ॐ नमः शिवाय


आज तपाईँहरुलाई भक्तपुर*को साङ्गामा रहेको १४३ फिट अग्लो महादेवको मूर्तिको दर्शन गराउन लाँदैछु। तयार हुनुहुन्छ हैन त ?


भारतीय नागरिक कमल जैनले व्यक्तिगत लगानीमा बनाएको यो मूर्ति परिसरमा जाने दुई वटा बाटो छन्। एउटा उकालो बाटो छ, अर्को मोटर जाने बाटो। मोटर जाने बाटोबाट त्यो परिसरमा पुग्न सय रुपैयाँको टिकट काट्नु पर्छ। पार्किङ सुल्क अलग्गै। यो मोटर चलाउनेले मात्र तिर्नुपर्ने भने हैन। यो बाटोबाट प्रवेश गर्ने, जसलाई भीआईपी इन्ट्रान्स भनिएको छ, सबैले तिर्नुपर्छ। सुरुमा यति धेरै पैसा तिर्नुपर्ने हैन होला ठानेको थिएँ। तर हो रहेछ। व्यापारीले व्यापारै गर्न जानेका हुने रैछन्।


यो मूर्तिको उद्‍घाटन राष्ट्रपतिको हातबाट गराउने भनिएको थियो। तर यो क्षेत्रलाई ट्रस्टमा लैजान मालिक कमल जैनले अस्वीकार गरेपछि व्यक्तिगत सम्पतिको उद्‍घाटन गर्न राष्ट्रपतिले अस्वीकार गरेका थिए।


६ वर्ष लगाएर १०० जना नेपाली र भारतका कालिगढले यो मूर्ति बनाएका हुन्। गिट्टी बालुवा सिमेन्ट डन्डी प्रयोग गरिएको सो मूर्तिलाई घाम र पानीबाट बचाउन जिङक कोटेड गरेर तामालाई स्प्रे गरिएको छ। त्यसको लागि ६ हजार किलोग्राम तामा र जिङ्क लागेको रहेछ।

यो ठाउँलाई एउटा रिसोर्ट जस्तो पनि बनाइएको छ।

यो मूर्तिको बीचको भागमा बुद्धको आकृति देखिन्छ भनिन्छ। हेर्नुस् है तपाईँहरु पनि देख्नुहुन्छ कि।


125 Comments

  1. मोटा मोटी रुप मा साथी हरुले गर्नु भयको कमेन्ट हरु पढे , कति कमेन्ट पढ्दा हासो उठ्यो , कति पढ्दा रिस नि उठ्यो अनि कुनै कुनै कमेन्ट अल्पज्ञान भयर गरे झैँ लग्यो । जहाँ सम्म विश्व को सबै भन्दा ठुलो शिव जी को प्रतिमा को दर्सन गर्न लाई सुल्क लाग्ने कुरा कै आस पास मा कमेन्ट हरु लेखियको छ यस सन्दर्भमा म के भन्न चाहन्छु भने तपाइलाई त्यो ठाउमा गयर शिव जी को दर्शन गर्न लाई सुल्क लाग्ने होइन त्यस एरिया भित्र रहेको पार्क घुम्न , सवारी पार्किंग गर्न लाई सुल्क लाग्ने हो । तपाई सुल्क नतिरी शिव जी को दर्सन गर्न चाहनुहुन्छ भने पैदल जानुस दर्सन गर्नुस अनि पुन आफु गयको बाटो फर्कनुस तपाई ले सुल्क तिर्नु पर्दैन । अब तपाई त्यो मन्दिर वरिपरी रहेको रमाइलो बगैचा , पार्क अनि त्यहाको सुन्दर बाताबरण को भरपुर अवलोकन गरि मनोरंजन हासिल गर्न को लागि र त सुल्क तिर्ने पर्छ नि मित्र ! त्यो सुल्क के को लागि तिर्नु पर्छ भनेर भनिराख्नु पर्दैन होला नि ? ?????????

  2. सिबजिको अनुहार कस्तो हुनु पर्ने अथवा कस्तो राख्ने ,भौगोलिक तिर जानेकी केहि बिचार नगरी तेत्रो मुर्ति उभ्यैदिये | ल ठिक छ उड्ने मा चन्द्रमा देखि गुड्ने मा गाडी पनि पुजा गर्ने हामि पुजा गरि नै दिउला |
    तर जब सिब को नाउ आउछ ,भक्तजन हरु उहा को बिसाल लिंग देखेर भाब भिवोर हुन्छन |
    तेसैले लिंग राखिदिएको भए ,बिबाद आउने नै थिए न सायद

  3. ॐ नमः शिवाय !! यो त सरासर १००% ठगि हो भगवानको नाम मा ब्यापार हो !
    त्यसैले यों प्रतिमा जसले बनायो त्यो आफैमा अति सुन्दर भए पनि यसको पछाडी लुकेको स्वार्थ चाहि हामि हिन्दु धर्मालम्बिहरुले अबस्य मनन गर्नु पर्ने हो !!

  4. यो भनेको बनाउनेले ,साप पनि मर्ने लट्ठी पनि नभाचिने ,एउटै तिरले दुइटा निसाना,को तरिकाले बनाएको रहेछ! समग्रमा भन्नु पर्दा एस्ले धार्मिक,पर्यटन, एस्को बिशाल्ता र त्यस क्षेत्रको र एस मुर्तिको च्रचाको दृस्टिकोनबाट राम्रै हो,तर के एउटा भारतियले पैसाको आडमा हाम्रो देशको माटोमा एस्तै केहि न केहि बनाएर आफ्नो ब्यक्तिगत सम्पतिहो भन्दै मालिक बनेर बस्न पाउने, तीनईहरुलाई अधिकार छर ? त्यसरि दिने हो भने त यस्ता धेरै जैनहरुले हाम्रो देशमा चैन गर्न आउन बेर छैन ?जे होस पहिले यक ठाउमा भट्ट थियो, अब दुइ ठाउमा हुने भएछ!यो भनेको जैनको मणिदेब पनि र ,शिबजिको स्वरुपमा दुहुनो गाइ पनि,की कसो ?

  5. तातो न छारो जग्गा बेचेको पैसाले बनाएको होला । कि नेपालमै तस्करी गरेको पैसाले बनायो होला ।

  6. यहाँ त महादेव मात्र हैन बुद्दको नि दर्सन गर्न पाइयो किनकी साच्चै बिचमा बुद्दको कता कता रुप देखिन्छ खुसि लग्यो त्यहाँ नपुगे नि हेर्न देख्न पाइयो …

  7. यो मुर्तिलाई ढालेर बागमतिमा सेलाउनु पर्ने हो किन अहिले सम्म राखेको हो ?
    हामी नेपालीहरु मुर्ख भयकाले हामीलाई सबैले ठग्न गरेको छ /
    धर्म को नाम मा सिधा सिधा ठगि , वा व्यापार मदेसेको .
    अहिले सम्म नेपाल को कुनै पनि मन्दिरमा दर्सन गर्न जादा तपाइले सुल्क तिर्नु भयको छ ?

    • ए सूरदासजी के बेसुरको कुरा गर्नुभाको ??!!
      – सर्बप्रथम दर्शन गर्न पैसा तिर्न पर्दैन, सवारी साधनमा सवार भै माथि सम्मै पुग्नलाई मात्र पार्किंग स्थल बापत वा सडक मर्मत सम्भार बापत लिएको हुनसक्छ /
      – दोश्रो कुरा मुर्तिलाइ ढाल्ने भन्ने कुरा तुरुन्तै फिर्ता लिएर आम माफि मागेर महानता देखाउनुस / तपाइले बडो गहन तितो प्रतिक्रिया दिनु भएको छ / सभ्य भाषामा माफि माग्नुस, सानो हुदैन /
      – ६०/७० करोड खर्च गरेर मुर्ति बनाउन सक्ने मान्छेले यसरि व्यापार गर्नुपर्ला जस्तो लागेन /
      – ८१% हिन्दु भएको देशमा यस्तो प्रतिक्रियाले नराम्रो रुप लिन सक्छ /

      • के हो मुसलमान ले जस्तो मुर्ती फोर्ने कुरो गर्ने यो पटमुर्ख को चाला?

        • पटमुर्ख त तपाईं हो फोरेर फोरिने चीज लै पनि पुज्ने पटमुर्ख तपाईं हो मान्छे भएर ढुंगा को उपासना गर्ने

          • नसीम ..कुनै पनि धर्मको आलोचना गर्नुभन्दा पहिला येतिकुरा ख्याल गर्नु ””’तपाई ले कुन धर्म पुज्नुहुन्छा सबैको अफ्नोबिचार हो’साले गधा तिम्रो धर्म जस्तो ………….कहिले पनि कसै को मनमा खिन्नता हुने कुरा नलेखेनु फ्री मा उपयोग गर्नापयो भन्दैमा ….

            • कर्ण जी कमेन्ट लेख्नु अघि केहि नियम हरु पढ्नु भएन? यी गाली ग्लोच का शब्द हरु किन लेख्नु भयोनी मलाई त फ्री मा पाएर र दुरुपयोग गरको भन्नु भयो अनि तपाईं को सदुपयोग चाही कस्तो नि? मुसलमान ले जस्जो मुर्ति फोर्ने भन्नु भयो र मात्रै मैले यो कमेन्ट गरेको आफ्नो मात्रै धर्म को कुरो गर्नु न अरु धर्म लै किन छुनु पर्यो के हिन्दु ले मुर्ति फोर्दैनन? के हिन्दु ले मुर्ति चोर्दैनन? यस दुर्ब्यबहार मा मुसलमान अगाडी छन् या हिन्दु हरु आफै विचार गर्नुस? मुसलमान हुरु को मुर्ति संग कुनै सरोकार छैन तेसैले एस बिसय मा उनि हरु को नाम नलिनु होला

  8. तेसोत,
    अब पहिलो कुरा,
    शिवको बिशाल यो मुर्तिको बिचा भागमा भगवान बुद्दको देख्नेहरु र चन्द्रमामा साइबाबा देख्नेहरुमा तात्विक भिन्नता भलाई होला, हुनत मनले वा बिचारले कहिपनि केहि पनि देख्न असम्भब हुनेछैन तर तेही कुरामा आधारित रही अरुलाई मुर्खतुल्य बनाउनु भने गलत भन्छु म!
    अर्को कुरा,
    यो बिशाल प्रतिमा र उध्धान लाइ मन्दिर भन्नेहरुले मन्दिरको परिभाषा, प्रयोजन, निर्माण, उदेश्य शैली आदि कुराहरु नाबुझेकाहुन या मन्दिरको आधुनिकरण र कलियुगीकरण गर्न खोजियाको हो भन्नेकुरा बुझ्न गाहारो भयो! जेहोस मलाइ भने यो मन्दिर लाग्दैन र भन्दिन पनि!
    तेसपछी,
    यो नितान्त व्यापारिक प्रयोजन र उदेश्य स्वोरुप बनेको कुरालाई तेसै अनुरुप ग्रहण गरि तेसरिनै प्रयोग र स्विकार्नु उचित ठान्दछु म!
    त्यो संगै,
    कमल जैन इन्डियन हो या नेपालि हो आधिकारिक तबरले म भन्न सक्दिन तर ठोकुवा गर्न सकिने कुरा भने उ ब्यापारी हो! उसले आफ्नो बिचार र ब्यापार हाम्रो भूमिमा (सायद उसको पनि?)आयर कानुन र नियमसङ्गत् तबरले सहमति पूर्ण तरिकाले गर्छा भने हामीले स्वागत गर्नु उचित होला तेसैले मा भन्छु, “बिबाद भन्दा ब्याबस्थापन लाइ जोड दिऔ र बिबाद होइन ब्याबस्थापन गरौ!” एउटा व्यापारीले निश्चयनै पहिले आफ्नो नाफा हेरेको हुन्छ तर त्यो संगसंगै समाज र हाम्रो धर्म मानबियतामा यसले घाटा छ वा यसले नकारात्मक असर गरेको छ भनेर म मान्दिन र भन्दिन पनि!
    साथीहरु हामीसबैले,
    “बिबाद होइन ब्याबस्थापन रोजौ! समस्या भय समाधान खोजौ!”
    यति राम्रो निर्माण हामीकहा यहा आइदियर गरिदियको बापत मचाहि कमल जैन लाइ धन्यबाद दिन्छु है!
    गगने यसको लागि यत्तिनै भन्छ! कि कसो हो!

  9. बिदेसमा बसेर नेपालको कमेन्ट के लेख्नु…बिदेसमा पुगेपछि सबैको सोच दरिद्र हुन्छ भनेको यहीबाट थाहा हुन्छ. अरुले गरेको राम्रो पनि राम्रो भन्ने आट आउदो रहेनछ

  10. If our President had disagreed…..then there should be surely propagandas and some voracity behind it….
    Indian is doing business is OK…but it is allowed to make such religious things and do business in Nepal???
    I think even one individual Nepalese shouldn’t be allowed to do such business…which is related to culture and religions……
    I fully agree with our president that it should come under some Organizations or Municipality…..
    We know people are giving DAAN for temples…..BUT business??
    I think where sentiments/religions/culture or say mines/treasures….all should come under government’s property..….

  11. आस्था अन्तर्मन मा निहित हुन्छ – भौतिकत बस्तु ज्ञानी को लागी तुच्छ हुन्छ -मुर्ति पुजा गर्ने र मन्धिर धाउने हरु पापी हरु नै अधिक हुन्छ – बुद्ध र अन्य ऋषि हरुले ठुलो मुर्ति पूजा गरेर बाताबरण लाई कुरूप बनाएका थिएनन् – गेरु बस्त्र लाउने सबै त्यागी हुदैनन् – ठोंगीले धर्मका नाममा कति सजिलै ठग्न सक्छन भन्ने यहि बाट प्रस्ट हुन्छ

    नाङ्गो नाच, डिस्को र क्यासिनो त भित्रि हाले – भ्रस्टाचार, गुन्डागर्दी , तस्करी र बेश्यावृति बाट चाडै आर्थिक लाभ हुन्छ – त्यसैले आर्थिक लाभ क लागी नया पिडिका नेपाली भाई बहिनीहरुलाई अहिले देखि नै उल्लेखित पेशामा लाग्न उत्प्रेरित गर्नु पर्ला जस्तो छ – नागरिकता, जमिन, नेपाली लुट्ने व्यापार देखि लिएर बिजुली निकाल्न नदी को लाइसेन्स सबै विदेशीलाई सुम्पिनु पर्छ – किनकि सवाभिमान नभएका नामर्द र लोभीपापी हरुको हरुले भरिएको देश को कुनै अर्थ हुदैन

    अब बनकाली र काठमाडौँ वरिपरी को जंगल फडानी गरेर कंक्रिड को जंगल बनाउनु तब पो विकास हुन्छ कि कसो ? गोदाबरी को रोडाडुंगा र चुन खानी को लागि बाताबरण कुरूप बनाए जस्तै सबै पहाड पहरा लाइ फोर्नु र बाताबरण र देश को सुन्दरता बिगार्नु पर्छ – अझ सकेमा जिसस क्रिस्ट र अल्लाह को अर्को भित्तामा त्यत्रै आकारको को मुर्ति पनि बनाउनु – सुन्दर देसको असुन्दर आत्मा हरुलाई मुक्ति मिलोस !

    ॐ नमः शिवाय किराताय !!!
    ॐ नमः शिवाय किराताय !!!
    ॐ नमः शिवाय किराताय !!!

  12. शिव को पेट मा भगवान बुद्ध को अनुहार देखिन्छ. यो हेर्न लै येसो गरि कल्पनागरि हेर्नु पर्छ
    “माथि राखिएको ६औ फोटोमा हेर्नु होस्”

    शिवको नाइटोलै भगवान बुद्धको मुख भनेर हेर्ने हो भने तेस्को माथि लामो नाक अनि शिवको स्तन भन्दा मुनिको अलि अलि उठेको पेटको भागलाई बुद्धको आँखा को रुप मा देख्न सकिन्छ अनि बुद्ध को अनुहार दुरुस्तै देख्न सकिन्छ. शिवको रुद्रक्ष्य को मल ले बुद्ध को आँखा अलि अलि छोपेको कस्तो देखिन्छा जसमा बुद्ध गहिरे ध्यान मुद्रामा हुनुहुन्छा .

  13. हाम्रो माटो उसको मुट्ठीमा —
    ———————————
    हाम्री आमालाई उसले किन्यो
    अनि सिंगार पटार गर्यो उसको इच्छा अनुसार
    बुच्ची हाम्री आमा राम्री बनिन्
    तालि बजाउ गौरबले हामि नेपाल आमाका सन्तान —

    हाम्रा बाउको हलो हल्लिदा
    खेत जोत्न सकिएन
    उसले ट्याक्टर ल्यार जोत्छ
    बेस्मारी अन्न फल्छा
    मिठो भात पेट भरि खान पाईन्छ
    उसलाई पो बाउ बनाउने कि !? —–

    • लुनाजीको कविता पढेर मैले भूपी शेरचनलाई सम्झें:

      हामी बीर छौं
      तर बुद्वू छौं
      हामी बुद्वू छौं
      र त हामी बुद्वू छौं
      ……………..

      • अन्तिम हरफ ‘बीर’ हुनुपर्नेमा ‘बुद्वू’ भएछ| तर नेपालीका हकमा यी पर्यायवाची शव्द हुन् |

  14. ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय

  15. स्वयम्भु चोकमाथिको बुद्वको सुनले लेपन गरिएको प्रतिमा र साँगामा अवस्थित तांबाले मोडिएको शिवजीको प्रतिमाको अस्वाभाविक बिशालताले त्यसलाई हेर्नेका चित्तमा लघुताभास पैदा गरिदिन्छ| अनि बुद्व र शिवजी प्रेरणा प्राप्त गर्ने जीवन्त प्रतीक हैन, पूजा गर्ने मृत मुर्ती बन्न जान्छ र यो कर्मकाण्डीले ठगी खाने वस्तुमा परिणत हुन्छ|

  16. मलाइ जहाँ सम्म लाग्छा कमलजैन नेपाली मारवाडी हो,तिनी भारतीय होइन. धरै मेहनत गरेको देखिन्छा. शिव को मुर्ति मा आनुहार छेत्री भन्दा बाहुनको देखिन्छा र डमरु त्रिशुल मा हुनु पर्नेमा पाखुरा मा राखेको ले केहि नमिलेको देखिन्छा.

  17. यसै बर्ष को आसार महिना मा संग को त्यो भव्य शिवजी को अग्लो मुर्ति को दर्शन गर्ने अवसर पाएको थिएँ , खुसि पनि लाग्यो त्यो अग्लो मुर्ति को निर्माण गर्ने सोचाइ जैन जी लै आएको मा र धन्यबाद का पात्र पनि हुनहुन्छ , यो सत्य हो कुनै पनि कुरा पैसा न तिरी पाएको कुरा को कुनै महत्व हुँदैन र हाम्रो सोचाई जैन जी ले पैसा उठाउन लागे भन्ने भयो तर त्यस ठाउँ को विकास को लागि पनि त केहि रकम को बराबर खाँचो परिरहन्छ भन्ने कुरा लाइ हामी ले न सम्झिने हो त्यहाँ बाट उठेका रकम को सहि सदुपयोग गरेर त्यस ठाउ को समुचित विकास हुन्छ भने किन केहि शुल्क लिने व्यवस्था न गर्ने अवस्य नै शुल्क लिनु पर्छ अनुचित न होला कि भन्ने मलाई लाग्छ

  18. यो बिदेशी सरकारले बनाइदिएको त्यो बिदेशी सरकारले बनाइदिएको सुन्दै उपभोग गर्दै मगन्ते मनस्थितिको नेपालीलाई धार्मिक पर्यटनको ब्यापारिक तरिका धेरैलाई चित्त नाबुज्ला. स्व इछ्याले जानेहो, व्यापार हो भने कर तिराउनु पर्छा. डर र त्राश देखाएर, कुनै नया सिर्जना नगरी, अरुको सम्पति, चन्दा हफ्ता लिन हुन्छ भन्ने माओबादीले शुरु गरेको प्रबिर्ती हटाउदै लग्नु पर्छा. अनिमात्र लगानी, रोजगारी र देश अगाडी बढ्न सक्छ जस्तो लाग्यो.

  19. येत्रो अग्लो शिवको कति सानो साढे …..मर्ने भयो बिचार ……

  20. जैन ले आफ्नो सम्पति देखाएर १०० रुपिया लिन्छन भने त्यो त उनको अधिकार हो तर यसले त्यो ठाउँ को आस्था कम हुन्छः
    त्यो १०० रुपिया बाटो को यातायात साधन लाइ तिर्नु पर्ने कि त्यो एरिया प्रवेश शुल्क हो थाहा भएन ?

  21. रह्ममुरारिसुरार्चित लिगं निर्मलभाषितशोभित लिंग |
    जन्मजदुःखविनाशक लिंग तत्प्रणमामि सदाशिव लिंगं॥१

    देवमुनिप्रवरार्चित लिंगं, कामदहं करुणाकर लिंगं|
    रावणदर्पविनाशन लिंगं तत्प्रणमामि सदाशिव लिंगं॥२

    सर्वसुगंन्धिसुलेपित लिंगं, बुद्धिविवर्धनकारण लिंगं|
    सिद्धसुरासुरवन्दित लिंगं, तत्प्रणमामि सदाशिव लिंगं॥३

    कनकमहामणिभूषित लिंगं, फणिपतिवेष्टितशोभित लिंगं|
    दक्षसुयज्ञविनाशन लिंगं, तत्प्रणमामि सदाशिव लिंगं॥ 4

    कुंकुमचंदनलेपित लिंगं, पंङ्कजहारसुशोभित लिंगं|
    संञ्चितपापविनाशिन लिंगं, तत्प्रणमामि सदाशिव लिंगं॥५

    देवगणार्चितसेवित लिंग, भवैर्भक्तिभिरेवच लिंगं|
    दिनकरकोटिप्रभाकर लिंगं, तत्प्रणमामि सदाशिव लिंगं॥६

    अष्टदलोपरिवेष्टित लिंगं, सर्वसमुद्भवकारण लिंगं|
    अष्टदरिद्रविनाशित लिंगं, तत्प्रणमामि सदाशिव लिंगं॥७

    सुरगुरूसुरवरपूजित लिंगं, सुरवनपुष्पसदार्चित लिंगं|
    परात्परं परमात्मक लिंगं, ततप्रणमामि सदाशिव लिंगं||

  22. नेपालमा एस्तो कुनै पनि राम्रो सिर्जनालाई ट्रष्ट मा लैजानु भनेको राजनीतिक गुण्ड गर्दी मच्चाई त्यो ठाउँलाई दुर्गन्धित बनाउनु हो. यसको सहि उदाहरण भनेको पशुपति बिकाशकोष र त्यहाको दुर्दशा एक हो.

    आफुले बनेको तेत्रो श्रीजनालाई संरक्षण गर्नको लागि एउटा न्युनतम शुल्क लिन खोज्नु कुनै नाजायज कुरो होइन.

    यसका विरोधीहरु भनेको उही पुरानो उखान जस्तै ” बाँदरले आफ्नो पनि घर बनाउन्दैन र अरुलाई पनि बनाउन दिंदैन” भने जस्तै हो .

    त्यसैले आफुले केहि नगरे पनि एउटा विदेशीले यो देशमा गरेको कर्म स्वरूप यो सुन्दर सिर्जना गरेको कुरोलाई प्रशंशा गर्न सिकौ ताकी बाँदर शैली नअपनाउँ

    सबैलाई चेतना भय !!!

    • पशुपतिको बिकाशकोषमा हप्ताको १२ हजार जान्छ, भट्टको खल्तीमा लाखौ लाख… गुन्डागर्दी गर्नेलाइ १२ हजार भए पुगीगो, बाकी पैसा दक्षिणतिर, पाँच तारे होटेल बनाई सकेछ ! कुरो बुझ्नेलाइ एती भए पुगीगो !

      यो नया मन्दिरको संरक्षन् र स्वास्थ्य केन्द्र को लागी चाहिने न्युनतम शुल्क भेटि-चन्दा बाट मजाले उठिन्छ ! येस्तै हो भने पशुपतीमा पनि येस्तै कुनै शुल्क लिनु पर्ने नी…

      तपाई कतै तेही स्वास्थ्य केन्द्रकै त पर्नु भएन ? तेहा दिनमा कति भेटि-चन्दा अनि प्रवेश शुल्क कति उठ्छ कसैले हिसाब गरेको छ ? अनि स्वास्थ्य केन्द्र शुल्क नतिरे दर्शन गर्न जान नपाउने ? तपाई हामी त जाउला, जो गरिब छ , जो संग १०० रुपैया पनि छैन – उ चाही जान नपाउने ? एस्तो नियम कुन धर्ममा लेखेको छ र …

      • Akash जी
        मा त्यहाको कुनै पनि पक्ष संग सम्बन्धित व्यक्ति होइन. मेरो मुख्य उध्यश्य भेनेको राम्रो कम गर्नेको सम्मान , रोम्रो सिर्जना को संरक्षण हो. नेपालका कुन्चाही तेस्त सुन्दर सिर्जनाको संरक्षण भएको देख्नु भाको छ कुनै भेतिले चढाको पैसाले ? त्यहाँ सबैले हिले पनि निसुल्क प्रवेश गर्न पाउँछन, रु १०० केको लागि हो लेख पनि पढ्नुस र आफै जानुस त्यो ठिक हुन्छ

  23. मोटर जाने बाटोबाट त्यो परिसरमा पुग्न सय रुपैयाँको टिकट काट्नु पर्छ।

    यो नियम चाही सरासर ठिक छ,

    अझ सय मात्र किन ????
    हजार नै तिराउनु पर्छ धर्मको नाममा धन-सम्पति (गाडी) प्रदर्शन गर्ने पाखण्डी धर्मभिरुहरुलाई त् /

    तर
    सबैलाई १०० नै दस्तुर लाग्ने हो भने चाही जैनजीको शिवजी जैनजीलाई नै ,,,,,,तथास्तु

  24. खै त भगवान बुद्धको आकृति!!! मैले त देखिन त – तपाइले देख्नु भएको थियो के?

    • दोस्रो तस्बिरमा ध्यान दिएर हेर्नुस त , शिवको पेटमा भएको ६ पैक बुद्धको आखाको रूपमा देख्नु हुन्छ .

  25. साथीहरू हो मेरो एक प्रश्न के यो जग्गा जुन ठाउँमा बनेको छ त्यो पनि निजी हो यदि त्यो निजि होइन भने त्यसको भाडा सरकारलाई तिरेको छ कि छैन र आम्दानि भएपछि करपनि तँ तिर्नुपर्ने हो नि त्यसमा के छ नि? फोटो लागि धन्यबाद छ।

  26. शिव को पेट मा भगवान बुद्ध को अनुहार देखिन्छ. यो हेर्न लै येसो गरि कल्पनागरि हेर्नु पर्छ
    “माथि राखिएको ६औ फोटोमा हेर्नु होस्”

    शिवको नाइटोलै भगवान बुद्धको मुख भनेर हेर्ने हो भने तेस्को माथि लामो नाक अनि शिवको स्तन भन्दा मुनिको अलि अलि उठेको पेटको भागलाई बुद्धको आँखा को रुप मा देख्न सकिन्छ अनि बुद्ध को अनुहार दुरुस्तै देख्न सकिन्छ. शिवको रुद्रक्ष्य को मल ले बुद्ध को आँखा अलि अलि छोपेको कस्तो देखिन्छा जसमा बुद्ध गहिरे ध्यान मुद्रामा हुनुहुन्छा .

    तपाई हरु कोसिस गर्दै जानुस है .

    • संचि मुर्ति को बीच मा हेर्दा देखेजस्तो लग्यो…….तर गार्हो भयो वने येसो आँखा चिम्ली अलिक ध्यान दियो भने पक्कै देकिन्छ……लौ त लौ सबै जना try गरौ त…..

  27. जय शम्भो!! नेपालमा इमान्दारहरु कम भो । केही गर प्रभो !!!!

  28. के गर्नु भगवानको नाममा पनि व्यापार गर्छन अब , हे सिवा तिम्रो बिशाल मुर्ति बन्यो , सो स्वोरुप आबतर लिएर तेस्रो नेत्र खोल प्रभु ////////////////////

  29. माथिको सबै कमेन्ट हरु हेर्दा सारै नरमाइलो लाग्यो/ राम्रो पछे किन हेरिदैन म जैनको सथिपानी होइन भारतीय पनि होइन तर तेस्तो बिकट ठाउमा तेत्रो पैसा खर्चगरेर तेती राम्रो सिर्जना गरेको छ उसले आफ्नो लगानी उठाउनु कुनै नराम्रो कुरो होइन अन्नेथा किन लगानी गर्ने / अब एस बाट travel agency लगाएत hospitality industry हरुले पनि फाइदा उठौछान र बिदेसी हरुलाई कमसेकम अर्को एउटा हेर्ने ठाउँ त भयो. Construction को समय र बनिसके पछिपनि कति जनाको रोजगारी त्यो थाउले दिनसक्छ एसको कुनै समिछा गर्नुभएको छ/ learn to think positive please

  30. भगवानको दर्शन गर्न शुल्क त नलाग्नु पर्ने हो . यसलाई ट्रस्टमा लानु पर्थ्यो तर व्यापारीले लान मानेको छैन . यदि त्यसो हो भने उसलाई ट्रस्टमा लान वा ट्रस्ट बनाउन सरकारले बाध्य बनाउनु पर्छ . उदाहरणको लागि जापानले बनाइदिएको बुद्धगयाको ठूलो जापानिज बुद्धमूर्तिलाइ लिन सकिन्छ जहाँ ट्रस्ट मार्फत चल्छ . भारतमा नै यस्ता धेरै मठ-मंदिहरु छन जुन ट्रस्ट मार्फत चल्छ तर व्यक्तिको गुन्जाईस छैन . धर्मको नाममा व्यक्तिलाइ (उद्योगीलाई) किन पोष्ण पुगेछ नेपाल सरकार ? बुझी नसक्नु छ .

  31. सारै मज्जा लाग्यो / फोटो हरुको लागी शालोक्य ज्यू लाई मुरी मुरी धन्यवाद /

  32. मुर्ती हेर्दा त आकास नि छूने जस्तो छ जे होस १ पल्ट चाही दर्सन गर्नु आउनु पर्छ जय भोले बाबा जय शिव शंकर ………………………………….. अनी धन्यबात न्यूज़ को लगी माय संसार लाई………………………………………….

  33. मलाई त धेरै राम्रो लाग्यो ! राम्रो गरेको लाई राम्रो भन्नु पर्छ ! हाम्रो समाजमा धेरै बिकृति हरु छन् ! त्यो मुर्ति बनाउदा हाम्रै नेपाली ले काम पायो र अब त्यहाँ हेर्नु आउने पर्यटकबाट पनि आमदानी को श्रोत हुन्छ जस्तो मलाई लाग्छ !नराम्रो
    कुसस्कार लाई त्यागेर राम्रो सोच ल्याउनु पर्यो !भबिस्यमा गएर त्यो मुर्ति नेपाललाई चिनाउने एउटा माध्यम पनि बन्न नसक्ला भन्न सकिन्न !

  34. सालोक्य जी, तपाईले यो लोकप्रिय ब्लगको सञ्चालन र समय समयमा यस मार्फत संसार भर भएका यसका पाठकहरूलाई फरक र महत्वपुर्ण विषयमा जानकारी गराउँदै खुल्ला बहसको अवसर दिनु भएकोमा मुरी मुरी धन्यवाद ।
    ॐ नम: शिवाय शिर्षक दिएर साउनको महिना वा समस्त हिन्दुहरुले शिवको महिना पनि भन्ने चलनछ, मा नेपालमा रहेको यो शिवको मुर्तिको वारेमा जानकारी त गराउनु भयो । तर यसैमा काठमाण्डौँवाट कुन रूट हुदै जाने, यातायातको वारेमा जानकारी, कति दुरी हो, समय कति लाग्ने, नजिकको मोटरवाटो देखि मुर्ति सम्म पुग्न कति पैदल हिड्नु पर्छ, त्यहाँ दर्शन गर्दा लाग्ने शुल्क, खाना वस्नको सुविधा आदि समेतको जानकारी गराउनु भएको भए अति उत्तम हुने थियो जस्तो लाग्यो । किनकी यस ब्लग मार्फत पाठकहरूले अरू विषयमा जानकारी पाए जस्तै यस बिषयमा पनि जानकारी पाई लाभान्वित हुने थिए जस्तो लाग्यो ।
    आखिर तपाईँले सामाजिक सेवा लयागतका क्षेत्रमा पनि त सम्झन लायक धेरै काम गर्नु भएको छ नि हैन, अनि यसको सुचना लिन त्यति गाह्रो छैन होला । तपाईँको यस्तो सराहनिय कामलाई निरन्तरता दिइरहनु भएमा राम्रोहुन्छ । यसबाट पाठकहरूले नयाँ जानकारी पाउनुका साथै तपाईँको लोकप्रियता पनि अझ बढ्ने जस्तो लाग्यो ।

  35. पशुपति को दर्शन गर्न त हजार को टिकट काट्नु पर्ने देश को प्रसासन मा यो खासै केहि होइन / पैसा हुनेले मात्र धर्म गर्न पाउने भएपछि यो कुरा मा टाउको दुखाउनु बेकार छ / जय भोले /

    बले

  36. जैन को आफ्नै राम्रो व्यापार छ (हिलटेक). मान्छे पनि सोझा सज्जन छन्. चाहेको भए भारतमै उनकै जन्मस्थलमा यो मुर्ति बनाउन सक्थे, यहा बनाए. हामीलाई दर्शन गर्न जाने नया ठाउ मिलेको छ, वरिपरिका गाउलेलाई पनि लाभ भएको छ. सके केहि मान्छेले रोजगारी पनि पाए होलान. मन्दिर करोडौ हालेर बनाए पनि त्यसको देखभाल सरसफाई गर्न पनि पैसा चाहिएला क्यारे. कसैलाई पनि त्यसै फाइदा उठायो भनेर गाली नगरौ. सके आफु पनि यस्तै मन्दिर बनाऔ . मन नलागे नजाऔ. कहिले बोर्डिंग चलाउने लाई फाइदा खाए भनेर गालि गर्र्यो कहिले उड्योग चलाउने लाई फाइदा खायो भनेर गालि गर्र्यो, अनि देश चाहि केहि नगरेर लुट्ने परशुराम बस्नेत वा चरी ले खादा ट्वाल्ल परेर हेर्र्यो , यहि छ हाम्रा बुद्धिजिबीहरुको चाला.

    जहासम्म जैन भारतीय भएको कुरो छ, डेंग स्याओपिंग ले ‘कालो बिरालो होस् या सेतो बिरालो मलाइ मतलब छैन, यदि त्यसले मुसा समात्न सक्छा भने भैहाल्यो ‘ भनेझै नेपालमा यस्ता सुन्दर रचना कसैले बनाउछां भने कुन देशको मान्छे भन्ने संग मलाई केहि मतलब छैन.

    • चन्द्रजी को विचार चन्द्रमा जस्तै चम्किलो छ / धन्यबाद /

  37. हरेक कुराको फाइदा बेफाइदा हुन्छ . कुनै पनि कुरालाई हरेक दृष्टिकोणबाट व्याख्या गर्दा राम्रो होला ! हामी नेपालीहरुको सोचाई सिधै राजनीति सँग जोडिने मात्र गर्छ . राम्रो लाइ राम्रो र नराम्रोलाइ नराम्रो भन्ने बानी कहिले देखि बस्ने होला है ? विदेशीका सबै सहयोग हस्तक्षेप हुदैनन् , सबै लगानी राजनैतिक स्वार्थका लागि पनि हुदैनन् . यसै त गरिब देश . बिदेशी को सहयोग र लगानी बिना देश विकासले गति लिन सक्ला ? वा भनौ देशलाई आवश्यक दक्ष जनशक्ती हामीले नेपालमै उत्पादन गरिसकेका छौ त ? पक्कै पनि छैनौ . त्यसैले साथीहरु हो हामीले गाली गरेर अरुलाई सरापेर मात्रै हुने वाला केहि छैन . स्वदेशमा विदेशीले हात हाल्नै नहुने , लगानी गर्नै नहुने भन्ने कुरा हुदैन . तर उक्त लगानी बाट हामीले के फाइदा लिन सक्छौ वा लिएका छौ त्यो सोंच्नु जरुरि छ . मानौ यहि शिब जी को मुर्तिको को कुरामा पनि विभिन्न कुरा हरु आए . ठिक छ एक भारतीय नागरिक ले आफ्नो व्यक्तिगत लगानीमा यस मुर्तिको निर्माण गरे त के बिग्रियो ? किनकी यहि मुर्ति का कारण यो ठाऊलाइ परिचित गरायो . जसकै कारण त्यहाँ जाने हरेक नागरिकको खान पिनको लागि होटेल ब्यबसाय गर्न सक्छन . त्यसैले हामीले केहि गर्न नसके पनि अरुको राम्रो कामको तालि बजाउन सक्छौ नि होइन र ?

  38. हो साच्चिकै पेट मा बुद्ध भगवान देखिनु हुने राईचा …. मैले देखे … पापी हरु ले देख्दैन है?

  39. बिश्वको सबै भन्दा ठुलो महादेवको मुर्ति नेपालमा बनेकोमा यो नेपालीको गौरवको कुरा हो यसमा कुन देशले बनाको र कस्ले बनाको भनेर बिबाद निकाल्नु भन्दा यसलाई कसरी प्रचार प्रसार गरेर बिश्वलाई चिनाउने भन्ने तर्फ हामि सबै लाग्ने पर्ने हुन्छ । यसतै नौलो कुराहरु देशको अन्य भागमा पनि बन्दै गयो भने अन्य क्षेत्रको पनि बिकासमा सहयोग पुग्ने देखिन्छ । हिन्दुहरुको भगवानको रुपमा पुज्दै आएको यति ठुलो मुर्तिमा अबिर केसरी अक्षता जस्ता पुजाको सामग्री लैजान बन्देज गर्नु राम्रो कुरा होईन बरु यस्लाई कसरी सफा राख्ने भन्ने तर्फ ध्यान पुर् याएर पुजा गर्न दिदा राम्रो हुने थियो र यहां रिसोर्ट हरुको स्थापना गरेर व्यवसाय नगर्दा राम्रो हुन्छ अन्यथा यस्ले यहाको शान्त वातावरणलाई बिथोल्न पनि सक्छ ।

  40. केहि अघि म जादा त पैसा लागेको थिएन /
    अनि एक प्रेमिका चै संगै रहेको उनको प्रेमीलाई शिवजीको बडी ६ प्याक हो कि ८ प्याक हो सोध्दै तिमि पनि तेस्तै बनाउन है भन्दै थिएन ,सुनेर मैले हासो थाम्नै सकिन /

  41. विदेशमा बसाईमा भगवानको दर्शनमा कमि भएको थियो, इन्टरनेट बाट भएपनि दर्शन गर्न पाहियो thank you सलोक्ये जी! जय सम्भु कैलाशपति!!!

  42. आफुले पनि केहि नगर्ने अरुले गरकोलाई पनि राम्रो नमान्ने
    त्यो चाही राम्रो होइन भन्ने हामीलाई लागिराख्या छ/

  43. आराध्य देव शिव को मुर्ति !! जयेहोस भगवान !!!
    जसले जनह जसरि बनाएपनि त्यो शिवको मुर्ति हो, यो सबैले मान्ने पर्छ! कण्ड कुण्ड पानी मुण्ड मुण्ड विचार ! जसले जस्तो बिचार पोखे पनि हुन्छ! उसको बिचार उसको अनुहार हो ! budhha पनि हिन्धु धर्मकै सिरा बात उत्पादित हुन्! जसले जे रोप्छ त्येसले त्येस्तै फल पाउँछ ! उसले ब्यापारिक प्रयोजन गरेको भए उसले पैसा कमौछ धर्म कमौदैना ! धर्म लिएर जाने हो भने पैसा छोडेर जाने हो !!

  44. एउटा भजन:

    ॐ जय जग दिश हरे !
    १००|- रुपैया ठगेको देखेर प्रभु जिल्ल परे !
    पशुपतिमा भट्ट, साँगामा जैन,
    नेपालका मन्दिरमा विदेशीका चैयन |
    ॐ जय जग दिश हरे !
    गाँजा,भांग,धत्तुरो ट्यापेहरुले खाइ दिए,
    प्रभु वाल्ल परे !
    ॐ जय जग दिश हरे !
    प्रभु दङ्ग परे !

  45. त्यहाँ जाने पनि कस्ता? मान्छेले बनाएको जाबो मुर्तिलाई पुज्ने.

    • मुर्ति भनेको मान्छेले नै बनाउने हुन् / यो पृथ्वीमा जति मुर्ति छन् सबै मान्छेलेनै बनाएका हुन / कोहि पहिलाका मान्छेले बनाए कोहि अहिलेकाले बनाइरका छन् / र कुरा रह्यो पुज्ने र नपुज्ने , जसलाई धर्ममा विस्वास छ उसले पुज्छ जसलाई विस्वास छैन उसले पुज्दैन/ यो आफ्नो आफ्नो अधिकारको कुरा हो /

  46. अस्ति साँगा जादा बीच बाटोमा रोकेर येसो दर्शन गरौ भनेर लम्केको थिए ! १०० रुपैया तिर्नु पर्ने भने पछि तल बाटो बाट नै दर्शन गरि फर्की आए अनि पशुपति गएर दर्शन गरे ! के अब भगवान को दर्शन गर्न जानुलाइ पनि पैसा तिर्नु पर्ने ? अनि तेहा बाट संकलित पैसा कहाँ जान्छन ? भारत तिरै त हो !! अहिले सम्म कति कति मन्दिरहरु गए कहिँ कतै पैसा तिर्नु पर्दैन ! यो मन्दिर त नेपालकै पहिलो एकमात्र मन्दिर होला जहाँ दर्शन गर्न जानुलाइ पैसा तिर्नु पर्छ ! यो मन्दिर जसले बनाएका छन् – उसले ‘धर्म प्रचार’ को लागि होइन ‘लुट्ने विचार’ को लागी बनाएका हुन् !

    • आकाश जी , त्यहाँ जान पैसा तिर्नु पर्दैन , तपैले अलि राम्ररी बुझ्नु भएन जस्तो छ. त्यो १०० रुपैया त त्यहाको स्वस्थ क्लबमा जानलाई हो. तल्लो बाटो बाट जाँदा त्याह जान पैसा तिर्नु पर्दैन.
      तर तपाई स्वखिन र दानी हुनुहुन्छ भने स्वास्थ्य क्लब प्रयोग गरि रु १०० तिर्न सक्नु हुन्छ.

      त्यहाको संरक्षणको लागि रु २० उठाउने कुरो राखेका थिय तर त्यहाका स्थानीय भनाउंदा हरुले बाँदरे शैलेले बिरोध गरेकोले त्यो रोकियो
      तेसैले उनैल स्वास्थ्य क्लब खोलि संरक्षणको उपाय गरेका हुन्.

  47. सत्यम् शिवम् सुन्दरम्

    यो मूर्ति जसले बनाए पनि यो नेपाली भूमिमा छ, यो नेपालको सम्पत्ति हो। नेपालको कला हो। नेपालको आराध्यदेवको मू्र्ति हो। धार्मिक र आर्थिक दुबै दृष्टिकोणले यो नेपालका लागि गौरवको विषय हो।

    “सीताले सारा भिजाइन दक्षिण लंका भारत
    भृकुटी तारा उदाइन उत्तर चिन तिब्बत
    बुद्धले यँही पाएथे ज्ञानको पहिलो मुहान
    शिवले यँही ल्याएथे श्रृष्टटिको पहिलो बिहान”

    “जय जय जय हे जय नेपाल
    शुन्दर शान्त विशाल”

    प्रख्यात कवि माधव घिमिरेका यी शब्दहरु द्वारा नेपालको गौरव गान र शिवमा भक्ति अर्पण।

    बी अधिकारी

  48. मोटरबाट जाने को पो लागि रू १०० हो भने त १००% ठिक हो / ‘वातावारण’ लेवी जस्तै हो’ तर, हिडेर जानेको लागि पनि हो भने ‘अति खराब’!
    – बातावरण प्रदुसन गर्न लाई आलिकती भएपनि सहयोग हुन्छ तर, त्यत्रो खर्च गरेर बनाएको ‘बिशेष’ महत्वको कला लाई व्यक्ति ले ‘ब्यबसाय’ गर्ने गरेको हो भने ‘अति नै खत्तम’ कुरा हो/ सम्बन्धि ‘अधिकारी’ हरुले त्यसको उत्तर दिनु पर्छा/
    – प्रा. लि. हो भने ‘आम्दानि कर’ तिर्नु पर्छा/ बरु त्यसको बारेमा पो अनुसन्धान गर्नु पर्यो/
    – मेरो विचार मा त ‘एन. आर. एन वाल्ला’ ( गल्ला वाल्ला ) जस्ताले लगानी गर्छु भनेर देश को ढुकुटी ‘खत्तम’ बानाइ सकेको बेलामा ‘बिदेशी’ ले कानुन अनुसार अनुमति पाएर ‘एइतिहसिक् ‘ कुरामा लगानी गरेर ‘आम्दानि कर तिरेको’ छ भने त राम्रै हो/
    कम से कम ‘कसिनो’ त खोलेको रहेनछ/ त्यो काम चाही ‘NRN वाल्ला” हरुले नै गर्ने होलान नि/
    -तपाई हामि लाइ लुट्ने ‘अर्को’ अजिंगर’ ‘NRN वाल्ला” हो भन्ने कुरालाई नबिर्सौ!
    -यिनी हरु त ‘घ्यु देखाएर’ ‘गोबर’ बेच्दै छन्’ नेपालि हरुलाई !
    -अस्ति भर्खर ‘रसिया मा ‘छेत्रीय भेला’ हुँदा’ नेपाल का “राजनीतिज्ञ र युरोप मा राहेका नेपाली राजदुतहरु” को ‘जन्ती’ ले नेपाल को कति राजस्वा खत्तम पर्यो के तपाई हामीले ‘हिसाब किताब’ माग्नु पर्दैन ??? ‘प्लेन भाडा, होटेल मा बस्ने खर्च साथै अन्य भात्ता बापत नेपाल को ढुकुटी बाट कति उडाइयो ?

  49. कुरो येस्तई हो / जसले बनाए पनि बनि हलो / पैसा नतिर्ने बाटो बाट जौ / अनि अर्को मन परेको कुरा आबिर, फूलपाती न चडाउने हो / पशुपति मा पनि फूलपाती चडाउने कम बन्द गर्न पाए हुन्थ्यो / दैनिक २ गाडी फोहोर कम हुन्थ्यो , पशुपति र बागमती पनि सफा हुन्थ्यो /
    जय भोले …………….

  50. यो मूर्तिको अनुहार चाँही कमल जैनकोसंग मिल्नेगरि बनाएको छ भन्ने सुनेको थिएँ| हो कि होइन कुन्नि?

  51. पूल बिदेशी को लगानी मा…होस्पितल बिदेशी को लगानी मा…हिड्ने सडक बिदेशी को लगानी मा….अनुहार मा दल्ने र कपाल मा लाउने बिदेशी उत्पादन सबै नेपाली लै चल्ने अनि खुशी पनि हुने….आज भगवान को मुर्ति बिदेशी ले बनाउदा यत्रो कमेन्ट किन नि…..जसले बना पनि भगवान त सबै क हुन् नि……कमेन्ट गर्न छाडेर तेस्को केहि राम्रा कुरा गरे पनि हुन्छ नि…….नेता हरु को हैन पहिला आफ्नो सोचाई सुधार्नु पर्छ……राम्रो कुरा राम्रै हो भनौ…..तेस्को पनि खुट्टा नातानौ …..जय शम्भो…………

  52. शिवजी लाइ समेत कमैया बनाएछन – आराद्ध्या देव महादेवको त यो हालत छ भने अरु नेपालीको के कुरा गर्ने ? भारतीय उधोगपापी हरुले नेपालीहरुलाई थाङनामा
    सुताउदा पनि सुस्त मनस्थितिकाहरु भारतीयहरुको जय गान गाउन छाडदैनन्
    लौ प्रभो, जय शम्भो ! हजुरको चाडै मुक्ति होस् !

  53. अब त भएन भनेर शिवजी पनि ब्यापार गर्न कैलाश पर्बत बाट काभ्रे झरेछा…? या भगवान को नाम मा २१औ युग को नेता हरु ले मागी खाने भाडो बनाउदै छ.????

  54. नेपालको हरेक क्षेत्र, तह तप्कामा भएको भारतीय हस्तक्षेपलाइ नजरअन्दाज गर्न/नकार्न सकिदैन /
    सम्झेर, गनेर, गमेर ल्याउदा झनक्क रिस पनि उठ्छ अनि आफै स्वखलित हुनुबाहेक अरू गर्न पनि केहि सकिदैन /
    – यावत कुराहरूलाई छोडेर हेर्दा मुर्ति व्यापक छ, प्रसंसनिय कला झल्किन्छ /
    “जय शम्भू…नेपाली भन्दा भारतीय चम्बु…यो शिब बाबा कति लम्बु…त्यत्रै उचाइमा छ उता स्वयम्बु !!!”

    • नेपाल माथि भारतको हात भन्दा शम्भोको र श्वयम्भुको उचाइ कम भो ।

  55. सलोक्जी यो ठाउँ भक्तपुरको साँगा होकी काभ्रेको साँगा ……स्तम्भ को लागि धनेबाद

  56. ॐ नमः शिवाय||| ॐ नमः शिवाय||| ॐ नमः शिवाय|||

  57. राम्रै हो तर मनकामना को नाम मा केबुल कार, ॐ नमः शिवाय को नाम मा पनि व्यापार नै हो भने हाम्रो भूमिमा बिदेशीको तमाशा हो के गर्नु हेरौ तमाशा !!!!

  58. एक वर्षअघिकै कुरा हो, २० रुप्पे शुल्क उठाउन प्रस्ताव गर्दा समेत भक्तपुर जिल्ला प्रशासनले स्वीकृति दिएको थिएन । एक्कासी १०० रुप्पे पुग्नु कामचलाउ प्रधानमन्त्री हुँद्दा माकुनेको दबाबको करामात हो । वास्तवमा यो ठाउँ एउटा रिसोर्टजस्तै हो, तर भगवानको मूर्ति, त्यो पनि विश्वकै अग्लो शिवको मूर्ति रहेको स्थलका रूपमा प्रचार गरेर यो थलोलाई कमाइ खाने भाँडो बनाउँदासमेत हिन्दु धर्मका ठेकेदारहरू चुप बसेको देख्दा अचम्म लाग्छ । सरसफाइकै लागि पैसा उठाउने हो भने यसलाई ट्रष्टका रूपमा चलाउनुपर्छ, होइन भने यो खसीको टाउको देखाएर कुकुरको मासु बेचेसरह हो ।

    अनि अर्को कुरा, के विदेशी नागरिकलाई नेपालमा वैधरूपमा व्यापारव्यवसाय गर्ने छुट छ ? गिरिजाले गरिदिएको ‘व्यवस्था’अनुसार पनि भारतीयहरूले नेपालमा लगानी गर्न नेपाली नागरिकलाई पार्टनर बनाउनुपर्ने नियम छ । यदि कमल जैन भन्ने मान्छे भारतीय नागरिक हो भने उसकै नाउँमात्र किन आउँछ यो व्यापारका पछाडि ? उनको एकल लगानी कसरी सम्भव भयो नेपालमा ? यदि उनले कसैगरी नेपाली नागरिकता पाइहालेका रहेछन् भने उनलाई भारतीय नागरिक भनेर सम्बोधन गर्नु गलत हो । यसबारे सम्बन्धितले प्रष्ट पार्नुपर्छ ।

    • पुष्प जी
      पहिले त्यहाको यथार्थ के हो आफै गई बुझी प्रतिक्रिया दिंदा राम्रो हुन्छ होला , संधै बिरोध, गुन्डागर्दी र बाँदरे सैलिले मात्र हुँदैन, आफुले केहि नगरे पनि अरुले एउटा सुन्दर सिर्जना गरिदियाका छन् तेस्को प्रशंशा गर्न सिकौ र तेस्को संरक्षण गर्न पनि पर्छ भन्ने बुझौ.

      रह्यो कुरो ट्रस्टको नेपालमा ट्रस्ट खोल्ने भनेको राजनैतिक गुन्डागर्दी गर्ने थलो मात्रै हो यस्ता ट्रस्टले नेपालमा कहिँ पनि राम्रो काम गरेका छैनन्

      अरु कुरो माले मेरो माथिको प्रतिक्रियामा पनि भनेको छु राम्ररी हेर्नु होला

      • रविनजी, पहिला मेरो प्रतिक्रिया राम्ररी पढेर कुरा काटेको भए हुनेथियो । मैले जानेबुझेसम्मको कुरा राखेँ । बरु यथार्थ चाहिँ के हो त रविनजी; भन्नुस् न । मैले राखेको जिज्ञासाको उत्तर छ भने त्यो पनि दिनुस् है ।

  59. धोतीले आफ्नो लगानीमा बनायको मुर्ति ???? १०० रु टिकेट ?? नेपालमा किन नि ? भगबानको को नाम मा सोझा नेपाली लाई थक्ने सरल तरिका हो यो, के साचिकै मान्छेले भगवान बनाउन सक्छ त् ???

    • chhantyal kanchha usa
      आफु विदेश भाग्ने अनि आफ्नो देशमा जसले सुन्दर सिर्जना गरिदियका छन् तेस्लाई गाली गर्ने यो कस्तो पाखण्डी राष्ट्रबाद ???

      सबैलाई चतेना भय !!!

  60. सही हो रहेछ बुद्धको स्वोरुप छातीमा देखिंदो रहेछ, धन्यबाद दर्शनको लागी, अनि येत्तिसारो महँगो किननी यो ठाउँ भन्नेपनि जान्न पाए हुने हामीले, के धर्मको खोल बेरेर business गर्न government ले छुट दिएको छ हाम्रो देशमा यो भारतीयहरुलाई?? कस्तो नेपालीको धर्म प्रतिको आश्थाको खुल्ला business बनाउन दीएको यो? खै कसलाई के भन्ने जनता सोझा अनि government & authority चै चोर भएपछि, राम्रै रकम मिलेथ्योहोला सबैलाइ… भोलेबाबाले दुध को दुध पनि को पनि गरुन… जय शम्भु कैलाशपति!!!

  61. सही हो रहेछ बुद्धको स्वोरुप छातीमा देखिंदो रहेछ, धन्यबाद दर्शनको लागी, अनि येत्तिसारो महँगो किननी यो ठाउँ भन्नेपनि जान्न पाए हुने हामीले, के धर्मको खोल बेरेर business गर्न government ले छुट दिएको छ हाम्रो देशमा यो भारतीयहरुलाई?? कस्तो नेपालीको धर्म प्रतिको आश्थाको खुल्ला business बनाउन दीएको यो? खै कसलाई के भन्ने जनता सोझा अनि government & authority चै चोर भएपछि, राम्रै रकम मिलेथ्योहोला सबैलाइ… भोलेबाबाले दुध को दुध पनि को पनि गरुन… जय सम्भु कैलाशपति!!!

  62. हे भगवान ! प्रलय होस् ! भूकम्प जाओस ! तिमि भासिदेउ ! भनेर कामना गर्नु
    बाहेक के नै पो गर्न सकिदो रैछ र यी नामर्द नेताहरुको कारण !
    हैन त्यो निजि भारतीयलाई नेपालको भू भाग किन प्रयोग गर्न दियो ??? त्यो पनि
    यो बिघ्न कारण लिएर — !!!
    यति ठूला देउता हाम्रै कुनै नेपालीले बनाउथे होलान नि यदि रास्ट्रीय रुपमा टेन्डर
    गर्या भए !!!

    • लुना जी , नेपालीले साचिकै गर्ने हो भने काभ्रेको साङ्गा मात्र छैन नि , धेरै ठाउँ हरु छन् ,गरेर देखाउनु पर्यो नि / टेन्डर खुलाएर ठेक्का दिएको पनि देखि हाल्यो नि , चरी दादा र डाफे दादा हरुले ५०% कमिसन नखाई कन टेन्डर कसैले पाउदैन, अनि बनाईसकेको ४ महिनामा भत्किछ / कुनै बिदेसी नागरिकले नेपाल को कुनै बिकट ठाउँ मा बुद्द , शिब को मुर्ति बनाउनु पक्कै पनि नराम्रो कुरा होइन /

      • अनि बिदेशी जाथाले बनाउदा चै चरी मुर्दार हरुले ५० प्रतिशत माग्दैना ???
        त्यो बेला यो मुर्दार पाजिहरुलाई को ले रोक्छा ? रिस उठेर आउनी —–

      • दीप र सरोज !!!

        क हो गर्ने भए धेरै ठाउँ छन् वनेको होइन,?? नेपाली हरु वन्नु वायो,तापी चै क हो र भारती को दास हो र? तपै ले पनि त बनाउन सक्नु हुन्छ.किन अरुले बनको मा जय जय गर्नु हुन्छ .धर्म कै कुरा गर्ने हो वने कमल जैन को अनुहारलाई सिवाजी वनेर नेपाली हरुले पुज्नु कुनै जरुरि छैन.धर्म र आस्था विश्वास र कर्म मा हुने हो. ठुलो मुर्ति कसैको अनुहार र ब्यापार को लागि बनाउदै मा तपै हरु बुरुक बुरुक उफ्रिनु पर्दैन.

        पशुपति मा भट्ट हरुले अरबौ को वत्ता बटुल्ने अनि हावाको भरमा मुर्ति बनार ब्यापार गर्ने लै पुज्नु जरुरि छैन.वागवान शिव लै पुजना गर्न ठुलो व्यक्तिगत मुर्ति चाहिदैन.सामाजिक रूपमै बनका लाखौ मुर्ति हरु छन् पुजना लै.हो यो ठाउलाई सामाजिक पर्यटन छेत्र बनाउन सकिन्छ जहाँ एस्थानिया हरुले काम अनि दाम पाउन तर कुनै बिदेसी ले होइन.अनि तपाइँ र हामी जस्ता हरु लै मेरो संसार र फेसबुक मा कमेन्ट गर्दै फुर्सद छैन,नेता र अलि अलि गर्ने लै गालि गर्दै फुर्सद छैन.येस्ता धेरै कुरा गर्ने हरुले त नेपाल मै बसेर राजनीति गर्नु,ब्यापार गर्नु,कम गर्नु,क्रिसी गर्नु, हरेक हरेक उपाए हरु छन् नेपाल मा गर्ने लै.खाली गफ र सप गर्दै मा कहाँ हुन्छ होउ? नया नेपाल वनेका छन्, तर सब नेपाली हरु त्यत्रो अरबौ अरब खर्च गरेर विदेश जाने बाहेक की गर्दैनन्. त्यत्रो पैसा त नेपाल मा लगानी गर्ने हो वने के के हुने थियो हुने थियो.अब सब नेपाली हरु नेपाल फर्की त प्लेअसे. लुना जी तापी त फ्रान्स बसेको धेरै वैसक्यो अब अलि अलि पैसा र सिप बोकेर फर्किने होइन नेपाल मा? कि तपाई पनि खैरेहरू को दास वैसक्नु वायो?खैरेहरू style style को दास हुह?

    • लुना जी ,
      बिदेशी ले बनाइदिएको को लाइ बिरोध गर्नु उपयुक्त देख्दिन /

      • deep ji !
        बिदेशीले बनाको लाई बिरोध गर्या हैन के !
        बिदेशीले बनाउने नाममा कब्जा गर्या कुरा को चै चित्त नबुझ्या हो के !
        अब कब्जा गर्नुलाई माटो बोकेर भूईमा लडिबुडी गर्नु पर्दैन के यो २१ औ शताब्दीको युगमा — नक्सामा पास नै गराउनु पनि पर्दैन — तपाईको बाउ बाजे
        ले त्या क्यै गर्न पाउदैनान – मेरो बाउ बाजेले पनि क्यै गर्न पाउदैनन — बाउ बाज्या के कुरा ! मुलुक हाक्ने सरकार पनि निहुरि मुन्टी न भई बस्छा तिनको
        अगाडी अब —
        यसलाई भन्छा औला दिदा कुन्नि के — आफै बुझ्नुस —

        • लुनाजी, शान्त ! शान्त !! शान्त !!!
          Cool down !
          कस्तो डरै लाग्ने गरि रिसाउनु भाको ?!!
          – अब के गर्ने त हामीले ? उसैले व्यक्तिगत लगानीमा जग्गा किन्यो, उसैले सम्पूर्ण लगानीमा मुर्ति बनायो, उसैले पार्क बनायो, उसैले त्यहाँसम्म पुग्ने मोटर बाटो पनि बनायो /
          – उ संग पूर्जा पनि होला, स्वीकृति पनि होला / सबै कानून बमोजिम नै त गरेको होला /
          – फेरी डिस्को भट्टी क्यासिनो खोलेको पनि त होइन / हामी सबैको आराध्य देव नै त बनाको हो ?!!
          – अब गाडी नलागी अलिकति हिडे त पैसा पनि लाग्दैन रहेछ त ! फेरी संरक्षण, माली, कर्मचारी आदि होला /
          ल भैहाल्यो अब शान्त हुनुस ! बरू सालोक्यजीले अर्को पोस्ट गरिसक्या छ त्यसमा लाग्नुस् / (रिसानी माफ)

  63. हन! भगवान ले कैलाश मा पनि जिम खाना खोल्नु भएको रहेछ कि के हो ,पेट मा सिक्स प्याक कसरि आयो |
    आर्को पक्ष्य ,भारतीय कालिगढ़ ले बनाएको हुदा भगवान सिब को अनुहार पनि
    बिहारी बिहारी पर्यो | छाती मा हात राखेर भन्दा ,हिमाल मा बस्ने सिब को अनुहार कस्तो हुनु पर्थ्यो ?
    आर्को कुरा जाडो बस्ने देउता लाइ एक सर्को लाज छोप्ने कपडा मात्र किन ?
    बखु लगाइदिन मिल्दैन ?
    तर हामि ढुंगा लाइ समेत देउता मानि आएकोले ,येस्ता कुरा सजिलै पच्छन् |ओम नाम सिवाय !

  64. उं नम: शिवाय !
    उं नम : शिवाय!!
    उं नम: शिवाय!!!

  65. धेरै राम्रो कला रहेछ !
    नेपाल मा अहिले सबै छेत्र मा राम्रो राम्रो प्रतिभा भए का मान्छे हरु छन् ! विद्वान हरु छन् तर के गर्ने सबै घुम्ने कुर्सि मा बस्ने हरु ले देस लाइ डामाडोल बनाए एस्तो प्रतिभा भए को मान्छे लाइ कहा हेर्छन र मुला हरु ले ! जे होस् जसले बनाए को हो त्यो मान्छे लाइ धन्नेबाद दिन चाहन्छु !

  66. व्यक्तिगत रुपमा त्यो मन्दिर नचलाएर सरकार लाई दिने हो भने अहिल्यै पदको लागि छिनाझपट भएर माओवादी र कांग्रेस भन्दै झगडा गर्छन. मन्दिर राम्रो बनाइराख्न त्यति पैसा चार्ज गर्नु नराम्रो हैन. हामी नेपालि पनि पोजिटिभ सोच राख्न जान्नु पर्छा.

  67. यो हाम्रो भूमिमा बिदेशीको तमाशा हो ! नेपाल सरकारसंग उसको सम्झौता कस्तो छ, मलाई थाह छैन, तर कुनै पनि विदेशीलाई उसको निजी स्वार्थको लागी नेपाल सरकारले यसरी नेपाली भुमी प्रयोग गर्न दिनु हुन्नथ्यो भन्ने मलाई लाग्छ ! प्राय: मुलुकहरुमा बिदेशी लगानीलाई प्रोत्साहन गर्दा त्यस लगानीबाट सरकारलाई प्राप्त हुने राजश्व, स्थानीय जनतालाई प्राप्त हुने रोजगार, र त्यस लगानीले आकर्षण र सिर्जना गर्न सक्ने अरू दीर्घकालीन सम्भाब्यताहरुको अध्यान गरेर मात्र बिदेशी लगानीलाई प्रोत्साहन गरिन्छ ! मेरो बिचारमा त्यो शिवस्तम्भमा प्रवेश-शुल्क उठाउने पनि सायद भारतीय नै होला ! त्यो भारतीय नागरिकको नेपालीहरुबाट पैसा कुम्लाउने नौटंकी बाहेक यो अरु केहि हुन सक्दैन ! छ्या: सम्झंदा पनि चित्तै नबुझ्ने !

  68. यो पुजा गर्न गराउन बनेको मन्दिर हो बा ब्यापार गर्न बनेको मन्दिर हो?

    ०१. पुजा गरिने मन्दिर बनाउन खर्चिने रकम लाई लगानी भनिंदैन/ यो मुर्ति ठड्याउँन खरिचिएको रकमलाई लगानी भनिएकोछ/
    ०२.यो मुर्ति तथा मन्दिर को मालिक कमल जैन हुन् भनिएको छ/
    ०३. पहिला रास्त्रपतिले उद्घाटन गरिने भनिएको तर यो मुर्तिको मालिकले यो मुर्तिलाई आफ्नो व्यक्तिगत सम्पति भनेर मानेन रे/ नेपाल र नेपालीको माटोमा बनेको मन्दिरको मालिक एउटा भारतिय नागरिक कसरि हुन् सक्छ?
    ०४ सन् १९५०को सन्धि अनुसार पनि भारतियेहरुले नेपालमा लगानी गर्न सक्छ बसोबास गर्न सक्छ तर यसरि नेपलिमातोको मालिक बन्न नपाउने स्पस्ट उल्लेख छ त् यो नेपाली माटोमा बनेको मुर्ति र मुर्ति बनेको नेपाली माटोको मालिक एउटा भारतिय नागरिक कसरि हुन् सक्छ?

    • मदन जी,
      पशुपतिको भट्ट भारतीय नागरिक – हप्तामा २ लाख कुम्ल्याउछन् ! यो मन्दिरको मालिक पनि भारतीय – दर्शन गर्न जनालाइ नै १०० रुपैया… कति कुम्ल्याउने हो कति !! धर्मको नाममा येसरी भारतीयहरुलाई लुट गर्ने छुट कसले दियो र किन दियो बुझी नसक्नु छ !

      • दर्शन गर्न र वरिपरि घुम्न फ्रि हो भन्या क्या। पछाडि रहेको पार्क घुम्न चाहिँ पैसा लाग्छ । मलाई त धेरै राम्रो लाग्यो । त्यो ठाउँ पर्यटन विकासमा पनि धेरै मद्दत गरेको रहेछ ।

      • आकास जी
        मैले भन्न खोजेको पनि तेही हो, यो शिव जीको मुर्ति र मुर्ति बनाईएको भुमि मन्दिर हो बा मुर्ति कला प्रदर्शन स्थल?

        यदि यो “मुर्ति प्रदर्शन” हो र कुनै भारतियेले म यो मुर्तिको मालिक हुँ, तैंले यो मुर्ति हेर्न ढोग्न १०० रुपैया मलाई तक्राउनु पर्छ भन्छः भने यो त् सरासर ब्यापार भयो/ यदि मन्दिर हो भने त्यो मुर्ति र मुर्ति बनेको नेपाली माटोको मालिक एउटा भारतिय कसरि हुँन सक्छ?

        नेपाली माटोमा भारतियले शिव जीको मन्दिर त् बनाउन सक्छ तर नेपाली माटोको मालिक बन्न सक्दैन/ यो कुरा मात्र १९५०को सन्धिको कारणले होईन नेपालको संबिधान र कानुन ले पनि कुनै पनि भारतियेलाई नेपाली माटो को मालिक बन्न पाउंदैन/ मुर्तिको मालिकले नेपालको रास्त्रपतिको हात बात समेत उद्घाटन गराउन नमान्नु त् नेपालको सार्वभौम सट्टा माथि सरासर हमला भयो, कसरि सहेर बस्ने हामीले?

        लुम्बिनीमा बुद्ध र मायादेबिको मुर्ति मन्दिर धेरै बिदेसी हरुले बनाएको छ तर तेस्को मालिक समस्त नेपाली हो भने यो मुर्ति मात्रै किन कसरि भारतिय हुँन सक्छ?

    • प्रिय मित्र हरु ,
      नमस्कार ! ! !
      धेरै समय पछि मेरो संसार माँ आउदै छू.
      प्रतिक्रिया हरु पढ्दा लाग्यो नेपाली हरु कौशि माँ बसी काशी को बयान भन्ने उखान चरितार्थ गर्दै छन/
      यो शिव जी को मूर्ति भयको स्थान भक्तपुर जिल्ला अंतर्गत पर्दछ र त्यहा सर सफाई का लागी तथा अन्य ब्यबस्थापन का लागी रु १००/ लिने गरियको हो/ वास्तव माँ नेपाली हरुको बानी सबै लाइ थाहा भय कै हो ” नेपाली हरु खान जान्द्छंन तर ……… जान्दैनन” /
      कमल जैन को ब्याक्तिगत कुरा लाइ चर्चा परिचर्चा गरेर समय खेल्नु भन्दा पनि त्यों क्षेत्र को समस्तिगत सुधार प्रति सकारात्मक हुने हो भने जसले जे राम्रो गर्दछ हामीले उनिहरु लाइ दोसल्ला वोद्धाउनु पर्ने हुन्छ /
      एक जना ब्यक्ति का लागी मदन जी ले १९५० को संधि को कुरा उठाउनु भयो त्यों स्वागतयोग्य छ तर भारत र बेलायत माँ कति नेपाली हरुको शालिक र स्मारक छ त्यों शायद मदन जी ले Ignore गर्नु भयो होला येद्देपी सबै कुरा हरु माँ राजनितिक बहस चलाउनु उचित हुन्छ जस्तो लाग्दैन / मेरो संसार ब्लॉग माँ मदन जी लाइ स्वोतंत्र छोड्दै माँ आफु लाइ साढ़े नै सम्झ्नु भयो जस्तो छ र करीब ५०% झूठ लेख्दै हुनु हुन्छ / मदन जी लाइ किन जवाफ फर्काउने भनेको त सहनेइ नसक्ने भयको ले मात्र लेखेको हु / अझ भन्ने हो भने मदन जी र महेश जी हरु ले सधै ‘ मेरो गोरु को बारै टक्का ‘ लेख लेखेको ले मेरो संसार माँ प्रतिक्रिया हरु नै आउन छाडेको जस्तो लागेको छ /
      मदन जी लाइ उचित कुरा हरु मात्र लेखन अनुरोध गर्दछु.
      धन्यवाद
      कृष्ण गोपाल श्रेष्ठ

      • कृष्ण गोपाल जी
        स्वागतम मित्र/ म तपाईं लाईन नै कुरेर बसेको थिएँ ; मलाई नै औन्ल्यार केहि लेख्नु भयो धन्यबाद/ / तर मलाई महेशजिको हाराहारीमा राख्नु भयर गल्ति गर्नु भयो ; म महेशजी जतिको स्तरिय र सटिक प्रतिक्रिया लेख्न सक्दिन/ रह्यो कुरा कुरा तपाईं जस्तो कांग्रेस र भारतको गुण गायायेर नथाक्ने व्यक्ति बात गरिएको गालिहरुको, तेस्मा मलाई आश्चर्य पनि छैन आपति पनि छैन गर्दै गर्नुस/ रह्यो कुरा तपाईं ले मैले ‘करिब ५०% झुठो लेख्दै छ भनेर आरोप लगाउनु भएकोमा मात्र यति भन्छु कि आज सम्म मैले तपाईंको काग्रेस र भारतको मिलो माटोमा नेपाल माथि भएको गलत कुराहरु को बारेमा जति पनि लेखेको छु तेस्को ५०% होईन यक% गलत भएको गलत भएको साबित गर्नुस/

        अब बिषयमा/ मैले शिव जीको मुर्ति र मुर्ति हेर्न उठाईएको दस्तुरको बारेमा टिप्पणी गरेको छैन मैले कुरा उठाएको त्यो मुर्ति बनेको नेपाली माटोको मालिक मालिक कसरि एउटा भारतिय हुन् सक्छ भनेर हो; हाम्रो रास्त्रपतिले मुर्तिको उद्घाटन गर्न खोज्दा त्यो मुर्तिको मालिक भारतिय नागरिकले मानेन भनेकोमा हो/ कृष्ण गोपाल जिको यो बिषयमा के बिचार छ स्पस्ट भन्नुस न/

        • मदनजी
          म लाइ तपाइको प्रतिक्रिया सटिक लाग्छ र तर्क पूर्ण पनि लाग्छ | महेस जी को मैले तेती पढेको छैन ,कृष्ण गोपाल जी पनि राम्रो लेख्नु हुन्छ |
          माइ संसार मा तपाइको ,लुनाजिको ,पुष्प जी को र अरु केहि साथि कम्मेन्ट राम्रो लाग्छ |
          कृष्ण गोपाल जी बिद्द्वान हुनुहुन्छ ,तर आफ्नो ग्यान बाड्न कन्जुस्याई गर्नुहुन्छ |

        • “हाम्रो रास्त्रपतिले मुर्तिको उद्घाटन गर्न खोज्दा त्यो मुर्तिको मालिक भारतिय नागरिकले मानेन भनेकोमा हो”
          मदन जी यो तपाहिले लेख्नुभयको माथिको हरफ मा म अलिक दिग्दर्षित भय, मैले सुने अनुशार उक्त ब्याबसाय वा निर्माण को मालिक फलानो कुन्नि के जैन हो ले उसको प्रोपर्टिको उद्धाटन हाम्रो रास्ट्रपति बाटै गराउने उदेश्य राखी आग्रह गरेको थियो तर हाम्रो रास्त्रपतिको बिचार र बुद्दिमत्तता प्रदर्शन गरि उक्त निर्माण ब्याबसाय र सम्पत्ति सार्बजनिकरण र ट्रस्टमा हो या जाने भय मात्र उद्धाटन गर्ने व्यक्तिगत भयमा नगर्ने भन्ने धारणा दियबाट रास्त्रपतिलाई उद्धाटन गर्न नालागायाको हो, यहा रास्त्रपतिलाई उद्घाटन गर्न नदियको नभयर रास्ट्रपति आफैले आग्रह अस्विकार गरि उद्घाटन गर्न मनाही गरेको भन्ने बुझ्दछु म! अब बास्तबिकता के हो त्यो जान्ने सुन्ने वा सत्य थाहा पाउने लाइ थाहा होला है!

          • गगने जी
            माथि सलोक्यजिले हाम्रो रास्त्रपति बात मुर्तिको उद्घाटन गराउन “मालिक”ले मानेन भन्नु भएको छ/ मेरो प्रतिक्रिया तेसैको आधारमा लेखिएको हो/ नेपाली माटोमा बनेको त्यो मुर्तिको पनि यदि कुनै मालिक त्यो पनि भारतिय हुन्छ र तेस्ले त्यो मुर्ति हेर्न दिन शुल्क समेत उठाउँछ भने भने त्यो कसरि मन्दिर हुन् सक्ला? यो त् सरासर हिन्दि चलचित्र देखाउन लगायर शुल्क उठाएको जस्तै भयेन?

            लुम्बिनीमा बिदेसिहरुको लगानीमा धेरै मुर्तिहरु बनाईएको छन् तर तेस्को मालिक कुनै बिदेसी भएको भनिएको छैन त् यो मुर्तिको मालिक मात्रै भारतिय कसरि हुने गरि कुन लेंग्दुप दोर्जे मार्काको पार्टीको सरकारले त्यो भारतिय सिट सम्झौता गरेको हो?

            यो कुरा त् सरासर २००८ सालमा कांग्रेसी प्रधान मन्त्रि मात्रिका प्रसादले भारतले बनाएको कोशी बाँध बनेको नेपाली भुमि पनि भारतको अधिनमा हुने गरि सम्झौता गरेको थियो/ कांग्रेसी सरकारको पतन पछी मात्रै कोशी बाँध बनेको भुमि नेपालकै अधिन मा हुने गरि कोशी सम्झौता कोशी सम्झौता पछी मात्रै संसोधन गरिएको हो/

            मित्र गगन जी, नेपाल र नेपालीलाई लुट्दै आएको भारतलाई चिमोत्दा मात्रिकाका सन्तानहरुको मुटु दुख्ने रुने कराउने कुर्लने गर्छनै; कृष्ण गोपाल जी पनि यसै कारण कुर्लेको हो/

            • “यो मूर्तिको उद्‍घाटन राष्ट्रपतिको हातबाट गराउने भनिए पनि यो क्षेत्रलाई ट्रस्टमा लैजान मालिक कमल जैनले अस्वीकार गरेपछि व्यक्तिगत सम्पतिको उद्‍घाटन गर्न अस्वीकार गरेका थिए।”, माइसंसार

              मदन जी, माथि सालोक्य जी ले यसरि लेख्नु भयो तर त्यो लेखाइलाई तपाही र मैले एकै किसिमले पढे र आफ्नो आफ्नो सोचाइ ले बुझे कुरो यत्ति हो!
              कमल जैन ले उद्घाटन गराउन नमानेको होइन बरु आग्रह र अनुरोध गरेको हो तर हाम्रै रास्त्रपतिको स्वोबिबेक र बुद्दिमत्ताले त्यो व्यक्तिगत सम्पतिको उद्घाटन गर्न नमानेको वा नगरेको भनेर हामि सबैले बुझ्नु उचित हुनेछ किनकि यो नै सत्यहो र सत्य बुझ्नु हामि सबैको हितमा हुने छ!
              अरु बाकि तपाहिहरुको बिबादमा मेरो कुनै कमेन्ट र प्रतिकमेंट छैन है!

        • बिद्द्वान मित्र हरु,
          नमस्कार ! ! !
          नेपाल मा ढिलो इन्टरनेट चल्ने भयकोले मेरो संसार मा प्रतिक्रिया नलेखेको हो र मैले कुनै कन्जुस्याई गरेको छैन / मैले शुरु देखि नै सकारात्मक सोच बिकास गरौ भनेको थिय जसमा म सफल हुन् सकिन त्यस कारण ले पनि लेख्न छोडेको हुन् तर मदन जी जस्तो अनुभबी, अग्रज , बुद्दिजिबी र राजनीतिक प्राणी ले सधै नकारात्मक प्रतिक्रिया मात्रै लेख्नु भयको हुँदा मेरो संसार लाइ नै त्याग्न बाध्य भय / शुरु का दिन हरुमा महेश जी, लुना जी, मदन जी, गगने जी शशांक जी हरु जसरि ज्यान फालेर प्रचण्ड जी को गुण गान गर्नु हुन्थ्यो आज आएर उहा हरु निद्रा बाट ब्युझनु भयको मा खुशी पनि लागेको छ येद्देपी यदा कदा अझै माओबादी हरु को बखान गर्न थाक्नु भयको छैन /
          मित्र मदन जी ,
          म व्यक्तिगत रुप मा मदन जी लाइ निक्कै आदर र सम्मान गर्दछु साथै मदन जी संग केहि सिक्ने मौका पनि पाय / मैले मदन जी ले लेख्नु भयको लेख हरु ५०% झूठ किन भनेको भन्दा नेपाली काँग्रेस को बिषय मा लेख्नु भयको गलत कुरा हरु १००% नै झूठ हो र नेपाली काँग्रेस ले गरेका राम्रा कुरा हरु हजूर ले कहिल्यै पढ्नु भयन वा हजूर लाइ पढाइयन्/ जस्तो १९५० र कोशी सम्झौता का कुरा हरु मा मदन जी १०००००% नै झूठ वोकल्दै हुन् हुन्छ र भारत को बिषय मा त हजूर लाइ फोबिया नै लागेको छ/ सिक्किम का लेन्डुप दोर्जे ले आफ्नो देश नै भारत मा गाभ्नु मा भारत को दोष देख्नु हुन्छ , हो अर्का को देश गाभ्न कोशिस गर्नु भारत को दोष होला त्यो हाम्रो मामला मा असम्बन्धित हुदा हुदै पनि छिमेकी को नाता ले हामीले ध्यान दिनु पर्दछ र हामि तिब्बत को कुरा नगरौ , तर भगवान शंकर को ध्यान गर्ने स्थल कैलाश मानसरोबर पर्बत हाल चीन सरकार को हुँदा किन आखा चिम्लिनु हुन्छ ? काला पानी भारत को हो भनेर चीन ले भन्दा किन कान बन्द गर्नु हुन्छ ? हामि लाइ भगवान ले २ आखा दियको कारण किन बुझ्नु हुन्न ?
          म पनि कम्युनिष्ट विचारधारा को मान्छे थिय तर कम्युनिष्ट हरु ले माओ को रेड बुक मात्र पढ़ायर उनि हरु ले गरेको राम्रो भन्दा पनि अरु लाइ गालि गलौज मात्रै गरेको ले त्यो क्षेत्र मा बस्न असमर्थ भय त्यसैले मदन जी संग मेरो बिनम्र अनुरोध छ कि सकारात्मक कुरा हरु पनि सोच्ने गर्नुस र मेरो संसार मा एकल काटे कम्युनिष्ट हरु ले लेखेको जस्तो लेख्न छोड्नुस भन्ने मेरो सल्लाह हो /
          मदन जी अमेरिका मा बसेर नेपाल को बयान गर्नु हुन्छ , कृपया नेपाल एक चोटी हेर्न आउनुस, आज नेपाली हरु लोभी , पापी , स्वार्थि , अल्छी र विलासी भयका छन् त्यत्ति मात्रै होइन नेपाली हरु भनेको अनुशाशनहिन, मर्यादाहीन, रास्ट्रियताहिन भयका छन् / Ambulence र दमकल लाइ कसैले बाटो छोड्दैन, दलाली गर्ने, लूट पात गर्ने, चोरी गर्ने काम मा व्यस्त छन् , फिरौती र अपहरण को कुरै नगरौ / के प्रचण्ड ले सिकाउँन खोजेको येही हो नागरिक सर्बोच्चता? के येही हो रास्ट्रिय स्वाधिनता ?
          नेपाली काँग्रेस ले आर्थिक हिना मिना र भ्रस्टाचार सिकायो देश मा तर कम्युनिष्ट हरु ले नैतिक र अनुशाशन को भ्रस्टाचार सिकायो के यो सबै सहन सक्नु हुन्छ?
          लेख्दै जानु होला/
          पछी भेटौला

          धन्यबाद
          कृष्ण गोपाल श्रेष्ठ

          • कृष्ण गोपालजी ! हिजो एमालेले अग्रगामी नारा दिंदा हामीले उसको साथ् दियौं | आज उ पथबाट बिचलित र स्खलित भएपछि उसलाई साथ् दिनु हाम्रो चेतनले मान्दैन| अहिले माओवादीले अग्रगामी बिचार अगाडी सारेको छ र उसलाई काम गर्ने मौका दिनुपर्छ| भोली उ भन्दा डाइनामिक कोहि निस्क्यो भने नेपाली जनताले त्यसलाई होस्टेमा हैंसे गर्नुपर्छ| समय चलायमान छ| थोत्रो सिद्वान्त संधैभरी बोक्नेलाइ सिद्वान्तनिष्ठ भनिंदैन| प्रचण्ड र बाबुरामहरु न हाम्रो बाबु पट्टिको, न आमा पट्टिको | हामीले जश दिने भनेको उनीहरुको पार्टीले सारेको बिचार र भिजन हो| अनि अन्त्यमा नेपाल जस्तो अर्ध-सामन्ती देशमा आदर्शवादी समाज र आदर्शवादी नेता अहिले नखोजे हुन्छ | आदर्शवादी न बि पी थिए, न पुष्पलाल नै ! गिरिजाहरु र प्रचण्डहरुको के कुरा गराई भयो र ?

          • कृष्ण गोपाल जी

            तपाईंले मेरो प्रतिक्रियाको कारणले प्रतिक्रिया लेख्न छाड्नु भएको होईन/ तपाईंले मेरो संसारको उमेश जीलाई ब्लादी बास्टर भनेर अश्लिल गालि गर्नु भएकोमा सबै बात आलोचित हुनु परेकोले प्रतिक्रिया लेख्न छाड्नु भएको हो र आज सम्म पनि तपाईं ले माफी समेत माग्नु भएको छैन/

            नेपालको रास्त्रपतिले त्यो मुर्ति र मुर्ति बनेको स्थल र संस्था सार्वजनिक नभएको र भारतिय नागरिकको निजि सम्पति भएको कारण उद्घाटन गर्न मान्नु भएँन; के यो कुराले पनि नेपालको माटो कुनै भारतीएको हुन् नसक्ने कुरा प्रमाणित हुँदैन?

            १९५०को सन्धि र प्रचलित संबिधान र कानुन अनुशार भारतियेहरु नेपालमा मात्र ब्यापार र बसोबास गर्न सक्छन तर मालिक बन्न सक्दैनन्/ यो कुरामा कांग्रेसले जहिले पनि रास्त्रलाई धोखा दिएको छ/

            कांग्रेसी प्रधान मन्त्रि मातृकाले २००८ सालमा कोशी सम्झौता गरेर कोशी बाँध बनेको नेपाली भुमि समेत सधैं को निमित भारतको अधिनमा हुने गरि सम्झौता गरेको थियो/ पछी महेन्द्रले कोशी सम्झौता १९९ बर्षको हुने र कोसी बाँध बनेको नेपाली माटो नेपालकै रहने गरि सम्झौता संसोधन गरेको थियो/

            नेपालको माटो भारतले मिचेकै हो भनेर संसदिय र सरकारी टोलीले ठहर गरेर प्रतिबेदन दिंदा पनि कान्ग्रेसी विदेश मन्त्रि सुजाता र कांग्रेसी नेता तथा पुर्व विदेश मन्त्रि राम शरण महतले भारतले नेपालको सिमाना मिचेको छैन भनेर भारतले मिचेको नेपाली माटो भारतकै हुने बनाए/

            तपाई कांग्रेसले देस बनायो भन्नु हुन्छ, तर बास्तविकता त् कांग्रेसले देशलाई आफुले र बिदेसिलाई लुटाएको मात्रै छ/ तपाईं को कांग्रेसको अघोसित ज्वाईं धमिजालाई जेल पठाउन पर्याप्त प्रमाणहरु म आफैले पेस गरेको थिएँ/ तर लण्डनको अदालतमा पेस गर्ने दिन प्रमाणहरु भएको ब्रिफकेस हरायो भन्न लगायर कांग्रेसी मन्त्रि परिषदले धमिजालाई निगम बात ५५ करोड तिर्न लगायो/

            तपाईं को कांग्रेसको घोसिट ज्वाईं सासु सुडान काण्डको नाईके भएको प्रमाणहरु अख्तियार सिट भएको र अहिले ठेकेदार भारतीले अदालतमा प्रमाण हरु पेश गरेकोछ/

            गोपालजी प्रचाद्रलाई जनयुद्धको बेला केहि आरोप हरु लगाउन सकिएला तर काग्रेस देस द्रोही भएको कुरा त् सर्वोच्च अदालतले समेत प्रमाणित गरेको छ; (प्रमाण सर्वोच्चले गिरिजाले संबिधान मिचेर तनक पुर् सन्धि गरेको फैसला)

            • मदन जी !
              धन्यबाद तपाईलाई ,
              दह्रो झापड दिनु भो कृष्ण गोपाल जी लाई वहाको अहम गल्ति सम्झाईदिएर् —-
              ( चेतनशील मान्छेले गल्ति महशुस गरे पछी लाज मानेर सुध्रिन्छ —- सुध्रिन नखोज्ने मान्छे उध्रिन्छ — भन्दा देख्ने लाई लाज भन्ने गरि —-

        • मित्र मदन जी,
          नमस्कार ! ! !
          रास्ट्रपति महोदय ले त्यो मन्दिर उदघाटन गर्ने पक्का भयको थियो सार्बजनिक मन्दिर भनेर , तर कमल जैन ले आफ्नै श्वामित्वो मा राख्ने भनेकोले रास्ट्रपति ले उदघाटन गर्न अश्विकार गर्नु भयको हो साथै त्यो मन्दिर लाइ नेपाली हरुको सार्बजनिक सम्पत्ति वा ट्रष्ट बनाउनु पर्ने भन्ने हाम्रो कोशिश हो / नगरेमा पनि हामीले आपत्ति जनाउनु पर्ने केहि छैन /
          धन्यवाद
          कृष्ण गोपाल श्रेष्ठ

          • ए बल्ल कुरा बुझियो! कमल जैनले श्रदा र आस्थाले शिवजीको मूर्ती स्थापना गरेको नभई त्यो त उनको लगानी पो रहेछ| ‘घटटो’ हुँदैन कमलजी| धर्मान्ध र धर्मभिरुहरुको भएको ठाउँमा कमलको लगानी दुरदृष्टि छ | माडवाडी जो ठहरे !

            • शसांक जी
              मैले यहि कुरा त् औंल्याई रहेको हो/ व्यापारिक प्रयोजनले बनाएको मुर्ति लाई न मन्दिर मान्न सकिन्छ न भगवान/ अर्को कुरा भारतिय नागरिकले नेपालमा ब्यापार त् गर्न सक्छ तर नेपाली माटोको मालिक बन्न पाउन्दैन/ तर याहा नेपाली माटोको मालिक कुनै भारतियेलाई बन्न दिएको छ; त्यो लेंग्दुप को हो?

              • मदनजी,
                ब्यापारिक प्रयोजनले बनाएका हिन्दि फिलिम मा नेपाली ले करोडौं बुझाउदा तपाइलाई केहि समस्या छैन, ६० करोड लगानी गरेर कसैले एउटा गाउलाई पर्यटकीय स्थलको रुपमा बिकास गर्दैछ भने तपाईमा राष्ट्रियता को भेल उर्लेर आउछ |
                सामान्य हिसाब गर्नुस, ६० करोड को १०% ले ब्याज मात्रै हिसाब गर्ने हो भने वर्षको ६ करोड हुन्छ | ब्याज मात्रै उठौनालाई ६ लाख वटा गाडी जानु पर्छ त्यहाँ| कमल जैनले त्यहि सोचेर बिजनेस गरेका हुन् भन्नु हुन्छ भने मा तपाइलाई नमस्कार मात्र गर्न सक्छु|

                • शैलेशजी
                  दुलही बिचरीको श्रीमान् गरिब छ
                  लगाउने र ओछ्याउने यकै फरिया
                  कमाउन नसकेको दिन मागी खुवाउँछ
                  गरिबको दुलही यतिमै पनि रमाउँछ
                  राम्रो लुगा र मिठो खान नाठो खोज्दैन/

                  नेपाल धेरै दुखले अर्ज्याको मुलुक हो
                  रगत-पसिना बगायर बचाएको मलुक हो
                  याहांको माटो पानि नै हाम्रो परिचय हो
                  यो मातो हाम्रै रहनु नै यसको सिंगार हो
                  मुर्तिको मोल मातोले चुकाउनु दलाली हो/

                  कोसीको बाँध यो मुर्ति भन्दा बिशाल छ
                  तेस्को मालिक भारत भएको रुनु परेकोछ
                  एउटा एउटा गरि सबै ठुला नदीहरु गुमायौं
                  आना आना मिचाउँन दिंदै देसै खुम्च्यायौ
                  यसै कारण फेरी मातो मिचिएकोमा चिच्यायौ

      • कृष्ण गोपाल जी
        तपाइँ ले मलाइ र मदन जी लाइ “मेरो गोरु को बार्है टक्का” लेखेको भन्नु भयो, तेस्लाई तार्किक रुप मा नभनेर सेरोफेरो मै राख्नु भएको ले तपाइँ ले कुन कुरा लाइ इंगित गर्नु भएको हो मैले भन्न सकिन, तर तपाइँ कै भाषा मा तपाइँ ले बिगत मा राख्नु भएका केहि “यथार्थ र तार्किक” कुरा हरु माइ संसार क पाठाक लाइ स्मरण गराउन चाहन्छु.
        १) प्रधानमन्त्री हुदा प्रचण्ड ले बालुवाटार को प्रधानमन्त्री निवास मा परिवार का सदस्य राखेर अनैतिक काम गर्यो.
        —— अर्थात् तपाइँ को भनाइ मा सरकारी निवास र सरकारी अफिस एकै हो, सरकारी निवास मा परिवार को सदस्य जस्तै श्रीमती, छोरा छोरी राख्नु हुदेन.
        २) हिसिला एमी ले एमी थर लेख्नु साप्रदायिक हो.
        —— अर्थात् उनले नाम को पछाडी थर लेख्नु गल्ति हो.
        ३) dr . बाबुराम भट्टराइ ले आमा लाइ मनकामना को मन्दिर मा लगेर अपराध गरे.
        —-अर्थात् आफ्नो बृद्द आमा (जसको अहिले मृत्यु भैसकेको छ) को आग्रह मा आफ्नो छोरा ले ब्याक्तिगत तवर ले मनकामना लिएर जानु एकदमै ठुलो दण्डनीय अपराध थियो बाबुराम भट्टराइ को, कृष्ण गोपाल जी को आखा मा.
        ४) कांग्रेस जनता को पिर मा एक्लै रुन्छ.
        — यो कृष्णगोपाल जी को जोक नभई एकदम जोडदार तर्क थियो.

        कृष्ण गोपाल जी , यी माथि का तर्क(कुतर्क?) हुन् तपाइँ ले दिनु भनेको माइ संसार मा र बिशेष गरि मदन जी र मा संग बादबिबाद गर्ने क्रम मा. अब यी कत्ति का तार्किक र यथार्थ हुन् त्यो कुरा को मुल्यांकन गर्ने जिम्मा माइ संसार को पाठाक हरु लाइ नै दिउ न हुदेन? आखिर को रहेछ मेरो गोरु को बार्है टक्क गर्ने?

  69. शिवजी को दर्शन गर्न पाएकोमा धेरै मन प्रसन्न भएको छ..ज होस् प्रभुको सच्छ्यत दर्शन गर्न नपाए पनि यो ब्लग मार्फत हर्न पौड धेरै खुसि लग्यो..धेरै धेरै धन्यबाद छ म्य्संसार लाई….

  70. यो मूर्ती बनेको ठाउँ र नेपाली जनताको धार्मिक आस्था हेरिकन कुनै पनि एउटा मानिसले व्यापार गरेको त्यति मन परेन मलाई.

  71. शिव भगवानको दर्शन गर्न पाएर मन प्रसन्न भयो गएर दर्शन नगरे पनि म्य्संसरबाट हेर्न पाएको मा धेरै खुसि लग्यो धेरै धेरै धन्यवाद

  72. धर्मको नाममा ब्यापार गर्ने एउटा नया प्रयोग-

  73. नेपाल का यस्ता अन्तरास्ट्रिय स्तर का बिबिध सम्पदा को व्यापक प्रचार प्रसार गर्नसके सोचे अनुरुप पर्यटन भित्रियाउन सकिन्छ | तेसकालागि स्थिर राजनीतिक र उचित सुरक्छा को प्रत्याभूति सरकार ले गर्न सक्नु पर्छ |जे होस् जानकारी का लागि माइ संसार लाई धन्यवाद | किशोर तिवारी [अन्जन] मलेसिया

  74. ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय

Comments are closed.