दरबार हत्याकान्डको १० वर्ष

हेर्दाहेर्दै दरबार हत्याकान्ड भएको पनि १० वर्ष भइसकेछ। उतिबेलाको शक्तिकेन्द्र नारायणहिटी राजदरबार अहिले संग्रहालय भइसकेको छ। ज्ञानेन्द्रले दरबार छाड्नुअघि गरेको पत्रकार सम्मेलनका क्रममा कास्की बैठक कोठामा केही बेर बस्न पाइएको थियो। त्यसपछि केही समयअघि संग्रहालयका रुपमा दरबार घुम्न पाइयो। देशमा गणतन्त्र घोषणा भइसकेपछि यही एउटा दरबार संग्रहालय बन्नुबाहेक सर्वसाधारणको जीवनमा खासै परिवर्तन आउन सकेको छैन। त्यही दरबार पनि के के न जस्तो लाग्थ्यो, तर भित्र गएर हेर्दा त्यस्तो खास केही छैन रहेछ। त्यही भएर होला त्यहाँ फोटो खिच्न अनुमति छैन। हनुमानढोका दरबार संग्रहालय हेर्दा ‘यस्तोमा पो बस्थे उतिबेलाका राजा ?’ भन्ने भए जस्तो नारायणहिटीमा पनि हुन्छ। दरबार हत्याकान्ड भएको ठाउँ त्रिभुवन सदन भत्केको अवस्थामा देख्दा भने पूर्व राजा ज्ञानेन्द्रसँग स्वभाविक रुपमा रिस उठ्छ। उनी हत्याकान्डको दोष आफूलाई बित्थामा लगाइयो भन्छन्, तर किन आफ्नो शासन कालमा त्यो भवनलाई भत्काउन लगाए त? इतिहासका रुपमा त्यसलाई राखेको भए उनको के बिग्रन्थ्यो? १० वर्षअगाडिको त्यो रात फेरि सम्झन बाध्य भइन्छ।

ती दिनलाई सम्झँदा…

  • तत्कालीन सभामुखले दरबार हत्याकान्डको छानबिन प्रतिवेदन प्रस्तुत गर्दा भटट भन्दै जिस्केको बेलाको फोटो र भिडियो
  • घटनास्थलबाट जुन ढंगले सबुत प्रमाण- बन्दुक, गोली, पोशाकहरू ल्याइयो, त्यसमा पनि अपराधशास्त्रीहरूको आपत्ति छ। नेपाल ल क्याम्पसमा अपराधशास्त्रको समेत अध्यापन गर्दै आउनुभएका अधिवक्ता सुशील पन्त भन्नुहुन्छ, ‘घटनास्थलका सबुत प्रमाण नियन्त्रणमा लिँदा, अपराधीले छाडेको निशानाहरू नष्ट नहुन् भनेर हातमा पञ्जा लगाएर प्लाष्टिकले टिप्ने गरिन्छ र पारदर्शी प्लाष्टिकभित्र त्यसलाई सुरक्षित गरी राखिन्छ। तर प्रतिवेदन सार्वजनिक गर्ने दिन सभामुख तारानाथ रानाभाटले हरेक हतियार आफैँले प्रदर्शन गरेर देखाइदिनुभयो।’ यसलाई पनि शंकाले किन हेरिएको छ भने, यदि सबुत प्रमाणहरूले यसपूर्व दोषीको आरोप लाग्दै आएका दीपेन्द्रलाई नै पुष्टि गरेको भए त्यसरी प्रमाण मेटिने र नासिने गरी त्यस्तो उच्च समितिले काम कारवाही गर्नु उचित हुन्थेन। (राजदरबार हत्याकाण्डको प्रतिवेदनका सम्बन्धमा अनुत्तरित प्रश्नहरु)
  • मेरो मनमा उठिराखेको तेस्रो प्रश्न म शाही हृदय चिकित्सक डा. मृगेन्द्रराज पाण्डेसँग राख्न चाहन्छु। शाही हृदय चिकित्सक डा. मृगेन्द्रराज पाण्डेको यस प्रसंगमा विशेष महत्त्व छ। उहाँ शाही चिकित्सक मात्र नभएर राजपरिषद्को सदस्य पनि हुनुहुन्छ। सुन्दछु, घाइतेहरूले वीरेन्द्र सैनिक अस्पतालमा ल्याउनासाथ यो हत्या कसले गरेको भनेर चिकित्सकहरूलाई बताइसकेका थिए। जुन बिरामी जीवन र मरणको दोसाँधमा हुन्छ उसले झुटो कुरा कहिल्यै बोल्दैन। एउटा चिकित्सकका अनुसार सायद डाक्टर मृगेन्द्रराज पाण्डेले पनि हत्या कसले गरेको भनेर सुरुमै थाहा पाइसक्नुभएको थियो। यदि हत्या श्री ५ दीपेन्द्रले गरेको भए राजपरिषद्ले हत्यारालाई किन राजा घोषणा गर्नुपर्यो ? चिकित्सक टोलीमा पनि सम्मिलित र राजपरिषद्का पनि सदस्य डा. पाण्डेले हत्यारालाई राजा बनाउँदा किन विरोध गर्नुभएन ? (चिकित्सक अरुण सायमिले हत्यकान्डबारे गरेको प्रश्न। विस्तृत पढ्न यहाँ क्लिक गर्नुस्)
  • हत्याकाण्ड भएको लगत्तै भारतीय प्रधानमन्त्री अटलबिहारी वाजपेयीले यो हत्याकाण्ड षड्यन्त्र होइन भनी किटानीसाथ बोले। साथै भारतीय गृहमन्त्रीले पनि जेठ २७ गते त्यही कुरा दोहोर्याए। प्रधानमन्त्री र गृहराज्यमन्त्री दुवैले यस अवस्थामा नेपालमा राजनीतिक स्थिरताको आवश्यकता छ र त्यसको लागि जुनसुकै हदको सहयोग गर्न पनि भारत तयार रहेको बताए। भारतीय शासकहरूको यो अभिव्यक्तिले के जनाउ“छ ? कुनै पनि षड्यन्त्र नभएको भन्ने घोषणाले नै षड्यन्त्रको आभाष दिंदैन ? अनि यो हत्याकाण्डमा राजदरबारभित्रको राजनीतिक द्वन्दमा सापेक्षतामा उदार पक्ष लिने राजा वीरेन्द्र र उनको उत्तराधिकारीको मृत्यु हुनु र अनुदार पक्षका भनिने व्यक्तिहरू बाँच्नुलाई के संयोग मात्र मान्न सकिन्छ ? के यसले यो हत्याकाण्ड विदेशी प्रतिक्रियावादी शक्तिहरू तथा देशभित्रका चरम अनुदार तत्वहरूबाट भएको राजनैतिक षड्यन्त्र हुनसक्ने कुरातर्फसंकेत गर्दैन ? (राजदरबार हत्याकाण्डको बारेमा छानविन समिति गठन भएको सर्न्दर्भमा एकता केन्द्रले एक वक्तव्य प्रकाशित गरी सार्वजनिक गर्न माग गरेका प्रश्नहरु। विस्तृत पढ्न क्लिक गर्नुस्। यी प्रश्नहरु आजसम्म पनि अनुत्तरित छन्।)

शवयात्राका क्रममा जनताको ढुंगामुढा सहेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मन्त्रिपरिषद्को आकस्मिक बैठकपछि देशवासीका नाममा एउटा वक्तव्य दिएका थिए। वक्तव्य सार्‍है निरीह किसिमको थियो। घटना कसरी भएको थियो भन्ने बारेमा कुनै पनि जानकारी त्यसमा छैन। संवैधानिक राजतन्त्र भए पछि राजाले गर्ने सबै काम प्रधानमन्त्रीको सल्लाह सुझावमा गर्नुपर्ने भए पनि राजदरबारभित्र भएको त्यस्तो ठूलो घटनाको छानबिन गरिने प्रतिवद्धतासम्म त्यसमा देखाइएको छैन। बरु भनिएको छ- यथार्थ परिस्थिति र घटनाको सत्य-तथ्य विवरण जनसमक्ष आउनेछ भन्ने विश्वास छ। मानौँ, सत्यतथ्य नखोजीकन आफै प्रकट हुनेछ।
हेर्नुस् उक्त शोक सन्देशको पूर्ण विवरण।

दरबारभित्रका दृश्य सार्वजनिक

तपाईँले दरबार हत्याकान्डको खबर सबैभन्दा पहिले कसरी पाउनुभएको थियो ? उतिबेला तपाईँलाई कसले हत्या गरेको जस्तो लागेको थियो ? अहिले के लाग्छ ? आफ्नो विचार तलको कमेन्ट बक्समा लेख्‍नुहोला।

106 Comments

  1. पारसले वनेको कुराले थाहा हुन्छ.. जब दिपेन्द्र ले सबै लै गोलि हान्यो पछि पारस तिर हान्न लाग्दा दादा हामी हो वन्द दिपेन्द्र ले हामीलाई नहानेको रे… जो मान्छे ले आफ्नो बुवा आमा भाइ बैनी लै गोलि हन्छ वने त्यो जाठो लै बाकी हाल्थ्यो त.. यो सब माहिला भाइ को काम हो..राजा बन्यो… सब पैसा सोर्यो अनि ऐले नागरिक जीवन बितायो…

  2. शुरुमा परिवेश हेर्दा मेरो प्रमुख suspect ज्ञानेन्द्र नै जस्तो लागेको थियो कारण उसको परिवार र उसको अधिनमा राख्न सक्ने सदस्य बाहेक अन्य सदस्यहरुको मृत्यु हुनुले / तर अहिले आएर सम्पूर्ण घटना क्रम र परिस्थितिले भारतनै प्रमुख मतियार हो यो हत्या काण्डको /

    केहि विश्लेषण गरौँ :
    प्रमुख suspect हरु : भारतको raw , ज्ञाने र दिपेन्द्र /

    यत्रो ठुलो हत्याको प्रमुख उद्यस्यहरु: ठुलो दबाब, ठुलो लाभ, बन्छनियता /

    यो हत्या गर्नु अगाडी हुनु पर्ने पुर्बाबस्थाहरु: हत्या गर्न सक्ने अवसर, हत्या पछी दोषी बचेर भाग्न सक्ने अवसर, ठुलो उत्प्रेरणा आदि /

    राम्रो छानबिन गरी प्रमाण उपलब्ध नगराएकोले प्रमाणको आधारमा निचोडमा पुग्न सक्ने अवस्था छैन /

    दिपेन्द्र र ज्ञानेलाई हत्या गर्न सक्ने अवसर प्राप्त भए पनि हत्या पछी फुत्किने अवसर छैन कारण रेपुतेशन मा ठुलो गिरावट आएर राजसंस्था को अन्त हुन सक्ने जोखिम थियो / दिपेन्द्र जेठो राजकुमार भएकोले सम्पूर्ण सुबिधा उपभोय गरिरहेको अबस्थामा तथाकथित प्रेम प्रसङ्ग हत्याको कुनै दरिलो उत्प्रेरक हुन सक्दैन, देश संबैधानिक राजतन्त्र भैसकेकोले राज्गढ़ी लिएर देशको सम्पूर्ण ढुकुटी लुट्न सक्ने अवसर नभएकोले ज्ञाने र दीपेन्द्रलाई हत्या बाट जोखिमको तुलनामा ठुलो लाभको अवस्था छैन कारण तिनीहरु संग पहिलेनै पर्याप्त धन संग्रहित थिए / दिपेन्द्र र ज्ञानेलाई केहि असन्तोष भए पनि हत्या गर्ने सम्मको बन्छानियातामा पुग्ने अवस्था छैन /
    भारतको हात रहेको कुरामा निम्न कारण र परिस्थितिहरु छन् : भारत एसियाको superpower बन्ने धुनमा छ र सधै नेपाल लगाएत अरु छिमेकी रास्त्रहरुमा विभिन्न आतंककारी गतिबिधि गरेर दबाब सिर्जना गर्ने र आफ्नो स्वार्थ अनुकुल कठपुतली बनाएर राख्ने धुनमा थियो / नेपालले भारतको trash हतियारहरु चर्को मुल्यमा किन्न अस्विकार गर्नु, चिनबाट अर्को नाका खोल्ने सम्झौता गर्नुले नेपाल जस्तो captive मार्केटको ठुलो दिहोरो लाभ गुम्ने जोखिम रहनु, चीनको trump कार्ड प्रयोग हुने खतरा रहनु, चीनबाट मजबुत हतियार आयात भएर नेपालको सुरक्षा मजबूत भएर पाकिस्तानको स्थितिमा पुगेमा बार्गैनिंग शक्ति कम्जोर हुन सक्ने र भाबी राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने आदि कारणले भारतलाई यो हत्या गर्नु ठुलो दबाब यबम लाभदायक उत्प्रेरणा थियो / साथै भारत संग षडयन्त्र मुलक हत्या गर्न सक्ने क्षमता, स्रोत र साधन थियो, देशमारा दलाल हरु प्रधानमन्त्री गिरिजा र गृह मन्त्रि राम्चंद्रे ले गर्दा हत्याको पूर्व तयारी गर्न सूचना संकलन गर्ने, गलत प्रचार गराएर हत्या पछी दोष ज्ञानेलाई तेर्स्याएर भाग्न सक्ने प्रसस्त अवसर पनि थियो / स्मरण रहोस सर्ब प्रथम अन्त्र्रस्त्रिया मेडियामा दिपेन्द्र हत्यारा भएको स्रोतमा काइते राम्चंद्रे को नाम सर्बप्रधम quote गरेको थियो जसले अन्तर्रस्त्रिया जमातमा हत्या दिपेन्द्रले गरेको भन्ने प्रारम्भिक मनस्थिति सिर्जना गरिदिएको थियो जबकी गृह मन्त्रीलाई सेनाको बारेमा कुनै दरिलो सूचना र ठोश प्रमाण उपलब्ध हुँदैन भने दरबारमा सेनाको मात्र छुट्टै दस्ताले सुरक्ष्या दिएको हुन्छा / कुनै प्रमाण बिना प्रयोजीत सूचना प्रवाहित गराएर भारतको गुलामी गरेबापत ब्वानसे राम्चंद्रेलाई भारतले भाबी प्रधानमन्त्रीको प्रलोभन दिएको र हालसालै प्रायोजीत गरेको हो / हत्या पछी सम्पूर्ण निकाय र व्यक्तिहरुलाई गलत सूचना प्रवाहित गराउने, प्रमाण नस्ट गर्न दबाब दिन सक्ने क्षमता भएको, कुनै ठुलो घाटाको जोखिम हुन सक्ने अवस्था नरहेको अबस्थामा भारत मात्रै थियो र छ / यी सबै परिस्थिति र घटना क्रमले ठोश प्रमाण नभएपनि भारत प्रमुख हत्याको मतियार हो भन्ने निचोड मेरो छ /

    तर ज्ञानेलाई यो हत्या सम्बन्धमा पूर्व सूचना हुन् सक्छ वा प्रलोभन देखाएर साछी किनाराका सदर गराएको हुन सक्छ / यो घटनाको पूर्व जानकारी वा आभाष प्रतक्ष अप्रतक्ष रुपमा गिरिजा र राम्चंद्रेलाई पक्का हुनु पर्छा / माकुने बलिको बोका हुने र भबिस्यमा प्रधान मन्त्रि बन्ने अवसर गुम्ने भयले छानबिन बाट पन्छिएको थियो /

  3. दुनिया जनता मर्दा कोइ बोल्दैनन , जसरि मरेको भए नि एत्रै सित्ति, बेकार मा के को ठस्स ठस्स नि , बाचेर नि के नापेका थिएर , एसको मतलब मर्नु पर्छ भन्ने अबस्य हैन , तर साथी हरु यिनीहरु सबै जाड पिउने र रमाउने मात्र हुन् , मरे त मरे ,आफू आफू लड्छन् मर्छन , इतिहास मा नि त्यस्तै त छ , मरे त मरे , सकियो नि, के के भाको छ देश मा कति मान्छे मरेका छन्, खै कुरा त्यसै बिलारा जान्छन , भत्ता खुवाउन सकिएन भनेर पिर परेको भए ६०१ रा…. सन्तान ले खाएकै छन् नि , जो आए नि हामी जनता को बारे मा पिर गर्ने हैनन्, सोचेर मात्र हुन्न पावर भाको ले त गरेर देखाउनु पर्छ , भयो साथी हो १० वर्ष बिती सक्यो अर्को १० वर्ष नि बित्ने छ .

  4. एउटा कुरा के चाही प्रस्ट छ भने, यसमा के पी शर्मा ओली, जस्ता देश द्रोही को हात निश्चित रुपमा छ| त्यस बाहेक, गिरिज, कुजाता, कृष्ण सिटौला, आदि पनि यसमा संलग्न छन् |

    बास्तबमा अब जनता ले यिनीहरुको सक्कली अनुहार चिनी सकेका छन् | के अब केपी शर्मा ओली को हो भन्ने थाहा नहुने कोहि नेपाली होला त?

    एक नेपाल को नाताले झलनाथजी लाई मेरो एउटा मात्र अनुरोध छ| तपाई ले एक जना नेपालीले पाउने सबै पाईसक्यौ देश बाट, तिमि रास्ट्र लाई केवल एउटा मात्र कुरा देउ, तीनजना देश द्रोही – सु बा था, गच्छेदार, र के पी शर्मा ओली लाई समातेर जेल हाल | नेपाली ले तिमि लाई र तिम्रा सन्तति लाई पूजा गर्ने छन् र त्यो लाइनमा मा सबभन्दा अगाडी उभिने मा मै हूने छु यद्दपी म व्यक्ति पुजाको बिरोधि हू | तर नेपाली आमा को आर्तनाद सहनु भन्दा मेरो स्वाभिमान लाई तिलान्जली दिन संक्छु | किन भने मेरो लागि
    “जननी जन्म भूमिश्च स्वर्ग दपि गरियसी “

  5. हैन हो सालोक्य जी, मैले हिजो देखीनै कोमेन्ट गरिराछु किन छापिदैन त्यो पनी सबैले पदनै पर्ने समाचार
    दरबार हत्याकान्डमा सबै भन्दा पहिले मारीएका थिए दिपेन्द्र

  6. बुद्धिमानले एकपटक बुद्धिको प्रयोग गर्छ, मुर्खले पटक पटक, तै पनि सफल हुन सक्दैन कीन ? ……….यसको जवाफ आफै सोचौ । राजा विरेन्द्रले २०४६ साल सम्म शासन गरे त्यो सबैलाइ जानकारीनैछ । अनि तेती वेला नेपालको जनसंख्या हेरौ २ करोड, हामिलाइ थाहा छ १ दिन लोडसेडिङ्गहुन्थ्यो त्यो वेला ? विजुलीको न्यूनतम शुल्क कति थियो जम्मा ११ रुपैया । ४६ साल पछि अव आफै दाज्नुहोस नेपालको जनसंख्या ३ करोड दैनिक १६ घण्टा लोडसेडिङ्ग, अनि विजुलीको न्यूनतम शुल्क जम्मा ८० रुपैया किन ? यसै गरि अव आफै अनुमान गर्नुस पेट्रोल, डिजल, तथा अन्य खाद्य बस्तुको भाउ यो कसले निम्ताएको ?
    अव पढाइको कुरा म ५२ सालमा कानूनमा स्नातक पाश गरेको मान्छे मेरो उमेर त्यो वेला २५ वर्षको थियो म कुनै राजनैतिक समूह सँग आवद्ध पनि भइन र म आज सम्म स्थायी जागीरकै खोजीमाछु । अव अहिले मेरो उमेर ४१ बर्ष भयो अझै म जागीर खोज्दैछु मेरो काम यहि हो राज्यले मलाइ जागीर खोज्न स्नतकको प्रमाणपत्र दिएको हो ? यो समस्याको समाधान के गणतन्त्रले समाधान गर्छत ? गर्नेछ त ? गर्लात ?
    यसलाइ हामी राजतन्त्र ढलाएर गणतन्त्र ल्याएको सफलता मान्ने ? राजा विरेन्द्रका पालामा खान नपाउने निमुखा जनता आजपनि त्यस्तैछन यसलाइ गणतन्त्रले ल्याएको सफलता मान्ने ? हेर्नुस हुम्ला जूम्लामा खाद्दयान्न नपाएर भोक भोकै भएका जनताहरु । नयाँ नया गाडि काठमाण्डौ आइपुग्यो, नयाँ नया मोटरसाइकल काठमाण्डौ आइपुग्यो, नयाँ नया गाडि टिभि काठमाण्डौ आइपुग्यो, यहि हो विकास भनेको ? यति विकास गर्न के विरेन्द्र राजा मार्नु पर्छ ।

  7. देश त्यस्तो शोक मा डुबिरहेको बेला, संसार कै ध्यान हाम्रो देश मा केन्द्रित भएको बेला एउटा सरकारी दायित्व बोकेको मान्छे ले पुरै विश्व सामु त्यस्तो गर्न सुहाउछ?

  8. राजा बिरेन्द्र को हत्या गर्ने बेक्ती कोहो स्पस्ट छैन तर हरेक हिसाबले हेर्दा केहि समय नेपालको प्रमुख vayar बसेका बेक्तीको परिबारको योजनामा भयको हो तेस्मा तत्कालिन युबराज दिपेन्द्र र उनको प्रेम, बिबाह पनि तो घटनाको पछाडी केहि हद सम्म दोसी छ.

    • अहिले आएर मलाई पनी कतई त्यों ह्त्या दीपेन्द्र ले नै गरेका त होइनन भन्ने शंका लाग्दछ. किनभने राजा भन्न लाइ तालीम दिएका उनी संग पनी झंदै पारस जस्तो ब्याबहार थियो र तेस्लाई लुकाइएर आठौ साफ खेलकूद माँ बनेको छवि मात्रै नेपाली जनता माँ स्थापित गरैराहेको थियो. एक महत्वपूर्ण कुरा के हो भने हिजो त ज्ञानेंद्र को डर ले गोरख हरु बोलेनन भन्ने लाग्दछ भने आज पनी किन तिनी हरु दीपेन्द्र लाइ नै दोष लगाउदछं? के आफ्नो श्रीमती, लोग्ने आफ्नै आखा अगाडी मारिएको देख्ने कोही ब्याक्ति ले आफ्नै आखा ले देखेको हत्यारा लाइ बचाएर कुनै निर्दोष लाइ दोष लगाउन सकला? पारस ज्ञानेंद्र ले गरेको भए उनी हरु लाइ बचाएर दीपेन्द्र लाइ किन दोष लगाउथे, ख़ास गारी राजतंत्र सिद्दिएको आज को समय माँ? त्यों ह्त्या कांड माँ बचने धेरै को आफ्नै परिवार को सदस्य मारिएको अबस्था छ, तिनी हरु ले ख़ास गरी आफ्नो प्रियजन लाइ मारने लाइ बचाएर एक निर्दोष लाइ दोशापरण गर्नु पर्ने बाध्यता के होला?

  9. ढिलाई भए पनि यसको रहस्य अवश्य खुल्ने छ

    • के सोध्नु भएको सालोक्य जी, कसले मारेको जस्तो लाग्यो भनेर, लागेको मात्र होइन मारेकै पारस र उसको ग्रुपले हो. यदि भूपु राजा र पारस दोषी होइनन् भने त्यो रात त्यहाँ भएका भनिएका सबैको नार्को टेस्ट (यो टेस्टमा साक्षीलाई औषधी दिएर अर्ध-मुर्छित अवस्थामा इन्टरभ्यु लिईन्छ, जुनकी अधिकांश सत्य नै हुने गरेको प्रमाणित हुन आएको छ.) गर्न अघि सर्नु पर्ने अनि सरकारले पनि त्यो टेस्ट गर्न बाध्य पार्नु पर्ने.

      ज्ञानेन्द्र, पारस, कोमल, गोरख, राजीव अनि अरु सबैको नार्को टेस्ट गरिनु पर्छ. साथी हो यो माग गरेर सरकारलाई नार्को सहित पूर्व राज घरानाको हत्याकाण्ड को सही जाँच गर्न बाध्य बनाउनु पर्छ र तैं-चुप मैं-चुपको स्थितिलाई तोड्नु पर्छ. सत्यता आउनु पर्छ उज्यालोमा.

  10. घटना भएको दिन अर्थात त्यस दिनको भोलि पल्ट बिहान ४ बजे यो हल्ला सुनेको थिए मैले युवराज दीपेन्द्रले आफ्नै बुबा आमालाइ मारे भनेर त्यस दिन हामि ( राजु दाइ ) र म सुनौली बोर्डरमा बाश बसेका थियौ लजको मालिकले नै हामीलाई भने पछी हामीले नेपालि टि..भी हेर्ने भनि खोल्दा सुन्य थियो मात्र केहि धुन प्रशारण भै रहेको थियो..रेडियो नेपाल त्यस्तै थियो त्यति बेला राजु दाइ र म अनि नेपालि लाहुरे दाइ हरु यहि बिषयमा धेरै कुराहरु गर्दै बसेउ बिहानको ९ बजी सक्दा लज वरिपरी निकै मानिसहरु जम्मा भै सकेका थिए , सबैको मुखमा एकै प्रश्न थियो अब के हुन्छ ? तर त्यत्रा मानिसहरु दिपेन्द्रले यो घटना घटाए भनेर रत्ति भर बिश्वास गरिरहेका थिएनन र मलाई पनि बिश्वास लागि रहेको थिएन कसरि हुन सक्छ यो सब ? तर भारतीय टेलिभिजनहरुले भुकी रहेको थियो “युवराज दिपेंद्रने लड्की न पानेकी “जिसे वो प्यार करता था ” उसकी चाहतमे गोलि मारकर हत्या करदी ” अपने हि मा बाप को इतना हि नही अपने भाइ बेहेंन को भी ” ……

  11. दिपेन्द्र को संचिकै भुत आएर मा आफैंले मारेको भनेर भेडा नेपाली ले पत्याउने छैनन. अचम्म त्येत्रो आफ्नै परिवार मार्ने ज्ञानेन्द्र ले ६०१ र पार्टी नेतालाई नमारी, खाली २४ जना मरेको भरमा सत्ता किन छोडेका होलान? तपाई त्येसको ठाउँमा भए छोड्नु होंथ्यो ? के छोड्नु? आफ्नो विचार भन्दा अलि फरक कमेन्ट आयो भने पोस्ट त गर्नु हुन्नुना. देख्ने ले भनेको नपत्याउने अनि कोठे बिस्लेशन गर्ने? उस उस उस.

  12. मैले सबै भन्दा पहिला बि.बि.सी चेनल बाट थाहा पाय , मलाई लाग्छ यो घटना पराश ले गरायको हुनुपर्छ

  13. One day WiKi Leaks publish the cable of this Mystery………..

    We wish to know before we die………….

    Peace the soul of royal family …………..

  14. लोकपि्रय राजा वीरेन्द्रको सपरिवार हत्या भएको एक दशक नाघिसेकछ । हिजोजस्तो लाग्छ । धेरै नेपालीहरु अझै पनि राजदरवार हत्याकाण्डमा पूर्वराजा ज्ञानेन्द्रकै हात रहेको विश्वास राख्छन् । राजाप्रति जनताको अनास्था उत्पन्न हुनुमा र राजतन्त्र समाप्त हुनुमा यो नै मुख्य कारण थियो । तर ज्ञानेन्द्रलाई हत्याकाण्डको दोषि देख्नेहरुसित कुनै प्रमाण छैन । बिना कुनै आधार र प्रमाण कसैमाथी यति संगीन आरोप लगाउनु पाप हो । हत्याकाण्डका प्रत्यक्षदर्शीले देखेका बोलेका कुरालाई नपत्याएर कपोलकल्पित हावादारी कुरामा बहकीनुको कुनै तुक छैन । विचरा ज्ञानेन्द्र नखाएको विषले उनलाई खाइरहेको छ । यदी हत्यामा उनको संलग्न थिए भने यतिका वर्षसम्म त्यतिका प्रत्यक्षदर्शीमध्ये कसैले त मुख खोल्थे होलानी होइन भलै ज्ञानेन्द्र शक्तिमा हुँदा त डराए रे अहिले उनीसित कसलाई के डर होला त्यसमाथी आफ्नै श्रीमती गुमाएका गोरख बाबु गुमाएका सिताष्मा दिलासाहरु सबैले कसरी सफेद झूट बोल्न सक्छन् । नेपालीहरु त भेडै हुन् । उनीहरु तर्क र प्रमाण होइन भावुकताको भाषा मात्र बुझ्छन् । आफूलाई जन्म दिने बाबुआमासहित बंश नाश गर्ने हत्याराप्रति उनीहरुमा अहिले पनि उत्तिकै सद्भाव छ भने दुई निर्दोष बाबुछोराप्रति तिरस्कारको भावना । हो घटनामा धेरै कुराहरु अझै अस्पष्ट छन् । राम्रोसित छानविन भएमा ति कुराहरु पनि प्रष्टिनेछन् । तर निस्कर्ष एउटै हुनेछ । हत्या गर्ने दिपेन्द्र नै हो । धेरैलाई यस्तो सुन्न मन पर्दैन तर सत्य यही हो । सत्य आखिर तितो नै हुँदोरहेछ । हाम्रो भावुकताले भोली गलत इतिहास नलेखियोस ।

  15. एस हत्याकाण्डको बारेमा केहि नबोल्नु भनेको नेपालमा जेगरेपानी हुन्छ /भन्ने कुराको सुरुवात गर्नु हो /कि कसो ?????????????????????

  16. धेरै भारतीय चेली र ज्वाइको गुनगानमा आफ्नै साधारण नेपाली चेली र ज्वाई ओझेलमा पारियो / आफ्नो आफ्नै हुन्छ, पराई कहाँ आफ्नो हुन्छ र त्यही पनि (भैया) ? अरुको घरमा आगो लगाउन जानेकै छन् / राजा ज्ञानेन्द्र ओरालो लागेको मृग जस्तै हुन् / जे भएपनि राज परिवार आफ्नै हुन् र हुनेछन पनि / अन्तमा मृत्युआत्माहरुप्रति श्रद्दा सुमन /

  17. धेरै भारतीय चेली र ज्वाइको गुनगानमा आफ्नै साधारण नेपाली चेली र ज्वाई ओझेलमा पारियो / आफ्नो आफ्नै हुन्छ, पराई कहाँ आफ्नो हुन्छ र त्यही पनि (भैया) ? अरुको घरमा आगो लगाउन जानेकै छन् / राजा ज्ञानेन्द्र ओरालो लागेको मृग जस्तै हुन् / जे भएपनि राज परिवार आफ्नै हुन् र हुनेछन पनि / अन्तमा मृत्युआत्माहरुप्रति श्रद्दा सुमन /

  18. भट्टटट…. गर्दा संगै बसेर रक्सी पिईरहेका एउटा परिवारका सबै सोत्तर हुनु, अनि अर्को परिवारका सबै सग्लै हुनु के संयोग मात्र होला र ? रक्सी र गाँजा पिएर फिट्टू भएका व्यक्तिले एक डोको हतियार बोकेर ताकी ताकी, खेदी खेदी गोली हान्नु उदेकको कुरो भएन र ?

    • शशांक जी तपाइँका माओबादी प्रभु हरुले चाही आफुले १५००० मारेर अरुलाई हत्यारा भन्दा चाही उदेक लाग्दैन र ?

      • प्रकाशजी! युद्वमा मरिन्छ र मारिन्छ | युद्वको नियम नै त्यही हो | जनसेना र शाहीसेनाको युद्वमा ९००० जति शाहीसेनाले मारेको मानव अधिकारीहरुसंग तथ्यांक छ| १५००० हजार माओवादीले मार्यो भनेर हजारौं चोटी रटदैमा झुठो साँचो त हुँदैन|

        • शशांक जी, अन्यथा नमान्नुहोला ,
          तर एदी भोलि कुनै मानिस ले तपाईका आमा-बहिनी माथि बलात्कार गर्यो भने के तपाई पुरुष मानिस मा यौन चाहना हुन्छ र प्रकृति को नियम नै पुरुष हरु महिला माथि यौन गर्न चाहन्छन भनेर तेस बलात्कारी लाई माफी दिनु हुन्छ?
          उत्तर दिनुहोस शशांक जी!!!!

          • प्रकाशजी! मेरो तथ्यांकप्रति चुनौती दिएर तपाईंको कमेन्ट आउँछ भनेको त तपाईं एकदमै निकृष्ठ कुतर्क लिएर आउनु भयो| यस्तै मानसिकताको विरुद्वमा जनयुद्व भएको थियो र अझै संघर्ष जारी रहन्छ| बौद्विक तवरले तर्क गर्नुहुन्छ भने म प्रत्युत्तर दिउँला, नत्रभने भविष्यमा यस्तो खाले कमेन्टप्रति NO COMMENT

            • भनेपछि उत्तर दिन सक्नुभएन होइन त शशांक जी ,, हाहाहा !!! 🙂
              देख्नु भयो त ,
              जनयुद्द ले तपाई लाई केहि पनि हानी भएको छैन त्यसैले तपाई लाई यस्तो लाग्छ ! तर सोच्नुस मित्र, एदी जनयुद्द मा माओबादी का लडाकु हरुले तपाई का परिवार का सदस्य लाई अमानबिय ढंग ले (जस्तै कुनै शिक्षक लाई माओबादी हरुले घाटी रेटेर मरेका थिए ) मारेको भए के तपाई अहिले पनि माओबादी को पछि लाग्नु हुन्थियो ?
              जाग्नुस मित्र, यी माओबादी भनेका आतंकबादी हुन् यिनी हरुले हाम्रो देश लाई कहिले पनि विकास गर्ने छैनन् ! के तपाई लाई लाग्छ ओसामा बिन लादेन अमेरिका को राष्ट्रपति भएको भए अमेरिका को हित मा काम गर्थियो होला त ?
              जो मानिस (माओबादी ) हरु हिजो जनता को हुन सकेनन् , के ति आज जनता को हुन सक्छन त ?
              उत्तर दिन सक्नुहुन्छ शशांक जी ?

            • शशांक जी,
              यी आतंकबादी हरुले हिजो पनि जनता को रगत पिएका थिए र आज पनि पिउने छन् ! प्रचण्ड ले पनि स्विकारेका छन् !
              अस्ति मात्र प्रचण्ड ले बन्दुक हरु रगत संग साटेको भनेका थिए ! उनको मतलब उनले भारत संग नेपाली जनाको रगत को साटो बन्दुक लिएका थिए! चोर धोति हरु हाम्रो देश को भलाई चाहदैनन् | देश टुक्र्याउनका लागि हिजो भारत ले माओबादी जन्माएको हो ! र आज हेर्नुस पाप धुरी बाट कराउछ भनेझै आज उसलाई आफैलाई माओबादी समस्या ले पिरोलिरहेको छ ! यी गान्धी सन्तान को त अनुहारै देख्यो कि रिस उठेर आउछ ! हिजो तेही महात्मा गान्धी भन्नेले आफ्नै देश समेत टुक्र्यायो !
              शशांक जी,
              हिजो जुन माओबादी ले हामीलाई मारेको थियो के आज नमार्ला भन्न सकिन्छ र?
              अन्तिम विचार :
              माओबादी सेना का लडाकु हरुलाई क्यान्टनमेन्टमा बम खसालेर मार्नु पर्छ | प्रचण्ड लाई हेग अदालत मा उभ्याएर फासी दिनुपर्छ !

              • सहि कुरा प्रकाश जी / तर पाप एकदिन धुरी बाट करौचा भनेर मेरो हजुरबा ले भन्ने गर्नु हुन्थ्यो /

                • प्रकाश जी,
                  सबै कुरा को राम्रो अनि नराम्रो पक्ष दुवै हुन्छ, हो माओबादी जनयुद्दमा धेरै मान्छे मारिए, तर देश जुन मार्गमा हिडिरहेको थियो, त्यो पक्कै मोडियो, अहिले अलिकति भएपनि बेग्लै धारमा अघि बढ्ने प्रयास गरिरहेको छ, जनयुद्द अघि पनि धेरै अन्याय हुन्थे, तर प्रकाशमा सबै कहाँ आउथे र

  19. भारतीय जासुसी संश्ता ‘र ‘ ले बलुचिस्तान को अफगान बिद्रोही हरुलाई हतियार दिएर पाकिस्तान मा उपद्रो मचाउछ( तेसो त् आइ यस आइ ले पनि इन्डिया मा ठुला ठुला काण्ड गरेकै हुन् ),
    श्री लंका को लट्टे लाइ सहयोग गर्दै तेत्रो समय श्रीलंका लाइ दुख दियो ,जब चीन छिर्यो अनि मात्र धोतीले
    कुलेलम ठोक्यो |
    नेपाल मा मदन भण्डारी को प्रख्याति बाट डराएर उसलाई हत्या गरायो | तेस्तै बिरेन्द्र रहुन्जेल कमसेकम
    नेपाल फेरी अगी बढ्छ भनेर उसलाई पनि मारआयो |

    अब उसको तारो सायद मावोबादी को केहि बरिस्ट नेता होला |

    • द्रोण मित्र हिजो भारतीय आडमा भारत का ५ तारे होटेल मा बसेर भारतीय सैनिक सहयोग मा प्रचण्ड ले नेपाली जनताको रगत पिएको यथार्थ बिर्सिनुभयो कि के हो?

      • बिर्सेको छैन |हिजो बुइ चढाए ,आज सुइ घोच्दैछां |
        कमसेकम मावोबादी उनीहरु सग सौदा या ने कि बार्गेन गर्दो रहेछ | अरु जस्तो हस बहादुर त् हैन रहेछ |

  20. दरबार हत्याकाण्ड मा कसको हात थियो भन्नेमा, अलिकैती मात्र दिमागले कामगर्ने ले ९९% थोकुवानै लगाउन छाकताछां र धेरै साँचो बाट नडराउने नेपालीलाई त्यो विश्वास छ|
    हत्या कसले गरायो भन्ने कुरा तलका प्रस्न माथि घम्भिर तरिकाले सोच्ने हो भने जबाफ आफै औंछा|
    १. दरबार मा शुराछ्याको कमि थियो|
    २. दरबारमा सेचुरिटी क्यामेरा थिएन|
    ३. प्रयोक गरिएको हतियार लै किन फोरेन्सिक टेस्ट गरिएन|
    ४. घटना स्थल किन सुरस्छित रकियेना|
    ५. के हत्याकाण्डको निस्पछ्या अनुसन्धान किन गरिएन र त्यसलाई कसले रोको?
    ६. हत्या काण्डको पुरा प्रमाण नाजुताई किन हत्यारा को नाम घोसणा गरियो|
    ७. दि एन ए र बिज्ञा बाट फोरेन्सिक र अरु टेस्ट किन गरिएन|
    ८. राज परिबारको दह संस्कार किन राजकीय संमंका साथ भएन|
    ९. बिरेन्द्र सारा परिवार मरेको सिदै फाइदा कसलाई भयो|
    १०. रसकी र लागु पदार्थ खायेरो उठ्न नासक्नी गरेर सुतेको मान्छे कसरि तुरुन्तै राम्बो भन्दा बलियो भएर छानी छानी- एकै पटक कोठा कोठा चहारेर, भारंग्मा हरुमा लखेटेर, बगैंचामा लाकेतेरा सबैलाई एकैचोटी मर्न भ्यायो| याँहा धेरै उस्तै मुकुदोधारी हरु प्रयोग भएका छन्|
    ११, मरेको परिवार प्रति माया भएको भए सहि हत्याराको खोजि को लागि गर्ने सबै रित किन पुरैयेना| एउटा साधारण मान्छेको हत्या हुन्दाता ठुलै खोजीनिती र साधन र तरिका हरुको उपयोक हुन्छा भने यो हत्याकाण्ड मा कैहिलेई पनि किन खोजि गर्न सक्ने हरुले वास्ता गरेनन|
    १२. प्रमाण हरु निक नस्ट परियो जोगौनुको सस्तामा|
    १३. जनतालाई संका लगेगा सबैको कडाइका साथ किन सोद्खोद गरिएन|
    १४. हत्यारा घोसणा गरेकालाई किन राजा बनाई यो
    १५. मरेका मान्छे लाई प्रतिक्रिया हेर्न समय काट्ने हिसाबले किन राजा बनाइयो
    अब भंनोश यो हत्यामा कस कस को हात थियो होला?

  21. कहिले काँही हाम्रा आफ्नै नेपाली साथीभाईले पटमुर्ख बनि दिपेन्द्र लाई दोष दिएको देख्दा अचम्म लाग्छ, हामीले त अन्धो भएर दीपेन्द्रलाई दोष दिन्छौ भने अरु बिदेशीले किन दोष नदिउन ? हत्या पारस र ज्ञानेन्द्रले नै गरेको हो !आजकल पारस को त कुन्नि ज्ञानेन्द्रको छाती पोल्दो हो दाई, भाई को र उनीहरुको परिवार सम्झेर !!!
    हामी नेपाली देशमा जे जस्तो घटना भए पनि चुप लगेर बस्छौ, हामी नेपालीको सहनसिलता लाई मान्नु पर्छ !!
    “” जय मेरो देश नेपाल “””

  22. यो कुरा को सत्य तथ्य जानकारी wikileaks ले दिन सक्छ निकट भबिस्य मा प्रतिछ्या गरौ साथी हरु …..

  23. शान्ति क्षेत्र र उन्नतिको पथमा लम्कदै गरेको नेपाल, २०४६ पछि देखिएका भाडभैलो र राजतन्त्र प्रति पुन: बढ्दै गएको जन विश्वास नै दरबार हत्या काण्डको प्रमुख कारण जस्तो लाग्छ….. जबसम्म देसमा राजतन्त्र रहन्छ तबसम्म आफु शक्तिमा आउन नसक्ने र आफ्नो स्वार्थ प्रयोग गर्न नपाउने दलाल, Bharstha , नेपालका राजनीतिक दल भनाउदाहरु र बिदेशी शक्तिहरु को पनि हात छ जस्तो लाग्छ ………. हत्याकाण्ड निकै ठुलो योजना र चलाखीपूर्ण तरिकाले भएको थियो जसको हत्या गरियो तेस्को दोस पनि पूर्व राजा ज्ञानेद्र (राजपरिवार कै सदस्य) माथि लगाइयो किनकि नेपालबाट राजतन्त्र हटाई देसमा भाडभैलो र जातीय रुपमा देस टुक्रा पार्नु थियो जसमा मावोबादी लगाएत अन्य पार्टीले ठुलो रोल खेलेका थिए एसकालागि जनतामा राजतन्त्र प्रति बितृष्णा फैलाउनु थियो जुन उनीहरु सफल पनि भए जसको प्रतिफल आहिले हामी नेपाली ले भोग्दै छौ …………. तेसैले जतिसुकै ठुलो स्वरमा कराएर झुठोलाइ साचो गर्न खोजे पनि साचो साचो नै हुन्छ अन्तमा यो हत्याकाण्डमा आफुलाई ठुलो दल भन्नेहरु कै हात छ

  24. भारत आफ्ना वरिपरिका रास्त्रहरुमा अशान्त स्थिती बनायर ति देशहरुलाई आफ्नो अधिनमा ल्याउन चाहन्छ / जसको फल स्वरूप शिक्किम र भुटानलाइ आफ्नो बनिसक्यो , श्रीलंकामा पनि खुब कोशिश गर्यो तर सकेन , अब नेपाल र बंगलादेशको पालो हो / येसैले भारतले नेपाल तथा दक्षिण एशियामा अशान्ति फयिल्यै आफ्नो प्रभुत्तो कायम गर्ने लक्ष्यलाई एसको गुप्तचर संस्था RAW मार्फत, ज्ञानेन्द्रलाई गद्धिको लोभ देखाई, आफ्नो दलाल गिरिजा संगको मिलेमतोमा र अमेरिकालाई तिब्बत सम्मको सजिलो पहुँच देखाई ( जसबाट चीनलाइ बिभाजन गर्न सकियोस) , गिरिजा, ज्ञानेन्द्र , भारत( RAW ) अनि विश्व शक्ति अमेरिकाको CIA मार्फत यो काण्ड गरियको हुनु पर्छ र मदन भण्डारीको हत्यपानी यहि शक्तिबाट भयको हुनुपर्छ/ raw को बारेमा अलिधेरै बुझ्न यो लिंक मा गयर हेरौ – http://www.worldpress.org/Asia/2927.cfm /

  25. ज्ञाने र पारस ले नै मारेको नहुन सक्छ तर उनीहरुको संलग्नता र था थेन भन्न मिल्दैन

  26. नेताहरुले सबै कुरा पचाइसकेका छन। यिनीहरु बस आफु र आफन्त बन्ने र बनाउने बाहेक केहि सोच्दैनन् । देश र जनतालाई अन्यौलमा राखी राजनीति गरिरहेका छन कुर्सीका लागि । जसले जसलाई गालीगलौच गरेपनि “केहि हुन्न…” । जे हुनु भैसक्यो अबको दिन राम्रो होस् ।

    !!! ॐकारम नमस्कारम !!!

  27. tyeti बेलाको प्रमुख प्रतिपक्षि dal एमालेका महासचिव माधव नेपाल, के पी ओली, आदि को पनि हात हुन सक्छ| किनकि त्येस्तो षड्यन्त्र तिनीहरुले २०५० सालमा मदन भण्डारीको हत्या ताका पनि सफलता पुर्बक रची सकेका थिय | emale ले तीन दिन लगातार बन्द आयोजना गरेर विशेष भारतीय Death Squad नेपालमा भित्र्याउन र Royal Nepalese आर्मी लाई सो हर्कतलाई materialize गराउन माहौल बनाउन सहयोग गरेको थियो | एमालेको नौ महिने सरकार विघटन गरिदिएको झोक| छानविन कमिटीमा माधव नेपालले बस्न इन्कार garnu अर्को रहस्यमय कारण पनि छ|

  28. लौ, मानौं न त, दीपेन्द्रले नै हत्या गरे रे !!! तर पनि किन तेत्राबिधि प्रस्नहरु अनुत्तरित त? किन यो काण्ड अझै ‘रहस्यमय’? किन बिस्वस्त हुन नसकिएको? न त मदन भण्डारीको हत्यामा कुनै कुरो बाहिर आयो न त दरबार हत्या काण्डमा, न त अमर लामाको हत्यामा नै, कतै यी तिनै लाई एकै ठाउँमा राखेर हेर्न पर्ने पो हो कि? किन गिरिजा जस्ता महान नेता, मृगेन्द्रराज पाण्डे जस्ता डाक्टर, ज्ञानेन्द्र जस्ता राजा, पारस जस्ता युबराज, गोलि जस्तो बोल्ने ओली अनि पिपलपाते ‘माकुने’ सबै निस्कलंक लाग्दैनन् ? किन सबै माथि सन्देह नै लाग्छ? किन ? किन?? किन ??? त्यसैले यी तिनओटै घटना मात्र ‘दुर्घटना’ होइनन, षड्यन्त्र हुन | र षड्यन्त्र को पर्दाफास हुनै पर्छ, यसमा कसैको बिमति नहोला !

  29. दरवार हत्याकाण्ड भारतले गराएको भनेर तेतिबीलाको सांसद दिर्घ राज प्रसाईले अप्रमान लेखेको छ/ गिरिजाले आफ्नो आत्म कथामा बिरेन्द्र हत्या काण्ड भारतले नै गराएको भनेको भनेर चक्र प्रसाद बास्तोलाले भनेको छ/ यहि कुरा प्रचान्द्र्ले पनि भनेको छ:

    Indian hand in Nepal’s Royal Palace Massacre
    By Isha Khan • Jan 27th, 2010 • Category: Politics • 4 Comments

    Former Prime Minister of Nepal Pushpa Kamal Dahal alias Prachanda has accused India of carrying out the Palace massacre in which King Birendra was killed along with his family and also communist stalwart Madan Bhandari eight years ago, reports Telegraphnepal.com.

    Prachanda, chairman of opposition UCPN (Maoist) party, claimed that the main reason behind the killing of the two adored figures had been their unequivocal love for their motherland. “They were both strong nationalists,” he said. “Both King Birendra and Bhandari were killed because they shared good relations with our party and they were about to meet me personally,” he said.The meeting with late King Birendra was tentatively fixed for May 25, eight days before he was murdered, as the information got leaked, lamented the Maoist supremo.

    He categorically outlined three reasons for the murder of King Birendra: His proposal for Nepal as zone of peace, his preference for importing weapons from China and above all his nationalist credential were the prime reasons for his brutal murder.Of late the Maoist leader has whipped up the sentiment of the nation by launching a campaign to free the country from foreign interference, recover lands occupied by India and withdrawal of foreign troops from Nepalese territory Kalapani.

    The Maoist leader also said that the entire responsibility for the Royal Palace Massacre on June 1, 2001 should be taken by the then Chief of the Nepal Army, Prajawal Shumser Rana. “The Nepal Army is bound to make public the reasons for the security lapses inside the Royal palace”, he demanded.”The murder spree of Nationalist Leaders continue since the War of Nalapani”, Prachanda said adding, “I could be killed any time from now but I do not fear death.”

    “We had won the Nalapani War with the British, now it is time for us to get ready for a similar war”, he told a meeting of Maoist cadres in Gulariya of Bardia District on January 21.

    3.Dirgha Raj Prasai on May 30th, 2010 :
    South Asia is in turmoil that India is taking the policy of aggressive intervention against the surrounding countries like Nepal, Bangaladesh, Srilanka and Pakistan. The task to destabilize the countries has been assigned to the notorious intelligence agency, RAW. A scholar Dr. Shreen M Mazari says “In Nepal, India has been intervening in the politics of Hindu Kingdom by promoting pro-Indians politicians”. Indian government is making difficult for Nepal to assert her sovereignty.

    Indian intelligence service Research and Analysis Wing (RAW) has been fomenting violent deterioration in Nepal. In Nepal, Indian leaders especially the government of Congress (I) have been playing an active role to diffuse the democratic aspirations of the Nepalese people.

    In 1989, India imposed an economic blockade on Nepal. The reason was the expiring of the Trade and Transit Treaty.

    After the blockade, India had asked King Birendra to remain under the Indian security umbrella by enjoying the same status like the Bhutani King. But, the sovereign Nepalese’s King Birendra had rejected strictly, the Indian interest. Then, India has been starting the conspiracy against Nepal.

    Some Indian leaders & RAW have been instigating the Madhesi people (some puppets of India) of the Tarai- southern belt. The Indian ambassador has been offering large sums of money for schools, hospitals, roads etc in odder to wean the masses away from the influence. The Tarai belt is burning with murders, kidnappings, lootings that is mounting day by day in the name of so-called ‘Madhesi supremacy’.

    Since 2000 AD, India wanted to abolish Nepalese monarchy anyhow. Nepalese monarchy is the convincing factor of Nepalese unity & sovereignty. But, the India never likes peaceful unity and inseparable Nepal. So, Indian Congress (I) leaders and RAW chief came to Nepal and put pressure to get rid of monarchy. Then, there starts the grand design of Royal massacre.

    The main cause is the conspiracy of RAW (Research and Analysis Wing). RAW, has been standing to destabilizing the Nepalese unity from 2005. According to Professor Wang Hongwei of the Chinese Academy of Social sciences who is a veteran Nepal watcher, was in Kathmandu some days back made these remarks (2008 Nov. 13). ‘I firmly believe that Birendra’s affiliation to China finally became the prime reason for his ghastly murder, some power centers did not want late King Birendra to have good relations with China’. ‘Birendra was committed to serve his country, he had brought new ideas of cooperation with China, King Birendra believed that if Nepal is linked to the Silk Route, the country can have direct links to Europe and other countries mainly to import petroleum products’. ‘That is the prime reason why those alien power centers did not want him to survive’. ‘We had told him to remain careful while he was attending the BAO Summit held in China some years back’. ‘We had saved his life earlier as well; one of our Military attaché had informed him of such ill motives. It was since then he had friendly relations with China, however, we came to know at a later stage that some diplomats stationed in Kathmandu and leaders of some political parties too acted as accomplices in the murder’. Professor Wang conformed that RAW was responsible about the Royal massacre. Mr. Dixit also has commented – ‘The unsolved murder mystery of Indian PM Lalbahadur Shastri ( PM of India who was poisoned in Masco) and mystery of Royal Palace massacre may be hatched by RAW.’ (The Telegraph 12th Aug 2009)

    A prominent editor of Peoples Review (24 July 2009) Mr. Pushpa Raj Pradhan writes- ‘The Royal Palace bloodbath on 1 June, 2001 will remain as a black-day for the Nepalis in the history. The entire family members of King Birendra along with many members of the Royal Family were killed in that incident.
    According to a noted scholar Dr Upendra Gautam, King Birendra was killed after 19 days of signing the Rasuwagadhi-Safrubeshi road, an access road linking Tibet with Nepal. Furthermore, he was killed immediately after his official visit to China. King Birendra, during those last days, was very much unhappy from the increasing Indian intervention in Nepal.

    According to Janadharana weekly, those who had been monitoring minutely on the developments in Nepal, the Royal Palace bloodbath was carried out by those elements who didn’t want Nepal remaining as a sovereign nation. Late king Birendra had strong relations with China. He was assassinated immediately after his return from China. He had participated in the international summit at the Bao Forum, Hainan, China in 2001.

    India had become further suspicious from King Birendra’s visit to China. Just before the bloodbath, the Indian intelligence had made public a report in which a fake allegation was made that Queen Aishwarya had provided 100 million Indian rupees to Tamil Tigers to assassinate Indian Prime Minister Rajeev Gandhi. It can be assumed that from such a serious accusation made against the Royal Family, how much the Indians were annoyed with the Royal Palace? This can be taken as evidence that Indians were trying to abolish the respected institution of a neighbouring country.

    India was demanding to provide citizenship certificates to all the Indians residing in Nepal. India had already bought all the parliament members to fulfil this cause. A bill on the amendment of the citizenship law was also passed by the Parliament. But King Birendra had rejected the bill from which India had become further angry with the monarchy in Nepal.’ That is the reality of the King Birendra’s and his family massacre. Who can ovoid the degrees of fate? The history of Indian conspiracy is the destructions of sovereign nations of south Asia. India should understand that the Nepalese people will never accept Indian interference.

    According to former Prime Minister Marichman Singh, at the time of the movement of 1990, RAW brought together one dozen left parties who never used to see on each other’s eyes, just like the seven parties during 2005 and of course, forged a working alliance with the Nepali Congress. Thinking that Nepalese people would not hit the streets, India even brought 6,000 Bhutanese of Nepalese origin to Kathmandu to show Nepali faces in the movement. It is already published that after the movement of 1990 gained momentum, the then Indian Foreign Secretary, showing the scare of the people’s movement, came to Kathmandu on April 1990 with a draft agreement under which Nepal’s defense and foreign policy would be under Indian domain. But, late King Birendra had rejected the agreement outright. Many people believe that this was another cause of his untimely demise.

    Similarly, a scholor Dr. Sastradatta Pant write- There are many questions yet to be answered. Just look at the current issues: Why the Royal Palace massacre took place immediately after the late King’s China visit? Why the parliament passed the finance bill in a disguised manner? Was King Birendra’s decision to consult the Supreme Court before giving Royal assent on a controversial bill the reason for the Royal Palace bloodbath? Why Indian political leaders put pressure on the marriage of the then Crown Prince Dipendra? How could the Maoists get safe shelter in

    Indian territory? How did they get arms from India? Why the five political parties are launching a “joint-movement” at the time when the Maoists have announced cease fire? Why the political parties are trying to limit the Royal Palace role as well as the Army affairs? Why KV Rajans are here at the time of change of the government? After all, who are running such games from behind the scene?

    The reality is that India still maintains its wish to keep Nepal under its security umbrella. Now it is well established that India, after 2005, is stepping towards Bhutanisation, Sikkimisation and Fijisation of Nepal by using Prachanda and Baburam Bhattarai of Maoist, Girija of NC, Madhab nepal of UML. All of the conspiracy is being done in the name of abolition of monarchy. Therefore, in the absence of a leader who can take stance, India conspires to make Nepal a failed state. Nepalese monarchy is the pillar of Nepalese identity and sovereignty. The Royal institution of Nepal is for its people and a force that fought against the imperialists. India had been investing to establish a republic in Nepal with the help of our corrupt party leaders as well as the palace’s corrupt cronies & sycophants. So, everybody can understand the story of Royal massacre.

    Thank you.
    Dirgha Raj Prasai
    Email: [email protected]

  30. १० वर्ष अघि मेरो मन ले जे सोचेको थियो आज पनि तेही सोची रहेछ…बकम्फुसे प्रमाणले मेरो मनलाइ परिबर्तन गर्न सकेको छैन….
    “जय नेपाल”

  31. दिपेन्द्र संगै पढेको| दिपेन्द्र ले नै हो, जति सुकै षडयन्त्र हरु हामीलाई पत्याउन मन लागे पनि| अरु ले भएको भए येती लामो समय गोप्य राख्न असम्बव छ| मनले त ज्ञानेन्द्र वा भारत लाई दोष लाउन भान्छा तर ब्रम्हले बुझेको कुरा: दीपेन्द्र नै हो एक्लो हत्यारा|

    • सचेत जी
      दीपेन्द्र लाई नागार्जुन डाँडामा लखेटी लखेटी मारेको थियो भनेर देख्ने हरु अझै त्यहाँ छन्/ दीपेन्द्रले नै हत्या गरेको भए दिपेन्द्र नै मारी सकेर पनि त्यो दिन दरवारमा हुने अरु कसरि महिनौ पछी मारिए?

      काथामंदु को १७ वडा छत्रपाती ढल्कोमा बस्ने यक जना पोडे दरवारको सफाई कर्मचारी त्यो हत्या काण्ड भएको बेला तेही थियो/ त्यो पोदेलाई पछी उसैको घरमा आएर कसैले गोलि हानेर मार्यो र त्यो घटना को कुनै विवरण आज सम्म कसैले पाएको छैन/ ठिक तेसै गरि मदन भण्डारीको गाडी चलाउने चालक लाई पनि मारिएको थियो/

  32. हत्या काण्डको भोलि पल्ट बिहानकको पहिलो पहर देखि नै असमान्य खालको चहलपहल थियो। दुध तरकारी र केहि मान्छेहरुको चहलपहल हुने समय यस्तो किन भयो भन्ने जिज्ञासाले बाहिर आउँदा यो दु:खद खबर सुनियो र विभिन्न खाले अडकल बाजी ब्याप्त थियो। धेरैले त दिपेन्द्रले नै मारेको भन्ने नै थियो। घर आएर नेट खोलेँ र हेरेँ , बिबिसि, सिएनएन लगाएका विभिन्न अनलाईन पत्रिकाले महत्वका साथ अपडेट दिइ रहेको थियो भने हाम्रा समाचार पत्र रेडियो र एफएमले के कारणले हो जनतालाई सहि सुचना दिएन बरु शोक धुन मात्र बजि रहेको सुनियो। घटना अघिल्लो राती कै भए पनि म जस्ता सामान्य जनताले भोलि पल्ट बिहान मात्र थाहा पायौं र दरवार मार्ग आउँदा मान्छेहरु भिडको साथै थरिथरिका टिभि च्यानलका क्यामेराहरु दरवारको दक्षिणगेट तेर्सि रहेको थियो।
    त्यस पछि ११-१२ बजे तिर शोक धुनकै बिचमा दरवारको समाचार आयो र स्वचालित हतियारबाट यो हत्याकाण्ड भयो भनेर र वास्तवमा यहि समाचारको अविस्वनियताले नै थुप्रै अफवाहले मलजल पाए र अहिले सम्म यो अनुसन्धानको विषय नै हो ।
    यहि ताका हो क्यारे अजिवको कुरा पनि बाहिर आयो। राजीव गान्डिको हत्यामा रानीको हात रहेको हुँदा यसको वदला स्वरुप दिपेन्द्राको मास्क लगाएर ईण्डियाको कुनै एजेन्टले हत्या गराएको र यो काण्डमा ९ जना बाहेक ट्रकका ट्रक दरवारमा रहेका सेनाको पनि हत्या भएको। नेपालमा केहि भयो कि इण्डिया तिर औंला सोझिनु स्वभाविक थियो किन कि उ यता देखि ने गरि सकृयपनि रहने गर्थ्यो र हाल सम्म रहेको पनि छ ।
    नेपालको राजतन्त्रको विनासको कथा यहिँ बाट नै सुरु भएको मान्नेहरु धेरै नै छ । केहि हद सम्म प्रजातान्त्रिक भनेर कहलिएका राजाको समुल नास हुनु चानचुने कुरा पनि त थिएन र स्वभाविक रुपमा धेरैले यो ज्ञानेन्द्र तिर सोझिए ।
    यो समाचार सुन्दाको मेरो पहिलो प्रकृया त्यो अच्चमा लाग्दो भएन । कारण थियो नेपालको विगतका राजतन्त्रको ईतिहास रगत नै रगतले पोटिएको थियो भने संसारको राजतन्त्रलेको ईतिहासले पनि त्यहि चित्र दिन्छ । गुट उपगुट षडयन्त्रको गजबको ईहितास भएको कुरा त जग जाहेर नै थियो र यो घटनाले अर्को पाना थपिएको मात्र हो ।

  33. दरबार हत्याकाण्डको सत्यतथ्यको उत्तम विकल्प भनेको तत्कालीन प्रत्यक्षदर्शी, त्यहाँ खटाइएका विशेष सुरक्षा अधीकारी, त्यसबेलाको सरकारको प्रधानमन्त्री नभएपनि गृहमन्त्री, रक्षामन्त्री, सभामुख तारानाथ रानाभाट र विभीन्न दलका मुलनेताहरु, के.पी. ओली, माकुने, रामचन्द्र, कृष्ण प्रसाद सिटौला जस्ता नेताहरुलाई तालीवानका उग्रवादीहरुको हवला गर्दिनुपर्छ, त्यसपछि मात्र नेपाली जनताले शंका गरिराखेका मानवरुपी राक्षसहरुको कुरुप रुप सक्कल धमाधम देख्न पाईएला, नत्रभने त उहि एकादेशको कथाभने जस्तो हो ।

  34. आज भन्दा १० बर्ष अघि जति बेला मैले पहिलो पटक दरबार हत्या को समाचार सुने, तेती बेला मेरो मन ले यो १००% ज्ञानेन्द्र/पारस को काम हो भन्ने लग्यो / पछि पत्रपत्रिका को लेख हरु पढेर भारत को काम हो कि जस्तो पनि लग्यो तर आजको दिनमा यत्रो १० /१० बर्ष सम्म यत्रा ठुल्ठुला नेता , पार्टी तथा निकायहरुले खोज तलाश गर्दा पनि पूर्व राजा ज्ञानेन्द्र तथा भारत बिरोध कुनै प्रमाण नपाईयको सम्बन्ध मा यो हत्या दिपेन्द्र ले नै गरेको हो कि जस्तो लाग्छ / यी राज परिवार को जात संकी हुन्छ / कतै दिपेन्द्र कै काम त हैन /

  35. Definitely, it was the works of Deependra but who killed Deependra is still a mystry. Dr. Upendra Devkota went on to become a minister under Gyanendra Raj simply because of his “missle wound” statement – implying sucide. Some one who can finish so many near and dear ones will never pull a gun on himself. I am more convinced of some one killing Deependra after looking at the “pond” inside Narayanhiti Durbar. Deependra’s pistol was found inside this “pond”. Actually, to called it a pond is a misnomer, it is a small fishery, even a baby can be drowned in that so called “pond”. Even the Investigating Commission had misinformed the public by sketching of the fishery to be a large pond. The other interesting fact is that two shots are fired from the pistol found in the pond. Deependra must be checking the gun before he pulled the tigger into himself – this is a total mystry. Therefore, some one must have pulled the gun on Deependra. May be Mother Queen Ranta knows.

  36. मैले त्यो कहाली लाग्दो दिन को खबर आफ्नै ओरिपरी को छिमेकी हरु बाट थाहा पाए !!!धेरै दुखः लाग्छ ती दिन सम्झिंदा पनि ………मलाई त उतिबेला देखि आहिले पनि यी काण्ड को षड्यन्त्रकारी ज्ञानेन्द्र ले गरेको जस्तै लाग्छा

  37. जसले जे जे अनुमान गरेपनी सो काम दीपेन्द्र ले नै गरेका हुन् .तेस्मा कुनै शंका गर्नु बेकार छ .

  38. जसले गर्यो, तेस्ले भोग्छ. नराम्रो कामको नराम्रो परिणाम निश्चित छ.

    • बिरेन्द्र र मदन भंडारी लाइ मार्ने शक्ति यूतई हो र मार्ने कारण पनी यूतई हो. तिनी हरु को लिस्ट माँ प्रचंड, बाबुराम ,मोहन बैध्य, उपेन्द्र यादव डॉ. देवेन्द्र राज पांडे जस्ता ब्याक्ति हरू (देश भक्त) पनी हून सक्दछ्न. नेपाली जनता ले होसियार हुनु पर्दछ. त्यों शक्ति ले केपी ओली, माकुने, सितौला, सुजाता हरु लाइ भने केहि गर्ने छैन, किनभने तिनी हरु उसको हितको लागी ढाल भन्ने दलाल हरु हुन.

      • महेश जी तपैका इ महान नेता हरुलाई तपाई नै पुजेर बस्नुस किन कि ई मेरो साथै सम्पूर्ण नेपाली जनता का नजरमा त ई भातमारा मात्रै हुन् जनता को रगत मा रमाउने चितुया हरु हुन्

        • चंडी जी
          तपाई जसलाई माने पनी मान्नुस, त्यों मेरो चासो को कुरा होइन, तर प्रचंड बाबुराम हरु भनेका देश का नै नेता हुन, त्यों भन्ने प संग प्रस्ट आधार हरु छन र ती मध्य एक आधार भनेको जनता ले दिएको जनमत हो. त्यों यथार्थ लाइ ढाकं खोज्नु एक मुर्खता मात्रै हो. अनि अर्को प्रकाश भन्ने जीव लाइ प्रचंड ( जो बिरुद्द भारत ले एत्रो शक्ति लगाएको छ र त्यों कुरा राकेश सूद ले कुटनीतिक आचरण नै तोडर प्रस्ट लगाएको छ र नेपाली प्रेस हरु देशांतर साप्ताहिक, बिमर्ष, दृष्टी घटना र बिचार अनि दिल्ली का दलाल नेता हरु सितौला, माकुने, ओली, सुजाता , गुप्ता अनि महंथ हरु ले नै मुख नै खोलेर भनेका छन की माओबादी संग भारत खुसी छैन भनेर) भारत को दलाल लागेछ. उक्त ब्याक्ति लाइ सितौला, माकुने, ओली, सुजाता , गुप्ता अनि महंथ हरु रास्त्र्बादी लाग्दछं की के हो? बिचरो २-४ बर्ष लट्ठ परेर बेहोस भए की कतई भुस निंद्रा माँ थिए, यो बिच को घटना लाइ हेर्न र बिश्लेषण गर्न नसक्ने?

      • प्रचण्ड भारतीय दलाल हो मित्र ! हिजो भारतको सैन्य सहयोग मा उसले नेपाली जनाको रगत पिएको थियो !

  39. India ले हो | ज्ञानेन्द्रले होइन जस्तो लाग्छ | एदी ज्ञानेन्द्रले India संग मिलेर गरेको भए एती चांडो सत्ताबाट हट्दैन थियो ………..

  40. सबैलाई था छ यो हत्याकाण्डमा कसको प्रमुख हात् छ ? —
    नेपाल र नेपाली जनताको हितको लागि डटेर लागि पर्नेहरुको सर्बनास भारत् ले
    गर्दै आएको छ .
    इत्तिहास पढ्नुस ! २०१२ मा नेपालको हकहितको लागि लड्ने भिम दत्त लाई कसरि
    मार्यो भारतीय सेनाले ? सोधखोज गर्नुस भीमदत्तको बारेमा जो २०१२ सालमा भारतीय सेना मार्फत मारिएका थिए .
    मदन भण्डारी उस्तै थिए देश र जनताको लाइ लागि पर्ने होनहार नेता — उनलाई
    मार्यो — बिरेन्द्र राजा प्रिय थिए जनताको जो मुलुकको उत्थानको लागि चिन्तित
    थे उनि सहित उनको परिबार सर्बनाश गर्यो —
    तर यस्तरी सर्बनास गर्यो कि उनकै भाईको परिबारलाई जोगाएर जनताको नजरमा
    तिनलाई गिराउने सड्यन्त्र राख्न सफल भयो — यदि त्यो बेला ज्ञानेन्द्रको परिवार
    पनि मारिएका भए ज्ञानेन्द्रले सहानुभूति पाउने थिए जुन हुन पाएन भयङ्कर चलाखीपूर्ण सड्यन्त्र गरे —- आगो लगाइयो नेपाली जनताको मनमा —
    यसरि आगो लगाउन सफल भए पनि आज भू पू राजाको सरल ब्यबहार , उनको
    रास्ट्र प्रेम जो नेपालकै माटोमा मर्छु भन्ने अठोट आदिका कारण त्यो सड्यन्त्रकारी
    आगो निभीसकेको कुरा भारतले बुझेको छ —
    —————————–
    त्यो हत्याकाण्डकै बेला नेपाली जनताले धेरै आश गरेका थिए हाम्रा नेताहरुबाट .
    हामीलाई आश थियो हाम्रा नेताहरुले उचित छानबिन गर्ने छन् तर गरेनन —
    तिनलाई तिनको जिबन र सत्ता प्यारो हुन गयो —
    —————–
    दिपेन्द्र मोहरा हुन् मात्र मोहरा — सबले बुझेको कुरा हो .
    —————–
    यी बिचमा यो भत्काउने त्यो भत्काउने जस्ता कुराहरु क्रमश : सड्यन्त्रका कारण
    हुन् — दरबारमा को को कर्मचारी कहाका छन् आदि तिनको व्यक्तिगत रिपोर्ट
    भारतीय दूताबासमा बुझाउनु पर्ने जस्ता दबाबका कुरा हुने ठाउमा बाकी कुरा
    तपसिल बमोजिम — भन्ने बुझ्न गाह्रो हो र ? —-
    एकदम दुख लाग्छ मुलुकमा कोई नेता जन्मेनन जसले यी घटनाको बारेमा प्रमाण सहित ठोस् तथ्य जनतालाई बुझाउन सकेनन — मुलुकलाई अन्योलताको
    कुहिरिमंडलबाट बाहिर निकाल्न यिनले अहम भूमिका निभाउन सकेनन् —-

    • भनेपछि त्रिभुवन सदन भत्काउने ज्ञानेन्द्र होइनन् लुनाजी ? यदि यसो हो भने यसको खण्डन वा यस विषयमा उनले किन स्पष्टीकरण दिएनन् ? यदि दीपेन्द्र र उनी साँच्चिकै निर्दोष हुन् भने कमसे कम आफूलाई थाहा भएको कुराहरू त भन्न सक्छन् नि ! उनका कठोर अभिव्यक्ति र कदमहरूले उनलाई अनि उनको परिवारलाई पनि बाहिरी तत्त्वबाट खतरा थियो भन्ने पनि संकेत मिल्दैन । उनको महत्वकांक्षा, गद्दीमोह, हत्याकाण्डको छानबिनमा उदासीनता, छानबिन समितिले प्रस्तुत गरेको भटट प्रतिवेदन शैली आदि हेर्दा उनी निर्दोष हुन्न भन्ने कुरा फिट्टी विश्वास लाग्दैन ।

      • पुष्प जी !
        तपाईले भन्नु भो नि किन ज्ञानेन्द्रले मुख खोलेनन् भनेर ! तपाई यसो भन्नु
        हुन्छा भने जनताले पनि ” हाम्रा नेताले किन छानबिन गर्न सकेनन् ?! — ‘
        भनेर प्रश्न गरिरहेका छन् नि ! हो कि होईना ?
        २०६३ पछी जन प्रतिनिधिहरु सत्तामा थिए , ऐले पनि छन् !!! खोई तिनले केई
        नाप्न सक्या ? कल्ले छेक्या छ तिनलाई ??? जनताले छेक्या छ ? जनताको
        अपार समर्थन हुने छ भन्ने कुरामा बिस्वास नभा हो र हाम्रा नेताहरुलाई ?
        ऐले लोकतन्त्र छ नि होईना र ? भू पू राजाले नबोल्या कुरा ठोस् प्रमाण सहित
        हाम्रा नेताहरुले बोल्दे हुन्न र पुष्प जी ??? सत्य तथ्य कुरा खोज्न कसले छेक्या
        छ ? भू पू राजाले पुष्प जी ???????????????????????

        • भएभरका चल-अचल प्रमाणहरू नष्ट भइसकेको अवस्था छानबिनको के अर्थ रह्यो र लुनाजी । हुन त गणतन्त्र घोषणा हुनासाथ मुख्य दलहरूबीच छानबिनका लागि सहमति पनि भएकै हो, तर राजनीतिक सहमतिमै धमिरा लागिसकेको अवस्थामा अन्य सहमतिको कार्यान्वयनको कुरा यथावत रहनु अस्वाभाविक होइन । बरु एउटा भाइ हुनुको नाताले ज्ञानेन्द्रले पो आफूमाथि लागेको आरोप निराकरण गर्नुपर्ने हो नि । होइन र ?

  41. शायद कुनै दिन देवयानी राणा ले केहि बोलिदिए, speculations हरु अलि कम हुन्थियो कि? शायद देवयानी राणा चुप लाग्नुमा पनि केहि रहस्य छ कि??

  42. समय बलवान छ/न एस्लाई कैसैले रोक्न सक्छ न छेक्न/जुन दिन जुन बिनाश हुनु छ त्यो भएरै छोड्छ/तर त्यो बिनाश हुनु मा समय को मात्त्र हात नभई परिस्थिति को ९९% हात रहेको हुन्छ/गिरिजा प्रधान मन्त्रि,प्रज्वल शमशेर प्रधान सेना पति हुदा देश र जनता ले संसार मा बेइज्जत हुने गरि एउटा कालरात्रि को सामना गरे/तर किन गरे भन्ने कुरो आज सम्म पनि रहस्येमाये रहेको छ/एदी कुनै पनि सरकार माओबादी,कांग्रेश,एमाले जुनसुकैको सरकार ले पनि एसको सत्य तथ्य बाहिर ल्याउन सकेको भए साएद ति १२ जना राजपरिवार साथै करिब ३ करोड जनताको आशुको मुल्य हुने थियो/ज्ञानेन्द्र ले पनि छल कपट नै गरे एदी उसले यो घटना अपेच्या नगरेको भए ति सबै राजपरिवारको सम्पत्तिको बिबरण जनतालाई दिएर रास्तिये सम्पत्ति भनेर घोसना गर्न सक्थ्यो/आखिर कलि आजको भोलि भने जस्तो २०५ बर्सको राजतन्त्र को अन्त्य उसकै पालामा भयो त्यो भन्दा ठुलो कलङ्क उसको जीवन र इतिहास मा अरु के हुन सक्छ????मेरो शोजो हिसाब मा र तेतिबेला को भनाइ अनुसार यो घटना किन र कसरि भयो भन्ने कुरा श्रुतिको पति गोरख लाइ थाहा छ/हुन पनि सक्छ/आखिर प्रताछ्ये दर्सी त उनिमात्त्र छन जले आफ्नो जीवन संगिनी गुमाय/उनलाई पनि आर्मी हस्पिटल मा कसैलाई हेर्न भेट्न नदिएर मार्ने दाउ मा थिए रे उनकी आमा चलाख भएको कारण मेरो छोरो लाई खी भयो भने मा के गर्छु हेर मेरो छोरोलाई मा बाहिर उपचार गरौना लैजान्छु भनेको कारण तेहाबाट निकालेकी ले बचेका हुन् भन्छन दैब जानुन कि उनै जानुन…………जे भए पनि आफ्नो जीवन काल मा घटेको यो घटना आफु नमरुन्जेल त्यो दिन,रेडियो को विरक्ति धुन, पत्त्रिका मा छापिएका लास का तस्बिर र बगेको त्यो आशु म बाचुन्जेल म संगै बचिरहनेछ गहिरो चोट बनेर……….

  43. यो तारा नाथ भाट भन्ने मान्छे ठग हो , ४७ सालमा मेरो सानो होटेल पोखरा लके साईड मा थियो , यो ठग मेरो होटेलमा आयो र फोन माग्यो , कथ्मन्दौ मा फोन गर्यो करिब ३ घण्टा बितायो , ३/४ बोतल मिनिरल वाटर माग्यो खायो र जना लाग्यो अनि मैले पैसा माग्य के भन्छ ठग ले त म कंग्रेशी नेता भनि चिन्दैनौ यो पार्टीको कामको लागि फोन गरेको , पार्टीको कामको लागि गर्दा पैसा तिर्ने चलन छैन भनि खुरु खुरु हिड्छ ,, म त अक्क न बक्क परे , के गर्नु . हामी जुस्तोको दुखि , मेहनत गरिखाने को लुटी खाने ठग हो यो , तेह देखि मलाई कांग्रेश भने पछि आखाको धुलो सरि लाग्छ , येस्तई करणले नेपालमा माओ बादी बढे को हो, तर म कुनै पार्टीको मान्छे हैन है,लान्छना लागौं न पाउदैन है खबरदार .

  44. एउटा कुरा के चाही प्रस्ट छ भने, यसमा के पी शर्मा ओली, जस्ता देश द्रोही को हात निश्चित रुपमा छ. गिरिज, कुजाता, कृष्ण सिटौला, |

    बास्तबमा जनता ले चिनी सके सक्कली अनुहार | के अब केपी शर्मा ओली को हो भन्ने थाहा नहुने कोहि नेपाली होला त?

    मा त भन्न्छु, झलनाथ, अब राष्ट्र बाट पौने सबै पी सक्यौ, तिमि रात्र लै एउटी कुरा देउ, केवल तीनजना देश द्रोही लै समातेर जेल हाल.- सु बा था, गच्छेदार, र के पी शर्मा ओली.

  45. काठमाण्डौ मा सधै पानीको हाहाकार हुने त्यो दिन पनि सधै जस्तै राति धारोमा पानी आउँछ कि भनेर घरबेटी दिदी र म पानीकै प्रतिक्षामा बसिरहेका थियौ . यसै क्रममा एभरेस्ट क्यासिनोमा काम गर्ने एकजना छिमेकी दाइ आफ्नो duty सकेर घर फर्किदा उहाले नै यो काहाली लाग्दो घटना सुनाउनु भएको थियो . यो घटना एकदमै षडयन्त्र मुलक घटना भएको थियो तर कसले किन र कसरि गर्यो भन्ने कुरा अझै पनि कसैले किटान गरेर भन्न सकेका छैन . प्रत्यक्षदर्शी बाहेक अरुले यो घटनाको पूर्ण बिबरण बताउन र लेख्न सक्दैन . दुर्भाग्य यो घटना घट्ने दिन उनीहरुको आफ्नै पारिवारिक सदस्य र उच्च ओहादाका सुरक्षाकर्मी बाहेक कसैले यो घटनालाई भोग्न पाएनन् . जसले यो घटनालाई देखे भोगे उनीहरु मुख खोल्न चाहदैनन , सत्य तथ्य कुरा बाहिर ल्याउन चाहदैनन् . चाहेर पनि भन्न सक्ने परिस्थिति भएन होला ? किनकि यो उनीहरुको पारिबारिक दुर्घटनाको सवाल भयो . फेरी यो कहाली लाग्दो घटना एक्लै र एक्कासि घट्ने कुरा असम्भब पनि थियो . एउटा बंश नै मासिने कुरा त चानचुने होइन नि . त्यसैले मलाई लाग्छ यो हत्याकाण्ड सत्ता र राज्यधिकारकै लागि हुन सक्छ . रोल क्रमले र सजिलै त कुनै पनि हालतमा त्यो अधिकार हात लाग्ने वाला थिएन .त्यसको लागि जस्तो सुकै मूल्य चुकाउन पनि पछी नपर्ने प्रबृत्ति का कारण र दरबारको नाउमा रहेको को अरबौको सम्पत्तिमा राज गर्न पाउने सपना बोकेकै कारण यस्तो अपराध घटेको हुन सक्छ तर यो मेरो निजी विचार हो . त्यसैले मलाई लाग्छ यो हत्याकाण्ड सत्ता र राज्यधिकारकै लागि हुन सक्छ . हामीले त बाहिर बसेर कल्पना न गर्ने हो तर सत्य कुरा त देख्नेलाई न थाहा छ . तर आशा गरौ सत्य सधै लुक्दैन भने झैँ एक न एक दिन बाहिर आउने छ . हामी जनता हौ आफ्नो देशको राजा रानी को एैतिहासिक हत्याको सत्य समाचार पाउनु हाम्रो आधिकार हो . तर हामीलाई कसले देओस सत्य समाचार बिचरा हामी ? सधै बलिको बोको बनाइन्छ हामीलाई .

  46. कोइकसैले प्[अनि काली तार्न सक्दैन.म्र्तुए कसरि र कोबाट हुन्छा भन्ने कुरा जन्मदाको दैबागत लेखे को कुरा हो कोइ कसै लाइ दोष लगाउनु ठिक हुँदैन.मुर्दा माथि को राज्नीतेले गर्दानै नेपाल र नेपाली को सेर छुकेको छ.स्वार्थी लोवी पापी को मन र मस्तीक्मा दया माया करुणा हुँदैन.नमस्कार.

  47. सत्य तथ्य बाहिर नआएको कुरामा सम्भावनाले बास पाएको हुन्छ/ ज्ञाने ;धने ;रनेलाई आरोप लाएर मात्र हुदैन ;आरोप पुस्टि पनि गर्न सक्नु पर्छ/

  48. नेपाल का तत्कालिन सरकार, भारत सरकार र ज्ञानेन्द्र नै दरबार हत्या काण्ड का अभिनेता हुन्

  49. बिरेन्द्र को बंश नाश भए को १ दसक भयो, देश मा लोकत्रान्त आए को ५ वर्ष भयो र गदत्रन्त्र आएको पनि ३ वर्ष भैसक्यो , तर पनि यो घटना का कतिपय बिसय मा जनातालाही आशंका छ , र अहिले पनि हल्ला कै भर मा देश रुमलिही रहेको छ, नेपाली जनता मात्र हैन सर दुनिया यो घटना को सत्य थाहा पाहुना चाहान्छ , तेशैले जति सक्दो चाडो यो बिसयाको निस्पक्ष छानबिन गरि , के भए को हो , सम्पूर्ण कुरा जनता मा लाउनु पर्दछ र भ्रम र हल्ला को खेति लाही तुरुन्त बन्द गरिनु पर्दछ / त्यो घटना मा उपस्थित भएका प्रायजसो सबै मान्छे हरु हाल सम्म पनि जीवित छन् र नेपालमै बसेका छन् , तेश कारण ले जति सक्दो चाडो छानबिन गरिनु जरुरि छ/

  50. यही घटना हो जसले मलाई तेत्तीस कोटी देवता प्रतिको विश्वास क्षीण भएको, राज परिवार प्रतिको आस्था गुमेको . जब बुझें तब राज परिवार र देवताको सम्बन्ध नभएको बुझें तर बीरेन्द्र पछी राजा र राज परिवार प्रतिको आस्था भने जागन सकेन . दोषी सबैलाई थाहा छ . गोलि हानेपछि बन्दुक पानीमा फाल्नु, घटना भएको भवन भत्काइनुले पनि दोषी अझै जीवित रहेको पुष्टि हुन्छ . कहिले काहीं तथ्य मात्र नभई सत्यको आधार पनि लिने हिम्मत राज्यले गर्ने हो भने अबश्य दोषीमाथि कारवाही हुन्छ .

  51. भारतीय र को मिलेमतोमा नेपाली सेनाका बिशेष टास्क फोर्स मार्फत तेतिबेलाका सेनापति बाट यो सब भएको हो!

  52. मलाई चै खबर गाउघरमा बुढापाका ले राजा को बंस नास भयो भन्दै पिरमा थिए त्यही बाट थाहा भयो….रेडियो टेलीभिजन सबै बन्द हुदा चै केहि ठुलै घटना घटेजस्तो लाग्छ…पहिला मलाई त पारस र ज्ञानेद्र ले नै मारेको हो जस्तो लाग्थ्यो अहिले आएर तिनिहरुसंगै गिरिजा बाबु र भारतको पनि हात छ कि जस्तो लाग्छ…किन भने समय आए पछी रहस्य खोल्छु भनेका गिरिजा बाबु केहि नै नबोली हिडे पछी संका लाग्नु स्वाभाविक नै हो …

    • हैन कसले चाही यहाँ दुर्घटना भनेको छ र ?

  53. गिरिजा अहिले टुलु टुलु हेर्दै होला, आफ्नो नलाएकी पन प्रति धिक्कार्दै होला आफैलाई…… यो घटना को बेलिबिस्तार लगाउने र देसी बिदेशी कस कसको हाट छ पत्ता लगाउने कुरा अब सकी सक्यो. खाली हामी दुइ चार शब्द खर्च गर्ने र पूर्व राजा रानी र परिवार प्रति सहानुभूति देखाउने बाहेक अरु केहि गर्न सकिदैन. संसारका मेडिया हरुले नै घोसना गरि सक्यो कि दिपेन्द्र हत्यारा भनेर. हामी निरिह बनेर यी कुरा हरु सुन्नुको अरु कुनै विकल्प छ जस्तो लाग्दैन. किनकि अब नेपालमा त्यो घटनाको बारेमा फेरी कसैले छानबिन गर्ने हिम्मत शायेदै गर्ला. घटना हुदा पोस्ट मार्टम त भएन. अरु कुरा गरेर के फाइदा. तेसैले इतिहासले सधै दीपेन्द्रलाई नै दोषी देख्ने छ. बिचरा दिपेन्द्र………..

  54. भारत छोडेर छिन् बाट हतियार लिन खोज्ने बिरेन्द्र को नीति ..भारत् को भाइ हुन नचाहनु छिन् को भमण गर्नु यी कारण ले गर्दा भारत ले केहि पहिला जमिन साह, उनुस अन्सारी जस्तै राजा खलक पनि खत्तम परेको जस्तो लाग्छा मलाई..

  55. नेता हरू गतिलो भएको भय त सत्य तथ्य बाहिर आउन के नै गारो थियो र ? गतिलो र सुझबुझ का साथ् जांच गरेको भय त्यत्रो मान्छे को हत्या पत्ता लगाउन केहि गारो हुने थिएन. दीपेन्द्र को रगत / मुत्र ल्याब टेस्ट बाट उसले कालो पदार्थ / अल्कोहोल कति खाएको भनेर पत्ता लगुना सकिनथियो. दीपेन्द्र ले नै गरेको होला रे तर यो यो कारण ले गर्दा र एस्तो एविदेंस बाट भनेर कुनै केहि प्रतिबेदन त निकाल्न नसक्ने येस्ता नेता हरू को के कुरा गर्नु. जहाँ सम्म हत्यारा को प्रस्न छ, मेरो बिचार मा ज्ञानेन्द्र को पनि केहि न केहि हात छ. दीपेन्द्र को रीस बिरेन्द्र/ऐश्वोर्य संग हुन सक्छ तर आफ्नो भाइ र बहिनि लाइ मार्नु कुनै कारण नै देखिदैन. यदि रीस र नशा मा अन्द्धो भएर सबै लै मार्ने हो भने फेरी ज्ञानेन्द्र को परिवार मात्र बाच्नु र अरु मर्नु यदि संयोग हो भने त्यो जस्तो संयोग सायद यो जुनी मा चाही अर्को कुनै सुनिदैन होला. येस्मा कुनै संका नै छैन कि दीपेन्द्र मा कुसल राजा हुने कुनै लक्छ्यद चाही थिएन. दीपेन्द्र आफू सख्च्य्म र राम्रो आचरण मा बसेको भय उस माथि दोष लगाउन २ चोटी सोच्नु पर्थ्यो अथवा सायद यो परिस्थिति नै आउदैन थियो. तर त्यत्रो राजपरिवार को रक्ताकंदा हुँदा पनि सहि ढङ्ग ले त्यसको जाचबुझ नहुनु र तथ्य कुरा बाहिर नल्याउने नेता भानुदा हरू देखि पो रीस उठ्छ. जबसम्म एस्त कुलंगार नेता हरू बाट नेपाल ले मुक्ति पाउदैन जनता हरू ले सत्य बुझ्ने अधिकार यसरि नै गुमाउनु पर्ने हुन्छ.

  56. हार्दिक श्रद्धा सुमन मृतात्माहरुलाई कामना गरौ पापिहरुको पापको घैटो छिटै फुटोस !

  57. म तेतिबेला कुपन्डोल बस्थे, सेनापतिको क्वाटर जाने बाटो थियो त्यो, मेरो पसल थियो तेती बेला, मेरो पसल फोहर टिप्ने देखि सामान बेच्ने सम्म, अपराधी देखि ठुला ठुला जासुस सम्मकाको कुरा गर्ने, थकाई मार्ने, साझा चौतारी थियो मैले हत्या बारे बिहान २ बजे थाहा पाए, मेरो पसल देखि पल्लो घरमा एकजना अमेरिकी सरकारको जासुस (उनि नेपाली नै हुन् ) बस्थे, मेरो परिवारसंग उनले सानो तिनो नाता लगाउथे, उनि मेरो पसलमा आउदा निसंकोच पाखुरामा राखेको पेस्तोल झिकेर ज्याकेटको भित्रि खल्तीमा राख्थे, लाग्थ्यो उनले हामीलाई धेरै विश्वास गरे वा आफु बाहिर देखिने भन्दा धेरै ठुलो मान्छे भएको उनले देखाउन खोजे, दरबार हत्या काण्ड पछी उनि आउने थाम भनेर मेरो पसल प्रख्यात भयो, त्यो पछी सेनाका र दरवारका मान्छे पनि मेरो पसलमा आउने क्रम बड्न थाल्यो, तेही क्रममा एक जना सिपाही आफु दिपेन्द्रको सुसारे बताउथे त्यो ताका सधै सेनाको क्वाटर तिर घोडा चढेर जान्थे अनि मेरो पसलमा आएर चिसो पिउथे अनि उनले भनेथे हत्या हुदा उनि दरवार भित्रै थिए, त्यो बेला दरवारमा बाहिर सुनिए भन्दा ठुलै हत्या भएको थियो घटीमा पनि ३०/४० जनाको हत्या भएको थियो र त्यो हत्या दिपेन्द्रको सनकमा भएको थिएन, घटना एकदम योजना बढ्द थियो, उनले भने, अनि फेरी त्यो अमेरिकी जासुसको जासुसी गर्न उनि हामी कहाँ करिब एक महिना अनेक नाता लगाएर एकदम नै नजिकको मान्छे भएर आइ रहे पछि जब घटना अलि सेलायो उनि कहिलेइ फर्किएर आएनन, यो वाट मेरो निस्कर्ष थियो यो राजनतिक अपराध थियो यसमा भारतको हात छ, रास्ट्रबादी मदन भण्डारीको र बिरेन्द्रको हत्यारा एकै सक्ति केन्द्रवाट भएको थियो…पारस, ज्ञानेन्द्र साधन हुन् सक्छन वा अर्को कोइ होला साधन तर हत्यारा बलियो सक्ति केन्द्र नै हो…..

  58. ज्ञानेन्द्रले “म दाजु जस्तो टुलुटु हेरेर बस्ने, नबोल्ने राजा होइन” भन्ने भनाइ राखेकाले यो बुझ्नु पर्छ कि दाजु त भनिन भने अरुलाई किन बाँकि राख्छु | यसकै आधारमा पनि भन्न सकिन्छ कि हत्या बिदेशीको सहयोगमा ज्ञानेद्र र ज्ञानेन्द्र पक्षीय दरबारियाहरुको सलाह अनुसार पारसले नै गरेको हुनु पर्छ | हैन भने ज्ञानेको सन्तानलाई काँडाले पनि नकोरने र वीरेन्द्रका बंश नाश हुने कुरै हुन्न | इतिहास हेर्ने हो भने पनि देखिन्छ कि सासन सत्ता हत्याउनका लागि कस्ता कस्ता काण्ड भएका थिए नेपालमा |

  59. जेठ १९, २०५८ – बाघको अन्त्य डमरुको हातबाट (भएको भनिएको); बाघको खोलमा स्यालको रजाइँ शुरु भएको दिन । अरु त त्यस्तै हो, स्यालको ‘चतुर्याइँ’ नै शंकाको घेरामा रहेको आउनु र स्यालले यसको निराकरण नगर्नुले अरुमाथि शंका गरिरहनुको तुक छैन; डमरुमाथि त गर्नै परोइन; कनकमणिजस्ता हुँडारहरू जतिसुकै चिच्याउन् न ।

    • कनक मनि हरु एक प्रकारले ज्ञाने जस्तै हुन्, श्राद्ध खाने| तेसैले कनक मनि जस्तो नागरिक समाजक अगुआ ( हगुआ) हरु को कुरा गर्नुनै बेकार हो | के पी शर्मा ओली र कनक मनि दिक्षित , राम चन्द्र पौडेल, एउटा द्यांका मुला हुन् | राकेश सुद क मल मुत्र तिनी हरुको खुराक हो | जस्तो खुराक खान्छन तेस्तै बुद्धि अउछा तेस्मा आश्चर्य मान्ने कुरै भएन |

  60. कोतपर्ब र भण्डारखालपर्ब जस्तै इतिहासकोगर्वमा तुहिने छ यो बिभत्ष हत्याकाण्डपनि मलाई त लाज लाग्छ म नेपाली हु भन्न पनि जहाँ एती ठुलो घटनाको पनि छानबिन पनि हुदैन, के गर्दैछन् यी आफुलाई नेपालको ठेकेदार भन्ने हरु…….थुक्क नामर्द नेताहरु हो …………….

  61. त्यो कालो रात कसले पो बिर्सन सक्छ र!अहिले पनि सम्झिंदा मुटू नै भकानीएर आउँछ| त्यो घटनाको बिहानी पख जब म बाहिर निस्कें,बाताबरण नै अजीबको महसूस गरें,बाहिर मान्छेहरु सुस्त चालले हिडेको निन्यरो अनुहार लिदै के के हराए जस्तो एक अर्कामा फुस फुसाउदै कुरा गरेको देखेर मनमा नमिठो शंखा पलायो र नजिकको पसलेलाइ सोध्न पुगें, जब कि मलाई दरबार हत्या काण्डको गन्ध समेत पाएको थिइन| उसले मलाई छक्क परेर हेर्दै “लौ दिदि तपाइलाई थाहा छैन र! हिजो राति दरबारमा पुरै राजपरिवारलाइ सखाप पार्यो नि!” यति मात्र सुनेको थिएँ मा कति बेला घर पुगेको पत्यै पाईन|
    मेरो आमाको मृत्युले शोकमा डुबेर आफुलाई अस्त ब्यस्त अवस्थामा राखेको २ महिना पनि भएको थिएन,यो खबरले त्यो शोक मबाट कहाँ कति बेला गायब भएछ, थाहा नै पाइन, राजपरिवार हत्याको शोकमा डुब्न थालेछु,को होला हत्यारा भनेर रातदिन तत्कालिन सरकारबाट हत्याराको पर्दाफाश गर्ने बाटोमा आँखा र कान लगाएर बसियो तर गणतन्त्र नेपाल आउँदा सम्म यो पक्ष्य मा कसैको ध्यान गएन|त्यो बेलामा पक्कै पनि भारतले नै त्यो हत्या काण्ड गराएको होला भन्ने लाग्थ्यो,कारण रानी ऐश्वर्यले तत्कालिन राजकुमार दीपेन्द्रको बिहे दिब्यानी संग नगराउने कुरामा खटपट चलेको हल्ला सुनेको थिएँ| जे जस्तो भए पनि यो ऐतिहासिक राजपरिवारको हत्या बारे नेपाल सरकारले चासो लिएर छानबिन गरि सत्यतथ्य हामी नेपाली जनतालाई मात्र हैन बिश्व सामु ल्याउनु उसको कर्तव्य हुन आउछ|अन्तमा स्वर्गीय राजपरिवारमा हार्दिक हार्दिक समबेदना!! miss u:(

  62. हत्या काँण्डका दोषिहरु को को हुन भन्ने दलका नेताहरुलाई थाहा भै सकेको छ । त्यसैले त झगडा गरेझै गरि अन्तिममा निणय गर्दा संकास्पद दोषि हरुको बिरुध्द निर्णय भै रहेको छ । बलबान सत्रुर को बिरुध्द लड्न बल भन्दा बुध्दि को प्रयोग गर्नु निती बाक्य नै हो ।

  63. मलाई यसमा कुनै ब्याख्या गर्नु छैन !!!!!!!!!!!!!!! ज्ञाने हत्यारा हो !!!!!!! यो पाप कटाउनलाई पनि उ अहिले दिन-रात नेपालमा भएका कुनै पनि मठ-मन्दिरको पूजा-आज गर्न छुटाएको छैन !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

  64. उतिबेला पनि ज्ञानेन्द्रले अहिले पनि ज्ञानेन्द्र

  65. घरभन्दा अग्ला बन्द पर्खाल भित्र हुने पाखण्डहरु जो सधैं यस्तै र त्यस्तै हुने दरवार भित्रको चरित्र हो . तर यो पाखण्ड बन्द पर्खालले नछेकेको मात्र हो . यस्ता घटनामा सबै प्रकारका शक्तिहरुको भूमिका/सहयोग हुन्छ . दरवार भित्र यस्ता घटना दरवार भित्र हुन सक्छन र त्यसवाट लाभ लिन सकिन्छ भन्ने अने शक्तिहरुको सहभागितामा यो घटाना भएको हो . दरवारको त्यो चरित्र जुन माथि उल्लेख छ ‘घरभन्दा अग्ला बन्द पर्खाल भित्र हुने पाखण्डहरु” हुन्छन, त्यहिँ दरवारिया पाखण्डलाई ३ किसिमका शक्ति/समुहले यो घटना गराएको हो १- १- दरवार भित्रैको, दरवारकै ( दरवार बुझेको/जानेको)
    २- देश भित्रको दरवार बाहिरको दरवार जाने चिनेको र दरवार देखे बुझेको
    ३- देश बाहिरको दरवार बुझेको जानेको र चिनेको
    अथवा
    १) १ + २ ( पहिलो र दोश्रो पक्ष) = दरवार भित्रैको, दरवारकै ( दरवार बुझेको/जानेको) अपराधिक गिरोहको योजना
    २) २+१ ( दोश्रो र पहिलो पक्ष) = देश भित्रको दरवार बाहिरको दरवार जाने चिनेको र दरवार देखे बुझेको गिरोहको योजनामा
    ३) ३ + १ ( तेश्रो र पहिलो पक्ष) = देश बाहिरको दरवार बुझेको जानेको र चिनेको गिरोहको योजनामा

  66. त्यो कहाली लाग्दो दिन कहिले पनि कोइ पनि नेपालीले भोग्नु नपरोस

  67. बलि को बोको दिपेन्द्र
    शहर पसेको स्याल ज्ञनेन्द्र

    • बलि को बोको दिपेन्द्र
      शहर पसेको स्याल प्रचण्ड (तिमि होइन है नेता चै ) लगायत भारतीय दलाल हरु |

  68. उत्तर १, मैले बिहान करिब ४ बजे तिर मेरो ठुलो आमा मार्फत थाहा पाएको हुँ / उहाँले चाहि दरबारकै निकट व्यक्तिको फोनबाट रे /
    उत्तर २, त्यतिबेला मलाइ हल्लाको आधारमा पारस लगायतले गरेको भन्ने ५०% र दीपेन्द्रले ५०% जस्तो अन्यौलपूर्ण मनस्थितिमा यकिनै गर्न सकेको थिएन /
    उत्तर ३, अहिले बुझ्दै, पढ्दै, अनुमान लाउदै जाँदा दिपेन्द्रले नै भन्ने यकिन लाग्छ /
    – प्रश्न अनुसारको मनमा लागेको सटिक जवाफ दिए / जुन सहि पनि हो जस्तो लाग्छ /

    • १) दरबार क निकट मानिसहरु हत्या काण्ड भएपछि के दुनिया लाई फोन गर्दै बसेका थिए ?
      सबैलाई थाहा छ हत्या काण्ड भारत ले गराएको हो भनेर !
      र त्यो बेला प्रचण्ड जस्ता हत्यारा आतंककारी भारत को गोडा मोलेर नेपाली जनताको रगत पिरहेका थिए !

      • नारिसाउनुस न प्रकाशजी, मैले त जे साँचो हो त्यही भनेको पो त ! मेरो ठुलो आमा पंचायत कालमा रसुवा जिल्लामा करिव ८ वर्ष महिला संघको सभापति हुँदा दरबारका केहि निकट व्यक्तिसंग सम्पर्क हुन्थ्यो अनि उहाले भनेर थाहा पाएको पो भनेको त !
        अनि हत्याकाण्ड त अबेर साँझ भएको अनि उहाले थाहा पाउनु भएको बिहान ४ बजे / के सम्भव छैन र ?
        अर्को कुरा; म पनि तपाइँसंग सहमत छु कि प्रचण्डले तथाकथित जनयुद्ध भारतको आडमा संचालन गरेको थियो / भारत हतियार भित्र्याउने आधार, अफ्ठ्यारोमा सुरक्षित लुक्ने ठाउँ आदि थिए तिनीहरूको /
        -के तिनीहरूले ९०% हरियार भारतबाट ल्याएका होइन भनेर कसले भन्छ ????
        प्रहरीको त्यो थ्री नट थ्री लगायत त कति न लुट्न भ्याएका थिए र/ त्यतिमा पनि लुटेको भन्दा बढी त बराम्बारको भिडन्तमा आर्मी प्रहरी जवान योद्धाहरूले नै फिर्ता लिन्थ्ये /
        -माओबादीका उच्च भनाउदाहरू भारतमा सुरक्षा र रणनीति तयार पार्न जादैनथ्ये भनेर कसले भन्न सक्छ ??
        प्रचण्ड त रंगमंचमा हुनुपर्ने किनकि यिनी राम्रो नाटकबाज हुन् असाध्यै राम्रो हो जस्तै गरि भ्रम फैलाउन सक्ने अभिनय गर्न सक्छन / कति पढेलेखेका भनाउदाहरू त अहिलेसम्म झुक्कीरहेका छन्, कि कसो ???

        • Yogesh Adi जी म तपाईको कुरामा सहमत छु ! खासमा सबभन्दा पहिला आम मानिसहरुले यो घटनाको बारेमा BBC channel बाट रातको २ बजे तिर थाहा पाएका थिए |

  69. लेख्ने भन्दा नि बुझ्ने कुरा हो . यो हत्या कसले गरेको हुनसक्छ भनेर धेरैजसो नेपालीहरुले बुझिसकेका छन् .

  70. १० बर्ष पछी हेर्दा यस्तो देखिन्छ – ज्ञानेन्द्रले दबाउन खोजे, गिरिजाले भित्र भित्रै राजाको ठाम पाइने भो भनेर रमाउन खोजे, माधब नेपाल कतै फसाउने हो कि भनेर आयोगबाट नाम झिकेर डराउन खोजे, माओबादी अबको दोष आफुमा आउला भनेर कुरा चपाउन खोजे | तर जनता भने निश्पक्ष्य जांच रिपोर्ट खोजेको खोज्यै भए | जे भयो कुनै नेता महोदयले छानबिन आयोग बनाउँ म पनि बस्छु भन्ने आँट गर्न सकेनन, यस्तै भयो | कसलाई थाहा थियो, कसको ग्रान्ड डिजाइन, कताको षडयन्त्र जसले सोध्छ उसैले जबाफ दिनु पर्ने भो | हा.. हा.. हा.. हामी इमान्दार राम्रा नेपाली, हाम्रो देशै राम्रो, हामि नेपाली !!!!

  71. सुकीसकेका घाउका खाटा आज फेरी बल्झियो

  72. ति दिन न सम्झेकै ठिक………………………….. पिडा हुन्छ

  73. दरबार हत्या काण्डको सट्टा बालुवाटार हत्या काण्ड भएको भए ????? आज भोलि न पत्रकार ले समाचार पाउथे न हामीले कमेन्ट गर्ने ठाउँ /

  74. दरबार हत्या काण्ड सम्बन्ध मा आजै कनकमणि दीक्षित जी को लेख पनि निस्किएको छ .हेर्नुस .
    दिपेन्द्र एक साधारण मानिस मात्र न भएर एक कमान्डो तालिम प्राप्त शैनिक पनि थिए .बिस्व का बिबिध हत्या काण्ड मध्य एक दशक अगाडी कोलोराडो अमेरिका मा एउटा १२ बर्षे युबक र दुइ बर्ष अगाडी भर्जिनिया टेक मा एउटा साधारण विद्यार्थीले गरेको हत्या प्रकरण हेर्दा तत्कालिन युब राज दिपेन्द्र ले त्यो गर्न न सक्ने भन्ने सवाल नै भएन .बाकि घटना सीत सम्बन्धित दर्जनौ व्यक्ति जिउदै भएको अवस्था मा वहा हरु को भनाइ लाइ स्विकार्नु को सट्टा कपोल कल्पित अनुमान र तर्क प्रस्तुत गर्नु को केहि औचित्य उपलब्धि होला जस्तो लाग्दैन
    यहाँ भारत को वा सिआइए वा पुर्ब राजा ज्ञानेन्द्र को हात देख्नु हावा गफ मात्र हुन् भन्ने हामी लाइ लागि राख्या छ

  75. लोव ले लप लप ले बिलाप.यिनिलाई पनि साढे सातको दासले घेरर यस्तो गरेको होउ. होइन त भनि हाले किनकि चोरले त मा चोर हम भनि कबुल गर्न हातको औलामा त पिङ हाल्नु पर्छ. यो त झन् ज्यान मार केस. ज्ञान्रेंद्र@पारस आफ्नो परिवार मारा तर नेपालमा भाको नेता हरु झन् जनता मार १ परिवार मात्र होइन करोड परिवार मारा . देशलाई गरिबी बाट कन्गल्बनौनी भय .तर आइलेको इसिती मा यदि बौदल र निर्दलको भोट हुनी हो भनि दुइ तिहाई होइन ९० प्रेचेन्ट निर्दलको भोट औछ कि जस्तो छ .

  76. त्यो त ज्ञानेन्द्रका बाउ छोरालाई २/४ कोर्रा हाने पछी नै सत्य तथ्य थाहा हुन्छ /

    • हिमाल जी को कुरा राम्रो हो मलाई पनि चित्त बुझ्यो.एक,एक गरि अपहरण गरि २,४ कोर्रा हान्नु पर्छ अनि थाहा हुन्छ पारसलाई अपहरण गर्ने योजना त पुरा भै सकेको थियो रे तर असफल भएछन् |

  77. देशका प्र. म. का हैसियतमा गिरिजाले यो काण्डको ह्याण्डलिंग ठीक संग नगरेको सबैले महसुस गरेका छन्| जनतालाई सुसुचित गर्न र सही छानवीन गर्न उनले अग्रसरता देखाएनन| अझ उनले यो घटनाको रहस्यको भण्डाफोर गर्ने चेतावनी पनि बेला बेलामा दिएका थिए तर सो रहस्य उनले आफूसंगै लिएर गए| ब्रेनडेड र आफ्ना बाबुआमालाई गोली ठोकेका भन्ने थाहा पाउँदा पाउँदै पनि किन राजा घोषित गरे राजपरिषदले त्यो पनि बुझी नसक्नु छ| सही कुरो औल्याउन् भएकोमा धन्यवाद दिन चाहन्छु| नेपाली जनताले सत्य कुरो जान्न पाउन पर्छ|

Comments are closed.