अर्थमन्त्री आफै सम्पति शुद्धिकरणको फन्दामा

देशलाई बजेट बाँड्न लागेका अर्थमन्त्री भरतमोहन अधिकारीले छोरीका लागि बाँडेको सम्पत्तिको स्रोत खुलाउन नसकेपछि उनैको मन्त्रालयअन्तर्गत स्थापना हुन लागेको सम्पत्ति शुद्धीकरण विभागको पहिलो सिकार आफैँ बन्ने भएका छन्। अर्थ मन्त्रालय राजस्व अनुसन्धान विभागअन्तर्गत रहेको सम्पत्ति शुद्धीकरण इकाइ यो शुक्रबार राजपत्रमा
सूचना जारी भएपछि अर्को साता विभागमा परिणत हुँदैछ।

संयोग पनि कस्तो भने अब बन्ने यही विभागले गैरकानुनी सम्पत्तिको स्रोतको छानबिनको ‘श्रीगणेश’ बुढ्यौली लागेपछि अर्थमन्त्री भएर विवादमा परेका भरतमोहन अधिकारीले छोरीलाई दिएको सम्पत्तिबाट गर्नुपर्ने भएको छ। वैशाखमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहनकी छोरी लिना अधिकारी र लिनाकी सासू सीता आचार्यले ६ करोड मूल्यबराबरको जग्गा संयुक्त रूपमा किनेका थिए। मालपोत कार्यालयमा यही जग्गा उनीहरूले दुई करोड रूपैयाँमा किनेको भन्दै राजस्व र लाभकर बुझाएका थिए। लिना र सीताको नाममा जग्गा नामसारी भएपछि खरिद गर्दा तिरेको रकमको स्रोतमा प्रश्न उठाउँदै मालपोत कार्यालयले नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा सूचना पठाएको थियो।

जग्गा किन्दा देखाएको स्रोतमा लिना र सीताले किष्ट बैंकबाट ऋण लिएर किनेको जानकारी दिएका थिए। राष्ट्र बैंकको यही इकाइले १५ मेमा किष्ट बैंकलाई इमेलमार्फत
पत्र लेखेर विराटनगर- १० मोरङकी लिना अधिकारी र कास्की पोखराकी सीता आचार्यको नाममा बैंकमा निक्षेप र ऋण भए/नभएको सोधेको थियो। जवाफमा किष्ट
बैंकले लिना र सीताका नाममा बैंकमा कुनै पनि खाता सञ्चालन नभएको र ऋण पनि नलिएको जानकारी दियो। किष्टबाट प्राप्त जानकारीसहित मालपोत विभागबाट
आएको दुवै पत्र राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले राजस्व अनुसन्धान विभागको सम्पत्ति शुद्धीकरण इकाइमा पठायो। सुरुमा इकाइका असुन्धान अधिकारीहरूले सीता र लिनाका विषयमा छानबिन थालेका थिए। सामान्य छानबिन चल्दै गर्दा लिना आˆनै विभागीयमन्त्री भरतमोहन अधिकारीकी छोरी र सीता सम्धीनी भएको पत्ता लाग्यो। सीता आचार्य माओवादी अध्यक्ष प्रचण्डका निकट मानिने व्यापारी तथा माओवादी उद्योग विभागको जिम्मेवारी पाएका कृष्णप्रसाद आचार्यकी श्रीमती हुन्। आचार्यका छोरा सुदीप आचार्यले
भरतमोहन अधिकारीकी तीन छोरीमध्ये एक लिनासँग विवाह गरेका छन्।

छानबिनका क्रममा विभागीय मन्त्री नै मुछिने भएपछि राजस्व अनुसन्धान विभागअन्तर्गत सम्पत्ति शुद्धीकरण इकाइका अधिकारीहरूले महानिर्देशक शान्तबहादुर
श्रेष्ठमार्फत माथि ब्रिफिङ गरेका थिए। माथिबाट फाइल दबाउन आदेश आए पनि
इकाइका अधिकारीहरूले भने विभाग गठन भएपछि विभागले नै हेर्ने भन्दै
फाइललाई पेन्डिङमा राखेका छन्।

नक्कली भ्याट काण्डमा बदनाम भएका अर्थमन्त्री भरतमोहन अधिकारीले पछिल्ला दिनमा आफ्नो लगानी छोरीहरूमार्फत गर्दै आएका छन्। उनले २०६३ सालमा १० लाख रूपैयाँमा अल्टो एक्स गाडी किनेका थिए। आफूले बारम्बार सम्पत्ति विवरण बुझाउनुपर्ने र पछि छानबिनको झमेलामा पर्ने भएपछि त्यो गाडी छोरी लुना र लिजाको नाममा सारेका हुन्।
हेर्दा कृष्णप्रसाद आचार्यकी श्रीमती र बुहारीले सम्पत्ति किनेको देखिए पनि आचार्य परिवार भर्खरै ६ करोड रूपैयाँ लगानी गर्ने हैसियतमा छैन।

आचार्यले हालसालै करोडौँ रूपैयाँ लगानी गरेर बानेश्वरमा एभरेष्ट होटलछेउ अनौठो आर्किटेक्टसहित आकाश ताकिरहेको कृष्ण कम्प्लेक्स बनाएका छन्। थुप्रै बैंकबाट सहवित्तमा ऋण लिएका उनी भर्खरै नयाँ जग्गामा लगानी गर्ने हैसियतमा छैनन्। भरतमोहन अधिकारीका ज्वाइँ तथा लिनाका श्रीमान् सुदीप आचार्य आफै पनि ऋणमा छन्। सम्पत्ति शुद्धीकरण इकाइको छानबिनमा सुदीपकै नाममा किष्ट बैंकमा दुई करोड ऋण देखिएको थियो। अहिले पनि छोरी लिनाले स्वआम्दानीबाट १० लाख रुपैयाँको जग्गा किन्ने हैसियत छैन, तर बिनास्रोत प्राप्त रकमबाट ६ करोड रूपैयाँको सम्पत्ति कसरी जोडियो ? केही समय पहिले नक्कली भ्याट बिल काण्डमा मुछिएका शंकर समूहका शंकर गोल्यानले नक्कली भ्याट बिल काण्ड मिलाउने सर्तमा अधिकारीलाई १० करोड रूपैयाँ दिएको बताएका थिए। गोल्यानले मदिरा खाएर लठ्ठ परेपछि हायात होटलमा यस्तो घोषणा गरेको दोस्रो महिनामै छोरीको नाममा किनिएको ६ करोड रुपैयाँको सम्पत्तिको स्रोत
नभेटिँदा अधिकारीमाथि थुप्रै प्रश्न खडा भएका छन्।

त्यसो त अर्थमन्त्री अधिकारीले नीति तथा कार्यक्रममा दश लाख रूपैयाँभन्दा बढीको स्रोत खुलाउने व्यवस्थालाई परिमार्जन गरेर किन बढाउन लागेका रहेछन् भन्ने कुरा यो
घटनाले झन् छर्लंग भएको छ। अधिकारीले नीति तथा कार्यक्रममार्फत यस्तो घोषणा गरे पनि बजेटमा भने यो प्रावधान परिवर्तन नहुने भएको छ।

अन्तरसरकारी वित्तीय कार्यदलको सदस्य बनिसकेको नेपालले गरेको प्रतिबद्धता र त्यही प्रतिबद्धताअनुसार संसद्बाट पारित भएको सम्पत्ति शुद्धीकरण ऐनका कारण यो प्रावधानलाई परिवर्तन गर्न अर्थमन्त्री अधिकारीलाई अप्ठ्यारो परेको हो। उता, भरतमोहन अधिकारीले सरकारलाई बुझाएको सम्पत्ति विवरण छानबिन गर्न पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दबाब पर्दै गएको छ। अधिकारीले ०६१ साउन १८ गते सरकारलाई बुझाएको र यो वैशाखमा बुझाएको सम्पत्ति विवरणमा लाखौँको फरक देखिएको छ। ०६१ साउनको विवरणमा विभिन्न बैंक तथा संस्थामा निक्षेप र सेयर लगानी गरेर तीन लाख ४४ हजार रुपैयाँको सम्पत्ति देखाएका थिए। तर, अहिले अधिकारीसँग जनता, हिमालयन, कृषि र मनकामना विकास बैंकमा मात्रै ६० लाख रूपैयाँ निक्षेप छ। भरतमोहन र श्रीमती ओमकुमारीका नाममा साढे सात लाख रूपैयाँ सेयर छ।

अचम्म त के छ भने पब्लिक कम्पनी नभईकन पनि भरतमोहन अधिकारीका नाममा सिभिल होममा पाँच लाख रूपैयाँको सेयर छ। सिभिल होममा अधिकारीको सेयर कसरी आयो ? यो विषयसमेत छानबिनको घेरामा छ। त्यसबाहेक ०६१ मा कुनै पनि यातायातको साधन नभएका अधिकारीसँग अहिले १० लाख रूपैयाँमा किनेको अल्टो एक्स गाडीसमेत छ। (साभारः जनआस्था)

44 Comments

  1. aare बाबा जाबो छ कारोड अर्थ मन्त्रि ज्यु ले कमाएको मा नि एत्रो लफडा को समाचार किन लेख्नु परेको नि सालोक्य जी लाई………………………..
    …………………………………. सबै सिंगो मुलुक पनि पचाउनि शक्ति भएको शक्ति शालि ब्येक्ती हुनुहुनछ अर्थ मन्त्रि जाबो ६ कारोड को कुरा नि गर्नी छोड दिनुस येस्ता कुरा सबै हाम्रो मुलुक इ भरसत नेता हरु लाई चपौना दिनुस तर नेता हरु यो याद गर यो सबै को हिसाब किताब १ न १ दिन तिमि हरु ले जनता लाई दिनु नै परछ every dog has its day ……………..

  2. “घुस खान्या र घुस दिन्या दुबै देस का सत्रु हुन” पृथ्वी नारायणले भनेको २४० वर्ष भन्दा बढी भई सक्यो !! यसबाट बुझिन्छ कि घुस उति खेर पनि महामारी नै थियो !!! अहिले धुसको दुषचक्करलाई कल्चर परिणत गर्न सफल भए !!!
    “अर्थमन्त्री भरतमोहनकी छोरी लिना अधिकारी र लिनाकी सासू सीता आचार्यले ६ करोड मूल्यबराबरको जग्गा संयुक्त रूपमा किनेका ….”
    “आचार्यका छोरा सुदीप आचार्यले भरतमोहन अधिकारीकी तीन छोरीमध्ये एक लिनासँग विवाह गरेका छन्।…..”
    “अध्यक्ष प्रचण्डका निकट मानिने व्यापारी तथा माओवादी उद्योग विभागको जिम्मेवारी पाएका कृष्णप्रसाद आचार्यकी श्रीमती ….”

    अहिले त घुसको दयारालाई आफन्त वारीपरि राख्ने सफल कोसिसमा छन्

  3. ७सालमा क्रान्ति भयो,जनताकै छोरा म-यो/४६ सालमा आन्दोलन भयो जनताकै छोरा म-यो/५२साल देखि माओबादी हत्या आतंक लुटपाट शुरु भयो जनताकै छोरा छोरी मरे/नजाने के के आन्दोलन गरि दिनु पर्ने हो र कतिले बलिदानी दिनु पर्ने हो, कस कसले आफ्नो बाबु आमा,छोरा छोरीलाई बेसहारा बनाउनु पर्ने हो थाहा छैन / तर फर्केर हेर्दा त हिजो दुइ रंगका चप्पल लगाउनेहरु,एक कप चियाका लागि गली गली चाहार्नेहरु त प्राडो पजेरोमा सवार,पाच तारे होटलमा नास्ता,शहर बजारमा आलिशान महल/के यसैको लागि बन्दुकको गोलि छातीमा थाप्दै जनता सडकमा आएका थिए?कोहि नेताका छोरा छोरी आन्दोलनमा मरे?अथवा जेल गए?यति सम्म भयो कि गिरिजाको छोरी भएको कारण बिदेशी संग बिबाह गरेर गएको सुजाता अनि नातिनी जवाई भएकै कारण बिदेशी रुबेलले के गरेन?/तर उसको पछयमा सिंगो कांग्रेस लाग्यो/अब सुडान काण्ड,नक्कली भ्याट काण्ड,नजाने के के काण्ड भैरहेका छन् /तर जनता निरिह तमासे बनिरहेका छौ/तर कहिले सम्म ?के यिनीहरुला ठेगान लगाउने समय भएनर?हामि तमासे भैरहने हो र फेरी यी लुटेरा भ्रष्टहरुलाइनै चुनाबमा जिताएर पठाउने हो भने हामीले आत्म हत्या गरे सरह हुने छ/

  4. Salokya ji,
    कृष्णप्रसाद आचार्य माओबादी पार्टीले जन मारा युधको बेला लुटेको धन हेर्ने (रख्देख) गर्ने बेक्ती हुन्. उनको c c t v जडान गरिएको घरमा जहाँ यी काम गरीन छ, माओबादिहरुले नै security दियको छ.

    यो जग्गा किने को पैसा भारत मोहन को जस्तो मलाई लाग्दैन. यो माओबादी पार्टी को पैसा होला.

  5. जसलाई सक्ने हो उसैको खोत्रो खन्ने न हो/ बिचरा अब १० लाख को गाडी पनि नपच्ने भयो अधिकारीलाई! प्राडो पजेरो बि एम डब्लु अनि मोर्टसिटिज़ सबै पचाउने देशमा जाबो अल्टो नै किन बेइमानी भयो? उमेरले दण्ड काट्यो, हिड्न सक्दैनन् विकल्प पनि त छैन नि अल्टो को कि त सार्कोजी जस्तै साइकल मा सरररार………

  6. यस्ता नेता लई जेलमा थानकानुपर्चा !! सम्प्थी सरकारीकरण हुनुप्रच !

  7. देस का ठुला पार्टी हरु संग पनि राम्रो संग छलफल नगरी लिएर आएको बजेट मा कतै न कतै आफ्नो स्वार्थ लुकेको छ भन्ने प्रस्ट हुन्छ
    भास्त्रचारी जो सुकै भए नि कर्यभाही हुनु पर्छ देस का जनता जीवन जल नपाएर ज्यान गुमाएका छन् नेता हरुलाई करोडौ कुम्लौनामा हतार छ एस्ता नेता हरुलाई धरौटी पनि राख्न नमिल्ने गरि जेल हाल्नु पर्छ

  8. हा हा अर्थाम्न्त्रीज्यु अरुको सल्लाले मंत्री हुनु भन्दा आफ्नु बुद्दीले जोगी हुनु बेश | त्यसैमा बेश हुने छ ………. इतीश्री……….

  9. एमाले अर्थमन्त्रीको छोरी रे सम्धिनी रे अनि माओबादी प्रचण्डको निकट उद्योग विभागको कुन्नि कस्तो श्रीमती रे उसको बुहारी फेरी मन्त्रीको छोरी रे… बाफरेबाफ कस्तो जेलिएको ??!!
    जेरी जस्तो जेलिएको रहेछ यिनीहरूको साठगाठ !
    कताकता पढेको सुनेको थिए कथित जनयुद्ध सिमित नेताहरूको उच्च महत्वाकांक्षाको प्राप्तिको पथ भन्ने… आज हो जस्तो लाग्यो !
    करोड करोड त ख्यालख्याल जस्तो गाँठे !! गरिब देशको नेता…हा हा हा…!

  10. देशको आम्दानीको स्रोव्त tax नै हो …तर हामीकहा remittance जो भरमा अडेको अर्थतन्त्रमा पनि कर छल्ने प्रवृति ले नेतालाई फाइदा पुरायेपानी .देश भविष्यमा चरम आर्थिक दुर्घटनाको इस्थितिर जाने मा दुइमत छैन
    //

  11. यी मर्ने बेलामा अर्थ मन्त्रि भए भनेको यसो गर्नपो रहेछ | थुक्क बुढ्यो …………..जनता मारा , ज्य्नामारा !!!

  12. नेपालमा जे तन्त्र आएपनि, जे बाद आएपनि नेपालको हालत येही हो हामीले हराएर के भयो मन्त्री भएर देखाइदिए फेरी चुनाब भयो भने वोली सोली समानुपातिक बाट आएर फेरी मन्त्री भएर देखाइदिनेछ्न निश्चित छ 10 बर्ष पछी अर्को टोलीले बन्दुक उठाउने छ 

  13. भारस्ताचार गर्ने लै किरा परोस भन्ने टि सर्ट ले काम गरेन जस्तो छ”””’

  14. नक्कली भ्याट काण्डमा मुछिएका भरत मोहनका काला करतुत एक पछी अर्को उजागर भै रहेको छ/तर उ सम्मान पुर्बक देशको उप प्रधान मंत्री तथा अर्थ मंत्री भएर कुर्सीमा आशिन छ/पुलिस कर्मचारीहरु सुडान काण्डमा जेल जादैछन ,गृह मंत्री,गृह सचिब भएर साझेदारी निभाएका सिटौला,गौतम,रावल अख्तियारको नाकामी र मीलोमतिमा छाती फुलाएर जनतालाई अर्थी दिदै हिडिरहेका छन/के हाम्रो आन्दोलन,हाम्रो बलिदान,हाम्रो भोट यी डाकाहरुलाई देश लुट्न दिएको लाइसेन्स हो?यदि उनीहरुलाई देश लुट्न ,बरबाद पर्न ,मनपरी गर्न दिएको लाइसेन्स हो भन्ने लाग्छ भने होसियार,होसियार ,कानुनले काम गर्न सक्दैन भने जनताले ठेगान लगाउने छन/कति दिन जनता चुप रहलान,सहलान,निदाउलान/एक दिन त यो चिर निद बाट जनता जाग्लान ,जाग्लान/

  15. पाप धुरीबाट कराउँछ भनेको येही हो | सतको धन सम्पति भए पो टीकथ्यो | छल, कपट, कमिसनखोर र जनता मारी सम्पति कमाउने को येस्तई हाल हुन्छ | बुढोको जेलमै मर्ने लेखेको रहेछ क्यारे !!!

  16. “अवसर पाएर पनि भ्रस्टाचार नगर्ने नेता सायद नेपाली को भाग्यमा अहिले सम्म जुरेको छैन !”

    बिगतमा कांग्रेस र एमालेका नेताले रास्ट्रको ढुकुटीमा रजाइ गर्ने अवसर पाए तेसैमा भ्रस्टाचार गरे, माओबादीका नेताले चन्दा, कब्जा गरेको सम्पति, र लडाकुको भत्तामा रजाइ गर्ने अवसर पाए र तेसैमा भ्रस्टाचार गरे…..!

    जो नेता आफुलाई भ्रस्ट छैन र होइन भन्छन, कि त तिनीहरु झुट बोल्दैछन वा तिनीहरुले भ्रस्टाचार गर्ने अवसर पाएका छैनन……चेतना भया !

  17. सता माँ पुगे पछि एक रात माँ धनि हुने थुएक्क भर्स्टचारी बादर हरु हो गरीब जनता ले खाई नखाई गरेर तिरेको कर तेरो बाऊबजेको सम्पति बाडेको को जस्तो छोरा ,छोरी सबईलाइ पुराउने एक एक मंत्री हरु को सम्पति को बिबरन हुनु पर६ कालो धन लाइ रास्ट्रीय करन गर्नु पर्छ

  18. tax कति तिरेको छ तेस्को आधार मा समाउन सकिन्छ / एदी कसैले जागिर बाट आम्दानी गर्छ भने पक्कै tax तिरेको हुनुपर्दछ / तेस्तै बिजेनेस गरेको bhay tax तिरेको हुनुपर्दछ / तेसैले भारत मोहन को छोरि ले tax नतिरेर तेसै करौदो आएको छ भने तो सब अभैद , कालो धन हुन्छ तेस्ता लाइ जेल कोच्नु पर्दछ र सबै सम्पति सरकारी कारण गर्नु पर्दछ / एस्कूल को मास्टर जुम्ला / हुम्ला मा पढाउने ले पनि tax तिर्नु पर्दछ भने करौदो को कारोबार गंरे स्रोत नखुलाएको तेत्रो करौदो सम्पति सबै जफत गरि जरिमाना एक हप्ता मा तिराई येस्ता लाइ जेल कोचेमा जनता ले जय जयकार गर्ने छ बाबुराम , गगन थापा, नरहरी , प्रदिप गिरि, घनश्याम हरु लाइ नत्र तिमि बाबुराम/गगन /नरहरी हरु पनि उही गिरिजा जस्तै गरि मरे पछि कसै ले पुसने छैन /

  19. चोरले चोरलाई कसरि कारबाही गर्ने होला?
    आफै मान्न नसक्ने मान्छे ले कसरि एस्तो राम्रो नियम बनाउन सकेका होलान , जे होस् नेपाल को !!!

  20. नक्कली भ्याट काण्ड को छानबिन कहाँ पुग्यो खै? फेरी अर्को आक्रमण भैसक्यो …. यिनले त सखाप नै पर्ने भय त….यिनलाई केहि कारबाही हुदैन? “राष्ट्रिय सम्पति र नेपाल”
    जो थेग्नै नसक्ने गरि महंगी ले पिल्सियका जनताले तिरेको कर ….तेस्को बाउको बिर्ता हो ?
    साला मुलुकमारा… यिनलाई किन मस्तिले बाच्न दिने? यस्लाई नि तड्पाई तड्पाई…..के साला दलाल,पाखण्डी, कपुत,अधर्मी , पापी ….

  21. सम्धी कृष्ण प्रसाद आचार्य मार्फत प्रचण्डको आशिर्वादमा “अन्तिम पटक मौका पाउ” भनेर अर्थमन्त्री बनेको यो चुनाबहरुवा भ्याट मोहनले पिण्ड खाने बेलामा घुष खाएर आफुलाई बनायो, कालाबजारी माडेहरुलाई जोगायो र नेपाल र नेपालीहरुलाई डुबायो! डुबायो!!
    अब राजश्वो अनुसन्धानले यहि भ्याट मोहनबाट नै अनुसन्धान सुरु गरि तत्काल यसलाई कारवाही गरोस!

  22. यथाशीघ्र छानबिन गरेर यो भ्रष्ट बुढोलाई वाग्ले भएको ठाउँमा पुर्याउनु पर्छ . नक्कली भ्याटको स्वाद चखाउनु पर्छ यो बुढोलाई .

  23. तपाई हाम्रो गाउँ घर, छरछिमेकीमा हामीले राजनीतिमा लागेका कार्यकर्ता कस्ता कस्ता युवाहरु लागेका छन् भने आवारा, गुण्डा, बेरोजगारहरु मात्र देख्न सक्छौं / यिनीहरु एक कप चिया र मासु भात खान पाइएला कि भनेर बिकेका हुन्छन / यी कार्यकर्ताहरु र पार्टीका सदस्यहरु यिनै नेताहरुको दास मात्र हुन् / यिनीहरुले नेताहरुको बिरोधमा एक शब्द बोल्न तयार हुँदैनन् / यस्ता कार्यकर्ताहरुको नेता हुँ भनेर हिड्नेहरु कस्ता होला? नेपालमा सामाजिक सेवा र राजनीतिमा लाग्नु भनेको आफ्नो र शाखा सन्तानको भबिष्य बनाउनु बाहेक केहि होइन / आठ दश बर्ष अगाडिसम्म हात्तीछाप चप्पल लत्राएर पढ्ने बहानामा गल्ली गल्लीमा एउटा कोठामा बसी हाकिम, पत्रकार भएर, सामाजिक सेवा र राजनीतिमा लागेर भ्रष्टाचार गरि आज घर-जग्गा, मोटर कार, श्रीमतीलाई गरगहनाले धप्पक्क पारी छोराछोरीहरुलाई दशौँ लाख खर्च गरेर युरोप अमेरिका पढ्न बस्न पठाएका छन् /

  24. हरे प्रभु, कति साधारण नेपाली चामलको मुख देख्न पाउदैनन, यी देश लुटाहाहरु पाप धर्मको पनि ख्याल नगरी एस्तो काम गर्छन.
    हैन ये दम बुडा, तिमि आजम्बरी त हैनौ होला, मर्ने बेलामा अलिकति भए पनि चित्त सान्ति हुने काम गर न हो, गरिब नेपालीले खाइ नखाई तिरेको करमा किन खेलबाड गर्छौ?

  25. आदर्शवादी समाज र आदर्शवादी व्यक्ति बिकसित पुँजीवादी देशमा त भेट्टाइन्न भने माचिसधारी सरकारी पैसामा किन्नुपर्छ भन्ने मानसिकता भएको हाम्रो देशमा त्यस्तो खोजेर भेट्टाइएला र ? तर भण्डाफोर चैं गर्दै गर्नुपर्छ|

  26. भरतमोहन मान्छे बाठा छन् ,यिनी वकिल भएकाले गैरकानुनी सम्पति आफ्नो नाम मा कहिले राख्दैनन् कि त अन्क्सभंदा गरेको छोरि को नाम मा कि सासु को नाममा राखचन.र समान्य कानुनी दाउपेच बाट आफु लै कसरि बचाउनु पर्छा भन्ने रमरारी ज्ञान छ तर समस्या कहाँ आउछ भने यिन ले एती भ्रस्टाचार गरि सकी के अब अरु लूकौना गारो छI एउटा सामान्य गरिब परिवार को मान्छे ले छोरि हरुलाई आफ्नै खर्चमा इंडिया बाट डाक्टर बनाई सके अनि कोइ अमेरिका मा छन् कोइ कता….अझ मन्त्रि भएदेखि त यिनको भाग्य नै खुलेको छ..यिनको आफ्नो र स्वास्नी पट्टिको पैत्रिक सम्पति, छोरि हरु को सम्पति र मन्त्रि हुनु भन्दा अगाडी र अहिले को सम्पति को लेखाजोखा गर्ने हो भने एती भन्न सकिन्छ कि यिनी एमाले को सबै भन्दा भ्रस्ट नेता हरु मद्ये एक हुन् l मोरंग का ब्यापारी लै पनि VAT मा सहुलियत दिने नाम मा करोडौ कमयछान..यिनको सम्पति को अनुसन्धान गरि कारवाही गर्नु जरुरि छ..

  27. यो देख्दै चोर बुढो को नियत माथि त् संका भएकै थियो ,टन्न घुस खायो काठमान्डू मा घर बार जोड्यो |
    कति सजिलो |
    जनतालाई बहुदलीय जनबाद बाट नौलो जनबाद मा पुर्याउने हरु |

  28. मान्छेमा दीर्घकालीन सोच र दुरदर्शी चरित्रको अभाब भए भारत मोहन अधिकारी चरित्रको बिकाश हुन्छ ! जाबो एउटा भारत मोहन अधिकारी सानो पासोमा पर्दैमा बर्षोदेखि चलिआएको लोकप्रिय संस्कारको के अन्त्य होला र? अब त हाम्रा नेताहरु यति नालायकका भईसके कि उनीहरुको नाम लिदा पनि आफुलाई अप्ठ्यारो लगेर आउछ ! उनीहरूलाई मिलाएर सहानुभूति दिने ठाउँसम्म छैन ! पुराना नेताहरुलाई जंगे शासन नलादेसम्म नया पुस्ताले देश चलाउन पाउने छैनन् र जबसम्म नया पुस्ताको हातमा देशको नेतृत्व जादैन, भारत मोहन अधिअकरीहरु जन्मीरहीरहने छन र जबसम्म भारत मोहन अधिकारीहरु जिउदो रहन्छन, तबसम्म नेपालको वर्तमान राजनैतिक, सामाजिक र आर्थिक स्थिति अमर रहिरहने छ !

  29. लिना होइन भरतमोहनको छोरी लीमा अधिकारी हो /

  30. एस्लाई छिटो छानबिन गरेर जेल हाल अझै २-४ महिना अर्थ मन्त्रि भयो भने एसले अरु करोडौ जोडेर तेसै खोक्रो भयको देश झन् खोक्रो बनाउछ…अझै २ ता छोरिको नाममा किन्न बाकी नै रहेछ….कि किनी सक्यो तेता तिर पनि ध्यान देउ है छानबिन कर्ता हरु….यो भ्रस्ट भरते ले सक्नी भो देश…..पार्टीको लागि पनि ठुलो जोहो गरेको छ भन्नि सुनिन्छ छानबिन तेता पनि गर अनि एस्लाई तुरुन्त पाता कस……..

  31. हामीहरुले विदेश बाट एक मंच गठन गरेर सम्पूर्ण रुपले सहयोग गरेर नेपालमा कोहि र विदेश मा को बसेर नेपालको सामाजिक र आर्थिक रुपमा परिबर्तन गर्नु पर्छ . यदि कोहि गर्न सक्न छ vhane मा आर्थिक र सामाजिक रुपले तयार छु
    यहाँ बसेर कमेन्ट मात्र लेखर काम हुन त parai jaos पर्दा पनि पद दैनन्

    चिरन
    कैलिफोर्निया

  32. हेर हाम्रो नेपाल को देश हाक्ने अगुवा भनौदाहरुको चाला येस्ताई बेमान,गद्दारी,रास्त्रघाती नेताहरु ले गर्दा आज देशको हालत एस्तो भएको हो.जनता को पसिना,रगत चुसेर कहिलेई नपुग्ने भयो यी दाकाहरुलाई सबलाई एकै ठाउ मा राखेर जिउदै जलाउनु पर्ने हिटर ले येहुदिहरु लाइ मरे जस्तो .यो अधिकारी चोर ,कुकुर लाइ तुरुन्तै कडा कारबाही गरियोश .अनि वाग्ले बसेको ठाउँ मा राख्नु पर्यो

  33. अक्षरहरु तेजाब बन्नु पर्छ —
    —————————-
    उहिल्यै उँभो लाग्नु पर्ने मुलुक
    झन् भन्दा झन् उँधो
    मुलुक उँधो
    नेता (?) उँभो
    ऐजेरु राजनीतिको आडमा
    देशमारा झारपात झ्यांगिएको झ्याँगीयै
    त्यसैले
    अब अक्षरहरु तेजाब बन्नु पर्छ
    अनि
    देशमारा झारपातमा बर्षिनु पर्छ
    जराजरामा पुगेर
    यिनलाई कहिल्यै नमौलाउने गरि
    निस्तेज पारिनु पर्छ
    अब अक्षरहरु तेजाब बन्नु पर्छ !

    ( ‘जनआस्था’ लाई धन्यबाद अनि मेरोसंसार लाई पनि धन्यबाद )

    • “देशमारा झारपातमा बर्षिनु पर्छ
      जराजरामा पुगेर
      यिनलाई कहिल्यै नमौलाउने गरि
      निस्तेज पारिनु पर्छ
      अब अक्षरहरु तेजाब बन्नु पर्छ ! ”

      सुन्दर र कठोर प्रस्तुति नै लूनाजीको बिशेषता हो| कवितामा उनि बढी खुल्छिन, तर देशमारा झार कुन हो भन्ने कुरा उनले ठम्याउन नसकेको देख्दा सबैले अचाम्भिनु परेको छ|

  34. लौ म त बजेटमा आर्थिक सुशासन को लागि नया ब्यबस्ता सहित केहि नया आउछ कि भनेर बजेट कुरेको त अहिलेको अर्थ मन्त्रि बाट आर्थिक सुशासन को प्रतिबद्दता पनि आउदैना भन्ने भयो.
    जो अगुवा त्यहि बाटो हगुवा
    नक्कली भ्याट बिल प्रकरणमा पनि केहि हुन्न , सम्पत्ति सुद्धिकरण को नया offer औला किन कि तस्कर हरुको , गुन्डागर्दी बाट कमाको धन, गैरकानुनी सम्पति लाई white money बनाइदिने अवसर जो प्रदानगर्नु छ हाम्रा आर्यघाट ले कुरेका अर्थमन्त्री लाई.
    हैन काल पनि किन आउदैना भ्रस्टचारी यो बुढो लाई !

  35. भ्रस्टचारीलाई कारवाही नहुने मुख्य कारण हाम्रो नेपालमा पंचायतकाल देखि नै अहिले सम्म चल्दै आएको के हो भने आपसको पारिवारिक नाता र बैवाहिक सम्बन्ध|
    प्रशासनमा छपछप् रहेका दुई चार जात भित्र पारिवारिक नाताको सम्बन्धको दुरुपयोगले गर्दा जुनसुकै दल र गुट भए पनि भ्रस्टचारीहरु कारवाही र सजाय हुनबाट वन्चित हुँदै आएका छन्| सम्धी, ठुला बाउ, भतिजा, फलानाको तेलाना के के भनेर फोन गरेका छन, जनतालाई देखाउदा चै कति नै फरक भए जस्तो तर खान र बचाउन परिवार र नाताकै जाली संजालले निरन्तरता पाउँदै आएको छ| जबसम्म यो जातपात र पारिवारिक नाताको जालोलाई टाडा राखेर निस्पक्ष र पूर्वाग्रह रहित रुपमा कारवाही गरिन्न तब सम्म भ्रस्टचारीले प्रश्रय पाई रहनेछन्|
    खालि खान, भ्रस्टचारीलाई बचाउन र देश लुट्न मात्र अन्तर पार्टी पनि एक जुट हुन्छन| त्यही तत्परता र तदारुकता सहित संयोजन, संजाल र समायोजन देश र संबिधान बनाउन पनि देखाएको भए हाम्रो यो गति हुने थिएन|
    हाम्रो टाउकेहरु नै गन्हाएका छन्| rot is in the head
    नेपाली आमालाई सम्पूर्ण परिवार र नातागोता मिलेर कति लुट्छौ, लूट! लूट!!
    तर देशको माया लाग्छ भनेर ढोंग नदेखाऊ|

  36. दुई छाकको जोहो गर्न कति मुश्किल छ हामीलाई, तर यिनीहरु रातारात रगत चुसेको जुको झैं मोटाईरहेका छन्| यो क्रान्तिकारी पार्टी के हेरेर बसेको छ सरकारमा? कुन विसंगतिको बिरुद्ध थियो त्यो सर्वसाधारणलाई मारेर गरेको महान क्रान्ति? अब औंला भरतमोहन, ओली र सुजातातिर होइन, यो क्रान्तिकारी दल तिर सोझाउने बेला भयो किनभने हामीले त तिनीहरुलाई छानीछानी हराईयो तर यी हरुवाहरुले कसरी यो कसाही क्रान्तिकारीको नाकै मुनि यति ठूला ठूला घोटाला गरिरहेका छन्? यी सब माफियाहरु हुन् र यिनीहरुको घांटी कहाँनेर जोडिएको छ त्यो खोज्ने बेला भयो अब| हिँजो भर्खर जंगलबाट सहर छिरेको पार्टीको अहिले सबै भन्दा धेरै गाडी सडकमा कहाँबाट आए? किन ओली, सुजाताहरू कसाही क्रान्तिकारीहरुले रगतका टाटा पखाल्ने दुध बनिरहेका छन्?
    सुरु गरौँ यहाँबाट – सबैपार्टीका ठूला नेताहरुको लाखौँ रुपैयाँको दैनिकी कहाँबाट कसरी चलिरहेको छ? त्यसको श्रोत खोजी गरौँ | उमेश जी, यसको बारेमा लेख्नुहोस ब्यापारी उधोगीहरु एक दिन बोल्ने छन् उनीहरु राष्ट्रलाई बुझाउनु पर्ने कर कहाँ बुझाएका छन् भनेर|

  37. अब सबै भन्दा पहिला एक ब्यक्ति एक आइ डेन टि फिकेसन नम्बर जारि गरेर सबै लाइ अनिबार्य रुपामा लिन लगाउनु पर्छ . त्यो नम्बर लाइ नागरिकता, पासपोर्ट देखि, बैंक मा खाता, खोल्न, घर जग्गा किन, बेच, तथा कुनै पनि लगानी र कारोबार मा अनिबार्य लागु गरेर र केन्द्रीय डेटा बेस राख्नु पर्छा . यो काम सुरुमा ६०१ देखि सम्पूर्ण सरकारी, कर्मचारी, तथा गैर सरकारी र जना साधारण तर्फ लागु गर्ने हो भने नेपाल मा अहेले को परिस्थिमा कम्म्तिमा पनि ५० प्रतिसत भ्रस्ट्राचार स्वोतः काम हुन्छा . त्यो केन्द्रीय प्रणालीमा ३ पुस्ते भने आनिवार्य उल्लेख हुनु पर्छ

    वास्तब नेपाल मा कुख्यात भ्रस्ट्राचार गर्ने भनेको नेता, राजनीतिक दलाल र सरकारी कर्मचारी हरु पहिलो स्थान मा छन्
    यो नियम र विवरण राख्ने र सुरक्षित किसिमिले अनुगमन गर्ने हो भने
    आउने दिन हरु मा अदालत, अक्ख्तियार, प्रहरी प्रसासन र केन्द्रीय अनुसन्धान बिभाग लाइ समेत कारवाही र अनुसन्धान र निर्णय गर्न सजिलो हुन्छा

    तर के गर्नु – यी भ्रस्त्र चारी नेता हरु र सरकारी कर्मचारी हरु आफुनै फसिन्छ भनेर यस्ता नियम कानून लागु गर्ने तर्फ चाहदैन . अब जनता ले नै सडक बाट बहिस्कार र कारवाही गर्ने दिन आउन सक्छा .

  38. नेपाल का यी भ्रष्ट नेताहरु लाइ एकदिन संसद हल भित्रै छिरेर बम ले उडाउनु बाहेक कुनै बिकल्प नै रहेन अब , तसर्थ यदि साचिकै नया नेपाल को निर्माण गर्ने हो भने यी सम्पूर्ण भ्रष्ट, चोर, सामन्ती, देश बेचुवा र नैतिकता नै नभएका छेपारे नेताहरु जसले खाली आफु र आफ्ना सन्तान को लागि मात्र सोच्ने गरिरहेका छन् यस्ता कुनेता हरु को “पूर्णसफाया”गरेर पहिलो काम को थालनी गर्नु पर्यो/ यदि कोहि देशभक्ति हुनुहुन्छ भने अगाडी आउनु पर्यो वा मलाई प्राबिधिक रुपले सहयोग गर्नु पर्यो म तयार छु यो मातृभूमि को रक्षा को लागि/
    मेरो सम्पर्क स्थान तथा सम्पर्क न. दिन तयार छु //

  39. छानबिन गरेर तत्काल नै यो भ्रस्ट बुडोलाइ वाग्ले भएको ठाउमा puryaunuparchha . येस्ताबाट के को राम्रो बजेट ल्याउला भनेर आश गर्ने ??

Comments are closed.