलहरु टाँग्ने, जनताहरुको तर्फवाट नेता र मन्त्रीहरु आदिलाई उनीहरुले गरेको घृणित कामको लागि सामुहिक रुपमा घृणा ब्यक्त गर्न”सामुहिक रुपमा कतैतिर फर्केर थुक्ने” कार्यक्रम गर्ने/ यस्ता कार्यक्रमहरु शान्तिपूर्ण र सन्देशमुलक अनि प्रभावकारी हुन्छन/

  16. उद्देश्य त राम्रै थियो जमघट को , तर तरिका चाही ठिक लागेन . कम्तिमा लाख रुपियाको खर्च , कसले कसरि जोरजाम गर्यो होला . कसैलाई थाहा छ भने भनिदिनुस न . अनि एसपाली नाचगान भयो, अर्को पल्ट के त ? fashion show पो हुने हो कि ? त्यही तरिकाले हिडियो भने कुनै दिन मुन्नी, शीला पनि आउन बेर छैन . हात लाग्यो के ? संविधान ? आकाश को फल आँखा तरी मर भने जस्तै मात्र हो.

    • यो शान्त बिद्रोह हो | के हामी पनि नेपाल बन्द गर्ने त अनि ? गाडी फुटाउने, कि टाउको नै फुटाउने ??? त्यो भन्दा त मुनि शिला जो सुकै ल्याएर बिरोध गरेको नै राम्रो | सभ्य मान्छे हरु ले येसरी नै बिद्रोह गर्छन इन्द्र जी !! गान्धी को बिद्रोह कस्तो थियो ?? के मसाल जुलुस निकाले क थिए उनि ले? कि बन्द गरेका थिए ??

      • मित्र ब्रिटिश ले इंडिया गान्धी को बिद्रोह ले गर्दा छोडेको होइन त्यो त second world war लडेर economically large empire viable हुदैन भन्ने लगेर छोडेको हो hitler लाई हान्दा बम र गोलि सकिएर हो नत्र देखैदिन्थ्यो.

      • २००७ सालको क्रान्ति , २०२८ को झापा vidroha, २०३६ को विद्यार्थी आन्दोलन, २०४६ को जनआन्दोलन , २०५२ को माओबादी जन युद्ध , २०६२-२०६३ को जनआन्दोलन २ , मधेश आन्दोलन आदि सबै असभ्य आन्दोलन रहेछ . फ्रान्स, चीन , अमेरिका , रसिया आदि देशमा भएका आन्दोलनहरु पनि असभ्यहरुले असभ्य तरिकाले नै गरेका रहेछन . गान्धिगिरी गर्नु राम्रै हो . कहिले सम्म सकिन्छ गर्नुस . हामि पनि साथ् दिन तयार छौं. तर कुनै न कुनै दिन तपैले महसुस गर्नुहुनेछ हामीले असभ्य आन्दोलन नै गर्नु पर्ने रहेछ. तर त्यो बेला ढिलो भैसक्नेछ. नेताहरुले देश खत्तम बनिसकेका हुनेछन . हामि चै त्यो बेला UN को जहाजले फाल्ने पाउरोटीको टुक्रा पाउनको लागि त्यहिँ खुल्लामंचमा दौडिरहेका हुनेछौ . शायद तपाई जस्तो उच्च वर्गलाई त खासै असर नपर्ला . तर हामि साधारण जनतालाई चाही सार्है पछुतो लाग्नेछ , हामीले लामो समय सम्म सभ्य आन्दोलनको पछि लागेकोमा.

    • बन्द गर्न गाडी जलाउने पर्छ? यो अहिले सम्म कै नेपाल मा देखाएको सभ्य आन्दोलन हो , यसै लै निरन्तरता दिनु पर्छ. ढुंगा हान्ने आन्दोलन होइन

  17. Yesterday was NC’s gathering?
    Anyway it is a good move. Keep it up. One request is please don’t support any political parties. You should point out all of them, who is hindering the process.
    UNMIN activities 13.19 Billion, UNDP activities1.75 Billion, USAID 2.72 Billion, Swiss Development Cooperation 2.72 Billion, European Union 515 Million, CIDA-Canada 470 Million, GTZ-Germany190 Million
    Norway 400 Million ,UNFPN through CIDA 210 Million, Through NGOs 514 Million…….(all in NRs)
    1. All political Parties shared these money in the Name of Peace and Constitution……
    I think there is no money left……and nobody will give more……This time they will certainly come together….all are interested in money…..if there is no money, they will say OK……
    2.All these type of pressure to all parties also make great effort……, 3. Now I think there is no issues on NUMBER of PLA in Army as well….To get 5-8 LAKHS, most will refuse to do Jobs as NA.

    So I think they will certainly finish it……Now all are fed up…..exhausted ……
    This time I am sure all are serious…..

Comments are closed.