शिक्षण संस्थाभित्रै हुने दुर्व्यवहार

-कल्पना भट्टराई-

उनी १६ वर्षकी भइन्। अहिले कक्षा १० मा पढ्छिन्। आजभोलि उनको न पढाइमा ध्यान जान्छ न त घरायसी काममा नै रुचि छ। न खाने मन नै छ न त निदाउने। प्रायजसो कसैसँग नबोली झोक्रिएर मात्र बस्छिन्। नवलपरासी जिल्ला रामनगरकी पूजा अधिकारी (परिवर्तित नाम) को आनीबानी आजभोलि यस्तै बदलिएको छ।

‘किन झोक्रिएर बसेकी? खुरुक्क पढेर बस,’ दाजुले यसरी सम्झाउँदा पूजाको प्रायः प्रतिक्रिया हुन्छ, ‘मान्छेलाई कत्रो टेन्सन छ, खालि पढ्–पढ्।’

दाजुकै जस्तो आमाको आग्रह र दबाब पनि उनका लागि झन् पीडादायी हुन्छ। ‘सबै कुरा पुर्‍याइदिएकै छ, केको टेन्सन? पढ्न छाडेर घुम्न पाइनँ भनेर?’ आमाका यस्ता भनाइ उनलाई अरू बढी कठोर लाग्छन्। झर्किएर जवाफ फर्काउँछिन्, ‘मेरो कुरा बुझिदिने कोही छैन। मरिदिन्छु कुन दिन।’ विद्यालयमै शिक्षकको दुर्व्यवहार झेलेकी उनलाई भित्रभित्र पीडाले सताइरहेको छ, तर कसैलाई पीडा साट्न वा व्यक्त गर्न भने सकेकी छैनन्।

किशोर अवस्थाकी पूजाको मनमा मात्र होइन धेरै किशोरीको मनभित्र यस्तै पीडा लुकेको छ। न कोही खोतलेर सोध्न सक्छन् न त उनीहरू खुलेर आफैं भन्न सक्छन्। आफूले भन्न नसक्ने र आफन्तले बुझ्न नसकेका समस्याले निम्त्याएको मानसिक तनावमा किशोरीहरू दिनानुदिन फसिरहेका छन्।

विद्यालयको कक्षाकोठा होस् या ट्युसन वा कोचिङ सेन्टर। पढ्नका लागि गएका स्कुल वा कलेजका कतिपय किशोरी यौन दुर्व्यवहारको सिकार भइरहेका छन्। शिक्षकसँग खुलेर विरोध गर्न नसक्ने, कतिपयले सिक्नुपर्ने ठाउँ भनेर विरोध नगर्ने गरेका कारण हिंसा भित्रभित्रै बढ्दै गएको छ।

सामान्य व्यवहारबाट सुरु हुने यौनजन्य व्यवहारले कतिपय किशोरीमा कुण्ठा पैदा हुन्छ भने कतिपयलाई मानसिक तनावको असर बढ्दै गएर स्कुल छोड्ने अवस्थासम्म पुर्‍याउँछ। कतिले पढाइमा ध्यान केन्द्रित गर्न नसकी फेल हुँदा अभिभावकको खप्की सहन नसकी आत्महत्याको कोसिससमेत गरेको पाइन्छ। लाज, भय र अप्ठ्यारोका कारण शिक्षकको दुर्व्यवहार अभिभावकलाई बताउन नसक्दाको परिणाम कैयौँ किशोरीको जीवन दुर्घटनाउन्मुख बन्दै गएको छ।

नवलपरासीको रामनगर गाउँ विकास समिति वडा नं. ५ जर्गाहस्थित वाक्वाणी माध्यमिक विद्यालयको कक्षा ९ मा पढ्ने १५ वर्षीया एक छात्राको पीडा पनि यस्तै छ। एक शिक्षकले कक्षाकोठामा विभिन्न वहानामा अश्लील हाउभाउ गर्छन्। तर, विद्यालयका शिक्षक–शिक्षिकाले यस्तो कुरा बाहिर ल्याउनुहुँदैन भनेर बोल्न नदिएको उनको भनाइ छ। ‘कुरा बाहिर ल्याए तिम्रै बेइज्जत हुन्छ भनेर मलाई दबाब दिन्छन्। कतिबेला शिक्षकले के गर्लान् भन्ने डरले मन त्रासमा नै रहन्छ,’ उनी भन्छिन्, ‘पढाइमा ध्यान जानुभन्दा कसरी सुरक्षित रहने हो भन्ने कुरामा दिमाग गइरहन्छ।’

विद्यार्थीमा यस्तो तनाव हुने गरे पनि उनीहरूको मनोविज्ञान बुझेर सहयोग गर्नेहरूको कमी छ। ‘प्रायः शिक्षक स्थानीय हुने भएकाले मायाले स्पर्श गरे होलान्,’ वाक्वाणी माध्यमिक विद्यालयकी शिक्षिका हेमा न्यौपाने भन्छिन्, ‘विद्यार्थीले यसलाई दुर्व्यवहार सम्झे होलान्। यो सोचाइको अन्तर हो।’ तर, छात्रा भने सरले दुर्व्यवहार गरे भनेर नपत्याउने प्रवृत्तिले आफूहरू झन् पीडित बन्ने गरेको बताउँछन्।

विद्यालयमा हुने यस्ता घटना अभिभावक पनि सकभर लुकाउन चाहन्छन्। रामनगर गाउँ विकास समिति भुमहीस्थित ज्ञानज्योति एकेडेमी उमाविमा शिक्षकबाट छात्रामाथि भएको यौन दुर्व्यवहारलाई आफ्नै बेइज्जत हुने डरले अभिभावकले बाहिर ल्याउन नचाहेको स्थानीय निर्मला तिवारी बताउँछिन्।

‘बाबुआमालाई भन्यो भने शिक्षकले पनि कहाँ त्यस्तो काम गर्छन्? भनेर प्रतिप्रश्न गर्न थाल्नुहुन्छ, बाबुआमाले पत्याउनुहुन्न,’ अर्की छात्रा भन्छिन्, ‘छात्राले यस्ता कुरा व्यक्त गर्ने ठाउँ पनि छैन।’

एक निजी विद्यालयमा पढ्ने दुई छात्रा पछिल्लो एक घटनाबारे भन्छन्, ‘सरले दुर्व्यवहार गरेपछि घरमा मम्मीलाई भन्यौँ। मम्मीले प्रिन्सिपलसँग कुरा राखेपछि ती सरलाई स्कुलबाट हटाइयो।’

केही निजी विद्यालयमा अभिभावकबाट विरोध आएपछि त्यस्ता शिक्षकलाई कारबाही गर्ने गरिए पनि सरकारी विद्यालय र कलेजका स्थायी शिक्षकलाई कारबाही नहुने गरेको सुनवलस्थित महाकवि देवकोटा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनकी सभापति समीक्षा विश्वकर्मा बताउँछिन्। उनी भन्छिन्, ‘शिक्षकलाई कसले के गर्न सक्छ र? न त विद्यार्थीले स्कुल फेर्न सम्भव छ। कतिपय स्कुलका विद्यार्थीले विरोध गर्न थालेका छन्, तर उच्च शिक्षा पढ्ने क्याम्पसका किशोरी वा युवती यस्ता यौन दुर्व्यवहार चुपचाप सहन बाध्य छन्।’

ट्युसन वा कोचिङ कक्षामा पायः छात्राका समूह हुन्छन्। त्यस्ता कक्षामा बढी मात्रामा छात्रा दुर्व्यवहारको सिकार बन्ने गरेका उदाहरण धेरै छन्। देवकोटा क्याम्पसकी सरिता अधिकारी (नाम परिवर्तन) भन्छिन्, ‘त्यस्ता कक्षामा अश्लील शब्द र घुम्न जाऊँ भनेर लेखिएका चिट पाइन्छन् अनि कसरी पढ्नमा ध्यान दिनसक्नु?’ क्याम्पस प्रमुख श्रवणकुमार कुसवाहले चाहिँ यस्तो समस्या आफूसम्म आइनपुगेको बताए। उनले भने, ‘जानकारीमा आउनासाथ कारबाहीको प्रक्रिया अघि बढ्छ।’

पवित्रस्थल मानिने शिक्षण संस्थामा नै यौन दुर्व्यवहार हुने गरे पनि अभिभावकसमेत चुपचाप रहने गरेको देवकोटा क्याम्पसकी प्राध्यापक सुलोचना अर्याल बताउँछिन्। भन्छिन्, ‘यस्ता दुर्व्यवहार बढ्न थालेका छन् तर केटीहरू मात्र होइन थाहा पाएपछि अभिभावक पनि बाहिर ल्याउन चाहँदैनन्।’ छोरीको इज्जत र सामाजिक प्रतिष्ठासँग घटनालाई दाँजिदिँदा यौन अपराध गर्नेहरूमाथि कारबाही हुन सकेको छैन। मानसिक र शारीरिक शोषणमा पिल्सिएका किशोरीमा चिड्चिडाहट हुने, अरुचि लाग्ने, टाउको दुख्ने, थकान लाग्ने, डर, त्रास, रिस, हीनताबोध, एक्लोपन बढ्नेजस्ता मनोरोग हुने चिकित्सकहरू बताउँछन्।
यस्ता घटनालाई निरुत्साहित गर्नका लागि ऐन–नियम नबनेका होइनन्। तर, सामाजिक र व्यक्तिगत प्रतिष्ठाका कारण तिनको कार्यान्वयन भने हुन सकेको छैन। मुलुकी ऐनको आशय करणी महललाई संशोधन गरेर कसैले संवेदनशील अङ्ग छोएमा वा त्यस किसिमको आशय झल्किने खालका क्रियाकलाप गरेमा कानुनी रूपमा दण्ड गर्ने व्यवस्था गरिएको छ। यौनजन्य दुर्व्यवहारका विषयमा जिल्ला प्रहरी कार्यालयमा उजुरी गर्न सक्ने व्यवस्था छ। साभार : संचारिका फिचर सेवा
(कल्पना बुटवलबाट प्रकाशित हुने बुटवल टुडे दैनिककी नवलपरासीस्थित संवाददाता हुन्।)

42 Comments

  1. लेख त राम्रै लाग्यो तर एस बिषयमा म के भन्छु भने आजकलका केटि हरु को फेसन, बोल्ने style , हाउभाउ, छोटा पहिरन आदि येस्ता घटनाका प्रमुख कारण हुन्| भित्रि अंग समेत देखिने गरि पारदर्शी लुगा लगाएर हिड्ने, घुडा भन्दा माथि सम्म देखिने गरि लुगा लगाउने अनि तेसमाथी शिक्षकसंग मस्की मस्की कुरा गर्दा ढुंगाको म पनि पग्लन्छ| आगो को छेउ म घिउ राख्दा पग्ल्दैन र ?

  2. गर्ने त अपराधी भै हाल्यो बरु भोग्ने हरु ले सामुहिक रुपमा प्रतिकार गरे प्रभाबकारी होला किनभने एक्लै भन्दा समूह मा गए समाज अनि प्रसासन ले पत्याउन बाध्य हुनु पर्छ |

  3. यो त् गर्ने र भोग्ने दुइटा पछे दोसी हो
    मानिस हो कुकुर होइन ! भन्ने आत्मा ग्यान स्वयं आफुमा हुन् पर्छ ||
    अदालत,न्याय, पावर ,धाक ,छोप,गुहार ,सजाए,फासी सब छल हो|
    स्वयम आफैले आफुलाई अन्तर आखाले नियालेर एक चोटी जिते पुग्छ
    सत्यको निचोड बुझे यस्तो घटना दुर्लभ
    यो दुइवटा हात समाजमा(दया माया) इन्साफ माग्नलाई होंइन |
    भौतिक किताब देखेर पढेको र अन्तर मनले बुझेको ग्यान लाई
    समेटेर अगी बढेमा यस्तो नोमत कहिले औन्दैन |

    आत्मा ग्यान भयको व्यक्ति को आसपास अनेतिक कुराहरु पाप टिक्दैन |धर्मको बाटो खुल्छ |जस्तै चोर पुलिस चौकी नजिक हिद्दैन , टिक्दैन |
    हामी आफु राम्रो बन्न त् आफै गर्न सक्छ

    • सर्बोत्तम प्रतिक्रिया (category : पुंग न पाटोको )

  4. सर हरु ले गर्ने दुर्ब्यबहार भन्दा नि केटा केटि नै उत्ताउला हुने, फिल्मी तरिकाले कुकुर बईसे लब गर्ने ७-८ क्लास मा नै, तेसैले सर हरु भन्दा केटा केटि हरु नै अनुसासित हुनु पर्ने छ जस्तो लाग्छा है |

  5. यस्मा हिजोआजका अल्लारे ठिटीहरुको बढी दोस छ किनकि उनिहरुलाई केटाहरुले हेरेको, जिस्क्याएको, घुम्न जाउँ भनेर लेखेका चिट फालेको अनि १५/१६ बर्षमै लभ गरी सेक्सको अनुभव गरेको…………….आदि आदि नै बढी मन पर्छ र उनिहरुले पनि यस्लाई दुर्व्यबहार ठान्दैनन उल्टै आफ्नो भाउ बढेको ठान्छन । जब यो प्रबृति बिकृतिमा परिणत हुन गई समाजमा यत्रतत्र छरपस्ट भइ दुर्गन्ध भएपछि बजारमा हल्ला यसरि नै मेडिया मार्फत आउदा थाहा हुने हो (१००० मा १)। फेरि हिजो आज केटीले चाहि केटा जिस्क्यासने चलन बढेको छ ।
    (तर यो सबैलाई भनेको होइन ९९% लाई मात्र )

  6. यो लेख ग्रामिण परिवेश को रहेछ र धेरै जनाको कमेन्ट मा अबिभाबक गरिब अशिक्षित भनिएको छ / मलाई चाही यो कुरा सहि हो जस्तो लागेन / किनकि यौन दुर्ब्यबहार , यौन शोषण गर्ने मान्छेले भविस्यमा के होला भनेर कहिले सोच्दैन / उसले जहिले पनि मौकाको फाइदा उठाउछ /जहिले मौका मिल्छ त्यहिले गरिहाल्छ न कि उसले शोषित कम्जोर छ , बलियो छ , उसका आमाबाबाहरु कस्तो होलान भन्ने ऊसको दिमागमा यो कुराहरु छिर्नै भ्याउदैन / मेरो सोचमा यौन दुर्ब्येबहार गाऊ भन्दा सहरका बोर्डिंगमा बडी मात्रामा छ / मेरै देखेको कुरा गर्ने हो भने म सानो छदा जुन बोर्डिंग मा पढ्थे त्येस बोर्डिंगमा प्राय सम्पन्नकै छोराछोरी पढ्थे / म ४-५ मा पढ्ने बेला एक सर थिए “देबराज” हामीलाई अंग्रेजी पढाउने / हाम्रो क्लासमा जम्माजम्मी ९-१० जना बिद्यार्थी थियो होला / त्येही मध्ये एकजना राम्री साथी थियिन हाम्रो क्लासमा / जब त्यो सरको क्लास सुरु हुन्थ्यो ,ऊसले सधै उनिलाइ अगाडी लग्थ्यो र काखमा राख्थ्यो /अनि उसको चर्तिकला सुरु हुन्थ्यो / मलाई अझै सम्झना छ उसले उनीलाई काखमा नराखेको दिनै थिएन / काखमा राखेर च्याप्प अंगालोमा कस्थ्यो , कहिले कपाल सुम्सुम्यौथ्यो, कहिले गालामा म्व्याइ खान्थ्यो , हुदा हुदा आफ्ना हात स्कर्ट मुनि लगेर तिघ्रा सुम्सुमाउन समेत बाकि राख्दैन थियो / उसले यो कार्य गर्ने बेला उनीलाई यति फकाउथ्यो र जिस्किन्थ्यो कि उसले के के गर्दै छ भनेर उनीलाई समेत थाहा हुदैन थियो / हामीलाइ चाही क्लासवोर्क दिएर ब्येस्त बनाउथ्यो तैपनि हामी चाही लुकी लुकी अगाडी हेर्थ्यौ र साथीको अनुहार हेरेर हास्थ्यौ/ यदि ऊसले हामीलाई देख्यो भने सहि गालि पनि खानु पर्थ्यो / जब उसको क्लास सकिन्थ्यो अनि उनको गाला हेर्न लायकको रातो हुन्थ्यो / त्येतिबेला हामी मध्ये कसलाई थाहा होवोस त्यो दुर्ब्येबहार हो भनेर ? हामीलाई लाग्थ्यो उनि राम्री थिइन , प्यारी थिइन त्येसैले सरले उसलाई बडी माया गरेर काखमा राखेर सधै खेलाउछ / न उनले पनि कसैलाई भनिन कि मलाई सरले एस्तो गर्छ भनेर / जब हामीले बुझौ कि यहि हो दुर्बेबहार भनेर तब सम्म कति वर्ष भईसकेको थियो / यस अर्थमा भन्ने हो भने यो रोग संसारको जुनसुकै कुनामा छ नकी गाऊ अनि सहर .. अस्तु ..

  7. जुन विद्यार्थीहरुलाई यस्तो गर्ने सरलाई स्कुल बाट निकाल्ने मात्र समाधान होईन ..त्यो सरको छोरीलाई पनि अरु सर ले त्यस्तै गर्यो भने कस्तो हुन्छ भनेर सोच्नु पर्छ .. जहाँ सम्म को कुरा यस्तो सर को सबै सर्तिफिकेतालाई बन्द गरि उसलाई आजिबन जेल मा हाल्ने कानुन बनाउनु पर्छ

  8. These so called teachers are not educators but they are animals and there needs to be done something to get rid of these animals from education field. We should respect the real teachers but should not hesitate to dig out the root of these dirty teachers and burn them so it does not exist in our society. We need revolution in this field to keep it clean and respectful.

  9. थाहा पाएको भन्दा गुपचुप धेरै हुन्छन यस्ता घटना !
    मेरो स्कुले जीवनमा ५/७ वटा यस्तो प्रकृतिको घटनाको हल्ला बइबइ सुनेको थिए ति मध्य दुइटा मास्टरले त घरै बसाए /
    मास्टर नै बास्टर भएपछी के लाग्छ र !!

    • यो बिषय मा मेरो भनाइ अली फरक पन को छ् किनकी युबती हरु पनि आजकाल निकै लप्पन्छप्पन् गर्छन् जस्तो कि उनिहरु खुलेर बिरोध गर्दैनन कतिपय ठाउँ मा स्विक्रिती पनि दिन्छन अनी पछी केही भयो भने यौन हिंसा, बलात्कार आदी इत्यादी को रुप बनेर बहिर निस्किन्छन । यसो भनेर मैले यौन हिसा नै हुँदैन वा बलात्कारीहरुको पक्ष लिएको हैन तर मुल्यनकन र अनुसन्धान सबै बिषय मा गर्नु पर्छ किनकी अहिले यस्ता घटना घटाऊने मा महिलाको पनि केही बढी संलग्नता बढीरहेको छ्

  10. गुरु का नामका कलंक गोरु हरु लाई सामाजिक बहिस्कार गर्नु पर्छ | सामाजिक जन-चेतना अभिबृदी गरि यस्ता खाले असामाजिक कार्य हरु को भण्डाफोर गर्नु पर्छ | आफ्ना सन्तान को भित्रि पिडा वुझी उनीहरु को समस्या को समधान खोज्नु अभिवावक को पहिलो कर्त्यव्य हो | किशोर तिवारी [अन्जन] मलेसिया

  11. राम्रो बिषय प्रसंग उठाउनुभयो कल्पना भट्टराइ जी, धन्यबाद!
    यो अदृस्य रुपले हाम्रा युवा बिद्यार्थी,बिशेष गरि बाल तथा युवतीहरुमाथि गहिरिदै र निचोर्दै गयको सामाजिक समस्या हो र यसको आन्तरिक असर बिस्तार गरि नसक्नु छ, अझै सहर मा भन्दा गाउमा यो समस्या अदृस्य र बिकराल छ!
    आफ्ना बिद्यार्थी को जानेर नजानेर सारीरिक शोषण गर्ने हरु गुरु होइनन ति त पशु भन्दा पनि निंच अपराधि हुन् र यसकोलागी अपराध हेरी कडाभन्दा कडा कारबाही गर्नु जरुरि छ तेस्मा सम्बन्धित निकाय, बिद्यालय ब्याबस्थापन, अभिभावक र अन्य नैतिकवान गुरुजन अरु सजक र सक्रिय हुनुपर्ने छ किनकि कतिपय अबस्थामा बिद्यार्थी विभिन्न दवाब र सम्भावित परिणाम अनि धम्कीको कारण खुल्न नसकी भित्र भित्र आफैलाई मारी रहेको हुन्छ!
    यसको उपचारार्थ सरकार र स्थानीय सरकार लगायत सम्बन्धित निकाय आदिले विभिन्न कुराहरु गर्न सक्छ, यहा केहि मलाइ लागेका र मैले सोचेको कुरा जानकार गर्न चाहन्छु!
    १: प्रथमत शिक्षालयमा बिध्यार्थिहरुलाई एक हद सम्मको यौन शिक्षा दिनु अति जरुरि छ! यौन शिक्षा संग संगै यो संग सम्बन्धित नैतिक अनि दुरुपयोग आदिको जानकारी मुलक शिक्षा दिनु जरुरि छ!
    २: महिला बिध्यार्थिहरुलाई बिशेष शिक्षा तथा सपोर्ट जन्य र निगरानी को प्राथामिकता सहित विभेद मुक्त बाताबरण सिर्जनागरी सर्ब पक्ष समान सहभागिता मुलक कार्यक्रम बनाउनु पर्ने छ! (यौन दुर्ब्याबहार बिशेष गरि महिला युवती बिध्यार्थिहरुमा हुने कारण ले, साथै पुरुष विद्यार्थीमा गरियको यौन दुर्ब्याबहार भन्दा महिला विद्यार्थीमा गरियको यौन दुर्ब्य्बाहार ले ठुलो र गहिरो साथै निकै नकारात्मक सामाजिक र मानशिक असर राख्ने कारण ले)
    ३: बिद्यालयमा बिद्यार्थी हरुलाई बेलाबेलामा यस्ता दुर्ब्याबहार यसको सम्भाबना र यसको असरको बारेमा चेतनामुलक कार्यक्रम कक्षा संचालन गर्ने (यसको लागि सबै बिद्यालयमा सरकार बाटनै अनिबार्य गराउनु पर्ने देख्दछु म) र बिद्यालयमा बिद्यार्थी सचेतना समुह बनायर बिद्यार्थी समुहकै बिचमा बिध्यार्थिहरुबाटै कुरा बुझ्ने र समुह नेत्रित्वोले प्रतिबेदन दिने वा लिने गराउने!
    ४: बिद्यालयमा बिद्यार्थी को लागि गोप्य उजुरी बाकस राख्ने जहा बिध्यार्थीहरुले गोप्य रुपले बिबिध उजुरी गर्नु सकोस! र मिलेमा वा सकेमा तेस्तो हेल्प लाइन उपलब्ध गराउने यस्तो उजुरी बाकस वा गोप्य उजुरी गर्नसक्ने ब्याबस्था बिद्यालय भित्र मात्र नभयर बिद्यार्थी वा अभिभावकको पहुँच हुनसक्ने अन्य सार्बजनिक स्थलमा पनि राख्ने.
    ५: यस्तो बिद्यार्थी माथि कुनै किसिमको यौन दुर्ब्याबाहार भयको भेटियामा के कस्ता कारबाही हुनसक्छ र कतिसम्म को असर राख्नसक्छ भन्ने बारेमा प्रत्यक बिद्यालयमा बेलाबेलामा सार्बजनिक सुचना प्रकाशित गर्ने र सम्बन्धित पक्षलाई सचेत गराई रहने!
    ६: बेलाबेलामा यस्ता दुर्ब्याबहार र अपराधको सिकार हुनसक्ने वा भयको स*कालागेको बिध्यार्थिहरुलाई गोप्यरुपले आत्मियासाथ साथीहरुबाटै सोधपुछ गर्ने!
    र अन्तत,
    यदि यसरि दुर्ब्याबहार गरेको भेटियामा सो शिक्षक वा अपराधीलाई भाबिस्यामा कुनै पनि सार्बजनिक सेवाको लागि अयोग्य हुने गरि कारबाही गर्ने र अपराध को प्रकरण र असर हेरी कडाभन्दा कडा कारबाही गर्ने!
    माथिका यी सबै कुराहरुको लागि बिद्यालय संचालक समिति, अभिभावक समूह, उपभोक्ता वा सामाजिक समुह र स्थानीय सरकार प्रशासन आदिले आबस्यकता अनुशार को केहि कुराहरुलाई बिद्यालयमा अनिबार्य लागु गराउनु उचित हुने छ!
    अन्तमा,
    यस्तो विद्यार्थीको जीवनमै गहन र नकारात्मक असर राख्ने कुकार्य हरु प्रति हामि सबै सजक, सतर्क र जागरुक हुनुपर्ने छ!
    Let’s tact and shot the hidden crime.

    • ज्यान भन्दा लामो पुच्छर पनि त्यति सहज देखिदैन ! मुख्य लेख भन्दा लामो प्रतिक्रिया !

    • यस लाईनै अलिकति छोटकरी मा पनि लेख्न सकिन्छ नि गगने सर |

      • मित्र योगेश आदि र किशोर इत्यादि ज्युहरु,
        गगने को कुरो केहि लामो पक्कै होला र हुन्छ होला तर के भने गगने ह्या, हो र? वा वाहावाहिको प्रतिक्रिया मात्र दिनुको अलावा समस्याको समाधान र उपाय तर्फ पनि इंगित गरि प्रतिक्रिया दिन चाहन्छ र तेसै गर्द छ! र यो माथिको प्रतिक्रिया पनि प्रतिक्रिया कम र त्यो समस्याको समाधानको उपाय तर्फ बढी ध्यानाकर्षण गरियको छ भन्ने लाग्छ मलाइ तर तेही कुरो तपाही वा अरु कसैलाई पनि लाग्नै पर्छ भन्ने जरुरि छैन! होइन त कि कसो हो? जे होस् अतिक्रिया वा अन्तरक्रिया को लागि धन्यबाद!

  12. यो लेखमा धेरै बास्तबिकता लुकेको छ, मलाई पनि अजै याद आउछ मैले पढेको बिद्यालय मा पनि एकजन तेस्तै मास्टर थियो. क्लास मा सबै जनाको अगाडीनै उसले मेरा केहि केटि साथीहरुलाई तेस्तै योन दुर्बेवाहर गर्थेयो मलाई लाग्दैन मेरा ति साथीहरुले तेयो कुरा कहिल्लै आफ्ना बाबा आमालाई भन्ने सहस राखेहोलन नत्र त किन अजै पनि उसले तेही पढाइरहेको हुन्थियो होला र ?

  13. मलाइ थाहा छ यो कुरा निकाल्यो भने मैले ठुलो गालि र बिरोधका अवाजहरु झेल्न तयार हुनु पर्छ, तर आजकल जति युवतीहरु यौन दुर्व्यवहारका पिडित छन् झन्डै झन्डै तेत्तिनै युवाहरु पनि पिडित छन्. नेपालको परिवर्तित राजनीतिक र सामाजिक अवस्थाले गर्दा होला सायद नेपालका अहिलेका युवतीहरु युवकहरु भन्दा २ कदम अगाडी त नभनु तर बराबर त पक्कै छन् यौन दुरुपयोग गर्ने क्रियाकलापमा. आजकल गाउकै युवती किन नहोस, यौनाङ्ग को आधि भाग देखाएर बाहिर निस्किन्छन, स्कुल जादा पनि तेस्तै, टिउसन जादा पनि तेस्तै, बजार जादा पनि तेस्तै, फिलिम हेर्न जादाको त झन् कुरा नगरु. युवकहरुले बरु आफ्ना अन्डकोष सधै पुरै छोपेर हिनछन्, तर युवतीहरुले त आजकल आफ्ना स्तन आधि, नितम्भ पुरै, गुद्वार आधि, तथा नाईतो धेरै जसो पुरै देखाएर हिनेको हुन्छन सार्बजानिक रुपमै.

    तेसैले सहि कुरा भन्नु पर्दा, एदी म एक जवान युवक हु, म एउटी तरुनी युवतीलाइ मेरो कोठामा बोलाएर टिउसन पदाउछु, उनि चै सधै तेस्तै यौनिक भएर आउछिन भने कुनै न कुनै दिन त मेरो चिप्लिने ठाउमा चिप्लिने सम्भावना धेरै नै हुन्छ. म बेहोस भएर रोक्दा रोक्दै पनि मेरा हातहरु उनका आधि देखिएका स्तन सम्म नपुग्ला भन्न सकिन्न. यो एउटा प्राकृतिक गुण हो भगवानले दिएको युवक अवस्थामा हुने.

    तर पनि, बलात्कार र जबर्जस्तिका कतिपय घटनाहरुले केहि युवकहरुको मुर्खता देख्दा त पक्कै पनि दुखित भईनछ नै. कुरा एती मात्र हो कि आजकल महिलाको मात्र पक्छ्यमा बहस गर्नु पर्छा भन्ने समय गइ सकेको छ. बहस तेती बेला जरुरि हुन्छ जति बेला प्रत्स्पर्धामा नै रोक लगाइएको हुन्छ. अहिलेको नेपाली समाजमा, सबैतिर त नभनु तर धेरै जसो ठाउहरुमा महिला र पुरुष बिचको प्रतिस्पर्धा असमान छ भन्न सकिन्न. प्रतिस्पर्धा असमान नहुदा कसैको पक्छ्यमा बहस गर्नु पर्ने कुनै जरुरि नै रहन्न.

  14. हामी कहाँ शिक्षण संस्था लाइ मन्दिर र शिक्षक लाइ देवता मान्ने चलन छ. त्यसै ले शिक्षक ले अपराध गर्दैनन् भन्ने मान्यता ले गर्दा पनि एस्तो भएको हो. सबै शिक्षक देवता नभएर कोहि कोहि राक्षस पनि हुन्छन भन्ने सोचेर सैक्षिक संस्था मा हुने यौन दुर्भ्याबहर लाइ गम्भीर अपराध को रुपमा लिनु पर्दछा र बिद्यार्थी हरु लाइ यस बारेमा रिपोर्ट गर्न छुट्टै hotline को व्यवस्था राज्य ले गर्नु पर्छा. र अझ नाबालिग हरुमाथि यौन दुर्ब्यबहार लाइ अझ गम्भीर रुप मा लिने र तयेस्ता शिक्षक लाइ तुरुन्त पदच्युत गरि कानुनि कारबाही गर्ने कानुन बनाउनु पर्छा अब को संबिधान मा अनि मात्र सिक्षण संस्था मा हुने यौन दुर्ब्यबहार मा कमि ल्याउन सकिन्छा . अहिलेको कानुन र हामीसंग भएको मान्यता अनि विश्वास ले गर्दा नै यो सब हुन सहयोग गरिराखेको छ.

  15. यो नयाँ कुरा होइन / बर्षौं देखि जिउंको तिउँ छ / कसैले कहीं गर्न सकेको छैन /
    हाम्रो शिक्षा मै केहि खोट छ / जसले यस्ता कुरालाई निरुत्साही गराउन सकेन / सबै कुरा नियम कानुन ले समाधान हुन्न / जस्तै माथिको कुरा /

  16. विद्यालयमा हुने दूरब्यबहार अन्त्य गर्न बिद्यार्थीमा आत्मबलको जरुरी छ | त्यस्ता कामुक गुरुहरूलाई सबै बिद्यार्थीहरुको अगाड़ी जुत्ता फुकालेर गालामा पड़काए पछी आफूख़ुशी जागीर छाडेर जांछन |

  17. यौन दुर्ब्यबहार गर्नु मामुली अपराध होइन. एस्त कुरा लुकाउने पनि दोसी हुन्छन . बरु एस्त कुरा खुलेर ल्याउन् पर्छ. येत्रो मेडिया को साथ छ किन डराउनु . सी डी ओ त कानुन को दयारे मा छन् भने मामुली teacher लै त !!!!!

  18. सोच बदले समय बदलिन्छ र दिशा बदले किनारा, भने झैँ परिवर्तन खोज्नेले अरु मा भर पर्दैनन्, तिमि आफू बदलि हेर दुनिया बदलिने छ | दुर्बब्हार गर्ने संग डराएर बस्नु भन्दा…… मैले भनिरहनु पर्ने छ र ? पढेको कुरो हो केवल व्यवहार मा उतार “बोल्नेको बिक्छ अरे ?”

  19. आफ्नो जिम्मेवारी र उतारादायित्व बहन नगर्ने हरु त धेरै कर्मचारीहरु छन्, र शिक्षकमा पनि त्यो देखेको थिए मैले आफु बिद्यार्थी हुदा नै; तर यस्तो यौन दुर्व्यहार चाहि अलिक अति नै भयो! त्यो पनि शिक्षक बाट! कारबाही हुनु पर्दछ यस्तो प्रवृतिलाई!

  20. सुन्न पनि लाज हुन्छ / शैक्षिक क्षेत्रभित्र नै यस्तो नराम्रो दुर्व्यवहार /
    छोरी मान्छेलाई एउटा भोग्याको रूपमा मात्र देख्ने यो समाजमा जबसम्म यौन दुर्व्याव्हारिलाई लक्षित गरेर कडा भन्दा कडा कानून बनाइदैन तबसम्म यसले भित्र भित्रै सलहको जालो फिजाइरहन्छ ,,
    अनि सामाजिक क्षेत्रबाट पनि किसोरिहरुको कूरा सुन्न ( जहा उनीहरुले निर्धक्क साथ आफ्नो कूरा राख्न सकुन ) स्थानीय स्तरमा संस्थाहरुको बिकास गर्न सकेमा शारीरिक तथा मानसिक पीडाबाट केहि हदसम्म जोगाउन सकिन्छ ,,
    र त्यस्ता नरपिशाचीहरुलाई पहिलो सजाय स्थानीय जनताले नै दिन पाउनु पर्छ जसले गर्दा फेरी अर्को घटना दोहोरिन नदेओस //

  21. येस्ता पशु लाई गोलि ठोकी घाइते बनाई छोड्नु पर्छ | ताकी उसलाई पनि समाज ले घिरणा गरेको अनुभब होस्

  22. यस्ता घटना हरु नेपालमा अनेक ठाउहरुमा हुने गरेको समाचार हामीले सुन्दै आइरहेका छौ.तर कारवाही अहिले सम्म कसैलाई भयको, गरियको सुन्नमा आयको छैन.यस्ता बिषय लाई तपाई हामीहरु सारा मिलेर अन्त गरिहाल्नु पर्छ र त्यस्ता शिक्षक लाई कडा भन्दा कडा कारवाई गरिहाल्नु पर्छ.

  23. शारिरीक सम्बन्ध भनेको संसारमा कुनै नौलो कुरो होइन/दुर्लभ कुरो पनि होइन/सम्बन्ध राखनै नहुने अनि छुनै नहुने कुरो पनि होइन/यो प्राकृतिक आबस्यकता र एक आपसको चाहना र मायाको भेल हो/यो भेलमा कसरि तयरने,उत्रने,रमाउने,यी सब आफुमा निर्भर छ/ बहुचर्चित सुडान घोटालामा नया खुलाशा भएको छ/ त्यसमा गिरिलाको छोरी सुजाता कोइराला जोष्टको जुवाई बंगलादेशी रुबेल चौधरीको संलग्नता रहेको पाइयो/रुबेलले आफ्नो बुतामा देशकै बद्नाम हुने यत्रो घोटाला गराओ बा कोइराला परिवार जसले सधै देश प्रति गद्दारी गर्दै आएको छ,उनीहरुको सहयोग,संलग्नता र सहभागितामा सम्भब भयो यसको, खोज तलास पूर्ण सामग्री माई संसारले देवास/ जनतामा भ्रष्टाचार बिरुद्ध जागरुकता पैदा गरोस/यसमा अख्तियाको शंकास्पद भूमिकाको पनि चिरफार गरोस/आजको यस्तो जल्दोबल्दो बिषयलाई ओझेलमा पार्ने र को को संग सुत्यो,को को संग घुम्न गयो,यसको खोजबिन ?यो त् ……..पाठकलाइ अलमलमा पार्ने काम भएनर माई संसार?

    • आहा कति राम्रो कुरा गर्नु भयो यार, अब हजुरले पत्रकारलाइ सिकाउनु पर्यो कि के के चै news हो र के के चै news हुन लाएक छैन भनेर | के देश मा news भनेको राजनीतिक गतिबिधि मात्र हो र? के अरु चै हुन्नन् होला र देश मा घिनलाग्दो कुराहरु जुन समाज ले थाहा पाइराख्न र तेस्को solution खोज्न को लागि ? काडा को आखा……..

    • धेरैले unlike गरेपनि मैले भने सोच्नुपर्ने ठाउँ देखे
      हो तपाइले उठाएको कुरा नाजायेज छैन, सोच सबैमा जागोस, विचार र सोचको हत्या नहोश भन्ने तपाइको सोचको म पनि समर्थक हु तर तेस्को मतलब यौन अपराध गर्नेलाई छुट दिनुपर्छ यो अगाढीदेखि भैआएको भनेर चुप्लाग्नुहुन्न आ-आफ्नु ठाउँबाट आवाज उठाउनु पर्छ, जसले गर्दा येस्तोगर्नेहरुको सामाजिक बहिस्कार होस् र उनीहरुले फेरी यस्तो गर्ने आटनगरुन. यो हरेकमा चेतनाबाट आउने कुरा हो र तेस्को लागि फेरी education नै अपरिहर्ये देखिन आउछ.

    • कृष्ण गर्छ आग्राको कुरा अर्जुन गर्छ गाग्राको कुरा !!
      कस्तो खिचडी प्रतिक्रिया ! अब मुख्य लेख छ बिद्यार्थी माथि हुने यौन हिँसा सम्बन्धि, प्रतिक्रिया छ सुडान इत्यादि /
      – संधर्व सामग्री र प्रतिक्रिया पर्याय हुनुपर्दछ /

    • सुप्रवत मित्रको परिवारले
      वहालाई समयमा नई लगनखेलको तियो नामी hospital लानु पर्यो |
      तर …………………. अब त घर छोडेर नापत्ता भैसक्नु भो होला |

  24. हाम्रो नेपालमा नियम कानुन खाली कागजमा मात्त्र सिमित छ त्यो कहिले पनि सदुपयोग मा ल्याउन सकेको छैन एस्तो राक्षसलाई त उसको जिन्दगी भरि काम नलागने गरि उसको some tex……………काटेर गल्लीको भुसिया कुकुरलाई दिनु पर्ने हो र एस्तो राक्षसलाई उसको जिन्दगी भरि कुनै किसिमको सरकारी काम पनि नदिनु पर्ने हो|

  25. शिक्षक को नाममा येस्त हरु समाज का कलंकित दानाब हुन् / अबिभाक समाज नै येस्मा जागरुक हुन जरुरि छ / छुट दिंदै जाने होभने जोकोही भबिस्यका कर्णधार किसोरिहरुको जीवन अन्धकार हुनसक्ने निश्चित छ / समाजको डरले येस्त घटनालाई लुकाउनु आफैमा अपराध हो /

    • हाम्रो सामाजिक संरचना, सामाजिक मूल्य र मान्यता कै कारण लुकाउन बाध्य भएका छन् /
      – जसरी कृष्ण भगवानले यौन पिपासु नारकासुर राक्षसको प्यासको शिकार बनि परिणामत बिटुलो भई लाश सरह जीवन बिताई रहेका १६१०० युवतीलाई उद्धार गरे र पत्नी रूपमा आफैले स्वीकारे, त्यसै गरि त्यस्ता युवतीहरूको सबै कुरा थाहा पाउदा पाउदै पनि एउटा भएपनि सहश्र स्वीकार्ने पुरुषहरू समाजमा निस्किएको उदाहरणहरू निस्किन थाले अवश्य लुकौदैनथ्ये होलान /

  26. ताजा उदहारण चरिमायालाई हेरौ जिन्दगीभरि चूप लगेर बसेर हुने वाला केहि छैन हामी सबैको साथ तिमि नारीहरु माथि पनि छ र अन्तमा त्यस्ता हुतिहार शिक्षकलाई कालोमुसो लगाई समाजबाट निकालिदिनु पर्छ

  27. सहि विश्लेषण गर्नु भएछ राम्रो लाग्यो . तर छात्रालाई मात्र नभई छात्रलाइ पनि दुर्व्यवहार गर्ने शिक्षकहरु छन् . तर बोल्ने को ? किन कि धेरैजसोका अभिभावक अशिक्षित, अनि गरिब . जसले गर्दा उनीहरु बोल्न सक्दैन र गुहार्ने ठाँउ पनि थाहा हुँदैन . जो संग हिम्मत छ तिनीहरुले न्याय पाई रहेका छन् .
    अन्तमा यत्ति भएपनि लेखको रुपमा प्रकाशित गरेर समाजलाई झक झकाउने काम गर्नु भएछ, आशा गरौं यस्ता दुर्व्यवहार चाडैं नै हाम्रो समाजबाट निर्मुल गर्न सकोस .

  28. तेस्ता टिचर लाई त घोक्रे ठ्याक लगाएर स्कुल बाट नै निकाल्नु बेश होला नि !

  29. यस्ता बिषय लाई लिएर अदालत कता कता उजुरी गरेर केहि लाग्दैन ! बरु तंपाई हामीनै मिलेर यस्ताको भबिष्य लाई यहि अन्त गरिदिनुनै बेस होला जस्तो लग्छा.

Comments are closed.