आज हाम्रो चन्द्रसूर्य बोक्ने दिन

आज विश्वभर हाम्रो चन्द्रसूर्य प्रदर्शन गर्ने दिन हो। इन्टरनेट प्रयोगकर्ताहरुको समूहको अगुवाईमा विश्वभर आज नेपालको राष्ट्रिय झण्डा बोकेर, प्रदर्शन गरेर हामी झण्डा दिवस मनाउँदैछौँ। केही अघि माइस‌ंसारको एउटा लोकप‌्रिय स्तम्भ ‘म नेपाली’ हरेक शुक्रबार प्रस्तुत हुन्थ्यो। बीचमा प्राविधिक समस्याले यो रोकियो। यसमा हामी विश्वका विभिन्न भागमा रहेका नेपालीहरुले राष्ट्रिय झण्डा प्रदर्शन गरी खिचेका फोटोहरु राख्ने गर्थ्यौँ। आज त्यसरी नै सके सामूहिक रुपमा कुनै ठाउँमा भेला भएर वा नसके फेसबुक, ट्विटर अथवा माइसंसारमै भए पनि राष्ट्रिय झण्डा प्रदर्शन गरी फोटोहरु राखौँ।

माइस‌ंसारमा फोटो प्रदर्शन गर्न माइसंसारको फेसबुक पेजमा गई फोटो अपलोड गर्न यहाँ क्लिक गर्नुस्। अथवा [email protected] मा पठाउनुस्। छानिएका केही फोटो यहाँ राखिनेछ। ट्विटर/ट्विटपिकमा फोटो अपलोड गर्दै हुनुहुन्छ भने #NPflagday ह्यासट्याग प्रयोग गर्नुहोला।


माइसंसारको इमेलमा प्राप्त केही फोटोहरु।

झण्डा प्रदर्शन किन ? नेपाल युनाइट्सको आह्वान
तपाईलाई लाग्दैन, राष्ट्रिय झण्डा नै हाम्रो एकताको प्रमुख आधार हो । त्यसो हो भने आउनुहोस्, हाम्रो एकताको प्रतिक हाम्रो झण्डा हाम्रै लागि बोकौं।

राजनीतिक दल तथा नेतृत्वलाई जवाफदेही र उत्तरदायी बनाउन, लोकतन्त्र, शान्ति र संविधानका लागि सबैले आ-आफ्नो ठाउँबाट एकपटक फेरि खबरदारी गरौँ। खबरदारी गर्न हाम्रै झण्डा बोकौँ।

सबैले आ-आफ्नो ठाउँमा झण्डा प्रदर्शन गरौ। देशका लागि काम गर्न प्रेरित गरौँ। जवाफदेही र उत्तरदायी बनाउन प्रेरित गरौँ।

असार ३१ गते (15 July 2011) मा नै किन त ?

दोस्रोपटक संविधानसभाको म्याद थपिएको आधा समय असार ३१ गते (15 July 2011) मा नै पुरा हुँदैछ । यो नै दलहरु तथा नेतृत्वलाई दवाव दिने तथा झक्झक्याउने उपयुक्त समय हुनेछ । प्रत्येक झण्डा बोक्नेको साझा प्रश्न हुनेछ नेतृत्वलाई- थपेको समयमा के गर्‍यौ र बाँकी समयमा के गर्छौ ?

त्यसैले आउनुहोस सबै मिलेर एकपटक फेरि खवबदारी गरौँ।

अहिले नगरे कहिले, हामीले नगरे कसले ?

मेरो देश मेरो दायित्व !

हाम्रो हातमा हाम्रै झण्डा !


हङकङको कम्तिन बजार। फोटोः गजबहादुर गुरुङ

28 Comments

  1. we will salute our flag from our heart. we respect you with full heart and die for you. We love you unconditionally. You are the insipiration for united Nepal. You will shine high and fly higher.

  2. यो जन्मदै जगतमा कैयौ प्रहार आए,
    साम्राज्य दुई हारे, हारेन शान हाम्रो….
    रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो,
    जिउदो रगत सरि छ बल्दो यो शान हाम्रो.

    हाम्रो आन, मान, शान अनि हाम्रो ज्यान हामी संसार भरिका नेपालीहरु बीच एकताको प्रतिक चन्द्र सूर्य अंकित हाम्रो राष्ट्रिय झन्डा यो ब्रम्हाण्ड रहेसम्म फहराई रहने छ ।

  3. परापुर्व काल देखि नै यो झन्डा यो हाम्रो भुमिको सान र पहिचान थियो !!! भक्तपुर, ललितपुर, किर्तिपुर, काठमाडौँका मन्दिरहरुको दाया बाया यो झन्डा प्राचिन काल देखि नै थियो !!!! भक्तपुरमा बिस्क्या जात्राको लिङ्गोमा नि यस्तै त्रिभुजाकर ध्वज हुन्छन !!! यसको इतिहास धेरै पुरानो छ !!! यो ध्वज हामी सबैलाई अति प्यारो लाग्छ !!!! तर यहाँ का राजनीतिक कार्यकर्ताहरु भने सधै बिदेशी जस्ता देखिने झन्डा मात्रै बोक्छन किन होला खै !!!!

  4. यो जन्मदै जगतमा कैयौ प्रहार आए,
    साम्राज्य दुई हारे, हारेन शान हाम्रो….
    रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो,
    जिउदो रगत सरि छ बल्दो यो शान हाम्रो.

    • कांग्रेसको राष्ट्रिय झन्डा चार तारा,एमाले र माओबादीको राष्ट्रिय झन्डा हाँशिया र हतौडा तमलोप र फोरमको झन्डा हिन्दुस्थानी तर हामी स्वाभिमानी नेपालीहरुको झन्डा रातो र चन्द्र सुर्य अंकित ध्वाजा फर्फराउँ |

    • नेपाली कांग्रेस,एमाले,माओबादी,तमलोप,मधेसी फोरम,मजदुर किशन पार्टी,रा,प्रा.प.र अन्य स्याने फ्याने पार्टीहरुले आफ्नो कार्यक्रम गर्दा कहिल्यै नेपालको राष्ट्रिय झन्डा राखेको देख्नु भएको छ कसैले,देखेको छ भने भन्नुस,होइन भने यी पार्टीहरु सव बिदेशी दलाल हुन्| खै आफ्नो पहिचान
      त्यसो हो भने अव संयुक्त राष्ट्र संघमा नेपालको राष्ट्रिय झन्डा दश थरीको राख्नु पर्छ|

  5. झंडा हाम्रो पहिलो अनि अन्तिम सम्मान
    सके लहराओं , नसके नगरौं अपमान
    बोकेको छ यसले रास्ट्रको गौरब
    यसलाई बदल्ने नदेखाऊं पौरख
    बदलौ नेपाल माथि संसारको दृष्टिकोण
    बदलौ देशभक्तिको आकार , होइन यसको त्रिकोण
    त्रिकोणले नै बनाएको छ यसलाई पृथक
    आजको बिशेष दिन , बनाऊं झंडा दिवस सार्थक

  6. (रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो) संसारमा छरिएर रहेका नेपाली हरु लाई एक हौउ सके सामूहिक रुपमा कुनै ठाउँमा भेला भएर वा नसके फेसबुक, ट्विटर अथवा माइसंसारमै भए पनि राष्ट्रिय झण्डा प्रदर्शन गरी फोटोहरु राखौँ र नेपाललाई संसार भरि चिनाहू है भन्ने यो मेरो संसारको कदम प्रति कृत्यग्यता ब्यत गर्ना चाहन्छु.

  7. रातो र चन्द्र सुर्य जंगी निशान हाम्रो……………… जिउदो रगत सरि यो बल्दो निशान हाम्रो………

  8. नेपालि को झण्डा राम्रो ,
    कुखुराको अण्डा,
    नेपाल सिंगै रहनेछ ,
    हुन्न भाग बण्डा|

    प्रचण्ड र बाबुराम ,
    खुट्टा ताना तान ,
    प्रधानमन्त्रि पदको लागि ,
    जुक्ति हाना हान ,

    नया नेपाल बन्ने भयो
    सोषण रहित समाज ,
    लोभी पापी चित्त यिनको ,
    छैन यिनलाई लाज |

  9. sansar lai nepalko san jhalkaune yahi ho hamro rato rang chandra surya dhojali hamro !

  10. झण्डा एकताको प्रतिक त हो तर यस्तो सांकेतिक एकता प्रदर्शनले संवेदना नै नभएका नेताहरुलाई के नै पो पाठ सिकाउला र खोइ! जताततै राजनीतिकरण छ, यो झण्डा बोक्ने प्रदर्शनमा पनि राजनीति नहोस, शुभकामना!

  11. हाम्रो आन-मान-शान-इज्जत-गौरव र प्रतिष्ठा भनेकै हाम्रो राष्ट्रिय झण्डा हो।सलाम छ!!!!!

  12. हाम्रो शान हाम्रो देश
    नशा नशामा चन्द्र सुर्य अंकित झन्डा
    मेरो गौरब मेरो पौरख
    हाम्रो राष्ट्रिय नेपाली झन्डा .

    “जसो गर जे भन, जतासुकै लैजाऊ मलाई
    यो मन त मेरो नेपाली हो .”
    हामि सबै नेपालीलाई एकसूत्रमा बाँध्ने चिनो हाम्रो राष्ट्रिय झन्डा .

  13. हेर्दा नै राम्रो यो नै हो हाम्रो, चद्र-सुर्य अंकित नेपाली झण्डा,सुन्दर सन्त बिसाल हाम्रो देस नेपाल
    भिन्न जाती भिन्न भासा तर झंडा हाम्रो एक!!! रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो … सबै नेपाली यो ….. सिर …….. उचाली सगर माथा शिर सबै नेपाली मिली……………………………

  14. आज हाम्रो चन्द्र र सुर्य भएको नेपाली झण्डा चिनाउने दिन। लु म त हिँडे मेरो नेपालको झण्डा बोकेर आउनुस् तपाइहरू पनि मेरो पछि पछि……………………प्र​ाण भन्दा प्यारो मेरो नेपाल।
    http://i1193.photobucket.com/a​lbums/aa345/lakshman7/mero-nep​al-gurung.gif

  15. हाम्रो झन्डा संसारकै पृथक अनि राम्रो झन्डा…….

  16. हेर्दा नै राम्रो यो नै हो हाम्रो, चद्र-सुर्य अंकित नेपाली झण्डा,
    भ्रान्ति गर्दै क्रान्ति भन्दै, येसैलाई फेर्न खोज्दै थिए प्रचण्डा!
    आखिर चलेन केहि सिप, तेसैले किनारा पो लागे ति उदण्ड
    नेपालीलाइ एकसूत्रमा बाध्न सफल रहोस यो राष्ट्रिय झण्डा !

  17. सुन्दर सन्त बिसाल हाम्रो देस
    भिन्न जाती भिन्न भासा तर झंडा हाम्रो एक

  18. संसार का सबै झंडा हरु भन्दा हाम्रो झंडा फरक छ हनत सबै लाई आफ्नो झंडा राम्रो लाग्छ तर पनी हाम्रो जस्तो राम्रो झंडा कसैको पनी छैन ! मलाई यसै मा गर्ब छ हामी नेपाली हाम्रो नेपाल

  19. डण्डीमा झुन्डिने भएर झण्डा भनिएको होला !
    कोठाको भित्तामा टासेको झन्डामा हेरेर म कल्पना गर्छु कि “म पनि झण्डा जस्तै मौलिक र पृथक हुन पाए..”/

    अन्यथा नलिनु होला, मलाइ हाम्रो झन्डामा एउटा सानो कुरा चित्त बुझेको छैन त्यो के भने नि… सामान्यतया नेपाली जनमानसमा ८-१२ लाइ राम्रो मानिदैन / ८-१२ पर्यो भनि नराम्रोको संज्ञा दिइन्छ, तर हाम्रो झन्डामा अंकित चन्द्रमा ८ वटा र सुर्यमा १२ वटा चुच्चा मुखार क्रमबद्ध जोडिएको छ /
    के त्यसलाई ७-११ वा ९-१३ बनाउने तिर पहल गर्ने पो हो कि ?!
    – किनकि विज्ञानमा मात्र बिश्वाश गर्ने धुरन्धर बिद्ध्यार्थी पनि घरबाट निस्कदा कालो बिरालोले बाटो काट्यो भने मनमा चसक्क लिन्छ नै !

    • नेपाली झंडामा सूर्यको चूचो कटी छ भन्ने बिशयामा तपाईले गर्नुभएको गहिरो अध्यन मलाई सारै रमाइलो लाग्यो . तपाईको कुरा सुन्दा २ वता कान किन चाहियो ? १ वता काटे पनी हुन्छ भने जस्तो पो लाग्यो …तेसैले साथी …कमजोरी हाम्रो झंडामा होइन तपाईको सोचाईमा छ .

      • कहिले काहीं एउटा गेडी झरेको कारणले बिशाल गाडीको चालमा असर परिराखेको हुन्छ यसर्थ सच्याउदा राम्रो होला / बास्तुशास्त्रको महत्व पनि छ /

  20. पक्कै पनि हाम्रो झण्डाले हामीलाई एकत्रित हुन आह्वान गरिरहन्छ . झण्डाले नै आम नेपाली लाइ एकताको सुत्रमा बाँधेको छ . झण्डाले नै देशप्रतिको माया र देशभक्तिको भावनाले ओतप्रोत बनाउँछ . झण्डा नै एकताको प्रतिक हो त्यसैले यसको महत्व सबैले बुझौ र यो देशको रक्षा गरौ . देशलाई माया गरौ देश टुक्रा टुक्रा हुन बाट बचाउ .

  21. रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो …………..

  22. खोइ जनतामा जतिसुकै राष्ट्रिय भावना भएपनि देश चलाउने नेताहरु ले नै हो ….यो भावनात्मक दबाबले यिनीहरु लै खबरदारी गर्छा जस्तो लाग्दैन ..तैपनि यो कार्यमा मेरो पनि पूर्ण साथ छ

  23. म गणतन्त्रकै पछ्यमा छु/ गणतन्त्रको बिरोधि होइन/ तर कस्सो गणतन्त्रले हाम्रो राष्ट्रिय गौरब सुर्य चन्द्र अंकित ध्वजा खाइ दिएको/हाम्रो झण्डा,राष्ट्रिय जनावर गाइ माथि खुबै आक्रमण भयो/तर जनताको माया र श्रद्धाले यी दुवै गौरब नेपालको धर्तीमा बाचे/गणतन्त्रका नेताहरुले राम्रो काम त एउटा पनि गर्न सकेनन,तर नराम्रो नगरुन र राष्ट्रियता , राष्ट्रिय स्वाभिमान माथि खेलबाड नगरुन भन्ने हो/ तर केहि बाकि राख्ने भएनन्/सुडान काण्ड,नक्कली भ्याट काण्ड जस्ता तमाम लुट काण्डले देश बदनाम र बर्बाद भयो/गाइ माता,र हाम्रो तान्त्रिक राष्ट्रिय झण्डाले यी तत्वोहरुलाई नास गरुन/देश लुटेर कमाएको सम्पत्ति खान सोमर्न नपाउन/

Comments are closed.