गैँडाल्याण्ड – जिन्दाबाद

राजेश राई

भर्खरै सकिएको गैँडा गणनाको सन्तोषप्रद नतिजा सुनेपछि हर्षित त्यो केटो खुशी अनि उत्तेजनाको भावमा आमालाई भन्दै थियो – एउटा कुरा त हामीले बिर्सिएछौँ नि।

आमा – के कुरा ?

केटो – गणकलाई हाम्रो आफ्नो पूरा थर र आफ्नै भाषा पनि लेखाउनु पर्ने।

आमा – किन त्यसले के फरक पार्छ र ?

केटोले अलि उत्तेजित भावमा भन्यो – पार्छ नि आमा। अब हामी पनि जातीय अस्तित्वको लागि लड्नु पर्छ। यो राप्ती किनार भूमी हाम्रो हो। अब हामीले यो क्षेत्रलाई चितवन राष्ट्रिय निकुन्ज नभनेर “गैँडाल्याण्ड” नामांकरण गर्नुपर्छ। बिस्तारबादी मानव राज्यसत्ताले दिएको यो नाम स्वीकार्नु हुन्न।


केटोको क्रान्तिकारी कुरा सुनेर आमा अलमल्ल परिन् र भनिन् – त्यसो भए अलि बूढापाकाहरुसँग पनि सल्लाह गर। अनि उता बर्दिया र शुक्लामा भएका आफन्तहरु चाँही के गर्ने नि ?

केटो अझै जोस्सियो – यो गैँडाल्याण्ड यो नेपालमा मात्र होइन समस्त विश्वमा रहेका गैँडाहरुको जातीय पहिचान हो। त्यही जातीय अस्तित्वको लागि हामीलाई छुट्टै राज्य चाहिन्छ।

त्यही दिन केटोले चितवन निकुन्जमा रहेका सबै गैँडाहरुको भेला गर्‍यो। उसले जातीय अस्तित्व अनि आइएलओ १६९ को प्रावधानहरुको बारेमा जानकारी दियो। अनि छुट्टै स्वतन्त्र गैँडाल्याण्ड हुनु पर्नेमा जोड दियो।

केही बुढापाकाहरुले भने- उहिलेदेखि हामी यो क्षेत्रमा बाघ, हात्तीहरु सँगसँगै बस्यौँ। अहिले यस्तो जातीय कुरा गरेर विभाजन गर्न नखोज। भोलि फेरि हाम्रो पनि उठिबास होला। देखेनौँ हामी किन यो राप्तीको किनारमा मात्र किन खुम्चिएको।

केटोले बुढापाकाको कुरा मानेन। उल्टै उनीहरुलाई यथास्थितिवादी भनेर घोषणा गर्‍यो। उसले भन्यो हाम्रै कारण संसारको कुनाकुनाबाट मान्छेहरु आउँछन् यो राप्ती किनारमा। तर अहिले मानव राज्यसत्ताले पर्यटन विकासको नाममा विदेशबाट हात्ती र उँट ल्याएर हामी माथि अप्रत्यक्ष रुपमा शासन लाद्‍न खोज्दैछ। हामी यो हुन दिन्नौँ। एक सूत्रीय माग “गैँडाल्याण्ड” हुनुपर्छ। अन्त्यमा सबैले केटालाई भने – हाम्रो गैँडा समुदायमा अलि पढेलेखेको, बाहिरी कुरा बुझेको तिमी नै छौ, अघि बढ, साथ दिउँला।

केटोको संयोजकत्वमा “गैँडा मुक्ति मोर्चा” घोषणा गरियो। ” गैँडाल्याण्ड” को एक सूत्रीय माग राखी ३५ दिने अल्टिमेटमसहित ज्ञापन पत्र पेश गरियो । माग पूरा नगरे चरणबद्ध आन्दोलन गर्ने घोषणा गरियो। सरकारले कुनै सुनुवाई गरेन। अनि केटोको नेतृत्वमा गैँडा मुक्ति मोर्चाले ३६औँ दिनदेखि आन्दोलन छेड्यो। बर्दिया र शुक्लामा मोर्चाको औपचारिक शाखा नभए पनि त्यहाँको गैँडाहरुको पनि नैतिक समर्थन भएको प्रचार गरियो। निकुन्ज भित्रमा हात्ती प्रवेशमा रोक लगाउने, घाँसे भूमि नचर्ने, रुख बिरुवा नष्ट गर्ने, पर्यटकहरु आउँदा माइकेनियाको झाडीमा लुकेर नदेखिने जस्ता कार्यक्रमहरु भए। यसबाट पर्यटन ब्यवसाय धरापमा पर्ने भनेर पर्यटक ब्यबसायीहरुले आन्दोलन फिर्ता गर्न अनुरोध गरे।

मोर्चाले कसैको अनुरोध सुनेन। निकुन्जमा पर्यटकहरु कम हुँदै गए। ब्यवसाय घटेकोले होटेल र रेस्टुरेन्टहरु पनि बन्द हुँदै गए। अन्त्यमा सरकारले घुँडा टेक्यो, “गैँडाल्याण्ड” राज्यको स्थापना भयो। केटोले यो सम्पूर्ण गैँडाहरुको अनि न्यायप्रेमीहरुको जित भनेर सौराहामा आयोजित सभामा घोषणा गर्‍यो। गैँडाहरु विजयले मैमत्त भए। गैँडा राज अप्रत्यक्ष रुपमा अस्वीकार गरी बिस्तारै बाघ, हात्तीहरु अन्यत्र सर्दै गए । गैँडाहरुको मात्र उपस्थितिमा विविधता नभएको भन्दै पर्यटकहरुको संख्यामा कमी हुँदै गयो। जङ्गलमा बाघ, हात्ती जस्ता खतरनाक जनावरहरुको अनुपस्थितिमा शिकारीहरुले मौकाको फाइदा उठाए। धमाधम गैँडाको शिकार हुन थाल्यो। बिस्तारै बिस्तारै गैँडाहरु मासिन थाले। केटोले केन्द्रीय सरकारले “गैँडाल्याण्ड” लाई उपेक्षा गरेको अनी “गैँडा” हरु को अस्तित्व समाप्त पार्न बिदेशीको चालबाजी भएको भन्दै कडा सुरक्षाको साथ जावलाखेल चिडियाखानाबाट पत्रकार सम्मेलन गर्‍यो। उसको यस्तो बक्तब्य सुनेर बर्दिया र शुक्लाको गैँडाहरु रनभुल्लमा परेका छन्।

69 Comments

  1. लेख सारगर्भित छ .. तर कमेन्टहरु अधिकांश बकवास छन् ..

  2. राम्रो लागो राजेश जी ! यो कुरा हाम्रा देश क नेता हरुले बुज्न बेला र हाम्री जनता ल पनि राज्यसता को बिरोद गर्नु पर्ने समय भयको छ !

  3. शंघीयताको नाममा कति सुगा रटाई गर्ने लिम्बूजी ? सबै जात जातिको संघ सस्था खुलेदेखि नै एकले अर्कालाई हचुवाको भरमा त्यो जाति यस्तो र उस्तो भन्दै कुरा काट्छन् / आफ्नै जातजाति मात्र राम्रो मान्ने अनि कसैले वा अन्य जातिले राम्रो काम गरेपनि शिकायत गर्न गार्हो मान्छन् / अनि कसरी बन्छन् भावनात्मक स्वरूप सहितको शंघीयता राज्य ? झनै जातीयताको नाममा राज्यको नामकरण गरियो भने कस्तो होला ? के त्यहाँ एक जातिको प्रभुत्व हुदैन र ? के फेरि अल्पसंख्यक अथवा अरु जातिले अधिकार पाउनलाई हतियार उठाउनु नै हो त ? मलाई लाग्छ कि अब बन्ने संबिधानमा सबै जात जातिको हक र अधिकारलाई समेटेर एउटा समृद्ध, सम्मुनत र प्रणालीगत देश बनाउनु नै भलो हुनेछ /

  4. सबैथरिका ल्याण्ड बनेपछि एउटा ”गुन्डा एण्ड मुन्द्रेल्याण्ड” पनि बनाउदा कसो होला ! त्यसोगरे त्यो ”गुन्डा एण्ड मुन्द्रेल्याण्ड” देखि सोझा-साझा, समाजसेवी र पत्रकारहरु बेलैदेखि टाढा रहन सक्थे नि त !

  5. यतार्थ जहिले पनि अपाच्य र तितो हुन्छ – मिठो कुरा गरेर सबैको वाहि वाहि लिनु र बास्तविकतालाई लुकाउनु गलत हो – मैले जुन कुरा यहाँ हरु समक्ष्य राखे यो अहिले को जल्दो बल्दो राजनीतिक बिषय हो – यस बिसय लाई लुकाएर , कुना मा बसेर कुरा गर्नु भन्दा खुला रुपमा बिस्तृत बहस हुनु जरुरि छ – नत्र कुनै दिन बिस्फोट हुनेछ – त्यसमा कोहि अछुतो रहने छैन – आदि बाशी जनजाती हरु र एकीकृत माओबादी ले प्रस्तावित गरेको संघियता को स्वरूप भनेको उनीहरुको ऐहासिक पहिचान को लागि हो – छुट्टै राज्य माग गरेको होइन भन्ने बुज्न नसक्नु लाई बिडम्बना नै मान्नु पर्छ – सबैलाई मन पर्ने अमेरिका , क्यानाडा , अस्ट्रेलिया , स्विज़रलेन्ड र ब्रिटेन मा संघियता छ – uk मा scotland ,wales , northen Ireland र England गरि 4 संघिय राज्य को प्रारूप छ- संघियता गलत भए को भए uk को बिकाश नहुनु पर्ने हो – तस्तै scotish मुलका हरुले england मा बस्नु नपाउनु पर्ने होइन त ? switzerland को एक मित्र लाई university पददा भेटेको थिए तर उ german बोल्दो रहेछ -र त्यहाँ german , french .italian भाषा लाई official भाषा बनाइएको रहेछ –
    हामी बाहुनबाद मा बिस्वाश गर्दैनौ र बाहुनबाद को अवाधराना ल्याउने व्यक्ति हरु पनि बाहुन हरु नै हुन् – नेपाल का सबै बाहुन छेत्री धनि छैनन् – हाम्रो बिरोध हामी जस्तै निरिह बाहुन छेत्री को लागि होइन – नेपाल एकिकरण गरे देखि आज सम्म सत्ता मा बसेर देश लुट्ने भ्रस्टचारी खस हरुको लागि हो मात्र हो – राष्ट्र ले प्रत्येक नागरिक को प्रतिनितित्व गर्छ – तपाई हरु मध्ये कोहि जति सुकै धनि र शिक क्षित् भएपनि तपाई नेपाल बाट बिदेस जानु भयो भने बिदेशी ले “oh Nepal ! very poor country right ? ” भनेर नाक खुम्च्यौछ – जुनसुकै देश जादा पनि लाजै मर्ने गरि अनाबस्यक जाच गरिन्छ – केहि साथी हरुले क्षमता को कुरा उठाउनु भएको रहेछ – ठिकै छ जनजाती हरुमा क्षमता रहेनछ -तर हाम्रा क्षमतवान् खस नेताहरुले देस चलाएर अहिले संसारको अति गरिब राष्ट्र बनाउने योगदान गरेका छन् नि त – ठुला जलस्रोत हरु इन्डिया लाइ बिचेका छन् , मर्ने बेला मा पनि गिरिजाले कर्णाली इन्डियन कम्पनि लाई बेचेर गएछन, त्यस्तै लाखौ हेक्टर जंगल मास्ने र लोपन्मुख जडिबुट को अवैत निर्यात गर्न जनजाती हरुको क्षमत पकै पुग्दैन- ३०-३५ लाख नेपाली नागरिकता त केहि वर्ष अघि मात्रै इन्डियन हरुलाई दिलाएका छन् – तस्तै सन् १९८१ -१९९१ सम्म मा लगभग १८ लाख भारतीय हरुले नेपाली नागरिकता लिएको छ (डा. हर्क गुरुङ ) – त्यस्तो राष्ट्र बादी काम गर्ने खस नेताहरुनै हुन् किनकि हामी आदि बसी को योग्यता ले पुग्दैन – कि कसो त साथी हरु !
    पुर्बी नेपाल को लिम्बुवान को कुरा – विसं १८३१ साउन २२ गते दस लिम्बुवानका गणप्रमुख र राजा पृथ्वीनारायण शाहबीच सम्झौता भएपछि अरुण र सप्तकोसी पुर्व को लिम्बुवान नेपाल मा गाभिएको हो – लिम्बुवान अरु राज्य जस्तो पराजित भएर नेपाल मा एकीकरण भएको होइन -उक्त सन्धि पत्र अझै पनि लिम्बुवान मा अभिलेख को रुपमा सुरक क्षित् छ- यस अर्थमा लिम्बुवान बाहेक अरु जात जातिले जातीय राज्य माग्नु असंधर्विक हुन्छ – गोर्खा फौज मा पराजित भएर लाखौ खम्बुवान बासी राई हरु लिम्बुवान मा सरन लिन आएर लिम्बुवान मा बसाई सरे – कति राई हरु बिहारमा सरण लिन पुगे – कति दार्जीलिंग र सिक्किम तिर भागे – केहि वर्ष अघि मात्र बिहारमा ५०,००० राई हरु रहेको पत्त्ता लग्यो – पूर्वी नेपालमा खस र अन्य जात जति हरु धेरै पछि मात्रै आएका हुन् – हाम्रो आदि भुमि लिम्बुवान मा हामीले सबै अन्य जातजातिहरुलाई स्वागत गरेका छौ तर अहिले हामी आपनै घरमा अल्पमत मा छौ – लगभग २७% होला अनि हाम्रो प्रतिनिधत्व कसरि हुन्छ ? हामीले नेपाल रास्ट्रको एउटा राज्य लाई पहिचान को आधारमा लिम्बुवान नामकरण गरौ भन्दा हामीले के बिरायेउ त ? हुनत केहि अल्प बुद्दी भएका लिम्बुहरु ले गर्दा केहि नकारात्मक संदेश पनि गएको छ – तर बौद्धिक लिम्बू जमात ले सबै जातजाति हरुलाई समेटेर लिम्बुवान राज्यको माग अघि बढाई रहेको छ -किनकि लिम्बूवान भनेको भूगोल हो -त्यस भूगोल मा सबै नेपाली नागरिक हरु बस्नु पाउनु पर्छ – यसमा बाहुन छेत्री र अरु जनजाति हरुले पनि सहयोग गरेर सौहर्दता देखाउनु वहा हरुको महानता हुनेछ –
    त्यसैले समस्या देखि नाभागौ , नडराऊ यसलाई बहस गरौ र समधान निकालौ – सबैले एक अर्कालाई सम्मान गर्न सिकौ र सिकाउ !!
    जय नेपाल , जय राष्ट्रबाद !!

    • १) मित्रलाई एउटै भाषा संस्कृती भएको देशको मात्र ज्ञान रहेछ अपबादमा switzerland त्यहा भने धेरै भाषी बस्छन् , साथी सुडान, सोमालिया को उदाहरण पनि दिनुस् न ,
      २) तपाई मलाई प्रमाण दिनुस २०६२–२०६३ पश्चात कहा भयो संघियता को माग, भलै २–४ जना कार्यकता भएका जातिय पार्टी बाहेक, टाढा नजाम न मित्र,
      ३) जनता १०० प्रतिशत शिक्षित भएको देशमा जस्तो प्रकारको संघियता लगाए पनि केही फरक पर्दैन, अशिक्षित नेपालमा त्यस्तो नियम लगाउनु बहुदलिय निरङकुशता लादनु हो ।
      ४) नेपाली मुखी शासन हुनु पर्यो नि राई, मगर, नेवार , थारु मुखी होईन,
      ५) केन्दकृत शासनमा त चाम्लुसी छ भने संघिय शासनले चापलुसीलाई कति मलजल गर्छ होला आफै अनुमान गर्नुहोस् ।
      ६) जनमत संग्रह गनुस् ७५∞ नेपाली संघियताका विरुद्घ मा छन् ।हावामा पश्चिमी मुलुकमाको संघियता मोडलमा पछाडि लाग्ने ।
      ७) १–२ वर्ष विदेश बसेर आउनुस अनि थाहा हुन्छ राष्ट्रियता को महत्व।

      खस भाषाको domination भयो भन्ने मित्रहरुलाई म के भन्दछु भने , यदि खस भाषाको नभएको भए अहिले मैले हिन्दी भाषा मा लेखिरहेको हुन्थे कि बिहारी मा ।
      साथी बुझ्नुस न सत्यता आजका नेताहरुले हिजो केहि गरेनन् , राजनितीमा त लुट्नु छ विकास गर्छु भन्ने भाषण त पुरानो भयो अनि नया त केही गर्नु पर्यो अनि राखिदियो नेपालको नया नाम संघिय नेपाल, उनीहरु त मन्त्री भएका नै छन् साथमा कार्यकर्ताको लागि राज्य तहमा । अनि हामीले पाउने जातिय प्रत्यारोप, क्षेत्रिय सिमाना, पाईला पाईलामा कर अनि गरिबी माथी गरिबी ।

      • रवि जी !
        १) हामीले अनुसरण गर्नु पर्ने भनेकै सफल राष्ट्र को हो – अर्को uk एउटा मात्र भाषा संस्कृति भएको देस होइन – त्यहाँ iris ,scotish , wales र english भाषा र संकृति छ र मैले आज सम्म मा iris हरु जत्तिको राष्ट्र बादी मान्छेहरु भेटेको छैन – क्यानाडा मा Nunavut मा innuit र Quebec मा फ्रेन्च हरुको लागि राज्य बनाएको छ

        २) जातीय राज्य को मुद्दा माओबादी ले नउठाएको भए माओबादी उचाई मा पुक्ग्दैन थियो – माओबादी यो कुरा बाट पछि हट्योमा , माओबादी भित्रका जनजाति हरु ले पकै बिद्रोह गर्नेछन – अर्को कुरो पूर्वी लिम्बुवान २०२१ सालमा भूमिसुधार को नाम मा लिम्बू हरुको अधिकार खोसे पछि भूमिगत पार्टी हरु संचालित थिए – पंचायत कालमा पनि बीर नेम्वांग ले लिम्बुवान मुक्ति मोर्चा भन्ने भूमिगत पार्टी संचालन गरेर लिम्बुवान राज्य को कुरा उठाएका थिए

        ३) तपाइलाई UK र अस्ट्रेलिया को उदहारण दिन्छु – यहाका ३० % भन्दा कम मान्छे हरु मात्रै राजनीति मा चासो राख्छन – यहाँ का मान्छे साकक्षर् छन् तर तपाइले भने जस्तो १०० % शिकक्षित् छैनन्

        ४ ) तपाइले ठिक भन्नु भयो – हामीले चाहेको पनि नेपाल मुखी नै हो तर यहाँ बाहुन,छेत्री,नेवार र बिहारी मुखी शासन मात्र भइ रहेको छ ! देश को विकास गरेको भए, भ्रस्टाचार नगरेको भए,नदीनाला नबेचेको भए , बिहारीलाई नागरिकता बितरण नगरको भए हामी ले सायद छुट्टै राज्य को कुरा गर्नु जरुरि थिएन

        ५) जनजातीहरु स्वभाव ले कम लालची हुन्छ – उदाहरण मेरै लिनुस – म भोकै बसेर मर्न तयार छु तर म अरु को सामु झुक्न सक्दिन र मलाई सम्पति सग पटक्कै सरोकार छैन -अर्को कुरा संघियता भएमा राज्य स्तरमा के कस्ता निर्णय हरु भइरहेका छन् जनताले निगरानी राख्न सजिलो हुन्छ – अनि संघियता मा नगई त्यहाँ चापलुसी हुन्छ भनेर ठोकुवा गरि नहालौ न साथी !

        ६)जनमत संग्रह गरेमा पनि नेपाल को ५५ देखि ६०% जनजाती छन् उनीहरु जातीय संघियता चाहन छन् – नेपाल को बाहुन छेत्री र आप्रबासी धोति हरु दुवै हिन्दु धर्म माने पनि उनीहरु फरक हुन् – हामी बिहारी लाई नेपाली मान्दैनौ

        ७) तपाई ले भने जस्तै मैले UK र अस्ट्रेलिया मा अध्यन गर्ने मौका नपाएको भए मैले रास्ट्रीयता नबुझ्ने थिए – नेपाल गरिब हुनका कारण धेरै छन् – सक्नु हुन्छ भने तपाई हामी सबै विदेश पढेका हरु नेपाल फर्कनु पर्छ भन्ने मेरो आग्रह छ
        [email protected]

    • लिम्बु जी धेरै इतिहास को कुरा गर्नु भयो . लौ अब भन्नुहोस त तपाईले रटान गरि रहनु भएको लिम्बुवान हो कि पल्लो किरात ???

      • प्यारो बल बहादुर जी,
        गोर्खा राज्य ले नेपाल एकीकरण गरेपछि कर असुल्न सजिलो होस् भनेर पल्लो किरात, माझ किरात र वल्लो किरात भनेर नामकरण गरेका हुन् – त्यस भन्दा अगाडी सोह्र खम्बु हरु ले खम्बुवान मा राज्य गर्दथे र लिम्बुवान मा लिम्बु हरुको अतिरिक्त दस मझिया जुन याक्खा हरुले राज्य गर्दथे – लिम्बुवान भनेको दर्जेलिंग र सिक्किम पनि हो – हाम्रा किराती खम्बु र सुनुवार दाजुभाई हरु ज्यादै निस्क्रिय भएको कारण अहिले लिम्बूवान को मात्र बढी चर्चा भै रहेको छ – इतिहास अनुसार तामाकोशी पुर्व देखि सिक्किम सम्म किराती हरुको आदि भुमि हो I

  6. साथी हरुहो पहिला संघियताको वास्तविक अर्थ के हो बुझ्नुहोस्, नेताहरुले व्याख्या गरेजस्तो नबुज्नुहोस..अनि मात्र बहस गर्दा ठिक होला, गूगल मा येस्सो federalism भनेको के हो र के होइन भनी पहिला search गर्नुस अनि तपाइंले आफ्नो विचार राख्दा ठिक होला भन्छु म…आफ्नो काबलियातले हिड्ने हो भन्छन कोहि साथीहरु तर हिड्न नसिकायेस्सम्मा कोहि हिड्न जान्दैनन्…..एउतै देशको नागरिक हौँ बराबर अधिकार पाउनु परयो नि…सरकारी अड्डामा जाँदा हामी जस्तै चिम्से, चेपते पनि देख्न पाउनु परयो नि…तपाईं भन्नु होला सरकारी जागिर खानु पनि खुबी हुनु परयो नि…अनि हामी भन्छौ हामीलाई पनि त्यो अवसर मिलाई दिनु परयो नि..EQUITY को कुरा हो साथीहरु..मेरो दुइ पैसाको विचार

  7. नेपालि ले
    राजतन्त्र माने ,राजतन्त्र को सोषण मा परे ,
    प्रजातन्त्र चाहे ,प्रजातन्त्र को बिकृति पाए ,
    नेपालि ले लोकतन्त्र को कुरा गरे पाए ,लोकतन्त्र को बिकृति भोग्दैछन ,

    घाम जस्तै छर्लंग छ यो कुरा |
    संघियता को बहस गर्दैछन ,बिखन्डन भेट्टाउछन्|
    तेस्पछी को स्थिति कल्पना गर्न पनि न राम्रो लाग्छ |

  8. सर्ब प्रथमत राजेस- जी लाई अत्यन्तै समसमायिक लेखको लागि- Two Thumbs Up!

    म पनि छेत्रीय नामकरण अनुसार माझ-किरात भोजपुर जिल्लाबासी हुँ। पूर्बका पहाडी लगायत मधेशी जिल्लाहरुमा स्वयतता अनि शंघियताका नाममा बेला -बेलामा गरिने स्वघोषित लिम्बुवान र खै के-के लिंग्देंनको नेतृत्वमा हुने बन्द र हडतालले त्यहाका जिल्लाबासीहरुले खेप्नु परेको सास्ती र हैरानीको भनेर साध्य छैन। जहाँ लिम्बुहरु कुल जनसंख्याको प्रतिनिधित्व ३०% पनि छैन अथवा २७.५% मात्र छ। यसैगरि : छेत्री- १५.१, राई- १३.२, बाहुन-१२.२१।

    बिश्व मानचित्रमा नेपाल रायोको दानाझै अङ्कित देशलाई दश बर्षे द्वन्दकालमा विभिन्न जात, धर्म, गुट र उपगुटमा बिभाजन गरेर राष्ट्रिय अखण्डताको भुमरीमा पार्ने श्रेय प्रचण्ड खलक लाई जान्छ, जुन बिजारोपण गरेको बिउ झागिएर आजको यो भयाबह रुपमा आइपुगेको हो। त्यसैपनि यति सानो तर खिचडी जस्तो ८० भन्दा बडी भाषा- भाषी र जात – जति भएको देशमा जाति , धर्म, र भाषाको आधारमा छुट्टा-छुट्टै राज्य र प्रदेश खोज्नु असम्भव मात्र होइन, जुन हास्यास्पद र घातक छ। अन्यथा यो देशले छिट्टै भारतको पन्जामा पुगी सिक्केमे हबिगत भोग्नुपर्ने हुन्छ ।

    पहाडेलाई मधेसी चाहिन्छ मधेसीलाई पहाडे। कमीलाई थामी चाहिन्छ, जिरेललाई भुजेल चाहिन्छ, अनि येसैगरि चुच्चेलाई नेप्टे चाहिन्छ, नेप्टेलाई चुच्चे, अथवा छोटकरीमा एक आपसी हातेमालो र मेलमिलापमै हामी सबैको भलो छ

    • नेपाली जनता माथि राज गर्ने बाहुन ठकुरीहरुले यस्तै मिठो सब्दहरूको प्रयोग गरेर अन्य जातिहरुमाथि शासन चलाए । पञ्चायत अनि राणाकालमा त त्यो अवस्था थियो नै अहिले संघीय णतन्त्रको संघारमा आइपुग्दा पनि यस्ता सामन्तवादी चरित्रहरूको कमि रहेनछ ।

  9. एस्तो समाचार पढ्न पाउदा खुसि लाग्यो त्यसको निम्ति धन्यवाद को साथै प्रगतिको कामना………………..

  10. शिक्षा मा समानता, रोजगार मा समान अबसर, सर्बसुलभ स्वस्थ अधिकारको लागि लड्नु त कता हो कता “गैडा ल्याण्ड” जस्तै सबै लाइ राज्य चाहिएको छ, मानौ राज्य (जादु को छडी) पाए पछी सबै समस्या एकै झड्कामा समाधान हुन्छ !! जोगी को घर मा सन्यासी पाहुना भने जस्तै, आफै कंगाल राज्य ले कस कस का माग सम्बोधन गर्न सक्छ !!!
    साघुरो सोच कदापी अग्रगामी हुन सक्दैन !!!! अहिले कथित् “मदेश स्वराज” हेर्नुहोस कसरि ३० दल मिलेर सरकारी अनुदान पचाउने काम गरिरहेका छन !!!!!

  11. तितो सत्यका प्रख्यात पात्र “निर्मल सर” को घरलाई पो गैंडा-ल्याण्ड घोसणा गरेर एक छिन का लागि रमाइलो गर्ने हो कि?

  12. राई सरले अधिकार र भौगोलिक नामकरण को भिन्नता बुझ्नु भएन जस्तो छ. अधिकार मागिएको हो छुट्टै देश होइन. यो देशको हरेक नागरिक ले देशको हरेक अहोदामा पुग्ने अधिकार पाउनु पर्छ. Mainstreaming होस् भनि अधिकार मागिएको हो नकी छुट्टै मुलुक. इतिहास फर्केर हेर्नुस. तपाईं तेही इतिहास दोहोरौनु चाहनुहुन्छ कि सबैलाई समेटेर बनाएको अधिकार सम्पन्न भएको देश हेर्नु चाहनु हुन्छ. अर्थ ठिक्कै छ तर म कुरा गर्छु agra को तिमि कुरा गर्छौ गाग्राको जस्तो भयो नि…

  13. यो लेख ले दिन खोजेको संदेश घाम जस्तो छर्लंग छ | हामि सबै नेपाली हरु एक आपसमा सदभाव राख्दै eutai छाना मुनि मिलेर बसेमा नै हामी सबैको कल्याण हुन्छ ! जय नेपाल !!

  14. देश यो बेला शिसा चर्के झैँ टुक्रा टुक्रा हुनलाई उन्मुख भएको छ सकभर संघियतामा नै जानु पर्छ भने, देशको सोरत, साधन र आर्थिक अवस्था हेरेर थोरै प्रदेश र भौगोलिक आधारमा जाउ कुनै पनि देशको नागरिकले जाति धर्म र भाषाको आधारमा अधिकार पाउने होइन हामी आफै सचेत हुनुपर्दछ होइन भने भोलि, आफ्नै घरको सदस्यसँग अधिकारको कुरा नउठला भन्न सकिन्न राजेश जी घुमाउरो तरिकाले राम्रो.लेख लेख्नु भएकोमा धन्यवाद

  15. राजेशजी ,यस्तै छ यहाँ ,कहिनभाको जात्र हाडी गाउमा | आफ्नै बाबुको बिर्ता झैँ देशलाई विखण्डित रुपमा पो नामकरण गर्न खोजेका छन् गाँठे | कोहि जेस्ठ १४ को रात गुजारी ५ बुंदे सहमतिमा संबिधान सहभा को म्याद थप्दै ,फेरी भाद्र १४ मा संबिधान बन्दैन भन्दै आन्दोलन तर्फ लाग्ने घुर्की देखाउदै छन् ,के गर्न र जनतालाई के सन्देश दिन खोजेका हुन् कुन्नि ? हुदा हुदा चुरे भावर भन्ने जस्ता पार्टी समेत हुँ कर गर्दै छन अरु ले किन नगरुन |

  16. राजनीतिलाई ‘कमाउ नीति – स्वार्थ नीति ‘ नियत लिएका बुझ्झक नेताहरुले
    गैडाल्याण्ड जिन्दाबाद भन्दै भासन छाट्दै राजनीति गरिनै रहने छन् तर जो
    देश र सम्पूर्ण रुपमा सम्पूर्ण जनताको लागि भनेर सोच्छ उसले अब
    गैडाल्याण्ड — मूर्दाबाद ! भन्ने नै छ ! यो देश भक्त नेपालीहरुको दाबा हो !!!
    राजेश जी लाई धेरै धेरै धन्यबाद जातियाबाद के के जाति बाट माथि उठी
    ” नेपाली ” बनेर लेख लेख्नु भ को मा .
    आफ्नै आखा अगाडी जे हुदै गैरा’छ त्यो देखि देखि सचेत नेपालीले यो जात र
    त्यो जात भन्ने राजनीतिको पछी लाग्ने छैनन् ! राजेश जी ति तमाम् सचेत नेपालीहरुको प्रतिनिधि पात्र हुँन् —-
    आशा जाग्छ यस् किसिमको लेख पढ्दा नेपालको भबिस्य अध्यारो हुने छैन भनेर ।

    • भनेपछि गैंडाल्याण्डको माग गर्दैमा खाँटी गैंडाहरू नै देशद्रोही भए ? लुनाजी, कृपया गैंडा र उँटबीचको फरक छुट्याउने प्रयास गर्नुस् । यस्तै अतिवादी सोचकै कारण हो हाम्रो देशमा मूर्दाशान्तिलाई शान्ति भन्नुपर्ने; अनि यो कुरा बुझेर पूर्ण शान्तिको बाटो पहिल्याउन खोज्न द्वन्द्व वा विद्रोहमै जानुपर्ने ।

    • लुनाजी! गैंडा सचेत भयो भनेर बाघ र हात्तीहरुलाई ठुलै पिरलो हुनसक्छ | उनीहरुको मनसाय त गैंडालाइ संधै अचेत राख्नु हो| गैंडाले गैंडाल्याण्ड खोज्दैमा पाउने पनि होइन र जंगलमा बाघहरुको रजाईं पनि धेरै दिन चल्दैन| जातीय नारा चैं बार्गेनिंग हो, मोलमोलाई हो| यसबाट आकाशै खस्छ जस्तो हौवा पिट्नु बेकार हो| राजा नरहे देश रहन्न र कांग्रेस नरहे प्रजातन्त्र मासिन्छ भनेर बिगतमा खुबै कुर्लेका थिए| राजा गुल्टेको पनि पांच बर्षभन्दा ज्यादा भैसक्यो,देश त अहिलेसम्म सग्लै छ; कांग्रेस स्खलित हुँदैछ, तर लोकतन्त्र अझ कस्सिलो हुँदैछ| त्यस्तै संघिय राज्य भए देश टुक्रिन्छ भन्ने कुरो निराधार हो| आइरिश, स्कटिश र अंग्रेज जातीय राज्यहरु एकै संयुक्त्त अधिराज्यभित्र अंटाएकै छ त ! त्यसरी नै लिम्बुवान र मगरातहरु पनि मिलेरै घरजम गर्छन |

  17. त्यस्तै त छ, मधेसी टाइगरल्याण्ड, पहाडे च्यांग्राल्याण्ड, मध्यमा कतै गैडाल्याण्ड, कतै खसीबोकाल्याण्ड | अनि छुट्टा छुट्टै जंगलको प्रतिनिधि गैडा, टाइगर, बोका च्यांग्रालाइ नियन्त्रण गर्ने सिंह चाहि नेपालमा छैन, विदेशबाट आउनु पर्ने हुन्छ | गैडामात्र होइन सबै जन्तुको अस्तित्व खतरामा छ | खबरदारीको लागि धन्यबाद |

  18. राजेश जी ले कत्ति सजिलै संघियता नराम्रो हुन्छ भनेर एउटा ब्यङ्ग कसिदिनुभो,वाह वाह पाउनु भो तर संघियता वहाको ‘गैडाल्याण्ड’ जस्तो होइन न कुनै हात्ती र बाघ ले छोडेर हिड्नु पर्ने स्थिति सिर्जना हुन्छ । संघियता अरु देशमा पनि छन् के सबै टुक्रिएका छन् ? संघियताको गलत अपब्याख्या गरेर भ्रम छर्ने कोसिस नगर्दा राम्रो होला । बिहारी हरुले पनि अपब्याख्या गरेर एक मधेशको कुरा गरे जस्तो ‘लाटोको देशमा गाड़ो तन्नेरी’ हुने काम नगर्दा सबैको भलो हुनेछ । मन नपरे रातो…

  19. राजेस जी !!!!! टुक्रिएका मनहरुको व्यंगात्मक चित्रणको लागि. बर्तमान नेपाली नेतृत्वको मनोभावनाको आन्तरिक उजागरण . पुन: एकपटक सधुबाध!

  20. हा हा हा ! सानो छदा अन्धा हरु को जमात ले हात्ती कस्तो हुन्छ भनेर बर्णन गर्दा कसैले नाग्लो जस्तो ,कसैले खम्बा जस्तो र कसैले भित्ता जस्तो हुन्छ भनेको जस्तै यो लेख मा लेखक ले वास्तविक बिषय बस्तु नबुजी सतही रुपमा जातीय राज्य प्रति नकारात्मक ब्यङ्ग गरेका रहेछा छन् – लोकतन्त्रमा सबैले आपनो विचार सव्य र सिस्टता पुर्बक राख्न पाउनु पर्छ – जातीय राज्य ले देश टुक्रिन्छ भन्नु भनेको संकुचित विचार को उपज हो र नेपाल को आदिबाशी जनजाती हरुलाई उनीहरुको मौलिक हक अधिकार बाट बन्चित गर्नु हो – अहिले जो-जसले जातीय राज्य को कुरा उठाई रहेका छन् उनीहरुले छुट्टै देश मागिरहेका छैनन् उनीहरुले केवल ऐतिहासकी पृष्ट भूमिका आधार मा राज्य को नामकरण गरियोस भनेर माग गरेका हुन् – आजभन्दा ८० बर्से वृद्द लाई नेपाल कहाँ छ भनेर तपाई हरु कसैले सोध्नु भयो भने उसले काठमाडौँ लाई मात्र नेपाल हो भन्छ – त्यसतै सुदुर पूर्वी नेपालको लिम्बू बृद् हरुलाई सोध्नु भयो भने उनीहरुले आफु लाई दस लिम्बुवान बाशी भनेर भन्छन – किनकि उनीहरु नेपाली बाशी हुनु भन्दा हजारौ वर्षअघि देखि किरात देश को लिम्बुवान बाशी थिए – त्यसतै गरेर पशिम नेपालको मगरहरुको राज्य , गुरुङ हरुको राज्य र खस हरुको राज्य अनि काठमाडौँ को नेवार हरुको नेवा राज्य लाई राज्य को नामकरण गर्दा किन यत्रो आपत्ति ? कि नेवा राज्य को सट्टा मुसलमान राज्य राक्ने ?
    पृथ्वी नारायण शाह ले भौतिक रुपमा नेपाल को एकिकरण गरे पनि नेपालीहरुको भावनात्मक एकिकरण गरेनन – अहिले सम्म को इतिहासमा मरिच मान सिंह श्रेष्ठ मात्र एक गैर खस नेपाल को प्रधान मन्त्रि भएका थिए – अब तपाई हरुनै भन्नु होस् के नेपाल का खस हरु का अलावा मगर,गुरुङ,थारु,तामाङ्ग, राई लिम्बू हरु चाही प्रधान मन्त्रि कहिले हुनु नपाउने ? के गिरिजा ले लिम्बुहरुको प्रतिनिथित्व गर्छ ? काठमाडौँ उप्तयाका ज्यापू हरु को नेता विद्या भण्डारी कसरि हुन सक्छ ? त्यस्तै सुदुर पश्चिम को खस हरुको नेता लिम्बू हुन सक्छ ? प्रसासन देखि कलेज ,बिस्वबिथालय जहाँ पनि खस र मध्य-देशी (बिहारी अप्रवासी ) हरु मात्र छन् – भाषा को कुरा गर्दा हामी आदिबाशी हरुले नेपाली भाषा लाई बाध्यता ले भए पनि आपनै मात्री भाषा मानेर ग्रहण गरेउ -नेपाली भाषामा धरै कविता लेखियो , गीत गाइयो, नेपाली मै बाझियो , नेपाली मै बाचियो – अहिले अंग्रेजी भाषा नेपाली जतिकै आए पनि मलाई नेपाली नै प्यारो लाग्छ – तर अहिले नेपाल का खस नेताहरुले नेपाल मा निर्बाद रुपले हिन्दी टि.भी हरु खोल्नु दिएका छन् -हिन्दी फिल्म ,गीत हरु लाई लाई अत्यधिक प्रोत्साहित गरिरहेका छन् – अब उनीहरु हामी सबै जनजाति लाई हिन्दी भाषा लादी रहेका छन् र भारती करण गर्न लागि परेका छन् – यी सब बिकृति लाई रोक्न का लागि नेपाल मा जातीय राज्य चाहिन्छ – तर आत्मनिर्णय को अधिकार दिनु हुदैन -यसो गरे नेपाल का आदि बसी जनजाति हरुले पनि राज्य संचालन र बिकाश मा योग दान गर्न सक्नेछन –
    जय नेपाल !

    • किशोर जी….जातिय राज्य ले देश टुक्रदैन भने नेपाल हुनु भन्दा को अगाडी को नेपाल जातिय नभए को भए किन पृथ्बी नारायण शाह ले एकीकरण गर्नु पर्थ्यो तेत्तिकै नेपाल भने भैहाल्थ्यो नि, पृथ्बी नारायण शाह ले भावनात्मक एकीकरण नगरेको भए मा कास्की को गुरुङ कसरि तपाई लिम्बु संग नेपाली को नाता ले जहाँ पनि जुन देश मा पनि बोल्छु होला त? मैले त यो लिम्बु हो किन बोल्नु भनेको जस्तो त लाग्दैन.तपाई हरु जस्तो बृहत सोचाई राख्ने मान्छे ले गर्दा देश आज यो अवस्था मा छ, अनि अर्को कुरा काठमाडौँ का नेवार को भावना बुझ्ने जो कोहि ले पनि उनीहरु को नेतृत्व गर्न सक्छ चाहे त्यो सुबेदी होस् चाहे त्यो लिम्बु नै , खस् हरु लाइ दोष दिनु भन्दा पहिले हामि आफ्नो सक्छेमता हेरौ ..जो कोहि पनि प्रधानमत्री हुन सक्छा ..आफु छेमतावन भए कसै ले देला र खुला भन्नु छैन, मरिचमान सक्छम थिए खाए .मलाई जातिय राज्य भन्दा अझ तमुवान भन्दा सिङ्गो र बलियो नेपाल नै प्यारो छ.जय नेपाल .

    • लेखकले स*घियता नबुझेको होकी लिम्बु जी ले लेख नबुझ्नु भाको हो त्यो चै सोचनीय नै छ है .

    • किशोर जी एक भाषा एक संस्कृती, एक धर्म भएको देशमा मात्र संघियता सफल हुन्छ, वास्तवमा संघियता रामै हो तर बहु भाषिक, बहु जाति बहु संस्कृती भएको देशमा वर्तमान नेताहरुको पछाडि लागि बोल्नु भनेको चम्चा गिरी हो भन्ने एक नेपालीको ठम्याइए छ । हाम्रो भाषा, जात संस्कृती बचाउनु पर्छ भन्दैमा इतिहास पल्टाई अरजकता फैलाई घर घरमा नेता, चम्चा जन्माई जम्बो मन्त्री मण्डल बनाई १४ मुख्य मन्त्री बनाई भाग बण्डा तन्त्र बनाउन त पाईएन ,
      राष्ट्रियताले एकता जन्माउछ, नेता गिरी र प्रदेश होईन ।
      अल्पसंख्यक, जनजाति, दलित, मदेशी हरु विगतको इतिहासमा अपहेलित भएका नै हुन् तर यसलाई नै राजनैतिक एजेण्डा बनाई संघियता बन्छ अनि सब ठिक हुन्छ भन्नु जनताले खेति नै नगरेको फल स्वादिलो छ भनेर जनतालाई देखा देखि मुर्ख बनाउनु हो। साथी तपाई नै भन्नुस संघियताको लागि भनेर जन सागर नेपालको कुन ठाउमा कहिले उरल्यिको छ , मैले त भुई फुट्टा वर्गका एकाध मान्छे बटुली आफ्ने जातिलाई फाईदा हुने नारा मात्र पाएको छु । शिक्षा, स्वास्थ्य, रोजगाार, विकास लाई बगिकरण गर्नु पर्छ जुन विगतमा भएन साचै बाहुनवाद र खस डोमिनेशन भयो तर त्यसको रिसिबीमा फेरी देशलाई उही पुरानो दिशा तिर धकेल्ने त । संघियता राम्रो हो साथी तर नेपाल कत्रो छ भनेर बुझ्न त पर्यो नि।
      नेपाल विकास नहुनु बाहुनवाद मात्र होईन साथी, असफल राजनैतिक ब्यवस्था ,एक विदेशी निती नहुनु, राजनैतिक भत्तिकरण हुनु, सरकारी संयन्त्र चुस्त नहुन हो नि साथी। भाग मात्र खोज्दा सबैलाई दिन पर्यो नि साथी नेपालको सबै जाति सबै नेपाली माग्छन् भनी दिदा ठिक हुन्छ । तर मैले त मागेको नै थाचैना सिमित नेता भनौदा बाहेक

    • यस्तै यस्तै संकीर्ण सोचाईले हो देश बिगारेको …!!. चाहे त्यो लिम्बु नै होस्, वा खस् होस् वा नेवा: होस् वा थारुहट होस् कुनै पनि जाति प्रजातिको आधारमा छुट्याउदैमा देश एकीकरण हुन सक्दैन बरु उल्टै टुक्रयाउने मति हो यो ..!! सर्बप्रथम त् भावना हुनुपर्यो सबैको प्रतिनिधित्व गर्न सक्ने अनि मन हुनु पर्र्यो नेपाली !! सबैको जाति, भाषा, संस्कृति, परम्पराको सम्मिश्रणले पो देश बन्छ!! सबै अलग अलग हुने भए त् किन चाहियो नेपाल,किन भन्नु पर्र्यो नेपाली….??

      जय नेपाल, जय नेपाली ..!!
      बस! सबैको मुखबाट यही सुन्न पाइयोस !!

    • लिम्बु जी
      तपाइको बुझाइ बिल्कुल गलत हो | अरु ले नेपाल बिखन्डन गर्न ओकलेको बिष तपाइँ हरुले अमृत ठानेर बटुल्नु भयो ,मन मस्तिस्क मा भर्नु भयो |
      के यो बिचार तपाइको मौलिक हो ??
      तपाइँ को पिता पुर्खा को दिमाग बाट उब्जेको हो ?
      कहा बाट यो बिचार लादियो ,? के का लागि लादियो ? यो किन समाज मा मौलाउदै छ ?एसले देश कतातिर लादै छ ?
      यो गलत फिलोसोपी जुन सत्य हो कि भने जस्तो लाग छ | यो मिठो बिष नेपालि माटो मा रोपिए को छ |
      ” धेरै भन्दा धेरै नेपालि युवा ,लाइ देश मा द्वन्द फैलाएर ,बेरोजगारी फैलाएर विदेश लखाटने . नेपाल लाइ बिहारी ले भर्ने चाल बाजी मात्र हो ”
      बेलैमा आखा खोलिनु पर्छ ,नत्र ढिलो हुन्छ |
      राइ जी को सोचाइ सहि ,तपाइको पूर्ण गलत हो |
      न रिसाउनु होला |

    • गैंडाहरुले चिन्हारी मात्र खोजेको हो, गैंडाल्याण्ड खोज्यो भनेर हल्ला गर्नेहरु बाघहरु हुन |

      • जातीय संघीयतालाई सटिक र सरलरूपमा पस्किनुभो शशांकजी । साधुवाद । गैंडा र उँटबीचको फरक छुट्याउन नसक्नेहरूकै रडाकोका कारण आज खाँटी गैंडाहरू विस्थापित भएर उँटहरूको बिगबिगी भइराछ, र यो सुन्दर अनि हराभरा भूमिलाई मरुभूमिमा परिणत गरिरहेका छन् ।

        आफूले पनि केही गर्न नसक्ने अनि अरुले दिएको उपायलाई बुझ्नेसम्म कोशिस नगर्नेहरू अरुले आफूलाई यथास्थितिवादीको आरोप लगाएको आरोप लगाउँछन् । वास्तवमा यो यथास्थितिवादीमात्र होइनन् प्रतिगामी चरित्र पनि हो । कि त दिनुपर्यो नि अन्य उपायहरू; होइन भने गैंडाको जायज मागलाई लत्याउन उँटको सहारा लिनु सामन्तवादी चरित्र हो ।

      • चिनारी को लागि आफ्नो छुट्टै सेना , सिमा नै हुनु पर्ने रहेछ कि ?

        अध्यान ,अनुसन्धान र अरु नेपालि सरह मूल धार मा रहदा चै चिनारी हुदैन क्या ?
        यो सब कुराहरु नेपाल प्रति कुटिल नियत राखेर उब्जेका हुन् | अलिकति सोचेर हेरौं न ,बाहुन बाद ले लादेको देश ,पुरा बाहुन छेत्री ले नै राज गरेको देश मा ,उनीहरु को आफ्नै हाट मा डाडु ,पनेउ भएको देश मा उनीहरुले राज्य को माग न राख्नु चै के बोल्न न जानेर हो कि ?
        अथवा उनीहरुको कुनै राज्य न भएर हो कि ?
        थोरै नै भए पनि उनीहरुको पनि जनसंख्या त् होला |
        तेसैले यो बडो संकास्पद कुरा छ | आज येत्रो समय बितिसक्यो संबिधान बन्न सकेको छैन |

        • शंकरजी,

          कहाँ बाँकी रहेको छ र चिनारी अहिले नेपाली जात-जातिहरूको ? खासगरी आफ्नै भाषा, संस्कृति भएका जात-जातिहरूको । विश्वव्यापीकरणलगायत विभिन्न कारणले धरापमा पर्दै र लोपोन्मुख हुँदै गएका छन् । हाम्रा जात-जातिहरूको पहिचान, संस्कृति, भाषा, रहनसहन, आदि । हेक्का रहोस्, जातीय राज्यको परिकल्पना पनि जातीय ऐतिहासिक पृष्ठभूमि, आफ्नै भाषा, संस्कृति, आदिका आधारमा गरिएका हुन् । नेवारको जाति उपत्यकामा रहेको ऐतिहासिक, सांस्कृति, भाषिक पृष्ठभूमि भएजस्तै बाहुन वा क्षेत्रीहरूको पनि छ भने दावी गर्दा हुन्छ । आखिर उनीहरूकै पहिचान संरक्षणको प्रश्न हो यो । सक्नुहुन्छ भने यी सबलाई जोगाउन के गर्न सकिन्छ भन्ने सुझाव दिनुहोस्, होइन भने सम्बन्धितहरूले पहल गर्दा विरोधका लागि विरोध जनाउने काम नगर्दा राम्रो ।

          • पुष्प जी
            म कुनै पनि जात जाति को पक्ष्य लिएर बहस गर्दिन ,म नेपालि जाति हु र मेरो देश नेपाल हो |
            म यत्ति भन्न चाहिरेछु जसले यो फुलौरा जस्तो देश जात जातिको कुरा उठाएर तेरो भाग र मेरो भाग को कुरा उठायो यो ग्रयाण्ड डिजाइन थ्यो हो र छ |यो खालि जातीय पहिचान को बहस को नियत ले गरिएको हैन , नेपालि को भत्केको मन र फाटेको चित्त लाइ धुजा धुजा पार्न र नेपालि कै बिनाश गर्न उठाइएका कुरा हुन् |
            नेपालि हरु परिश्रमी हुन् , खेल कुद मा पदक जितुन ,नोबेल प्राइज जितुन ,ठुला ठुला उद्द्योग खुलुन, विश्व मा नाउ कमाउन ,तेसरी बन्छ जातीय पहिचान |
            बिदेस मा गरेको बार बुदे संबिधान बाट चलेको मुलुक मा , अहिले प्रचण्ड को चलाखीले भनौ बा इन्डिया सग को प्रतिसोध ले झलनाथ
            पी यम भए नत्र पी यम सुद ले बनाउथ्यो , त्यो देश मा |
            जहा रास्ट्र पति ,उप रास्ट्र पति इन्डिया ले कब्जा गरिसक्यो त्यो देश मा , जहा घर जलन लागि सकेको छ त्याहा घर को चिन्ता गर्ने कि ,
            बाथ रुम को ?

            • शंकरजी,

              एउटा घर पूरा हुन ‘बेडरुम’, ‘बाथरुम’ अनि ‘किचेन’समेत हुनुपर्छ । सबै एकै ठाउँ हुने हो भने त्यो भताभुंग देखिन्छ । अब यस्तै भताभुंग अवस्थामा सबै परिवार एउटै कोठामा कोचेर बस्नुलाई एकता भन्नुहुन्छ भने मेरो भन्नु केहो छैन । मेरो भन्नु हामी सबै एउटै घरमा बसौं; तर एउटै कोठामा कोचिएर होइन । ‘बेडरूम’हरू बनाउनु त पर्छ नै साथै ‘बाथरुम’ अनि ‘किचेन’ पनि व्यवस्था गर्नबाट नहिच्किचाउँ ।

              जहाँसम्म जातीय संघीयताको कुरा छ, खासमा म यसमा तटस्थ नै छु । तर कसैले यदि जायजरूपमा जातीय पहिचानको कुरालाई लिएर कुरा गर्छ भने मेरो पूर्ण समर्थन रहनेछ । जातीय स्वायत्तता, अग्राधिकार आदिलाई वहसको विषय बनाइनुपर्छ ताकि अन्य जातिहरूको अधिकार हनन नहोस् । मेरो मान्यता यही हो ।

    • प्रिय “आत्मा र शरीर” ले नेपाली नागरिक बन्धु हरु – तपाई हरुको सरोकार का लागि धेरै धन्यवाद – तपाई हरु सबैको उत्तर एकै पटक दिने कोशिस गरको छु –
      यतार्थ जहिले पनि अपाच्य र तितो हुन्छ – मिठो कुरा गरेर सबैको वाहि वाहि लिनु र बास्तविकतालाई लुकाउनु गलत हो – मैले जुन कुरा यहाँ हरु समक्ष्य राखे यो अहिले को जल्दो बल्दो राजनीतिक बिषय हो – यस बिसय लाई लुकाएर , कुना मा बसेर कुरा गर्नु भन्दा खुला रुपमा बिस्तृत बहस हुनु जरुरि छ – नत्र कुनै दिन बिस्फोट हुनेछ – त्यसमा कोहि अछुतो रहने छैन – आदि बाशी जनजाती हरु र एकीकृत माओबादी ले प्रस्तावित गरेको संघियता को स्वरूप भनेको उनीहरुको ऐहासिक पहिचान को लागि हो – छुट्टै राज्य माग गरेको होइन भन्ने बुज्न नसक्नु लाई बिडम्बना नै मान्नु पर्छ – सबैलाई मन पर्ने अमेरिका , क्यानाडा , अस्ट्रेलिया , स्विज़रलेन्ड र ब्रिटेन मा संघियता छ – uk मा scotland ,wales , northen Ireland र England गरि 4 संघिय राज्य को प्रारूप छ- संघियता गलत भए को भए uk को बिकाश नहुनु पर्ने हो – तस्तै scotish मुलका हरुले england मा बस्नु नपाउनु पर्ने होइन त ? switzerland को एक मित्र लाई university पददा भेटेको थिए तर उ german बोल्दो रहेछ -र त्यहाँ german , french .italian भाषा लाई official भाषा बनाइएको रहेछ –
      हामी बाहुनबाद मा बिस्वाश गर्दैनौ र बाहुनबाद को अवाधराना ल्याउने व्यक्ति हरु पनि बाहुन हरु नै हुन् – नेपाल का सबै बाहुन छेत्री धनि छैनन् – हाम्रो बिरोध हामी जस्तै निरिह बाहुन छेत्री को लागि होइन – नेपाल एकिकरण गरे देखि आज सम्म सत्ता मा बसेर देश लुट्ने भ्रस्टचारी खस हरुको लागि हो मात्र हो – राष्ट्र ले प्रत्येक नागरिक को प्रतिनितित्व गर्छ – तपाई हरु मध्ये कोहि जति सुकै धनि र शिक क्षित् भएपनि तपाई नेपाल बाट बिदेस जानु भयो भने बिदेशी ले “oh Nepal ! very poor country right ? ” भनेर नाक खुम्च्यौछ – जुनसुकै देश जादा पनि लाजै मर्ने गरि अनाबस्यक जाच गरिन्छ – केहि साथी हरुले क्षमता को कुरा उठाउनु भएको रहेछ – ठिकै छ जनजाती हरुमा क्षमता रहेनछ -तर हाम्रा क्षमतवान् खस नेताहरुले देस चलाएर अहिले संसारको अति गरिब राष्ट्र बनाउने योगदान गरेका छन् नि त – ठुला जलस्रोत हरु इन्डिया लाइ बिचेका छन् , मर्ने बेला मा पनि गिरिजाले कर्णाली इन्डियन कम्पनि लाई बेचेर गएछन, त्यस्तै लाखौ हेक्टर जंगल मास्ने र लोपन्मुख जडिबुट को अवैत निर्यात गर्न जनजाती हरुको क्षमत पकै पुग्दैन- ३०-३५ लाख नेपाली नागरिकता त केहि वर्ष अघि मात्रै इन्डियन हरुलाई दिलाएका छन् – तस्तै सन् १९८१ -१९९१ सम्म मा लगभग १८ लाख भारतीय हरुले नेपाली नागरिकता लिएको छ (डा. हर्क गुरुङ ) – त्यस्तो राष्ट्र बादी काम गर्ने खस नेताहरुनै हुन् किनकि हामी आदि बसी को योग्यता ले पुग्दैन – कि कसो त साथी हरु !
      पुर्बी नेपाल को लिम्बुवान को कुरा – विसं १८३१ साउन २२ गते दस लिम्बुवानका गणप्रमुख र राजा पृथ्वीनारायण शाहबीच सम्झौता भएपछि अरुण र सप्तकोसी पुर्व को लिम्बुवान नेपाल मा गाभिएको हो – लिम्बुवान अरु राज्य जस्तो पराजित भएर नेपाल मा एकीकरण भएको होइन -उक्त सन्धि पत्र अझै पनि लिम्बुवान मा अभिलेख को रुपमा सुरक क्षित् छ- यस अर्थमा लिम्बुवान बाहेक अरु जात जातिले जातीय राज्य माग्नु असंधर्विक हुन्छ – गोर्खा फौज मा पराजित भएर लाखौ खम्बुवान बासी राई हरु लिम्बुवान मा सरन लिन आएर लिम्बुवान मा बसाई सरे – कति राई हरु बिहारमा सरण लिन पुगे – कति दार्जीलिंग र सिक्किम तिर भागे – केहि वर्ष अघि मात्र बिहारमा ५०,००० राई हरु रहेको पत्त्ता लग्यो – पूर्वी नेपालमा खस र अन्य जात जति हरु धेरै पछि मात्रै आएका हुन् – हाम्रो आदि भुमि लिम्बुवान मा हामीले सबै अन्य जातजातिहरुलाई स्वागत गरेका छौ तर अहिले हामी आपनै घरमा अल्पमत मा छौ – लगभग २७% होला अनि हाम्रो प्रतिनिधत्व कसरि हुन्छ ? हामीले नेपाल रास्ट्रको एउटा राज्य लाई पहिचान को आधारमा लिम्बुवान नामकरण गरौ भन्दा हामीले के बिरायेउ त ? हुनत केहि अल्प बुद्दी भएका लिम्बुहरु ले गर्दा केहि नकारात्मक संदेश पनि गएको छ – तर बौद्धिक लिम्बू जमात ले सबै जातजाति हरुलाई समेटेर लिम्बुवान राज्यको माग अघि बढाई रहेको छ -किनकि लिम्बूवान भनेको भूगोल हो -त्यस भूगोल मा सबै नेपाली नागरिक हरु बस्नु पाउनु पर्छ – यसमा बाहुन छेत्री र अरु जनजाति हरुले पनि सहयोग गरेर सौहर्दता देखाउनु वहा हरुको महानता हुनेछ \
      त्यसैले समस्या देखि नाभागौ , नडराऊ यसलाई बहस गरौ र समधान निकालौ – सबैले एक अर्कालाई सम्मान गर्न सिकौ र सिकाउ !!
      जय नेपाल , जय राष्ट्रबाद , जय स्वाभिमान !!!

      • अमेरिका मा अमेरिकी बस्छन ,क्यानाडा मा क्यानाडा बासि ,नेपाल मा नेपालि ,बिहार मा बिहारी | सोचाइ ,भोगाई ,बोलाइ ,गराई मा अति अन्तर छ |उनीहरुको भूगोल ठुलो छ ,यहा को सानो , त्याहा तेत्रो जातीय बिबिधता छैन जति यहा छ |
        सानो देश लाइ कण कण मा टुक्राएर जातीय पहिचान खोज्नु भुल हो | काठमान्डू को नेवार को महान संस्कृति ,पुर्ब को किरात संस्कृति लाइ ,मधेश को मैथिली संस्कृति लाइ चिनाई रहनु पर्दैन | सबै नेपालि ले बुझेका छन् | अब कसलाई सम्झाउनु पर्ने हो ? ओबामा लाइ ?
        नेपाल मा यी येस्ता संस्कृति हुन् जसलाई कसैले चाहेर पनि पेल्न सक्दैन |
        हिजो को कुरा उठाएर बिबाद गर्ने बेला छैन ,आज सबै नेपालि ले अंकमाल गरेर अगी बढ्ने बेला हो |बिबाद ले बिबाद मात्र निम्त्याउछ र अप्रिय स्थिति सिर्जना गर्छ |
        आज देश लाइ वरिपरी बाट दुश्मन ले घेरेको बेला हिजो तैले पेलिस ,अब हाम्रो पालो भन्ने खाल को बहस ठिक छैन |एसले एक आपस लाइ सिध्यौछ |
        नेपालि दाजु भाइ कोइ अगी ,कोइ पछी परे शिक्ष्या , र आर्थिक विपन्नता ले हो |
        जाति पाती रहित समाज अमेरिका ,क्यानाडा जस्तो ,छुवाछुत को अन्त हो येस्ता कुरामा बहस हुनु पर्छ |
        स्वायात्ताता त्रि बि बि को हरेक क्याम्पस लाइ दिनु पर्छ | जनता को सेयर लगानी मा उद्द्योग धन्दा , बिमान कम्पनि , जल बिद्दुत परियोजना खुल्नु पर्छ |स्वायत्तता को कुरा त्याहा चाहिन्छ , आफ्नो मातृभूमि तोड्न हैन |
        यो सब बिहारी जालो हो |
        २ जना अरु र एउटा लिम्बु को छोरा राख्नुस सक्छ पेल्न , के पेल्यो पेल्यो भनेको | पहिले आफ्नै दिमाग ले कुल भएर सोच्नुस |
        यो डेड अक्काली बुद्दिजिबी , ४ पास नेता को लहै लहै मा लाग्नु आफैलाई धोका दिनु हो |

  21. धेरै राम्रो लेख लेख्नु भाको छ राजेश जी हजुरले हो देश मा जुन न हुनु पर्ने तै भै राय को चाह हजु को लेख समय सपेछिक छ एती राम्रो संदेश सिन्नु बह्ये को छ औडा दिन हरु मा अजि राम्रो लेख्नु हुन्छा भने अपेछा गरे को छु ति नेपा को आखा खुलोस ति नेपाली जनता को दिमाग ले सही कम गरोस न कि जैयता को कुरा न उठ्स राजेश जी अर्को भाग पनि चाडै लियौनु होला धन्य बाद

  22. व्यंगात्मक यो लेख ले हाम्रो बर्तमान परिस्थिति लाई दह्रो झापु हानेको छ,

  23. राम्रो रा नराम्रो पक्छ्या ता सबी को हुन्छा तै पनी हामी हमरै चेली हरु ली अर्थात महिला हरु ली मात्र दोष दिनु चाय उपुक्त लागेन, कोई पनी जानी जानी नराम्रो काम गर्दैनन यो ता रहर हैना बदयता हो . त्यसैले अर्का को अंग्मा वैसी देखने आफ्नो अंग माँ जुमरा नादेखने चाही ठीक लागेन.दन्यबाद

  24. राजेश जी तेसो भय अब यौटा “कुकुरल्याण्ड” पनि बनाउनु पर्यो अनि तेस कुकुरल्याण्डमा यी सबै नेताहरुलाई राख्नु पर्छ /

  25. कृपया यो कथा संधीयताको वकालत गर्ने सवै पार्टी, नेपाली रावनीतिका हस्ति र नेताहरुकको नाउँमा इमेल गरि पठाउनु होला कहीं उनिहरुको पुर्पुरोमा घाम छिर्छ कि ?

  26. आज सम्म mysansar मा पढेको लेख मधे मलाई सबै भन्दा राम्रो लेख.राजेश जी फेरी फेरी पनि पढ्न पाउ यस्ता रचना हरु .

    सुशील
    कपन

  27. बाघ र हात्तीहरुले जंगलमा हालीमुहाली नचलाएको भए ती लठेब्रा गैंडाहरुलाई एकजुट हुनुपर्ने कामै थिएन | जबसम्म जंगल सबैको साझा हो भन्ने मानसिकता हुँदैन गैंडाहरु आन्दोलित भैरहन्छ | यहाँनेर George Orwell को Animal Farm बाट एक हरफ सापट लिन चाहान्छु :
    ” All the animals are equal, but some are more equal than other”. बाघहरुले जहिले पनि यस्तै काइते शब्दहरुले गैंडाहरुलाई अल्मलाई आएका छन् |

  28. ” बुज्नेलाइ श्री-खण्ड , नाबुज्ने लाइ खुर्पाको बिड “………. लेख को लागि धेरै धेरै साधु-बाद !!!

  29. अति समयासान्दर्विक लेख ! लेखकलाई साधुवाद !!

    हाम्रो देशमा पनि गैडा झैँ जनावर बुद्धि भएका केहि मानवरूपी जनावरहरूले राष्ट्रिय अखण्डतामा आंच पुग्ने काम गरिरहेका छन् /

    – अमेरिका बेलायत फ्रान्स चीन ब्राजिल क्यानाडा जर्मनी जापान आदि जस्ता ठुला र धेरै जनसंख्या भएका देशहरूले चाही मुख्य सरकारी भाषा १ र सहायक १ गरि बढीमा २ भाषा प्रयोग गर्दामा सबै चल्ने ! हाम्रो सानो देशमा चाही जनसंख्याको १०% ले पनि नबोल्ने भाषालाई समेत सहायक राष्ट्रिय भाषा बनाउनुपर्छ भनेर आन्दोलन गर्नेहरूलाइ के भन्ने ??

    • तपाईहरुको यस्तो एकलौटी सोचले गर्दा नै हो हामीले संघियताको माग गरेको, सरकारी काम काजको भाषा खस् मात्र हुनु पर्छ भन्ने के छ? के खस् बाहेक अरु भाषा, भाषा हैनन? गुरुङ, मगर, किराती थारुहरु सबै नेपाली भाषा नै हैन र? अनि किन त, कसैलाई काखा कसैलाई पाखा? अहिले सबैले शान्तिपूर्ण तरिकाले आ आफ्नो मागहरु राख्दै छन्, भोलि यहि मागको लागि, हतियार उठाउन पर्ने हो?
      नेपाललाइ जापान अमेरिका संग तुलना गर्न जरुरि छैन, जापान अमेरिका इजरायल बेलायत इत्यादि देश हरु भनेको एक जाति एक भेस भयको देश हाम्रो जस्तो बिबिधताले भरिपुर्ण देशमा सबैको माग पुरा हुनैपर्छ, हाम्रो माग हरु अहिले नया संबिधान बन्दा नै पुरा हुनु पर्छ, अनि मात्र हामी नेपाली, हाम्रो नेपाल भन्ने नारा सार्थक होला, नत्र जब सम्म दैलेखका जनताले जिबनजल खान नपाएर मर्नु पर्ने अनि राजधानीको जनता चाही शान्ति शान्ति भन्दै , थाईल्याण्ड र सिंगापूर किनमेल गर्न जाने यसरि चै शान्ति आउदैन

      • गौरव जी,
        तपाइको उदाहरणमा कम्तिमा अम्रिका र बेलायत चै एक जाति एक भेष भएको मुलुक होइन | सन् २००० को जनगणना अनुसार अमेरिकामा अरु भाषा बोल्ने पाँच वर्ष माथि उमेरका मान्छेहरुको १८ प्रतिशत भन्दा बढी (चार करोड सत्तरी लाख) छन् | बेलायतमा पन्ध्र लाख जनसंख्या को लागि अंग्रेजी मातृभाषा होइन | यी देशहरुमा अंग्रेजी मातृभाषा नहुने जनासंख्याको भाषा मात्र होइन संस्कृति, धर्म, रास्त्रियता पनि फरक छ | नेपालमा कम्तिमा रास्त्रियता त एउटै छ नि |

      • गौरव जी नमस्कार!
        यहाँ कसले अरु भाषालाइ भाषा हैन भनेको छ र ? हामीले हाम्रो आफ्नो बहसलाई बोल्न पैदैना पनि कसैले भनेको छैन | हो नेपाल एउटा बिबिधताले भरिपुर्ण देश हो येस्मा कुनै दुइमत हुने सक्दैन, बहु जति बहु भासिक भन्दैमा सरकारी कामकाजको लागि सबैको बहसलाई त समेट्न सकिदैन नि किन कि सरकारी कामकाजको भाषा भनेको सबैले बुझ्ने हुनु पर्छ यदि मगरको भाषा राइले बुझ्दैन अनि राइको भाषा गुरुंगले अनि सरकारी कामकाजमा आफ्नो आफ्नो भाषा चलन चल्तीमा ल्याए गुरुङ र राइ एकै कार्यालयमा कम गर्छन भने यी दुइ जनाले कसरि काम गर्छन होला भन्नु त ? तपाइको पहिचान तपाइको अरुप्रतिको भावना र तपाइको मुलुक हो तपाइको भाषा मात्रै हैन | एदी यहाँ कमेन्ट गर्दा तपाइको आफ्नो भाषामा लेख्नु भएको भए सायद यहाँ तपाइको भ्हाषा बोल्ने मात्रै बुझ्ने थियो तर अरुले न तपाइको कमेन्ट बुझ्थे न त तपाइको भावना नै तर तपैले एउटा सरल नेपाली भासमा कमेन्ट लेख्नु भयो सबैले तपाइको विचार बुझे र जवाफ पनि दिए | साथी यदि एउटा भाषाले सबै नेपाली लाइ समेट्न सक्छ भने किन अरु भाषालाई थपेर किन चुस्त दुस्त राख्नु पर्ने सरकारी कार्यालयलाई झन्झटिलो बनाउनु ? यो सबैले बुझ्नु पर्ने कुरा हो धेरै गारो पनि हैन जस्तो लाग्छ | मलाई त यहि नेपाली भाषा नै प्यारो र राम्रो चाहे यसलाई खस् भन्नुस या बाहुनको भाषा भन्नुस | मलाई यति मात्रै थाहा छ कि मा एउटा नेपाली हुँ र मा नेपाली भाषा बोल्छु | जय नेपाल !!

        • राम राइजी, नमस्कार !
          कति सरल र सटिक जवाफ दिनुभयो गौरवजीलाइ, जुन जवाफ म दिन चाहन्थ्ये / यसको लागि धन्यबाद /
          -योगेश आदि (डंगोल)

  30. (माथिको कमेन्ट अधुरो हुन गएकोले कृपया यो कमेन्ट पढी दिनु होला।
    धन्यवाद।)

    रचनात्मक व्यंग

    राजेश राई जी तपाँईको व्यंग ज्यादै राम्रो लाग्यो। कुनै पनि समाजमा विभिन्न समुदायका मानिसहरु बसेका हुन्छन र उनीहरुको बीचमा एक किसिमको अनोन्याश्रित सम्बन्ध हुन्छ। जुन समाजमा विभिन्न जात जाति, धर्म, भाषा, संस्कृतिका मानिसहरु बसेका हुन्छन त्यो समाजको विकास अन्यको तुलनामा ज्यादै तिब्र गतिमा भएको विभिन्न देशहरुको इतिहासले दर्शाउँछ। यसको ठीक उल्टो, सामाजिक विविधता नभएको देशको विकासको गति सुस्त हुन पुगेको छ।
    सामाजिक विविधता भएको देशमा वहुआयामिक विकास भएको पाइन्छ। त्यस्तो किन भएको हो भने विभिन्न जातिहरुमा खास किसिमको सिप, ज्ञान, संस्कृति हुन्छ र उनीहरुले आ-आफ्नो किसिमको ज्ञान, सिप आदिको प्रयोग गर्दछन। र परिणाम स्वरुप देशको चौतर्फी विकास हुन पुग्दछ।

    यथार्थमा मानव समाज पनि एक जंगल जस्तो हो जहाँ जनावरहरु जस्तै मानिसहरु पनि मिलेर बसेका हुन्छन। एउटा समुदायको अर्को समुदायसंग नङ्ग र मासुको सम्बन्ध हुन्छ। हुन पनि जंगलमा बाघको अस्तित्व नरहने हो भने सिकारीहरु जुन बेला पनि जंगलमा पस्न डराउँदैन र अन्य जनावरहरुलाई समाप्त पार्छन। अरु जनावरहरुको अस्तित्व रक्षाका लागि भए पनि जंगलमा बाघ हुन आवस्यक छ। अर्थात जंगलमा विभिन्न किसिमका जनावरहरु हुन आवस्यक एक अर्काको अस्तित्व रक्षा का लागि। जंगलमा मृगहरु नहुने हो भने बाघहरुलाई बाँच्न कठिन हुन्छ, सामान्य अर्थमा। यी प्रतिनिधि उदाहरणहरु मात्र हुन। तर कटु सत्य पनि हुन।

    नेपाली समाजमा यो सन्देश ज्यादै बलियो गरी जान आवश्यक छ। मनोवैज्ञानिक रुपमा नेपाली समाज विभिन्न क्षेत्र, जात जाति, संस्कृति आदिको आधारमा विभाजित भएको बेला यस्ता लेखहरुले सकारात्मक विचार निर्माण गर्नमा महत्वपूर्ण योगदान पुर्याउने छन।

    यस्तो किसिमको रचनात्मक विचार सम्प्रेषण गर्नु भएकोमा साधुवाद।

    बी अधिकारी

  31. रमाइलो तथा समय सान्धर्विक लेख …….राम्रो लाग्यो

  32. समग्रमा राम्रो लेख राईजी को…..एस्तो लेख पढेर….पूर्वमा जातीय राज्य हुन पर्छ भन्ने अरु राई दाजु भाइको पनि आखा खुलोस……..तराइमा मधेस राज्य भन्दै पहाडिया खेद्ने धोति भाई हरुको पनि घैटो मा घाम लागोस……काठमाडौँ मा नेवार राज्य भन्दै, ताम्सालीन, तमुवान, मगरात…….भन्दै कुर्लने हरुको पनि दिमाख खुलोस…..अनि जनतालाइ नाना थरि जातीय राज्यको कुरा गर्न सिकौनी बेकुप नेता हरुलाई पनि बेलैमा बुद्धि आओस….. (ILO) आइएलओ आइएलओ भनेर १२ हात उफ्रने हरुले “१६९ को प्रावधान” संगैका अरु प्राबधान पनि राम्ररी पढून एकपटक …NGO हरुले जे सिकौछ तेही मात्र भन्दै नहिदुन हाम्रा जनजाती दाजु भाई……..अनित बल्ल बन्थियो होला नया नेपाल…….मनोज गरुरेलले कल्पना गरेको नया नेपाल

    • धोति भाइ भन्न चाहि अलिक नमिलेको जस्तो मलाई लाग्यो….. लिम्बूवान जातियता भन्दा पनि यसको ऐतिहसिक पृष्ठभूमि अलिक बेग्लै छ! तर मैले यो भंदैमा पहिचानको लागि अग्रसर समस्त आदिबासी जनजाति हरुको भावनामा प्रहर गर्न चाहेको होइन!! हाम्रा नेताहरु संग न स्पस्ट भिजन छ, न बिबिधताहरुलाई नेतृत्व गरेर अगाडी बढ्ने नै खुबी!! त्यो बिसेष कमजोरीमा गुटबन्दी र विभेदको एउटा लहर चल्नु हाम्रो अहिलेको वास्तविकता हो!

      म व्यक्तिगत रुपमा लिम्बुवान को समर्थन यो अर्थमा गर्दछु कि न कि यसले लिम्बु जातिको मात्र उत्थान गरोस! हाम्रो यो भूमिमा एउटा बिसेष सेन्टिमेन्ट छ जस्तो मलाई लाग्दछ, जुन मैले नेपालको अरु भागमा छ जस्तो लाग्दैन! मैले भेटेको केहि बिदेशी मान्छेहरुले पनि हाम्रो त्यो बिशिस्टतालाइ नेपाल बसेको छोटो समयमा नै चिन्न सकेको देख्दा आफै अचम्म नि परेको थिए! आन्दोलन को तहमा जस्तो सुकै नराम्रो प्रचार भए पनि अथवा सुनिन आए पनि हाम्रो त्यो परिवेशको तल्लो तहमा भिन्न भिन्नै जाति र संस्कृति भित्र रहेर पनि एउटा सामिप्यता छ! मेरो व्यक्तिगत विश्वासमा एकै राज्य सत्ता भित्र भिन्न बर्ग, भिन्न संस्कृति, भिन्न लिंग, भिन्न धर्म, अथवा कुनै पनि भिन्नताको एउटा कारणले गर्दा पनि विभेदित र अपहेलित भएर कसैले बाच्नु नपरोस! के अहिलेको हाम्रो सन्दर्भमा यो प्राप्य छ त?? भिन्नताको एउटा पाटो नै अपहेलना र विभेद को कारण नहोस भनेर नै परिचयको लडाईलाइ लड्ने कुरा कसैले बुझ्न सकेन भने व्यक्ति आफु मात्र रहिन्जेल सम्म परिचयको आन्दोलनको लागि नचाहिदो संघर्ष गरिरहने छ! सायद हाम्रा नेताहरुले यो बुझेको छैन वा हामीलाई बुझाउन सकेको छैन?? पहिचानको यो एउटा संघर्षले भिन्नता र बिबिधता नै अपहेलना र विभेद कारण नहोस भन्ने मूल कुरालाई बुझ्न सकेमा लिम्बुवान क्षेत्र को त्यो बिसेष सेन्टिमेन्टलाइ अगालेर वर्तमान नेपाली केन्द्रिकृत राज्य सत्ताको एउटा बिडम्बना बात अलग हुन सक्दछ! अनि आफुलाई फुलाउन र फलाउन सक्दछ!

  33. विश्वमै दुर्लभ एकसिंगे गैंडा लगभग नेपालको राप्ती किनारमा मात्रै पाइने भएकाले यसलाई ‘गैंडाल्याण्ड’, अझ ‘एकसिंगे गैंडाल्याण्ड’ नामाकारण गरिनु गैंडाका लागि मात्र होइन समस्त जगत का लागि गर्वको कुरा भएकोले ‘एकसिंगे गैंडाल्याण्ड’को पक्षमा म जोडदाररूपमा समर्थन जनाउँछु । तर उँट मरुभूमिको प्रतीक भएको र नेपालमा मरुभूमि नभएकाले नेपालमा ‘उँटल्याण्ड’को मागलाई म विस्तारवादीको संज्ञा दिन्छु । तसर्थ, यसमा हात्ती र बाघजस्ता ठूला र बलियाहरूले आफ्नो चित्त सानो र कमजोर बनाउनुको तुक नभएकाले मिलेर बस्न आग्रह गर्दछु । विश्वमै ‘यूनिक ल्याण्ड’ हुने भएकाले यसले पर्यटक घटाउने नभई बढाउने र यसले सम्पन्नतामात्र होइन, सुरक्षाको समेत प्रत्याभूति दिने कुरा बुझ्नसमेत सबैलाई आग्रह गर्दछु ।

    • हामीहरुले संघियता निकालेर नेपाली मनहरुलाई जोडनुको सट्टा विभाजन तिर अग्रसर भैरहेका छौँ । अब हामी नेपाली नभएर राई, मगर, तामाड्ड, गुंरुङ््, नेवार, मधेसी, थारु आदि ईत्यादि विचको सहिष्ण्ुातालाई झन पर धकेली रहेका छौ ,
      इतिहासको कालखण्डमा आज हामी हाम्रै आँखाले इतिहास देख्दैछौँ । हिजोसम्म मिलेर बसेका नेपालीहरुलाई जन्म दिनको केक जस्तै भाग बण्डा गर्दै छन् । आज केही भुई, फुट्टा वर्गको नेवा भनिने राज्य सानो भनेर रुदैछ , थरुहट छेउमा बसेर कराउँदैछ । मधेसी सिंगो भनेर गर्जिदै छ । गण्डकी, कोशी, कर्णालीहरुको पनि भाग लागिदैछ । के यस प्रकारको राजनैतिक ब्यवस्थाले नेपाली जनताको हित गर्छ होला ,
      उही पुरानो बाईसे, चौबिसे राज्यको इतिहास खोज्दै, भाषा, जात, संस्कृति, भौगोलिक द्वन्द पैदा गर्दै, एउटा राज्य र अर्को राज्यको सिमाना लगाउदै हुन सक्छ कर उठाउदै , के हाम्रो देश स्विटजरलैण्ड बनाउछौं की स्वमालिया ? हामी आफैँ छुट्याउन सक्छौ

      धन्यवाद राजेश जी
      नेपाली हु म , मेरो धर्म, सस्कृति, जात, भाषा भन्दा मलाई राष्ट्र ठुलो हो . म येथायेस्तिथि बादी, राजाबादी , जनमोर्चा , राप्रपा को राजनैतिक आरोप कृपया नलगाई दिनु होला

      • मरभुमी मा बस्ने उटले आफ्नो क्षेत्रको सबै घाँस खाइ दिए पछी, अब गैडाहरुले मरभुमी मा चर्न जानु हो?

  34. अति उत्तम व्यंग

    राजेश राई जी तपाईको व्यंग ज्यादै राम्रो छ। कुनै

  35. व्यंगात्मक यो लेख ले हाम्रो बर्तमान परिस्थिति लाई दह्रो झापु हानेको छ,तर “सुन्दैन यदि सुन्नेले बोल्नेले मात्र गर्नु के? नांगाको देसमा गइ धोबी पाउछ काम के ??” मात्र न हो!!!

  36. धेरै राम्रो लेख… एकदम यथार्थ लेख छ यो

  37. राजनीतिक छेडछाड सहित को राम्रो लेख…. बधाई छ राजेश दाई….

  38. धन्यवाद राजेश दाजु …..नेपालको समसामयिक राजनीति संग मिल्दो गरि लेखिएको लेख सारै राम्रो लाग्यो .अनतिम हरफ निक्कै मार्मिक छ…अब आर्को भाग कहिले आउने हो ?

  39. जातीय स्वायता को माग गरेर लडिरहेका भेडा जनता हरुलाई पाठ सिकाउने खाल को लेख रहेछ/ राम्रो लग्यो/ भबिस्य मा एकै जाति को प्रदेश लिएर लडिरहेका हरुको पनि तेस्तै हाल हुन्छ भनेर देखौना खोजिएको उदाहरण हो यो सबैलाई चेतना भया/

Comments are closed.