यस्तो छ ६ लेनको सडक अहिले


काठमाडौँको तीनकुनेबाट भक्तपुरको सूर्यविनायकसम्मको सडक खण्ड सँधै ट्राफिक जामले हैरान हुने ठाउँमध्ये एक थियो। जापान सरकारको सहयोगले यो सडकलाई छ लेन फराकिलो पारेपछि अहिले काठमाडौँको सबैभन्दा फराकिलो र अन्तर्राष्ट्रिय स्तरको सडक हुन पुगेको छ यो। यो सडकका बारेमा अन्य नकारात्मक कुरा अर्को ब्लगमा। आजलाई केही फोटोहरुमात्र, हेरौँ कस्तो देखिने रहेछ त ६ लेनको सडक अहिले-


जापान सरकारको २ अर्ब ४० करोड रुपैयाँको सहयोगमा यो सडक बनेको हो।


यो सडकमा पाच ठाउँमा इन्टर सेक्सन छ। मुख्य सडकलाई सहायक सडकसित जोड्ने १८ ठाउँमा एक्सेस बाटो खोलिएको छ।


सडकको दुवै छेउको बाटो (सर्भिस ट्रयाक) र रेलिङ राख्ने काम भने नेपाल सरकारले नै गरेको हो। कोटेश्वरदेखि गठ्ठाघरसम्मको तीन दशमलव ७१ किलोमिटर सडकमा रेलिङ्ग राख्ने काम भने जापानले नै गरिदिएको हो। गठ्ठाघरदेखि सूर्यविनायकसम्मको सडक बीचमा रेलिङ्ग राख्ने काम नेपाल सरकारले गर्दैछ।


३० महिनामा तयार भएको यो सडकको पूरै खण्डको औपचारिक उद्‍घाटन वैशाखमा भएको हो।


70 Comments

  1. जे होस् बाटो राम्रो बनेको छ . यसको मर्मत पनि राम्रो हुनुपर्छ . बाटो को devider मा फलाम को रेलिंग भन्दा पनि सुन्दर वृक्ष हरु भए सस्तो र राम्रो अनि बाताबरण मैत्री हुन्थ्यो कि र अर्को कुरा साथी हरु हो यहि एउटा छोटो बाटो मा fly ओवर, reserved lane , bike lane , व्हील चिअर लेन, जेब्रा crossing , ट्राफिक बत्ति, सडक पेटी सबै चाही खोज्नु मुर्खता हुन्छ है. सबै तिर बाट हेर्दा बाटो ठिकै छ यसलाई नमुना बनाएर अरु नया सडक हरु अझ राम्रा र सर्ब सुबिधा सम्पन्न बनाउन सकिन्छ नि .

  2. ६ लेन हैन १० लेन कै सडक बनाए पनि एसको सहि सदुपयोग गर्न जानेन भने दुर्घटना हुन्मा कमि आउँदै तेसैले सवारी चालक हरुलाई एस सम्बधि जानकारी दिन जरुरि छ .!

  3. सडक मात्र बनेर हुदैन / त्येस मा सबारी चलाउने पनि सजक हुनु पर्छ / मा हप्ता को १ -२ पटक त्यो बाटो आवत जवात गर्छु तर कसैले प्रयोग गर्ने जाने जस्तो लाग्दैन / लेफ्ट ट्राक बाट हेवी truck , loader , tipper , यात्रु बाहक bus हिड्नु पर्ने हो तर तिनी हरु सब रिघ्त ट्राक मा हिद्चन त्यो पनि आफ्नो सुरमा / fast moving vehicle लाई side नै नदि कन / मोटर साइकल हरु पनि त्येस्तै छन् / साला traffic के हेरेर बस्छ ? त्येसले rules सिकाउनु पर्दैन ? मैले देखेको जस्तै हुने हो भने आजै धेरै accident हुन्छन र मान्छे मर्छन /

  4. अस्ति बिदामा जुम्ला केटि हेर्न गा’ को , धन्दै गाडी भिरबाट पल्टिएर ज्यान गा’को | यस्तै छ लेनको बाटो जुम्ला कालिकोट सडक भैदिए कति आनन्द हुने थियो ! कहिले आउला त्यो दिन ? ओहो ! त्यो कर्णाली कति बिकशित र सुसंस्कृत देखिएला !

  5. गाउ खाने कथाको नया प्रश्न…….
    देख्दा ४ लेन… भन्दा ६ लेन … त्यो के हो…?

  6. धन्यवाद जापान सरकारलाई ! तर दिक्क लगेर आउछ सम्झिदा पनि, आज ६ लेनको सफा बाटो देखि रहेका छौ तर केहि दिनमा नै सडकको पेटीमा पान, फलफूल, पसल जथा भाबी पारकिंग गरेर छिट्टै २ लेनमा देख्नु पर्ने होला !! हे भगवान साझा यातायातको जस्तो दिन यो ६ लेनको बाटोले व्योहोर्नु नपरोस!!! यो बाटोको लागि आउने बालुवा, गिट्टी, अलकत्रा सबै खानेहरुलाई छिटै लिन आउनुस प्रभु !!!

  7. भनेर के गर्नु, यस्तो बाटोमा जेब्राक्रसिंग राख्ने सम्बन्धित महासय र इन्जिनियर हरुसंगपो कति दिक्क मान्नु र खै! जेब्रा क्रसिंग को महत्वो नाबुजेको हो कि बाटो को पत्तै पाउन गाहारो भो गाठे! माल पाय पनि चाल नपाय पछी भन्ने कि दानामा पायको सान कतिन्जेललाई र भन्ने खै! एक त नेपालको सडक भन्दापनि सवारी र सवारी चालक माथि ब्याबस्थित नियन्त्रण को आबस्यकता छ साथै अनुमति पत्र वितरण र तेस्को लागि लिईने र दीइने परिक्षा र अभ्यास आदि कुराहरु नितान्त परिवर्तन गरि नया र बिश्वो परिवेसको अनुकुल प्रणाली लागु गर्नु पर्ने कुरा अत्यन्त जरुरि देखिन्छ! नत्र यस्ता जे जस्ता जो कोइ आयर बनाइ दिया पनि कुरो तेही हो! बादरको हातमा नरिवल बरु अलिक टिक्ला बाबै!

  8. पहिले भक्तपुर् बाट काठमाडौँ आउन सास्ती हुन्थ्यो जाम भएर आहिले कोटेश्वर सम्म सुर्यबिन्यक देखि ५-८ मिनेट मा त आइ पुगियो थापाथली आउन लाई १ घण्टा लगाउनु पर्ने ..
    आधि त्यत्रो बाटो बढी मा ८ मिनेट मा जाबो ५ किमी १ घण्टा मा ल हेर्नुस अब

  9. ६०१ जना ले २ बर्ष संबिधान सभा को म्याद नथपेको भए तलब भट्ट नाघिचेको भए अर्बौ रुपियाले कमसेकम संबिधान नबने सडक त बन्थ्यो , बिदेशी को मुख त ताक्न पर्दैन थ्यो

  10. लेन मा किन विवाद गर्नु पर्यो र….. जति लेन को भए नि यो नेपाल को अहिले को सबैभन्दा राम्रो बाटो हो………. यो निर्बिबाद छ र यो बाटो बने पछि कोटेश्वर को जाम बाट हामीले मुक्ति पाएका छौ………..यसैमा खुसि बन्दा राम्रो होला अहिले लाई…………

  11. यो कुनै राम्रो र नौलो कुरा होइन आज को यो २१ सताब्दी मा./ संसार कहाँ बाट कहाँ पुगी सक्यो हामी भने तेही ६ लेन को सडक हेर्दै बसी रहेको छौ यो हाम्रो दुर्भाग्य हो/ राष्ट्र को जय नेपाल !!!!

  12. यो बाटो ६ लेन को नै हो.

    यो वर्षा को सुरुवाती तिर नेपाल जाने मौका मिलेको ले राम्रै सित यो बाटो हेर्न पाइयो.
    २ – २ वोटा लेन दाँया र बाँया द्रुत गति ले चलाउने लेन हुन्. जुन राम्ररी नै लेन कोरिएर बनैएकछन्.
    अर्को तेश्रो लेन चै यो फोटो हरुमा राम्ररी देखिन्दैना. जसलाई सर्भिस रोड भनिन्छ. यो रोड चाँही १ लेन र कतै १ लेन भन्दा फराकिला छन्. यो बाटो चैही सबैतिर बनाई भ्याइसकेका थिएनन्. यो रोड सडक छेउको घर र हिघ्वय को बीच मा छन्. यसको काम बिस्तारै हाक्ने वा ति घर वा अन्य साना- साना बाटो जना लै हो. माथि उप्लोअद गरेका फोटो हरु मध्ये लास्ट को फोटो हरु हेर्नु भयो भने बुझ्न सकिन्छ. दुइ वोटा गइ रहेको मोटर cycle को बीच बाट परको घर मुनि एउटा गाडी एई रहेको जस्तो देखिन्छ. त्यो गाडी सर्भिस रोड मा रोकेको/चलेको अवस्था मा छ.

    मैले पनि फोटो हरु मात्र हेरेर सधै ४ लेन को बाटो मात्र हो भन्ने ठानेको थिए. तेही पुगेर हेरेपछि मात्रै अर्को लेन देखें. मेरो विचार मा यसरी highway को वोरी परि सर्भिस रोड बनाउनु को केहि कारण हुनु पर्छ. यदी ३ वोतई लेन संगै बनाउने हो भने, सडक छेउ बनेको घर हरु को धोकै मा नै highway वा sidewalk बनाउनु पर्ने हुन्छ. र धेरै घर हरुको २ तल्ल सम्म पनि सडक को मुनि पर्न सक्थ्यो. यसरी १ लेन छुटै बनाएर, बनि सकेको घर हरु लै केहि अप्ठेरो भएन र, बिस्तारि वा छोटो दुरी जाने सवारी लै highway मा गइ राख्नु परेन.
    यदी तपाई Texas को Irving मा बस्नु भएको, जानु भएको छ भने 183 को छेउ छेउ को बाटो देख्नु भएको होला, जुन 183 संग parallel जान्छ. यो service rode पनि तेस्तै सम्झनुस.

  13. ६ लेन कि ४ लेन… खै म त ४ लेन मात्र देख्छु त हौ… २ लेन भ्रस्टाचार भयो क्या हो??

  14. दुइवटा feeder लेनहरु जोडेर ६ लेन भनेको होला…

  15. फराकिलो बाटो त जापान सरकार ले बनायो तर संबिधान इंडिया चाइना ले बनाई दिन६ होला किन की बिचारा हाम्रो देस को नेता हरु लाई अरु देस को धेरै सहयोग चहिन६ के………….

  16. साथी हरु एस्तो बाटो बनाउन केहि गारो छैन, हेर्नु यो जम्मा २ अर्ब रुपिया मा बनेको हो.आस्ति त्यो ब्यापारी हरु ले १ वर्ष मा खाएको VAT ३ अर्ब रुपिया ले एस्तो सडक त बरसै पिछे बनाउन पुग्छा , अझ आस्तो माओबादी लै दिएको ९ अर्ब ले एस्तो बाटो ४ गुना लामो बनाउन पुग्छा .आज्ज प्रधामन्त्री र मन्त्रि ले खाने १ वर्ष को घुस ले एस्तो बास्तो १०० किलोमीटर बनौ पुग्छ.सबै भ्रस्ताछार गरेको पैसा जोड्ने हो भने एस्तो बाटो त मेची देखि महाकाली सम्म बनाउन पुग्छा एकै वर्ष को पैसा ले . ये साले हरु ले न खाए त जस्ती भए पनि सकिन्छा

    आइअल निगम को भ्रस्ताछार को १ वर्ष को पैसा ले RING ROAD लै ६ लेन बनाउन सकिन्छ. न जग्गा अधिकरण न लफडा , सम्म बनायो पिच गर्यो , होइन तेती पनि एउटा देश ले गर्न सक्दैन भनेको? के राम्रो सडक जनता को आधिकार होइन ?

    आचाम्मा लाग्छा यिनी हरु गर्न न खोजेको देखेर

  17. भनाइ छ लेनको छ, मेरो हेराईमा त दुई लेनकोमात्र देख्छु, जे भए पनि धन्य छ जापानलाई आब हेर्न बाँकी छ यसको आयु…?

  18. दानमा आएको सडक हेरेर खुसि हुने होइन, लाज लाग्नु पर्ने हो , यो नि २-३ बर्ष पछि तेस्तै हालत मा पुग्ने हो नि

  19. मैले थाहा पाए अनुसार यो सडक ६ लेन को बनाउन नदिएर ४ लेनको मात्र बनाउनको लागि विभिन्न किसिमका छलकपटहरू भएका थिए रे | सायद उमेश जी ले यसैको बारेमा लेख्दै हुनुहुन्छ कि अर्को ब्लगमा ! यो कुराको पोल खोल्नु जरुरी छ र माईसंसारले यसको पनि भण्डाफोर गरोस|

  20. ब्लग को सुरु मै नकारात्मक पक्ष को कुरा उठेको छ. सबै कुरा सकारात्मक हुनु पर्छ भन्ने त होइन तर सकारात्मक लिन सके राम्रो होला. यो सडक मा दुर्घटना बढेको छ सायद येसैलाई इंगित गर्न खोजिदै छ नकारात्मक पक्ष को रुप मा तर साथी हरु यो सडक यूरोपियन स्तर को हो जहाँ सडक मा कोरिएका एक एक लाइन को महत्व छ..त्यो महत्व बुझ्न छाडेर एकोहोरो सडक लाइ दोष दिदै मा समस्या समाधान हुदैन. सबै भन्दा पहिला त सबारी चालक अनुमति पत्र दिने तरिका मै परिबर्तन गरिनु पर्छा नेपाल को स्थिति मा.. तिनकुने को चौर मा ४ वटा फलाम को छड गाडेर तेसैमा सबारी रिवर्स गरेर देखाउदै मा दक्ष सवारी चालक हुदैन..सबारी चालक लाइ सडक र तेस्मा सवारी कसरि कुदाउने कुन लेन को के कम हो एउटा लेन बाट अर्को लेन मा जादा के गर्नु पर्छ दाया बाया क्रस गर्दा कसरि गर्ने गिभ वे भनेको के हो यो सबै सिखाउना सकियो र ट्राफिक प्रहरी ले तिनकुने को चौर को सट्टा राजधानी को ब्यस्त सडक मा र राजमार्ग मा ट्रायल लिने गर्नु भयो भने बल्ल कुन कति कुशल चालक हो भन्ने सहि रुप मा परिक्षण हुन्छ. चालक को सिट मा बसेर स्टेरिंग घुमाउदैमा कोहि कुशल चालक हुदैन र सडक लाइ दोष दिदै मा दुर्घटना घट्दैन संसार २१ औ शताब्दी मा छ …तेसैले सडक लाइ दोष दिन भन्दा आफ्नो कमजोरी लाइ सुधारु होला साथीहरु कि कसो ?

  21. साथि हो मैले धेरै जना को कमेन्ट हेरे सबै ले यो सडक लाइ नेपाल को उत्कृस्ट सडक
    भनेर भने का छन् ! जहा सम्म लाग्छ यी कोमेंट हरु अर्को १ साल को असार श्रावन
    पछी हेरौ न सडक को स्तिथि कस्तो हुन्छ त्येस्पछी म कमेन्ट गरौला अहिले लाइ मेरो
    तर्फ बात केहि भन्न सक्दैन ! किन भने नेपाली मिडिया मा पहिले देखि देखिए को छ मुख्य समाचार भनेर !
    सड़क बनाए को १८ दिन मा भात्कियो !!!!!!!!!!!

    जब यो समाचार १ -२ साल सम्म सुन्न नपावोस तब म भन्ने छु साचै नै माथी का कमेन्ट हरु सत्त्ये रहेछन !

    • धन पुन जी, अब तपैले ऐले केहि नराम्रो देख्नु भएन…भबिस्य मा त पक्कै खत्तम हुन्छ भन्न थाल्नु भो. के भनु तपाइँ र तपाइँ जस्ता ग्रसित मानसिकता लाइ. राम्रो सोचौ साथि…बरु अर्को शनिबार सबै मिलेर त्यो बीच को भाग मा फूल रोपौंन . भोलि कसले देखेको छ र…यत्तिकै सराप्नु भन्दा, बिग्रेको पर्खनु भन्दा…राम्रो केहि बनाउन…नया केहि शुरु गरौँन . रिशानी माफ!!

  22. बाटो को दाँया र बन्य चै के को धुलो जमेको नि जापानले बनाएको बाटोमा ?

  23. सबै साथी ले भने जस्तो यो 2 lane x 2 ways ४ लेन को बाटो भन्नु पर्थ्यो, जेहोस नेपाली ले माल पायर चाल पाउने होइन क्यारे.
    जय होस्.

  24. ४ लेनको बाटोलाई कसरि ६ लेनको भन्नुर लाजैमर्नु धन्न जापानले आफैबनैदियछ नेपालको नेताहरुको हातमापैसा परेकोभाए अतिखेर भासन र कागजमा मात्र ४ लेनको हुन्थियो

  25. भयो भयो यहि एउटा बाटो छ
    दस ठाउँको फोटो खिचेर तेही कुरा हजार पटक लेख्न पर्दैन
    संसार कहाबाट कहाँ पुगीसक्क्यो

    • आफूसंग भएको राम्रो कुरा जती देखाए पनि के नै पो नराम्रो हुन्छ र Gau jun जी ?

  26. नेता को मन फराकिलो र सफा भए देश को बाटो आफै फराकिलो हुन्छा

  27. हैन के हो ४ कि ६ ट्रयाक? नदेखुंन जेल जे बन्दनी हुन्थ्यो , देखिनै सकेपछि फेरी किन येत्रो लम्बाई चौडाई?? नेपाली बानि सुदारने कोसिस गर्नु होला .

  28. बाटो राम्रो छ ….येस्मा BMW कुदाउने पाए त लास्ट मज्जा हुन्थ्यो होला है साथी हरु ?

  29. This is 2 lane track neither 4 lane nor 6 Lane.or in transportation language it is called dual carriage way.the lane is count only for one way track.not both ways.There are only 3 types of roads they are single carriageway,dual carriageway and motorway,in other word one lane,two lanes and three or more lanes.evenservice track doesn’t count.that is obly there for hard shoulder which means only you can stop for an emergency. or in case of accident happens police vans,fire brigade and ambulance can travel on the lane with siren or flashing beacon. we never count for both ways.

  30. यो त २X२=४ लेन + दुई तर्फी सर्विस रोड हो र सायद यसलाई ४ लेन रोड भन्न सकिछ । तर जे भए पनि मैले थाहा पाएसम्म यो नै नेपालको सबैभन्दा उत्कृष्ट सडक हो । महत्वपूर्ण कुरा त यसको कसरी संरक्षण गर्ने र कम्तिमा कसरी यही अवस्थामा कायम राख्ने भन्ने बारेमा अहिले नै सोच्नु र योजना बनाउनु पर्‍यो ।

  31. जापान ले Nepal लाई साझा बस दियो चलाउन नसकेर बेचेर खायो, उनीह सोचे सायद बाटोघाटो सडक ले गर्दा होला भनेर बाटो बनाई दियो अब एती चौडा बाटो पाएपछि… केहि फोटोमा पनि देखे कत्ति ले त दुइवतै (आधा यता आधा उता ) लेन मिचेर चलाएको पनि देखे, हेर्दै जाऊ अब को २/४ बर्ष पछी एसको अनुहार कस्तो देखिन्छ

  32. लेन नबुझ्ने महानुभाव हरुको लागि …..
    दुवै लेन को साइड को एल्लो ट्रयाक (जहाँ गाडी छेउ लगायर रोक्न सकियोस र यसो गर्दा बाकी २ लेन मा बाधा नपुगोस)तेस्लाई पनि गन्ति गर्यो भने ६ लेन हुन्छ…. यसरी बुझ्नु होला … बाकी रह्यो नया रोड को बाकी काम र स्यहार सुसार ….नेपाली काइते नेता र ठेकेदार मिले पछी कहाको स्यहार र मर्मत अब त्यो साइड को बाकी काम गर्न चाइना लाई गुहार्नु पर्ने होला कमिसन सहित …हेर घास उम्रेर जंगल भयको, चटक्क दुबो हुनु पर्ने ठाउमा अनि हेर हिलो ….. सडक बिभाग सुतेको छ मस्त,कुम्भकर्ण! बजेट कुरेको होला ….नि
    यसलाई नमुना को रुपमा राखेर सबैतिर यस्तै बाटो को बिकाश गर्लान कि भन्ने सोचेको खै ?

  33. साथी दुरबिन लगाएर हेर्यो भने देखिन्छ कि कुन्नि मैले त् कुनै एंगल बाट पनि देखिन त ६ लेन को बाटो यो त दुइ लेन को पो हुनु पर्छ दुवै तिर जोडेर हेर्ने चलन त Nepal मा मात्रै हो कि, पैदल यात्री को फुटपाथ पनि जोडेर बनाए जस्तो लग्यो ६ लेन को बाटो…

  34. ४ लेनको बाटोलाइ ६ लेन भनेर गफ दिने २ लेन तेसै बढाउने? हुन त २ अंकको हामी नेपालीहरु संग मितेरी साइनो नै भैसकेको छ नि / बिस्वको सबभन्दा गरिब राष्ट्र इथोपिया न. १ नेपाल न. २/जलस्रोतको धनि राष्ट्र ब्राजिल न. १ नेपाल न. २/ तेती मात्र कहाँ हो र नेपाली काँग्रेस बाहिर हेर्दा १ भित्र २/ने. क. पा.एमाले बाहिर हेर्दा १ भित्र २/माओबादी बाहिर १ भित्र २/ सेना पनि २ एउटा नेपाली सेना अर्को जंगली सेना/ सत्ता पनि २ एउटा रास्त्रिये अर्को जंगली/हुदा हुदा त जिबन हरण गर्ने यमराज पनि २ एउटा मानब जिबन लाने अर्को हामी नेपालीको र हाम्रो नेपालको अस्तित्वो खत्तम पर्ने ६०१ सभासद / छैन त हामी संग २ अंकको तालमेल /

    • मित्र समिर ,
      यो lane को बिसयमा के र कति भन्ने दोहारी त चली नै रहला तर नेपाली हरुमा एउटा भ्रम कि नेपाल जलस्रोत को दोस्रो धनि देश भयो भन्ने बारेमा नेपाल top ३० मा पनि पर्दैन बरु नेपाल स्वच्छ पानी मा दोस्रो पर्छ हामी जस्तै हाम्रा नया पिन्दिलाई यो कुरा राम्ररी अबगत गरे उचित होला कि?
      जसको लागि यो लिंक मा जानुहोस
      http://www.suite101.com/content/richest-water-countries-अ२१७०१
      जे गणेश
      राकेश

  35. के गर्र्नु नेपालमा एय्स्तो बाटो देख्न पनि बिदेसिको सहयोग चाहिन्छ . हाम्रो सरकार आरु बिकासको काममा पनि सहयोगको असमा छ … केगर्ने नानी देखी लागेको बानि .. छुतौनै गाह्रो छ .. आफैले कोसिस गर्ने कैले हो कुन्नि ?

  36. फराकिलो बाटो भएर के गर्नु, बाटो बनाउने बेलामा बुद्दि संघुरो भाएपछि …खोई त व्हील चेयर गुडाउने बाटो ? खोई त अपांग मैत्री ???

  37. बाटो फराकिलो भएर मात्र के गर्नु मोटरचालक र पैदलयात्रु सचेत नहुन्जेलसम्म १० लेनकै बाटो बनाएपनि खासै फरक पर्दैन । त्यसमा पनि लगाम बिनाका घोडाजस्ता मोटरसाइकल चालकका कारण यो बाटोबाट यात्रा गर्दा सकुशल गनत्व्यमा पुगिन्छ की पुगिँदैन थाहा हुँदैन ।

  38. ति ६ लेनकै हुन्? बिदेसी स्तरकै..? मैले त आँखा मिची-मिची हेरेI जे होस्, अर्काले बनाई दिएकोमा धन्य हुने भन्दा त्यसको संरक्षेन गर्नुमा बुद्धिमता हुन्छ कि ! अझै जापानले बनाए जस्तो भने मलाई लागेन I अरु भन्दा अलिकति राम्रो देखियो तर राउण्ड-एबाउट, exit , over bridge ,junction , सेफ्टी, बोर्ड आदि २-३सय मि. टाढैबाट हेरेको देख्दिन! देख्छु त ‘म’ अभावमा खाली खुट्टाले हिड्नै आटेका’रु, जन्मभूमिका पसिना सोसेर चिल्ला गाडी कुदाउने’रु मात्रै त्यहाँ हुनेछन भनेर !

  39. बाटो त बन्यो सम्भिधान के हुदै छ ..कहिले बंछा त्यो

    • कुरा चै ठिक हो सबै भन्दा त अनुसासित भएर मोटर हाक्नु पर्यो; yaha कमि तस्कै छ

  40. फराकिलो बाटोले हुने वाला केहि छैन, पहिला ,हरेक नेपालीको बुद्धि ,बिबेक फराकिलो हुनु जरुरि छ ,अनि मात्र सुन्दर देस नेपाल बिकसित देस नेपाल बन्न सक्छ ,जय नेपाल

    • तर एस्सो हेरेर ल्याउँदा त जम्मा २ ट्रयाकको जस्तो पो लाग्यो मलाई त. ६ ट्रयाक भनेपछि एकै पटक ६ वटा गाडी गुड्न सक्ने हुनुपर्ने मलाई फोटो देख्दा त्यस्तो लागेन. गल्ती भए क्षमा प्रार्थी छु.

      • I think it is correct….
        6 lanes of motorways….
        Each side 3-3……
        Each side 2 stander motorways (high and low speed) + 1 collector road (distributor road)….BUT collector road is very small here…..

  41. अरुको आशै आशामा बाच्ने बानि हामीलाई लागेको छ l

  42. ४ लेनको बाटो छ यार खाली क को ६ लेन भन्या हो? मा त स्पस्ट ४ लेन देखिराको छु सब फोटोहरुमा? What is this?????????????

    • मलाई त २ लेन जस्तो लाग्यो, बाहिरी दुइ त फुटपाथ हो जस्तो छ नि त.

    • You might have confused by seeing only left side of the road. On the last photo, we can see 3 lanes in one side. I think there should be similar 3 lanes on right side too (i.e. right side of greenery divider). Thus, it is six lane-road. If I am mistaken, I am sorry.
      Gautam

  43. जापान सरकारले नेपाली हरुको लागि धेरै गरेको हो तर नेपाल सरकारले हेरेरै चित बुझायो त्यति मात्र होईन नेपाल सरकार लाई हेर्ने बाहेक अरु केहि गर्दैन कस्तो लाज नभयको नेताहरु अरु देशमा भय यस्तो नेताहरुले राजीनामा दियो होला तर यहाँको नेतार्हरुलाई केहि मतलब नै छैन देश जस्तो सुकै होस् उनि हरुलाई आफ्नै कुर्सि को माया लाग्छ लाज नभयको नेताहरु

  44. I dont understand how you guys saying this 6 lane freeway.Everyone can easily see there are only 4 lane.Could you please explain me?

    • @matribhumi

      its actually 6 lane..if u look carefully, you can see the yellow line on the side. That’s actually emergency lane. That is practically smaller than those lanes so u may not recognize it. Actually u are partially right as well. To make it exact 6 lane they must have included service track as well which is not yet completed .

    • On the last photo, we can see 3 lanes in one side. I hope there should be similar 3 lanes on right side too (i.e. right side of greenery divider). Thus, it is six lane-road. If I am mistaken, I am sorry.
      Hari

  45. कस्सम म अस्ति नेपाल जाने कारण मध्ये एउटा कारण यो सडक हेर्नु नै थियो !! अत्ति सारगर्वित उपहार दिएको छ जापान सरकारले नेपाललाई /
    अब यसको जगेर्ना र सहि उपयोग गरि हामीसंग पनि गर्व गर्ने सडक छ भनेर अहिलेलाई यसैलाई देखाउन मिल्ने गरि राख्नुपर्ने चुनौती र दायित्व हामीलाई छ /
    तर…-
    – लेन फराकिलो भएकोले मनोमानी चलाउदो रहेछ / हरेको लेनलाई १/१ हात हटाइदिए पनि पुग्छ /
    – उक्त सडकको माथि exit गर्ने ठाउ वा कता मोडिने हो त्यता त्यस्तै आकारको arrow भएको ठुलो ठुलो बोर्ड राख्न जरूरी छ /
    – लेन परिवर्तन गर्दा अति नै कम चालकले मात्र सिदे लिघ्त बालेको देखियो / जुन बाल्न अत्ति जरूरी छ /
    – हप्ता हप्ता अस्ति चीनले दिएको ट्रकले बढार्ने व्यस्था पनि गर्नु पर्यो /
    * मुरी मुरी धन्यबाद सालोक्यजी फोटो तथा जानकारीको लागि !!

  46. कुरो त राम्रै हो, तर रैलिंग फिक्स गरेर घाँस उमार्नु भन्दा (एस्तो लामो सडक मा घाँस काट्ने काम लाइ खर्च गर्नु बेफ्वक को काम हो) concrete finish गरि ठाउँ ठाउं मा रूख रोप्य भए राम्रो हुन्थ्यो|

  47. राम्रो रहेछ| नेपाल सरकारलाई पैसा दिएर आफै बना भनेको भए उही एरपोर्टको हालत हुन्थ्यो होला या अझै निर्माणाधीन अवस्थामा हुने थियो| धन्न जापान सरकार आफैले बनाई दिएकोले यस्तो बाटो बन्न सक्यो| धन्यबाद छ जापानलाई!!!!

  48. सडक त दामी बनेछ, तर संबिधान बन्ने कुराको छेकछन्दै छैन ! कि त्यसलाई पनि जापानले बनाइ दिनुपर्ने !?

  49. आफ्नो देशको फराकिलो सडक देखेर धेरै खुशी लाग्यो ..तर फराकिलो सडकमा होसियारी साथ् सवारी साधनहरु चलाए झन् सुन मा सुगन्ध हुन्थ्यो.

  50. अब तेसैगरी चीन ले कोदारी देखि सुर्य विनायक सम्म जोडी दियो भने ६०१ ले भन्न पाउने थे ल हेर हामीले केहि गरेउ |बिरगंज भन्सार ,जोगबनी ,नेपाल गंज
    मा भ्रास्टाचार रोक्ने हो भने तराइको बिकास को लागि मनग्गे पैसा पुग्छ |
    पोखरा को पर्यटन बिकास गर्न सके आस पास को पहाडी इलाका को बिकास हुन्छ ,इलाम को चिया ,अदुवा ,अलैची खेति ले तेस छेत्र लाइ हरा बरा पार्न पुग्छ |
    काठमान्डू ,हेटौडा सरुंग मार्ग हुने हो भने नेपाल एसिया कै धनि हुन्छ |
    सत्ता मा बसेर धादली मात्र गर्ने र गर्न चाहने बेइमान बाजे हरु पाखा लाग्नु पर्यो ,
    यहा त् एउटा पी यम को लागी रामचन्द्र ,देउवा ,बाबुराम ,पाए प्रचन्दै पनि ,गच्छेदार बीच अस्वस्थ प्रतिस्पर्धा हुदैछ |
    राजनीति पनि सुध्रने हो भने ,नेपालि ले भुल्ने छन् अमेरिका ,बेलायत ,अस्ट्रेलिया बिस्व मा कहा पर्छ भनेर |

  51. राम्रो छ तर ठाउँ ठाउँ मा खाल्डो पनि परिसकेको छ तर खाल्डो टाल्ने काम पनि बेला बेला हुने गर्छ.. सायद वर्षा को कारण ले एस्तो भयको हो या सडक को निर्माण मा भयको कमि कमजोरी को कारण ले हो ……

  52. सुरुवात राम्रो छ / येस्तई अन्त पनि हुदै जावोस- येही मेरो सुभकामना छ /

  53. एस्लाई संरक्षण
    गर्न सके त हो नत्र बदरको
    हातमा नरिवल मात्र हो
    बिष्णु अधिकारी
    appleton

  54. धेरै खुसी लाग्यो यो फराकिलो बाटो देखेर..आशा गरौ नेपालको अरु सहरहरु मा पनि यस्तै बाटोहरु चाडै नै तैयार होस्. धेरै पछि positive समाचार हेर्न पाउदा खुसि लाग्यो.

  55. मलाई सबै भन्दा घत लागेको अंश:

    “जापान सरकारको २ अर्ब ४० करोड रुपैयाँको सहयोगमा यो सडक बनेको हो।”

    भ्रस्टाचार नियन्त्रण, नेताहरुको राज्यको खर्चमा हुने अनावस्यक विदेश भ्रमणमा रोक र राजस्व छली बन्द गराउन सक्ने हो भने हाम्रै लगानी बिकाशका कति पुर्वाधारहरु निर्माण हुन्थे होलान!!!!!!

Comments are closed.