-काशीराम शर्मा-
वर्षायामको उर्लदो भेल, त्यसैमा पनि भेरी नदी पार गरेर पाँच किलोमिटर हिँड्दै विद्यालय जानुपर्ने बाध्यता त छँदैछ। अनि बारम्बार हुने शैक्षिक बन्द र हड्ताल जस्ता विवशता पनि भोग्दैछन्, सल्यानको देवस्थल गाविसको वडा नं.–१ नाम्राका विद्यार्थीहरू।
घर एउटा जिल्लामा, पढाइका लागि जानुपर्ने अर्को जिल्लामा, यो नियति वर्षौदेखि भोग्दै आएका विद्यार्थीको जीवनमा कत्तिको जोखिम आउँछ होला, अनुमान गर्न पनि गार्हो पर्नेगर्छ। सल्यानमा घर भएका ती विद्यार्थीहरू पढाइका लागि एकाबिहानै भेरी नदीको उर्लदो भेलमा हाम फाल्दै नदी पार गरी सुर्खेतको राकम गाविसमा पर्ने बागेश्वरी उच्च माध्यमिक विद्यालयमा पढ्नुपर्ने बाध्यता कहिलेसम्मका लागि हो त्यो उनीहरूलाई नै थाहा छैन।
वर्षमा सबैभन्दा धेरै वर्षायाममा उनीहरू एकाबिहानै उठेर दुई घन्टा अगावै विद्यालय जानका लागि तयार हुन्छन्, अनि कापी किताबसँगै नदी पार गर्नका लागि चिण्डा (लौका जातको गोलो आकारबाट सुकाएर नदी पार गर्नका लागि बनाइएको सामग्री) बोकेर घरबाट हिँड्छन् र चिण्डा कम्मरमा बाँधेर २० मिनेटमै नदी पार गर्छन्। यो उनीहरूको दिनचर्या हो।
सल्यानको नाम्राका दुई दर्जन विद्यार्थी यस्तै जोखिमपूर्ण दिनचर्या दोहोर्याउदै उज्ज्वल भविष्य बनाउन पढाइका लागि विद्यालय जान्छन् तर, मुलुकमा भइरहने घटनाक्रमले बारम्बार विद्यालय बन्द हुँदा उनीहरू आफ्नो मात्र नभई मुलुकै भविष्यप्रति चिन्तित हुने गरेका छन्।
नाम्राबाट बागेश्वरी उच्च मावि राकममा पढ्न आएका विद्यार्थी तिलकप्रसाद शर्मा भन्छन्– ‘उर्लदो भेलमा पनि नदी तरेर विद्यालय आइन्छ तर, विद्यालयमा हुने बन्द, हड्तालले कहिल्यै राम्रोसँग पढ्न पाइन्न, हाम्रो भविष्य त यस्तै हो देशकै भविष्य के हुने हो भन्ने चिन्ता छ।’
उनी भन्छन्– ‘देशकै असल नागरिक बन्नका दैनिक १० किलोमिटर ओहोरदोहोर गरेर पढ्न आउँछौँ, विद्यालय नपुग्दै बन्द र हड्तालका कुरा सुनिन्छ, अनि हामी के को असल नागरिक बन्नु? अब बन्द हड्ताल सधैंका लागि बन्द हुनुपर्छ।’
शर्मा जस्तै पीडा भोग्दै आएका विकेन्द्र खत्री भन्छन्– ‘पुलको समस्याले गर्दा ठाँउ–ठाउँमा चिण्डाबाट नदी पार गर्नका लागि सजिलो स्थानको छनोट गरिएको हुन्छ। साउन–भदौको उर्लदो भेलमा मात्र होइन पुस–माघको कठ्याँग्रिदो चिसोमा पनि हामीहरू स्कुल ड्रेस फुकाल्छौं र टाउकोमा किताबको पगेरी बाँधेर नदीमा पस्छौं।’
सल्यान देवस्थल गाविसका यी विद्यार्थी जस्तै सल्यानकै बामे गाविसका एक दर्जन भन्दा बढी विद्यार्थी पनि यो नियति भोग्दै पूर्वी सुर्खेतको घोरेटा गाविसमा रहेको सूर्यज्योति माविमा पढ्नका लागि आउने गरेका छन्।
विद्यार्थी जीवन शर्मा भन्छन्– ‘नजिकमा स्कुलहरू छैनन्, आफ्नो भविष्यका लागि जोखिम मोलेर भएपनि एकाबिहानै नदी पार गर्ने तयारी गछौँ। हामीहरू जस्तै भेरी नदीमा पर्याप्त पुल नहुँदा नदी पार गर्न हजारौं सर्वसाधारण ज्ाोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।’
सुर्खेतका पूर्वी गाविसहरू आग्रीगाँउ, घोरेटा, बजेडिचौर, राकम, डाँडाखाली, काप्रिचौर, सल्यानका देवस्थल, बामे, कालागाउँ र जाजरकोटका सीमा, भुर, कार्कीगाउँलगायत गाविसका सर्वसाधारण जोखिमपूर्ण घाट तरेर वारपार गर्ने गर्छन्।
पर्याप्त पुल नहुँदा कोही डुङ्गाबाट नदी तर्छन् भने कोही जङ्घार तर्छन्। जङ्घार तर्दा बर्सेनि दर्जन बढी व्यक्तिले ज्यान ज्याने गरेको सुर्खेत आग्रीगाउँ गाविस–९ का डुङ्गा चालक रामबहादुर विकले बताए। ‘हामी भएनौं भने मान्छेहरू आफै तर्न खोज्दा घाटबाट खसेर मर्ने गर्छन्, त्यसैले हामी नहुँदा घाट नतर्नु पनि भनेका छौं।’
आफूहरूले घाटबाट गाई, भैँसी, बाख्रा, भेँडा पनि तार्ने गरेको उनी बताउँछन्। पुलको समस्या दर्शाउँदै विक भन्छन्– ‘अब त झन् वर्षा लाग्न थाल्यो, भेरी आएर घाट लगिदिन्छ, खै कसरी तर्ने हो, गाह्रो छ।’
भेरी नदीमा पुलको व्यवस्था नहुँदा सुर्खेतका बागेश्वरी उच्च माध्यमिक विद्यालय राकम, भानु उच्च माध्यमिक विद्यालय बजेडिचौर र सूर्यज्योति माध्यमिक विद्यालय घोरेटामा अध्ययनरत विद्यार्थी पौडी खेलेरै विद्यालय आवतजावत गर्छन्।
पुल भएमा आधा घन्टामा पुग्न सकिने राकमको बागेश्वरी उच्च माविमा नाम्राका विद्यार्थी आधा घन्टा पौडी खेलेर मात्र विद्यालय पुग्छन्। गाउँ नजिकै माध्यमिक विद्यालय नभएका कारण विद्यार्थीले यस्तो सास्ती भोग्नु परेको अभिभावकको गुनासो छ।
‘आधा भन्दा बढी विद्यार्थी भेरीमा जङ्घार तरेर जान्छन्, नदीको यात्राले गर्दा हामीलाई सधैं चिन्ता लागिरहन्छ’, अभिभावक मनोज शर्मा भन्छन् – ‘नदीमा पुल बनाउन जति माग गरे पनि कुनै सुनुवाइ भएको छैन।’
विद्यालय जाँदा छात्रलाई भन्दा छात्राहरूले दुई जोर कपडा लगाउने र फेर्ने झन्झट व्यहोरिरहेका छन्। विभिन्न समयमा यी क्षेत्रमा सम्बन्धित जिल्ला विकास समितिले पुल बनाउने योजना पारित गरेपनि निर्माणका विषयमा दलहरूबीच कुरा नमिल्दा अझैसम्म पुल निर्माण हुनसकेका छैनन्। रासस
कति झुट्टा आस्वासन बाड़छौ, अब हामीलाई तिमीहरुको तिता आस्वासनको कुनै खाचो छैन यार, हामी जस्तो संकट र पीडा सहेर पनि बाच्ने भैसकेका छौ
फोटो राखेको भए दामी हुन्थ्यो एती लामो लेखनै पर्दैन नि तस्बिर आफै बोल्छा भनेझै कि कसो?
देशको कुना कुनामा यस्तो पीडादायी अवस्थाको प्रकाशमा ल्याउनु हुने लेखकलाई र माई संसारलाई हार्दिक धन्यवाद|
विक दाईले गर्दै रहनुभएको सेवाको पनि प्रसंशा गर्न अबिर्सौ| सकारात्मक सुधारको परिवर्तन चाहने जनताले उँहाको छोरा छोरी र आफन्तले पनि पढ्ने समान अवसर र वातावरण पाऊँन सकून गणतन्त्रमा|
यस्तो दुखदायी र जीर्ण अवस्था राजधानी देखि टाडाको राजा रजौटा जडित र शोषित सल्यानमा मात्र हैन, नजिकैको जिल्लाहरु नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे र धादिंगमा पनि बत्तिमुनी अन्धकार बनेर रहेका प्रशस्त यथार्थहरु छन्| फरक यति हो त्यंहा काशीराम शर्मा जस्ता प्रकाशमा ल्याउने लेखकहरु देखा परेका छैनन्|
हामी नेपाली भएर नेपालीको पीडा बुझ्न पर्छ| बुझेर केही गर्न सक्नपर्छ| योजना आयोगले वर्षौ पछी योजना बनाएर मात्र हुँदैन, सो कार्यन्वयन भए कि भएन र किन भएन आगामी योजना कालमा त्यसको समीक्षा हुनपर्छ|
जलले आवाज उठायो र जो पहुँचवाला छन् उसलाई मात्र योजना र बजेट दिएर हुँदैन| सबैलाई बराबरी गरिनपर्छ| कुरा बुझ्नु होला|
साथी हो कसैलाई गाली गरेर केहि फाइदा छैन, स्कुल मा छात्राबास बनाउन सहयोग गरौ, यहि सब भन्दा सजिलो र उचित कदम होला, निसुल्क छात्राबास को ब्यबस्था भए घर बाट अन्न ल्याएर पनि पढ्न सक्छन. यदि त्यहिको स्थानीय कोहि पाठक हुनुहुन्छ भने सुरुवात गर्नुस मेरो तर्फ बाट २०० यूरो को घोसणा ! मेरो इमेल address [email protected] पुल बनाउछु र बिद्यालय नै बनाउछु भन्नु नि धेरै ठुलो नै कुरा होला. धेरै समय र पैसा खर्च हुन्छ!
देशलाई राणाहरुले खाय/ तेस्पछी राजाहरुले खाय/ तेस्पछी पन्चेहरु पनि मिलेर खाय/ अब तेतीबेलाका भोका उडुसहरुको पालो छ/ अब कहिले यिनीहरु अघौछ्ना र पिडित जनताहरुको पालो आउने होला? नेपालीहरुले पूजा गर्ने देब्ताहरु सत्तेका छौ भने अतेचारीहरुको दोहोलो काटी देउ प्रभु/ सत्तेनाश गराई देउ/
त्यहाँ ‘पुल बनाउन या बिद्यालय खडा गर्न’ भनेर कति एनजीओ र आइएनजीओ हरुका ठेकेदारहरुले पजेरो र महल खरिदे होलान-राजनीतिक दलहरुका चम्चाहरुले त्येही भेरीमा पुल बनाउने नाममा कतिपटक भट्टी पसलमा जात्रा गरेहोलान,त्यो क्षेत्रका नेताहरु मध्ये कसैले त्येही पुलको सुत्र बेचेर अहिले काठमान्डूमा मन्त्रिको नाममा डान्स रेस्टुरेन्टमा हल्लिंदै होला,त्यहाँकै जनताहरुलाई स्कुल बनाइदिने सपना साटेर बनेको सभासद अहिले धमाधम रातो पासपोर्ट बेच्ने धन्दामा ब्येस्त होला—————अनि,……………. यी सबैका मोजमस्तीका लागि “देश र जनताका भलाइ”का नाममा मिनेट मिनेट बिकिने, बेइमान दलालहरुका मागिखाने भाँडो र विज्ञापनका श्रोत बनाइएका नेपालीहरुको हाल एस्तो छ-कसले सोच्ने,कसले देख्ने र कसले गर्ने?-साएद समय लाइ नै पुकार्दै कुर्नुपर्ला!
नबुझिने छ मेरो कथा;निको नहुने मेरो ब्येथा-
पिडा मेरो जाय’ आँशु मेरो जेथा!!!
यो शमाचार बिदेसमा बसेर नेता बन्नाकोलागी यौटाना यौटा शास्ता या पार्टी खोलेर दुइचार पैसा खर्च गर्ने र सोजा नेपाली दाजु भाइलाई खर्चपनि गर्न बादधे पार्नेहरुले पड्नुपर्नेछा किनकि तो बिदेशमा नेता बन्न खर्चगर्ने पैसाले देसमा यौटा राम्रा काम गर्नेहोभने कति बिकाश हुनेथियो होला ?
माओबादी नेताले घर बनायो, शेर बहादुर महलमा बस्छ, माकुनेको श्रीमतीले यसो गर्छ उसो गर्छ भन्दा पनि हामीले के गर्न, के सुझाब दिन सक्छौ त्यो महत्वपूर्ण कुरा हो /
१ ) सल्यान जिल्लाको जिविस सभापतिलाइ यो कुरा थाहा छ कि छैन ?? भएर पनि कतै पहल गरेको छैन भने कालोमोसो दलेर लखेट्न किन नसकेको ?
२) सल्यानको नाम्रा, देवस्थल, वामे लगायतका गाविस प्रतिनिधिहरू वार्षिक प्राप्तहुने ५ लाख कता खर्च गर्दै छन् ??
३) स्थानीय स्वायत्त शाशन ऐन २०५५ ले गाबिसलाइ प्रसस्त अधिकार दिएको छ / निर्माणात्मक कार्य गर्न बजेट माग गर्न सक्छ /
– जिविस सभापतिले एउटा आपतकालीन बैठक बोलाएर प्रभावित गाबिसको प्रतिनिधि मार्फत पिडित जनसंख्याको तथ्यांक संकलन गरेर सभापति र एलडिओ काठमान्डू suspension bridge division मा पेश गरेमा अवश्य बन्नेछ / किनकि आवश्यक प्रभावित जनसंख्या हेरेर बन्ने गर्छन / त्यहि माथि जताताको र मिडियाको दबाब पनि अब त परिसकेको छ /
प्रक्रिया पुर्याए जे पनि सम्भव छ / कुर्लेर मात्र हुदैन / आवश्यक परे वा हाम्रो पनि सहयोग चाहिए म पनि दस बाह्र हजारको सानो सहयोग गर्न तयार छु / सम्बद्ध पक्षले प्राम्भिक पहल त गर्न पर्यो नि !?
अब त खालि कुरै नबुझी नेताहरूलाई सत्तो श्राप गर्नेहरूसंग पनि झर्को लागिसक्यो !! आफु केहि नगर्ने अनि अरूले गरेन भनेर कराउने प्रबित्ति हामीमा हावी हुदै गएको छ /
एलडीओ र सभापति काठमाडौँ जाँदा याद राख्नुहोला तपाईहरूले गरेको कार्य पत्रकारलाई अवगत गराउन नभुल्नु होला / स्थानीय बिकाश मन्त्रालयको मातहतमा चल्ने उक्त डिभिजन पुल्चोक ललितपुरमा छ / प्रगति विवरण हामीले पनि सुन्न पाउँ !!
जिविस सभापतिले एउटा आपतकालीन बैठक बोलाएर प्रभावित गाबिसको प्रतिनिधि मार्फत पिडित जनसंख्याको तथ्यांक संकलन गरेर सभापति र एलडिओ काठमान्डू suspension bridge division मा …….पेश गरेमा अवश्य बन्नेछ……-तपाईं नेताहरु प्रति निकै आशावादी बन्नु भयो-ठिकै छ-तैपनि समस्या त तपाइले पनि बल्झाउनु भयो नि ऐडी जी! …..गरेमा….ठिक हुन्छ भन्ने प्रवृति नै सबैभन्दा घातक छ-कति मिठो र आदर्शले भरिएको छ भनाइ…..गरेमा….भएमा….बनेमा(सरकार)—–त्यो काम गरौंला/// तर तितो कुरा—-कुरो गरेमा नै सिमित हुन्छ…..किनकि कसैले पनि गर्दैन…गर्दैन…..गर्दैन—उसमा गर्ने इच्छाशक्ति नै छैन-उसले त्यो समस्या झेल्नु पर्दैन-उसलाई अब फेरी त्यहाँ भोट माग्न जानु पनि छैन/सत्य कुरा यहि हो/ कुरा त बरु तपाइंले पो नबुझे झैं लाग्यो,मलाइ त!
केदार जी जी !
पिडित पक्षहरू नै आफ्नो स्थानीय प्रतिनिधि समक्ष समेत कुरो पुर्याउन सक्दैन भने र स्थानीय प्रतिनिधिले नै पहल गर्दैन भने त हामीले टाउको ठोकेर केहि हुदैन /
मैले हुन सक्ने सम्भावित बाटो मात्र देखाउन खोजेको हुँ / प्रयास गरे पो सम्भव छ त ! प्रयास नै नगरी केवल नकारात्मक मानसिकता घोटेर मात्र भैसी व्याउदैन /
हाम्रा प्रतिनिधिहरू सबै झैँ मपाई भएर बसेको छ यसर्थ तिमीहरू त हाम्रो नोकर हौ भनेर झकझक्याउन पर्छ भेनेको हुँ /
कुरो मैले नै नबुझेको हो भने बुझाइदिनुस न ?!!
एउटा कुरा-मेरो मुर्ख दिमागले के बुझेन भने नि ऐडी जी, ति प्रतिनिधि-स्रातिनिधिहरु त्यहाँ किन,कसरि र कसको मद्दतले पुगेका? कहाँ कहाँको पत्रकारलाई थाहा हुने,तर उसको गाउँ-बासीको समस्याको कुरा उसले थाहा नपाउने? र यदी पाएको हो भने उसलाई एक एक जनताले फुल माला बोकेर प्रभो रक्षा भन्दै खुट्टा मोल्न जानु पर्ने?बिकाश बजेट त्येस्का बाउको सम्पति हो र त्योसंग भिख माग्न जानु पर्ने?–या कुटो कोदालो बोकेर नारा लगाउनु पर्ने? त्येही हो प्रजातान्त्र,?त्येही हो लोकतन्त्रका सेनानी प्रतिनिधिहरुको काम गर्ने शैली र ब्यबहार?हो, ऐडी जी! म एउटा अनपढ गँवार गाउँले जसले राजनीतिका तौर तरिका र दाउहरु केहि बुझ्दिन-मलाइ यत्ति थाहा छः-ति प्रतिनिधिहरुले चुनाव अघि त्येही पुलको समस्या बोकेर म काहाँ भोट माग्न आएका थिए-बिश्वाश गरें छाप हाने-मेरो मन्द बुद्धिले के बुझ्यो त भन्दा–उनीहरुले अख्तियार पाएपछि त पहिला उनैले उठाएको कुरा कमसेकम सम्झनु सम्म त पर्ने! गल्ति भयो प्रभु!माफ पाउँ-मसंग हजुरलाई बुझाउने कहाँको खुबी र हिम्मत!दशा लागेर बोलेछु……/मलाइ यसरि नदि तर्नुमै ठिक छ-म नेपालि,मेरो भाग्य नेपालि……..मेरो थान्कामा म बस्नुपर्छ—बस्छु!-थाहा थिएन—यहाँ लोकतन्त्र आएको छ/
कुर्सि र धनको मोहले सरकारी ढुकुटीमा जम्मा हुन पर्ने अरबौ रकम कुम्ल्याउने भ्याट मराहरुको पक्षपोषण गर्ने भ्रष्ट नेता, मन्त्रीहरुको मन पोल्दैन यस्ता कुराले के गर्ने /
यस्तो ठाउमा अर्को ब्यबस्था नभए सम्म नदि बढ्ने समयमा छुटै शिक्षकको ब्यबस्था हुनु पर्छ र अरु बेलाको लागि सबै घर का सदस्यलाई लाईफ जाकेट बितरण गर्नु पर्छ । पोखरामा प्रत्यक जाडो याममा मनाङको 1 स्कुलले बिधाथिल्याई पढाउने ने गर्दछ ।ण गर्नु पर्छ । पोखरामा प्रत्यक जाडो याममा मनाङको 1 स्कुलले बिधाथिल्याई पढाउने ने गर्दछ ।
मैले पनि सानो छदा त्यस्तै दुख पार गरेर आएको हु त्यसैले यी नानीहरुको पिडा म प्रतक्ष अनुभूत गर्न सक्छु ! अबोध अनुहार, चंचल जीवनशैली, अस्पष्ट लक्ष तर घरपरिवारको ठुलो सपना ! उबेलाका ति दिनहरु समझदा लोभ लागेर आउछ, तर बिकट ठाउका ति दु:खहरु जिउ त तिउ देख्दा जीवनदेखि नै बैराग लाग्छ ! हामी नेपालीले सु:खको अनुभव कहिले गर्न पाउने होला, खोई?
ओ हो कस्तो दु:ख लाग्दो पढाई जीवन / हाम्रा यी प्यारा भाई बहिनी हरुलाई भगवानले सधै रछ्या गरुन / मलाई त यो समाचार पढेर रुना मन आयो / एक्काइसौ शताब्दीको समयलाइ नै ब्यङ्ग हो यो समाचार /
नेताहरु जति सुन्दरिया नगरी भनिने नरकीय काठमाडौँ मा भुलिरहेका छन् अनि यो सबै कसले देखाउने र कसले हेर्ने ? लाज सरम कसैलाई के हि को पनि भए न के रे !!!!!
हरे ! कस्तो बिजोग !
नेता टाठा बाठा हरु कहा बाट कहा पुगी सके देश र जनताको नाममा राजनीति
गर्दै —हिजो दुर्गमबाट जनता र देशको लागि राजनीति गर्न झोला भिरेर आएका
शेर बादुर देउबा आफू मुलुकको प्रम हुदा बेल्जियमसंग शाही सेनाको लागि हतियार किन्दा टन्न कमिशन कुम्ल्याए — आज भब्य महल भित्र कुकुरको लागि
महिनाको हजारौ खर्च गर्न सक्ने भएर बस्या छन् — कोइराला परिबारले उसै गरि
मुलुक लुट्यो — सुजाताहरुले दाई गरे मुलुकको ढुकुटीमा — सोजा भनिएका माधब नेपालको श्रीमतिको नाममा नपत्याउने सम्पति देखिएको पत्रिकाले छाप्याथ्यो —
माबोबादिका नेताहरुको बारेमा उस्तै गरि छाप्छ पत्रिकाले — अरु अरु पार्टी नेता
सबै उस्तै उस्तै देश खाने हरु !
नेताहरुको स्थिति कहा बाट कहा पुगीसक्या छ —
जनता र देश भने यी यस्तो ” विद्यालय जाँदा चिण्डा भिरेर नदी तर्नुपर्ने बाध्यता ” –
हामी हरुको यो एउटा सामान्य क्रिअकलपनै भहेको छ हामि आफै मा पनि सक्छम हुने दिन् आहिसक्यो चौतारा मा बसेर ,क्यारम बोर्ड खेलेर ,सिनेमा को पिछा गर्ने आदत लाइ छाड्न पर्छा अनि सरकारको मुख ताक्ने आदत तु छाड्न पर्छ तेस्पछी हेर्नुस देशमा कतिको परिवर्तन हुन्छ
शिव मित्रले भनेको कुरा ठिक हो हामी पाठकहरु सबै मिलेरा सहयोग जुटौ ,अनि आबस्यक ठाउमा पुल बनौ ,येस्मा म मुलुक देखि टाडा बसेता पनि मैले सकेको सहयोग गर्ने छु नेपालको घिन लाग्दो राजनीतिक पार्टी को पछि लग्न छोडौ.सबैले धेरै थोडै सहयोग गरौ भने ,गर्न नसकिने के नै छर.न्नेपल्को बिकाश निर्माण मा पनि दलहरु आपसमा झगडा गर्छन किन ,
लागौ साथीहरु तेस्को लागी मेरो संसारले आबस्यक पहल गरिदिनु पर्यो
धन्यवाद
इंगलैंड
समयमै बिद्यार्थीहरुको लागि केहि व्यवस्था गरिनु पर्छ … नत्र हाम्रा स्वस्थ राज्य मन्त्रि धर्मशिला चापागाईको जस्तो हालत नहोस……link हेरी हालौ http://youtu.be/Z4dINlj4KK0 कसरी हाम्रा राज्य मन्त्रीले राष्ट्रसंघमा कसरी सम्सोधन गरिन….
सरकार ले के हेरेर बसेको छ ? दबाब दिनु परो
कति दुर्दशा भोगिरहेका छौ हामी। वास्तविक नेपाललाई बुझ्नै बाँकी छ।
देश र जनताको पक्षमा आफ्नो राजनीति समर्पित गरेको दावा गर्नेहरुले चुनाव बाहेक अन्य समयमा काठमान्डौ बाहिरको नेपाल नै बिर्सन्छ, चिण्डा कम्मरमा बाँधेर नदि पार गरि विध्यालय गएको कुराले यिनीहरुलाई के छुन्छ र !
जिल्ला विकास समितिले पुल बनाउने योजना पारित गरेपनि निर्माणका विषयमा दलहरूबीच कुरा नमिल्दा अझैसम्म पुल निर्माण हुनसकेका छैनन् गाउँ नजिकै माध्यमिक विद्यालय नभएका कारण विद्यार्थी सुर्खेतका पूर्वी गाविसहरू आग्रीगाँउ, घोरेटा, बजेडिचौर, राकम, डाँडाखाली, काप्रिचौर, सल्यानका देवस्थल, बामे, कालागाउँ र जाजरकोटका सीमा, भुर, कार्कीगाउँलगायत गाविसका सर्वसाधारण जोखिमपूर्ण घाट तरेर वारपार गर्ने गर्छन्।
यो त सारैभयो बा !!!!!!!! लौन पुल को व्यवस्था गर्नत तत्काल
नहोला तर नजिक पर्ने ठाउमा नदि पार नगरीकन पढ्न को लागि विद्यालयको व्यवस्था त गर्न सकिन्छ नि ……
हामी सबै पाठक हरु मिलेर पुल को व्यवस्था गरौ अथवा नजिक पर्ने ठाउमा नदि पार नगरी कन पढ्न को लागि विद्यालयको व्यवस्था गरौ……