यो फुच्चेको यत्रो आँट

-विज्ञान शर्मा-

मितिः २०६८ जेठ ८
स्थानः नयाँ बानेश्वर चोक
समयः बिहान १० बजेदेखि साढे १० बजेको बीच

बन्दको वातावरण हेर्न म र सहकर्मी सरोज राना बिहान नयाँ बानेश्वर चोकतिर निस्कियौं। क्षत्रीको नाममा दुई वटा अलग अलग संस्थाले हामीले मात्रै गरेका हौँ भन्दै आयोजना गरेको बन्दमा साना साना गल्ली र फराकिला बाटाहरुमा पनि मोटरबाइकहरु फाटफुट चलिरहेका थिए। तर मुख्य चोकमा भने बन्दकर्ताहरुको सानोसानो झुण्ड खडा थिए। त्यसैले मोटरसाइकलेहरु चोकमा आइपुग्दा हच्कन्थे। बन्दकर्ताहरुको त्यति बाक्लो उपस्थिति भने देखिएन। बानेश्वर चोकमा भने एउटा अनौठो दृश्य देखियो। एकजना ८/१० वर्षका बालक एक्लैले धेरैजनाको सातो लिइदिए।

बा ३९ प ५८६० नम्बरको मोटरसाइकलमा दुई जना पुरुष बानेश्वर चोकमा के आइपुगेका थिए, निलो टोपी, रातो टिसर्ट, निलो जिन्सपाइन्ट र छालाका जुत्ता लगाएका ती फुच्चेले ‘ए पख् पख्’ भन्दै बाइक रोक्न लगाए। उनीहरुले बाइक रोक्ने बित्तिकै ठूलो-ठूलो स्वरमा उनले भने, ‘बन्द भन्ने थाहा छैन? हावा खुस्काइदिउँ” बिचरा उनीहरु मोटरसाइकलबाट झरे र खुरुखुरु मोटरसाइकल डोर्‍याउँदै पाखा लागे।


एकछिनमै झोला बोकेका एक पुरुष साइकल चलाउँदै त्यही स्थानमा झुल्किए। के कम थिए ती फुच्चे बन्दकर्ता। थर्काइहाले। उनी पनि लुरुक्क परेर साइकल डोर्‍याउन थाले।


एकै छिनपछि एउटा रिक्सामा एक पुरुष चोकमा आइपुगे। उनले त्यो रिक्सालाई पनि रोके। ती फुच्चे बन्दकर्ताका तागत यति धेरै थियो कि ती मानिस रिक्साबाट नझरी धरै पाएनन्। कहाँ जान हिँडेका थिए कुन्नि। रिक्साबाट झरेर लुरुलुरु अगाडि बढे।

त्यहाँ वरपर अरु एक जना पनि बन्दकर्ता देखिएनन्। उनी एक्लैले पूरै चोक थर्कमान बनाएका थिए। धेरै बेरसम्म यो क्रम जारी रह्यो। केही बेरपछि हामीले बाटो ततायौं। हामी सोच्दै थियौँ- नेपालीहरु कस्ता आज्ञाकारी है, कति अनुशासनप्रिय, कसैले केही भन्ने बित्तिकै मान्दिइहाल्ने, कुनै नाइँनास्ती, किन-कसो छैन। (सबै तस्बिरहरुः सरोज राना)

साथमा सुन्नुस् बालकृष्ण दाहालले चाबहिल नजिकै आफूलाई फुच्चे बन्दकर्ताहरुले रोकेपछि बन्द आह्वानकर्ताहरुसँग गरेको कुराकानीको अडियो-

उनी भन्छन्- चाबहिलनिर भित्री बाटोमा बाइकमा जाँदै थिए। एक हुल ५-६ वर्षका होनहार भविस्यका कर्णधार भन्नु पर्ने बालक मेरो सामु उभिएर कराउन थाले ” फर्काइ हाल २ नत्र हावा खुस्काइदिन्छौँ, बन्द भन्ने थाहा छैन?” एकछिनमा “बाउ जेनरेसन” को एउटा आइपुग्यो र बच्चा जेनरेसनकै कुरा दोहोराएर ठोक्यायो मेरो कानमा। बडो चाख लाग्यो, मोबाइल निकालेर रेकर्ड गर्न थालेँ। त्यही रेकर्ड हो माथिको। [तपाईँको पनि यस्तै फोटो, अडियो छ भने पठाउनुस् [email protected] मा]

यस्तो पनि बन्द !
तामाङसालिङ स्वायत्त परिषद्ले आफ्नै पार्टीका नेतालाई कुटेको अभियोगमा पक्राउ परेका दीपक मनाङेलाई छाड्नु पर्‍यो भन्दै आज हेटौडा बन्द गरेका रैछन्। गज्जब छैन त बन्दको बहाना ? दिनेश अधिकारी चरीलाई छुटाउन एमालेले बन्द गर्न हुन्छ भने हाम्ले मनाङेलाई छुटाउन किन गर्न नहुने भन्ने होलान् केही भन्यो भने 🙁

अनि यसरी अस्पतालको गाडी पनि तोडफोड गर्ने आजका बन्दकारीहरु कस्ता आफै बुझ्नुस्-

फोटोः सुबिन

40 Comments

  1. यो गलत संकार को सुरुवात हो.अब हामीले हामीलाई सुधार्नु पर्ने बेला निकै बिती सक्यो i फुच्चे को गालामा चड्कन दिएर पुस्तक अनि कलम समात्न कसले सिकाउने ?

  2. nepal is like this nothing is impossible.i think this is the sign of newnepal..i think even the children have understood that nepal can’t grow up.they should have notice that doing strike is our coulture..great awesome..there is no solution of this problem in nepal

  3. यो बालक क्रान्तिकारी शिक्ष्या को खोजि मा छ , तेसैले बुर्जुवा बादी स्कुल त्यागेर सडक मा क्रान्ति गर्दै छ | कस्ता होलान एसका बा आमा ?

  4. यो राम्रो सस्कार होईन यस्ता कु कार्यको भत्सना गरौ

  5. यो कुनै खुसीको कुरा होइन. यो त हाम्रो देश कुन प्रकारको बाटोमा जाँदै छ र त्यसमा भर्खरका दुधे बालकहरु समेत सामेल हुन् लागे पछित देश को भविस्य त त्यसै अन्धकार भै हाल्यो भन्ने कुराको शन्देश हो. Morning shows the day भने जस्तै अहिले यति सानो उमेरमै यी बालकहरु यस्तो बन्द सन्दमा लाग्न लागे भने त देशको राम्रो भविस्य को के नै आशा रहयोर?

  6. यो फुछेको फोटोले देखौंचा भोलिको नेपाल कस्तो हुनेछ.हुने बिरुवाको चिल्लो पात नहुने बिरुवाको खस्रो पात.

  7. आफु त बन्द को समर्थक ,एक दिन मात्र होइन २/३ महिना हुनु पर्छ अनि मात्र हाम्रो देश ले प्रगति गर्छ ! अनि त युवा बिदेसिनु प्रदैन,एकै चोटीमा कम तमाम !

  8. यस्तो आज्ञाकारी नभा भए, भारत को अघोषित प्रान्त हुन्थ्यो ?

  9. त्यहि आज्ञाकारी भाको ले त इंडिया को गुलामी गर्नु पर्या…./ १८ घण्टे लोडशेदिंग को नाम मा भूत जस्तो अँध्यारो मा बस्नु पर्या…/ काकाकुल जस्तो पानीको हाहाकार सहनु पर्या….भुटान जस्ताले थर्काएको सहनु पर्या…/ अन्न पानि, इन्धन सबै पाउनको लागि नेपाल को सिमाना भारत लाई सुम्पनु पर्या…/ देश का योग्य युवा बिदेशी को गुलामी गर्न मरुभूमिमा आफ्नो रगत बगाउन जानु पर्या…/त्यसैले बिश्व मानचित्र बाट नेपाल को नक्सा हराउन लाग्या../
    मेरो प्रश्न छ……के यी बन्द कर्ता हरुले लोडशेदिंग हटाउन, देश लाई पर-आश्रित बाट जोगाउन,पानि को हाहाकार बाट जोगिन, नेपाली युवा बिदेसिनु बाट रोक्न,चेली को यौन शोषण रोक्न, अन्न -पानी-इन्धन सहज उपलब्ध पाउन, भारतीय दादागिरी रोक्न सिमाना बचाउन आन्दोलन गर्ने हिम्मत गर्छ ?

  10. माथिको लेख पढ्दा मलाई पनि बन्दको याद आयो,मा नयाबजार बाट बनस्थली साइकल मा जाँदै थिय,बालाजु पुलमा धेरै बन्दकारी हरु थिय तर कसैले साइकललाइ केहि पनि अबरोध गरेन,जब बालाजु चोक मा पुगियो एक हेर्दा अलि नै उग्र देखिनी सानो बालक(बन्दकारी हातमा लौर बोकेकोले चर्को आवाजमा करायो साइकल रोक !!!)मैले उसको कुरा लाइ खासै मतलब गरिन,अलि नजिक पुगेपछि लौरा ताक्न थाल्यो,बरु एक लौरो खान उत्तम तर झर्दा त लाजै हुन्छ भनेर त्यहाँ बाट भागे,यो मेरो लाचारीपन थियन चतुरिपन थियो,
    माथिको घटना ले नेपालमा बढ्दै गयको अराजकता,अनुशानाहिनाता, गैराजिम्वेरिपन,राजनीतिको नाममा उच्छ्रिन्ग्कलाता र अन्धकार भबिस्यको संकेत गर्दछ,(जुन सो बालक ले होइन विभिन्न मागमा बन्द गर्दै हिड्ने नेपालका होनाहार बौद्धिक भनौदा पटमुर्ख भिबिन्न संगठनका व्यक्तिले गरेका थिए )
    यदि हामीले समयमानै भोलि को पुस्ताको बारेमा सोच्न सकेनौ भने भोलिको नेपाल को भबिस्य हालको सोमालिया भन्दा कयौं गुना दर्दनाक र पिदाजनक हुनेछ,सबैलाई चेतना भया::

  11. के गर्ने बन्दलाइ कसैले रहर बनाउन थाले त, कसैले फेसन त, कसैले दादागिरी देखाउने एउटा माध्यम. हेर्नुस त हामी नेपाली जनता कति सोझा जसले जे भने पनि सहेर बस्ने तर अब हामी साहना सक्दैनौ .बन्दको बिरोधमा हामी एकजुट हुन्छौ र एकजुट हुनु पनि पर्छ .हामी नेपाली एक हौ. .

  12. हामी नेपालीहरु बाटोमा केरोको बोक्रा देख्ने बित्तिकै अर्को बाटो लाग्छौ . “परिस्थितिको सामना गर्न दरौछौ.”

  13. बाउको बिंडो छोराले थाम्छ भनेको सायद यहि होला . भविष्यका कर्णधार भनेर चिनिने स-साना कलिला नानीहरुको मन मस्तिष्कमा बन्द , हड्ताल जस्ता अपराधिक क्रियाकलाप जमेर बसेकाछन . एउटा बच्चा जुन समाजमा जन्मन्छ त्यसबाट उ प्रत्यक्ष – अप्रत्यक्ष रुपमा प्रभावित हुन्छ . त्यसैको फल स्वरूप यस्ता गतिबिधि हरुबाट ति नानीहरु पनि अछुतो रहन सकेनन जसको मुख्य कारण नै हामीहरु हौ . दोष ति अबोध नानीहरुको हुनै सक्दैन किनकि यी गतिबिधि हरु तपाई हामीले नै सिकाएका छौ . जुन कुरा गर्ने पर्ने रहेछ भन्ने सोच्छन अनि गरेर देखाउछन .

  14. आराक्ष्यण चाहिएको यस्तै लाइ त हो, खुरु खुरु पढेर बस्ने बेलामा तोडफोडमा हिडेपछि पढेर गर्न सकिएन अनि राजनीतिक हिसाबले खुरुक्क पदमा रख्दियो / देश बिगार्ने यस्तैले हो, धिक्कार छ ति बाउ आमालाइ जसले छोरालाइ यसरि हुर्काउदै छन् /

  15. बिचरा यो बालकलाई किन बन्द गर्ने किन नगर्ने थाहा छैन उसलाई त सवारी चालक अटेर गर्दियोस अनि हावा फुस्कौना मज्जा आउछ भन्ने पो हो त

  16. गलत संस्कृति मौलाएको / देश संक्रमणकालमा भएकोले यस्ता चिजहरूलाइ बिस्तारै निराकरण गर्दै अगाडी बढ्नेमा आशाबादी हुनुपर्दछ /
    राजनीतिक स्थिरता र शान्ति बहाली संगसंगै यस्ता चिजहरू आफै ओझेल पर्दै जान्छन /
    नेपालको भविष्यसंग म आशावादी छु /
    There is always light after a dark tunnel…

    • त्यो फुच्चेलाइ हेर्दा त ” उचालेको कुकुरले पनि मृग मार्दो रहेछ” जस्तो लाग्यो !!
      नेताहरूको back support मा केहि न कामको लुरेहरू पनि डन बनेको जस्तै पनि लाग्यो !!

  17. child rights को पक्ष्य मा काम गर्ने NGOs तथा INGOs हरु नेपाल मा जति मैले अमेरिका मा पनि सुनेको छैन,, दार्चुला को गोल्ठे सार्की को कान्छो छोरा लाई काठमाडौँ मा लगेर उचित शिक्षा दिन्छु अनि उसले घर को काम मा पनि सहयोग गर्छ भनेर कसैले काठमाडौँ ल्यायो भने तेहाँ child labor भयो भन्दै वोकालत गर्न आउछन,,,,,, येसरी बच्चाहरु लाई सडकमा उछ्रीन्गल काम मा प्रयोग गर्दा ति सरोकारवाला मान्छेहरु के, केरा हेरेर बसेको????

  18. अब भने नेपालको उन्नति हुन्छ भन्ने मलाई लाग्यो. नेपाली जनताहरु पनि धेरै चनाखो भएका रहेछन भन्ने कुरा पनि यो समाचारबाट पुष्टि भएको छ . अब नेपालका ठुलाबडा वा नेता भनौदाहरुले बचन पुरा नगरेपछि धमाधम जनताको हातबाट झापड खाएर नैतिक पतन हुन थालेपछि बच्चालाइ भगवानको रुपमा हेर्ने नेपाली समाजले भविष्यको कर्णधार र नैतिक जिम्मेवार देखाउन स्वघोषित रुपमा निस्किएको उपर्युक्त बालकको भनाइलाई पालना गर्ने नै भए . यो घटनाबाट हामीले यो बुझ्नु जरुरी छ कि नेपाली जनताहरुले पुरानो पुस्तालाई लात मार्दै नयाँ पुस्ताकै आज्ञाकारी बन्दै साथ दिनेछन .

  19. यस्ता बन्दको संगठित रुपमा प्रतिकार नगरेसम्म रोकिदैन | यो केटालाई कसैले नरोके जस्तो पछी एउटा कुकुरको ढाडमा “बन्द गर” भनेर बाधिदियो भने पनि पुरै शहर बजार बन्द हुने दिन आउन बेर छैन | टोल टोलले बन्द प्रतिकार समिति बनाउनु जरुरि छ | तर ति समितिले सडकमा उत्रेर यस्ता कुनैपनि बन्दको कडा प्रतिकार गर्न सक्नु पर्छ | आफ्नो माग पुरा गराउन बन्द गराउने पार्टीहरु नै तिनका गुरु हुन् | जनताले चर्को दबाब दिएर अब पार्टीहरुले नै विधानमा बन्द नगर्ने प्रण गराउनु पर्छ | त्यस्ता पार्टीको मात्र दर्ता हुने र जनताले भोट दिने भैदिए कति राम्रो हुने थियो |

  20. “नियम कडा छ” भन्दो हो फुच्चेले | हास्दा हास्दा पेतई दुख्यो | बाइ दी वे फोटो हेरे पछि लाग्यो यो बन्द भन्ने नकारात्मक तत्वको आयु लामो छ | हामी नेपालीले एसबाट तेती चाडो मुक्ति पाउलाऊ जस्तो लागेन| Seems its a kind of training for tomorrow.

  21. धिक्कार छ एस्तो बन्द कर्ता हरु लाई…

  22. यहाँ मैले देखेनुसार सिदै बच्चाहरुलाई युज गरेको देखियो यो बच्चा हरु भनेको भोलिको हाम्रो देशको कर्ण धार हरु हुन् विचरा उनीहरु भनेको एउटा खाली कागज जस्तै हो येस्मा हामीले जे जस्तो सब्द भरे पनि भर्ना सकिन्छ तेस्तै यो निर्दोस बच्चा हरु पनि उस्तै खाली कागज हो यीनी हरुलाई अहिले हामिले जे जस्तो सिकायौ उस्तै सिक्छन तेसैले मेरो बिचारमा एस्तो आसब्या काम हरु मा बच्चा हरुलाइ प्रयोग नगरेकै सवै भन्दा उचित माद्यम होला |

  23. खस छेत्रीहरुले बालक प्रयोग गरेको देख्दा, दुख लाग्यो!!! तालिबानले मात्रै बालकहरुलाई आत्माघाती बममा प्रयोग गर्छ !!!

  24. शिशु को दिमाग एक खाली कपि सरि हो. जेही हाल्यो तेही रहन्छ. एस मा यो बालक को केहि दोष छैन बरु जसले दिमाग मा किरा भर्यो तेस्लाई २ झापड हानु ठिक छ. हाम्रो काम जरा काट्ने हो र मा खस् क्षेत्री भए ने यो बन्द को कारण लज्जित छु. अब हाम्रो समुदाय ले पनि एस्तो बाटो अपनाउनु भनेको लाज मर्दो हो. मेरो तर्फबाट सम्पूर्ण नेपाली जनता मा माफी माग्छु.

  25. मेरो विचारमा यो फुच्चे बन्दकर्ता कै फुच्चे हुनुपर्दछ ! .. बन्द .. बन्द .. बन्द .. पहिलो कुरो ” बन्द ” के का लागि ?.. र ” बन्द ” गरे पछि का फाइदाजनक कुराहरु देश र जनताले उपभोग गर्न पाएका छन् कि छैनन् ??.. दोस्रो कुरो ” बन्द ” आफैमा पूर्णरुपमा नै ” बन्द ” भइसकेको शब्द हो र ” बन्द ” को प्रयोग यस्तो ठाउमा हुनुपर्दछ जहाँ चाही अन्याय अत्याचार र भ्रस्टचारितन्त्र पूर्णरुपमा ” बन्द ” हुन सकोस् र त्यसका विरुद्धमा आजका सारा नेपाली जनता एकजुट भएर अघि बढ्नैपर्छ होइन भने यसरी देश नै ठप्प हुनेगरि ” बन्द ” गरेर मात्रै समस्या सुल्झिने भए वर्षमा ३६५ दिनै बन्द गरे कसो होला ???

  26. येत्रो my sansar. com मा फुच्चे भनेर एउटा बालकलाई अपमानित सम्बोधन गरेको देख्दा मलाई अत्यन्त दुख लाग्यो | एसले my sansar. com को उचाई घटाएको छ | हामीले आफ्नो हैसियेत बिर्सिएर बालबालिकालाई तल झरेर गाली गर्नु कहाँ सम्मको उचित हुन्छ ? आखिर सडकमा बन्द गराउदै हिड्ने बालक र फुच्चे भन्ने बिज्ञान र बालकृष्ण मा के नै फरक रह्यो र ? बालकलाई प्रयोग गर्ने कतै तपाईं हरु नै त होई न ? नत्र कसरि फुच्छे भन्ने आँट आयो ?

    • यो फुच्चेको नाम पक्कै पनि हरि हो र यो कमेन्ट लेख्‍ने त्यसको बाउ हो। त्यसैले मिलाएर नाम हरि बाबु लेखेछ। आफ्नो अपराध लुकाउन यसले फुच्चे भनेर बालकलाई अपमानित सम्बोधन गरेको भनेर लेख्‍न थालेछ। सानो बच्चालाई फुच्चे भन्नु पनि अपमानित सम्बोधन हुन्छ कहीँ ? त्यसरी अर्काको मानवअधिकार हनन् हुने गरी बाटोमा हिँड्ने सर्वसाधारणको अधिकार हनन् गर्दा चाहिँ अपमानित भएन है। अझ माइसंसार डट कमको उचाइ घटाएको छ रे । तिमी जस्ताको लागि त उचाइ घट्ने मात्र किन बिलाएकै बताए भइहाल्छ नि।

      साथी हो यो अपराध कार्यलाई प्रोत्साहन दिन खोज्ने गरी कमेन्ट गर्नेलाई निरुत्साहित पारौँ। यसको विरुद्धमा रातो टीका लगाऔँ र यसको विरोधमा कमेन्ट लेखेर यस्ता प्रवृत्तिलाई ठीक पारौँ।

    • फुच्चे लाइ फुच्चे नभनेर हजुरबा भन्ने त..? गलत प्रवृतिको सुरुवात भएको देख्दादेख्दै जमेर बिरोध गर्नुको साटो उल्टै माइसंसार पो गलत रे… तपाई ( हरि बाबु) जस्ताको प्रोत्सान ले गर्दा यस्ता कलिला बालक हरु आफ्नो भविष्य माथि आफै खेलवाड गर्दैछन तर स्वयम उनीहरुलाई पत्तो छैन कि उ के गर्दै छ, त्यहाँ कुनै पनि दुर्घटना हुन सक्छ त्यसको जिम्मा कसले लिने..??

    • हरि !!!! तलाई पनि कुनै दिन फुच्चेले नै लात हान्ने दिन आउनेछ / अनि गर्लास बालअधिकार

  27. भोलिका गगन थापा हुन्छु भन्दो हो,बिचरा हिरो भए भन्दो हो!!जिन्दगी बर्बादीतर्फ गैरहेको छ भन्ने ति निर्दोष मुटु अनि निस्पाप आखालाई के थाहा…. दण्डहीनताको परकास्ट,कानुन सब्द को ठाडो बलात्कार,मौलाएको बिकृति,त्रासदी पूर्ण समय,त्रासमा बच्न बिबस आम जनता,अनि समाजले सिकाएको बाटो…..आदिको अनुपम नमुना!!!!खोइ भक्कानो फुटेर आउछ यस्ता तस्बीर देख्दा….प्रभु यो बच्चोलै सद्बुद्दी त दिन सकेनौ!! सकेनौ!!!,कुबुद्दी त नदेउ….

  28. यो बेरोजगार युवा (बन्द आब्वानकर्ता) ले देखायको बिलाशिता को पराकस्ठा हो| एकछिन बन्द गराउन बाटोमा उभिने जाँगर छैन (बालक को प्रयोग गर्नु परया छ के बन्द गराउनु?

  29. यो फिस्टेले चैं गजबले हँसायो । नेपालीहरू जति ठूला र फुर्ती फार्तीका कुरा गरे पनि हविगत त विज्ञान शर्मा, सरोज रानाजी बालकृष्ण दाहालले देखाइदिहाल्नुभो । हामी झिँगा मरे पनि आव्हान गरिएको बन्द निरीह बनेर टुलुटुलु सहन्छौं, कसैलाई प्रश्न गर्ने र अवज्ञा गर्ने आँट गर्दैनौं । यानेकि समग्रमा हामी सबै हुतिहारा हौं । लु त ।

  30. हाँस्दा हाँस्दा भइसकियो तर यो सिरीयस कुरा हो ।। बिचरा बच्चाले सम्म पनि के सिक्दैछ हाम्रो देशमा अनि भोली तिनीहरूबाट के अाशा गर्ने देश समाज र हामीले ।। धिक्कार हामी र हाम्रो समाज ।।

  31. सरोज रानाजीले खिच्नु भएको फोटोहरु( विज्ञान शर्माजीले देख्नु भएको दृस्य) र म(बालकृष्ण दाहाल) ले रेकर्ड गरेको अडियोको स्थान फरक-फरक भएकोले यो सुनियोजित ढङगले बालकहरुलाई प्रयोग गरेको पाइयो। यो सँस्कृतिको अहिले नै निर्मुल पार्न जरुरी छ नत्र घरमा आफु चाहि सुति-सुति बच्चा प्रयोग गरेर बन्द आबहान गरेर सफल भएको उदघोष गर्नेछन।

    युनिसेफ नेपाल र अरु बालबालिका संबन्धि काम गर्ने सँस्थालाई इमेलमा खबर गरौँ।युनिसेफ नेपालको इमेल: [email protected], [email protected]

    • कुरो एकदम ठिक हो,, तर हाम्रा बच्चा लाइ हामी आफै सिकाउँ न हुन्न ,,, किन युनिसेफ र अन्त धाउनु परो

  32. “बन्द” आफैंमा हड्तालको गलत तरिका हो। यस्तो गलत कुरा एउटा बालकलाइ सिकाउनु हुन्न भन्ने समेत थाहा नपाउनेहरू जंगलि हुन् । त्यसैले यो बन्द क्षेत्रि समाज हैन जंगलि समाजले गरेको हो । यि जंगलिहरु क्षेत्रिमात्र हैन देसकै कलंक हुन् ।

    बालकृष्ण दाहालजीको प्रश्न सटिक छ । तर जंगलिहरूले बुझे पो ? यस्ता जंगलिले त कटबांसको डन्डाको भाषामात्रै बुझ्छन् । ब्लग र तस्वीरका लागि विज्ञान शर्मा र सरोज रानालाइ धन्यवाद ।

  33. यतिराम्रो लोभ लाग्दो बालक को जिन्दगीको गाडी कति मजाले र कति ठुलो रफ्तारमा कुनै अँधेरो खाडी तर्फ गुढ़ीरहेको छ!कसैलाई चासो र हेक्का छ? यो स्तरको भयानक अपराधको जिम्मेवारी लिने को?कसले लुट्दै छ यसको उज्वल भबिष्य?उसलाई थाहा छ उ कसका लागि र किन यो गर्दै छ?–फेरी पनि धिक्कार छ हामि र हाम्रो संस्कार लाइ जो दिन पर दिन झान्गीदो छ!

  34. धिक्कार हाम्रो अवस्था! यस्तो जागरुक, आज्ञाकारी र अनुशासनप्रिय जनशक्ति र जनासाधनलाइ देश बिकाश या समाज बिकाशमा लाग्ने वातावरण यदि कसैले बनाइदिने अवस्था हुनेथियो भने हाम्रो मुलुक पनि युरोप र अमेरिका बन्न धेरै लाग्ने थियन होला!तर के गर्ने, यस्तो लोभ लाग्दो शक्ति यो रुपमा खेर गइ रहेको छ, यो स्तरमा प्रयोग भैरहेको छ/

Comments are closed.