यस्ता पनि घर

काठमाडौँ महानगरपालिका हो, पक्कै पनि यहाँ घर बनाउन निश्चित मापदण्ड छ। तर ती कागजमा मात्र छन् कि व्यवहारमा पनि लागू छन् ? हेरौँ काठमाडौँका केही ठाउँमा देखिएका अजबका घरहरुको नमूना।

कालिमाटी चोकमा रहेको घर। अहिले यो घरको दायाँ बायाँ नयाँ घर ठडिसक्यो। तर पनि यो साँघुरो घर देख्दा सँधै अचम्म लाग्छ।


यो अचम्मको घर हेर्नुस् त कल‌ंकीको। कति साँघुरो, कोठामा पनि के अटाउँछ होला र !

अनि यो महाबौद्धमा देखिएको घर-

78 Comments

  1. घर भनेको जिन्दगी मा एक चोटि बनाइने कुरा हो। एस्ता स्लिम घर बनाउनुभन्द/ उचित सल्लाह लिएर भुकम्प प्रतिरोधात्मक घर निर्माण गर्नु पर्छ।

  2. यी भ्रस्टाचार नगर्नेहरुका घर होलान/

  3. यो त भयो सिमेन्ट हालेर अलि पक्कि गरि बनाएको अब तपाई असन को गल्लि भित्रको ति टायल र इट्टा ले बनेको छानो पनि अलि कति हल्लायो भने खस्ने ति घर हरुको पनि राख्नुस न///
    नेपालको राजधानी ओहोहो कस्तो छ भने हेतेरी न बाटो नै गतिलो छ न घरनै गतिलो संग बनाउछ टाउन को कुनै प्लान नै छैन जता पायो तेती banacha यो सबै हुनुको पछाडी येही भारती दलाली हरुको हात छ किनकि म्याप पास गर्न लाई पैसा भए पुग्छ केहि हेर्नु पर्दैन हैन थुक्क दालरोटि को धोत्ति मुनि हिन्ने नेत्ता हरु !!!!!1

  4. आब जग्गा main बाटो मा परेछ . अनि पसल भाडा मा लगाएर पैसा कमाऊ कि भन्ने सोच ले होला एस्तो घर हरु पनि देख्न परेको.. पैसा भनेपछि आफ्नो र अर्काको ज्यान को वस्ती नगर्ने रहेछ पापी मोराहरु

  5. कसलाई के मतलब भो र यहाँ सरकार मा जाने हरु कुर्सि तान्दै ठिक्क छन् ..घर बनाउने माप दण्ड छैन …आफ्नो खुली ले जे बनाए पनि भो ..दस कोठा को दस तले घर बनाउनु पर्ला म पनि…मेरो घर ले पनि बाटो छुनु चाही पर्यो..

  6. काठमान्डू मा घर भवन बनाउदा सडकलाई अत्याधिक साँघुरो हुने बाट बचाउनु पर्छ / यदि त्यसो भएना भने सहरको
    सुन्दरता नै हराउने सम्भावना हुन्छ / त्यसकारण बेलैमा ध्यान पुर्याउन जरुर छ /

  7. यसो संकटा मन्दिर परिसरमा छिरेर चारैतीर टाउको घुमाउने हो की ?

  8. नरदेवी अस्पताल (पुरानो आयुर्वेदिक अस्पताल) जाने मौका पाउनुभयो भने अस्पताल अगाडी एउटा यो भन्दा साँगुरो अनि धेरै पुरानो र अग्लो घर देख्न पाइन्छ. त्यस्तो सगुरो घरमा कसरि बस्छन कुन्नि?

  9. This is outcome of greed and corruption of three forces:

    1. The owner of the house who who wants a house at all cost. He does not worry about earthquake and building codes. As such he is ready to bribe everybody who oppose him.

    2. I wonder who is the government officer who passed the design of this house. If the house is constructed out of design, who is the person responsible to monitor the construction of buildings?

    3. Where are the local politicians and wada level karyakarta who should keep eye on what is going on around his locality?

  10. नेपालमा हाल प्रचलित अँशबण्डा प्रणालीको परिणाम हो जस्तो लाग्यो। अचल सम्पति थोरै तर सन्तान धेरै हुँदा ससानो टुक्रामा जग्गा बाँडिएर यस्तो भएको हो कि ।

  11. l c d को जमाना आयो भनेर होला नि पातलो घर बनको 😛

  12. नेपाल का ठुला सहर हरु बिसेष गरि राजधानी का सहर हरु मा बनाइएक घर हरु को अवस्था एकदमै नाजुक छ| मलाइ त लाग्छ एसको कुनै समाधान नै छ जस्तो लाग्दैन| पुरानो जमानामा कुनै दुर्दसिता बिना नै घर हरु बनाएका छन्| कति थुप्रा यस्ता घर हरु छन् जहाँ जान अरु कयौं घर गरु भएर मात्रै सम्भव छ| केहि गरि भुइचालो आएर ति घर हरु भत्के भने, भित्र भित्रै बाटो मा कति जनाको ज्यान सखाप हुने छ|यी त भए परापुर्ब काल मा construction क्षेत्र मा गरेका गलाती हरु| तर २१ सौं सताब्दी मा आएर पनि येस्ता अति गम्भीर गलती गर्नु भने को- कि त येस्ता घर हरु बनौन रोक लगाउने निकाए नै छैनन् कि त बेबस्ताई गरको हो| राजधानी जस्तो ठाउँ मा येसता घर हरु जुन कि कुनै building code बिना नै बनाइएका छ, ले के जनाउंचा भने हामी विभिन्न किसिम का regulation हरु बाट धेरै टाडा छौं|

  13. सबै भाडा असुल्ने दाउपेचले बानाएयेका इँटा सिमेन्ट डण्डीका अस्तिपंज़र

    • ९ रेक्टर स्केलको भूकम्प खोज्या हो कि?

      • inside assan area it dosn’t need 9 rector just 4.5 is enough and we don’t need that much beacuse we have leggaly built up house in kathmandu but we need 4.5 rector earth quake in kathmandu to mashed out those illigaly built up building in assan and these kind of building lol

  14. उमेशजी
    येस्ता घर हरु पत्रिका मा ब्लग मा न देखाएकै राम्रो | भुइचालो ले देख्यो भने ,उसलाई औ औ लाग्न सक्छ |

  15. यी घर हरु साना देखिए पनि निकै बलिया छन् नेपाली हरु जस्तै. हामी हरु कुन चाही मोटा घाटा छौ र घरहरु पनि त्यसतै हुन्छा. सना तिना भूकम्प ले हल्लौना पनि सक्दैन. त्यसमा पनि यी घर हरु हेर्नुस त कस्तो दह्रो संग टासिएर बनेका छन्. जे भए पनि यस्ता घरहरु बन्नु वा बनाउनु हुँदैन थियो. सायद बाध्यता ले होला – यदि positively सोच्ने हो भने. मा चाही जे भए पनि भूकम्प चाही न आओस भन्ने चाहन्छु. हाम्रा दाजु भाई दिदि बहिनि को दुख र मृत्यु देख्न न परोस घर भत्के बरु केहि छैन. जय नेपाल जय नेपाली

  16. – मचाकाजीको ३ जना छोराहरू तिनवटैलाई काउली फुल्ने भन्दा पनि पक्कि बाटोमा नै जोडिएको घडेरी चाहिने !! तिनवटा छोराहरूको मनमुटाव हेर्न नसकेर मचाकाजीले वडाको मान्छेलाई येसो सिफारिस बनाउन लगाई मालमा गएर तिन चिरा पार्दिए, अनि कस्तो घर बन्छ त ??
    – अब जितेन्द्र ठाकुरलाई कपाल काट्न पुग्ने ठाउँ मात्र पुगेपनि ३ वटा हात्ती फुत्त फुत्त झर्ने भएपछी कत्रो घर बन्छ त ??
    – न्यूयोर्कको म्यान्हटन शहरमा त विश्वासै गर्न नसक्ने साँघुरो ठाउमा त कत्रो कत्रो गगन चुम्ने घर बनाएको छन भने हाम्रो त पक्कि ढलान गरेको ५/६ तले घर !

  17. नेता, सरकार, कर्मचारीहरुलाई सधै गाली गरेर नथाक्ने महानागरिकहरु !!!
    यसमा चाही कसलाई दोष दिने अब ?
    नेता, सरकार, कर्मचारीहरुलाई ?
    कि बिदेशीहरुलाई ?
    यसमा ९९ % गल्ति घर धनी को छ /
    अनि एउटा कुरो के पनि भने ९०% भन्दा बढी काठमाडौँको घर नक्सा अनुसार छैन / त्यी घरहरु सबै नेताहरुको मात्र होइनन भनेर सबैलाई चेतना भया /

    जय नेपाल
    हिमाली

  18. यो अर्थोक केहि होइन, पैसा मा राल चुहाउने हरु को कर्तुतु हो /

  19. जग्गा को चक्लाबन्दी र जग्गा को कति सानो सम्म टुक्रा लगाउने ब्यबस्ता प्रभावकारी नभई अनि ब्यबस्तित सहरी कारण को अभाव मा घरै पिछे बाट नहुदा बाटो छेउ को सानो सानो जग्गा मा बनाईएका घरहरु . समस्या हाम्रो अज्ञानता सरकारी उदासिनता मा छ . यी घर हरु सबै हिसाब ले अनुपर्युक्त छन् . छिमेक मा झगडा को निउ , सहर को सुन्दरतामा धब्बा येऔता घर को आधारभूत आवस्यकता पुरा गर्न नसक्नु, अनि भूकम्पीय जोखिम . ध्यान त सरकारी भवन निर्माण आंचार सम्हिय्ता लागु गर्ने निकाए ले नै पुराउनु पर्ने हो . हाम्रो जीवन स्तर उकास्ने हो भने कम्तिमा बस्ति बिकाश को निश्चित मापदण्ड लागु हुनु पर्छा अनि सहर मा जहाँ पनि पसल खोले हिसाब ले घर बनाउने नियतलाई निरुत्शाहित गर्नु पर्छ .

  20. सायद धेरै यी जस्ता घरहरुमा गरिबी, बाध्यता, इत्यादी पनि लुकेका होलान नि त! हैन र?

  21. खै के भनु म! ब्याम्बु घरहरु, दुई आनामा ४० जना अटाउने! अब त काठमाडौँमा दुई आनाको जग्गा किनेर १० आनाको ceiling भाको घर बनाउनु पर्छा!

  22. सहरिया बन्ने होडबाजीमा बेजोड्संग दौडिरहेका नेपालका नव-धनाढ्यहरुको बिचार,सोच र दुरदर्शिताको ज्वलन्त उदाहरण हुन् यी घरहरु! यिनीहरुको,बिबेक बुद्धि र जीवन चक्र पनि यसरि नै बिनाजग सुकेर ठडिएको हुनुपर्छ!

  23. यो ठाउमा भूकम्प जना पर्छा अनि बन्ने छ रोम जस्तो सुन्दर सहर

  24. यान्हाहरुलाई अचम्म लाग्छ होला, काठमान्डौ नगरपालिकामा इन्जिनेरले तयार पारेर बुझाएको नक्शा र डिजाइन ओवरसियरले चेक गरेर पास गर्न हुने नहुने निर्णय लिन्छन/

  25. उमेश जी लाइ धेरै धन्यबाद ,
    आज राजनीति बाट पर को धेरै राम्रो बिषय मा बहस सुरु गर्नु भयो./ कति गालि गर्ने , कति नाम सुन्ने उही प्रचंडे, माकुने, ओली, झलनाथ, सेरे, पौडेल, यादव, कुजता को …यी नेता ले यो भने , यो गरे भनेको सुन्दा सुन्दा दिक्दार लाग्थ्यो.

    १. एदी भूकम्प ६.५ रेक्टर को आयो भने यस्ता घर सुहा हुन्छ र काठमान्डू मा लाखौ मनिष मर्न पनि सक्छन , यस्तै घरहरु बिना गुणस्तर को भयो भने.
    २. भूकम्प पछि बैंक , अस्पताल नस्ट हुनसक्छ ,र तेस्पची लूट पाट जे पनि हुन् सक्छ / स्तिथि एकदमै भयाबये छ ….
    ३. एदी ६.५ को रेक्टर को भूकम्प आयो भने नेपाल त कंगाल नै हुनसक्छ किनकि बिना रितिथिथी गुणस्तरहीन घर हरु लाखौ छ काठमाडौँ मा…

  26. घर हुन् कि एल सि डी t v हुन्? t v को advance रुप आएजस्तो घर को पनि advance रुप होला!!

  27. Nepal and Nepalese Bir People can easily survice without Building Code, Fire Code and Plumbing Code. Well Done!
    Don’t worry about giant shocks!

  28. बिदेश मा बस्ने नेपाली हरु ले ‘हामी सन्सार को जुन्सुकै कुनाम रहे पनि नेपाल को कला,सन्स्कृति,रहन्-सहन्, भेस्-भुसा आदि-इतियदी कुराहरु बिर्सिनु हुन्न बचाइ राख्नु पर्छ’ भन्नेहरुको याद अयो मलाई त

  29. सायद पोलियो लागेको हुनु पर्छ यी घर हरु लाई बिचरा कस्तो दुब्लाएका हेर्दै डर लाग्यो अनि माया पनि लाग्यो हा……………………हा ……………………हा

  30. बास्ताब मा जसलाई परेको हुन्छ उसलाई मात्र थाहा हुन्छ मैले देखेको छू बाहिर जिल्ला बाट आउने सुब्बा दाजु ३ फीट को बाटो मा जग्गा किन्ने अनि घर बनाउने तेस पछि राजनीति गरि अगाडिको मान्छे लाई बाटो बढाउँ न किच किच गरि ३ फीट छोड्न लगाई बाटो बढाउने गरेको ले नै एस्तो भाको हो मैले देखेको छु र अगाडी को मान्छे ले रिस ले तेस्तो घर बनाउने गरेको हो अनि दाजु भाई मा किन बेच नगरी आफ्नो पुर्खा को सम्पति को जगेर्ना गरेको हो भाई लाई दिउ कुन दिन बेची दिने हो तेसैले तेस्तो घर बनेको होला भन्ने मेरो अनुभव छ /

  31. लोभ, स्वार्थ, इर्ष्या, फट्याई, अझै भनौ भने स्वतन्त्रता र प्रजातन्त्र ले दियको छताछुल्ल नागरिक अधिकारको उदाहरण हरु हुन् ती घरहरु.

    हाम्रो कुरूप् मनाशिकताले बनेको कुरूप घरहरु र नगरी.

  32. साथीहरु मलाइ त हलीउड को univarsal स्टुडियो जस्तै लाग्यो|

  33. यौटा बाऊको तिन सन्तान अनि घर भाग लागौन्दा एउटा को भागमा २ आना, सेन्टर को जग्गा बहाल आउने अनि परेन बनौंन त्तेस्ता घर भुइचालोको काल !!

    • मन पर्यो पन्डित जी ! थोरै शब्दमा कसरि एती धेरै भन्न भ्याएको भन्या ? Hats off to your coment !!!

  34. हा हा हा हा, मेरो नाम Earthquaue हो,
    अनि मेरो पहिलो निसाना तेस्तै तेस्तै अनियन्त्रित घरहरु हो हा हा हा हा हा.
    म आउदै छु …..

      • Oooh सहि प्रस्न, यो त Earthquake को दाजु भाइ पो हो मित्र.
        अब अनुगमन निकाए ले नि केहि नगरे पछि, Nature ले नै केहि गर्नु पर्यो नि.

  35. काल कुरेर बसेका घर. मेरो मतलब मान्छेको मृत्यु कुरेर बसेका घरहरु! प्रभु काठमाडौँ मा भुइचालो कहिले नजाओस..

  36. मैले सुने अनुसार बाटाका छेउका कतिपय यी घर हरु सरकारी जग्गामा ठुलाबडा भनाउदाले अवैध बनाएका हुन् रे. खालि भाडा खाना. तपैले यसो केशव स्थापित को अन्तर्वार्ता लिनु पर्र्यो, मान्छे हावा भए पनि कडा छ, कुरो बताई हाल्छा कि.

  37. अंशबन्डामा किचलो परेर र संधियारलाई हिंग हाल्नलाई यस्ता घर बनाइएको हुनुपर्छ| नत्रभने त्यो धरहरा र अर्को पर्खाल जस्तो घरभित्र साधारण ब्यायाम पनि गर्न मिल्दैन| रिस खा आफु भनेको यहि हो |

  38. काठमाडौँ मा रैछ साथी यस्तो पनि घर
    एस्तो दुब्लो घरको पनि के होला र भर
    मलाई त फोटो देख्दै लाग्न थाल्यो डर

  39. नेपाल को कानुन दैब जानुन/ कागज मा एउटा कुरो फिल्ड मा अर्को कुरो कागज पनि सच्याउन मिल्नि हाम्रो भाषा पनि तेस्तै दैमात्र तर्कुले बर्दाने थप्न मिल्नि/ नगर पालिका मा नक्सा पास गरौन पर्नी, इन्जिनिएर चाहिनी, नक्सा मा घर दुइतले भन्दा बनाउन नापौनी जग्गा मा घर जति तले बनायेनी हुनी/ जस्तो पोखरा को लेकसाइड दुइ तले भन्दा बनाउन नापौनी नियेम छ/ ऐले हेर्दा तेह घर सात तले पनि छन्/ नक्सा पास गराउदा तेस्तो गारो गर्नी नगरपालिका तिन का बाउ का आखा मा मोति बिन्दु लाको होकी के हो/

  40. नियम कानुन भयर पनि नमान्ने अनि मान्न नलगाउने र सजाय नदिने भएपछी यस्तो मात्र होइन हरेक कुरामा कहिँ नभएको जात्रा हाडीगाऊमा भने झैँ देख्न पाइने भैहाल्यो नि |

  41. हाम्रो देशको ऐन नियम कानुन,ब्यबस्था,कार्यान्वयन कस्तो छ र जनचेतना कस्तो छ भन्ने कुराको यथेष्ट प्रमाण हो यो फोटो/नियम कानुन अबलम्बन गर्नु नपर्ने,संबिधान रहित देश हाम्रो देश/एक धक्का गयो भने के होला ?कहाली लाग्छ/आराध्य देब पशुपतिनाथ रछ्या गरे प्रभु/

  42. खासगरी काठमाडौंका नेवार जातीमा यो प्रचलन देखिन्छ। बावुको देहान्त पछी हकवालाहरुले सबै सम्पत्ति बराबर बांडेर लिंदा घरलाई पनि बराबर भागमा सिधा सिधा काटेर लिने। ह्ेनर््होस झ्याल आधा काटिएको। त्यसको सटृा घर बिक्री गरेर बरु रकम बराबर बांडेर लिए हुन्थ्यो कि?

  43. भुइचालो पर्खेर बसेका घर हरु ,
    मृत्यु कुरेर बसेका ब्रिद्दाश्रम का सदश्य हरु ,
    नेपालि हरु
    प्यालेस्टाइन हरु |

  44. नेपालमा थु र शु गर्ने ठाउँ नभय पनि घर बन्छ मजाल्लेI

  45. अझ फोटो र रिपोर्ट पुगेन, असन महाबौद्भ तिर अझै धेरै घरहरू छन् ।। भुकम्पमा यस्ता घरहरू को के हाल होलान् ।।

  46. दरिद्रताको यक नमुना हो यो/ यी घरहरु बनाउने र बनाउन दिने दुवै दोषी छन/ तर यहाँ बाताबरण र मानिशहरुको सुबिधाको मतलब कसलाई छ र/ पैसा कमाउन पाय पुग्यो/ हामी कतिसम्म लोभी हुने हो? मेरो भन्न छोडेर हाम्रो भन्न कहिले सुरु गर्ने होला?

  47. धेरै दाजु-भाइ हुनुको परिणाम हो त्यो .
    भनिन्छ भाइ फुट्यो गवार लुट्यो .

  48. 9 रेक्टर को भूकम्प जानु पर्छ अनि यस्ता घरहरुको हालत के हुन्छ सबै देखिन्छ! नगरपालिका लाई त राजस्व संकलन मात्र गर्नुछ अरु कुरा के मतलब |

  49. काठमाडौँ का नमुना घरहरु !!!!!!!! भाडा उठाउन पाइने / जे गरे नि भै गो नि / ए बाबा हो नि !!!!!! ” घर ” को “र” मात्रै पनि पो छैन हौ ? टुरिस्ट तान्ने नै भए पर्यटन बर्ष २०११ मा /

  50. आबुई , कस्ता डर लाग्दा घर, एस्ता घर मा कोठा कत्रा होलान, एउटा बेड राखे पछि अरु केहि राख्न नमिल्ने रैछ ,, एस्ता घर मा त बस्न नपरोस प्रभु,, श्रीमान श्रीमती झगडा भाको बेलामा अलग अलग सुत्छु, तँ संग सुत्दिना भनेर भन्न पनि नमिल्ने खाले कोठा, बाध्यता ले संगै सुत्न पर्नी,,

  51. यहि हो हाम्रो बिशेषता | यहि हो हाम्रो रमाइलो | यति नभए त हामि पनि नेपाली कहाँ कहालिन्छौ र काठमाडौ पनि कहाँ भन्न पाइयो र ! मेट्रोपोलीटन सिटी पो हो नि ! एक पाखे घर, एउटा झयाल, एउटा ढोका, अग्लो पांच तले घर | कहिँ देख्न पाइछ यस्तो ? फोटो नै देखाउनु भो ध्यान्य बाद | यसैले जनाउछ यो न्यु योर्क भन्दा कम छैन | अझ दाया बाया टम्मै घरै घर भित्र दिउसै बत्ति बाल्नु पर्ने पनि कति छन | भित्र पस्दा कोइला खानि भित्र छिरे जस्तो टर्चलाइट, अक्सिजन सिलिन्डर लिएर जानु पर्ने जस्ता पनि छन | सासै फेर्ने गार्हो हुने | मान्छे बस्न लायक छ कि छैन हेर्ने कसले ? भन्यो भने यो त विदेश तिर हुन्छ यहाँ काँ हुन्छ भनेर बहुला बनाइदिन्छ्न | मान्छे पनि निसासिएर पनि बाँचेकै छन | कम्प्लेन छैन भने नगरपालिकालाई के को टाउको दुखाइ ? मापदण्ड भाड मे जाए | यहाँ त जमिन पो मुल्याबान छ मान्छेको ज्यान त जतातै छरपस्ट छंदैछ | साँघुरो घरमा बसेर कोहि मर्या छन र ?

  52. भूकम्प गयो भनेत सत्यनास नै हुन्छ हो !

  53. कतै कतै त बाटो बढाउदा घर सागुरिना गएको छ i त्यहि भएको त हैन ?

  54. यहि त हो नि नेपाल मा प्रजातन्त्र भनेको..जसले जे गरे पनि हुने..जे बोले पनि हुने..

  55. विश्व कीर्तिमानकालागि नगरपालिकाबाट स्वीकृत यी घरहरु !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

  56. के अचम्म भयो र ? एक आना जग्गाको १ करोड ३५ लाख मा त्यहिँ माहाबौद्ध नजिकै पोहोर साल बिक्रि भएको हैन र ? ३० , ५० लाख त आउला नि यसको पनि |

  57. यस्ता पातला घरहरु भूकम्पीय दृष्टिकोणले धेरै जोखिमपूर्ण हुन्छन . आर्थिक लोभमा यस्ता घर बनाउनु भन्दा थोरै भएको जग्गा खालि नै राख्नु ठिक हो . सरकारले न्युनतम घरको चौडाइ र क्षेत्रफलको मापदण्डलाई कडाइका साथ लागु गर्नु पर्ने हो .
    रमेश खनाल

  58. मलाई लागेनुसर एस्लाई हामीले केहि भन्न मिल्दैन जस्तो लाग्छ किन कि यो उसको निजि सम्पति हो सम्बंदित मान्छे ले वा जग्गा धनि ले अरुलाई असर नापारिकाना चाहे जे बनाए पनि फरक पर्दैन जस्तो लाग्छ किन कि यो उसको निजि सम्पति हो हामीले कुनै टिका तिपानी गरेर फाइदा छैन जस्तो लाग्छ | हुनको लागि त तेतिको सानो जग्गा मा एस्तो परकार को घर त बनाउन नमिल्ने हो तर यो हामीलाई भन्दा सम्बंदित मान्छे मा नै भर पर्ने कुरा हो

  59. सालोक्यजी, मलाई याद भएसम्म म २०५२ सालमा नेपाल ल क्याम्पस पढ्दा ल क्याम्पसको ठ्याक्कै पछाडीपट्टि अद्वैत मार्गमा पनि यस्तै सलाईको बट्टा जस्तै घर थियो र सायद अहिले पनि हुनुपर्छ, येसो त्यो बाटो हिड्नु भयो भने याद गर्नुहोला अनि त्यसको पनि फोटो खिचेर यहाँ हल्नुहोला /

    • ढल्नुनै पर्छ येस्ता मापदण्ड अनुसारको नभएका घर हरु भात्किनुनै पर्छ अनि मात्र काठमाडौँ अलि सफ्फा हुन्छ

  60. जिन्दगी मा सकी नसकी एउटा घर बनाएको थिए , तेही पनि mysansar ले घृणा गर्छ I

  61. वास्तबमा इ घर बनाउन न.प.ले इजाजत नदिनुपर्ने हो तर इजाजत दिएपछि त जनताले घर बनैहल्छानी त

  62. यो सबै घुस खुवाएर बनाएका घर हुन्, नत्र यी मापदण्ड अनुसार का घरहरु होइनन

  63. पेरिसमा गाईड लिएर घुम्दा, पेरिसको सबै भन्दा सानो घर भनेर यस्तै एउटा घरलाई देखाएर पर्यटकलाई आकर्षित गर्ने गर्छ । अब नेपालको टुरिज्म बोर्डले पनि यस्तै तरिका अपनाउने पो हो कि ?

  64. घर देखेर डर लग्यो . भूकम्प आए के हुने होला.. राम राम !!!

  65. घरको नक्सा पास गराउने थातुको हाकिम भनाउदा हरु भ्रस्ट भएको ले एस्तो भाको हो |

  66. दुइ चार पैसा को भर मा चल्ने नियेम कानुन लाइ सानै हैसियेत हुने ले पनि किनेर सजिलै उपभोग गरिरहेको देश मा कसको के लाग्छ????देश को सम्भिधान बनौछु भनेर जाने डाका हरु लाइ जनताले कति समय को लागि बुडो गोरु पाले जसरि पाल्ने भन्ने कुनै नीति नियेम छैन भने बिचरा जनताले आफ्नो जीवन गुजार्न गरेको यो द्रिस्येले पत्रकारको आखा किन पोलेको????अस्ति सम्भिधान सभामा मुर्दा लडे झैँ सुत्ने सभासद को हालत ले चाही किन आखा पोल्दैन??????

Comments are closed.