आज राति नेपालको जोर्डनसँग महत्त्वपूर्ण खेल

अपडेटः मध्यान्तर अगाडि चार गोल र पछि थप पाँच गोल गरी नौ गोल खाएर नेपाल जोर्डनसित पराजित भएको छ। आउँदो बिहीबार दशरथ रंगशालामा हुने खेलमा नेपालले १० गोल गरे मात्र नेपाल अब विश्वकप छनौटको तेस्रो चरणमा प्रवेश गर्न सक्नेछ।
-सुफल काफ्ले/जोर्डन-

ब्राजिलमा हुने सन् २०१४ को विश्वकप फुटबलको छनौट चरण अन्तर्गत नेपालले आज जोर्डनसँग राजधानी अम्मानमा महत्त्वपूर्ण खेल खेल्दैछ। हिजो भएको प्रि म्याच प्रेस कन्प्रेन्समा नेपाली टिमका प्रशिक्षक ग्राहम रोबर्ट भने केही आक्रामक भएका थिए। आफू बसेको होटलबाटे कफ्रेन्स स्थलमा जानका लागि आयोजकले व्यवस्था गरेको गाडी समयमा लिन नआएपछि १ घण्टा ढिलो कन्फ्रेन्स स्थलमा पुगेका रोबर्टले आक्रोशित हुँदै सुरुमा नै आफूहरुको मनोबल घटाउन जोर्डनले मनोवैज्ञानिक दबाब दिएको आरोप लगाए। एक घण्टा कुराउनु जोर्डनी टिमको रणनीति भएको उल्लेख गर्दै रोबर्टले त्यसको नतिजा आज राति हुने खेलमा देखाउने बताए। 


आज राति हुने खेलमा नेपाल निश्चित जितको लक्ष्यसहित मैदानमा उत्रिने छ। हिजो दिनभरी होटलमा आराम गरेर नेपाली समयअनुसार राति पौने १० बजेदेखि एक घण्टा गरेको अभ्यासपछि नेपाली टिमको हौसला बढेको छ। जोर्डनको गर्मी र आद्रताका कारण जोर्डन आउँदासम्म चिन्तित नेपाली टिम अभ्यासका क्रममा त्यस्तो कुनै महसुस नगरेपछि थप हौसिएको हो।

आजको खेल पनि नेपालले हिजो अभ्यास गरेको समयमा हुने भएको र त्यो समयको तापक्रम र आर्द्धता नेपालकै जस्तो हुने हुँदा मौसमले खेलमा कुनै असर नगर्ने टिमका खेलाडीको भनाई छ।

नेपाली टिमका डिफेन्डर रोहित चन्दलाई इंगल्याण्डका आर्सनल र टोटेनह्याम क्लबले चासो देखाएको र ती क्लबका प्रतिनिधि पनि चन्दको खेल हेर्न रंगशालामा आउने खबर पाएपछि चन्दसहितका खेलाडीको उत्साह थप बढेको छ। अभ्यासका क्रममा मैदानमा भेटिएका अल जजिरा स्पोर्टस च्यानलका पत्रकारले समेत रोहित बारे चासो राखेका थिए।

जोर्डन फुटबल एसोसिएसनका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख मोतासिम पेरिज अल हुनीतीले नेपाली प्रशिक्षकलाई होटलमा कुराउने कुनै उद्देश्य नभएको र ड्राइभरका कारण त्यस्तो भएका बताएका थिए। जोर्डनका सहायक प्रशिक्षक अहमद अल चादरले आफूहरुको लक्ष्य छनौटको अन्तिमसम्म पुग्ने भएकाले आजको  खेल जित्ने दावी गरे। तर पनि केही महिनाअघि काठमाडौँमा भएको नेपाल र उत्तर कोरियाबीचको खेल बारे जानकारी जोर्डनी सहायक प्रशिक्षकले खेल प्रतिस्पर्धात्मक हुने र नेपाल त्यति धेरै कमजोर टिम नभएको स्वीकारे। आफ्ना टिमका मुख्य  स्ट्राइकर युदम सेफी र  डिफेन्डर खलिल बानी अतिया घाइते भएर आजको खेल खेल्न नसक्ने भएकोमा केही चिन्तित देखिन्थे। नेपाली टिमका प्रशिक्षक ग्राहम रोबर्टले आजको खेलमा सुरुमै मैदान उत्रिने ११ जना खेलाडीको नाम हिजो नै घोषणा गरिसकेका छन्। यस अनुसार नेपाली गोल किपिङ्गको जिम्मेवारी किरण चेम्जोङ्गले पाउने छन्। यस्तै सागर थापा रोहित चन्द, सन्दिप राई, विराज महर्जन र बिकास क्षेत्री डिफेन्समा हुने छन्। निराजन खड्का, शिव श्रेष्ठ र भोला शिलवालले मिडफिल्डबाट खेल्ने छन्। स्टाईकरहरु जुमानु राई र अनिल गुरुङ्ग पहिलो ११ मा छन्।

आउनुस्, हामी सबै मिलेर नेपाली टिमको सफलताको कामना गरौँ। खेल नै यस्तो विषय हो, जसले जात, धर्म, पेशा, राजनीतिक आग्रह/पूर्वाग्रहलाई परै राखेर हामी सबै नेपालीलाई एकताको सूत्रमा बाँड्छ।

आजको खेल नेपाली समय अनुसार पौने १० बजे सुरु हुनेछ।

[LCT-|-embed]

अर्को खेल काठमाडौँमा आगामी बिहीबार हुनेछ।

इस्ट टिमोरलाई जित्दाको ऐतिहासिक क्षण-

148 Comments

  1. बराबरी नभए दुई (२) गोलको पराजितमा नेपाल रहन्छ भन्ठानेको त लौ! नौ (९) गोल पो खायो । खेलमा राम्रै लक्ष्य लिएका नेपाली टिमका लागी गोल आफ्नो पक्षमा पार्न नसक्नुले नै नराम्रो स्थितमा हार खानु पर्यो । जोड्न – आफुले ६/७ गोल सम्म गर्ने मनसाय मध्यान्तरमा भनेको थियो जुनबेला सम्म जोड्न (४), नेपाल (0) मा समेटिएको थियो । सम्रगमा: नेपाली खेलाडीहरुले आफ्नो खु्ट्टाको गोललाई भनेको ठाउँमा पुर्याउन नसक्नुले कति कमजोरी छ, सहजै अनुमान लाउन सकिन्थ्यो हिजोको खेलबाट । खेलसमय भरी मैदानमा नेपाली खेलाडीले वल पाउन प्राय: सकेन ।

  2. खेल हो साथी हो!खेलमा हार जीत त भैहाल्छ.निराश हुनुपर्ने केहि छैन,नेपाली खेलाडीको खेल अझै बाँकि छ.

  3. अरे यार जहिले पनि मुसो / होइन हौ तेसो होइन होला नेपालले चाही जोर्डन लै नौ गोल हानेको होला /

  4. हा हा हा हा हा हा हा हा हा . कस्तो बेइज्जत. ९, ९ गोल खायो. नेपाली फूटबल टिम कहिले उभो लाग्दैन, जब सम्म खेल बाट राजनीति हट्दैन.

  5. तराइमा गाडा तान्दा ,तान्दा मर्न लाग्यको भैसीको मम र घुन परेको चिउरा खायका बिचार नेपालीका छोरा हरुलाई ,गाईको हड्डीको सुप खायका मुसलमानले के को राख्थ्यो ?? हेरौ अर्को ग्याम के हुन्छ

  6. तपाईहरुले नेपाल को game youtube मा हेर्नु भो?किन ९ गोल ले हारेको को पनि पत्ता लगाउनु भयो होला नि / नेपाल हारे पनि यति ठुलो अन्तर ले हार्ने थिएन, कारण एउतै छ/ Arsenal and Tottenham clubs ले नेपाली को गेम हेर्न आउने भने पछि सबैले उता जान पाउने आशा मा individual game खेल्यो अनि यति ठुलो अन्तर ले हार्यो, गेम हेर्यो भने स्पस्तै थाहाहुन्छ/ नेपालीको उता जाने चान्स गयो, अब नेपाल मा हुने गेम हेर्नुस ०-० वा जोर्डन ले २-० ले जित्छ, किन भने अब नेपाल ले individual गेम खेल्न जरुरि भएन/ कि कसो ?

  7. हा हा हा , मलाई पैले नै थाह थियो यिनीहरु हार्छन भनेर, नेपाल ले ५०० वर्ष मा पनि विश्व कप खेल्दैन

  8. गेम शुरु हुन् भन्दा अघि दुई महिना पार्ट टाईम रुपमा प्राक्टिस गरेर हुने कुरो हैन| यसको लागि लगन चाहिन्छ, सपना चाहिन्छ, त्याग चाहिन्छ, श्रोत साधन चाहिन्छ र चाहिन्छ सही नेतृत्व र दीर्घकालीन योजना| हामी जस्तैहरु बाट जब रामबहादुर, रविलाल मोक्तान, श्याम थापा, प्रेम दोर्जे, भाइचुंग र सुनिल छेत्रीले भारतको बिलियन मध्येबाट छनौट भएर चम्कन सक्छन भने हामीमा के को कमी छ त्? नेपाली जनताको पैसा खाएर नेपाल प्रहरी र नेपाल सेनाले अहिले सम्म किन गतिलो खेलाडी र टीम तयार पार्न सकेन त्यसमा पनि ध्यान दिन पर्छ| अन्डर १८ को गेममा केही ओभर १८ हालेर दुई चार क्रिकेट म्याच जित्नु एउटा कुरो हो, भुटान र टिमुरलाई जित्नु नैतिक शिर खडा गर्न सहज होला तर अन्तराष्ट्रिय रुपमा शान बढाउँन प्राक्टिसको सगरमाथा चढ्न पर्छ| खेलाडी जन्माउँन पर्छ, भन्या मतलब स्कुल देखि छनौट गरेर हुर्काउन पर्छ| खेलाडीलाई सहुलियत दिनपर्छ, प्रेपरेशनको लागि बाह्रै महिना ३६५ दिन कटिबद्धता देखाउन पर्छ| गणेश थापा बेशक राम्रा खेलाडी थिए होलान आफ्नो समयको तर उनी क्षणिक लाभले राजनीति प्रेरित देखिन्छन| उनको नेतृत्व केवल एकजना कोचको रुपमा हुनपर्छ| सिजन पछी खेलाडी, कोच र मेनेजर चेन्ज गर्ने प्रबित्तीको अन्त्य गरिनपर्छ|

    अढाई करोड नेपालीमा एउटा गतिलो फुटबल टीम पनि नहुनु लाजमर्नु छ|
    यतिबेला थुक्क नौ गोल खाईयो भनेर हरेश हुन् भन्दा सोल सर्चिंग गरेर आउने दिनहरु, बर्षहरु र दशकहरुका लागि के कसरी तयारी गर्ने भन्ने बारेमा सोच पुर्याउन जरुरी छ|
    चिउरा खाएर र अनेक दुख झेलेर भए पनि हाम्रा खेलाडीहरुले जो खेले त्यो सराहनीय छ|

  9. मैले पनि स्कुले जीवनमा खेलेको फूटबलको आधारमा के भन्दछु भने; “फुटबलमा आफ्नो होम ग्राउण्डमा आफु भन्दा अलिकति मात्रपनि कम्जोर टिम छ भने त्यो टिम अत्यन्तै शशक्त भएर निस्कन्छ” /
    नेपालको यो हारलाइ त्यति डरलाग्दो रूपमा लिन पर्दैन / नेपालले पनि त होम ग्राउण्डको कारणनै इस्ट टिमोरलाइ ५ गोल गर्न सकेको हो /
    यसर्थ यस्तो महत्वपूर्ण खेलहरू अर्को देशमा खेलाउनु पर्छ /
    आफ्नो देशमा समर्थक, तातक्रम पनि अनुकुल हुने गर्दछ /
    निराश हुनुपर्दैन हाम्रो पनि पालो आउँछ /
    – “आउछ क्यारे हाम्रो नि पालो, सधै हुन्न हली र गोठालो…माया पानको पात…नेपाल तिम्लाई सम्झन्छु दिनको रात…न्यूयोर्क झलल…”

  10. लुना ले १ kg सुन्तला chaDAUCHHU भन्दा ९१ महानुभाबहरु ले मन पराउनु भएछ | भोट पाउनु हुने रैछ ,चुनाब लड्ने कि ?

  11. नेपाल ले ९ गोल खाए पछि यो लेख पडियो, तर पनि खेल राम्रो नभए पनि लेख ले भने मन छोयो …. हाहा

  12. २०१४ को विस्वो कप पनि नेपालको सपना मा नै सिमित भयो
    लागेको थियो आइले त नेपाल ले केहि गर्छ तर त्यो मेरो एउटा भ्रम मात्र रहेछ आजको खेलमा नेपाल आप्रश्यत ९-० ले हरेर फेरी पहिएको जस्तै निरस बनाययो नेपाली दर्सकलाई !

    • नेपाल ३०१४ सम्म पनि वोर्ल्ड कप खेल्दैना

  13. कस्तो दिक्क लाग्यो जोर्डन ले ८ गोल परि सक्यो ,नेपाल जिरो मा छ हे पशुपति नाथ २,,,४ गोल त हुनु ,

  14. Score till 75 mins Jordan 7 – 0 Nepal.

    Nepal ko ta baizzat nai bhayo.. aaba ta score pani naheri sutchu.. 90 mins ma aru kati goal hune ho…

  15. ७-० भै सक्यो अब अझै कति गोल खाने हो नेपाल ले 🙁

  16. उडायो सपना सबै हुरीले हुरीले हाफमै 4 गोल कामना गरौ दर्जन नहानोस

  17. धेरै धेरै शुभकामना नेपाली खेलाडीहरुलाई विजयको शिखर चुम्न अनि नेपालको इज्जत राख्न |
    यो कमेन्टमा शुभकामना भनेको मा पनि रातोमा कमेन्ट गर्ने को होला ? पक्कै नेपाली पढ्न सक्ने जोर्डन तिरको वा जोर्डन को नागरिकता लिएको नेपाली हुनुपर्छा |
    Ananta

  18. बेस्ट अफ लक् नेपाली टिम …..शुभकामना …. नेपाली टिम लाइ ..

  19. म लगायत सम्पूर्ण होंग कोंग बासी नेपाली को लाख लाख शुभकामना नेपाली टिम लाई! अवश्य हामीले नै जित्नेछौ!

  20. गरि खाने मौका पाय नेपालीले बिस्वलाई नै चकित बनाउन सक्छ, बनाउंदै आएको पनि थियो र अझै पनि सक्छौं/ नेपाली माटोको महिमा गाई नसक्नु छ/ याहा अझै पनि बुद्ध र अरनिको बन्न सक्नेहरु जम्न्मिन्दै छन् रोहितज्यु र उहाँको टिमले यहि सन्देस दिएको छ/ नेपाली ले फेरी पनि जितुन/

  21. हामी गोर्खाली जित्नुको लागि जन्मेको हो…हामीलाई जीत चाहिन्छ….हामी सधै जीतको भोका छौ….एउटा भोक आज पुरा हुनेछ ….शुभकामना नेपाली टोलीलाई …””यो जीत कसको गोर्खालीको “”

  22. मेरो धेरै धेरै सुभकामना छ नेपाली टोलीलाई. मेरो मनले भन्छ जीत नेपालको हुनेछ……….
    किनकि नेपालीले हार्न जानेको छैन ……..
    हटी होइन डटी लड्ने नेपालीको बनि हुन्छ कहिले नझुक्ने सिर उभेको स्वाभिमानी नेपाली हुन्छ ………………….

  23. नेपाली टिमलाई मेरो शुभकामना !!!!!!!!!! खेल जित्न कै लागि खेलिन्छ …..नेपाली जवानहरुले अन्तराष्ट्रिय मैदानमा खेल जितेर नेपालीको नाम चम्काउने छ भन्ने आशा राख्दछु ……..!!!….श्री भगवान बुद्धले नेपाली टिमलाई खेल जिताउने शक्ति प्रदान गरुन ……!!!

  24. हाम्रो सानदार कोच अनि जोसिला नेपाली टिमले जोर्ड बासीलाई दङ्ग पर्नेछ जितेर अनि नेपाली झन्डा उसै त राम्रो झन् जोर्डनको आकाश मा चम्किदा विश्वलाई नै जितेको आभाष हुनेछ जाऊ साथी हो ……….

  25. यो खेल बराबर भए हुन्छ हामी लाए किन कि अर्को खेल नेपाल हो नि.

  26. हाम्रो सानदार कोच अनि जोसिला नेपाली टिमले जोर्ड बासीलाई दङ्ग पर्नेछ जितेर अनि नेपाली झन्डा उसै त राम्रो झन् जोर्डनको आकाश मा चम्किदा विश्वलाई नै जितेको आभाष हुनेछ जाऊ साथी हो …..

  27. We all well excited,……. आजको दिन जान पनि कति time लागेको होला………

  28. जसरी पनि नेपालीको जित होस् म यो खुसीको खबर सुन्न म आतुर छु ,

  29. उमेश जी, भोलीको सुखद विषयका लागि तयार हुनुस्। सतक अघ्रिम शुभकामना नेपाली फुटबल टोलीलाई ॥

  30. सुवाकमाना नेपाली टोलीलाई मा बिष्णु को तर्फा बाट .दुबई

  31. नेपाली टिमलाई शुभकामना,खेलाडीले खोइ कस्तो गर्नेहुन सामना …………………..

  32. शुभकामना छ नेपाली फूटबल टोलीलाई ……जोर्डन लाइ जितेर नेपालको सान राख्ने कामना गर्दछु i

  33. नेपाली खेलाडीले जोर्डनको गोलपोस्टलाई अर्जुनद्रीस्ती लगाइ २-० को नतिजा प्राप्तगर्नेछन। अग्रिम शुभकामना।।।।

  34. नेपाली टिम लाइ सुभकामना. यो खेल अमेरिका मा कसरि हेर्ने केहि थाहा छ भने बताई दिनु पर्यो .

  35. गर लम्क हे नौ जवान हो .
    आफ्नै बल ले गोर्खाली को शिर ठाडो पर
    सम्पूर्ण नेपाली को साथ र भरोशा तिमि हरु माथि छ

  36. I will try to put the live video (if available) link in this website. Cheers for Nepal !! Nepal must win. win for the humiliation done in Jordan, first make Nepal team wait in the airport, then again in Hotel. !!
    But I know when Jordan team come to Nepal, they will be ashamed for what they did.

  37. मा नेपाल आउदा दन्तकाली र बुढासुब्बामा दान भेटि चडाउछु, नेपाली खेलाडीलाई सक्दो जोश र जाँगर देउ /

  38. मलाई लाग्छ हामी धेरै नेपालीहरुको मनमा एउटा चाहना कल्पना छ! हाम्रो नेपाली फुट्बल टिम पनि बिस्शोकप फुटबल मैदानमा खेल खेलेको हेर्नलाई र त्यतिखेर भनेको हाम्रो हार होस या जीत ,मात्रै त्याहा सम्म हाम्रो नेपाली फुटबल टिम पुगेको हामी हेर्न आतुर छौ, सबै नेपालिहरुले अब आउने गेम हरुमा हेर्न पाउ !यो सबै चाहना र इच्छयाहरु पुरा गर्न ,एही गेम बाट हाम्रो नेपालीटिमले सफलता मिलोस्, हामी सबै नेपालीको तर्फबाट हाम्रो नेपाली फुटबल टिमलाई मुरिमुरी शुभकामना !

  39. नेपाली टिम ले जितोस भनेर कामना गर्ने को कमेन्ट मा समेत रातो मा टिक लाउने लै जहाँ भेटे तेही ठिक पार्नु पर्छ, देशद्रोही हरु …

  40. अग्रिम शुभकामा अनि हौसला प्रदान गरौ हामी सबै मिलेर नेपाली टिमलाई / अनि सालोक्यजी, एसको लाइभ टेलीकास्ट को कुनै लिंक छ भने शेयर गर्नुस न है /

  41. नेपाल ले नया इतिहास कोर्ने छ म ढुक्क छु , जय देश !!!!

  42. हैन अनि हामि चाहि नेपाल र जोर्डनको गेम कुन साइटमा हेर्ने हौ ………..

  43. हैन हौ यो प्रेम सोल्ताले पनि यहाँ कमेन्ट गरेको ….. ल बधाई छ है ….. हाहाहाहाहाहा

  44. मलाई विश्वास छ जोर्डन लाई २-0 ले पराजित गर्ने छ नेपाल ले
    अनि हिप-हिप हुर्रे …..

  45. आज नेपालले आगो , हुरी र झरीको कुनै प्रबाह नगरी हाम्रा पुर्बजले बिर गोर्खाली भनेर चिनाएको चिनारीलाई पुन: साबित गर्दै नेपाली र नेपालको सानदार बिजय गराउने छन् भन्ने कुरामा मा पूर्ण बिस्वस्त छू.
    खेलाडी साथीहरु लाई दुर्गा मतले सक्ति दिउन र खेल मैदानमा राम्रो खेल प्रदर्सन गरुन भन्ने मा कामना गर्दछु .

  46. ल अब नेपालीखेलाडीले आफ्नो पाइन् आज देखाउने भए , अग्रिम सुभकामना

  47. आत्मा विश्वास, लगनसिलता र कडा मिहेनतले सफलता चुम्छ! यी तीन कुराहरु नेपाली खेलाडीमा सिन्चीत गर्ने ग्राहम रोबर्तलाई आभार व्यक्त गर्ने पर्छ ! हामी नेपाली, नेपाली टीमले सफलता चुमोस् सूभाकामाना!!!!!

  48. Best ओफ्फ़ luck Nepali team pls update Garda minute minute को गर्नु होला

  49. we all neplese people are eagerly waiting for the game no matter wherever we are and we all wanna say all the very best for our national team guys it’s time to make a history……

  50. सुभकामना गोर्खाली रगत लाई, यो गेम जित्नै पर्छ, नेपाल २ up -जोर्डन 0

  51. We may have suffered
    but the spirit lives on
    We may had setbacks
    but the legacy moves on
    Show them our bravery
    Show them our existence
    Since you and I are Nepali
    “Bravest of the brave,
    most generous of the generous”
    here comes the Gurkhali

    good luck guys , I hope you boys will kick their @sses big time !!!

  52. यो खेल नेपाली को लागि निकै गौरब को खेल हो यो खेल जीते
    मा हाम्रो नेपाल पनि अलिक भ्य पनि बिस्वोमा चिन६ सबै मिलि प्रार्थना गरु इ लोवे नेपाल

  53. शुभकामना नेपाली टोली लाई |…….आज को खेल जितेर हामी पनि कम छैनौ भनेर देखाउनु छ ………..best of luck

  54. हामी सबै नेपालीको शुभकामना अनि प्रार्थाना छ नेपाली टोलीलाई, जाउ खेल अनि जित, नेपाली आमाको छाती गर्वले फुकाउ, चन्द्र सुर्यको ध्वजा गर्वले फरफराउ जोर्डनको मैदानमा, देखाइदेउ संसारलाई हामि पनि खेल्न सक्छौं भनेर……हाम्रो सम्पूर्ण समर्थन छ…..

  55. आज हुने जोर्डन र नेपाल बिचको खेल मा नेपाल ले कुनै पनि हालत मा बराबर वा जित हाशिल गर्ने पर्छ यो हामी नेपालीहरुको सुनौलो अवशर पनि हो

  56. हामी सबैजना भएर पार्थना गरौ नेपाली खेलाडी हरु लाई,,भरिसक्दो जितोस हैन् भने बराबरी मा टुंगे पनि हुन्थ्यो प्रभु !!!!!! जय गोर्खाली

  57. ए हजुर यो लाइभ म्याच नेपाल टेलिभिजन मा दिदैन र ?? धन्यबाद ______ नेपाल ३ – २ जोर्डन

  58. सुभकामना गोर्खाली रगत लाई,हामी आशा बादी छौ ,नेपाली टीमले ,सफलता, हासिल गर्ने छ.

  59. नेपाल ले जित्छ तेस मा हामी सबै नेपाली को कामना छ, अनि हामी ले देखाउनु छ सारा लाइ हामी पनि कम छैनौ भनेर जय मनकामना माइ ले जिताउनु हुन्छ यो मेरो कामना नेपाली खेलाडी लाइ

  60. नेपाली टिमको जितको हार्दिक कामना गर्दछु ।

  61. मुरी मुरी शुभकामना नेपाली टिमलाई ,,,,,जय शिब शंकर भोले बाबा;;;;;;;;;;;

  62. नेपाली टिमको जितको लागि म प्राथना गर्दछु. जय नेपाल जय नेपाली टिम

  63. आज जोर्डन लै नेपाल ले धुलो धुलो पारेको पढ्न नाभुलु होला है ,आशा गरौ येस्तई हौस

  64. आज को खेल हेर्न, के कता कसरी खोज्नु पर्ने हो ? live हेर्न ! कृपया सुझाब दिनु होला, तपाई हरु कसैलाई थाहा भएमा ! म पर्खी रहेको छु !

  65. बिस्व सामु आज नेपालीहरुको पहिचान बनाउने दिन हामी सबै नेपालीहरुको तर्फबाट शुभकामना नेपालीटोली लाई.

  66. हाम्रो देश, हाम्रो टोलि, हाम्रा भाइ हरु तिमीहरुलाई हाम्रो अग्रिम बधाई छ . तिमीहरु लाई हाम्रो ३३ कोटी देवता को आशिर्बाद छ. Go Nepal Go .

  67. आज को खेल नेपाली र नेपाल को परिचय गराउने दिन हो।बधाई छ..

  68. Nepal 3-1 Jordan हुनेछ ! नेपाल को जित अवश्य हुनेछ !

  69. नेपाली टोलीलाई धेरै धेरै शुभकामना…अजि राति अर्को शुभ समाचार सुन्न र पढ्न पाइयोस…

  70. म परदेशी को पनि शुभकामना ! मेरो प्यारो nepal लाई!

  71. खुकुरी र बन्दुक चालउनलाई त गोर्खाली नम्बर १ हो अब खुट्टा चलाउन पनि कम छैन भने देखाउने मौका हो यो जय गोर्खा/ वीर गोर्खालीको सन्तानहरुलाई

  72. जोर्डनको खेल मैले पनि हेरेको छु; जोर्दनी खेलाडीहरु नेपालको भन्दा कमजोडी नै छन ! त्यसैले जोर्दंनले जित्ला जस्तो मलाई लाग्दैन ! नेपालको विजय होस्, शुभकामना !

  73. मान्छे हरु केहि आशा गर्नु पर्यो भने भगवानलाई सम्झन्छ यो गेम जित्नलाई आफैले मेहिनत गर्नु पर्छ मेहिनत को फल मिठो हुन्छ त्यहि फल को आशा गर्छु

  74. म नेपाली टोलि को प्रगति को हार्दिक सुभ कामना ब्यक्त गर्दछु .

  75. शुब कामना हाम्रा खेलाडी हरुलाई,आज जितेर औ त केटाहरु अनि अर्को राउण्ड कोरिया
    लै हराउनु पर्छ. अनि हामी पनि २०१४ को वोर्ल्ड कप ब्राजिल मा नेपाली झन्डा बोकेर तिमीहरुको
    साथमा हुने छौ हामी नेपाली हरु . हिम्मत न हार,आज न जिते हार्न हुन्न है ,अनि काठमाडौँ मा
    जितौला बेस्ट ओफ लक् बिर गोर्खाली जस्तै लड आज देखी देउ आज नेपाली फूटबल

  76. सालोक्य जी , कृष्ण जी ल अपडेटमा कमी नरहोस है

  77. “आयोजकले व्यवस्था गरेको गाडी समयमा लिन नआएपछि १ घण्टा ढिलो कन्फ्रेन्स स्थलमा पुगेका रोबर्टले आक्रोशित हुँदै सुरुमा नै आफूहरुको मनोबल घटाउन जोर्डनले मनोवैज्ञानिक दबाब दिएको आरोप लगाए।”
    कस्तो मनोबल, कस्तो सटिक लक्ष्य , वा रोबेर्ट , एस्तो हुन्छ स्वाभिमान /
    धेरै धेरै शुभकामना

  78. नेपालको जितमा छाती फुलाएर चिच्याउन हामी तैयार छौं है………. अनुशासित जित गोर्खाली रगतको परिचय थियो, छ अनि भैरहनेछ…………हृदयदेखी नै शुभ कामना ………..

  79. नमस्कार mysansar का साथीहरु !
    फूटबल Live हेर्ने कुनै लिंक छैन छ भने पोस्ट गरम न !

  80. यो गेम कतै लाइभ हेर्न सकिन्छ? link हरू छ भने पाऊँ न है…

  81. नेपालीले गरेर देखाउन ! शुभकामना !

  82. म नेपाल आउदा स्ब्यम्भुमा एक किलो सुन्तला चढाउछु हे स्ब्यम्भु ! हाम्रो
    नेपाली टिमले खेल जितोस !

    • म नेपाल आउदा २० किलो मुंगफुली ( बदाम ) पशुपतिका बादरहरुलाई बाढ्ने छु !!

    • भगवान लै पनि घूश, १ किलो भए पनि २ किलो भए पनि कुरो त उस्तै हो तर नेपाल ले जितेको सुन्न पाए राम्रो हो !

    • ल लुना जी ! तपाइले मात्र किन हामी सम्पूर्ण नेपाली मिलेर चढ़ौलानी कि कसो !!!

    • लुना जी कहिले हो सुन्तला चढाउने? तपैले चढाएको भगवानको प्रसाद खान भगवानको भक्त आतुर छ| 🙂

  83. लाईभ अपडेट गरम हामी हेरिन्छ । नेपाल ले आज जित्छ र जित्नै पर्छ । जय नेपाल जय नेपाली

  84. यो समाचार पढ्दै गर्दा मेरो मुटु ढक्क फुलेर आयो, रगत तात्न थाल्यो, तर आजको गेम बराबरी मात्रै गर्न सकियो भने पनि नेपाललाइ इतिहासकै कमजोर टिम सम्झिने जोर्डनका प्रशिछिकले आगामी बिहिबार दशरथ रंगशालामा थाहा पाउनेछन् गोर्खाली रगत कस्तो हुन्छ भनेर !!!!

  85. Today, Nepal is playing against Jordan, hope we will win the match. Nepal le jite ta ma ta kati nachthe hola…
    tar ke garne, We Nepalese only expect good result but we do no have enough support from our government to do hard work to achieve success.

    If Nepalese leader would be selected for “Corruption World Cup 20…..” Nepal not only qualify but also win the cup everytime.

    • What the hell are you talking about? Here we are talking and praying for victory on Nepalese football tream. Why the heck you add politics here too?
      Who knows you and your family might be enough to win the corruption world cup…..you are under estimating just because this is a team of Nepal. Have a heck to say good to good things.

  86. शुभकामना छ नेपाली टिम लाइ….

  87. धेरै धेरै सुभकामना नेपाली टिम लाई…….

  88. ल ल केटा हो देखी देउ नेपाल को खेल /
    साथीहरु नेपाल को FIFA RANKING. 31 NEPAL VS 13 JORDAN

    कतै अब NEPAL 13 AND JORDAN 31 मा त पुग्ने होइन ?

    Rankings for the 2014 Asian World Cup qualifiers:

    1. Japan, 2. Korea Republic, 3. Australia, 4. DPR Korea, 5. Bahrain, 6. Saudi Arabia, 7. Iran, 8, Qatar, 9. Uzbekistan, 10. UAE, 11. Syria, 12. Oman, 13. Jordan, 14. Iraq, 15. Singapore, 16, China, 17, Kuwait, 18. Thailand, 19. Turkmenistan, 20. Lebanon, 21, Yemen, 22. Tajikistan, 23. Hong Kong, 24. Indonesia, 25. Kyrgyzstan, 26. Maldives, 27. India, 28. Malaysia, 29-30, Afghanistan, Cambodia, 31. Nepal, 32. Bangladesh, 33-34. Sri Lanka, Vietnam, 35. Mongolia, 36. Pakistan, 37. Palestine, 38. Timor Leste, 39. Macau, 40-41. Chinese Taipei, Myanmar, 42-43. Bhutan, Guam, 44-45. The Philippines, Laos

  89. हाम्रो नेपाली टिमको मनोबल ,हौसला र क्षमता एकदम राम्रो छ | हाम्रो टीमले यो खेल अबस्य जित्नेछ ! खेलको सफलताकोलागी हाम्रो टिमलाई हार्दिक सुभकामना |

  90. सबै नेपालीलाइ एक बनाउन सक्षम होस् यो खेल…….हामीलाई शुभकामना…….!

  91. Nagariknews पनि हाम्रै त हो नि/ठिक छ/जोर्डन दह्रो छ/जित्न गार्हो होला /खेलाडीहरु ले जे जस्तो खेल्चन उनिहरुलाइ बढाए दिनई पर्छा/draw गरे भने पनि जिते बराबर हो/

  92. यो खेलमा नेपालले ३ गोल गर्छ र १ गोल आत्मघाती खान्छ l दोश्रो खेल मा नेपाल १-० ले जोर्डन संग हार्छ l

  93. ल है साथी भाइ हो , डिफेन्स राम्रो खेल्नु बरु, बराबर मा रोक्नु , गोल चाहि नेपाल मा आएर बर्साऊन पर्छ !
    Wish you all the best of good luck for our young team.

  94. live हेर्न चै मिल६ कि मिल्दैन नेट मा एदी मिल्ने भए कुन site मा हेर्ने हो ?

  95. हामी सबै पर्बासी नेपाली हरु को धेरै धेरै सुभकामना छ ! नेपाली फूटबल टीम लाई

  96. सुभकामना गोर्खाली रगत लाई, यो गेम जित्नै पर्छ, नेपाल २ -जोर्डन १ cheers !!!!!!!!!!

  97. जर्मनी मा आफुले चाहेको कुरा पुरा होस् भन्न को लागि दुवै हात का बुढी औला लाइ भित्र पारेर मुठ्ठी कस्ने गरिन्छ ,आज म पनि नेपाल को जित को लागि मुठ्ठी कस्ने छु !!!

  98. उमेस जी, आजको खेल पनि live update गर्नु हुन्छ ?

    • हेल्लो मित्र तपाइँ ले साएद www . p2p4u . net मा हेर्न सक्नु हुन्छ नेपाल को खेल live

  99. तेही पल जोर्डनसग पनि दोहोरियोस अग्रिम शुभ-कामना!

  100. हामी आशा बादी छौ ,नेपाली टीमले ,सफलता हासिल गर्ने छ ,

  101. सफलताको सुभकामना. देश र नेपालीले गौरभ गर्ने छन.

Comments are closed.