तीन दिनमा दुई पुस्तकालय

पर्वतको पशुपति उच्च माविमा शुक्रबारदेखि सञ्चालनमा आएको पुस्तकालय।

जुन १ देखि ३ सम्ममा माइसंसार पुस्तकालय अभियान अन्तर्गत गोरखाको घ्याल्चोक गाविस र पर्वतको राम्जामा गरी दुई वटा पुस्तकालय स्थापना भयो। तीन दिनको यात्रामा स्थापना भएका दुई पुस्तकालय पछाडि थुप्रैको सहयोग र समर्थन जोडिएको छ। देशविदेशमा रहेका तपाईँहरु पनि यो अभियानमा जोडिनुभएको छ। यसका अन्य पाटाहरु अर्को ब्लगमा राखिनेछ। यहाँ भने यात्रामा देखिएका केही दृश्यलाई सामान्य रुपमा एउटा भिडियोमा समेट्न मात्रै खोजिएको छ। भिडियो हेर्न भित्र आउनुस्।


विशेष कृतज्ञ छौं

३ सय २७ पुस्तक उपलब्ध गराएर अभियान सफल पार्न महत्वपूर्ण योगदान दिने लन्डनस्थित अ पेन्नी फर नेपाल र कम्प्युटर, फोटोकपी, स्क्यानर इनबिल्ट प्रिन्टर उपलब्ध गराउने फिनल्याण्डस्थित नेपाली विद्यार्थीको समूह एक्टिभ ग्रुपप्रति कृतज्ञ छौं। बोस्टनमा रहेर अमेरिकी व्यस्तता चिर्दै पुस्तकालय अभियानलाई पैसा संकलनमा प्रत्यक्ष सघाउ पुर्‍याउने उत्तमबाबु श्रेष्ठ तथा बीबीसी साझा सवालका नारायण श्रेष्ठको उत्साहजनक सहभागिताकै कारण हामी गोरखा र पर्वतमा पुस्तकालय निर्माण गर्ने लक्ष्यमा सहजै पुग्न सक्षम भएका हौं।

सधैँ जस्तै यस पटक पनि पुस्तक एवं पुस्तकालय सामग्री उपलब्ध गराइदिने रुम टू रिड नेपाल कार्यालयको सहयोगप्रति हामी आभारी छौं। पुस्तकालय व्यवस्थापन बारे भोलानाथ शर्माको ज्ञान हामी र विद्यालयहरु दुवैका लागि कोशेढुंगा सावित भए। पर्वतको मोती पुस्तकालयका इन्द्रप्रसाद सापकोटा, सुशीला शर्माको विशेषज्ञताले पशुपति, पर्वतको पुस्तकालय आधुनिक एवं वैज्ञानिक रुपमा ‘सेटअप’ हुन सम्भव भएको छ। एजुकेशनल रिसोर्स एन्ड डेभलपमेन्ट सेन्टर संस्थामा विद्यालय पुस्तकालय कार्यक्रम हेर्ने किरण श्रेष्ठ जसले हाम्रो अनुरोधलाई आनन्दको रुपमा स्वीकार्दै ज्ञानमार्ग गोरखा जाने उत्साह देखाए। किरणको सीप र कौशलकै कारण ज्ञानमार्गको पुस्तकालय वैज्ञानिक रुपमा ‘सेटअप’ भएको छ।

रुम टु रिड स्थापना कालमा जोन उडसँग काम गरेका राजीव जोशीको विज्ञता हाम्रा लागि यस पटक कोशेढुङ्गा बन्यो। हामीले धेरै क्षेत्र र कोणबाट धेरै महानुभावको सहयोग पाएकै कारण यो काम सम्भव भएको हो। विश्वका जुनसुकै कुनामा बसे पनि, जुनसुकै पेशा वा व्यवसायमा रहे पनि पैसा, पुस्तक वा अन्य विविध पक्षमा रहेर आ आफ्नो क्षमताअनुसार सघाउने सबैप्रति कृतज्ञ छौं; सबैप्रति आभारी छौं।

पैसाको पाटो

ज्ञानमार्ग उच्चमावि, घ्याल्चोक गोरखा र पशुपति उच्चमावि, राम्जा पर्वतमा पुस्तकालय निर्माण गर्न हाम्रो कोषमा जम्मा हुन आएको कूल रकम २ लाख १३ हजार ३ सय १६ रुपैयाँ थियो। त्यसमा पेपालबाट सेवा दस्तुर कटाएर १ लाख ७ हजार १ सय ९० रुपैयाँ, विभिन्न देशबाट पठाएको एवं काठमाडौंमै प्राप्त रकम ५० हजार ३ सय ८३ रुपैयाँ रह्यो। हामीसँग पहिलाको कार्यक्रमबाट बचेको १० हजार ७ सय ४३ रुपैयाँ पनि थियो। फिनल्याण्डका नेपाली विद्यार्थीको समूह एक्टिभ ग्रुपले उपलब्ध गराएको ४५ हजार रुपैयाँ हामीलाई प्राप्त भयो।

उठेको रकमको सदुपयोग होस् भन्ने मनसायले हामीसँग प्राप्त हुन आएको रकम पुस्तकालय सामाग्री र पुस्तक किन्ने काममा मात्र प्रयोग गरिएको छ। यातायात र अन्य निजी खर्च यो अभियानमा लाग्ने स्वयंले ब्यहोरेका छन्। यो पटक पुस्तक र पुस्तकालय सामग्रीको ढुवानी विद्यालयहरु आफैँले व्यहोरेका छन्। हाम्रो यात्रा खर्चमा सहयोग गर्ने एनआरएन एशिया प्यासिफिक क्षेत्रका उपसंयोजक रुद्र शर्माप्रति कृतज्ञ छौं।

हामीले प्राप्त गरेको रकम

पहिलाको कार्यक्रमबाट बाँकी रहेको रकम १०,७४३/-

काठमाडौंमा प्राप्त रकम ५०,३८३/-

बोस्टनको डिनर र पेपालबाट प्राप्त १,०७,१९०/- (1500 $)

फिनल्याण्डको एक्टिभ ग्रुपको तर्फबाट प्राप्त ४५,०००/-

कूल २,१३,३१६/-

खर्च विवरण

१. १ सय ४० प्रति बालबालिका लक्षित पुस्तक बुक प्यालेसबाट खरिद गर्दा ८ हजार ७ सय ५ रुपैयाँ खर्च भएको छ।

२. २ सय २८ प्रति बालबालिका लक्षित पुस्तक कथालयबाट खरिद गर्दा १२ हजार ३ सय ८ रुपैयाँ खर्च भएको छ।

३. ३ सय ८४ प्रति पुस्तक अक्सफोर्ड स्टोर ठमेलबाट खरिद एवं पुस्तक लेमिनेसन सिट, नक्सा, ए-फाइभ स्पाइरल नोटबुक, रुलर, बुक कार्ड, डियू डेट, बोतल गम, पेन्सिल, सिजर, पेपर कटर, पेन्सिल सार्पनर, बुक स्टेन्ड, ह्यागिङ म्याप, बुक पकेट सहितका पुस्तकालय सामग्री खरिद गर्दा ९० हजार १ सय ३० रुपैयाँ खर्च भएको छ।

४. आइसीएम सिस्टम्सबाट कम्प्युटर, सामसुङ ४३०० मोडलको लेजर प्रिन्टर (फोटोकपी र स्क्यानर इनबिल्टसहित तथा यूपीएस खरिद गर्दा ४१ हजार ५ सय रुपैयाँ खर्च भएको छ। ४५ हजार रुपैयाँको एस्टिमेट तयार पारे पनि खरिद गर्ने समयमा कम्प्युटर र प्रिन्टरको भाउ घटेका कारण यो शीर्षकबाट ३ हजार पाँच सय रुपैयाँ बचेको छ।

जम्मा प्राप्त २ लाख १३ हजार ३ सय १६ रुपैयाँमध्ये खर्च भएको कूल रकम १ लाख ५२ हजार ६ सय ३४ रुपैयाँ घटाउँदा हामीसँग अब अर्को पुस्तकालय खोल्नका लागि ६० हजार ६ सय ८२ रुपैयाँ बाँकी छ।

सहयोग विस्तृत

बोस्टनमा उत्तमबाबुको संयोजनमा भएको डिनर कार्यक्रमबाट उठेको 1,000$
फिनल्यान्डको एक्टिभ ग्रुपको तर्फबाट प्राप्त ४५,०००/-
पहिलाको कार्यक्रमबाट बचेका झन्डै डेढ सय पुस्तक तथा १०,७४३ रुपैयाँ
बीबीसी साझा सवालका नारायण श्रेष्ठले १२,०००/-
विशालकुमार रेग्मी, कतार, २,००८/-
उज्वल आचार्य/तारा अधिकारी, १०,०००/- तथा २५ थान पुस्तक
तिलक पाठक ३, ५००/-
विकास कार्की/पूजा महर्जन ३०००/-
पवन/प्रीति अग्रवाल १,०००/-
नवीन खतिवडा/प्रतीक्षा ढुंगाना १,०००/-
सुन्दर खनाल १,०००/-
अर्किड पब्लिकेसन २२ पुस्तक
देवेन्द्र दाहाल, $ US200
दिनेश मल्ल, NRS 3000/- र ३५ पुस्तक
सन्ध्या नेपाली, इजरायल, 10,875/-
अत्रि अधिकारी, ताइपे, ताइवान- Rs. 3,000/-
चन्दन अधिकारी, ताइपे,ताइवान, Rs. 3,000/-
सुशील गौतममार्फत् फिनल्याण्डका विद्यार्थीहरुबाट प्राप्त 60$
Laxman Gurung, US $ 55.69
Nigam Rimal US$ 15.00
Rajan Shrestha US$ 51.00
Basanta Khanal $41.00 AUD
Baburam Kharel US$ 10.00
Manoj Shrestha US$ 20.00

62 Comments

  1. आफुले पढेको बिद्यालय श्री पशुपति उ मा बि त्यसमा पनि पुस्तकालय खोल्नु जस्तो महान कार्य mysansar मार्फत पढ्न र हेर्न पाउदा bidesh मा भए पनि ज्यादै खुशी लागेको छ

  2. मलाई सारै खुसि लागेको छ एस्तो खबर सुन्न पाउदा साचै गाउका हरेक कुना मा एस्त काम हुनु जरुरि छ येस्तई कार्यको लागि पोखरा मा रहेको एउटा सहीद स्मिरिती स्क्कूल छ तेस्मा पनि एउटा पुस्तकालय बनाउन पाए कति राम्रो हुन्थ्यो होला मैले साचै येस्ता सहयोगी हातहरु खोजेको छु र मेरो व्यक्तिगत तर्फ बाट पनि निकै सहयोग गर्न तयार छु

    मिना डल्लाकोटी
    पोखरा विश्वबिद्यालय केन्द्रीय पुस्तकालय

  3. भोला सर र मै संसार को team लाई लाई यो महान काम को लागि मेरो हार्दिक धन्येबाद /

    बल्लव

  4. त्यसो त पुस्तकालय स्थापना गर्नु आफैमा सरहनीय छ!मन ख़ुशी ले गदगद भएको छ !साधुबाद पुस्तकालय स्थापना को लगी सहयोग गर्नुहुने
    संपूर्ण दाता हरु लाई ! सुरुवात भएको छ एस्ले निरंतरता पाउदै जओस शुभकामना, शुभकामना,शुभकामना,

  5. दु्र्गममा पुस्तकालय खोल्नेहरूलाई एक पुस्तकालयकर्मीको सलाम ।

  6. एकदम मज्जा लाग्यो . उसो त पशुपति उमावि मलाइ धेरै ज्ञान गुण सिकाएको स्कुल पनि हो. मैले एस एल सी दिएय्को स्कुल पनि हो. भाग्यले मा पनि अस्ति मात्र स्कुल मा पुगेर आएको थिए.. स्कुल को पुस्तकालय र त्यहाँ को गतिबिधि थाहा पाउदा खुशी लाग्यो.

  7. I am proud of you for establishing library prgroam in such remote areas of Nepal. These significant steps taken by you really appreciable and valuable. I would like to my heartfel thanks you for initiating to establish library program and participating for raising literacy awarness among the rural community.

  8. के गर्नु एक दई वटा पुस्तकालय खोलेर, पुस्तकालय खोल्नु ठूलो कुरा होइन त्यसको व्यवस्थापन ठूलो कुरा हो । एकपटक पुस्तकालय खोल्यो यौटा विद्यालयलाइ जिम्मा लगायो अनि ढ्वाङ्ग फुक्यो ।
    हेर्नुहोस हाम्रो देशको सरकारी स्कुलको गाइजात्रा कतै स्कुलको छानो छैन, कतै २ वटा कक्षाको विद्यार्थिलाइ एउटै कोठामा दुइतिर फर्काएर पढाइएकोछ । कतै चौरमा पढाइएकोछ । कतै विद्यार्थि भन्दा मास्टर धेरै
    अव यस्तो ठाउमा पुस्तकालय खोल्नुको के अर्थ ।
    यौटा स्कुलको सत्य कथा
    भक्तपुर जिल्लाको वालकोट नजिकैको सिरुटार गाविस मा सोमलिङ्गेश्वर निमावि नामको स्कुल छ त्यहा १० जना शिक्षक र १ जना पिउन समेत ११ जना छन तर पुरै स्कुल भरी विद्यार्थि जम्मा ११ जना छन कति हासो उठ्ने, संगैको निजी स्कुल (१० कक्षा सम्मको) मा चाही ५०० जना विद्यार्थि छन । अव त्यो ११ जना विद्यार्थि भएको ठाउँमा पुस्तकालय खोल्नुको के अर्थ । सरकारी स्कुलका मास्टरका छोरा छोरी निजि स्कुलमा पढाउने अनि कुन नाकले सरकारी स्कुलमा अन्य अभिवावकलाइ तपाइको वच्चा सरकारी स्कुलमा भर्ना गर्न ल्याउनुहोस भन्न जाने । त्यसैले यस्ता सरकारी स्कुललाइ सरकारले वन्द गरिदिनु पर्छ र स्कूलनै निजि क्षेत्रलाइ भाडामा दिएर ति ११ जना विद्यार्थिको मासिक शुल्कमा मिलान गरे त राम्रै हुन्थ्यो । अनि वाकी भएका ति मास्टरहरुलाइ तपाइहरु घरमै बस्नुहोस किन स्कुल आउने दुःख गर्नु परयो तलव चाही घर घरमै ल्यइदिउला भनेर जिल्ला शिक्षा कार्यालयले भन्दे त भै हाल्योनि । कि होइन ?

    • You seem extremely negative mind. Whatever all schools are not same may be u saw only those school that’s why ur thinking level also same like that. But I am not agreeing with this because in my place whit the voluntary and donation we did a lot. If you don’t believe go to Bhedetar-4, Dhankura High School.

    • अचेल भोलि सरकारी स्कुलका शिक्षकहरुले कतिपय निजी स्कुलका शिक्षकहरुले भन्दा बढी तलब भत्ता सुबिधा पाई आएका छन्| मरीहत्ते गरेर जागिरमा पस्छन र पसेपछि अब आफ्ना बाबुको वीरता सम्झेर जे पायो त्यही र समयमा नआउने र धेरै जसो अनुपस्थित रहने गरेका छन्| असल शिक्षक छैन भन्ने हैन तर धेरैजसो छात्रहरुको भविष्य बारे ख्याल नराख्नेहरु छन्| जिशिअ र माबिनिहरु पनि त्यही तालका छन् राजनैतिक पक्षमा लाग्ने|
      शिक्षकहरुलाई वार्षिक मुल्यांकनको आधारमा वार्षिक Contract मा राखिन पर्छ| बरु तलब बढी नै दिन किन नपरोस|

  9. यो समाचारले आफै मनलाई आनन्दित बनाउने खालको छ । विकट ठाउँमा शिक्षाको प्रकाश फैलाउने काम गर्नु आफै उच्चकोटिको काम हो नै र अन्य ठाउँमा पनि यसरी नै पुस्तकालय स्थापना गर्दै जान सकोस भनेर कामना गर्दछु।
    कुनै काम सुरू गर्नु जति गार्हो छ त्यो भन्दा गार्हो हो निरन्तरता दिनु। जहाँ यो पुस्तकालाय स्थापना गरियो त्यहाँको सामाजिक स्थितिको जानकारी त छैन मलाई तर यहाँ मैले देखेको कुरा के हो भने प्रविधिको आधुनिकिकरणले गर्दा केहि नाम कहलिएका बाहेक टोल टोलमा स्थापित पुस्तकालयको हालत नाजुक छ । एकताका उपत्यका लगाएत छिमेकि शहरहरुमा पुस्तकालय खोल्ने होड नै चलेको थियो र पुस्तकालय जानेहरुको संख्या पनि उलेख्य थियो। समय सँगै पुस्तकालयको जाने र पुस्ताकालय आफै पनि लोप हुँदै गयो, टिभी र अन्य मनोरञ्जनको साधनको आगमन सँगै भने, पुस्तकालय आफैले पनि नयाँ पुस्तक र प्रविधि राखेर आफुलाई अपडेट गर्न सकेन। त्यसैले माई संसारले स्थापित पुस्तकालयले यस्तो हालत देखिन छैन र त्यहाँ राखिएका सामग्रीहरुको समय समय अपडेट गर्ने छ भनेर आसा गर्दछु।

  10. बधाई छ राम्रो काम सुरु गर्नु भएको मा , म पनि पुस्तकालय क्षेत्र म कार्यरत छु , पुस्तकालयको महत्व हाम्रो देश मा निकै खाँचो छ .

  11. धेरै नै राम्रो काम! धन्यवाद छ सबैजना जो यसमा सहभागी हुनु भएको छ |

  12. सार्है राम्रो कामको सुरुवात भएको महसुस गरेको छु…..निरन्तरता दिदै जानु होला…..

  13. केहि येस्ता काम हरु छन् जसले आफु पनि खुसि भइन्छ र अरु लाइ पनि खुसि दिलाइन्छ त्यो काम my Sansar ले गरेको छ ..यो अत्ति नै राम्रो काम हो.सराहनीय छ. भबिस्य मा धेरै येस्तई कुरा हरु सुन्न र देख्न पाइयोस.सुभकामना छ.

  14. It is really appreciable task that mysansar executed for Nepalese community. it is really thankful that they did it for special region who are always in need of such academic knowledge warehouse.
    Jay Ho ” MySansar.com”

  15. खल्तीबाट एक कंची पनि नझार्ने, तर गफ चाहीं यसरी जोत्ने व्यक्तिहरु पनि नेपालमा बग्रेल्ती छन्: ” एक दुइ ठाउँमा पुस्तकालय खोलेर के गर्नु? पुरै नेपालका गाउँहरुमा पुस्तकालयहरु खोल्ने योजना तर्जुमा गर्नुपर्दछ, अज्ञानतालाइ दुर गर्नुपर्दछ, गरिवी निवारण गर्नुपर्दछ, यो गर्नु पर्दछ, उ गर्नु पर्दछ…….” माइसंसारमा छेउ न टुप्पोको दर्शन छाँट्यो, सत्तोसराप गर्यो| सामाजिक काममा पैसा पनि हालन हौ, कति बक बक मात्र गरिरहेको?

    • शशांकज्यु,
      हजुरको कुरा मलाइ एकदम चित्त बुझ्यो / वास्तवमै हामीले नगरे हाम्रो देशको लागि कसले गर्दछ ?? लौ हामी सबैले माइसन्सारबाटै अहिले नै घोषणा गरौ उक्त अभियानको लागि कसले कति कति आर्थिक सहायोग गर्ने भनेर.. कि कसो ? हजुर दाजु, अनुभवी र अग्रजको हिसाबले हजुरबाट नै शुरुवात गर्दा राम्रो हुन्छ अनि हामी सबैले पालै पालो गर्ने छौ /
      मैले त वर्षको करिब १० हजार गरिब जेहेन्दारको लागि छुट्ट्याएको छु / ५ हजार लागू भैसक्यो बाँकी बिद्यार्थी हेर्दै छु / बरू हामी जस्ता १० जनाले वर्षको १०/१० हजार छुट्याऔ १ लाख हुन्छ अनि सामुहिक रूपमा माइ सन्सार मार्फत बिद्यार्थी हेरेर सहायोग गर्न पनि सकिन्छ /
      कोहि सहयोग गर्न इच्क्षुक हुनुहुन्छ भने सबैले आजैबाट हातेमालो गरौ / गफ मात्र बेला होइन यो !

      • Yes, Yogeshjee! I have donated for previous project of Sankhuwaasabhaa Liabrary. I am always ready. lets start another project through Mysansar.

  16. शिक्षाको लागि गरिएको यो सराहनीय कदम हो / माइ संसारको यो अभियानको लागि हार्दिक शुभकामना छ !
    साथीहरूलाई सानो अनुभूति व्यक्त गर्न मनलाग्यो; मैले आज भन्दा दुइ वर्ष अघिदेखि नुवाकोट जिल्लाको बेत्रावती स्थित रामचन्द्र नि.मा.बि.मा अध्ययन गर्ने दुई गरिब र जेहेन्दार छात्र/छात्राहरूलाइ किताब कापी खर्च स्वरूप वार्षिक रू.४,८००/- प्रदान गर्दै आएको छु /
    म पछिल्लो पटक (६ महिना अघि) नेपाल जाँदा त्यहाका केहि शिक्षक तथा विध्यार्थीहरूले पुस्तकालय खोल्न पहल गर्न आग्रह गर्नु भएको थियो / मैले हुन्छ म पहल गरौंला त भने तर म एउटा सानो काम गरेर रोजीरोटी गरिरहेको अवस्थामा तत्काल नै केहि गरिहाल्न सकिरहेको छैन, नेताहरूले जनतालाई आश्वासन दिएको जस्तो मात्र होला कि जस्तो छटपटी हुन्छ /
    यसर्थ, कुनै दिन मैले श्रोत जुटाउन सके भने, उक्त क्षेत्र पनि दुर्गम रसुवाको सिमानामा परेको र खासगरी शिक्षामा पछाडी परेको हुनाले, म आवश्यक तालिम, प्राबिधिक ज्ञान तथा अन्य आवश्यक सहयोगको लागि माइ संसारलाई गुहार्ने छु /
    धन्यबाद माइसंसार !!

  17. उमेश जी तथा साथीहरु,
    सलाम छ मेरो यहाहरुको यो काम लाई !!!

  18. अति नै सराहनीय काम my Sansar टिम बाट…
    .बोलेर मात्र हैन गरेर पनि देखाउनु पर्छ भन्ने कुरा को ज्वलन्त उदाहरण ……..

  19. good job , अबको पालो गोर्खा कै छोप्राकमा रहेको जनज्योति नि मा बि मा पुस्तकालय निर्माण गर्न लागि परे कसो होला ? एउटा दुर्गम गाउमा यसको आबसेकता रहेको छ ,यसको लागि माई संसारले फेरी पहल गर्न पारो सहायोग हामी गर्ने छौ

  20. कसैको पसिना खेर नजाओस, प्रचार योग्य गर्नुभएको छ,टिम वोर्क प्रशंसनीय छ;गति लाई निरन्तरता दिनुहोस;अरु धेरैले असल र खराब के रहेछ भनेर सजिलै बुज्ने छन्.

  21. यो सारै राम्रो काम को थालनी गर्नु भएको मा माइसंसार परिवार लाइ मेरो हृदय देखि नै मुरी मुरी धन्यवाद र उत्तरोत्तर प्रगतिको कामना गर्दछु

  22. सानो सानो स्रोत जुटाएर ठुलो काम हुन्छ यसको उदाहरण हो | अरु जे गर्दै गरुन तपाईहरुको सुकामको मुक्तकण्ठले प्रसंसा गर्दछु | सक्दो सहयोग गर्न सबैलाई प्रेरणा दिएको छ |

  23. माइ संसारको अगुवाइमा एक दुइ सय जना नेपालीहरुको सहभागिताबाट त यत्रो काम हुन्छ भने हामी तीन करोड नेपालि सबै लगातार यस्तै राम्रो कामहरुमा लाग्ने हो भने पाच बर्षमा हाम्रो देश कस्तो हुने थियो होला?

  24. यो राजनीति को कुरा पढदा पढदा दिक्क लागिसकेको बेला बल्ल राम्रो कुरा पढन पाइयो …….धन्यवाद माइसंसार,अनि नेपाल लै माया गर्ने नेपाली हरु लाई. .धेरै धेरै शुभकामना …..

  25. धेरै खुसि लग्यो. यो library को बिद्यार्थीहरुले राम्रो सदुपयोग गरुन. स्कुलमा बिधयार्थी समेत सहभागी गरि library म्यानेग्मेंट कमिटि बनाउने र तेस मार्फत हरेक वर्ष अपडेट लिने काम पनि गरिए बेस होला.

  26. चुम्दछ ईश्वर काम सुनौला, गरिरहेका हात
    छुन्छ तिलस्मी करले उसले, सेवकहरूको साथ ।

    फर्क फर्क हे ! जाऊ समाऊ, मानिसहरूको पाउ !
    मलम लगाऊ आर्तहरूको, चहराइरहेको घाउ

    देवकोटाले कल्पना गरेका ईश्वरका सच्चा पुजारीहरु (जसले पुस्तकालय स्थापना गरेर समाजसेवाको उत्कृष्ट नमुना प्रश्तुत गरे)लाई मेरो पनि हार्दिक आभार |

  27. राम्रो अभियानका साथ साथै मीठो अनि मन छुने गीत राख्नु भएकोमा mysansar परिवार अनि सहयोगको लागि हाट बढाउनु हुने सबैलाई भित्रि हृदयदेखि धन्यवाद .

  28. यो धेरै रामो प्रसंसा योग्य कुरा हो.मलाई त सारै चित्त वुज्यो.yesto कुरा मा त मलाई पनि सहयोग गर्न मन लाग्छ.परदारसी खर्च को विवरण.tara मैले कहाँ सम्पर्क गर्नु पर्ला सहयोग को लागि

  29. हाम्रो बिद्यालय पनि गरिब बिद्यालय हो /यस बिद्यालयमा पनि पुस्तकालय छैन,त्येसैले सक्नु हुन्छ भने एउटा पुस्तकालय हाम्रो स्कुलमा पनि बनाईदिनु होला / यस बिद्यालयमा पुस्तकालय बनेमा यहाका गरिब तथा दलित र जनजातिका छोरा छोरीहरुले फाइदा उठाउने थिए /
    जनता माद्यमिक विद्यालय ढुंग्रेखोला-४सर्लाही
    इमेल – [email protected]
    phone-9844034929

  30. यो अभियान लाइ सहयोग गर्नु हुने सम्पूर्ण र माइसंसार टीमको यो अनुकरणीय कामको प्रसंशा गर्नुको निम्ति म संग शब्दको कमि भएको छ । गर्व लाग्छ कि यस्ता नेपाल आमाका असल सन्तान हरु जन्मेको माटोमा म पनि जन्मने शौभाग्य पाए र दुख लाग्छ कि निशुल्क बिद्यालय र निशुल्क पुस्तकालय हरेक क्षेत्रमा सरकारको तर्फ बात निशर्त स्थापना हुनु पर्नेमा शिक्षामा हुनुपर्ने लगानीको त कुरै छोडौ जीवन जलको रकम समेत हसुरेर डकार सम्म पनि नलिने कुपुत हरु पनि त्यहिँ माटोमा जन्मेका छन् । अन्तमा लुना जी को शब्द सापट लिएर…जय गर्ने जय सोच्ने सब जनको जय होस् !

  31. यो राम्रो अभियान को लागि सफलता को लागि मेरो सुभकामना

  32. यो धेरै राम्रो काम हो. माइ संसार को यो प्रयास लै सबैले साथ दिन पर्छ . थोपा थोपा बाट नै सुरुवात हुन्छ.

  33. धेरै राम्रो खबर ….. आशा छ यस कार्यले निरन्तरत्ता पाऊने छ

  34. सारै नै राम्रो काम , thanks from the buttom of my heart . ……. पैसा कहाँ के कसरि भन्ने कुरा को ग्यान नभएर सहयोग गर्न चुके ……….

  35. माइसंसारका हरेक पोष्टमा कम्तिीमा पनि २५ कमेन्ट हुन्थे । तर हेर पुस्ताकलयको पोष्टमा कमेन्ट संख्या । सबै नेतालाइ गाली गर्न पाए कमेन्ट गर्दा रैछन् ।

    • आउछ आउछ न आतिनुस, हामी सबै नेपाली ले खोजेको पनि एस्तै सहकार्य हो. माइ संसार लै सलाम छ है.

  36. उमेश जी

    प्राप्त भएको मोटो रकमको मात्र श्रोत खुलाइयो जस्तो छ । २८ मार्च २०११ मा फिन्ल्यान्डबाटै बिद्यार्थी सम्मान कार्यक्रमबाट एक एक युरो गरी उठाइएको ६० युरो रकम जुन उत्तमबाबु श्रेष्ठलाई पठाइएको थियो । त्यसको बारेमा किन उल्लेख भएन ? सानो रकमलाई पनि उल्लेख गर्नुभए फेरि फेरि सहयोगको नीम्ति प्रोत्साहन मिल्थ्यो की ।

    ****
    सुशीलजी सुझाव सहितको कमेन्टको लागि धन्यवाद। हामीले डिनर, पेपाल र काठमाडौंमा प्रत्यक्ष संकलन गरी तीन तरिकाले पैसा उठाएको हो। तपाइँको पैसा उत्तमबाबुजीको अकाउन्टमा पुगेकै हुनुपर्छ त्यही भएर उहाँको अकाउन्टबाट ५ सय डलर जम्मा हुन सकेको हो। एउटा व्यवहारिक कठिनाइ के भयो भने यतिबेला उत्तमजी पीएचडी थेसिसको रिसर्चका लागि डोल्पामा छन्। इमेल र फोन सम्पर्क हुन नसक्दा त्यो पाँच सय डलरका दाताहरुको विस्तृत विवरण हामीले प्राप्त गर्न अप्ठ्यारो परिरहेको छ। यसले तपाइँहरुमा समेत पर्न गएको अप्ठ्यारोको लागि क्षमा चाहन्छौं।
    कृष्ण

    • धन्यबाद् कृष्ण जी,

      मेरो कमेन्टको अर्को आशय के पनि हो भने एक मुष्ठ श्रोत मात्र देखाउदा संकलनको क्रममा हुने पारदर्शितामा कमी आउछ । तीन हजार डलर उठाएर पाँच सय मात्र देखाउन पनि सकिन्छ । मलाई त विश्वाश छ माइसंसार प्रति तर धेरैको मनमा विश्वाश जगाउन अझै बाँकी छ ।
      माइसंसारलाई पुन: एक पटक बधाई छ र आउँदा दिनहरुमा झनै हौसलाका साथ सहयोग उठाउनेछु ।

  37. समाज परिवर्तन को धेरै राम्रो अभियान को सुरुवात गर्नु भयको छ उमेश जी र mysansar को team ले. धेरै धेरै धन्यबाद.

  38. हृदय देखिको न्यानो शुभ कामना एबं बधाई सबै सहयोगीहरुलाइ

  39. सारै राम्रो काम गर्नु भए को रहेछ.. येस्तू काम को लागि बधाई छ र MY SANSAR ले एस्तो कृया को प्रगती गर्दै जानुहुन्छ भन्ने बिश्वाश छ .

  40. धेरै उत्तम कार्य गर्नु भएको छ … हामी खुसि छौ… हामीले केहि गर्न नसके पनि !!

  41. Phd गरेर बन्दुक चलाउन उक्साउनु भन्दा त ,म जस्तो कम पढेको ले समेत गर्नसक्ने यो ‘महान कार्य’ को हौसला बढाउनु धेरै उत्तम हुन्थ्यो |

  42. ” नेपालले के गर्यो मलाई भन्न छोडीदेउ !
    नेपालललाई के गरे मैले ? सोच्न थालिदेउ — ”
    यो मन छुने गित जत्तिकै मन छुने काम भएको छ माईसंसार ब्लग मार्फत |
    ज्ञानको ज्योति फैल्याउने काममा सहयोग गर्ने सबै नेपाल आमाका असल सन्तान हुन् – ति धन्यबादका पात्र हुन् | जय गर्ने जय सोच्ने सब जनको जय होस् !

  43. राम्रो कुराको सुरुवात पनि राम्रै कुरा बाट हुनु पर्छ भनेको यही हो र दिगो र स्वच्छ

  44. कति राम्रो उच्चा सोच माय संसार को .मलाई त सारै नै चित्त वुज्यो.य्र्स्तो कुरा मा त म पनि सहयोग गर्न चाहन्छु.तर सम्पर्क कहाँ गर्नु पर्ला.

  45. राम्रो काम भयको छ / यस संग सम्बन्धित सबैलाई धेरै धेरै धन्यवाद र भबिस्य मा पनि यस्तै काम हरु गर्दै जानुस यहि नै मेरो शुभकामना /

  46. राम्रो प्रयास . सालुट छ माई संसार लाई

  47. Inspiring effort !!! यसले मलाई पनि आफ्नै गाउँमा गएर केहि गर्ने प्रेरणा दिन्छ.

  48. देस बिकाश गर्न र जनता लाई जागरुक बनाउन सरकार कै मुख ताक्न पर्दैन भन्नि उदाहारण हो यो.

  49. एउटा नेपाली र एउटा पर्बतेली भएको नाता ले धन्यबाद यस कार्यक्रम सफल पार्ने हरु लाइ

  50. I am really appericiated with the progaram . and rdady to contributate Rs 5000 for Pashupati higher Secondary School as ex student of that school.
    I will be more happy if you give me the process of payment
    Thanks.

Comments are closed.