नेपाली फुटबललाई माया देखाउने दिन आज


जोर्डन हामीभन्दा धेरै अगाडि रहेको टिम हो। तर हामी पनि कम छैनौँ। विश्वकप खेलेको उत्तर कोरियासँग हामीले हाम्रै भूमिमा कम अन्तरको पराजय भोगेर बहादुरी प्रदर्शन गरेका थियौँ। आज त्यस्तै स्थिति दोहोर्‍याउने समय हो। त्यसैले विश्वकप फुटबलको छनौट चरणको दोस्रो लेगमा होमग्राउन्डमा आज नेपाली फुटबललाई माया गर्नेहरु पुग्नै पर्छ। जोर्डनमा भएको ९-० को पराजयलाई लिएर गाली गर्ने बेला हैन यो, नेपाली फुटबललाई माया गर्छौँ भनी देखाउने दिन हो आज।

अर्को चरणमा जान त पक्कै पनि संभव छैन। किनभने त्यसका लागि हामीले एकतर्फी रुपमा जोर्डनविरुद्ध १० गोल ठोक्नुपर्छ। आजको खेलमा फुटबलमा यदाकदा हुने गरेका अपसेट रिजल्टको रुपमा जोर्डनलाई पराजय बेहोर्न बाध्य बनाउने कल्पना छाड्नुहुन्न। तर पनि बराबरी वा सम्मानजनक पराजय नेपाली फुटबलका लागि उपलब्धि नै हुनेछ।


अनिल गुरुङले आज यसरी रोक्ने हैन, अनिललाई चाहिँ यसरी रोक्न जोर्डनीहरु बाध्य होउन्। फोटोः एएफपी



खेल हेर्न धेरै आज दशरथ र‍ंगशाला जानु हुन्छ होला। नभए वेबसाइटहरुमा लाइभ अपडेट वा टेलिभिजनमा प्रत्यक्ष प्रसारण हेर्नु हुने नै छ होला। म भने यो दिन तपाईँहरुबाट धेरै टाढा एउटा अर्कै काममा व्यस्त छु। तर मेरो शुभकामना सँधै तपाईँहरुको जस्तै नेपाली फुटबललाई टिमलाई रहिरहनेछ। म यहाँ नभएकोले यो खेलको नतिजाको अपडेट र फोटोहरु राख्न असमर्थ भएकोमा क्षमा चाहन्छु। कृपया तपाईँ पाठकहरुले नै खेलको विश्लेषण र नतिजा कमेन्टमार्फत् गरिदिनुहोला। म चाँडै फर्कनेछु।

73 Comments

  1. नेपाली खेलाडीलाई बधाई तथा शुभकामना…….. हीजो दीउसो office बाहिर खाजा खान गएको थीए …. ४-५ जना केटाहरु खुबै नेपाली टोलीको खुलेर ठुला ठुला स्वोरमा बिरोध गर्दै थीए..आज त झन् १० गोल खान्छ …… तर नेपाली खेलाडीले राम्रो खेल खेलेको खबर पाउदा… ती ४-५ जना केटाहरुलाई राम्रै झाप्पड मिलेको जस्तो लाग्यो…….नेपाली खेलाडीको बिरोध मात्र नगर्रौ…. सधै साथ् मा साथ र हौसला दीने गरौ ………..

  2. It’s proud to be Nepali really a great feeling u guys have done a great job keep it up guys……… best wishes for your future too………

  3. हामी नेपाली को कमजोरी भने को नै तेही हो भन्छन नी आफ्नो ठाउँ मा सबै जना बलीयो हुन्छ भने र तेही भय को हो नेपाली टीम जोर्डन मा डराय र नै यस्तो भय को ९ – ० को नतीजा साथी हरु लाई के लाग्छ ?

  4. ल बधाई छ हामीलाई, जोर्डन संगको आजको खेलमा नेपालि खेलाडीले उत्कृष्ट प्रदर्सन गर्दै जोर्डन लाइ १-१ को बराबरीमा रोकेको छ, नेपालले नया इतिहास रचेको छ…

  5. BRAVO – GREAT COMEBACK !

    The score says it all 1-1

    I was there to watch it live at the stadium . The atmosphere was electrifying and trust me our players gave them the fight of their life.

    We played intelligently, fought very hard against a credible opponent specially after coming back from a heavy defeat only few days back .

    The first half never looked like we lost to the same side because we were dominating them in all the department.

    Our goal against them was so sweeeeeeeeeeeeeeet . When that goal was scored the stadium erupted and we all went crazy 🙂

  6. खुशीको कुरा नेपालले जोर्डनलाई १‍-१ को बराबरीमा रोक्यो । घरेलु मैदानमा देखाएको जस्तो स्पिरिट जोर्डनमा पनि देखाएको भए आज नेपालको लागि एतिहासिक दिन हुने थियो । जे होस् नेपाली खेलाडीहरुको खेल आज तारिफयोग्य थियो विशेष गरी मध्यान्तर पछि ।

  7. १ १ गोलको बराबरी त कम्तिमा हेर्न पायियो, झरीले साथ दिएर होकी नदिएर हो/ एसको उत्तर भबिष्य मा नै थाहा होला / नेपाली टिमले पहिले बेहोरे क्षण अब नदोरिन तिर अघि बढुन कामना छ /

  8. ल देशको इज्ज्वत को सवाल छ खेलाडी दाइहरु जोर्डन लाइ १० गोल हानेर बिर गोर्खालीको नाम राख्नु पर्यो सबै लाइ all the best

  9. भर्खर कान्तिपुर मा पढेको नेपाल ले जोर्डन लाइ १ १ गोलको बराबरी मा रोकेको छ , बधाई नेपाल लाई !!!

  10. देख्यो साथी हो आज बराबरी मा खेल सकियो १-१ क्या मजा… गर्यो साथीहरुले…. मान्नुपर्छ

  11. ये भाईहरु यो जित तपाएँ को हो तेस कारण एक पटक देस को लागि मारी मेट्ने हैन र?ये नेपाली नेता को सेखी झरना भए पनि एक पटक मारी मेटेर खेलिदिनुस त.तपाईं हरु को लागि मा भगवान संग प्राथना गरि बस्ने छु यो जित को लागि.गूद लुच्क नेपाली टं.

  12. मज्जा आयो!!!! ९-० को पराजय सहनु पर्दा यो मन भक्कानिएको थियो तर आज हाम्रा प्रिय खेलाडीहरु ले एसियाली स्तरको खेल खेल्दै १ ,१ को बराबरी खेले मन हर्स ले गद गद भएको छ|खेलाडी,प्रसिछ्क र नेपाली फुटबल लाई माया गर्नु हुने सम्पूर्ण दर्सक मनुभावहरु लाई बधाई अनि मुरी मुरी धन्यवाद!यसरि नै नेपाली खेल र खेलाडी लाई माया गरिरहनु होला माया ले त संसारै जित्न सकिन्छ|

  13. टक्कर भयो फोटो मा भने जसरि नै आज नेपाली खेलाडी को आगाडी जोर्डन निरिह नै रह्यो… अर्को चरण मा छनोट न भए पनि यो नेपाली को जित हो…

  14. लौ एक एक भएछ , धेरै राम्रो | अब अर्को पटक को लागि कोसिस गर्ने | फुटबल को बिकाश को लागि २-४ दिन को त्रनिंग र मोतिवेशन बिना हुदो रहेनछ | Anyway keep it up!!!

  15. बराबरीमा आएको मा धेरै धेरै धन्यवाद नेपाली खेलाडी हरुलाई केहि आनन्द मिल्यो ……..

  16. नाजित्यौ त के भो, खुशिले रुवायौ मोराहरू /

  17. बधाई छ हामीलाई, खेल १/१ गोलको बराबरीमा टुंगियो!
    सबै खेलाडी तथा फुटबल प्रेमी दर्सक महानुभाव हरुलाई बिशेष धन्यवाद तथा बधाई!!!

  18. जब नेपालले टिमोरलाई हराएको थियो त्यहि बेला मैले भनेको थिए कि यदि साहुखल कारबाहीमा नपरेको भए जुमानु बेन्चमा हुन्थे र आज त्यो कुरा प्रमाणित भएको छ.सेकेन्ड हाल्फ्मा जुमानु र भरत खवास आए पछी खेल डाइनामिक भयो र नेपालले गोल गर्यो.जुमानु नेपालको बेस्ट स्ट्राइकर हुनुको साथै साहुखल र अनिल गुरुङ भन्दा कैयौं गुणा राम्रा खेलाडी हुन् र खवास नेपालको बेस्ट मिड-फिल्डर हुन् तर उनीहरुलाई नै आज बेन्चमा राखियो…..जब सम्म नेपालि फूटबल मा पुलिशका खेलाडीहरुलाई येसरी पाखा लगाइन्छ नेपालि फुटबलले कहिल्यै उन्नति गर्न सक्ने छैन

    • के पुलिस आर्मी भनि रा साथि…….it’s a team game! Choice of players depends upon the performance on previous games n form of players. We will never know until they are tested. Graham Robets did a good job and tested all the players brialliantly. Kudos to him.

  19. हामी नेपाली नेपललाई माया गर्छौ, नेपालको प्रतिनिदी गरेर खेल खेल्न गएका खेलाडीलाई हाम्रो साथ नहुने कुरै भएन नि, नतिजा जेजस्तो भएपनि देश को नाम राख्न सफल भए पुगछ, बलिया राष्ट्रसंग राम्रो खेल देखाऊनुनै राम्रो हुनेछ , ”’बेस्ट ओफ्फ़ लक”’

  20. मा नेपाली team को लागि यहाँ माला गंदैछु. पूजा पनि गर्दैछु, नजिते पनि ९ गोअल्स नाखावोस भनेर!!!

  21. हे भगवान १५ मिनिउट भित्र मा ५ जना जोर्डन खेलाडी ले रेड कार्ड पावोस तेस्पछी त नेपाली ले २० गोअल हान छ…… अल द बेस्ट…………………

    • मित्र ४ जना भन्दा बढी खेलाडी ले रेड कार्ड पाएमा खेल abandon हुन्छ र नेपाल ले जोर्डन को जति गोल छ, तेस्को १ गोल प्लस पाउछ | येसो भयो भने पनि नेपालले चरण पार गर्न सक्दैन !

    • यो त झिँगा को सराप ले दिगा मर्ने जस्तो कुरा भयो नि. खेलेर पो देखाउनु पर्छ

  22. very gud news to all nepalese football lover…..NEpal is in top rank within southasia according to latest fifa rank….nepal got 136 position where as india as in second position got 147 position ….Go NEPAL GO

  23. आज त मलाई विश्वास छ हामीले जित्छौं तर हामी धेरै अन्तरले जित्न चाहन्छौं |…
    र आज सुरक्षा निकायले अनि हामी सबैले निकै नै ध्यान दिनु जरुरि छ | जसको कारणले हाम्रो इज्जत नगुमोस |

  24. नेपाल = १० गोल
    जोर्डन = ० गोल

    येसो भए कसो होला ?

  25. ल ल खेलाडी हरु लाई १० गोअल को सुबकामाना सके हान्ने नसके ………

  26. हामी नेपाली हरु सानै देखी लागेको बनी , खेल कसरी राम्रो गर्ने होईना हर खायो अनी खु ट्ट बच्दे तेस्लाई पछी देक्लास येस्तई येस्तई त हो ,

  27. फुटबल यस्तो खेल हो जसले देशको पहिचान बनाउन मद्दत गर्छ। अर्जेन्टिना, ब्राजिल देखि लिएर क्या्मरुन सम्म देशको नाम हामी नेपालीले फुटबलकै कारण धेरै सुनेका छौं। फुटबलले राष्ट्रलाई जोड्ने काम पनि गर्छ, एकताको भावना बढाउँछ। फुटबलको मनोरञ्जनको पक्ष त छँदै छ। यस्तोमा आज हाम्रो राष्ट्रिय टोलीले घरेलु मैदानमा खैल्दै गर्दा सम्पूर्ण खेलप्रेमी महानुभावहरु रंगशाला गएर राष्ट्रिय टोलीको हौसला बढाऔं। ९ गोल खाएको नकारात्मक आलोचना भन्दा पनि सकारात्मक सोच राखौं। आजैको मितिमा जोर्डनलाई हराउने क्षमता नहोला, तर जोर्डन मात्र के ईङ्ल्याण्ड, फ्राँन्स, ब्राजिल, अर्जेन्टिना आदि देशबाट खेल्ने पनि मान्छे नै हुन हामी जस्तै, नेपालले मात्रै गर्नै नसक्ने चाहिं होईन।भविष्यको सोच राखौं, अबको केहि वर्षमा नेपाली फुटबलले फड्को मारोस, शुभकामना।

  28. जस ले जति गाली गरे पनि नेपाल सार्क राष्ट्र हरु मा न -१ मा उक्लेको छ,१६ वर्ष पछि को यो सफलता लै नजर अन्दाज गर्न मिल्दैन,सिमित सुबिधा का बाबजुद यो सफलता को श्रेय खेलाडी र कोच लाई नै जान्छ,साथै दर्सक को उत्साह जनक सहभागिता लाई पनि….यो नै खेलाडी ले हामी लाई दिएको उपहार हो, आउनुहोस सबै मिलि उनीहरु लाई हौसला प्रदान गर्न रंगशाला जाउ……………नेपाल ……..नेपाल

  29. नेपाली टिमलाई all the best भन्न चाहन्छु मैले हिजो पनि र आज पनि भन्दै आएको छु हाम्रो नेपाली टिमलाई ”असफलता नै सफलताको प्रतिक हो” किन कि म यो कुरालाई विश्वास गर्छु कोसिस गर्यो भने सबै थोक पुरा हुन्छ नहुने केहि छैन तेसैले कोसिस गर्नुस सफलता अवास्ये हात पर्ने छ,,,,,,,,,,,,,,,,,

  30. गोर्खाली मुटु बोकेर मैदान मा उत््रीनु, ऑल द बेस्ट

  31. देखाइदे भैरे देखाइदे …ठोक् ठोक् १ दर्जन नसकेपनि १ कम ठोक् ….नेपाली खेलाडीहरुलाई बधाई छ ..

  32. Go on Nepali team……… We all are always with you………………………………..

  33. नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल

  34. धन्न नेपाली टिम ले येतिको खेलेको छ.जम्मा ४दिन्को ट्रेन्निंगले जोर्डन जस्तो टप टिमलै हराउने सपना देख्नु मुर्खता हो. एसियन कप मा जापान संग बराबरी खेलेको टिम हो जोर्डन .जापान परिआए अर्जेन्टिना ब्राजिल लै पनि हराउने छेमता भएको टिम .अनि जोर्डन को तेस्तो गर्मिमा एकदिन बसेर कसरि खेल्न सकोस .बेलाबेलामा अरु देशसंग मैत्रीपुर्ण फूटबल खेल्ने अवोसर पायेपो सुधार हुने थियो .आशा गरौं आउदा दिनमा राम्रो होला .
    आज अर्को राम्रो समाचार पनि छ नेपाल दक्षिण एशिया मा टप टिम भएको छ. बरियेतामा नेपाल १३२ स्थान मा पुगेको छ .
    मेरो धेरै धेरै सुभकामना आज राम्रो खेल्न सकोश भन्ने .

  35. नेपाली टिम ले १० गोल जोर्डनलाई हान्नु भनेको नेपाल ले वोर्ल्ड कप जित्त्नु सरहनै हो ,जेहोस गूद लक् नेपाली टिमलाई

  36. Guys, i wanna clearify one thing that are we really weak or something is hindering our spirit or performance in Nepali football?..who is responsible..?who gave what for nepali football?….Lets see….
    NEPAL : Head Coach selected before few weeks/only 3 days closed camp training & not even a single friendly match/went to Amman on 21st night & played match on 23rd in a Gulf country where Temperature is too high(38-40ºC) compared to Nepal(28º-32º)..eettcc
    JORDAN : Fixed coach/more than 1 month closed camp in and abroad country/played 4 friendly matched with Asian Top countries & modern facilities and so on….ONLY TO FIGHT WITH NEPAL!!!!
    ..Soo Guys football governing body ANFA(All Nepal Football Association) is responsible for this who is the one to think about all this and has sole authority too to manage Nepali Team.
    ***..Now lets not stand only upon previous reasult but lets encourage Nepali Team in Dasarath Stadium or in Kantipur TV(as per your situation) & abovementioned things is just for common purpose for Nepali Football….Jai Nepali Football..Jai Gorkhali

    • हर्के जी
      फेरी हेर्ने हरु भागा भाग गरे भने नि ?

      • खेलाडीको प्रतिभा देखेर हेर्ने भाग्छ भने त के गर्नु र खै……..!

  37. नेपाली फूटबल टिम लाई सपोर्ट गर्नु हुन्छ भने ( किलिक गर्नुस हरियोमा) गर्नु हुन्ना भने (किलिक गर्नुस रातोमा) यो मन त मेरो नेपाली हो विचार गर्नुस है साथी हो

  38. थिकै छ जोर्दन संग हारे पनी अगाडी बदिरहेकाछौं हामी अहिले फिफाको बरियतामा 12 औं स्थान माथी चडेका छौं

    बधाई छ नेपाली टिमलाई

  39. हे भगवान १५ मिनिउट भित्र मा ५ जना जोर्डन खेलाडी ले रेड कार्ड पावोस तेस्पछी त नेपाली ले २० गोअल हान छ……

  40. हारेर पनि जित्ने लाई बाजिगर भन्छन .. हामि हारे पनि के भो त .. हामि सिकी रहेका छौ.

    रोम एक दिन मा भनेको होइन .. घोडा चढने मान्छे लड्यो भन्दैमा घोडा चदना छोड्नु हुन्छा र ..

  41. सबैको चाहना जित नै हो तर हारे पनि सम्मानजनक हार होश | २ गोल भन्दा बढी हान्न नसकुन दुश्मनहरुले ! बदलामा कम्तिमा १ गोल हाम्रो तर्फबाट होओस |

  42. दिमाग चलाउनु पर्नेहरु टोपी लगाएर बसे ,कलम चलाउनु पर्नेहरु समुद्र पारि टाप कसे |देसै अस्त व्यस्त ,खेलाडी लाइ न पुग्दो तालिम न भिटामिन ,एस्तो बेला फुटबल को ‘फु ‘उचारण गर्न पनि न्वारन देखि को बल निकाल्नु पर्ने अबस्था मा ,धन्न नेपालि खेलाडी ले फुट बल लाइ फुट ले हिर्कायेछान| संबिधान लेख्ने पर्ने हरु ”संबि ” लुकाएर धमा धाम ”धान ”
    भर्न लागे जस्तै ,खेलाडी लेपनि फुट बल को ”टब ” निकालेर ”फुल ” मात्रै भर्न लागे के हुन्छ ?

  43. I can see the possibility that Nepali spectators would throw stones in the stadium today.. Yasto nabhaye dherai ramro hunthyo..

    • हो आरती हो
      जापान बसेर नेपालीले ढुंगा हान्छ भनेर “see possibility” गर्ने
      खुब राम्रो
      जापान गए पछि “Nepalese back home” लाई एस्तो द्रिस्तीले हेर्ने??
      जापान गएर भद्र भलाद्मी (decent) भै खाकाहरु..

    • आरति जी तपाई जापानमा भएकोले त्यो हुदैन ढुक्क हुनुस.

    • अब आरती जी नै जापान गए पछी कसले हिर्काउने ढुंगा !! तपैले आफ्नो past सम्झीनु भयो तेस को लागी धन्यबाद

  44. अल द बेस्ट नेपाली राष्ट्रिय टोलि ………..

  45. हुन त नेपाली फूट बल टिम ले आज दस गोल हान्नु पर्ने बाध्यता असम्भब नै छ तर पनि गोल अन्तर कम मा नै हार जितको फैसला होस् भन्ने चाहन्छु .श्री पशुपति नाथ ले हाम्रो नेपाली फूटबल टिम लाइ शक्ति देओस पवन पुत्र हनुमान ले आट देओस येही छ शुभकामना …..जय नेपाल ………….

  46. खेलाडी तिम्रो पौरखमा अंकुराएको हाम्रो साख अवश्यमेव जोगाउनेछौ !!
    पुलकित यो मन मस्तिष्कमा बिजयउत्सवको पुष्प बर्साउनेछौ !!
    “सान्त्वना जितको लागि हृदयदेखि हौसला एबम् शुभकामना !!”

  47. लौ झिल्के हो आज ज्यान फालेर खेल है !!

Comments are closed.