तीन महिनाको क्यालेन्डर

जेठ १४ गते मध्यरातमा म्याद सकिने भए पनि भोलिपल्ट बिहान ४ बजे पाँच बूँदे सहमति गरेर तीन महिना संविधान सभाको म्याद थपियो। थपिएको यो अवधिमा उनीहरुले जे जे गर्ने भनेका हुन्, त्यो त्यो नगर्नलाई एउटा क्यालेन्डर बनेको छ। हेर्नुस्, क्यालेन्डर अनुसार के-के गर्नुपर्ने रहेछ त ?

* जेठ १५ गतेदेखि पाँचबुँदे सहमतीलाई आफु अनुकुल पार्ने – नसके अप–ब्याख्या गरेर २४ गतेसम्ममा तुहाउन प्रयास गर्ने !

* २५ गते जनसेना शिबिरको ‘चाबी’ सरकारलाई बुझाउने प्रकृया थाल्ने – २६ गते अनमिनकै चाबीले काम चलाउने कि नयाँ लगाउने भन्ने बिषयमा बिवाद शुरु गरी हाल्ने !

* २७ मा चाइनिज चाबी किन्ने कि इण्डियन चाबी ‘खरिद कर्ने’ भन्नेमा चर्काचर्की पर्ने -२८ गते शीर्ष नेताले संवाद शुरु गर्ने !

* २९ गते ‘राजसुद’द्धारा ‘टाटा कम्पनीको चाबी’ लिन दबाब दिने – ३० गते शीर्ष संवाद बिना निश्कर्ष टुंगिने !

* असार १ गते सहमतिको प्रयासमा लाग्ने – २ गते प्रधानमन्त्रीको राजिनामा माग्ने !

* ३ गते संसद घेराउ,४ गते गुण्डा लेरा’उ गर्न जाग्ने– ५ गते कुर्सी टुटाउ, ६ गते माइक फुटाउतिर लाग्ने !

* ७ गते मा सदनमा आगो बल्न थाल्ने– ८ गते देशमा मान्छे ढल्न थाल्ने !

* ९ गते बल्ल प्रधानमन्त्रीको घैंटामा घाम झुल्किने – १० गते राजीनामा दिन लम्किने !

* ११ गते ‘सहमतीको प्रधानमन्त्री’ खोज्न थाल्ने – १२ गते ‘मधेशी मोर्चा’को कार्ड फाल्ने !

* १३ गते युरोपेली नारामा ‘देउ, वा !’ भन्दै आउने– १४ गते भारतेली पारामा ‘हरे कृष्ण !’ गाउने !

* भजनले नभए १५ गते ‘गाई कि त्रिशुल’ गर्ने – १६ गते होगा तो होगा, नही होगा तो मकैका घोगा !

* १७ देखि २० सम्म ‘खुद्रा दल’लाई फकाउने – २० देखि २५ गतेसम्म ‘ज्वाईं–छोरी मोर्चा’सँग वार्ता गर्ने !

* असारको अन्तिम साता बिक्नेलाई किन्ने, नबिक्नेलाई चिन्ने – मौका पर्नासाथ जाँतोमा पिंध्ने काम पुरा गर्ने !

* साउन १ गते राष्ट्रपतिज्यूबाट ‘लुतो फाल्ने’ दिवसको उद्घाटन– २ गते प्रधानमन्त्रीद्धारा ‘संकान्ती मेला’ समापन !

* ३ गते सभामुखका मुखराबिन्दबाट प्रवचन– ४ गते सभासद्द्धारा कर्मचारीलाई दुर्बचन !

* ५ देखि १० गतेसम्म ‘साउने झरी’ पर्ने – ११ देखि १६ सम्म सबै माननीयहरु ‘काम’मा क्रियाशिल रहने !

* १७ देखी १९ गतेसम्म बराह जयन्ती, नाग पञ्चमी लगायतका पर्व छोड्नै भएन– २१ गते ‘हिरोसिमा दिवस’ मनाउने परम्परा तोड्नै भएन !

* २२ गते संविधानसभामा झुलुक्क मुख देखाउनुछ – २३ गते राम्रो स्कूलमा छोराको नाम लेखाउनुछ !

* ४ गते ‘भु–संरक्षण’ दिवसमा भाषण आउनै पर्‍यो – २५ गते ‘विश्व आदिवासी दिवस’मा गएर ‘भोटबैंक’ जोगाउनै पर्‍यो !

* २६ गते जिल्लाबासीको पिकनिक खानुछ –२७ गते ‘विश्व युवा दिवस’मा जानुछ !

* २८ मा त जनै पूर्णिमाको परम्परा तोड्नै भएन – २९ गते गाईजात्रा पर्व, यो झन् छोड्नै भएन !

* ३० गते रोपाईंजात्रा, ३१ देवी जात्रा, ३२ गते बाघ जात्रा मनाउनै पर्‍यो– यस्ता राष्ट्रिय पर्वहरुमा राजनीति गर्नुहुन्न, जानै पर्‍यो!

* भदौको १ र २ गते ‘सभासद् भर्सेज मन्त्री’ फुटबल छोड्न हुन्न– ३ गते पार्टीको नियमित बैठक, परम्परा तोड्नु हुन्न !

* ४ गते गौरापर्व,, देउवाजीको देउडा नृत्य हुनेछ – ५ गते त्यही नृत्य मुख्य समाचार बन्नेछ !

* ६ गते भारतीय दूतको डिनर पार्टी–७ गते चाइनिज दूतको ‘ईनर पार्टी’ !

* ८ गते ‘इयू’ले वार्ताको बिउ छर्ने – ९ गते ‘यूएन’ले गंभीर चासो ब्यक्त गर्ने !

* १० गते नेतृत्व ‘गोप्य वैठक’मा जुट्नेछ– ११ गते पाँचौं चोटी फोरम फुट्नेछ !

* १२ गते ‘कुशे औंशी’ पर्छ, छुट्टी भैहाल्यो – १३ गते ‘वीपी जयन्ती’, काम छोड्यो, गईहाल्यो !

* १४ गते हरितालिका तिजमा चेलीबेटी र सेलीब्रेटीसँग नाच्नै पर्यो– संविधानसभाको गीतमा कम्मर भाँच्नै पर्‍यो !

* ‘सभासद् हुन् कि यिनी, धान खाने मुसा बरिलै, तीन महिनामा हात्ती आयो , फुस्सा बरिलै !’

* गित सुनेपछि पो बल्ल १५ गते नेता–जनता दुबै झसङ्ग हुन्छन्– ‘लौ जा, म्याद त सकिएछ पो’ भन्दै थाप्लामा हात लगाउँछन् !’

* त्यसपछि शुरु हुन्छन्, जुलुस, धर्ना, वार्ता र बिरोधका नाटकहरु – तर…..त्यसबेला निकै ढिला भैसकेको हुनेछ गुरु !

* आशा गरौं, आजैदेखि यो क्यालेण्डर गलत बनोस् – जगतले सभासद्को जय भनोस् !

-क्यालेन्डर निर्माता : मनोज गजुरेल

46 Comments

  1. मनोजजी, तपाईको क्यालेण्डर अनुसार नभई बिपरित होस् भन्ने चाहन्छु तर यी सभासदहरुले तपाईको क्यालेण्डरलाईनै मार्ग दर्शन बनाई योजना नबनाउला भन्न सकिन्न / उपरोक्त क्यालेण्डर अनुसार कार्य भएमा भदौ १५ गते पछी सभासदमा पुरुषलाई सारी र गुन्यु चोलो लगाउने र महिला सभासद्लाई केश मुन्दन गरि गाडामा हाली थानकोट कटाउने भन्ने तपाईको क्यालेण्डरमा लेखन छुटेछ /

  2. मनोज जी नेपालका नेता हरुको दिमागले केहि गर्ला जस्तो छैन ? अब पालो कलाकारको सारै जब सम यो देश मा भ्रस्टाचार अन्त हुदैन ?अनि सान्ती र सविधान प्रति उतरदायी हुदैनन तब सम येस्तो क्यालेण्डर बनिरहन्छ मनोज सर ;;;;;;;;;;;;;;;;;;;;;;

  3. मनोज जी तपाईंको क्यालेन्डर जति सुकै प्रार्थना गरे पनि फेल होला भन्ने कुनै सम्भावना छैन …………..यो भाविस्यवानी पुरा हुने देखेर मलाइ धेरै दुख लागेकोछ ! बरु अर्को क्यालेन्डर तयार पारेर पो राख्ने हो कि अहिल्यै ……!

  4. सभासद हरु लुते कुकुर हरु हुन् त्येस्तै
    प्रचंडे उदंडे ,
    मोहने pshyco
    ओली कच् कचे
    माकुने लम्फु
    झले झोले
    सुशिले बोल्न नसक्ने मरण च्यासे
    शेरे मन्द बुद्धि

    एस्त ले त यौ आइ रो नि कल व्यंग्य भुज्दैनन … मन्द बुद्धि हरु …..

    जय नेपाल !!

  5. मेरो बिचारमा यो एउटा कुर्सीमा बस्ने बेग्ती हरुको चाल बाजी हो …… मेड अझै थपिनी छ जस्तो लाग्छ ………. एउटा महत्वपुर्ण समय औनी छ र जनता सजक हुन जरुरि छ , नेता लै के नै छ र कुर्सि मा बसेर तलब पाकी हाल्छ….. ओरु कसको मतलब …………. अर्को बदरमुखी पाखण्डी नेता दाउ हेर्दै होला कुर्सिको लागि खै के?? खै के???????????

  6. यो एउटा जोक पो हो – मलाई त एकैछिन गार्हो परेको छुटयाउनलाई ! 😀

  7. आजको दिन भनको जोक गय्ने बेला होइन………. अब सबै नेपाली जागरुक हुनु पर्छ……..हाम्रा नेताहरुले ज्याला पुरा लीयपछि काम पनि त गर्न पर्यो नी होइन र……….
    जे होस् माथि को calander मा वास्तविक कथा बोलेको छ ……………….. “जय बाबा पशुपति,येस्तई छ देश को गति”……………………………..

  8. यी लाज पचेका नेताहरुले जसरि भए पनि फेरी समय थप्ने छन् दसैं मनाउने बेलामा काँ बेरोजगार हुन चाहन्छन र …

  9. फेरी म्याद थप्ने तिर कुरा गर्नु भएँ न नि मनोज जी ले ?
    फेरी लाजै पचाएर म्याद थप्ने छन् |

  10. भाद्र १४ गते राति १२ बजे आधि रात को बैठक बसेर फेरी ३ महिना म्याद थप्ने त होलान नि यी निकम्मा हरुले…

  11. “आज सम्मको कान्ग्रेसी राजनीति नेपालको सार्वभौम सता माथि एउटा व्यंग हो”

    आज सम्म कांग्रेसले कहिले रानाको बैठके बनेर त् कहिले राजाको हुक्के, पन्चे बनेर त् कहिले उसैको पार्टीको यकल सरकार बनायर आएकै छ तर के कांग्रेसले कहिले आफैले नेपालको संबिधान बनाएको छ?

    कांग्रेसको तेत्रो लामो अबधि सम्म चलेको सरकारले कयौं जिल्लाहरुमा सरकारको उपस्थिति भएको मसुसस सम्म पनि गराउन सकेन/ छोटकरीमा भन्ने हो भने कांग्रेसको सरकारले बिहारको उन्नतिमा मात्रै योगदान गरे नेपालको निमित केहि गरेनन/

    कांग्रेसको सरकार बिहारको उपप्रान्तिय सरकार भन्दा फरक भएनन्/ ००७साल् पछी पनि रानाकै नेत्रित्वोमा सरकार बनाउने कांग्रेसी बात यो भन्दा बढी भारतले मात्रै आस गर्न सक्छ नेपालीले सक्दैन/

    २०१५ सालमा २/३ बहुमत पाए सरकार त् बने तर संबिधान बनाउन सकेन/ २०४८मा कांग्रेस जनता र बामपन्थी मिलेर क्रान्तिलाई सफल बनायर संबिधान भन्दा माथि बसेको राजालाई संबिधान मुनि बस्न बाध्य गरे तर कांग्रेसको गिरिजाले संबिधान मिचेर टनकपुर सन्धि गरे/ तेस्को बिरोध भए पछी सदन नै भंग गरे/

    गिरिजाले तेतिबेला आफुले गरेको टनकपुर सन्धिको बिरोध गर्ने सबैलाई कृष्ण प्रसाद भट्टराई लाई हराएकै जस्तो हराउने मनसाय लिएर नै सदन भंग गरेको थियो तर जनताले कांग्रेसलाई लंगडो बनाय/ लंगडो बनेर कांग्रेसले मध्य देस बादी बिहारिकै बैसाखी टेके/ बिहारीलाई नागरिकता बनाउन बीरेन्द्रलाई झुक्याउन समेत खोजे/ गिरिजा राजदरवार मन्त्रि भएकै बेला राजदरवार भित्र बिरेन्द्रको बंस बिनास गरिनु अनि बिहारिहरुलाई नागरिकता संबिधान छलेर दिएर छाड्ने कांग्रेसलाई के भन्ने मध्य देस बादीको “जिन्ना साहेव” बा “दिल्लीको मुन्ना साहेव”?

    लोकतन्त्र मावोबादीको माग हो कांग्रेसीको होयिन/ कांग्रेसीले त् लोकतन्त्र माग्नुलाई आतंक बाद भन्दै राजा बिरेन्द्र सिट मावोबादी दवाउन सैनिक माग्न जाने थिए/ तर बिरेन्द्रले मानेन/ बिरेन्द्रले मावोबादी मुद्दा राजनैतिक मुद्दा भएकोले राजनैतिक समाधान गर्नु भने/

    तेतिबेला राजा बिरेन्द्र मात्र संबैधानिक राजा थियो र सदनको २/३को बहुमतले बीरेन्द्रलाई उतिबेला नै ज्ञानेन्द्रलाई हटाए जस्तै हटाउन सकिने थियो/ तेस्तो संविधानले बाँधिएको राजाले मावोबादिले लोकतन्त्र मागेको कुरामा राजनैतिक समाधान खोज्नु भनेको कुरा त्यो मुद्दा सदनमा समाधान गर्नु भनेको हो/

    सदनमा उतिबेलानै मावोबादीको लोकतन्त्र मान्ने निर्णय गरेर बीरेन्द्रलाई हटाउन पनि सकिने थियो, तर कांग्रेसीले तेसो गर्न चाहेनन् दिल्लीको ईसारा कुरेर बसे दिल्लीमै गएर सम्झौता गरेर मात्रै लोकतन्त्र मान्ने निर्णय गरे/ यो कुराले पनि कांग्रेसी हरु दिल्लीको मुन्ना हरु मात्रै भएको प्रमाणित गर्छ/

    कांग्रेसीहरु लोकको बहुमत मान्दैन दिल्लीको मत मात्रै मान्छ/ आज पनि संबिधान बनाउन उ दिल्लीको मत खोजेर बसेको छ/ दिल्लीकै ईसारामा १० हजार मध्य देसीहरुलाई सेनामा सामुहिक प्रवेश दिएर सरकारी हतियार दिलाउने शर्त मनायारै मात्र संबिधान सभाको म्याद कांग्रेसले थप्न दिए/

    मावोबादीको हतियार बुझाउन लगायर कांग्रेसीहरुले मध्य देसिहरुलई सरकारी हतियार दिलाउन खोज्नुमा रहस्य के छ?

    एस्तो काग्रेसी जसले जनताको मत समेत सरकार चलाउन सक्ने गरि पाएको छैन तेस्तो कांग्रेसीले आज मध्य देसिहरुलाई सरकारी हतियार भिराउन लगायर सरकारको नेत्रित्वो पाउन खोजि रहेको छ/ उनीहरुले सरकारको नेत्रित्वो पाए पनि के लोकतान्त्रिक संबिधान बनाउला? उतार खोज्न कांग्रेसीको यीतिहास पल्टाय पुग्छ/

    • मदन बज्राचार्यजी तपाईको भनाई अनुसार यो देश बिगार्नुमा अरु कसैले हैन खालि कांग्रेसले गर्दानै बिगारेको हो त ? २ बर्षमा बन्नु पर्ने संबिधान ३ बर्ष नाग्दा पनि नबनेको कांग्रेसले गर्दानै हो त ? ३ देशका नागरिक भएका व्यक्तिलाई मन्त्री बनाएको कांग्रेसले नै हो त ? रातो पासपोर्ट बेचेको कांग्रेसलेनै हो त ? ज्यान मारेको अभियोग लागेका व्यक्तिलाई मन्त्री बनाएको कांग्रेसलेनै हो त ? हेर्नुस मदनजी कांग्रेस मात्र चोखो भनेको चाहि किमार्थ हैन कांग्रेसले पनि जिम्मेवारी लिनुपर्छ यो देशलाई यस्तो स्थितिमा पुराउनुमा हामीले स्वतन्त्र भएर सोचौ त / देशलाई यो हालतमा पुराउनुमा सबै दलहरु उतिकै जिम्मेवार छन् साच्चै भन्नेहो भने यसमा सबभन्दा ठूलो दल सबै भन्दा बढी जिम्मेवार छन् क्रमै संग जो ठूलो दल छन् उ सबभन्दा बढी जिम्मेवार छन् क्रमश: सबैले जिम्मेवारी लिनै पर्छ / जे भयो भयो अब एकले अर्कालाई दोष लगाउने हैन कि यो मेरो देशहो मैले देशलाई के योगदान दिनसक्छु भन्ने सबै दलका नेताहरुमा बोध हुनुपर्यो पहिला देशको लागि सोचौ अनि मात्र दल आउछ /

      • बलराम जी
        धन्यबाद/ राणाकाल आँट गर्न ज्यान दिने नेपालीहरुले कति बिस्वास गरेर कांग्रेसलाई सट्टा सुम्पेको थियो तर कांग्रेसले देस र जनतालाई त्यो बेलामा पनि बिस्वास घाट गरे पछी पनि गरे अहिले पनि गर्दै आएको छ/ प्रमाण उल्लेख गरिरहनु नपर्ला/ अहिले संबिधान सभाको म्याद थप्न पनि कांग्रेसले आफ्नो नीति गत अडान लाई मात्रै आधार बनाएको भए अलि सन्तोस मान्नु पर्ने हुने थियो तर १० हजार मधेसी हरुलाई सामुहिक रुपमा सेनामा प्रबेस गराउने शर्त पुरा गराउँन कांग्रेसले समर्थन गरे/

        मित्र बलराम जी नेपाल बात तराई टुक्राई छाड्ने प्रण लिएको जय कृष्ण गोएतले उहिले गिरिजाले बीरेन्द्रलाई झुक्याई बिहारीहरुलाई नागरिकता दिलाउन खोजेको कुरा कांग्रेस र मध्य देस बादीको समझदारीमा भएको भनेको छ/ के भन्ने लौ तपाई नै भन्नुस/ कांग्रेस सप्रिएको भए लोकतन्त्र आज होयिन उहिले नै नेपालीले पाई सक्ने थियो/

      • मदनजी ईतिहासलाई कोट्याउने हो भने १०४ बर्षे राणा शासन अन्त्य गर्ने देखि लिएर ३६ सालको आन्दोलन, ४६ सालको आन्दोलन र २४० बर्षे राजतन्त्र समाप्त पार्ने आन्दोलन गर्न नेपालि कांग्रेसलेनै नेतृत्व गरेको जग जाहेरैछ तर अरु दलले सहयोग नगरेको भए त देश यथास्थितिमै हुन्थ्यो / अहिले सम्मको स्थितिमा आउन सबै दलहरु तथा नेपाली नागरिक हरुको आ-आफ्नो ठाउमा उत्तिकै योगदानछ / नेतृत्व गरेकोले नेपाली कांग्रेसको पनि अरु दलको जस्तै कमि कमजोरी चाहि नभएको हैन तर बर्तमान अबस्था सम्म आईपुग्दा देशलाई अन्योलको स्थितिमा पुर्याउन चाहि सबै दलले ठुलो दल देखि क्रमश: जिम्मेवारी लिनै पर्छ /

  12. क्यालेन्डर त खास्सा बने छ/अब संघीय गणतान्त्रिक संबिधान बनेर जनताको अनुहार ससिलो,खुशिलो,हसिलो रसिलो,उज्यालो,सबै हुने भयो/ तर भाद्र १५गते देखि नेताहरुलाई मुण्डन गरेर शहर गल्लि घुमाउने,१६ गते सबै पार्टीको ढोकामा बिदेशी ताला हटाएर स्वदेशी नेपाली ताला लगाउने अनि अगाडी पनि के के हुने तालिका तोकिएको भए अझै राम्रो हुन्थ्यो/

  13. असाद्धे राम्रो क्यालेण्ड प्रकाशित भयो/नेपाली जनताको आकांछ्या पुरा गर्ने यो गणतान्त्रिक क्यालेन्डर तयार पार्ने लेखकलाई धन्यबाद दिनै पर्छ/ एउटा कार्यक्रम क्यालेण्डरमा आएन/ त्यो भाद्र १५ गते देखि पार्टीका कार्यालयहरुमा जनता गएर नेपाली ताला लगाउने र नेताहरुलाई काट्टे बाहुन लखेटे झैँ लखेट्ने र चार भन्ज्यांग नघाउने/

  14. क्यालेन्डर निर्माण कर्ता गजुरेल्जीले राम्रै संग भदौ १४ सम्मको तिथि मिति मिलाएर बनाएका छन | रमाइलो पनि छ र ९९ प्रतिशत यहि अनुसार हुने छ | भदौ १५ पछी फेरी संबिधानसभा अर्को ३ महिनाको लागि ओथारो बस्ने छ | गजुरेलजीले त्यसपछिको क्यालेन्डर पनि बनाउदै गर्नु भए हुन्छ | बरु त्यतिबेला मन्त्रीको झन्डा र जनताको डण्डा बीचको दुरी कति नजिक हुने छ यो पनि राख्न नभुल्नु होला | किनकि हाम्रा सभासद भनाउदाहरुलाई यो सुनको अण्डा पार्ने सभा छोड्न मन छैन | मिलेसम्म खाने दाउ छ गरी भाग बण्डा |

  15. यो calendar लै साचिकै छापेर संसद मा बाड्नु पर्छ,प्रोटेस्ट गर्ने राम्रो उपाय.

  16. मनोजजीको नेताहरु माथिको ब्यङ्ग राम्रो छ! नेताहरुले यसै गरि संबिधान सभाको थप म्याद पनि सकाउने छन! तोकिएको समएमा संबिधान बनेन भने २०६८ भाद्र १५ गतेबाट नेपाली जनताहरुले नेता र सभासदहरुलाई के कस्तो कारवाही गर्नु पर्ने हो तेस्को पनि तालिका मनोजजीले प्रकासित गरिदिनु भए राम्रो हुन्थोI

  17. मैले त भोलि अफिसमा एउटा पानो प्रिन्ट गरेर सबैले देख्ने ठाउँ मा टास्ने विचार गरे, धन्येबाद मनोज जी !

  18. क्यान्टोन्मेंटको चावी कसले राख्ने भन्ने कुरामा लामो समयसम्म विवाद चल्न सक्छ | कांग्रेसी राष्ट्रपति, एमाले सभामुख र माओवादी गृहमन्त्रीलाई त चावी जिम्मा लाउने कुरै भएन| तेतिन्जेल सम्म तीन महिना पनि तुर्छ | फेरी एकचोटी १२ बजे प्रहसन हुँदैन भनेर कसरि भन्ने ? मेरो सल्लाह मान्ने हो भने चावी सदाबहार नेता नारायाणमान बिजुक्छेलाई दिए फरक पर्दैन, कारण भर अभरमा उनले सबैको गर्जो टारीदीएको छ |

  19. माए नोज अंकल ले के सारो हानेको होला यी यी गाई का पुत्रहरु लाई, जति भने पनि बजिया हरु ले टेर पुछार लाउने हैनन् !!! यस्तो ३ महिने क्यालेन्डर भन्दा त २-४ वर्षको पात्रो तयार पारी दिंदा राम्रो होला कि … क्यालेन्डर भनेको बुझ्ने खाले पो सवै कहाँ छन् र (?) अन्गुठा छाप हरु ……

  20. भनिन्छ, निदाएकोलाई ब्युझाऊन सकिन्छ तर निदाएको जस्तो गरेको लाई ब्युझाऊन सकिन्न | हाम्रा नेता भनौदा (तिनी हरु नेता होइन वास्तविक अर्थमा) निदाएको अभिनय गर्ने चटके जस्तै हुन | तिमि हरु यति निर्लज्ज छन्, यति अतार्किक छन् त्यसको ब्याख्या गर्न सकिन्न | पार्टी अध्यक्ष भन्छ सरकार हाम्रो प्राथमिकता होइन | अनि संसदीय दल को नेता भन्छ प्रधान मात्री राजिनामा गरि हाल | सरकार कंग्रेस को प्राथमिकता होइन , ए मा ले र माओबादी को सरकार छदैछ केका लागि राजिनामा गर्ने ? देश लाई अस्थिर बनाउन ? त्यो कसको चाहना ? प्रभु को | तिमि हरु कंग्रेस्सी हरु पार्टी का लागि कम गछौ कि अरु कसैका लागि? बिसेस गरेर राम चन्द्र पौडेल कृष्ण सिटौला ?

  21. राम्रो लग्यो ३ महिने calendar यो calendar एक चोटी हाम्रा ६०१ जना सबा संसद भनौदा हरु ले हेर्नु पर्नी खुब रमाइलो लाग्नी थियो होला है ,,,

  22. जति व्यंग्य गरे पनि हाम्रा नेतालाई केहि हुन्न भनेको साथि हो | यिनीहरुको छाला गैंडाको जस्तो छ | यिनीहरुको आँखामा मोतिबिन्दु लागेको छ | यिनीहरुको कानको प्वाल भित्र धमिराले माटो भरेको छ | यिनीहरुको हातमा कुष्टरोग लागेको छ केहि काम नै गर्न नमिल्ने गरि | केवल एउटा मुख मात्र सद्दे छ यिनीहरुको | त्यसैले त सधैं एक आपसमा गालि गलौज मात्र सुनिन्छ, चाहे धमलाको क्लबमा गएर होस्, चाहे टुंडिखेलमा झरेर होस् |

  23. हो , यस्तो लेख्ने लाई पो कमेन्ट गर्ने. तर खोइ कमेन्ट ? वैह्यत बिसयमा पो कमेन्ट धेरै हुन्छ त , होइन ?

  24. राम्रो छ . दश वर्ष पछि को नेपाल झैँ. धन्य बाद.

  25. मनोज गजुरेल जी ले लेख्नु भएको सम्पूर्ण कुरा हरु हरेक नेपाल को मन मस्तिस्क मा खेली रहेको कुरा नै हो.. धन्यबाद छ मनोज जी लाई

    वास्तवमा हरेक नेपाली हरु को मान मा यस्तै शंका हरु को भेल दौडी रहेको नै छ किनकि नेता हरु को नियत मा बिश्वास गर्ने कुनै ठाउँ नै बाकि छैन… लोकतन्त्र को स्थापना काल देखि नै नेता हरु ले आफ्नो व्यक्तिगत स्वार्थ को लागि हाम्रो प्यारो देश लाई हरेक पल दाउ मा लगाउने दुष्प्रयास गरि रहेका नै छन् र आंशिक रुप मा सफल पनि भाका छन्…

    यस्तै रह्यो भने नेपाल सायद आउदो दिन हरु मा कुनै शक्तिशाली राष्ट्र को उपनिवेश भै आफ्नो अस्तित्व नै न हराउला भन्न सकिन्न..

    कहिले कहिँ आँखा मा आँशु नै आउछ हाम्रो देश को यस्ती नियति देखेर,,

    हे प्रभु यस्ता नेता रुपी कलंक हरु लाई बरु सद्बुधि नदिए कम से कम माथि त बोलाऊ………..

  26. यो calender लेख्ने मान्छे र हाम्रो देश को नेता र उनको हालत हात्ती छाप चप्पल जस्तै लग्यो

  27. सदा झैँ राम्रै व्यंग्याउनु भएछ… मलाइ आशा छ, तपाइँ पनि देशलाई सहश्र माया गर्ने मान्छे हुनुहुन्छ यसर्थ यो क्यालेन्डर बनाउँदा तपाईंले पक्कै पनि ” यो क्यालेन्डर झुठो ठहरियोस” भनेर बनाउनु भएको हुनुपर्दछ /

  28. यी नेता हरु संग अलिकत्ति मात्र भयपनि लाज र नैतिकता भय यस लेख बाट केहि कुरा सिक्ने थिय तर यी नेता हरु त पशु भैसकेका छन्/ तेसैले तपाईको लेख ले केहि हुने छैन लेखक जी / तेसैले यीनिहरुलाई यता उति हैन सिधै कारबाही गर्नु पर्छ /

  29. ‘सभासद् हुन् कि यिनी, धान खाने मुसा बरिलै, तीन महिनामा हात्ती आयो , फुस्सा बरिलै !’

  30. यो कलेंदर त सबै ले झुण्डानु पर्ने vayo नि त ……..कि फ्री मै chain छ कि…….सबै लै…

  31. निम्न कामको रुटिन त छुटेछ नि गजुरेल जी,
    + राकेश सुद को खुट्टा मोल्न जाने, काम नबने “सपनामा हिंड्ने रोग लाग्यो” भन्दै उपचारको लागि दिल्ली अस्पताल जाने:फर्केर आइ माइक अघि भुक्ने-” भारत नेपालको शान्ति लाइ मन पराइ लिन्छ-ढोग्न जाँदा गोडा बढाई दिन्छ”
    + बैठकको लागि नया नया र महंगा महंगा रिसोर्ट हरु खोज्ने र दुइ रात तीन दिनको बैठक बसी अन्तमा ‘अर्को रिसोर्टको खोजि गरि बैठकको नाममा भुँडी फुट्नेगरि बिदेशी मदिराको झोलसंग लोकल कुखुराको सपेटा डकार्ने’ निर्णय गर्ने’
    + बिस वर्ष अघि सुरु भएका र पच्चीस वर्ष पछी सुरु हुने सम्भावनासमेत नभएका आयोजनाहरुको उद्घाटन अहिल्येई गरिहाल्ने र त्येतैबाट गाउँघरका केटाकेटीहरुले खेल्ने डण्डी-बियो, गट्टा, माझि दाइ आदिको समेत उद्घाटन गर्न नछोड्ने
    +सरुवा,बढुवा,आर्थिक घोटाला, सरकारी जमिन हडप, कमिसनखोरी,उचाल्ने पछार्ने आदि आदि दैनिक काममा ‘देश र जनताका निम्ति’ सहभागी हुने
    +कसैले ज्यान मार्ने, हत्या, अपहरण,बलात्कार, तस्करी,चेलीबेटी बेचबिखन आदि अपराध गरेको कारण पुलिसले पक्राउ गरि कारवाही अघि बढाउँन खोजे ” उ आफ्नो पार्टीको भात्री संगठनको खम्बा” भएको कारण खुलाई पुलिश्लाई तुरुन्तै दवाव दिएर ‘देश र जनताको हितको निम्ति’ उसलाई त्यसै क्षण छोड्न बाध्य पार्ने
    +शान्ति प्रक्रियालाई टुंगोमा पुर्याई देशलाई छिटो संबिधान दिन भट्टीपसल धाउने-महंगा महंगा गाडी मगाउने-देशी युवालाइ विदेश भगाउने-जनतामा बित्रिष्णा जगाउने-अशान्तिको खोलो बगाउने-जनता जनता भिड्न लगाउने……………………र अन्य थुप्रै गहन जिम्मेवारी……………….

  32. गल्ति क्यालेन्डर रहेछ साउन १५ गते खिर खान १३ गते देखि रिसोर्ट बार्ता र भदौ १ गते सिंगापुरमा हुने अति रछेसिया भेलामा मुख्खे दल को मुखे नेता जाने छुतेछा

  33. नेताको घरमा यो क्यालेन्डर एक एक प्रति पुर्याउने ब्यबस्था गर्न पर्यो नि त अब

  34. हैन मनोज गजुरेल ज्यु ले ब्यङ्ग छोडेर सत्य तथ्य कहिले देखि लेख्न थाल्नु भो ?

  35. what a fantastic calender you have made Gajurel ji….i like it…..I wish you will not have to write another calender again after 3 months….good on you

  36. अन्तिम घडीमा केहि सिप नलागे कुन फोंत प्रयोग गर्ने, कुन सैज़े को लेत्टर प्रयोग गर्ने कस्तो पपेर मा संबिधान प्रिन्ट गर्ने इत्यादी बिसयमा विवाद खादा गर्ने छ,

  37. क्यालेन्डर ठ्याक्कै मिल्ला जस्तो पो छ त गाठे।

  38. धत्तेरिका !!! हास्य व्यंग्य भनेर पढ्या त् वास्तविक कथा पो परेछ / पाठकहरुलाई झुक्याउनु त् भएँ बा ,,,

    जय नेपाल
    हिमाली

  39. बुझ्नेलाई श्री-खण्ड नबुझ्नेलाई खुर्पाको बिंड भनेझै नेताहरुको लागि दरो व्यंगात्मक झापड हानेका छन् मनोज गजुरेल ले यसका लागि धन्यबाद !

    • ललिता जी,न त नेताले नै बुझ्छ,न त जनताले नै बुझ्छ,सब नबुझ्ने भएको कारणले नै देशले यो अवस्था भोग्नु परेको हो|
      नेपालमा बस्ने को कुरै छाडुं,नेपालको कलेजमा भ्रष्टचार कसरि गर्ने र तोडफोड आगजनी कसरी गर्ने डिग्री लिएको हुनाले त्यसैमा व्यस्त छ बिधार्थिहरु तर बिकशित देश अमेरिका,अस्ट्रेलिया,
      जापान,क्यानाडा,यु.के.युरोप तिर अध्यायन गरेर दुनियाँ डिग्री लिनेहरुको त मानसिकता …………|हा हा हा हा हा कस्तो बिद्द्वान हरु,

Comments are closed.