यात्रा डोल्पाको


डोल्पाको दक्षिणी भेगको एक महिने यात्रा सकाएर म एक हप्ता अगाडि काठमाडौं फिरेको छु । अमेरिकाबाट डोल्पा प्रस्थान गर्नु अघि मन अनौठो कौतुहलता र रोमान्चकताले भरिएको थियो । त्यहाँको भौगोलिक सुन्दरता मैले पढेका, सुनेका, र कल्पेका भन्दा पनि निकै सुन्दर र मनमोहक थियो । त्यहाँ मेलै खिचेका केहि तस्विरहरु यस पोष्टमा राख्दैछु । डोल्पाको यात्रा अनुभव र अन्य फोटोहरु क्रमशः राख्दै जानेछु ।


कठिन जीवन तर ओठमा छ हाँसो, यार्सागुम्वा खोज्न आएका आमा छोरा । आमाहरुले एक महिनासम्म उमेरका साना नानीहरु हिउँले ढाकीएका पहाडहरुमा (४९०० मीटर उचाई) साथै ल्याएका थिए ।


तिमीलाई देखेर हिमाल हाँसेको..


जीवन काँडा की फुल ? भीरमा यार्सागुम्बा खोज्दै एक बृद्ध


यो कुनै जात्रा होइन, यार्सागुम्वा संकलन गर्नेहरुको ताँती


लामो छ बाटो तर हामी साथै छौं गाईहरु आफ्नो चरन तर्फ जाँदै ..


खोला नाला छहरा पहराको देश..


64 Comments

  1. आहा कति रमाइलो डोल्पा ………………जौ जौ लाग्ने रहेछा है ठाउँ / देस त गरिब छ रे? हेर हेर ………..कति थनीछ हाम्रो देस …………..खोला नाला कल कल …………प्रकति को थनी देस छ है

  2. उत्तम जी, तपैन्को लेख पढदा डोल्पाको खुब सम्झना आयो………

  3. आफ्नो देशको बिकट ठाउ घुमेर गरिएको यो सचित्र बर्णन सार्है मीठो लाग्यो , धन्यवाद उत्तमजी

  4. ठूलो भाग्य र ठूलो मिहिनेतको पुरस्कार हो उत्तमजीको यो सफल यात्रा ! हाम्रै आफ्नै देश हो र त्यो पनि जस्तो अनुभूति गरिरकोछु मैले . देश फर्केपछि आन्तरिक पर्यटनमा लाग्नुपर्ला . धन्यवाद उत्तमजी उत्तम फोटोहरुका लागि .

  5. फोटा हरु राम्रा छन् संका nai छैन तर हिमाल र पहाड हेरन राम्रो अनि रमाइलो हुन्छा तर बस्न र गुजारा गर्न , ………. hiule ढाकेको धर्ति र पहाड जहाँ पनि छ तहा राम्रो छ अनि रमाइलो छ / प्रवास का pida अनि समायोचित विकास हुने अनुभूति हरु सम्झना बिर्सना सलल ल

  6. मलाई असाध्यै मन पर्यो . बास्तबमा डोल्पाको जीबन र प्रकितिको यथार्थलाई प्रतिबिम्बित गरेको छ . तपाइको मेहनतलाई धन्यवाद

  7. यस्ता राम्रा फोटो खिचेकोमा र हामीलाई देख्ने अवसर दिएकोमा मित्र लै धन्यवाद aru फोटो हरु पनि राख्दै जानु होला नि

  8. Thank you so much for sharing with us….Great pictures….I wish I could b there some day….

  9. उत्तम जी,
    सार्है राम्रा फोटोहरु खिच्नु भएको रहे छ धन्यवाद ! तपाइँ का केहि फोटो हरु मैले राखेको छु है कुनै website मा राख्न को लागि !

  10. यहाँ कुसल लेखक का साथै कुसल फोटोग्राफी पनि रहेछ . फोटोहरु share गर्नु भएको मा धेरै धन्यवाद !

  11. अतिसुन्दर, उत्कृष्ट, मनमोहक !!!
    {शब्द नै छैन यसको यथार्थ विश्लेषण गर्ने}

  12. मेरो पहाडे घरको बाटो, यादमा फेरी आयो..

  13. dherai Ramro बयान गर्ने नसकिने sundartale भरिएको फोटाहरु. Pls. keep more and more

  14. धन्यवाद उत्तम जी तपाइको चासो मेहनत र दुर्गमको यथार्तता प्रस्त्ययाकोमा येस्तई बिकट ठाउको खोजि गरि ताजा सत्य झाल्कियोस सुभकामना छ/

  15. डोल्पेलिहरुलाई  यार्सागुम्बाको बैज्ञानिक खेति वा पालन हुने भय तेस्तो दुख कस्ट बाट मुक्त अनि आर्थिक लाभ हुने थियो एसको खेति सम्भब छ कि छैन साथी हरु बाट जान्न पाए आभारी हुने थिए

  16. उत्तमजी सारै राम्रो फोटो हरु.कसरि बयान गरु म.राम्रो काम

  17. जहाँ ढुंगा ढुंगा मा देवउता को बास छ ,
    जहाँ थुम्का थुम्का मा सोर्ग को आवास छ /
    त्यो देस मेरो हो ,त्यो देस मेरो हो ,………………..

  18. बास्तब मा नेपाली हरु ले पुरा नेपाल नै घुम्न बकी छन । । झन डोल्पा प्र्कृतिक्क देन हो फोतो हरु हेरेर मन नै आनन्द भ्यो । । । । ।

  19. आखिर महादेवको बासिस्थान न पर्रो !! स्वर्ग हो नेपाल !! हामी धेरै भाग्गेमानी छौ !!! हाम्रो अस्तित्तयो कसै ले मेटाउन नै सक्दैन ! 7०००० हजार chinese सेना काठमाडौँ माथि आक्रामर्ण गर्न आउदा बहादुरीका साथ पराजित गर्ने नै नेपाली सेना हुन !!! जुन अझै जीवन्त नै छ !! हाम्रो नेपाल कहिले पनि गुलाम हुन नै सक्दैन !!! बस हामी नेपाली सत्य र शान्ति को बाटो मा निडरका साथ हिन्नु मात्र पर्रो तर ………

  20. होइन !!!! नेपाल राम्रो भन्दा पनि यो भोट down गर्ने को रहेछ ? कि गैर नेपाली कि त्यो चिन्ह नै थाहा नभएको हुनुपर्छ /

  21. सांची कति सुन्दर छ है हाम्रो देश ?डोल्पाका इ अनमोल प्राकृतिक सम्पदालाई पर्यटनको राम्रो माध्यम बनाउन सक्ने हो भने,देशको अर्थतन्त्र कति माथि पुग्छ अनि डोल्पालीको जीवनस्तर कस्तो हुदो यो?धन्यबाद उत्तम जी कमसेकम यथार्थ अनि बास्तबिक डोल्पा लाई धेरै पाठकको सामु ल्याउनु भयो ….

  22. तस्बिरहरु एकदमै मनमोहक छन्, उत्तमजी लाई धेरै धेरै धन्यवाद, मलाई पनि डोल्पा जाने रहर बढेर आयो…

  23. उतम जी , कसरी कुन सब्द मा तपाइको धन्यवाद गरौ . ई फोटो हेर्दा भाबुकता ले मन भरेर आउछ हाम्रो देश यस्तो हुदा हुदा पनि ई सब चीज लाई लाई सही सदुपयोग गर्न सकेका छैनौ . तेहीका बासिन्दा सितामोंल न पायको समाचार पनि पढेका थीयो . यदी यसलाई मार्केटिंग रुपमा बिकसित गरि पर्यटन को पर्दा खोलेने हो भने हामी लाई आमेरिका बेलायत ,क्यानाडा आरब मुलुक मा आन्वायासक परिसर्म खेर फाल्नु पर्ने थीयन होला . हुन त बिकसित मुलुक का सुबिधा उक्त चिल्ला बाता र चीला गाडी देखेसके पछी पनि मेरो यहाँ कुनै मुस्कान हुदैन ओठ मा देशको तेही आस्ताबेयस्त ठाउँ र धुलो उडने सडक नै मन पर्छा . अब ईफोटो हरु मा ति डोल्पा कि आमा को ओठ मा मुस्कान छ . हिमाल को छाया छ . ति झरना हरु बाट निस्कने गुन्जमान मधुर सोर हरु मा नेपाली गीत छ ……कति मनमोहक छन् .

  24. उत्तम जी, के तपाइले ति अबोध जनता हरु लाइ एक सिजन वा एक वर्ष मा सालाखाला कति किलो यार्सा गुम्बा एक परिवार /व्यक्ति ले बटुल्ने रहिछन र १ किलो बिक्रि गरे बापत तिनीहरुले डोल्पा को गावमा कति रुपया पाउने रहिछन सोध्नु भयो ? मैले येहा कतै कसैले एक किलो यार्सा गुम्बा को मूल्य ८-१० लाख पर्दछ भनेको देखे ? साचै भन्ने हो भने डोल्पा को गावाका मूल्य /किसान को घर मा किन्दा को मूल्य, तेस्पची दलाल ले सदरमुकाम मा किन्दा को मूल्य, काठमाडौँ मा सरदर मूल्य, भारत , युरोप , अमेरिका मा तेस्को मूल्य ?? उत्तम जी फोटोहरु असाध्य राम्रा छन् , आशा छ अरु पनि राख्नु हुनेछ र फोटो को साथ् मा तपाइको फोटोले दिएको संदेश नेपाल का नेता, प्राध्यापक, बिधार्थी, बुद्दिजीवी, किसान, सबैले बुझ्नु जरुरि छ / जन्मेको देश , माटो , हुर्की खेलेको ठाउ सबैलाई प्यारो नै हुन्छ / नेपाल विश्वमै सुन्दर छिन् यिन लाइ switzerland सित पनि दाज्न मिल्दैन / फरक एती छ कि हामी सुन्दरी भए पनि यिन लाइ धमिराले भित्र भित्र खोक्रो बनैयेर गरिब बनायेइको छ / सुन्दरता लाइ कालो भ्रस्ट नेता, कर्मचारीहरु ले हाडी को कालो मोसो जस्तै दलेर गरिब को गरिब बनाएका छन् / पक्कै पनि मलाइ विश्वास छ , यी भ्रस्ट नेताहरु जेल नेल खाएर बनायेय्का नेताहरु, भ्रस्ट कर्मचारी हरु अझै ३०- ४० वर्ष बाच्लान तेस्पची मात्र हाम्रा छोरा,छोरि, नाती , नातिनी हरु ले यो सुन्दर राष्ट्र समलान / उत्तम जी तपाइँ MIT को graduate भएपनि तपाइँ को बिचार , ग्यान ले नेपाल को बिकाश को गोरेटो लाइ केहि कोर्न मद्दत गर्ने थियो तर यी भ्रस्ट नेता हरु ले तप्पाई लाइ निरुत्साहित पर्ने छन् / साची भन्ने हो भने उत्तम जी जस्ता , र अरु व्यक्ति हरु सबै जना युवा ले मिलेर नेपाल मा नया पार्टी खोलेर केहि गर्ने सोच राख्ने हो भने १०-१५ वर्ष वा नाती नातिनिनी को पाला पर्खनु पर्ने थिएन कि ? मैले त , यी प्रचण्ड, बाबुराम, सुशील, रामचन्द्र, झलनाथ , देउबा, यादव, गुप्ता, सुजाता, ठाकुर, गगन ,घनश्याम हरु ले केहि माखो मर्ने देखेको छैन. जबसम्म राष्ट्र बाहिर बसेका बिधार्थी, विद्वान, प्राध्यापक, वकिल , पत्रकार हरु जुर्मुराएर नया पार्टी नखोले सम्म .नत्र नेपाल को बिकाश हामीले होइन कि हाम्रा छोरा नाती को पालामा मात्र होला कि ???

  25. भूत हरुको सवारीले भरिएको त्यो काठमाडौँ लै छोडेर डोल्पातिर जान मन लागेको छ !
    त्यो नाबालक लै चिसो सिरेटाले कस्दो हो उसलाई गएर न्यानो भन्दा न्यानो लुगाले ढाकिदिन मन लागेको छ!
    त्यो भन्दापनि पहिले झुठो आस्वोसन दिएर कथ्मंदुको महलमा बस्ने नेताहरुलाई निमोठ्न मन लागेको छ!!

  26. मलाई उत्तम बाबु जी को लेख मन पर्छ हेर्नुस उहा ले नेपाल को बास्तबीक जिबन संग मेल खानी फोटो हरु माई संसार मा हाल्नु भय को रयछ धन्यबाद उत्तम जी

  27. कुहिरो बीच अटल हिमाल निर्धक फक्रेको !
    नेपाली बिर भिरमा हेर के होला पक्रेको !!
    दुखमा पनि नेपाली आमा आशामा डुबेका !
    दाजुभाई यार्साको लागि मनमुटाब भुलेका !!
    हिमनदी चट्टान जुद्धै बेफिक्री बगेको!
    प्रकृति धन्य छ मेरो देस मुटुमै पसेको !!

  28. भारतले गर्ब गर्ने कश्मिर भन्दा पनि राम्रो रहेछ हाम्रो डोल्पा !! अज्जु

  29. सुन्दर अनि मनमोहक तस्बिर हरु धन्येबाद उत्तम जी विश्वमा सबै भन्दा सुन्दर देश छ हाम्रो !

  30. यो तस्बिर देखेर एस्तो लाग्यो कि म आफ्नै देश मा सोर्ग हुदा पनि कति अभागी रहेछु म त्यहाँ सम्म जान पनि सक्दिन केवल कल्पना मात्रै गर्न सक्छु भाग्य मनि छन् तिनी हरु जसको अगाडी सोर्ग आएर बसेको छ thanks दाई तर एउटा कुरा छुटाउनु भयो यो यार्सागुम्बा चाही कस्तो हुदो रहेछ फोटो हाल्नु भएको भए झनै राम्रो हुन्थ्यो किन भने मैले कहिले देखेको छैन

  31. हाम्रो देस संसारको कुनै पनि देस भन्दा सुन्दर छ, बिकास गर्न पर्याप्त श्रोतहरु पनि छ, आम नेपालीमा देसको माया पनि छ केहि गर्ने सिप पनि छ ईमान पनि छ तर नेपाल भित्र नेपालीको न शिप बिक्छ न ईमानको कदर हुन्छ/ कुशासनको कुहिराले हाम्रो देसको यो सौन्दर्य पनि धमिलो हुँदै गएकोछ/ भोको पेट, बेकारिले अपांग बनाईएको हाट खुट्टा अनि यति सुन्दर देस छोडेर बिदेस पलायन हुनु पर्ने बाध्यता यहिनै आज अधिकांस नेपालीको भाग्य बनेकोछ/

    के गर्ने २००७ सालमा रानाको पटन भयो भन्दै तिनै रानालाईनै प्रधान मन्त्रि बनाउने गिरोहले आज सम्म पनि जनताले रोजेको चाहेको व्यक्तिलाई लात हान्दै दिल्लीको “टिके प्रसादहरु”ले हाम्रो नेपालको सौन्दर्य र श्रोत नेपालीको बन्नै दिएको छैन/

    बिहारीलाई नागरिकता दिंदै नेपालीलाई पासपोर्ट दिनेहरु सिंह दरवार बात भगाउन नसकुन्जेल “नेपाल” नेपालीको हुने छैन/

  32. अति सुन्दर मन छुने नेपालको तस्बिरहरु देख्दा लाग्छ हाम्रो नेपाल स्वोर्गको टुक्रा हो!

  33. i don’t have any words to describe about our motherland , its really nice pic. thanks for sharing

    • ल एउटा रमाईलो प्रसङ्ग जोडी हालूं – त्यो के भन्दा हाम्रो दक्षिण एशियाली संस्कृति अनुसार मातृभूमी भनेको जस्तै जर्मन भाषामा आफ्नो देशलाई पितृभूमी भन्ने गर्दा रैछन्.

  34. उत्तम जी धेरै धेरै धन्यवाद . फोटोहरु देख्दा आफु पुगेको झझल्को आयो. मैले पनि २००० मा त्यहाँ जाने मौका पाएको थिए … सल्दांग, फोक्सुँदो, हुदै … क्याराभान् को द्रिस्य हेर्दै … मुस्तांग को जोम्सोंग निस्किएको याद आयो … .. हामी एकदिन ढिलो गरेको भए मरिने रहेछ . हामी पछिको एउटा trekking गर्ने Japanese group राती सुतेको बखत हिउ परेर पुरिएर मरेछन् … ठाउँ चाही एकदम बिकट तर अत्यन्त सुन्दर र मनमोहक …

  35. सुन्दर फोटोहरु सहित डोल्पा भ्रमण गराई दिनु भएकोमा उत्तमबाबु श्रेष्ठजी लाई धन्यबाद / तपाईंको फोटोग्राफी उच्च स्तरका छन् /

  36. उत्तम बाबु र सुजाता ऋेष्ठ केा येा काम अनि प्रयास लाइ राष्ट एबम सम्बन्धीत निकायले बुझ्न खेाजेमा देश तथा डेाल्पा लगायत का जिल्ला केा बिकास मा सहायकसिध्द हुने मलाइ लाग्दछ |उहा हरु जस्ता केा दु:ख अनी knowledge लाइ राष्ट केा पछमा समाहित गर्नु पर्ने मेरेा धारणा रहेकेा छ |

  37. उत्तम जी धेरै वर्ष पहिला डोल्पाको सारा गाउँ ठाउँ घुमेको आज फेरी तपाइको यात्राले मलाई सारै याद दीलायो ! हाम्रो पनि कति रमाइलो प्राकृतिक सौन्दर्य ! धन्यवाद राम्रो राम्रो फोटोहरु राख्नु भएर सबैलाई आनन्द पारिदिनु भएकोमा ! कति फोहरी राजनीतिक कुरा मात्र पडनु हैन र कि कसो त ?

  38. दुर्गा जी, यार्सागुम्बा भनेको, बिशेष डोल्पा र मुगुको हिमाली भेकमा पाईने एककिसिमको पुतलीको लार्भाबाट बनस्पतिमा परिवर्तन हुने अबस्था हो, यो बनस्पति र जीव दुवै अबस्थामा पाईने एउटा प्राणी हो, सायद नेपालमा पाईने बिभिन्न जडिबुटीहरुमा सबैभन्दा बढी उपयोगी र मुल्यवान यार्सागुम्बा नै हुनसक्छ मैले सुनेअनुसार यसले धेरै किसिमको औसधिको रुपमा प्रयोग गरिन्छ तर बिदेशमा भने यसलाई बिशेष त भरजीनको रुपमा प्रयोग गरिन्छ रे, अनि उत्तमबाबु जी, एउटा खिर्किबाट दुनियाँ देखिदैन आहा ! कति सुन्दर डोल्पा…यहाँ राख्नु भएकोमा धन्यवाद

  39. उत्तमबाबु जी नमस्कार,
    मैले २००० डोल्पा को प्राय सबै गाविस हरुको राम्रो भ्रमण गर्ने मौका पाए. मलाई तपाईं को यो लेख देखेरे असाध्य खुशी लग्यो दुनै देखि सल्दंग सल्दंग बाट फोक्सुँदो हुँदै जुम्ला अनि कालिकोट बाट सुर्खेत को यात्रा सायद कहिले पनि बिर्सिन्दैन. बिदेस मा बसेर अरु नेपाली साथी हरु लाइ पनि यो सव्र्ग को दर्सन गर्न तपाईं को लेख ले सहयोग गर्छ!
    नेत्र

  40. हाम्रो देश जस्तो सुन्दर अरु कहाँ छ र तर के गर्नु सिस्टम गन्हाउने राजनिती ले पो सखाप पार्यो सब राम्रो भयर देश सजौना पाय कस्तो हुदो हो जुनी जुनी बचिरहना मन लागिरहन्थ्यो होला पक्कै कुनै दिन आउला नि हामीले गर्ने हो अब गर्नु पर्छा अनि हामीलेनै हेर्नुपर्छा सुन्दर नेपाल.

  41. यार्सागुम्बा खोज्ने भनेको के हो? कृपया कसैले पनि लेख्नु होला/ सुन्दर तस्विरहरुको लागि धन्यवाद/

    • दुर्गा जी,
      यार्सागुम्बा भनेको एक प्रकारको दुर्लभ जडिबुटी हो जुन नेपालको हिमाली क्षेत्रमा पाइन्छ । गर्मीको बेला हिउँ पग्लेर जब पहाडहरुमा जमिन देखिन्छ त्यहिँ जमिनमा यो बिशेष किसिमको जडिबुटी खोज्ने ( खन्ने) गरिन्छ । जानकारीमा आएसम्म को कुरा गर्दा अहिलेको बजार भाउ अनुसार यसको मूल्य आठ देखि दश लाख प्रति किलो सम्म बिक्रि हुने गर्दछ । थप जानकारीको लागि गुगलमा हेर्न सक्नु हुन्छ । http://cordyceps.co.cc/cordyceps.php

      उत्तम बाबु ले प्रस्तुत गर्नुभएका सम्पूर्ण तस्बिर हरु मनमोहक छन्, नेपाल त्यो स्वर्ग हो जहाँ सुन्दरता कुटी कुटी भरिएको छ तर त्यहिँ नेपाल बाँदर को हातमा नरिवल जस्तो भा’छ हाम्रा भतुवा नेता भनौदा हरुलाई …

  42. यस्ता राम्रा राम्रा तस्बीर हरु बिदेशमा नेपाल पर्यटन प्रबर्धनको लागि धेरै सहायक हुनेछन त्यसैले उत्तमजी अमेरिका मा भिजिट नेपाल को मेलाको आयोजना गर्नुस, अमेरिकनले त्यहाँ तेल, ग्यास, सुनखानी, खनिज पदार्थ आदि पत्तो लाउन सक्नेछन, अनि डोल्पा को विकास पनि हुन सक्नेछ | सारांशमा, विदेशीलाई हामीले डोल्पा प्रति आकर्षित गराउने प्रयाश गरौँ |

  43. हजारै हजारको नोट बोकेर मरुभूमिमा भोक भोकै भौतारिरहेको अवस्था जस्तो मेरो देश /
    स्तरीय छन् तस्बिरहरू… तस्बिरकारिताको अब्बल नमुना हुन् तपाईका संग्रह /

  44. प्रकृतिले भरिएको मेरो देश नेपाल धेरैधेरै धन्येबाद श्रेष्ठ जी .

  45. आहा!कति मनमोहक दृस्यहरु राखी दिनु भयो तपाइले उत्तमबाबु जी!मलाई त पुरै दोल्पा घुमेझै भयो!हृदय देखि धन्यबाद टक्राउन चाहान्छु!तर डोल्पालीहरुको कठिन जन-जीबन देखेर यो मन कटक्कै खायो!कहिले सम्म बिकासको अनुभुति गर्न पाउलान यी गरिब जनताहरुले?

  46. आहा ! साँचिकै मन छुने मनमोहक दृश्य . यो हो सुन्दर नेपाल . तर के गर्नु बाँच्नको लागि पेट भर्नै पर्ने बाध्यताका कारण जस्तोसुकै जोखिम पनि मोल्नै पर्यो .

  47. उत्तम जी डोल्पा जानको लागि कहाँ बाट सजिलो छ र केहि सजिला उपायहरु पनि बताई दिनु हुन्छ की धन्यवाद .

  48. सुन्दर छ डोल्पा र फोटोहरु राम्रा छन्! अरु पनि फोटोहरु हेर्न पाय खुशी हुने थिय साथै आभारी पनि! आफ्नो आखाले देखेको कुरा फोटो मार्फत हामीलाई देखाउनु भयो धन्यबाद उत्तम जी, अब भोगेको र सोचेको कुरापनि पढ्न पाय अझै खुशी र झनै आभारी हुने थिया! तेसको प्रतिक्षामा छु! धन्यबाद!

  49. उतम जी पहिलो तस्बिरको हिमालको मात्र भाग हेर्दा त लक्ष्मण श्रेष्ठको आधुनिक कला झै देखिन्छ । खुब मन पर्‍यो ।

  50. अहा कस्तो रमाइलो ठाउँ अनि सुन्दर देश, तर तेहाको नेताहरु समझदा पनि ……

  51. Yes our country is a Heaven on earth….full of god and nature gifts……Switzerland is far behind compare to Nepal…..
    BUT
    Where is Switzerland and where we are……
    I saw a hope when I saw…. …..$3 B project in Nepal…..it is a huge amount…..fast trains and Buddhist’s main holy place……oh! Tourism ….development….
    This is called a DEAL…..!!!! thanks to every body who made such big effort……
    $3B is a huge amount…..i am working in $3B project……so I know how big this amount is……..all Nepalese will know…..power of money and its instant change….
    Hope we can make WORLD’s BEST tourist place on earth…..we need more such big projects……in the future…..

  52. श्रेष्ठ जी
    धन्यबाद धेरै राम्रा फोटोहरु र (त्यहाँ को बारेमा केहि लेख सार्है) मन पर्यो .

Comments are closed.