फेसबुक कि गुगल+ ?

माइसंसारले हिजोदेखि एउटा सानो परिवर्तन गरेको तपाईँहरुले याद गर्नुभयो कि भएन ? हरेक ब्लग पोस्टको मुनि फेसबुक लाइक गर्ने बटन हुन्थ्यो यसअघि, अहिले त्यसमा +1 र ट्विटर पनि देख्‍नुहुन्छ। +1 गुगलको फेसबुक जस्तो सोसल नेटवर्किङ साइट गुगल+ को राम्रो लाग्यो भन्ने दर्शाउने माध्यम हो।

फेसबुकका संस्थापक मार्क जुकरवर्गको सम्पतिले गुगलका संस्थापकद्वय ल्यारी पेज र सेर्गेइ बिनको सम्पतिलाई उछिनेको समाचार आएकै साता फेसबुक र गुगलको प्रतिस्पर्धा चरमचुलीमा पुगेको छ। फेसबुक त्यति लोकप्रिय नहुँदै गुगलले सोसल नेटवर्किङ साइट ओर्कुट खरिद गरेको थियो। तर ओर्कुट प्रतिस्पर्धामा टिक्न सकेन। त्यसपछि गुगलले जीमेलभित्रै सोसल नेटवर्किङको प्रयोग थाल्न ‘बज’ सुरु गर्‍यो। यसलाई पनि प्रयोगकर्ताहरुले खासै नरुचाएपछि फेसबुकको बढ्दो प्रतिस्पर्धालाई चुनौति दिन गुगलले अहिले ल्याएको छ गुगल+। यस पटक गुगल पूरै तयारीका साथ मैदानमा उत्रिएको छ, जसका कारण फेसबुकले पनि खतरा महसूस गरी स्काइपसँग मिलेर भिडियो च्याटको सुविधा दिने घोषणा गरेको छ।


फेसबुकको भिडियो च्याट
फेसबुकले बुधबार राति अबेरदेखि भिडियो च्याटको सुविधा दिन थालेको हो। भिडियो च्याट गर्न एउटा सानो सफ्टवेयर इन्सटल गर्नुपर्छ। आज फेसबुकको भिडियो च्याटको एक जना साथीसँग परीक्षण गरेको थिएँ। त्यति सन्तुष्ट भने भइनँ। अडियोमा निकै समस्या थियो। भिडियो भने स्पष्ट नै देखिन्थ्यो। स्काइप मै जाँदा भने अडियो स्पष्ट सुनिन्थ्यो। स्काइपसँगको साझेदारीमा फेसबुकले भिडियो च्याट ल्याएको भए पनि अडियोको लागि अझै सुधार गर्नुपर्ने देखिएको छ।

के छ नयाँ गुगल+ मा ?
गुगल+को स्ट्रिम र फेसबुकको न्युजफिड जुम्ल्याहा जस्तै देखिन्छ जसमा साथीहरुले पोस्ट गरेका स्टायटस, फोटो, भिडियो र लिङ्क देखिन्छ। कसैले राखेको सामाग्री मनपर्दा फेसबुकमा लाइक गरिन्छ तर गुगल+मा यसलाई +1 नाम दिइएको छ। फेसबुकमा कसैको स्टायटस मन पर्‍यो भने लाइक गर्नुबाहेक अरु उपाय रहन्न। ट्विटरमा भए रिट्विट गर्न पाइन्छ। गुगल+मा भने रिट्विट जस्तो पुनः आफ्नो स्ट्रिममा त्यो स्टायटसलाई सेयर गर्न पाइन्छ। यो पनि मलाई गुगल+को राम्रो विशेषता लाग्यो।

अब आफन्तलाई साथी भन्नु परेन
फेसबुकमा साथी भनेको साथी हो, त्यसको कुनै वर्गीकरण छैन। साथी हुन उमेर र नाताले कुनै छेकबार लाउँदैन भन्ने आदर्शवादी सिद्धान्त पछ्याउँछ फेसबुकले। तर गुगल+ले भने तपाइँलाई आफ्नो सोसल नेटवर्कमा विभिन्न सर्कल बनाउने सुविधा दिन्छ। मतलब तपाइँकी आमा, सानीआमा, काका र दाजुभाइ, दिदिबहिनीलाई पनि फेसबुकले साथी नै भन्छ, तर प्लसमा भने तपाइँलाई अलग अलग सर्कलमा उनीहरुलाई राख्ने सुविधा दिन्छ। तपाइँको अफिसमा सँगै काम गर्ने साथी फ्रेन्ड्स सर्कलमा र तपाइँका आफन्त फेमिली सर्कलमा हुनेछन्। तँतँ मम चल्ने साथीहरुलाई तपाइँ छुट्टै आफ्नै नाम दिएर अर्को सर्कल बनाउन सक्नुहुन्छ, जसमा तपाइँ धित मरुन्जेल कुरा गर्न सक्नुहुनेछ, जसलाई अरु साथी र आफन्तले देख्न पाउने छैनन्। अफिसका कुरा अफिसकै साथीले मात्र थाहा पाउने, आफन्तहरुले थाहा नपाउने गरी पोस्ट गर्न पनि पाइनेछ। आफूले आयड गरेका सबै साथीहरुले थाहा पाउला भनी पोस्ट गर्न डराउनेहरुलाई प्लसको यो सुविधा वरदान साबित हुनसक्छ। कुनै व्यक्तिलाई आयड गर्न मन छैन, तर उसले लेख्ने स्टायटस थाहा पाउने मन छ भने ट्विटरमा जस्तो फलो गर्ने सुविधा पनि प्लसले दिन्छ। फेसबुकले गुगल+को यो सुविधालाई ध्यानमा राखेर केही परिवर्तन भविष्यमा गर्न जरुरी पक्कै पनि ठान्नेछ।

१० जनासित सामूहिक भिडियो च्याट
अरुभन्दा फरक यसको विशेषता के हो भने यसमा १० जनासम्मले सामूहिक भिडियो च्याट गर्न सक्छन्। फेसबुकको जस्तो च्याट मात्रै गर्न चाहनु हुन्छ भने पनि त्यो सुविधा प्लसमा छ। गुगल अकाउन्ट अर्थात् जीमेलमा रहेका साथीहरुलाई नै यसले च्याट गर्ने सुविधा दिन्छ। ह्याङआउटमा १० जनासम्मको सामूहिक भिडियो च्याट हुने भनिए पनि मैले त्यसको प्रयोग गरी हेरेको छैन। भिडियो च्याट गर्दा भिडियोको गुणस्तर त्यति राम्रो भने देखिनँ।

स्पार्कस्
गुगल+ले गरेको यो अर्को प्रयोग हो। यसलाई गुगलले अनलाइन सेयरिङ इन्जिन भनेको छ। इन्टरनेटमा धेरै विषय हुन्छन्। कसैलाई फेसनमा रुचि हुन्छ, कसैलाई समाचारमा। कसैलाई खेलमा त कसैलाई साहित्यमा। तपाइँलाई जुन विषयमा रुचि छ, त्यो विषय थप्नुस्, अनि स्पार्कस्ले इन्टरनेटमा खोजेर तपाइँलाई फिड उपलब्ध गराउँछ। ४० भन्दा बढी भाषामा तपाइँको रुचि अनुसारको सामाग्री खोजर तपाइँलाई दिनेछ। तपाइँ यसलाई पढ्नुस्, राम्रो लागे सेयर गर्नुस्। नयाँ सुविधा त हो यो, तर फिड रिडरको जस्तो काम मात्रै यसले गर्छ। फिडरिडर पहिले नै प्रयोग गरिरहेकाहरुलाई यो खासै कुनै नयाँ सुविधा हैन।

हड्ल

आआफ्नै काममा व्यस्त हुने हुनाले समयको अभाव व्यस्त सहरी जीवनमा साथीभाइ र आफन्तसँग सम्पर्कमा रहिरहन निकै गाह्रो हुन्छ। फोन गरेर वा एसएमएस गरेर अथवा इमेल गरेर सम्पर्कमा रहिरहन सँधै संभव हुन्न। यही असहजपनालाई ध्यानमा राख्दै प्लसले हडललाई प्रयोगमा ल्याएको छ। यो एउटा ग्रुप मेसेजिङ सिस्टम हो। आफ्नो सर्कलमा रहेका सबैलाई तपाइँ एकै पटक एउटै सन्देश तुरुन्त पठाउन यसले सजिलो बनाइदिनेछ।

अब सुरु हुनेछ वास्तविक प्रतिस्पर्धा
अहिलेसम्मका सबै प्रतिस्पर्धीहरुलाई फेसबुकले पछार्न सफल भएको छ। तर गुगलको यो नयाँ उत्पादन परीक्षण कालमा रहँदा नै चुनौतिपूर्ण देखिएको छ। फेसबुक आफैले पनि अब आफूले प्रतिस्पर्धा गर्नुपर्ने तथ्य स्वीकार गरेको देखिएको छ। विश्वभरका ६० करोड प्रयोगकर्ता रहेको फेसबुक प्रयोगकर्तालाई खोस्नु त्यति सजिलो काम पक्कै हैन। तर गुगलका भक्तहरु पनि कम भने छैनन्। सर्च गुगलमा गर्ने, च्याट गुगलमा गर्ने र इमेल गुगल कै जीमेल चलाउने र ब्लग गुगल कै ब्लगस्पटमा चलाएर ब्राउजर पनि गुगल कै क्रोममा चलाउनेहरुको संख्या करोडौँ छन्। त्यसैले गुगल कै अर्को एउटा उत्पादनलाई उनीहरुका लागि स्वभावतः सजिलो छनौट हुनसक्छ। हटमेल र याहू मेलको जगजगी रहेको बेला गुगलले ल्याएको जीमेलले ल्याएको परिवर्तनको उदाहरण पनि छ। त्यसो भए पनि चलाउनमा सजिलो र नयाँ सुविधा नभएसम्म प्रयोगकर्ताहरु चलाइरहेको कुरा छाडेर अर्कोमा जाने छैनन्। गुगल+ले फेसबुक र टि्वटरमा रहेका सुविधाहरुको मिश्रण र नयाँ सुविधा थपेको हुनाले यसको भविष्य उज्ज्वल रहेको आशा गर्न सकिन्छ। सँगै प्रतिस्पर्धामा कायम रहन फेसबुकले पनि नयाँ सुविधा थप्दै जाने निश्चित छ, जसबाट लाभ हामी प्रयोगकर्तालाई नै हुनेछ।

तपाईँ चाहिँ फेसबुक रुचाउनु हुन्छ कि गुगल+ ? फेसबुक रुचाउने भए तल फेसबुक लाइकमा क्लिक गर्नुस् अनि गुगल+ रुचाउने भए +1 मा 🙂

332 Comments

  1. सालोक्य जी,
    यसो यौटा invitation पाए हुने थियो. कतै तपाई साग बाकि छन् त?
    Thanks
    Ashok

  2. मलाई पनि गूग्ल्र + को निम्तो पठाइदिनु होला ..म अभार हुनेथिए माईसंसार प्रति …धन्येबाद ……

  3. लौन सर मलाई पनि पठाईदिनु पर्यो…हजुरहरु प्रति आभारी हुने थिए l

  4. कुनै दुई प्रभावशाली व्यक्तिहरुको प्रतिस्पर्ध हुँदा उनीहरुको क्रियाकलाबबाट समाजमा पर्ने प्रभावलाई उहिलेका मान्छेहरुले ‘साँधेको जुधाई बाछोलाई हरिबिजोग मिचाई भन्ने गर्थे भन्थे’, तर इन्टर्नेटले गर्दा उखानको पनि आफ्नो फेरिने दिन आए जस्तो छ- साँधेको जुधाई, बाछोहरुको मनपरी रझाई ! हामी ‘जता मल्खु उतै धल्कोउ’ हरुलाई जता धेरै फाइदा उतै पाइल

  5. thankx heaps for inviting to both raaz shrestha and axmi prakash thukkpo, really appreciate it 🙂

  6. उमेश जी कृपया मलाई पनि एउटा . धन्यवाद

  7. केही साथीहरुलाई मैले पनि गुगल प्लसमा निमन्त्रणा पठाएको छु (म आफै ढिलो गरि निमन्त्रणा पाएकोले )| कोही छुट्नु भएको भए भन्नुहोला | Invitation पठाउनको लागि तपाईको इमेल आइ डी चाहिन्छ|

  8. कस्तो छ एकचोटी हेर्न मन लग्यो गूगल प्लुस…..फचेबूक लाइ चालंगे गर्न त दह्रो तागत चाहिन्छ तैपनि गूगल पर्यो भन्न सकिन्न …. तैपनि ऑल द बेस्ट गूगल प्लुस

  9. कृपया मलाई पनि गुगल+ को निम्तो पठाई दिनुस है

  10. मलाई मन पर्यो रेकुएस्त पठाई दिनु होला..

  11. मलाइ पनि invite गर्नु त ! हेरम गूगल+ कस्तो रहेछ ………..

  12. उमेश जी, आशा छ मलाइ पनि google plus को लागि invitation पठाउनु हुने छ.

  13. Please somebody send me a invitation. My address is लक्पशेर्प१२@ग्मैल.com

  14. मलाई पनि मन पर्यो त्यस कारण किर्पया मलाई पनि पाण्डे.रोजिना@याहू.काम मा पठाई दिनु होला धन्यबाद!!!!

  15. जे भए पनि Google भन्या Google नै हो । There is no words to appreciate Google..

  16. कृपया मलाई पनि निम्तो गर्नु होला !

  17. Invitation प्राप्त गर्नको लागि G-mail कै account bata comment पठाउनु पर्ने हो ?

  18. मलाई पनि google+ को Invitation पठाउनु भए आभारी हुने थिए | धन्यवाद
    सन्दिप राना

  19. सालोक्य जी , मलाई पनि गूगल + इन्वितेशन पठाई दिनु होला |

  20. ल साथी मेरो लागि पनि invitation पठाउनु पर्यो .

  21. सालोक्य जी मलाई पनि पठाइदिनु पर्यो ल…….धन्यबाद !!

  22. खै कुन राम्रो कुन तर पनि चलाउनु त पर्यो

  23. बड्का जी खोइ हाम्लाई नि invitation पठाउनुस न. मेरो अड्ड लिफे_म३३३@याहू.com

  24. मलाई पनि अड्ड गर्नु
    जीतुअधिकारी@गमिल.com

  25. कृपया मलाई पनि कसैले निमंत्रणा पठाइदिनु हुन्थ्योकि, अग्रिम धन्यवाद

  26. सल्योक्य जी मैले पनि निम्ता पाउ है त

  27. सालोक्य जी पिलिज़ मलाई पनि पठाई दिनु न aarpan _poudel @yahoo .com

  28. सालोक्य जी मलाई पनि एउटा invitaion पठाई दिनु न ल.. please

    • खोइ के भन्ने शालोक्य जी,
      मलाइ त सबै site हरु उत्तिकै महत्व पूर्ण लाग्छ /
      e-mail सँधै yahoo को प्रयोग गर्छु / Social networking FB लाइ प्रयोग गर्छु, साथमा yahoogroup mail र googlegroup mail पनि प्रयोग गर्छु / अनि search engine को रुपमा Google लाइ प्रयोग गर्छु /
      सबै आफ्नो आफ्नो ठाउँमा उत्तिकै महत्व पूर्ण छन जस्तो लाग्छ / Google ले नाम कमाएको search engine को रुपमा हो र त्यसैमा सिमित रहँदा पनि उसलाई खासै फरक पर्ने थियो जस्तो लाग्दैन / यो नानाथरी खिचडी थपेर आफ्नो बास्तविक पहिचानलाई मेटाउने कोसिश पो गर्दै छ कि Google ले /
      Hotmail ले e-mail users हरुको ट्राफिक कन्ट्रोल गर्न e-mail account खोल्न अनावस्यक झन्झट हरु थपेको कारणले तत्कालिन अवस्थामा yahoo account खोल्न सरल र सजिलो भएकोले सबैजना yahoo प्रति आकर्सित भएका थिए फलस्वरूप hotmail ओझेलमा पर्दै गयो /
      Facebook को प्रतिस्पर्धा शायदै कुनै अरु कम्पनीले गर्न सक्लान किनकि उसको विशेषता छुट्टै छ / Search site को रुपमा Google लाइ कसैले पनि उछिन्न सक्दैन अनि e-mail र news को क्षेत्रमा Yahoo अगाडी छ /

  29. कृपया मलाई पनि कसैले निमंत्रणा पठाइदिनु हुन्थ्योकि, अग्रिम धन्यवाद.
    इमेल: [email protected]
    के शर्मा

  30. कृपया मलाई पनि निमंत्रना पठाइदिनु होला, अग्रिम धन्यवाद.
    इमेल: [email protected]
    काफ्ले

  31. कृपया मलाई पनि निमंत्रना पठौनुना, अग्रिम धन्यवाद.
    सरोज

  32. लौन सालोक्यजी मलाई पनि इन्भाइट गरि दिनुस्न।

  33. कृपया मलाई पनि एउटा invitation पठाईदिन सक्नुहुन्छ सालोक्यजी
    अग्रिम धन्यवाद
    दिपेश

    • ए इमेल त लेक्ने भुलेछु ल [email protected] हो है साथीहरु मलाईपनि कृपया एउटा पठाइदिनु होला
      हस अग्रिम धन्यवाद

  34. गूगल invite को मलाइ खाचो छ,
    अब facebook आला काचो छ I
    कृपया मलाइ पनि एउटा invitation पठाई दिन हुन सादर अनुरोध छ

  35. हैन मेरो गुगल + पेज मा त हिजो सम्म भा’को invitation menu नै छैन नि त आज | अरु साथि हरु को नि तेस्तै हो कि , येसो खबर पाउ न.

  36. गूगल invite को मलाइ खाचो छ,
    अब facebook आला काचो छ I
    कृपया मलाइ पनि एउटा invitation पठाई दिन हुन सादर अनुरोध छ: lookqt @gmail.com

  37. मलाइ चैँ हेपियो लउन ! रिक्वस्ट पठाइदिनु न सालोक्य जी भन्ने कमेन्ट नै प्रकाशित भएन लउन म पनि धेरै उत्सुक छु त्यो हेर्न अनी इन्भिटेसनको लागि अनुरोध् गर्दैछु अझै पनि [email protected] मा कसैले पthaaइदिनु भए आभारी हुने थिएँ

  38. लौ न सालोक्य जी / बड्का चौधरी जी, मेरो पनि येसो उद्धार गरिदिनु पर्यो. यो ठिटो लाई पनि गूगल +१ चलाउन मन लग्यो के
    [email protected]
    मा येसो invite गरिदिनु पर्यो महि पनि फ्यान नै हो क्यार !!!!!

      • मलाई पनि गूगल+ को इन्वितेशन पठाइदिनु भयमा आभारी हुने थिय . धन्यवाद ! (tntruth2009 @gmail .काम) gmail account

  39. मलाई पनि पठाउन सक्नु हुन्छ?. मेरो इमेल: [email protected]. हो, धन्यवाद !
    -प्रकाश

  40. ल है साथी हो धन्यवाद, पुगियो + मा पनि मलाई invite गर्ने निजु श्रेष्ठ साथी लै येही देखि धन्यवाद |
    पहिलो घण्टा को सफर निकै नै रमाइलो रहयो, आस गरौ bore न भैयोश र कम्प्युटर खोल्ने बित्तिकै http://www.mysansar.comhttp://www.plus.google.com संगै खुलोश

  41. मा त गुगल को भक्त, गुगल+ पूर्ण रुपले लन्च हुने बित्तिकै फेसबुक लाइ बाइ भनेर यता तिर आइन्छा. . .

  42. दुवै बराबर समय काट्न फेस बुक खोल्छु नया कुरो खोज्न लाइ गूगल खोल्छु

  43. कृपया मलाई पनि गुगल+ को निम्तो पठाई दिनुस है, साथीहरु

    • पठाइयो, तर अब कमेन्ट लेख्दा थर मात्र हैन, नाम पनि लेख्नुस् है।

  44. मलाई त धेरै राम्रो लग्यो google plus आज को दिन google plus मै बित्यो क्या मज्जा ….धन्यवाद गूगल लाई

  45. मलाई google + को invitation पठाउने को घर मा सधै राम्रो सामाजिक बाताबरण बनि राखोस ! 😀
    [email protected]

  46. तर मैले यो चलाउने लिंक नै फेला परिन के मैले सहयोग पाउँछु

  47. Please साथीहरु, मलाई पनि Google+ को request पठाई दिनु न, [email protected] धरै प्रयास गर्दा पनि डेमो मात्र ओपन हुन्छ, केहि नया उपायहरु बताई दिनु हुन अनुरोध गर्दछु .

  48. गूगल प्लसको लिंक के होला डेमो मात्र आउछ गूगल मा सर्च गर्दा त !

  49. “तपाईँ चाहिँ फेसबुक रुचाउनु हुन्छ कि गुगल+ ? फेसबुक रुचाउने भए तल फेसबुक लाइकमा क्लिक गर्नुस् अनि गुगल+ रुचाउने भए +1 मा ”

    दुइ ओटै मन पर्नेले कहाँ like गर्ने नि ?

    • दुइवटै मनपर्यो भनेर चुनाबमा दुइटा उम्मेदवारलाइ भोट हाल्यो भने के हुन्छ? तेसै भएर दुइटालाइ भोट हाल्न नमिलेको क्या ……

  50. लौ कुरो त राम्रै हो बरु Google+ हुनेहरुले अनि facebook मा भिडियो चाट गत्नेहरुले invite र facebook को भिडियो चाट गर्नेहरुले त्यो कसरि install गर्ने भनेर link share गरे झन् राम्रो हुन्थ्यो नि हैन र? ल रमाउ है सबै साथीहरु यो social networking को दुनियामा………./

  51. ल त साथी हो, म पनि गुगल प्लसमा छिरूम। अहिलेसम्म अबसरै पाइएन। [email protected] योचाहिँ मेरो इमेल ठेगाना

  52. I like separated family and friend circle. There is a huge demand for Google+ than for facebook.

  53. मलाई त फेसबुक को sidebar नै मन परेन म त अब फेसबुक नचलाउने गूगल+ नै चलाउन पर्ला जस्तो लाग्यो.

  54. बड्का ले सुरुमै गुगल+ को स्वाद चाख्न्न पाएको छ, धेरै कुरा फेसबूक भन्दा राम्रो छ l
    गुगल+ को हयंग आउट (ग्रुप विडियो च्याट ) को सरलता र क्वालिटी को अगाडी फेसबुक को विडियो च्याट केहि होइन l साथै गूगल+ मा साथी हरु संग युट्युब विडियो पनि संग संगै हेर्न मिल्छ, ..

    एदी कसैलाई गुगल+ को इन्वाइट जरुरि छ भने, भनौ है साथी हो.. (इमेल अद्द्रेस चाहिन्छ ..) ..

    -बड्का

    • मलाई निमन्त्रणा पठाउनुहोस न बड्काज्यू ।
      मेरो इमेल ठेगाना [email protected] हो ।

    • बड्का जी खोइ हाम्लाई नि invitation पठाउनुस न. मेरो add
      777santosh@ग्मैल.काम

      धन्यबाद

    • लौ साथीहरु,

      इमेल चेक गर्नु है ..

      धेरै लाइ इन्भाइट गर्न पनि वार्निंग दिदो रहेछ – गूगल ले .. जो पायो तेही लाइ इन्वाइट नगर्नु रे ..यो टेस्ट फेज को हुनाले .. खै के के हो के के ..

      -बड्का

      ***********
      [ल भैगो नि त, बाँकीलाई म पठाइदिन्छु नि त इन्भाइट बड्का जी- Salokya]

    • लौ न वडाका जी, मेरो पनि येसो उद्धार गरिदिनु पर्यो. यो ठिटो लाई पनि गूगल +१ चलाउन मन लग्यो के. [email protected] मा .

  55. मैले त यो राम्ररी चलाउनै जानिन । कसरी चलाउने होला ? अकाउन्ट ओपन भयो तर होमपेजमा कसरी जाने ? साथीहरुलाई रिक्वेष्ट कसरी पठाउने ? उपाय बताईदिनु न ।

  56. हैन गूगल+ स्टार्ट भैसक्यो र भनेको खै कोसोस गरेको के के के के हुन्छ फेसबुक त रमाइलो मात्र हो साथी हो गूगल भनेको सबैकुरा पाउने चौतारी हो मलाई गूगल धेरै मन पर्छ तर काम नहुदा बाटोमा फेसबुक पनि चलाउछु

  57. Man is imitator than inventor… अनुकरण गर्नेले पक्कै राम्रो गर्छ /
    परिवर्नतले ताजकी पनि दिन्छ /
    फेसबुक खुब चलाइयो अब पार्टी परिवर्तन गर्नुपर्ला जस्तो छ !!

  58. कुनै दुई प्रभावशाली व्यक्तिहरुको प्रतिस्पर्ध हुँदा उनीहरुको क्रियाकलाबबाट समाजमा पर्ने प्रभावलाई उहिलेका मान्छेहरुले ‘साँधेको जुधाई बाछोलाई हरिबिजोग मिचाई भन्ने गर्थे भन्थे’, तर इन्टर्नेटले गर्दा उखानको पनि आफ्नो फेरिने दिन आए जस्तो छ- साँधेको जुधाई, बाछोहरुको मनपरी रझाई ! हामी ‘जता मल्खु उतै धल्कोउ’ हरुलाई जता धेरै फाइदा उतै पाइला ! 🙂

  59. मान्नै पर्छ एउटा फेसबुकले गुगलको यती धेरै सर्भिसलाई पछार्न पुगेछ तर मलाई लाग्छ फेसबुक भन्दा गुगललेनै धेरै सहयोग गर्छ हामीलाई…..

  60. चलाउन त चलाउने तर Invite नै आइ पुगेन, request गरेकै ३ दिन भै सक्यो , लौ न स्वाद चाख्नु भन्दा पहिल्येई बासी हुने भो गूगल…..कि के हो तरिका

  61. मैलेनि facebook को video chat गरेको थिए, मेरोमा तपैले भनेको जस्तो audio नराम्रो थिएन, video त निकैनै इसपस्त थियो तर इन्स्टल राम्रो संग नहुने समस्या चै भयो

Comments are closed.