राज्यले हामीलाई के दिएको छ ?

दीपक भट्टराई/कलियुगका कुरा

बिबिसी वर्ल्ड सर्भिस ट्रष्टको रेडियो र टेलिभिजन कार्यक्रम साझा सवाल रेकर्डिङका लागि विभिन्न ठाउँमा जाँदा दुखीजन हुन् कि सुखीजन धेरैको मुखबाट बोलिने एउटा वाक्य यही हो ‘राज्यले हामीलाई के दिएको छ ?’

केही समय अगाडि भरतपुर कृषि क्याम्पसमा कृषि सम्बन्धि वहस भइरहेका बेला त्यहाँका डिनले भने राज्यले हामीलाई के दिएको छ। उनलाई कार्यक्रममा विद्यार्थीले सोधेका थिए, यहाँ कम पढाउने र धेरै समय विभिन्न गैर सरकारी संस्थाहरुमा कन्सल्टेन्सीमा बिताउने किन गर्नुहुन्छ ? उनले भने हामीलाई राज्यले दिने भनेको त्यही १८, २० हजारको तलब त हो नि। छिमेकी देशमा हाम्रो जस्तै काम गर्नेले एक लाख भारु पाउँछन्। धन्न स्वयसेवक जस्तो भएर पढाइएको छ।

अर्को एक कार्यक्रममा शिक्षण अस्पताल महाराजगञ्जका एक चिकित्सकलाई पनि तपाइहरूको ध्यान सरकारी अस्पतालमा भन्दा निजी अस्पताल र क्लिनिकमा किन हुन्छ भन्दा ठीक यस्तै जवाफ दिएका थिए, राज्यले हामीलाई के दिएको छ ? ती दुबै जनाको बारेमा सोधखोज गर्दै जाने हो भने पक्कै पनि पत्ता लाग्छ दुबै जना सरकारी छात्रवृत्तिमा विदेश पढेर आएका हुन्।

कर्णाली अञ्चलको जुम्ला सदरमुकाम पुग्दा पनि स्थानीयबासीले त्यही भन्दै थिए राज्यले हामीलाई के दिएको छ। घर नजिकै बिजुलीको पोल गाडिसकेपछि पनि केही गाउँले टुकी बालेर बसिरहेका थिए। यहीँ बिजुलीको पोल छ किन घरसम्म तार तानेर बिजुली बाल्नुहुन्न भनेर सोध्दा तिनको उत्तर थियो, ‘यो त हाज्याले दिन्या कुडा हो। हामी दुखीकन हाज्याले हेड्नु पड्छ।’

जुम्लामा किन विकास नभएको भन्ने विषयमा बहस हुँदै गर्दा सबैले राज्यले हामीलाई हेप्यो, नेताले पैसा नै ल्याउँदैनन् भनेपछि एमालेका सभासद देवीलाल थापालाई साह्रै रिस उठेछ क्यारे। उनले स्थानीयबासीलाई पनि दोष दिदैं भने ‘२० लाख खर्च गरेर पानी ल्याइदिएको अब धारामा टुटी बिग्रिएपछि एउटा टुटी पनि नफेरेर त्यो ट्याङ्की पनि प्रयोग गर्न छाडेर बिचैमा पाइप काटेर पानी लिन थालेपछि त्यस्को दोष नेता र राज्यलाई मात्र कति दिने स्थानीय बासी पनि अलिकति सचेत हुन पर्यो नि।’

एकजना साथी मुगु पुग्दा स्थानीय सरकारी कर्मचारीले चियापसलमा सोही कुरा भनेछन्, ‘राज्यले कर्णालीलाई हेपेको छ।’ कसरी तपाई हेपिनुभयो त भनेर सोध्दा ती कर्मचारीले जवाफ दिएछन्, ‘बाटोघाटो छैन। धेरै मानिस अशिक्षित छन्। अस्पताल छैन। खाद्यान्नको अभाव छ।’

प्रत्युत्तरमा साथीले ‘हामीले ५० रुपैयाँ किलो हालेर खाने चामल तपाइहरुले अहिले पनि २५ रुपैयाँ किलोमा पाइरहनुभएको छ। हाम्रो तिरको बाटोघाटो पनि उही सरकारले गाविसमा दिने बजेटमा श्रमदान र अपुग पैसा थपथाप गरेर बनाइएका हुन्। गाविसमा बजेट तपाइका नि आउँछ। अब स्वास्थ्य चौकीको कुरा गर्ने हो भने डाक्टर र औषधि हामीले पनि धेरैजसो देख्न पाइदैंन। कर्णालीमा जस्तो एक घर एक रोजगार हाम्रोमा छैन, तपाइहरुकोमा जस्तो जडिबुटी हाम्रोतिर पाइदैंन। अब कुरा तपाई आँफै बुझ्नुहोस् राज्यले मात्र होइन प्रकृतिले पनि हामीलाई दिएको छ कि तपाइलाई दिएको छ ?’ तैपनि ती कर्मचारीले भन्न छाडेनन् रे ‘राज्यले हामीलाई के दियो त ?’

राज्यलाई कुरेर बस्नु भयो भने तपाइको उमेरमा तपाइको नातिले पनि यही भनिरहेका हुन्छन् भनेर ती मित्र त्यहाँबाट हिडेछन्। अब सरकारले उपलब्ध गराएको छात्रवृत्तिमा विदेश पढेर आएकाले नै राज्यले हामीलाई के दियो त भन्छन् भने कर्णालीकाले भन्नु स्वभाविकै हो। ती डाक्टर हुन् कि प्राध्यापक दुबै राज्यले बनाइदिएको सडकमा मोटर हाँक्दै कुद्छन्। होला, आँफैले कमाएका पैसाले गाडी किने होलान् तर राज्यले थोरै नै सही त्यही बाटो पनि नबनाइदिएको भए कहाँ गाडी कुँदाउथे होलान्।

काठमाडौंका धेरै ठूला घर गाडी हुने धनीमानीले पनि यही भन्छन्- राज्यले हामीलाई के दिएको छ। वर्षामा घर नजिकैको खाल्टाले मोटरसाइकल, गाडी लान ल्याउन जति असजिलो भए पनि दुई तीन ट्याक्टर गिटी झार्नुको सट्टा ‘राज्यलाई हामीले तेत्रो ट्याक्स तिरिन्छ राज्यले पो गिटी खसाउन पर्छ’ भन्दै हिड्छन्। त्यसो भन्नेले घरबहाल कर पक्कै तिरेका छैनन्।

यो नेपालीमा लागेको रोग नै भइसक्यो कि राज्यलाई मैले के दिएँ, के दिइराखेको छु भनेर कहिल्यै नसोच्ने, नसोध्ने जहिले पनि राज्यले हामीलाई के दिएको छ त भनेर सोध्ने। राजनीतिक दलका घोषणा पत्र हुन् कि नेताहरुको भाषण जहिले पनि हामीले तपाइहरुका लागि यस्तो गरिदिन्छिम् उसो गरिदिन्छम् भनेर भाषण मात्र गर्दा पनि जनता धेरै आशे भएका हुन्। राजनीतिक दल, विकासे संस्था र नेताहरुले देखाएका सपनाबाट जनतामा यस्तो छाप परिसकेको छ कि सबै काम राज्यले नै गरिदिनेरहेछ, हामी त बसेर खाने न हो।

फेरि अधिकारका नाममा जनतालाई यति धेरै अधिकार तिमीहरुले राज्यबाट पाउँछौ भनिएको छ कि मानौं हामी नेपालमा नभएर नर्वे, डेनमार्क, स्विडेन अथवा स्विट्जरल्याण्डमा छौं। हुन पनि नेताहरुले नेपाललाई स्विट्जरल्याण्ड बनाउँछौं भनेर भनिरहेकै छन्। हामीलाई अहिलेसम्म यो भनिएको छैन कि नर्वे, डेनमार्कले राज्यको तर्फबाट जनतालाई सुविधा दिने स्थितिमा पुर्याउन त्यहाँका जनताले के त्याग र बलिदान गरेका थिए।

सन् १९५० को दशकसम्म नर्वेमा पनि त्यस्तो उम्दो केही थिएन। नर्वेलीहरु आफ्नो देश छाडेर अमेरिकातिर बसाई सरिरहेका थिए। धन्न हो नर्वेले सन् १९६४ मा युरोपमै सबैभन्दा ठूलो पेट्रोलियम पदार्थको खानी भेट्टायो। त्यही पेट्रोलियम पदार्थबाट नर्वे धनी भयो र त्यहाँ राज्यले जनतालाई धेरै कुरा पुर्याइदियो। पहिले अमेरिका पुगेका नर्वेली मध्ये कतिपय नर्वेले विकास गरेपछि स्वदेश फर्किदाँ तिनलाई फर्कन दिन हुन्छ कि हुँदैन भनेर पनि नर्वेमा विवाद भएको थियो। अझै पनि नर्वेका हुनेखानेले ४० प्रतिशत ट्याक्स तिर्छन्।

राज्यले धेरै दिन्छ भनेको देशका जनताले आफ्नो तर्फबाट पनि के गरेका छन् त भनेर बुझ्न जरुरी छ। कसैले बाटामा फोहर फाल्दैन तब न विदेशका सडक सफा हुन्छन्। सिंगापुरमा चुइगम खाएर बाटामा थुक्ने हिम्मत हामीले गर्दैनौं तर यहाँ आएपछि बाटामा चाउचाउको खोल फाल्छौं र भन्छौं राज्यले सडक सफा गरेन।
देश निर्माणका अहिलेको बेला सबै काम राज्यले गरिदिने हो, हामी हात बाँधेर बस्ने हो हामीलाई ल्याएर राज्यले खुवाइदिनुपर्छ, चुठाइदिनुपर्छ भन्ने भावना सबैको मन माथिङ्गलबाट नहटाउने हो भने देश निर्माण हुने कुराको कल्पना नगरे पनि हुन्छ। नेताहरुलाई दोष दिँदा दिँदा नेताहरुले आजभोलि हामी पनि यही समाजबाट आएका हौं, मङ्गल ग्रहबाट आएका होइनौं, तपाइहरु जस्तो त हौं नि भनेर दायित्वबाट पन्छिन खोजिरहेका छन्।

यो बेलामा जनता आँफैले उदाहरण बनेर केही गरेर नेताहरुलाई लज्जित बनाउन पनि पर्ने अवस्था छ। अब शिक्षकले पनि मलाई राज्यले के दिएको छ त भनेर पढाउन छाड्ने, चिकित्सकले पनि त्यही गर्ने इन्जिनियरले पनि त्यही गर्ने हो भने देशको विकास कसरी हुन्छ।

४० वर्ष अगाडिसम्म दक्षिण कोरियाको स्थिति नेपालको भन्दा कमजोर थियो। हो त्यहाँ चमत्कारिक नेतृत्व पायो। महिलाले आफूले लगाएका गर गहना धरौटीमा राखेर विकासका लागि खटे। त्यसैले अहिले कोरिया विश्व अर्थतन्त्रमा कहाँ पुगिसक्यो हामी कहाँ छम्। हामीले पनि नेतालाई गाली गर्नुका साथै स्थानीय स्तरबाट पनि केही गरेर लउ तिमीहरुले के गर्यौ हामीले यसो गर्यौं भनेर भन्नुपर्ने बेला आएको छ।

छिमेकी चिनले यति विकास गर्यो उति विकास गर्यो भनेर जताततै गफ सुनिन्छ। त्यहाँका जनताले पनि राज्यले हामीलाई के दिएको छ त भनेर बसिरहेको भए के त्यस्तो विकास संभव थियो होला। चीनियाँहरु दिनरात काममा खटेका छन् र पो विकास भएको छ।

गाउँका भट्टीमा चुड्कि बजाउँदै देश बिग्रिसक्यो। नेताहरुले खत्तमै पारिसके भन्दै तास ठटाउनेहरु पनि थुप्रै छन्। किन हो यसरी समय फालिरहनुभएको भनेर सोध्ने हो भने तिनले पनि त्यही भन्छन् – राज्यले हामीलाई के दिएको छ र कामै पाइदैंन। राज्यलाई आरोप लगाउनुको सट्टा वर्षमा ८/१० वटा बाख्रा पाठा मात्रै पनि तिनले उत्पादन गरिदिने हो भने तिनले त पैसा कमाउँथे कमाउँथे मासु खरिदका लागि विदेश पैसा जानबाट पनि रोकिन्थ्यो।

हामी २/४ रोपनी खेतबारी हुने नेपालीले पो राज्यलाई कति दिन्छौं र त्यही वर्षको दुई चार सय तिरो तिर्ने त हौं नि। राज्यले गाउँगाउँमा विद्यालय खोलिदिएको छ। १० कक्षासम्म विद्यार्थीले निशुल्क शिक्षा र पुस्तक समेत पाउँछन्। हामी सरकारी स्कूललाई कसरी राम्रो बनाउने भन्दा पनि हामी आँफै कसरी छोराछोरीलाई बोर्डिङ स्कूलमा पढाउने भन्ने ध्याउन्नमा छौं। गाउँगाउँमा स्वास्थ्य चौकी सम्म भए पनि पुगेको छ। डाक्टर ओखती चाहिएको बेला पाइदैंन भन्ने हाम्रो मनस्थितिमा नै यसरी घुसेको छ कि त्यसलाई कसरी पाउने गराउने भनेर सोच्न कमै समय लगाउछौं।

बुढाबुढी, विधवा, लोपोन्मुख जाति, अपाङ्ले थोरै नै सही राज्यबाट मासिक पाँच सय रुपैयाँ र कसैले त्यो भन्दा धेरै भत्ता पाइरहेका छन्। विदेशमा ट्याक्स तिरे फिर्ता पाइन्छ, यहाँ मैले किन ट्याक्स तिर्ने भन्नेहरुले बुझ्नुपर्ने हो, के नेपालमा अहिले भत्ता पाइरहेका जति सबैले तेत्रो मात्रामा ट्याक्स तिरेका थिए होलान्।

अचम्मको कुरा त जो अलिकति समाजको जान्ने बुझ्ने भनिएर चिनिएको हुन्छ उसैले भनेको हुन्छ राज्यले हामीलाई के दिएको छ त। गाउँमा विकास निर्माणका लागि छुट्टयाएको पैसामा पाएसम्म अलिकति भए पनि कमिसन खाने पनि तिनै हुन्छन्। आफूले केही नगर्ने, राज्यलाई आफूले केही नदिने, दोषजति राज्यलाई दिने परिपाटी रहेसम्म राज्यले पनि हामीलाई केही दिन सक्दैन।

(हिजो साँझ मैले ज्यादै आदर गर्ने एक जना दाइसँग गफ गर्ने मौका मिल्यो। उनकी ७ वर्षीया छोरी मस्तिष्क पक्षघातबाट पीडित छन्। राज्यले तिनका छोरीका लागि मासिक एक हजार भत्ता दिदो‌ रहेछ। मासिक आय कम नै भएका तिनले कर सायद १ प्रतिशत मात्र तिर्छन् कि, उनले अहिलेसम्म तिरेको कर त ती छोरीले दुई वर्षको अवधिमा नै पाइसकिन् होला। उनले पनि राज्यले हामीलाई के दिएको छ र भनेर निकै गुनासो गरे, तिनै दाइ हुन् यो ब्लग लेख्ने प्रेरणा। बिबिसी ट्रस्टको कथा मिठो सारङ्गीको नाटक श्रृखंलाका सहकर्मी खगेन्द्र लामिछानेले यो लेख्न धेरै सहयोग गरेका छन्। )

121 Comments

  1. वा वा वा ….नेपालका सबै जनता येस्तै विचारधाराका हुने भय यो देस कस्तो हुनेठेयो होला .

  2. हैन हो , राज्य ले नदिय तिमीहरु कसरि य्रती सम्म भन्न सक्योउ हँ ? तिमीहरु ले चाही राज्य लाई के दियोउ नि आज सम्म ?

  3. Wow ! what a load of cr*p ! the writer and the majority of the readers have greatly disappointed me and many others .you people have failed to justify the real cause of the social, economical, and political disarray in the newly form Himalayan republic . I won’t point out here though since its time for you people to open up your inner-sense and find out yourself .goodluck !!!

  4. दिपक जी को लेख सारै मनपर्यो ,मै हु भन्ने बुज्रुक हरु त यस्ता छन् भने अरु साधाहरण मान्छे को त क कुरा गर्नु र खै ….

  5. नेपालको वास्तविक स्थितिको चित्रण गर्नु भएको रहेछ दिपकजिले ।धन्यवाद । नेपालीको स्वभाव कस्तो भयो जस्तो लाग्छ भने मलाई आफु केही नर्गेन अर्काले गरिदिए हुन्थ्यो भनि चाहने, मन्च पाए आर्दशका कुरा गर्ने त्यो बमोजिम आफुले नगर्ने हो । मन्चमा भने जस्तै वा लेखमा लेखे जस्तै आफुले मात्र स्वभाव र चरित्र बनाउने हो भने धैरै समस्या समाधन हुन्छ नेपालको मेरो विचारमा । मेरो विचारमा सबै कुराको जड शिक्षा हो । यदि शिक्षा क्षैत्रलाई सुधार्ने हो भने धैरै कुरा सुर्धन्छ जस्तो लाग्छ मलाई त ? शिक्षित हुनु भनेको आत्मविश्वाशी हुनु हो आत्मगौरवान्वित हुनु होस म सक्छु ,म नोकर हुन् ,मालिक हुन्छु भन्ने हो ? के हामीले यस्तो शिक्षा दिएका छौ हाम्रा नानीलाई ? नेपाल बनाउने हो भने शिक्षकलाई बनाउ, शिक्षकलाई योग्य बनाउ शिक्षकले पढाएन्न भन्ने त सबै तिर गुनासोछ । तर शिक्षकलाई योग्य, ज्ञानी गुणि बनाउने अध्यनशील बनाउने केही कार्यकम नै छैन। विधालयमा पुस्तकालय छैन शिक्षकले कहाबाट पढने । पछनलाई त पुस्तकालय चाहियो प्रत्येयक विधालयमा । धन्य जोन उडले रुम टु रिड सस्था खोली ३००० विधालयमा पुस्तकालय खोलि दिए र ईजत वचेकोछ ।अब नेपाली जोन उड निस्कनु परो । पर्वतमा ३३३ विधालय मध्ये १३६मा रुम टु रिडले पुस्तकालय खोली दियो अव छोडदै छ । पुस्तकालय नभएका १९७ विधालय छन तिन पुस्तकालय बनाउन हामी लागेका छौ ।के तपाई कोही तयार हुनु हुन्छ सहयोग गर्न । तपाईले पुस्तकालय बनाउन चाहने विधालयको निम्ति कोठा बनाउन, किताब,किन्न पुस्तकालय सामाग्रिकिन्न लाईब्रिरियललाई लालीम गर्न, केहि नभए १ बर्षको बाल पत्रिका को ग्राहक बनिदिन वा अन्य केही न कही न गर्न सक्नु हुन्छ ।के तपाईले पढेको स्कूललालई एक पैसको सहयोग गर्नु भएको छ भने धन्यवाद नगरेकोले गर्नु हुनेछ अनि मात्र बन्छ नेपाल । भाषण ले बन्ने भए बनि सक्ने थियो ?
    फर्निचर , को

  6. लेख मन पर्यो। “राज्यले मलाई के दियो भनेर नसोध्नु, राज्यलाई मैले के दिएँ भनेर सोच्नु”। सबैले आ-आफ्नो ठाउँबाट इमान्दारिता पुर्बक आफ्नो जिम्मेवारी निभाउनु पर्छ। अरुलाई दोष देखाउनु भन्दा आफुले के कति योगदान दिन सकिन्छ भने बिषयमा ध्यान दिनु जरुरी छ। राज्यले ब्यक्तिको जिउ, धन, को सुरक्षा गर्दै ब्यक्तिलाई स्वतन्त्रता पुर्बक जिउने अधिकार दिन सक्नु पर्छ। ब्यक्ति, परिवार, टोल, समाज, हुन्दै समग्र देशको बिकास मा आ-आफ्नो ठाउँबाट इमान्दारिता पुर्बक सक्दो योगदान गर्नु नै हाम्रोलागि कल्यानको बाटो हुन्छ।

  7. so ridiculous article. People they dodnot want to live with half stomach. If there are enough struggle he did for life. Regarding the issue of AGriculture Dean. He is 100% person genuinely right to express his view. Why peoples are commenting I donot know. Do you people have background like him? no not at all. Its easy to make so stupid comment. A professor who is working in university for 30 years has not enough hand to settle himself. Many peroplw suggested that he studied outside from schols money. what is this nonsense he has also worked for the university for more than 30 yeras too. He alreday fulfill his duty enough. To be in chair of Dean is not like Indra bhgawan. He cannot say Tathastu to solev everything. Bloody politician are hanging around to root cause these all problem. why peoples are drain ing out from country you should undesratnd. Nobody want tostay from highly educated to lower labour in half stomach to serve this country.

    You commentor are very nasty totaljk abut this.

    • तपाई सत प्रतिशत सहि हुनुहुन्छा जीवन जी, हालसालै डिन सर लाई युरोप मा भेट्दा, उहा को विचार र कार्यसैली बाट निकै प्रभवित भएको थिए ! जीवन मा पहिलो पटक भेटेको मान्छे बाट निकै प्रभावित भईयो ! सार्है साधारण जीवंसैली को र उच्च विचार का धनि रहेछन उनि . रामपुर क्याम्पस लै धेरै राम्रो सहयोग जुटाउने प्रक्रिया मा छन् उनि . सबै को साथ् पाएमा उनीले तेहाको बिदार्थी र शिक्षक लै अनुसन्धान मा सहयोग पुरौना जर्मनी को एक नम्बर को university , Goettingen University लाई convince गरेर गएका छन् उनि ! उनको प्रयास लै सलाम !

  8. हाम्रा नेपाली साथी हरुलाई नेपालभित्रै बसेर नेपाली भएर कुन राज्यले के दिनु पर्ने रहेछ कुन्नि ? राज्य भनेको तपाई हामी हौ र हामी भनेको राज्य हो भन्ने बुझ्न नसकेका साथी हरुलाई सायद सिक्किमलाई जस्तो भारत ले तिब्बत लाई जस्तो चीन भन्ने राज्यले केहि दिनु पर्ने रहेछ कि ?

  9. दिपक जी को घुमन्ते जीबनबाट जनबोलीलाई टपक्क टिपेर जनता माझमा पस्कनु भाको मा साधुबाद ! राज्य ले के दियो वा के दिन पर्नी थियो भन्नि जो कुरा आयो यो मेरो बिचारमा हामी नेपालीलाई राज्यले केहि दियाकै छैन / अब मुक्तक भन्छु:
    अरूको छोरो खै के छोरो, छोरो भन्नु एउटा मेरै छ
    अराएको नटेरेर के भो, नअराएको टेरेको टेरै छ।
    अब बुझ्नु भो होला हाम्रा महाराथिका कुरा, कुरा के भने जो अगुवा उही बाटोमा हगुवा भनेर पनि सुन्नु पनि भाहोला/
    यो मुलुक मा जे गर्न पर्नी हो त्यो कहिले नगरनी तर जो नगर्न पर्नी हो त्यो गर्नी भा भयर हामी नेपालीले कुकुरले नापौनी दुख पेयको छौ र अझ पाउनी वाला छौ / हामी त हैरान भैयो कि जसलाई विश्वास गरे पनि तिखो ढुङ्गो उही टुंगो/ केहि गर्ला गर्ला जस्तो हुन्छ / फेरी घिमिफिरी रुम्जाटार/ अब के गर्नी?
    अब हाम्रो मुलुकलाई कम्प्युटर भाषामा farmating भन्छन नि हो त्यसो गर्न पर्छा साथी हो / कम्मर कस/ भोकै भयानी संगै बस/

  10. रास्ट्रले हामीलाई जन्मायको छ/ नेपाली बनायाकोछ/ यो भन्दा अरु सम्पूर्ण कुरा त हाम्रो दायीत्तो होयिन र? देशको उन्नति प्रगति तथा आरु कुराहरु त हामीमै निर्भर पर्ने कुरा हुन्/ अरु लाई दोष दियर अगाडी बढ्नु जिम्मेवारीबाट पन्छिनु मात्र हो/

  11. “खासमा चाहिँ मेरा बाउआमाले राख्देको नाम दीपक भट्टराई हो। अन्त गतिलो, धेरै तलब आउने जागिर नपाइन्जेल र आँफै केही गरेर अरुलाई रोजगार दिने पाइन (खुबी) नभइन्जेल पत्रकारको काम गरिरहेको छु। सजिलो छ काम जसलाई मन लाउँछ मस्त गाली गर्न पाइन्छ। नेताहरुलाई ल्याएर बजाइन्छ। अहिले बिबिसी वर्ल्ड सर्भिस ट्रस्टले उत्पादन गर्ने साझा सवाल कार्यक्रमको निर्माताको जागिर खाइरहेको छु।” दीपक जी हजुर को ब्लग बाट हजुर ले नै लेखेको परिचय साभार गर्दै छु, खाली गतिलो तलब को तपाई को चाहना जस्तै अरु हरुको पनि चाहना हुन्छ भनेर पुस्थी गर्न यो साभार गरेको हो ! राम्रो तलब, जागिर को चाहना राख्न सबै ले पयिन्छा तर तेस्को लागि गलत क्रियाकलाप र भास्त्रचार गर्न पो पयिन्न त . रामपुर को प्रोफेस्सोर ले तेस्तो चाहना राखे भन्दै मा उनलाई गलत भन्न मिल्दैन कि ! जेहोस तपाई को भावना को भने मुक्त कण्ठ ले प्रसंसा गर्दछु !!

  12. लेख को भाव ठिक तर तर्क बेठिक, प्रसङ्ग ठिक तर उदाहरण बेठिक जस्तो लाग्यो ! रामपुर क़ा डिनले भनेको कुरा ठिक छ . भन्सार को संसार मा रमाउने हरुलै बाबुराम जस्ता बौदिक नेताले दुइ सय प्रतिसत सम्म भत्ता थापिदियेर उनीहरुको कालो धनलाई सेतो बनाउन मौका दिने, बर्सौ सेवा गरेका प्राध्यापक हरुलाई हेप्न मिल्दैन ! उनि साहस क़ा साथ् सहि कुरा भनेका छन् . उच्च नैतिक बल भएका मान्छेले मात्रै तेसो भन्न सक्छ !

    • कसरि ठिक छ रामपुरका डिनले भनेको कुरा? अब मेक्सिकोको प्रोफेसरले बोर्डेरपारि अमेरिकाको प्रोफेसरले एती डलर कमाउछ….हाम्रो चाइ एती कम छ…कस्सो पढाएको छू भनेर भन्ने, फिलिपिन्सको इन्जिनिएरले तेही पारि जापानको इन्जिनिएरले एती पाउछा..मैले चै कस्सो येतिमा पनि काम गरिदिएको छु भन्ने, अनि टिमोरको डाक्टरले अस्ट्रेलियाको डाक्टरसंग तुलना गर्ने, जोर्डनको नागरिकले पारि साउदीमा सरकारले भटाभट पैसा बाडेको छ, वारि हाम्रो सरकारले चाही उल्टो नागरिकसंग कर लिएको छ भनेर गुनासो अनि आन्दोलन गर्ने..एस्तो गरेर होला त? आफ्नो देश अनि समाजको एथार्थसंग पन्छिएर सधै अरुसंग तुलना गर्ने अनि कर्तब्य चै बिर्सने गुनासो चाइ सधै गरिराख्ने हो भने कसले आएर गरिदिन्छा त हो बिकास नाकमुरा जी|

      • तपाई ले भनेको कुरा सित बिमति राख्दिन तर पनि कुरा साचो के हो भने प्रोफेस्सोर को तलब २० हजार हुने उनले नै पढाएका JTA /B SC पढेका हरु ले NGO /INGO मा गाथा न गुथीको काम गरेर लाखौ लाख तलब बुझ्ने परिपाटी पनि त मिलेन नि . अनि तलब कम भयो भनेर काम नगर्ने हुने कि, अझै राम्रो काम गरेर थप तलब बद्हौना सरकार सित माग गर्ने हो, जुन उनीले साझा सवाल मार्फत गरेका छन . अनि मा ब्लोग्गेर दीपक को परिचय उनको ब्लग कलियुग.कम मा पढेर चाही सार्है दङ्ग परे, उनको कलम र भावना को फरक अभिबेक्ति देखेर .

  13. यो कुरो अधिकार र कर्तब्य संग जोडिएको छ. अधिकार मात्र खोज्ने, अनि कर्त्यब्य पूरा गर्न नखोज्ने हाम्रो बानी ले गर्दा नै हामी पछि परेका छौ, त्यों राज्य पनि आकास बाट आएको होइन, येस्तई मानिस को समूह ले नै राज्य सञ्चालन गरेका छन.

  14. एउटा जटिल रोग बारेमा लेख लेख्नु भयकोमा सारै खुशी लग्यो! धेरै धेरै | धन्वाद

  15. मित्र
    लेख्न खोजे को कुरा सकारात्मक छ तर कर्णाली को कुरा गर्दा मित्र लाई अलि कम जानकारी रहे छ जस्तो लाग्यो. जुम्ला मा जुन बिजुली को कुरा गरि रहनु भा को छ तेओ सदरमुकाम मा मात्र सिमित छ. जहाँ मानिसले चाहेर पनि बत्तिको लाइन नपाई राखेको अबस्ता छ.
    अनि मुगु को कुरा गर्दा -२५ रुपैया मा एक केजी चामल को कुरा गर्नु भो- क तपाई लाई थाहा छ चामल कतै सजिलै पाउन सकिनछ भनेर. मित्र जनता ले चामल पाउने भने को बिसेस चाड पर्वमा तेओ पनि मुस्किल ले ५ केजी पाउछन दिन भरि लाइन बसेर ५-५ दिन को बाट टाडा बाट हिडेर.
    लेख मा कुनै ठाउँ लाई उल्लेख गर्नु भन्दा पहिला एक पटक राम्ररी अध्यन गरेर लेख लेक्दा रम्रो सन्देस जन्थियो कि ?

  16. यो लेख लेख्नु हुने लेखक ज्यु
    लाइ लाख लाख धन्यवाद,शाएद येती पेचिलो लेख आज सम्ममा कमै ले लेखे होलान.बिनम्र र बिशेष अनुरोध सम्पूर्ण बुज्रुग नेपालीहरुमा,यो लेख को मर्म बुझिदिनुहुनको लागि र ब्यबहारमा प्रयोग गरिदिनुहुनको लागि,स्वोयम मा आफु पनि ब्युझियें.हाल कैलिफोर्निया

  17. राज्यले शान्ती सुरक्षा मात्र दीन सकेको छैन| बाकी सबै कुरा दीएको छ राज्यले हामीलाई|

  18. नेपाली जनता लाइ जहिले पनि माग्ने बनाउने प्रयास को नतिजा हो यो
    २०४६ साल अघि सबै पंचले मुलुक बर्बाद बनाए भनेर राजनीति सिकाइयो, सरकार लाइ असहयोग गर्न पढाइयो, २०५२ पछी सरकारी संरचना भत्काउदै क्रान्ति छरियो, मिलेर काम गर्ने नेपाली परम्परा धोस्त परियो, NGO र INGO को नाम मा विकास बाडेर छर छिमेकी बीच नै पनि बारा बार को अवस्था ल्येइओ, निजि क्षेत्र लाइ अगाडी बढाउने भन्दै सरकारी सस्थान बेच्ने काम गरियो, यसरि नेपाली जनता लाइ राज्य बिरोधि कित्ता मा खडा गराउदै माग मात्र राख्ने तर आफै केहि पनि गर्न नसक्ने पंगु बनाइयो तसर्थ राज्य ले केहि गरेन भन्ने प्रदुषित मानसिकता लाइ थप मल जल नगरौ आ आफ्ना पक्ष बाट आफनै लागि केहि गरौ !!!!

  19. मैले नि यो लेख पढे कुनै कुरा राम्रा छन् तर राज्य ले समग्र देश मा गर्नु पर्ने धेरै कुरा हरु छन् त्यो गरि रहेको छैन अनि उही त हो नि “गनाउने राजनीति मा रमाउने नेता” हरुको ज्यादती ले गर्दा नै देश ले के दियको छ र ? भन्ने कुरा निस्केको हो ….मलाई नि देश ले त खासै केहि दियको छैन तर म नेपाली हु नेपालमा म जन्मे तेही नै ठुलो देन हो म माथि राज्य को अब मैले के दिय देश लाई भन्ने कुरा मा ….करिब ९ वर्ष देखि लगातार रेमिटेन्स दिई रहेको छु कहिले खाडी को बिरानी बाट त अहिले अमेरिका बाट म जस्ता लाखौ जन जन ले दियको यस्तै देन बाट राज्यले केहि आर्थिक भार धान्न सकेको छ नत्र त देश मा कुन उध्योग-धन्दा र व्यवसाय नै अग्रगति मा छ र ? बस्न र गरि खान त मलाई तेही देश मै मन छ नि … खै के गर्नु?

  20. लेख राम्रो भएर पनि अलिकति एक पाछिय छ ! मेरो बिचारमा जनताले राज्यको लागि सके सम्म राम्रो गर्नु र राज्यले केके दियो के के दिएन भनेर खोज्नु पर्छ,

  21. आदरणीय लेखक जु !

    लेख एकदम भावान्थ्मक र मन छुने किसिमको लग्यो l बास्तबमा जबसम्म हाम्रो मानसिकता र संस्कार मा परिवर्तन औउदैन यो देश लाई अमेरिका, युरोप संग तुलना गर्न असंभ नै छ जस्तो लाग्छ l यहि समाजकका प्रतिबिम्भ हुन् हामीले छनौट गरेका र गर्ने नेताहरु जो नित्ति र कार्यक्रम निर्माण मा अगाडी हुन्छन तर कार्यान्यन मा सदै पछाडी हुन्छन, जसलाई विकास भन्दा राजनीति, आम मानिसको आधारभूत आवासेकता बन्दा आफ्नै दुनो सोज्यौनै ब्यस्त हुन्छन,यीनै व्यक्तिको हातमा राज्य हुन्छ अनि दोष कसलाई दिने ????

  22. लेख सारै नै घत लाग्दो लग्यो, हामी सबैले सोच्ने बेला आयको छ
    नेपालमा यो राम्रो छैन त्यो राम्रो छैन भन्ने अनि बिदेसिन हतारिने युवा पुस्ता लाई पनि यो गतिलो जवाफ हो

  23. गाईलाई प्रशस्त मात्रामा घाँस दियो भने मात्र गाईले पनि प्रशस्त मात्रामा दुध दिन्छ , घाँस नदिएर खाली दुध मात्र खान खोज्यो भने , गाई चाडै नै खंग्र हुन्छ ,त्यस्तै राज्यलाई हामीले जति सेवा गर्यो र राज्य बलियो भने राज्यले हामीलाई नदिने केहि छैन, राज्य ले हामीलाई नदिएर , बंगाली , श्रीलंकाली हरुलाई त पक्कै पनि दिदैन होला जसो लाग्छ .. जापानी हरुले राज्य लाइ केहि दिएको थियो, राज्य संक्रमण भएको बेलामा दोस्रो बिस्व युद्द पछी, अहिले उनीहरुलाई राज्यले जे चाहिएको छ त्यहि दिइरहेको छ. कोरिया को पनि त्यस्तै छ , त्यहाको नगरिहरु ले राज्य बाट प्रसस्त मात्रामा मान समान , इज्जत पाई रहेका छन्. राज्य लाइ लुट्न खोज्यो भने यसले केहि पनि दिदैन बरु आफै समाप्त भएर जान्छ …………….. सबैलाई चेतना भया!!!!!

  24. भनेपछि यो देशको यो हबिगत हुनुमा नेपाली जनताकै दोष पो रहेछ भनेर बुझ्नु पर्ने रहेछ /देशलाई नाग्गे झार बनाएर करोडौ कर छल्ने , खरबौ भ्रस्टाचार गर्दै खुलेलम देश लै लुट्ने हरुको चाही जय गान गाउनु पर्ने भएछ / सायद अबचाही बन्छकी देश /

  25. सारै राम्रो लाग्यो यो लेख… अब हामी सबैले राज्यलाई के दिने हो भनेर आफैले आफुलाई सोध्ने बेला आइसकेको छ जस्तो लाग्छ मलाइ त !!

  26. दीपक दाजु, तपाइको साथि भएकोमा खुसि लाग्छा मलाइ एकदम! जबसम्म तपाइँ जस्तो चिन्तन भएका मान्छे छन्, तबसम्म देश असफल हुनेवाला छैन ! समय लाग्ला, तर देश पक्कै बिकास हुन्छ . यहा देश लाइ असहज परिस्थिति मा छोडेर भाग्ने हरुले यसो गर्नु पर्थ्यो उसो गर्नु पर्थ्यो भनेको सुन्दा दिक्क लाग्छ मलाइ , तपाइँ हामीले देखेको देश हाम्रै हो , साट्न मिल्दैन र भाग्न पनि . आफुले सक्दो सबै ले गर्ने हो भने धेरै दिन लाग्दैन हाम्रो देश बिकास हुन , बस यस्तै चेतना र आत्माबिस्वास जरुरि छ . एकदम राम्रो छ . :))))))))

  27. राज्य ले सबथोक दियेअको छ तर हामीलाई जति भए पनि पुग्दैन एउटा गरिब राज्य लै धनि बनाउने भनेअको राजनेता ले हो र टो चै हाम्रो राज्य ले दिन सकेन /

  28. राज्य भनेको के ? देश कि सरकार ? पहिले त यो कुरा निश्चित गर्नुपर्यो । यदि राज्य भनेको देश हो भने देशले हामीलाई दिनुपर्ने केही पनि छैन/हुँदैन; दिने त हामीले देशलाई हो । यदि राज्य भनेको सरकार हो भनेचाहिँ यो लेखमा लेखिएका केही कुराहरू मननयोग्य छन् । ‘केही’ यस अर्थमा कि अधिकांश विश्लेषण एकतर्फी छ । सरकार अनि नागरिकको एकापसको सहकार्यबाटै देश अनि नागरिक (सरकारी कर्मचारीसमेत) को जीवनशैली सुधार हुनेमात्र होइन देशको अस्तित्त्व अनि अस्मिता रक्षा सम्भव छ ।

    धनी झन् धनी हुने अनि गरीब झन् गरीब हुने अर्थ, राजनीतिक, सामाजिक व्यवस्था अनि अवस्था नटुट्ने हो भने अर्बौ‌ राजश्व कुम्ल्याउने र साँझबिहानको खाना जोहो गर्नमै आफ्नो समय र श्रम खर्चने नागरिकलाई एकै दृष्टिकोणले हेर्ने अवस्थामा सरकारमात्र होइन स्वयम् नागरिक पनि पुग्नेछ, जसरी आज दीपकजी पुग्नुभएको छ ।

  29. लेखनशैलीको हिसाबले राम्रो भएपनि ब्यबहारिक हिसाबले वाहियात लेख लाग्यो मलाई त! तपाइले भनेको जस्तो सकारात्मक सोचाई तबमात्र सम्भब हुन्छ जब मान्छेले आफ्नो आधारभूत आबस्यकताको लागि संघर्ष गर्नु पर्दैन| जुन देसमा बहुसंख्यक जनता गरिबीको रेखामुनि बाच्न बाध्य छन्, शान्ति सुरक्षाको अनुभूति पटक्कै छैन, रोजगारीको लागि ठुलो संख्यामा युबाहरु बिदेसिनु परेको छ, अनि कसरि सम्भब हुन्छ सकारात्मक सोच? जाली फटाहा नेता दिन दहाडै झुटो आस्वाशन बाडेर हिडेका मात्र होइनन रास्ट्रको सम्पति लुट्न व्यस्त छन्| दलहरु भित्र यति विसंगति छन् कि राम्रा र बिबेकशील नेताहरु माथि उठ्नै सक्दैनन्! भ्रस्ताचारिहरुको हालीमुहाली छ| यस्तो अवस्थामा पनि सकारात्मक सोच आउँन की त मानिसमा इश्वरीय अंश हुनु पर्छ नभए उ आफै पनि त्यहि धरातलमा अन्सियार हुनुपर्छ|

  30. मेरो देश नेपाल गरिब हुनुमा प्रमुख कारण सामाजिक सोचाई परिवर्तन हुन नसक्नु नै हो ,गरिब र धनि बीच को अति धेरै दुरी नै मुख्य कारण हो !!!!

  31. दिपक जी ले भन्नखोजेको र सुन्दा राम्रो लाग्छ ! अलि अलि जनचेतना बढोस भन्ने मनासये पनि छ | तर गरिबी , त्यो चराको नाम हो जुन् गुडमा बसेपछि तपाई ले अनुसासन, सामाजिक सेवा तिसबै लेख्ने अनि सुन्ने कुरा हो | अब कुरा राज्यको गरौ | राज्य अहेले तेही गाउका बाठा स्यालहरुले चल्छ | नेपाल पुरै गाउनै गाउ हो | अनि एस्मा राज्यले के दिन्छ र हामीले के दीएउ | यो सब राजनैतिक परामर्स जस्तो हो |
    १. अनुसासन, र कानुन जरुरि छ | कानुन त्यो सुन्ने होइन | सजाए दिने पनि हुनु पर्छ | अनि कसैले pipe कट्दैना |…….त्यो राज्यमा १०० वर्ष देखि अनुसासित छैन |
    २. राज्य भनेको जनता नै हो | जनता छाडा होलान भनेर कानुन बन्चन | राम्रो कानुन अध्यन ले हुन्छ | इंडियाको तलब र नेपाल को तलब फरक पारयो भने , जसलाई कम भाको छ , इंडिया जादा हुन्छ| नेपालमा education एउटा व्यपार हो | fulltime पढाउने धेरै छन् |
    ३. अनि final कुरा दिपक जी , नेपालमा यो पुरानो कुरा हो , अब एसको औसधी भनेको , गतिलो कानुन र तेस्को regulation हुनुपर्छा. तेसैले कानुन र सभिधानको लागि push पो गर्ने कि ? अनि कानुन को बारेमा लेख्ने कि ? राज्यलै pressure पो दिने कि ???

  32. अब सबै जना एक जुट भएर लागि परे मात्र नेपाल बन्छ . सबै जना लाई आफ्नो तर्क भन्दै मा ठिक्कक छ . सबै हाम्रै दोष हो आज नेताहरु लाई एस्तो बनाउने दोष पनि हाम्रै हो.

  33. जसले राज्यलाई दिए उनीहरुले केहि पाएनन- अनि भने राज्यले के दियो . ,
    जसले पाए त्यो भन्दा बढी लुट्ने ले लुटे – अनि पाउने ले भने राज्य ले के दियो .
    जसले लुटे उनीहरुले लुटेर नै लिए दिएर होइन – अनि भने राज्य ले के दियो .
    खाडीमा पसिना बगाएर जम्मा परेको सानो पोको – त्रिभुवन बिमानस्थलमा गुल्टो खेल्छ – बिचरा हरुलाई लाग्छ राज्यले दिन सक्ने भनेको पासपोर्ट हो . त्यो पनि घन्टौ लाइनमा बस्दा पनि घुस खुवाउनु पर्छ – त्यहि भएर भन्छन राज्य ले के दियो .

    दिएर मात्र हुन्न दिपक जी , दिन पनि जान्नु पर्छ . नचाहिने ठाउमा त्यतिकै दियो , चाहिनेमा वास्तै गरेन . दिनु र छर्नु मा पनि भिन्नता नै रहेछ . पशुपतिको परेवालाई छर्नु र घर को कुखुरालाई दिनु धेरै भिन्नता रहेछ . दिए भनेर छर्यो भने गारो हुने रहेछा पाउने ले बुझ्नु .
    मार्मिक लेखको लागि धन्यबाद . साचै जनता जागरुक हुने पर्छ . राज्यले के दियो भन्दा नि आफ्नो मत कसलाई दिने भन्ने मा .

  34. एकदम राम्रो लेख लेख्नु भएको छ| अरु केहि होइन, अलिकति अनुसासननैतिकता मात्र सिके पनि राज्यलाई हामीले धेरै दिन सक्छौ |

  35. नमस्कार दिपकजी,
    धेरै पछी, मेरो मतलव कर्ण शाक्यको “सोच” पछी अर्को एउटा गहकिलो सकारात्मक लेख पढ्ने मौका मिल्यो !!
    अत्ति नै यथार्थपूर्ण लेख !

  36. राज्यलाई म के दिन सक्छु

    दीपक जी,

    अति नै उपयोगी विषय उठान गर्नु भएकोमा धन्यवाद छ। यस्ता किसिमका लेखहरुबाट नै सकारात्म विचारहरुको निर्माण गर्न सकिन्छ। र राष्ट्र विकासका लागि सकारात्म विचार प्रत्येक नागरिकमा हुन आवश्यक छ पनि । यस किसिमका लेखहरु सकारात्मक विचार निर्माणका सामाग्रीहरु हुन।

    ‘राज्यले हामीलाई के दियो’ यो त्यस्तो किसिमको वाक्य हुन पुगेको छ जुन सबैले प्रयोग गर्छन। तर खासमा यो वाक्य केवल गरिब, सुबिधा विहिन र सरकार (नेता वा जन प्रतिनिधि) हरु द्वारा उपेक्षा गरिएका व्यक्तिहरुले भन्नु पर्ने हो र भन्न पाउनु पर्छ पनि। यहाँ अति आश्चर्य त के छ भने यो वाक्यको बढी प्रयोग तिनले गरिरहेका छन जसले राष्ट्रले उपलब्ध गराएको सुबिधाहरु उपभोग गरेका छन। राष्ट्रिय सम्पत्तिमा मौज मस्ती गरेका छन। सात पुस्तालाई पुग्ने सम्पत्ति जोडेका छन।

    तर समय (अरु राष्ट्रहरुले विकास गरेर हामी झन झन पछाडि परेकोले) अव त्यस्तो आएको छ कि सबैले यो भन्नु पर्ने र गंभिरता पूर्वक सोंच्नु पर्ने छ कि राज्यलाई मैले के दिएँ। राष्ट्रलाई उन्नत तुल्याउनमा मैले के योगदान, कहाँबाट, कसरी र कतिसम्म पुर्याउन सक्छु। राज्यलाई के दिन सक्छु भन्ने तिर सोँच्नु परेको छ। देश विकासमा सबै लाग्नु परेको छ।

    बी अधिकारी

  37. पहिला राज्य ले जनता को बास,गास,कपास पुरा गर्नु पर्छ,अनि बल्ल जनता संग बाट माग्नी कुरा हुछ. कर्णाली को मान्छे हरु 1wata सल्यांनपानी पनि नपाएर मान्छे मर्छ. अनि के को राज्य क को देस ?

    • यो लेखअति नै सान्दर्भिक छ तर अलि अपुग जस्तो भने लग्यो . वास्तविक रुपमा राज्य को ठुलो भूमिका हुन्छ . राज्य ले जनता को पीरमर्का बुजेर काम गर्नु पर्छा . राज्य भित्र हामी पढे लेखेका , नेताहरु र भुझाक्कड़ भनौदा हरु प्रमुख पात्र हौ. कर्णाली मात्रै किन देश का विभिन्न बिकट ठाउमा रहेका असिछित ले जहेलेनै देसको लागि गरे, देस बाट केहि मागेनन. तर हामी पढे लेखे का ले त देशकै सम्पति बाट ज्ञान आर्जन गरेउ, पैसा कमयेउ, जागिर खाएका छौ , नेता भएर मान अनि ईजत पाएका छौ तर दीपक जी ले भने जस्तो कहिलेयी देसको र देश भित्रको समस्या आफ्नो ठानेनौ.

    • अमेरिकामा मान्छेले उपचार गर्न कति खर्च गर्नु पर्छ, पढाई को लागि कति खर्च गर्नु पर्छ, हेर्ने हो भने नेपाल मा अमेरिकाको दाजोमा रत्ति भर पनि पैसा लाग्दैन येनई कुराको लागि…हाम्रो देश को आर्थिक स्रोत हेरौ, हाम्रो छेमता हेरौ , के नै छ हामीसंग, राज्यले धन्न तेती भए पनि गरिदियको छ/// राज्य भनेको सरकार मात्र होइन, जनता पनि हुन्, आफुले चाही दिनभर गफ मारेर बस्ने अनि केहि दिएन भन्ने?? कुन चाही देश मा राज्यले मात्र सबै दिएको हुन्छ?? कर्णाली कै कुरा गर्ने हो भने सौचालय बनाइदियो, त्यो भन्दा बाहिर दिसा थुप्रिएको हुन्छ, अनुदान मा चामल दियो, सबै चामल रक्सि बनाउने लाइ बेचिदियो अनि फेरी चामल पाइएन भन्यो..तेस्तै कुरा गर्ने हो भनेता काठमान्दु मा नै के छ र, विदेश मा १ लाख खायो भन्ने हरुले उनीहरुको स्तर पनि हेरे हुन्छा नि, हाम्रो देश मा ६०% जनता गरिबीको रेखा मुनि बस्छन, दिनको ५० रुपिया पनि कमौना सक्दैनन्, किनकि यो देशले ति र तेस्त विद्वान हरुले विदेश मा पढेर आउँ अनि देश लाइ सेवा गरुन भनेर ति गरिब लाइ दिन सक्ने सहयोग काटेर करौडौ पैसा तिरेर ति डाक्टर टिचर हरुलाई पडन पठाउछ…अनि तिनीहरुले देशलाई फिर्ता गर्नु पर्ने बेलामा उल्टै देशले के दियो भन्छन, यो त ऋण लिने अनि तिर्न नखोज्ने बहाना मात्र हो…. देशले तिनीहरुलाई जे दिएको छ त्यो नै आम मानिसले पाउने भन्दा धेरै माथि दिएको छ… तेस्तो कुरा गर्ने हो भने राज्य को प्रधानमन्त्री ले पनि तेही भने भै हाल्योनी, विदेश मा प्रधानमत्री को तलब करौडौ हुन्छ नेपाल मा किन ४० हजार मात्र??

    • अब मित्र कुरै नबुझी प्यार प्यार कराउने बानि रहेछ क नै भन्नु र ! मर्ने र बच्ने कुरा होइन दयित्यो कसले कति पुरा गर्यो भन्ने हो राज्य अर्काको होइन आफ्नै हो पहिले एस्लाई दिनु पर्यो अनि एसले दिन्छ/ जसरि पहिले घास खुवाएर गाइ पाल्नु पारो अनि दुध पयिंचा/ तेसैले हामीले नि केहि त गर्ने पर्ने हो खोइ क खोइ क!

    • राज्यले जनतालाई दिनु पर्छ भन्ने कुरो १००% सहि हो तर

      राज्यलाइ चाहिँ कसले दिन्छ नि ?

      आकाशवाट बर्सन्छ ?
      कि धरतीबाट उम्रन्छ ?

      हिमाली

      • जे होस् लिने-दिने कुरो जनता र राज्यको बिचमा दोहोरो हुनु पर्छ नत्र त् सन्तुलन बिग्रिएर शृंखला टुटि हाल्छ नि / अनि अहिले भएको पनि त्येही हो राज्यलाई धेरैले दिई राखेको छ र थोरैले मात्र लिई राखेको छ त्येसैले supply chain मा असन्तुलन आएर यस्तो भा हो /

  38. नेपालको सन्दर्भमा ‘राज्यले के दियो’ भन्ने सम्बादमा सरकारले के चासो राखेउ भन्ने आशय प्रकट हुन्छ ! यसलाई कमन सेन्स प्रयोग गरेर बुझ्न जरुरी ! बक्ताले आफ्नो र बिकशीत मुलुकका आफ्ना समकक्षीहरु बिचको योग्यता, अनुभब, आवश्यकता, गुणलाई सरकारले कसरी सम्बोधन गरेको छ भन्ने प्रसंगमा आफ्नो असंतुस्ताथा प्रकट गर्दा यो संबाद प्रयोग भएको हुनुपर्छ भन्ने मलाई लागेको छ ! यो सम्बतले नकारात्मक संदेश मात्र दिदैन, यसमा सकारात्मक संदेश पनि भेटिन्छ !

  39. कुरा एक दम सहि हो/ संधै राज्यले हामीलाई के दिएको छ? भनि बस्नु भन्दा आफुले राज्यलाई के गर्न सकिन्छ/ भनेर सोच्ने बेला आएको छ/ सरकार,नेताहरु को कुरा लाई अलि टाढा राखेर आफ्नो ठाउँ बाट केहि राम्रा काम गर्ने प्रयास सबै ले गर्दा केहि न केहि अबस्य हुन्छ/
    **मेरो टोल मा हफ्ता को दुइ दिन नगरपालिकाले फोहर उठाउन आउँछ र मेरो टोल बाट यौटा सानो खोला बगेर बिष्णुमति नदि पुग्छ/ एक दिन टोलको यौटा दाईले घरको फोहर प्लास्टिकको झोलामा राखेर त्यो खोलामा फलेको देखे अनि मैले त्यो दाई लाई यसरि फोहर खोलामा नाफाल्नु, नगरपालिकाको गाडी आइहाल्छ नि भन्दा त्यो दाई ले “हे!! त्यो गाडी आउँदा मा अफिसमा हुन्छु/” भनेर मलाई जवाफ दियो/ मैले त्यो बेला उ संग बादबिबाद गर्न चाहेन/ तर त्यहि दाईले एक दिन उसको घरमा पानी नआउंदा कुरै कुरा मा देश ले हामीलाई के सुबिधा दिएको छ भनेर ठुला ठुला कुरा गर्न थाल्यो** त्यो कुरा सुनेर मन मनै म सोच्न थाले, देशले दिएको सुबिधाको हामीले सदुपयोग गर्न सक्दैनौ नदिएको सुबिधा को चाही येत्रो बबाल.. साचै हाम्रो सोच एकदम साँगुरो रहेछ/**

  40. देशको कार्यकारी पदमा र पार्टीहरुको सर्बोच्च पदमा एकपटक असफल हुनेले अर्को मौका नपाउने ब्यबस्था नहुन्जेल………हामीले राज्यलाई जति दिएपनि तिनै पटके असफलहरुले लुड्या-लुड्याई वा घिचेको-घिचेई गर्छन……….हामी भने कर तिर्ने र तिनीहरुले खाएको हेर्ने र डकारेको सुन्ने, गरिरहनुको बिकल्प छैन……चेतना भया !

  41. सारै राम्रो लेख. अब हामी सबैले राज्य लै क दियुएँ र भनेर आफैले आफुलाई सोध्ने बेला आइसकेको छ.

  42. राज्यले हामीलाई के दियो ? केहि दियो, केहि लियो, कसैलाई लुटायो, कसैलाई लुट्यो | यो प्रश्न त्यति सान्दर्भिक नहोला आजको अवस्थामा किनकि राज्य संचालन गर्नेहरु पन्च देखि माओवादी सम्मको नियत एउटै देखियो- पहिला आफु टन्न पेट भर्ने अनि अरुलाई सिता छर्ने अनि नातागोता र आफ्ना मतियारहरुको मात्र राज्यमा पहुँच पुरयाउने र नैतिकता बेचेर आफ्ना चन्दा दाताहरु प्रतिको दायित्व अशुल्ने | अझ राज्यले दिएको सुविधाहरुको चरम दुरुपयोग गर्ने ताकी रातो पासपोर्ट बेच्ने देखि लिएर रातारात सभाशदहरु किन्ने पात्र अनि प्रवृति पनि देखियो | यसका अलावा गुन्डागर्दी, गुन्डा भर्ति, वन तस्करी, अपराधीलाई राजनैतिक र प्रशासनिक संरक्षण दिनेहरुकै हाली मुहाली रही रह्यो राज्य स्तरमा |
    तसर्थ अब यो प्रश्न सान्दर्भिक हुन्छ कि राज्यलाई हामीले के दियौं ताकी हामीले यस्तो पुरस्कार पाउनु पर्यो | शान्ति, संविधान, विकास त कता हो कता सास फेर्ने हावा र प्यास मेटाउने पनि बाट पनि वन्चित छौं हामी | वास्तवमा हामी नेपाली कैलै पनि नागरिक हुन सकेनौं | उनीहरुले हामीलाई रैती बनाईरहे हामीले उनीहरुलाई ‘राजा’ बनाई रह्यौं | आफुले चिनेको मन्त्रि भो भने हामी पहिला १० औंला जोडेर माग्न जान्छौं र अरु संग सान दिन्छौं | हामी लोभी मात्र हैन स्वार्थी अनि पापी पनि भयौं अर्काको भाग खोसेर खान हामीलाई मज्जा लाग्छ | हुँदा हुँदा हामीले प्रहरी प्रशासन देखि न्यायपालिका समेतलाई तहस नहस बनाउने वातावरण सिर्जना गर्न दियौं |
    त्यति मात्र हैन, हामीले उनिहरुलाई भोट दियौं तर आफ्नो भोटले जितेकाहरुको नाकमा औंला पुर्याउन सकेनौं | हाम्रै भोटले हामीले नै हार्यौं उनीहरुले जिते | त्यसैले हामीले राज्यलाई दिन त दियौं तर औषधि चाहिएको बेला विष दियौं | सन्त नेता चाहिएको बेला उदण्ड, प्रचण्ड, गुन्डा नायक दियौं | संविधान बनाउनु पर्ने बेला कानुनी, राजनैतिक र अनैतिक सभाषदहरु दियौं |
    तर, यो नागरिक स्तरबाट जस अपजस र आरोप प्रत्यारोप गर्ने भन्दा आफ्ना गल्तिहरु आफ्नै कर्मले मेटाउने बेला हो | अब हामी कुनै राजनैतिक दल या समुह हैन आफ्ना लागि आफैं एकजुट हौँ | आफ्नो घर गाउँ र टोल बनाउन आफैं लागौं | शक्तिका आडमा जथाभावी गर्ने लाई निषेध गरौँ , सामाजिक वहिष्कार गरौँ | टोल टोलका भित्ताहरुमा अपराधी र भ्रष्टहरुको नाम लेखौं उसले गरेका अपराध सहित ताम्रपात्रहरुमा | अनि नागरिक स्तरबाट नै आफ्नो गाउँ टोल बनाउन हामीलाई के को अवश्यकता छ के गर्नुपर्छ के गर्नै हुँदैन भन्ने कुराहरुमा सबलाई जागरुक गराउँ | आ-आफ्नो क्षेत्र बाट बौध्दिक , भौतिक, अनि आर्थिक सहयोग गरौँ ताकी राजनैतिक गफ , क्यारेम र तास खेल्ने समय अनि जाँड रक्सी बाट बचेको समय, धन, ज्ञान र श्रमले हाम्रो राज्य थोरै मात्रामा भए नि बन्छ कि ?

  43. रमाइलो कुरा भन्न मन लग्यो,- नैतिकता र अनुशासन हिन हरुको झुण्ड जहाँ का ९०% मानिस हरु कौवा झैँ छन् अर्थात् बाठा , हामीहरुले याद गरेका छौ कि छैनौ – जो बढी शिक्षित छु भन्छ त्यहि नै कानून उल्लङ्घन गर्ने मा अगाडी हुन्छ , म जति जान्ने बुझ्ने कोहि छैन भन्छ, पाएसम्म ठग्ने भावना बोकेको हुन्छ ! अरुलाई नैतिकताको पाठ पढौ छ अनि आफ्नु पालो मा मैले मात्र गर्नुपर्ने , अरुले पर्दैन भनेर तर्क गर्छन | हामी त्यहि नेपाली हौ , बाठो काग जसले ……..पनि खान्छ , त्यहाँ केहि हुन्न केहि आशा नाराखौ |

    नेता र राजनीति लाई दोष नदिउ किनकि नेता बनाउने हामी नै हौ र राजनीति हाम्रै वरिपरी घुमेको हुन्छा | परिवर्तन को सुरुवात आफै बाट गरौ

  44. लेख साह्रै समय सान्धर्भिक लाग्यो, साच्चिकै हामि सबैले राज्यले हामीलाई के दिएको छ र? भनेर राज्य माथि औला तेर्स्याउनुको साटो, हामीले पनि राज्यलाई के दिन सक्यौ र भनेर सोची दिएको मात्र भए पनि राज्य माथि केहि जिम्मेवारी बोध भएको रहेछ भनेर सोच्नु हुन्थ्यो,यति सम्म त स्विकार्नु नसक्ने यो राज्यका नागरिक भनाउदा तेस्रो लिंग्गीहरुले ले राज्यको लागी एउटा सिन्को भाच्छ होला भनेर के आसा गर्नु ?

  45. राज्यले हामीलाई के दिएको छ र भनेर बस्नु भन्दा राज्यलाई हामीले के दिन सक्छौ भनेर देसै भरिका युवा जागरुक हुने हो भने नेता हरुको बुद्धी फिर्थोकी !!!!! यसो गरे कसो होला !!!!

  46. A thousand miles journey starts from single step,so lets start behave from ourselves guys.Everything will be allright.

  47. सुन्दर ,देस नेपाल ले मलाई नेपाली हु भन्ने पहिचान दियको छ ,यसमा म ज्यादै खुशी छु साथै सम्पूर्ण नेपाली जनता खुशी हुनु पर्छ ,तर लाखौ नेपालीलाइ बिदेसिन बाध्य बनाउने यो सरकारको नीति पर्ति हामी दुखि छौ ,हामी सबैको यौटै चाहन हो,सुन्दर देसको सम्पन्न नागरिक बन्नु ,जय नेपाल

  48. rajya ले मलाई मेरो परिचय दियको छ म बिर नेपाली हुन् भनेर संसार मा चिनायाको छ अनि हरियो नै भयपनी पस्स्पोर्ट दियको छ बाकी भन्ने कुरा त आफ्नै पौरख ले खाने हो कसैले यहाँ केहि दिदैनन अब हाम्रा neta हरु नै जो बुढो पाको तेही बाटो हगुवा छन् त rajya लै दोस दिन पाइन्छा र? हाम्रो राज्यमा यौटा हिटलर को सारै खाचो छो अनि मात्रै यो राज्यको बिकाश हुन्छा नत्र आकासको फल आखा तरी मार भनेको जस्तै हो.

  49. हामीले राज्यलाई दिएका छौ !
    कसरि ? सास फेर्न प्रयोग गरिने हावा बाहेक सप्पै कुरा किन्नु पर्छ नि होइन र ? खान – लगाउन – बस्न – सरसफाईका कुरा – मनोरन्जनका कुरा – बिरामी हुदा
    प्रयोग गरिने अस्पताल – औसधिका कुरा सबै सबै तपाईले प्रयोग गरे बापत तपाइले सरकारलाई कर तिरिरहेको हुन्छा , त्यो नै तपाईले राज्यलाई दिएको हो ।
    राज्य अर्थात मुलुकको सरकारलाई तपाईले कर तिरिरहेको हुन्छ ।
    त्यो कर तिर्ने तरिका साईकलको पांग्रा जस्तो हुन्छ , खुद्रा किन्नेले खुद्रा रुपमा कर तिर्छा , थोक किन्नेले थोक ( ठुलो मात्रामा ) कर तिरेको हुन्छ ।
    संसारभरको राज्यमा लागू हुने यो सिस्टम हो ।
    अब यहा कोई कसैले राज्यलाई छल गरिरहेको छ ( कर नतिर्ने / भ्रस्टचार गर्ने )
    भने यस्तो स्थितिमा पहिला दोस राज्य ( सरकार अर्थात जसले मुलुक हाकिरहेको
    छ / जसको हातमा मुलुकको शासन छ ) दोस उसैलाई जान्छ ! त्यस्तालाई कानूनको डोरीले बाध्न सक्ने सबल सरकार हुन सक्नु पर्थियो !
    राज्यले के दियो भन्नुको अर्थ नै सरकारले के दियो भन्नु हो अर्थात अभिभाबक
    रुपी सरकार मुलुक र जनता प्रति कत्तिको उत्तरदायी छ भन्नु हो ——
    सबै राम हुदा हुन् त ‘रामराज्य’ हुदो हो !
    यो संसारमा हराम हरु पनि छन् — हराम हरुलाई रामको बाटोमा ल्याउने जिम्मा राज्य ( सरकार ) को हो —
    अब काठमाण्डौ – शहर फोहोरका सम्बन्धमा :
    सबै बुझ्ने हुदा हुन् त काठमाण्डौ यति फोहोर हुने
    थिएन — चुईगम – चकलेट – चाउचाउ – चना आदि इत्यादि खाए पछी प्याकेट ,
    खोल – कागज आदि लाई फाल्न ठाउँ ठाउमा ” फोहोर यहा फाल्नुस ” भनेर लेखिएको भाँडो राज्यले ( सरकारले ) ब्यबस्था गरिदिनु पर्छ त्यो तिनै चुईगम –
    चकलेट – चाउचाउ – चना आदि किनेर खाएको मान्छेले तिरेको करले —-
    राज्यले ( सरकारले ) यसरि ब्यबस्था गर्न सक्तैन ( पुग्दैन बजेटले ) भने १० प्रतिशत
    को ठाउमा १५ प्रतिशात – २० प्रतिशत हुदै ३० प्रतिशत गरोस ! मुलुकलाई आबश्यक परे ४० प्रतिशत गरोस ! तर यसरि जनताले तिरेको कर को ” सहि सदुपयोग ” गरोस राज्यले ( सरकारले ) !!!
    यसो भए जनतालाई राज्य ( सरकार रुपी अभिभाबक ) उपस्थितिको महशुस
    हुन्छा —- उसले ( जनताले ) तिरेको कर बाट बिजुली – पानि – सडक – अस्पताल –
    शिक्षालय – सुरक्ष्या – सुबिधा आदि महशुस हुन सके उसले ( जनताले ) राज्य अर्थात सरकारको गुनासो नगर्दो हो जापानको नागरिकले आफ्नो राज्य ( उसको
    सरकार ) को गुनासो नगरे झैँ —–
    कुरा क बाट शुरु हुन्छ अनि बल्ल पो ख हुदै ज्ञ सम्म पुगीन्छा त नि !
    क नै नभा पछी कताको ख कताको ज्ञ ???

  50. तपाइको पोजितीव सोचाई मलाई निकै मन पर्यो. वास्तबमा हामी सबैले आ आफ्नो chhetrabata कै न कै गर्ने पर६ अनि राज्य बाट माग्ने हो तर हामीलाई नै सोसन गरेर भुडी फुटाउने भ्रस्ताचारिको लागि कस्तो व्यवस्था हुनुपर६ त के सबैलाई समान ६ यहाँ

  51. लेख राम्रो लाग्यो। मेरो पनि साथीहरुसँग यही बिषयमा सधैं नै बिबाद हुन्छ। म अहिले जे छु त्यो सबै मेरो राज्य र समाज अनी परिवार को देन हो। राज्य ले पढ्नलाई पैसा अनी बाँच्नको लागि सबै सुबिधा नदिएपनि मेरो आफ्नो पहिचान दिएको छ जुन मेरो लागि सबैभन्दा महत्तोपूर्ण छ।
    नेपाललाई राज्य मात्र नसम्झी यो मेरो घर हो भन्ने सम्झन हामी सबैलाई निक्कै समय लाग्नेछ। पढेलेखेका अधिकासं मानिसहरु को सोंचमा परिवर्तन आउनु जरुरी छ।
    यसमा समाजको पनि ठुलो हात छ, भोलीको देशका कर्णधारहरु लाई प्रत्यक घरमा यो सिकउन जरुरी छ कि अरुको पछी नलागी स्वाभिमानी बनी कसरी बांच्न सकिन्छ भनेर।
    हामी सधैं नै अरु ले जे गर्‍यो त्यही गर्न पछी लाग्छौं। नेपालमा थुप्रै मानिसको मन भित्र यि सबै राम्रा भाबनाहरु छन् तर अरुलाई देखाउंदा अरुले खिल्ली उडाउंछन् भनेर चुप लागेर अरु को पछी लाग्छन्। तेसैले राम्रो कुराको मात्र नक्कल गर्न सिकौं। अरुको बारेमा टिप्पणी गर्न छोडौं। म के गर्न सक्छु भनेर सोचौं, ठुलो ठुलो कुर गर्न पर्दैन, सानो सानो असल काम गरौं नेपाल बिस्तारै राम्रो भएर जान्छ। अझैपनि धेरै बिदेशीहरु नेपाल र नेपालीहरु देखेर प्रबाभित छन् । सबैले भन्छन् नेपालीहरु एकदम राम्रो मान्छे हुन् भनेर तर नेपालीले नेपालीलाई किन राम्रो देख्दैनन? म अलमल्ल पर्छु।

  52. लेखक मित्र, लेखमा लेखिएको झैँ, हो, अबश्य पनि हामी आफैमा धेरै कमजोरीहरु छन् | तिनीहरुलाई हामी सबैले सच्याउनु पर्छ | तर नर्वे, डेनमार्क पनि के हाम्रो देशमा भएका जस्ता औठा छाप, प्लान, भिजन नभएका नेताहरुले गर्दा आजको स्थिति सम्म आएको हो त ? पक्कै होइन | तेसैले मित्र, लेख अलि एकोहोरो देखियो, देश विकास गर्न शिक्षित नेताहरु चाहियो, दुई दशक देखि असफल भएका असक्षम नेताहरु बाट राज्यको भलो हुदैन, संबिधान, चुनाबमा घटीमा स्नातक उतिर्ण नेतालाई उम्मेदवार बनाउने आवाज उठाओं, तेस्लाई कार्यान्वन गर्न दवाब दिऔ | राज्यलाई हामीले कर दिएका छौ, तेस्को सहि सदुपयोग राज्यले गर्न जान्नु पर्छ | जनतालाई कार्यकर्ता हैन सचेत नागरिक बनाउन जान्नु पर्छ र हामी आफै पनि बिकसित देशहरुको जस्तै सचेत नागरिक बन्न सिक्नुपर्छ |

  53. ये तपाई त बिजुली,पानि , सडक , दैनिक जीवन का समान हरु प्रयोग नै न गरि तेस्मा लगनी कर तिर्नु हुदो रहेछ , मैले त आज सम्म कैले तेस्तो देखेको छैन , भंये पछि हरेक महिना ५० हजार नेपाली जागिर पाउदा पाउदै अनि जागर नै न भएर बिदिसियेका रहेछन , हामी नेपाली ले राज्य को क्षमता नभएर सुभिदा नपाएको हौ कि राज्य मा भ्रस्टाचार , कुसाशन भएर हो , यो कुरा मा कल्ले विचार गर्नी होला , हो विदेश मा स्वास्थ्य सुबिधा लिनका लागि भनेर पहिल्ये जनताबाट कानूनी रुपमा कर असुलिएको हुन्छ, तेही पैसाबाट राज्यले स्वास्थोपचार गरिदिने हो,तर तपाई ले कर तिर्नु भाको छैन अनि बेरामी हुनु भए के तपाई को उपचार नै न गर्नी त ? तेस्तो त मानिबिये हिसाब ले पनि त राम्रो देखिएन नि , मैले पनि तेस्तो त आज सम्म यो बिदेस मा बसेर देखेको छैन ..

  54. म त गर्ब क साथ भन्छु , राज्य ले मलाई धेरै दिएको छ , अनि मैले पनि विदेशमा श्रम गरेर राज्येलाई सकेजति दिएको छु .

  55. आज को मुख्य आबसेकता भनेको सम्पूर्ण जनता लाइ बिकाश को मूल प्रबाह मा आउन को लागि प्रेरणा दिने भन्ने कुरा हो . आज धेरै नेपाली हरु विदेश मा काम गर्ने पदने भएको ले धेरैलाई त नागरिक जिम्मेवारी को बारेमा आबस्सेनै थाहा होला तर पनि नेपालका धेरै मानिसहरुलाई आफ्नो जिम्मेवारी थाहा पनि छैन . सबैभन्दा पहिलो कुरा कसरि समग्र देश को विकास गर्न सकिन्छ भनेर जनचेतना गराउनु आज को मुख्य आबसेकता हो . हाम्रा नेता हरु ले भासन गर्दा यो गर्दिन्छु , त्यो गर्दिन्छु भनेर भासन गर्छन तर हामी सबै मिलेर यो यो कम गर्न सक्छौ भनेर कहिले भन्दैनन् , उनीहरु को भासन गर्ने कला ले गर्दा हामी सबैलाई परजीबी बनाइदिएको छ.
    सबैभन्दा पहिलो कुरा कसरि जनचेतना जगाउने भन्ने हो तेस्को लागि हमीले ४० वर्ष अगाडी को कोरिया को वास्तविक चित्रण गरेर सिनेमा बनाउन सक्छौ . त्यो time मा ठह क जनता र नेताले गरेका कम र कर्तब्य हरु को बारेमा चित्रण गर्न सक्छौ . आज को चीन कसरि बन्यो भनेर अनि चीन का जनता कसरि दिन रात कम गरिरहेका छन् भनेर सबै नेपाली जनता लाई देखौना सक्छौ तेसो गर्दा बिदेसिनी युवाहरुलाई पनि प्रेरणा मिल्दो हो . सम्पूरण नेपाली को दिमाग मा मात्रै बिकासको नारा हाल्न को लागि राज्येले धेरै कुरा गर्न सक्छ. सम्पूर्ण पत्रपत्रिका हरु ले राजनीति भन्दा बिकाश का कम लाई प्राथमिकता दिनु धेरै नै राम्रो हुन्छ . बिधालय हरु मा देश को बिकाश लाई मूल नारा को रुप मा पाठ्य पुस्तक मा राख्नु पर्छ.
    एदी government मान्छे को मन मा positive atttitude मात्रै develop गर्दिने हो भने धेरै कुरा नेपाली जनता आफैले गर्नेचन.

  56. राज्यले हामीलाई केहि गर्न सक्ने बनाउन पैले हामीले राज्यलाई बनाउन पर्यो नि/ अन्यथा राज्यनै बलियो हुदैन र राज्यले हामीलाई केहि गर्न सक्दैन/

  57. दीपक भट्टराई जी, तपाई ले लेख्नु भयको कुराहरु अहे ले को परिस्थिति मा नाकै चलन चल्ती को कुरा हरु हुन् | यहाँ हाम्रो देश मा नेपाल को ढुकुटी बाट पदने एस्त धेरै विद्वान साब हरु छन् जो देश ले गरे को एती ठुलो सहयोग को बदला केही गरु भन्नु को साटो पदी सके को ठिक भोलि देखि नै आफुलाई कसले पाडाको हो बिर्सन छन् | एस्त मान्छे हरु देश का कलङ्क हरु हुन् |

    एस्तालाई देश ले चै सोधने छ एक दिन, ” तिमीहरु ले चै के देयौ त आफ्नो मातृभूमि लाई र देश ले के दिएको छ भनेर प्रश्न गर्छौ?”

  58. भावनात्मक कुरा गर्दा मैले राज्य लाई केहि देको छैन,बास्तविक कुरा गर्दा राज्य ले मलाई केहि देको छैन..जुम्ला र मुस्तांग को स्याउ को लागि बाटो नदिनु नै तेहा को मानिस लाई केहि नदिनु हो. प्रतेक देश बासि हरु मा कर्तब्य बोध को शिक्षा नदिनु नै राज्य ले हर नेपाली लाई केहि नदिनु हो..यो प्रकृति ले देको भू-देश को भरपुर उपयोग गर्ने बाताबरण नदिनु नै देश को उच्च पद मा रहेका र प्रशासनिक- देश ले केहि नदेको सरह हो….हो मानिन्छ प्रतेक नेपाली ले देश लाइ केहि देको नहोला दिन को लागि बाताबरण पनि त हुनु पर्यो नि? कुनै ठाउँ को बिकाश गर्छु, नया कुरा गर्छु भन्दा देश बाट नै तेस को परिक्षण मा रोक लागको हामी ले नै देखेको छौ.कति ले जहाज बनाए सोलार कार बनाए खोइ राज्य ले तिनीहरु लाइ हेरेको..देश को रक्षा र देश लाई हसाउनु नै मुक्य कुरा हो फेरी पनि यी सब भन्ने कुरा हुन तेस्को पछी हरेक बेक्ती को आफ्नो निजि र आसातित मन हुन्छ.फेरी पनि यो मन त मेरो नेपाली हो.जय नेपाल.

  59. Article suggest one to be positive, be dutiful. Effort is appreciable. But it seems as not being analytical but one sided article. Major thing as mentioned by one friend below, needs to maintain the rule of law in country. If the tax paid by you, goes to pocket of some corrupt person, how can u be satisfied? Extreme corrupt person have not come under law, but can easily escape. That we all know. What can a normal people do to catch corrupt person like Rubel Chaudhary?

    The voice of the Dean and Doctor as u mentioned, have some meaning. I know many students of the Dean u mentioned are in advanced countries and earning good sum of money, and definitely can have better life even after returning Nepal. One general officer of Nepal earn around Rs.15000 (before increasing salary). How can he maintain his nomal life if he would like take all available facilities in Urban area? In our case, generally one person need to support whole family. So, how can one expert, Ph.D. holder be satisfied with around Rs. 20,000/month? Let’s ignore meeting or other allowances of few high class staffs. If the same person goes in NGO, how much more can he earn? Though living in Nepal, how much is earned by one person working for BBC? Can someone become transparent? If someone comments that the proffessor is really incapable to jump else, he is just fool. Just going ideal everywhere doesn’t prove good. If one honest expert person should work under junior, less capable person then disappointment arises there. Then, every honest person who wants to remain and work under good system, start to imagine visiting abroad than struggling here, but again he doesn’t worry about the type of work to be done in foreign country.
    Many of u might have listened about the investment and subsidies given for agriculture in advanced country, but what the Nepal government has given there? Is it necessary to distribute money in the name of martyr if the country is running in high economic crisis? What can a normal man do to stop such wrong policies or attitude of government? Nothing much!

  60. नेपालीहरु आफैले आफ्नै जिउमा किरा हिडेको नदेखेर अरुको भाग मात्र देखर आफैले दुखः पाको कहिले बुझ्ने होला धेर पढेर बुझ्ने भयकाहरु को त यो हालत छ भने नपढी कनै नेता बन्ने हरुले गर्दा गरिब जनता ले सधै दुखः भोग्नु परेको छ

  61. मैले पनि राज्य लाई केहि दिन सकेको छैन

  62. धेरै मर्मस्पर्शी लाग्यो दिपक जी को लेख , राज्यले के दियो हैन अब हामी के दिन सक्छौं भन्ने तिर युवा पुस्ताको ध्यान खिच्नु जरुरी छ । त्यसका लागि आजैवाट केही प्रयासहरु थालौं ।

  63. दिपक जी तपाईंको लेख साह्रै राम्रो लाग्यो,साच्चैनै तपाइंले भनेझै हामीले हाम्रो दायित्य यति सम्म भुलेका छौं कि,हरेक काम राज्यलेनै गरिदिनुपर्छ भन्ने सोच्छौ। राज्यले त बाटो बनाइदिने हो त्यो बाटोमा चल्न सिक्नुपर्छ ।तर यस्तो भन्दा राज्यले गर्ने काम सबै गरेको छ भन्ने पनि हैन ।राज्यले थोत्रा आस्वासन बाहेक केहि पनि दिएको छैन । ति आस्वासन पुरा नभएकोले गर्दा राज्यले केहि दिएको छैन भन्नु स्वबभिक पनि हो ।


  64. *************************

    हामी नेपालीमा अनुशासनको कमी छ।

    आफु अनुशासित हौँ, देश र समाज आँफै बन्छ

    *************************

  65. के गर्नु भनेर मात्र. गर्ने बेलामा त्यै नेपाली पारा झल्की हाल्ल्छा
    उद्धाहरण को लागि : अरु बिकशित मुलुकमा जस्तै अस्ट्रेलियामा पनि Recycle र Non-Recycle फोहर फाल्नको लागि फरक फरक Container को व्यवस्था हुन्छा. तर के गर्नु आदत से मजबूर हाम्रा नेपाली दाजु भाइहरु तेत्ति Recycle र Non-Recycle फोहर छुट्टा छुट्टै Container मा फाल्न पनि अल्छि मान्छन. उनिहरुकै कुरा सुन्यो भन्यो नेपाल उस्तो नेपाल एस्तो बाहेक कुरा नै हुदैन. मेरो विचार मा नेपाल बिग्रेको येस्तई मान्छे ले गर्दा नै हो. यस्ता मान्छेलाइ के भन्ने? नेपाल त बिगार्यो अब विदेश पनि बिस्तारै बिगार्छन यस्ता मान्छेहरुले .

    आफुले जाबो आफ्नै घरको फोहोर नछुत्त्त्युने अनि देश एस्तो भयो उस्तो भयो भन्ने यस्ता महा मुर्ख मान्छेहरु नेपालमा ९९% छन्. अनि कसरि हुन्छा देश बिकाश.

  66. राज्य भनेको अामा जस्तै हो । अामासंग भए हामीले नपाउने कुरै छैन । अामा भनेको अामाहो । हामी थोरै कर तिर्नेले खुरूखुरू तिर्छैा तर धेरै कर तिर्न पर्नेले ठग्छन् । दाइले घर हेरेनन् भनेर हामीले पनि बेवास्ता गर्न हुन्छ र ? राज्यले सके जति गरेको छ । राज्यलाइ सम्पन्न बनाए पछि त्यही मात्र एउटा स्रोत हो जसले नहुनेलाइ पनि दिन्छ । राज्यको अाफ्नो भनेकै बहुसंख्यक अभावमा रहेकाहरू हुन । खेति गर्दा रोग किरा लाग्छ, त्यसो भने खेति नै गर्न छोड्नु बुध्दिमानी ठहरिदैन । ती रोगकिरा पन्छाएर कसरी वाली भित्र्याउने प्रबुध्द मित्रहरूले सोच्ने कुरा हो । राज्य प्रति हामी ऋणी छैा र कृतज्ञ हुनुपर्छ ।
    हामीले अाफुले पाएको उपलब्धीमा मसिनो ढंगले केलाएर हेर्ने हो भने राज्यको योगदान कति हो कति हुन्छ । बस त्यो हेर्ने अन्तरचक्षु (अंाखा) को अाबश्यता छ ।

  67. हाम्रो जिम्मेवारी को घेरा साघुरो छ. हामी आफ्नो र आफ्नो घरभित्रको मान्छेको बारेमा मात्र सोच्छौ. हरेक नेपालीले आ-आफ्नो स्थानबाट गाउँ, समाज र देशप्रतिको जिम्मेवारी बोध गरेर काम गर्नुपर्छ. मै खाउ मै लाउ, सुख सयल मै गरु भन्ने भावना हाबी छ. आफ्नो समाज प्रतिको जिम्मेवारीको चेतना प्रज्वलन गर्न जरुरि छ. कुनै व्यक्ति वा समाजले गरेको सामाजिक कामको सर्हाना र प्रचार पनि हुनु पर्छ जसले गर्दा अरुलाई पनि हौसला मिलोस्.

  68. जोहन ओफ keneddy को भनाइ याद आयो ” नसोध देश ले तिमीलाई के दियो सोध देश लाई तिमीले के दियोउ” बास्तबमा भनाइ निक्कै
    मार्मिक छ हामी ले के बुझ्नु जरुरि छ भने हामी हरु आफ्नो बारेमा बढी र देशको बारेमा कम सोच्ने गर्चोउ, देख्ने ले र बुझ्ने ले पल पल बग्ने पानीमा पनि
    एक पछि अर्को भिन्नता देख्छ हामी हरु हात मा पचासोउ घडी फेर्दा पनि समय
    उही देख्चोउ आफ्नै घर तोडफोड गरि आगो LAGAUCHOU ढुंगा हानी तोडफोड गर्छौ बन्दुक बोकी हजारौको ज्यान नस्ट गर्दै देशको ढुकुटी नस्ट गर्चोउ अनि फेरी BHANCHOU देश ले हामी लाई के दियो? हे मित्र हरु हो देशले हामी लाई जन्म दियो देश बनाउने काम त हाम्रो हो,हामी गरिब CHOU किनकि हाम्रो भौगोलिक इस्थिती राम्रो छैन पुराना राजा महाराजा हरु कसले ठुलो घण्टा र मुर्ति बनाउने भन्ने परतिस्पर्धा मा भूले अनि अहिलेका हरु भ्रस्टचार मा रमे अनि देशको मुख छोपी सास फेर्न नदिए पछि देशले पो के दिँदो रहेछ र?
    लोक सिग्देल
    NEWYORK QUEENS

  69. प्रस्न के दियो होएन …..राज्य नेत्रितो ले के बेबस्था गर्न सक्यो हो…जनता कुनै पनि देशमा आफै कर तिर्न जादैनन ….संसारमा महापुरुष को कमि छ….तेसै ले यो सब गफ हो…..नेपाली चिया पसल को गफ…..तेसैले नेपाली पोलिटिकल लीदेर्शिप ले उचित कानुन र तेस्को पालना नगरे सम्म एक दुई जना महाबिर पुन हरुले देश आम जनता को विचार पनि परिबर्तन हुदैन र बिकाश पनि हुदैन …

  70. हामी हाम्रो अधिकार को कुरा गर्नु भन्दा पहिले हाम्रो कर्तब्य के हो भन्ने पनि बुझ्नु जरुरि छ, हामी सबै अनुशासित भए देश नै अनुशासित हुने थियो, अति राम्रो लेख लाग्यो, बास्तव मा प्रेरणा दायी लेख छ लेखक हजुर लाई धन्यवाद………….

  71. कुरा मर्मस्पर्शि नै छ कतिपयको दृष्टिमा यो कुरा सही नै देखिन्छ । राज्यले जनतालाइ दिने हो लिने होइन । त्यस्तै जनताले पनि राज्यबाट लिने होइन दिने हो । अव कस्ले दिने र लिने भन्ने प्रश्नमा राज्यले कानुन बमोजिम लिएर कार्यक्रम तथा बजेट अनुरुप दिने हो बजेट पनि जनताको सर्वाङिगन विकासको लागि हुनु पर्ने हो l तर् यहाँ जनताको नाममा राजनैतिक नेताहरु र आसेपासेहरुल नै बजेटको धेरै भाग खान्छ भने बचेको केहि रकम पनि कर्मचारीहरले कागजात मिलाएर खान्छ । जनतामा पुग्ने भनेको १०/१२ प्रतिशतमा हो यहीं भएर समस्या भउको हो । जव केहि नगर्ने राजनैतिक ब्यक्तिले केहि वर्षमा नै आलिसान महल खडा गर्छ, तव अरुलाइ देश प्रति त्यति भक्ति भाव पैदा हुंदैन र आफ्नो कतृब्य विस्रन पुग्छ । हाम्रो काम बेइमानी पूर्वक गरेका कार्यहरु जुन जोसुकैले गरेको किन नहोस् लाइ नंग्यइदिनु पर्छ र समाजमा चेतना फैलाइदिनु पर्छ ।

    • अत्यन्त समसामयिक लेख दीपक जी
      हामि नेपाली नै होउ, ” दिन बिताउन गाह्रो भयो तास खेलौ” भन्ने, झरी को दिन “आज मौसम ले च्यालेन्ज गरेको छ, एक दुइ बोत्तल लडाउ” भन्ने अनि केरा खाएर बोक्रा
      किन दस्त्बिं मा फाल्ने, उ त्यहाँ पत्र मन्जुषा छ नि तेसै मा फालौ भन्ने. केहि महिना पहिले कान्तिपुर मा मैले अरब को मरुभूमि मा गधा जोत्दै गरेको मेरै गाउ को भाइ को फोटो देखे, आश्चर्य लाग्यो, उनि गाउ मा प्रशस्त जग्गा जमिन भएका मानिस हुन् र उनि नेपाल मा हुदा सम्म एक सिन्को पनि भाच्ने गर्ठेनन, शायद उनको घर बारी पनि अहिले बाझै होला, अहिले आफ्नो एक रोपनी घरबारी मा तरकारी लगाउने मात्रै हो भने पनि महिना को २०००० आम्दानी सजिलै हुन्छ, तर ति सबै कुरा लाइ छाडेर, अत्यन्त निर्दयी अरबियन को मरुभूमि मा गधा जोत्ने बाध्यता के थियो होला? अनि त्यो बापत को आम्दानी मात्र १०-१५ हजार रुपैया? आफ्नो मालिक आफै बन्न छाडेर अरु को दास बन्न रुचाउने मानसिकता नै सबै भन्दा बढी दोषी होइन र? अनि अर्को कुरा बिदेशी हरु जस्तै यूरोपियन वा अमेरिकन हरु ११ महिना काम मा खत्दछं र एक महिना छुट्टी मनाउने क्रम मा रमाइलो गर्दछन तर हामि नेपाली हरु भने उनि हरु को ११ महिना बिर्सिएर छुटी को एक महिना मात्रै देख्दछु र तेसै लाइ अनुकरण गर्न खोज्दछु. तेसकारण नेपाल मा सबै भन्दा पहिला नेपाली जनता ले आफ्नो मानसिकता लाइ बदल्ने पर्दछ,

    • भोको पेट र भर्ष्ट देश मा देश भक्ति जन्मिन्दैन …तलब थोरै दिनु र महागी कन्ट्रोल न गर्नु भनेको भ्रस्टाचार गर बन्नु हो….तसैले क्लिनिक, भन्सार र मालपोत बाहेक तलब ले बच्नु पर्ने हरु विदेश पलायन हुदैन छन् …कुरो ठुलो गरेर मात्रै भएयन..

  72. परिबर्तन आफै बाट थाल्नु पर्छ………… लक्ष्य मा अबस्य पुगिन्छ………… सबभन्दा पहिलो कुरा ठुला भनौदा हरुले हामीलाई देशले के दियो भन्दा नि हामीले क दियौ भनेर सोच्नु पर्छ………..

  73. दीपक जी”तपाइले बुझ्नु पर्ने कुरा के हो भने जनताको प्रस्न “राज्यले बयाक्तिगत रुपमा के दियो भन्दा पनि समाजलाई रुपमा राज्यले के दियो भन्ने हो/ एक जनाले मासिक १००० रुपिया पायो भन्दैमा राज्यले “जनतालाई” केहि दियो भन्न मिल्दैन/ जनताले चाहेको कुरा दियो भने मात्र केहि दियो भन्न मिल्छ, ” हो तपाइले उल्लेख गर्नु भएका व्यक्ति असल नागरिक होइनन, र देश बिकासको मामलामा हामी जनता हरुको नै सबभन्दा ठुलो जिम्बेवारी छ,यो कुरामा सायद लगभग सबै जना को सहमति होला/ तर त्यो भन्दैमा राज्यलाई सामान्य नागरिकले सोधेको प्रस्न ” राज्यले हामीलाई के दियो ” जायज होइन भन्न मिल्दैन/

  74. नेपाली हरु लाइ “social Responsibility ” भन्ने नै छैन . so government should make the list of “Social Responsibility” for nepali people and make video broadcast in television radio. should include in study book. strict law etc there should be also one mantralaya for this. then only our country will will start developing.

  75. दिपकजी,
    लेख लेखकीय हिसावले त गज्जव लाग्यो । विषयवस्तु र शब्द छनौटका हिसावले पनि पठनीय नै छ । तर लेख, लेखका लागि र २/४ जना पाठकको प्रसंसा बटुल्नका लागि मात्रै लेखिएको भान भयो । खयर सकारात्मक सोंचको विकासका लागि पनि लेख लेखिएको हुन सक्छ ।
    तर वास्तविक धरातलमा उभिने हो भने तपाइँपनि ‘उहीं ड्याङको मूला’ हुन लाग्नुभयो जस्तो छ । व्यक्तिगत रुपमा भन्दा तपाई समाजको अगुवा, जान्ने बुझ्ने र पढेलेखेको मानिस । उसमाथि अझ तपाइँ प्रखर पत्रकार । सालाखाला नेपाली पत्रकारहरु भन्दा एक तह माथिको पत्रकार । पत्रकारहरु जहिल्यै सरकार वा राज्यका लागि प्रतिपक्षजस्तै भएर उभिनुपर्दछ । किनकी पत्रकारिता आमनागरिकको आँखा हो । पत्रकारले आफ्नो धर्म निभाउँदै राज्यलाई सहि मार्गमा हिँड्न अभिप्रेरित गर्नुपर्दछ ।
    अव तपाइँजस्तो प्रखर मानिस देशको विगत र वर्तमानसँग साह्रै नजिकबाट उठबस गरिरहनुभएको मानिसले त यसरी हाम्रा नेताहरुलाई ‘बाँदरलाई लिस्नु’ लगाएजस्तै गरेर अभिमत राख्न थाल्नुभएपछि देशको हविगत के होला ?
    निसन्देश आम नागरिकका देशप्रति अनगिन्ती दायित्वहरु छन्, देशको नागरिक भएपछि दायित्वबाट कदापी पन्छिन मिल्दैन । देशबाट केही लिनेले देशका लागि केही दिनुपर्दछ । तपाइँ आफै भन्नुहोस बिहान बेलुका एक छाक भातको माँड हाल्नसम्म नसक्ने जनताले अव देशका लागि के गर्नुपर् यो ? तपाइँको जस्तै भावनामा बगेर देशका लागि केही गर्छु भन्दै हिँडेर बेलुका भाँडामा चामल कसले हालिदिन्छ अनि बालबच्चा कसले पालिदिन्छ ।
    कुनै पनि देशले आम नागरिकलाई देशका लागि केही दिन वा गर्न भनिरहनु पर्दैन । देशलाई सही मार्ग पद्धति र संस्कारमा लाने वित्तिकै देशप्रति नागरिक आफै वफादार हुन्छन् । आफ्ना आधारभूत कुराहरु पूरा भएपछि नागरिकलाई देशप्रतिको दायित्व आफसेआफ चेत हुन्छ ।
    तपाइँ आफै सहकर्मीहरुलाई हेर्नुहोस । नेपाली पत्रकारिताको अवस्था । भलै तपाइँ बीबीसीमा काम गरेर सरदर नेपाली पत्रकारहरुले भन्दा बढी आम्दानी गर्नुहोला । तर नेपाली पत्रकारहरुको अवस्था दयनीय छ । नागरिकलाई सही सूचना दिने पत्रकारहरु आज देशकै सबैभन्दा ठूलो प्रशासनीक क्षेत्र छिसंहदरबार छिर्नबाट समेत रोकिएका छन् । के देशको दायित्व यहीं हो ? के राज्यको काम जनताको सूचनाको हकमाथिको हनन् भ्रष्टाचार मानवअधिकार हनन घुसखोरी गर्दै बस्ने हो ?
    देशमा सही आर्थिक समाजिक नीति युवा नीति रोजगारी शुलभ स्वास्थ्योपचार विकासलगायका सम्मुनतीको बाटो अवलम्बन गरेर अघि बढ्यो भने र हाम्रा नेताहरु हामीले तिरेको करको पैसाबाट सुडान घोटला आयल र बायुसेवा निगममा भ्रष्टाचार नगरी अघि बढ्ने र देशको सही मार्गमा हिँडाउने हो भने जनता अफसेआफ देशका लागि दिन आउँछन् । देशका लागि मर्न र बाँच्न सदैव तयार हुन्छन् ।

    • तपाईं फेरी चक्र मा घुम्न थालनु भयो। संसारमा कुन चाँही देशको जनता एक्कै चोटि सुखी र सम्पन्न भएका छन? नेपालमा पक्कै पनि धनी र गरीबको खाडल एकदम ठुलो छ, त्यो त संसार को प्राय जसो सबै देशको कथा हो। अब तपाईं भन्नु होला उनिहरुलाई न्युनतम सुबिधा छ तर म भन्छु त्यो सुबिधा अन्य नागरिकले धेरै मद्दत् गरेबापत प्राप्त भएको हो। सबैमा एउटा आत्म बोध छ कि मैले कमाउने पैसाको केही अंश अरुको मद्घत को लागि खर्च गर्नु पर्छ भनेर। तेस्तै अधिकांश नागरिकमा यो पनि आत्मबोध छ कि आफ्नो लागि आँफैले केही गर्नु पर्छ भनेर, कोही पनि सरकार र राज्य को मुख ताकेर बस्दैन। उनिहरुलाई राम्ररी थाहा छ कि यदि मलाई केही चाहिन्छ भने मैले केही गर्नु पर्छ। जुन कुरा को कमी हामीहरुमा छ किनभने हामी सानो बेला देखी नै यही सिक्दै आयोउन। प्राय जसो आमा बुवाले आफ्नो लागि सबै कुरा आँफैले गर्नु पर्छ भन्ने तर्फ सिकाउन सक्नु भएन।
      यस्ता धेरै कुरा छन् तर अब हामीले जसरी हुन्छ यो देश लाई राम्रो बनाउन यस्तै बिभिन्न माध्यम बाट कसलाई कसरी घच्घच्याउन सकिन्छ भनेर पो सोच्ने हो कि? उन्नत देशको सक्ष्यम नागरिकमा देखिने उत्तम व्यबहार यो हो कि उनिहरु कसैको पनि नराम्रो कुरा गरेर आफ्नो टाउको दुखाउंदैनन्

  76. साथी हो, राज्य भनेको कुनै एक ब्यक्ति जस्तो हैन । मन लागेकालाई केहि दिउँ र मन नलागेकालाई केहि पनि नदिउँ भन्ने । राज्य त तपाई हाम्रो प्रतिरूप हो, तपाई हामी अधिकाँस कस्ता छौँ राज्य पनि त्यस्तै हुन्छ । फुर्सद हुञ्जेल अरूका लेख पढ्ने, कुरा सुन्ने, भाषण सुन्ने, ब्यवहार हेर्ने अनि तुरुन्त जाइ लागि हाल्ने, सोच्दै नसोचि अधिकांसको विरोध गर्ने अनि म भए यसो गर्थे, त्यसो गर्थे भन्ने ठुला र आदर्शका कुरा मात्र गर्ने (हुन त सबै भन्दा सजिलो काम यहि होला हैन ????) । बरू यसको सट्टा म पनि राज्यको एक अंग हुँ, म यसदेशका जनताहरूमध्ये सोचाइ र चेतनाका हिसावमा ‌औसत भन्दा माथिछु भनेर कम चेतना भएकालाई सम्झाउने तथा सकारात्मक सोचको विकास गर्न सुरू गरेमा राम्रो हुन्छ होला । राज्यवाट केहि लिनु अगाडी दिनको लागि सोच्नेहो कि ? आफुचाहि केहि नदिने अनि लिनमात्र खोज्ने ? बरू दिनलाई पैसा या सुविधा नै चाहिन्छ भन्ने छैन । सोझा सिधालाई चेतना दिने, राज्य प्रति सम्मान जनाउने, सामुहिक सम्पत्तिको सुरक्षा र सदुपयोग गर्ने तथा राष्ट्रिय भावना जगाउने खालका काम गर्न थालेमा त्योनै उपयुक्त हुन्छ होला । हामी जत्तिका मानिसले २/४ जनालाई मात्र यस्तो काममा जागरूक गरायौ भने केहि वर्ष पछि समाजमा केहि परिवर्तन देखिएला कि, अनि वल्ल राज्यवाट केहि आशा गर्ने दिन आउलान् कि …… नत्र भने त गफ चुट्यो वस्यो आखिर सबै भन्दा सजिलो काम पनि यहि होला हैन त ??????

  77. राम्रो लेख छ दीपक जी , बास्तबमा नै देश कसले बनाउने नेता ले कि जनताले ? मलाई त जनताले जस्तो लाग्छ , अरु साथि हरु के भन्नु हुन्छ कुन्नि /

  78. नेपाल लाई केही पनि दिन सकिये को छैन नेपाल ले पनि केही दिए को छैन
    दिए को छ त मात्र कुनै ले सोध्यो भने तेरो देस के भन्दा नेपाल भनेर
    भन्न पाइए को छ अहिले त बिस्वा माँ नेपाल गरीबी को पहिलो नंबर
    मा आउन थाली सक्यो त्येही एउटा देस नेपाल हो भनेर भन्न पनि
    गारो पर्ला जस्तो भई सक्यो

  79. कति राम्रो बिचारपूर्ण लेख ! नया नेपाल तेसै बन्दैन, प्रचण्ड वा बाबुरामले मात्र कोशिश गरेर बनाउन सकिने कुरा पनि होइन!
    राज्यसंग धेरै लिइ सकियो अब राज्यलाइ दिने बेला पो हो….
    मेरो त चेतना भो, हजुरको?

  80. लेजिस्लेटरहरुले आफ्नो स्वार्थ पूर्ति गर्ने खालको नियम, कानून, नीति, बनाएका छन, बनाऊछन, जसमा हुने खाने, साम्भ्रन्ता बर्ग, शोसक, सामान्ती, भ्रस्टाचारी, देशद्रोही, कर मारा, कालो बेपारी, दुइनम्बरि धंदा गर्ने, असामाजिक, अनैतिक कार्य गर्नेको हितमा बनेको नियम, कानून, नीति ले सबैको भलो चाहने देश भक्त स्वबिमानी, मेहनती, नागरिक हरुलाई पुरस्कारको सट्टा दण्ड सजाय बाहेक के दिन सक्छा?

  81. राज्य ले के दियो भन्दा नि हामी ले राज्य लै अहिले सम्म के देको छौ र
    जोसले नि देश को नेता प्रसासन लाइ मात्र दोष दिएको देक्छु आफ्नो तर्फा बाट कसले के गरेको छौ र हाम्रो देश विकास र अगाडी बदन को लागि

    चुनाब आयो त्यही नेता को पछि लगेर पैसा को पछि लगेर भोट दिने, अनि हाम्रो एक भोट ले के हुन्छ भनेर भोट नै दिन नजाने हामी नै हौ अब हामी ले त्यो समय मा आफ्नो बिबेक लगाएर भोलि के हुन्छ भनेर सोच्ने हामी नै हौ क्यारे

    कुनै सार्वजनिक ठाउँमा बिहान भै सक्दा नि बत्ति बलेको देखेर पनि , कुनै सार्वजनिक ठाउँ मा धारा को पानि खोला झैँ बगे पनि देखे नि नदेखे जस्तो गरि हिड्ने हामी नै हौ क्यारे

    आफ्नो कुनै काम गराउनु पर्यो भने सुटुक्क हाकिम लै आफै ले हुन्छ कि अरु मान्छे लाइ लगाएर हुन्छ काम मिलौना पर्यो दाम रेडी छ भनेर कुरा अगाडी बदौने हामी नै हौ क्यारे

    घर मा ग्यास ,पेट्रोल को अभाव हुदा कालो बजारी बाट सुटुक्क किनेर स्टाक राख्ने हामी नै हौ क्यारे

    छोरा छोरि लाइ सरकारी सरकारी बिद्यालय मा पठायो भने बिग्रन्छ सरकारी बिद्यालय त , निम्न वर्ग को छोरा छोरि मात्र पदने बिद्यालय हो भनेर छोरा छोरि लै महँगो बिद्यालय मा भर्ना गर्ने हामी नै हौ क्यारे

    सानै देखि छोरा छोरि लै विदेश एस्तो उस्तो भनेर विदेश जाने प्रेरणा दिने ,पैसा कमाउनु पर्छा जसरि भए पनि भनेर सिकाउने हामी नै हौ क्यारे

    जस्तो भए पनि नेपाली भन्दा बिदेसी समान राम्रो, विदेश मा बने पछि समान को स्तर राम्रो हुन्छ भनेर सदै बिदेशी समान को मात्र प्रयोग गर्ने हामी नै हौ क्यारे

    देश को पैसा ले छात्रवृति पाएर विदेश मा बसेर एस्तो भएन उस्तो भएन देश मा यो भएन त्यो भएन भनेर कराउने हामी नै हौ क्यारे

    सबै काम हामी ले नै गर्दै छौ अहिले सम्मान अनि देश ले कसरि गर्छ त र देश ले के दिन्छ र सबै हामी ले गरे पछि

  82. धेरै संदेशमूलक लेख छ, यस्ताकुराहरुलाई ब्याबहारमा लागू गर्नु पर्यो दीपक जी.

  83. What should we expect from the nation and what we should do to the nation is a great issue of discussion among us. Nation has not segregated us. I have no complain with the nation. The major problem is the people ruling it. What these rulers gave to the public? The government should give an opportunity and more importantly rule of law. If there is peace and rule of law, if there is no bribery, people will come themselves to act. Otherwise we will be just talking. The more we talk, the more backward we will be.

  84. धेरै मर्मस्पर्शी लाग्यो दिपक जी को लेख , राज्यले के दियो हैन अब हामी के दिन सक्छौं भन्ने तिर युवा पुस्ताको ध्यान खिच्नु जरुरी छ । त्यसका लागि आजैवाट केही प्रयासहरु थालौं ।

  85. तपाई हामी जस्तो पढेलेखेको मान्छे बाट नै सुरुवात गरौन/बाटोमा फोहोर नफाल्ने,फोहोर देख्यो कि तिपेरे सहि ठाउमा फाल्ने,भरिभराउ सवारिसादन मा नाचद्ने,डर धम्कि को बाताबरण नबनाउने इत्यादी/अरु अन्पद हरु हाम्रै देखासिकी,प्रेरणा ले नै सिंगो राष्ट्र बदल्न सक्छौ/

  86. राज्य भनेको के हो?
    देश को माटो ढुंगा हो? देश चलाउने सरकार हो, वा देश का जनता हरु हो? कुनै ग्रह ( चन्द्रमा वा मंगल ) लाई राज्य भन्ने कि न भन्ने ?
    मित्र हरु, राज्य भनेको त्यो देश का जनता हरु हो / अनि तेही जनता ले सरकार बनाउछ / तेही जनता ले नीति नियम बनाउछ/ तेही जनता ले देश को बिकाश गर्छ/ जनता बिना को माटो ढुंगा लाई देश पनि भिनिदैना, राज्य पनि भनिदैन /
    निचोड मा, राज्य भनेको हामी जनता नै हौ/ अब हामीले हामीलाई नै दोष दिने?

  87. लेख समय सान्दर्भिक र राम्रो छ, तर लेखक ज्युको आखाँले आगाडी मात्र देख्यो. पछाडितिर दिमाखले सोचेन, टनकपुर र कालापानितिरको सिमाना सार्ने लाउडा सिङ्गै निल्ने करोडौको भ्रस्टचारी गुण्डाको दालालिहरुलाई देख्नु भएन छ हाम्रो देशको नेताहरुको गाईजात्र बुझ्नुभएको छ ? कहीले आउला संबिधान ? हुनसक्छ देशको लागि हजुरले केही दिनु भएन होला तर १० बर्ष जनयुत्द्को नाममा हजारोउ जनता आझै बेपत्ता छन कोही बलात्कार भएर समाजबाट अपहेलित कोही विधावा हजारोउ आपंग भएर साहाराको खोजिमाछ्न अहिले सम्म के पाए यिनीहरुले ?

  88. राज्यले मलाई चै सबै कुरा दिएको छ तर मैले आहिले सम्म राज्य लाई केहि देएको छैन.
    सार्है राम्रो लेख.

  89. राज्यले हामीलाई केहि पनि दिएन भन्ने कर्णालीका मानिसहरु नभई अमेरिका-अस्ट्रेलिया भाग्ने भगौडे हरु हुन् !

  90. राज्य ले हामी लाई के दिएको छ भनेर थाहा पाउन एक चोटी विदेश गएर हेर्नुस अनि थाहा हुन्छ/ सबै लाई राजनीति गर्न आउछ काम गर्न अल्छी लाग्छ अनि के को देश को विकास हुन्छ/

  91. दीपकजीको लेख समयसान्दर्भिक छ। राज्यले जति दिन्छ त्यस्लाई ठिक ठाउँमा सदुपयोग गर्नु जरुरी छ। जनतालाई काम गर्ने वातावरण मिलाईदिने काम राज्यको हो र जनताले पनि राज्यले दिएको सुबिधालाई ठिक ठाउँमा उपयोग गर्नुपर्छ। तर बिडम्बना राजनैतिक दलहरु कमिसन र आफ्नो कार्यकर्ता पोस्ने काममा लागेकोले बिकासनिर्माणको कार्यहरु अबरुद्व भएको छ। सबैले आफ्नो ब्याक्तिगत स्वार्थलाई त्यागेर राज्यनिर्माणमा लाग्ने हो भने नर्बे,स्वीट्जरल्याण्ड र कोरियाको हाराहारीमा नेपाललाई पुर्याउन धेरै समय लाग्दैन तर नेपालीको बुद्वी कहिले आउला र!

  92. अत्यन्त राम्रो । अब वेला भएको छ हामीले सोच्ने “मैले राज्यलाई के दिएँ र के दिन सक्छु” भनेर ।

  93. स्वतन्त्र राष्ट्रको सार्वभौम सम्पन्न नागरिक हुने गर्व पूर्ण अधिकार दिएको छ राष्ट्रले, कहिले कतै नझुकेको राष्ट्रिय स्वाभिमान दिएको छ राष्ट्रले, नेपाली हुनुको गौरव दिएको छ राष्ट्रले, यो भन्दा बढी राष्ट्र ले अरु के दिन्छ र ? बिकाश, सम्पन्नता र सभ्यता त हामीले दिनु पर्नेहो राष्ट्र लाइ, के हामीले यो बारेमा कहिले कतै सोच्न सकेका छौ..?

  94. सारै राम्रो लेख छ हामी ले सोच्नु पर्ने बेला भएको छ हामी ले के दिउय राष्ट्र लै भनेर

  95. यो लेखले ‘असाध्यै मन’ खाने भो बुझ्नेहरुलाई! पढ़नेहरुलाई! दिपकले ‘प्रेरणा’ पाएर मात्रै देशको लागि लेख्ने कि अझै पक्का हेक्का राख्न मिल्ने अरु पनि लेख्ने त्यो चै म देख्ने नै छुं I आफू सामान्य हुदा-हुदै पनि मैले कहिले पनि पुग्न सक्या छुइन ‘देशले मलाई…’ भनेर I बरु तलदेखि माथिसम्मका, बढेका, पढेका,बुझेकाहरुले परिवार, समाज, संस्कृति आदिको लागि खर्चेको तन, मन र धन भने ‘दिपक’ले भने जस्तै टोपल्ने धेरै सुने, देखे मैले पनि ! किनकि अहिले प्रवासमा रहेर पनि आफ्नोपन, देशप्रति उत्तिकै चिन्तित अनि नजिक रही आएको छुं म पनि I

  96. कुरो ठिक हो नागरिक र राज्य दुबैले केई गरेको छैनन् गर्नु पर्ने जति

  97. लेख सारै नै भावनात्मक छ | बस्ताब मा नेपाली जनता ले राज्य बाट केहि पाएका छैनन् ,देश को कर अनि सम्पूर्ण आम्दानी नेता को पेट पाल्ने अनि जनता ले देश बिकाश गर्नी , कर भनेको त देश ले सुभिदा देये बापत जनता ले तीर्नी रकम हो , हाम्रो देश को जनता ले, एक गेडो खान पाएका छैनन् , के को कर तीर्नी? कर भनेको धनि जनता बाट उठाउनु पर्नी कुरा हो , हाम्रो सरकार त्यो गर्न सक्दैन , बास्तव मा कर्णाली का जनता ले पैसा हुदा पनि चामल किन्न न पाएका खबर हरु आएकै हो , singapore मा जनता ले फोहर सडक मा फल्दैनन भन्नि कुरा छ , तेहा को सरकार ले फोहर फाल्न फोहर कन्टेनर राखेको छ , अब नेपाली जनता ले कैले त्यो पाएको भए पो त गरुन , अब फोहर कन्टेनर मा फल्ये पनि कन्टेनर को फोहर फाल्न फेरी कहाँ फालनी , कुनै बेवोस्तित ठाउँ नै छैनन्, देश बिकाश गर्नी जनता ले पनि हो , सरकार मात्र यसको जिम्मा लिनु पर्छा भनेर जनता ले भन्दैनन् तर देश बिकाश को महोवल सरकार ले बनाउनु पर्छा| जब सम्म कुर्सि मा भएका हरु ले आफु ले परिबर्तन गर्दैनन् , तब सम्म देश को परिबर्तन सोच्नु औशी को रात मा जुन खोज्नु जत्तिकै हो | जनता लाइ काम गर्येर खानी बातावरण सरकार ले दिन सकेको नै छैन अनि कहाँ बाट जनता ले देश को बिकाश गर्नी,जनता ले कहाँ बाट कर तेरनी? बिकिसित मुलुक मा सरकार ले जनता लाई जागिर दिन्छा अनि त जनता ले कर तिर्चन त , हाम्रो देश जागिर दिन को साटो passport छाप्न नै बेस्त छ ! सरकार ले १ जना लाई हजार दीयो,हैन १ cancer भाको बेरामी लाई १ हजार ले के हुन्छा र लेखक महोदय? १ हजार ले २ दिन juice किनेर खान पुग्दैन , बिकिसित देश मा जनता बेरामी भयो तर उ साग पैसा छैन भने पनि सरकार ले उपचार गर्नु पर्छा, त्यो मनाबिये हिसाब बाट पनि गर्नु पर्नी हो , एस्तो कुरा मा पनि त्यो जनता ले कर बुजएको छैन भन्नि , हामी कति बेकार का कुरा गर्छौ| १ कुरा के हो भने हाम्रो सरकार लाचार छ , नेता हरु कुकुर जस्तै हुन् , जसको पुछर १२ वर्ष ढुङ्ग्रो मा राख्य पनि बांगो को बांगो हुन्छ !

    • तपाईंले गलत बुझ्नु भएको रहेछ, म यसमा केही स्पस्ट पार्न चाहन्छु-
      १. काम नगर्नेलाई कर तिर भनिएको छैन, कमाइको हिसाबले विभिन्न दरमा कर तिर्ने हो- धेरै कमाउनेले धेरै कर तिर्छ, थोरै कमाउनेले थोरै, नकमाउनेले कर तिर्नु पर्दैन
      २. कर भनेको राज्यले सुबिधा दिए बापत तिर्ने हैन कि राज्यलाई सुबिधा दिन सघाउ पुर्याउनका लागि तिर्ने हो; पहिले कर नै नतिरी -राज्यले सुबिधा नै दिएको छैन के कर तिर्ने हो र- भनियो भनी सुरुवात कहिले हुने?
      ३. बिदेशमा काम गर्ने जाँगर भएकाहरुलाई जागिर दिन्छ, राज्यले जागिर देला भनेर मुख ताकेर बस्नेहरुलाई दिदैन
      ४. प्रति व्यक्ति आय $१००० भन्दा कम भएको मुलुकको राज्यले नेपाली १००० रुपैंया दिनु पनि धेरै ठुलो कुरा हो, राज्यको क्षमता हेरेर अपेक्षा गर्ने बानी बसालौ
      ५. बिदेशमा स्वास्थ्य सुबिधा लिनका लागि भनेर पहिल्ये जनताबाट कानूनी रुपमा कर असुलिएको हुन्छ, तेही पैसाबाट राज्यले स्वास्थोपचार गरिदिने हो

      • आज सम्म सम्पूर्ण नेपाली ले कर टरेको छ , हामी ले किन्ने हरेक बस्तु मा पैले देखि नै कर जोडिएर अउछा,हैन मैले त एस्तो पहिलो पल्ट सुनेको छु कि सुबिधा कि कुनै जनता ले सुबिधा नै न भए कर तिरोस , हामी पानि ,बिजुली , बाटो , घाटो ,पुल पुलेसा चलाए बापत कर तिरनी हैन र? कि तपाई बिजुली अनि पानि नै use न गरि कर तिर्नु हुन्छ , हाम्रो देश को क्षमता नभाको कसरी भन्नि , राज्य को धन राजनीतिक कर्मचारी लाई बाड्न पुगेको छ त माकुने सरकार ले पनि बढेको नै हो , कुरा रह्यो उपचार को हेर्नुस कुनै बेक्ती बेरामी भएको छ अनि उसले कर देएको छैन भने के अब उसको उपचार नै न गर्नी त? कस्तो मनबता हो त्यो? साथी हरु १ कुरा सबै ले सम्झ्यौ कि हामी सबै ले किन्नी नुन चामल , दल तरकारी हरेक कुरा म कर पैले नै जोडिएको हुन्छा| हामी जनता ले गर्नी कुरा तेत्ति मात्र हो यो सरकार , सरकार को पुत्ला मात्र ओडेर बसेको छ , आफ्नो कार्यकर्ता लाई मात्र सेवा सुबिधा देएको छ , हामी प्रजा हर जैले पछि को पछि हो |

  98. समय सान्दर्भिक लेख लेख्नु भएकोमा लेखक लाई धन्यबाद! यो लेख पढ्ने सबैलाई यसले जरुर झस्काउने छ र स्वमुल्यांकन गर्नेछन भनेर कामना गरौँ! सबैको घैटोमा घाम लागोस्!!!

  99. दीपकजी ,
    केहि कुरा सारै राम्रो लागे ..साधुवाद . केही अलि चित्त बुझेन …कुहिएको चामल खाएर , औसदी नपाएर मर्ने अवस्था भएका कर्णालीका केहि भेग ले सोध्ने पर्ने प्रस्न हो यो ? फेरी काठमाडौँमा ठाउँ ठाउँ ६ लेन सडक बनाउने सरकारले किन कर्णालीमा पक्कि बाटो बनाउन पहल गर्दैन..किन नेपालका धेरै भूभाग खच्चर चढेर जाने अवस्था छ ? तिनीहरुले सोध्ने प्रस्न हो यो. २०५२ साल सम्म सुदुरपस्चिम जोड्ने कर्णाली पुल थिएन ..आफनी देशको राजधानी जान भारत भएर जानु पर्थ्यो ..त्यति बेला सुदुरपस्चिमले सोध्ने प्रस्न हो यो. देशको एयूता ठुलो मधेसी समुदायलाइ देश भित्रै “धोती” भनेर हेप्ने गरिन्छ ..कतिले नागरिकता पाएका छैनन् ..नेपाली राष्ट्रिय खेलाडी सरद भेस्वाकर ले पनि नागरिकता पाएका रहेनछन …उनले सोध्ने प्रस्न हो यो…
    सबैको लागि यो प्रस्न उचित नहोला तर केहि ठाउँमा उचित छ. सासनको पहिलो मूल उद्येश्य “सु-सासन” हो..तर आफ्नो आफ्नो जातीय, छेत्रीय, राजनीतिक आदि स्वार्थले सबैले “स्व-सासन” मात्र खोज्छन …नराम्रो भए पनि मेरै मान्छे, मेरै पार्टी, मेरै ठाउँको सरकार चाहने..अनि जसले पाएन उसले भन्ने “राज्यले मलाई के दियो ” यो चलन गलत हो..लेख को त्यो पाटो मन पर्यो…चित्त नबुझेको कुरा सकारात्मक रुपले राखेको मात्र हु, अन्यथा नलिनु होला.

  100. लेख सारै सान्दर्भिक लाग्यो l धन्यबाद दीपक भट्टराई जी !
    हो हामी राज्यलाइ दोष दिन्छौ ,र यसमा दोष दिनेको गल्ति भन्दा पनि आस्वासन दिनेको गल्ति हो जस्तो लाग्छ l चुनाब ताका लौ अबत देशमा केकेन हुने होला जस्तो सस्ता भाषण गर्नेहरु नै यो सम्पूर्णको दोषी हुन् भन्दा अत्युक्ति नहोला l भोक लागेकालाई खिर दिन्छु भन्दा आस त लागिहाल्छ नि l अनि खिर त के झन् भोकै बस्नु पर्दा दोष त दिनै पर्यो नी l
    तर तपाइको लेख सकारात्माक्तातिर उन्मुख छ l सबै नेपालीले राज्यलाई मात्र दोष दिन छाडेर आफैले केहि गर्नु आबस्यक भैसक्यो र कामना गरौ यो शुभ कामको सुरुवात आजैदेखि होस् l

  101. लेखकको कुरा सुन्दा लाग्यो हाम्रो देशको मुख्य समस्या यही नै हो? जनताहरु जागरुक नभई जस्तो सुकै नेता आए पनि केहि हुने वाला छैन. नियम कानुन अरुको लागि मात्र हैन आफ्नो लागि पनि हो| फलानो ले यस्तो गर्यो डिस्कानोले यस्तो गर्यो| तर आफुले नि त्यस्तै गरेको थाहा छैन| लेखको लागि धेरै धन्यबाद |

  102. दीपक जी को लेख राम्रो छ तर पुरै भाबना मा बगेर लेखे जस्तो छ, तपाई जस्तो पाको पत्रकार ले लेख लेख्दा राज्य को काम पनि लेख्दिनु भएको भए हुनेथियो / जनता लाई जिम्मेबारी बोध गराउने काम राज्य ले गर्नु पर्ने हैन र ?

  103. लेख सारै राम्रो लाग्यो …..अरुलाई औला देखाउने मान्छेले यो सोच्दैनन् कि एउटा औला अरु तिर तेर्सियाको छ भने तिन वटा औला आफू तिर पनि तेर्सियाको छ. तेसैले राज्जले हामीलाई के दियो भन्दा पनि हामीले राज्जलाई के दियौ भनि सोच्ने बेला आयको छ

Comments are closed.