जोखिमपूर्ण यात्रा


एउटा सामान्य टेम्पोमा कति जना यात्रु अट्छन् ? गन्नुस् वीरगञ्जमा टेम्पोमा जोखिमपूर्ण यात्रा गरिरहेकाहरुलाई।

25 Comments

  1. साचै गाऊ को यात्रा को याद आयो मैलेनी येस्तई जोखिम यात्रा धेरै गरेको छु|खै कैले बन्ने होला अनि कसले बनाउने होला नया नेपाल ,सुन्दर नेपाल अनि बेबस्थित नेपाल

  2. के जोखिम भन्ने ? Driver ले पैसा पाएकै छ ,यात्री हरुले फ्री मा A/C को सुबिधा पाएकै छन् ,TRAFFIC ले पैसा बनाएकै छ ,अरु यी सबै यात्री हरुको जिबन बिमा ,अनि HEALTH INSURANCE पनि पक्कै होला !

  3. मेरो बिगत सम्झिए मैले त , मैले पनि येस्तै यात्रा धेरै पटक गरेको छु दुहबी – इनरुवा को रुट मा यात्रा गर्दा…

  4. अरु कुरा भनेको त त्यस्तै हो तर यो त्यम्पू चाही नया जस्तो छ /नेपाली बहादुर छन् त्यसैले त आफ्नो ज्यान को माया गर्दैनन् /सवार भएका हरुको अनुहारमा हासो त हुने नै भयो नि फोटो खिच्न लागे पछि हासेको अनुहार देखाउनु परेन CAMERAMAN ले SMIL पनि भनेजस्तो छ /माफी चाहन्छु यो हाम्रो लाचारिपनामा मैले यस्तो COMENT गरे /नेपालमा सबै कुराको नियम कानुन रहेछ तर ……..तपाई हामी जस्ता नियम पालन गर्ने र गराउने हरुको नैतिकता नभएर हो जस्तो लाग्छ /जे होस् आखिर फोटो राम्रो लाग्यो /म मा त छैन अनि तपाईमा नि ? ……नैतिकता

  5. यो फोटो देखेर जनता, यातायात बय्ब्सायी, प्रहरी र सरकार को आखा खुल्छ कि?

  6. संसार मा न कानून न संबिधान केही पनी नभए को देश हो नेपाल लाथालिंग भये को घर जस्तो लाग्छ मलाई नेपाल

  7. यो रुटमा टेम्पो राज होला अरुलाई छिर्न नदिने र जतिजना बोकेपनि झुण्डीएकाको पैसा ड्राइभरको गोजीमा | झुण्डीनेलाई पनि हावा खान पाइने क्या रमाइलो | तर संबेदनशीलकुरा दुर्घटनाको हो, त्यो त आफ आफ्नो जिम्मेबारी हो | न सबारी निकायले हेर्छ न पुलिसले | सबैलाई टेम्पो ग्यांगले सबैलाई रिझायेकै होला | कस्तो राम्रो – टेम्पोको एक एक पार्टपुर्जाको अधिकतम सदुपयोग | चक्कामा पनि कोहि छन कि ? अपांग, केटाकेटी, महिला, बुढाबुढी, बिरामीको सिट पनि छुट्याएको पनि हुँदो हो | १५/१६ का बाहेक अरुलाई आँट पनि आउला र ? | यस्तै देखर पर्यटकहरुले नेपाल र नेपाली को बयान देश विदेश पुर्याउछन | त्यसमाथि मेडियाले | हेर्दा सबैलाई दंग लाग्छ नेपाल र नेपालीको रमाइलो कुरा कति कति |

  8. १६ जना त बाहिर नै गन्न सकियो भित्र कति छन होला ?

  9. मित्र मान्छे रहर ले जोखिमपूर्ण यात्रा गर्दैन्न वाध्यता ले मात्र गर्छन् बेदेश को जस्तो हाम्रो नेपाल मा सुबिदा छोएन मैले पनी धेरै चोटि जोखिमपूर्ण यात्रा गरे को छु रहर ले होइन्न !!!

  10. सालोक्यजी, त्यो टेम्पो चढ्ने २०४६ वा ६२/६३ होलान? अनि अरु दुइ चार ओटा नेपालका अति महामहिम रास्ट्रपति/प्रधान मन्त्रि/ गृह मन्त्रि चढ्ने टेम्पोको बिचमा यो राख्नु पर्ने थियो, त बा पो फोटो हेर्न क्या मज आउंथ्यो!!!!!

  11. कुरा के हो भने नि , त्यो रूटमा अर्को २० वटा Toyota Van हाल्न तयार हुने हरू पनि हुन्छन , तर तिनिहरूलाइ प्रवेश नै गर्न दिइदैन त्यो गाडीको सङ भनाउदाहरूले त्यही भएर यस्तो दृश्य देखिन्छ । आफुखुशि कानुन बनायो जन्तालाइ सधै सास्ति ।

  12. बाध्यता नै होला, रहर त पक्का पनि होइन/ सजिलै संग सिट अनुसारको यात्रा गर्न पाउँदा पाउँदै ठुलो पराक्रम देखाउन त्यसरी झुन्डिएको हो जस्तो मलाई त लाग्दैन/ तपाइंलाई कस्तो लाग्छ?

  13. एसमा जनताहरुले पनि विचार गर्नु पर्यो/ सिट भरीय पछी आफैलाई खतरामा पारेर किन यात्रा गर्नु/ मसंग बाध्यताको कुरा भने नगर्नु होला किनकि तपाईको बाध्यता तपाईंको ज्यान भन्दा ठुलो भने पक्कै छयिन क्या/ अब हाम्रो देशमा जनताहरुले आफैले आफ्नो बिसयमा सोचेर काम गर्ने बेला आयको छ/ सरकार वा अरु कसैको भर पर्नु वा मुख ताक्नु बेर्थ छ/ यो कुरा त पटक पटक प्रमाणित भयिसकेकोछ/ जय जनता/

  14. २१ औ सताब्दीको नेपाल अनि यसले गरेको बिकाश को छलांग को ज्वलन्त उदाहरण हो यो यात्रा गर्ने र गराउने दुवै दोषी देख्दिन म….. आफ्नो दैनिक गुजारा गरि खानै पर्यो नीति छ पालना गरौ भन्यो महंगीले घाँटी थिची हाल्छ …..सालोक्य जी! काठमाडौँ को माइक्रो-बस चल्ने ८-१० वटा rout मा हेर्नु भयो भने पनि यो स्थिति पाइन्छ ,मात्र छत मा बसेको हुन्न तर भित्र टेक्ने र उभिने ठाउँ हुन्न के गर्ने सबैसंग मोटरसाइकल हुन्नन् अनि निजि गाडीको त के कुरा र?….देशमा न गतिलो नीति-कानुनी व्यवस्ता न सरकारले गरिबको हित नै गर्न सकेको छ…. नेताहरुको मात्र हित छ दल-बल र सुरक्ष्या सहित, धनि पनि यिनीहरु नै मस्ती पनि यिनलाई नै…कुकुर को काम पनि छैन फुर्सद नि छैन ……

  15. माथिको चित्रले नेपालमा सामान्य कुराहरुमा समेत सरकार ब्यबस्था र कानुन नभएको प्रमाणित गर्छ/

    सदनको गाडी र सदकको गाडी दुबैको हालत उस्तै उस्तै छ/ नेपाल जस्तो सानो मुलुकको संबिधान सभामा ६०१ जना सभासद्!!!! त्यो पनि टिकट काटेको भन्दा टिकट नकाटेको बढी/

  16. २७ जना आधा ! मतलव साढे सत्ताइस जना !

    • अन्यथा नलिनुहोला नेपालको जनसंख्या वृद्धिदरको अनुपातमा पक्कै पनि एउटा गर्भवती महिला भित्र हुनुपर्छ भनेर भ्रुणलाइ आधा मानेर गनेको मात्र हुँ /

  17. *यो गन्ने काम त नेपालका महान जननेता गृह मन्त्रीहरु;— र त्येस्मा पनि सर्वहारा जनताका प्रतिनिधि भिम रावल र खड्ग वली ज्यु हरुलाई पो लाउनु पर्ने होइन र?वहाँहरुले डेढ डेढ करोडका पजेरोहरु खर्लप्पै निल्ने जनमुखी काम गर्दिनाले वहाँलाई भोट दिएर र काँध थापेर सत्ताको ढुकुटी मा पुर्याउने जनताको यो गाईजात्रा भएको हो/वा! प्रजातन्त्र र लोकतन्त्रको क्या उच्च कोटीको उदाहरण!!+

  18. यातायात साधन को कमि ले त यस्तो भएको होइन होला ? यात्रु ,यातायात कर्मी ,प्रशाशन सबैले ज्यान ठुलो हो भन्ने कुरा बुज्नु पर्यो \ भोलि दुर्घटना हुदा सम्बन्धित यात्रु , यात्रु को परिबार ,साधन वाला ,प्रशाशन र समाज सबैमा दुख र झन्झट सिबाय केहि हात लाग्दैन \ साधन को कमि हो भने समय मिलाएर साधन को ब्यबस्था गरिनु पर्यो \ यसमै सबैको भलो हुन्छ \ अहिलेको समयमा पनि यस्तो यात्रा गर्नु ,गराउनु र सुलभ यात्रा को ब्यबस्था नगराउनु सार्है दुख र चिन्ता को बिषय हो \

    • बसन्तजी !
      तपाइको कुरा सहि हो / मैले विमति जनाउन खोजेको होइन तर पनि महत्वपूर्ण कुरा त त्यहाँ यात्रा गरिरहेको यात्रुहरूको ओठको निश्छल हाँसो हो / हेर्नुहोस त सबै दङ्ग छन् / सबै खुशी देखिन्छन /
      अमेरिकामा वातानुकुलित बस, रेल, कार आदिमा सवार गरिरहँदा पनि ९०% मानिसहरू उदास र खिन्न देखिन्छन / depression rate विकाशोंमुख भन्दा विकाशित देशमा नै बढी छ /
      देशको विकाश त्यस देशको भौतिक उन्नति र आर्थिक समुन्नतीसंग मात्र हेरिनु हुदैन, मानवीय सुख र जीवन प्रतिको उत्त्साहको पनि मुल्यांकन हुनुपर्दछ /
      हामीलाइ कतिपय कुराहरू अफ्ठेरोमै सजिलो बानि परिसकेको छ / तै पनि अझ राम्रोको कामना गरौँ /

      • अमेरिकामा पनि येस्तई टेम्पोमा २२-२३ जनालाई चढने व्यवस्था गरिएमा अमेरिकीहरुको मुहारमा पनि “निश्चल हाँसो” आउने हाम्रो बुझाई भयो ! बुझिदिनु भएकोमा धन्यबाद !!

      • योगेशजी ,
        बाटोमा हिडी रहदा अकस्मात कसैले फालेको केराको बोक्रामा परेर लड्दा देख्ने हरु बीच उठ्ने हासो को कुनै अर्थ हुदैन \ विसंगति र परिस्थिति मा परेर यात्रा गरिने यस्ता कार्य हट्ने अबस्था सृजना गरेर डिप्रेशन रेट बढाउनु नै बेश होला \नक्कली हासो भित्र को पिडा कस्तो हुन्छ भन्ने अनुभब मलाइ पनि छ \ नेपाल मा हुदा ,क्याम्पस ,अफिस,विभिन्न कार्यक्रम र काम पर्दा मा पनि धेरै चोटी,ट्रक बस ,मिनिबस ,ट्याम्पु,माइक्रो मा जोखिम पूर्ण यात्रा बिबस भै गरेको छु \ यो अबस्था बाट मुक्ति आजका हामि नेपालि ले पाउनु पर्छ\ यदि तपाइको तर्क लाइ ठिक मान्ने हो भने नेपालमा जुन आतंक ,अपराध ,अपहरण ,अशान्ति ,असम्बिधान बीच केहि मान्छे हरु फाइदा उठाई रहेछन ,आफ्नो माथि पुग्ने ,सम्पति जोड्ने ब्यबसाय संचालन गरिरहेछन त्यस लाइ पनि ठिक भन्नु पर्ने हुन्छ किनकि नेपाल मा मानिस हरुको बीच हासो त फुले कै छ नि !मानिस हरु गायकै छन् ,नाचेकै छन् ,बाजा बजाए कै छन् ,ठट्टा गरेकै छन् ,बेला बेलामा मासु भात, मिस्ठान् खाए कै छन् ,भने किन चाहियो ब्यबस्थित बसाइ ,यात्रा ,समाज ,राज्य ,प्रणाली होइन त ? मैले त यस्तै बुझे तपाइँ हरु ले नि ?अनि कसरि ननिस्कनुन कुलंगार नेता ,कार्यकर्ता ,व्यक्ति हरु देश भित्र छ्याप छ्याप्ती !अमेरिकामा डिप्रेशन रेट बढे पनि हरेक कुरा सिस्टम मा चलेको छ \ हरेक कुरा ब्यबस्थित छ \ व्यक्ति ,समाज ,नेता ,पार्टी ,राज्य लाइ थाहा छ कि मैले के गर्न हुन्छ के गर्नु हुदैन \गरेमा सजाय र न्याय मा भेद भाब हुदैन \पैसा ,सम्पति ,नेता ,पार्टी को कुनै प्रभाब हाबी हुदैन \ राम्रो नराम्रो र कमजोरी त जहा पनि भै हाल्छ जो अलग कुरा हो \

Comments are closed.