हाउजिङ सञ्चालक चौधरी संविधान सभाबाट घरभाडा बुझ्दै

-रामप्रसाद पुडासैनी-

उपत्यकामा घर भएका विभिन्न हाउजिङ कम्पनी र उद्योग सञ्चालक समेत संविधान सभा सदस्यवापत् संसद सचिवालयमा लाइन लागेर मासिक छ हजार रुपैयाँ घर भाडा बुझ्दै आएका छन्। विनोद चौधरी विभिन्न उद्योगको अलावा माउन्ट भ्यु रेसिडेन्स र काठमाडौँ रेसिडेन्स नामक हाउजिङ कम्पनीका मालिक हुन्। आफ्नो घरमात्र नभई घर बनाएर अरुलाई बिक्री गर्ने काम गर्दै आएका चौधरीले संविधान सभा सदस्यवापत् संसद सचिवालयमा लाइन लागेर मासिक घरभाडा पनि बुझ्दै आएका छन्। संसद सचिवालय स्रोतका अनुसार सभासद् चौधरीले असार महिनामा घरभाडासहित ४५ हजार ६७३ रुपैयाँको चेक बुझेका छन्। मासिक तलब २६ हजार दस रुपैयाँ, स्वकीय सचिववापतको १३ हजार ९१०, बैठक भत्ता छ हजार चार सय, धारा बिजुलीको एक हजार २४८, टेलिफोन २ हजार, मसलन्द १३ सय र घरभाडा छ हजार पाँच सयसहित ५७ हजार ४४८ मध्ये चौधरीको ११ हजार ७७५ रुपैयाँ कर कट्टीमा खर्च हुन्छ। चौधरीले संसद्‍बाट लिने तलब र सुविधा चेकबाट लिएका हुन्।

हाउजिङ सञ्चालक चौधरी संविधान सभाबाट घरभाडा बुझ्दै

-रामप्रसाद पुडासैनी-
उपत्यकामा घर भएका विभिन्न हाउजिङ कम्पनी र उद्योग सञ्चालक समेत संविधान सभा सदस्यवापत् संसद सचिवालयमा लाइन लागेर मासिक छ हजार रुपैयाँ घर भाडा बुझ्दै आएका छन्। आफ्नो घरमात्र नभई विभिन्न हाउजिङ कम्पनी चलाएका विनोदकुमार चौधरीलगायत व्यवसायी विमलकुमार केडिया, मोतिलाल दुगड, श्रवणकुमार अग्रवाल, जिपछिरिङ लामा शेर्पा, जुलीकुमारी महतो तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल लगायत सभासदले घर भाडा लिँदै आएका छन्। उपत्यकाबाट निर्वाचन जित्ने र घर भएका प्रायः सबै सभासदले घरभाडावापतको सुविधा लिँदै आएको संसद् सचिवालय स्रोतले जानकारी दिएको छ।

संसद सचिवालय स्रोतका अनुसार प्रकाशमान सिंह, ईश्वरीप्रसाद दाहाल, पद्यज्योति, मधुसूदन अग्रवाल, राजेन्द्रकुमार खेतान, रामनाथ ढकाल, डा रामशरण महत र सुनिलबाबु पन्तले मात्र सुरुदेखि नै घर भाडावापतको छ हजार पाँच सय रुपैयाँ सुविधा बुझेका छैनन्। अरु सबै सभासदले उक्त सुविधावापतको रकम बुझ्दै आएका छन्।

उपत्यकाबाट निर्वाचन जित्ने नवीन्द्रराज जोशी, ध्यानगोविन्द रञ्जित, नरहरि आचार्य, नारायणमान बिजुक्छे, वर्षमान पुन, चक्रबहादुर ठकुरीलगायत सबै सभासद्ले अहिलेसम्म पनि घरभाडा लिन छाडेका छैनन्।

चौधरी विभिन्न उद्योगको अलावा माउन्ट भ्यु रेसिडेन्स र काठमाडौँ रेसिडेन्स नामक हाउजिङ कम्पनीका मालिक हुन्। आफ्नो घरमात्र नभई घर बनाएर अरुलाई बिक्री गर्ने काम गर्दै आएका चौधरीले संविधान सभा सदस्यवापत् संसद सचिवालयमा लाइन लागेर मासिक घरभाडा पनि बुझ्दै आएका छन्। चौधरीले संसद्‍बाट लिने तलब र सुविधा बैँकमार्फत् पनि लिएका छैनन्। बैँकिङ च्यानलबाट रकम बुझ्दा पारदर्शी हुने भए पनि अधिकांश पूर्व प्रधानमन्त्री, पूर्व अर्थमन्त्री, पूर्व गभर्नर र उद्योगपति तथा व्यवसायी पृष्ठभूमिका सभासदले आफ्नो तलब र सुविधाबाट प्राप्त हुने रकम संसद सचिवालयबाट सीधै चेक लिएर बैँकमा लाइन लागेर तलब बुझ्ने सभासदको संख्या २१० छ।

संसद सचिवालय स्रोतका अनुसार सभासद् चौधरीले असार महिनामा घरभाडासहित ४५ हजार ६७३ रुपैयाँको चेक बुझेका छन्। मासिक तलब २६ हजार दस रुपैयाँ, स्वकीय सचिववापतको १३ हजार ९१०, बैठक भत्ता छ हजार चार सय, धारा बिजुलीको एक हजार २४८, टेलिफोन २ हजार, मसलन्द १३ सय र घरभाडा छ हजार पाँच सयसहित ५७ हजार ४४८ मध्ये चौधरीको ११ हजार ७७५ रुपैयाँ कर कट्टीमा खर्च हुन्छ। त्यसमध्ये ७ हजार रुपैयाँ त पार्टीलाई मासिक लेबी बुझाउने गरेका छन्।

चौधरी नेकपा एमालेका सभासद् हुन्। एमालेले आफ्ना पार्टीबाट सभासद बनेकाहरुबाट मासिक सात हजार रुपैयाँ लेबी लिँदै आएको छ भने माओवादीले १० हजार र कांग्रेस, मधेसी जनअधिकार फोरम लगायत दलहरुले प्रति सभासद तीन हजार र केही साना दलहरुले भने लेबी उठाउने गरेका छैनन्। चौधरीले संसद्को विवरणमा स्थायी लेखा नम्बर प्यान पनि उल्लेख गरेका छैनन्।

असार महिनामा घरभाडा सुविधा नलिने सभासद्हरुमा इसलाममियाँ धोबी, कर्णजीत बुढाथोकी, खोभारी राय, गगन थापा, चन्द्रबहादुर गुरुङ, चिरञ्जीवी राम थारु, जगतबहादुर ताजपुरिया, जयप्रकाश यादव, तिलकबहादुर थापामगर, दिवाकर गोल्छा, नारायणीदेवी घिमिरे अर्याल, पासाङ शेर्पा, प्रदीपकुमार ज्ञवाली, बबिना मोक्तान तामाङलगायतका केही सभासद छन्। केहीले भने अग्रिम लिइसकेका कारण असार महिनाको रेकर्डमा नदेखिएको सचिवालय स्रोतले जानकारी दिएको छ।

घर भएका सभासदले घर भाडा मात्र होइन, खाता खोल्नुपरछ भनेर अर्ति उपदेश दिने सभासदहरुले पनि बैँक खाता संसद सचिवालयलाई उपलब्ध नगराउँदा व्यक्तिगत रुपमा चेक काट्न समस्या परेको छ भने रकम पारदर्शी गराउन पनि समस्या परेको छ। (साभारः आर्थिक दैनिक)

[polldaddy poll=5187127]

107 Comments

  1. सैतानहरु ले नेपाल जस्तो सुन्दर देश लाई मसान घाट बनाउने नै भए

  2. देशै खान भनेर बनेको ६०१ जनाको अनाबश्यक जम्बो टोलीमा सम्मिलित मध्ये केहि सदस्यले आफ्नो घर काठमाडौँमा हुँदाहुँदै पनि घरभाडा बापत सरकारी ढुकुटीबाट पैसा लिन्छन भन्दा मलाइत अनौठो लागेन/अझ यो चौधरीको कुरो गर्दा उ त एउटा ब्यापारी हो/ब्यापारीले आफ्नो फाइदा बाहेक अरुको फाइदा हेरेको रेकोर्ड कहिँ छर यो दुनियाँमा?कुकुरहरुत तिनिहरुनै हुन् जसले चौधरी नामको कुकुरलाई पनि सभाषद बनायो/के छर तेस्को तेस्तो बुद्दी सभाषद हुनको लागि?शोषेर कहिलै नअघाउने एक शोषकको भन्दा भिन्न बिशेषता केहि पनि देख्दिन म उसमा/जति सकेको शोष भनेर जिम्मा दिएपछि शोश्नै पर्योनी/तेतिमत्रै होर अझ तेही कुकुरको लहिलहिमा लागेर डेढ अर्ब भ्याट पनि पचाउन खोज्दैछन/के गर्ने यस्तो देख्दा यति धेरै रिश् उठ्छ यिनीहरुलाई आरामले उतानो परेर सुत्न लगाएर सबै नेपलीजनातालाई लाईनमा राखेर यिनीहरुको मुखमा दिशा गर्न लगाएर अघाउने गरी दिशा खुवाउन मन लाग्छा/

  3. अनाबस्यक रुपमा कसैलाई होच्याउनु र कसैको पछाडी पर्नु पनि राम्रो होइन| चौधरीजीले घरभाडा बापत रकम लिएर के नराम्रो काम गरे त! उनले संबिधान सभाका सदस्यको हैसियतले त्यो आफुले पाउने सुबिधा त लिएका हुन् नी! हामी कहाँ कत्रा कत्रा भ्रस्ताचारिहरु छाती फुलाएर हिडीरहेका छन् उनीहरुको अगाडी पुगेपछि हामी भिजेका बिरालो जस्तो भएर हिंडछौं अहिले भन्न पायौं भन्दैमा यसरि भन्नु राम्रो होइन| कुनै पनि व्यक्तिबाट बढी आदर्शबादी कुरा आश गर्नु भन्दा नियम कानुन दरिलो बनाउदै सबैलाई समान रुपमा कानुनको परिधिभित्र लेराउन सकेमा मात्र देसको दिगो bikas सम्भब हुन्छ| हामी सबै सचेत होउँ|

  4. घर भाडा को सत्ता घरायसी सुबिधा नामकरण गरिदिए हुन्थ्यो. सभासदले अलिक बढी मेच- सोफा किन्नु पर्ने हुँदो हो र पाहुना सत्कार बढी गर्नु पर्दो हो. आफनै घरमा बसेपनि मर्मत सम्भार पनि गर्नु पर्छ. घर धनीले पनि घर छाड्दा सामान्य मर्मत त गराई हाल्छन. यस्ता खर्च जुन आफ्नै घर वा भाडा जता बसे पनि सभासद भए वापत बढी हुने गर्छ त्यस्ता खर्च का लागि घर भाडा लाइ घरायसी खर्च नामकरण गरिदियो, लेठई खलास.
    धन्न भन्नुस यिनले तलव बधाई पाउन हड्ताल गरेका छैनन्.

  5. धोति लोटा लियेअर नेपाल छिरेका देश लुटेरा र लुतायेरा पुगेन एमाले लै धोति लगाएर फेरी नेपाल लै लुट्न पाएको ले केको छोदchha हो. लुट लुटे एमाल को बुद्दी नेपाली को सद बुद्दी फिरोश नत्र सती ले सरापे को देश भनेर चुप लfगौं

  6. मरे पछि सबै पैसा,घर,गाडी छातीमा राखेर नरकमा जानचन चोर ब्यपारी, चोर नेता सबै तेस्तै छन् के गर्नु मेरो देसको चाला यस्तै छ जय मेरो कंगाल देश /

  7. नागरिकता र सांसद नेपाल को , छोरो भारत को , एसले त लगानी पनि उतै गर्याछ क्यारे , भात मारा !

  8. जनताबाट उठाएको भ्याट छली गर्ने, सामान्य cashiers ले पैसा चोरेकोमा गुन्डाले जस्तै बन्दि गर्ने, बैंक कर्मचारीले चोरीको निक्षेपको सूचना दिएकोमा रहस्यमा हत्या सम्मको case मा मुछिएको व्यक्तिले घर भाडा बुझ्दा कुनै ठुलो अपराध रहेन तुलनात्मक रुपले / तर एउटा रहस्य के भने चोर प्रवृतिको ब्यतिलाई चौधरीले ढुकुटीमा नियुक्तिदिनु र त्यत्रो पैसा चोरेर भागे पछी मात्र चाल पौने व्यक्ति कुनै कुशल ब्यबस्थापक हुन सक्दैन / त्यसैले चौधरीले कमाएको रकम प्राय जसो कालो साण्ठगान्थ र कालो बजारी बाट हो कुशल ब्यबस्थान र सेवा बाट होइन /

  9. चौधरी त देश को लागि कलङ्क हो. कारणऔ को लगानी विदेश मा लगाएको छ जहाँ कि नेपाली ले विदेश मा लगानी गर्न कानुन ले दिदैन……. कारणऔ VAT छलेको छ…यो चोर ले देश खायो… डुबायो….. बि चौधरी त सुजाता, रुबेल, जस्ता नेपाल मा कहलिएका कुख्यात अपराधी जस्तै हो. देस को धन विदेश पुर् याउने कम बाहेक के नै गर्न सके र यिनीहरुले…………..

  10. लाज कहाँ छ र यी चोर हरुको यसरि भत्ता मात्रले पुग्छा र कमिसन भ्रष्टाचार पनि गर्छन र पो त ….

  11. विचरा बिनोद चौधरी लाई मात्र किन ?? उस्ले त पाको आधिकार सदुपयोग गरेको हो …………रुबेल चौधरी जस्तो घरज्वाई भयको हाम्रो देश ma

  12. यी कोमेंट हरु को लेखाजोखा चाहि हुनुपर्छ

  13. जय हो मेरा भातमारा नेताहरुको . मेरा प्यारा नेता हरु हो घर भाडा मात्र होइन श्रीमती नभएकाहरु ले पनि/पुरुष सभासद हरुले पनि सुत्केरी भत्ता लिनुपर्छ,जिउदै रहेको बुवा/आमा को पनि काजक्रिया खर्च लिनु पर्छ,विदेश चहार्दै मोजमस्ती गर्दै औसधि उपचार खर्च लिनुपर्छ, देश को अस्मिता बेच्दै आफ्नो ढुकुटी भर्दै जानु पर्छ, तर र र र र र र र र र र र खबरदार र र र र र र र र र चोरहरु एक पटक एस्तो दिन आउने छ गल्लि गल्लि मा तिमीहरु को गन्हाउने लाश भेटिनेछ .
    जय देश

  14. के गर्ने नेपाल मा येस्तै हो, हामी मारवाडी हरु सारै लोवी हुन्छौ, बिनोद पनि मारवाडी जो पर्यो

  15. कस्तो अचम्म | यदि कसैले पैसा दिन्छ भने कसैले लिन्न भन्छ ? बिनोद चौधरी ले लेको मा मलाई केहि अचम्म लाग्दैन | दिने ले दिए पछि लिने ले नाई भन्दैन | कुरा त दिने को पो गर्नु पर्छ|

  16. धनी भएर र पनि मनको धनी हुन नसकेका । कहिल्यै उदारण बन्न सकेनन् यी लोभी व्यापरी ।

    अमेरीकाको न्युयोर्कको मेयर एउटा धनाढ्य व्यक्ति हुन्, उनले तलब, भत्ताबापत सरकारसीत जम्मा १ डलर महिनाको लिनछ्न । खै नेपालमा यस्ता उदारण?

    नवराज

  17. क्यनाम्सो ! घर भाडा लिउ पुग्दैन भने तरुनी श्रीमती पनि भाडा मा लिउन. खाली टायम मा संबिधान दिया पुग्छा. यसमा त्योत्रो गण गण किन नेपाली दाजु भै हो. हेर्दै जौ यहि लियको पैसा को दुर्पयागो गरि नेपाल लै सिक्किम वा भुटान वा अफ्घानिस्तान मात्र नाबनैदिनु.

  18. यो कुनै ठुलो कुरा होइन र यसमा कुनै नया नौलो कुरा छैन . यो त उसको पाउनुपर्ने तलब भत्ता हो लिए यसमा हामीले टाउको दुखाइ रहनु पर्दैन बरु तपाइँ हामीले त यिनीहरुले तलब भत्ता लिने तर जनताको कम नगरी उसको पर्सनल बिजनेस सम्हालेको तिर विचार गर्नु पर्यो यिनीहरु हप्तामा कति दिन संसद भवन जान्छन र कति घण्टा त्यहाँ बस्छन र के कति सुझाब सल्लाह संबिधान बनाउन दिन्छन तेस्को लेखा जोखा राखी तलबमा कटाउनु पर्यो कम गरे तलब दिने हो नगरे किन दिने ? यिनीहरुको काम अनुसार त यो तलब भत्ता 1 महिनाको नभई २ दिनको हो २ दिन काम गरेर ५५००० पाउछा भने कोले लिदैन? प्लीज लेखक ज्यु यिनीहरुको वोर्कींग समयको रेकर्ड राखेर तलब दिने गरेको समाचार खोजेर प्रकासित गर्नुहोला. र धेरै अब्सेंत बस्ने अल्छी र नोन स्किल वर्कर हरुलाई निकाली दिनू गर्नु पर्छा

  19. राम प्रसाद जी
    मलाई अलि चित्त बुझेन / केहि प्रुफ को कापी पनि राखी दिनु भएको भए हुन्थ्यो . तलब भरपाई रसिद को फोटो कापी जस्तो . बिनोद जी नेपाल को top बिजनेस म्यान हो . विभिन्न गैर सरकारी निकाय तथा बिदेशी चम्बेर हरु मा नेपाल लै represent गर्छन . लान्छना लागौना भएन बरु कानुन को दयेरा मा ल्याउन पहल गर्नु पर्यो . गल्ति गरेका छन् भने बिनोद जी ले सब rakam फिर्ता गरेर आत्मालोचना गर्नु पर्छ र सजाय भोग्नु पर्छ तर नेपाल को छबि मा नै आच आउने गरेर प्याच बोल्नु भएन . एउटा व्यक्ति ले गरेको गल्ति ले नेपाल को बिजनेस कोमुनिटी को इज्जात मा दाग लग्न हुँदैन !!!!

  20. तेसै यो दुर्गति भएको छ देशको ? संबिधान सभामा येस्तई प्रबिती भएकाहरुको बाहुल्यता भएर त हो नि /

  21. येस मा अचम्म मान्नु पर्ने के छ र?बिनोदे ले भत्ता छोड्यो भने पो सम्चार बन्नु पर्ने हैन र?अब कतिन्जेल होला र पाको बेला चार हात-खुट्टा फालेर सोहोरौ भनेर लागेको हो त्यो/

  22. हामीले सुनेका छौं कुबेर ले तोरीको गेडा थुक लगाएर टिपेको थिए भने चौधरीजी ले लाइन मा लगेर घर भाडा थप्नु कुन ठुलो कुरा हो र ?
    फेरी दिने ले लेउ भने पछी नलिने अहिले को युग मा त मुर्ख नै हो नि! हैन त ? जेहोस् जसरि लाइन मा बसेर यिनीहरु ले पैसा थाप्छन तेसतै जागर सम्भीधान लेखना देखाए राम्रो हुन्थियो कि ?
    नेपाल लाई सम्पन्न बनाउन प्रयास गर्नुस अनि मात्र देस र बिदेस मा नेपाल र नेपाली को इज्जत बढ्छ
    नत्र जति धनि वा रसुक वाला भए पनि विदेश को वीसा नलाग्ला है होस् गरौ !

  23. म लिन्न भनेर नलिनेलाई सलाम… लिनेलाई पनि राम राम… किनकि नियमपूर्वक लिएकोले कानूनसम्मत देखिन्छ /
    हामीमा विरोध प्रबित्ति अलिकति बढी नै हावी भयो जस्तो लाग्यो /
    – अमेरिकाको राष्ट्रपतिदेखि अनामिकाको बुढोपति धन पाउन नै खोज्छन /
    – बामदेव होस् या महादेव धन देखेपछी तीन नेत्र खोल्छन /

  24. पुरुषले सुत्केरी भत्ता लिने ठाउँमा चौधरीले घर भाडा लिएकोमा किन पो आश्चर्य मान्नु !!!!

  25. देशको रगत चुस्ने येस्ता पिचासहरु र यिनीहरुलाई सभासद बनाउने पार्टीहरुलाई
    साधुबाद छ !! थुक्क लग नपचेका कुकुरहरु …………

  26. पैसा देखे शिव जी का त तेस्रो आखा खुल्छ रे उनि त बिचरा साधारण नेपाली अरबपति….खर्ब पति भाको भए अर्कै कुरा हाहाहा ..

  27. चौधरिज्युले नियम अनुसार पाउने कुरा छोडेनछन्/ पैसा त प्रशस्त छ उनिसंग तर धनि बन्न सकेका रहेनछन/ सके पुरै तलब भत्ता कुनै च्यारिटीलाई दिन सकेका भए राम्रो हुन्थ्यो, नभए पनि घर भाडा चाँही नलिएका भए द्रब्य पिशाचको उपाधि पाउने थिएनन्/

  28. आखिर लुट्न आएकाहरु लुट्नकै जन्मिएका खानकाकाल रहेछन…लुट जति सक्छौ देशलाई….जय लुटतन्त्र……!!!!

  29. यिनीहरु देशलाई दिन होइन, लिन आएका हुन् / त्यसैले मलाई आश्चर्य लागेको छैन /

  30. नियम कानून अनुसार लिएको त ठिकै हो तर आफनै बैंक खातामा जम्मा गर्नुको सट्टा कुनै अनाथालाये वा दुर्गम पाठशालाहरुमा दान स्वरूप दिएको भए के नै बिग्रिन्थ्योर यी अरबपतिको |

  31. लिनेभन्दा पनि दिने कुरा हो यो । त्यसैले स्थानीयवासीबाहेकले मात्र पाउनेगरी नियम परिमार्जन बनाउन दबाब दिनुपर्छ; नियमानुसार लिएकाहरूलाई गाली गरेर ‘महानता’ प्रदर्शन गर्नुको कुनै तुक छैन; चाहे त्यो विनोद चौधरीजस्ता राजश्वमारा नै किन नहोस् ।

  32. माइ सन्सार वा अन्य साथि-हरु, के यो ब्लग बिनोद चौधरी ले पढे होलान त? मेरो बिचार मा यो ब्लग मा आएका सबै कमेन्ट हरु बिनोद चौधरी ले पढ्नै पर्छ | उसलाई थाहा छैन होला उसको बारेमा के कस्तो सत्य तथ्य माइसंसारमा प्रकाशित भयो भनेर | तेसैले माइसंसार वा कसैले बिनोद लाइ माइसंसार डट कम दिन मा एकपल्ट हेर्नु भन्दिम न ल |

  33. देश सुधार गर्न नभै भुडी सुधार गर्न गएकाहरु बाट अरु के नै पो आस गर्नु?

  34. लुट लुट सक्दो लुट तिमि सभासद्ह हरुकै चेन रहेछ नेपाल नेपाली लाई जति सक्दो गरीब बनाऊ ६०१ ले मज्जाले लुट्यो भने हुन्छ ! देश जनता सेवा भनेको एका देश कथा हो तिमीहरु जस्तो चोर लाचार लाछी नेत्त उधोग पात्ति हरुलाई!

  35. हाम्रो देश नेपाल मा येस्तै येस्तै भातमारा , भातमारा राजनैतिक पार्टी हरु ले रजाई गर्ने भए / देश बनाउने भनेको राजनैतिक पार्टी हरु ले हो .. पार्टी हरु लाइ पनि मासिक रु सात , दश , तीन हजार आइ रहने बहेकोले चुप चाप

  36. धनको नसा लागेपछि यस्तै हो | जे गरेर पनि आखिर कमाउनु त हो | के नै अचम्म भयो र ??? अरुलाई दिएर होइन येसरी नै हात पसारेर जिन्दगिभर खान परोस् !!!

  37. mysansar.com को कमेन्टहरु नेपाली पत्रिकाहरुमा छाप्नु पर्यो/जनताले कमेन्ट पदयो भने मात्र कमेन्ट को असर हुन्छ

  38. This is a article published by Forbes magazine on Binod Choudhary.
    http://www.forbes.com/global/2008/0630/020.html

    Here is disparity between the two article. In the Forbes article he is trying to portray himself as social servant sacrificing his life for betterment of Nepal. Where as in reality he is one of another robber emptying our vault.

  39. हैन…यो आफुलाई के के न जान्ने सुन्ने भन्ठान्ने चौधरी भाईले तेती पैसोमा पनि रयाल चुहाएछ ! यो गधालाई दह्रो भाटा कारबाही गर्नुपर्छ भन्नी हाम्लाई लाईर’च !!

  40. खाने मुखलाई जुँगाले छेक्दैन भन्या जस्तै हो नेपाली कानुन नेताहरुको लागि त !

    कानुन भयको ठाउँमा त कानुनलाई बाङ्गो बनायर कर छली-छली खान्छन, यहाँ त नियम ले नै दियको कुरा, लाईनमा त के गुहुमा नै खसेको भयपनी यो चौधरी ले जिब्रोले चाटेर लिन्थियो !

    दिपक अधिकारी
    जर्मनी

  41. घर चाहे काठमाडौँ मा होस् या बिराटनगर या ताप्लेजुंग मा–मूल प्रश्न भनेको प्रशस्त धन पैसा हुनेले सरकार मा काम गरे बापत तलब या सुबिधा लिने या नलिने भन्ने हो | अदृश्य भ्रस्टाचार बाट देश लाइ जति घाटा भएको छ, तेस्को अगाडी यो कुरा नगन्य नै होला | तर भ्रस्टाचार ले जसको पुरा शरीर गन्हाएको छ, तेस्को हातको एउटा औंला गन्हाउनु कुन ठुलो कुरा भयो र ?
    –गौरव

  42. खायो…..! नराम्रो संग खायो …..कुकुरले जुत्ता खको जस्तरी खायो ……

  43. कुनै ठुलो कुरा होइन, पाए म नि लिन्थे, यहाँ कमेन्ट गर्ने मध्ये कसले छोड्छ हात आएको पैसा, बेकार को गफ हान्न मात्र जान्या छ नेपाली हरु

  44. दरिद्रता/ खै कति भय पुग्छ होला? हामी हरेक नेपालीमा यो दरिद्रता छ/ एसबाट मुक्त हुन् खै कसले सुरु गर्ने/ आजबाट मा नै सुरु गर्छु/ मेरो आफ्नो रगत पसिनाले मिहेनेत गरेर कमायको भन्दा बढी कहिँ कसैसंग पनि लिने छैन/

  45. भ्रस्ट र ब्यापारीलाई पैसाले कहिले नि पुग्दैन. त्येसैले मानवताको आधारमा येस्ता पशु सरह मान्छेको मुल्यांकन गर्नु भनेको मानब जातिको अपमान गर्नु हो जस्तो लाग्छ. बिनोद चौधरी होस् या अरु कुनै, जुन सुकै पार्टी का नेता हरुहुन, तिनी हरुले रास्ट्रको ढुकुटी जसरि खाली पार्दैछन त्यो पूर्व राजाले लिएको भत्ता भन्दा कयों गुना ठुलो छ. दुखको कुरो हामी राजनीति पुर्बग्राही भएर एथार्थको मुल्यांकन गर्न सकेका छैनौ. अब ६०१ ले के तिन महिना वा थपिएको sambhidhan सभा को भत्ता लिन मिल्छ? मलाई नया नेपाल चाहिंदिन हो मलाई पुरानै नेपाल ठिक छ, र ठिक थियो!

  46. व्यापारीको लागि राजनीति पनि व्यापार नै हुन्छ ।

  47. राम प्रसाद जी.

    घर भाडा त घर हुने हरुले लिने त हो नि कस्तो कुरा नबुझेको | नेपाल मा निम्न कुरा हुन्छन :

    दुइ ठाउँ बाट हेरको प्र म हुन्छ
    चुनाब मा हरेको पार्टी मा हर्टा कर्ता हुन्छ ( उदाहरण : ओ लि )
    संसदमा हारेको मन्त्रि हुन्छ |

    यसको तर्क यस्तो छ:
    दुइ ठाउँ बाट हेरको प्र म हुन्छ | यो किन भने, यस्तो ले मात्र किंग मेकर ले जे भन्यो तेही मान्छ| चुनाब जितका ले ठुलो कुरा गरि हाल्छ अनि कसरि कम बन्ने |

    चुनाब मा हरेको पार्टी मा हर्टा कर्ता हुन्छ ( उदाहरण : ओ लि ): चुनाब जितका सङ्गत पोस्ट छादैछा नुहुने लै दिनु पर्यो नि |

    संसदमा हारेको मन्त्रि हुन्छ | भाग शान्ति जै नेपाल ( नेपाली कांग्रेस) को मूल मन्त्र | संसद सीत त संसद पद छदै छ नि फेरी मन्त्रि पनि किन उनीहरुलाई नै ? कस्तो कुरा नबुझेको तपाई हरु ले !

    तेस्तै घरभाडा भनेको घर हुन वास बनाउन सक्ने लाई दिने हो नकी घन नभएको लाई | कुरा बुझ्नु भो अब त?

  48. मलाई नेता र सभासद भन्नसाथ पारो तातेर आउछ कुन्चाही गतिलो छन र ? कुकुरलाई हत्दिको खर्च भनेर मासिक ३ सय रुपिया भए पनि लिन्छन गुन्डागर्दी, कालो बजारी, र रातोपसपोर्ट यिनीहरुको धन्दा नै हो यो कुनै नौलो कुरा भएन,

  49. मानिस कति सम्म लोभी हुन्छ? भने कुरा यहाँबाट प्रमाणीत हुन्छ “

  50. नेपाली जनता त्यतिकै गरिब भएका हुन् त ? हो यस्ता यस्तै आफ्नो मात्र भुडी भर्ने बाहुनबादी सिदान्त मा चल्ने भएर नै हो | उ त उधोगपति परेर पैसा को मामला मा समाचार बन्यो तर अरु सबै उस्ता उस्तै हुन् ………..

  51. एमालेका अरबौपती सभासद हामिहरुले जस्तै ६ हजार तिरेर २ वटा कोठामा बस्दा रहेछन क्या रे ….

  52. विचरा चौधरी सुत्केरी खर्च त लिएको छैन नि हौ.

  53. यिनीहरु नेपाल लुट्न आएको ,खालि सिसि बोतल बाट माथि उठेका हरु न परे |
    देश मा लुटपाट तन्त्र (लोक्तन्त्र ) लेउन यिनीहरु को कत्रो भूमिका छ ,यो त् प्रसाद मात्र हो |

    • ठिक उल्लेख गर्नु भयो जटा जी |चित्त बुझ्यो |

  54. पक्कै पनि यो काठमाडौँ मा घर भएका सभासद ले घरभाडा लिनु नराम्रो हो तर हाम्रो कानुन पनि त तेस्तै हो नि काठमाडौँ मा घर भएका हरुले घरभाडा लिन नपाउने स्पस्ट संग उल्लेख हुनु पर्यो नि. फेरी हामी सबै को बानि पनि त तेस्तै छ नि. पहिले हामी आफु पनि सुध्रिनु पर्यो क्या, खाली अरुको मात्र बिरोध गरेर देश बन्दैन. अहिले यहाँ येसरी घरभाडा बुझ्ने सभासद लाइ सत्तो सराप गर्दै छौ मौका परेर आफुलाई लाभ हुने कुरा पाउने केहि देखियो भने तेही भ्रस्ट सभासद अनि मन्त्रि को पाउ मोल्न पछी पर्दैनौ. के भनौ र खै. खाली बिरोध को लागि बिरोध मात्रै गरेर के गर्नु. सत्य तितो हुन्छ मेरो कमेन्ट धेरै साथी हरुलाई मन नपर्ला तर के गर्नु हामी सबै को दोहोरो चरित्र ले गर्दा नै समाज मा यस्ता सभासद र मन्त्रिहरुको मनपरी चलेको हो कि?

  55. नागरिकता प्रमाण पत्र ले मात्र कोहि पनि नेपाली हुन्न मन देखि नेपाली हुनु पर्छ र यो मान्छे मान देखि नेपाली भए को भए त्यति ठुलो उद्योगपति भएर पनि गरिब देश का गरिब जनता ले तिरेको कर को पैसा सित्तै मा खाएर बस्थ्यो होला र? नेपाली भए पो नेपाल को माया नेपाली दाजु भाई को माया कि कसो ? थुक्क नकचरो लौ जा

  56. थुक्क!!!! आखिर भोका स्यालहरु न परे!
    घरभाडा त लाज नमानी लिएका रहेछौ अब भात खान पनि पैसा चाहिन्छ भने सभासद्को “लोगो” लगाएर रत्नपार्कमा माग्न बस नेपाली जनताहरुले खुल्ला मनले पैसा दिन्छन तिमीहरुलाई!

  57. राम प्रसादजी,

    बिनोद चौधरी लाई हाउ जिंग संचालक मात्र भन्दा उहाँ को बेइज्जति भए जस्तो लाग्छा मलाई, किनभने उहाँको bio data धेरै लामो छ. विभिन्न भ्रस्ट प्रधान मन्त्रीहरु र मन्त्रीहरु संग र राज परिवार लाई खुसि पारेर उहाँले नेपालको अरबओंको सम्पत्ति आर्जन गर्नु भएको छ. उहाँको बाबु ले कुनै बेलामा साइकलमा कपडा बेच्ने र टुहुरे पसल थाप्ने गर्थे रे तर सुर्य ब थापा PM हुनेबेला देखि उनि संग साँठ गांठ गरेर जापानी इलेक्ट्रोनिक्स नेपालमा बनाउने इजाजत लिने तर सबै उतै बाट तयार समान ल्याएर नेपालमा बनाएको भनेर ३००% भन्सार लाग्ने बस्तु लाई १% तिरेर त्यो बेलाको करोडपति भएका हुन्. पछी गएर कति कमाउनु भयो स्वयम उहाँलाई पनि थाह छैन होला. दुबै, बहरैन, मल्दिव्स, अमेरिका सम्म पनि उहाँ होटेल हरु खोल्न सक्छम हुनु भएको छ भन्ने सुनिएको छ र नेपालमा त चौधरी group भने पछी beer देखि लगायत अरु धेरै उध्होग धन्दा हरु छन्. एउटा साइकलमा समान बेच्ने बाबुको छोरा अरब पति हुनु भनेको त एउटा गौरब को कुरा नै हुनु पर्ने हो तर उहाँले यो सम्पत्ति भन्सार, tax छलेर र भ्रस्ट नेताहरु लाई मिलाएर कमाउनु भएको हो. नेपाली जनता हरु यति गरीब हुनुमा उहाँ जस्ता भ्रस्टाचारी उध्होगी र ब्यापारी हरुको धेरै ठुलो हात छ.

    जय देश !

  58. उडुस (परजीवी) को एक पल्ट पेट भर्यो भन्दैमा अब तेस्ले रगत चुस्न छोड्छ भन्न मिल्दैन /

  59. कुनै अनौठो कुरा भएन । नक्कली भ्याट त ७ वर्ष देखी चोरेको छ भनी आफैले लेखेका छन् भो कुरा नगरौ ।

  60. के देखियो भने पार्टीले सभासद पद बेचेका छन्, महिनावारी लिएका छन्| यो गैर कानुनी र संबिधान विपरीत हुनपर्ने हो| यस्ता क्रियाकलापले संबिधान निर्माणमा हानी, जनताको अविरल र पुर्बाग्रहीन सेवा गर्ने उदेश्को स्लखन, बिचलन र हरण गरेका छन्| कोही माईका लाल कानुनका ज्ञाताले सर्बोच्चमा उजुरी दिन पर्ने|

    तेस्रो वर्षमा सभासदले तलब भत्ता बुझ्नु नै शर्मनाक र लज्जास्पद हो|

    घर वहाल भत्ता कसको लागि हो? काठमान्डौमा घर हुनेलाई नहुन पर्ने हो|
    यसमा नियम कतिको स्पष्ट छ त्यो पनि यँहा उल्लेख गरेको भए राम्रो हुने थियो| वाहिर बाट आएका सभासद्हरु काठमाडौँमा डेरा लिंदा बील पेश गर्न पर्ने हो|

    नियममा जेसकै भएपनि उपत्यकामा घर महल भएका र वासका सुबिधा उपलब्ध भएका सभासद्हरुले नैतिक रुपमा पनि घर भाडा बुझ्न नपर्ने हो|
    कुन सभासदले कति बुझेका छन् त्यो सबै खोजी गरेर प्रकाशमा ल्याइन पर्छ|

    समयमा संबिधान बनाएका भए सायद जनताले यो कुरा उठाउने थिएँन होला|

    हेर्नुस, अब समय सकिन हप्ता दिन अघि मात्र तात्तींन थाल्छन यी सभासदहरु र मध्यरातमा काम गर्छन|

    यी काम न दामका सभासदहरुलाई जति चांडो छुट्टी दिन सकियो उति राम्रो|

  61. मलाइ त अचम्म लागेन… जुकाले रगत चुस्यो रे भन्ने खबर पनि कुनै नौलो हो र ?

  62. जब मानिसमा ३ चिजको कमि हुन्छ, तब जे गरे पनि, जे भने पनि, उसलाई केहि असर पर्दैन.

    १. बिबेक २. लाज अनि, ३. मानौता

    बिनोद चौधरी, येही ३ चिज नभएको व्यक्तिमा पर्नु हुन्छ.

  63. ६-६ अर्ब राजश्व झावम पारेर र नि पुगेनछ यो धुर्त धमिरा लाई….गर्नै नहुनी गैर कानुनी काम गरेर त खान्छ एसले अब बसी बसी पायको सरकारी पैसा किन छाडथियो…६००० हैन मित्र फ्री मा पाय एसले ६ पैसा पाय पनि लाईन बसी बसी लिन्छ………..

  64. थुइक तेरो जिन्दकी , बरु सडक मा मग्न आइज न चौधरी ……. म तलाई एक छाक खान लाई देउला हात थाप ,किन देस को ढुकुटी सक्कौने ?

  65. काठमान्डूमा घर हुने सभासदले घर भाडा बापत पाउने सुबिधा पाउने छैनन् भन्ने नियम छ कि छैन ? पहिले यो कुरा भन्नुस मित्र | अनि मात्र यो सुबिधा लिनु ठिक कि बेठिक भन्ने कुराको तर्क गर्नु ठिक होला | यी नेताका खोल ओडेका जन्तुहरुले के मात्र गर्दैनन् भन्ने कुराको हजार भन्दा पनि बढी उदाहरण छन् हाम्रो अगाडी | नियममा स्पस्ट रुपले उल्लेख भएको बिषयमा त ति सबै नियम कानुनलाई धोति लगाएर आफ्नो स्वार्थको पक्षमा काम गर्ने यी जन्तुहरुले यदि उपत्यकामा घर हुने सभासदले घर भाडाको सुबिधा पाउने छैनन् भन्ने नियम छैन भने यो तर्क गर्नुको कुनै तुक नै छैन | यो समयको बर्बादी मात्र हो |

    • रबिन्द्र राज गिरी,ले ठिक भन्नु भो,जनमानसमा समाचार लेखेर छाप्दा धेरै कुराको ख्याल राख्नु पर्छ|अन्ध धुन्धमा समाचार वा ब्लगमा लेख्दा पाठक भ्रममा पर्न सक्छ|हो सव भन्दा पहिला नियम कानुन पढ्नु र हेर्नु पर्यो,यदि नियम भित्र त्यस खालका प्रावधान छ भने घर भएका मन्त्रि,सभासदहरुले घर भाडा पाइने छैन भन्ने नियमम बनाइनु पर्छ |नियाम बनाएर पनि उलंघन गरिन्छ भने कानुनी राज्य हो भने कठघरामा उभ्याएर कारबाही गर्न सब एक जुट हुनु पर्छ|
      जुकाले रगत चुस्यो रे भन्ने खबर पनि कुनै नौलो हो र ?Tejprasad Adhikari

    • सबै नियम मात्र हैन के मित्र कमन सेन्स को नि कुरा हो यहि सेन्स नभाको धेरै भयर नै आज संबिधान धराप मा के गर्नु

  66. यी रास्ट्रीय ढुकुटी रित्याएर लुट्न पल्केका जोगी हरु ले घर भाडा त के एक कप चिया कार्यकर्ता र पार्टी का मानिसहरु लाइ खुवाएको बिल समेत पेस गरेर भुक्तान लिन्छन .

    यी देश र जनता को बिकाश गर्न भन्दा पनि कसरि लुट्न र रास्ट्रीय ढुकुटी बाट आफु र आफ्नो कार्यकर्ता हरु लाइ लुताउना सकिन्छा भनेर करोड करोड पार्टी लाइ चन्दा दिएर समानुपातिक बाट सभासद भएका हुन्

    सबै भन्दा निरिह भनेको अन्तरिम संबिधान हो, जहाँ चुनाब हारेका, र ३६० जना मनोनित गर्ने प्राबधान राखियो , त्यो नै देश लुट्ने र लुटाउने औजार भनेको छ, चुनाब हरुवा, प्रधान मन्त्रि, मन्त्रि, राज्य मन्त्रि, सभासद हरु बन्ने र बनाउने प्राबधान नै तृती पूर्ण छ, यो सब सभंसाद किन बेच, गर्ने, भास्त्रचार, गर्ने र गराउने अनि राष्ट्रिय ढुकुटी लुट्ने नाटक मात्र हो .

    जनता ले बेलैमा सोच विचार गरेर अब आउने नया पिढी को भबिस्य सुनिस्चित गर्ने तर्फा लाग्नु पर्छा .

  67. नियम कानुनले तोकेको र सभासद भए बापत पाउने सुबिधा लिनु सारै नराम्रो काम त होइन | तर काम गर्नु पर्यो तेसै खाइ रहनु भएन | संबिधान बन्छ र बन्दैन भनेर समय बिताउने काम गरे र यो पाइरहने सुविधालाई लम्ब्याउने काम मात्र गर्नु भए न |

  68. यिनीहरु जनताको रगत पसिना चुसेर खान पल्केका ज्यानमारा उडुस हुन् / नत्र ४०१ दिन बैठक बसेर हजार बार्ह सय दिन बैठक बसेको भट्ट खंचन, लाज पचेकहरु ……

  69. नैतिकता र भोलि के होला भन्ने डर नभएका हरु भए पछी यस्तो हुनु स्वभाविकै हो \यस्ता ले देश बनाउलान भनेर बिस्वास र पछी लाग्ने हामि लाइ धिकार छ \

  70. स = सम्पूर्ण
    भा = भातमारा/ भाईमारा/भारतपरास्त
    स = सत्तापिपासु
    द = दलाल
    [email protected]

  71. यस्ता डाँकाको के कुरा गर्नु, दिमाग खराब …………

  72. गरिबहरुको प्रतिनिधि गर्ने पार्टीको सभासद हो त कहाँ धनि जस्तो पैसा नलिने

  73. एस्तै थुप्रै उदाहरणहरुले हाम्रो देशमा राजनीति ब्यबसायको रुपमा बिकसित भैसकेको प्रमाणित हुन्छ / नेताहरुको यस्तै क्रियाकलापले यिनीहरुमा देशभक्तिको भावना ज्यादै कम वा नभएको होकी जस्तो लाग्छ मलाई / दुरी त धेरैनै बढिसक्यो जनता र नेताहरु बिचको/ यो दुरी बढ्दै गए …निकट भबिस्यमा जनताले राम्रो पाठ अबस्य पढौनेछन् / माई संसारको यो लेखको लागि राम प्रसादजी लाई धन्यबाद //

  74. चौधरी ले घर भाडा लियको ठिक छ किनकि चौधरी ले बैंक बाट लियको सबै पैसा नियम सङ्गत तिर्ने हो भने ऊ संग लगाउने यौटा अन्दरवअर पनि हुदैन , घर को त कुरै सारौ / तेसैले समिधान सभा बाट घर भाडा पैसा लियको ठिक छ /

  75. छि छि छि पोहर साल ५ अर्ब रुपिया कर तिरेको भन्नेले ६ हजार रुपिया मा रयाल चुहाएको हामीले पट्टालगाई हाले
    अस्ति त २ , ४ करोडको उसले वास्ता गर्ने गरेको छैन भनेर धांक लगाएर पत्रिकामा अन्तर्वार्ता दिंदै हिड्थ्यो त
    अझ पनि लाज लाग्दैन ?

  76. १. अर्बपति/खर्बपति बिनोद चौधरी नेकपा एमाले भन्ने कम्युनिस्ट पार्टीका नेता भएर सभासद बनेका!! छ्या कम्युस्निस्ट नाम मा कलंक! एमाले मार्फत कम्युनिस्टको धज्जी उडाउन प्रयोग गरिएका एक कुरूप पात्र हुन् चौधरी!
    २. उनले नेपालबाट लुटेको कालो धनको लगानी माल्दिव्स, दुबई लागएत विदेशमा गरेको तथ्य आएकै हो…अझ पनि उ नेपालको ‘एमाले-कम्युनिस्ट’/ अझ त्यस माथि रास्त्रबादी पनि हो कि? maysansar का ओली-भक्तहरुले यसमा रातो टिका लगाउदै बिसयांतर नगरीकन कमेन्ट पनि गर्नु होला/

  77. सब भन्दा आर्थिक कारोबार गरेको६उ भन्ने राजस्व मारा चौधरी को दरिद्रपन र दुरुप्रयोग पैला पैला मा देखिने भैहाल्यो यी देश को सकली thug हुन् र एमाले kaa kupaatra हुन्. रगत त चुसियो र हड्डी पनि बाकी राखेनन् एस ले.

  78. Not wondered having seen names of MPs receiving the money for rent, just wondering about Narahari Achara as his name is also added in the list which was out of my imagination. Shame for him.

  79. यिनीहरु त ब्वान्सा हुन , ढाडमा बस्ने कन्याउने अनी पछाडि बाट आन्द्रा झिकेर खाने ,
    आफै मात्र घर बनाउने स्याल र चन्डाल हुन यिनीहरु ,अरुका पसिना र रगत खाने ,
    थुक र खकार्मा पुरिएर बचिरहेछन यिनीहरु तर लाज र घिन छैन् काही पनि ,
    देशको माटो रोइरहेछ तर च्वाम च्वाम चबाइरहेछन दार्हा तिखा गरि गरि
    नेपाल आमा लाई नटेक अब दुस्टहरु हो पापी खुट्टा ले घरी घरी ,
    मरेका लास सरी छौ जिउन्दो हुने कहिलेइ साहस गरेनौ दुस्टहरु ,
    ईतिहासले धिक्कार्नेछ सदा सदा लुक्ने ठाउँ हुने छैन कतै अरु

  80. यी देशका डाकाहरु हुन् यिनलाई न देशको माया छ न कुनै लाज नै छ करोडौ को कारोबार गर्ने आफ्नो दायित्व बाट पन्छने अनि खान चै भेटे जति खाने भ्रस्ट हरु खबरदार अब यौटा नया नालापानी युद्द को सिर्जना हुदैछ पहिले को नालापानी मा पनि पानि खान नपाएर नाङ्गो खुकुरी बोकेर निस्केकै हुन् नेपाली अहिले पनि पानि खाना टुट्ने स्थिति सिर्जना हुदैछ खुकुरी धार लाग्दैछन होस् राखेस

  81. ब्वाँसा हरु ले सिनो ( मरेको जनावर) लुछे जस्तै नेपाल आमा लाइ लुछेका छन् ६०१ ब्वाँसा हरुले, लाज नभय पछी के लाग्दो रहेछ, बिनोद चौधरी त बानिया हो उसले आफ्नो बाऊ लाई पनि छोड्दैन र उ देश को माया भयको मान्छे पनि होइन मारवाडी हो मारवाड बाट सम्पति कमाउन आयको तर यतै नेपाल कै हुँ भन्ने चोर हरु पो त निर्लज्ज त, कुनै दिन पाप धुरी बाट कराउला भन्ने आशा मा बस्नु भन्दा हामी निरिह नेपाली के नै गर्न सक्छौं र ????

  82. देश मा कानुन बलियो भए सबै राम्रो हुन्थियो, आफ्नो सुबिदा लिनु मा केहि हानी छैन. रुबेल आराम ले देश छोडेर जादा हुने , इनले आफ्नो पौने पैसा लिन किन नहुने..!!

  83. खानुस खानुस सभासद हरु
    सके जती खानुस

    पासपोर्ट बेचेर खानुस
    देश बेचेर खानुस
    नैतिकता साटेर खानुस
    इमान्दारीता पोलेर खानुस

    मुख खोलेर खानुस
    पेटी खोलेर खानुस
    बसेर खानुस
    उठेर खानुस
    हास्दै खानुस
    झगडा गर्दै खानुस

    खानु तपाईको धर्म हो
    सराप्नु हाम्रो कर्म हो
    २५ भदौ संबिधान आउने
    कस्तो ठुलो भर्म हो

  84. ब्रह्म्म लूट छ! के भनौ खोइ!!!?!!!

  85. आज भोलि जोगीले त लिन्छ सुबिधा यिनीहरु त भोगी भए — सुबिधा लिने नै भए तर यसरि सुबिधा ( ज्याला ) लिए अनुसार काम पनि गरे त हामि सोझा
    नेपालीले टाउको दुखाउने थेन , के गर्नु यी नेपालमारा जातले नेपाल मार्नु मात्रै
    जान्यो र पो त !
    ‘नेपाल र नेपाली जनताको हितको लागि काम गर्छौ’ भन्दै राजनीति लाई सात
    पुस्ताको लागि सम्पति थुपार्ने माध्यम बनाउने ढोंगी ठग हरु !
    यी ठगहरुलाई करोड नेपाली जनताको आशुले पोलोस भत्भती !

  86. जाड खर्च मज्जाले उठने रैछ अनि किन नकुम्ल्यानु त ? ?

  87. यस्तै हो नेपाल को चलन जनताले तिरेको VAT हाम्रो कम्पनी ले तिर्छु भन्छन अनि तेही तिरेको VAT , कर बाट फेरी तिनी हरुले नै घर भाडा भन्दै लिन्छन नि के भयो र धनि नेपाल का गरिब नेताहरुको ताल यस्तै हो …………………….

  88. यो पनि एक प्रकारको भ्रस्टाचार हो अलि कति लाज नभय पच्ची जे गरे पनि हुन्छ यो देश मा

    देसमा भ्रस्टाचार हटाउन सबै भन्दा पहिला संसद बाट सुरु गर्नु पर्चा

  89. राज्य ले उपलब्ध गरायका सेवा अनि सुबिधा हरु चाय लाइन लगेर लिगुन अथवा नलगिकाना यो कुनै पनि हालत मा गैरकानुनी र आसन्दर्विक हुदैन ……..असन्दर्विक तेती खेर हुन्छ जति बेला उनिहरुले राज्यले उपलब्ध गरायको सेवा र सुबिधा पूर्ण रुपमा उपभोग गर्ने तर राज्य अथवा देश र जनता को लागि गर्न पर्ने काम हरु नगर्ने र राज्य पर्ती अनुतारदाई हुन्छन .

  90. धिक्कार छ,बिनोद तिमीलाई-र अझै धिक्कार छ यो एमाले नामको फोहोरको खाडललाइ!सर्वहाराको थाप्लोमा टेकेर,सर्वहाराको प्रतिनिधिको नाममा,सर्वहाराको हित गर्ने तिमि, सर्वहाराको एक छाकको रोटीको टुक्रा खोसेर?श्यालले खाने मासुको थुप्रो मात्र ठुलो रहेछ तिम्रो–बुद्धि,सोच,बिचार र विवेक का कङ्गाल!!!

  91. धन्यवाद छ माइ संसार लाइ-यो पिडादायी तर सत्य कुरालाई हामि माझ ल्याइदिनु भएकोमा- के गर्ने जताततै येस्तई मात्र छ–लाज शरम,घिन सबै पचिसकेपछी जे पनि हुँदोरहेछ!यी ६०१ र यिनका मतियारले अब हामीलाई जिउंदै लुछ्न मात्र बाँकी छ,संबिधानको नाममा!

  92. छि धिक्कार छ.मलाई पो कुरी कुरी भो सुनेर….यी लाज पचेका हरुलाई के लाज हुन्छ र?is he lack of money??of course not….होस् के भन्नु येस्तालाई….

  93. कस्तो प्रश्न घर त सबै सवासाद को होला नि, काठमाडौँ मा नभ्यपनि,valley बाहिर.
    म त यसमा कमेन्ट गर्न चाहन्न, सबसाद धनि भयो भन्दै मा किन भता नलिने, तर तेस्लाई त progressive tax लगाएर जति धेरी income तेती धेरै tax लगाउनु पर्छा नि. नेपाल को कर सिस्टम नै झुर्र छ. १०००० कमाउने लै नि same रेट १०००००० कमाउने लै नि समे रेट.

    • हैन सुनिल जी, त्यो काठमाडौँ मा घर नभएका हरुले घरभाडा लिनुको कारण चाही संबिधान सभा को बैठक भैरहने हुनाले काठमाडौँ मा नै बस्नु पर्ने भएकाले उनीहरुले लिनु सान्दर्भिक हो!
      खासमा सभासद हरुले २ वर्ष म्याद सकिने बित्तिकै तलब लिन छोड्नुपर्ने थियो !

  94. राज्यको अधिकतम सुबिधा लिएका यी सभासदहरुले देशलाई चोइटायेर, टोकेर, निचोरेर, चिथोरेर, चिमोटेर, नंग्याएर, बंग्याएर सिध्याउन लागिसके | बिनोद चौधरी त एउटा पात्र मात्र हुन् जसले ठुला महल हुँदा हुँदै घर भाडा लिए | लिन पाउनु भन्दा नलिएको भए राम्रो हुन्थ्यो तर उसलाई पनि अन्य सभासदलाइ जस्तो रक्सि पिउन मन लाग्ला, रस रंग गर्न मन लाग्ला | यस मामलामा पनि उनि कहाँ कम छन र ? पैसा त चाहियो, राष्ट्रले इज्जतका साथ् दिएको हो कसैले दान दिएको होइन | तर भाडाको घरमा बस्दा बस्दै अन्य सभासदहरु अनेक कमाउ धन्दामा लागेर महल खडा गरेर चौधरीको हाराहारीमा पुग्ने दौडमा छन अरु सभासद |तीनको खोइरो खोइ कसले खान्छ ? भेट्टाएपो ! तैपनि उनि चौधरी परे पैसा चिनेका मान्छे र त्यसैले पार्टीलाई ठुलो नजराना चढाएर आएका छन आउने जति छोड्नु त उनको धर्म होइन नि, कसो ?

  95. येस्तै गरि जनता को खुन पसिना चुसेको छन् र त जनता ले पाए अब यानिहरु को रगत बाकी राखनी छैन अब को २ महिना पछी,हेर्दै जाउ साथी हो,काम सिन्का भाच्नी कोहि होइन,खाली गफ्फ छुटेर, एक अर्कालाई दोष लगाएर फर्किनी र आफ्नै घरमा बस्नी फेरी पनि सरकार बाट भत्ता र भाडा लिनी कुकुर हरु थु थु थु

  96. थुक्क खान नपुगेका अर्वपतिहरु….जनावरले पनि आफुलाई चाहिने भन्दा बढी खाँदैन तर यि पशुहरु त कहिले पनि नअघाउने भए । लाज शरम भन्ने कुनै कुरा रहेनछ । थुक्क नेपालका बोझहरु…जनताको शरापले मर्दा पनि तिमीहरु जस्ता कुकुरहरुले शान्ती पाउने छैनौ।

    • मन्जुजी यो कमेन्टमा रातो थिच्ने पक्कै पनि तिनै चोरहरु हुनु पर्छ|

      • कमेन्टमा रातो थिच्ने तिनै चोर मात्रै हैन पागल कुकुर हरु हुन् किनकि डोल्पा को सौन्दर्य को कुरा मा होस् वा नया बर्ष को सुभकामना मा पनि रातो थिच्चन……………. के भन्ने खै…….

Comments are closed.