कसले भन्यो हामीले सक्दैनौँ? गरी देखायौँ !


नेपालले आज इस्ट टिमोरलाई पाँच गोलले पराजित गरेको अविस्मरणीय क्षणको साक्षी हजारौँ दर्शकमध्ये म पनि एक थिएँ आज। नागरिकन्युजका लागि लाइभ वेबकास्ट गर्ने क्रममा पनि खेलको भरपुर मजा लिइयो। हेरौँ फुटबलले नेपालको शिर गर्वले उठाएको क्षणका केही फोटोहरु।

अब अर्को चरणमा नेपालले जुलाई २३ र २८ मा जोर्डनसँग जोर्डन मै खेल्नेछ। जोर्डनसँग दुई खेल होम एन्ड अवे अर्थात् घर र घरबाहिर खेल्नुपर्ने थियो। तर नेपालले खर्चको अभावमा दुवै खेल जोर्डन मै खेल्ने लगभग निश्चित भएको भनिएको छ। यद्यपि, यो लेख्दासम्म त्यसको टुंगो नलागिसकेको बताएका छन् खेल अधिकारीहरुले।
[polldaddy poll=5200122]

जोर्डनसँगको खेल जितेपछि मात्र नेपाल तेस्रो चरणमा अर्थात् एसियाली छनौटको अन्तिम राउन्डमा प्रवेश गर्नेछ। जहाँ २० राष्ट्र हुनेछन् जसमा दक्षिण कोरिया, जापान, चीन, उत्तर कोरिया जस्ता एसियाली पावर हाउसहरु हुनेछन्। त्यो अन्तिम राउन्ड पार गरेपछि मात्रै नेपाल विश्वकपका लागि ब्राजिल जान पाउनेछ।

लाइभ वेबकास्ट गर्दा सुरुमा इन्टरनेट नचलेर झण्डै २० मिनेट केही गर्न नसक्दा दिक्क लागेको थियो। तर पछि इन्टरनेटसँगै खेलले पनि गति लियो। तत्कालका घटना टाइप गरेर राखिहाल्नुपर्ने हुनाले खेल त्यति हेर्न पाइँदैन थियो। खेल पत्रकार साथी अजय फुयाल कमेन्ट्री दिन्थे, म टाइप गरेर संसार भर पठाइदिन्थेँ। अनिल घिमिरे फोटो खिच्थे, साथी कृष्ण ढुंगाना त्यसलाई एडिट गरेर मलाई दिन्थे। खेल राम्रोसित हेर्न नपाए पनि वातावरण भने रमाइलो थियो। रंगशाला झण्डै पूरै भरिएको थियो।

खेल हुँदै गर्दा खेलाडीको हौसला बढाउन रंगशालामा दर्शकहरु मेक्सिकन वेभ ल्याउँथे। लहरै दर्शकहरु एकपछि अर्को कराउँदै, हात हल्लाउँदै उभिनेलाई मेक्सिकन वेभ भनिँदो रहेछ। त्यो कति रमाइलो हुन्थ्यो भने एक पटक त ल्यापटप हातैमा बोकेर लाइभ अपडेट गर्न छाडेर पनि वेभमा मिसिएँ।
टेलिभिजनमा अन्तर्राष्ट्रिय म्याच हेरेर नेपाली दर्शकहरुले पनि धेरै राम्रा कुरा सिकिसकेका रहेछन्।

खेलाडीहरुले पनि आज राम्रो टिमवर्क देखाए, जुन अस्तिको म्याचमा खटकिएको थियो। नेपाली कोचले टिमवर्कको प्रशंसा गरेका थिए खेलपछिको पत्रकार सम्मेलनमा।

दर्शक खेलअघि शान्त मुद्रामा।


कप्तान सागर थापाकी श्रीमती छोरा बोकेर दर्शक दीर्घामा


टोलीको हौसला बढाउन नेपालका बेलायती प्रशिक्षक ग्राहम रोबर्टस् हाफटाइमअघिसम्म नेपाली दौरा सुरुवालमा सजिएका थिए।


टिम नेपाल खेल सुरु हुनुअघि फोटो खिचाउँदै।


अनिल गुरुङ (१० नम्बर जर्सी) नेपालका लागि पहिलो गोल पेनाल्टीमार्फत् गर्दै।


नेपाल भयो १ गोलले अगाडि।


गोल गरेपछि शानै बेग्लै नि।


अस्तिको खेल नेपालले रातो जर्सी लगाएर खेलेको थियो। आज भने नेपालले दोस्रो रोजाइको नीलो रङको जर्सी लगाएको थियो।


ल हेर्नुस् अर्को गोल पनि भयो।


मध्यान्तरपछिको यो पहिलो गोल थियो र नेपाल भयो २-० ले अगाडि।


दोस्रो गोल गरेका थिए जुमानु राईले।


मध्यान्तर अगाडि नेपालका बेलायती कोच ग्राहम रोबर्टस् दौरा सुरुवाल र ढाकाटोपीमा थिए।


मध्यान्तरपछि उनी खुकुलो पहिरनमा आए।


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य आफ्नी पत्‍नी रितु सिंहका साथ। रितु सन् १९९१ की मिस इन्डिया पनि हुन्।


तेस्रो गोल गरे भोलानाथ सिलवालले।


तेस्रो गोल गरेपछि खेलाडीहरु खुसियाली मनाउँदै गर्दा ५ सय रुपैयाँ टिकटवाला बस्ने दर्शक दीर्घाबाट एक दर्शक मैदान मै पुगे खुसी मनाउन।


उनलाई सुरक्षाकर्मीहरुले तुरुन्तै नियन्त्रणमा लिए।


हेर्दाहेर्दै जगजीत श्रेष्ठले चौथो गोल गरे। उनको यो पहिलो अन्तर्राष्ट्रिय खेलका लागि गोल थियो।


गोल गरेपछिको खुसी। आज नेपालले विपक्षीलाई पूरै दबाबमा राखेको थियो।


गोलको भोक अझै मेटिएको थिएन। सुजल श्रेष्ठले फेरि एक गोल थपे। यो उनको पनि पहिलो अन्तर्राष्ट्रिय गोल थियो।


जितपछि नेपाली खेलाडीहरुले राष्ट्रिय झण्डा बोकेर मैदान परिक्रमा गरेका थिए।


101 Comments

  1. धनेबत छ नेपाली टीम हरुलाई / अब हामी फेरी पनि यस्तो खेल हेर्न चाहन्छौ.

  2. खुसि लाग्यो
    तर सबैभन्दा खुसि तब लाग्यो जब team coach ले राष्ट्रिय पोशाक लगाएर मैदानमा देखा परे|| म त को नेता आएछ भन्ठान्या|| यो कुरा हाम्रो नेताहरुले पनि सिकेर देशको इज्जत राखे राम्रो हुन्थ्यो भन्ने हाम्लाई लागिराख्या छ||

  3. its better if nepali team prepare and work hard to take on jordan instead of celebrating the victory over feable team east timor as 2nd match with jordan will be very touch or may be embarrassing if nepal lose with big goal difference .. Jordan is one of the strong team of middle east who draw with japan(1 -1 ), the winner in the AFC cup held in doha 2010. GOOD LUCK TO NEPALI TEAM

  4. खुसि छु म आज तिमी भन्दा धेरै……………..|

  5. हो नेपालले इस्ट टिमोर संग धेरै राम्रो खेल खेल्यो तर यो जीत मै धेरै खुशी मान्नु पर्ने कुरा चाँही म देख्दिन | नेपालको फिफा रान्किंग १४८ हो र इस्ट टिमोरको २०२ हो | अनि ५४ रान्किंग तल भएको देशलाई हराउदै मा धेरै गर्व गर्नु पर्ने पनि मलाई चाही लाग्दैन | गर्व त यदि नेपालले आफु सरहको जस्तै इंडिया र आफु भन्दा माथिको देशलाई हराउन्छ | आशा गरौँ नेपालले अबको स्टेपमा बलमात्र होइन रणनीति कासाथमा आफूभन्दा बलियो देशलाई पनि आत्मविस्वासका साथ हराउनेछ |

  6. ल बधाई छ/ जे होस् नेपालको नाम राखेछन्/यसरि नै अगाडी बढ्दै जानु…….

  7. ” नेपाली टिमको प्रशिक्षक पद सम्हाल्न बेलायती ग्राहक रोबर्टस पनि काठमाडौं आइसकेका छन् । उनले तयारीका लागि समय भने तीन-चार दिनको मात्र पाउनेछ । ”
    एस्तो पो भनेको छ नि त यो news मा त. रोबेर्ट ले सिककै हो त?
    http://www.ekantipur.com/qatar/news/news-detail.php?news_id=202652

  8. बधाई छ हामी सबैलाई!!! अनि धन्यबाद हाम्रो खेलाडी र कोचलाई/ सहि छनौटमा उत्साह हुन्छ जीत हुन्छ/ सायद रोबर्ट्स नभएर अरुनै कोच भए अरुबेलाको खेल जस्तै पक्षपाती हुन्थ्यो कि/ सहि खेलाडीले खेल्न पाए नेपाली (गुर्खाली) संसारको #१ हो हरेक क्षेत्रमा/ कामना गरौ हाम्रो खेलाडीको विश्व कप खेलको प्रवेश/

  9. This is an achievement for which we have to be thankful to the coacher and player. But still it’s not so jumbo achievement with gaint before us. Therefore let’s not spill out all of our emotions. We have big fighters ahead. Wish you all the best.

  10. यो हेर्नुस त नेपाली पोसाक को कति इज्जत गरेको ,नेपाली लाई बिदेसी ले नै सिकाउने पर्ने भो बा आफ्नो लुगा लाउन पनि ,हरेक काम मा पहिला कियो बाबा जापानी ले सवारी नियम बारे सिकाउनु भो र धेरै सिकाको ले फर्कनु पर्ने भो अब यो रोबोट लाई पनि लखेट्ने त होइन मन्त्रि हरु ले

    • रोशन जी नेपाली पोसाक को इज्जत गरेको होइन यो त एउटा विदेसिहरुको देखावा नकल मात्र हो नेपाली पोसाक यी बिदेशीहरुले कहीलयै पनि रुचाउदैन्न.नेपाली पोसाक लगाएपछि नेपालीहरुले पसंद गर्छन् भनेर मात्र हो.नेपाली पोसाकलाई रुचाउने हामी सारा नेपालीहरु मात्र हो र जे होस रोबर्ट लाइ यस २ खेलको सफलताको लागि धन्यवाद दिनुनै पर्छ.

  11. ग्रहम रोबोट ले दौरा सुरुवाल लागको देख्दा धेरै खुसि लाग्यो यो नेपाली पहिरन अनि नेपाली पोसाक को आदर अनि सम्मान हो अनि नेपाली पोसाक को गौरब हो/ तर नेपाली मन्त्रि, प्रधान मन्त्रि ( बिसेस गरि प्रचण्ड) ले नेपाली दौरा सुरुवाल लगाउन हिच्किचाको देख्दा मलाई रुन मन लाग्छ अनि बुझिन्छ कि नेपाली नेता हरु लाइ देश प्रति कति पनि गौरब छैन उनि हरु लै कुर्सि अनि पैसा को मात्र मतलब छ/ अन्त मा नेपाली फूटबल टोलि लै बधाई…….

    • धनजी, ग्राहमले दौरा-सुरुवाल लाउँदा मलाई पनि गर्ब लाग्यो, जुन मैले तल ब्यक्त गरिसकेको छु| तर यसको मतलब यो होइन कि, दौरा-सुरुवाल नलगाउने जति सबै देश भक्त हुन्नन्| ग्राहमको gesture ले धेरैलाई inspire गरेको हुन पर्दछ| उनको team मा म पनि भएको भए, यसले झनै मलाई राम्रो खेल्न उत्प्रेरित गराउने थियो, यसमा संकै छैन| आफ्ना team र खेलाडीहरुलाई inspire गराउनु पनि एउटा coach को कर्तब्य हो|

      मेरो व्यक्तिगत धारणामा, दौरा-सुरुवाल लगाउनु पर्दछ, कम्तिमा पनि यदा-कडा र खास उत्सब तिर| त्यो राम्रो हो तर, कसैले कुनै कारण बस लगाउदैनन भने उनीहरु कमसल, नराम्रा होइनन|

  12. नेपाली टिमलाइ यसपटक यो खेलको सफलतालाई बधाई त दिनुनै पर्छ तर आगामी खेलहरुमा पनि यस्तै जीत हात पार्नु अति आवस्यक भइसकेको छ किन की सारा नेपाली खेल प्रेमीलाई नेपाली खेलाडी देखि विस्वास नै उठिसकेको छ.नेपाली खेलाडीको खेलमा अन्तिममा गएर संधै हार नै भयको छ तर यसपटक को खेलले हामी खेलप्रेमीलाई खुशी त ल्याको छ र आशा पनि पलायाको छ.आगामी खेलहरुमा नेपाली खेलाडीहरुले यसरि नै खेलमा सफलता हासिल गर्दै जाउन् मेरो शुभकामाना!

  13. मित्र हरु कुरा फीफा वरिता क्रम वा सानो ठुलो रास्ट्र को भन्दा पनी बर्षो देखि कुड़ीएर नीरस बनेका नेपाली मन लाई खुसी को उपहार हो यो जित ! सधै बारूद को तुवालो मा टाउको झुकाएर नीरस नेपाली रास्ट्रीय झण्डा को खुल्ला हासो हो यो जित बस अरु केही होइन !!!!!!!!!!!!!!

  14. धेरै समयपछि हाम्रो राष्ट्रिय टिमको खेल हेरेको थिए । हिजो साँच्चै रमाइलो भएको थियो । हाम्रा खेलाडिहरुले लयवद्ध रुपमा उत्कृष्ट खेले । रंगशालामा पुग्नु अघिको मेरो आंकलन पुरातन भइसकेको रहेछ । हाम्रो जित ऐतिहासिक एवम अद्धितिय वन्न पुग्यो । खेल शुरुहँुन अघि सवैले उभिएर राष्ट्रिय गान गाएको क्षण, ओ हो … सम्झदा अझै छाति गर्वले ढक्क फुल्छ । अनि त्यपछि हामीले जित हाँसील गर्यौ..,
    आहा !! …।

    मेरो विचारमा खेलाडिहरुको उचित प्रशिक्षण वाहेक केहि अत्यावश्यक कुरा हामीले गर्न आवश्यक छन जस्तो लाग्छ । जुन तल लेखेको छु ।

    १. ग्लामर .. ?
    खेलमा ग्लामर मिसाएर हेरौ नतिजा अर्कै आउँछ । हाम्रा पतिनिधित्व गर्ने खेलाडि विदेशी भन्दा हेर्न मै पनि कम छन र ? (यसलाई वढि लेखिन वुझ्नुपर्नेले वुझिहाल्नुहुन्छ ।)

    २. व्यवसायीकरण…?
    हाम्रा खेलाडि यूरोपतिरका क्लवहरुमा तवसम्म पुग्दैनन जवसम्म आफ्नै देशमा खेल खेलेर केहि आर्जन गर्न सकिने आत्मविश्वास उनीहरुलाई दिलाउन सकिन्न । यस्तो वातावरण वनाउन कर्पोरेट क्षेत्रलाई निम्त्याउन सकिन्छ (धन्यवाद नवील वैङ्ग र उनका पुर्व कार्यकारी अध्यक्ष अनिल शाह – सन्दर्ब हो थ्री स्टारको ) । तर कर्पोरेट क्षेत्र त्यसै आउनेवाला छैन । उनीहरुलाई आफ्नो ‘उधोगको शाख र खेलप्रतिको लगानी’ अन्तरसम्वन्धीत रहने वातावरण वनाउन सके, सम्वन्धीत निकाय रुञ्चे मुख लगाएर कर्पोरेट क्षेत्रका ढोका ढकढकाइ रहनु पदैन । (हेक्का रहोश हामी नेपालीहरु घर भित्र आफ्नो पृष्ठभूमीको र घर वाहिर नेपाली हुनुको पहिचान खोजिरहेका छौ)

    स्रोतसाधनको उचीत प्रयोग गरि सुपथ मुल्यमा विशुद्ध नाफा कमाउने देखि वाहेक व्यावसायको अन्य सामाजिक उत्तरदायित्वहरु पनि हुन्छन । नेपालको कर्पोरेट क्षेत्रले ती सामाजिक उतरदायित्व वहन गरेको देखिएको भनेको – खै कताको पार्कमा गएर पातहरु टिपेर अथवा वाग्मती किनारमा गएर एकदिने सरसफाई अभियान चलाएर….., यति मात्र हुन । यी क्रियाकलाप पनि ‘..ठिकै..’ होलान । तर ‘..अति ठिक..’ भनेको उनीहरुले आर्जन गरेको मुनाफाको एकदम थोरै केहि हिस्शा खेलकुद क्षेत्रलाई दिलाइनु पर्ने वातावण वनाए उपयुक्त होला (यहाँ मैले आन्दोलनको कुरा गरेको छैन । आन्दोलनतिर लागे फुट्टेको कौडि झर्ने छैन ।)

    ३. मिडियाको भूमीका ..?
    खेलप्रति उत्साहि दर्शकले मैदान विचमा आएर डाइभ गरेको थियो । जुन सामान्य लागेपनि सहि थिएन । त्यसलाई कुनैपनि मुख्य मिडियाले जिम्मेवार भइ कभर गरेन । त्यस्तै पहिले मिनरल वाटरको झटारो रंगाशालामा दर्शकले वर्साउँथे । अहिले मिनरल वाटर तथा छाता समेत भित्र लान नपाउने व्यवस्था गरिएको रहेछ । यी कार्य सकारात्मक लाग्यो ।

    छाताहरुलाई टयाग सिस्टमा राखे कसैको हराउँदैन थियो होला । एकदिनमा ३० औ लाख आर्जन गर्ने रंगशालाले यति जाबो व्यवस्थापनमा खर्च गर्न पक्कै पनि सक्छ ।
    (साँच्चै हिजो क–कसको छाता हरायो ?)

    आफ्ना मनपर्ने खेलाडिको चासो राख्ने हामीसँग धेरै जमात हुनुहुन्छ । उहाँहरुलाई ती खेलाडिहरुको विशेष कभरेज गरिदिए समग्रमा राम्रो हुने थियो । हुनत म कसले के खायो ? के लगायो ? खालका कुराहरु हेर्दिन–पढदिन तैपनि भन्न सक्छु हाम्रा मिडियाले घरेलु खेल र खेलाडिहरुको पर्याप्त कभरेज गरेका छैनन । नागरिकले शनिवार खेलवारे विशेष कभर राख्छ जुन प्राय खेलाडिको विगतसँग सम्वन्धीत हुनेगर्छ । कान्तिपुर…. नागरिकले यो काम गरिहाल्यो के गर्ने ? भनेर टवाल्ल पर्नुको साटो अहिलेका जल्दावल्दा खेलाडिहरु, अथवा भोलीका सम्भावित खेलाडिहरुवारे शुरुवाति दिन र हालको सफलता वारे कभर गरे राम्रो प्रतिक्रिया आउँने निश्चीत छ (हौ तपाईंहरु बीच कत्तिको खत्रा प्रतिस्प्रधा हुँदै छ ?) ।

    हेक्का रहोश खेल दर्शक युवा हुन, त्यसका पाठक पनि मुलत युवानै हुन । हामी युवालाई ‘…अरुले सक्छन भने मैले किन सक्दिन…’ खालको प्रेरणादायी कभरेजहरु मन पर्छन ।

    केहि दिन अघि हाम्रा ३ क्रिकेटरहरु अमेरिकि क्लवमा क्रिकेट खेल्न जाने समाचार सियोको टुप्पा जत्रो ठाउँमा कोचिएको पढेको थिए । यसलाई विशेष कभर वनाइएको भए । ती चौरमा, जहाँ कुनै समय ती खेलाडि अभ्यास गर्ने गर्थे, कमसेकम ३०० जना भविष्यका क्रिकेटर क्रिकेट खेल्थे । कमसेकम ३० वटा झ्यालहरुको ऐना फुटथ्यो ।

    हामी सवैलाई वधाई हामीले शानदार खेल खेल्यौ । कोचप्रति आभार । हाम्रा आदरणीय खेलाडिहरुलाई विषेश धन्यवाद । आगामी खेलको लागी मैले हामी सवैलाई शुभकामना दिनैपर्छ ! 🙂

    • प्रनयजी, तपाईंमा खेलकुद सम्बन्धी “भावानामा ओतपोत सहित reporting ” गर्ने कला रहेछ, किन यसलाई उपयोग गर्नु हुन्न?? सबैलाई फाइदै-फाइदा| कोसिस गर्नु होला|
      १) glamour र cosmetic का कुरा सहि हुन्| आज भोलीको “media and text era” मा यो हुनु पर्ने कुरा हुन्| सम्बन्धित सबैको यसमा ध्यान जावस|
      २) sponsor का कुरा पनि एकदम सहि छन्, “ब्यबसाय र समाज”को उत्थान हातेमालो बाटै शशक्त हुनेछ| सरकारले mandatory डण्डा चलाउन पछी हट्नु हुन्न, सहि काममा|
      ३) media का कुरा पनि सहि छन्| मनन योग्य| धन्यबाद|

  15. सदै दिक्क लाग्दो खबर सुनिरहेका हाम्रो लागि खुसि को खबर, बधाई छ नेपाली खेलाडी, कोच र सम्पूर्ण नेपाली लाही, अब जोदार्ण को चुनौती पनि पख लगाएर नेपाल अन्तिम चरण मा पुगोस, शुभकामना / आज धेरै क्रान्तिकारी हौ भन्ने हरु नेपाली राष्ट्रिय पोसाकलाही खिल्ली हुदौदै लागौदैनन, मन्त्रि , प्रधान मन्त्रि हुदा पनि लागौबा गारो मान्दछन, तर नेपाली कोच राष्ट्रिय ले येस्लाही गर्ब को रुप सम्झेर , र नेपाली टिम को हौसला बदौना दौरा सुरुवाल लगाए, अरुले पनि येस्बता क्षिक्षा लिनेकी !!!!!!!!!!!!!!

  16. This is just jourbey not a destination. Anyway, congratulation to Nepali FootBall team, you youngster have to defeat Jordan too as well. If you guys qualify for the Brasil World Cup 2014. I would definately there to support Nepalese Team. This would be my second visit to BRASIL with Shamba Dance.

  17. राम्रो टिम ओर्क को परिणाम ! राजनीतिमा पनि येस्तई टिम ओर्क भए देश कस्तो बन्थ्यो होला ?

  18. बडो खुसि को खबर!!! देशमा सबै ठाउँबाट निराश भैराखेको बेला त यो झन सुखद आश्चर्य को समाचार भन्यो !!!! बधाई खेलाडी र इन्ग्लिश कोच लाई !!! साथै अवसरलाई गोलमा परिणत गर्ने बानि कायम नै होस् !!!

  19. सानो हो या ठुलो होस् सफलता भनेको जहिलेपनि सकारत्मक पछे हो,बधाई छ नेपाली खेलाडी साथी हरु लै,बिजय गुरुंग र अनिल गुरुङ my बेस्ट प्लयेर्स .

  20. उच्च आत्मा बल र सहकार्यले खेल खेल जीत हाम्रै हुने छ

  21. नेपाली टिम बदाई छ तिमीलाई …….सुभकामना !!!!!!!!!!!!!!!!

  22. सायद नेपाल को बारेमा राम्रो खबर सुन्ने बानि हटिसकेको थियो, हिजोको म्याच प्रत्यक्ष हेर्दा भाबुक भईयो, बधाई छ नेपाली टिमका भाइहरुलाई, अनि प्रशिक्षक ग्राह्मले लगाएको गुन —- हामी तिम्रो ऋणी छौ | **** जोर्डन संग को म्याचको लागि शुभकामना ****

  23. नेपालले इस्ट टिमोरलाई पाँच गोलले पराजित गरेको अविस्मरणीय क्षणको मजा टेलिभिजन बाट हेर्दा धरै बर्ष पछि ख़ुशी र गौरव ले छाती फुलेर आयो टीम नेपाल लाई हामी सबै को सलाम !!!!!!!!!!!

  24. यिनले त के दौरा-सुरुवाल लगाएका थिए, मेरो त आँखाँ नै रसाए; छाती नै फुकेर आयो…धन्यबाद|

    बधाई तथा धन्यबाद – प्रशिक्षक र नेपाली टोली| प्रयास जारी रहोस| sportsmanship, fairplay ra team work मा प्रगती हुदै जावस, यही कामना सहित, नेपाली फुटबलको उज्जवल भबिस्यको प्रतिक्षामा…|

  25. अब जोर्डन लाई १०० % जित्छ नेपाल ले …….नेपाल र नेपाली जनता लाई खुशी बनौछा

    • East timor is in the last position of asian ranking and much below than nepal in world ranking jordan is in 86 th position in world ranking and is 11 th in asian ranking ;its not that easy to win jordan but it is not impossible too
      lets hope to win jordan and improve our ranking ahead of all countries of south asia

  26. टिमोर लाइ जित्दैमा एस्तो खुशी हुन पर्छ जस्तो त लाग्दैन मलाई.नेपाली फुटबलमा स्टामिना र स्किल नभएका लोकल क्लबको खेलाडीहरु लाइ बढी प्राथमिकता र पुलिश जस्तो सशक्त क्लब र उसका स्किलफुल खेलाडी हरुलाई कम प्राथमिकता दिए सम्म नेपालि फुटबल कहिले उम्भो लाग्दैन.सूर्यमान श्रेष्ठ,रमेश बुढाथोकी र अनिल अधिकारि जस्ता लाइ पहिले बाइपास गरियो भने अहिले पनि लिडिंग striker को रुपमा अनिल गुरुङ र साहुखालालाई लाइ राखेर क गर्न खोजेको यो.साहुखल कारबाही मा नपरेको भए सायद जुमानु बेन्चमा बस्न पर्थ्यो होला जबकी नेपाल को undoubtedly बेस्ट striker जुमानु हो अहिले

  27. धेरै खुसि लाग्यो नेपालको जित देखेर…. उत्साह थापियोश… जित्त्छ नेपालले…. ब्राजिलमा देख्न पाउँ….. |

  28. जोर्डन संग त क्रान्तिकारी गोला गर्नु पर्छ है, किनकि त्यंह पनि राजसंस्था छ है.
    याद अलि गर्नु नि भाई हो, किनकि त्येन्हाका राजा अलि क्रान्तिकारी खाका छन!

    • प्रिय मित्र, फूटबल ले गर्दा सबै जनता एकजूट भैरहेकोमा येस्मा राजनीति घुसाएर जीत को मजा लाइ धमिलो नगर्नुस.

  29. अझ धेरै गर्न बाकी छ !!!!येसरी नै प्रगति भयो भनी अब को २० वर्ष सम्म मा नेपाली फूटबल टोलि विश्वकप खेल्न सक्छ!!!!!

  30. Congratulation to all nepal team and I think we should have next game in nepal because home is always home, in home we are in the pitch to support team in away game it’s impossible, our government should spend some money instead of spending money on chor neta we should cut their salary and help our team

  31. जीतको रौनकले खुशी त अत्ति लाग्यो तर यसो फिफाको आधिकारिक रयांक हेर्दा नेपालले हराएको इस्ट टिमोर त नेपालभन्दा धेरै नै पछाडी पो रहेछ /
    अब जोर्डनसंग हुने खेल जितियो भने चाही ठुलै उपलब्धि मान्नुपर्छ किनकि जोर्डन नेपाल भन्दा धेरै नै अगाडी रहेछ /
    बुलन्द हौसला तथा आत्मविश्वासका साथ् खेलेर अवश्य जित्ने छ / सबैले नेपालको आगामी खेलको लागि खेलाडीहरूको मनोबल उच्च राख्न कामना गरौँ !!

  32. नेपाल ले आफ्नु देशमा टिमोरलाइ जितनु भन्दा पनि टिमोर लेस्ते जस्तो एउटा सानो भर्खरै जन्मेको देशले फूटबल खेल्न नेपाल सम्म पुग्नु ठुलो कुरा हो!

  33. ‘जीत पछि फहरिएको नेपाली झन्डाको शान नै बेग्लै हुन्छ, कता कता नेपाली झन्डाले संसार नै जितेको जस्तो लाग्ने , जोर्डनमा पनि नेपाली झन्डा ले ” म नै हो संसार जित्ने नेपाली भनेर ” फहरौना पयोस नेपाली झन्डा लै अग्रिम सुवाकमाना

  34. राम्रो कुरा हो बधाई छ तर East Timor भनेको कुनै ठुलो राष्ट्र वा नेपाल बराबरको मुलुक होइन, जसको छेत्रफल नेपालको १०% र जनसंख्या मात्र १२ लाख छ. हामीहरु त छिमेकी मुलुकहरु संग राम्ररी भिड्नु पर्छा जस्तो मलाई लाग्छ.
    जय देश!

  35. ररीयता क्रम मा २०२ नम्बर मा भय को टीम लाई जित्दा यती धेरै उफ्रेर दोस्रो चरन को खेल खेल्न बिर्शने वानी हाम्रो टिम को पुरनो रोग हो ,अब जोर्डन लाई जितेर तेस्रो चरण को खेल पनि जित्यो भने चै केटा हरु लाई मान्नै पर्छ । अनी चै धोती फुकलेर उफ्रे नि हुन्छ है साथी हो …

  36. एदी नेपाल worldcup मा
    गयो भने घर घडेरी सब बैंकमा धितो राखेर भएपनि सबैभन्दा बढी दर्सक नेपाली हुनेछन ब्राजिलमा !!!
    अहिलेको फोहोरी राजनीतिक खेल भन्दा फूटबल नेपालीले सयौ गुना मन परौछान
    GOOD LUCK

  37. गोल त राम्रै बर्साएका हुन् हाम्रा खेलाडीले………अब जोर्डन संग येस्तई गरि राम्रो खेले भने वोर्ल्ड कप जिते जस्तै हुने थियो !!!

  38. ल नेपाली फूटबल टिम यो पटक बिश्वोकप मा छनोट भएर देखाइदेऊ त,चकित परिदेउ त संसारलाई!सुभकामना तिमीलाई नेपाल आमा,नेपाली जनता र पशुपतिनाथ को! बधाई छ!

  39. धेरै समय पछी हाम्रो रास्ट्रीय झण्डा खुशीले फहराएको छ ——
    यस्तो दिन आईरहोस —
    यसै गरि देशको इज्जत उचो बनाउदै लैजानु ।
    ३ करोड नेपालीको बधाई अनि शुभकामना छ देशका अमूल्य गहनाहरुलाई ।

  40. खुसी माँ न अत्तिने हो भने आगामी खेल पनी जित्ने चांस छ

  41. खुसि लाग्यो! खेलाडी अनि भद्र दर्शक लाई बधाई !

  42. नेपाली team लाई बदाई छ./नेपाली दौरा सुरवाल नेपाली नेता हरु लाई
    आफनो लाग्दै न तर बिदेशी लाई प्र्यारो छ/ यो ट सबै नेपाली ले आफ्नो गौरब ठान्नु पर्छ /
    छुटै पहिचान छ national लुगा मा/
    हेर्ने बितिकै उ नेपाली हो भने लाग्छ

  43. मेरो बिचारमा नेपाली टोलीलाई निलो जर्सीमा फाप्छ जस्तो छ,पहिलो म्याचमा रातो जर्सीमा २-१ नतिजा ल्याएर चित्त बुजाउनु परेउ,अबको जोद्र्न संग म्याच खेल्दा पनि निलो जर्सीमा नै खेल्नु पर्छ है..!! धेरै धेरै बधाई नेपाली टिमलाइ,all the best for next match ……..!!!

  44. हो आज म पनि खुशी भाको छु आफ्नो देश भन्दा बाहिर परदेश मा छु तर पनि आज कान्तिपुर बाट नेपाल को यो गेम देखेर मा खुशी भाको छ ………हामी ले चायो भने जे गर्न पनि सक्छुम …………….

  45. गर्ब लाग्छ नेपाली हुनु मा !!
    नेपाली टिमलाई बधाई छ

  46. बधाही छ नेपाली टीम…अब जोर्डन लाई पनि येसरी नै हराउनु पर्छ सरकारले पनि खेल र खेलाडीलाई अझै धेरै लगानी गरि…अगाडी बढ्न सहयोग गर्नु पर्छ…….कम्तिमा …यस्ता खेलाडीले बच्नैको लागि दोस्रो कम गर्न नपरोस ……..र खेलाडी पनि लगनसिल हुन जरुरि छ…….

  47. Congrats ! all players and all known unknown contributors of Nepalese football team a lot….I wish we will heard this type of news again and again. But keep in mind, this is the point of pleasure but not the point of satisfaction ! We have left a lot to do more…..

  48. Great news to hear. Achieving comes only after believing yourself. So our boys can beat Jordan too and wish em to make through to the final round to play in Brazil. Ghana, Ivory Coast n North Korea were able to make it to final round then why can’t we? We have to proide a good environment for our players to develop their skills n strength both physically n psychologically.

  49. गएको वर्ष वोर्ल्ड कप हुदा मैले एउटा साथीलाई सोदेको थिए नेपाल पनि सामेल छ त त्यो खेल मा?वहा ले जवाफ दिनु भो १०० वर्ष तपस्या गर्दा पनि नेपाल ले वोर्ल्ड कप मा भाग लिन सक्दैन,कृपया यो समाचार हजुर ले हेर्नु भाको छ भनि हाम्रा महान खेलाडी हरु सग माफी माग्नु होला, सबैले आशा गरौ अहिले देखिको अथक प्रयास र साहसी भएका खेलाडी हरु ले २०१४ मा वोर्ल्ड कप जीत्नी छन,जो कोहि पनि आफु द्रिड भएर भगवान प्रति सदै सकारात्मक सोचाई राख्छ भनि पक्कै पनि सफल हुन्छ,ल हेर्नुस त हाम्रा साथी हरु ले बिहानै पशुपति मा गएर प्रारर्थना गरेर आउनु भएको थियो लगा लागि ५ गोल ले अगाडी जानु भो,बदाई दिएर मात्रै पुग्दैन ,वहा हरु को साहसी लाई,

    • ओहो नेपाली स्पन्दन बोकेर हिड्ने साथि, तपाइले त धेरै नै ठुलो आशा पो गर्नु भयो त! रामे बक्सरले श्यामे बक्सरलाइ नकआउट नै गरेर जिते पनि भगवान भरोसा गरेर माइक टाइसन बक्सर संग भिड्न गयो भने रामे बक्सरको हालत के होला भन्नोस् त! तेतिखेर रामे बक्सरलाइ बचाउन आउने फुर्सद पनि पाउनु हुन्न भगवानले| सकारात्मक सोच लिनु राम्रो हो तर तेसो भन्दैमा एथार्थ बिर्सनु चै बुद्दिमानी नोहोला कि| बधाई हामी सबैलाई मुलुकमा सर्बाधिक प्रख्यात खेलमा अचेल देखिदै गरेको प्रगतिको लागि|

      • बक्सर खेल्ने मान्छेले अब कान टोक्ने, नाक टोक्ने कोपर्ने संग खेल्यो भनेत अब भगवान ले कसरि बचाउन आउदो हो र बाबै!
        तर नेपाली मुटु वाला साथीले अलिक बढी जोशको सपना भने पक्कै देखेका हुन्, गयको वोर्ल्डकप खेलमा “नेपालपनि सामेल छ?” भनेर साथीलाई सोध्नु भयको हो भने उहा कत्तिको अनभिज्ञ रहेछ भनेर तेही बाट बुझ्न सकिन्छ नि होइन र?
        हुनत मैलेपनि नेपालले एक पटक वोर्ल्ड कप खेलदे मात्रै होइन जित्दे पनि हुन्थ्यो भनेर चाहना राख्छु तर आशा गर्नु चाहि बेकार छ वोर्ल्ड कपको तर पनि यहि क्षेत्रीय खेलमै भारतलाई चाहि एक पटक टिमोर लाइ जस्तै गरि हराइदिय वोर्ल्ड कप जितेको भन्दापनि खुशी हुने थिय! अझै फुटबल मा भन्दापनि क्रिकेटमा चाहि एकपटक मात्रै भनेपनि धुलो चटाउने पर्छ र त्यो हेर्ने ठुलो इक्च्छा छ मेरो किनकि नेपाल र खेलको खिल्ली उदायर उछित्तो काडेर जात्रा गरेकाछन यो इन्डियन धोबी हरुले !
        फुटवलमा वोर्ल्ड कप जित्ने कुरा छाडौ दोश्रो चरण मै धेरै अगाडी पुग्न सक्छ भंनेकुरामै ठुलै संका छ तर क्रिकेटमा भने अलिक बल गरे जित्न पनि सकिन्छ!
        जे भयपनी खेल जित्यो र दोश्रो चरण मा प्रवेश गर्यो राम्रो गर्यो बधाई छ खेलाडी र सम्बन्धित टिम लाइ!

    • बहुलायो कि के हो? world कप मा select भयो भन् ठान्या कि के हो? १०० होइन , ५०० वर्ष मा पनि नेपाल ले world cup खेल्न पाउने छैन

    • यौटा खेल जित्यो भन्दैमा वोर्ल्ड कप जित्छ? हावादारी कुरा. खुस्क्यो कि क्या हो दिमाग को तार ?

    • मुर्ख कुरा लेख्दा लाज लागेन तपाइलाई ? यस्तो वाईहात कुरा लेख्ने ? नेपाल ५० बर्ष पनि विश्व कप मा भाग लिन सक्ने सक्छम हुने छैन .

    • ओ साथी हो निरास हुने कुरा नगरौत के थाहा यस्तै गरी खेल जित्दै गयो भने ब्राजीलमाँ हुने बिस्वो कप माँ छनोट हुने चांस छनी

    • तपाइको लेख को पछ्हादी यति धेरै दुस्मन किन पछी लग्यो ,लेख ठिक छ ल.,

  50. आज नेपाली फूटबल प्लेयेरहरुले ३ दिनको पानिको झरीलाई गोलको झरीमा परिवर्तन गरिदिएका छन् टिमोरको प्लेयरको अगाडी . बधाई छ हामी नेपालीहरुलाई, नेपाली खेलाडीहरुलाई र Graham Roberts लाई पनि

    • नेपाली टीमलाई बधाई भन्दा खेरी पनि unlike गर्ने आतंकवादी नै हुनुपर्छ.

      • आतंकवादी हैन हौ बिचराहरुको रोग हो (colour blindness रातो लाई हरियो र हरियो लाई रातो देख्ने) ।

      • नेपाली team lai बधाई भन्दा unlike गर्ने पक्कै पनि धोति हुनु पर्छ. हैन भने तपाई afno देश प्रति grhina गर्ने यौटा नेपाली हुनु पर्छ, येतिका समय पछि बल्ल हामीले गर्बले छाती फुलाउने अवसर पाएका छौ, कमसेकम आफुले गर्न नसके पनि आफ्नो नेपाली दाजु भाइले गरेर देखाउदा खुशी हुन सिक्नुस, बिरामी हुनुन्छ भने get well soon

  51. बधाई छ नेपाली (हाम्रो) फूटबल टोलि लाई, उत्तरोत्तर प्रगति को कामना…

    • साचै, यो नेपाली team लाइ बधाई अनि उतरोत्तर प्रगति को कामना गर्दा पनि dislike गर्ने मान्छे हरु लाइ पक्कै नेपाल अनि नेपाली फूटबल team प्रति माया छैन, येसो mysansar मार्फत भए पनि आफ्नो support गर्नु नि!!! I ausmitra ले भने झैँ आतंकबादी हुनुपर्छ
      jealous भएर जलेर अहिले charcoal भएर बसेको होला!!

  52. Congratulation Nepali Team and Good Luck for the Future…. Its really proud to see the wining news of Nepali Team………… Great Job… Keep it up…………..

  53. पहिलो पटक अच्छा लागो ! शरीरै सिरिङ्ग भएर आयो ! कान का लोती तातेर आए ! नेपाल ले इतिहास रचेको समाचार ले मुटु एक पटक वोर्ल्ड कप नै जिते जस्तो भुक्क फुल्यो , एक छिन् तिरी मिरि झ्याइ जस्तो पत्यार नै लागेन , एक पटक भए पनि नाक का टोटा फुले !

    नेपाली टिम लाइ बधाई सहित अग्रिम शुभकामना !

  54. तय भाको छैन नि| नेपाल मा नै हुन सक्छ, SECOND GAME

  55. अनिल गुरुंग अंतरास्ट्रीय स्तर को striker अनि किरण चेम्जोंग अंतरास्ट्रीय स्तर को गोल किपर !
    बधाई छ नेपाली रास्ट्रीय टीम लाई !!!

  56. लौ ज्यादै राम्रो खबर सुन्न पाईयो । जहिले पनि खाली मार-काट र अपहरणको खबर सुन्दा सुन्दै दिक्क भयको बेला यो खबर ज्यादै राम्रो भयो ।
    बधाई छ, अनि अगृम शुभकामना अरु खेल को लागि!!
    दिपक अधिकारी
    जर्मनी

  57. मा पनि खुशी छु गेम जितेको मा , तर एदी आफु भन्दा बलियो टिमलाई जितेको भए अजि खुशी र गर्व गर्थियें. तर ज होस् राम्रै छ यो जित पनि.

  58. हन नेपालले अर्को वोर्ल्ड कप खेल्छ कि क्या हो?

  59. म २०१४ ब्राजिलमा रातो चन्द्र सुर्य अंकित झन्डा हेर्न आतुर छु तपाई नि? मेरो देस नेपाल,,,,मुरी मुरी शुभकामना….ति लम्कियाका प्रगति हरु लाई………….

  60. बधाई छ सबै लाई !!! Interestingly नेपाल फिफा ranking मा १४८ स्थानमा (१३७ पोइन्ट्स) | भारत भन्दा जम्मा १ पोइन्ट र १ स्थान तल| जय नेपाल!!!!

  61. अरे बाबा FIFA ranking मा 148 number मा रहेको team ले फिफा FIFA ranking मा 202 मा रहेको team लाही हरौदा तेती सारो गर्ब गर्नु पर्ने कुरा के छ र हो???? खुशी सम्म लाग्नु ठिकै हो……………

  62. बधाई छ नेपाली टिम देखाउनु पर्छ जोर्डनलाई पनि ५-० goal गरेर.

  63. very gooddddd wooooowwwwwww all nepali team .next team jorden is very denger team cha hai all nepali kheladiharu……

  64. खुसि को आँसु ………………..
    सब्बै नेपाली खेल प्रेमी हरु संग साट्न चाहन्छु

  65. बाघ सानो देखिएपनि सिंह डराउछ, भैसी भाग्छ, हात्ती झस्कन्छ, मृग कुलेलम ठोक्छ.. यसर्थ नेपाल भनेको फुर्तिलो बाघ हो /
    लौ साथिभाइ हो बधाई तथा शुभकामना !!

  66. नेपाली टिमलाई धेरै धेरै बधाई छ अझै प्रगति गर्दै जाऊ।

  67. बहु प्रतिक्षित जीत !!!!
    भ्रस्टाचार, गुन्डागर्दी, कुहियको राजनीतिले दियको तनाब घटाउन सफल खुसिको क्षण,
    शब्दमा कुनै बयान सम्भब छैन !!!!!!

Comments are closed.