प्रभात खनाल/कोपेनहेगन युनिभर्सिटी, डेनमार्क
पोहोर दशैँ आउन करिब १ महिना जति बाँकी हुँदा विश्व खाद्य कार्यक्रमको एउटा कार्यक्रममा नेपालको एक विकट जिल्ला मुगु जाने अवसर मिल्यो। हामीलाई मुख्यतया दुई कारणले मुगुतर्फ तानिरहेको थियो। पहिलो मध्यपश्चिमाञ्चल विकास क्षेत्रको कर्णाली अञ्चलमा पर्ने यो जिल्ला नेपालमा रहेका ७५ जिल्लामध्ये मानव विकास सूचकाङ्कको आधारमा विकासमा ७५ औं स्थानमा पर्ने जिल्ला हो। अर्थात् गरीब देश नेपालको सबैभन्दा बढी गरीब जिल्ला। दोस्रो कारण थियो मुगुकी सुन्दरी रारालाई भेट्नु!
हामीले राराको बारेमा धेरै सुनेका थियौ, पढेका थियौ अनी रारा मुगु अनि नेपालकी मात्र सुन्दरी नभएर विश्वकै सुन्दरीहरु मध्य एक हुन भन्ने थाहा थियो तर रारालाई भेट्ने अवसर मिलेको थिएन।
मसँगै रामपुर कृषि क्याम्पसमा अध्यापनरत एक साथीसहित हामी काठमाडौं, नेपालगन्ज, सुर्खेत हुँदै हामी मुगुतर्फ लाग्यौ। कर्णाली, अनि मुगुलाई धेरै पत्रिकाहरुमा पढ्न पाइन्छ, अनि टेलिभिजनमा हेर्न सुन्न पाइन्छ। तर आफै त्यहाँ गएर हेर्ने, अनि त्यहाँका बासिन्दाहरुसँग प्रत्यक्ष कुराकानी गर्ने अवसर धेरै कम मात्र मिल्छ।
हामी सुर्खेतबाट मुगुको सदरमुकाम नजिकै रहेको बिमानस्थल ताल्चामा ओर्लियौँ। शायद हामीले देखेको त्यो सबैभन्दा सानो विमानस्थल थियो। जब हेलिकप्टर अवतरण भयो, अनि मान्छेहरुले हामीलाई घेर्न थाले। धेरैको मुखबाट एउटै प्रश्न हामीतर्फ सोधियो-विश्व खाद्यले यसपालि चामल दिन्छ कि दिँदैन? एकै दिनमा २२ करोड खेल हुने काठमाडौँबाट प्रतिदिन २२०० किलो क्यालोरीको लागि संघर्षरत त्यी मुगुका बासिन्दाहरुको त्यो प्रश्नबाटै कर्णाली कस्तो अवस्थामा गुज्रिँदैछ त्यसको अन्दाज गर्न हामीलाई गार्हो परेन।
ताल्चा विमानस्थलबाट वरीपरी हेर्दा स्याउको बोटमा लतरम्मै देखियो। हामीले पहिलोपल्ट स्याउको बोट देख्यौँ त्यतिबेला। रामपुर कृषि क्याम्पसमा स्याउको बारेमा राम्रोसँग पढाइन्छ, विदेशी जातहरु राम्रोसँग घोकाइन्छ तर आफ्नै देशको स्याउको बारेमा बताइँदैन। त्यसैगरी विद्यार्थीहरुलाई भारत तथा नेपालको पूर्व पश्चिम भ्रमण गराइन्छ। भारतको नैनीताल र दार्जलिङ सम्झेर आफ्नै देशको चन्खेली हिमाल र राराताललाई भुसुक्कै बिर्सिनु दु:खदायी कुरा हो। ताल्चा बिमानस्थल छेउबाट एसो तल्तिर हेर्दा केही बाक्लो बस्ती देखियो। आखिर त्यही रहेछ मुगु जिल्लाको सदरमुकाम गमगढी। हामीले आफ्नो कामको सिलसिलामा मुगुको गमगढी बाट यात्रा सुरु गरी १९ दिनमा मुगुका ९ वटा गाबिसहरु घुम्यौ। हाम्रो यात्राको अन्तिम गन्तब्य थियो मुगुको रारा ताल !
नेपालको बिदेशी कुतनितिक तथा गुप्तचर निर्देशित फोहरी राजनीतिबाट वाक्क हुनुभएका माइसन्सारका पाठकहरुको लागि यहाँ मुगुका केही तस्बिरहरु प्रस्तुत गरिएको छ।
(सबै तस्बिरहरु लेखक आफैले Canon PowerShot A630 बाट खिचेका हुन्। )
मुगुको सदरमुकाम गमगढीबाट पारी देखिएको एक बस्ती
अरु येस्तै मनमोहक तस्विरहरुको फेरी आस गर्छु म त, येस्ता ठाउँहरुमा जान नपाएपनि तस्बिर हेरेरै भए पनि आनन्द लिन पाउं
सुन्दर तस्विरहरुको साथमा स्तरीय लेख | लेखनीले निरन्तरता पावस् यहि कामना
मु… .मुर्चुन्गाको भाखामा
गु…. गुराँस फुल्छ लेकमा..
फेवा बोकेर कास्की किन त्यस्तो ?
रारा बोकेर मुगु किन यस्तो ?
सरकारलाइ प्रश्न : स्थानीय उत्पादनलाई बजार खोइ ? कृषि सडक खोइ? पर्यटकलाई रारासम्मको सजिलो पहुँच खोइ ? आन्तरिक पर्यटन बिस्तारलाई प्रचारप्रसार खोइ?
स्तरीय लेखको लागि लेखक प्रभात लाई धन्यवाद !!
रारा,
अहा ! कस्तो हराभरा !!!
“Give a man a fish and you feed him for a day. Teach a man to fish and you feed him for a lifetime.”
यो माथिको चिनिया उखान मनन गर्दै नेपालका सबै दुर्गम बस्तिहरुका दाजुभाई दिदीबहिनी हरुलाई जुनेलो, कागुनु, फापर, आलु कसरी आधुनिक तरिकाले फलाउन सकिन्छ भनेर सिकाउने हो भने तिनले त्यो खाद्यको गनाउने चामलको आश गर्नु पर्ने थिएन अनि तिनले भोकै बस्नुपर्ने पनि थिएन | लेखक ज्यु के को अनुसन्धान गर्न जानु भा’को थियो त्यति प्रष्ट छैन तर गाउको ‘डाटा’ बटुलेर ‘दाता’ लाइ बुझाउने भन्दा बढी अरु कुनै काम लाग्ने अध्ययन गर्नु भएको भए यहाँ चर्चा गर्नु मनासिब हुन्थ्यो कि?
बाटो, बजार, उन्नत खेतिको जानकारी दिने हो भने ति नेपालीले भोकै नांगै हुनु पर्ने थिएन, भारत गएर नेपाली बहादुर हुनु पर्ने थिएन अनि तिनले आफ्ना बालबच्चाको राम्रो पालनपोषण, शिक्षादीक्षा गर्नमा ध्यान दिने मौका पाउथे |
नेपालको सरकार छैन भने हुन्छ, अब सरकारको आशा नगरी जनताको तर्फबाट केहि गर्न सकिन्छ कि सोचौ न हुन्न?
रामपुर क्याम्पसमा नेपाली स्याउको बारेमा पढाई हुदैन, सिकाइदैना भन्नु चै अलि गफ दिएकै जस्तो भयो कि| विदेश तिर लागेपछि स्वोदेशको सबैथोक नराम्रो, नमिलेको गन्जागोल देख्ने आम नेपाली एलिट बर्गमा लेखक महोदय पनि पर्नु भयो जस्तो छ| कृषि क्याम्पस रामपुर मा मुलुकमा खेति हुने सबै जातका बालि बिरुवाको बारेमा पढाइ हुनुको साथै नेपालमा कृषि बिकासको समस्या, समाधानका उपाए र कृषि विज्ञका काम कर्तव्यको बारेमा बिस्तृत अध्ययन गराइंछ| हप्ता दश दिन हुने सैछिक भ्रमणमा पनि देशका प्रमुख अनुसन्धान केन्द्रहरुमा लगिनुको साथै छिमेकी देश घुम्ने अवसर पनि दिइनछ, भत्ता सहित| अहिले आएर यहाँ गुनासो गर्नु भनेको जुन थालमा खाने तेही थालमा थुकेर हिड्ने भनेको जस्तो हो| तस्बिरहरु माध्यम qualitykaa भए पनि स्थान र प्रयास राम्रो छ|
मन नै आनन्द भयो | मुरी मुरी धन्यवाद तस्बिरको लागि |
हाम्रो देस राम्रो देस हामी मिलेर बढाए प्राकृतिक सुन्दरता मा आधुनिक विकास गरि सुनमा सुनमा
सुगंदा हुनिथियो आरु मिलि रारा मा होमे स्टे पार्टन विकास गरौ
यति कन्चन ठाउ पर्यटक को पदचाप संगै प्रदुषित पनि बन्ने छ तेसैले पर्यटन प्रबर्दन संगसंगै ब्यबिस्थित पनि बनाउनु पर्छ | लेखकको तस्विर खिचाई राम्रो छ…. मन पर्यो….तिमि मलाई रारा !!
प्रभात दाजु तस्बिर हरु साह्रै राम्रा छन।
मलाई पनि मौका मिलेमा यक्पटक रारा ताल जाने रहर चलेर आयो। मधुमाश् मनाउन तेतै जानु पर्ल जस्तो छ
बिकास भट्टराई, हिब्रु युनिभर्सिटी, इस्रएल
वाह!कति शुन्दर प्रकृति,…………….कति राम्रो हाम्रो देश………….!!!
तर के गर्ने?–शुन्दर फुलमा अति घृणित किरा हुने र श्रीष्टिको त्येही गल्तिले गर्दा त्यो शुन्दर फुलको अवस्था दयनीय हुने दुर्भाग्य हाम्रो प्यारो स्वर्ग-भूमिले भोगिरहेछ-सम्झंदा रुन मन लाग्छ,के गर्ने?
जे होस यो मनमोहकतालाइ हामिमाझ पस्किदिनुहुने खनाल जी र माइ संसार लाइ धेरै धेरै धन्यवाद!!!!
आहा कस्तो मनमोहक दृश्य हरु…! प्रकृतिको अनुपम उपहार…!! तर बिडम्बना, यति सुन्दरी भएर पनि संसार कै गरिब नेपालको पनि सबैभन्दा गरिब जिल्ला भनेर भन्नु पर्दा यो मनमा अनौठो पिडा महसुस हुदैछ । आशा गरौ ‘ जरा रहे अग्राख पलाउछ ‘ भने झैँ फल्ला फुल्ला मेरो देश …. कुनै दिन ……
यो रारा को विकास तथा विस्तार को लागि सकारबाट के काम भय त ? केहि पनि भयको छैन / तपाई हरु ले देखि हाल्नु भो ताल्चा एर्पोट / विकास को एउटा पुर्बाधार पनि बनेको छैन / बत्ति छैन, मोटर बाटो छैन तर भखर मोबाइल लाइन पुगेको छ तर मोबाइल चार्ज गर्न बत्ति छैन / बस्न को लागि होटेल हरु छैन, खान को लागि मुस्किल छ/ यति राम्रो रारा को हालत यस्तो छ / यस्तो अवस्था मा हामी कसरि प्रयटन विकास को आसा गर्न सकिन्छ /
आज सम्म रारा लाई यति सुन्दर राख्नु मा राजा महेन्द्र को पनि ठुलो हात छ / यदि महेन्द्र ले रारा लाई राष्ट्रिय निकुन्ज नबनायको भय र यसको जिम्मा सेना लाई नदियको भय आज रारा ताल फेवा ताल भन्दा पनि फोहर हुन्थ्यो होला / तेती बेला नै महेन्द्र ले रारा को बासिन्दा हरु लाई नेपालगज को कोहर्ल्पुर मा सारी तेस ठाउँ लाई खाली गरेका थिय / अनि महेन्द्र ले नै ताल्चा एर्पोट बनाउन लगायका थिय / तेती बेला जे भयो , आज सम्म पनि तेती मात्रै भयको छ , त्यो भन्दा बढी केहि भयको छैन /
फोटो मार्फत सौन्दर्यले भरी पूर्ण मुगुको भ्रमण गराई दिनु भएकोमा प्रभात खनालजी लाई धन्यबाद दिन चाहन्छु /
यस्ता प्राकृतिक स्रोत को पनि हामी नेपाली ले सहि सदुपयोग गर्न सकेको छैन ……..झन् दिक्क लग्यो
माई संसारले प्रकाशित गर्ने गरेको नेता कार्यकर्ता का फोहोरी राजनैतिक ब्लग बाट वाक्क दिक्क भएका पाठक हरु लाइ बेला बेला मा भोगोलिक दृस्टी बाट ज्यादै बिकट तर प्रकृतिक दृस्टी बाट अति धनि कर्णाली नदि र रारा ताल ले सुशोभित मुगु को विषमता नियाल्दा र् त्यहाका जनताले भोग्न परेका दुख:देख्दा सबै नेपालीहरुको मुटु थरर् काप्छ ,सबभन्दा धनि जिल्ला का गरिब बासिन्दा देख्दा | लेखक आफैले खिची प्रस्तुत ग्र्नुभेक्को तस्बिर देख्दा आफु तेही उपस्थित भै स्वर्गानन्द मिले जस्तो अनुभब भयो | तेती टाढा तेस्तो म्नोरहम पवित्र रारामा तालमा काठमाडौँ बाट अधिराजकुमारी प्रेक्क्ष्या लाइ लागि किन घोप्ट्याइयो होला ? आज सम्म उनको किन खोज तलाश नभएको ?
बिरेन्द्र जयन्तीमा प्रेक्क्ष्या का दुइ छोरीहरुले राज्खान्दान्को हत्यारा हो भनी स्पस्टिकरण दिनुको तात्पर्य के ? तेशाई मौकामा बिरेन्द्र को सम्पतिको अंश बन्डामा ज्ञानेन्द्रको पनि हक लाग्छ
वाह नेपाल तिमि सन्ग के छैन र तर सदुपर्योग हुन सकेन र मात्र पो ……
“सुन्दर नेपाल”
शान्त नेपाल चाही कहिले हुने ?
संबिधान भएको नेपाल चाही कहिले हुने ?
भोजपुरे |
प्रभातजी, तपाइले आफ्नो मुगु जादाको अनुभव शब्द मा राख्नु भएको मा धन्यवाद | कर्णाली अंचल मात्र होइन राप्ती देखि पस्छिमका सबै पहाडी जिल्ला हरु को अवस्था उस्तै छ | करिब २५ बर्ष अघि रोल्पा को एउटा बिकट गाउमा गएर भात होइन ढिडो र आलुको स्वादिलो खान खाएको मलाई अहिले सम्म सम्झना छ | दूध र घिउ प्रसस्त मात्र मा हरेकको घर घरमा पाइन्थ्यो | तर चामल बाडेर UN देखि अरु धेरै NGO हरुले बिकाशको नाम मा मानिसहरुलाई अति नै परनिर्भर बनाइदिए | तेहीको स्थानीय उत्पादनलाई परिष्कृत गर्दै बजारसम्मको पहुच गराउने बारेमा उनीहरुले कहिले पनि सोचेनन | मैले फर्शी र आलु खानकै रुपको खाएको राम्रो संग याद छ तर ति बिकाशे संस्थाहरुले चामल बाहेक अरु त खान नै होइन भन्ने गलत शिक्षा पनि दिए |
भन्छन “भगवान को घर मा ढिला हुन्छ अँधेरो हुँदैन एक दिन मुगु को रारा तल पोखरा को फेवा भन्दा लोकप्रिय र सबै नेपाली को प्रमुख गन्तब्य बन्ने छ